नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Ruth

Ruth 1

Ruth 1:1-2

रूथको कथा यहूदी इतिहासको कुन समयमा घटेको थियो?

यो कथा न्याकर्ताहरुको शासनकालमा घटेको थियो।

एलिमेलेक किन आफ्नो परिवारसँग मोआबमा गए?

यहूदामा अनिकाल परेको कारणले उनि त्यहाँ गए।

Ruth 1:3-4

एलिमेलेकलाई मोआबमा के भएको थियो?

नाओमिलाई बिधुवाबनाईछाडि, उनको मृत्यु भयो।

Ruth 1:5

मेआबमा नाओमिका छोराहरुलाई के भयो?

दुईवटा बुहारिहरुलाई नाओमिसंगै छोडि तिनिहरुको मृत्यु भयो।

Ruth 1:6-7

नओमिले किन यहूदाममा फर्कने निर्णय गरिन?

उनले सुनिन कि येहोवेले यदूदाका मानिसहरुलाई भोजन दिनुभएकोछ।

Ruth 1:8

नाओमिले उनका दुई बुहारिहरु काहाँ गएको चाहान्थिन?

उनले तिनिहरु आफ्नो आफ्ना माईतमा फर्केको चाहान्थिन।

Ruth 1:9-12

नाओमिले उनका दुई बुहारिहरुले के खोजेको चाहान्थिन

उनले तिनिहरुले आफ्नालागी पतिहरु खोजेको चाहान्थिन।

Ruth 1:13-15

आफ्नो दुःखको मुलकारण नाओमिले कसलाई ठान्दथिन?

उनले येहोवे उनको विरुद्दमा हुनुहुन्छ भनि विस्वास गर्दथिन।

Ruth 1:16

जब रुथ नाओमिसंग बसिन, नाओमिसंग तिनले के प्रतिज्ञा गरिन?

तिनले भनिन्, किनभने तपाईं जहाँ जानुहुन्‍छ म त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म त्‍यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुन, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुन्छ। तपाईं जुन ठाउँमा मर्नुहुन्‍छ म त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।

Ruth 1:17-18

रुथले नाओमिसँम आफू कतिसमयसम्म रहनेछु भनेर भनिन्?

तिनले मृत्युसम्मै नाओमिसँग रहनेछु भनेर भनिनन्।

Ruth 1:19

कुन सहरमा नाओमि फर्किईन?

तिनि बेथलेहेमा फर्किईन।

Ruth 1:20-21

नाओमि र किन कुन नामले बोलाईएको चाहान्थिईन?

उनले आफूलाई मारा भनेर बोलाउन माग गरिन (जसको अर्थ हो “तितो”), किनकि येहेवेले उनिसँग तितो व्यवहार गर्नुभएकोछ भनि तिनले ठान्दथिईन ।

Ruth 1:22

वर्षको कस्तो समयमा नाओमि र रुथ बेथलेहेममा आईपुगे?

योचाँहि जौँका फसल कटनिको सुरुवाति समय थियो।

Ruth 2

Ruth 2:1

नओमिका मृत्यु भएका पति र बोअजका बिचमा के सम्बन्ध थियो?

बोअज नाओमिका पतिका एक नातेदार थिए।

Ruth 2:2-3

रूथ पहिलो पटक शिलाबाला बटुल्न बाहिर निस्किँदा, रूथले शिलाबाला बटुल्ने क्रममा कसलाई पछ्याउनेछु भनेर भनिन्?

जसको निगाहामा उनिमाथि हुनेछ उसैलाई तिनले पछ्याएकिहुनेछिन।

Ruth 2:4

बोअजले आफ्ना कामदारहरुलाई कस्तो अभिवादन दिए?

उनले भने “येहोवे तिमिहरुसँग रहुन”।

Ruth 2:5-7

बोअजले रुथकोबारेमा के जान्न चाहान्थे?

तिनले उनि को हुन भनेर जान्न चाहान्थे

Ruth 2:8-9

शिलाबाला बटुल्ने सम्बन्धमा बोअजले रुथलाई कस्तो सल्लाहा दिए?

उनले रुथलाई उनको खेतलाई नछाड्नु, तर यहि बसेर र उनका महिला कामदारहरुसँगै काम गर्नु भनि सल्लाहा दिए।

Ruth 2:10

बोअजबाट निगाहापुर्ण सुझाब पाएपछि रुथले बोअजलाई कस्तो प्रश्न गरिन?

उनिले बोअजलाई सोधिन किन उनि तिनको निगाहापात्र भईन?

Ruth 2:11

रुथकोबारेमा बोअजले कस्तोखालको असल कुरा सुनेका थिए?

रुथले आफ्नो माईतिघर छाडेर नाओमिलाई पछ्याएको कुरा तिनले सुनेकाथिए।

Ruth 2:12-14

कसको पखेटामुनि रुथले शरण पाएकोकुरा बोअजले भने?

रुथले येहोवेको पखेटामुनि शरण पाएकिथिईन।

Ruth 2:15

खानाकोसमय पछि काममा फर्किदा, कस्तो अतिरिक्त निगाहा रुथले बोअजबाट पाईन?

तिनले रुथलाई मुठ्ठाहरुबाट अन्न बटुल्ने अनुमति दिए।

Ruth 2:16-18

बोअजले रुथलाई के गर्न आफ्ना कामदारहरुलाई भने

तिनले अन्न काट्नेहरुलाई मुठ्ठाहरुबाट रुथकोलागि अन्न झारिदिन आदेश दिए।

Ruth 2:19

जब नाओमिले रुथले धेरै अन्नहरु ल्याएको देखिन, तब रुथलाई उनले के प्रश्न गरिन?

त्यो दिनमा रुथले अन्न कहाँबाट बटुलेको हो सोधिन?

Ruth 2:20-21

जब बोअजले रुथलाई सहयोगरि गरेको कुरा नाओमिले सुनिन, तब, बोअजकोलागी तिनले कस्तो आशिषको कामना गरिन?

उनिले भनिन, “यहोवेले तिनलाई आशिष दिनुभएकोहोस”।

Ruth 2:22

किन नाओमिले बोअजका स्त्री कामदारहरुसँग काम गर्न रुथकोलागि असल हुन्छ भन्ठानिन्?

यसो गर्नाले, रुथबाट अन्यकुनै खेतलाई हानिपुग्नेछैन।

Ruth 2:23

बाकिँरहेका अरु जौँहरुलाई रुथले के गरिन?

रूथले बोअजका कामदारहरुसँग अन्न बटुलिन र नाओमोसँगै बसिन।

Ruth 3

Ruth 3:1-2

नाओमिले रुथप्रति आफ्नो कस्तो ईच्छा व्यक्त गरिन?

नाओमिले रुथकोलगि एक आरामदायि ठाउँको चाहाना गरिन, त्यसको मतलब एक मानिस जसले उनको राम्रो ख्याल राखोस।

Ruth 3:3

अन्नकुट्ने खालमा जानुअघि नाओमिले रुथलाई के गर्न भनिन्?

आफैलाई नुहाउन, तेल लगाउन र कपडा लगाउन भनिन्।

Ruth 3:4

बोअज सुतिरहेको ठाउँमा गएर रुथले के गर्नुपर्थे?

उनले तिनको खुट्टाबाट कपडा हटाएर तलपट्टि पल्टिनु पर्थे।

Ruth 3:5-7

नाओमिको सुझावहरुप्रति रुथको कस्तो मनोवृत्ति रह्यो?

उनले नाओमिले गर्न भनेका सबैकुराहरु गर्नेछु भनेर भनिन।

Ruth 3:8

मध्यरातमा , बोअजले के खोज्न थाले?

एक स्त्री तिनको खुट्टामा सुतेको पाएपछि तिनि झस्के?

Ruth 3:9

रुथले बोअजसँग के अनुरोध गरिन?.

तिनले बोअजलाई तिनको कपडा फिँजाएर उनलाई ढाक्न भनिन, किनकि तिनी एक उद्दारक नातेदार थिए।

Ruth 3:10

किन बोअजले रुथकोलागि यहोवेसँग आशिष मागे?

बोअजले रुथलाई आशिर्वाद दिए किनभने तिनले जवानलाई नभई बोअजलाई पछ्याएकि थिईन।

Ruth 3:11

रुथको अनुरोधलाई बोअजले कसरि सम्बोधन गरे?

रुथले मागेका सबैकुराहरु उनले गरिदिने भनेर भने

Ruth 3:12

कस्तोखालको अड्चनले बोअजलाई तत्कालै रुथकोलागि एक नातेदारको जिम्मेवारि निभाउनबाट रोक्यो?

त्याहाँ बोअज भन्दा पनि नजिकका अर्का एकजना उद्दारक नातेदार थिए।

Ruth 3:13

रुथकोलागि नातेदारकोरुपमा भुमिका कसले निर्वाह गर्ने भनेर बोअजले कसरि निर्धारण गर्नेछन?

यदि ति नजिकका उद्दारक नातेदारले रुथलाई छुटकारा दिनकोलागि ईच्छुक छन भने बोअज सो कुरामा सहमत हुनेछन। तर यदि तिनि ईच्छुक छैनन् भने, बोअज एक उद्दारक नातेदार बन्नेछन।

Ruth 3:14

कसैले चिन्नु भन्दा अगावै किन रुथले अन्नकुट्टने खाल छाडेर निस्किईन?

उनि अन्न कुट्टने खालमा आएकोकुरा कसैले थाहापाएको बोअजले चाहादैनथे।

Ruth 3:15-17

रूथ खालबाट निस्कनु अघि बोअजले उनलाई के उपहार दिए?

तिनले उनलाई ६वटा जौँकानापहरु दिए।

Ruth 3:18

कति बेला बोअजले त्यो समस्यालाई समाधान गर्नेछन भन्ने कुरामा नाओमि निश्चित थिईन?

त्यहि दिनको अन्ततिर तिनले त्यो समस्यालाई समाधान गरिदिएकाहुनेछन।

Ruth 4

Ruth 4:1

त्यो समस्यालाई समाधान गर्न बोअज काहाँ गए, र रुथलाई छुट्कारा दिने उद्दारक को हुनेछ?

तिनि शहरको ढोकामा गए।

Ruth 4:2

साक्षीकोरुपमा बस्न कसलाई बोअजले अनुरोध गरे?

उनले सहरका १०जना एल्डरहरुलाई अनुरोध गरे।

Ruth 4:3

अर्का नातेदारका बिषयमा बोअजले पहिला के भने

नाओमीले एलीमेलेकको स्वामित्वमा रहेको जग्गा बेच्दैछिन् भनी उनले तिनलाई बताए।

Ruth 4:4

बोअजले अर्को नातेदारलाई जमिनको बारेमा के गर्न सुझाव दिए?

बोअजले अर्को नातेदारले यसलाई तिनले छुटाउन सक्ने सुझाव दिए।

अर्को नातेदारले के जवाफ दिए?

तिनले यसलाई छुट्कारा नदिने बताए

Ruth 4:5

अर्को नातेदारलाई बोअजले अरु कुन कुन थप अतिरिक्त आवश्यकताहरुबारे बताए?

उनले तिनलाई आफ्नो उत्तराधिकारमा एलीमेलेकको नाउँ बढाउन रूथसँग विवाह गर्नुपर्नेछ भनी बताए।

Ruth 4:6-7

रुथसँग बिवाहा गर्नुपर्छ भनेर थाहा पाएपछि अर्को नातेदारको जवाफ के थियो?

उनले त्यस जमिनलाई छुट्कारा दिन नसक्ने बताए।

किन अर्का नादेदारले उद्दारक हुन नसक्ने बताए?

उनले भने यसले उनको आफ्नै उत्तराधिकारलाई सिध्याउनेछ।

Ruth 4:8

बोअजनै मुक्तिदाता हुनुपर्छ भनी सहमत भएको देखाउनको लागि अर्को नातेदारले के गरे?

तिनले आफ्नो चप्पल फूकाले।

Ruth 4:9

कुनचाहि पहिलो सम्झौता बोअजले भने जसको साक्षी एल्डरहरु थिए?

तिनिहरु एलिमेलेकको स्वामित्वमा रहेको सबै जमिन बोअजले किनेकोकुराको साक्षी थिए।

Ruth 4:10-11

कुनचाहि दोस्रो सम्झौता बोअजले भने जसको साक्षी एल्डरहरु थिए?

बोअजले रुथलाई आफ्नो पत्निकोरुपमा लिएकोकुराको तिनिहरु साक्षी थिए।

Ruth 4:12-14

बोअजकोलागि कस्तोप्रकारको आशिषको कामना मानिसहरुले गरे

जसरी तामारले यहूदाका लागि छोरा जन्माइन्, त्यसरी नै यहोवाले रूथद्वारा तिनलाई सन्तान दिनुहुनेछ भनी तिनीहरूले चाहाना गरे

Ruth 4:15

रुथ नाओमीका लागि सात छोराहरूभन्दा उत्तम थिईन भनेर स्त्रीहरूले किन भने?

नाओमीको लागि रूथको प्रेमको कारण र रूथले नाओमीको लागि नाति जन्माएको कारणले तिनीहरूले यसो भने।

Ruth 4:16

रुथको छोरासँग नाओमिको कस्तो सम्बन्ध रह्यो?

नाओमि उसको वास्ता र स्याहारसुसार गर्नेर भईन

Ruth 4:17-22

रुथको छोराको नाम के थियो?

तिनको नाम ओबेद थियो।

ओबेद कसका बाबु र बाजे थिए?

ओबेद यिशैका पिता थिए र दाऊदका बाजे थिए।