नेपाली (Nepali): translationAcademy

Updated ? hours ago # views See on DCS Draft Material

Introduction to translationAcademy

अनुवादएकेडेमीको परिचय

This page answers the question: अनुवादएकेडेमी के हो?

अनुवादएकेडेमीमा स्वागत छ

"अनुवादएकेडेमी" को लक्ष्य हरेकलाई आफ्नै भाषामा बाइबलका सामाग्रीहरूलाई आफ्नै भाषामा स्तरीय अनुवाद गर्न सहयोग गर्ने कार्यमा सुसज्जित पार्नु हो । अनुवादएकेडेमी एकदमै लचिलो छ । यससलाई व्यवस्थित, अग्रिम तवरले प्रयोग गर्न सकिन्छ वा यसलाई कुनै एक समयको सिकाइको लागि प्रयोग गर्न सकिन्छ ( वा आवश्यकताअनुसार बेला दुबै) । यसको ढाँचा मोड्युलमा आधारित छ ।

अनुवादएकेडेमीमा निम्‍न खण्डहरू छन्ः

  • परिचय - यसले अनुवादएकेडेमी र वचन प्रकटिकरणको परिचय दिन्छ
  • प्रक्रिया नियमावली - यसले अब के? भन्‍ने प्रश्‍नको जवाफ दिन्छ ।
  • अनुवाद नियमावली - यसले अनुवादका सिद्धान्तका आधारभुत कुराहरूको वर्णन गर्छ र अनुवादका व्यवहारिक सहयोग प्रदान गर्छ
  • जाँच निमयावली - यसले जाँच गर्ने सिद्धान्त र उत्तम अभ्यासहरूको आधारभुत कुराहरूको वर्णन गर्छ

हामी किन बाइबल अनुवाद गर्छौँ?

This page answers the question: हामीले किन बाइबल अनुवाद गर्नुपर्छ?

In order to understand this topic, it would be good to read:

अनुवादएकेडेमीको उद्धेश्य तपाईंलाई बाइबल अनुवादक बनाउने तालिम दिनु हो । तपाईंका मानिसहरूलाई येशूका चेलाको रूपमा वृद्धि हुनलाई मदत गर्नको निम्ति बाइबल अनुवाद गर्नु महत्त्वपूर्ण कार्य हो । यो कार्य गर्नको निम्ति तपाईंले यसलाई गम्भिर रूपमा लिएर परमेश्‍वरको सहायताको निम्ति प्रार्थना गर्नुहोस् ।

परमेश्‍वरले हामीसँग बाइबलद्वारा बोल्‍नु भएको छ । उहाँले लेखकहरूलाई हिब्रू, अरामेइक र ग्रीक भाषामा बाइबल लेख्‍न प्रेरणा दिनुभयो । ४० जना लेखकहरूले ईश्‍वीपूर्व १४०० देखि सन् १०० सम्ममा यो पुस्तक लेखे । यी दस्ताबेजहरू मध्यपूर्व, उत्तरी अफ्रिका र युरोपमा लेखिएका थिए । त्यस ठाउँका मानिसहरूले बुझून् भनेर परमेश्‍वरले ती भाषाहरूमा आफ्नो वचन लेख्‍न लगाउनुभयो ।

आजको दिनमा हाम्रा देशका मानिसहरूले हिब्रू, अरामेइक र ग्रीक भाषा बुझ्दैनन् । तर तिनीहरूको भाषामा परमेश्‍वरको वचन अनुवाद गर्ने हो भने तिनीहरूले बुझ्छन् ।

कसैको "मातृभाषा" वा "हृदयको भाषा" भन्‍नाले बाल्यकालमा बोलेको र घरमा बोलिने भाषालाई बुझाउँछ । यो भाषामा कुरा गर्दा तिनीहरूलाई सहज महसुस हुन्छ र आफ्ना गहिरा विचारहरू पनि प्रकट गर्न सक्छन् । हामी हरेकले आफ्नो हृदयको भाषामा बाइबल पढ्न सकेको चाहन्छौँ ।

हरेक भाषा महत्त्वपूर्ण र मूल्यवान हुन्छ । तपाईंको देशमा बोलिने राष्ट्रिय भाषा जतिकै महत्त्व स-साना भाषाहरूको पनि हुन्छ र तिनीहरूले पनि अर्थ बुझाउन सक्छन् । कसैले पनि आफ्नो क्षेत्रीय भाषा बोल्न शर्माउनु हुँदैन । कहिलेकहीँ, अल्पसङ्ख्यक समूहले बहुसङ्ख्यक जनताले भाषा बोल्ने मानिसहरू भएको ठाउँमा आफ्नो भाषा बोल्न शर्माउँछन् र बोल्दैनन् । तर राष्ट्रिय भाषा र अन्य भाषाहरूमा त्यस्तो कुनै पनि फरक छैन, न त महत्त्वमा, न त प्रतिष्ठामा, न त शिक्षामा । हरेक भाषामा फरकपन हुन्छ । हामीलाई सहज लाग्‍ने र आफ्नो कुरा संचार गर्न सक्‍ने भाषा हामीले बोल्‍नुपर्छ ।

  • आभार: टेड प्राइस, पिएच.डी. CC BY-SA 4.0 "बाइबल अनुवादका सिद्धान्त र अभ्यासबाट साभार गरिएको" *

वचन प्रकटीकरण परियोजना

This page answers the question: वचन प्रकटीकरण परियोजना के हो?

In order to understand this topic, it would be good to read:

वचन प्रकटीकरण परियोजना अस्तित्वमा रहनुको कारण यही हो कि हामी सबै भाषामा बिना अवरोध बाइबलीय सामाग्रीहरू भएको देख्‍न चाहन्छौँ ।

येशूले आफ्ना चेलाहरूलाई मानिसका हरेक समूहलाई चेला बनाउने आज्ञा दिनुभयोः

“येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।” (मत्ती २८: १८-२०)

हरेक भाषा बोल्‍ने मानिसहरू स्वर्गमा हुने छन् भन्‍ने प्रतिज्ञा गरिएको छः

“यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें । ” (प्रकाश ७:९)

परमेश्‍वरको वचन आफ्नै हृदयको भाषामा बुझ्‍नु जरुरी छः

“विश्‍वास सुनाइबाट आउँछ र त्यो ख्रीष्टको वचन सुनाइबाट आउँछ ।” (रोमी १०:१७)

हामी यो कसरी गर्छौँ?

सबै भाषामा बिना अवरोध बाइबलीय सामाग्रीहरू उपलब्ध गराउने हाम्रो लक्ष्य कसरी प्राप्त गर्छौँ?

हामी के गर्छौँ?

  • सामाग्री - हामी सित्तैमा बिना अबरोध अनुवादको निम्ति बाइबलीय सामाग्रीहरू उपलब्ध गराउँछौँ । सामाग्रीहरू र अनुवादको पूर्ण सूचीको लागि http://ufw.io/content/ हेर्नुहोस् । केही नमूनाहरू तल दिइएका छन्ः
    • खुला बाइबल कथाहरू - सुसमाचार र चेलापनको लागि सृष्टिदेखि प्रकाशसम्मका ५० ओटा प्रकाशित, अडियो र भिडियोमा रहेका कालक्रमिक मूख्य कथाहरू समेटिएको सानो बाइबल (हेर्नुहोस् http://ufw.io/stories/).
    • बाइबल - खुला अनुमति पत्र मार्फत बिना अवरोध अनुवाद, प्रयोग र वितरणको लागि उपलब्ध गराइएको एक मात्र परमेश्वरको प्रेरणामा लेखिएको, त्रुटिरहित, प्रयाप्त र आधिकारिक परमेश्वरकोको वचन (हेर्नुहोस् http://ufw.io/bible/).
    • अनुवाद टिप्पणीहरू - अनुवादकका लागि भाषिक, सांस्कृतिक र व्याख्यात्मक सहायता । यिनीहरू खुला बाइबल कथाहरू र बाइबलका लागि उपलब्ध छन् ।(हेर्नुहोस् http://ufw.io/tn/).
    • अनुवाद प्रश्‍नहरू - आफूले गरेको अनुवाद सही तरिकाले बुझिएको छ कि छैन भनेर जाँच्‍नको लागि अनुवादक र जाँचकीहरूले सोध्‍ने प्रश्‍नहरू । यिनीहरू खुला बाइबल कथाहरू र बाइबलका लागि उपलब्ध छन् । (हेर्नुहोस् http://ufw.io/tq/).
    • अनुवाद शब्दहरू - छोटो वर्णन , समेटिएका महत्त्वपूर्ण बाइबलीय शब्दहरूको सूची, अन्य सन्दर्भहरू र अनुवाद सहयोगी सामाग्रीहरूको सूची । खुला बाइबल कथाहरू र बाइबलको निम्ति उपयोगी । (हेर्नुहोस् http://ufw.io/tw/).
  • सामाग्रीहरू - हामी सित्तैमा उपलब्ध हुने र खुला अनुमति पत्र भएका अनुवाद, जाँच, र वितरणसँग सम्बन्धित सामाग्रीहरूको सृजना गर्छौँ । सामाग्रीहरूको पूर्ण सूचीको निम्ति http://ufw.io/tools/ मा हेर्नुहोस्ः
    • डोर ४३ - अनुवाद र जाँचको लागि सहकार्य गर्ने अनलाइन प्लेटफर्म हो साथै यो वचन प्रकटीकरणको निम्ति सामाग्री व्यवस्थापन प्रणाली पनि हो । (हेर्नुहोस् https://door43.org/)।
    • अनुवाद स्टुडियो - यो अफलाइनमा रहेर अनुवाद गर्न सकिने मोबाइल र डेस्कटप एप हो । (हेर्नुहोस् http://ufw.io/ts/)
    • अनुवाद किबोर्ड - यो प्रयोगकर्ताहरूलाई आफ्नो अनुकुल आफ्नो भाषाको किबोर्ड सृजना गरेर प्रयोग गर्ने वेभ र मोबाइल एप हो । (हेर्नुहोस् http://ufw.io/tk/).
    • वचन प्रकटीकरण एप - योअनुवादको वितरण गर्ने मोबाइल एप हो (हेर्नुहोस् http://ufw.io/uw/)।
    • अनुवाद केन्द्र - बाइबल अनुवादको विस्तृत जाँच गर्न सक्षम तुल्याउने एउटा कार्यक्रम (हेर्नुहोस् http://ufw.io/tc/).
  • तालिम - हामी मातृभाषाका अनुवादक समूहहरूलाई तालिम दिनको लागि सामाग्रीहरूको सृजना गर्छौँ । अनुवाद एकेडेमी हाम्रो प्राथमिक तालिम सामाग्री हो । हामीसँग अडियो रेकर्डिङ्ग र तालिम सामाग्रीहरू छन् । तालिम सामाग्रीहरूको पूर्ण सूचीको लागि http://ufw.io/training/ हेर्नुहोस् ।

विश्‍वासको अभिव्यक्ति

This page answers the question: हामी के विश्‍वास गर्छौँ?

In order to understand this topic, it would be good to read:

हामी यो विश्‍वास गर्छौँ कि ख्रीष्टियान विश्‍वास अत्यावश्यक विश्‍वासहरूगौण विश्‍वासहरू गरी दुई भागमा बाँड्न सकिन्छ र बाँड्नु पनि पर्छ । (रोमी १४) ।

अत्यावश्यक विश्‍वासहरू

येशू ख्रीष्टका अनुयायीहरूलाई परिभाषित गर्ने र कुनै पनि हालतमा सम्झौता गर्न र इन्कार गर्न नसकिने विश्‍वासहरूलाई अत्यावश्यक विश्‍वासहरू भनिन्छ ।

  • हामी विश्‍वास गर्दछौँ बाइबल एक मात्र परमेश्वरको प्रेरणामा लेखिएको, त्रुटिरहित, प्रयाप्त र आधिकारिक परमेश्वरकोको वचन हो । (१ थेसलोनिकी २:१३; २ तिमोथी ३:१६-१७) ।
  • हामी विश्‍वास गर्दछौँ परमेश्‍वर एउटै हुनुहुन्छ, उहाँ अनन्तदेखि तीन स्वरूपमा अस्तित्वमा हुनुहुन्छः पिता परमेश्‍वर, पुत्र येशू ख्रीष्ट, र पवित्र आत्मा (मत्ती २८:१९; यूहन्‍ना १०:३०) ।
  • हामी येशू ख्रीष्टको ईश्‍वरत्वमा विश्‍वास गर्छौँ (यूहन्‍ना १:१-४; फिलिप्पी २:५-११; २ पत्रुस १:१) ।
  • येशू ख्रीष्टको मनुष्यतामाथि , उहाँको कन्याबाट भएको जन्ममाथि, उहाँको पापरहित जीवनमाथि, उहाँका आश्चर्यकर्महरूमाथि, उहाँको बगाइएको रगतद्वारा अरूको निम्ति गरिएको प्रायश्‍चितको मृत्युमाथि, उहाँको शारीरिक पुनरुत्थानमाथि, र पिताको दाहिने हातपट्टि उहाँको उठाइमाथि हामी विश्‍वास गर्छौँ । (मत्ती १:१८, २५ ; १ कोरिन्थी १५:१-८; हिब्रू ४: १५; प्रेरित १:९-११; प्रेरित २:२२-२४) ।
  • मानिस स्वभावैले पापी छ र नरकको योग्य छ भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ (रोमी ३:२३; यशैया ६४:६-७) ।
  • पापबाटको मुक्तिचाहिँ येशू ख्रीष्टको बलिदानपूर्ण मृत्ययु र पुनरुत्थानद्वारा प्रदान गरिएको र कामबाट होइन तर अनुग्रहद्वारा प्राप्त गर्ने परमेश्‍वरको वरदान हो भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ । (यूहन्‍ना ३:१६; यूहन्‍ना १४:६; एफिसी २:८-९, तितस ३:३-७).
  • साँचो विश्‍वास पश्‍चाताप र पवित्र आत्मामा हुने नयाँ जन्मसँगै प्राप्त हुन्छ भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ । (याकूब २:१४-२६; यूहन्‍ना १६:५-१६; रोमी ८:९) ।
  • हामी पवित्र आत्माले अहिले पनि काम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्छौँ, उहाँको बासले ख्रीष्टलाई पच्छ्याउनेहरूलाई धार्मिक जीवन जिउन शक्ति दिन्छ । (यूहन्‍ना १४:१५-२६; एफिसी २:१०; गलाती ५:१६-१८) ।
  • हामी प्रभु येशू ख्रीष्टमा सबै देश, भाषा र समूहका सम्पूर्ण विश्‍वासीहरूको आत्मिक एकतामा विश्‍वास गर्छौँ ( फिलिप्पी २: २२-२३, एफिसी १:२२-२३, १ कोरिन्थी १२: १२,२७) ।
  • हामी येशू ख्रीष्टको व्यक्तिगत र शारीरिक पुनरागमनमा विश्‍वास गर्छौँ (मत्ती २४:३०, प्रेरित १:१०-११) ।
  • हामी बचाइएका र हराएका दुबैको पुनरुत्थानमा विश्‍वास गर्छौं । नबचाइएकाहरू नरकको अनन्त दण्डको निम्ति र बचाइएकाहरू परमेश्‍वरसँग स्वर्गमा अनन्त आशिष्‌को निम्ति पुनरुत्थान हुने छन् । (हिब्रू ९:२७-२८, मत्ती १६:२७; यूहन्‍ना १४:१-३; मत्ती २५:३१-४६)।

गौण विश्‍वासहरू

धर्मशास्त्रमा भएका तर इमान्दार विश्‍वासीहरू सहमत हुने सबै कुराहरू गौण विश्‍वासहरू हुन् (उदाहरण, बप्तिस्मा, प्रभुभोज, बादलमा उठाइलगिने कुरा आदि) । हामी यी कुराहरूमा सहमतिका साथ असहमत रहँदै हाम्रो साझा लक्ष्य सबै समूहलाई चेला बनाउने काममा लाग्‍छौँ (मत्ती २८: १८-२०) ।


अनुवाद मार्गनिर्देशनहरू

This page answers the question: हामी कुन सिद्धान्तको प्रयोग गरेर अनुवाद गर्छौँ?

In order to understand this topic, it would be good to read:

  • यस दस्ताबेजको आधिकारिक संस्करण http://ufw.io/guidelines/ मा पाउन सकिन्छ ।*
  • अनुवादमा प्रयोग गरिएका निम्‍न सिद्धान्त र प्रक्रियाहरूसँग वचन प्रकटीकरण परियोजनाका सबै सदस्य संस्थाहरू र योगदानकर्ताहरू सहमत छन् (हेर्नुहोस् https://unfoldingword.bible)। अनुवादका सबै क्रियाकलापहरू यी साझा निर्देशक सिद्धान्तहरू अनुसार सञ्‍चालित हुन्छन् ।*
  1. सही — मूल पाठमा थपघट वा परिवर्तन नगरी सही तरिकाले अनुवाद गर्नुहोस् । मूल पाठकहरूले जसरी बुझेका थिए अनुवादित सामाग्रीले पनि त्यही अर्थ दिने गरी विश्‍वासयोग्य सञ्‍चार गर्नुपर्छ । (हेर्नुहोस् सही अनुवाद सृजना गर्ने)
  2. स्पष्ट — पाठकहरूले सकेसम्म धेरै बुझ्‍ने गरी आवश्यक भाषाका ढाँचाहरू प्रयोग गर्नुहोस् । मूल अर्थलाई सकेसम्म स्पष्टसँग बुझाउनको निम्ति पाठको स्वरूपलाई मिलाउने, धेरै वा थोरै शब्दहरूको प्रयोग गर्ने काम पनि यसभित्र पर्छ । (हेर्नुहोस् स्पष्ट अनुवाद सृजना गर्ने)
  3. स्वभाविक — प्रभावकारी र सन्दर्भ अनुरुप तपाईंको भाषालाई प्रतिबिम्बित गर्ने भाषाको प्रयोग गर्नुहोस् । (हेर्नुहोस् स्वभाविक अनुवाद सृजना गर्ने)
  4. विश्‍वासयोग्य — तपाईंको अनुवादलाई कुनै पनि किसिमका राजनीतिक, साम्प्रदायिक, वैचारिक, सामाजिक, सांस्कृतिक वा ईश्‍वरशास्त्रीय पूर्वाग्रहबाट अलग राख्‍नुहोस् । बाइबलको मूल भाषाका शब्दहरूलाई न्याय गर्ने किसिमका मूल शब्दहरूको प्रयोग गर्नुहोस् । पिता परमेश्‍वर र पुत्र परमेश्‍वरको सम्बन्धलाई वर्णन गर्ने बाइबलीय शब्दहरूको निम्ति समान किसिमको साझा भाषाको प्रयोग गर्नुहोस् । यसलाई पाद टिप्पणी वा अन्य थप सामाग्रीहरूद्वारा थप स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस् विश्‍वासयोग्य अनुवादको सृजना गर्ने) ४ आधिकारिक — बाइबलीय सामाग्रीको अनुवाद गर्ने क्रममा बाइबल पाठहरूको मूल भाषालाई सर्वोच्च अधिकारको रूपमा प्रयोग गर्नुहोस् । स्पष्टताको लागि मध्यस्थ स्रोत भाषाको रूपमा अन्य भाषामा भएका विश्‍वासयोग्य बाइबलीय सामाग्रीलाई प्रयोग गर्न सकिन्छ । (हेर्नुहोस् आधिकारिक अनुवाद सृजना गर्ने)
  5. ऐतिहासिक — मूल पाठकहरूको जस्तो सांस्कृतिक सन्दर्भ नभएका पाठकहरूले सही तरिकाले बुझ्‍नको लागि ऐतिहासिक घटना र तथ्यहरूलाई थप जानकारीका साथमा सही तरिकाले सञ्‍चार गर्नुहोस् । (हेर्नुहोस् ऐतिहासिक अनुवादक सृजना गर्ने)
  6. समान — स्रोत भाषाको अनुवभव र प्रवृत्तिजस्ता आशय जस्ताको तस्तै सञ्‍चार गर्नुहोस् । मूल पाठमा भएका आख्यान, काव्य, अर्ति र भविष्यवाणीहरूजस्ता फरक किसिमका साहित्यलाई सकेसम्म तपाईंको भाषामा त्यसरी नै कामय राख्‍नुहोस् । (हेर्नुहोस् समान अनुवाद सृजना गर्ने)

अनुवादको गुणस्तर पहिचान र व्यवस्थापन गर्ने

अनुवादको गुणस्तर भन्‍नाले सामान्य रूपमा त्यस अनुवाद मूल अर्थप्रति कति वफदार छ र त्यसलाई लक्षित भाषा बोल्‍ने व्यक्तिहरूले कति प्रभावकारी रूपले बुझे भन्‍ने कुरालाई जनाउँछ । भाषा समुदायसँग अनुवादको स्वरूप तथा सञ्‍चार गुणस्तर र मण्डली समुदायसँग अनुवादको विश्‍वस्तताको जाँच गर्ने सल्लाह दिन्छौँ ।

अनुवाद परियोजनाको सन्दर्भ र भाषाको आधारमा गुणस्तर पहिचान र व्यवस्थापनका चरणहरू फरक हुन सक्छन् । सामान्यतया, भाषा समुदाय र त्यही भाषा बोल्‍ने मण्डली अगुवाहरूद्वारा समीक्षा गरिएको अनुवादलाई हामी असल अनुवाद मान्छौँ र यसमा निम्‍न कुरा पर्छन्ः

  1. सही, स्पष्ट, स्वभाविक, र समान — मण्डली समुदायले निर्धारित गरेको र विश्‍व मण्डलीसँग मेल खाने, ऐतिहासिक भएको ।
  2. मण्डलीद्वारा स्वीकृत - मण्डलीले समर्थन गरेर प्रहयोग गरेको । (हेर्नुहोस् मण्डलीद्वारा स्वीकृत अनुवाद)

अनुवादको काम निम्‍न बमोजिम होस् भन्‍ने सिफारिस गर्छौँः

  1. सहकार्यमूलक — उच्च गुणस्तर र सकेसम्म बढी व्यक्तिहरू माझ यो पुगोस् भन्‍ने कुराको सुनिश्‍चितताको लागि सम्भव भएसम्म अनुवाद गर्दा, जाँच गर्दा र अनुवाद गरिएका सामाग्रीहरू वितरण गर्दा तपाईंको भाषा बोल्‍ने अन्य विश्‍वासीहरूलाई समावेश गर्नुहोस् । (हेर्नुहोस् सहकार्यमूलक अणुवाद सृजना)
  2. निरन्तर प्रक्रिया — अनुवादको काम कहिले पनि पूर्ण रूपमा समाप्त हुँदैन । कहीँ सुधार्नु पर्ने भए भाषाका सिप भएका व्यक्तिहरूलाई ती कुरा औंल्याउनको लागि उत्साह दिनुहोस् । अनुवादमा भएका गल्तीहरूलाई पत्ता लगाउने बित्तिकै सच्याउनुपर्छ । संशोधन वा नयाँ अनुवादको लागि समय-समयमा अनुवादको समीक्षा गर्न प्रोत्साहन गर्नुहोस् । यो नियमित प्रक्रियाको रेखदेख गर्नको निम्ति भाषा समूहलाई एउटा समिति गठन गर्ने सिफारिस गर्छौँ । वचन प्रकटीकरण अलनाइन सामाग्रीहरूको प्रयोग गरेर यी परिवर्तनहरू चाँडै र सजिलै गर्न सकिन्छ । (हेर्नुहोस् निरन्तर अनुवाद प्रक्रियाको सृजना गर्ने)

खुला अनुमति पत्र

This page answers the question: वचन प्रकटीकरणका सामाग्रीहरूमाथि प्रयोगकर्ताहरूले कस्ता स्वतन्त्रताहरू पाउँछन् ।

In order to understand this topic, it would be good to read:

स्वतन्त्रताको अनुमति पत्र

प्रत्येक भाषामा बिना प्रतिबन्ध बाइबलीय सामाग्रीहरू उपलब्ध गराउने कार्यमा सफल हुनको लागि विश्‍व मण्डलीलाई "बिना प्रतिबन्ध" ती सामाग्रीहरूमाथि पहुँच प्रदान गर्ने अनुमति पत्रको जरुरत पर्छ । यदि मण्डलीले बिना प्रतिबन्ध पहुँच प्राप्त गर्न सके भने यो अभियानलाई केहीले पनि रोक्न सक्दैन । क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.० अन्तराष्ट्रिय अनुमति पत्र ले बाइबलीय सामाग्री अनुवाद र वितरणको निम्ति आवश्यक सबै अधिकारहरू प्रदान गर्दछ र उक्त सामाग्री सबैको प्रयोगको निम्ति खुला रहोस् भन्‍ने कुरा सुनिश्‍चित गर्छ । अन्य टिप्पणी गरिएको अवस्था बाहेकका अवस्थामा बाहेक सबै सामाग्रीहरू CC BY-SA अनुमति पत्र अन्तर्गत रहनेछन् ।

  • डोर४३को आधिकारिक अनुमति पत्र https://door43.org/en/legal/license बाट प्राप्त गर्न सकिन्छ*

क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.५ इन्टरनेशनल (CC BY-SA 4.0)

योअनुमति पत्र को मानिसले पढ्न मिल्ने सारांश हो (यो विकल्प भने होइन) ।

तपाईंले निम्‍न कार्यहरू सित्तैमा गर्न सक्‍नुहुन्छः

  • बाँडचुँड गर्न — सामाग्रीहरूलाई कुनै पनि माध्यम वा ढाँचामा नक्कल गर्न र पुनः वितरण गर्न
  • अनुकुल बनाउन — रिमिक्स गर्न, परिवर्तन गर्न, सामाग्रीको आधारमा अन्य सामाग्रीको निर्माण र थप गर्न

यसलाई कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ, व्यवसायिक हिसाबले पनि ।

तपाईंले अनुमति पत्रका सर्तहरू पालना गरेसम्म अनुमति पत्र प्रदायकले यी स्वतन्त्रताहरू रद्द गर्न सक्दैन ।

सर्तहरू देहायबमोजिम छन्ः

  • एट्रिब्यशन — तपाईंले उपयुक्त श्रेय दिनुपर्छ, अनुमति पत्रको लिङ्‍क उल्लेख गर्नुपर्छ, र केही परिवर्तनहरू गरिएको छ भने त्यो पनि देखाउनुपर्छ । तपाईंले यी कुराहरू उचित तरिकाले गर्नुपर्छ, अनुमति प्रदायकले तपाईंको समर्थन गर्छ भन्‍ने अर्थ लाग्‍ने तरिकाले नगर्ने ।
  • शेयरअलाइक — यदि तपाईंले रिमिक्स, परिवर्तन , वा सामाग्रीको आधारमा अन्य सामाग्रीको निर्माण र थप गर्नुभयो भने तपाईंले गरेको योगदानलाई पनि मूल अनुमति पत्रको रूपमा नै वितरण गर्नुपर्छ ।

कुनै थप प्रतिबन्ध नलगाउने — अनुमति पत्रले अन्य व्यक्तिलाई अनुमति दिए बाहेकका कानुनी सर्तहरू वा प्राविधिक मापहरूको प्रयोग गर्न पाउनुहुने छैन ।

सुचनाहरूः

सार्वजनिक डोमेनमा भएका सामाग्रीका तत्वहरू वा तपाईंको प्रयोगलाई अपवाद अथवा प्रतिबन्धबाट अनुमति मिलेको अवस्थामा तपाईं अनुमति पत्रको नियममा बस्‍नुपर्दैन ।

कुनै प्रत्याभूतिहरू दिइएका छैनन् । तपाईंले चाहनुभए जसरी प्रयोग गर्नको निम्ति आवश्यक सबै अनुमति यसले नदिन सक्छ । उदाहरणको निम्ति, प्रचार, योपनीयता, वा नैतिक अधिकारहरूले तपाईंको सामाग्री प्रयोगलाई सीमित गर्न सक्छ ।

अर्को स्रोतबाट लिइएका सामाग्रीहरूको निम्ति प्रस्तावित अधिकार कथनः "डोर४३ वर्ल्ड मिसनस् कम्युनिटीद्वारा सिर्जित मूल लेखहरू http://door43.org/ मा उपलब्ध छन् र तिनलाई क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.० इन्टरनेशनल अनुमति पत्रमार्फत (http://creativecommons.org/licenses/by-sa/4.0/) जारी गरिएको हो । यसलाई मूल सामाग्रीबाट परिवर्तन गरिएको छ र मूल लेखकहरूले यसलाई समर्थन गर्दैनन् ।"

डोर४३ योगदानकर्ताहरूको अधिकार

डोर४३ मा सामाग्रीहरू आयात गर्नको निम्ति खुला अनुमतिपत्रको नियम बमोजिम मूल लेखलाई श्रेय दिनुपर्छ । उदाहरणको लागि, खुला बाइबल कथाहरूमा प्रयोग गरिएका कलाकृतिहरूको श्रेय मूल पृष्ठ मा दिइएको छ ।

डोर४३ परियोजनामा योगदानकर्ताहरू हरेक संशोधन पृष्ठमा स्वतः दिइने श्रेय तिनीहरूका कामप्रतिको श्रेयको निम्ति प्रयाप्त छ भन्‍ने कुरामा सहमत छन् । यसर्थ, डोर४३ का हरेक योगदानकर्ताको सूची "डोर४३ विश्‍व मिसन समुदाय" मा सूचीबद्ध गरिएको छ । हरेक योगदानकर्ताको योगदानहरूलाई त्यस कार्यको संशोधन इतिहासमा सुरक्षित राखिएको छ ।

स्रोत पाठहरू

यदि निम्‍नमध्ये कुनै एउटा अनुमतिपत्र भएका स्रोत पाठहरू मात्र प्रयोग गर्न सकिन्छः

अधिक जानकारीको निम्ति हेर्नुहोस् सर्वाधिकार, अनुमतिपत्र, र स्रोत पाठहरू


गेटवे भाषाहरूको रणनीति

This page answers the question: हरेक भाषाहरूसम्म कसरी पुग्‍न सकिन्छ?

In order to understand this topic, it would be good to read:

  • यो दस्ताबेजको आधिकारिक संस्करण यहाँ प्राप्त गर्न सकिन्छ http://ufw.io/gl/.*

व्याख्या

विश्‍वव्यापी मण्डलीमा समावेश भएका मानिसहरूका १०० प्रतिशत समूहहरूलाई प्रतिलिपि अधिकारबाट प्रतिबन्धित नभएका बाइबलीय सामाग्रीहरूद्वारा सुसज्‍जित गर्दै अनुवादका लागि तिनीहरूले बुझ्‍ने भाषामा (वृहत समुदायको भाषा) तालिम र सामाग्रीहरू प्रदान गरी तिनीहरूले पूर्ण रूपमा बुझ्‍ने भाषामा (तिनीहरूको आफ्नै भाषा) अनुवाद गर्न सक्षम पार्नु नै गेटवे भाषाहरूको रणनीतिको उद्देश्य हो । "गेटवे भाषा" बृहतर सञ्‍चारको त्यस्तो भाषा हो जसको माध्यमद्वारा उक्त भाषालाई दोस्रो भाषाको रूपमा बोल्ने व्यक्तिहरूले सामाग्रीहरूको पहुँच प्राप्त गरी तिनलाई आफ्नो भाषामा अनुवाद गर्छन् ।

न्युन संख्यामा रहेका भाषाहरू नै विश्‍व तहका "गेटवे भाषाहरू" हुन् जसलाई द्विभाषी व्यक्तिहरूमार्फत् अनुवाद गरी अन्य भाषाहरूमा सामाग्रीहरू पुर्‍याइन्छ। उदाहरणको निम्ति, अफ्रिकामा रहेका फ्रेन्च भाषा बोल्‍ने व्यक्तिहरूको निम्ति फ्रेन्च भाषा गेटवे भाषा हो र फ्रेन्च भाषामा उपलब्ध सामाग्रीहरूलाई द्विभाषी व्यक्तिहरूले तिनीहरूको आफ्नै भाषामा अनुवाद गर्न सक्छन् ।

कुनै पनि देशमा अल्पसंख्यक द्विभाषीहरूले सामाग्रीहरू प्राप्त गर्न सक्‍ने बृहतर सञ्‍चारको भाषाको रूपमा बोलिने थोरै भाषाहरू ने देश स्तरीय गेटवे भाषाहरू हुन् । उदाहरणको लागि, उत्तरी कोरियाको लागि गेटवे भाषा अङ्ग्रेजी हो, किनकि अङ्ग्रेजीमा उपलब्ध सामाग्रीहरूलाई तिनीहरूको भाषामा अनुवाद गरी उपलब्ध गराउन सकिन्छ ।

प्रभावहरू

यस नमुनाका दुई आधारभूत प्रभावहरू छन्ः पहिलो, यसले सबै भाषाहरूलाई गेटवे भाषाको माध्यमद्वारा आफ्नो भाषामा सामाग्रीहरू "लिन" सबल बनाउँछ । दोस्रो, अनुवाद सहयोगी सामाग्रीको अनुवाद गेटवे भाषामा मात्र गरे पुग्‍ने भएको कारण हुनाले यसले अनुवादको मात्रालाई सीमित बनाउँछ । अन्य भाषाहरूले बाइबलीय सामाग्री अनुवाद गर्न सक्छन्, किनकि अनुवाद सहयोगी सामाग्री बुझ्‍नको लागि तिनीहरूले अरु भाषाहरूमा भर पर्नुपर्दैन ।


उत्तरहरू पत्ता लगाउने

This page answers the question: मेरा प्रश्‍नहरूको जवाफ कहाँबाट प्राप्त गर्न सक्छु?

In order to understand this topic, it would be good to read:

उत्तरहरू कसरी प्राप्‍त गर्ने

प्रश्‍नहरूको उत्तर पत्ता लगाउनको निम्ति विभिन्‍न स्रोतहरू उपलब्ध छन्ः

  • अनुवाद एकेडेमी - यो तालिम निर्देशिका http://ufw.io/ta मा प्राप्त गर्न सकिन्छ र यसमा निम्‍न जानकारीहरू समावेश गरिएका छन्ः
    • परिचय - यसले वचन प्रकटीकरण परियोजनाको परिचय दिन्छ ।
    • प्रक्रिया निर्देशिका - यसले "अब के त? अर्थात् यसपछि के?" भन्‍ने प्रश्‍नको जवाफ दिन्छ ।"
    • अनुवाद निर्देशिका - यसले अनुवादको आधारभूत सिद्धान्तको वर्णन गर्छ र व्यवहारिक अनुवादमा मदत गर्छ ।
    • जाँच निर्देशिका - यसले जाँचकोआधारभूत सिद्धान्त र उत्तम अभ्यासहरूको वर्णन गर्छ
  • स्ल्याक च्याटरुम - टिम४३ समुदायमा सामेल हुने, “#सहायता डेस्क” च्यालनमा आफ्ना प्रश्‍नहरू पोस्ट गर्ने, आफ्ना प्रश्‍नहरूको वास्तविक समयमा जवाफ प्राप्‍त प्राप्त गर्नुहोस् (http://ufw.io/team43 मा साइनअप गर्नुहोस्)
  • CCBT छलफल फोरम - यो प्राविधिक, रणनीतिक, अनुवाद र जाँचसम्बन्धि विषयमा प्रश्‍न सोध्‍ने ठाउँ हो, https://forum.ccbt.bible/
  • सहायता डेस्क - आफ्ना प्रश्‍नहरू help@door43.org मा पठाउनुहोस् ।