नेपाली (Nepali): translationWords

Updated ? hours ago # views See on DCS Draft Material

Key Terms

अखमिरी रोटी

परिभाषा:

पदावली “अखमिरी रोटी” ले खमिर वा खमिरसित सम्बन्धित अन्य कुनै पदार्थ नहाली पकाएको रोटीलाई जनाउँछ । अखमिरी रोटी फुल्दैन, यो चेप्‍टो हुन्छ ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुहुँदा उहाँले तिनीहरूलाई छिटो-छिटो गरी मिश्रबाट भाग्‍न आज्ञा दिनुभयो, यति छिट्टै कि तिनीहरूको रोटी पनि फुल्न नपाओस् । त्यसैले, तिनीहरूले आफ्ना खानासँगै अखमिरी रोटी खाए । त्यस बेलादेखि त्यस समयको याद दिलाउन तिनीहरूको वार्षिक निस्तार-चाडको उत्सवमा अखमिरी रोटीको प्रयोग गरिन्छ ।
  • खमिरलाई कहिले काहीँ “पाप” को चित्रको रूपमा प्रयोग गरिएकोले “अखमिरी रोटी” ले पापको अपासरण र परमेश्‍वरलाई आदर दिने तवरले जिउने कुरोको प्रतिनिधित्व गर्छ ।

अनुवादका लागि सुझावहरूः

  • यस पदावलीलाई “खमिर नभएको रोटी” वा “नफुल्‍ने चेप्‍टो रोटी” भनी अनुवाद गर्न सकिन्छ ।
  • तपाईंले “खमिर, सोडा” लाई कसरी अनुवाद गर्नुहुन्छ, त्यससित यो पदावली मेल खाओस् भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
  • केही सन्‍दर्भहरूमा, "अखमिरी रोटी" शब्‍दले "अखमिरी रोटिको चाड  लाई बुझाँउछ र त्‍यसरी अनुवाद गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः रोटी, मिश्र, चाड, निस्तार-चाड, सेवक, पाप, खमीर)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०५:६-८
  • २ कोरिन्थी ३०:१३-१५
  • प्रेरित १२:३-४
  • प्रस्थान २३:१४-१५
  • एज्रा ०६:२१-२२
  • उत्पत्ति १९:१-३
  • न्यायकर्ता ०६:२१
  • लेवी ०८:१-३
  • लूका २२:१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4682, G01060

## अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी ### परिभाषा: “अगमवक्‍ता” परमेश्‍वरको सन्देश मानिसहरुलाई भन्‍ने एक मानिस हुन । यसो गर्ने महिलालाई “अगमवादिनी” भानिन्छ । * प्रायः अगमवक्‍ताहरूले मनिसहरुलाई तिनीहरूका पापबाट फर्कन र परमेश्‍वरको आज्ञा पालन गर्न चेतावनी दिन्थे । * “अगमवाणी” अगमवक्‍ताले बोल्ने सन्देश हो ।” अगमवाणी गर्नु” भनेको परमेश्‍वरको सन्‍देश बोल्नु हो । * अगमवाणीका सन्देशहरू प्रायः भविष्यमा हुने केही कुराहरूबारे हुन्थ्यो । * पुरानो करारका धेरै अगमवाणीहरू पुरा भइसकेको छन् । * बाइबलमा अगमव्‍ताहरूद्वारा लेखिएका पुस्‍तकहरूको संग्रहलाई कहिलेकाहिँ "भविष्‍यवक्‍ताहरू" भनिन्‍छ। * उदहारणमा लागि, वाक्‍यांश "व्‍यवस्‍था र अगमवक्‍ताहरू" सबै हिब्रू धर्मशास्‍त्रहरूलाई सन्‍दर्भ गर्ने तरिका हो, जसलाई "पुरानो नियम" पनि भनिन्‍छ। * अगमवक्‍ताको लागि पुरानो शब्द “दर्शी” वा “कोही जसले देख्छ” थियो । * तैपनि, कहिले काहीँ “दर्शी” शब्दले जोखना हेर्ने वा अरु झुटा अगमक्‍तालाई जनाउछ । ### अनुवादका निम्ति सुझावहरुः * “अगमवक्‍ता” शब्दलाई “परमेश्‍वरको प्रवक्‍ता” वा “परमेश्‍वरको निम्ति बोल्ने मानिस” वा “परमेश्‍वरको सन्देश बोल्ने मानिस” भनी अनुवाद गर्न सकिन्छ । * एक "द्रष्‍टा" लाई "दर्शन देख्‍ने व्‍यक्‍ति" वा "परमेश्‍वरबाट भविष्‍य देख्‍ने मानिस" भनेर अनुवाद गर्न सकिन्‍छ। * “अगमवादिनी” शब्दलाई “परमेश्‍वरको निम्ति प्रवक्‍तिनी” वा “परमेश्‍वरको निम्ति बोल्ने महिला” वा “परमेश्‍वरको सन्देश बोल्ने महिला” भनी अनुवाद गर्न सकिन्छ । * अगमवाणी” लाई अनुवाद गर्ने तरिकाहरूमा “परमेश्‍वरको सन्देश” वा “अगमवक्‍ताको सन्देश” पर्छन् । * लाक्षणिक अभिव्‍यक्‍ति, "व्‍यवस्‍था र अगमवक्‍ताहरू" लाई "व्‍यवस्‍था र अगमवक्‍ताहरूका पुस्‍तकहरू" वा "परमेश्‍वर र उहाँका मानिसहरूले बारेमा लेखिएको सबै कुरा, जसमा परमेश्‍वरका व्‍यवस्‍थाहरू र उहाँका अगमवक्‍ताहरूले प्रचार गरेको थिए" भनेर पनि अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः बोलिको एक आंकडा जसमा एक भाग सम्‍पूर्ण वा यसको विपरित प्रतिनिधित्‍व गर्न बनाइन्‍छ।) * सन्दर्भअनुसार “अगमवाणी गर्नु” लाई यसरी अनुवाद गर्न सकिन्छ “परमेश्‍वरको वचनहरू बोल्नु” वा “भावी घटनाहरूबारे परमेश्‍वरको सन्देश भन्‍नु” । * उदहारणको लागि झूटा देवताको अगमवक्‍ता (वा द्रष्‍टा) लाई उल्‍लेख गर्दा, यसलाई "झूटा अगमवक्‍ता (द्र्ष्‍टा)" वा "झूटा देवताको अगमवक्‍ता (द्र्ष्‍टा)" वा "बालको अगमवक्‍ता" भनेर अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः जोखना, जोखना हेर्ने, ज्योतिष, ज्योतिषी, झुटा अगमवक्‍ता, पुराहुनु) ### बाइबलका खण्डहरूः * १ थेसलोनिकी ०२:१४-१६ * प्रेरित ०३:२४-२६ * यूहन्‍ना ०१:४३-४५ * मलाकी ०४:४-६ * मत्ती ०१:२२-२३ * मत्ती ०२:१७-१८ * भजनसंग्रह ०५१:१-२ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (१२-१२) जब इस्राएलीहरूले मिश्रीहरू मरेका देखे, तिनीहरूले परमेश्‍वरमा भरोसा गरे, र मोशा परमेश्‍वरका अगमवक्‍ता थिए भनी विश्‍वास गरे । * (१७-१३) दाऊदले जे गरेका थिए त्यसबारे परमेश्‍वर धेरै रिसाउनुभयो, त्यसैले उनका पाप कति खराब थिए भनी बताउन नातान अगमवक्‍ता पठाउनुभयो । * (१९-०१) इस्राएलको इतिहासभरि नै परमेश्‍वरले तिनीहरूकहाँ अगमवक्‍ताहरू पठाउनुभयो । अगमवक्‍ताहरूले परमेश्‍वरबाट सन्देश सुन्थे, त्यसपछि परमेश्‍वरको सन्देश मानिसहरूलाई भन्थे । * (१९-०६) बालका ४५० अगमवक्ताहरू लगायत इस्राएल राज्यभरिका मानिसहरू कार्मेल पर्वतमा आए । * (१९-१७) मानिहहरूले धेरैजसो परमेश्‍वरको अवाज्ञा गरे । तिनीहरूले अगमवक्‍ताहरूलाई प्रायः दुर्व्यवहार गर्थे, र कहिले काहीँ मार्थे पनि । * (२१-०९) मसीह कन्याबाट जन्मनुहुनेछ भनी यशैया अगमवक्‍ताले अगमवाणी गरे । * (४३-०५) “यसले योएल अगमवक्‍ताले अगमवाणी गरेका कुरा पुरा गर्छ, जसमा परमेश्‍वरले भन्‍नुभयो, ‘अन्तिम दिनहरूमा, म मेरो आत्मा खन्याउनेछु’ ।” * (४३-०७) “यसले यसो भन्‍ने अगमवाणी पुरा गर्छ, ‘तपाईंले तपाईंका पवित्र जनलाई चिहानमा कुहुन दिनुहुनेछैन’ ।” * (४८-१२) मोशा परमेश्‍वरको वचन घोषणा गर्ने महान् अगमवक्‍ता थिए । तर येशू सबैभन्दा महान् अगमवक्‍ता हुनुहुन्छ । उहाँ परमेश्‍वरको वचन हुनुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2372, H2374, H4853, H5012, H5013, H5016, H5017, H5029, H5030, H5031, H5197, G24950, G43940, G43950, G43960, G43970, G43980, G55780
## अधर्म ### परिभाषा: “अधर्म” एउटा शब्द हो जुन शब्द “पाप” सित अर्थमा निकै समान छ । तर यसले गलत काम वा महा-दुष्‍टताको सचेत कार्यहरूलाई जनाउन सक्छ । * शब्द “अधर्म” को शाब्दिक अर्थ हुन्छ‒ (व्यवस्थाको) विकृति वा बङ्ग्याइ । यसले मुख्य अन्यायलाई उल्लेख गर्छ । * अधर्मलाई अरू मानिसहरूको विरुद्धमा जानाजानी गरिने हानिकारक क्रियाकलापको रूपमा बयान गर्न सकिन्छ । * अधर्मको अन्य परिभाषाहरूमा “भ्रष्‍टता” वा “अन्तर्निहित दुष्‍टता” पर्छन् । यी यस्ता दुईवटा शब्द हुन् जसले डरलाग्दो पापका अवस्थाहरूलाई बयान गर्छन् । ### अनुवादका लागि सुझावहरूः * शब्द “अधर्म” लाई “दुष्‍टता” वा “भ्रष्‍ट क्रियाकलापहरू” वा “हानिकारक कार्यहरू” भनी अनुवाद गर्न सकिन्छ । * अक्सर “अधर्म” उही पाठ्यपुस्तकमा प्रयुक्‍त हुन्छ, जहाँ “पाप” र “उल्लङ्घन” आउँछन् । त्यसैले, यी शब्दहरूलाई फरक-फरक तरिकाले अनुवाद गर्नु महत्त्वपूर्ण हुन्छ । (हेर्नुहोस्ः पाप, पापिष्‍ठ, पापी, पाप गर्नु, उल्लङ्घन गर्नु, उल्लङ्घन, अपराध) ### बाइबलका सन्दर्भहरूः * दानिएल ०९:१२-१४ * प्रस्थान ३४:५-७ * उत्पत्ति १५:१४-१६ * उत्पत्ति ४४:१६-१७ * हबकूक ०२:१२-१४ * मत्ती १३:४०-४३ * मत्ती २३:२७-२८ * मीका ०३:९-११ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0205, H1942, H5753, H5758, H5766, H5771, H5932, H5999, H7562, G00920, G00930, G04580, G38920, G41890
## अधिकार ### परिभाषा: “अधिकार” शब्दले कसैमाथि कसैको नियन्‍त्रण वा प्रभाव पार्ने शक्‍तिलाई जनाउँछ । * राजाहरू र अन्य शासकहरूसित तिनीहरूले शासन गरिरहेका मानिसहरूमाथि अधिकार हुन्छ । * शब्द “अधिकारीहरू” ले अरू मानिसहरूमाथि हक भएका मानिस, सरकार वा संस्थालाई जनाउँछ । * शब्‍द "अधिकारहरु" ले आत्‍मिक प्रणीहरूलाई पनि बुझाउन सक्‍छ जसले आफूलाई परमेश्‍वको अख्‍तियारमा समर्पण नगरेका मानिसहरुमाथि शक्‍ति राख्‍छन्। * मालिकहरूले आफ्‍ना सेवकहरू वा दासहरुमाथि अधिकार राख्‍छन्। छोराछोरीमाथि  आमाबाबुको अधिकार हुन्‍छ। * सरकारहरूसगँ आफ्‍ना नागरिकहरूलाई शासन गर्ने कानुन बनाउने अधिकार वा हक हुन्‍छ। ### अनुवादका लागि सुझावहरूः * “अधिकार” लाई “नियन्‍त्रण” वा “हक” वा “योग्यता” भनी अनुवाद गर्न सकिन्छ । * कहिले काहीँ “अधिकार” शब्दलाई “शक्‍ति” वा “क्षमता” को अर्थमा प्रयोग गरिन्छ । * मानिसहरूमाथि शासन गर्ने मानिसहरू र संस्थाहरूलाई जनाउन शब्द “अधिकारीहरू” को प्रयोग गर्दा यसलाई “अगुवाहरू” वा “शासकहरू” वा “शक्‍तिहरू” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “उसको आफ्नै अधिकारमा” लाई “अगुवाइ गर्ने उसको आफ्नै हकसहित” वा “उसको आफ्नै योग्यताहरूमा आधारित रहेर” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अधिराज्‍य, राजा, शासक, शक्ति) ### बाइबलका सन्दर्भहरूः * कलस्सी ०२:१०-१२ * एस्तर ०९:२९ * उत्पत्ति ४१:३५-३६ * योना ०३:६-७ * लूका १२:४-५ * लूका २०:१-२ * मत्ती ०८:८-१० * मत्ती २८:१८-१९ * तीतस ०३:१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H8633, G08310, G14130, G18490, G18500, G20030, G27150, G52470
## अनुग्रह, अनुग्रहमय ### परिभाषा: “अनुग्रह” शब्दले कसैलाई दिइने सहायता वा आशिष्लाई जनाउँछ जुन ऊ आफैले कमाएको हुँदैन । “अनुग्रहमय” शब्दले अरूहरूप्रति अनुग्रह देखाउने व्यक्‍तिको बयान गर्छ । * पापिष्‍ठ मानव-जातिप्रति परमेश्‍वरको अनुग्रह सित्तैँमा दिइएको उपहार हो । * अनुग्रहको अवधारणाले गल्ती गरेको व्यक्‍ति वा चोट पुर्‍याएको व्यक्‍तिप्रति गरिने दया वा क्षमालाई पनि जनाउँछ । * पदावली “अनुग्रह पाउनु” एउटा टुक्‍का हो जसको अर्थ हुन्छ‒ परमेश्‍वरबाट सहायता र कृपा पाउनु । यसमा अक्सर त्यस्तो अर्थ हुन्छ जसमा परमेश्‍वर त्यस व्यक्‍तिप्रति खुसी हुनुहुन्छ र उसलाई सहायता गर्नुहुन्छ । ### अनुवादका लागि सुझावहरूः * “अनुग्रह” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “ईश्‍वरीय दया” वा “परमेश्‍वरको स्‍नेह” वा “पापीहरूका लागि परमेश्‍वरको दया र क्षमा” वा “कृपावान् दया” पर्छन् । * “अनुग्रहमय” शब्दलाई “अनुग्रहले भरिपूर्ण” वा “दयालु” वा “कृपालु” वा “कृपा गरेर दयालु” भनी अनुवाद गर्न सकिन्छ । * टुक्‍का “उसले परमेश्‍वरको दृष्‍टिमा अनुग्रह पायो” लाई “उसले परमेश्‍वरबाट कृपा पायो” वा “परमेश्‍वरले कृपा गरेर उसलाई सहायता गर्नुभयो” वा “परमेश्‍वरले उसलाई आफ्ना स्‍नेह देखाउनुभयो” वा “परमेश्‍वर उसबाट खुसी हुनुभयो र उसलाई मदत गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०४:३२-३३ * प्रेरित ०६:८-९ * प्रेरित १४:३-४ * कलस्सी ०४:५-६ * कलस्सी ०४:१८ * उत्पत्ति ४३:२८-२९ * याकूब ०४:६-७ * यूहन्‍ना ०१:१६-१८ * फिलिप्पी ०४:२१-२३ * प्रकाश २२:२०-२१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2580, H2587, H2589, H2603, H8467, G21430, G54850, G55430
## अनुशासन, आत्मानुशासन ### परिभाषा: मानिसहरूलाई नैतिक व्यवहारका लागि कुनै पनि निश्‍चित मार्ग निर्देशनहरू पालना गर्न तालिम दिनुलाई “अनुशासन” भनिन्छ । * अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई आज्ञापालनको लागि नैतिक कुराहरू सिकाएर अनुशासनमा राख्छन् । * यस्तै प्रकारले परमेश्‍वरले पनि आफ्ना सन्तानहरूले उनीहरूको जीवनमा आनन्द, प्रेम र धैर्य जस्ता स्वस्थ आत्मिक फलहरू फलाउन सकून् भनेर अनुशासनमा राख्‍नु हुन्छ । * अनुशासनभित्र परमेश्‍वरलाई खुसी पार्ने तरिकाहरू र परमेश्‍वरको इच्छा विपरीत जानेहरूको लागि दिइने सजाय पनि पर्दछन् । * आत्म-अनुशासन नैतिक र आत्मिक सिद्धान्तहरूलाई आफ्नै जीवनमा लागू गर्ने प्रक्रिया हो । ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "अनुशासन0 लाई "तालिम र निर्देशन" वा "नैतिक रूपमा मार्गदर्शन" वा "गलतको लागि दण्‍ड" को रूपमा अनुवाद गर्न सकिन्‍छ। * संज्ञा "अनुशासन" लाई "नैतिक प्रशिक्षण" वा "दण्‍ड" वा "नैतिक सुधार" वा "नैतिक मार्गदर्शन र निर्देशन" को रूपमा अनुवाद गर्न सकिन्‍छ। ### बाइबलका सन्दर्भहरूः * एफिसी ६ः४ * हिब्रू १२ः५ * हितोपदेश १९ः१८ * हितोपदेश २३ः१३-१४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4148, G14680
## अन्तरबिन्ती गर्नु, अन्तरबिन्ती ### परिभाषा: शब्दहरू “अन्तरबिन्ती गर्नु” र “अन्तरबिन्ती” ले अर्को व्यक्‍तिको पक्षमा कसैलाई अनुरोध गर्ने कुरोलाई जनाउँछन् । बाइबलमा यसले साधारणतया अरू मानिसहरूको निम्ति गरिने प्रार्थनालाई जनाउँछ । * अभिव्यक्‍तिहरू “को लागि अन्तरबिन्ती गर्नु” र “को लागि अन्तरबिन्ती चढाउनु” को अर्थ हुन्छ‒ अरू मानिसहरूको पक्षमा परमेश्‍वरलाई अनुरोध गर्नु । * बाइबलले सिकाउँछ, कि पवित्र आत्माले हाम्रो लागि अन्तरबिन्ती चढाउनुहुन्छ । यसको अर्थ हुन्छ, कि उहाँले हाम्रा निम्ति परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ । * अधिकारमा भएको कुनै व्यक्‍तिलाई अनुरोध गरी एउटा व्यक्‍तिले अरू मानिसहरूका लागि अन्तरबिन्ती गर्छ । ### अनुवादका लागि सुझावहरूः * “अन्तरबिन्ती गर्नु” लाई “बिन्ती गर्नु” वा “(कसैको लागि) केही गरिदिन निवेदन गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * नाम “अन्तरबिन्ती” लाई “निवेदन” वा “अनुरोध” वा “जरुरी प्रार्थना” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “को लागि अन्तरबिन्ती गर्नु” लाई “को फाइदाको लागि अनुरोध गर्नु” वा “को पक्षमा निवेदन गर्नु” वा “सहायताको लागि परमेश्‍वरलाई अनुरोध गर्नु” वा “(कसैलाई) आशिष्को लागि परमेश्‍वरलाई निवेदन गर्नु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना) ### बाइबलका सन्दर्भहरूः * हिब्रू ०७:२५-२६ * यशैया ५३:१२ * यर्मिया २९:६-७ * रोमी ०८:२६-२७ * रोमी ०८:३३-३४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6293, G17830, G17930, G52410
## अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू ### परिभाषा: “अन्तिम दिनहरू,” वा “पछिल्ला दिनहरू,” ले सामान्यतौरमा येशू ख्रीष्‍टको फर्काइसम्मको समयावधिलाई सङ्केत गर्दछ । * यो समयावधि भनेको अथाह समयावधि हो । * “अन्तिम दिन” भनेको अन्त्यको समयमा हुने पुनरुत्थान तथा न्यायको दिन हो । ### अनुवाद सुझावहरू * “अन्तिम दिनहरू,” भन्‍ने शब्दलाई “पछिल्लो समयावधि,” वा “अन्त्यका दिनहरू,” वा “समयको समाप्‍ति,” भनि अनुवाद गर्न सकिन्छ । * “अन्तिम दिन” लाई अनुवाद गर्ने क्रममा, “पृथ्वीमा हुने अन्तिम समय,” वा “समयको समाप्‍ति” वा “अन्तिम समयावधि,” भनि अनुवाद पनि गर्न सकिन्छ । (हेर्नुहोस्ः परमेश्‍वरको दिन, न्‍यायधिस, फर्कनु, संसार) ### बाइबलका सन्दर्भहरूः * २ पत्रुस ३ः३-४ * दानिएल १०ः१४-१५ * हिब्रू १ः२ * यशैया २ः२ * याकुब ५ः३ * यर्मिया २३ः१९-२० * यूहन्‍ना ११ः२४-२६ * मिका ४ः१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0319, H3117, G20780, G22500
## अन्यजाति/गैरयहूदी ### परिभाषा: “अन्यजाति” शब्दले कुनै पनि गैरयहूदीलाई जनाउँछ । अन्यजातिहरू ती मानिसहरू हुन्, जो याकूबका सन्तानहरू होइनन् । * बाइबलमा अन्यजातिहरूलाई जनाउन “बेखतने” शब्दलाई पनि आलङ्कारिक रूपमा प्रयोग गरिएको छ, किनकि इस्राएलीहरूले जस्तै तिनीहरूमध्ये धेरै जनाले आफ्ना पुरुषहरूको खतना गर्दैनथ्ये । * परमेश्‍वरले यहूदीहरूलाई उहाँको विशेष जाति हुनलाई छान्‍नुभएकोले तिनीहरूले अन्यजातिहरूलाई बाहिरियाहरू ठान्थे, जो कहिल्यै परमेश्‍वरको जाति हुन सक्दैनथ्ये । * इतिहासमा विभिन्‍न समयमा यहूदीहरूलाई “इस्राएलीहरू” वा “हिब्रूहरू” पनि भनियो । तिनीहरूले हरेकलाई “अन्यजाति” भनी उल्लेख गर्थे । * अन्यजातिलाई “गैरयहूदी” वा “गैरइस्राएली” भनेर पनि अनुवाद गर्न सकिन्छ (पुरानो करार) । * परम्परागत रूपमा, यहूदीहरू अन्यजातिहरूसँगै बसेर खाँदैनथ्ये, वा तिनीहरूसित सङ्गत गर्दैनथ्ये, जसको कारणले गर्दा आदि मण्डलीमा सुरु-सुरुमा समस्याहरू उब्जे । (हेर्नुहोस्ः इस्राएल, याकुब, यहुदि) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ९ः१३-१६ * प्रेरित १४ः५-७ * गलाती २ः१६ * लूका २ः३२ * मत्ति ५ः४७ * मत्ति ६ः५-७ * रोमि ११ः२५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1471, G14820, G14840, G16720
## अपराध ### परिभाषा: “अपराध” गर्नुको अर्थ हुन्छ‒ नियम भङ्ग गर्नु वा अर्को व्यक्‍तिको अधिकारको विपरीत काम गर्नु । यो शब्‍द प्रायः लाक्षणिक रूपमा प्रयोग गरिन्‍छ, जसको अर्थ कानून तोड्नु वा अर्को व्‍यक्‍तिको अधिकार उल्‍लङ्घन गर्नु हो। * यो शब्‍द "उल्‍लङ्घन" सगँ धेरै मिल्‍दोजुल्‍दो छ तर सामान्‍यतया परमेश्‍वरको विसुद्धमा भन्‍दा अन्‍य मानिसहरूको विरुद्धको  उल्‍लङ्घनको वर्णन गर्न प्रयोग गरिन्‍छ। * अपराध नैतिक वा नागरिक नियमको उल्लङ्घन अथवा अर्को व्यक्‍तिको विरुद्धमा गरिने पाप हुन सक्छ । * अपराध अर्को व्‍यक्‍ति विरुद्ध गरिएको पाप पनि हुन सक्‍छ। * खास गरी परमेश्‍वरको आज्ञा नमान्‍ने सम्बन्धमा यो शब्द “पाप” र “उल्लङ्घन” सित सम्बन्धित छ । सबै पाप परमेश्‍वरको विरुद्धमा गरिने अपराध हुन् । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “को विरुद्धमा अपराध गर्नु” लाई “को विरुद्धमा पाप गर्नु” वा “नियम तोड्नु” भनी अनुवाद गर्न सकिन्छ । * केही भाषाहरूमा “रेखा पार गर्नु” भन्‍ने टुक्‍का हुन सक्छ जसलाई “अपराध” गर्नुको अनुवादको लागि प्रयोग गर्न सकिन्छ । * बाइबलीय खण्डको वरिपरिको अर्थसित यो शब्द कसरी मेल खान्छ भनी ख्याल गर्नुहोस् र उस्तै अर्थ भएका शब्दहरू (जस्तैः “उल्लङ्घन” र “पाप” ) सित यसलाई तुलना गर्नुहोस् । (हेर्नुहोस्ः अनाज्ञाकारी, अधर्म, पाप) ### बाइबलका सन्दर्भहरूः * १ शमूएल २५:२७-२८ * २ इतिहास २६:१६-१८ * कलस्सी ०२:१६-१८ * एफिसी ०२:१-३ * इजकिएल १५:७-८ * रोमी ०५:१६-१७ * रोमी ०५:२०-२१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0816, H0817, H0819, H2398, H4603, H4604, H6586, H6588, G02640, G39000
## अभिषेक गर्नु, अभिषिक्‍त ### परिभाषा: “अभिषेक गर्नु” को अर्थ हुन्छः व्यक्‍ति वा वस्तुमाथि तेल खन्याउनु । कहिले काहीँ तेलमा अन्य मसलाहरू मिसाइन्थे, जसले मिठो, अत्तरको सुवासना दिन्थ्यो । कसैलाई छानी उसलाई सक्षम तुल्याउन पवित्र आत्मालाई जनाउनका लागि पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । * पुरानो करारमा परमेश्‍वरको विशेष सेवाको लागि अलग गर्न पूजाहारीहरू, राजाहरू र अगमवक्‍ताहरूलाई तेलले अभिषेक गरिन्थ्यो । * वेदीहरू वा पवित्र वासस्थानजस्ता वस्तुहरूलाई परमेश्‍वरको आराधना र महिमाको लागि प्रयोग गरिनुपर्छ भनी देखाउन तिनलाई पनि तेलले अभिषेक गरिन्थ्यो । * नयाँ करारमा बिरामी मानिसहरूको चङ्गाइको लागि तिनीहरूलाई तेलले अभिषेक गरिन्थ्यो । * नयाँ करारले दुई पटक अभिलिखित गर्छ, कि एक स्‍त्रीले येशूलाई सुवासना आउने तेलले अभिषेक गरिन्, जुन आराधनाको कार्य थियो । एक पटक येशूले टिप्पणी गर्नुभयो कि यसो गरेर उनले उहाँको भावी अन्त्येष्‍टिको तयार गर्दै थिइन् । * येशू मर्नुभएपछि उहाँका मित्रहरूले उहाँको मृत शरीरलाई तेल र सुगन्धित मसलाहरू दली (अर्थात् अभिषेक गरी) उहाँको अन्त्येष्‍टिको तयारी गरे । * उपाधिहरू “मसीह (हिब्रू)” र “ख्रीष्‍ट” (ग्रिक) को अर्थ हुन्छः “अभिषिक्‍त (जन) ।” * येशू मसीह नै चुनिनुभएका जन हुनुहुन्थ्यो जसलाई अगमवक्‍ता, प्रधान पूजाहारी र राजाको रूपमा अभिषेक गरियो । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “अभिषेक गर्नु” लाई “… माथि तेल खन्याउनु” वा “… माथि तेल राख्‍नु” वा “… माथि सुवासना आउने तेल खन्याएर अर्पण गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “अभिषिक्‍त हुनु” लाई “तेलले अर्पण गरिनु” वा “नियुक्‍त हुनु” वा “अर्पण गरिनु” भनी अनुवाद गर्न सकिन्छ । * केही सन्दर्भहरूमा “अर्पण गर्नु” लाई “नियुक्‍त गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “अभिषिक्‍त पूजाहारी” जस्ता पदावलीलाई “तेलद्वारा अर्पण गरिएको पूजाहारी” वा “तेल खन्याइएर अलग गरिएको पूजाहारी” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, अर्पण गर्नु, प्रधान पूजाहारी, यहूदीहरूका राजा, पूजाहारी, पूजाहारीको पद, अगमवक्‍ता, भविष्यवाणी, भविष्यवाणी गर्नु, दर्शी, अगमवादिनी) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०२:२०-२१ * १ यूहन्‍ना ०२:२७-२९ * १ शमूएल १६:२-३ * प्रेरित ०४:२७-२८ * आमोस ०६:५-६ * प्रस्थान २९:५-७ * याकूब ०५:१३-१५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0047, H0430, H1101, H1878, H3323, H4397, H4398, H4473, H4886, H4888, H4899, H5480, H8136, G00320, G02180, G07430, G14720, G20250, G34620, G55450, G55480
## अर्पण गर्नु ### परिभाषा: “अर्पण गर्नु” को अर्थ हुन्छ‒ कुनै कुरो वा व्यक्‍तिलाई परमेश्‍वरको सेवामा समर्पित गर्नु । अर्पण गरिएको वस्तु वा व्यक्‍ति परमेश्‍वरको लागि पवित्र वा अलग गरिएको मानिन्छ । * यस शब्दको अर्थ “शुद्ध पार्नु” वा “पवित्र पार्नु” को अर्थसित समान छ, तर यसमा परमेश्‍वरको सेवाको लागि औपचारिक रूपमा अलग गर्ने अर्थ थपिएको हुन्छ । * बलिदान गरिनुपर्ने जनावरहरू, होमबलिको वेदी, पवित्र वासस्थानजस्ता थोकहरू परमेश्‍वरका लागि अर्पण गरिएका कुराहरूमा पर्थे । * पूजाहारीहरू, इस्राएलका मानिसहरू र जेठो छोरो परमेश्‍वरका लागि अर्पण गरिएका मानिसहरूमा पर्थे । * खास गरी यसले परमेश्‍वरको सेवाको लागि सम्बन्धित मानिस वा वस्तुहरूलाई जनाउँदा कहिले काहीँ “अर्पण गर्नु” को अर्थ “शुद्ध पार्नु” सित समान हुन्छ । यसरी अर्पण गरिँदा तिनीहरू शुद्ध पारिनेछन् र उहाँको सामु स्वीकार गरिनेछन् । ### अनुवादका लागि सुझावहरूः * “अर्पण गर्नु” लाई “परमेश्‍वरको सेवाको लागि अलग गर्नु” वा “परमेश्‍वरको सेवाको लागि शुद्ध पार्नु” भनी अनुवाद गर्न सकिन्छ । * “पवित्र” र “शुद्ध पार्नु” लाई कसरी अनुवाद गरिएका छन् भनेर पनि ख्याल राख्‍नुहोस् । (हेर्नुहोस्ः पवित्र, पवित्रता, शुद्ध, शुद्ध पार्नु, शुद्देइँ, पवित्र तुल्याउनु, शुद्धिकरण) ### बाइबलका सन्दर्भहरूः * १ तिमोथी ०४:३-५ * २ इतिहास १३:८-९ * इजकिएल ४४:१९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2763, H3027, H4390, H4394, H5144, H5145, H6942, H6944, G14570, G50480
## अलग गर्नु ### परिभाषा: “अलग गर्नु” को अर्थ कुनै उद्देश्य पुरा गर्नलाई कुनै कुराबाट छुट्टयाउनु भन्‍ने हुन्छ । * इस्राएलीहरूलाई परमेश्‍वरको कामको निम्ति अलग गरिन्थ्यो । * पवित्र आत्माले एन्टिओखियामा भएका ख्रीष्‍टियानहरूलाई पवल र बारनाबासलाई उहाँले तिनीहरूले गर्नलाई चाहनुभएको कामको निम्ति अलग गर्नलाई आज्ञा गर्नुभयो । * परमेश्‍वरको सेवाको निम्ति “अलग गरिएको” एउटा विश्‍वासी परमेश्‍वरको इच्छा पुरा गर्न “समर्पित” हुन्छ । * “पवित्र” को एउटा अर्थ परमेश्‍वरको स्वमित्वमा रहेकोझैँ अलग गर्नु र संसारको पापपूर्ण मार्गरूबाट अलग गर्नु हो । * “शुद्ध गर्नु” को अर्थ एउटा व्यक्‍तिलाई परमेश्‍वरको सेवाको निम्ति अलग गर्नु हो । ### अनुवाद गर्नका निम्ति सुझावहरूः * “अलग गर्नु” लाई अनुवाद गर्ने तरिकाहरूमा “विशेषगरी चुन्‍नु” वा “तपाईंहरूको माझबाट छुट्टाउनु” वा “एउटा विशेष काम गर्नलाई लिनु” पर्छन् । * “अलग्याइनु” लाई “(बाट) छुट्टयाइनु” वा “(को निम्ति) विशेषगरी नियुक्‍ति गरिनु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः पवित्र, पवित्रता, शुद्ध गर्नु, पवित्रकरण, नियुक्‍त गर्नु, नियुक्‍त गरेको) ### बाइबल खण्डहरूः * ऐफिसी ०३:१७-१९ * प्रस्थान ३१:१२-१५ * न्यायकर्ता १७:१२-१३ * गन्ती ०३:११-१३ * फिलिप्‍पी ०१:१-२ * रोमी ०१:१-३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2764, H4390, H5674, H6918, H6942, H6944, G00370, G00380, G00400, G08730
## अविश्‍वासी, अविश्‍वास ### परिभाषा: विश्‍वास नभएकोलाई “अविश्‍वासी” भनिन्छ । * यो शब्द परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई जनाउनको लागि प्रयोग गरिन्छ, जुन कुरा उनीहरूको अनैतिक जीवनबाट प्रकट हुन्छ । * अगमवक्ता यर्मियाले इस्राएलीहरूलाई अविश्‍वासी र परमेश्‍वरप्रति अनाज्ञाकारी भएको दोष लगाए । * उनीहरूले मूर्तिपूजा गरे र परमेश्‍वरको आराधना नगर्ने मानिसहरूका चालहरूमा लागे । "अविश्‍वासी" शब्‍दले परमेश्‍वरले आज्ञा दिनुभएको कुरा नगर्ने मानिसहरूलाई वर्णन र्दछ। अविश्‍वासी हुनुको अवस्‍था वा त्‍यसको अभ्‍यास "अविश्‍वास" हो। * इस्राएलका मानिसहरूलाई "अविश्‍वासी भनिन्‍थ्‍यो जब तिनिहरूले मूर्तिपूजा गर्न थाले र जब तिनिहरूले अन्य तरिकाले परमेश्‍वर प्रति अनाज्ञाकारी भए। * वैवाहिक जिवनमा, व्‍यभिचार गर्ने व्‍यक्‍ति आफ्‍नो जिवनसाथीप्रति "अविश्‍वासयोग्‍य" हुन्‍छ। * इस्राएलको अनाज्ञाकारीको व्‍यवहारलाई वर्णन गर्न परमेश्‍वरले "अविश्‍वासयोग्‍य" शब्‍द प्रयोग गर्नुभयो। तिनिहरूले परमेश्‍वरको आज्ञापालन वा उहाँको आदर गरेका थिएनन्। ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "विश्‍वासहिन" शब्‍दलाई "अविश्‍वासयोग्‍य" वा "अविश्‍वासी" वा "परमेश्‍वरप्रति अनाज्ञाकारि" वा "विश्‍वास नगर्ने" भनेर अनुवाद गर्न सकिन्‍छ। * शब्‍द "विश्‍वासको कमि" लाई "अविश्‍वास" वा "विश्‍वास नभएको" वा "परमेश्‍वरप्रति विद्रोहि" भनेर अनुवाद गर्न सकिन्‍छ। * "अविश्‍वासयोग्‍य" वाक्‍यांशलाई "परमेश्‍वरप्रति वफादार नभएका मानिसहरू" वा "अविश्‍वासि मानिसहरू" वा "जो परमेश्‍वरको अनाज्ञाकारि" वा "मानिसहरू जो परमेश्‍वर प्रति विद्रोही" भनेर अनुवाद गर्न सकिन्‍छ। * केहि भाषाहरूमा , "अविश्‍वासयोग्‍य" शब्‍द "अविश्‍वास" शब्‍द सगँ सम्‍बन्‍धित छ। (​हेर्नुहोस्ः नामहरूलाई कसरी अनुवाद गर्ने) हेर्नुहोस् विश्‍वास, विश्‍वासयोग्‍य, अनाज्ञाकारी, व्‍यभिचार ### बाइबलका सन्दर्भहरूः * इजकिएल ४३ः६-८ * एज्रा ९ः१-२ * यर्मिया २ः१९ * हितोपदेश २ः२२ * प्रकाश २१ः७-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G05710
## असल, उत्तमता ### परिभाषा: सन्दर्भमा आधारित रहेर शब्द “असल” का विभिन्‍न अर्थहरू छन् । यी विभिन्‍न शब्दहरूलाई अनुवाद गर्न धेरै भाषाहरूले विभिन्‍न शब्दहरूको प्रयोग गर्छन् । * "असल" भन्‍न बित्तिकै भावनात्‍म रूपमा सुखद, नैतिक रूपमा सहि, उत्‍कृष्‍ट, सहयोगि, उपयुक्‍त, वा लाभदायक हुन सक्‍छ। * बाईबलमा, "असल" को सामान्‍य अर्थ अक्‍सर "खराब" सँग विपरित हुन्छ। ### अनुवादका लागि सुझावहरूः * अनुवाद गरिएको भाषामा “असल” को लागि प्रयोग गरिने शब्दलाई जहाँसुकै यो सामान्य अर्थ सठिक र स्वाभाविक हुँदा प्रयोग गरिनुपर्छ, खास गरी खराब (वा दुष्‍ट) सित विपरीत भएका सन्दर्भहरूमा । * सन्दर्भमा आधारित रहेर यस शब्दलाई “दयालु” वा “सर्वोत्तम” वा “परमेश्‍वरमा स्वीकारयोग्य” वा “धार्मिक” वा “नैतिक रूपमा सोझो” वा “लाभदायक” भनी अनुवाद गर्न सकिन्छ । * “असल जमिन” लाई “उर्वरायुक्‍त जमिन” वा “उत्पादनशील जमिन” भनी अनुवाद गर्न सकिन्छ । “असल फसल” लाई “प्रचुर फसल” वा “फसलको अत्यधिक मात्रा” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “लाई असल गर्नुहोस्” को अर्थ हुन्छ कि अरूलाई फाइदा पुग्‍ने कुराहरू गर्नु र यसलाई “प्रति दयालु हुनुहोस्” वा कसैलाई “मदत गर्नुहोस्” वा “फाइदा दिनुहोस्” भनी अनुवाद गर्न सकिन्छ । * "शवाथमा राम्रो गर्नु" को अर्थ "शबाथमा अरूलाई मदत गर्ने कामहरू" गर्नु हो।" * सन्दर्भमा आधारित रहेर “उत्तमता” लाई “आशिष्” वा “दया” वा “नैतिक सिद्धता” वा “धार्मिकता” वा “शुद्धता” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः धर्मि, समृद्धि, दुष्‍ट) ### बाइबलका सन्दर्भहरूः * गलाति ५ः२२-२४ * उत्‍पत्ति १ः१२ * उत्‍पत्ति २ः९ * उत्‍पत्ति २ः१७ * याकुब ३ः१३ * रोमि २ः४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०१-०४) आफूले सृष्‍टि गर्नुभएको कुरो असल थियो भनी परमेश्‍वरले देख्‍नुभयो । * (०१-११) परमेश्‍वरले … असल र खराबको ज्ञान दिने रुख लगाउनुभयो ।” * (०१-१२) त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई एकलो रहन असल छैन ।” * (०२-०४) “परमेश्‍वर जान्‍नुहुन्छ कि तिमीले यसलाई खानेबित्तिकै तिमी परमेश्‍वरजस्तै हुनेछ्यौ र तिमीले उहाँले जस्तै असल र खराबलाई बुझ्‍नेछ्यौ ।” * (०८-१२) “तपाईंहरूले मलाई दासको रूपमा बेच्‍नुहुँदा खराब गर्ने कोसिस गर्नुभयो, तर परमेश्‍वरले त्यस खराबलाई असलको लागि प्रयोग गर्नुभयो ।” * (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने । * (१८-१३) यीमध्ये केही राजाहरू असल मानिसहरू थिए, जसले न्यायपूर्वक शासन गरे र परमेश्‍वरको आराधना गरे । * (२८-०१) “हे असल शिक्षक, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी मलाई किन ‘असल’ भन्छौ ? एक जना मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0117, H0145, H0155, H0202, H0239, H0410, H1580, H1926, H1935, H2532, H2617, H2623, H2869, H2895, H2896, H2898, H3190, H3191, H3276, H3474, H3788, H3966, H4261, H4399, H5232, H5750, H6287, H6643, H6743, H7075, H7368, H7399, H7443, H7999, H8231, H8232, H8233, H8389, H8458, G00140, G00150, G00180, G00190, G05150, G07440, G08650, G09790, G13800, G20950, G20970, G21060, G21070, G21080, G21090, G21140, G21150, G21330, G21400, G21620, G21630, G21740, G22930, G25650, G25670, G25700, G25730, G28870, G29860, G31400, G36170, G37760, G41470, G46320, G46740, G48510, G52230, G52240, G53580, G55420, G55430, G55440
## आज्ञा, आज्ञा दिनु, निर्देश ### परिभाषा: क्रियापद “आज्ञा दिनु” को अर्थ हुन्छ‒ कुनै काम गर्न कसैलाई आदेश दिनु । आज्ञा कुनै काम गर्न व्‍यक्‍तिलाई दिइने आदेश हो । * आधारभूत रूपमा यी शब्दहरूको उही अर्थ भए तापनि “आज्ञा” ले अक्सर परमेश्‍वरका निश्‍चित आदेशहरूलाई जनाउँछ, जुन अझै औपचारिक र स्थायी हुन्छन्, जस्तैः दस आज्ञा । * निर्देश वा आज्ञा सकारात्मक (आफ्ना आमा बाबुको आदर गर) वा नकारात्मक (चोरी नगर) हुन सक्छ । * “आज्ञालाई हातमा लिनु” को अर्थ हुन्छः कुनै व्‍यक्‍ति वा कुनै कुरोलाई “नियन्‍त्रणमा लिनु” वा “जिम्मेवारी हुनु ।” ### अनुवादका लागि सुझावहरूः * यो शब्‍दलाई "कानून" शब्‍द भन्‍दा फरक रूपमा अनुवाद गर्नु राम्रो हुन्‍छ। साथै "आदेश" र "विधान" को परिभाषाहरूसँग तुलना गर्न सकिन्छ। * केहि अनुवादहरूले आफ्‍नो भाषामा पउटै शब्‍दको साथ "आदेश" र "आज्ञा" अनुवाद गर्न रुचाँउछन्। * अरूले आजञाको लागि विशेष शब्‍द रुचाउँछन् जसले स्‍थायि, औपचारिक आज्ञाहरूलाई बुझाँउछ जुन परमेश्‍वरले दिनुभएको हो। ### बाइबलका सन्दर्भहरूः * लूका १ः६ * मत्ति १ः२४ * मत्ति २२ः३८ * मत्ति २८ः२० * गन्‍ती १ः१७-१९ * रोमि ७ः७-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0559, H0560, H0565, H1296, H1696, H1697, H1881, H2706, H2708, H2710, H2941, H2942, H2951, H3027, H3982, H3983, H4406, H4662, H4687, H4929, H4931, H4941, H5057, H5713, H5749, H6213, H6310, H6346, H6490, H6673, H6680, H7101, H7218, H7227, H7262, H7761, H7970, H8269, G12630, G12910, G12960, G12970, G12990, G16900, G17780, G17810, G17850, G20030, G20040, G20080, G20360, G27530, G30560, G37260, G38520, G38530, G43670, G44830, G44870, G55060
## आत्मा, आत्मिक ### परिभाषा: “आत्मा” ले देख्‍न नसकिने मानिसको अभौतिक भागलाई जनाउँछ । मानिस मर्दा उसको आत्माले उसको शरीर छोड्छ । बाइबलीय समयमा, व्‍यक्‍तिको आत्‍माको अवधारणासँग नजिकको सम्‍बन्‍ध थियो। यो शब्‍दले हावालाई पनि जनाउन सक्‍छ, त्‍यो हो, प्राकृतिक संसारमा हावाको वेग। * “आत्मा” ले शरीर नभएको जीव विशेष गरी दुष्‍ट आत्मालाई जनाउन सक्छ । * सामान्यतयाः “आत्मिक” शब्दले अभौतिक समसारका कुनै पनि कुराको वर्णन गर्छ । * “का आत्मा” ले “को स्वभाव भएको” भन्‍ने अर्थ हुनसक्छ जस्तै “बुद्धिको आत्मा” वा "एलियाको आत्मामा" । कहिलेकाहिँ बाइबलले मनोवृत्ति वा भावनात्‍मक अवस्‍थाको सन्‍दर्भमा प्रयोग गरेको छ, जस्‍तै "डरको आत्मा" र "इर्ष्याको आत्‍मा"। * येशूले भन्‍नुभयो कि परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ। * ### अनुवादका निम्ति सुझावहरूः * सन्दर्भअनुसार “आत्मा” लाई अनुवाद गर्ने तरिकाहरूमा “अभौतिक प्राणी” वा “भित्री भाग” वा “भित्री मनुष्यत्व” पर्न सक्छन् । * कुनै सन्दर्भहरूमा “आत्मा” लाई “दुष्‍ट आत्मा” वा “दुष्‍ट आत्मिक प्राणी” भनी अनुवाद गर्न सकिन्छ । * कहले काहीँ “मेरो आत्मा मेरो भित्री अन्तस्करणमा शोकित भयो” मा जास्तै एक व्‍यक्‍तिको भावना व्यक्‍त गर्न प्रयोग गरिन्छ । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “मैले मेरो आत्मामा शोकित महसुस गरेँ” वा “मैले गहन रूपमा शोकित महसुस गरेँ ।” * “को आत्मा” लाई “को स्वभाव” वा “को प्रभाव” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भअनुसार, “आत्मिक” लाई “अभौतिक” वा “पवित्र आत्माबाटको” वा “परमेश्‍वरको” वा “अभौतिक संसारको हिस्सा” भन अनुवाद गर्न सकिन्छ । * आलङकारिक अभिव्यक्‍ति “आत्मिक दूध” लाई “परमेश्‍वरबाटको आधारभूत शिक्षा” वा “आत्मालाई (दूधलेझैँ गर्ने) पोषण दिने परमेश्‍वरको शिक्षाहरू” भनी अनुवाद गर्न सकिन्छ । * “आत्मिक परिपक्‍वता” लाई “पवित्र आत्माप्रति आज्ञाकारी देखाउने धर्मिक व्यवहार” भनी अनुवाद गर्न सकिन्छ । * “आत्मिक वरदान” लाई “पवित्र आत्माले दिने विशेष खबी” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः स्वर्गदूत, प्रधा स्वर्गदूत, भूत, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, पवित्र आत्मा, परमेश्‍वरको आत्मा, परमप्रभुको आत्मा, प्राण) ### बाइबल खण्डहरूः * १ कोरिन्थी ०५:३-५ * १ यूहन्‍ना ०४:१-३ * १ थेसलोनिकी ०५:२३-२४ * प्रेरित ०५:९-११ * कलस्सी ०१:९-१० * एफिसी ०४:२३-२४ * उत्पत्ति ०७:२१-२२ * यशैया ०४:३-६ * मत्ती २६:३९-४१ * मर्कूस ०१:२३-२६ * फिलिप्‍पी ०१:२५-२७ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (१३-०३) मानिसहरूले आफैलाई आत्मिकरूपमा तयार पारेपछि, परमेश्‍वर सिनै पर्वतको टाकुरामा गर्जन, बिजुलीको चमक, धुवाँ र तुरहीको ठुलो आवाजमा ओर्लि आउनुभयो । * (४०-०७) येशूले उच्‍च सोरमा भन्‍नुभयो, “सिद्धियो, पिता, म मेरो आत्मा तपाईंको हातमा दिन्छु ।” तब उहाँले उहाँको शिर निहुर्‍याउनुभयो र उहाँको आत्मा त्याग्‍नुभयो । * (४५-०५) स्तिफनस मर्दैगर्दा, तिनह चिच्‍याए, “येशू, मेरो आत्मा लिनुहोस् ।” * (४८-०७) तिनीद्वारा नै सबै मानिस समूहहरू आशिषित हुन्छन्, किनभने येशूमा विश्‍वास गर्ने हरेक त्यसको पापबाट बाचइन्छ, र अब्राहमका आत्मिक सन्तान बन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0178, H1172, H5397, H7307, H7308, G41510, G41520, G41530, G53260, G54270
## आत्माले भरिनु ### परिभाषा: परमेश्‍वरको इच्छा पुरा गर्न सक्‍ने बनाउनको लागि कुनै व्‍यक्‍तिलाई पवित्र आत्माले दिने शक्‍तिलाई जनाउनको लागि “आत्माले भरिनु” भन्‍ने शब्दवलीको आलंकारिक प्रयोग गरिन्छ । * “कुनै कुराले भरिनु” भन्‍नाले “नियन्‍त्रित हुनु” भन्‍ने बुझिन्छ । * जब मानिसहरूले पवित्र आत्माको अगुवाइलाई पछ्याउँछन् र परमेश्‍वरले चाहनु भएका कुरा गर्नलाई उहाँमा पूर्ण रुपले भर पर्छन् तब उनीहरू “आत्माले भरिन्छन्” । ### अनुवादका लागि सुझावहरूः * यस शब्‍दलाई "पवित्र आत्‍माद्वारा सशक्‍त" वा "पवित्र आत्‍माद्वारा नियन्‍त्रित" भनि अनुवाद गर्न सकिन्‍छ। तर पवित्र आत्‍माले व्‍यक्‍तिलाई केहि गर्न दबाब दिनुहुदैन * "उनि पवित्र आत्‍माले भरिपूर्ण भए" भन्‍ने वाक्‍यलाई "उनि पूर्णतया आत्‍माको शक्‍तिद्वारा बाचिँरहेका थिए" वा "उनि पूर्णतया पवित्र आत्‍माद्वारा निर्देशित थिए" वा "पवित्र आत्‍माले उनलाई पूर्ण रूपमा डोर्‍याउनुभएको थियो" भनि अनुवाद गर्न सकिन्‍छ। * यो शब्‍द "आत्‍माद्वारा बाच्‍नुहोस्" भन्‍ने अभिव्‍यक्‍तिसगँ मिल्‍दोजुल्‍दो छ, तर "पवित्र आत्‍माले भरिपूर्ण" ले फुर्णतालाई जोड दिदँछ जुन व्‍यक्‍तिले पवित्र आत्मालाई आफ्‍नो जिवनमा नियन्‍त्रण वा प्रभाव पार्न अनुमति दिन्‍छ। त्‍यसैले यदि शम्‍भव छ भने, यि दुई अभिव्‍यक्‍तिहरू मिल्‍छ भने फरक रूपमा अनुवाद गर्नुपर्छ। हेर्नुहोस्ः पवित्र आत्‍मा ### बाइबलका सन्दर्भहरूः * प्रेरित४ः३१ * प्रेरित ५ः१७ * प्रेरित ६ः८-९ * लूका १ः१५ * लूका १ः३९-४१ * लूका ४ः१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G00400, G41300, G41370, G41510
## आदर, आदर गर्नु ### परिभाषा: शब्दहरू “आदर” र “आदर गर्नु” ले कसैलाई सम्मान, इज्जत वा प्रतिष्‍ठा दिनु भनी उल्लेख गर्छन् । * साधारणतया उच्‍चतर सामाजिक स्तर र महत्त्व बोकेको व्‍यक्‍तिलाई आदर गरिन्छ, जस्तैः राजा वा परमेश्‍वरलाई । * ख्रीष्‍टियानहरूले अरूको आदर गर्नुपर्छ, तर आफ्नै आदर भने खोज्‍नुहुन्‍न भनी परमेश्‍वर निर्देशन दिनुहुन्छ । * छोरा छोरीहरूलाई बुबा आमाको आदर गर्न निर्देशन दिइएको छ, जसमा सम्मान र आज्ञाकारिता पर्छन् । * खास गरी येशूको उल्लेख गरिँदा “आदर” र “महिमा” अक्सर सँगसँगै प्रयोग गरिन्छन् । यी उही कुरोलाई जनाउने दुईवटा फरक तरिका हुन सक्छन् । * परमेश्‍वरलाई चढाइने आदरमा धन्यवाद र प्रशंसा अनि उहाँप्रति आज्ञाकारी भएर उहाँलाई दिइने सम्मानसाथै उहाँ कति महान् हुनुहुन्छ भनी जिउने तरिका पर्छन् । ### अनुवादका लागि सुझावहरूः * “आदर” लाई “सम्मान” वा “इज्जत” वा “उच्‍च प्रतिष्‍ठा” भनेर पनि अनुवाद गर्न सकिन्छ । * क्रियापद “आदर गर्नु” लाई “… लाई विशेष सम्मान गर्नु” वा “प्रशंसा गर्नु” वा “उच्‍च इज्जत दिनु” वा “अत्यधिक मूल्यवान् ठान्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अनादर, अनादरयोग्य, महिमा, महिमित, महिमा गर्नु, प्रशंसा गर्नु, अन्य) ### बाइबलका सन्दर्भहरूः * १ शामूएल २ः८ * प्रेरित १९:१७ * यूहन्‍ना ४ः४४ * यूहन्‍ना १२ः२६ * मर्कूस ०६:४ * मत्ती १५:६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1420, H1921, H1922, H1923, H1926, H1927, H1935, H2082, H2142, H3366, H3367, H3368, H3372, H3373, H3374, H3444, H3513, H3519, H3655, H3678, H5081, H5375, H5457, H6213, H6286, H6437, H6942, H6944, H6965, H7236, H7613, H7812, H8597, H8416, G08200, G13910, G13920, G17840, G21510, G25700, G31700, G44110, G45860, G50910, G50920, G50930, G53990
## आमेन, साँच्‍चै ### परिभाषा: “आमेन” व्यक्‍तिले भनेको कुरोलाई जोड दिन वा त्यसमा ध्यान खिँच्‍न प्रयोग गरिने शब्द हो । येशूले यसको प्रयोग गर्नुहुँदा यसलाई अक्सर “साँच्‍चै” भनी अनुवाद गरिएको छ । * प्रार्थनाको अन्त्यमा “आमेन” शब्दलाई प्रयोग गर्दा यसले त्यो प्रार्थनासित सहमति गरेको तथ्यलाई व्यक्‍त गर्छ वा त्यो प्रार्थना पुरा होस् भन्‍ने इच्छालाई व्यक्‍त गर्छ । * आफ्नो शिक्षामा येशूले आफूले भन्‍नुभएको कुरोलाई जोड दिन “आमेन” शब्दको प्रयोग गर्नुभयो । येशूले भर्खरै भन्‍नुभएको कुरासित सम्बन्धित अर्को नयाँ शिक्षालाई परिचित गराउन उहाँले “तर म तिमीहरूलाई भन्दछु” भनी सुरु गर्नुहुन्थ्यो । * केही अङ्ग्रेजी अनुवादहरूले यसलाई “साँच्‍चै” भनी अनुवाद गर्छन् । भनिँदै गरिएको कुरो वास्तविक वा साँचो छ भनी जोड दिन यसको प्रयोग गरिन्छ । ### अनुवादका लागि सुझावहरूः * भनिएको कुरोलाई जोड दिन अनुवाद गरिएको भाषामा विशेष शब्द वा पदावली छ या छैन भनी विचार गर्नुहोस् । * कुनै कुरोलाई जोड दिन वा प्रार्थनाको अन्त्यमा “आमेन” शब्दको प्रयोग गर्दा यसलाई “यस्तै होस्” वा “यो हुन आओस्” वा “यो साँचो हो” भनी अनुवाद गर्न सकिन्छ । * येशूले “साँच्‍चै म तिमीहरूलाई भन्दछु” भनी बताउनुहुँदा यसलाई “म तिमीहरूलाई इमान्दारीपूर्वक भन्दछु” वा “त्यो साँचो हो र म पनि तिमीहरूलाई भन्दछु” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “साँचो, साँचो म तिमीहरूलाई भन्दछु” लाई “म तिमीहरूलाई ज्यादै इमान्दारीपूर्वक यो बताउँछु” वा “म तिमीहरूलाई ज्यादै निष्कपटतासाथ यो बताउँछु” वा “मैले तिमीहरूलाई भनिरहेको कुरो साँचो छ” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः पुरा गर्नु, सत्य, सत्यता) ### बाइबलका सन्दर्भहरूः * व्यवस्था २७:१५ * यूहन्‍ना ०५:१९-२० * यहूदा ०१:२४-२५ * मत्ती २६:३३-३५ * फिलेमोन ०१:२३-२५ * प्रकाश २२:२०-२१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0543, G02810
## आराधना ### परिभाषा: "प्रणाम गर्नु" भनेको सामान्‍यतया राजा वा कुनै अन्‍य शक्‍तिशाली व्‍यक्‍तिको अधीनमा बसेर  भुइँमा घोप्‍टो परेर लम्‍पसार भई सुत्‍नु हो। यो शब्‍दको अर्थ मान गर्नु, प्रशंसा गर्नु वा कसैको, विशेष गरी परमेश्‍वरको आज्ञा पालन गर्नु हो । * यस शब्दको शाब्दिक अर्थ हो “झुक्‍नु” वा “साष्‍टाङ्ग प्रणाम गर्नु” वा “नम्रतापूर्वक कसैको मान गर्नु ।” * जब हामी परमेश्‍वरको प्रशंसा गर्दै र वहाँका आज्ञाहरू पालन गर्दै वहाँको सेवा गर्छौँ र वहाँको इज्जत गर्छौँ तब हामी वहाँको आराधना गर्छौँ । * जब इस्राएलीहरूले परमेश्‍वरको आराधना गर्थे, तिनीहरूले धेरै जसो वेदीमा होमबली दिन्थे । * केही मानिसहरूले झुटा ईश्‍वरहरूको आराधना गर्छन् । ### अनुवाद सुझावहरूः * “आराधना” भन्‍ने शब्दलाई “झुक्‍नु” वा “मान गर्नु र सेवा गर्नु” वा “मान गर्नु वा आज्ञा पालन गर्नु” भनेर अनुवाद गर्न सकिन्छ । * केही प्रसङ्गहरूमा, यसलाई “नम्रतापूर्वक प्रशंसा गर्नु” वा “इज्जत र प्रशंसा दिनु” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः घोप्‍टो पर्नु, भय, बलिदान, प्रशंसा, सम्‍मान) ### बाइबलका सन्दर्भहरूः * कलस्‍सी २ः१८-१९ * व्‍यवस्‍था २९ः१८ * प्रस्‍थान ३ः११-१२ * लूका ४ः७ * मत्ती २ः२ * मत्ती २ः८ ### बाइबलीय कथाहरूबाट उदाहरणहरूः * १३ः४ त्यसपछि परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा दिनुभयो र भन्‍नुभयो, “म यहोवे हुँ, तिमीहरूका परमेश्‍वर जसले तिमीहरूलाई मिश्रको दासत्वबाट बचाएँ । अरू ईश्‍वरहरूको आराधना नगर्नु । * १४ः२ कनानीहरूले परमेश्‍वरको आराधना वा आज्ञा पालन गरेनन् । तिनीहरूले झुटा ईश्‍वरहरूको आराधना गरे र धेरै दुष्‍ट कामहरू गरे । * १७ः६ दाऊदले एउटा मन्दिर बनाउन चाहे जहाँ सबै इस्राएलीहरूले परमेश्‍वरको आराधना गर्न सकून् र वहाँलाई बलिदान दिन सकून् । * १८ः१२ इस्राएलको राज्यका सबै राजाहरू र धेरै जसो मानिसहरूले मूर्तिपूजा गरे । * २५ः७ येशूले जवाफ दिनुभयो, “म बाट दूर जा, शैतान ! परमेश्‍वरको वचनमा वहाँका मानिसलाई केवल परमप्रभु परमेश्‍वरको आराधना गर्नु र वहाँको मात्रै सेवा गर्नु भनेर आज्ञा दिइएको छ । “” * २६ः२ शबाथको दिनमा, वहाँ (येशू) आराधना गर्ने ठाउँमा जानुभयो । * ४७ः१ तिनीहरूले त्यहाँ लिडिया नाम गरेकी एउटा स्‍त्री भेटे जो एउटा व्यापारी थिइन् । उनले परमेश्‍वरलाई प्रेम गरिन् र वहाँको आराधना गरिन् । * ४९ः१८ परमेश्‍वरले तिमीहरूलाई प्रार्थना गर्न, वहाँको वचन अध्ययन गर्न, अरू ख्रीष्‍टियानहरू सँगै वहाँको आराधना गर्न र परमेश्‍वरले तिमीहरूका निम्ति गर्नुभएका कुराहरू बताउन भन्‍नुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5457, H5647, H6087, H7812, G13910, G14790, G21510, G23180, G23230, G23560, G30000, G35110, G43520, G43530, G45730, G45740, G45760
## आशा ### परिभाषा: आधुनिक अङ्ग्रेजीमा साधारणतया “आशा” शब्दको अर्थ हुन्छ‒ कुनै कुरा हुनेछ वा हुनेछैन भनी निश्‍चित नभईकन त्यो कुरो होस् भन्‍ने इच्छा गर्नु । * बाइबलमा, "आशा" शब्‍दको अर्थ "भरोसा" पनि छ, जस्‍तै "मेरो आशा प्रभुमा छ।" यसले परमेश्‍वरले आफ्‍ना जनहरूलाई प्रतिज्ञा गर्नुभएको करा प्राप्‍त गर्ने निश्‍चित आशालाई जनाँउछ। * तथापि युएलबीमा यसलाई साधारणतया “निश्‍चितता” भनी अनुवाद गरिएको छ। यो प्रायः नयाँ करारमा यस्‍तो परिस्‍थितिमा हुन्‍छ जहाँ मानिसहरूले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्ने आश्‍वासनमा (वा विश्‍वास वा आशामा), येशुलाई आफ्‍नो मुक्‍तिदाताको रूपमा विश्‍वास गर्छन । * “आशा नहुनु” को अर्थ हुन्छ‒ कुनै असल कुरो हुने अपेक्षा नगर्नु । यसको मतलब यो वास्‍तवमा धेरै निश्‍चित छ कि यो हुनेछैन। ### अनुवादका लागि सुझावहरूः * युएलबीका अधिकांश सन्दर्भहरूमा क्रियापद “आशा गर्नु” लाई “चाहनु” वा “इच्छा गर्नु” वा “अपेक्षा गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “आशा गर्नुपर्ने केही छैन” लाई “भरोसा गर्नुपर्ने केही छैन” वा “कुनै असल कुरोको कुनै आशा छैन” भनी अनुवाद गर्न सकिन्छ । * “कुनै आशा नहुनु” लाई “कुनै असल कुरोको अपेक्षा नगर्नु” वा “कुनै सुरक्षा नहुनु” वा “कुनै असल कुरो हुनेछैन भन्‍ने कुरो पक्‍का हुनु” भनी अनुवाद गर्न सकिन्छ । * "आफ्‍नो आशा राखेको छ" भन्‍ने अभिव्‍यक्‍तिलाई "आफ्‍नो भरोसामा राखेको छ" वा "विश्‍वास गरेको छ" भनि अनुवाद गर्न सकिन्‍छ। * "म तपाईको वचनमा आशा पाउँछु" भन्‍ने वाक्‍यांशलाई "तपाईको वचन सत्‍य छ भनि म विश्‍वस्‍त छु" वा " तपाईको वचनले मलाई तपाईमा भरोसा गर्न मदत गर्छ" वा "जब म तपाईको वचन पालन गर्छु, म आशिष पाउछुँ भनेर अनुवाद गर्न सकिन्‍छ। " * "परमेश्‍वरमा आशा" जस्‍ता वाक्‍यांशहरू पनि यसरी अनुवाद गर्न सकिन्‍छ, "परमेश्‍वरमा भरोसा राख्‍नु" वा "निश्‍चित रूपमा जान्‍नु कि परमेश्‍वरले उहाँले प्रतिज्ञा गर्नुभएको कुरा गर्नुहुनेछ" वा "परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ भनेर निश्‍चित हुनु।" (हेर्नुहोस्ः आशिष, निश्‍चितता, असल, आज्ञाकारी, भरोसा, परमेश्‍वरको वचन) ### बाइबलका सन्दर्भहरूः * १ इतिहास २९:१४-१५ * १ थेसलोनिकी ०२:१९ * प्रेरित २४:१४-१६ * प्रेरित २६:६ * प्रेरित २७:२० * कलस्‍सी १ः५ * अय्यूब ११:२० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0982, H0983, H0986, H2620, H2976, H3175, H3176, H3689, H4009, H4268, H4723, H7663, H7664, H8431, H8615, G00910, G05600, G16790, G16800, G20700
## आशिष् दिनु, आशिषित (धन्य), आशिष् ### परिभाषा: कुनै व्यक्‍ति वा कुरोलाई “आशिष्” दिनुको अर्थ हुन्छ‒ आशिष् दिइएको व्यक्‍ति वा कुरोमा असल र फाइदाजनक कुराहरू ल्याउनु हो । * कसैलाई दिइने आशिष्‍मा त्यस व्यक्‍तिमा सकारात्मक र फाइदाजनक कुराहरू आऊन् भन्‍ने इच्छा व्यक्‍ति गरिन्छ । * बाइबलमा पिताले अक्सर आफ्ना छोराछोरीहरूमाथि औपचारिक आशिष्‍को घोषणा गर्थ्यो । * जब मानिसहरूले परमेश्‍वरलाई “आशिष्” दिन्छन् वा उहाँलाई आशिष् मिलोस् भन्‍ने इच्छा व्यक्‍त गर्छन्, यसको अर्थ हुन्छ कि तिनीहरूले उहाँको प्रशंसा गरिरहेका छन् । * क्रियापद “आशिष् दिनु” लाई कहिले काहीँ खाना खानुअगि त्यसलाई पवित्र पार्ने वा खानाको लागि परमेश्‍वरलाई धन्यवाद चढाउने सम्बन्धमा पनि प्रयोग गरिन्छ । ### अनुवादका लागि सुझावहरूः * “आशिष् दिनु” लाई “लाई पर्याप्‍त मात्रामा उपलब्ध गराउनु” वा “प्रति ज्यादै दयालु वा स्‍नेही हुनु” भनी अनुवाद गर्न सकिन्छ । * “लाई परमेश्‍वरले महान् आशिष् ल्याउनुभएको छ” लाई “लाई परमेश्‍वरले धेरै असल कुराहरू दिनुभएको छ” वा “लाई परमेश्‍वरले पर्याप्‍त मात्रामा उपलब्ध गराउनुभएको छ” वा “परमेश्‍वरले धेरै असल कुराहरू हुन लगाउनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ । * “ऊ आशिषित छ” लाई “उसले बेसरी लाभ पाउनेछ” वा “उसले असल कुराहरूको अनुभव गर्नेछ” वा “परमेश्‍वरले उन्‍नति गराउनुहुनेछ” भनी अनुवाद गर्न सकिन्छ । * “त्यो मानिस धन्यको हो जो” लाई “जो …छ त्यो व्यक्‍तिको लागि यो कति असल कुरो हो” भनी अनुवाद गर्न सकिन्छ । * “प्रभुलाई आशिष् होस्” भन्‍नेजस्ता अभिव्यक्‍तिहरूलाई “प्रभुलाई स्तुति मिलोस्” वा “प्रभुको स्तुति होस्” वा “म प्रभुको स्तुति गर्छु” भनी अनुवाद गर्न सकिन्छ । * खानालाई आशिष् दिने सन्दर्भमा यसलाई “खानाको लागि परमेश्‍वरलाई धन्यवाद होस्” वा “खाना दिनुभएको लागि परमेश्‍वरलाई धन्यवाद होस्” वा “यसको लागि परमेश्‍वरको स्तुति गरी खाना पवित्र होस्” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः स्तुति) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी १०:१४-१७ * प्रेरित १३:३२-३४ * एफिसी ०१:३-४ * उत्पत्ति १४:१९-२० * यशैया ४४:३-४ * याकूब ०१:२२-२५ * लूका ०६:२०-२१ * मत्ती २६:२६- * नहेम्याह ०९:५-६ * रोमी ०४:९-१० ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०१-०७) परमेश्‍वरले देख्‍नुभयो कि यो असल थियो, र उहाँले तिनीहरूलाई आशिष् दिनुभयो । * (०१-१५) परमेश्‍वरले आदम र हव्वालाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “धेरै छोराछोरी र नाति नातिनीहरू जन्माओ अनि पृथ्वीलाई भर ।” * (०१-१६) त्यसैले, आफूले गर्नुभएका सबै कामबाट परमेश्‍वरले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो, र यसलाई पवित्र बनाउनुभयो किनकि यही दिनमा नै उहाँले आफ्ना कामबाट विश्राम लिनुभयो । * (०४-०४) “म तिम्रो नाउँलाई महान् तुल्याउनेछु । तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु । तिम्रै कारणले गर्दा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन् ।” * (०४-०७) मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र भने, “स्वर्ग र पृथ्वीका मालिक सर्वोच्‍च परमेश्‍वरले अब्रामलाई आशिष् दिऊन् ।” * (०७-०३) इसहाकले आफ्नो आशिष् एसावलाई दिन चाहन्थे । * (०८-०५) झ्यालखानामा पनि योसेफ परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे, र परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0833, H0835, H1288, H1289, H1293, G17570, G21270, G21280, G21290, G31060, G31070, G31080, G60500
## आश्‍चर्यकर्म, चमत्कार, चिन्ह ### परिभाषा: “आश्‍चर्यकर्म” भनेको यस्तो अचम्मको केही कुरा हो जुन चाँहि परमेश्‍वरबाट मात्र सम्भव छ, र उहाँ भन्दा बाहेक अरूबाट सम्भव छैन । * येशूले गर्नुभएका आश्‍चर्यकर्मका उदाहरणहरूमा आँधीलाई शान्त पार्नुभएको, र दृष्‍टिविहीन् मानिसलाई निको पार्नुभएको आदि छन् । * कहिले कहीं आश्‍चर्यकर्महरूलाई “चमत्कारहरू” भनिएको छ, किनभने यी कुराले मानिसहरू चकित भए वा छक्‍क पर्छन् । * “चमत्कार” भन्‍ने शब्दले परमेश्‍वरको शक्त्तिको आश्‍चर्यजनक प्रदर्शनलाई पनि जनाउँछ, जस्तै उहाँले स्वर्ग र पृथ्वी सृजना गर्नुहुँदाको क्षण । * आश्‍चर्यकर्महरूलाई “चिन्हहरू” पनि भन्‍न सकिन्छ, किनभने तिनीहरूले परमेश्‍वर सारा सृष्‍टिमाथि पूर्ण अधिकार राख्‍ने सर्वाशक्त्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सङ्केत वा प्रमाण दिन्छन् । * कतिपय आश्‍चर्यकर्महरू परमेश्‍वरका उद्धारका कार्यहरू थिए, जस्तै उहाँले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुहुँदा अनि दानिएललाई सिंहहरूबाट सुरक्षित राख्‍नुहुँदाको क्षण । * चमत्कारहरू परमेश्‍वरका न्यायका कार्यहरू थिए, जस्तै उहाँले नोआको समयमा पृथ्वीभरि जलप्रलय गराउनुहुँदा र मोशाको समयमा मिश्र देशमा भयङ्कर विपत्तिहरू ल्याउनुहुँदा । * परमेश्‍वरका धेरै जसो आश्‍चर्यकर्महरूमा बिरामी मानिसहरूलाई निको बनाउने वा मरेका मानिसहरूलाई फेरि जीवित बनाउने जस्ता कामहरू रहेका छन् । * परमेश्‍वरको शक्त्ति येशूमा प्रदर्शन भयो जब उहाँले मानिसहरूलाई निको बनाउनुभयो, आँधीहरूलाई शान्त पर्नुभयो, पानीमाथि हिँड्नु भयो, मरेका मानिसहरूलाई व्युँताउनु भयो । यी सबै आश्‍चर्यकर्महरू थिए । * परमेश्‍वरले अगमवक्त्ता र प्रेरितहरूलाई पनि आश्‍चर्यकर्महरू गर्न सक्षम तुल्यानुभयो, जुन कामहरू परमेश्‍वरको शक्त्तिद्वारा मात्र सम्भव थिए, जस्तै कि बिरामीलाई निको बनाउने र अन्य कार्यहरू । ### अनुवादका लागि सुझावहरू * “आश्‍चर्यकर्महरू” वा “चमत्कारहरू” का सम्भावित अनुवादहरूमा, “परमेश्‍वरले गर्नुहुने असम्भव कुराहरू” वा “परमेश्‍वरका शक्त्तिशाली कार्यहरू” वा “परमेश्‍वरका उदेकका कार्यहरू” हुन् सक्छन् । * “चिन्ह र चमत्कारहरू” भन्‍ने बारम्बार प्रयोग हुने अभिव्यक्त्तिलाई “प्रमाण र आश्‍चर्यकर्महरू” वा “आश्‍चर्यमय कार्यहरू जसले परमेश्‍वरको शक्त्तिलाई प्रमाणित गर्छन्” वा “उदेकका आश्‍चर्यकर्महरू जसले परमेश्‍वरको महानतालाई देखाउँछन्” भनेर अनुवाद गर्न सकिन्छ । * आश्‍चर्यमय चिन्ह को अर्थ कुनै कुराको प्रमाण दिने चिन्ह भन्दा फरक छ भन्‍ने कुरामा ध्यान दिनुहोस् । यी दुई सम्बन्धित भने हुनसक्छन् । (हेर्नुहोस्ः शक्‍ति, अगमवक्‍ता, प्रेरित, चिन्‍ह) ### बाइबलका सन्दर्भहरूः * २ थेसलोनिकी २ः८-१० * प्रेरित ४ः१७ * प्रेरित ४ः२२ * दानिएल ४ः१-३ * व्‍यवस्‍था १३ः१ * प्रस्‍थान ३ः१९-२२ * यूहन्‍ना २ः११ * मत्ति १३ः५८ ### बाइबलीय कथाहरूबाट उदाहरणहरू * परमेश्‍वरले इस्राएललाई बचाउन गिदोनलाई प्रयोग गर्नुहुन्छ भन्‍ने निश्‍चयता पाउनको निम्ति उनले परमेश्‍वरसंग दुईवटा चिन्हहरू मागे । * परमेश्‍वरले एलीशाको मध्यमबाट धेरै आश्‍चर्यकर्महरू गर्नुभयो । * यस आश्‍चर्यकर्मको कारण धेरै यहूदीहरूले येशूमाथि विश्‍वास गरे । * “इस्राएलका मानिस हो, तिमीहरूले पहिले नै देखाका र जानेका छौ, कि येशूले धेरै शक्तिशाली चिन्हहरू र चमत्कारहरू गर्नुभयो ।” * येशू परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्न वहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो । वहाँ पानी माथि हिँड्नुभयो, आँधीलाई शान्त पार्नुभयो, धेरै बिरामीलाई निको पार्नुभयो, भुतआत्माहरू निकाल्नुभयो, मृतकलाई जीवित बनाउनुभयो, र पाँच रोटि र दुई साना माछालाई ५,००० भन्दा धेरै मानिसलाई पुग्‍ने भोजनमा परिणत गर्नुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0226, H0852, H2368, H2858, H4150, H4159, H4864, H5251, H5824, H5953, H6381, H6382, H6383, H6395, H6725, H7560, H7583, H8047, H8074, H8539, H8540, G08800, G12130, G12290, G14110, G15690, G17180, G17700, G18390, G22850, G22960, G22970, G31670, G39020, G45910, G45920, G50590
## इस्राएल, इस्राएलीहरू, इस्राएल जाति ### परिभाषा: “इस्राएल” परमेश्‍वरले याकूबलाई दिनुभएको नाउँ हो । यसको अर्थ हुन्छ, “तिनी परमेश्‍वरसित लड्छन् ।” * "इस्राएल" नामको अर्थ सम्‍भवतः "उहाँ परमेश्‍वरसँग संघर्ष गर्नुहुन्‍छ।" * याकूबका सन्तानहरू “इस्राएलका मानिसहरू”, “इस्राएल जाति” वा “इस्राएलीहरू” भनेर चिनिए । * परमेश्‍वरले इस्राएलका मानिसहरूसित आफ्नो करार बाँध्‍नुभयो । तिनीहरू उहाँका चुनिएका जाति थिए । * इस्राएल जाति बार्‍ह कुलबाट बनेको थियो । * राजा सोलोमन मर्नेबित्तिकै इस्राएल दुईवटा राज्यमा विभाजित भयोः “यहूदा” भनिने दक्षिणी राज्य र “इस्राएल” भनिने उत्तरी राज्य । * अक्सर सन्दर्भमा आधारित रहेर “इस्राएल” शब्दलाई “इस्राएलका मानिसहरू” वा “इस्राएल जाति” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः याकूब, इस्राएल, इस्राएल राज्य, यहूदा राज्य, यहूदा, जाति, इस्राएलका बार्‍ह कुल) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०२:२२-२४ * प्रेरित ०२:३४-३६ * प्रेरित ०७:२२-२५ * प्रेरित १३:२३-२५ * यूहन्‍ना ०१:४९-५१ * लूका २४:२१ * मत्ती ०२:४-६ * मत्ती ०२:१९-२१ * मत्ती ०९:३२-३४ * मत्ती २७:९-१० * मर्कूस १२:२८-३१ * फिलिप्पी ०३:४-५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०८-१५) याकूबका बार्‍ह छोराका सन्तानहरूबाट इस्राएलका बार्‍ह कुल बने । * (०९-०३) मिश्रीहरूले इस्राएलीहरूलाई धेरै भवनहरू र पुरै सहरहरू बनाउन जबरजस्ती गरे । * (०९-०५) कोही एक इस्राएली स्‍त्रीले एउटा छोरो जन्माई । * (१०-०१) तिनीहरूले भने, “इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे !’” * (१४-१२) तर यी सबैका बाबजुत पनि इस्राएलका मानिसहरूले परमेश्‍वर र मोशाको विरुद्धमा गनगन गर्नुका अतिरिक्‍त विरोध प्रकट गरे । * (१५-०९) त्यस दिन परमेश्‍वरको इस्राएलको पक्षमा लड्नुभयो । उहाँले एमोरीहरूलाई अलमलमा पार्नुभयो र ठुला-ठुला असिनाहरू बर्साउनुभयो जसले धेरै एमोरीहरूलाई मारे । * (१५-१२) यो युद्धपश्‍चात् परमेश्‍वरले इस्राएलको हरेक कुललाई प्रतिज्ञात देशको एउटा-एउटा हिस्सा दिनुभयो । त्यसपछि परमेश्‍वरले इस्राएललाई यसका सबै सिमानामा शान्ति दिनुभयो । * (१६-१६) त्यसैले, इस्राएलीहरूले मूर्तिहरूलाई पुजेको कारणले परमेश्‍वरले तिनीहरूलाई फेरि दण्ड दिनुभयो । * (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू एक मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्‍तिद्वारा धेरै शक्‍तिशाली चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो जुन तपाईंहरूले देख्‍नुभयो र पहिले नै जान्‍नुहुन्छ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3478, H3479, H3481, H3482, G09350, G24740, G24750
## ईश्‍वरीय ### परिभाषा: “ईश्‍वरीय” परमेश्‍वरसँग सम्बन्धित शब्द हो । * “ईश्‍वरीय अधिकार”, “ईश्‍वरीय न्याय”, “ईश्‍वरीय प्रकृति, “ईश्‍वरीय शक्‍ति” र “ईश्‍वरीय महिमा” यस शब्दका अन्य प्रयोग हुन् । * बाइबलका केही खण्डमा “ईश्‍वरीय” शब्दलाई झुटो देवतालाई जनाउनलाई पनि प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * "ईश्‍वरीय" शब्‍दलाई अनुवाद गर्ने तरिकाहरूमा "परमेश्‍वरको" वा "परमेश्‍वरबाट" वा "परमेश्‍वरसँग सम्‍बन्‍धित" वा "परमेश्‍वरद्वारा विशेषता" समावेश हुन सक्‍छ। * उदहारणको लागि, "ईश्‍वरीय अधिकार" लाई "परमेश्‍वरको अधिकार" वा "परमेश्‍वरबाट आएको अधिकार" भनेर अनुवाद गर्न सकिन्छ। * "ईश्‍वरीय महिमा" भन्‍ने वाक्‍यांशलाई "परमेश्‍वरको महिमा" वा "परमेश्‍वरबाट आएको महिमा" भनि अनुवाद गर्न सकिन्‍छ। * केहि अनुवादहरूले झूटा ईश्‍वरसँग सम्‍ब्‍धित कुराको वर्णन गर्दा फरक शब्‍द प्रयोग गरन रुचाउँछन्। हेर्नुहोस्ः अधिकार, झूटा देवता, महिमा, परमेश्‍वर, न्‍यायकर्ता, शक्‍ति ### बाइबलका सन्दर्भहरूः * २ कोरिन्‍थी १०ः३-४ * २ पत्रुस १ः४ * रोमि १ः२० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G23040, G29990
## ईश्‍वरीय, ईश्‍वरभक्‍ति ### परिभाषा: परमेश्‍वरलाई आदर गर्ने र परमेश्‍वर कस्तो हुनुहुन्छ भनी देखाउने तरिकाले क्रियाकलाप गर्ने व्यक्‍तिको बयान गर्न “ईश्‍वरीय” शब्दको प्रयोग गरिन्छ । परमेश्‍वरको इच्छालाई कार्यान्वयन गरी उहाँलाई आदर गर्ने गुणलाई “ईश्‍वरभक्‍ति” भनी उल्लेख गरिन्छ । * ईश्‍वरीय चरित्र भएको व्यक्‍तिले प्रेम, आनन्द, शान्ति, धैर्य, दया र आत्म-संयमजस्ता पवित्र आत्माका फलहरू देखाउँछन् । * ईश्‍वरभक्‍तिको योग्यता अर्थात् परमेश्‍वरलाई आदर गर्ने तरिकाले गरिने क्रियाकलाप व्यक्‍तिसित पवित्र आत्मा छ र ऊ उहाँको अधीनमा छ भन्‍ने फल वा बाहिरी साक्षी हो । "अधर्मि" र "भक्‍तिहिन" शब्‍दहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने मानिसहरूलाई वर्णन गर्छ। परमेश्‍वरको विचा नगरि दुष्‍ट मार्गमा जिउनुलाई "भक्‍तिहिनता" वा "ईश्‍वरहिनता" भनिन्‍छ। * यो शब्‍दहरूको अर्थ धेरै समान छन्। यधपि, "भक्‍तिहिन" र "भक्‍तिहिनता" ले अझ चरम अवस्‍थालाई वर्णन गर्न सक्‍छ जसमा मानिसहरू वा राष्‍ट्रहरूले परमेश्‍वर वा तिनिहरूमाथि शासन गर्ने उहाँको अधिकारलाई पनि स्‍विकार गर्दैनन्। * परमेश्‍वरले अधर्मि मानिसहरूमाथि, उहाँलाई र उहाँका मार्गहरूलाई अस्‍विकार गर्नेहरूमाथि न्‍याय र क्रोधको घोषणा गर्नुहुन्‍छ। ### अनुवादका लागि सुझावहरूः * शब्द “ईश्‍वरभक्‍तहरू” लाई “ईश्‍वरीय मानिसहरू” वा “परमेश्‍वरको आज्ञा मान्‍ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः नामिक विशेषण) * विशेषण “ईश्‍वरीय” लाई “परमेश्‍वरप्रति आज्ञाकारी” वा “धार्मिक” वा “परमेश्‍वरलाई खुसी पार्ने” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “ईश्‍वरीय चालमा” लाई “परमेश्‍वरको आज्ञा पालन गर्ने गरी” वा “परमेश्‍वरलाई खुसी पार्ने वचन र कर्महरूसहित” भनी अनुवाद गर्न सकिन्छ । * “ईश्‍वरभक्‍ति” लाई “परमेश्‍वरलाई खुसी पार्ने तरिकाले गरिने क्रियाकलाप” वा “परमेश्‍वरको आज्ञा पालन गर्ने काम” वा “धार्मिक तरिकाबाट जिइने जीवन यापन” भनी अनुवाद गर्न सकिन्छ । * सन्‍दर्भमा निर्भर गर्दै, "अधर्मि" शब्‍दलाई "परमेश्‍वरलाई मन नपर्ने" वा "अनैतिक" वा "परमेश्‍वरको अनाज्ञाकारी" भनि अनुवाद गर्न सकिन्‍छ। * शब्‍दहरू "ईश्‍वरहिन" र "ईश्‍वरहिनता" को शाब्‍दिक अर्थ मानिसहरू "परमेश्‍वरबिना" वा "परमेश्‍वरको कुनै विचार नगर्ने" वा "परमेश्‍वरलाई स्‍वीकार नगर्ने तरिकामा काम गर्ने" भन्‍ने हो। * "अधार्मिकता" वा "ईश्‍वरहिनता" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरू "दुष्‍टता" वा "दुष्‍ट" वा "परमेश्‍वरको विरुद्धमा विद्रोह" हुनसक्‍छ। (हेर्नुहोस्ः धार्मिक, ईश्‍वररहित, ईश्‍वरविहीन, ईश्‍वरविहीनता, ईश्‍वररहित अवस्था, अधार्मिकता, अधार्मिक अवस्था) ### बाइबलका सन्दर्भहरूः * अय्‍यूब २७ः१० * हितोपदेशक ११ः९ * प्रेरित ३ः१२ * १ तिमोथी १ः९-११ * २ तिमिथी ३ः१२ * हिब्रु १२ः१४-१७ * हिब्रु ११ः७ * १ पत्रुस ४ः १८ * यहूदा १ः१६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0430, H1100, H2623, H5760, H7563, G05160, G07630, G07640, G07650, G21240, G21500, G21520, G21530, G23160, G23170
## उच्‍च पार्नु ### परिभाषा: "महिमा" वा "राजसी" शब्‍दले महानता र वैभवलाई जनाउँछ, प्रायः राजाका गुणहरूको सम्‍बन्‍धमा। * बाइबलमा प्रयोग गरिँदा, “उच्‍च पार्नु” भन्‍ने शब्दले प्रायः कुनै राजालाई वा परमेश्‍वरलाई नै उच्‍च पार्ने कामलाई जनाउँछ । * "महाराज" राजालाई सम्‍बोधन गर्ने तरिका हो। ### अनुवादका लागि सुझावहरू * This term could be translated as “kingly greatness” or “royal splendor.” * “Your Majesty” could be translated as something like “your Highness” or “your Excellency” or using a natural way of addressing a ruler in the target language. (हेर्नुहोस्ः राजा) ### Data: * [2 Peter 1:16-18](https://git.door43.org/Door43-Catalog/*_tn/src/branch/master/2pe/01/16.md) * [Daniel 4:36](https://git.door43.org/Door43-Catalog/*_tn/src/branch/master/dan/04/36.md) * [Isaiah 2:10](https://git.door43.org/Door43-Catalog/*_tn/src/branch/master/isa/02/10.md) * [Jude 1:25](https://git.door43.org/Door43-Catalog/*_tn/src/branch/master/jud/01/25.md) * [Micah 5:4](https://git.door43.org/Door43-Catalog/*_tn/src/branch/master/mic/05/04.md) ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1347, H1348, H1420, H1923, H1926, H1935, H7238, G31680, G31720
## उच्‍च पार्नु, उचाल्ने काम ### परिभाषा: उच्‍च पार्नु भन्‍नाले कसैको प्रशंसा गर्नु र आदर गर्नु भन्‍ने बुझिन्छ । कसैलाई उच्‍च पदमा राख्‍ने कामलाई पनि उच्‍च पार्नु भनिन्छ । * बाइबलमा “उच्‍च पार्नु” भनेर प्राय परमेश्‍वरको प्रशंसा गर्नको लागि प्रयोग गरिएको छ । * जब कुनै मानिसले आफैँलाई उच्‍च पार्छ, यसको अर्थ उसले आफैँलाई “घमण्डी” तरिकाले सोचिरहेको हुन्छ । ### अनुवादका लागि सुझावहरूः * "उच्‍चता" लाई अनुवाद गर्ने तरिकाहरूमा "उच्‍च प्रशंसा" वा "अत्‍यधीक सम्‍मान" "प्रशंसा" वा "सम्‍मानका साथ आदरको शब्‍द" समावेश हुन सक्‍छ। * केहि सन्‍दर्भहरूमा यसलाई शब्‍द वा वाक्‍यांशले अनुवाद गर्न सकिन्‍छ जसको अर्थ "उच्‍च स्‍थानमा राख्‍नु" वा "अधिक सम्‍मान दिनु" वा "गर्वसाथ कुरा गर्नु" हुनसक्‍छ। * "आफूलाई उच्‍च नपार" लाई "आफूलाई धेरै उच्‍च नठान" वा "आफ्‍नो बारेमा घमण्‍ड नगर" अनुवाद गर्न सकिन्‍छ। * "आफैलाई उच्‍च पार्नेहरू लाई "आफ्‍नो बारेमा गर्व गर्नेहरू" वा "आफ्‍नो बारेमा घमण्‍ड गर्नेहरू" भनेर पनि अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः प्रशंसा, आराधना, महिमा, घमण्‍ड, गर्व) ### बाइबलका सन्दर्भहरूः * १ पत्रुस ५ः५-७ * २ शामूएल २२ः४७ * प्रेरित ५ः३१ * फिलिप्‍पी २ः९-११ * भजनसंग्रह १८ः४६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1361, H4984, H5375, H5549, H5927, H7311, H7426, H7682, G18690, G52290, G52510, G53110, G53120
## उत्तराधिकारी हुनु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी ### परिभाषा: शब्दहरू “उत्तराधिकारी हुनु” र “उत्तराधिकार” ले बुबा आमा वा अन्य व्यक्‍तिसित भएको विशेष सम्बन्धको कारणले तिनीहरूबाट मूल्यवान् थोक प्राप्‍त गर्ने कुरोलाई जनाउँछन् । उत्तराधिकार प्राप्‍त गर्ने व्यक्‍तिलाई “उत्तराधिकारी” भनिन्छ । * प्राप्‍त गर्न सकिने भौतिक उत्तराधिकार (अर्थात् सम्पत्ति) हरूमा रुपियाँ-पैसा, जग्गा जमिन वा अन्य थोकहरू पर्छन् । * अब्राहाम र तिनका सन्तानहरू कनान देशको उत्तराधिकारी हुने थिए र यो तिनीहरूलाई सदाको निम्ति दिइने थियो भनी परमेश्‍वरले तिनीहरूसित प्रतिज्ञा गर्नुभयो । ### अनुवादका लागि सुझावहरूः * सधैँजसो पहिले लक्षित भाषामा उत्तराधिकारी वा उत्तराधिकारको अवधारणाको लागि पहिले नै शब्दहरू छन् या छैनन् भनी विचार गर्नुहोस् र तिनको प्रयोग गर्नुहोस् । * सन्दर्भमा आधारित रहेर “उत्तराधिकारी हुनु” लाई “प्राप्‍त गर्नु” वा “अधिकार गर्नु” वा “अधिकारी बन्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “उत्तराधिकार” लाई “प्रतिज्ञात गरिएको उपहार” वा “सुरक्षित सम्पत्ति” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरका मानिसहरूलाई उहाँको उत्तराधिकारको रूपमा उल्लेख गरिँदा यसलाई “उहाँका मूल्यवान् जनहरू” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “उत्तराधिकारी” लाई “पिताका सम्पत्ति प्राप्‍त गर्ने भाग्यशाली बच्‍चा वा बच्‍ची” वा “परमेश्‍वरका आत्मिक अधिकार वा आशिष्हरू प्राप्‍त गर्न चुनिएको व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “सम्पदा” लाई “परमेश्‍वरबाट आउने आशिष्” वा “पैतृक आशिष्हरू” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः उत्तराधिकारी, कनान, कनानी, प्रतिज्ञात देश) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०६:९-११ * १ पत्रुस ०१:३-५ * २ शमूएल २१:२-३ * प्रेरित ०७:४-५ * व्यवस्था २०:१६-१८ * गलाती ०५:१९-२१ * उत्पत्ति १५:६-८ * हिब्रू ०९:१३-१५ * यर्मिया ०२:७-८ * लूका १५:११-१२ * मत्ती १९:२९-३० * भजनसंग्रह ७९:१-३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०४-०६) जब अब्राम कनानमा आइपुगे परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तिम्रो चारैतिर हेर । तिमीले देख्‍न सक्‍ने सबै देश म तिमी र तिम्रा सन्तानहरूलाई उत्तराधिकारको रूपमा दिनेछु ।” * (२७-०१) एक दिन यहूदी व्यवस्थाका ज्ञाता येशूकहाँ आएर उहाँलाई यसो भने, “गुरुज्यू, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ ?” * (३५-०३) “त्यहाँ दुई जना छोरा भएका एक जना मानिस थियो । कान्छो छोरोले बुबालाई भन्यो, ‘बुबा, म मेरो उत्तराधिकार अहिले नै चाहन्छु ।’ त्यसैले, बुबाले आफ्नो सम्पत्ति दुई छोरालाई भाग लगाएर दियो ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2490, H2506, H3423, H3425, H4181, H5157, H5159, G28160, G28170, G28190, G28200
## उत्साह दिनु, उत्साह ### परिभाषा: कसैलाई सत्य र ठिक कुरा गर्नको लागि प्रोत्साहन दिने कामलाई “उत्साह दिनु” भनिन्छ । यस्तो प्रोत्साहनलाई “उत्साह” भनिन्छ । * उत्साहको उद्धेश्य अर्को मानिसलाई पाप गर्न छोडी परमेश्‍वरको इच्छा पालना गर्न राजी गराउनु हो । * नयाँ करारले ख्रीष्‍टियानहरूले एकअर्कालाई कडा र रूखो स्वरमा नभई प्रेमसाथ उत्साह दिने कुरामा शिक्षा दिन्छ । ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "उत्‍साह" लाई "कडा आग्रह" वा "मनाउनु" वा "सल्‍लाह" को रूपमा अनुवाद गर्न सकिन्‍छ। * यो शब्‍दको अनुवादले उत्‍साह दिने व्‍यक्‍ति रिसाएको संकेत गर्दैन भन्‍ने कुरा सुनिश्‍चित गर्नुहोस्। यस शब्‍दले बल र गम्‍भिरता व्‍यक्‍त गर्नुपर्छ, तर क्रोधित वाक्‍यांशको रूपमा हेर्नु हुदैन। * धेरै जसो सन्‍दर्भहरूमा, "उत्‍साह" शब्‍दलाई "प्रोत्‍साहन" भन्‍दा फरक रूपमा अनुवाद गरिनुपर्छ, जसको अर्थ कसैलाई प्रेरणा दिने, आश्‍वस्‍त पार्नु वा सान्‍त्‍वना दिनु हो। * सामान्‍यतया यो शब्‍दलाई "चेतावनि" भन्‍दा फरक रूपमा अनुवाद गरिनुपर्छ, जसको अर्थ कसैलाई उसको गलत व्‍यवहारको लागि सचेत गराउनु वा सच्‍याउनु हो। ### बाइबलका सन्दर्भहरूः * १ थेसलोनिकी २ः३-४ * १ थेसलोनिकी २ः१२ * १ तिमिथी ५ः२ * लूका ३ः१८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G38670, G38700, G38740, G43890
## उद्धार गर्नु, उद्धार, उद्धारकर्ता ### परिभाषा: “उद्धार गर्नु” र “उद्धार” शब्दहरूले पहिला स्वमित्वमा भएको वा बन्दी बनाइएको कुनै थोकलाई फेरि किनेर फिर्ता ल्याउनुलाई जनाउछ । कसैलाई वा केही थोकलाई उद्धार गर्ने नै “उद्धारकर्ता” हो । * मानिसहरू वा कुनै थोकलाई कसरी उद्धार गर्ने भन्‍ने बारेमा परमेश्‍वरले इस्राएलीहरूलाई व्यवस्थाहरू दिनुभयो। उदाहरणको लागि, कुसैले एउटा व्यक्‍तिलाई मूल्य तिरेर उसको दासत्वको बन्धनबाट मुक्‍त गर्न सक्थ्यो, ताकि दास स्वतन्‍त्र भएर जान सकोस् ।” मोल तिरेर छुटका दिनु” ले पनि यही प्रचलनलाई जनाउछ । * यदि कसैको जमिन बेचिएको छ भने त्यो व्यक्‍तिको नातेदारले त्यो जमिन “छुटाउन” वा “किनेर फिर्ता गर्न” सक्थ्यो, ताकि त्यो जमिन परिवारको नै होस् । * यी प्रचलनहरूले पापको दासत्वमा रहेका मानिसहरूलाई परमेश्‍वरले कसरी छुटकारा दिनुहुन्छ भन्‍ने कुरा देखाउँछ । जब येशू क्रूसमा मर्नुभयो, उहाँले मानिसहरूका सबै पापहरूको निम्ति पुरा मूल्य तिर्नुभयो र मुक्‍तिको निम्ति उहाँमा विश्‍वास गर्नेहरू सबैको उद्धार गर्नुभयो । परमेश्‍वरले उद्धार गर्नुभएका मानिसहरू पाप र यसको बन्धनबाट स्वतन्‍त्र पारिएका छन् । ### अनुवादका निम्ति सुझावहरूः * सन्दर्भअनुसार “उद्धार गर्नु” लाई “किनेर फिर्ता ल्याउनु” वा “(कसैलाई) स्वतन्‍त्र पार्नलाई मूल्य तिर्नु” वा “छुटकाराको मोल तिर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “उद्धार” लाई “छुटकाराको मोल” वा “स्वतन्‍त्रता भुक्‍तान” वा “किनेर फिर्ता ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ । * “छुटकाराको मोल तिर्नु” र “उद्धार गर्नु” शब्दहरूका आधारभूत अर्थ उस्तै हुन्छ, त्यसैले कुनै भाषाले यी दुवैलाई एउटै शब्द प्रयोग गरेर अनुवाद गर्न सक्छन् । तथापी, "छुटकाराको मोल तिर्नु" शब्‍दले केहि वा कसैलाई “उद्धार गर्नु” आवश्‍यक मोललाई पनि बुझाँउछ। “उद्धार गर्नु” शब्‍दले वास्‍तविक आफैमा मोल तिर्नुलाई बुझाउँदैन। (हेर्नुहोस्ः स्वतन्‍त्र, छुटकाराको मोल तिर्नु) ### बाइबलका खण्डहरूः * कलस्सी ०१:१३-१४ * एफिसी ०१:७-८ * एफिसी ०५:१५-२७ * गलाती ०३:१३-१४ * गलाती ०४:३-५ * लूका ०२:३६-३८ * रूथ ०२:१९-२० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1350, H1353, H6299, H6302, H6304, H6306, H6561, H7069, G00590, G06290, G18050, G30840, G30850
## उपहार ### परिभाषा: शब्द “उपहार” ले कसैलाई दिइने कुनै पनि कुरोलाई जनाउँछ । कुनै पनि कुरो फिर्ता नपाउने अपेक्षासहित उपहार दिइन्छ । * गरिब मानिसहरूलाई दिइने रुपियाँ-पैसा, खाना, वस्‍त्र वा अन्य थोकहरूलाई “उपहारहरू” भनिन्छ । * बाइबलमा परमेश्‍वरलाई चढाइने भेटी वा बलिदानलाई पनि उपहार भनिएको छ । * उद्धारको उपहार परमेश्‍वरले येशूमा ग्रहण गर्नेहरूलाई दिनुहुने कुरो हो । * नयाँ करारमा अरू मानिसहरूको सेवाको लागि परमेश्‍वरले सबै ख्रीष्‍टियानलाई दिनुहुने विशेष आत्मिक योग्यताहरूलाई जनाउन पनि शब्द “उपहारहरू (वरदानहरू)” को प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * “उपहार” को लागि प्रयुक्‍त सामान्य शब्दलाई “दिइने कुरो” को अर्थ दिने कुनै शब्द वा पदावलीद्वारा अनुवाद गर्न सकिन्छ । * कसैले परमेश्‍वरबाट आउने उपहार (वरदान) वा विशेष योग्यता प्राप्‍त गरेको सन्दर्भमा “पवित्र आत्माबाट आउने वरदान” लाई “आत्मिक योग्यता” वा “पवित्र आत्माबाट आएको विशेष योग्यता” वा “परमेश्‍वरले दिनुभएको विशेष आत्मिक खुबी” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः आत्मा, आत्मिक, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी १२:१-३ * २ शमूएल ११:६-८ * प्रेरित ०८:२०-२३ * प्रेरित १०:३-६ * प्रेरित ११:१७-१८ * प्रेरित २४:१७-१९ * याकूब ०१:१७-१८ * यूहन्‍ना ०४:९-१० * मत्ती ०५:२३-२४ * मत्ती ०८:४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0814, H4503, H4864, H4976, H4978, H4979, H4991, H5078, H5083, H5379, H7810, H8641, G03340, G13900, G13940, G14310, G14340, G14350, G33110, G54860
## उल्लङ्घन गर्नु, उल्लङ्घन ### परिभाषा: शब्दहरू “उल्लङ्घन गर्नु” र “उल्लङ्घन” ले आज्ञा, शासन वा नैतिक नियमलाई तोड्ने कुरोलाई जनाउँछन् । * आलङ्कारिक रूपमा “उल्लङ्घन” लाई “रेखा पार गर्नु” भनेर पनि बयान गर्न सकिन्छ । यसको अर्थ हुन्छ, कि व्यक्‍ति वा अरू मानिसहरूको भलाइको लागि स्थापित हद वा सीमाभन्दा पर जानु । * शब्दहरू “उल्लङ्घन,” “पाप,” “अधर्म” र “अपराध” सबैमा परमेश्‍वरको इच्छाको विरुद्धमा काम गर्ने र उहाँका आदेशहरू नमान्‍ने कुराहरू पर्छन् । ### अनुवादका लागि सुझावहरूः * “उल्लङ्घन गर्नु” लाई “आज्ञा नमान्‍नु” वा “विद्रोह गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * यदि एउटै पद वा खण्डले “पाप” वा “उल्लङ्घन” वा “अपराध” भन्‍ने अर्थ लाग्‍ने दुईवटा शब्दको प्रयोग गर्छ भने सम्भव भएसम्म यी शब्दहरूलाई अनुवाद गर्न दुईवटा बेग्लाबेग्लै शब्दको प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । बाइबलले उही सन्दर्भमा उही अर्थ बोकेका दुई वा सोभन्दा बढी शब्दको प्रयोग गर्दा साधारणतया यसको उद्देश्य भनिएको कुरोलाई जोड दिनलाई हो वा यसको महत्त्व देखाउनलाई हो । (हेर्नुहोस्ः समानान्तरता) (हेर्नुहोस्ः समानान्‍तरता) (हेर्नुहोस्ः पाप, पापिष्‍ठ, पापी, पाप गरिरहने, अपराध, अधर्म) ### बाइबलका सन्दर्भहरूः * १ थेसलोनिकी ०४:३-६ * दानिएल ०९:२४-२५ * गलाती ०३:१९-२० * गलाती ०६:१-२ * गन्ती १४:१७-१९ * भजनसंग्रह ३२:१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0898, H4603, H4604, H6586, H6588, G04580, G04590, G38450, G38470, G38480, G39280
## एपोद ### परिभाषा: एपोद इस्राएली पूजाहारीहरूले लगाउने एक किसिमको कपडा थियो । यसलाई काँधमाथिबाट घुसारिन्‍थ्‍यो र यसले अगाडिको भागलाई ढाक्‍थ्‍यो । यसलाई फित्ताको सहायताले कम्मरमा बाँधिन्थ्यो । * एक प्रकारको एपोद सादा सुति कपडाबाट बनेको थियो र साधारण पूजहारीहरूले लगाउने गर्थे। * यो सुन, नीलो, बैजनी र रातो धागोले बनेको महँगो र सुन्दर कपडा थियो जसलाई पूजाहारीले लगाउँथे । * एपोदको अगाडिपट्टि पूजाहारीले लगाउने छाती-पाता जोडिएको हुन्थ्यो । छाती-पाताको पछाडि ऊरीम र तुम्मीम राखिन्थ्यो र कुनै पनि विषयहरूमा परमेश्‍वरको इच्छा के छ भनेर जान्‍नको लागि यसको प्रयोग गरिन्थ्यो । * गिदोनले सुनको एपोद बनाए र यसलाई इस्राएलीहरूले मूर्तिको रूपमा पुज्‍न थाले । हेर्नुहोसः पूजहारी ### बाइबलका सन्दर्भहरूः * १ शामूएल २ः१८-१९ * प्रस्‍थान २८ः४-५ * होशे ३ः४ * न्‍यायकर्ताहरू ८ः२७ * लेवि ८ः७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0641, H0642, H0646
## कप्‍तान ### परिभाषा: कप्‍तान एक रोमी सेनाका अधिकारी हुन्थे, जसको अधीनमा १०० जना सिपाहीको समूह हुन्थ्यो । * यसलाई “एक सय जना मानिसका अगुवा” वा “सेनाका अगुवा” वा “एक सय जनाको जिम्मामा भएका अधिकारी” भनेर पनि अनुवाद गर्न सकिन्छ । * आफ्नो नोकरको चङ्गाइको लागि अनुरोध गर्न एक जना रोमी कप्‍तान येशूकहाँ आए । * येशूको क्रुसारोहणको जिम्मा लिएका कप्‍तानले येशूको मृत्युको शैलीलाई देख्दा तिनी छक्‍क परे । * परमेश्‍वरले एक जना कप्‍तानलाई पत्रुसकहाँ पठाउनुभयो, ताकि पत्रुसले तिनलाई येशूको बारेमा भएको शुभ खबर बताउन सकून् । (हेर्नुहोस्ः  रोमि) ### बाइबलका सन्दर्भहरूः * प्रेरित १०ः१ * प्रेरित २७ः१ * प्रेरित २७ः४२-४४ * लूका ७ः४ * लूका २३ः४७ * मर्कुस १५ः३९ * मत्ति ८ः७ * मत्ति ८ः७ * मत्ति २७ः५४ * ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G15430, G27600
## करार ### परिभाषा: करार दुई पक्षबिच बाँधिएको औपचारिक सम्झौता हो जसलाई दुईमध्ये एउटा पक्षले पुरा गर्नैपर्छ । * यो सम्झौता मानिस-मानिसहरूका बिचमा, मानिसहरूका समूह-समूह बिचमा वा परमेश्‍वर र मानिसहरूका बिचमा हुन सक्छ । * मानिसहरूले एक अर्कासित करार बाँध्दा तिनीहरूले केही गर्ने वा त्यसलाई पुरा गर्ने प्रतिज्ञा गर्छन् । * वैवाहिक करार, व्यापारिक करार र देशहरूबिच हुने सम्झौताहरू मानवीय करारका उदाहरणहरू हुन् । * बाइबलभरि नै परमेश्‍वरले आफ्ना मानिसहरूसित केही फरक-फरक करारहरू बाँध्‍नुभएको छ । * केही करारहरूमा विनासर्त परमेश्‍वरले आफ्नो भागलाई पुरा गर्ने प्रतिज्ञा गर्नुभयो । उदाहरणको लागि, विश्‍वव्यापी जलप्रलयले पृथ्वीलाई फेरि कहिल्यै नष्‍ट नगर्ने प्रतिज्ञा गर्दै उहाँले मानव-जातिसित आफ्नो करार स्थापित गर्नुहुँदा यस करारमा मानिसहरूले पुरा गर्नुपर्ने कुनै सर्त छैन । * अन्य करारहरूमा मानिसहरू उहाँप्रति आज्ञाकारी भई तिनीहरूले करारको आफ्नो भागलाई पुरा गरेमा मात्र उहाँले आफ्नो भागलाई पुरा गर्ने प्रतिज्ञा गर्नुभयो । "नयाँ करार" शब्‍दले परमेश्‍वरले आफ्‍नो पुत्र येशूको बलिदानद्वारा आफ्ना मानिसहरूसँग गर्नुभएको करार वा प्रतिबद्धतालाई जनाउँछ। * परमेश्‍वरको "नयाँ करार" लाई बाईबलको "नयाँ नियम" भनिने भागमा व्‍याख्‍या गरिएको थियो। * यो नयाँ करार पुरानो नियमको समयमा परमेश्‍वरले इस्राएलिहरूसँग गर्नुभएको "पुरानो" वा "पूर्व" करारको विपरीत हो। * नयाँ करार पुरानो भन्‍दा राम्रो छ किनभने यो येशूको बलिदानमा आधारित छ, जसले मानिसहरूका पापहरूको लागि सधैँभरि पुर्णरूपमा प्रयाश्‍चित गर्छ। पुरानो करार अन्‍त्रर्गत गरिएका बलिदानहरूले यो गरेनन्। * परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूको हृदयमा नयाँ करार लेख्‍नुहुन्‍छ। यसले तिनिहरूलाई परमेश्‍वरको आज्ञा पालन गर्न र पवित्र जिवन जिउँन सहायता गर्छ। * परमेश्‍वरले पृथ्‍विमा आफ्‍नो शासन स्‍थापना गर्नुहुदाँ अन्‍तिम समयमा नयाँ करार पूर्ण रूपमा पूरा हुनेछ। सबै कुरा फेरि एक पटक सबै कुरा धेरै असल हुनेछ, जस्‍तो कि परमेश्‍वरले पहिलो पटक सँसार सृष्‍टि गर्नुहुदा थियो। ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर यस शब्दलाई “बाँध्‍ने सम्झौता” वा “औपचारिक प्रतिबद्धता” वा “प्रण” वा “अनुबन्ध” भनी अनुवाद गर्न सकिन्छ । * एउटा पक्ष वा दुई पक्ष दुवैले प्रतिज्ञालाई पुरा गर्नुपर्ने आधारमा रहेर करारको लागि केही भाषाहरूमा बेग्लाबेग्लै शब्दहरू छन् । यदि करार एक पक्षीय हो भने यसलाई “प्रतिज्ञा” वा “प्रण” भनेर अनुवाद गर्न सकिन्छ । * यस शब्दले मानिसहरूले करारको प्रस्ताव राखे भन्‍ने अर्थ दिनुहुँदैन भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । परमेश्‍वर र मानिसहरूबिच बाँधिएका सबै करारहरूमा परमेश्‍वरले नै करारको थालनी गर्नुभयो । * "नयाँ करार" शब्‍दलाई "नयाँ औपचारिक सम्‍झौँता" वा "नयाँ सम्‍झौँता" को रूपमा अनुवाद गर्न सकिन्‍छ। * यो अभिव्‍यक्‍तिहरूमा "नयाँ" शब्‍दको अर्थ "ताजा" वा "नयाँ प्रकारको" वा "अर्को" हो। (हेर्नुहोस्ः नयाँ करार, प्रतिज्ञा) ### बाइबलका सन्दर्भहरूः * उत्पत्ति ९ः१२ * उत्पत्ति १७ः७ * उत्पत्ति ३१ः४४ * प्रस्‍थान ३४ः१०-११ * यहोशू २४ः२४-२६ * २ शमूएल २३:५ * २ राजा १८:११-१२ * मर्कूस १४:२४ * लूका ०१:७३ * लूका २२ः२० * प्रेरित ०७:८ * १ कोरिन्‍थी ११ः२५-२६ * २ कोरिन्‍थी ३ः६ * गलाती ०३:१७-१८ * हिब्रू १२ः२४ * ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०४-०९) त्यसपछि परमेश्‍वरले अब्रामसित करार बाँध्‍नुभयो । करार दुई पक्षबिच बाँधिने सम्झौता हो । * (०५-०४) “म इश्माएललाई पनि एउटा ठुलो जाति बनाउनेछु, तर मेरो करारचाहिँ इसहाकसित नै हुनेछ ।” * (०६-०४) लामो समयपछि अब्राहाम मरे, र परमेश्‍वरले तिनीसित करारमा बाँध्‍नुभएका सबै प्रतिज्ञा इसहाकमा सरे । * (०७-१०) परमेश्‍वरले अब्राहाम अनि त्यसपछि इसहाकसित बाँध्‍नुभएका करारका प्रतिज्ञाहरू अब याकूबमा सरे । * (१३-०२) परमेश्‍वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करारलाई पालन गर्‍यौ भने तिमीहरू मेरा मूल्यवान् सम्पत्ति, पूजाहारीको राज्य र पवित्र जाति हुनेछौ ।” * (१३-०४) त्यसपछि परमेश्‍वरले तिनीहरूसित करार बाँधी भन्‍नुभयो, “म तिमीहरूका परमेश्‍वर यहोवे हुँ जसले तिमीहरूलाई मिश्रको दासत्वबाट बचायो । अरू देवताहरूलाई नपुज्‍नू ।” * (१५-१३) त्यसपछि परमेश्‍वरले इस्राएलीहरूसित सीनैमा बाँध्‍नुभएको करारको पालन गर्नुपर्ने मानिसहरूको जिम्मेवारीलाई यहोशूले स्मरण दिलाए । * **२१ः५** यर्मिया अगमवक्‍ताबाट, परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो कि उहाँले नयाँ करार बनाउनु हुनेछ, तर परमेश्‍वरले इस्राएलिसँग सिनैमा गर्नुभएको करार जस्‍तो होइन। नयाँ करारमा, परमेश्‍वरले मानिसहरूको हृदयमा आफ्‍नो व्‍यवस्‍था लेख्‍नुहुनेछ, मानिसहरूले परमेश्‍वरलाई व्‍यक्‍तिगतरूपमा चिन्‍नेछन्, तिनिहरू उहाँका मानिसहरू हुनेछन्, र परमेश्‍वरले तिनिहरूका पापहरू क्षमा गर्नुहुनेछ। मसिहले नयाँ करार सुरु गर्नुहुनेछ। * २१ः१४ मसिहको मृत्‍यु र पुनरुत्‍थानद्वारा, परमेश्‍वरले पापिहरूलाई बचाउन र नयाँ करार सुरु गर्ने आफ्‍नो योजना पुरा गर्नुहुनेछ। * **३८ः५** तब येशूले एउटा कचौरा लिनुभयो र भन्‍नुभयो, "यो पिऊँ। यो नयाँ करारको मेरो रगत हो जुन पापिहरूको क्षमाको लागि बगाईएको छ। यो  हरेक पटक पिउने बेला मेरो सम्‍झनामा गर्ने गर।" * ४८ः११ तर परमेश्‍वरले अब नयाँ करार बनाउनुभएको छ जुन सबैको लागि उपलब्‍ध छ। यो नयाँ करारको कारणले गर्दा, कुनै पनि समुहबाट जो कोहिले पनि येशूमा विश्‍वास गरेर परमेश्‍वरको मानिसहरूको एक अभिन्‍न भाग बन्‍नसक्‍छ। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1285, H2319, H3772, G08020, G12420, G49340
## करारको विश्‍वसनीयता, करारको निष्‍ठा ### परिभाषा: बाईबलिय समयमा, "करार विश्‍वासयोग्‍यता" को रूपमा अनुवाद गरिएको शब्‍दलाई विश्‍वासयोग्‍यता, वफादारी, दया, र प्रेमको प्रकारको वर्णन गर्न प्रयोग गरिएको थियो जुन विवाद वा रगतद्वारा एकअर्कासँग घनिष्‍ट सम्‍बन्‍ध भएका व्‍यक्तिहरूको बिचमा अपेक्षित र प्रदर्शन गरिएको थियो। यो समान शब्‍द प्रायः बाईबलमा प्रयोग गरिएको छ जसरी परमेश्‍वरले आफ्‍ना मानिसहरूसँग  सम्‍बन्‍ध राख्‍नुहुन्‍छ, विशेष गरी उहाँले उनिहरूलाई गर्नुभएको प्रतिज्ञाहरू पूरा गर्ने प्रतिबद्धतालाई वर्णन गर्न। * यस शब्‍दलाई अनुवाद गर्ने तरिकाले प्रत्‍येक शब्‍द "वाचा" र "विश्‍वास" लाई कसरी अनुवाद गरिन्‍छ भन्ने कुरामा निर्भर हुन सक्‍छ। * “निष्‍ठा” अर्को शब्द हो जसले प्रतिज्ञा गरिएको र कसैलाई फाइदा पुग्‍ने कुरो गर्न प्रतिबद्ध हुने कुरोलाई जनाउँछ । (हेर्नुहोस्ः करार, विश्‍वासयोग्य, अनुग्रह, इस्राएल, परमेश्‍वरका मानिसहरू, प्रतिज्ञा) ### बाइबलका सन्दर्भहरूः * एज्रा ०३:१०-११ * गन्ती १४:१७-१९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2617
## करारको सन्दुक, करारका आदेशहरूको सन्दुक, यहोवेको सन्दुक ### परिभाषा: यी शब्दहरूले सुनले मोहोरिएको विशेष काठको बाकसलाई जनाउँछन्, जसमा दस आज्ञा लेखिएका दुईवटा पत्थर राखिन्थे । यसमा हारूनको लौरो र मन्‍न राखिएको भाँडो पनि राखिन्थे । * यहाँ शब्द “सन्दुक” लाई “बाकस” वा “सन्दुस” वा “भाँडो” भनेर पनि अनुवाद गर्न सकिन्छ । * यस बाकसभित्र राखिएका वस्तुहरूले परमेश्‍वरले इस्राएलीहरूसित बाँध्‍नुभएका करारहरू तिनीहरूलाई स्मरण दिलाउँथे । * करारको सन्दुक “महा-पवित्रस्थान” भित्र राखिन्थ्यो । * पवित्र वासस्थानको महा-पवित्रस्थानभित्र राखिएको करारको सन्दुकमाथि परमेश्‍वरको उपस्थिति हुन्थ्यो, जहाँ उहाँ इस्राएलीहरूको पक्षमा मोशासित बोल्नुहुन्थ्यो । * करारको सन्दुक मन्दिरको महा-पवित्रस्थानभित्र हुँदा प्रधान पूजाहारीलाई मात्रै वर्षको एक पटक प्रायश्‍चित्तको दिनमा करारसम्म पुग्‍ने पहुँच हुन्थ्यो । * धेरै अङ्ग्रेजी संस्करणहरूले “करारका उर्दीहरू” लाई “गवाही” भनी शाब्दिक रूपमा अनुवाद गर्छन् । दस आज्ञा परमेश्‍वरले आफ्ना मानिसहरूसित बाँध्‍नुभएको करारको लागि गवाही वा साक्षी थियो भन्‍ने सत्यतालाई यसले जनाउँथ्यो । यसलाई “करारको व्यवस्था” भनेर पनि अनुवाद गरिन्छ । ### बाइबलका सन्दर्भहरूः * १ शामूएल ६ः१५ [[https://git.door43.org/Door43-Catalog/*_tn/src/branch/master/1sa/06/15.md]] * प्रस्‍थान २५ः१०-११ * हिब्रु ९ः५ * न्‍यायकर्ताहरु २०ः२७ * गन्‍ति ७ः८९ * प्रकाश ११ः१९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0727, H1285, H3068
## कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू ### परिभाषा: बाइबलमा, “कार्यहरू” “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू परमेश्‍वर वा मानिसहरूले गर्ने कुराहरूलाई जनाउन प्रयोग गरिन्छ । * “कार्य” शब्दले परिश्रम वा अरू मानिसलाई सेवा पुर्याउन गरिने सबै कामलाई जनाउँछ । * पमेश्‍वरका “कार्यहरू” वा “वहाँका हातका कार्यहरू” भन्‍ने टुक्‍काहरूले वहाँले गर्नुहुने र गर्नुभएका सबै कुराहरूलाई जनाउँछन् जसमा यस संसारको सृष्‍टि, पापीहरूलाई बचाउने काम, सबै सृष्‍टिको आवश्यकता पूरा गर्ने र सारा जगतलाई नै थामीराख्‍ने कुराहरू पर्दछन् । “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू पनि “शक्तिशाली व्यवहारहरू” वा “सुन्दर कामहरू” जस्ता वाक्यहरूमा परमेश्‍वरका अचम्मका कामहरू जनाउन प्रयोग हुन्छन् । * एउटा मानिसले गर्ने कार्यहरू वा कामहरू असल वा खराब हुन सक्छन् । ### अनुवादका लागि केही सुझावहरू * “कार्यहरू” वा “कामहरू” लाई “व्यवहारहरू” वा “गरिएका कुराहरू” भनेर पनि भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरका “कार्यहरू” वा “कामहरू” र “वहाँका हातका कार्य” हरू लाई संकेत गर्ने क्रममा यी वाक्यांशहरूलाई “आश्‍चर्यकर्महरू”, वा “सामर्थी व्यवहारहरू” वा “वहाँले गर्नुहुने अचम्मका कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ । * “परमेश्‍वरको कार्य” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरले गरिरहनुभएका कुराहरू” वा “परमेश्‍वरले गर्नुहुने आश्‍चर्यका कामहरू” वा परमेश्‍वरले गर्नुहुने अचम्मका कामहरू” वा “परमेश्‍वरले पूरा गर्नुभएका सबै कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ । * “कार्य” भन्‍ने शब्द चाँहि “कार्यहरू” को एकवचन रूप हो जस्तै कि, “हरेक असल कार्य” वा “हरेक असल काम ।” * जब काम परमेश्‍वर वा अरूको लागि गरिन्‍छ, यसलाई "सेवा" वा "सेवकाइ" भनेर अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः फल, पवित्र आत्मा, आश्‍चार्यकर्म) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ३ः१२ * प्रेरित २ः८-११ * दानिएल ४ः३७ * प्रस्‍थान ३४ः१०-११ * गलाती २ः१५-१६ * याकूब २ः१७ * मत्ती १६ः२७-८ * मिका २ः७ * रोमी ३ः२८ * तितस ३ः४-५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4399, H4566, H4567, H4611, H4659, H5949, G20410
## कुने-ढुङ्गो ### परिभाषा: शब्द “कुने-ढुङ्गो” ले विशेष तवरले काटेर तयार पारी भवनको जगको कुनामा राखिने ढुङ्गोलाई जनाउँछ । * भवनका अन्य सबै ढुङ्गाहरू नापेर तयार गरिन्छन् र तिनलाई कुने-ढुङ्गोको सम्बन्धमा राखिन्छन् । * पुरै संरचनाको शक्‍ति र स्थिरताको लागि यो निकै महत्त्वपूर्ण छ । * नयाँ करारमा विश्‍वासीहरूको समुदायलाई भवनसित तुलना गरी रूपकको रूपमा प्रस्तुत गरिएको छ, जसमा येशू ख्रीष्‍टलाई “कुने-ढुङ्गो” को रूपमा उल्लेख गरिएको छ । * जसरी भवनको कुने-ढुङ्गोले पुरै भवनको अवस्थालाई समर्थन गर्नुका साथै यसको निधो गर्छ, त्यसै गरी येशू ख्रीष्‍ट त्यो कुने-ढुङ्गो हुनुहुन्छ जसमाथि विश्‍वासीहरूको समुदाय स्थापित हुनुका साथै समर्थन गरिएको हुन्छ । ### अनुवादका लागि सुझावहरूः * शब्द “कुने-ढुङ्गो” लाई “भवनको मुख्य ढुङ्गो” वा “जगको ढुङ्गो” भनेर पनि अनुवाद गर्न सकिन्छ । * अनुवाद गरिएको भाषामा मुख्य समर्थनस्वरूप भवनको जगको भाग छ कि छैन भनी विचार गर्नुहोस् । छ भने, त्यस शब्दलाई प्रयोग गर्न सकिन्छ । * “भवनको कुनामा राख्‍न प्रयोग गर्ने जगको ढुङ्गो” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ । * दृढ र सुरक्षित भवनको सामग्रीको रूपमा प्रयोग गरिने यो एउटा ठुलो ढङ्गो हो भन्‍ने सत्यतालाई ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ । भवन निर्माणको लागि ढुङ्गाहरू प्रयोग गरिँदैनन् भने “ठुलो ढुङ्गो” को अर्थ बोकेको अर्को शब्दलाई प्रयोग गर्न सकिन्छ, तर यसमा राम्ररी रचना गरिएको र उपुयक्‍त हुने अवधारणा पनि हुनुपर्छ । ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०४:११-१२ * एफिसी ०२:१९-२२ * मत्ती २१:४२ * भजनसंग्रह ११८:२२-२३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0068, H6438, H7218, G02040, G11370, G27760, G30370
## कृपा, अनुकूल, पक्षपात ### परिभाषा: “अनुकूल” भन्‍नाले , मन्जुरी भएको कुरालाई जनाउँछ । “कृपा” शब्दले सकारात्मक रुपले र स्‍विकृति लिइएको कुनै व्‍यक्‍तिको भलाईको लागि गरिने कामलाई जनाउँछ । * येशू परमेश्‍वर र मानिसहरूको “अनुग्रहमा” हुर्कनुभयो । यसको अर्थ हुन्‍छ कि उनीहरूले उहाँको चरित्र र व्यावहार मन पराए । * “कृपा प्राप्‍त गर्नु” भन्‍नाले कसैले अनुमोदन प्रदान गर्नु हो । * जब राजाले कसैलाई कृपा देखाउँछन्, उनले उसको अनुरोध स्वीकार गर्छन् र उसले मागेको कुरा दिन्छन् । * "कृपा" अरको व्‍यक्‍तिको लागि वा तिनिहरूको फाइदाको लागि एक इशारा वा कार्य हुन सक्‍छ। * "पक्षपात" शब्‍दको अर्थ केहि व्‍यक्‍तिहरूप्रति अनुकूल व्‍यवहार गर्ने तर अरुलाई चाहि नगर्ने हो। यसको अर्थ  एक व्‍यक्‍तिमाथी अर्को वा एक चिजमाथि अर्को छनौट गर्ने झुकाव हो किनभने व्‍यक्‍ति वा वस्‍तुलाई प्राथमिकता दिईन्‍छ। सामान्‍यतया, पक्षपातलाई अनुचित मानिन्‍छ। ### अनुवादका लागि सुझावहरूः * "अनुग्रह" शब्‍दलाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "अनुमोदन" वा "आशिरवाद" वा "लाभ" समावेश हुन सक्‍छ। * "यहोवाको अनुकूल वर्ष" लाई "यहोवाले ठुलो आशिष ल्‍याउनुहुने वर्ष (वा समय)" भनेर अनुवाद गर्न सकिन्‍छ। * "पक्षपाति" शब्‍दलाई "भेदभाव" वा "पूर्वाग्रहि हुनु" वा "अन्‍यायीक व्‍यवहार" भनेर अनुवाद गर्न सकिन्‍छ। यो शब्‍द "मनपर्ने" शब्‍दसँग सम्‍बन्‍धीत छ, जसको अर्थ अरू सबैलाई प्राथमिकता दिनु हो। ### बाइबलका सन्दर्भहरूः * १ शामूयल २ः२५-२६ * २ इतिहास १९ः७ * २ कोरिन्‍थी १ः११ * प्रेरित २४ः२७ * उत्‍पत्ति ४१ः१६ * उत्‍पत्ति ४७ः२५ * उत्‍पत्ति ४०ः५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0995, H1156, H1293, H1779, H1921, H2580, H2603, H2896, H5278, H5375, H5414, H5922, H6213, H6437, H6440, H7521, H7522, H7965, G11840, G36850, G43800, G43820, G54850, G54860
## कृपा, कृपालु ### परिभाषा: “कृपा” र “कृपालु” भन्‍ने शब्दले खाँचोमा परेका मानिसहरूलाई सहायता गर्ने कामलाई जनाउँछ, विशेष गरी उनीहरू निम्‍न वा नम्र अवस्थामा भएको खण्डमा । * “कृपा” ले उनीहरूले गरेको कुनै गलत कामको लागि मानिसहरूलाई सजाय नदिने अर्थलाई पनि समेट्छ । * कुनै शक्त्तिशाली व्यक्त्ति जस्तै एउटा राजाले मानिसहरूलाई हानी नगरी उनीहरूलाई दयापूर्वक व्यवहार गर्छ भने ऊ “कृपालु” भएको भनिन्छ । * कृपालु हुनुको अर्थ हामीलाई अन्याय गर्ने व्यक्त्तिलाई क्षमा गर्नु भन्‍ने पनि हुन्छ । * कृपा देखाउँदा हामीले ठूलो खाँचोमा परेका मानिसहरूलाई सहायता गर्छौँ । * परमेश्‍वर हामीप्रति कृपालु हुनुहुन्छ, अनि हामी पनि अरूप्रति कृपालु भएको उहाँ चाहनु हुन्छ । ### अनुवादका लागि सुझावहरू * सन्दर्भका आधारमा, “कृपा” लाई “दया” वा “माया” को रूपमा पनि अनुवाद गर्न सकिन्छ । * “कृपालु” भन्‍ने शब्दलाई, “दया देखाउने” वा “कसैप्रति कोमल हुने” वा “क्षमा दिने” भनेर अनुवाद गर्न सकिन्छ । * “कसैप्रति कृपा देखाउनु” वा “कसैमाथि कृपा गर्नु” लाई, “दयापूर्वक व्यवहार गर्नु” वा “कसैप्रति कोमल हुनु” भनेर अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * १ पत्रुस १ः३-५ * १ तिमोथी १ः१३ * दानिएल ९ः१७ * प्रस्‍थान ३४ः६ * उत्‍पत्ति १९ः१६ * हिब्रू १०ः२८-२९ * याकूब २ः१३ * लूका ६ः३५-३६ * मत्ती ९ः२७ * फिलिप्‍पी २ः२५-२७ * भजनसंग्रह ४१ः४-६ * रोमी १२ः१ ### बाइबलीय कथाहरूबाट उदाहरणहरू * १९ः१६ तिनीहरू (अगमवक्ताहरू) सबैले मानिसहरूलाई मूर्तिपूजा गर्न त्यागेर अरूहरूप्रति न्यायपूर्ण व्यवहार गर्दै कृपा देखाउन भने । * १९ः१७ उनी (यर्मिया) कुँवाको फेदमा भएको दलदल भित्र डुबे, तर राजाले उनी माथि कृपा देखाए र उनी मर्न भन्दा अगि आफ्ना यर्मियालाई त्यस कुँवाबाट निकाल्न नोकरहरूलाई आज्ञा दिए । * २०ः१२ पर्सियाका सम्राट शक्तिशाली थिए, तर आफूले विजय प्राप्‍त गरेका मानिसहरू माथि तिनी कृपालु थिए । * २७ः११ त्यसपछि त्यो कानूनमा दक्ष मानिसलाई येशुले सोध्‍नुभयो, “तिम्रो विचारमा, ति तिनमध्ये त्यो लुटिएको र पिटिएको मानिसको छिमेकी हो ?” उसले उत्तर दियो, “त्यो मानिस जो त्यसप्रति कृपालु थियो ।” * ३२ः११ तर येशूले उसलाई भन्‍नुभयो, “होइन, तिमी घर गएको म चाहन्छु र गएर तिम्रा मित्रहरू र परिवारलाई परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएको काम र तिमी माथि देखाउनु भएको कृपाको बारेमा बताऊ ।” * ३४ः९ “तर त्यो कर उठाउने व्‍यक्‍ति ती धर्मी शासकहरूबाट टाढै बस्यो, र माथि स्वर्गतिर उसले नजर लगाएन । तर उसले आफ्नो छाती पिट्यो र यसरी प्रार्थना गर्यो, ‘परमप्रभु परमेश्‍वर म माथि कृपा देखाउनुहोस् किनकि म पापी छु । ‘” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2551, H2603, H2604, H2616, H2617, H2623, H3722, H3727, H4627, H4819, H5503, H5504, H5505, H5506, H6014, H7349, H7355, H7356, H7359, G16530, G16550, G16560, G24330, G24360, G36280, G36290, G37410, G46980
## क्रुस ### परिभाषा: बाइबलको समयमा क्रुस जमिनमा ठडाइएको काठको ठाडो खम्बा थियो जसको माथिल्लो भागनेर तेस्रो काठ तेर्साइएको हुन्थ्यो । * रोमी साम्राज्यको समयमा रोमी सरकारले अपराधीहरूलाई क्रुसमा टाँगी तिनीहरूलाई त्यहीँ मर्न दिएर मृत्युदण्ड दिने गर्थ्यो । * येशूलाई उहाँले गर्दै नगर्नुभएका अपराधहरूको झुटो मुद्दा लगाइयो । त्यसैले, रोमीहरूले उहाँलाई क्रुसमा मृत्युदण्ड दिए । * यो क्रियापद “पार गर्नु” भन्दा बिलकुलै फरक शब्द हो जसको अर्थ हुन्छ‒ नदी वा तलाउको अर्कोपट्टि जानु । ### अनुवादका लागि सुझावहरूः * अनुवाद गरिएको भाषामा क्रुसको आकारलाई जनाउने शब्दद्वारा यसलाई अनुवाद गर्न सकिन्छ । * “मृत्युदण्ड दिने खम्बा” वा “मृत्युको रुख” जस्ता पदावलीहरूको प्रयोग गरी मानिसहरूलाई मारिने वस्तुको रूपमा क्रुसलाई विचार गर्नुहोस् । * स्थानीय वा राष्‍ट्रिय बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस् अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः क्रुसमा टाँग्‍नु, रोम, रोमी) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०१:१७ * कलस्सी ०२:१३-१५ * गलाती ०६:११-१३ * यूहन्‍ना १९:१७-१८ * लूका ०९:२३-२५ * लूका २३:२६ * मत्ती १०:३७-३९ * फिलिप्पी ०२:५-८ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्‍न लगाए । * (४०-०२) सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए, र उहाँलाई क्रुसमा टाँगी उहाँका पाखुरा र पाउमा काँटी ठोके । * (४०-०५) यहूदी अगुवाहरू र भिडमा भएका अन्य मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँले भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौ भने क्रुसबाट ओर्लेर आऊ र आफैलाई बचाऊ । तब हामी तिमीलाई विश्‍वास गर्नेछौँ ।” * (४९-१०) येशू क्रुसमा मर्नुहुँदा उहाँले तपाईंको दण्ड लिनुभयो । * (४९-१२) येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ; उहाँ तपाईंको सट्टामा क्रुसमा मर्नुभयो र परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो भनी तपाईंले विश्‍वास गर्नुपर्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G47160
## क्रुसमा टाँग्‍नु ### परिभाषा: “क्रुसमा टाँग्‍नु” को अर्थ हुन्छ‒ कसैलाई क्रुसमा झुण्ड्याई बडो दर्द भोगी त्यहीँ मर्न दिएर मृत्युदण्ड दिनु । * व्यक्‍तिलाई कि क्रुसमा काँटी ठोकिन्थ्यो कि बाँधिन्थ्यो । क्रुसमा टाँगिएको व्यक्‍ति रगत प्रवाह वा श्‍वासप्रश्‍वासबाट मर्थ्यो । * डरलाग्दा अपराधीहरू वा सरकारको अधिकारको विरुद्धमा विद्रोह गर्ने मानिसहरूलाई दण्ड दिई मार्न प्राचीन रोमी साम्राज्यले बारम्बार मृत्युदण्डको यस विधिको प्रयोग गर्थ्यो । * येशूलाई क्रुसमा टाँग्‍नका लागि रोमी शासकलाई सिपाहीहरू पठाइदिनुहोस् भनी यहूदी अगुवाहरूले अनुरोध गरे । सिपाहीहरूले येशूलाई क्रुसमा टाँगे । उहाँले त्यहाँ ६ घण्टा दुःख भोग्‍नुभयो र त्यसपछि मर्नुभयो । ### अनुवादका लागि सुझावहरूः * “क्रुसमा टाँग्‍नु” लाई “क्रुसमा मार्नु” वा “क्रुसमा झुण्ड्याएर मृत्युदण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः क्रुस, रोम, रोमी) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०२:२२-२४ * गलाती ०२:२०-२१ * लूका २३:२०-२२ * लूका २३:३३-३४ * मत्ती २०:१७-१९ * मत्ती २७:२३-२४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (३९-११) तर यहूदी अगुवाहरू र भिड चिच्‍च्‍याए, “तिन (येशू) लाई क्रुसमा टाँग ।” * (३९-१२) भिडले हुलदङ्गा गर्न खोजेकोले पिलातस डराए । त्यसैले, तिनले सिपाहीहरूलाई येशूलाई क्रुसमा टाँग्‍न आदेश दिए । * (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्‍न लगाए । * (४०-०४) येशूलाई दुई डाँकुका बिचमा क्रुसमा टाँगियो । * (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू त्यस्ता मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्‍तिद्वारा शक्‍तिशाली चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो जुन तपाईंहरूले देख्‍नुभयो र तपाईंहरू जान्‍नुहुन्थ्यो । तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्‍नुभयो ।” * (४३-०९) “तपाईंहरूले यी मानिस अर्थात् येशूलाई क्रुसमा टाँग्‍नुभयो ।” * (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिद्वारा यी मानिसले चङ्गाइ पाएर यिनी तपाईंहरूको सामुन्‍ने खडा छन् । तपाईंहरूले येशूलाई क्रुसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G03880, G43620, G47170, G49570
## क्रोध, रिस ### परिभाषा: क्रोध भनेको गहिरो रिस हो जुन कहिलेकाँही लामो समय सम्म पनि रहन सक्छ । यसले विशेष गरी पापको विरुद्ध परमेश्‍वरको धार्मिक इन्साफ र वहाँको विरुद्ध विद्रोह गर्ने मानिसहरूको दण्डलाई जनाउँछ । * बाइबलमा, “क्रोध” ले प्रायः परमेश्‍वरको विरुद्ध पाप गर्नेहरू प्रतिको वहाँको रिसलाई जनाउँछ । * “परमेश्‍वरको क्रोध” ले पापको विरुद्ध वहाँको इन्साफ र दण्डलाई पनि जनाउँछ । * परमेश्‍वरको क्रोधले, आफ्नो पापको निम्ति पश्‍चात्ताप नगर्ने मानिसहरूका निम्ति धार्मिक सजायलाई जनाउँछ । ### अनुवाद सुझावहरूः * प्रसङ्गको आधारमा, यस शब्दलाई “गहिरो रिस” वा “धार्मिक इन्साफ” वा “रिस” भनेर अरू भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरको क्रोधको बारेमा कुरा गर्दा, यस शब्दलाई अनुवाद गर्न प्रयोग गरिने शब्द वा वाक्यांशले पापको ज्यालाको रूपमा परमेश्‍वरको रिस भन्‍ने अर्थ नदिओस् भन्‍ने सुनिश्‍चित गर्नुपर्छ । परमेश्‍वरको क्रोध न्यायपूर्ण र पवित्र छ । (हेर्नुहोस्ः न्‍याय, पाप) ### बाइबलका सन्दर्भहरूः * १ थेसलोनिकी १ः८-१० * १ तिमिथी २ः८-१० * लूका ३ः७ * लूका २१ः२३ * मत्ती ३ः७ * प्रकाश १४ः१० * रोमी १ः१८ * रोमी ५ः९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0639, H2197, H2528, H2534, H2740, H3707, H3708, H5678, H7107, H7109, H7110, H7265, H7267, G23720, G37090, G39490, G39500
## क्षमा दिनु, क्षमा ### परिभाषा: पीडा दिने वा हानी गर्ने मानिसको विरुद्धमा कुनै किसिमको नराम्रो भावना नराख्‍नुलाई क्षमा दिनु भनिन्छ । कसैलाई क्षमा दिने कामलाई “क्षमा” भनिन्छ । * कुनै व्‍यक्‍तिलाई क्षमा दिनु भन्‍नाले उसले गरेको खराबीको लागि कुनै सजाय नदीनु भन्‍ने अर्थ लाग्छ । * यो शब्दको आलंकारिक अर्थ “रद्द गर्नु” पनि हुन्छ, जस्तैः “कसैको ऋण मिनाहा गर्नु” । * मानिसहरुले आफ्ना पाप स्वीकार गर्दा, येशूको बलिदानपूर्ण क्रूसको मृत्युको आधारमा परमेश्‍वरले तिनीलाई क्षमा दिनुहुन्छ । * जसरी येशूले आफ्ना चेलाहरूलाई क्षमा गर्नुभयो त्यसरी नै उनीहरूले अरूलाई क्षमा गर्नुपर्छ भनेर येशूले सिकाउनु भयो । "क्षमा" शब्‍दको अर्थ कसैलाई उसको पपको लगि क्षमा दिनु र सजाय नदिनु हो। * यो शब्‍दको अर्थ "क्षमा गर्नुहोस्" जस्‍तै छ तर दोषि व्‍यक्‍तिलाई सजाय नदिने औपचारिक निर्णयको अर्थ पनि समावेश हुन सक्‍छ। * कानूनको अदालतमा, एक न्‍यायधीशले अपराधको दोषि पाएको व्‍यक्‍तिलाई माफि दिन सक्‍छ। * हामि पापको दोषि भए तापनि, क्रुसमा उहाँको बलिदानको मृत्‍युको आधारमा, येशू ख्रष्‍टिले हामिलाई नरकमा दण्‍डित हुनबाट क्षमा दिनुभयो। ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "क्षमा"लाई "माफ" वा "रद्द" वा "मुक्‍ति" वा "विरुद्द नराख" (कसैको विरुद्द) को रूपमा अनुवाद गर्न सकिन्‍छ। * "क्षमा" शब्‍दलाई कुनै शब्‍द वा वाक्‍यांशले अनुवाद गर्न सकिन्‍छ जसको अर्थ "नरिसाउने अभ्‍यास" वा "(कसैलाई) दोषि नभएको घोषणा गर्ने" वा "क्षमा गर्ने कार्य" हुन्‍छ। * यदि भाषामा औपचारिकरूपमा निर्णयको लागि क्षमा गर्ने शब्‍द छ भने, त्‍यो शब्‍द "माफि" लाई अनुवाद गर्न प्रयोग गर्न सकिन्‍छ। (हेर्नुहोस्ः दोष) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति ५०ः१७ * गन्‍ती १४ः१७-१९ * व्‍यवस्‍था २९ः२०-२१ * यहोशू २४ः१९-२० * २ राजा ५ः१७-१९ * भजनसंग्रह २५ः११ * भजनसंग्रह २५ः१७-१९ * यशैया ५५ः६-७ * यशैया ४०ः२ * लूका ५ः२१ * प्रेरित ८ः२२ * एफिसी ४ः३१-३२ * कलस्‍सी ३ः१२-१४ * १ यूहन्‍ना २ः१२ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **७ः१०** तर एसावले पहिले नै याकूबलाई क्षमा गरिसकेका थिए, र तिनिहरू एक अर्कालाई फेरि भेट्न पाउँदा खुसि थिए। * १३ः१५ तब मोशा फेरि पहाडमा चढे र प्रार्थना गरे कि परमेश्‍वरले मानिसहरूलाई क्षमा दिनुहुन्‍छ। परमेश्‍वरले मोशाको कुरा सुन्‍नुभयो र तिनिहरूलाई क्षमा गर्नुभयो। * १७ः१३ दाऊदले आफ्‍नो पापको पश्‍चताप गरे र परमेश्‍वरले उसलाई क्षमा गर्नुभयो। * **२१ः५** नयाँ करारमा, परमेश्‍वरले मानिसहरूको हृदयमा आफ।‍नो व्‍यवस्‍था लेख्‍नुहुनेछ, मानिसहरूले परमेश्‍वरलाई व्‍यक्‍तिगत रूपमा चिन्‍नेछन्, तिनिहरू उहाँका मानिसहरू हुनेछन्, र परमेश्‍वरले तिनिहरूका पापहरू क्षमा गर्नुहुनेछ। * **२९ः१** एक दिन पत्रुसले येशुलाई सोधे, "प्रभु, मेरो भाईले मेरो विरुद्दमा पाप गर्दा मैले कति पटक क्षमा गरुँ?" * २९ः८ मैले तिम्रो ऋण क्षमा गरेँ किनभने तिमिले मलाई बिन्‍ती गर्यौ। * ३८ः५ तब येशूले एउटा कचौरा लिनुभयो र भन्‍नुभयो, "यो पिओ। यो नयाँ करारको मेरो रगत हो जुन पापहरूको क्षमाको लागि खन्‍याइएको छ।" ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5546, H5547, H3722, H5375, H5545, H5547, H7521, G859, G863, G5483
## खतना गर्नु, खतना ### परिभाषा: “खतना गर्नु” को अर्थ हुन्छ‒ पुरुष वा बच्‍चाको लिङ्गको टुप्पो ढाक्‍ने छालाको भागलाई काटेर फ्याँक्‍नु । यससँग सम्बन्धित रहेर खतनाको विधि गरिन्छ । * परमेश्‍वरले बाँध्‍नुभएको करारको चिन्हस्वरूप अब्राहामको परिवार र तिनका दासहरू सबैको खतना गर्न परमेश्‍वरले तिनलाई आज्ञा दिनुभयो । * अब्राहामको घरानामा जन्मने हरेक पुरुषले पनि यस विधिलाई पालन गरेको हुनुपर्थ्यो भनी परमेश्‍वरले तिनलाई आज्ञा दिनुभयो । * पदावली “ह्दयको खतना” ले आलङ्कारिक रूपमा व्यक्‍तिको जीवनबाट पापको अपसारण (हटाउने कार्य) वा “मिल्काउने कार्य” लाई जनाउँछ । * आत्मिक अर्थमा “खतनावालहरू” ले ती मानिसहरूलाई जनाउँछन् जसलाई परमेश्‍वरले येशूको रगतले पापबाट शुद्ध पार्नुभएको छ र ती उहाँका मानिसहरू भएका छन् । * “बेखतनावालहरू” ले शारीरिक रूपमा खतना नगरिएका मानिसहरूलाई जनाउँछ । परमेश्‍वरसित सम्बन्ध नभएका आत्मिक रूपमा खतना नगरिएकाहरूलाई जनाउन पनि यसलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । यि शब्‍दहरू "खतना नगरिएको" र "खतना नभएको" ले शारीरिक रूपमा खतना नगरेको पुरुषलाई जनाउँछ। यि शब्‍दहरू पनि लाक्षणिक रूपमा प्रयोग गरिन्‍छ। * मिश्र एउटा राष्‍ट्र थियो जसले खतनालाई आवश्‍यक बनाएको थियो। त्‍यसैले जब परमेश्‍वरले मिश्रि खतना नगरिएकोबाट पराजित भएको कुरा गर्नु भयो, उहाँले ति मानिसहरुलाई संकेत गर्नु भएको हो जसलाई खतना नगरेको कारणले मिश्रिहरुले घृणा गर्थे। * बाईबलले "खतना नगरिएको हृदय भएका"  वा "हृदयमा खतना नगरिएका" मानिसहरूलाई बुझाउँछ। यि मानिसहरू परमेश्‍वरका जनहरू होइनन् र उहाँप्रति जिद्दिपूर्वक अनाज्ञाकारी छन् भनि देखाउने यो एउटा लाक्षणिक तरिका हो। * यदि खतनाको लागि शब्‍द प्रयोग गरिन्‍छ वा भाषिकरूपमा चिनिन्‍छ भने, "बेखतना" लाई "खतना नगरिएको" भनेर अनुवाद गर्न सकिन्‍छ। * यो अभिव्‍यक्ति "खतना नगरिएको मानिस" लाई "परमेश्‍वरसँग सम्‍बन्‍धित नभएको मानिहरू" भनि अनुवाद गर्न सकिन्छ। यो सन्‍दर्भमा निर्भर गर्दछ। * यस शब्‍दको लाक्षणिक इन्‍द्रियहरू अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "परमेश्‍वरका जनहरू होइनन्" वा "परमेश्‍वर सँग सम्‍बन्‍धित नभएकाहरू जस्‍तै विद्रोहि" वा "परमेश्‍वरसँग सम्‍बन्‍धित कुनै चिन्‍ह नभएका मानिसहरू" समावेश हुन सक्‍छ। * "हृदयमा खतना नगरिएको" अभिव्‍यक्ति लाई "जिद्दि विद्रोहि" वा "विश्‍वास गर्न इन्‍कार गर्ने" भनेर अनुवाद गर्न सकिन्‍छ। यधपि, यदि सम्‍भव छ भने अभिव्यक्‍ति वा सामन राख्‍नु उत्तम हुन्‍छ किनकि आत्‍मिकि खतना एक महत्‍वपूर्ण अवधारणा हो। ### अनुवादका लागि सुझावहरूः * अनुवाद गरिएको भाषाको संस्कृतिमा पुरुषहरूको खतना गरिन्छ भने, यसको लागि प्रयोग गरिने शब्दले यसको अनुवाद गरिनुपर्छ । * “वरिपरि काट्नु” वा “वृत्ताकारमा काट्नु” वा “लिङ्गको टुप्पोको छालाको भाग काट्नु” आदिजस्ता पदावलीहरू यसका सम्भाव्य अनुवादहरू हुन् । * खतना ज्ञात नभएका संस्कृतिहरूमा पद टिप्पणी (फुटनोट) वा पारिभाषिक शब्दावलीमा यसको व्याख्या गर्नुपर्ने हुन सक्छ । * यसलाई अनुवाद गर्न प्रयोग गरिएको शब्दले स्‍त्रीहरूलाई जनाउनु हुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । यसले “पुरुष” लाई मात्र जनाउने शब्दसहित अनुवाद गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः बेखतनावालहरू, बेखतना, करार) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति १७ः११ * उत्‍पत्ति १७ः१४ * प्रस्‍थान १२ः४८ * लेवीहरू २६ः४१ * यहोशु ५ः३ * न्‍यायकर्ताहरू १५ः१८ * २ शामूएल १ः२० * यर्मिया ९ः२६ * इजकिएल ३२ः२५ * प्रेरित १०:४४-४५ * प्रेरित ११:१-३ * प्रेरित १५:१-२ * कलस्सी ०२:१०-१२ * प्रस्थान १२:४७-४८ * गलाती ०५:३-४ * उत्पत्ति १७:९-११ * उत्पत्ति १७:१२-१४ * यहोशू ०५:२-३ * फिलिप्पी ०३:१-३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०५-०३) “तिमीले तिम्रो घरको हरेक पुरुषको खतना गर्नुपर्छ ।” * (०५-०५) त्यस दिन अब्राहामले आफ्नो घरानामा भएका सबै पुरुषको खतना गरे । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4135, H4139, H5243, H6188, H6189, H6190, G02030, G05640, G19860, G40590, G40610
## खोट ### परिभाषा: “खोट” शब्दले जनावर वा मानिसमा भएको शारीरिक कमजोरी वा असिद्धतालाई जनाउँछ । यसले मानिसहरूमा भएका आत्मिक असिद्धता र दोषहरूलाई पनि जनाउन सक्छ । * अब्राहाम र नोआलाई परमेश्‍वरको सामु निर्दोष मानिन्‍थ्‍यो। * एक मानिस जो "निर्दोष" को लागि प्रतिष्‍ठित छ त्‍यस व्‍यक्‍तिले परमेश्‍वरलाई आदर गर्ने तरिकाले व्‍यवहार गर्छ। * एउटा पद अनुसार निर्दोष व्‍यक्‍ति त्‍यहि हो जसले "परमेश्‍वरको डर मान्‍छ र दुष्‍टबाट टाढा रहन्‍छ।" ### अनुवादका लागि सुझावहरूः यसलाई "उनको चरित्रमा कुनै गल्‍ति नभेटिएको" वा "परमेश्‍वरप्रति पूर्णरुपमा आज्ञाकारी" वा "पापलाई ईन्‍कार गरेको" वा "खराबबाट टाढा रहेको" भनेर अनुवाद गर्न सकिन्‍छ। ### बाइबलका सन्दर्भहरूः * १ थेसलोनिकी २ः१० * १ थेसलोनिकी ३ः ११-१३ * २ पत्रुस २ः१४ * कलस्‍सी १ः२२ * उत्‍पत्ति १७ः१-२ * फिलिप्‍पी २ः१५ * फिलिप्‍पी ३ः६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5352, H5355, H8535, G02730, G02740, G02980, G02990, G03380, G04100, G04230
## ख्रीष्‍ट, मसीह ### तथ्यहरु: शब्दहरू “मसीह” र “ख्रीष्‍ट” को अर्थ हुन्छः “अभिषिक्‍त जन ।” यसले येशू अर्थात् परमेश्‍वरका पुत्रलाई जनाउँछ । * नयाँ करारमा परमेश्‍वरका पुत्रलाई जनाउन “मसीह” र “ख्रीष्‍ट” दुवै शब्दको प्रयोग गरिएका छन् । आफ्ना मानिसहरूमाथि राजा भई शासन गर्न अनि तिनीहरूलाई पाप र मृत्युबाट बचाउन परमेश्‍वर पिताले उहाँलाई नै नियुक्‍त गर्नुभएको छ । * मसीह यस पृथ्वीमा आउनुभन्दा सयौँ वर्षअगि पुरानो करारमा अगमवक्‍ताहरूले उहाँको बारेमा भविष्यवाणीहरू लेखे । * आउनेवाल मसीहलाई जनाउन पुरानो करारमा अक्सर “अभिषिक्‍त (जन)” अर्थ दिने शब्दको प्रयोग गरिएको छ । * येशूले तीमध्ये धेरै भविष्यवाणीहरूलाई पुरा गर्नुभयो र धेरै आश्यचर्यकर्महरू गर्नुभयो, जसद्वारा उहाँले आफैलाई मसीहको रूपमा प्रमाणित गरिदिनुभयो । बाँकी भविष्यवाणीहरू उहाँ फर्कनुहुँदा पुरा हुनेछन् । * “ख्रीष्‍ट” शब्दलाई अक्सर पदको रूपमा प्रयोग गरिएको छ, जस्तैः “ख्रीष्‍ट येशू ।” * “ख्रीष्‍ट” शब्द उहाँको नाउँको भागको रूपमा पनि प्रयोग हुन आयो, जस्तैः “ख्रीष्‍ट येशू ।” ### अनुवादका लागि सुझावहरूः * यस शब्दको अर्थ “अभिषिक्‍त जन” वा “परमेश्‍वरबाट नियुक्‍त मुक्‍तिदाता” को प्रयोग गरेर पनि यसलाई अनुवाद गर्न सकिन्छ । * धेरै भाषाहरूले “ख्रीष्‍ट” वा “मसीह” जस्तै देखिने वा सुनिने लिप्यन्तर गरिएको शब्दको प्रयोग गर्छन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) * लिप्यन्तर गरिएको शब्दमा परिभाषित गर्ने शब्दलाई थप्‍न सकिन्छ, जस्तैः “ख्रीष्‍ट अर्थात् अभिषिक्‍त जन” * एउटै शब्दको उल्लेख गरिँदै छ भन्‍नाका लागि बाइबलभरि नै यस शब्दको अनुवादमा एकरुपता ल्याउनुहोस् । * उही पदमा “मसीह” र “ख्रीष्‍ट” प्रयुक्‍त भएका सन्दर्भहरू (जस्तैः यूहन्‍ना १:४१) मा तिनको अनुवादलाई राम्ररी ध्यान दिनुहोस् । (हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः परमेश्‍वरका पुत्र, पुत्र, दाऊद, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, अभिषेक गर्नु, अभिषिक्‍त) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०५:१-३ * प्रेरित ०२:३४-३६ * प्रेरित ०५:४०-४२ * यूहन्‍ना ०१:४०-४२ * यूहन्‍ना ०३:२७-२८ * यूहन्‍ना ०४:२५-२६ * लूका ०२:१०-१२ * मत्ती ०१:१५-१७ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१७-०७) मसीह परमेश्‍वरका छानिनुभएका जन हुनुहुन्थ्यो जसले संसारका मानिसहरूलाई पापबाट बचाउनुहुने थियो । * (१७-०८) मसीह आउनुभन्दा धेरै लामो समयसम्म अर्थात् करिब १,००० वर्षसम्म इस्राएलीहरूले पर्खनुपर्ने थियो । * (२१-०१) सुरुबाट नै परमेश्‍वरले मसीह पठाउनुहुने योजना बनाउनुभयो । * (२१-०४) मसीह दाऊदकै एक सन्तान हुनुहुने थियो भनी परमेश्‍वरले राजा दाऊदसित प्रतिज्ञा गर्नुभयो । * (२१-०५) मसीहले नयाँ करारको थालनी गर्नुहुने थियो । * (२१-०६) मसीह अगमवक्‍ता, पूजाहारी र राजा हुनुहुने थियो भनेर पनि परमेश्‍वरका अगमवक्‍ताहरूले बताए । * (२१-०९) मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे । * (४३-०७) “तर परमेश्‍वरले यसो भन्‍ने भविष्यवाणी पुरा गर्न उहाँलाई फेरि जीवित पार्नुभयो, ‘तपाईंले आफ्ना पवित्र जनलाई चिहानमा कुहुन दिनुहुनेछैन’ ।” * (४३-०९) “तर निश्‍चित हुनुहोस् कि परमेश्‍वरले येशूलाई प्रभु र मसीह दुवै बनाउनुभएको छ ।” * (४३-११) पत्रुसले जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुहोस् ताकि परमेश्‍वरले तपाईंका पाप क्षमा गरिदिऊन् ।” * (४६-०६) येशू नै मसीह हुनुहुन्थ्यो भनी प्रमाणित गर्दै शाऊलले यहूदीहरूसित तर्क वितर्क गरे । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4899, G33230, G55470
## ख्रीष्‍ट-विरोधी ### परिभाषा: “ख्रीष्‍ट-विरोधी” शब्दले येशू ख्रीष्‍टको शिक्षा र उहाँको कामको विरुद्धमा भएको व्यक्‍ति र शिक्षालाई जनाउँछ । संसारमा धेरै ख्रीष्‍ट-विरोधीहरू छन् । * येशू मसीह हुनुहुन्‍न वा येशू परमेश्‍वर र मानिस दुवै हुनुहुन्‍न भनी कसैले मानिसहरूलाई सिकाउँछ भने त्यो व्यक्‍ति नै ख्रीष्‍ट-विरोधी हो भनी प्रेरित यूहन्‍नाले लेखे । * बाइबलले यो पनि सिकाउँछ, कि संसारमा ख्रीष्‍ट-विरोधीको सामान्य आत्मा छ जसले येशूको कामको विरोध गर्छ । * नयाँ करारमा भएको प्रकाशको पुस्तकले व्याख्या गर्छ, कि अन्त्यको समयमा “ख्रीष्‍ट-विरोधी” भनिने मानिस देखा पर्नेछ । त्यसले परमेश्‍वरका मानिसहरूलाई नष्‍ट पार्न खोज्‍नेछ, तर त्यो येशूद्वारा पराजित हुनेछ । ### अनुवादका लागि सुझावहरूः * “ख्रीष्‍टको विरोध गर्ने” वा “ख्रीष्‍टको शत्रु” वा “ख्रीष्‍टको विरुद्धमा हुने व्यक्‍ति” भन्‍नेजस्ता पदावलीहरूबाट पनि यसलाई अनुवाद गर्न सकिन्छ । * पदावली “ख्रीष्‍ट-विरोधीको आत्मा” लाई “ख्रीष्‍टको विरुद्धमा हुने आत्मा” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू सिकाउने (व्यक्‍ति)” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू विश्‍वास गर्ने मनोवृत्ति” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू सिकाउने आत्मा” भनी अनुवाद गर्न सकिन्छ । * स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, प्रकट हुनु, प्रकाश, सङ्कष्‍ट) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०२:१८-१९ * १ यूहन्‍ना ०४:१-३ * २ यूहन्‍ना ०१:७-८ * २ थेसलोनिकी ०२:८-१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G05000
## ख्रीष्‍टमा, येशूमा, प्रभुमा ### परिभाषा: शब्द “ख्रीष्‍टमा” र यससित सम्बन्धित शब्दहरूले येशू ख्रीष्‍टमाथि राखिएको विश्‍वासद्वारा उहाँसितको सम्बन्धमा हुने अवस्थालाई जनाउँछ । * अन्य सम्बन्धित शब्द वा पदावलीहरू यस प्रकार छन्ः “ख्रीष्‍ट येशूमा, येशू ख्रीष्‍टमा, प्रभु येशूमा, प्रभु येशू ख्रीष्‍टमा ।” * शब्द “ख्रीष्‍टमा” का सम्भाव्य अर्थहरू यस प्रकार छन्ः “तिमी ख्रीष्‍टको भएकोले” वा “ख्रीष्‍टसित भएको तिम्रो सम्बन्धद्वारा” वा “तिमीले ख्रीष्‍टमा राखेको विश्‍वासको आधारमा ।” * यी सम्बन्धित शब्द वा पदावलीहरू सबैको उही अर्थ छन्, अर्थात् येशूमा विश्‍वास गरेको अवस्थामा रहनु वा उहाँको चेला हुनु । * टिपोटः कहिले काहीँ शब्द “मा” क्रियापदसितै आउँछ । उदाहरणको लागिः “ख्रीष्‍टमा बाँडचुँड गर्नु” को अर्थ हुन्छ‒ ख्रीष्‍टलाई चिनेकोले उहाँबाट आउने लाभहरूलाई “बाँडचुँड गर्नु ।” “ख्रीष्‍टमा महिमा” को अर्थ हुन्छ‒ येशू जो हुनुहुन्छ र उहाँले जे गर्नुभएको छ, त्यसको निम्ति परमेश्‍वरलाई प्रशंसा दिनु र खुसी हुनु । “ख्रीष्‍टमा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ मुक्‍तिदाताको रूपमा उहाँमाथि भरोसा गर्नु र उहाँलाई चिन्‍नु । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “ख्रीष्‍टमा” र “प्रभुमा” (साथै सम्बन्धित शब्द वा पदावलीहरू) लाई निम्‍न लिखित तरिकाले अनुवाद गर्न सकिन्छः * “जो ख्रीष्‍टको हो” * “तिमीले ख्रीष्‍टमा विश्‍वास गरेकोले” * “ख्रीष्‍टले हामीलाई बचाउनुभएकोले” * “प्रभुको सेवामा” * “प्रभुमा भरोसा गर्नु” * “प्रभुले जे गर्नुभएको छ, त्यसको कारणले गर्दा” * ख्रीष्‍ट “मा विश्‍वास” गर्ने वा ख्रीष्‍ट “मा विश्‍वास राख्‍ने” मानिसहरूले ख्रीष्‍टले सिकाउनुभएका कुराहरूमा विश्‍वास गर्छन् र क्रुसमा उहाँको बलिदानको कारणले उहाँले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ अनि उहाँले तिनीहरूका पापको भुक्‍तानि तिरिदिनुभएको छ भनी भरोसा गर्छन् । केही भाषाहरूमा “मा विश्‍वास गर्नु” वा “मा बाँडचुँड गर्नु” वा “मा भरोसा गर्नु” जस्ता क्रियापदहरूका लागि एउटै मात्र शब्द हुन सक्छ । विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, प्रभु, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०२:४-६ * २ कोरिन्थी ०२:१६-१७ * २ थेसलोनिकी ०३:४-५ * २ तिमोथी ०१:१-२ * गलाती ०१:२१-२४ * गलाती ०२:१७-१९ * फिलेमोन ०१:४-७ * प्रकाश ०१:९-११ * रोमी ०९:१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G15190, G29620, G55470
## ख्रीष्‍टियान ### परिभाषा: येशू स्वर्ग फर्कनुभएको केही समयपश्‍चात् मानिसहरूले “ख्रीष्‍टियान” नाउँको रचना गरे जसको अर्थ हुन्छ, “ख्रीष्‍टका अनुयायीहरू ।” * एन्टिओखिया सहरमा येशूका अनुयायीहरू पहिलो पटक “ख्रीष्‍टियानहरू” भनिए । * ख्रीष्‍टियान त्यो व्यक्‍ति हो जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्छ र उसका पापबाट बच्‍न उसले येशूमाथि भरोसा राख्‍छ । * आधुनिक समयमा “ख्रीष्‍टियान” शब्दलाई अक्सर ख्रीष्‍टियान धर्मसित परिचित गराउने तर येशूलाई वास्तवमै नपछ्याउने व्यक्‍तिको लागि प्रयोग गरिन्छ । बाइबलमा यो “ख्रीष्‍टियान” शब्दको अर्थ होइन । * बाइबलमा “ख्रीष्‍टियान” शब्दले सधैँ येशूमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्‍तिलाई उल्लेख गर्ने भएकोले एउटा ख्रीष्‍टियानलाई “विश्‍वासी” भनिएको हो । ### अनुवादका लागि सुझावहरूः * यस शब्दलाई “ख्रीष्‍टको अनुयायी” वा “ख्रीष्‍टलाई पछ्याउने” वा सम्भवतः “ख्रीष्‍टजस्तै” भनी अनुवाद गर्न सकिन्छ । * चेला वा प्रेरितको लागि प्रयोग गरिने शब्दहरूभन्दा यसको लागि प्रयोग गरिने शब्द फरक हुनुपर्छ भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । * यस शब्दले केही समूहहरूलाई मात्र नभई येशूमा विश्‍वास गर्ने हरेकलाई जनाउनुपर्छ भन्‍ने कुरमा होसियार हुनुहोस् । * स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिएको छ भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः एन्टिओखिया, ख्रीष्‍ट, मसीह, मण्डली, चेला, विश्‍वासी, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, परमेश्‍वरका पुत्र, पुत्र) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०६:७-८ * १ पत्रुस ०४:१५-१६ * प्रेरित ११:२५-२६ * प्रेरित २६:२७-२९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (४६-०९) एन्टिओखियामा येशूमा ग्रहण गर्ने विश्‍वासीहरू पहिलो पटक “ख्रीष्‍टियानहरू” भनिए । * (४७-१४) येशूको बारेमा भएको शुभ खबर मानिसहरूलाई प्रचार गर्दै र सिकाउँदै पावल र अन्य ख्रीष्‍टियान अगुवाहरू धेरै सहरहरूमा गए । * (४९-१५) तपाईंले येशूमा र उहाँले तपाईंका निम्ति गर्नुभएका कुरामा विश्‍वास गर्नुभयो भने तपाईं ख्रीष्‍टियान हुनुहुन्छ । * (४९-१६) तपाईं ख्रीष्‍टियान हुनुहुन्छ भने येशूले गर्नुभएका कामको कारणले परमेश्‍वरले तपाईंका पापलाई क्षमा गरिदिनुभएको छ । * (४९-१७) तपाईं ख्रीष्‍टियान हुनुभए तापनि तपाईं अझै पनि पाप गर्ने परीक्षामा पर्न सक्‍नुहुन्छ । * (५०-०३) येशू स्वर्गमा फर्कनुअगि कहिल्यै शुभ खबर नसुनेका मानिसहरूलाई त्यसको प्रचार गर्न उहाँले ख्रीष्‍टियानहरूलाई आज्ञा दिनुभयो । * (५०-११) जब येशू फर्कनुहुन्छ तब मरेको हरेक ख्रीष्‍टियान मृतकहरूबाट जीवित भई उहाँलाई आकाशमा भेट्न जानेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G55460
## गवाही, गवाही दिनु, प्रमाण ### परिभाषा: जब एक व्‍यक्‍तीले "गवाही" दिन्‍छ उसले आफूलाई थाहाँ भएको कुराको बारेमा बयान दिन्‍छ, भनाई सत्‍य हो भनी दाबी गर्दछ। "गवाही" दिनु भनेको "बयान" दिनु भनेको " गवाही दिनु" हो। * अक्सर कुनै कुरोबारे “गवाही” दिने व्यक्‍तिले प्रत्यक्ष रूपमा आफैले त्यसको अनुभव गरेको हुन्छ । * “झुटो गवाही” दिने साक्षीले भएको घटनाबारे साँचो कुरो बताउँदैन । * कहिले काहीँ “गवाही” शब्दले अगमवक्‍ताले व्यक्‍त गरेको भविष्यवाणीलाई जनाउँछ । * कसरी येशूका अनुयायीहरूले येशूको जीवनी, मृत्यु र पुनरुत्थानका घटनाहरूबारे गवाही दिए भनी उल्लेख गर्न यस शब्दलाई नयाँ करारमा अक्सर प्रयोग गरिएको छ । "साक्षी" शब्‍दले एक व्‍यक्‍तिलाई बुझाँउछ जसले व्‍यक्‍तिगत रूपमा केहि भएको अनुभव गरेको छ। सामान्‍यतया साक्षी पनि एक व्‍यक्‍ति हो जसले आफूलाई थाहाँ भएको कुरा सत्‍य हो भनेर गवाही दिन्‍छ। "प्रत्‍यक्षदर्शी" शब्‍दले त्‍यो व्‍यक्‍ति वास्‍तवमा त्‍यहाँ थियो र के भयो भनेर देखेको छ भन्‍ने कुरालाई जोड दिन्‍छ। * कुनै कुरालाई "साक्षी" दिनु भनेको त्‍यो भएको देख्‍नु हो। * परीक्षणको समयमा, साक्षीले  "साक्षी दिन्‍छ" वा "साक्षी बन्‍छ।" यसको अर्थ "गवाही दिनु" जस्‍तै हो। * साक्षीहरूले आफूहरूले देखेको वा सुनेको कुराहरूको सत्‍यता बताउने अपेक्षा गरिन्‍छ। * घटनाबारे सत्सा‍य नबोल्‍ने साक्षिलाई "झूटा साक्षी" भनिन्‍छ। उसलाई "झूटो गवाही" वा "झूटो गवाही दिनु" भनिएको हुन्‍छ। * "बिचमा साक्षी हुनु" भन्‍ने अभिव्‍यक्‍तिको अर्थ केही वा कसैसँग सम्‍झौता भएको प्रमाण हुनेछ भन्‍ने हो। साक्षीले प्रत्‍यक व्‍यक्‍तिले आफूले गर्ने प्रतिज्ञा गरेको कुरा सुनिश्‍चित गर्नेछ। ### अनुवादका लागि सुझावहरूः * क्रियापद “गवाही दिनु” लाई “सत्यताहरू बताउनु” वा “देखिएको वा सुनिएको कुरो बताउनु” वा “व्यक्‍तिगत अनुभवबाट बताउनु” वा “साक्षी दिनु” वा “भएको कुरो बताउनु” भनी अनुवाद गर्न सकिन्छ । * “गवाही” शब्दलाई “भएको कुरोबारे प्रतिवेदन” वा “जे साँचो छ त्यसबारे भएको कथन” वा “साक्षी” वा “जे भनिएको छ” वा “भविष्यवाणी” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “तिनीहरूका निम्ति गवाहीस्वरूप” लाई “साँचो कुरो तिनीहरूलाई देखाउन” वा “साँचो कुरो तिनीहरूलाई प्रमाणित गर्न” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “तिनीहरूका विरुद्धमा गवाहीस्वरूप” लाई “जसले तिनीहरूलाई तिनीहरूको पाप देखाइदिन्छ” वा “तिनीहरूको पाखण्डको पर्दाफास गर्ने काम” वा “जसले तिनीहरू गलत छन् भनी तिनीहरूलाई प्रमाणित गरिदिन्छ” भनी अनुवाद गर्न सकिन्छ । * “झुटो गवाही दिनु” लाई “को बारेमा झुटा कुराहरू भन्‍नु” वा “साँचो नभएका कुराहरू भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ । * यो "साक्षी" वा "प्रत्‍यक्षदर्शी" शब्‍द वा वाक्‍यांशको साथ अनुवाद गर्न सकिन्‍छ जसको अर्थ "यो देख्‍ने व्‍यक्‍ति" वा "यो भएको देख्‍ने" वा "जसले देख्‍यो र सुन्‍यो (ती चीजहरू)।" * "साक्षी" भन्‍ने कुरालाई "प्रत्‍याभूती" वा "हाम्रो प्रतिज्ञाको चिन्‍ह" वा "यो सत्‍य हो भनी गवाही दिने कुनै कुरा" भनी अनुवाद गर्न सकिन्‍छ। * "तिमी मेरो साक्षी हुनेछौ" भन्‍ने वाक्‍यांशलाई "तिमीले मेरो बारेमा अरू मानिसहरूलाई बताउनेछौँ" वा "मैले सिकाएको सत्‍य मानिसहरूलाई  सिकाउनेछौँ" वा "तिमीले मैले गरेको देखेका र सुनेका कुरा मानिसहरूलाई बताउनेछौँ" भनि अनुवाद गर्न सकिन्‍छ।" * "साक्षी" लाई "के देखियो बताउनु" वा "गवाहि दिन" वा "के भयो बताउनु" भनेर अनुवाद गर्न सकिन्‍छ। * कुनै कुरालाई "साक्षी" दिनको लागी "केही देख्‍नु" वा "केही भएको अनुभव" भनेर अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः करारको सन्दुक, करारका सन्दुकका आदेशहरू, गवाहीको सन्दुक, यहोवेको सन्दुक, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी, साक्षी, प्रत्यक्षदर्शी) ### बाइबलका सन्दर्भहरूः * व्‍यवस्‍था ३१ः२८ * मीका ६ः३ * मत्ती २६ः६० * मर्कुस १ः४४ * यूहन्‍ना १ः७ * यूहन्‍ना ३ः३३ * प्रेरित ४ः३२-३३ * प्रेरित ७ः४४ * प्रेरित १३ः३१ * रोमी १ः९ * १ थेस्लोनिकी २ः१०-१२ * १ तिमोथी ५ः१९-२० * २ तिमोथी १ः८ * २ पत्रुस १ः१६-१८ * १ यूहन्‍ना ५ः६-८ * ३ यूहन्‍ना १ः१२ * प्रकाश १२ः११ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **३९ः२** घर भित्र, यहूदी अगुवाहरूले येशूलाई परीक्षणमा राखे । तिनीहरूले उहाँको बारेमा झूटोँ बोल्ने धेरै झूटाँ साक्षीहरू ल्‍याए। * ३९ः४ प्रधान पूजहारील रिसले आफ्‍ना लुगा च्‍याते र कराएर भने, "हामीलाई अरू साक्षीहरू चाहिँदैन। तपाईहरूले उहाँलाई उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍नुभएको सुन्‍नुभएको छ। तपाईको निर्णय के छ?" * ४२ः८ "धर्मशास्‍त्रमा यो पनि लेखिएको छ कि मेरा चेलाहरूले आफ्‍ना पापहरूको क्षमा पाउनको लागि सबैले पश्‍चाताप गर्नुपर्छ भनि घोषणा गर्नेछन्। तिनीहरूले यरूशलेमबाट सुरू गरेर यो गर्नेछन्, र त्‍यसपछि सबै मानिसहरूका बिच जानेछन्। तिमीहरू यी कुराहरूका साक्षी हौँ। * ४३ः७ "परमेश्‍वरले येशूलाई पुनर्जिवित पार्नुभयो भन्‍ने कुराको हामी साक्षी छौँ।" ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5707, H5713, H5715, H5749, H6030, H8584, G02670, G12630, G19570, G26490, G31400, G31410, G31420, G31430, G31440, G43030, G48280, G49010, G55750, G55760, G55770, G60200
## घृणित कुरो ### परिभाषा: विरक्‍ति वा अति नै अरुचि उत्पन्‍न गराउने कुरोलाई जनाउन पदावली “घृणित कुरो” को प्रयोग गरिन्छ । * मिश्रीहरूले हिब्रूहरूलाई “घृणित” जातिको रूपमा हेर्थे । यसको अर्थ हुन्छ, कि मिश्रीहरूले हिब्रूहरूलाई मन पराउँदैनथ्ये, र तिनीहरूले उनीहरूको सङ्गत गर्न वा उनीहरूको नजिक हुन चाहँदैनथ्ये । * बाइबलले यी केही कुराहरूलाई “यहोवेका लागि घृणित कुरा” हरू भन्छः झुट बोल्नु, घमन्ड गर्नु, मानिसको बलि दिनु, मूर्तिहरूको पूजा गर्नु, हत्या गर्नु, व्यभिचार र समलिङ्गीजस्ता यौनसम्बन्धी कार्यहरू । * अन्त्यको समयबारे आफ्ना चेलाहरूलाई सिकाउनुहुँदा येशूले दानिएल अगमवक्‍ताद्वारा भनिएको “विनाशकारी घृणित थोक” को भविष्यवाणीलाई उल्लेख गर्नुभयो । परमेश्‍वरको आराधना स्थललाई दूषित पार्दै उहाँको विरुद्धमा गरिने विद्रोहको रूपमा यो घृणित थोक स्थापना गरिनेछ । ### अनुवादका लागि सुझावहरूः * “घृणित कुरो” लाई “परमेश्‍वरले घृणा गर्नुहुने कुरो” वा “विरक्‍तलाग्दो कुरो” वा “विरक्‍तलाग्दो अभ्यास” वा “ज्यादै दुष्‍ट कार्य” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भमा आधारित रहेर वाक्यांश “… को लागि घृणित कुरो हो” लाई “… द्वारा अति घृणा गरिन्छ” वा “… को लागि विरक्‍तलाग्दो छ” वा “… को लागि पूर्णतः अस्वीकारयोग्य छ” वा “गहन विरक्‍ति पैदा गर्छ” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “विनाशकारी घृणित थोक” लाई “दूषित पार्ने वस्तु जसले मानिसहरूलाई निकै हानि पुर्‍याउँछ” वा “विरक्‍तलाग्दो कुरो जसले बडो दुःख ल्याउँछ” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः व्यभिचार, व्यभिचारी, व्यभिचारिणी, दूषित पार्नु, विनाशकारी, विनाश, मूर्ति, मूर्तिपूजक, बलिदान, भेटी) ### बाइबलका सन्दर्भहरूः * एज्रा ०९:१-२ * उत्पत्ति ४६:३३-३४ * यशैया ०१:१२-१३ * मत्ती २४:१५-१८ * हितोपदेश २६:२४-२६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0887, H6292, H8251, H8262, H8263, H8441, G09460
## चिन्ह, प्रमाण, स्मरणपत्र ### परिभाषा: "चिन्ह" शब्दले सामान्‍यतया कुनै वस्‍तु, धटना वा कार्यलाई जनाउँछ जसले विशेष अर्थलाई संचार गर्छ। * बाइबलमा, चिन्हहरू प्रतिज्ञा गरिएका कुराको सम्‍बन्‍ध देखाउन प्रयोग गर्ने केही कुरा हुनसक्छः * उत्‍पत्तिको पुस्‍तकले आकाशमा सृष्‍टि गर्नुभएको इन्‍द्रेणीलाई परमेश्‍वरले आफैलाई एउटा चिन्ह (वा याद दिलाउन) को लागि वर्णन गर्दछ जुन उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँले फेरि कहिल्‍य विश्‍वव्‍यापी बाढीद्वारा फेरि कहिल्यै पनि सारा जीवनलाई विनाश गर्नुहुनेछैन। * उत्‍पत्तिको पुस्‍तकमा, परमेश्‍वरले इस्राएलीहरूलाई उनीहरूसँग उहाँको करारको चिन्हको रूपमा उनीहरूका छोराहरूको खतना गर्नलाई आज्ञा गर्नुभयो जुन तथ्‍यको रूपमा उहाँले तिनीहरूसँग आफ्‍नो करार गर्नुभएको थियो। * चिन्हले केही कुरालाई देखाउन वा प्रकट गर्न सक्छ । * लूकाको पुस्‍तकले वर्णन गर्दछ कि नयाँ जन्मनुभएको मसीह कुन हो भनी जान्‍नलाई सहायता गर्नलाई स्वर्गदूतले गोठालाहरूलाई एउटा चिन्ह बताइदिए । * यहूदाले धार्मिक अगुवाहरूले गिरफ्तार गर्नु पर्ने येशू हुनुहुन्थ्यो भन्‍ने चिन्हको निम्ति उहाँलाई चिम्बन गरे । * चिन्हहरूले सत्य साबित गर्न सक्छः * प्रस्‍थानको पुस्‍तकले मिश्रलाई नाश गर्ने विपत्तिहरूलाई यहोवा को हुनुहुन्‍छ भनेर देखाउने र उहाँ फारो र मिश्री देवताहरूभन्‍दा महान् हुनुहुन्‍छ  भनी प्रमाणित गर्ने चिन्‍हहरूको रूपमा वर्णन गर्नसकिन्‍छ। * प्रेरितको पुस्‍तकले, अगमवक्‍ताहरू र प्रेरितहरूले गरेका आश्‍चर्यकर्महरूले उनीहरूले परमेश्‍वरका वचन बोलिरहेका छन् भनी प्रमाणित गर्ने चिन्‍हको रूपमा वर्णन गर्दछ। * यूहन्‍नाको पुस्‍तकले येशूले गर्नुभएको आश्‍चर्यकर्महरूले उहाँ साँचो मसीह हुनुहुन्छ भन्‍ने प्रमाणित गर्‍यो । ### अनुवादका निम्ति सुझावहरूः * बारम्‍बार यो अभिव्‍यक्‍ति "चिन्‍ह र आश्‍चर्यकर्म" लाई "प्रमाण र आश्‍चर्य काम" वा "परमेश्‍वरको शक्‍ति प्रमाणित गर्ने  आश्‍चर्य कामहरू" वा "परमेश्‍वर कत्ति महान् हुनुहुन्‍छ भनेर देखाउने अचम्‍मका कामहरू" भनेर अनुवाद गर्न सकिन्‍छ। * सन्दर्भअनुसार “चिन्ह” लाई “इसारा” वा “संकेत” वा “चिनो” “प्रमाण” वा “सबूत” वा “हाउभाउ” भनी अनुवाद गर्न सकिन्छ । * "हातले संकेतहरू बनाउने" लाई "हातको हाउँभाउँ" वा "हातले इशारा" वा "इशारा बनाउने" भनेर पनि अनुवाद गर्न सकिन्छ। * कुनै भाषामा साबित गर्ने “चिन्ह” र आश्‍चर्यकर्मको निम्ति “चिन्ह” शब्द  फरक-फरक हुनसक्छ । (हेर्नुहोस्ः आश्‍चर्यकर्म, चमत्कार, चिन्ह, प्रेरित, प्रेरिरत्व, ख्रीष्‍ट, मसीह, करार, खतना गर्नु, खतना) ### बाइबल खण्डहरूः * प्रेरित ०२:१८-१९ * प्रस्थान ०४:८-९ * प्रस्थान ३१:१२-१५ * उत्पत्ति ०१:१४-१५ * उत्पत्ति ०९:११-१३ * यूहन्‍ना ०२:१७-१९ * लूका ०२:१०-१2 * मर्कूस ०८:११-1३ * भजनसंग्रह ०८९:५-६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0226, H0852, H2368, H2858, H4150, H4159, H4864, H5251, H5824, H6161, H6725, H6734, H7560, G03640, G08800, G12130, G12290, G17180, G17300, G17320, G17700, G39020, G41020, G45910, G45920, G49530, G49730, G52800
## चिहान (हिब्रूमा सिओल र ग्रिकमा हेडिस) ### परिभाषा: हिब्रू शब्द “सिओल” र ग्रिक शब्द “हेडिस” (जसलाई नेपालीमा धेरै पटक “चिहान” भनी अनुवाद गरिएको छ) ले मृत्यु र मानिसहरू मरेपछि तिनीहरूका आत्माहरू जाने ठाउँलाई जनाउँछन् । यी दुवै शब्दको अर्थ समान छ । * पुरानो करारमा साधारणतया मृत्युको स्थानलाई उल्लेख गर्न हिब्रू शब्द “सिओल” लाई पुरानो करारमा अक्सर प्रयोग गरिएको छ । * नयाँ करारमा ग्रिक शब्द “हेडिस” ले येशूलाई अस्‍विकार गर्ने मरेको मानिसहरू आत्‍मा  बस्‍ने ठाउँलाई वर्णन गर्दछ। ### अनुवादका लागि सुझावहरूः * पुरानो करारको शब्द “सिओल” लाई “मृतकहरूको वासस्थान” वा “मृत आत्माहरूको स्थान” भनी अनुवाद गर्न सकिन्छ । सन्दर्भमा आधारित रहेर केही अनुवादहरूले यसलाई “खाडल” वा “मृत्यु” भनी अनुवाद गर्छन् । * नयाँ करारको शब्द “हेडिस” लाई “विश्‍वास नगर्ने मृत आत्माहरूको स्थान” वा “मृतकहरूको यातनाको स्थान” वा “विश्‍वास नगर्ने मृत मानिसहरूका आत्माहरूको स्थान” भनी अनुवाद गर्न सकिन्छ । * केही अनुवादहरूले “सिओल” वा “हेडिस” लाई अनुवाद गर्नुको साटो लिप्यन्तर गर्छन्, अर्थात् अनुवाद गरिएको भाषामा तिनलाई जस्ताको तस्तै ल्याउँछन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) * यस शब्दलाई व्याख्या गर्न कुनै पदावली पनि थप्‍न सकिन्छ, जस्तैः “सिओल अर्थात् मृत मानिसहरूको वासस्थान” वा “हेडिस अर्थात् मृत्युको स्थान ।” (अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्, अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः मृत्यु, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, नरक, अग्‍नि-कुण्ड, चिहान) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०२:२९-३१ * उत्पत्ति ४४:२७-२९ * योना ०२:१-२ * लूका १०:१३-१५ * लूका १६:२२-२३ * मत्ती ११:२३-२४ * मत्ती १६:१७-१८ * प्रकाश ०१:१७-१८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7585, G00860
## चुनिएको जन, चुन्‍नु, चुनिएको जाति, चुनिएका जन, चुनिएकाहरू ### परिभाषा: शब्द “चुनिएकाहरू” ले शाब्‍दिक रूपमा “चुनिएका मानिसहरू” लाई जनाउँछ, र यसले ती मानिसहरूलाई उल्लेख गर्छ जसलाई परमेश्‍वरले उहाँको जाति हुनलाई नियुक्‍त गर्नुभयो वा छनोट गर्नुभयो । “चुनिएका जन” वा “परमेश्‍वरद्वारा चुनिएका जन” एउटा नाम हो जसले येशूलाई जनाउँछ जो चुनिएका मसीह हुनुहुन्छ । * शब्द “चुन्‍नु” को अर्थ हुन्छः कुनै वस्तु वा व्यक्‍तिलाई रोज्नु वा कुनै वस्तुको निधो गर्नु । परमेश्‍वरको हुन र उहाँको सेवा गर्न उहाँद्वारा मानिसहरूलाई नियुक्‍त गर्ने अर्थमा यसलाई अक्सर प्रयोग गरिन्छ । * “चुनिएको” शब्दको अर्थ केही गर्न वा केही हुन “छनोट गरिएको” वा “नियुक्‍त गरिएको” भन्‍ने हुन्छ । * असल आत्मिक फल फलाऊन् भनेर परमेश्‍वरले मानिसहरूलाई पवित्र हुन चुन्‍नुभयो वा तिनीहरूलाई अलग गर्नुभयो । यसकारण, तिनीहरूलाई “चुनिएकाहरू” भनिन्छ । * मोशा र राजा दाऊदजस्ता केही मानिसहरूलाई जनाउन बाइबलमा कहिले काहीँ पदावली “चुनिएको जन” को प्रयोग गरिएको छ । तिनीहरू परमेश्‍वरद्वारा उहाँको जातिमाथि अगुवाहरू हुन नियुक्‍त गरिएका थिए । परमेश्‍वरद्वारा चुनिएको जातिको रूपमा इस्राएल जातिलाई उल्लेख गर्न पनि यसलाई प्रयोग गरिएको छ । * शब्द “चुनिएकाहरू” एउटा पुरानो शब्द हो जसको शाब्दिक अर्थ हुन्छः “चुनिएका जनहरू” वा “चुनिएका मानिसहरू ।” ख्रीष्‍टमा भएका विश्‍वासीहरूलाई उल्लेख गर्दा यो शब्दलाई मूल भाषामा बहुवचनमा प्रयोग गरिन्छ । * बाइबलका पुराना अङ्ग्रेजी संस्करणहरूमा शब्द “चुनिएकाहरू” लाई “चुनिएका जनहरू” भन्‍ने पदावलीलाई अनुवाद गर्नको लागि पुरानो र नयाँ करार दुवैमा प्रयोग गरिएको छ । हालैका आधुनिक संस्करणहरूले येशूमा विश्‍वासद्वारा परमेश्‍वरद्वारा बचाइएका मानिसहरूलाई जनाउन “चुनिएकाहरू” लाई नयाँ करारमा मात्र प्रयोग गरेका छन् । बाइबलका अन्य पाठ्यांशहरूमा तिनीहरूले यसलाई अझै शाब्दिक रूपमा “चुनिएका जनहरू” को रूपमा अनुवाद गर्छन् । ### अनुवादका लागि सुझावहरूः * “चुनिएकाहरू” लाई “चुनिएका जनहरू” वा “चुनिएका मानिसहरू” भनी अनुवाद गर्नु उत्तम हुन्छ । यिनीहरूलाई “परमेश्‍वरद्वारा चुनिएका मानिसहरू” वा “आफ्नो जाति हुन परमेश्‍वरले नियुक्‍त गर्नुभएका जनहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ । * पदावली “जो चुनिएका थिए” लाई “जो नियुक्‍त गरिएका थिए” वा “जो छनोट गरिएका थिए” वा “जसलाई परमेश्‍वरले चुन्‍नुभयो” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “मैले तिमीलाई चुनेँ” लाई “मैले तिमीलाई नियुक्‍त गरेँ” वा “मैले तिमीलाई छनोट गरेँ” भनी अनुवाद गर्न सकिन्छ । * येशूको सन्दर्भमा “चुनिएका जन” लाई “परमेश्‍वरका चुनिएका जन” वा “परमेश्‍वरद्वारा विशेष गरी नियुक्‍त मसीह” वा “परमेश्‍वरले नियुक्‍त गर्नुभएका जन” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * २ यूहन्‍ना १ः१ * कलस्‍सी ३ः१२ * एफिसि १ः३-४ * यशैया ६५ः२२-२३ * लूका १८ः७ * मत्ति २४ः१९-२२ * रोमि ८ः३३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0970, H0972, H0977, H1262, H1305, H4005, H6901, G01380, G01400, G15860, G15880, G15890, G19510, G37240, G44000, G44010, G47580, G48990, G55000
## चेला ### परिभाषा: “चेला” शब्दले शिक्षकको चरित्रबाट र शिक्षाबाट सिक्दै लामो समय बिताउने व्‍यक्‍तिलाई जनाउँछ । * येशूको कुरा सुन्दै र पालना गर्दै येशूलाई पछ्याउने मानिसहरूलाई “चेलाहरू” भनिन्थ्यो । * बप्‍तिस्‍मा दिने यूहन्‍नाका पनि चेलाहरू थिए । * येशूको सेवाकालमा उहाँलाई पच्छ्याउने र उहाँका शिक्षाहरू सुन्‍ने धेरै चेलाहरू थिए । * येशूले बाह्र जना चेलालाई उहाँका एकदमै नजिकका अनुयायीकोरूपमा छान्‍नुभयो र उनीहरूलाई “प्रेरितहरू” भनेर चिनियो । * येशूका बाह्र जना प्रेरितलाई उहाँका “चेलाहरू” वा “बाह्र जना” भनेर चिनिन थालियो । * आफू स्वर्गमा जानु भन्दा अगाडि येशूले आफ्ना चेलाहरूलाई अरूलाई पनि चेला बनाओ भनेर आज्ञा दिनुभयो । * येशूमाथि विश्‍वास गर्ने र उहाँका शिक्षाहरू पालना गर्नेलाई उहाँका चेलाहरू भनिन्छ । ### अनुवादका लागि सुझावहरूः * शब्‍द "चेला" चाहिँ शब्‍द वा वाक्‍यांश द्वारा अनुवाद गर्न सकिन्‍छ जसको अर्थ "अनुयायी" वा "विधार्थी" वा "छात्र" वा "सिक्‍ने" हो। * निश‍चित गर्नुहोस् कि यो शब्‍दको अनुवादले कक्षाकोठामा सिक्‍ने विधार्थीलाई मात्र जनाउँदैन। * यस शब्‍दको अनुवाद पनि "प्रेरित" को अनुवाद भन्‍दा फरक हुनुपर्छ। (हेर्नुहोस्ः प्रेरित, विश्‍वास, येशू, यहून्‍ना (बप्‍तिष्‍मा दिने), (बाह्र जना)) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ६ः१ * प्रेरित ९ः२६-२७ * प्रेरित ११ः२६ * प्रेरित १४ः२२ * यहून्‍ना १३ः२३ * लूका ६ः४० * मत्ति ११ः३ * मत्ति २६ः३३-३५ * मत्ति २७ः६४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू * **३०ः८** उहाँले (येशू) मानिसहरूलाई दिनको लागि आफ्‍ना चेलाहरूलाई टुक्राहरू दिनुभयो। चेलाहरूले खानेकुरा बाहिर निकाले, र त्‍यो कहिल्‍यै सकिएन! * **३८ः१** येशूले पहिलो पटक सार्वजनिक रूपमा प्रचार गर्न र सिकाउन थाल्‍नुभएको लगभग तिन बर्ष पछि, येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो कि उहाँ यरूशलेममा तिनिहरूसँग यो निस्‍तार चाड मनाउन चाहनुहुन्‍थ्‍यो, र त्यस पछी उहाँलाई त्‍यहाँ मारिनेछ। * **३८ः११** त्‍यसपछि येशू आफ्‍नो चेलाहरूसँग गेतसमनि भन्‍ने ठाऊँमा जानुभयो। येशूले आफ्‍ना चेलाहरूलाई प्रलोभनमा नपरोस् भनेर प्रार्थना गर्न भन्‍नुभयो। * **४२ः१०** येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, "स्‍वर्ग र पृथ्‍विमा सबै अधीकार मलाई दिइएको छ। त्‍यसैले जाऊँ, पिता, पुत्र र पवित्र आत्‍माको नाउँमा बप्‍तिस्‍मा दिएर र मैले तिमिहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न सिकाएर सबै मानिसहरूलाई चेला बनाओ।" ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3928, G31000, G31010, G31020
## छोरा, का छोरा ### परिभाषा: “छोरा” शब्दले उनको आमाबुबाको सम्बन्धमा एउटा केटा वा पुरुषलाई जनाउँछ । यसले कसैको पुरुष सन्तान वा धर्मपुत्र ग्रहण गरेको छोरालाई जनाउँछ । * “छोरा” लाई बाइबलमा प्रायः आलङकारिकरूपमा कुनै पनि पुरुष सन्तानलाई जनाउन प्रयोग गरिएको छ, जस्तै नाति, पनाति । * “छोरा” शब्दलाई एउटा केटा वा आफूभन्दा सानो पुरुषलाई नम्र तवरले सम्बोधन गर्नलाई पनि प्रयोग गरिन्छ । * कहिले काहीँ नयाँ करारमा “परमेश्‍वरका छोराहरू” लाई ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई आलङकारिक रूपमा जनाउनलाई प्रयोग गरिएको छ । * “का छोराहरू” को “को स्वभाव भएको” भन्‍ने आलङकारिक अर्थहरू पनि हुन्छ । उदहरणको लागि, “ज्तोतिका छोराहरू\सन्तान”, “अनाज्ञाकारिताका छोराहरू\सन्तान”, “शन्तिका छोरा\सन्तान” र “गर्जनका छोरा” । * “का छोरा” लाई त्यो व्यक्‍तिका बुबा को हुन् भनी बताउनलाई पनि बरम्बार प्रयोग गरिएको छ । यसलाई वंशावली र अरू धेरै ठाउँहरूमा प्रेयोग गरिएको छ । * बुबाको नाउँ बताउन “का छोरा” प्रयोग गर्नाले उस्तै नाउँ भएका मानिसहरूलाई छुट्याउन सहायता गर्छ । उदहरणको लागि, १ राजा ४ मा “सादोकका छोरा अजर्याह” र “नातानका छोरा अजर्याह” र २ राजा १५ का “अमस्याहका छोरा अजर्याह” तिन जना फरक-फरक मानिसहरू हुन् । ### अनुवादका निम्ति सुझावहरूः * यो शब्द आएका धेरैजसो ठाउँहरूमा, यसलाई छोरालाई जनाउँन प्रयोग गरिने शब्दिक शब्द “छोरा” नै प्रयोग गर्नु उत्तम हुन्छ । * “परमेश्‍वरका छोरा” लाई अनुवाद गर्दा “छोरा” को निम्ति प्रयोग गरिने सामान्य शब्द नै पर्योग गर्नुपर्छ । * प्रत्यक्ष रूपमा छोरालाई भन्दा सन्तानलाई जनाउन प्रयोग गर्दा येशूलाई “दाऊदका सन्तान” का रूपमा जनाउँदा वा वंशावलीहरूमा पुरुष सन्तानलाई जनाउने “छोरा” लाई “सन्तान” भनी अनुवाद गर्न सकिन्छ । * महिला र पुरुष दुवैलाई जनाउँदा “छोराहरू’लाई “सन्तान” को रूपमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “परमेश्‍वरका छोराछोरीहरू” लाई “परमेश्‍वरका सन्तानहरू” भनी अनुवाद गर्न सकिन्छ, किनभने यसमा केटीहरू र महिलाहरू दुवै पर्छन् । * “का छोरा” को आलङकारिक अभिव्यक्‍तिलाई “को स्वभाव भएका” वा “जस्तो कोही” वा “भएका कोही” वा “त्यस्तै गर्ने कोही” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः सन्तान, पुर्खा, पिता, पितापुर्खा, परमेश्‍वरका पुत्र, पुत्र, छोरा, परमेश्‍वरका छोराछोरीहरू) ### बाइबल खण्डहरूः * १ इतिहास १८:१४-१७ * १ राजा १३:१-३ * १ थेसलोनिकी ०५:४-७ * गलाती ०४:६-७ * होशे ११:१-२ * यशैया ०९:६-७ * मत्ती ०३:१६-१७ * मत्ती ०५:९-१० * मत्ती ०८:११-१३ * नहेम्याह १०:२८-२९ ### बाइबलका कथाहरूबाट उदाहरणः * (०४-०८) परमेश्‍वर अब्रामसँग बोल्नुभयो र उनका एउटा छोरा हुनेथियो र आकाशका ताराहरू जति नै सन्तानहरू हुनेथिए भनी फेरि प्रतिज्ञा गर्नुभयो । * (०४-०९) परमेश्‍वरले भन्‍नुभयो, “म तँलाई तेरो आफ्नै शरीरबाट एउटा छोरो दिन्छु ।” * (०५-०५) झण्डै एक वर्षपछि, अब्राहम १०० वर्षका र सारा ९० वर्षका हुँदा, साराले अब्राहमका निम्ति छोरो जन्माईन् । * (०५-०८) उनीहरू बलिदान गर्ने ठाउँमा पुगेपछि, अब्राहमले उनका छोरोलाई बाँधे र उनलाई बेदीमाथि राखे । परमेश्‍वरले यसो भन्‍नुहुँदा उनले उनका छोरालाई मार्न लागेका थिए, “रोक, बालकलाई चोट नपुर्‍याऊ । अब तैँले मेरो डर मान्छस् भन्‍ने म जान्दछु, किनभने तैँले तेरो एक मात्र छोरालाई पनि मबाट जोगाइनस् ।” * (०९-०७) जब तिनले बलकलाई देखिन्, तिनले उनलाई आफ्नै छोराको रूपमा लिइन् । * (११-०६) परमेश्‍वरले मिश्रीहरूका सबै पहिलो सन्तानहरूलाई मार्नुभयो । * (१८-०१) धेरै वर्षपछि, दाऊद मरे, र उनका छोरो सोलोमनले शासन गर्न थाले । * (२६-०४) तिनीहरूले भने, “के यिनी योसेफका छोरा हुन् ?” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1060, H1121, H1123, H1248, H3173, H3206, H3211, H4497, H5209, H5220, G38160, G50430, G52070
## जाँच ### परिभाषा: शब्द “जाँच” ले कठिन वा दर्दनाक अनुभवलाई जनाउँछ, जसले व्यक्‍तिको ताकत र कमजोरीलाई प्रकट गर्छ । * मानिसहरूको पापलाई पर्दाफास गर्न कहिले काहीँ परमेश्‍वरले जाँचको प्रयोग गर्नुहुन्छ । पापबाट फर्की परमेश्‍वरको नजिक जान जाँचले व्यक्‍तिलाई मदत गर्छ । * सुन र अन्य धातुहरू कत्तिका शुद्ध र बलिया छन् भनी पत्ता लगाउन तिनलाई आगोले जाँचिन्छ । यो आफ्ना मानिसहरूलाई जाँच्‍न कसरी परमेश्‍वरले दर्दनाक परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ भन्‍ने तस्बिर हो । * परमेश्‍वरले मानिसहरूको जाँच गर्नुहुन्छ, तर उहाँले तिनीहरूलाई परीक्षामा पार्नुहुन्‍न । तर मानिसहरूलाई पाप गर्न लगाउन शैतानले परीक्षा गर्छ । * “जाँचमा राख्‍नु” को अर्थ हुन सक्छः “कुनै व्यक्‍ति वा वस्तुको मूल्य जाँच गर्न चुनौती दिनु ।” * परमेश्‍वरलाई जाँच गर्ने सन्दर्भमा यसको अर्थ हुन्छः उहाँको कृपाको फाइदा उठाई उहाँप्रति अनाज्ञाकारी भइरहनु । * परमेश्‍वरको जाँच गर्नु गलत हो भनी येशूले शैतानलाई बताउनुभयो । उहाँ सर्वशक्‍तिमान्, पवित्र परमेश्‍वर हुनुहुन्छ जो हरेक व्यक्‍ति र वस्तुभन्दा माथि हुनुहुन्छ । ### अनुवादका लागि सुझावहरूः * “जाँच गर्नु” लाई “चुनौती दिनु” वा “कठिन अनुभवहरू गर्न लगाउनु” वा “प्रमाणित गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “जाँच” लाई “चुनौती” वा “कठिन अनुभव” भनी अनुवाद गर्न सकिन्छ । * “जाँचमा राख्‍नु” लाई “जाँच गर्नु” वा “चुनौती खडा गर्नु” वा “कसैलाई आफैलाई प्रमाणित गर्न जबरजस्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरलाई जाँच गर्ने सन्दर्भमा यसलाई “आफ्नो प्रेमलाई प्रमाणित गर्न परमेश्‍वरलाई जबरजस्ती गर्ने कोसिस गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * शब्दहरू “जाँच्‍नु” र “परीक्षा गर्नु” लाई फरक किसिमले अनुवाद गरिनुपर्छ । (हेर्नुहोस्ः परीक्षा गर्नु, परीक्षा) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०४:१-३ * १ थेसलोनिकी ०५:१९-२२ * प्रेरित १५:१०-११ * उत्पत्ति २२:१-३ * यशैया ०७:१३-१५ * याकूब ०१:१२-१३ * विलाप ०३:४०-४३ * मलाकी ०३:१०-१२ * फिलिप्पी ०१:९-११ * भजनसंग्रह २६:१-३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5254, H5713, H5715, H5749, H6030, H8584, G12420, G12630, G13030, G13820, G19570, G31400, G31410, G31420, G31430, G39840, G43030, G44510, G48280, G60200
## जीवन, जिउनु, बाँच्‍नु, जीवित ### परिभाषा: यी सबै शब्दहरूले मरेका नभई जीवित भएको कुरालाई बुझाउँछ । यी शब्दहरूलाई आत्मिक रूपले जीवित भएको कुरालाई बुझाउनको लागि पनि प्रयोग गरिन्छ । निम्‍नलिखित छलफलले “भौतिक जीवन” तथा “आत्मिक जीवन” भनेको के हो भन्‍ने चर्चा गरेको छ । ### १. भौतिक जीवन * “जीवन” ले एउटा व्‍यक्‍तिलाईपनि जनाउन सक्छ, जस्तै, “एउटा जीवन बचाइयो” । * कहिलेकाहीँ “जीवन” ले जीवनको अनुभवलाई जनाउँछ, जस्तै, उसको “जीवन सुखद थियो” । * यसले कुनै व्‍यक्‍तिको जीवनको अवधिलाई पनि संकेत गर्न सक्छ जस्तै, “उसको जीवनको अन्तमा” । * “बाँच्‍नु” भन्‍ने शब्दले शारीरिक रूपमा जीवित भना पनि जनाउन सक्छ, जस्तै कि, “मेरी आमा जीवितै छिन्” । यसले कतै बसोबासको स्थानलाई पनि जनाउँछ, जस्तै कि, “तिनीहरू यस सहरमा जिउने गर्थे” । * बाइबलमा “जीवन” को अवधारणा धेरै पटक “मृत्यु” को अवधारणासंग बाजिन्छ । ### २. आत्मिक जीवन * कुनै मानिसले येशूमा विश्‍वास गरे पश्‍चात उसले आत्मिक जीवन प्राप्‍त गर्छ र परमेश्‍वरले उसलाई पवित्र आत्मा बास गर्नुहुने परिवर्तित जीवन दिनुहुन्छ । * आत्मिक जीवनको विपरित हो आत्मिक मृत्य, जसको अर्थ परमेश्‍वरबाट टाढा हुनु र अनन्त दण्डको भागेदार हुनु हो । ### अनुवाद सुझावहरू * प्रसङ्गअनुसार, “जीवन” लाई “अस्तित्व” वा “व्‍यक्‍ति” वा “प्राण” वा “रहनु,” वा “अनुभव” भनि अनुवाद गर्न सकिन्छ । * “जीउनु” भन्‍ने शब्दलाई “रहनु”, “हुनु” वा “अस्तित्व” भनि अनुवाद पनि गर्न सकिन्छ । * “उसको जीवनको अन्तिम समयमा” भन्‍ने वाक्यांशलाई “जब ऊ जिउन,” छोड्छ भनेर पनि अनुवाद गर्न सकिन्छ । * “उनीहरूका जीवनलाई छोडिदेऊ” भन्‍ने भनाइलाई “उनीहरूलाई बाँच्‍न देऊ,” वा “उनीहरूलाई नमार” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “उनीहरूले आफ्नो जीवन जोखिममा पारे,” भन्‍ने भनाइलाई “उनीहरूले आफैँलाई खतरामा हाले,” वा “उनीहरूले यस्तो काम गरेकी उनीहरू त्यसमा मर्न पनि सक्दथे,” भनि अनुवाद गर्न सकिन्छ । * बाइबलका खण्डहरूले आत्मिक रूपमा जीवित हुने विषयमा बोल्दा, “जीवन” लाई प्रसङ्ग अनुसार “आत्मिक जीवन” वा “अनन्त जीवन” भनेर अनुवाद गर्न सकिन्छ । * “आत्मिक जीवन” को अवधारणालाई “परमेश्‍वरले हामीलाई हाम्रो आत्मामा जीवित पार्नुहुन्छ” वा “परमेश्‍वरको आत्माद्वारा नयाँ जीवन” वा “हाम्रो अन्तस्करणमा जीवित पारिएको” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नहोस्ः मृत्‍यु, अनन्‍त) ### बाइबलका सन्दर्भहरूः * २ पत्रुस १ः३ * प्रेरित १०ः४२ * उत्‍पत्ति ७ः२२ * उत्‍पत्ति ७ः२२ * हिब्रू १०ः२० * यर्मिया ४४ः२ * यूहन्‍ना १ः४ * न्‍यायकर्ताहरू २ः१८ * लूका १२ः२३ * मत्ति ७ः१४ ### बाइबलीय घटनाहरूबाट उदाहरणहरू * १ः१० यसैले परमेश्‍वर माटो लिनुभयो, त्यसबाट मानिस बनाउनुभयो, र त्यसमा जीवन हाली दिनुभयो । * ३ः१ धेरै समय पछी, धेरै मानिसहरू संसारमा जिउन थाले । * ८ः१३ जब योसेफका दाजुहरू घर फर्के र तिनीहरूका पिता याकूबलाई योसेफ जीवितै छ भने, तब उनी धेरै खुशी भए । * १७ः९ तथापी, उनको (दाऊदको) जीवनको अन्तमा उनले परमेश्‍वरको अगाडि घोर पाप गरे । * २७ः १ एक दिन यहूदी कानूनमा दक्ष एक जनाले येशूको परीक्षा गर्न चाहेर भने, “गुरु ज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के गर्नुपर्छ ?” * ३५ः५ येशूले उत्तर दिनुभयो, “म नै पुनरुत्थान र जीवन हुँ ।” * ४४ः५ “तिमीहरू नै जसले येशूलाई मर्न भनेर रोमी न्यायाधीशलाई भन्यौ । तिमीहरूले जीवनका कर्तालाई मार्यौ, तर परमेश्‍वरले वहाँलाई मृतकहरूबाट उठाउनुभयो ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1934, H2416, H2417, H2421, H2425, H5315, G01980, G02220, G02270, G08060, G05900
## जोश, जोशिलो ### परिभाषा: “जोश” र “जोशिलो” ले कुनै व्यक्‍ति वा विचारलाई समर्तन गर्नमा दृढतासाथ लाग्‍नु भन्‍ने जनउँछ । * जोशमा एउटा असल अभिप्रायलाई प्रवर्तन गर्ने दृढ इच्छा र कार्यहरू पर्छन् । यो प्रायः परमेश्‍वरको आज्ञा पालना इमानदारपूर्वक गर्ने र अरूलाई पनि त्यसै गर्न सिकाउनेलाई जानाउन प्रयोग गरिन्छ । * जोशिलो हुने कुरोमा कुनै काम गराइमा तीव्र प्रयासको लागनी र प्रयासलाई निरन्तर धैर्यधारण गर्नु पर्छन् । * “परमप्रभुको जोश” वा “यहोवेको जोश” ले उहाँका मानिसहरूलाई आशिष् दिन वा न्याय गरेको हेर्ने परमेश्‍वरको बलियो खुरुन्धारको कार्यहरूलाई दर्साउँछ । ### अनुवादका निम्ति सुझावहरूः * “जोशिलो हुनु” लाई “असाध्य लगनशील हुनु” वा “तीव्र प्रयास गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “जोश” शब्द, “ऊर्जावान उपासना” वा “व्याग्र संकल्प” वा “धार्मिक उत्साह” को रूपमा अनुवाद गर्न सकिन्छ । * “तपाईंको घरको निम्ति जोश” “” तपाईको मन्दिरलाई अत्याधिक आदर गर्दै” वा “तपाईंको मन्दिरको हेरचाह गर्ने तीव्र इच्छा” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका पदहरूः * १ कोरिन्थी १२:३०-३१ * १ राजा १९:९-१० * प्रेरित २२:३-५ * गलाती ४:१७-१८ * यशैया ६३:१५-१६ * यूहन्‍ना २:१७-१९ * फिलिप्‍पी ३:६-७ * रोमी १०:१-३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7065, H7068, G22050, G22060, G22070, G60410
## ज्येष्‍ठ-अधिकार ### परिभाषा: बाइबलमा “ज्येष्‍ठ-अधिकार” शब्दले साधारणतया जेठो छोरोलाई दिइने इज्जत, पारिवारिक नाउँ र भौतिक सम्पत्तिलाई जनाउँछ । * जेठोलाई दिइने ज्येष्‍ठ-अधिकारमा पिताको पैतृक सम्पत्तिको दुई गुणा भाग पर्थ्यो । * राजाको मृत्युपश्‍चात् साधारणतया शासन गर्ने ज्येष्‍ठ-अधिकार जेठो छोरोलाई दिइन्थ्यो । * एसावले आफ्ना भाइ याकूबलाई आफ्नो ज्येष्‍ठ-अधिकार बेचे । यही कारणले गर्दा एसावको साटो याकूबले जेठोका आशिष्‍हरू प्राप्‍त गरे । * ज्येष्‍ठ-अधिकारमा जेठोको नाउँबाट नै परिवारका सन्तानहरूको नाउँ राख्‍ने इज्जत पनि पर्थ्यो । ### अनुवादका लागि सुझावहरूः * “ज्येष्‍ठ-अधिकार” लाई “जेठोका हक र सम्पत्ति” वा “पारिवारिक इज्जत” वा “जेठोका अधिकार र पैतृक सम्पत्ति” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जेठो, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, सन्तान) ### बाइबलका सन्दर्भहरूः * १ इतिहास ०५:१-३ * उत्पत्ति २५:३१-३४ * उत्पत्ति ४३:३२-३४ * हिब्रू १२:१४-१७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1062, G44150
## झुटो देवता, पराइ देवता, देवता, देवी ### परिभाषा: एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नुको साटो मानिसहरूले पूजा गर्ने अर्को कुनै पनि कुरालाई झुटो देवता भनिन्छ । स्‍त्री वाचक झुटो देवतालाई “देवी” भनिन्छ । * यी झुटा देवी देवताहरू अस्तित्वमा छैनन् । याहोवे एक मात्र परमेश्‍वर हुनुहुन्छ । * मानिसहरूले आफ्ना झुटा देवताहरूको प्रतिकको रूपमा मूर्तिहरू बनाउँछन् । * बाइबलमा पनि परमेश्‍वरका जनहरूले उहाँको आज्ञा पालना गर्नुको साटो बारम्बार । झुटा देवताहरूको पूजा गरेको कुरा पाइन्छ । * शैतानले मानिसहरूलाई झुटो देवतामा शक्‍ति हुन्छ भन्‍ने कुरा विश्‍वास गर्न लगाएर तिनीहरूलाई भ्रममा पार्दछ । * बाइबलको समयमा मानिसहरूले पूजा गर्ने गरेका धेरै देवताहरूमध्ये बाल, दागोन र मोलोख तिन देवता हुन् । * अशेरा र आर्तेमिस प्रचीन मानिसहरूले पूजा गर्ने दुई देवी हुन् । मूर्ति भनेको एउटा वस्‍तु हो जसलाई मानिसहरूले बनाए ताकि तिनिहरूले पूजा गर्न सकुन्। कुनै कुरालाई "मूर्तिपूजक" भनेर वर्णन गरिन्‍छ यदि एक साचोँ परमेश्‍वर बाहेक अरू कुरालाई आदर दिन्‍छ। * मानिसहरूले तिनिहरूले पूजा गर्ने झुटा देवताहरुलाई   प्रतिनिधित्‍व गर्न मूर्तिहरू बनाउँछन्। * यो झुटा देवताहरूको कुनै अस्‍तित्‍व छैन्ः परमेश्‍वर बाहेक कोहि ईश्‍वर छैन। * कहिलेकाहिँ भूतहरूले मूर्तिको माध्‍यमबाट त्‍यसमा शक्ति छ जस्‍तो देखाउनको लागि काम गर्छन् तर वास्‍तवमा त्‍यस्‍तो चाहिँ हुदैँन। * मूर्तिहरू प्रायः सुन, चादिँ, कासाँ वा महँगो काठ जस्‍ता बहुमूल्‍य सामग्रिहरूबाट बनेका हुन्‍छन्। * "मूर्तिपूजक राज्‍य" को अर्थ "मूर्तिपूजा गर्ने मानिसहरूको राज्‍य" वा "राज्‍य जसका मानिसहरूले पृथ्‍विका थोकहरूलाई  पूज्‍छन्" हो। * "मूर्तिपूजकको आकृति" शब्‍दलाई अरू शब्‍दमा "कुँदिएको छवि" वा "मूर्ति"  भन्‍न सकिन्‍छ। ### अनुवादका लागि सुझावहरूः * त्‍यहाँ पहिले नै तिनिहरूको भाषामा वा नजिकैको भाषामा "देवता" वा "झुटा देवता" को लागि कुनै शब्‍द प्रयोग गरिएको हुनुपर्छ। * "मूर्ति" शब्‍दलाई झुटा देवताहरूलाई जनाउन प्रयोग गर्न सकिन्‍छ। * अंग्रेजिमा, सानो अक्षरमा लेखिएको "g" झुटा देवताहरूलाई बुझाउन प्रयोग गरिन्‍छ, र ठुलो अक्षर "G" ले एक साचोँ परमेश्‍वरलाई बुझाउन प्रयोग गरिन्‍छ। अन्‍य भाषाहरूले पनि त्‍यसै गर्छन्। * अर्को विकल्‍प भनेको झुटा देवताहरूलाई सन्‍दर्भ गर्न पूर्णतया फरक शब्‍द प्रयोग गर्नु हो। * कुनै कुनै भाषाहरूले झुटा देवताहरूलाई वर्णन गर्न पुरुष वा नारि शब्‍दहरू थप्‍न सक्‍छ। (हेर्नुहोस्ः परमेश्‍वर, अशेरा, बाल, मोलेक, दुष्‍ट, छवि, राज्‍य, आराधना) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति ३५ः२ * प्रश्‍थान ३२ः१ * भजनसंग्रह ३१ः६ * भजनसंग्रह ८१ः८-१० * यशैया ४४ः२० * प्रेरित ७ः४१ * प्रेरित ७ः४३ * प्रेरित १५ः२० * प्रेरित१९ः२७ * रोमि २ः२२ * गलाती ४ः८-९ * गलाती ५ः१९-२१ * कलस्‍सी ३ः५ * १ थेसलोनिकि १ः९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * १०ः२ यि विपत्तिहरूद्वारा, परमेश्‍वरले फारोलाई देखाउनुभयो कि उहाँ फारो र मिश्रका सबै देवताहरू भन्‍दा शक्‍तिशाली हुनुहुन्‍छ। * १३ः४ तब परमेश्‍वरले तिनिहरूलाई करार दिनुभयो र भन्‍नुभयो, "म, परमप्रभु तिनिहरूका परमेश्‍वर हुँ, जसले तिनिहरूलाई मिश्रको दासत्‍वबाट बचाउनुभयो। अरू देवताहरूको पूजा नगर।" * १४ः२ तिनिहरूले (कनानिहरूले) झुटा देवताहरूको पूजा गरे र धेरै खराब कामहरू गरे। * १६ः१ इस्राएलिहरूले साचोँ परमेश्‍वर यहोवाको सट्टा कनानि देवहरूको पूजा गर्न थाले। * १८ः१३ र यहुदाका अधिकांश राजाहरू दुष्‍ट , भ्रष्‍ट थिए त तिनिहरूले मूर्तिपूजा गर्थे। कतिपय राजाहरूले आफ्‍ना छोराछोरीलाई झुटा देवताहरूलाई बलिदानसमेत दिए। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0205, H0367, H0410, H0426, H0430, H0457, H1322, H1544, H1892, H2553, H3649, H4656, H4906, H5236, H5566, H6089, H6090, H6091, H6456, H6459, H6673, H6736, H6754, H7723, H8163, H8251, H8267, H8441, H8655, G14930, G14940, G14950, G14960, G14970, G22990, G27120
## टेट्राक, शासक ### परिभाषा: टेट्राक रोमी साम्राज्यको भागमाथि शासन गर्ने सरकारी कर्मचारी थियो । प्रत्येक टेट्राक रोमी सम्राट्को अधिकारमुनि रहन्थ्यो । * यो पद “टेट्राक” चार भागमध्ये एउटा भागमा शासन गर्ने टेट्राकको सत्यताबाट आउँछ । * सम्राट डायोक्‍लेटियन अन्‍तर्गत, रोमन साम्राज्‍यको चार प्रमुख विभाजनहरू थिए र प्रत्‍यक  टेट्रार्कले एक भाग शासन गरे। * हेरोद "महान"को राज्‍य, जो येशूको जन्‍मको समयमा राजा थिए, उहाँको मृत्‍युपछि चार भागमा विभाजित भयो र उहाँको छोराहरूले "टेट्रार्क" वा "चौथोका शासकहरू" को रूपमा शासन गरे। * प्रत्येक भागले एक वा सोभन्दा बढी प्रान्त (जस्तैः गालील वा सामरिया) लाई ओगट्थ्यो । * "हेरोद टेट्रार्क" लाई नयाँ करारमा धेरै पटक उल्‍लेख गरिएको छ। उहाँलाई "हेरोद एन्‍टिपास" भनेर पनि चिनिन्‍छ। * “टेट्राक” लाई “शासक” वा “गभर्नर” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः गभर्नर, हेरोद एन्‍टिपास, प्रान्‍त, रोम, शासक) ### बाइबलका सन्दर्भहरूः * लूका ०३:१-२ * लूका ०९:७-९ * मत्ती १४:१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G50750, G50760
## डाही, डाह ### परिभाषा: शब्दहरू “डाही” र “डाह” ले सम्बन्धको शुद्धतालाई जोगाउने दृढ इच्छालाई जनाउँछन् । तिनले कुनै व्यक्‍ति वा वस्तुलाई अधिकार गर्ने दृढ इच्छालाई पनि जनाउन सक्छन् । * आफ्नो वैवाहिक सम्बन्धमा अविश्‍वासयोग्य हुने पत्‍नी वा पतिप्रति देखाइने रिसको भावनालाई बयान गर्न पनि यी शब्दहरू अक्सर प्रयोग गरिन्छन् । * यी शब्दहरूलाई बाइबलमा प्रयोग गरिँदा अक्सर परमेश्‍वरका मानिसहरू पापबाट शुद्ध र चोखो हुनुपर्छ भन्‍ने परमेश्‍वरको कडा इच्छालाई जनाउन तिनको प्रयोग गरिएका छन् । * आफ्नो नाउँको लागि परमेश्‍वर “डाही” हुनुहुन्छ, अर्थात् यसलाई आदर र इज्जतसाथ व्यवहार गरिनुपर्छ । * डाहीको अर्को अर्थ पनि छ जसमा कुनै व्यक्‍ति सफल हुँदा वा लोकप्रिय हुँदा त्यसप्रति रिसाउनु । यो “ईर्ष्या” को अर्थसित नजिक छ । ### अनुवादका लागि सुझावहरूः * “डाही” शब्दलाई “जोगाउने दृढ इच्छा” वा “अधिकार गर्ने इच्छा” भनी अनुवाद गर्न सकिन्छ । * “डाह” शब्दलाई “जोगाउने दृढ भावना” वा “अधिकार गर्ने भावना” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरको बारेमा चर्चा गर्दा, यी शब्दहरूले कसैको विरुद्धमा बदलाको भावना राख्‍ने नकारात्मक अर्थ दिनुहुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । * बढी सफलता हासिल गरेका अरू मानिसहरूप्रति रिसको गलत भावना राख्‍ने सन्दर्भमा “ईर्ष्यालु” वा “ईर्ष्या” शब्दहरूलाई प्रयोग गर्न सकिन्छन् । तर यी शब्दहरू परमेश्‍वरको लागि भने प्रयोग गरिनुहुँदैन । (हेर्नुहोस्ः ईर्ष्या, लालच) ### बाइबलका सन्दर्भहरूः * २ कोरिन्थी १२:२०-२१ * व्यवस्था ०५:९-१० * प्रस्थान २०:४-६ * प्रस्थान ३६:४-६ * यहोशू २४:१९-२० * यहूदा ०१:९-११ * नहूम ०१:२-३ * रोमी १३:१३-१४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7065, H7067, H7068, H7072, G22050, G38630
## डिकन ### परिभाषा: डिकन सङ्गी विश्‍वासीहरूका व्यावहारिक आवश्यकताहरूमा सेवा पुर्‍याउने व्‍यक्‍ति हो, जस्तैः रुपियाँ पैसा सम्हाल्ने, आवश्यकतामा परेकाहरूको सेवा गर्ने आदि । * “डिकन” शब्द ग्रिक भाषाबाट सिधै लिइएको हो, जसको अर्थ “दास” वा “सेवक” हुन्छ । * आदि ख्रीष्‍टियानहरूको समयदेखि नै मण्डलीमा डिकनको भूमिका र सेवालाई राम्ररी परिभाषित गरिएको पाइन्छ । * नयाँ करारमा डिकनहरूले विश्‍वासीहरूले दिएको खाना र पैसा विधवाहरूको बिचमा निष्पक्ष रूपले बाँड्नु पर्ने जिम्मा पाएको कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ । * “डिकन” शब्दलाई “मण्डलीको सेवक”, “मण्डलीमा काम गर्ने व्‍यक्‍ति”, “मण्डलीको दास”, वा स्थानीय विश्‍वासी समुदायको फाइदाको लागि औपचारिक रूपमा नियुक्त गरिएको व्‍यक्‍ति भनेर पनि अनुवाद गर्न सकिन्छ । हेर्नुहोसः सेवक, दास ### बाइबलका सन्दर्भहरूः * १ तिमिथी ३ः१० * १ तिमिथी ३ः१३ * फिलिप्‍पी १ः१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G12490
## ढुङ्गा, ढुङ्गाले हान्‍ने काम ### परिभाषा: ढुङ्गा सानो चट्टान हो । ढुङ्गाले हान्‍ने काम भनेको कसैलाई मार्नलाई उसलाई ढुङ्गाले हान्‍नु हो ।  "ढुङ्गा हान्‍नु" एक धटना हो जसमा कसैलाई ढुङ्गाले हानेको थियो। * प्राचीन समयमा ढुङ्गाले हान्‍नु अपराधको निम्ति सजाय दिने एउटा विधि थियो, यसलाई आधुनिक समयमा पनि कहिले काहीँ प्रयोग गरिन्छ । * पुरनो करारमा इस्रएलीहरूलाई परमेश्‍वरले व्यभिचार जस्ता केही पापहरूका निम्ति दण्ड दिन ढुङ्गाले हान्‍न अगुवाहरूलाई आज्ञा दिनुभयो । * नयाँ करारमा, येशूले व्‍यभिचारमा समातिएकी एउटी स्‍त्रीलाई क्षमा दिनुभयो र मानिसहरूलाई ढुङ्गाले हान्‍नबाट रोक्‍नुभयो। * स्‍तिफनस, जो बाइबलमा येशूको बारेमा गवाही दिएकोमा मारिने पहिलो व्‍यक्‍ति थिए, जसलाई ढुङ्गाले हानेर मारियो। * लुस्‍त्रा सहरमा प्रेरित पावललाई ढुङ्गाले हानिएको थियो तर घाउँले गर्दा उनी मरेनन्। (हेर्नुहोस्ः व्‍यभिचार, अपराध गर्नु, मृत्‍यु, लुस्‍त्रा, गवाही) ### बाबलका खण्डहरूः * प्रेरित ०७:५७-५८ * प्रेरित ०७:५९-६० * प्रेरित १४:१९-२० * प्रेरित १४:५-७ * लूका १३:३४-३५ * लूका २०:५-६ * मत्ती २३:३७-३९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0068, H0069, H0810, H1382, H1496, H1530, H2106, H2672, H2687, H2789, H4676, H4678, H5553, H5601, H5619, H6344, H6443, H6697, H6864, H6872, H7275, H7671, H8068, G26420, G29910, G30340, G30350, G30360, G30370, G40740, G43480, G55860
## त्याग्‍नु, त्यागिएको ### परिभाषा: “त्याग्‍नु” भन्‍नाले कसैलाई वा कुनै कुरालाई छाड्नु भन्‍ने बुझिन्छ । “त्यागिएको” व्‍यक्‍ति भन्‍नाले अरूकोहीद्वारा एकलै छोडिएको व्‍यक्‍ति हो । * जब मानिसहरूले परमेश्‍वरलाई त्याग्छन्, उनीहरूले परमेश्‍वरको आज्ञा पालना नगरेर विश्‍वासघात गर्छन् । * जब परमेश्‍वरले मानिसहरूलाई त्याग्‍नुहुन्छ, उहाँले उनीहरूलाई सहायता गर्न छोड्नुहुन्छ र उनीहरूलाई आफूकहाँ फर्कने बनाउनको लागि कष्‍टमा भएर जान दिनुहुन्छ । * यो शब्दले कुनै कुरा त्याग्‍नु, परमेश्‍वरका शिक्षाहरू नमान्‍नु, भन्‍ने अर्थ दिन्छ । * “त्यागिएको” शब्दले भूतकालमा भएको घटनालाई जनाउँछ, उदाहरणको लागि “उसले तिमीलाई त्याग्यो” ।
## थुमा, परमेश्‍वरका थुमा ### परिभाषा: “थुमा” भन्‍ने शब्दले भेडाको पाठोलाई बुझाउँछ । भेडाहरू भनेका चार खुट्टे प्रशस्त भुत्ला भएका पशुहरू हुन् र परमेश्‍वरको निम्ति बलिदान चढाउनको लागि ती प्रयोग गरिन्छन् । अनि मानिसहरूका पापहरूका ज्याला तिर्नको लागि येशू बलिदान हुनुभएको हुनाले उहाँलाई “परमेश्‍वरका थुमा” भनेर पनि चिनिन्छ । * यी पशुहरूलाई सजिलैसँग पतनतिर डोर्याउन सकिने हुनाले तिनीहरूलाई सुरक्षा प्रदान गर्नुपर्छ । परमेश्‍वरले मानिस जातिलाई भेडाहरूसँग तुलना गर्नुहुन्छ । * परमेश्‍वरले आफ्ना मानिसहरूलाई शारीरिक रूपले कुनै पनि खोट वा खतविनाको सिद्ध भेडाहरू बलिदान गर्न निर्देशन दिनुभयो । * येशूलाई “परमेश्‍वरको थुमा” भनियो किनकि उहाँले मानिसहरूका पापको ज्याला तिर्नको लागि आफैँलाई बलिदानको रूपमा चढाउनुभयो । उहाँ सिद्ध, निष्खोट बलिदान हुनुहुन्थ्यो किनकि उहाँ पापरहित सिद्ध हुनुहुन्थ्यो । ### अनुवाद सुझावहरू * यदि कार्यरत भाषामा भेडाहरू परिचित छन् भने, तिनीहरूका बच्‍चाको निम्ति प्रयोग गरिने नाउँलाई नै “थुमा” तथा “परमेश्‍वरको थुमा” भन्‍ने शब्द अनुवादको निम्ति पनि प्रयोग गरिनुपर्छ । * “परमेश्‍वरको थुमा” लाई “परमेश्‍वरको (बलिदानको निम्ति) थुमा,” वा “परमेश्‍वरलाई बलि दिइएको थुमा,” वा “परमेश्‍वरबाट (बलिदानको निम्ति) थुमा,” भनि अनुवाद गर्न सकिन्छ । * यदि भेडाहरू भन्‍ने शब्द परिचित छैनन् भने “भेडाको वच्‍चा” भनेर अनुवाद गर्न सकिन्छ र भेडालाई वर्णन गर्दै एउटा पादटिप्पणी राख्‍न सकिन्छ । यस टिप्पणीले भेडा र थुमालाई यस्तै बगालमा बस्‍ने, कमजोर, बचाऊ गर्न नसक्‍ने र सजिलै बरालिने पशुसंग तुलना गर्न सक्छ । * नजिकको स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा यो शब्द कसरी अनुवाद गरिएको छ त्यो पनि हेर्नुहोस् । (​हेर्नहोस्ः  अज्ञातहरू कसरी अनुवाद गर्ने) (​हेर्नहोस्ः भेडा, गोठाला) ### बाइबलका सन्दर्भहरूः * २ शामूएल १२ः३ * एज्रा ८ः३५-३६ * यशैया ६६ः३ * यर्मिया ११ः१९ * यूहन्‍ना १ः२९ * यूहन्‍ना १ः३६ * लेवि १४ः२१-२३ * लेवि १७ः१-४ * लूका १०ः३ * प्रकाश १५ः३-४ ### बाइबलीय घटनाहरूबाट उदाहरणहरू * ५ः७ जब अब्राहाम र इसाहक बलिदान दिने स्थानमा पुगे, इसाहकले सोधे, “बुबा, हामीसंग बलिदानको निम्ति दाउरा त छ, तर थुमा कहाँ छ त ?” * ११ः२ परमेश्‍वरमा विश्‍वास गर्नेहरूको जेष्‍ठ सन्तानलाई बचाउने उपाय वहाँले दिनुभयो । हरेक परिवारले एउटा उत्कृष्‍ट थुमा वा बाख्रालाई मार्नुपर्थ्यो । * २४ः६ अर्को दिन, येशू, यूहन्‍ना कहाँ बप्‍तिस्मा लिन आउनुभयो । जब यूहन्‍नाले वहाँलाई देखे, उनले भने, “हेर, परमेश्‍वरका थुमा जसले यस संसारको पापको अन्त्य गर्नुहुन्छ ।” * ४५ः८ यसरी पढियो, “वहाँलाई मार्नको निम्ति तयार थुमा झैँ लगियो, र जसरी एउटा थुमा चुपचाप हुन्छ, वहाँले पनि कुनै शब्द बोल्नुभएन ।” * ४८ः८ जब परमेश्‍वरले अब्राहामलाई आफ्नो छोरा इसाहकलाई बलिदान गर्न भन्‍नुभयो, परमेश्‍वरले उनको छोरोको सट्टामा एउटा थुमा प्रदान गर्नुभयो । हामी सबै हाम्रो पापको निम्ति मर्न लायकका छौँ ! तर परमेश्‍वरले येशू, परमेश्‍वरका थुमा, हाम्रो सट्टामा मर्न बलिदानको रूपमा हामीलाई दिनुभयो । * ४८ः९ जब परमेश्‍वरले मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो, वहाँले सबै इस्राएली परिवारहरूलाई एउटा उत्कृष्‍ट थुमालाई मारेर आ-आफ्ना ढोकाहरूको माथि र छेऊमा त्यसको रगत छर्कन भन्‍नुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7716, G07210, G23160
## दण्डाज्ञा दिनु, दण्डाज्ञा ### परिभाषा: शब्दहरू “दण्डाज्ञा दिनु” र “दण्डाज्ञा” ले गलत काम गरेको कारणले कसैको न्याय गर्ने कुरोलाई जनाउँछन् । * अक्सर क्रियापद “दण्डाज्ञा दिनु” मा कसैले गलत काम गरेकोले उसलाई दण्ड दिने कुरो पर्छ । * कहिले काहीँ “दण्डाज्ञा दिनु” को अर्थ हुन्छः कसैलाई झुटो अभियोग लगाउनु वा हतारमा कसैको न्याय गर्नु । * “दण्डाज्ञा” शब्दले कसैलाई दोष लगाउने वा दण्ड दिने कुरोलाई जनाउँछ । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर यसलाई “हतारमा न्याय गर्नु” वा “कपटपूर्वक आलोचना गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “उसलाई दण्डाज्ञा देओ” लाई “ऊ दोषी छ भनी न्याय गर” वा “उसको पापको लागि उसलाई दण्ड दिइनुपर्छ भनी बताओ” भनी अनुवाद गर्न सकिन्छ । * “दण्डाज्ञा” शब्दलाई “हतारको न्याय” वा “दोषी ठहर” वा “दोषको लागि दण्ड” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः न्याय गर्नु, न्याय, दण्ड दिनु, दण्ड) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०३:१९-२२ * यूहन्‍ना ०५:२४ * अय्यूब ०९:२७-२९ * लूका ०६:३७ * मत्ती १२:७-८ * हितोपदेश १७:१५-१६ * भजनसंग्रह ३४:२१-२२ * रोमी ०५:१६-१७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6064, H7034, H7561, H8199, G01760, G08430, G26070, G26130, G26310, G26320, G26330, G29170, G29190, G29200, G52720, G60480
## दत्तकग्रहण (धर्मपुत्र बनाउने कार्य) ### परिभाषा: “दत्तकग्रहण” एउटा प्रक्रिया हो जसद्वारा एउटा व्यक्‍ति कानुनी रूपमा ती बुबा आमाको सन्तान बन्छ, जो उसका आफ्नै (अर्थात् जीवशास्‍त्रीय) बुबा आमा होइनन् । * कसरी परमेश्‍वरले मानिसहरूलाई आफ्ना आत्मिक छोराछोरीहरू बनाई तिनीहरूलाई उहाँको परिवारको हिस्सा बनाउनुहुन्छ भनी बयान गर्न बाइबलले “दत्तकग्रहण” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्छ । * धर्मपुत्र बनाइएका सन्तानहरू अर्थात् विश्‍वासीहरू येशू ख्रीष्‍टसितै साझे-हकदारहरू हुन् जससित परमेश्‍वरका छोराछोरीहरूका सबै अधिकारहरू हुन्छन् । ### अनुवादका लागि सुझावहरूः * बुबाआमा र सन्तानबिचको यस विशेष सम्बन्धलाई बयान गर्ने शब्दहरूको प्रयोग गरी यस शब्दलाई अनुवाद गर्न सकिन्छ । यसको आलङ्कारिक र आत्मिक अर्थ छ भन्‍ने कुरो निधो गर्नुहोस् । * पदावली “छोराहरूको रूपमा दत्तकग्रहणको अनुभव गर्नु” लाई “उहाँका सन्तानको रूपमा परमेश्‍वरद्वारा धर्मपुत्र बनाइनु” वा “परमेश्‍वरका (आत्मिक) सन्तान हुनु” भनी अनुवाद गर्न सकिन्छ । * “छोराहरूको दत्तकग्रहणको लागि लागि पर्खनु” लाई “परमेश्‍वरका सन्तान हुन प्रतीक्षा गर्नु” वा “… को लागि परमेश्‍वरको प्रतीक्षा गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “तिनीहरूलाई धर्मपुत्र बनाउनुहोस्” लाई “तिनीहरूलाई आफ्नै सन्तानको रूपमा स्वीकार गर्नुहोस्” वा “तिनीहरूलाई आफ्नै (आत्मिक) सन्तान बनाउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः उत्तराधिकारी, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, आत्मा, आत्मिक, अन्य) ### बाइबलका सन्दर्भहरूः * एफिसी ०१:५-६ * गलाती ०४:३-५ * रोमी ०८:१४-१५ * रोमी ०८:२३-२५ * रोमी ०९:३-५ ### शब्‍द तथ्‍याङ्‍क * स्‍ट्रोंग्‍स: G52060
## दया, दयालु ### परिभाषा: “दया” शब्दले खास गरी दुःखकष्‍ट पाइरहेका मानिसहरूप्रति देखाइने फिक्रीको महसुसलाई जनाउँछ । “दयालु” व्यक्‍तिले अरू मानिसहरूको वास्ता गरी तिनीहरूलाई मदत गर्छ । * “दया” शब्दमा साधारणतया खाँचोमा परेका मानिसहरूको वास्ता गर्ने र तिनीहरूलाई मदत गर्ने कुरो पर्छ । * बाइबलले बताउँछ कि परमेश्‍वर दयालु हुनुहुन्छ, जसको अर्थ हुन्छ कि उहाँ प्रेम र कृपाले भरिपूर्ण हुनुहुन्छ। ### अनुवादका लागि सुझावहरूः * “दया” लाई “गहन हेरचाह” वा “सहयोगपूर्ण कृपा” भनी अनुवाद गर्न सकिन्छ । * “दयालु” शब्दलाई “वास्ता गर्ने र मदतदायी” वा “ज्यादै प्रेम गर्ने र कृपालु” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * दानिएल ०१:८-१० * होशे १३:१४ * याकूब ०५:९-११ * योना ०४:१-३ * मर्कूस ०१:४०-४२ * रोमी ०९:१४-१६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2550, H7349, H7355, H7356, G16530, G33560, G36270, G46970, G48340, G48350
## दाहिने हात ### परिभाषा: “दाहिने हात” ले आलङ्कारिक रूपमा शासक वा अन्य महत्त्वपूर्ण व्यक्‍तिको दाहिने हाततर्फको सम्मानको स्थानलाई जनाउछ । बाइबलमा, यो शब्‍द प्रायः व्‍यक्‍तिको दाहिने छेउमा, व्‍यक्‍तिको दाहिने दिशा, दक्षिण दिशा, वा शासकको दाहिने छेउमा रहेको सम्‍मान वा बलको ठाउँलाई वा अन्‍य महत्‍वपूर्ण व्‍यक्‍तिलाई बुझाउन लाक्षणिक रूपमा प्रयोग गरिन्‍छ। * दाहिने हातलाई शक्ति, अधिकार, वा बलको सङ्केतको रूपमा पनि प्रयोग गरिन्छ । * बाइबलले भन्दछ, कि विश्‍वासीहरू (मण्डली)का शिरको रुपमा र सम्पूर्ण सृष्‍टिको नियन्‍त्रण गर्ने शासकको रूपमा येशू परमेश्‍वर पिताको “दाहिने हात तर्फ” बसिरहनुभएको छ । * कसैलाई आशिष् दिँदा शिरमाथि आशिष् दिने व्यक्‍तिको दाहिने हात राख्‍दा दाहिने हातलाई विशेष सम्मान देखाउन प्रयोग गरिन्थ्यो (इस्राएलले योसेफका छोरा एफ्राइमलाई आशिष् दिँदा) । * कसैको “दाहिने हाततर्फ सेवा गर्नु” को अर्थ उक्‍त व्‍यक्‍तिको सेवा त्यो मानिसलाई विशेष आवश्यक र महत्त्वपूर्ण छ भन्‍ने हो । ### अनुवादका निम्ति सुझावहरूः * यदि अनुवाद गरिने भाषामा “दाहिने हात” को यस्तो अर्थ लाग्‍दैन भने त्यो भाषामा यस्तै अर्थ दिने अरू वाक्य-पद्धति छ वा छैन विचार गर्नुहोस् । (हेर्नुहोस्ः वाक्य-पद्धति) * सन्दर्भअनुसार, “दाहिले हातलाई” लाई “सम्मानको स्थानमा” वा “शक्‍तिको पदमा” वा “उनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी” भनी अनुवाद गर्न सकिन्छ । * “उनको दाहिले हातले” लाई अनुवाद गर्ने तरिकाहरूमा “अधिकारसहित” वा “शक्‍ति प्रयोग गरेर” वा “उनको चमात्कारिक सामर्थ्यले” पर्न सक्छन् । * “उहाँको दाहिने हात र उहाँको शक्‍तिशाली बाहुली” जस्तो वाक्यांशमा याह्वेको बारे बातउँदा यो उहाँको शक्‍ति र महान् सामर्थ्य जनाउने भाषाको अलङ्कार हो । एउटै कुरोलाई दुई प्रकारले भन्‍ने शैलीले यो कुरामा जोड दिन्छ । यसलाई “उहाँको अचम्मको सामर्थ्य र महान् शक्‍ति” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः समरूपता) * यदि अनुवाद गरिने भाषामा यसको गलत अर्थ हुन्छ वा अर्थ नै दिँदैन भने, अर्कै शब्द वा वाक्य-पद्धति प्रयोग गर्नुपर्छ । * सन्दर्भअनुसार, “को दाहिने हातमा” लाई अनुवाद गर्ने तरिकाहरूमा “को दाहिने हात तर्फ” वा “उनको दाँया तर्फको छेउ” वा “सम्मानको स्थान” वा “को दाहिनितर” पर्न सक्छन् । * यसलाई “दाहिने हाततर्फको सम्मानको स्थानमा” भनेर व्याख्या गर्न पनि सकिन्छ । * “तिनीहरूका दाहिने हात झुट हो” लाई “तिनीहरूबारेका सबैभन्दा आदर्निय थोक पनि भ्रष्‍ट हो” वा “तिनीहरूका सम्मानको स्थान छलद्वारा भ्रष्‍ट भएको छ” भनी अनुवाद गर्न सकिन्छ । * भजनसंग्रह १०५:९मा, परमेश्‍वरले दोष लगाउनेहरूलाई विद्रोही मानिसहरूलाई दण्ड दिनलाई पठाइएका अगुवाको “दाहिने हात” तिर हुनलाई बोलउनु हुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “दुष्‍ट अगुवाको छेउमा सम्मानको स्थान लिनलाई एउटा दोष लगाने नियुक्‍त गर्नु” वा “तिनीहरूलाई दण्ड दिन त्यो दुष्‍ट अगुवालाई सहायता गर्न एउटा दोष लागउने नियुक्‍त गर्नु” । (हेर्नुहोस्ः दोष लगाउनु, दुष्‍ट, सम्मान गर्नु, शक्‍तिशाली, दण्ड दिनु, विद्रोह गर्नु,) ### बाइबलका खण्डहरूः * प्रेरित ०२:३२-३३ * कलस्सी ०३:१-४ * गलाती ०२:९-१० * उत्पत्ति ४८:१४-१६ * हिब्रू १०:११-१४ * विलाप ०२:३-४ * मत्ती २५:३१-३३ * मत्ती २६:६२-६४ * भजनसंग्रह ०४४:३-४ * प्रकाश ०२:१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3225, H3231, H3233, G11880
## दुष्‍ट, अधर्मी, दुष्‍टता ### परिभाषा: बाईबलमा, "दुष्‍ट" शब्‍दले कि नैतिक दुष्‍टता वा भावनात्‍मक अप्रियताको अवधारणालाई व्‍यक्‍त गर्दछ। सन्‍दर्भले सामान्‍यतया शब्‍दको तोकिएको अर्थको उदेश्‍य स्‍पष्‍ट पार्छ। * “दुष्‍ट” शब्दले मानिसको गुणलाई जनाउँछ र “अधर्मी” शब्दले मानिसको व्यवहारलाई जनाउँछ । यद्यपि यिनीहरूको समान अर्थ छन् । * “दुष्‍टता” ले मानिसले गर्ने दुष्‍ट कामलाई जनाउँछ । * हत्या, चोरी, निन्दा, क्रूरता र निर्दयता जस्ता मानिसहरूले गर्ने कामहरू दुष्‍ट कामका परिणामहरू हुन् । ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "नराम्रो" वा "दुष्‍ट" शब्‍दहरूलाई "खराब" वा "पापि" वा "अनैतिक" भनेर अनुवाद गर्न सकिन्‍छ। * यि अनुवाद ग्रने अन्‍य तरिकाहरू "राम्रो छैन" वा "धार्मिक छैन" वा "नैतिक छैन" भन्‍ने कुराहरू समावेश गर्छ। * निश्चित गर्नुहोस् कि यी शब्‍दहरू अनुवाद गर्न प्रयोग गरिएका शब्‍दहरू वा वाक्‍यांशहरू लक्षित भाषामा प्राकृतिक सन्‍दर्भमा मिल्‍नुपर्छ। हेर्नुहोस्ः अनाज्ञाकारी, पाप, राम्रो, धर्मि, दुष्‍ट ### बाइबलका सन्दर्भहरूः * १ शामूएल २४ः११ * १ तिमिथी ६ः१० * ३ यूहन्‍ना १ः१० * उत्‍पत्ति २ः१७ * उत्‍पत्ति ६ः५-६ * अय्‍युब १ः१ * अय्‍युब ८ः२० * न्‍यायकर्ताहरू ९ः५७ * लूका ६ः२२-२३ * मत्ति ७ः११-१२ * हितोपदेश ३ः७ * भजनसंग्रह २२ः१६-१७ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **२ः४** "परमेश्‍वरलाई मात्र थाहा छ कि तिमिले यो खाने बित्तिकै, तिमि परमेश्‍वर जस्‍तै हुनेछौँ र उहाँले जस्तै असल र खराब बुझ्‍नेछौँ।" * ३ः१ धेरै समय पछि, धेरै मानिसहरू संसारमा जिइरहेका थिए। तिनिहरू धेरै दुष्‍ट र हिंसक भएका थिए। * ३ः२ तर नोआले परमेश्‍वरको अनुग्रह पाएका थिए। उनि दुष्‍ट मानिसहरूका बिचमा बस्‍ने धर्मि मानिस थिए। * ४ः२ परमेश्‍वरले देख्‍नुभयो कि यदि तिनिहरू सबैले दुष्‍ट काम गर्न एकसाथ काम गरिरहे भने, तिनिहरूले धेरै पापमय कामहरू गर्ने छन्। * ८ः१२ "तपाईहरूले मलाई दासको रूपमा बेचेर खराबि गर्न खोज्‍नुभयो, तर परमेश्‍वारले खराबिलाई भलाईको लागि प्रयोग गर्नु भयो।" * १४ः२ तिनिहरूले (कनानिहरूले) झूटा देवताहरूको पूजा गरे र धेरै खराब कामहरू गरे। * १७ः१ तर त्‍यसपछि ऊँ (शाऊल) एक दुष्‍ट मानिस भयो जसले परमेश्‍वरको आज्ञा पालना गरेन, त्‍यसैले परमेश्‍वरले अर्को मानिसलाई चुन्‍नुभयो जो एक दिन उसको ठाउँमा राजा हुनेछ। * १८ः११ इस्राएलको नयाँ राज्‍यमा सबै राजाहरू दुष्‍ट थिए। * २९ः८ राजा यति क्रोधित भए कि उनले आफ्‍नो सबै ऋण तिर्न नसकेसम्‍म दुष्‍ट नोकरलाई झ्‍यालखानामा हालिदिए। * ४५ः२ तिनिहरूले भने, "हामिले तिनलाई (स्‍तिफनस) मोशा र परमेश्‍वरको बारेमा नराम्रा कुराहरू बोलेको सुन्‍यौँ।" * ५०ः१७ उहाँले (येशू) हरेक आसुँ पुछिदिनुहुनेछ र त्‍यहाँ कुनै पिडा, दुःख, रुवाई, दुष्‍ट, चोट, वा मृत्‍यु हुनेछैन। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0205, H0605, H1100, H1681, H1942, H2154, H2162, H2254, H2617, H3399, H3415, H4209, H4849, H5753, H5766, H5767, H5999, H6001, H6090, H7451, H7455, H7489, H7561, H7562, H7563, H7564, G00920, G01130, G04590, G09320, G09870, G09880, G14260, G25490, G25510, G25540, G25550, G25560, G25570, G25590, G25600, G26350, G26360, G41510, G41890, G41900, G41910, G53370
## दृष्‍टान्त ### परिभाषा: दृष्‍टान्त नैतिक र धार्मिक शिक्षा दिन प्रयोग गरिने एउटा छोटो कथा हो । * येशूले उहाँका चेलाहरुलाई सिकाउन दृष्‍टान्तहरु प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः दृष्‍टान्तहरू) ### बाइबलका खण्डहरूः * लूका ०५:३६ * लूका ०६:३९-४० * लूका ०८:४-६ * लूका ०८:९-१० * मर्कूस ०४:१ * मत्ती १३:३ * मत्ती १३:१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1819, H4912, G38500, G39420
## दोष, दोषी ### परिभाषा: शब्द “दोष” ले पाप वा अपराध गरेको सत्यतालाई जनाउँछ । * “दोषी हुनु” को अर्थ हुन्छ‒ नैतिक रूपमा गलत काम गरेको हुनु वा परमेश्‍वरप्रति अनाज्ञाकारी भएको हुनु । * “दोषी” को विपरीत शब्द हो‒ “निर्दोष ।” ### अनुवादका लागि सुझावहरूः * केही भाषाहरूले “दोष” लाई “पापको तौल” वा “पापको गणना” भनी अनुवाद गर्न सक्छन् । * “दोषी हुनु” लाई “भुलमा हुनु” वा “नैतिक रूपमा गलत काम गरेको हुनु” वा “पाप गरेको हुनु” भन्‍नेजस्ता पदावलीहरूले अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः निर्दोष, अपराध, दण्ड दिनु, दण्ड, पाप, पापिष्‍ठ, पापी) ### बाइबलका सन्दर्भहरूः * प्रस्थान २८:३६-३८ * होशे १२:१३-१४ * यशैया ०६:६-७ * याकूब ०२:१०-११ * यूहन्‍ना १९:४-६ * योना ०१:१४-१६ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (३९-०२) तिनीहरूले धेरै साक्षीहरू ल्याए जसले उहाँ (येशू) को बारेमा झुट बोले । तथापि, तिनीहरूका भनाइहरू एक अर्कामा मेल खाएनन् । त्यसैले, उहाँ कुनै पनि कुरोको दोषी हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूले प्रमाणित गर्न सकेनन् । * (३९-११) येशूसित बोलिसकेपछि पिलातस भिडकहाँ गए र भने, “म यी मानिसमा कुनै दोष भेट्टाउँदिनँ ।” तर यहूदी अगुवाहरू र भिड चिच्‍च्याए, “तिनलाई क्रुसमा चढाओ !” पिलातसले जवाफ दिए, “उहाँ दोषी हुनुहुन्‍न ।” तर तिनीहरू झनै चर्को सोरले कराए । त्यसपछि पिलातसले तेस्रो पटक भने, “उहाँ दोषी हुनुहुन्‍न !” * (४०-०४) येशूलाई दुई डाँकाका बिचमा क्रुसमा टाँगियो । तीमध्ये एक जनाले येशूको गिल्ला गर्‍यो, तर अर्काचाहिँले भने, “के तिमी परमेश्‍वरदेखि डराउँदैनौ ? हामी दोषी छौँ, तर यी मानिस निर्दोष हुनुहुन्छ ।” * (४९-१०) तपाईंको पापको कारणले गर्दा तपाईं दोषी हुनुहुन्छ र मृत्युको योग्य हुनुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0816, H0817, H0818, H5352, H5355, H7563, G03380, G17770, G37840, G52670
## धर्मी, धार्मिकता ### परिभाषा: “धर्मी” र “धार्मिकता” ले परमेश्‍वरको पूर्ण भलाइ, न्याय, विश्‍वासयोग्यता र प्रेमलाई जनाउछ । परमेश्‍वर धर्मी हुनुभएको हुनाले, उहाँले पापको निन्दा गर्नुपर्छ । * प्रायः यो शब्द परमेश्‍वरको आज्ञा पालन गर्ने र नैतिक रूपमा असल व्‍यक्‍तिलाई दर्शाउन प्रयोग गरिन्छ । तैपनि सबै मानिसहरूले पाप गरेका छन्, र परमेश्‍वर बाहेक कोही पनि पूर्ण रुपमा धर्मी छैनन् । * बाइबलले “धर्मी” भनेको व्यक्‍तिहरूका उदाहरणहरूमा, नोआ, अय्यूब, अब्राहाम, जकरिया, र एलीशिबा हुन् । * जब मानिसहरूले तिनीहरूलाई बचाउनलाई येशूमा भरोसा गर्छन्, तब परमेश्‍वरले तिनीहरूलाई पापहरूबाट शुद्ध पार्नुहुन्छ, र येशूको धार्मिकताको आधारमा तिनीहरू धर्मी भएको घोषणा गर्नुहुन्छ । "अधर्मी" शब्‍दको अर्थ पापी र नैतिक रूपमा भ्रष्‍ट हुनु हो। "अधर्म" ले पाप वा पापी हुनुको अवस्‍थालाई बुझाउँछ। * यी शब्‍दहरूले विशेष गरी परमेश्‍वरको शिक्षा र आज्ञाहरू नमान्‍ने तरिकामा जिवन बिताउन कुरालाई जनाउँछ। * अधर्मी मानिसहरी आफ्‍नो विचार र कार्यमा अनैतिक हुन्‍छन्। * कहिलेकाहिँ "अधर्मी" ले येशूमा विश्‍वास नगर्ने मानिसहरूलाई बुझाउँछ। "उचित" र "सीधापन" शब्‍दहरूले परमेश्‍वरको नियमहरू पछ्याउने तरिकामा काम गर्नुलाई बुझाँउछ। * यी शब्‍दहरूको अर्थमा सीधा उभिने र सीधा अगाडि हेर्ने विचार समावेश छ। * "सोझा" व्‍यक्‍ति भनेको परमेश्‍वरको नियमहरू पालन गर्ने र उहाँको इच्‍छाविपरीत काम नगर्ने व्‍यक्‍ति हो। * "निष्‍ठा" र "धर्मी" जस्‍ता शब्‍दहरू समान अर्थ हुन्‍छन् र कहिलेकाहिँ समानान्‍तरता निर्नांहरूमा प्रयोग गरिन्‍छ, जस्‍तै "निष्‍ठा र ईमानदारी" (हर्नुहोस्ः समानांतर) ### अनुवादका निम्ति सुझावहरूः * “धर्मी” शब्दले परमेश्‍वरलाई जनाउन प्रयोग गर्दा यसलाई “पूर्ण रुपमा असल र न्यायी” वा “सदैव सही ढङ्गले कार्य गर्नुहुने” भनेर अनुवाद गर्न सकिन्छ । * “परमेश्‍वरको धार्मिकता” लाई “पूर्ण विश्‍वासयोग्य र भलो” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “धर्मी” शब्द परमेश्‍वरप्रति आज्ञाकारी मानिसहरूलाई जनाउन प्रयोग गर्दा यसलाई “नैतिक रुपमा असल” वा “” न्यायी” वा “परमेश्‍वरलाई प्रशन्‍न तुल्याउने जीवन जिउने” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “धर्मी” लाई “धर्मी मानिस” वा “परमेश्‍वरको भय मान्‍ने मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ । * सन्दर्भअनुसार “धार्मिकता” लाई “भलाइ” वा “परमेश्‍वरको सामु सिद्ध भएको” वा “परमेश्‍वरको आज्ञापालनद्वारा सही ढङ्गले काम गर्ने” वा “सिद्ध रूपमा असल गर्ने” अर्थ लाग्‍ने कुनै पनि शब्दहरूमा अनुवाद गर्न सकिन्छ । * "अधर्मी" शब्‍दलाई "धर्मी होइन" भनेर अनुवाद गर्न सकिन्‍छ। * सन्‍दर्भमा निर्भर गर्दै, यसलाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "दुष्‍ट" वा "अनैतिक" वा "परमेश्‍वरको विरुद्धमा विद्रोह र्ने मानिसहरू" वा "पापी" समावेश हुन सक्‍छ। * "अधर्मी" वा क्‍यांशलाई "अधर्मी मानिसहरू भनेर अनुवाद गर्न सकिन्‍छ। * "अधर्म" शब्‍दलाई "पाप" वा "खराब विचार र कार्यहरू" वा "दुष्‍टता" भनेर अनुवाद गर्न सकिन्‍छ। * सम्‍भव भएमा, यसलाई "धर्मी, धार्मिकता" सँगको सम्‍बन्‍ध देखाउने तरिकामा अनुवाद गर्नु उत्तम हुन्‍छ। * "सोझो" लाई अनुवाद गर्ने तरिकाहरूमा "सहि काम गर्ने" वा "सहि काम गर्ने" वा "परमेश्‍वरका नियमहरू पछ्याउने" वा "परमेश्‍वरको आज्ञाकारी" वा "सहि तरिकामा व्‍यवहार गर्ने" समावेश हुन सक्‍छ। * "सोझोपना" शब्‍दलाई "नैतिक शुद्धता" वा "असल नैतिक आचरण" वा "सत्‍यता भनेर अनुवाद गर्न सकिन्‍छ। * "सोझा" वाक्‍यांशलाई "मानिसहरू जो सोझा छन्"  वा "सोझो मानिसहरू" भनेर अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः असल, भलाइ, पवित्र, पवित्रता, खराब, दुष्‍ट, दुष्‍टता, न्यायी, न्याय, न्यायपूर्वक, विश्‍वासयोग्‍य, विश्‍वासयोग्‍यता) ### बाइबलका खण्डहरूः * व्‍यवस्‍था १९ः१६ * अय्‍यूब १ः८ * भजनसंग्रह ३७ः३० * भजनसंग्रह  ४९ः१४ * भजनसंग्रह  १०७ः४२ * उपदेशक १२ः१०-११ * यशैया ४८ः१-२ * इजकिएल ३३ः१३ * मलाकी २ः६ * मत्ति ६ः१ * प्रेरित ३ः१३-१४ * रोमि १ः२९-३१ * १ कोरिन्‍थी ६ः९ * गलाती ३ः७ * कलस्‍सी ३ः२५ * २ थेसलोनिकी २ः१० * २ तिमिथी ३ः१६ * १ पत्रुस ३ः१८-१९ * १ यूहन्‍ना १ः९ * १ यूहन्‍ना ५ः१६-१७ ### बइबलका कथाहरूबाट उदहरणहरूः * (०३-०२) तर नोआले परमेश्‍वरको कृपा पाए । ऊ दुष्‍ट मानिसहरूका बिच बसोवास गरिरहेका एक धर्मी मानिस थिए । * (०४-०८) परमेश्‍वरले अब्राहामलाई धर्मी घोषणा गर्नुभयो, किनभने उनले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । * (१७-०२) दाऊद परमेश्‍वरमा भरोसा गर्ने र उहाँको आज्ञा पालन गर्ने एक नम्र र धर्मी मानिस थिए । * (२३-०१) मरियमको मगनी भएका मानिस योसेफ एक धर्मी मानिस थिए । * (५०-१०) तब धर्मीजन तिनीहरूका पिताको राज्यमा सुर्यझैँ चम्कने छन् । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0205, H1368, H2555, H3072, H3474, H3476, H3477, H3483, H4334, H4339, H4749, H5228, H5229, H5324, H5765, H5766, H5767, H5977, H6662, H6663, H6664, H6665, H6666, H6968, H8535, H8537, H8549, H8552, G00930, G00940, G04580, G13410, G13420, G13430, G13440, G13450, G13460, G21180, G37160, G37170
## धिक्‍कार ### परिभाषा: “धिक्‍कार” शब्दले घोर दरिद्रताको भावलाई जनाउँछ । कसैले गम्भीर समस्या भोग्‍नेछ भन्‍ने कुराको चेतावनी पनि यसले दिन्छ । * “.....लाई धिक्‍कार” भन्‍ने वाक्यांश पछि मानिसहरूले तिनीहरूका पापका कारण दण्ड स्वरूप दुःख भोग्‍नेछन् भनेर मानिसहरूलाई दिइने चेतावनी आउँछ । * बाइबलमा धेरै स्थानहरूमा, “धिक्‍कार” भन्‍ने शब्द विशेषतः भयानक न्यायलाई जोड दिनको निम्ति धेरै पटक दोहोरिएको छ । * कोही मानिसले “म धिक्‍कार” वा “मलाई धिक्‍कार” भनेर भन्छ भने उसले ठुलो दुःख अभिव्यक्त गरिरहेको हुन्छ । ### अनुवादका लागि केही सुझावहरू * सन्दर्भ अनुसार, “धिक्‍कार” शब्दलाई “ठूलो कष्‍ट” वा “दुःख” वा “विपत्ति” वा “प्रकोप” को रूपमा अनुवाद गर्न सकिन्छ । * “(सहरको नाम) लाई धिक्‍कार” लाई यस्तो अरू तरिकाबाट पनि अनुवाद गर्न सकिन्छ, “(सहरको नाम)को निम्ति कति भयानक हुनेछ” वा त्यस सहर (का मानिस) लाई कठोर रूपमा दण्ड मिल्नेछ” वा “ती मानिसहरू ज्यादै पीडित हुनेछन् ।” * “म धिक्‍कार !” वा “मलाई धिक्‍कार !” भन्‍ने वाक्यांशलाई “म कति दुःखित भएको छु !” वा “म धेरै दुःखित भएको छु !” वा “मेरो निम्ति यो कति भयानक छ !” भनेर अनुवाद गर्न सकिन्छ । * “तिमीलाई धिक्‍कार” वाक्यांशलाई “तिमीले भयानक रूपमा दुःख भोग्‍नेछौ” वा “तिमीले भयानक समस्याहरू अनुभव गर्नेछौ ।” ### बाइबलका सन्दर्भहरूः * इजकिएल १३ः१७-१८ * हबकूक २ः१२ * यशैया ३१ः१-२ * यर्मिया ४५ः१-३ * यहूदा १ः९-११ * लूका ६ः२४ * लूका १७ः १-२ * मत्ती २३ः२३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0188, H0190, H0337, H0480, H1929, H1945, H1958, G37590
## नपुंसक ### परिभाषा: बन्ध्याकरण गरेको मानिसलाई “नपुंसक” भनिन्छ । पछि गएर कुनै पनि सरकारी कर्मचारीहरूलाई नपुंसक भनेर सम्बोधन गरिन थालियो । * येशूले नपुंसकहरू त्यसरी नै जन्मेका हुन् भन्‍नुभयो । उनीहरूको अवस्था सायद यौनाङ्गमा खराबी भएर वा यौनसम्बन्धी क्रियाकलाप गर्न नसक्‍ने अवस्थामा पुगेर भएको हुन सक्छ । कसै-कसैले आफैँले नपुंसकजस्तो भएर बस्‍ने जीवन छानेका हुन्छन् । * प्राचीन समयमा नपुंसकहरू राजाका दासहरू हुन्थे र उनीहरूले महिलाहरूको आवासको रक्षा गर्ने * कुनै-कुनै नपुंसकहरू नयाँ करारमा फिलिपले भेटेको इथियोपियाको नपुंसक जस्तो सरकारी कर्मचारीहरू हुन्थे । (​हेर्नुहोस्ः फिलिप) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ८ः२७ * प्रेरित ८ः३६ * प्रेरित ८ः३९ * यशैया ३९ः७-८ * यर्मिया ३४ः१७-१९ * मत्ति १९ः१२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5631, G21340, G21350
## नयाँ गरी जन्मेको, परमेश्‍वरबाट जन्मेको, नयाँ जन्म ### परिभाषा: परमेश्‍वरले आत्मिक रूपमा मरेको व्यक्‍तिलाई आत्मिक रूपमा जीवित तुल्याउन सक्‍नुहुन्छ भन्‍ने कुरो व्याख्या गर्न “नयाँ गरी जन्मेको” पदावलीलाई येशूद्वारा पहिलो पटक प्रयोग गरियो । पदावलीहरू “परमेश्‍वरबाट जन्मेको” र “पवित्र आत्माबाट जन्मेको” ले पनि नयाँ आत्मिक जीवन दिइएको व्यक्‍तिलाई जनाउँछन् । * सबै मानिस आत्मिक रूपमा मृत जन्मन्छन्, र तिनीहरूले येशू ख्रीष्‍टलाई आफ्ना मुक्‍तिदाताको रूपमा ग्रहण गर्दा “नयाँ जन्म” पाउँछन् । * आत्मिक नयाँ जन्मको क्षणमा परमेश्‍वरका पवित्र आत्मा नयाँ विश्‍वासीको जीवनमा बस्‍न सुरु गरी उसको जीवनमा असल आत्मिक फलाउन उसलाई सक्षम पार्नुहुन्छ । * व्यक्‍तिलाई नयाँ गरी जन्माउने र उहाँको सन्तान बनाउने काम परमेश्‍वरको हो । ### अनुवादका लागि सुझावहरूः * “नयाँ गरी जन्मनु” लाई “फेरि जन्मनु” वा “आत्मिक रूपमा जन्मनु” भनी अनुवाद गर्न सकिन्छ । * यसलाई शाब्दिक रूपमा अनुवाद गरी अनुवाद गरिएको भाषामा जन्मको लागि प्रयोग गरिने सामान्य शब्दको प्रयोग गर्नु उत्तम हुन्छ । * पदावली “नयाँ जन्म” लाई “आत्मिक जन्म” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “परमेश्‍वरबाट जन्मेको” लाई “परमेश्‍वरबाट नयाँ जन्मेको बालकझैँ नयाँ जीवन दिइएको” वा “परमेश्‍वरद्वारा दिइएको नयाँ जीवन” भनी अनुवाद गर्न सकिन्छ । * त्यसै गरी, “पवित्र आत्माबाट जन्मेको” लाई “पवित्र आत्माद्वारा दिइएको नयाँ जीवन” वा “परमेश्‍वरको सन्तान बन्‍न पवित्र आत्माबाट सक्षम तुल्याइएको” वा “नयाँ जन्मेको बालकझैँ नयाँ जीवन प्राप्‍त गर्न पवित्र आत्माद्वारा सक्षम तुल्याइएको” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, उद्धार) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०३:९-१० * १ पत्रुस ०१:३-५ * १ पत्रुस ०१:२२-२३ * यूहन्‍ना ०३:७-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G03130, G05090, G10800, G38240
## नरक, अग्‍नि-कुण्ड ### परिभाषा: नरक अन्त्यहीन पीडा र दुःखकष्‍टको ठाउँ हो, जहाँ उहाँको विरुद्धमा जाने र येशूको बलिदानमार्फत मानिसहरूलाई बचाउने उहाँको उद्धारको योजनालाई इन्कार गर्ने हरेकलाई उहाँले दण्ड दिनुहुनेछ । यसलाई “अग्‍नि-कुण्ड” भनेर पनि उल्लेख गरिएको छ । * नरकलाई आगो र अत्यधिक दुःखकष्‍टको ठाउँको रूपमा बयान गरिएको छ । * शैतान र त्यसलाई पछ्याउने दुष्‍तात्माहरू अनन्त दण्डको लागि नरकमा फ्याँकिनेछन् । * आफ्ना पापको लागि येशूको बलिदानमा विश्‍वास नगर्ने र उहाँले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ भनी भरोसा नगर्ने मानिसहरू पनि सदाको लागि नरकमा दण्डित हुनेछन् । ### अनुवादका लागि सुझावहरूः * यी शब्दहरू विभिन्‍न सन्दर्भहरूमा प्रयुक्‍त हुने भएकाले तिनलाई फरक-फरक किसिमले अनुवाद गरिनुपर्छ । * केही भाषाहरूले पदावली “अग्‍नि-कुण्ड” मा “कुण्ड” शब्दको प्रयोग गर्न सक्दैनन् किनकि यसले पानीलाई जनाउँछ । * “नरक” शब्दलाई “दुःखकष्‍टको ठाउँ” वा “अन्धकार र पीडाको आखिरी स्थान” भनी अनुवाद गर्न सकिन्छ । * “अग्‍नि-कुण्ड” शब्दलाई “आगोको सागर” वा “(दुःखकष्‍टको) विशाल आगो” वा “आगोको क्षेत्र” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, मृत्यु, मर्नु, मृत, हेडिस, सिओल, अगाद-खाँद) ### बाइबलका सन्दर्भहरूः * याकूब ०३:५-६ * लूका १२:४-५ * मत्ती ०५:२१-२२ * मत्ती ०५:२९-३० * मत्ती १०:२८-३१ * मत्ती २३:३२-३३ * मत्ती २५:४१-४३ * मर्कूस ०९:४२-४४ * प्रकाश २०:१३-१५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (५०-१४) उहाँ (परमेश्‍वर) ले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ तिनीहरू बडो कष्‍टसाथ सदासर्वदा रुनेछन् र आ-आफ्ना दार्‍हा किट्नेछन् । कहिल्यै ननिभ्ने आगोले तिनीहरूलाई निरन्तर रूपमा जलाइरहनेछ, र किराहरूले तिनीहरूलाई खाइरहनेछन् । * (५०-१५) उहाँले शैतानलाई नरकमा फालिदिनुहुनेछ, जहाँ परमेश्‍वरप्रति आज्ञाकारी हुनुको साटो त्यसलाई पछ्याउने हरेक व्यक्‍तिसँगै त्यो सदासर्वदा जल्नेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7585, G00860, G04390, G04400, G10670, G30410, G44420, G44430, G44470, G44480, G50200, G53940, G54570
## नष्‍ट हुनु, नष्‍ट हुदै, नाशवान ### परिभाषा: “नष्‍ट हुनु” को अर्थ सामान्यतयाः कुनै हिंसा वा अरु विपतिको कारणले मर्नु वा विनाश हुनु हो । विशेष गरी नयाँ करारमा,  यसको अर्थ  परमेश्‍वरका मानिसहरूबाट हराएको वा अलग गरिएको भन्‍ने बुझिन्‍छ। ### "नष्‍ट" को आत्‍मिक अर्थः * मानिसहरू जो "नाश हुँदैछन्" तिनीहरू हुन् जसले आफ्‍नो मुक्‍तिको लागि येशूमा भरोसा गर्न अस्‍विकार गरेका छन्। * "नाष्‍ट" हुनेहरू स्‍वर्गमा परमेश्‍वरसँग अन्‍तसम्‍म बाँच्‍ने धेनन्। बरू, परमेश्‍वरको दण्‍डमा तिनीहरू अनन्‍तसम्‍म नरकमा रहनेछन्। * सबैजना शारीरिक रूपमा मर्नेछन्, तर आफ्‍नो मुक्‍तिको लागि येशूमा भरोसा नगर्नेहरू मात्र अनन्‍तको लागि नाश हुनेछन्। * जा "नष्‍ट" आत्‍मिकि अर्थमा  प्रयोग गरिन्‍छ, निश्‍चित गर्नुहोस् कि तपाईको अनुवादले यसलाई शारीरिक रूपमा मर्नु भन्‍दा फरक रूपमा व्‍यक्‍त गर्दछ। ### अनुवादका निम्ति सुझावहरुः * सन्दर्भअनुसार यो शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा “अनन्त रूपमा मर्नु” वा “नरकमा दण्ड दिइनु” वा “विनाश हुनु” पर्छन् । * “नष्‍ट हुनु” लाई अनुवाद गर्दा यसको अर्थ “अस्तित्वमा रहन छोड्नु” मात्र होइन, अनन्त रूपमा नरकमा रहनु हो भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः मृत्यु, अनन्तता) ### बाइबलका खण्डहरूः * १ पत्रुस ०१:२२-२३ * १ कोरिन्थी ०२:१६-१७ * २ थेसलोनिकी ०२:८-१० * यर्मिया १८:१८-२० * भजनसंग्रह ०४९:१८-२० * जकरिया ०९:५-७ * जकरिया १३:८-९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0006, H0007, H0008, H1478, H1820, H1826, H5486, H5595, H6544, H8045, G05990, G06220, G06840, G08530, G13110, G27040, G48810, G53560
## नाजिरी, नाजिरी शपथ ### परिभाषा: नाजिरी त्यो मानिस हो जसले नाजिरी शपथ लिएको हुन्छ । एउटा महिलाले पनि शपथ लिन सक्दथी । * नाजिरी शपथमा प्राय गरेर अंगुरबाट बनेको खाने वा पिउने कुराबाट टाढा रहनुपर्ने भएको, र केहि दिन, हप्‍ता वा महिना आफ्नो कपाल काट्न नपाइने जस्ता कुराहरू समावेश हुन्थ्यो । तिनीहरूलाई मरेका व्‍यक्‍तिहरूको नजिक जानलाई प्रबन्ध लगाइएको हुन्थ्यो । * त्यो भाकल गरिएको समय बितिसकेपछि र त्यो सपथ पूरा भएपछि, नाजिरीहरू पूजाहारीकहाँ गएर भेटी दिन्थे । तिनीहरूले त्यहाँ गएर आफ्नो कपाल काट्ने र जलाउने काम पनि गर्थे । र अरू सबै प्रतिबन्धहरू हटाइन्थे । * सिमसोन पुरानो नियममा नाजिरी शपथको लागी धेरै नै प्रचलित छन् । * बप्‍तिष्मा दिने यहुन्‍नाको ज्‍मको घोषणा गर्ने स्‍वर्गदूतले जकरीयालाई बताए कि उनको छोराले कडा दाखमध पिउने छेनन्, जसले यूहन्‍नाले पनि आफ्नो जीवन-कालमा नाजिरी शपथ लिएको संकेत गर्न सक्दछ । * प्रेरितको पुस्‍तकको एउटा खण्‍ड अनुसार प्रेरित पावलले एनि एक पटक यो वाचा लिएको हुन सक्‍छ। (​अनुवादका लागि सुझावहरूः अनुवादका नामहरू) (हेर्नुहोस्ः बप्‍तिष्मा दिने यहुन्‍ना, बलिदान, शिमशोन, प्रतिज्ञा, जकरीया (पुरानो नियम)) ### बाइबलका सन्दर्भहरूः * प्रेरित १८ः१८-१९ * आमोस २ः११-१२ * न्‍यायकर्ताहरू १३ः५ * गन्‍ती ६ः१-४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5139
## नाम ### परिभाषा: बाइबलमा नामलाई धेरै सांकेतिक रुपमा प्रयोग गरेको पाइन्छ । * केहि सन्दर्भमा, नामले व्‍यक्‍तिको प्रसिद्धिलाई जनाउँछ, “आउनुहोस् हाम्रो नामलाई आफैँले निर्माण गरौ” । * नामले कुनै कुराको सम्झनालाई जनाउँछ । जस्तै “मुर्तिहरूबाट नाम हटाओ” को अर्थ तिनीहरूले अब ती मुर्तिहरूको सम्झना नगरुन् र तिनीहरूलाई नापूजुन् भनेर ती मुर्तिहरूलाई नष्‍ट गर्नु हो । * “परमेश्‍वरको नाममा बोल्नु” भनेको उहाँको शक्तिमा वा अधिकारमा उहाँको प्रतिनिधित्व गरेर बोल्नु हो । * कसैको “नाम” ले “पूरै व्‍यक्‍तिलाई जनाउन सक्छ, जस्तै, “हाम्रो उद्धार गर्नको निम्ति स्वर्गमुनि अरू कुनै नाम दिइएको छैन ।” (हेर्नुहोस्ः लाक्षणिक) ### अनुवाद सुझावहरू * “वहाँको असल नाम” बन्‍ने वाक्यांशलाई “वहाँको असल मान “भनेर अनुवाद गर्न सकिन्छ । * “कसैको नाममा” केहि कुरा गर्नु भन्‍ने वाक्यांशलाई त्यस व्‍यक्‍तिको “अधिकार सहित” वा “अनुमति सहित” वा “प्रतिनिधित्व गरेर” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “आओ हाम्रो नाम बनाऔँ” भन्‍ने अभिव्‍यक्‍तिलाई “धेरै मनिसहरूले हामीलाई चिन्‍न सक्‍ने बनाऔँ” वा “हामीहरू महत्त्वपूर्ण छौँ भनेर मानिसहरूलाई थाहा गराऔँ” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “उनको नामले बोलाओ” भन्‍ने वाक्यलाई “नामले बोलाओ” वा “उसलाई नाम दिएर बोलाओ” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “जसले तपाईंको नामलाई प्रेम गर्छन्” भन्‍ने वाक्यांशलाई “तपाईंलाई प्रेम गर्नेहरू” भनेर अनुवाद गर्न सकिन्छ । * “मुर्तिहरूबाट नामहरू हटाओ” भान्‍ने वाक्यांश लाई “तिनीहरूको सम्झना नगरियोस् भनेर यी पूजा गरिने मुर्तिहरूबाट टाढा बस” वा “झुटा देवताहरूलाई पूज्‍नबाट मानिसहरूलाई रोक्‍न” वा “मानिसहरूले कहिले पनि याद नगरोस् भनेर सबै मुर्तिहरूलाई पूर्णरूपमा नष्‍ट गर” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः बोलावट) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना २ः१२ * २ तिमोथी २ः१९ * प्रेरित ४ः७ * प्रेरित ४ः१२ * प्रेरित ९ः२७ * उत्‍पत्ति १२ः२ * उत्‍पत्ति ३५ः१० * मत्ति १८ः५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5344, H7121, H7761, H8034, H8036, G25640, G36860, G36870, G51220
## निन्दा, निन्दा गर्नु ### परिभाषा: बाइबलमा “निन्दा” शब्दले परमेश्‍वर वा मानिसहरूलाई गहन अनादर देखाउने गरी बोल्ने कुरोलाई जनाउँछ । कसैको “निन्दा गर्नु” भनेको अरू मानिसहरूले उसको बारेमा गलत वा खराब विचार गरोस् भनी उसको विरुद्धमा बोल्नु हो । * अधिकांशतः परमेश्‍वरको निन्दा गर्नुको अर्थ हुन्छ, कि उहाँको बारेमा साँचो नभएका कुराहरू भनी उहाँको बदख्वाइँ गर्नु वा अपमान गर्नु अथवा उहाँको अनादर गर्ने गरी अनैतिक तवरले व्यवहार गर्नु हो । * मानिसले परमेश्‍वर हुँ भनी दाबी गर्नु वा एकबाहेक अर्को साँचो परमेश्‍वर छ भनी दाबी गर्नु ईश्‍वर-निन्दा गर्नु हो । * यसले मानिसहरूलाई उल्लेख गर्दा केही अङ्ग्रेजी अनुवादहरूले यसलाई “बदख्वाइँ” को रूपमा अनुवाद गर्छ । ### अनुवादका लागि सुझावहरूः * “निन्दा गर्नु” लाई “को विरुद्धमा दुष्‍ट कुराहरू भन्‍नु” वा “परमेश्‍वरलाई अनादर गर्नु” वा “बदख्वाइँ गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “निन्दा” लाई “अरूको बारेमा गलत किसिमले बोल्ने काम” वा “बदख्वाइँ” वा “झुटा हल्लाहरू फैलाउने काम” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अनादर गर्नु, अनादरयोग्य, बदख्वाइँ, बदख्वाइँ गर्ने) ### बाइबलका सन्दर्भहरूः * १ तिमोथी ०१:१२-१४ * प्रेरित ०६:१०-११ * प्रेरित २६:९-११ * याकूब ०२:५-७ * यूहन्‍ना १०:३२-३३ * लूका १२:८-१० * मत्ती १२:३१-३२ * मत्ती २६:६५-६६ * मर्कूस १४:६३-६५ * भजनसंग्रह ७४:९-११ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1288, H1442, H2778, H5006, H5007, H5344, G09870, G09880, G09890
## नियुक्‍त गर्नु, नियुक्‍त गरिएको ### परिभाषा: शब्दहरू “नियुक्‍त गर्नु” र “नियुक्‍त गरिएको” ले विशेष कार्य वा भूमिका पुरा गर्नका लागि कसैलाई छान्‍ने कामलाई जनाउँछ । * “नियुक्‍त हुनु” ले पनि कुनै कुरो प्राप्‍त गर्न छानिने कामलाई जनाउन सक्छ, जस्तैः “अनन्त जीवनको लागि नियुक्‍त भएको ।” * पदावली “नियुक्‍त गरिएको समय” ले कुनै घटनाको लागि परमेश्‍वरले “छान्‍नुभएको समय” वा “योजना गर्नुभएको समय” लाई जनाउँछ । * “नियुक्‍त गर्नु” को अर्थ कुनै काम गर्नको लागि कसैलाई “आज्ञा दिनु” वा “तोक्‍नु” भन्‍ने पनि हुन सक्छ । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “नियुक्‍त गर्नु” लाई “छान्‍नु” वा “तोक्‍नु” वा “औपचारिक रूपमा छान्‍नु” वा “खटाउनु” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “नियुक्‍त गरिएको” लाई “तोकिएको” वा “योजना बनाइएको” वा “निर्दिष्‍ट रूपमा छानिएको” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * १ शमूएल ०८:१०-१२ * प्रेरित ०३:१९-२० * प्रेरित ०६:२-४ * प्रेरित १३:४८-४९ * उत्पत्ति ४१:३३-३४ * गन्ती ०३:९-१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0561, H0977, H2163, H2296, H2706, H2708, H2710, H3198, H3245, H3259, H3677, H3983, H4150, H4151, H4152, H4483, H4487, H4662, H5324, H5344, H5414, H5567, H5975, H6310, H6485, H6565, H6635, H6680, H6923, H6942, H6966, H7760, H7896, G03220, G06060, G12990, G13030, G19350, G25250, G27490, G42870, G42960, G43840, G49290, G50210, G50870
## निर्दोष ### परिभाषा: शब्द “निर्दोष” को अर्थ हुन्छ‒ अपराध वा अन्य गलत कामको दोषी नहुनु । दुष्‍ट कुराहरूमा सहभागी नहुने मानिसहरूलाई पनि यसले सामान्य रूपमा उल्लेख गर्न सक्छ । * कुनै व्यक्‍तिलाई गलत काम गरेको आरोप लागेको छ, तर उसले त्यो काम गरेको छैन भने ऊ निर्दोष हुन्छ । * कहिले काहीँ जसरी शत्रुका सेनाले “निर्दोष मानिसहरू” लाई आक्रमण गर्दा तिनीहरू यसको भागिदार नहुनुपर्ने हो, त्यसै गरी मानिसहरूले आफूले भोग्‍नै नपर्ने खराब व्यवहार भोगिरहँदा त्यस्ता मानिसहरूलाई उल्लेख गर्न पनि यस शब्द “निर्दोष” को प्रयोग गरिन्छ । * बाइबलमा, "रगत" ले "हत्‍या" लाई बुझाउँछ, त्‍यसैले "निर्दोष रगत" ले "गर्न योग्‍य नभएका मानिसहरूलाई मार्नु" लाई बुझाउँछ। ### अनुवादका लागि सुझावहरूः * अधिकांश सन्दर्भहरूमा शब्द “निर्दोष” लाई कुनै कुरोको लागि “दोषी नभएको” वा “जवाफदेही नभएको” वा “दोष नलागेको” भनी अनुवाद गर्न सकिन्छ । * साधारणतया निर्दोष मानिसहरूलाई उल्लेख गरिँदा यस शब्दलाई “जसले कुनै गल्ती गरेका छैनन्” वा “जो दुष्‍ट्याइँमा सहभागी भएका छैनन्” भनी अनुवाद गर्न सकिन्छ । * कसैलाई मारिएको सन्दर्भमा “निर्दोषको रगत” लाई “मृत्युको लागि दोषी नभएको” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः दोष, दोषी) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०४:३-४ * १ शमूएल १९:४-५ * प्रेरित २०:२५-२७ * प्रस्थान २३:६-९ * यर्मिया २२:१७-१९ * अय्यूब ०९:२१-२४ * रोमी १६:१७-१८ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०८-०६) योसेफ निर्दोष भए तापनि दुई वर्षपश्‍चात् पनि तिनी अझै झ्यालखानामा थिए । * (४०-०४) तिनीहरूमध्ये एक जनाले येशूको गिल्ला गर्‍यो, तर अर्काचाहिँले भन्यो, “के तिमी परमेश्‍वरदेखि डराउँदैनौँ ? हामी दोषी छौँ, तर यी मानिस निर्दोष छन् ।” * (४०-०८) जब येशूलाई पहरा दिने सिपाहीले त्यहाँ भएको हरेक कुरो देखे, तिनले भने, “निश्‍चय नै, यी मानिस निर्दोष थिए । उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2136, H2600, H2643, H5352, H5355, H5356, G01210
## निस्तार चाड ### परिभाषा: “निस्तार” परमेश्‍वरले यहूदीहरुका पुर्खा इस्राएलीहरुलाई मिश्रको दासत्वबाट उद्धार गरेको सम्झनामा उनीहरुले प्रत्येक वर्ष मनाउने एउटा धार्मिक चाडको नाउँ हो । * यो चाडको नाउँ परमेश्‍वर इस्राएलीका घरहरू “नाघेर जानु” हुँदा परमेश्‍वरले मिश्रीहरुको पहिलो छोराहरुलाई मार्नु हुँदा तिनीहरूका छोराहरुलाई मार्नु भएन भन्‍ने तथ्यबाट आउँछ । * निस्तार चाडमा उनीहरूले मारेका र पोलेका सिद्ध थुमाको विशेष खाना साथै विनाखमिर बनाइएको रोटी पर्छ । यी खानाहरुले इस्रएलीहरू मिश्रको दासत्वबाट निस्‍केर आएका भन्दा पहिलो रात खाएका खानाको याद दिलाउँछन् । * परमेश्‍वर इस्राएलीहरूका घरहरू “नाघेर जानुभएको” र उनीहरूलाई मिश्रको दासत्वबाट छुट्टाउनुभएको कुरालाई सम्झन र उत्सव मनाउनको लागि यो खाना हरेक वर्ष खानू भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो । ### अनुवादका निम्ति सुझावहरु * “निस्तार” लाई “नाघ्‍नु” र “माथि” को संयोजन वा यही अर्थ भएका शब्दहरूको संयोजन गरेर अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरका कस्ता दूत इस्राएलीहरूका घरहरू भएर जानुभयो र उनीहरूका छोराहरूलाई बचाउनुभयो भन्‍ने वर्णन गर्न प्रयोग गरिएको शब्दहरू यो चाडको नाउँसँग स्‍पष्‍ट सम्बन्ध राखेमा राम्रो हुन्छ । ### बाइबलका खण्डहरूः * १ कोरिन्थी ०५:६-८ * २ कोरिन्थी ०३:१३-१५ * २ राजा २३:१-२३ * व्यवस्था १६:१-२ * प्रस्थान १२:२६-२८ * एज्रा ०६:२१-२२ * यूहन्‍ना १३:१-२ * यहोशू ०५:१०-११ * लेवी २३:४-६ * गन्ती ०९:१-३ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (१२-१४) हरेक वर्ष निस्तार चाड मानेर मिश्रमाथि परमेश्‍वरको विजय र दासत्वबाट उनीहरूका छुटकाराको सम्झना गर्नलाई परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा गर्नुभयो । * (३८-०१) यहूदीहरूले हरेक वर्ष निस्तार चाड माने । यो शताब्दीऔँअगि मिश्रको दासत्वबाट परमेश्‍वरले उनीहरूका पुर्खाहरूलाई कसरी बचाउनुभयो भन्‍ने कुराको उत्सव हो । * (३८-०४) येशूले उहाँका चेलाहरूसँग निस्तार चाड मानउनुभयो । * (४८-०९) जब परमेश्‍वरले रगत देख्‍नुभयो, परमेश्‍वरले उनीहरूका घरहरू नाघ्‍नुभयो, र उनीहरूका पहिलो जन्मेका छोरोलाई मार्नु भएन । यो घटनालाई निस्तार भनिन्छ । * (४८-१०) येशू निस्तारको थुमा हुनुहुन्छ । उहाँ सिद्ध र पापरहित हुनुहुन्थ्यो, अनि निस्तार चाडको समयमा मारिनुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6453, G39570
## न्याय गर्नु, न्याय ### परिभाषा: शब्दहरू “न्याय गर्नु” र “न्याय” ले अक्सर कुनै कुरो नैतिक रूपमा ठिक वा बेठिक के छ भनी गरिने निर्णयलाई उल्लेख गर्छ । यधपि, यी सर्तहरूले निर्णयको परिणामको रूपमा, एक व्‍यक्‍तिद्वारा गरिएको कार्यहरूलाई पनि जनाउन सक्‍छ, सामान्‍यतया केहि नराम्रो, गलत वा खराब छ भन्‍ने निर्णय गर्ने सन्‍दर्भमा। * "न्‍यायधिश" र "न्‍याय" शब्‍दहरूको अर्थ "हानि पुर्‍याउनु" पनि हुन सक्‍छ (सामान्‍यतया किनभने परमेश्‍वरले कुनै व्‍यक्‍ति वा राष्‍ट्रका कार्यहरू दुष्‍ट छन् भनेर निर्णय गर्नुभएको छ)। * “परमेश्‍वरको न्याय” ले अक्सर कुनै व्यक्‍ति वा वस्तुलाई पापिष्‍ठको रूपमा दण्डाज्ञा दिने उहाँको निर्णयलाई जनाउँछ । * परमेश्‍वरको न्यायमा साधारणतया मानिसहरूका पापका लागि तिनीहरूलाई दिइने दण्ड समावेश हुन्छ । * क्रियापद “न्याय गर्नु” को अर्थ “दण्डाज्ञा दिनु” पनि हुन सक्छ । परमेश्‍वरका जनहरूले यस्तो किसिमले एक अर्काको न्याय गर्नुहुन्‍न भनी उहाँ तिनीहरूलाई निर्देशन दिनुहुन्छ । * दुई जना व्यक्‍तिबिच भएको विवादमा कुनचाहिँ ठिक छ भनी निधो गर्नुलाई “मध्यस्तता गर्नु” भनिन्छ । * केही सन्दर्भहरूमा परमेश्‍वरका “न्यायहरू” उहाँले ठिक छन् भनी निधो गर्नुभएका कुराहरू हुन्छन् । ती उहाँका आदेश, व्यवस्था र आज्ञाहरूसित समान हुन्छन् । * “न्याय” शब्दले बुद्धिमान् तवरले निर्णय गर्ने क्षमतालाई पनि जनाउन सक्छ । “न्याय” को कमी हुने व्यक्‍तिसित बुद्धिमान् निर्णयहरू गर्ने बुद्धि हुँदैन । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “न्याय गर्नु” लाई “निर्णय गर्नु” वा “दण्डाज्ञा दिनु” वा “दण्ड दिनु” वा “आदेश दिनु” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “न्याय” लाई “दण्ड” वा “निर्णय” वा “फैसला” वा “आदेश” वा “दण्डाज्ञा” भनी अनुवाद गर्न सकिन्छ । * केहि सन्‍दर्भहरूमा, "न्‍यायमा" वाक्‍यांशलाई "न्‍यायको दिनमा" वा "परमेश्‍वरले मानिहरूको न्‍याय गर्ने समयमा" भनेर अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः आदेश, न्याय गर्नु, न्याय, न्यायपूर्वक, व्यवस्था, सिद्धान्त, व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवेको व्यवस्था) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०४:१७-१८ * १ राजा ०३:७-९ * प्रेरित ०७:२६-२८ * प्रेरित १०:४२-४३ * यशैया ०३:१३-१५ * याकूब ०२:१-४ * लूका ०६:३७ * मीका ०३:९-११ * भजनसंग्रह ५४:१-३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१९-१६) मानिसहरूले दुष्‍ट काम गर्न छाडेर परमेश्‍वरको आज्ञा नमानेको खण्डमा परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराई दण्डको लागि तिनीहरूको न्याय गर्नुहुने थियो भनी अगमवक्‍ताहरूले चेताउनी दिए । * (२१-०८) राजा भनेको राज्यमाथि शासन गर्ने र मानिसहरूको न्याय गर्ने व्यक्‍ति हो । मसीह सिद्ध राजा हुनुहुने थियो, जो उहाँका पुर्खा दाऊदको सिंहासनमा बस्‍नुहुने थियो । उहाँले सारा संसारमाथि सदाको निम्ति शासन गर्नुहुने थियो र सधैँ इमान्दारीपूर्वक न्याय गर्नुहुने थियो र सही निर्णयहरू लिनुहुने थियो । * (३९-०४) प्रधान पूजाहारीले रिसले चुर भएर आफ्ना वस्‍त्रहरू च्याते र धन्य धार्मिक अगुवाहरूको सामु चिच्‍च्‍याए, “अब हामीलाई अरू साक्षीको दरकार छैन । तिनी परमेश्‍वरका पुत्र हुन् भनी तिनले भनेको तिमीहरूले सुनेका छौ । तिमीहरूको न्याय के छ ?” * (५०-१४) तर येशूमा विश्‍वास नगर्ने हरेकलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ । उहाँले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ तिनीहरू सदासर्वदाको निम्ति रुनेछन् र दार्‍हा किट्नेछन् । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0148, H0430, H1777, H1778, H1779, H1780, H1781, H1782, H2940, H4055, H4941, H6414, H6415, H6416, H6417, H6419, H6485, H8196, H8199, H8201, G01440, G03500, G09680, G11060, G12520, G13410, G13450, G13480, G13490, G29170, G29190, G29200, G29220, G29230, G42320
## न्यायको दिन ### परिभाषा: पदावली “न्यायको दिन” ले भविष्यको एउटा समयलाई उल्लेख गर्छ जुन बेला परमेश्‍वरले हरेक व्यक्‍तिको न्याय गर्नुहुनेछ । * परमेश्‍वरले आफ्ना पुत्र येशू ख्रीष्‍टलाई सबै मानिसहरूको न्यायकर्ता तुल्याउनुभएको छ । * न्यायको दिनमा आफ्नो धार्मिक चरित्रको आधारमा ख्रीष्‍टले मानिसहरूको न्याय गर्नुहुनेछ । ### अनुवादका लागि सुझावहरूः * यस पदावलीले एक दिनभन्दा लामो समयलाई जनाउन सक्‍ने भएकोले यसलाई “न्यायको समय” भनी अनुवाद गर्न सकिन्छ । * यसलाई “परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुने अन्तिम समय” भनेर पनि अनुवाद गर्न सकिन्छ । * यो विशेष दिन वा समयको नाउँ हो भनी देखाउन केही अनुवादकहरूले सुरुका अक्षरहरूलाई ठुलो अक्षरमा लेख्‍ने गर्छन् (नोटः नेपाली भाषामा यो सम्भव छैन । ) (हेर्नुहोस्ः न्याय गर्नु, न्याय, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, नरक, अग्‍नि-कुण्ड) ### बाइबलका सन्दर्भहरूः * लूका १०:१०-१२ * लूका ११:३१ * लूका ११:३२ * मत्ती १०:१४-१५ * मत्ती १२:३६-३७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2962, H3117, H4941, G22500, G29200, G29620
## न्यायी, न्याय, न्यायपूर्वक ### परिभाषा: यी शब्दहरूले परमेश्‍वरको व्यवस्थामुताबिक मानिसहरूलाई उचित तवरले गर्ने व्यवहारलाई जनाउँछन् । अरू मानिसहरूप्रति गरिने सही व्यवहारबारे परमेश्‍वरको मापदण्डको प्रतिबिम्बित गर्ने मानवीय नियमहरू पनि न्यायी नै हुन्छन् । * “न्यायी” हुनु भनेको अरूहरूप्रति निष्पक्ष र सही तवरले कार्य गर्नु हो । परमेश्‍वरको दृष्‍टिमा नैतिक रूपमा जे ठिक छ, त्यसलाई अभ्यास गर्ने इमान्दारी र सत्यनिष्‍ठालाई पनि यसले अङ्कित गर्छ । * “न्यायपूर्वक” कार्य गर्नुको अर्थ हुन्छ‒ मानिसहरूसित परमेश्‍वरको व्यवस्थाअनुसार ठिक, असल र उचित तवरले व्यवहार गर्नु । * “न्याय” प्राप्‍त गर्नुको अर्थ हुन्छ‒ कि व्यवस्था तोडेकोले दण्ड प्राप्‍त गर्नु वा कि नतोडेकोले व्यवस्थाद्वारा नै जोगिनु । * कहिले काहीँ “न्यायी” शब्दको फराकिलो अर्थ हुन्छ जसमा यसको अर्थ “धर्मी” वा “परमेश्‍वरको व्यवस्थालाई मान्‍नु” भन्‍ने हुन्छ । "अन्‍यायि" र "अन्‍यायपूर्ण" शब्‍दहरूले मानिसहरूलाई अनुचित र प्रायः हानिकारक रूपमा व्‍यवहार गर्नेलाई जनाउँछ। * "अन्‍याय" भनेको कुनै नराम्रो कुरा हो जुन कसैलाई गरिन्‍छ जुन व्‍यक्‍ति योग्‍य थिएन। यसले मानिसहरूलाई अन्‍यायपूर्ण व्‍यवहार गर्ने जनाउँछ। * अन्‍यायको अर्थ यो पनि हो कि केहि मानिसहरूलाई नराम्रो व्‍यवहार गरिन्‍छ भने अरूलाई राम्रो व्‍यवहार गरिन्‍छ। * अन्‍यायपूर्ण तरिकाले काम गर्ने व्‍यक्‍ति "आंशिक" वा "पूर्वाग्रहि" भएको छ किनभने उसले मानिसहरूलाई समान रूपमा व्‍यवहार गरिरहेको छैन। "स्‍पष्‍टिकरण" र "औचित्‍य" शब्‍दहरूले दोषि व्‍यक्‍तिलाई धर्मि बनाउनको लागि प्रयोग गरिन्‍छ। केवल परमेश्‍वरले मात्र मानिसहरूलाई धर्मि ठहराउन सक्‍नु हुन्‍छ। * जब परमेश्‍वरले मानिसहरूलाई धर्मि ठहराउनुहुन्‍छ, उहाँले तिनिहरूका पापहरू क्षमा गर्नुहुन्‍छ र तिनिहरूलाई कुनै पाप नभएको जस्‍तो बनाउनुहुन्‍छ। उहाँले पश्‍चात्ताप गर्ने र येशूमा भरोसा गर्ने पापिहरूलाई तिनिहरूका पापहरूबाट बचाउनको लागि धर्मि ठहराउनुहुन्‍छ। * "औचित्‍य" भनेको परमेश्‍वरले के गर्नुहुन्‍छ भन्‍ने बुझाउँछ जब उहाँले एक व्‍यक्‍तिको पाप क्षमा गर्नुहुन्‍छ  र त्‍यो व्‍यक्‍तिलाई उहाँको नजरमा धर्मि घोषणा गर्नुहुन्‍छ। ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “न्यायी” शब्दलाई “नैतिक रूपमा ठिक” वा “निष्पक्ष” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “न्याय” लाई “निष्पक्ष व्यवहार” वा “उचित नतिजा” भनी अनुवाद गर्न सकिन्छ । * “न्यायपूर्वक कार्य गर्नु” लाई “निष्पक्ष रूपमा व्यवहार गर्नु” वा “ठिक किसिमले व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * केही सन्दर्भहरूमा “न्यायी” लाई “धर्मी” वा “सोझो” भनी अनुवाद गर्न सकिन्छ । * सन्‍दर्भमा निर्भर गर्दै, "अन्‍याय" लाई "अनुचित" वा "आंशिक" वा "अधर्मिको रूपमा अनुवाद गर्न सकिन्‍छ। * "अन्‍याय" वाक्‍यांशलाई "अन्‍यायीहरू" वा "अन्‍यायी मानिसहरू" वा "अरूलाई अनुचित व्‍यवहार गर्ने मानिसहरू" वा "अधर्मि मानिसहरू" वा "परमेश्‍वरको अनाज्ञाकारी मानिसहरू  भनेर अनुवाद गर्न सकिन्‍छ। * "अन्‍याय" शब्‍दलाई "अनुचित ढंगले" वा "गलत रूपमा वा "अनुचित रूपमा" भनेर अनुवाद गर्न सकिन्‍छ। * "अन्‍य" लाई अनुवाद गर्ने तरिकाहरूमा "गलत व्‍यवहार" वा "अनुचित व्‍यवहार" वा "अनुचित व्‍यवहार" समावेश हुन सक्‍छ। (हेर्नुहोस्ः अमूर्त संज्ञाहरू) * "उचित" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा" (कसैलाई) धर्मी भएको घोषणा गर्न" वा "(कसैलाई) धर्मी बनाउन।" * "औचित्‍य" शब्‍दलाई "धर्मी घोषित गरिनु" वा "धर्मि बन्‍नु" वा "मानिसहरूलाई धर्मी बनाउनु" भनेर अनुवाद गर्न सकिन्‍छ। * "धर्मी ठहरिने परिणाम" वाक्‍यांशलाई "परमेश्‍वरले धेरै मानिसहरूलाई धर्मी बनाउनुभयो" वा "जसको परिणाम स्‍वरूप परमेश्‍वरले मानिसहरूलाई धर्मी बनाउनुभयो" भनि अनुवाद गर्न सकिन्‍छ। * "हाम्रो धर्मी ठहराउनको लागि" वाक्‍यांशलाई "परमेश्‍वरद्वारा हामि धर्मि बनाउन सकौँ" भनि अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः न्याय गर्नु, न्याय, धर्मी, धार्मिकता, सोझो, सोझोपन) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति ४४ः१६ * १ इतिहास १८ः१४ * यशैया ०४:३-४ * यर्मिया २२:३ * इजकिएल १८ः१६-१७ * मीका ०३:८ * मत्ति ११ः१९ * मत्ती २३:२३-२४ * लूका १८:३ * लूका १८:१३-१४ * लूका २१:२०-२२ * लूका २३:४१ * प्रेरित १३ः३८-३९ * प्रेरित २८:३-४ * रोमि ४ः१-३ * गलाती ३ः६-९ * गलाती ३ः११ * गलाती५ः३-४ * तितस ३ः६-७ * हिब्रु ६ः१० * याकुब २ः२४ * प्रकाश १५:३-४ * ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१७-०९) दाऊदले धेरै वर्षसम्म न्याय र धार्मिकताले शासन गरे अनि परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो । * (१८-१३) (यहूदाका) यी केही राजाहरू असल मानिसहरू थिए जसले न्यायपूर्वक शासन गरे र परमेश्‍वरको आराधना गरे । * (१९-१६) मूर्तिहरूको पूजा गर्न छाडी अरूहरूप्रति न्याय र कृपा देखाउन तिनीहरू (अगमवक्‍ताहरू) सबैले मानिसहरूलाई आव्हान गरे । * (५०-१७) येशूले शान्ति र न्यायले आफ्नो राज्य चलाउनुहुनेछ र उहाँ सदासर्वदा आफ्ना मानिसहरूसित रहनुहुनेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0205, H2555, H3477, H4941, H5765, H5766, H5767, H6662, H6663, H6664, H6666, H8003, H8264, H8636, G00910, G00930, G00940, G13420, G13440, G13450, G13460, G13470, G17380
## परमेश्‍वर ### परिभाषा: बाइबलमा शब्द “परमेश्‍वर” ले शून्यताबाट सारा विश्‍वको सृष्‍टि गर्नुहुने अनन्त अस्तित्वलाई जनाउँछ । परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ । परमेश्‍वरको व्यक्‍तिगत नाउँ “यहोवे” हो । * परमेश्‍वर सधैँ अस्तित्वमा रहनुभएको छ । कुनै पनि थोक अस्तित्वमा आउनुअगि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो, र उहाँ सदाको लागि अस्तित्वमा हुनुहुन्‍छ । * उहाँ मात्र एक साँचो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, जससित सारा विश्‍वमा भएका हरेक थोकमाथि अधिकार छ । * परमेश्‍वर सिद्ध रूपमा धर्मी, असीमित रूपमा बुद्धिमान्, पवित्र, पापरहित, न्यायी, कृपालु र प्रेमिलो हुनुहुन्छ । * उहाँ करार पालन गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, जसले सधैँ आफ्ना प्रतिज्ञाहरू पुरा गर्नुहुन्छ । * मानिसहरू परमेश्‍वरको आराधना गर्नलाई सृष्‍टि गरिए, र तिनीहरूले उहाँको मात्रै आराधना गर्नुपर्छ । * परमेश्‍वरले आफ्नो नाउँलाई “यहोवे” भनी प्रकट गराउनुभयो, जसको अर्थ हुन्छ‒ “उहाँ हुनुहुन्छ” वा “म हुँ” वा “(सधैँ) अस्तित्वमा हुनुहुने जन ।” * बाइबलले झुटा “देवताहरू” को बारेमा पनि सिकाउँछ । ती निर्जीव मूर्तिहरू हुन्, जसलाई मानिसहरूले गलत तरिकाले पूजा गर्छन् । ### अनुवादका लागि सुझावहरूः * परमेश्‍वरलाई “ईश्‍वर” वा “सृष्‍टिकर्ता” वा “सर्वोच्‍च अस्तित्व” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “परमेश्‍वर” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “सर्वोच्‍च सृष्‍टिकर्ता” वा “असीमित सार्वभौम परमप्रभु” वा “अनन्त सर्वोच्‍च अस्तित्व” पर्छन् । * स्थानीय वा राष्‍ट्रिय भाषामा परमेश्‍वरलाई कसरी उल्लेख गरिन्छ भनी ख्याल गर्नुहोस् । अनुवाद गरिएको भाषामा “परमेश्‍वर” को लागि प्रयोग गरिने शब्द पहिले नै अस्तित्वमा भएको हुन सक्छ । त्यसो हो भने, माथि वर्णित एक मात्र साँचो परमेश्‍वरका गुणहरू त्यस नाउँसित मेल खान्छन् कि खाँदैनन् भनी निश्‍चित गर्नु महत्त्वपूर्ण हुन्छ । * झुटा देवताबाट एक मात्र साँचो परमेश्‍वरलाई छुट्टयाउन धेरै भाषाहरूले यस शब्दको पहिलो अक्षरलाई ठुलो बनाउँछन् । (नोटः नेपाली भाषामा ठुलो र सानो वर्णमाला नभएकोले यसो गर्न सम्भव छैन) * “परमेश्‍वर” र “देवता” को निम्ति दुई बेग्लाबेग्लै शब्दको प्रयोग गरी यस भिन्‍नतालाई काम राख्‍न सकिन्छ । * वाक्यांश “म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्” लाई “म परमेश्‍वरले यी मानिसहरूमाथि शासन गर्नेछु र तिनीहरूले मेरो आराधना गर्नेछन्” भनी अनुवाद गर्न सकिन्छ । (अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः सृष्‍टि गर्नु, सृष्‍टि, सृष्‍टिकर्ता, झुटो देवता, देवता, परमेश्‍वर पिता, स्वर्गीय पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, मूर्ति, परमेश्‍वरका पुत्र, पुत्र येशू, यहोवे) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०१:५-७ * १ शमूएल १०:७-८ * १ तिमोथी ०४:९-१० * कलस्सी ०१:१५-१७ * व्यवस्था २९:१४-१६ * एज्रा ०३:१-२ * उत्पत्ति ०१:१-२ * होशे ०४:११-१२ * यशैया ३६:६-७ * याकूब ०२:१८-२० * यर्मिया ०५:४-६ * यूहन्‍ना ०१:१-३ * यहोशू ०३:९-११ * विलाप ०३:४०-४३ * मीका ०४:४-५ * फिलिप्पी ०२:५-८ * हितोपदेश २४:११-१२ * भजनसंग्रह ४७:८-९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०१-०१) परमेश्‍वरले विश्‍व र यसमा भएका हरेक थोक छ दिनमा सृष्‍टि गर्नुभयो । * (०१-१५) परमेश्‍वरले स्‍त्री र पुरुषलाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो । * (०५-०३) “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ । म तिमीहरूसित करार बाँध्‍नेछु ।” * (०९-१४) परमेश्‍वरले भन्‍नुभयो, “म हुँ जो म हुँ । तिनीहरूलाई भनिदेऊ, ‘म हुँ भन्‍नेले मलाई तपाईंहरूकहाँ पठाउनुभएको छ ।’ तिनीहरूलाई यो पनि भनिदेऊ ‘म यहोवे अर्थात् तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ । मेरो नाउँ सदासर्वदाको लागि यही नै हो’ ।” * (१०-०२) यी विपत्तिहरूद्वारा परमेश्‍वर नै फारो र मिश्रका सबै देवहरूभन्दा शक्‍तिशाली हुनुहुँदोरहेछ भनी उहाँले फारोलाई देखाउनुभयो । * (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर यहोवेलाई पुज्‍नुको साटो कनानी देवहरूलाई पुज्‍न थाले । * (२२-०७) तिमी मेरा पुत्र सर्वोच्‍च परमेश्‍वरका अगमवक्‍ता कहलाइनेछौ जसले मानिसहरूलाई मसीहलाई स्वीकार गर्ने मार्ग तयार पार्नुहुनेछ ।” * (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले परमेश्‍वर पिता बोल्नुभएको सुने, र तिनले येशूलाई बप्‍तिस्मा दिँदा पुत्र येशू र पवित्र आत्मालाई देखे । * (२५-०७) “केवल परमप्रभु तिम्रा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” * (२८-०१) “एक मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।” * (४९-०९) तर परमेश्‍वरले संसारमा भएको हरेक व्यक्‍तिलाई यति धेरै प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो ताकि उहाँमा विश्‍वास गर्ने कोही पनि आफ्ना पापका लागि दण्डित नहोस् तर ऊ सदासर्वदा परमेश्‍वरसितै जिओस् । * (५०-१६) तर कुनै दिन परमेश्‍वरले नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्‍टि गर्नुहुनेछ जुन सिद्ध हुनेछन् । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0136, H0305, H0410, H0426, H0430, H0433, H2486, H2623, H3068, H3069, H3863, H4136, H6697, G01120, G05160, G09320, G09350, G10960, G11400, G20980, G21240, G21280, G21500, G21520, G21530, G22990, G23040, G23050, G23120, G23130, G23140, G23150, G23160, G23170, G23180, G23190, G23200, G33610, G37850, G41510, G52070, G53770, G54630, G55370, G55380
## परमेश्‍वर पिता, स्वर्गीय पिता, पिता ### परिभाषा: पदावलीहरू “परमेश्‍वर पिता” र “स्वर्गीय पिता” ले यहोवेलाई जनाउँछन्, जो एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ । खास गरी येशूले उहाँलाई उल्लेख गर्नुहुँदा यो शब्द “पिता” को रूपमा मात्र पनि प्रयुक्‍त भएको छ । * परमेश्‍वर पिता परमेश्‍वर, पुत्र परमेश्‍वर र पवित्र आत्मा परमेश्‍वरको रूपमा अस्तित्वमा हुनुहुन्छ । हरेक पूर्ण रूपमा परमेश्‍वर हुनुहुन्छ र पनि उहाँहरू एक मात्र परमेश्‍वर हुनुहुन्छ । यो एउटा यस्तो रहस्य हो जसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्दैन । * परमेश्‍वर पिताले पुत्र (येशू) परमेश्‍वरलाई संसारमा पठाउनुभयो, र उहाँले आफ्ना मानिसहरूकहाँ पवित्र आत्मा पठाउनुहुन्छ । * पुत्र परमेश्‍वरमा विश्‍वास गर्ने कुनै पनि व्यक्‍ति परमेश्‍वर पिताको सन्तान बन्छ, र पवित्र आत्मा परमेश्‍वर त्यस व्यक्‍तिभित्र बास गर्न आउनुहुन्छ । यो अर्को एउटा रहस्य हो जसलाई मानव-जातिले पूर्ण रूपमा बुझ्‍न सक्दैनन् । ### अनुवादका लागि सुझावहरूः * पदावली “परमेश्‍वर पिता” मा “पिता” शब्दलाई मानवीय पितालाई जनाउन प्रयोग गरिने सामान्य शब्दद्वारा नै अनुवाद गर्नु उत्तम हुन्छ । * पदावली “स्वर्गीय पिता” लाई “स्वर्गमा बस्‍नुहुने पिता” वा “पिता परमेश्‍वर जो स्वर्गमा बस्‍नुहुन्छ” वा “स्वर्गमा हुनुहुने हाम्रा पिता परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ । * साधारणतया परमेश्‍वरलाई जनाउन अङ्ग्रेजीमा “पिता” शब्दको अगाडिको अक्षर ठुलो लेखिन्छ । (अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः पिता, पुर्खा, परमेश्‍वर, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, परमेश्‍वरका पुत्र, पुत्र येशू, पुत्र) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०८:४-६ * १ यूहन्‍ना ०२:१-३ * १ यूहन्‍ना ०२:२२-२३ * १ यूहन्‍ना ०३:१-३ * कलस्सी ०१:१-३ * एफिसी ०५:१८-२१ * लूका १०:२२ * मत्ती ०५:१५-१६ * मत्ती २३:८-१० ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले परमेश्‍वर पिता बोल्नुभएको सुने, र तिनले येशूलाई बप्‍तिस्मा दिँदा पुत्र येशू र पवित्र आत्मालाई देखे । * (२९-०९) त्यसपछि येशूले भन्‍नुभयो, “यदि ह्दयबाट नै तिमीले आफ्नो भाइलाई क्षमा दिएनौ भने मेरा स्वर्गीय पिताले हरेकलाई यसै गर्नुहुनेछ ।” * (४०-०७) तब येशूले माथि स्वर्गतिर हेरेर भन्‍नुभयो, “हे पिता, मेरो आवाजलाई सुन्‍नुभएकोमा तपाईंलाई धन्यवाद छ ।” * (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।” * (४३-०८) “अहिले येशू परमेश्‍वर पिताको दाहिने हातपट्टि उचालिनुभएको छ ।” * (५०-१०) “त्यस बेला परमेश्‍वर तिनीहरूका पिताको राज्यमा धर्मीहरू सूर्यझैँ चम्कनेछन् ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0001, H0002, G39620
## परमेश्‍वरका छोराहरू\सन्तानहरू ### परिभाषा: “परमेश्‍वरमा छोराहरू” धेरै सम्भावित अर्थहरू भएको एउटा आलङकारिक अभिव्याक्‍ति हो । * नयाँ करारमा “परमेश्‍वरका छोराहरूलाई” येशूमा विश्‍वास गर्ने सबैलाई जनाउँछ र यसले महिला र पुरुष दुवैलाई जनाउने हुनाले प्रायः “परमेश्‍वरका सन्ताहरू” का रूपमा अनुवाद गरिन्छ । * यसको प्रयोगले छोरा हुनुसँग सम्बन्धित सबै अवसरहरूसहित एउटा मानव छोरा र बुबा बीचको समन्बन्धझैँ परमेश्‍वरसँगको सम्बन्धलाई बताउँछ । * उत्पत्ति ६ मा, केहीले “मानिसहरूका छोराहरू” लाई पतन भएका स्वर्गदूतहरू अर्थात् दुष्‍ट आत्माहरू वा भूतहरू हुन् भनी व्याख्या गरेका छन् । अरूहरूले यसले शक्‍तिशाली राजनीतिक शसकहरू वा शेतका सन्तानहरूलाइ जनाउँछ भनी सोच्छन् । * परमेश्‍वरका एक मात्र पुत्र, येशूलाई जनाउने “मानिसको पुत्र” फरक शब्दावली हो । ### अनुवादका निम्ति सुझावहरूः * “मानिसका छोराहरू” ले येशूमा विश्‍वास गर्नेहरूलाई जनाउँदा, यसलाई “परमेश्‍वरका सन्तानहरू” को रूपमा अनुवाद गर्न सकिन्छ । * “परमेश्‍वरका छोराहरू” लाई अनुवाद गर्ने अरू उपायहरूमा सन्दर्भअनुसार “स्वर्गदूतहरू” वा “आत्मि प्राणीहरू” वा “भूतहरू” पर्न सक्छन् । * “छोरा” निम्ति अरू शब्दहरू पनि हेर्नुहोस् । (हेर्नुहोस्ः स्वर्गदूत, प्रधान स्वर्गदूत, भूत, भूतात्मा, अशुद्ध आत्मा, छोरा, को छोरा, परमेश्‍वरको छोरा, पुत्र, शासक, शासकहरू, शासन, आत्मा, आत्मिक) ### बाइबल खण्डहरूः * उत्पत्ति ०६:१-३ * उत्पत्ति ०६:४ * अय्यूब ०१:६-८ * रोमी ०८:१४-१५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0430, H1121, G52070, G50430
## परमेश्‍वरका पुत्र, पुत्र ### परिभाषा: “परमेश्‍वरका पुत्र” ले मानवको रूपमा संसारमा आउने येशू अर्थात् परमेश्‍वरको वचनलाई जनाउँछ । उहाँलाई प्रायः “पुत्र” को रूपमा पनि उल्लेख गरिन्छ । * परमेश्‍वरका पुत्रको परमेश्‍वर पिताको जस्तै स्वभाव छ, उहाँ पूर्ण रूपमा परमेश्‍वर हुनुहुन्छ । * पिता परमेश्‍वर, पुत्र परमेश्‍वर र पवित्र आत्मा परमेश्‍वर सबै एकै स्वभावका छन् । * परमेश्‍वरका पुत्र मानवहरूका छोराहरू जस्ता होइनन्, उहाँ सदैव अस्तित्वमा रहनुभएको छ । * सुरुमा, परमेश्‍वरकापुत्र पिता र पवित्र आत्मासँगै संसार सृष्‍टि गर्नुमा सक्रिय हुनुहुन्थ्यो । किनकि, येशू परमेश्‍वरका पुत्र हुनुभएकोले, उहाँले उहाँको पिताको आज्ञा पालन गर्नुहुन्छ र उहाँलाई प्रेम गर्नुहुन्छ, र पिताले उहाँलाई प्रेम गर्नुहुन्छ । ### अनुवादका निम्ति सुझावहरूः * “परमेश्‍वरका पुत्र” को निम्ति त्यही भाषाले मानिसका छोरालाई स्वभाविक रूपमा जनाउने “छोरा” शब्द नै प्रयोग गर्नु उत्तम हुन्छ । * लक्षित भाषामा अनुवाद गर्दा प्रेयोग गरिएको “छोरा” शब्द पितासँग जोडा मिल्छ वा मिल्दैन र यी प्रयोग गरिएका शब्दहरू पिता-पुत्रको सम्बन्धमा सबैभन्दा स्वभाविक शब्दहरू हुन् वा होइनन् भनी पक्‍का गर्नुहोस् । * “छोरा” लाई यसले परमेश्‍वरको बारे बताइरहेको छ भनी देखाउने कुनै उपाय छ ? (” छोरा” शब्दलाई क्यापिटलमा लेखेर यसल परमेश्‍वरको बारे बताइरहेको छ भनी देखाउन सहायता गर्नेछ । ) (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने ) (हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, पुर्खा, पिता, पितापुर्खा, परमेश्‍वर, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, परमप्रभुका आत्मा, पुत्र, को पुत्रहरू परमेश्‍वरका पुत्रहरू) ### बाइबलका खण्डहरूः * १ यूहन्‍ना ०४:९-१० * प्रेरित ०९:२०-२२ * कलस्सी ०१:१५-१७ * गलाती ०२:२०-२१ * हिब्रू ०४:१४-१६ * यूहन्‍ना ०३:१६-१८ * लूका १०:२२ * मत्ती ११:२५-२७ * प्रकाश ०२:१८-१९ * रोमी ०८:२८-३० ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (२२-०५) स्वर्गदूतले बताए, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले बलक पवित्र अर्थात् परमेश्‍वरका पुत्र हुनेछ ।” * (२४-०९) परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभयो, “पवित्र आत्मा तिमीले बप्‍तिस्मा दिने कोहीमाथि आउनुहुनेछ र बस्‍नुहुनेछ । त्यही व्यक्‍ति नै परमेश्‍वरका पुत्र हो ।” * (३१-०८) चेलाहरू चकित भए । तिनीहरूले यसो भन्दै उहाँको आराधना गरे, “तपाईं साच्‍ची नै परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” * (३७-०५) मार्थाले जवाफ दिईन्, “हो, मालिक, म विश्‍वास गर्छु, तपाईं मसीह अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” * (४२-०६) यसकारण, जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।” * (४६-०६) शाऊलले तुरून्तै दमस्कसमा भएका यहूदीहरूलाई यसो भन्दै प्रचार गर्न थाले, “येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” * (४९-०९) तर परमेश्‍वरले संसारमा भएका हरेकलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँल उहाको एक मात्र पुत्रलाई दिनुभयो ताकि येशूमा विश्‍वास गर्ने उसको पापको निम्ति दण्ड दिइनेछैन, तर परमेश्‍वरसँग सदाको निम्ति बस्‍नेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0426, H0430, H1121, H1247, G23160, G52070 * Strong’s: H0426, H0430, H1121, H1247, G23160, G52070
## परमेश्‍वरका मानिस, मेरा मानिस ### परिभाषा: “परमेश्‍वरका मानिस” ले परमेश्‍वरले उहाँसँग विशेष सम्बन्ध स्थापित गर्नलाई संसारबाट बोलाउनुभएको मानिसलाई जनाउछ । * परमेश्‍वरले “मेरा मानिस” भन्‍नु हुँदा उहाँले चुन्‍नुभएको, र उहाँसँग सम्बन्ध भएका मानिसबारे भनिरहनुभएको हुन्छ । * परमेश्‍वरका मानिस उहाँद्वारा चुनिएका, र उहाँलाई प्रशन्‍न पार्ने तरिकाले जिउँनलाई संसारबाट अलग गरिएका हुन्छन् । उहाँले उनीहरूलाई उहाँका सन्‍तानहरू भन्‍नुहुन्छ । * पुरानो करारमा “परमेश्‍वरका मानिस” भन्‍ने इस्राएल जातिलाई जनाउछ, जसलाई परमेश्‍वरले चुन्‍नुभयो, र उहाँको सेवा गर्न र आज्ञा पालना गर्नलाई संसारका अरू जातिहरूबाट अलग गर्नुभयो । * नयाँ करारमा “परमेश्‍वरका मानिस” भन्‍नाले विशेष गरी येशूमा विश्‍वास गर्ने सबै र मण्डली भनिनेहरूलाई जनाउछ । यसमा यहूदी र गैरयहूदी दुवै पर्छन् । ### अनुवादका निम्ति सुझावहरूः * “परमेश्‍वरका मानिस” लाई “परमेश्‍वरका मानिसहरू” वा “परमेश्‍वरको आराधना गर्ने मानिसहरू” वा “परमेश्‍वरको सेवा गर्ने मानिसहरू” वा “परमेश्‍वको स्वामित्वमा रहेका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । * “मेरा मानिस” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा अर्थात् परमेश्‍वरले यसो भन्‍नु हुँदा यी कुराहरू पर्न सक्छन्ः “मैले चुनेका मानिसहरू” वा “मेरो आराधना गर्ने मानिसहरू” वा “मेरो स्वामित्वमा रहेका मानिसहरू” । * त्यसै गरी “तपाईंका मानिसहरू” लाई “तपाईंका स्वमित्वमा रहेका मानिसहरू” वा “तपाईंको स्वमित्वमा रहनलाई चुन्‍नुभएका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । * “उहाँका मानिसहरू” लाई पनि “उहाँका स्वामित्वमा रहेका मानिसहरू” वा “परमेश्‍वरले उहाँको स्वामित्वमा रहनलाई चुन्‍नुभएका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, मानिस समूह, मानिस) ### बाइबलका खण्डहरूः * १ इतिहास ११:१-३ * प्रेरित ०७:३३-३४ * प्रेरित १०:३६-३८ * दानिएल ०९:२४-२५ * यशैया ०२:५-६ * यर्मिया ०६:२०-२२ * योएल ०३:१६-१७ * मीका ०६:३-५ * प्रकाश १३:७-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0430, H5971, G23160, G29920
## परमेश्‍वरको इच्छा ### परिभाषा: “परमेश्‍वरको इच्छा” ले परमेश्‍वरका चाहनाहरू र योजनाहरूलाई बुझाउँछ । * परमेश्‍वरको इच्छा विशेष गरी मानिससँग आफ्नो अन्तरक्रिया र उहाँलाई मानिसले कसरी प्रतिक्रिया दिएको वहाँ चाहनुहुन्छ भन्‍ने कुराहरूसँग सम्बन्धित हुन्छ । * उहाँका अन्य सृष्‍टिका निम्ति वहाँका योजना वा इच्छालाई पनि यसले जनाउँछ । * “इच्छा गर्नु” भन्‍ने शब्दले “तय गर्नु” वा “चाहना गर्नु” भन्‍ने अर्थ दिन्छ । ### अनुवादका लागि केही सुझावहरूः * “परमेश्‍वरको इच्छा” लाई “जे परमेश्‍वरले चाहनुहुन्छ” वा “परमेश्‍वरले गर्नुभएको योजना” वा “परमेश्‍वरको उद्देश्य” भनेर अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना २ः१५-१७ * १ थेसलोनिकी ४ः३-६ * कलस्‍सी ४ः१२-१४ * एफिसी १ः१-२ * यूहन्‍ना ५ः३०-३५ * मर्कुस ३ः३३-३५ * भजनसंग्रह १०३ः२१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6310, H6634, H7522, G10120, G10130, G23070, G23080, G23090, G25960
## परमेश्‍वरको घर, यहोवेको घर ### परिभाषा: बाइबलमा पदावलीहरू “परमेश्‍वरको घर” र “यहोवेको घर” ले परमेश्‍वरलाई आराधना चढाइने स्थानलाई जनाउँछन् । * पवित्र वासस्थान र मन्दिरलाई जनाउन मात्र पनि यसलाई प्रयोग गरिएको छ । * कहिले काहीँ परमेश्‍वरका मानिसहरूलाई जनाउन पदावली “परमेश्‍वरको घर” लाई प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * आराधनाको स्थानलाई उल्लेख गरिँदा यसलाई “परमेश्‍वरलाई आराधना गर्ने घर” वा “परमेश्‍वरलाई आराधना गर्ने ठाउँ” भनी अनुवाद गर्न सकिन्छ । * यसले मन्दिर वा पवित्र वासस्थानलाई उल्लेख गर्दै छ भने यसलाई “मन्दिर (पवित्र वासस्थान) जहाँ परमेश्‍वरलाई आराधना चढाइन्छ” वा “परमेश्‍वरको उपस्थिति हुने ठाउँ” वा “परमेश्‍वरले आफ्ना मानिसहरूलाई भेट गर्नुहुने ठाउँ” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वर त्यहाँ “बास गर्नुहुन्छ” भन्‍ने सत्यतालाई व्यक्‍त गर्नका लागि अनुवादमा “घर” शब्दलाई प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । उहाँ बास गर्नुहुन्छ भन्‍नुको अर्थ हुन्छ, कि आफ्ना मानिसहरूलाई भेट गर्न र तिनीहरूबाट आराधना गरिन उहाँ त्यस ठाउँमा आत्मामा रहनुहुन्छ । (हेर्नुहोस्ः परमेश्‍वरका मानिसहरू, पवित्र वासस्थान, मन्दिर) ### बाइबलका सन्दर्भहरूः * १ तिमोथी ०३:१४-१५ * २ इतिहास २३:८-९ * एज्रा ०५:१२-१३ * उत्पत्ति २८:१६-१७ * न्यायकर्ता १८:३०-३१ * मत्ती १२:३-४ * मर्कूस ०२:२५-२६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0426, H0430, H1004, H1005, H3068, G23160, G36240
## परमेश्‍वरको राज्य, स्वर्गको राज्य ### परिभाषा: यी शब्दहरूले आफ्नो सृष्‍टि तथा आफ्ना मानिसहरूमाथि रहेको परमेश्‍वरको अख्तियार तथा शासनलाई सङ्केत गर्दछन् । * परमेश्‍वरको नाम लिन नपरोस् भनेर यहूदीहरूले धेरै जसो “स्वर्ग” भन्‍ने शब्द परमेश्‍वरलाई जनाउन प्रयोग गर्छन् । * मत्तीले लेखेका नयाँ नियमको पुस्तकमा, “परमेश्‍वरको राज्य” लाई सङ्केत गर्नको लागि, “स्वर्गको राज्य” भन्‍ने अभिव्‍यक्‍तिको प्रयोग भएको छ किनभने उनले यो मूलतः यहूदीहरूका निम्ति लेखेका थिए । * परमेश्‍वरको राज्यले आत्मिक रूपमा मानिसहरूमाथि र भौतिक संसार माथि परमेश्‍वरको शासनलाई सङ्केत गर्छ । * पुरानो नियमका अगमवक्ताहरूले धार्मिकतामा शासन गर्ने र आफ्ना शत्रुहरूमाथि विजय हुने मसीहलाई पठाएर परमेश्‍वरले आफ्नो राज्यको स्थापना गर्नुहुनेछ भन्‍ने अगमवाणी गरेका थिए । येशू, परमेश्‍वरका पुत्र नै मसीह हुनुहुन्छ र उहाँले परमेश्‍वरको राज्यमाथि अनन्तसम्म शासन गर्नुहुनेछ । ### अनुवाद सुझावहरू * प्रसङ्ग अनुसार, “परमेश्‍वरको राज्य” लाई “परमेश्‍वरको शासन (राजा झैँ)” वा “जब परमेश्‍वरले राजा झैँ शासन गर्नुहुन्छ” वा “सबैकुरा माथि परमेश्‍वरको शासन” भनेर अनुवाद गर्न सकिन्छ । * “स्वर्गको राज्य” लाई “राजा झैँ स्वर्गबाट परमेश्‍वरको शासन” वा “शासन गर्नुहुने स्वर्गीय परमेश्‍वर” वा “स्वर्गको राज्य” वा “सबैकुरा माथि स्वर्गको शासन” भनेर अनुवाद गर्न सकिन्छ । यदि यति सजिलै र स्पष्‍टसंग अनुवाद गर्न सकिएन भने, “परमेश्‍वरको राज्य” भनेर अनुवाद गर्न सकिन्छ । * केही अनुवादहरूले परमेश्‍वरलाई जनाउनको निम्ति अंग्रेजीको स्वर्ग भन्‍ने शब्दको अगाडिको अक्षरलाई ठुलो पनि लेख्छन् । अरूले यस्तो खण्डमा यस्तो नोट राख्‍न सक्छन्, “स्वर्गको (‘परमेश्‍वरको’) राज्य ।” * यस्तो वाक्यमा स्वर्गको अर्थलाई व्याख्या गर्नको निम्ति मुद्रित बाइबलको पानाको तल्लो भागमा पादटिप्पणीको प्रयोग सकिन्छ । बाइबलका घटनाहरूबाट उदाहरणहरू ### बाइबलका सन्दर्भहरूः * २ थेसलोनिकि १ः५ * प्रेरित ८ः१२-१३ * प्रेरित २८ः२३ * कलस्‍सी ४ः११ * यूहन्‍ना ३ः३ * लूका ७ः२८ * लूका १०ः९ * लूका १२ः३१-३२ * मत्ति ३ः२ * मत्ति ४ः१७ * मत्ति ५ः१० * रोमि १४ः१७ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * २४ः२ उनले (यूहन्‍ना) तिनीहरूलाई यसरी प्रचार गरे, “पश्‍चात्ताप गर किनकि परमेश्‍वरको राज्य नजिकै छ ।” * २८ः६ अनि येशूले चेलाहरूलाई जवाफ दिनुभयो, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु धेरै कठिन छ ! एउटा धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त एउटा ऊँठलाई सियोको प्वालमा छिर्न सजिलो हुन्छ ।” * २९ः२ “परमेश्‍वरको राज्य त्यो राजा जस्तो हो जसले आफ्ना नोकरहरूसंग हिसाबको छिनोफानो गर्न चाहे ।” * ३४ः१ येशूले “परमेश्‍वरको राज्य” को बारेमा धेरै अरू कथाहरू भन्‍नुभयो । उदाहरणको लागि, वहाँले भन्‍नु भयो, “परमेश्‍वरको राज्य जमिनमा छरिएको रायोको दानो जस्तै हो ।” * ३४ः३ येशूले अर्को कथा भन्‍नुभयो, “परमेश्‍वरको राज्य रोटी मुछ्दा पूरै रोटीभरि नभएसम्म एउटा स्‍त्रीले मिसाउने खमिर जस्तै हो ।” * ३४ः३ “परमेश्‍वरको राज्य कसैले आफ्नो जमिनमा लुकाएको धन जस्तै हो । अर्को मान्छेले त्यो पायो तर त्यसले पनि फेरि गाड्यो ।” * ३४ः५ “परमेश्‍वरको राज्य बहुमूल्य मोती जस्तै हो ।” * ४२ः९ उहाँले धेरै तरिकाद्वारा आफू जीवित हुनुहुन्छ भनि आफ्ना चेलाहरूलाई प्रमाणित गर्नुभयो, र उहाँले परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो । * ४९ः५ येशूले भन्‍नुभयो कि परमेश्‍वरको राज्‍य संसारमा सबै भन्‍दा मूल्‍यवान छ। * ५०ः२ येशू यस संसारमा हुनुहुँदा वहाँले भन्‍नुभयो, “मेरा चेलाहरूले संसारको हरेक मानिसहरूलाई परमेश्‍वरको राज्यको विषयमा सुसमाचार सुनाउनेछन्, र त्यसपछि अन्त्य आउने छ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G09320, G23160, G37720
## परमेश्‍वरको वचन, यहोवेको वचन, परमप्रभुको वचन, धर्मशास्‍त्र ### परिभाषा: बाइबलमा “परमेश्‍वरको वचन” भन्‍ने वाक्यांशले परमेश्‍वरले मानिसहरूलाई बताउनुभएको सबै कुरालाई जनाउँछ । यसमा परमेश्‍वरले बोलेर वा लेखेर दुवै तरिकाले दिनुभएका सन्देशहरू समावेश हुन्छन् । येशूलाई “पर्मेश्‍वरको वचन” पनि भनिन्छ । * “धर्मशास्‍त्र” को अर्थ “लेख” हो । यो केवल नयाँ नियममा प्रयोग भएको छ र यसले हिब्रू धर्मशास्‍त्र वा “पूरानो नियम” लाई जनाउँछ । यी लेखहरू परमेश्‍वरका सन्देशहरू थिए जुन परमेश्‍वरले मानिसहरूलाई लेख्‍न भनेर भन्‍नुभएको थियो ताकि मानिसहरूले भविष्यमा धेरै वर्षसम्म त्यो पढ्न सकून् । * “यहोवेका वचन” र “परमप्रभुका वचन” भन्‍ने अरू उस्तै वाक्यांशहरूले बाइबलका अगमवक्ता वा अरू मानिसलाई दिइएका परमेश्‍वरबाटको विशिष्‍ट सन्देशलाई जनाउँछन् । * कहिलेकाँही यसलाई केवल “वचन”, “मेरो वचन”, “तपाईंको वचन” (परमेश्‍वरको वचन भनेर कुरा गर्दा) भनेर उल्लेख गरिन्छ । * नयाँ नियममा येशूलाई “वचन” र “परमेश्‍वरको वचन” भनेर भनिएको छ । यी उपाधिहरूको अर्थ येशूले परमेश्‍वर को हुनुहुन्छ त्यो प्रकट गर्नुहुन्छ भन्‍ने हो किनकि येशू आफैँ नै परमेश्‍वर हुनुहुन्छ । "सत्‍यको वचन शब्‍द "परमेश्‍वरको वचन" लाई जनाउने अर्को तरिका हो, जुन उहाँको सन्‍देश वा शिक्षा हो। यसले एउटा शब्‍दलाई मात्र जनाउँदैन। * परमेश्‍वरको सत्‍य वचनमा परमेश्‍वरले मानिसहरूलाई आफ्‍नो बारेमा, उहाँको सृष्‍टि, र येशूद्वारा उहाँको मुक्‍तिको योजनाबारे सिकाउनुभएको सबै कुरा समावेश गर्दछ। * यो शब्‍दले परमेश्‍वरले हामीलाई भन्‍नुभएको कुरा सत्‍य, विश्‍वासयोग्‍य र वास्‍तविक हो भन्ने तथ्‍यलाई जोड दिन्‍छ। ### अनुवादका लागि केही सुझावहरू * प्रसङ्गको आधारमा, यस वाक्यांशलाई यस्ता अरू तरिकाबाट जस्तै “यहोवेको सन्देश” वा “परमेश्‍वरको सन्देश” वा “परमेश्‍वरबाट को शिक्षा” भनेर पनि अनुवाद गर्न सकिन्छ । * केही भाषाहरूमा यी वाक्यांशहरूलाई वहुवचन बनाउँदा अझ व्यावहारिक हुन्छ जस्तै “परमेश्‍वरका वचनहरू” वा “यहोवेका वचनहरू” । * “यहोवेको वचन आयो” भन्‍ने वाक्यलाई परमेश्‍वरले अगमवक्ताहरू वा वहाँका मानिसहरूलाई बताउनुभएको कुराहरूलाई परिचित गर्नको निम्ति प्रयोग गरिन्छ । यसलाई “यहोवेले यो सन्देश भन्‍नुभयो” वा यहोवेले यी वचनहरू भन्‍नुभयो” भनेर अनुवाद गर्न सकिन्छ । * “धर्मशास्‍त्र” वा “धर्म्शास्‍त्रहरू” भन्‍ने शब्दलाई “लेखहरू” वा “परमेश्‍वरबाट लिखित सन्देश” भनेर अनुवाद गर्न सकिन्छ । यो शब्दलाई “वचन” भन्‍ने शब्दलाई अनुवाद गरेको भन्दा भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ । * जब “वचन” भन्‍ने शब्द मात्र भेटिएको खण्डमा, यसलाई “सन्देश” वा “परमेश्‍वरको वचन” वा “शिक्षाहरू” भनेर प्रसङ्ग अनुसार अनुवाद गर्न सकिन्छ । माथि उल्लिखित अनुवादका वैकल्पिक सुझावहरूमा पनि ध्यान दिनुहोस् । * जब बाइबलले येशूलाई "वचन" भनी उल्‍लेख गर्छ, यो शब्‍दलाई "सन्‍देश" वा "सत्‍य" भनेर अनुवाद गर्न सकिन्‍छ। * "सत्‍यको वचन" लाई "परमेश्‍वरको साचोँ सन्‍देश" वा "परमेश्‍वरको वचन, जुन सत्‍य छ" भनेर अनुवाद गर्न सकिन्‍छ। * यो शब्‍दको अनुवादको लागि सत्‍य हुनुको अर्थ समावेश गर्न महत्‍वपूर्ण  छ। हेर्नुहोस्ः अगमवक्‍ता, सत्‍य, यहोवा ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति १५ः१ * १ राजा १३ः१ * यर्मिया ३६ः१-३ * लूका ८ः११ * यूहन्‍ना ५ः३९ * प्रेरित ६ः२ * प्रेरित १२ः२४ * रोमि १ः२ * २ कोरिन्‍थी ६ः७ * एफिसी १ः१३ * २ तिमोथी ३ः१६ * याकूब १ः१८ * याकूब २ः८-९ ### बाइबलीय कथाहरूबाट उदाहरणहरूः * २५ः७ परमेश्‍वरले आफ्नो वचनमा मानिसहरूलाई आज्ञा दिनुहुन्छ, “परमप्रभु तिमीहरूका परमेश्‍वरको मात्र आराधना गर्नु र वहाँको मात्र सेवा गर्नु । “” * ३३ः६ यसैकारण येशूले व्याख्या गर्नुभयो, “त्यो बीऊ परमेश्‍वरको वचन हो । * ४२ः३ त्यसपछि येशूले तिनीहरूलाई परमेश्‍वरको वचनले मसीहको विषयमा के भन्छ त्यो व्याख्या गर्नुभयो । * ४२ः७ येशूले भन्‍नुभयो, “मैले तिमीहरूलाई भनेको छु कि परमेश्‍वरको वचनमा मेरो निम्ति लेखिएका सबै कुराहरू पूरा हुनै पर्छ ।” र तिनीहरूले परमेश्‍वरको वचन बुझ्‍न सकून् भनेर वहाँले तिनीहरूका हृदय खोलिदिनुभयो । * ४५ः१० येशूको बारेमा उसलाई सु-सन्देश सुनाउनको निम्ति फिलिपले अरू धर्मशास्‍त्रहरूको पनि प्रयोग गरे । * ४८ः१२ तर येशू सबै भन्दा महान् अगमवक्ता हुनुहुन्छ । वहाँ नै परमेश्‍वरको वचन हुनुहुन्छ । * ४९ः१८ परमेश्‍वरले तिमीहरूलाई प्रार्थना गर्न, वहाँको वचन अध्ययन गर्न, अन्य ख्रीष्‍टियानहरू सँगै आराधना गर्न, र वहाँले तिमीहरूका निम्ति गर्नुभएका कुराहरू अरूलाई बताउन भन्‍नुभएको छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0561, H0565, H1697, H3068, G30560, G44870
## परमेश्‍वरको स्वरूप, स्वरूप ### परिभाषा: “स्वरूप” शब्दले चरित्र वा सारमा उस्तै देखिने कुरोलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर पदावली “परमेश्‍वरको स्वरूप” लाई विभिन्‍न तरिकाले प्रयोग गरिएको छ । * समयको आरम्भमा परमेश्‍वरले मानव-जातिलाई “आफ्नै स्वरूपमा” अर्थात् “उहाँकै प्रतिरूपमा” सृष्‍टि गर्नुभयो । यसको अर्थ हुन्छ, कि मानिसहरूसित केही यस्ता चरित्रहरू छन् जसले परमेश्‍वरको स्वरूपको प्रतिबिम्बित गर्छन्, जस्तैः भावनाको महसुस गर्ने क्षमता, तर्क र सञ्‍चार गर्ने क्षमता र अनन्तसम्म बाँचिरहने आत्मा । * बाइबलले सिकाउँछ कि परमेश्‍वरका पुत्र येशू “परमेश्‍वरको स्वरूप” हुनुहुन्छ, जसको अर्थ हुन्छ उहाँ आफै नै परमेश्‍वर हुनुहुन्छ । मानव-जातिको विपरीत येशू सृष्‍टि गरिनुभएन । अनन्तकाल देखि नै पुत्र परमेश्‍वरमा सबै ईश्‍वरीय गुणहरू छन्, किनकि पिता परमेश्‍वरमा जस्तै उहाँमा उही सार तत्त्व छ । ### अनुवादका लागि सुझावहरूः * “परमेश्‍वरको स्वरूप” ले येशूलाई जनाउँदा यसलाई “परमेश्‍वरको वास्तविक प्रतिरूप” वा “परमेश्‍वरजस्तै सार तत्त्व” वा “परमेश्‍वरजस्तै अस्तित्व” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “परमेश्‍वरले तिनीहरूलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो” ले मानव-जातिलाई उल्लेख गर्दा यस वाक्यांशलाई “परमेश्‍वरले तिनीहरूलाई उहाँजस्तै हुन सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले आफूसित भएका गुणहरूसहित तिनीहरूलाई सृष्‍टि गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः स्वरूप, खोपिएको प्रतिमा, खोपिएको चित्र, धातुको चित्र, परमेश्‍वरका पुत्र, पुत्र येशू, पुत्र) ### बाइबलका सन्दर्भहरूः * २ कोरिन्थी ०४:३-४ * कलस्सी ०३:९-११ * उत्पत्ति ०१:२६-२७ * उत्पत्ति ०९:५-७ * याकूब ०३:९-१० * रोमी ०८:२८-३० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4541, H1544, H2553, H6456, H6459, H6754, H6816, H8403, G05040, G01790
## परीक्षा गर्नु, परीक्षा ### परिभाषा: कसैलाई परीक्षा गर्नुको अर्थ हुन्छ‒ त्यस व्यक्‍तिलाई कुनै गलत काम गर्न लगाउन कोसिस गर्नु । * कुनै व्यक्‍तिलाई कुनै गलत कुरो गर्न लगाउने काम नै परीक्षा हो । * मानिसहरू आफ्नै पापिष्‍ठ स्वभाव र अरू मानिसहरूद्वारा परीक्षामा पर्छन् । * परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न र गलत कुराहरू गरी उहाँको विरुद्धमा पाप गर्न शैतानले पनि मानिसहरूको परीक्षा गर्छ । * शैतानले येशूको परीक्षा गर्‍यो र उहाँलाई गलत कुरो गर्न लगाउन कोसिस गर्‍यो, तर येशूले शैतानका सबै परीक्षाको विरोध गर्नुभयो र उहाँले कहिल्यै पाप गर्नुभएन । * परमेश्‍वरलाई परीक्षा गर्ने कुरोलाई उल्लेख गर्न पनि यसको प्रयोग गरिएको छ जसको अर्थ हुन्छ, कि उहाँले अनाज्ञाकारीहरूलाई दण्ड दिई प्रतिक्रिया जनाउनुपर्छ भन्‍ने बुँदासम्म हठी भएर उहाँप्रति अनाज्ञाकारी भइरहनु । यसलाई परमेश्‍वरलाई गरिने “जाँच” पनि भनिन्छ । ### अनुवादका लागि सुझावहरूः * “परीक्षा गर्नु” लाई “पाप गर्न लगाउने कोसिस गर्नु” वा “लोभ्याउनु” वा “पाप गर्ने इच्छा जगाउनु” भनी अनुवाद गर्न सकिन्छ । * “परीक्षाहरू” लाई “परीक्षा गर्ने कुराहरू” वा “कसैलाई पाप गर्न लोभ्याउने कुराहरू” वा “कुनै गलत कुरो गर्न इच्छालाई जगाउने कुराहरू” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरलाई परीक्षा गर्ने सन्दर्भमा यसलाई “परमेश्‍वरलाई जाँचमा राख्‍नु” वा “परमेश्‍वरको जाँच गर्नु” वा “परमेश्‍वरको धैर्यलाई तोड्‍न कोसिस गर्नु” वा “परमेश्‍वरलाई दण्ड दिन लगाउनु” वा “हठी भएर परमेश्‍वरको आज्ञा उल्लङ्घन गरिरहनु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारिता, शैतान, दुष्‍ट, दुष्‍ट जन, पाप, पापिष्‍ठ, पापी, पाप गरिरहने, जाँच) ### बाइबलका सन्दर्भहरूः * १ थेसलोनिकी ०३:४-५ * हिब्रू ०४:१४-१६ * याकूब ०१:१२-१३ * लूका ०४:१-२ * लूका ११:३-४ * मत्ती २६:३९-४१ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२५-०१) शैतान येशूकहाँ आयो र उहाँलाई पापमा फसाउन परीक्षा गर्‍यो । * (२५-०८) येशू शैतानका परीक्षाहरूमा फस्‍नुभएन । त्यसैले, शैतानले उहाँलाई छोडेर गयो । * (३८-११) येशूका चेलाहरूलाई परीक्षामा नपरून् भनी प्रार्थना गर्न उहाँले तिनीहरूलाई बताउनुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0974, H4531, H5254, G05510, G15980, G39850, G39860, G39870
## पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा ### परिभाषा: यी सबै पदावलीहरूले पवित्र आत्मालाई जनाउँछन् जो परमेश्‍वर हुनुहुन्छ । एक मात्र साँचो परमेश्‍वर अनन्त कालदेखि पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ । * पवित्र आत्मालाई “आत्मा”, “यहोवेका आत्मा” र “सत्यताको आत्मा” भनेर पनि उल्लेख गरिएको छ । * पवित्र आत्मा परमेश्‍वर हुनुभएकोले उहाँका सारा स्वभाव र उहाँले गर्नुहुने हरेक क्रियाकलापमा उहाँ पूर्णतः पवित्र, असीमित रूपमा शुद्ध र नैतिक रूपमा सिद्ध हुनुहुन्छ । * पिता र पुत्रसँगै पवित्र आत्मा पनि संसारको सृष्‍टिमा सक्रिय हुनुहुन्थ्यो । * जब परमेश्‍वरका पुत्र येशू स्वर्गमा फर्कनुभयो, तब परमेश्‍वरको इच्छा पुरा गर्ने उद्देश्यले आफ्ना मानिसहरूलाई अगुवाइ गर्न, सिकाउन, सान्त्वना दिन र सक्षम तुल्याउन परमेश्‍वरले तिनीहरूकहाँ पवित्र आत्मा पठाउनुभयो । * पवित्र आत्माले येशूलाई अगुवाइ गर्नुभयो, र उहाँले येशूमा विश्‍वास गर्नेहरूलाई अगुवाइ गर्नुहुन्छ । ### अनुवादका लागि सुझावहरूः * “पवित्र” र “आत्मा” लाई अनुवाद गर्नका लागि प्रयोग गरिने शब्दहले यसलाई अनुवाद गर्न सकिन्छ । * यसलाई “शुद्ध आत्मा” वा “आत्मा जो पवित्र हुनुहुन्छ” वा “आत्मा परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः पवित्र, पवित्रता, आत्मा, आत्मिक, परमेश्‍वर, प्रभु, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, परमेश्‍वरका पुत्र, पुत्र, पुत्र येशू, उपहार) ### बाइबलका सन्दर्भहरूः * १ शमूएल १०:९-१० * १ थेसलोनिकी ०४:७-८ * प्रेरित ०८:१४-१७ * गलाती ०५:२५-२६ * उत्पत्ति ०१:१-२ * यशैया ६३:१० * अय्यूब ३३:४-५ * मत्ती १२:३१-३२ * मत्ती २८:१८-१९ * भजनसंग्रह ५१:१०-११ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०१-०१) तर परमेश्‍वरका आत्मा पानीमाथि हुनुहुन्थ्यो । * (२४-०८) बप्‍तिस्मा लिनुभएपछि येशू पानीबाट बाहिर आउनुहुँदा परमेश्‍वरका आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो, र तल ओर्ली उहाँमाथि बस्‍नुभयो । * (२६-०१) शैतानका परीक्षाहरूमाथि विजय हासिल गर्नुभएपछि येशू पवित्र आत्माको शक्‍तिमा गालीलको क्षेत्रमा फर्कनुभयो, जहाँ उहाँ बस्‍नुभयो । * (२६-०३) येशूले पाठ गर्नुभयो, “गरिबहरूलाई शुभ खबर सुनाउन, बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्न, दृष्‍टिनविहीनहरूलाई दृष्‍टि दिन र उत्पीडनहरूलाई मुक्‍त गर्न परमेश्‍वरले मलाई उहाँका आत्मा दिनुभएको छ । यो प्रभुको कृपाको वर्ष हो ।” * (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्‍मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।” * (४३-०३) तिनीहरू सबै पवित्र आत्माले भरिए, र तिनीहरूले अन्य भाषाहरूमा बोल्न लागे । * (४३-०८) “र आफूले प्रतिज्ञा गर्नुभएझैँ येशूले पवित्र आत्मा पठाउनुभएको छ । अहिले तपाईंहरूले देखिरहनुभएका र सुनिरहनुभएका कुराहरू पवित्र आत्माले नै हुन आउन दिनुभएको हो ।” * (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुपर्छ, ताकि परमेश्‍वमरले तपाईंहरूका पाप क्षमा गरिदिनुभएको होस् ।” * (४५-०१) तिन (स्तिफनस) को ख्याति राम्रो थियो, र तिनी पवित्र आत्मा र बुद्धिले भरिएका थिए । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3068, H6944, H7307, G00400, G41510
## पवित्र जन ### परिभाषा: बाइबलमा पदावली “पवित्र जन” प्रायः सधैँ परमेश्‍वरलाई जनाउने पद हो । * पुरानो करारमा यो पद “इस्राएलका पवित्र जन” भन्‍ने पदावलीमा अक्सर प्रयुक्‍त हुन्छ । * नयाँ करारमा येशूलाई पनि “पवित्र जन” को रूपमा उल्लेख गरिएको छ । * बाइबलमा कहिले काहीँ स्वर्गदूतलाई जनाउन पनि पदावली “पवित्र जन” को प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * शाब्दिक शब्द “पवित्र” हो ( “जन” अङ्कित गरिएको हो) । धेरै भाषाहरू (जस्तैः अङ्ग्रेजी) ले यसलाई समावेश गरिएको अङ्कित नामसहित (जस्तैः “जन” वा “परमेश्‍वर” ) अनुवाद गर्नेछन् । * यसलाई “परमेश्‍वर जो पवित्र हुनुहुन्छ” वा “अलग गरिनुभएका जन” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “इस्राएलका पवित्र जन” लाई “इस्राएलले पूज्‍ने पवित्र परमेश्‍वर” वा “इस्राएलमाथि शासन गर्नुहुने पवित्र जन” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “पवित्र” लाई अनुवाद गर्न जुन शब्द वा पदावलीको प्रयोग गरिन्छ, त्यही शब्दको प्रयोग गरेर यसलाई अनुवाद गर्नु उत्तम हुन्छ । (पवित्र, पवित्रता, परमेश्‍वर) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०२:२०-२१ * २ राजा १९:२०-२२ * प्रेरित ०२:२७-२८ * प्रेरित ०३:१३-१४ * यशैया ०५:१५-१७ * यशैया ४१:१४-१५ * लूका ०४:३३-३४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2623, H0376, H6918, G00400, G37410
## पवित्र बनाउनु, पवित्रकरण ### परिभाषा: पवित्र बनाउनु भनेको अलग गर्नु वा पवित्र पार्नु हो । पवित्रकरण भनेको पवित्र बनाउने प्रक्रिया हो । * पुरानो करारमा परमेश्‍वरको सेवाको निम्ति केही मानिसहरू र थोकहरूलाई पवित्र बनाइन्थ्यो वा अलग गरिन्थ्यो । * परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूलाई पवित्र बनाउनुहुन्छ भनी नयाँ करारले सिकाउँछ । अर्थात, उहाँले तिनीहरूलाई पवित्र बनाउनुहुन्छ र उहाँको सेवा गर्नलाई अलग गर्नुहुन्छ । * येशूमा विश्‍वास गर्नेहरूलाई परश्‍वरप्रति आफैँलाई पवित्र बनाउन र उनीहरूले गर्ने हरेक कुरामा पवित्र हुनलाई पनि आज्ञा दिइएको छ । ### अनुवादका निम्ति सुझावहरूः * सन्दर्भअनुसार, “पवित्र बनाउनु” शब्दलाई “अलग गर्नु” वा “पवित्र पार्नु” वा “शुद्ध पार्नु” भनी अनुवाद गर्न पनि सकिन्छ । * मानिसहरूले आफैँलाई पवित्र बनाउछन् भन्‍नुको तात्पर्य उनीहरूले आफैँलाई शुद्ध बनाउछन् र परमेश्‍वरको सेवाप्रति आफैँलाई समर्पण गर्छन् । बाइबलमा “समर्पण गर्नु” लाई यो अर्थसहित प्रायः प्रयोग गरिन्छ । * “समर्पण गर्नु” को अर्थसँग यो शब्दलाई “कसैलाई (वा केहीलाई) परमेश्‍वरको सेवामा समर्पण गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भअनुसार, “तिमीहरूको पवित्रकरण” लाई “तिमीहरूले आफैँलाई पवित्र बनाउदै” वा “तिमीहरूलाई (परमेश्‍वरको निम्ति) अलग गर्दै” वा “तिमीहरूलाई जेले पवित्र बनाउछ” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः समर्पण गर्नु, पवित्र, पवित्रता, अलग गर्नु) ### बाइबल खण्डहरूः * १ थेसलोनिकी ०४:३-६ * २ थेसलोनिकी ०२:१३-१५ * उत्पत्ति ०२:१-३ * लूका ११:२ * मत्ती ०६:८-१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6942, G00370, G00380
## पवित्र वासस्थान ### परिभाषा: पवित्र वासस्थान एउटा विशेष पालजस्तो संरचना थियो जहाँ इस्राएलीहरू ४० वर्षसम्म मरुभूमिमा यात्रा गर्दा तिनीहरूले परमेश्‍वरको आराधना गर्थे । * यो ठुलो पाल निर्माणको लागि परमेश्‍वरले इस्राएलीहरूलाई सबिस्तार निर्देशनहरू दिनुभएको थियो । यसका दुईवटा कोठा हुन्थे र यसको वरिपरि बन्द गरिएको चोक हुन्थ्यो । * हरेक पटक इस्राएलीहरू मरुभूमिको अर्को ठाउँमा बस्‍नलाई जाँदा पूजाहारीहरूले पवित्र वासस्थानलाई भताभुङ्ग पारी त्यसलाई अर्को शिविर स्थलमा ओसारेर लैजान्थे । त्यसपछि तिनीहरूले आफ्ना नयाँ शिविरको बिचमा त्यसलाई पुनः खडा गर्थे । * पवित्र वासस्थान काठका संरचनाहरूबाट बनाइएको थियो जसमा कपडा, बाख्राको भुत्ला र जनावरका छालाहरूबाट बनेका पर्दाहरू झुण्ड्याइन्थे । यसलाई घेर्ने चोकलाई थप पर्दाहरूबाट घेरिन्थ्यो । * पवित्र वासस्थानका दुईवटा कोठा पवित्र स्थान (जहाँ धूप बाल्ने वेदी राखिन्थ्यो) र महा-पवित्रस्थान (जहाँ करारको सन्दुक राखिन्थ्यो) थिए । * पवित्र वासस्थानको चोकमा जनावरहरूको बलिदानको लागि एउटा वेदी र धार्मिक शुद्देइँको लागि धुने बाटा राखिन्थे । * यरूशलेममा सोलोमनको मन्दिर बनेपछि इस्राएलीहरूले पवित्र वासस्थानलाई प्रयोग गर्न छाडे । ### अनुवादका लागि सुझावहरूः * पदावली “पवित्र वासस्थान” को अर्थ हुन्छः “बास गर्ने स्थान ।” यसलाई “भेट हुने पाल” वा “पवित्र पाल” वा “परमेश्‍वर हुनुहुने ठाउँ” वा “परमेश्‍वरको पाल” भनी अनुवाद गर्न सकिन्छ । * यो शब्‍दको  अनुवाद "मन्‍दिर" को अनुवाद भन्‍दा फरक छ भनी सुनिश्‍चित गर्नुहोस्। (हेर्नुहोस्ः वेदी, धूपको वेदी, करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको करार, मन्दिर) ### बाइबलका सन्दर्भहरूः * १ इतिहास २१:२८-३० * २ इतिहास ०१:२-५ * प्रेरित ०७:४३ * प्रेरित ०७:४४-४६ * प्रस्थान ३८:२१-२३ * यहोशू २२:१९-२० * लेवी १०:१६-१८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0168, H4908, H5520, H5521, H5522, H7900, G46330, G46340, G46360, G46380
## पवित्र, पवित्रता ### परिभाषा: शब्दहरू “पवित्र” र “पवित्रता” ले परमेश्‍वरको त्‍यस चरित्रलाई जनाउँछन् जुन हरेक पापिष्‍ठ र असिद्ध कुराबाट पूर्णतः अलग र पृथक् छ । * केवल परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ । उहाँले मानिसहरू र वस्तुहरूलाई पवित्र बनाउनुहुन्छ । * पवित्र व्यक्‍ति परमेश्‍वरको हुन्छ, र त्यसलाई उहाँको सेवा गर्न र उहाँको महिमा ल्याउन अलग गरिएको हुन्छ । * परमेश्‍वरले पवित्र भनी घोषणा गर्नुभएको वस्तु त्यो वस्तु हो जुन उहाँले आफ्नो महिमा र प्रयोगको लागि अलग गर्नुभएको छ (जस्तैः उहाँका निम्ति बलिदानहरू चढाउन राखिएको वेदी) । * परमेश्‍वर पवित्र हुनुभएकोले मानिसहरूलाई उहाँले अनुमति नदिनुभएसम्म तिनीहरू उहाँकहाँ आउन सक्दैनन्, किनकि तिनीहरू केवल मानिसहरू हुन् जो पापिष्‍ठ र असिद्ध छन् । * पुरानो करारमा परमेश्‍वरलाई विशेष सेवा पुर्‍याउन उहाँले पूजाहारीहरूलाई पवित्र समूहको रूपमा अलग गर्नुभयो । परमेश्‍वरकहाँ जान तिनीहरू विधिपूर्वक शुद्ध पारिनुपर्थ्‍यो । * विशेष ठाउँ र वस्तुहरूलाई पनि परमेश्‍वरले पवित्र चिजहरूको लागि अलग गर्नुभयो, जसमा उहाँले आफैलाई प्रकट गराउनुहुन्थ्यो । मन्दिर एउटा त्यस्तै ठाउँ थियो । शाब्‍दिक रूपमा, "अपवित्र" शब्‍दको अर्थ "पवित्र होइन्।" यसले कसैलाई वा कुनै चिजको वर्णन गर्दछ जसले परमेश्‍वरलाई आदर गर्दैन। * यो शब्‍द परमेश्‍वरको विरुद्धमा विद्रोह गरेर अनादर गर्ने व्‍यक्‍तिलाई वर्णन गर्न प्रयोग गरिन्‍छ। * "अपवित्र" भनिने कुरालाई सामान्‍य, अपवित्र वा अशुद्ध भनेर वर्णन गर्न सकिन्‍छ। यो परमेश्‍वरको स्‍वामित्‍वमा छैन्। "पवित्र" शब्‍दले परमेश्‍वरको उपासना वा झूटा देवताहरूको मूर्तिपूजासँग सम्‍बन्‍धित कुरालाई वर्णन गर्छ। * पुरानो करारमा, "पवित्र" शब्‍द प्रायः ढुङ्गामा स्‍तम्‍भहरू र झूटा देवताहरूको पूजामा प्रयोग गरिने अन्‍य वस्‍तुहरूलाई वर्णन गर्न प्रयोग गरिएको थियो। यसलाई "धार्मीक" भनेर पनि अनुवाद गर्न सकिन्‍छ। * "पवित्र गीतहरू" र "पवित्र सङ्गीत" ले परमेश्‍वरको महिमाको लागि गाइएका वा बजाइएको सङ्गीतलाई जनाउँछ। यसलाई "यहोवाको उपासना गर्ने संगीत" वा "परमेश्‍वरको उपासना गर्ने संगीत" वा "परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू" भनी अनुवाद गर्न सकिन्‍छ। * "पवित्र कर्तव्‍यहरू" वाक्‍यांशले "धार्मिक कर्तव्‍यहरू" वा "अनुष्‍ठानहरू" लाई जनाउँछ जुन पूजहारीले मानिहरूलाई परमेश्‍वरको उपासना गर्न अगुवाइ गर्ने गर्दछ। यसले झूटा देवताको पुजारीले गरेको अनुष्‍ठानलाई पनि बुझाउन सक्‍छ। ### अनुवादका लागि सुझावहरूः * शब्द “पवित्र” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको” वा “परमेश्‍वरको” वा “पूर्णतः शुद्ध” वा “सिद्ध रूपमा पापरहित” वा “पापबाट अलग” भनी अनुवाद गर्न सकिन्छ । * “पवित्र पार्नु” लाई अङ्ग्रेजीमा अक्सर “पवित्र तुल्याउनु” भनी अनुवाद गरिन्छ । यसलाई “परमेश्‍वरको महिमाको लागि (कसैलाई) अलग गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * "अपवित्र" लाई अनुवाद गर्ने तरिकाहरूमा "पवित्र छैन" वा "परमेश्‍वरको होइन" वा "परमेश्‍वरलाई आदर नगर्ने" वा "ईश्‍वरिय होइन" भन्‍ने अनुवादहरू समावेश हुन सक्‍छ। * केही सन्‍दर्भहरूमा, "अपवित्र" लाई "अपवित्र" भनेर अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, अर्पण गर्नु, पवित्र तुल्याउनु, शुद्धिकरण, अलग गर्नु) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ती २८ः२२ * २ राजा ३ः२ * विलाप ४ः१ * इजकिएल २०:१८-२० * मत्ती ०७:६ * मर्कूस ०८:३८ * प्रेरित ०७:३३-३४ * प्रेरित ११ः८ * रोमी ०१:१-३ * २ कोरिन्‍थी १२ः३-५ * कलस्सी ०१:२१-२३ * १ थेसलोनिकी ०३:११-१३ * १ थेसलोनिकी ०४:७-८ * २ तिमोथी ३ः१५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०१-१६) उहाँ (परमेश्‍वर) ले सातौँ दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो, किनकि यही दिनमा नै उहाँले आफ्ना कामबाट विश्राम लिनुभयो । * (०९-१२) “तिमी पवित्र भूमिमा उभिँदै छौ ।” * (१३-०२) “तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करारलाई पालन गर्‍यौ भने तिमीहरू मेरा मूल्यवान् सम्पत्ति, पूजाहारीको राज्य र पवित्र जाति हुनेछौ ।” * (१३-०५) “शबाथ-दिनलाई सधैँ पवित्र राख्‍नू ।” * (२२-०५) “त्यसैले, ती बच्‍चा पवित्र, परमेश्‍वरका पुत्र हुनुहुनेछ ।” * (५०-०२) हामीले येशूको आगमनलाई प्रतीक्षा गरिरहँदा हामीले पवित्र र परमेश्‍वरलाई आदर दिने हिसाबले बाँचेको उहाँ चाहनुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0430, H2455, H2623, H4676, H4720, H6918, H6922, H6942, H6944, H6948, G00370, G00380, G00400, G00400, G00410, G00420, G04620, G18590, G21500, G24120, G24130, G28390, G37410, G37420
## पवित्रस्थान ### परिभाषा: “पवित्रस्थान” शब्दले शाब्दिक अर्थ “पवित्र ठाउँ” हो र यसले परमेश्‍वरले पवित्र र स्वच्छ बनाउनु भएको कुरालाई जनाउछ । यसले संरक्षण र सुरक्षा दिने ठाउँलाई पनि जनाउछ । * पुरानो करारमा “पवित्रस्थान” शब्द “पवित्र स्थान” र “महा पवित्र स्थान” भएको पवित्रस्थान वा मन्दिरलाई जनाउँछ । * परमेश्‍वरले पवित्रस्थान भन्‍नाले उहाँ उहाँका मनिसहरू अर्थात इस्राएलीहरूमाझ बसोवास गर्ने ठाउँलाई जनाउनुभयो । * उहाँले आफैँलाई पनि “पवित्रस्थान” वा उहाँका मानिसहरूले संरक्षण पाउन सक्‍ने सुरक्षित ठाउँको रूपमा बताउनुभयो । ### अनुवादका निम्ति सुझावहरूः * यो शब्दको आधारभूत अर्थ “पवित्र ठाउँ” वा “अलग गरिएको ठाउँ” भन्‍ने हुन्छ । * “पवित्रस्थान” शब्दलाई सन्दर्भअनुसार “पवित्र ठाउँ” वा “पवित्र भवन” वा “परमेश्‍वरको पवित्र वासस्थान” वा “संरक्षणको पवित्र ठाउँ” वा “सुरक्षाको पवित्र ठाउँ” भनी अनुवाद गर्न सकिन्छ । * “पवित्रस्थानको शेकेल” भन्‍ने शब्द समूहलाई “पवित्रस्थानको निम्ति दिइएको किसिमको शेकेल” वा “मन्दिरको हेरचाह गर्नलाई कर तिर्न प्रयोग गरिने शेकेल” भनी अनुवाद गर्न सकिन्छ । * नोटः यो शब्दले आजका आधुनिक मण्डलीको आराधना भवनलाई नजनाओस् भन्‍ने कुरामा होसियार हुनुहोस् । (हेर्नुहोस्ः पवित्र,  पवित्र आत्मा, पवित्रता, अलग गरिएको, पवित्र वासस्थान, कर,  मन्दिर) ### बाइबल खण्डहरूः * आमोस ०७:१२-१३ * प्रस्थान २५:३-७ * इजकिएल २५:३-५ * हिब्रू ०८:१-२ * लूका ११:४९-५१ * गन्ती १८:१-२ * भजनसंग्रह ०७८:६७-६९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4720, H6944, G00400
## पवित्रस्थान, महा-पवित्रस्थान ### परिभाषा: बाइबलमा शब्दहरू “पवित्रस्थान” र “महा-पवित्रस्थान” ले पवित्र वासस्थान वा मन्दिरमा भएका दुईवटा कोठालाई जनाउँछन् । कहिले काहीँ “पवित्रस्थान” ले साधारणतया परमेश्‍वरको लागि अलग गरिएको कुनै पनि स्थानलाई जनाउँछ । * “पवित्रस्थान” र “महा-पवित्रस्थान” पवित्र वासस्थान वा मन्दिरमा पर्खाल लगाइएका चोकहरूद्वारा घेरिएको भवनका कोठाहरू थिए । महा-पवित्रस्थानको प्रवेशमा बाक्लो, गर्‍हुङ्गो पर्दा झुण्ड्याइएको हुन्थ्यो । * परमेश्‍वर प्रधान पूजाहारीसित भेट गर्न आउनुहुन्थ्यो जसले सबै इस्राएलीहरूको प्रतिनिधित्व गर्थे । * प्रधान पूजाहारीलाई मात्रै महा-पवित्रस्थानभित्र प्रवेश गर्ने अनुमति थियो । एउटा बाक्लो, गर्‍हुङ्गो पर्दाले जो कसैलाई पनि प्रवेश गर्नबाट रोक्थ्यो । * “पवित्रस्थान” पहिलो कोठा थियो जसमा दुईवटा कुरा थिएः धूपको वेदी र अर्पण गरिएको टेबुल जसमाथि रोटी राखिन्थ्यो । * “महा-पवित्रस्थान” दोस्रो कोठा थियो जुन सबैभन्दा भित्री कोठा थियो र यसमा करारको सन्दुक राखिन्थ्यो । * कहिले काहीँ “पवित्रस्थान” ले मन्दिर वा पवित्र वासस्थानको सम्पूर्ण संरचनालाई उल्लेख गर्छ । ### अनुवादका लागि सुझावहरूः * शब्द “पवित्रस्थान” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको कोठा” वा “परमेश्‍वरलाई भेट गर्ने विशेष कोठा” वा “परमेश्‍वरको निम्ति छुट्टयाइएको स्थान” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “महा-पवित्रस्थान” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको कोठा” वा “परमेश्‍वरलाई भेट गर्ने ज्यादै विशेष कोठा” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भमा आधारित रहेर शब्द “पवित्रस्थान” लाई “अर्पित स्थान” वा “परमेश्‍वरले अलग गर्नुभएको स्थान” वा “मन्दिरको संरचनामा भएको पवित्र ठाउँ” वा “परमेश्‍वरको मन्दिरको चोक” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको सन्दुक, पवित्र, पवित्रता, अलग गरिएको, पवित्र वासस्थान, मन्दिर) ### बाइबलका सन्दर्भहरूः * १ राजा ०६:१६-१८ * प्रेरित ६ः१२-१५ * प्रस्थान २६:३१-३३ * प्रस्थान ३१:१०-११ * इजकिएल ४१:१-२ * एज्रा ०९:८-९ * हिब्रू ०९:१-२ * लेवी १६:१७-१९ * मत्ती २४:१५-१८ * प्रकाश १५:५-६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1964, H4720, H4725, H5116, H6918, H6944, G00400, G00400, G34850, G51170
## पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप ### परिभाषा: “पश्‍चात्ताप गर्नु” र “पश्‍चताप” ले पापलाई छोड्नु र परमेश्‍वरतिर फर्कनुलाई जनाउछ । * “पश्‍चाताप गर्नु” को शब्दिक अर्थ “मनको परिवर्तन” हो । * बाइबलमा “पश्‍चाताप गर्नु” को अर्थ सामान्यतयाः पापपूर्ण अर्थात् मानविय तरिकाको सोच वा कामलाई छोड्नु, र परमेश्‍वरको तरिकाको सोच र कामतिर फर्कनु हो । * जब मानिसहरूले साँचो तवरले तिनीहरूका पापहरूका पश्‍चात्ताप गर्छन्, परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनुहुन्छ, र उहाँको आज्ञा पालन गर्न तिनीहरूलाई सहायता गर्नुहुन्छ । ### अनुवादका निम्ति सुझावहरूः * “पश्‍चात्ताप गर्नु” लाई “(परमेश्‍वरतर्फ) फर्कनु” वा “पापलाई छोडेर परमेश्‍वरतिर फर्कनु” वा “पापबाट टाढा भएर परमेश्‍वरतर्फ फर्कनु” भन्‍ने अर्थ भएका शब्द वा शब्द समूहहरूमा अनुवाद गर्न सकिन्छ । * प्रायः “पश्‍चाताप” लाई “पश्‍चाताप गर्नु” भन्‍ने क्रियालाई प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “परमेश्‍वरले इस्राएललाई पश्‍चाताप दिनुभएको छ” लाई “परमेश्‍वरले इस्राएललाई पश्‍चताप गर्न सक्षम बनाउनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ । * “पश्‍चाताप” लाई अनुवाद गर्ने अरू तरिकाहरूमा “पापबाट फर्कनु” वा “पापबाट दूर भएर परमेश्‍वरतिर फर्केर” पर्छन् । (हेर्नुहोस्ः क्षमा गर्नु, क्षमा, पाप, पापूर्ण, पापी, पाप गरिरहने, फर्कनु) ### बाइबलका खण्डहरूः * प्रेरित ०३:१९-२० * लूका ०३:३ * लूका ०३:८ * लूका ०५:२९-३२ * लूका २४:४५-४७ * मत्ती ०३:१-३ * मत्ती ०३:१०-१२ * मत्ती ०४:१७ * मर्कूस ०१:१४-१५ * रोमी ०२:३-४ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (१६-०२) धेरै वर्षसम्म परमेश्‍वरको अवज्ञा गरेर तिनीहरूका शत्रुहरूको अत्याचारमा परेपछि, इस्राएलीहरूले पश्‍चाताप गरे, र तिनीहरूलाई छिटकारा दिन परमेश्‍वरसँग बिन्ती गरे । * (१७-१३) दाऊदले उनका पापको पश्‍चाता गरे, र परमेश्‍रले उनलाई क्षमा गर्नुभयो । * (१९-१८) उनीहरूले पश्‍चाताप गरेनन् भने परमेश्‍वरले उनीहरूलाई नाश पार्नुहुने थियो भनी तिनीहरूले (अगमवक्‍ताहरूले) मानिसहरूलाई चेतावनी दिए । * (२४-०२) यूहन्‍नाको कुरा सुन्‍नलाई धेरै मानिसहरू उजाडस्थानतिर आए । उनले तिनीहरूलाई, “पश्‍चाताप गर, किनभने परमेश्‍वरको राज्य नजिक छ” भन्दै प्राचार गरे । * (४२-०८) “तिनीहरूका पापहरूका क्षमा पाउनको लागि हरेकले पश्‍चताप गर्नुपर्छ भनी मेरा चेलाहरूले प्राचार गर्नेछन् भनी धर्मशास्‍त्रमा लेखिएको छ ।” * (४४-०५) “त्यसैले, पश्‍चाताप गर्नुहोस्, र परमेश्‍वरतिर फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू पाखालियोस् ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5150, H5162, H5164, G02780, G33380, G33400, G33410
## पाखण्डी, पाखण्ड ### परिभाषा: “पाखण्डी” शब्दले त्यस्तो व्यक्‍तिलाई जनाउँछ जसले धार्मिक कुराहरू गरेको जस्तो देखिन्छ, तर गोप्य रूपमा दुष्‍ट कुराहरू गर्छ । “पाखण्ड” शब्दले त्यस्तो व्यवहारलाई जनाउँछ जसले त्यस्तो व्यवहार गर्ने व्यक्‍ति धार्मिक छ भनी मानिसहरूलाई सोच्‍न लगाई ठग्‍ने काम गर्छ । * पाखण्डीहरूले असल कुराहरू गरेको देखाउन चाहन्छन्, ताकि तिनीहरू असल मानिसहरू हुन् भनी अरूले विचार गरून् । * अक्सर अरूहरूले पापिष्‍ठ कुराहरू गरेको कारणले पाखण्डीले तिनीहरूको आलोचना गर्छन् जुन कुरो त्यो आफैले गर्ने गर्छ । * येशूले फरिसीहरूलाई पाखण्डीहरू भन्‍नुभयो, किनकि तिनीहरूले निश्‍चित वस्‍त्रहरू लगाउने र निश्‍चित खानेकुराहरू खानेजस्ता धार्मिक गतिविधिहरू गर्थे, तर तिनीहरू मानिसहरूप्रति दयालु वा निष्पक्ष हुँदैनथ्ये । * एउटा पाखण्डीले अरू मानिसहरूमा दोष औँल्याउँछ, जब कि उसले आफ्नै दोष भने मानिलिँदैन । ### अनुवादका लागि सुझावहरूः * केही भाषाहरूमा “दोधारे” जस्ता टुक्‍का छ जसले पाखण्डी वा पाखण्डीका क्रियाकलापहरूलाई जनाउँछ । * “पाखण्डी” शब्दलाई “ठग” वा “कपटी” वा “घमण्डी, छली व्यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “पाखण्ड” शब्दलाई “छल” वा “झुटा क्रियाकलापहरू” वा “कपट” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * गलाती ०२:१३-१४ * लूका ०६:४१-४२ * लूका १२:५४-५६ * लूका १३:१५-१६ * मत्ती ०६:१-२ * मर्कूस ०७:६-७ * रोमी १२:९-१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0120, H2611, H2612, G05050, G52720, G52730
## पाप, पापूर्ण, पापी, पाप गर्दै ### परिभाषा: “पाप” शब्दले परेश्‍वरको इच्‍छा र व्यवस्थाविरुद्धका कार्यहरू, विचारहरू र वचनहरूलाई जनाउँछ । पापले परमेश्‍वरले हामीले गरेको चाहनुभएको कुरा नगर्नुलाई पनि जनाउँछ । * पापमा परमेश्‍वरको आज्ञा पालन नगर्ने वा उहाँलाई खुसी नपार्ने हामीले गर्ने कुनै पनि कुरा र अरू मानिसहरूले थाहा नपाएका कुराहरू पनि पर्छन् । * परमेश्‍वरको इच्छा पालन नगर्ने विचारहरू वा कार्यहरूलाई “पापपूर्ण” भनिन्छ । * आदमले पाप गरेका हुनाले, सबै मानवजातिहरू उनीहरूलाई नियन्‍त्रण गर्ने पापपूर्ण स्वभावसँगै जन्मन्छन् । * पाप गर्ने मानिस नै पापी हो, त्यसैले हरेक मानिस पापी हो । * फरिसी जस्ता धार्मिक अगुवाहरूले कहिले कहीँ व्यवस्था साथै उनीहरूले पलना गर्नुपर्छ भनेका कुराहरू पालना नगर्नेहरूलाई पनि “पापीहरू” भन्‍ने शब्द प्रयोग गर्थे । * “पापीहरू” शब्द अरू मानिसहरूभन्दा पनि अझ पापी ठानिएका मानसहरूलाई पनि प्रयोग गरिन्थ्यो । उदाहरणको लागि, यो दर्जा कर उठाउनेहरू र बेश्यहरूलाई दिइन्थ्यो । ### अनुवादका निम्ति सुझावहरू * “पाप” शब्दलाई “परमेश्‍वरप्रतिको अनाज्ञाकारिता” वा “परमेश्‍वरको इच्छाविरुद्ध जाने” वा “दुष्‍ट व्यवहार र विचारहरू” वा “गलतकार्य” भन्‍ने शब्दहरूमा अनुवाद गर्न सकिन्छ । * “पाप गर्नु” लाई “परमेश्‍वरको अनाज्ञकारी हुनु” वा “गलत गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भअनुसार “पापी” लाई “पाप गर्ने व्यक्‍ति” वा “गलत थोकहरू गर्ने व्यक्‍ति” वा “परमेश्‍वप्रति अनाज्ञाकारी व्यक्‍ति” वा “व्यवस्था भङ्ग गर्ने व्यक्‍ति” भन्‍ने शब्द वा शब्द समूहहरूमा अनुवाद गर्न सकिन्छ । * “पापीहरू” लाई “धेरै पापपूर्ण मानिस” वा “धेरै पापी ठानिएको मानिस” वा “अनैतिक मानिस” भन्‍ने शब्द वा शब्द समूहहरूमा अनुवाद गर्न सकिन्छ । * “कर उठाउनेहरू र पापीहरू” लाई अनुवाद गर्ने तरिकाहरूमा “सरकारको निम्ति पैसा उठाउनेहरू र अरू धेरै पापपूर्ण मानिसहरू” वा “कर उठाउनेहरूसहित धेरै पापपूर्ण मानिसहरू” पर्छन् । * “पापका दासहरू” वा “पापद्वारा शासित” जस्ता अभिव्यक्‍ति, “पाप” शब्दलाई “अनाज्ञाकारिता” वा “दुष्‍ट इच्छाहरू र कार्यहरू” भनी अनुवाद गर्न सकिन्छ । * यो शब्दलाई अनुवाद गर्दा यसमा अरू मानिसहरूले नदेखेका वा थाहा नपाएका पापपूर्ण आचरण र विचारहरू परून् भन्‍ने कुरा ख्याल गर्नुहोस् । * “पाप” शब्द सामान्य हुनुपर्छ र “दुष्‍टता” वा “दुष्‍ट” को निम्ति प्रयोग गरिने शब्दभन्दा फरक हुनुपर्छ । (हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारिता, दुष्‍ट, दुष्‍ट(व्‍यक्‍ति), दुष्‍टता, शरीर, कर उठाउने) ### बाइबल खण्डहरूः Data: * १ इतिहास ९ः१-३ * १ यूहन्‍ना १ः१० * १ यूहन्‍ना २ः२ * २ शामूयल ७ः१२-१४ * प्रेरित ३ः१९ * दानिएल ९ः२४ * उत्‍पत्ति ४ः७ * हिब्रू १२ः२ * यशैया ५३ः११ * यर्मिया १८ः२३ * लेवि ४ः१४ * लूका १५ः१८ * मत्ति १२ः३१ * रोमि ६ः२३ * रोमि ८ः४ ### बाइबलका कथाहरूबाटका उदाहरणहरूः * (०३-१५) परमेश्‍वरले भन्‍नुभयो, “अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैन, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन् ।” * (१३-१२) परमेश्‍वर तिनीहरूसँग तनीअरूका पापको कारण धेरै रिसाउनुभयो, र तिनीहरूलाई विनाश पार्ने योजना बाउनुभयो । * (२०-०१) इस्राएल र यहूदाका राज्य दुवैले परमेस्‍वरविरुद्ध पाप गरे । तिनीहरूले सिनै पर्वतमा परमेश्‍वरले तिनीहरूसँग बाँध्‍नुभएको करारलाई तोडे । * (२१-१३) मसीह सिद्ध अर्थात पापरहित हुनुहुने थियो भनी अगमवक्‍ताहरूले भने । उहाँ मानिसहरूका पापको निम्ति दण्ड भोग्‍नलाई मर्नुहुने थियो । * (३५-०१) एक दिन,येशूले कर उठाउनेहरू र उहाँका कुरा सुन्‍नलाई भेला भएकाहरूलाई सिकउँदै हुनुहुन्थ्यो । * (३८-०५) तब येशूले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो पिओ । यो पापहरूका क्षमाको निम्ति बगाइएको नयाँ करारको मेरो रगत हो ।” * (४३-११) पत्रुसले तिनीहरूलाई जवाई दिए, “तपाईहरू हरेकले पश्‍चताप गर्नु र येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईहरूका पापहरू क्षमा गर्नुभएकोहोस् ।” * (४८-०८) हामी हाम्रा पापहरूमा मर्न योग्यका छौं । * (४९-१७) तपाईंहरू ख्रीष्‍टियानहरू नै भए पनि, तपाईंहरूलाई पाप गर्ने परिक्षा अझ हुनेछ । तर परमेश्‍वर इमानदार हुनुहुन्छ, र उहाँले भन्‍नुहुन्छ तिमीहरूले पाप गरे पनि, उहाँले तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई पापविरुद्ध लड्नलाई सामर्थ्य दिनुहुनेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0817, H0819, H2398, H2399, H2400, H2401, H2402, H2403, H2408, H2409, H5771, H6588, H7683, H7686, G02640, G02650, G02660, G02680, G03610, G37810, G39000, G42580
## पास्टर ### परिभाषा: “पास्टर” शब्द शाब्दिक रूपमा “गोठालो” शब्दजस्तै हो । यो विश्‍वासीहरूका एउटा समूहको आत्मिक अगुवाको लागि पदवीको रूपमा प्रयोग गरिन्छ । * अङ्ग्रजी बाइबलमा “पास्टर” शब्द एफिसिको पुस्तकमा एक पटक मात्र उल्लेख गरिएको छ । यो अन्यत्र “गोठालो” भनी अनुवाद गरिएको शब्दजस्तै हो । * केही भाषाहरुमा “पास्टर” को लागि प्रयोग गरिने शब्द “गोठालो” को लागि प्रयोग गरिने शब्दसँग मेल खान्छ । * यो र येशूलाई “असल गोठालो” को रुपमा जनाउन प्रयोग गरिएको शब्द उही हो । ### अनुवादका निम्ति सुझावहरु * लक्षित भाषामा यो शब्दलाई “गोठालो” को लागि प्रयोग गरिने शब्दमा अनुवाद गर्नु उत्तम हुन्छ । * यो शब्द अनुवाद गर्ने अर्को तरिकामा “आत्मिक गोठालो” वा “गोठाला गर्ने ख्रीष्‍टियन अगुवा” पर्न सक्छन् । (हेर्नुहोस्ः गोठालो, भेडा, ) ### बाइबलका खण्डहरूः * एफिसी ०४:११-१३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7462, G41660
## पुनरुत्थान ### परिभाषा: “पुनरुत्थान” ले मरेपछि फेरि जीवित हुने कार्यलाई जनाउछ । * कुनै व्यक्‍ति पुनरुत्थान हुनु भनेको त्यो व्यक्‍ति फेरि जीवनमा आउनु हो । यो काम गर्ने शक्‍ति परमेश्‍वरसँग मात्र छ । * “पुनरुत्थान” ले प्रायः येशू ख्रीष्‍ट उहाँको मृत्युपछि फेरि जीवित हुनुभएको कुरालाई जनाउछ । * जब येशूले भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ” उहाँको आशय उहाँ नै पुनरुत्थानको श्रोत हुनुहुन्छ, र उहाँले नै मानिसहरूलाई फेरि जीवनतिर फर्कन लगाउनु हुन्छ भन्‍ने हो । ### अनुवादका निम्ति सुझावहरूः * “पुनरुत्थान” लाई “फेरि जीवनतिर फर्कनु” वा “मरेपछि फेरी जीवित हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * यसको शाब्दिक अर्थ “बौरी उठ्नु” वा “(मृत्युबाट) उठाइनु” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः जीवन, जिउनु, जिउँदो, जीवित, मृत्यु, मृत, उठाउनु, उठ्नु, उठेको) ### बाइबलका खण्डहरूः * १ कोरिन्थी १५:१२-१४ * १पत्रुस ०३:२१-२२ * प्रेरित ०२:२९-३१ * हिब्रू ११:३५-३८ * यूहन्‍ना ०५:२८-२९ * लूका २०:२७-२८ * लूका २०:३४-३६ * मत्ती २२:२३-२४ * मत्ती २२:२९-३० * फिलिप्‍पी ०३:८-११ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (२१-१४) मसीहको मृत्यु र पुनरुत्थानद्वारा परमेश्‍वरले पापीहरूलाई बचाउने उहाँको योजना पुरा गर्नुहुनेछ र नयाँ करार सुरु गर्नुहुनेछ । * (३७-०५) येशूले जवाफ दिनुभयो, “म पुनरुत्थान र जीवन हुँ । ममा विश्‍वास गर्ने मरे तापनि जिउनेछ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G03860, G14540, G18150
## पुनर्स्थाना गर्नु, पुनर्स्थापना ### परिभाषा: “पुनर्स्थापना गर्नु” र “पुनर्स्थापना” ले कुनै थोक यसको मौलिक र अझ राम्रो अवस्थातिर फर्कन लगाउनुलाई जनाउछ । * जब रोग लागेको शरीरको अङ्ग पुनर्स्थापित हुन्छ, यसको अर्थ त्यो “निको भएको” छ । * पुनर्स्थापित तोडिएको सम्बन्ध “मिलाप गरिएको” हो । परमेश्‍वरले पापी मानिसहरूलाई पुनर्स्थापना गर्नुहुन्छ, र तिनीहरूलाई फेरि उहाँकहाँ फर्काएर ल्याउनु हुन्छ । * यदि मानिसहरूलाई तिनीहरूको आफ्नै स्वदेशमा पुनर्स्थापना गरिएका छन् भने यसको अर्थ तिनीहरूलाई त्यही देशमा “फर्केर ल्याइएको” वा “फर्काइएको” छ । ### अनुवादका निम्ति सुझावहरूः * सन्दर्भअनुसार “पुनर्स्थापना गर्नु” लाई अनुवाद गर्ने तरिकाहरूमा “नविकरण गर्नु” वा “वापस तिर्नु” वा “फर्कनु” वा “निको पार्नु” वा “फर्काएर ल्याउनु” पर्छन् । * यो वाक्य-पद्धतिको निम्ति “नयाँ बनाउनु” वा “फेरि नयाँ जस्तो बनाउनु” हुनसक्छ । * जब सम्पत्ति “पुनर्स्थापना गरिन्छ” यसको अर्थ “मरम्मत गरेको” वा “प्रतिस्थापन गरेको” वा यसको मालिकलाई नै “फिर्ता दिएको” हुन्छ । * सन्दर्भअनुसार “पुनर्स्थापना” लाई “नविकरण” वा “चङ्गाइ” वा “मिलाप” भनेर पनि अनुवाद गर्न सकिन्छ । ### बाइबलका खण्डहरूः * २ राजा ०५:८-१० * प्रेरित ०३:२१-२३ * प्रेरित १५:१५-१८ * यशैया ४९:५-६ * यर्मिया १५:१९-२१ * विलाप ०५:१९-२२ * लेवी ०६:५-७ * लूका १९:८-१० * मत्ती १२:१३-१४ * भजनसंग्रह ०८०:१-३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7725, H7999, H8421, G06000, G26750
## पुरा गर्नु ### परिभाषा: कुनै पनि आशा गरिएको कुरालाई पूर्ण गर्ने कामलाई “पुरा गर्नु” भनिन्छ । * कुनै भविष्यवाणी पुरा भयो भन्‍ने कुराले अगमवाणी गरिएको कुरा परमेश्‍वरले पूरा गराउनुभयो भन्‍ने बुझिन्छ । * जब कुनै मानिसले आफुले गरेको प्रतिज्ञालाई पुरा गर्छ, यसलाई उसले आफ्नो प्रतिज्ञा पुरा गर्‍यो भनिन्छ । * दायित्व पुरा गर्नु भन्‍नाले दिइएको काम पुरा गर्नुलाई जनाउँछ । ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "पुरा गर्नु" लाई "प्राप्‍त गर्नु" वा  "पुर्ण गर्नु" वा "हुनको कारण बन्‍नु" वा "आज्ञा पालना" वा "प्रदर्शन गर्नु" को रूपमा अनुवाद गर्न सकिन्‍छ। * वाक्‍यांश "पूरा भएको छ" लाई "साकार भएको छ" वा "भएको छ" वा "ठाउँ लिएको छ" भनि अनुवाद गर्न सकिन्‍छ। * "पूरा गर्नु" लाई अनुवाद गर्ने तरिकाहरू जस्‍तै "आफ्‍नो सेवकाई पूरा गर" मा "पूर्ण" वा "प्रदर्शन" वा "अभ्‍यास वा "अरू मानिसहरूको सेवा गर जसरी परमेश्‍वरले तिमिहरूलाई बोलाउनुभएको छ" पनि समावेश गर्न सकिन्‍छ। (हेर्नुहोस्ः अगमवक्‍ता, ख्रिष्‍ट, सेवक, बोलावट) ### बाइबलका सन्दर्भहरूः * १ राजा २ः२७ * प्रेरित ३ः१७-१८ * लेविहरू २२ः१७-१९ * लूका ४ः२१ * मत्ति १ः२२-२३ * मत्ति ५ः१७ * भजनसंग्रह ११६ः१२-१५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **२४ः४** अगम्‍वक्‍ताहरूले भनेका कुराहरू यूहन्‍नाले पुरा गरे, "हेर, म मेरो दूतलाई तिमिहरूको अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछ।" * ४०ः३ सिपाहिहरूले येशूको लुगाको लागि जुवा खेले् जब तिनिहरूले यसो गरे, तिनिहरूले एउटा भविष‍यवाणी पुरा गरे जसमा भनिएको थियो, "तिनिहरूले मेरा जुगाहरू तिनिहरूमा बिचमा बाडेँ, र मेरो लुगाको लागि चिठ्ठा हाले।" * ४२ः७ येशूले भन्‍नुभयो, "मैले तिमिहरूलाई भनेको थिएँ कि मेरो बारेमा परमेश्‍वरको वचनमा लेखिएका सबै कुरा पुरा हुनैपर्छ। " * ४३ः५ "यसले अगमवक्‍ता योएलले गरेको भविष्‍यवाणी पुरा हुन्‍छ जसमा परमेश्‍वरले भन्‍नुभयो, "अन्‍तिम दिनहरूमा म मेरो आत्‍मा खन्‍याउनेछु।" * ४३ः७ "यसले अगमवाणी पुरा गर्छ जसमा भनिएको छ, 'तपाईले आफ्‍नो पवित्र जनलाई चिहानमा कुहिन दिनुहुनेछैन।'" * ४४ः५ "तपाईले के गरिरहनु भएको थियो भनि बुझ्‍नुभएको थिएन, तर मसिहले दुःख पाउनुहुनेछ र मर्ननुहुनेछ भनि भनेको भविष्‍यवाणीहरू पुरा गर्न परमेश्‍वरले तपाईहरूको कामहरू प्रयोग गर्नुभयो।" ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1214, H5487, G10960, G41380
## पूजाहारी, पूजाहारीगिरी ### परिभाषा: बाइबलमा, परमेश्‍वरका मानिसहरुका तर्फबाट परमेश्‍वरलाई बलिदानहरू चढाउन छानिएको व्यक्‍ति पूजाहारी हुन्थ्यो ।” पुजाहारीगिरी” पूजाहारी हुनुको कार्य वा अवस्थाको लागि दिइएको नाउँ थियो । * पुरानो करारमा, परमेश्‍वरले हारून र उनका सन्तानहरूलाई इस्राएलका मानिसहरूका निम्ति उहाँका पूजाहारी हुनलाई छान्‍नुभयो । * “पूजाहारीगिरी” लेवी कुलका छोरालाई बुबाले प्रत्यायोजन गर्ने अधिकार र दायित्व थियो । * इस्राएली पूजाहारीहरुको जिम्मेवारी मानिसहरुको बलिदान परमेश्‍वरलाई चढाउनु साथै मन्दिरका अन्य कर्त्तव्यहरू पनि थिए । * पूजाहारीहरूले उहाँका मानिसहरुको तर्फबाट नियमित रूपमा परमेश्‍वरलाई प्राथनाहरू चढाउँथे र अरू धार्मिक विधिहरू पनि गर्थे । * पूजाहारीहरुले मानिसहरूमाथि औपचारिक आशिष्‌हरू घोषणा गर्थे र तिनीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउँथे । * येशू परमेश्‍वरको सामु हाम्रा लागि मध्यस्थता गर्ने हाम्रो “महान् प्रधान पूजाहारी” हुनुहुन्छ । उहाँले आफैँलाई पापको चरम बलिदान स्वरूप चढानुभयो । यसको अर्थ मानव पूजाहारीहरूले चढाएका बलिदानहरु आवश्‍यक पर्दैन भन्‍ने हुन्छ । * नयाँ करारमा, येशूमा विश्‍वास गर्ने हरेकलाई “पूजाहारी” भनिन्छ, जो आफू र अरू मानिसहरूका निम्ति मध्यस्थता गर्न प्रार्थनामा सोझै परमेश्‍वरकहाँ आउन सक्छ । * प्राचीन समयमा, बाल जस्ता झुटा देवतालाई बलिदान चढाउने अयहूदी पूजाहारीहरू पनि थिए । ### अनुवादका निम्ति सुझावहरुः * सन्दर्भअनुसार, “पूजाहारी” शब्दलाऐ “बलिदान चढाउने व्यक्‍ति” वा “परमेश्‍वरको मध्यस्थकर्ता” वा “बलिदानी मध्यस्थकर्ता” वा “उहाँको प्रतिनिधित्व गर्न परमेश्‍वरले नियुक्‍ति गर्नुभएको व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ । * “पूजाहारी” को अनुवाद “मध्यस्थकर्ता” को भन्दा फरक हुनुपर्छ । * केही अनुवादहरूले यसले आधुनिक पूजाहारीलाई जनाउदैन भनी स्पष्‍ट पार्न यसो भन्‍न रुचाउन पनि सक्छन् “इस्राएली पूजाहारी” वा “यहूदी पूजाहारी” वा “यह्वेका पूजाहारी” वा “बालका पूजाहारी “। * “पूजाहारी” शब्द अनुवाद गर्न प्रयोग गरिएको शब्द “मुख्य पूजाहारी” र “प्रधान पूजाहारी” र “लेवी” र “अगम्वक्‍ता” को निम्ति प्रयोग शब्दभन्दा फरक हुनुपर्छ । (हेर्नुहोस्ः हारून, मुख्या पूजाहारी, प्रधान पूजाहारी, मध्यस्थकर्ता, बलिदान, बलि) ### बाइबलका खण्डहरूः * २ इतिहास ०६:४-४२ * प्रेरित ०५:२६-२८ * उत्पत्ति १४:१७-१८ * उत्पत्ति ४७:२०-२२ * यूहन्‍ना ०१:१९-२१ * लूका १०:३१-३२ * मत्ती०८:४ * मत्ती १२:३-४ * मीका ०३:९-११ * मर्कूस ०१:४३-४४ * मर्कूस ०२:२५-२६ * नहेम्याह १०:२८-२९ * नहेम्याह १०:३४-३६ * प्रकाश ०१:४-६ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (०४-०७) “सर्वोच्‍च परमेश्‍वरका पूजाहारी मल्कीसेदेक” * (१३-०९) परमेश्‍वरको व्यवस्था तोड्नेले परमेश्‍वरको निम्ति बलिदानको रूपमा भेटहुने पालअगिको वेदीमा एउटा पशु ल्याउन सक्थ्यो । पूजाहारी त्यो पशुलाई मार्थ्यो, र वेदीमा जाउँथ्यो । बलि चढाइएको त्यो पशुको रगतले त्यस व्यक्‍तिको पाप ढाक्थ्यो, र त्यस व्यक्‍तिलाई परमेश्‍वरको नजरमा शुद्ध बनाउँथ्यो । परमेश्‍वरले मोशाका दाजु हारून र तिनका सन्तानहरूलाई पूजाहारी हुनलाई चुन्‍नुभयो । * (१९-०७) त्यसैले बालका पूजाहारीहरूले बलिदान तयार पारे, तर आगो बालेनन् । * (२१-०७) इस्राएली पूजाहारी मानिसहरूका पापहरूका दण्डको सट्टामा उनीहरूका तर्फबाट परमेश्‍वरलाई बलिदान चढाउने व्‍यक्‍ति थियो । पूजाहारीहरूले मानिसहरूका लागि परेश्‍वरसित प्रर्थना पनि गर्थे । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3547, H3548, H3549, H3550, G07480, G07490, G24050, G24060, G24070, G24090, G24200
## पूर्व-नियिजन गर्नु, पूर्व-नियोजित ### परिभाषा: “पूर्व-नियिजन गर्न” र “पूर्व-नियोजित” शब्दले केही कुरा हुनुअगि नै निर्णय वा योजना गरिएको थोकलाई जनाउछ । * विशेष गरी, यो शब्दले मानिसहरुले अनन्त जीवन प्राप्‍त गरून् भनी परमेश्‍वरले पूर्व-नियिजन गर्नुभएको कुरालाई जनाउछ । * कहिले काँही “पूर्वनियुक्‍त” भन्‍ने शब्द चलाइन्छ, जसको अर्थ पनि पहिल्यै निर्णय गरिएको भन्‍ने नै हुन्छ । ### अनुवादका निम्ति सुझावहरुः * “पूर्व-नियिजन गर्नु” शब्दलाई “पूर्व निर्णय गर्नु” वा “समयअगि नै निर्णय गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “पूर्व-नियोजित” शब्दलाई “धेरैअगि निर्णय गरिएको” वा “समय अगावै योजना गरिएको” वा “पहिल्यै निर्णय गरिएको” भनेर अनुवाद गर्न सकिन्छ । * “हामीलाई पूर्व-नियोजन गरिएको” भन्‍ने वाक्यांशलाई “धेरैअगि निर्णय गरिएको कि हामी” वा “समय अगावै योजना गरिएको कि हामी” भनी अनुवाद गर्न सकिन्छ । * यो शब्दको अनुवाद “पूर्व जानकारी हुनु” को भन्दा फरक हुनुपर्छ भन्‍ने कुरा ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः पूर्व जानकारी हुनु) ### बाइबलका खण्डहरूः * १ कोरिन्थी ०२:६-७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G43090
## पेन्तिकोस, साताहरुका चाड ### परिभाषा: पेन्तिकोस साताहरुका चाडको ग्रीक नाउँ हो जुन निस्तारको पचास दिन पछि आउने एउटा यहुदीको चाड थियो । * हप्‍ताको चाड अगौटे फलको चाडको सात हप्‍ता पछि (५० दिन) थियो। नयाँ करारको समयमा,  यस चाडलाई "पेन्तिकोस" भनिन्‍थ्‍यो जसको अर्थ पचास भनेर बुझ्‍न सकिन्‍छ। * साताहरुका चाड अन्‍न कटानीको अन्त्यमा मनाइन्थ्यो । यो परमेश्‍वरले मोशाद्वारा इस्राएलीहरुलाई पहिलो पटक व्यवस्था दिनुभएको कुरा सम्झने समय पनि थियो । * नयाँ करारमा, पेन्तिकोसको दिन विशेष महत्त्वपूर्ण छ, किनभने येशू मृत्युबाट जीवित हुनुभएर स्वर्गतिर फर्केर जानुभएपछि यसै दिनमा परमेश्‍वरले येशूका चेलाहरूमाथि पवित्र आत्मा खन्याउनुभएको थियो । (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः चाड, अगौटे फल, फसल, पवित्र आत्मा, उठ्नु) ### बाइबलका खण्डहरूः * २ इतिहास ८ः१२-१३ * प्रेरित २ः१ * प्रेरित २०:१५-१६ * व्‍यवस्‍था १६ः१६-१७ * गन्‍ती २८ः२६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2282, H7620, G40050
## प्रकट गर्नु, प्रकाश ### परिभाषा: “प्रकट गर्नु” भनेको कुनै थोकलाई परिचित गराउनु हो ।” प्रकाश” भनेको कुनै परिचित गराइएको थोक हो । * प्रायः बाइबलमा “प्रकट गर्नु” भन्‍ने शब्द परमेश्‍वरले आफैँलाई मानिसहरूकहाँ कसरी परिचित गराउनु भयो भन्‍ने कुरालाई बताउन प्रयोग गरिन्छ । * परमेश्‍वर आफैँले सृष्‍टि गर्नुभएको प्रत्येक कुराहरूद्वारा र मानिसहरूसँग बल्नुभएको वा लखित सन्देशहरूद्वाराको उहाँको सम्प्रषणद्वारा आफैँलाई प्रकट गर्नुभएको छ । * परमेश्‍वरले आफूलाई सपनाहरू र दर्शनहरूद्वारा पनि प्रकट गर्नुहुन्छ । * जब पावलले “येशू ख्रीष्‍टको प्रकाश” द्वारा सुसमाचार पाएँ भनेर उल्लेख गर्छन्, त्यसको अर्थ येशू आफैँले उनलाई सुसमाचार बताउनुभयो भनेको हो । * नयाँ करारो पुस्तक “प्रकाश” परमेश्‍वरले अन्तको समयमा हुने घटनाहरू प्रकट गर्नुभएको बारे हो । उहाँले यो दर्शनद्वारा प्रेरित यूहन्‍नालाई प्रकट गर्नुभयो । ### अनुवादका निम्ति सुझावहरूः * “प्रकट गर्नु” लाई अर्को तरिकाले अनुवाद गर्नेहरूमा “परिचित गराउनु” वा “खुल्ला गर्नु” वा “स्पष्‍ट रुपमा देखाउनु” पर्न सक्छन् । * सन्दर्भअनुसार” प्रकाश” लाई अनुवाद गर्ने सम्भावित उपायहरूमा” परमेश्‍वरबाटको सम्प्रेषण\\संचार” वा “परमेश्‍वरले प्रकट गर्नुभएको थोकहरू” वा “परमेश्‍वरबारेको शिक्षा” पर्न सक्छन् । यस अर्थमा “प्रकट गर्नु” शब्द राख्‍नु नै उत्तम हुन्छ । * “जहाँ प्रकाश छैन” लाई “जब परमेश्‍वरले आफैँलाई मानिसहरूकहाँ प्रकट गर्नु हुन्‍न” वा “जब परमेश्‍वर मानिसहरूसँग बोल्नुभएको छैन” वा “परमेश्‍वरले सञ्‍चार नगर्नुभएका मानिसहरू माझ” भनेर पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार, सपाना, दर्शन अन्य) ### बाइबलका खण्डहरूः * २ थेसलोनिकी ०१:६-८ * दानिएल ११:१-२ * एफिसी ०३:३-५ * गलाती ०१:११-१२ * विलाप ०२:१३-१४ * मत्ती ०३:१५-१६ * प्राकाश ०१:१-३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0241, H1540, H1541, G06010, G06020, G55370
## प्रचारक ### परिभाषा: येशू ख्रीष्‍टको बारेमा अरू मानिसलाई सुसमाचार सुनाउने मानिसलाई “प्रचारक” भनिन्छ । * “प्रचारक” शब्दको शाब्दिक अर्थ “सुसमाचार सुनाउने व्‍यक्‍ति” हुन्छ । * येशूले आफ्ना प्रेरितहरूलाई येशू र उहाँले अरूको पापको लागि गरेको बलिदानमा विश्‍वास गरी परमेश्‍वरको राज्यमा कसरी सहभागी हुने भन्‍ने कुराको सुसमाचार सुनाउनलाई पठाउनुभयो । * सबै ख्रीष्‍टियानहरूलाई यो सुसमाचार सुनाउने आज्ञा छ । * केही ख्रीष्‍टियानहरूलाई सुसमाचार सुनाउने विशेष वरदान दिइएको हुन्छ । यिनीहरूसँग सुसमाचार सुनाउने वरदान हुन्छ र यिनीहरूलाई “प्रचारकहरू” भनिन्छ । ### अनुवादका लागि सुझावहरूः * "प्रचारक" शब्‍दलाई "कोहि जसले सुसमाचार प्रचार गर्छ" वा "सुसमाचारको शिक्षक" वा "सुसमाचार (येशूको बारेमा) घोषणा गर्ने व्‍यक्‍ति" वा "सुसमाचार उद्घोषक" भनेर अनुवाद गर्न सकिन्‍छ। हेर्नुहोस्ः सुसमाचार, आत्मा, बरदान ### बाइबलका सन्दर्भहरूः * २ तिमिथी ४ः५ * एफिसी ४ः११-१३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G20990
## प्रतिज्ञा ### परिभाषा: प्रतिज्ञा कुनै थोक गर्ने कबुल हो । जब कसैले कुनै थोक गर्ने प्रतिज्ञा गर्छ, यसको अर्थ उनले कुनै कुरा गर्न कबुल गरिरहेको हुन्छ । जब संज्ञाको रूपमा प्रयोग गरिन्‍छ, यो प्रतिज्ञा" शब्‍दले व्‍यक्‍तिले आफूलाई गर्न बाध्‍य पारेको कुरालाई जनाउँछ। * परमेश्‍वरले उहाँका मानिसहरूका निम्ति गर्नुभएको कयौं प्रतिज्ञाहरू बाइबलले उल्लेख गर्छ । * प्रतिज्ञाहरु करार जस्ता औपचारिक सहमतिहरूका महत्त्वपूर्ण अंश हुन् । ### अनुवादका निम्ति सुझावहरूः * “प्रतिज्ञा” लाई “प्रतिबद्धता” वा “निश्‍चयता” वा “ग्यारेन्टी” भनी अनुवाद गर्न सकिन्छ । * “कुने थोक गर्न प्रतिज्ञ गर्नु” लाई “तपाईंले कुनै थोक गर्नुहुनेछ भनी कसैलाई निश्‍चय गर्नु” वा “कुनै थोक गर्न प्रतिबद्ध हुनु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः करार, शपथ, वाचा गर्नु, द्वारा वाचा गर्नु, भाकल गर्नु) ### बाइबलका खण्डहरूः * गलाती ०३:१५-१६ * उत्पत्ति २५:३१-३४ * हिब्रू ११:८-९ * याकूब ०१:१२-१३ * गन्ती ३०:१-२ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (०३-१५) परमेश्‍वरले भन्‍नुभयो, “मानिसहरू बालबालिका हुँदादेखि नै पापी छन्, तैपनि म प्रतिज्ञा गर्छु, म मानिसहरूले गर्ने दुष्‍ट थोकहरूका कारण भूमिलाई कहिल्यै सराप्‍ने छैन वा जलप्रलय गराएर कहिल्यै संसार विनाश पार्ने छैनँ ।” * (०३-१६) तब परमेश्‍वरले उहाँको प्रतिज्ञाको चिन्ह स्वरूप पहिलो इन्द्रेणी बनाउनुभयो । आकाशमा हरेक पटक इन्द्रेणी देखा पर्दा उहाँले के प्रतिज्ञा गर्नुभएको छ भन्‍ने सम्झनुहुन्थ्यो, र उहाँका मानिसहरूले पनि त्यही कुरा सम्झन्थे । * (०४-०८) परमेश्‍वर अब्राहामसँग बोल्नुभयो र उनको एउटा छोरो हुनेथिए, अनि आकाशका ताराहरू जतिकै धेरै सन्तानहरू हुनेथियो भनी प्रतिज्ञा गर्नुभयो । अब्राहामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । * (०५-०४) “तेरो पत्‍नी साराईले छोरो जन्माउनेछिन्, ऊ प्रतिज्ञाको छोरो हुनेछ ।” * (०८-१५) परमेश्‍वरले आब्राहामसँग गर्नुभएको करार प्रतिज्ञा इसहाक, त्यसपछि याकूब, याकूबाका बह्र जना छोराहरू र तिनीहरका परिवारलाई नै दिइयो । * (१७-१४) दाऊद परमेश्‍वरप्रति इमानदार भएका थिएनन् तापनि परमेश्‍वर उहाँको प्रतिज्ञाप्रति इमानदार हुनुभयो । * (५०-०१) उहाँ संसारको अन्त्यमा फेरि आउनुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभयो । उहाँ अझै आउनुभएको छैन तापनि उहाँले उहाँको प्रतिज्ञा पुरा गर्नुहुनेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0559, H0562, H1696, H8569, G18430, G18600, G18610, G18620, G36700, G42790
## प्रतिज्ञाको मुलुक ### परिभाषा: “प्रतिज्ञाको मुलुक” शब्द बाइबलका खण्डहरूमा पाइँदैन, तर बाइबलका कथाहरुमा मात्र पाइँन्छ । यो परमेश्‍वरले अब्राहाम र उनका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको काननको भूमिलाई जनाउने वैकल्पिक उपाय हो । * अब्राहाम ऊर सहरमा हुँदा, परमेश्‍वरले उनलाई कनानको भूमिमा गएर बस्‍नू भनी आज्ञा गर्नुभयो । ऊ र उनका सन्तानहरु अर्थात् इस्राएलीहरु, त्यहाँ धेरै बर्षसम्म बसे । * उग्र अनिकालले कनानमा केही खाना कुराहरू थिएन, र इस्राएलीहरु मिश्रमा गए । * चार सय वर्षपछि, परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुट्टाउनुभयो, र परमेश्‍वरले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक कनानमा फेरी ल्याउनुभयो । ### अनुवादका निम्ति सुझावहरुः * “प्रतिज्ञाको मुलुक” शब्दलाई यसरी अनुवाद गर्न सकिन्छ “परमेश्‍वरले अब्राहामलाई दिन्छु भन्‍नुभएको मुलुक” वा “परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुएको मुलुक” वा “परमेश्‍वरले उहाँका मानिसहरुलाई प्रतिज्ञा गर्नुभएको मुलुक” वा “काननको मुलुक” । * बाइबलको खण्डमा, यो शब्दावली “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मुलुक” को स्वरूपमा आउँछ । (हेर्नुहोस्ः कनान, प्रतिज्ञा) ### बाइबलका सन्दर्भहरूः * व्यवस्था ०८:१-२ * इजकिएल ०७:२६-२७ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (१२-०१) तिनीहरू (इस्राएलीहरू) दासहरू थिएनन्, र तिनीहरू प्रतिज्ञाको मुलुकतिर गइरहेका थिए । * (१४-०१) उनीहरूसँग उहाँको करारको हिस्साको रूपमा तिनीहरूले पालना गर्न चाहनुभएको व्यवस्था परमेश्‍वरले इस्राएलीहरूलाई बताउनुभएपछि, परमेश्‍वरले तिनीहरूलाई सिनै पर्वतबाट कानन भनिने प्रतिज्ञाको मुलुकतिर अगुवाइ गर्न सुरु गर्नुभयो । * (१४-०२) परमेश्‍वरले अब्राहाम, इसहाक र याकूबसँग तिनीहरूका सन्तानहरूलाई प्रतिज्ञाको मुलुक दिनुहुनेथियो भनी प्रतिज्ञा गर्नुभयो, तर त्यस बेला त्यहाँ धेरै मानिस समूहहरू बसिरहेका थिए । * (१४-१४) त्यसपछि परमेश्‍वरले मानिसहरूलाई फेरि प्रतिज्ञाको मुलुकको किनारातिर डोर्‍याउनुभयो । * (१५-०२) प्रेतिज्ञाको मुलुकमा प्रवेश गर्न इस्राएलीहरूले यर्दन नदी तर्नु पर्‍यो । * (१५-१२) युद्ध गरेपछि, परमेश्‍वरले इस्राएलका हरेक कुललाई प्रतिज्ञाको मुलुकको आ-आफ्नो भाग दिनुभयो । * (२०-०९) परमेश्‍वरका मानिसहरूलाई प्रतिज्ञाको मुलुक छोड्न लगाइएको समयलाई निर्वासन भनिन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * Strong’s: H0776, H3068, H3423, H5159, H5414, H7650
## प्रधान पूजाहारी ### परिभाषा: पदावली “प्रधान पूजाहारी” ले विशेष पूजाहारीलाई जनाउँछ जसलाई एक वर्षसम्म अन्य सबै इस्राएली पूजाहारीहरूको अगुवा भई सेवा गर्न नियुक्‍त गरिन्थ्यो । नयाँ करारको समयमा, केहि अन्‍य पूजहारीहरूलाई अन्‍य पूजहारी र मानिसहरू माथि अधिकार सहित धेरै महत्‍वपञर्ण यहूदि धर्मिक गुरुहरू पनि मानिन्‍थ्‍यो। यि प्रमुख पूजहारिहरू थिए। * प्रधान पूजाहारीका विशेष उत्तरदायित्वहरू हुन्थे । वर्षको एक चोटि विशेष बलिदान चढाउन मन्दिरको महा-पवित्रस्थानभित्र प्रवेश गर्न तिनलाई मात्र अनुमति मिल्थ्यो । * इस्राएलीहरूका धेरै पूजाहारी हुन्थे, तर एक पटकमा एक मात्र प्रधान पूजाहारी हुन्थ्यो । * प्रधान पूजहारीहरू सेवानिवृत्त भएपछि, तिनिहरूले अझै पनि पदको साथसाथै कार्यालयको केहि जिम्‍मेवारीहरू राखेका थिए। उदहारणको लागि, कैयाफा, र अरूको पूजहारीकालमा अन्‍नासलाई अझै पनि प्रधान पूजहारि भनेर चिनिन्‍थ्‍यो। * मन्‍दिरमा आराधना सेवाहरूको लागि आवश्‍यक सबै कुराको लागि मुख्‍य पूजहारीहरू जिम्‍मेवार थिए। मन्‍दिरला\_ दिएको पैसाको जिम्‍मा पनि उनिहरूकै थियो। * प्रधान पूजहारीहरू साधारण पूजहारी भन्‍दा पद र शक्‍तिमा उच्‍च थिइ। प्रधान पूजहारीसँग मात्र बढि अधिकार थियो। * प्रधान पूजहारीहरू येशूको केहि प्रमुख शत्रुहरू थिए र उनिहरूले रोमि शासकहरूलाई उहाँलाई पक्राउ गर्न र मार्न कडा रूपमा प्रभाव पारे। ### अनुवादका लागि सुझावहरूः * “प्रधान पूजाहारी” लाई “सर्वोच्‍च पूजाहारी” वा “उच्‍चतम पूजाहारी” भनी अनुवाद गर्न सकिन्छ । * “मुख्य पूजाहारी” लाई अनुवाद गर्ने शब्दभन्दा यसलाई अनुवाद गर्ने शब्द फरक हुनुपर्छ भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । (हेर्नुहोस्ः हन्‍नास, कैयाफा, मूख्य पूजाहारीहरू, पूजाहारी, पूजाहारीको पद, मन्दिर) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०७:१-३ * प्रेरित ०९:१-२ * प्रस्थान ३०:१० * हिब्रू ०६:१९-२० * लेवी १६:३२-३३ * लूका ०३:१-२ * मत्ती २६:३-५ * मत्ती २६:५१-५४ * मर्कूस ०२:२५-२६ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१३-०८) पर्दा पछाडिको कोठामा प्रधान पूजाहारीबाहेक कोही पनि प्रवेश गर्न सक्दैनथ्यो, किनकि त्यहाँ परमेश्‍वर बास गर्नुहुन्थ्यो । * (२१-०७) आउनेवाला मसीह सिद्ध प्रधान पूजाहारी हुनुहुने थियो, जसले आफैलाई सिद्ध बलिदानको रूपमा परमेश्‍वरको निम्ति चढाउनुहुने थियो । * (३८-०३) येशूलाई धोका दिन प्रधान पूजाहारीद्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्‍का दिए । * अन्त्यमा, प्रधान पूजाहारीले येशूलाई सिधा हेरी भने, “हामीलाई भन्‍नुहोस्, कि के तपाईं नै मसीह अर्थात् जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ?” * (४४-०७) अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए । * (४५-०२) त्यसैले, धार्मिक अगुवाहरूले स्तिफनसलाई पक्राउ गरी तिनलाई प्रधान पूजाहारी र यूहदीहरूका अन्य अगुवाहरूकहाँ ल्याए, जहाँ अझै थप झुटा साक्षीहरूले स्तिफनसको बारेमा झुट बोले । * (४६-०१) दमस्कस सहरमा गई त्यहाँ भएका ख्रीष्‍टियानहरूलाई पक्राउ गरी तिनीहरूलाई यरूशलेममा ल्याउन प्रधान पूजाहारीले शाऊललाई अनुमति दिए । * (४८-०६) येशू महान् प्रधान पूजाहारी हुनुहुन्छ । अन्य पूजाहारीहरूका विपरीत उहाँले संसारका सबै मानिसहरूका पाप उठाई लैजान सक्‍ने एक मात्र बलिदानको रूपमा आफैलाई अर्पण गर्नुभयो । येशू सिद्ध प्रधान पूजाहारी हुनुहुन्थ्यो किनकि उहाँले जो कसैले गरेको हरेक पापको दण्ड बोक्‍नुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7218, H1419, H3548, G07480, G07490
## प्रभु यहोवा, यहोवा परमेश्‍वर ### परिभाषा: पुरानो नियममा यी शब्दहरू एक मात्र सत्य परमेश्‍वरलाई जनाउन धेरै पटक प्रयोग भएका छन् । * “प्रभु” भन्‍ने शब्द शीर्षक हो भने, “यहोवा” चाहिँ परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ । * परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ “यहोवा” चाहिँ प्रायः “परमेश्‍वर” भन्‍ने शब्दको साथमा एकसाथ आउने गर्दछ र यसले “यहोवा परमेश्‍वर” भन्‍ने बुझाउँछ । ### अनुवाद सुझावहरू * यदि तपाईंले उहाँको व्‍यक्‍तिगत नाउँको लागि “यहोवा” भन्‍ने शब्दको प्रयोग गर्नुभयो भने, तपाईंले यी शब्दहरूलाई शाब्दिक अर्थमा” “प्रभु यहोवा,” तथा “यहोवा परमेश्‍वर” भनि अनुवाद गर्न सक्‍नुहुन्छ । * कतिपय भाषाहरूमा नाउँ पछि यो शीर्षकालई राख्‍ने गर्छन् र त्यसपछि “यहोवा प्रभु” भनि अनुवाद गर्छन् । त्यसैले अनुवाद गरेको भाषामा कुनचाहिँ स्वभाविक देखिन्छ, त्यसलाई ध्यान दिनुहोला । अर्थात् “प्रभु” भन्‍ने शीर्षक नाउँ “यहोवा” भन्दा अगि आउनु ठीक हो या पछि ? * “यहोवा परमेश्‍वर” लाई “परमेश्‍वर जो यहोवा कहलाइनुहुन्छ,” वा “परमेश्‍वर जो जीवित हुनुहुन्छ” वा “म जो परमेश्‍वर हुँ” भनि अनुवाद गर्न सम्भव होला । * यदि अनुवादमा, “यहोवा” चाहिँ “प्रभु” वा अंग्रेजीमा सबै हिज्जे ठुलो लेखिएको प्रभुका रूपमा राखिएको छ भने, “प्रभु यहोवा” भन्‍नु उत्तम हुन्छ । जस्तै कि “प्रभु परमेश्‍वर,” वा “परमेश्‍वर परमप्रभु” । * तर “प्रभु यहोवा” लाई चाहिँ कदापि पनि “प्रभु परमेश्‍वर” भनि अनुवाद गर्नु हुँदैन किनकि पाठकहरूले हिज्जेको फरकलाई ध्यान नदिन पनि सक्छन् तर यहि हिज्जेदद्वारा नै यी शब्दहरूमा प्रचलनदेखि नै फरक छुट्टयाउने गरिन्थ्यो । (अनुवाद सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः परमेश्‍वर, प्रभु, प्रभु, यहोवा) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्‍थी ४ः३-४ * २ शामूएल ७ः२१ः२३ * व्‍यवस्‍था ३॥२३-२५ * इजकिएल ३९ः२५-२७ * इजकिएल ४५ः१८ * यर्मिया ४४ः२६ * मिका १ः२-४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0136, H0430, H3068, G23160, G29620
## प्रभु, मालिक र गुरु ### परिभाषा: “प्रभु” भन्‍ने शब्दले अन्य मानिसहरूमाथि प्रभुत्व वा अख्तियार भएको व्‍यक्‍तिलाई पनि संकेत गर्छ । तथापि, बाइबलमा यो शब्‍द परमेश्‍वरलगायत विभिन्‍न प्रकारमा मानिसहरूलाई सम्‍बोधन गर्न प्रयोग गरिएको छ। * यो  शब्‍द कहिकेकाहिँ येशूलाई सम्‍बोधन गर्दा  वा दासहरूको मालिकलाई सम्‍बोधन गर्दा "मालिक"भनेर अनुवाद गरिएको छ। * केहि अङ्ग्रेजि संस्‍करणहरूले यसलाई "सर" को रूपमा अनुवाद गर्छन् जहाँ कसैले उच्‍च हैसियतको व्‍यक्‍तिलाई विनम्रतापूर्वक सम्‍बोधन गरिरहेको छ। जब "प्रभु" लाई ठुलो अक्षर गरेर लेखिन्‍छ, यो एक शिर्षक हो जसले परमेश्‍वरलाई जनाउँछ। (ध्‍यान दिनुहोस्, यधपि, जब यो कसैलाई सम्‍बोधन गर्न प्रयोग गरिन्‍छ वा यो वाक्‍यको सुरुमा हुन्‍छ यो ठुलो अक्षरमा हुन सक्‍छ र "सर" वा "मालिक" को अर्थ हुन सक्‍छ।) * पुरानो नियममा, यो शब्‍द "परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान" वा "परमप्रभु यहोवा" वा "यहोवा हाम्रा प्रभु" जस्‍ता अभिव्‍यक्‍तिहरूमा अनुवाद गर्न सकिन्‍छ। * नयाँ नियममा, प्रेरितहरूले यो शब्‍दलाई "प्रभु येशू" र "प्रभु येशू ख्रिष्‍ट" जस्‍ता अभिव्‍यक्‍तिहरूमा प्रयोग गरे जसले येशू नै परमेश्‍वर हुनुहुन्‍छ भनि संचार गर्छ। * नयाँ नियममा "परमप्रभु" शब्‍दलाई पनि परमेश्‍वरको प्रत्‍यक्ष सन्‍दर्भको रूपमा प्रयोग गरिन्‍छ, विशेष गरी पुरानो नियमका उद्धरणहरूमा।  उदाहरणको लागि, पुरानो नियमको पाठमा "धन्‍य हो ऊँ जो परमप्रभुको नाममा आउँछ र नयाँ नियमको पाठमा "धन्‍य हो ऊँ जो प्रभुको नाममा आउँछ।" * ULT र UST मा, शिर्षक "प्रभु" को वास्‍तविक हिब्रू र ग्रिक शब्‍दहरू अनुवाद गर्न प्रयोग गरिन्‍छ जसको अर्थ "प्रभु" हो। यो कहिले पनि परमेश्‍वरको नाम (यहोवा) को अनुवादको रूपमा प्रयोग गरएको छैन, जस्‍तै धेरै अुनवादहरूमा गरिन्‍छ। * केहि भाषाहरूले "परमप्रभु" लाई "मालिक" वा "शासक" वा स्‍वामित्‍व वा सर्वोच्च शासनलाई संचार गर्ने कुनै अन्‍य शब्‍दको रूपमा अनुवाद गर्दछ। * उपयुक्‍त सन्‍दर्भमा, धेरै अनुवादहरूले यो शब्‍दको पहिलो अक्षरलाई ठुलो गरेर पाठकलाई स्‍पष्‍ट पार्छ कि यो ईश्‍वरलाई जनाउने शिर्षक हो। * नयाँ नियमका ठाउँहरूमा जहाँ पुरानो नियमबाट "परमप्रभु परमेश्‍वर" उद्धरण गरिएको छ, यो परमेश्‍वरलाई चिनाउन हो भनेर स्‍पष्‍ट पार्न यो शब्‍द प्रयोग गर्न सकिन्‍छ। ### अनुवाद सुझावहरू * यो शब्दलाई “मालिक” भनि अनुवाद गर्नुपर्छ जब दासहरूका मालिकलाई सम्बोधन गरिन्छ । त्यसरी नै आफूले जुन मालिकको अधीनतामा रहेर काम गरेको हुन्छ उसलाई उक्त दासले सम्बोधन गर्नको लागि पनि यो शब्दको प्रयोग गर्न सक्छ । * जब यो शब्दले येशूलाई संकेत गर्छ, यसलाई “मालिक” भनि अनुवाद गर्न सकिन्छ, तर प्रसंगले “धार्मिक शिक्षक” लाई देखाएको हुनुपर्छ । * यदि येशूलाई सम्बोधन गर्ने व्‍यक्‍तिले उहाँलाई चिनेको छैन भने, “प्रभु” भन्‍ने शब्दलाई “गुरु” भनि अनुवाद गर्न सकिन्छ । अनि यो अनुवादलाई अन्य प्रसंगमा पनि प्रयोग गर्न सकिन्छ जब कसैलाई सम्बोधन गर्दा शिष्‍टतालाई अप्‍नाइन्छ । * जब परमेश्‍वर पिता वा येशूलाई संकेत गर्नको लागि यो शब्दको प्रयोग गरिन्छ, तब “प्रभु” अर्थात् अंग्रेजीको हिज्जेमा पहिलो अक्षरलाई ठुलो लेखिन्छ । (हेर्नुहोस्ः परमेश्‍वर, येशू, शासक, यहोवा) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति ३९ः२ * यहोशू ३ः९-११ * भजनसंग्रह ८६ः१५-१७ * यर्मिया २७ः४ * विलाप २ः२ * इजकिएल १८ः२९ * दानिएल ९ः९ * दानिएल ९ः१७-१९ * मलाकि ३ः१ * मत्ति ७ः२१-२३ * लूका १ः३०-३३ * लूका १६ः१३ * रोमि ६ः२३ * एफिसी ६ः९ * फिलिप्पी २ः९-११ * कलस्‍सी ३ः२३ * हिब्रू १२ः१४ * याकुब २ः१ * १ पत्रुस १ः३ * यहुदा १ः५ * प्रकाश १५ः४ ### बाइबलीय घटनाहरूबाट उदाहरणहरूः * २५ः५ तर येशूले शैतानलाई धर्मशास्‍त्रको खण्डबाट उत्तर दिनुभयो । वहाँ भन्‍नु भयो, “परमेश्‍वरको वचनमा वहाँले यस्तो भनि आज्ञा दिनुभएको छ, ‘तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको परिक्षा नगर्नु । ‘” * २५ः७ येशूले जवाफ दिनुभयो, “शैतान, म बाट टाढा गइहाल ! परमेश्‍वरको वचनमा वहाँले यस्तो आज्ञा दिनुभएको छ, ‘परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नु र वहाँको मात्र सेवा गर्नु । ‘” * २६ः३ यो परमप्रभुको अनुग्रहको समय हो । * २७ः२ कानूनमा दक्ष त्यस व्‍यक्‍तिले परमेश्‍वरको व्यवस्थाले यस्तो भन्छ भनेर उत्तर दियो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सारा हृदय, प्राण, शक्ति र समझले प्रेम गर ।” * ३१ः५ त्यसपछि पत्रुसले येशूलाई भने, “प्रभु, यदि तपाईं नै हुनुहुन्छ भने, मलाई पनि तपाईंसंगै पानी मति आउने आज्ञा दिनुहोस्” * ४३ः९ “निश्‍चय नै यो जान, कि परमेश्‍वरले येशूलाई प्रभु र मसीह हुन लगाउनुभयो !” * ४७ः३ यस शैतानद्वारा त्यसले मानिसहरूको भविष्य बताई, र त्यसले आफ्ना गुरूहरूका लागि भविष्य बताएर धेरै रुपियाँ-पैसा कमाई । * ४७ः११ पावलले जवाफ दिए, “येशूमा विश्‍वास गर, जो प्रभु हुनुहुन्छ, र तिमी र तिम्रो सारा परिवार बाँच्‍नेछ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0113, H0136, H1167, H1376, H4756, H7980, H8323, G02030, G06340, G09620, G12030, G29620
## प्रभुको दिन, याहोवेको दिन ### विवरण: “याहोवेको दिन” वा “प्रभुको दिन” भन्‍ने वाक्यांशले परमेश्‍वरले विशेष काम (उहाँको शत्रुलाई गर्ने न्याय) लाई जनाउँछ । * कहिलेकहीँ “याहोवेको दिन” ले परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनको लागि गर्ने हस्तक्षेपलाई जनाउँछ । * अरू बेला यो वाक्यांशले याहोवेले भविष्यमा उहाँका मानिसहरूमाथि गर्ने न्याय वा दण्डको भविष्यवाणीलाई जनाउँछ । कुनै सन्दर्भमा यसले अन्तिम न्यायलाई पनि जनाउँछ । * यो वाक्यांशमा प्रयोग गरिएको शब्द “दिन” ले सायद २४ घण्टा भन्दा बढीको “समय” वा “अवसर” लाई जनाउँछ । * नयाँ करारमा “प्रभुको दिन” ले याहोवेको विरुद्धमा लागेकाहरू र ख्रीष्‍टलाई इन्कार गर्नेहरूको आखिरी न्यायलाई जनाउँछ । “प्रभु” भन्‍ने शब्दले कैयौँ सन्दर्भमा “प्रभु येशू” लाई जनाउँछ । कहिलेकहीँ “प्रभु” शब्दले याहोवे परमेश्‍वरलाई जनाउँछ । * “प्रभुको दिन” ले न्याय र पुनारुत्थानको अन्‍तिम वा भावी समयलाई उल्‍लेख गर्दा यसलाई ‘आखिरी’ दिन पनि भनिन्‍छ । प्रभु येशू पापीहरूको न्याय गर्न आउनु हुँदा यो समयको सुरू हुन्‍छ र यो सम्पूर्ण सृष्‍टिमाथि उहाँको राज्य स्‍थायी रूपमा स्थापित नभएसम्म जारी रहन्छ । ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, "यहोवाको दिन" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "यहोवाको समय" वा "समय जब यहोवाले आफ्‍ना शत्रुहरूलाई दण्‍ड दिनुहुनेछ" वा "यहोवाको क्रोधको समय" समावेश हुन सक्‍छ। * "प्रभुको दिन" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "प्रभुको न्‍यायको समय" वा "समय जब प्रभु येशू मानिसहरूको न्‍याय गर्न फर्कनुहुनेछ" समावेश हुन सक्‍छ। ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्‍थी ५ः५ * १ थेसलोनिकी ५ः२ * २ पत्रुस ३ः१० * २ थेसलोनिकी २ः२ * प्रेरित २ः२०-२१ * फिलिप्‍पी १ः९-११ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3068, H3117, G22500, G29620
## प्रभुत्व ### परिभाषा: कुनै मानिस, जनावरहरू वा जमिनमाथि शक्‍ति चलाउनु, नियन्‍त्रण गर्नु वा अधिकार चलाउनुलाई “प्रभुत्व” भनिन्छ । * येशू ख्रीष्‍टले अगमवक्ता, पूजाहारी, राजाको रूपमा सम्पूर्ण पृथ्वीमाथि आफ्नो अधिकार भएको कुरा बताउनुभयो । * येशूको क्रूसको मृत्युले शैतानको प्रभुत्वलाई सदाको लागि जितेको छ । * सृष्‍टिको बेलामा परमेश्‍वरले माछाहरू, चराहरू र पृथ्वीका सबै जीव जन्तुहरूमाथि प्रभुत्व चलाउने अधिकार मानिसलाई दिनुभयो । ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै, यो शब्‍दलाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "अधिकार" वा "शक्‍ति" वा "नियन्‍त्रण" समावेश हुन सक्‍छ। * "मा प्रभुत्‍व प्राप्त" वाक्‍याशंलाई "शासन प्राप्त" वा "व्‍यवस्‍थापन गर्नु" को रूपमा अनुवाद गर्न सकिन्‍छ। हेर्नुहोस्ः अधिकार, शक्‍ति ### बाइबलका सन्दर्भहरूः * १ पत्रुस ५ः१०-११ * कलस्‍सी १ः१३ * यहुदा १ः२५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1166, H4474, H4475, H4896, H4910, H4915, H7287, H7300, H7980, H7985, G26340, G29040, G29610, G29630
## प्रभुभोज ### परिभाषा: “प्रभुभोज” भन्‍ने शब्दलाई प्रेरित पावलले येशूले आफूलाई यहूदी अधिकारीहरूका हातमा सुम्पिदिनुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग बसेर खानुभएको निस्तार भोजलाई सङ्केत गर्नको लागि प्रयोग गरेका थिए । * यो भोजनको समयमा, येशूले निस्तारको रोटीलाई भाँच्‍नुभयो र त्यो आफ्नो शरीर भएको हुनाले त्यसलाई छिट्टै नै तोडिने तथा मारिने कुरा सङ्केत गर्नुभयो । * उहाँले दाखरसको कचौरालाई आफ्नो रगतको संज्ञा दिनुभयो र आफ्नो पापको निम्ति मर्नुहुँदा छिट्टै नै त्यो बगाइने संकेत गर्नुभयो । * आफ्ना चेलाहरूले एकसाथ भेला भएर प्रभुभोज खाने क्रममा, आफ्नो मृत्यु तथा बौरिउठाइलाई सम्झनुपर्ने आज्ञा येशूले दिनुभयो । * कोरिन्थीहरूलाई लेखिएका आफ्नो पत्रमा, प्रेरित पावलले येशूमा भएका विश्‍वासीहरूलाई निरन्तर भेला हुँदा प्रभुभोज लिनुपर्ने कुरा उल्लेख गरेका छन् र यसलाई थप निरन्तरता दिएका छन् । * हिजोआज मण्डलीहरूले “प्रभुभोज” लाई संकेत गर्नको लागि “सहभागिता” भन्‍ने शब्दलाई प्रयोग गरेको पाइन्छ । “अन्तिमभोज” भन्‍ने शब्दलाई पनि कहिलेकाहीँ प्रयोग गरिन्छ । ### अनुवाद सुझावहरू * यो शब्दलाई “प्रभुको भोज” वा “हाम्रो प्रभु येशूको भोज” वा “प्रभु येशूको सम्झनामा खाइने भोज” भनेर पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः निस्‍तार चाड) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्‍थी ११ः२० * १ कोरन्‍थी ११ः२५-२६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G11730, G29600
## प्राण ### परिभाषा: प्राण एउटा व्यक्‍तिको भित्री, अदृश्य र अनन्त भाग हो । यसले एउटा व्यक्‍तिको अभौतिक भागलाई जनाउँछ । * बाइबलमा, “प्राण” र “आत्मा” दुई फरक धारणाहरू हुनसक्छन् वा तिनीहरूले उही धारणालाई जनाउँन पनि सक्छन् । * व्यक्‍ति मर्दा, उसको प्राणले उसको शरीर छोड्छ । * शरीरको विपरीत, "आत्‍मा" लाई "परमेश्‍वरसँग सम्‍बन्‍धित" व्‍यक्‍तिको एक भागको रूपमा भन्‍न सकिन्‍छ। * “प्राण” शब्दलाई कहिले काहीँ समग्र व्यक्‍तिलाई नै जनाउन पनि प्रयोग गरिन्छ । उदाहरणको लागि, “पाप गर्ने प्राण” को अर्थ “पाप गर्ने व्यक्‍ति” हुन्छ, र “मेरो प्राण थाक्यो” को अर्थ “म थाकेँ” हुन्छ । ### अनुवादका सुझावहरूः * “प्राण” लाई “भित्री मनुष्यत्व” वा “भित्री व्यक्‍ति” को रूपमा पनि अनुवाद गर्न सकिन्छ । * कुनै सन्दर्भहरूमा “मेरो प्राण” लाई “म” वा “मलाई” को रूपमा पनि अनावद गर्न सकिन्छ । * सामन्यतया “प्राण” लाई सन्दर्भलाई हेरी “व्यक्‍ति” वा “ऊ” वा “उसलाई” भनी अनुवाद गर्न सकिन्छ । * कुनै भाषामा “प्राण” र “आत्मा” लाई अनुवाद गर्ने शब्द एउटै मात्र हुन पनि सक्छ । * हिब्रू ४:१२ को “प्राण र आत्मालाई भाग-भाग पार्ने” को अर्थ “भित्री व्यक्‍तिलाई गहन रूपमा बुझ्‍ने वा प्रकट गर्ने” हुनसक्थ्यो । (हेर्नुहोस्ः आत्मा, आत्मिक) ### बाइबल खण्डहरूः * २ पत्रुस ०२:७-९ * प्रेरित ०२:२७-२८ * प्रेरित ०२:४०-४२ * उत्पत्ति ४९:५-६ * यशैया ५३:१०-११ * याकूब ०१:१९-२१ * यर्मिया ०६:१६-१९ * योना ०२:७-८ * लूका ०१:४६-४७ * मत्ती २२:३७-३८ * भजनसंग्रह ०१९:७-८ * प्रकाश २०:४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5082, H5315, H5397, G55900
## प्रायश्‍चित्त ### परिभाषा: “प्रायश्‍चित्त” ले परमेश्‍वरको इन्साफलाई तृप्‍त पार्छ वा पुरा गर्छ र उहाँको क्रोधलाई शान्त पार्छ । * येशू ख्रीष्‍टको बलिदानको रगतको भेटिले मानवजातिको पापहरूको लागि परमेश्‍वरलाई प्रायश्‍चित्त हो । * येशूको क्रुसको मृत्युले पापविरुद्ध परमेश्‍वरको क्रोधलाई शान्त पर्‍यो । यसले मानिसहरुलाई दयासँग हेर्न र तिनीहरूलाई अनन्त जीवन दिन परमेश्‍वरलाई उपाय प्रदान गर्‍यो । ### अनुवादका निम्ति सुझावहरुः * यो शब्दलाई “शान्त पार्ने काम” वा “परमेश्‍वरलाई पापहरु क्षमा गर्न र मानिसहरुलाई दया गर्न लगाउने “भनी अनुवाद गर्न सकिन्छ । * “रिझाउने काम” शब्दको अर्थ “प्रायश्‍चित्त” सँग मिल्छ (नोटः अङ्ग्रेजीमा एटोनमेन्ट र प्रोपिसियसन फरक-फरक शब्दहरू भए पनि नेपालीमा दुवैको निम्ति ठेट शब्द एउटै मात्र छ) । यी दुई शब्दहरू कसरी प्रयोग गरिएका छन् भनी तुलना गर्नु महत्त्वपूर्ण हुन्छ । (हेर्नुहोस्ः प्रायश्‍चित, प्रायश्‍चित गर्नु, अमर, अनन्त, अनन्तता, क्षमा गर्नु, क्षमा, बलिदान, बलि) ### बाइबलका खण्डहरूः * १ यूहन्‍ना ०२:१-३ * १ यूहन्‍ना ०४९-१० * रोमी ०३:२५-२६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G24340, G24350
## प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु ### परिभाषा: शब्दहरू “प्रायश्‍चित्त गर्नु” र “प्रायश्‍चित्त” ले परमेश्‍वरले मानिसहरूका पापको मूल्य चुकाउन र पापप्रति उहाँको क्रोध शान्त पार्न कसरी बलिदान उपलब्ध गराउनुभयो भन्‍ने कुरोलाई जनाउँछ । * पुरानो करारमा रगतको बलिदानको अर्पण (जसमा जनावरलाई मार्ने काम पनि पर्थ्यो) द्वारा इस्राएलीहरूका पापका निम्ति परमेश्‍वरले अस्थायी प्रायश्‍चित्तको अनुमति दिनुभयो । * नयाँ करारको अभिलेखअनुसार क्रुसमा भएको ख्रीष्‍टको मृत्यु पापको लागि एक मात्र साँचो र स्थायी प्रायश्‍चित्त हो । * मानिसहरूका पापको कारणले तिनीहरू जुन दण्डको लागि लायक थिए येशू मर्नुहुँदा उहाँले त्यो दण्ड आफैमा लिनुभयो । आफ्नो बलिदानपूर्ण मृत्युले उहाँले प्रायश्‍चित्तको मूल्य चुकाउनुभयो । ### अनुवादका लागि सुझावहरूः * क्रियापद “प्रायश्‍चित्त गर्नु” लाई “… को लागि तिर्नु” वा “… को भुक्‍तानि तिर्नु” वा “कसैको पापको क्षमा दिनु” वा “अपराधको लागि दोषमुक्‍त गर्नु” भन्‍नेजस्ता पदावलीहरूद्वारा अनुवाद गर्न सकिन्छ । * “प्रायश्‍चित्त” लाई “भुक्‍तानि” वा “पापको लागि चुकाउनुपर्ने बलिदान” वा “क्षमाको माध्यम जुटाउनु” भनी अनुवाद गर्न सकिन्छ । * यसको अनुवादले रुपियाँ-पैसाको भुक्‍तानिलाई जनाउनुहुन्‍न भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । (हेर्नुहोस्ः प्रायश्‍चित्तको ढकनी, क्षमा दिनु, क्षमा, सन्तुष्‍टि, मिलाप गर्नु, मिलाप, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता) ### बाइबलका सन्दर्भहरूः * इजकिएल ४३:२५-२७ * इजकिएल ४५:१८-२० * लेवी ०४:२०-२१ * गन्ती ०५:८-१० * गन्ती २८:१९-२२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3722, H3725, G26430
## प्रायश्‍चित्तको ढकनी ### परिभाषा: “प्रायश्‍चित्तको ढकनी” करारको सन्दुकको माथिल्लो भागलाई ढाक्‍न प्रयोग गरिने सुनको पाता थियो । धेरै अङ्ग्रेजी अनुवादहरूमा यसलाई “प्रायश्‍चित्तको बिर्को” भनेर पनि उल्लेख गरिएको छ । * प्रायश्‍चित्तको ढकनी करिब ११५ सेन्टिमिटर लामो र ७० सेन्टिमिटर चौडाको थियो । * प्रायश्‍चित्तको ढकनीमाथि सुनले बनेका दुईवटा करूब राखिएका थिए जसका पखेटाहरूले एक अर्कालाई छुन्थे । * करूबहरूका फिँजाइएका पखेटामुनि प्रायश्‍चित्तको ढकनीको माथिपट्टि यहोवेले इस्राएलीहरूहरूसित भेट गर्नुहुने थियो भनी उहाँले तिनीहरूलाई बताउनुभयो । मानिसहरूका प्रतिनिधिका रूपमा केवल प्रधान पूजाहारीलाई यसो गर्ने अनुमति दिइएको थियो । * कहिले काहीँ प्रायश्‍चित्तको ढकनीलाई “कृपा-आसन” भनी उल्लेख गरिएको छ, किनकि पापिष्‍ठ मानव-जातिलाई छुटकारा दिन परमेश्‍वरको कृपा तल आउँथ्यो भनी यसले व्यक्‍त गर्थ्यो । ### अनुवादका लागि सुझावहरूः * यस पदावलीलाई “सन्दुकको ढकनी जहाँ परमेश्‍वरले छुटकारा दिने प्रतिज्ञा गर्नुहुन्छ” वा “परमेश्‍वरले प्रायश्‍चित्त गर्नुहुने ठाउँ” वा “सन्दुकको ढकनी जहाँ परमेश्‍वरले क्षमा दिई पुनस्थापित गर्नुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ । * यसको अर्थ “सन्तुष्‍टिको ठाउँ” पनि हुन सक्छ । * तपाईंले अनुवाद गर्नुभएका “प्रायश्‍चित्त,” “सन्तुष्‍टि” र “छुटकारा” शब्दहरूसित यसलाई तुलना गर्नुहोस् । (हेर्नुहोस्ः करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको करार, प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, करूबहरू, करूब, सन्तुष्‍टि, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता) ### बाइबलका सन्दर्भहरूः * प्रस्थान २५:१५-१८ * प्रस्थान ३०:५-६ * प्रस्थान ४०:१७-२० * लेवी १६:१-२ * गन्ती ०७:८९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3727, G24350
## प्रार्थना गर्नु, प्रार्थना ### परिभाषा: प्रार्थना गर्नु भनेको परमेश्‍वरसँग कुरकानी गर्नु हो । यि शब्‍दहरू झूटा देवतासँग कुरा गर्न खोज्‍ने मानिसहरूलाई सन्‍दर्भ ग्रन पनि प्रयोग गरिन्‍छ। * मानिसहरू चुपचाप प्रार्थना गर्न सक्‍छ, आफ्‍ना विचारहरूद्वारा परमेश्‍वरसँग कुरा गर्न सक्‍छन्, वा तिनीहरूले ठूलो स्‍वरमा प्रार्थना गर्न सक्‍छन्, तिनीहरूको आवाजले परमेश्‍वरसँग कुरा गर्न सक्‍छन्। कहिलेकाहिँ प्रार्थना लेखिएको हुन्‍छन् जस्‍तै जब दाऊदले भजनसंग्रहको पुस्‍तकमा आफ्‍ना प्रार्थनाहरू लेखे। * प्रार्थनामा ईश्‍वरसँग कृपा माग्‍नु, समस्‍याको लागि मदतको लागि, र निर्णयहरू गर्ने बुद्धिको लागि समावेश हुन सक्‍छ। * प्रायजसो मानिसहरूले बिरामि भएका वा अन्‍य तरिकामा उहाँको सहायता चाहिने मानिसहरूलाई निको पारिदिनुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। * मानिसहरूले उहाँलाई प्रार्थना गर्दा परमेश्‍वरलाई धन्‍यवाद र प्रशंसा पनि गर्छन्। * प्रार्थनामा परमेश्‍वरलाई हाम्रा पापहरू स्‍वीकार गर्नु र उहाँलाई हामीलाई क्षमा गर्न आग्रह गर्नु समावेश छ। * परमेश्वरसँग कुरा गर्नुलाई कहिलेकाहिँ उहाँसँग "संवाद" भनिन्‍छ किनभने हाम्रो आत्‍माले उहाँको आत्‍मासँग कुराकानि गर्छ, हाम्रा भावनाहरू साझा गर्छ र उहाँको उपस्-थितिको आनन्‍द लिन्‍छ। * यो शब्‍दलाई परमेश्‍वरसँग कुरा गर्ने" वा "परमेश्‍वरसँग कुराकानि गर्ने" भनेर अनुवाद गर्न सकिन्‍छ। यस शब्‍दको अनुवादमा मौन रहेको प्रार्थना समावेश गर्न सक्षम हुनुपर्छ। (हेर्नुहोस्ः झूटा ईश्‍वर, क्षमा, प्रशंसा) ### बाइबलका खण्डहरूः * १ थेस्लोनिकी ०३:८-१० * प्रेरित ०८:२४ * प्रेरित १४:२३-२६ * कलस्सी ०४:२-४ * यूहन्‍ना १७ः९ * लूका ११:१ * मत्ती ०५:४३-४५ * मत्ती १४:२२-२४ ### बाइबलका कथाहरुबाट उदाहरणहरूः * (०६-०५) इसहाकले रिबेकाको निम्ति प्रर्थाना गरे, र परमेश्‍वरले तिनलाई जुम्ल्याह बालकसहित गर्भवति हुनदिनुभयो । * (१३-१२) तर मोशाले तिनीहरूका निम्ति प्रार्थना गरे, र परमेश्‍वर तिनको प्रर्थना सुन्‍नुभयो, अनि तिनीहरूलाई नष्‍ट पार्नुभएन । * (१९-०८) तब बालका अगमवक्‍ताहरूले यसो भन्दै बालसित प्रार्थना गरे, “बाल हाम्रो बिन्ती सुन्‍नुहोस् ।” * (२१-०७) पूजाहारीहरूले पनि मानिसहरूका निम्ति परमेश्‍वरसँग प्रार्थना गरे । * (३८-११) तिनीहरू परिक्षामा नपरून् भनेर प्रार्थना गरून् भनी येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो । * (४३-१३) चेलाहरूले प्रेरितहरूका शिक्षा सुनिरहे, सँगै समय बिताए, सँगै खाए र एक अर्काको निम्ति प्रार्थना गरे । * (४९-१८) परमेश्‍वरले तपाईंलाई प्रार्थना गर्नू, उहाँको वचन पढ्नू, अरू ख्रिष्‍टियनहरूसँगै उहाँको आराधना गर्नू र उहाँले गर्नुभएको कुरा अरूलाई बताउनू भन्‍नुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0559, H0577, H1156, H2470, H3863, H3908, H4994, H6279, H6293, H6419, H6739, H7592, H7878, H7879, H7881, H8034, H8605, G01540, G11620, G11890, G17830, G20650, G21710, G21720, G38700, G43350, G43360
## प्रिय ### परिभाषा: “प्रिय” शब्द स्‍नेहको अभिव्यक्‍ति हो, जसले प्रेम गरिने वा कसैको लागि मायालु व्यक्‍तिको बयान गर्छ । * शब्द “प्रिय” को शाब्दिक अर्थ हुन्छ‒ “माया गरिएको (जन)” वा “(जसलाई) माया गरिन्छ ।” * परमेश्‍वर येशूलाई “प्रिय पुत्र” भन्‍नुहुन्छ । * ख्रीष्‍टियान मण्डलीहरूलाई लेखिएका पत्रहरूमा प्रेरितहरूले आफ्ना सङ्गी विश्‍वासीहरूलाई बारम्बार “प्रिय” भनी सम्बोधन गरेका छन् । ### अनुवादका लागि सुझावहरूः * यस शब्दलाई “प्रेम गरिएको” वा “प्रेम गरिएको जन” वा “राम्ररी प्रेम गरिएको” वा “ज्यादै मायालु” भनी अनुवाद गर्न सकिन्छ । * घनिष्‍ठ मित्रको चर्चा गर्दाको सन्दर्भमा यसलाई “मेरा स्‍नेही मित्र” वा “मेरा घनिष्‍ठ मित्र” भनी अनुवाद गर्न सकिन्छ । अङ्ग्रेजीमा “मेरा प्रिय मित्र पावल” वा “पावल, मेरा प्रिय मित्र हुन्” भन्‍नु स्वाभाविक नै हो । अन्य भाषाहरूले यसलाई अझै सामान्य रूपमा व्यक्‍त गर्न सक्छन् । * ख्याल राख्‍नुहोस्, कि शब्द “प्रिय” परमेश्‍वरको प्रेमको लागि प्रयोग गरिने शब्दबाट आएको हो, जुन सर्तविनाको, निस्वार्थी र बलिदानपूर्ण हुन्छ । (हेर्नुहोस्ः प्रेम) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०४:१४ * १ यूहन्‍ना ०३:२ * १ यूहन्‍ना ०४:७ * मर्कूस ०१:११ * मर्कूस १२:६ * प्रकाश २०:९ * रोमी १६:८ * श्रेष्‍ठगीत ०१:१४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0157, H1730, H2532, H3033, H3039, H4261, G00250, G00270, G52070
## प्रेम ### परिभाषा: कसैलाई प्रेम गर्नु भनेको उक्त व्‍यक्‍तिलाई वास्ता गर्नु तथा उसलाई फाइदा हुने काम गर्नु हो । “प्रेम” को निम्ति विभिन्‍न शब्दहरू प्रयोग गरी विभिन्‍न भाषामा अभिव्‍यक्‍ति गरिन्छ । १. परमेश्‍वरबाट आउने प्रेम भनेको अरूको भलाइमा केन्द्रित हुन्छ र त्यो वास्तवमा आफ्नो भलाइको निम्ति नभए तापनि देखाइने गरिन्छ । यस किसिमको प्रेमले अरूको वास्ता गर्छ, चाहे उनीहरूले जेसुकै किन नगरुन । परमेश्‍वरस्वयम नै प्रेम हुनुहुन्छ र साँचो प्रेमको स्रोत पनि । * येशूले यो किसिमको प्रेम हामीलाई देखाउनुभयो जसको निम्ति हामीलाई पाप तथा मृत्युबाट बचाउनको लागि उहाँले आफ्नो जीवन बलिदान दिनुभयो । त्यसरी नै उहाँले अरूलाई बलिदानपूर्ण तरिकाले प्रेम गर्न सिकाउनुभयो । * जब मानिसहरूले अरूलाई यस प्रकारको प्रेम गर्छन्, तब यसले त्यो किसिमको क्रियाकलापलाई देखाइरहेको हुन्छ जसमा अरूको भलाई तथा विकास समावेश हुने गर्दछ । यस किसिमको प्रेममा विशेष गरी अरूलाई क्षमा दिइने कुरा समावेश हुन्छ । * यूएलबीमा अनुवाद नोटमा भिन्‍न तरिकामा अर्थ नदिइएमा, “प्रेम” भन्‍ने शब्दले परमेश्‍वरद्वारा देखाइने यस किसिमको बलिदानपूर्ण कार्यलाई संकेत गर्दछ । २. नयाँ नियममा भएको अर्को शब्दले भातृप्रेम वा साथीहरू वा परिवारको सदस्यलाई गरिने प्रेमलाई संकेत गर्छ । * योचाहिँ साथीहरू वा आफन्त बीचको स्वभाविक प्रेम हो । * यस किसिमको प्रेमलाई “भोजको उत्कृष्‍ट आसनमा उनीहरू बस्‍न मन पराउँछन्,” भन्‍ने प्रसंगमा पनि प्रयोग गरिन्छ । यसको अर्थ उनीहरूलाई त्यो मनपर्छ वा त्यसो गर्न प्राथमिकता दिन्छन् भनिएको हो । ३. “प्रेम” भन्‍ने शब्दले पुरुष तथा स्‍त्री बीचको रोमाञ्‍चकारी प्रेमलाई पनि बुझाउन सक्छ । ### अनुवादका लागि सुझावहरूः * अनुवाद नोटमा अन्य कुरा सुचित नगरेसम्म, यूबिएलमा भएको “प्रेम” भन्‍ने शब्दले परमेश्‍वरबाट आउने बलिदानपूर्ण प्रेमलाई संकेत गर्दछ । * कतिपय भाषाहरूमा मानिसहरूका निम्ति देखाइने परमेश्‍वरको निस्वार्थ, वलिदानयुक्त प्रेमलाई जनाउने विशेष शब्द पनि हुन सक्छ । यसलाई निम्‍न तरिकाले अनुवाद गर्न सकिन्छः “भक्तिपूर्ण, विश्‍वसनीय वास्ता,” वा “निस्वार्थ वास्ता गर्नु,” वा “परमेश्‍वरबाट प्रेम ।” परमेश्‍वरको प्रेमलाई अभिव्यक्त गर्नको लागि प्रयोग हुने शब्दमा अरूको भलाईको निम्ति आफ्ना इच्छाहरू त्याग्‍न तयार रहेको तथा उनीहरूले जे गरे तापनि प्रेम गर्नेजस्ता कुरा अभिव्‍यक्‍ति गर्ने शब्दहरू समावेश गर्न पक्‍का गर्नुहोस् । * कहिलेकाहीँ अंग्रेजी शब्द “प्रेम” ले आफ्ना साथीहरू तथा आफन्तहरूलाई गहिरो वास्ता गर्ने कुरालाई वर्णन गर्दछ । कतिपय भाषामा, “अति नै माया गर्ने,” वा “वास्ता गर्ने “वा “गहिरो प्रेम भएको” भन्‍ने शब्दहरू वा वाक्यांशहरू पनि प्रयोग गरिन्छ । * कुनै कुरा वा क्रियाकलापलाई अति नै मन पराएको वा प्राथमिकता दिएको कुरा अभिव्यक्त गर्ने प्रसंगमा भने, “अति नै प्राथमिकता दिइएको,” वा “अति नै मन पराएको,” वा “अति नै चाहा गरेको” भनि अनुवाद गर्न सकिन्छ । * कतिपय भाषामाहरूमा, पति र पत्‍नीबीचको रोमाञ्‍चकारी वा यौनसम्बन्धी प्रेमलई संकेत गर्न फरक किसिमका शब्दहरू प्रयोग गर्ने गरिन्छ । * धेरै भाषाहरूमा, “प्रेम” लाई एउटा कार्यको रूपमा अभिव्यक्त गरिन्छ । उदाहरणको लागि, “प्रेम धैर्य हुन्छ वा दयालु हुन्छ” भन्‍ने वाक्यलाई “जब कसैले अरूलाई प्रेम गरेको छ भने, उसले त्यसलाई दया देखाउँछ र ऊ प्रति धैर्य धारण गर्छ” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः करार, मृत्‍यु, बलिदान, बचाउ, पाप) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्‍थी १३ः७ * १ यहून्‍ना ३ः२ * १ थेसलोनिकी ४ः१० * गलाती ५ः२३ * उत्‍पत्ति २९ः१८ * यशैया ५६ः६ * यर्मिया २ः२ * यूहन्‍ना ३ः१६ * मत्ति १०ः३७ * नहेम्‍याह ९ः३२-३४ * फिलिप्‍पी १ः९ * श्रेष्‍ठगीत १ः२ ### बाइबलीय घटनाहरूबाट उदाहरणहरूः * २७ः२ कानूनका त्यस दक्ष मानिसले उत्तर दिए, “परमप्रभु आफ्ना परमेश्‍वरलाई सारा हृदय, प्राण, शक्ति र समझले प्रेम गर्नु । र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नु ।” * ३३ः८ “काँडे जमीन त्यो मानिस हो जसले परमेश्‍वरको वचन सुन्छ, तर, समय बित्दै जाँदा, उसको जीवनका अरू फिक्रीहरू, धन र आनन्दहरूले परमेश्‍वर प्रतिको उसको प्रेमलाई निस्सासिदिन्छ ।” * ३६ः५ जब पत्रुस कुरा गर्दै थिए, तब एउटा चमकिलो बादल उनीहरूको माथि आयो र बादल बाट यस्तो एउटा आवाज आयो, “उनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु ।” * ३९ः१० “सत्यलाई प्रेम गर्नेले मलाई सुन्दछ ।” * ४७ः१ उनले (लिडियाले) परमेश्‍वरलाई प्रेम गरिन् र उनको आराधना गरिन् । * ४८ः१ जब परमेश्‍वरले यस संसारलाई बनाउनुभयो, सबै कुरा उत्तम थियो । त्यहाँ पाप थिएन । आदम र हावाले एक अर्कालाई प्रेम गर्थे, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्थे । * ४९ः३ वहाँले (येशूले) हामीले आफैलाई जसरी प्रेम गर्छौं, अरू मानिसलाई पनि त्यसरी नै प्रेम गर्नुपर्छ भनेर सिकाउनुभयो । * ४९ः४ वहाँले (येशूले) हामीले हाम्रो धन र अरू सबै कुरा भन्दा बढी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भनेर पनि सिकाउनुभयो । * ४९ः७ परमेश्‍वरले पापीलाई धेरै माया गर्नुहुन्छ भनेर सिकाउनुभयो । * ४९ः९ परमेश्‍वरले यस संसारमा सबैलाई धेरै प्रेम गर्नुभयो र वहाँको एकमात्र पुत्र दिनुभयो ताकि वहाँमा विश्‍वास गर्ने कोहिले पनि त्यसको पापको निम्ति दण्ड पाउनेछैन, तर त्यो परमेश्‍वरसंग सदाको निम्ति रहने छ । * ४९ः१३ परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ र तिमीहरूले येशूमा विश्‍वास गरेर वहाँसंग नजीकको सम्बन्ध राखेको वहाँ चाहनुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0157, H0158, H0159, H0160, H2245, H2617, H2836, H3039, H4261, H5689, H5690, H5691, H7355, H7356, H7453, H7474, G00250, G00260, G53600, G53610, G53620, G53630, G53650, G53670, G53680, G53690, G53770, G53810, G53820, G53830, G53880
## प्रेरित, प्रेरितको काम ### परिभाषा: “प्रेरितहरू” परमेश्‍वर र उहाँको राज्यबारे प्रचार गर्न येशूद्वारा पठाइएका मानिसहरू थिए । पदावली “प्रेरितको काम” ले प्रेरितहरूको रूपमा चुनिएका मानिसहरूको पद र अधिकारलाई जनाउँछ । * “प्रेरित” शब्दको अर्थ हुन्छ‒ “विशेष उद्देश्यको लागि पठाइने व्यक्‍ति ।” प्रेरितसित उसलाई पठाउने व्यक्‍तिसित भएकै अधिकार हुन्छ । * येशूका सबैभन्दा नजिकका बार्‍ह जना चेला प्रथम प्रेरितहरू बने । पावल र याकूबजस्ता अन्य मानिसहरू पनि चेलाहरू बने । * परमेश्‍वरको शक्‍तिद्वारा मानिसहरूबाट भूतात्माहरू निकाल्नुका अतिरिक्‍त प्रेरितहरूले साहसपूर्वक सुसमाचार प्रचार गर्न सके र मानिसहरूलाई निको पार्न सके । ### अनुवादका लागि सुझावहरूः * “पठाइने व्यक्‍ति” वा “पठाइएको जन” वा “मानिसहरूलाई परमेश्‍वरको सन्देश प्रचार गर्न बोलाइएको व्यक्‍ति” भन्‍नेजस्ता पदावलीहरूबाट पनि “प्रेरित” शब्दलाई अनुवाद गर्न सकिन्छ । * “प्रेरित” र “चेला” शब्दलाई एक अर्काबाट फरक तरिकाले अनुवाद गर्नु महत्त्वपूर्ण हुन्छ । * स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरियो भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अधिकार, चेला, याकूब (जब्दियाका छोरा), पावल, शाऊल, बार्‍ह, एघार) ### बाइबलका सन्दर्भहरूः * यहूदा ०१:१७-१९ * लूका ०९:१२-१४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२६-१०) तब येशूले बार्‍ह जना मानिस छान्‍नुभयो, जसलाई प्रेरितहरू भनियो । प्रेरितहरूले उहाँसँगै यात्रा गर्थे र उहाँबाट सिक्थे । * (३०-०१) धेरै विभिन्‍न गाउँहरूमा मानिसहरूलाई प्रचार गर्न र सिकाउन येशूले आफ्ना प्रेरितहरूलाई पठाउनुभयो । * (३८-०२) यहूदा येशूका बार्‍ह प्रेरितमध्ये एक थियो । त्यसले प्रेरितहरूको रुपियाँ-पैसाको थैलीको रेखदेख गर्थ्यो । तर त्यसले रुपियाँ-पैसाको लोभ गर्थ्यो र अक्सर त्यस थैलीबाट चोर्थ्यो । * (४३-१३) चेलाहरूले आफैलाई प्रेरितहरूका शिक्षा, सङ्गति, सहभोज र प्रार्थनामा समर्पित गरे । * (४६-०८) त्यसपछि बारनाबास नाउँ गरेका मानिसले शाऊललाई प्रेरितहरूकहाँ लगे, र शाऊलले दमस्कसमा कसरी साहसपूर्वक प्रचार गरे भनी तिनीहरूलाई बताए । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G06510, G06520, G24910, G53760, G55700
## फरिसी ### परिभाषा: फरिसीहरू येशूको समयमा इस्राएलका धार्मिक अगुवाहरूका महत्त्वपूर्ण र शक्‍तिशाली समूह थिए । * तिनीहरूमध्ये धेरै मध्यम वर्गीय व्यापारीहरु थिए र तिनीहरूमध्ये केही पूजाहारीहरु पन थिए । * सबै यहुदी अगुवाहरूमध्ये, फरिसीहरू मोशाको व्यवस्था पालन गर्न, र अन्य यहूदी व्यवस्था र परम्पराहरू पालन गर्नमा सबैभन्दा कट्टर थिए । * तिनीहरू यहूदीलाई उनीहरूका वरिपरि भएका गैरयहूदी मानिसहरूको प्रभावबाट अलग राख्‍ने बारे धेरै व्यग्र थिए । वास्तवमा, “फरिसी” नाउँ नै “अलग गर्नु” भन्‍ने शब्दबाट आउँछ । * फरिसीहरुले मृत्युपछिको जीवनमा, स्वर्गदुतहरूको अस्तित्वमा र अरू आत्मिक प्राणीहरुमा पनि विश्‍वास गर्थे । * (मुख्य पुजाहारी सहित) फरिसीहरू र सदुकीहरूले येशूलाई र प्रारम्भिक प्रारम्भिक ख्रीष्‍टियनहरूलाई तीव्र रूपमा विरोध गरे । (हेर्नुहोस्ः यहूदी अगुवाहरू, यहूदी अधीकारीहरू, व्यवस्था, सदुकी ) ### बाइबलका खण्डहरूः * प्रेरित २६:४-५ * यूहन्‍ना ०३:१-२ * लूका ११:४३-४४ * मत्ती ०३:७-९ * मत्ती ०५:१९-२० * मत्ती १२:१-२ * मत्ती १२:३८-४० * फिलिप्‍पी ०३:४-५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G53300
## फाइँफुट्टी लगाउनु ### परिभाषा: “फाइँफुट्टी लगाउनु” को अर्थ हुन्छ‒ कुनै कुरो वा व्यक्‍तिको विषयमा घमन्ड गरेर कुराकानी गर्नु । अक्सर यसको अर्थ हुन्छः आफ्नै बारेमा सेखी गर्नु । * “फाइँफुट्टे” व्यक्‍तिले आफ्नै बारेमा घमन्डी पाराले बोल्छ । * इस्राएलीहरूले तिनीहरूका मूर्तिहरूमा “फाइँफुट्टी” लगाएकाले परमेश्‍वरले तिनीहरूलाई हप्काउनुभयो । तिनीहरूले साँचो परमेश्‍वरलाई पुज्‍नुको साटो घमन्डी बनेर झुटा देवहरूको पूजा गरे । * मानिसहरूले तिनीहरूका धन सम्पत्ति, तिनीहरूका शक्‍ति, तिनीहरूका फल फलाउने जमिन र तिनीहरूका व्यवस्थाजस्ता चिजहरूमा फाइँफुट्टी लगाउँछन् भनेर पनि बाइबलले चर्चा गर्छ । यसको अर्थ हुन्छ, कि तिनीहरू यी थोकहरूबारे घमन्डी थिए र परमेश्‍वरले नै यी कुराहरू जुटाइदिनुभएको थियो भनी तिनीहरूले मानिलिएनन् । * यस्ता थोकहरूमा घमन्ड गर्नुको साटो तिनीहरूले परमेश्‍वरलाई चिनेका थिए भन्‍ने सत्यतामा तिनीहरूले घमन्ड गरून् वा गर्व गरून् भनी उहाँले तिनीहरूलाई अनुरोध गर्नुभयो । * प्रभुमा घमन्ड गर्ने विषयमा प्रेरित पावलले पनि उल्लेख गरेका छन्, जसको अर्थ हुन्छ कि परमेश्‍वरले गर्नुभएका सबै कुराको लागि उहाँप्रति धन्यवादी हुनुपर्छ वा त्यसमा खुसी हुनुपर्छ । ### अनुवादका लागि सुझावहरूः * “फाइँफुट्टी लगाउनु” लाई “सेखी गर्नु” वा “घमन्ड गरेर कुराकानी गर्नु” वा “घमन्डी हुनु” भनी अनुवाद गर्न सकिन्छ । * शब्द “फाइँफुट्टे” लाई “घमन्डी कुराकानीले भरिपूर्ण” वा “घमन्डी” वा “आफ्नो बारेमा घमन्डी भएर बोल्ने” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरलाई चिनेको बारेमा घमन्ड गर्ने सन्दर्भमा यसलाई “मा गर्व गर्नु” वा “उचाल्नु” वा “बारेमा निकै खुसी हुनु” वा “बारेमा परमेश्‍वरलाई धन्यवाद दिनु” भनी अनुवाद गर्न सकिन्छ । * केही भाषाहरूमा घमन्डको लागि दुईवटा शब्द छन्ः एउटा नकारात्मक कुराको लागि जसमा यसको अर्थ हुन्छ, अहङ्कारी हुनु र अर्को सकारात्मक कुराको लागि जसमा यसको अर्थ हुन्छ, व्यक्‍तिको काम, परिवार वा देशबारे गर्व गर्नु । ### अनुवादका लागि सुझावहरूः (हेर्नुहोस्ः घमन्डी, घमन्ड) ### बाइबलका सन्दर्भहरूः * १ राजा २०:११-१२ * २ तिमोथी ०३:१-४ * गलाती ०६:११-१३ * याकूब ०३:१३-१४ * याकूब ०४:१५-१७ * भजनसंग्रह ४४:७-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1984, H3235, H6286, G02120, G02130, G17400, G26200, G27440, G27450, G27460, G31660
## बचाउनु, सुरक्षित ### परिभाषा: “बचाउनु” शब्दले कसैलाई खराब वा हानिकारक कुरो भोग्‍नुबाट सुरक्षित राख्‍नु भन्‍ने हुन्छ । “सुरक्षित हुनु” को अर्थ हानि वा खतराबाट सुरक्षित हुनु हो । * भौतिकरूपमा मानिसहरू खराबी, खतरा वा मृत्युबाट बचाइनेछन् वा छुटकारा दिइनेछ । * आत्मिक अर्थमा, एउटा व्यक्‍तिलाई “बचाइएको” छ भन्‍नुको अर्थ उसको पापको निम्ति नरकमा दण्ड दिनबाट बचाएर, परमेश्‍वरले उसलाई क्रुसमाथि येशूको मृत्युद्वारा क्षमा गर्नुभएको छ भन्‍ने हो । * मानिसहरूले मानिसहरूलाई खतराबाट मात्र बचाउन सक्छन्, तर मानिसहरूलाई तिनीहरूका पापका निम्ति अनन्‍तको निम्ति दण्ड दिनबाट परमेश्‍वरले मात्र बवाउन सक्‍नुहुन्छ । "मुक्‍ति" शब्‍दले दुष्‍टता र खतराबाट मुक्‍ति वा उद्धार हुनुलाई बुझाउँछ। * बाइबलमा, "मुक्‍ति" ले सामान्‍यतया आफ्‍ना पापहरूबाट पश्‍चाताप गर्ने र येशूमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले दिनुभएको आत्‍मिक र अनन्‍त छुट्कारालाई जनाउँछ। * बाइबलले परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई तिनीहरू का भौतिक शत्रतुहरूबाट भचाउने वा छुटकारा दिने बारेमा पनि कुरा गर्छ। ### अनुवादका निम्ति सुझावहरूः * “बचाउनु\\उद्धार गर्नु” लाई अनुवाद गर्ने तरिकाहरूमा “छुटकारा दिनु” वा “हानिबाट बचाउनु” वा “हानिको मार्गबाट निकाल्नु” वा “मर्नबाट बचाउनु” पर्छन् । * "जसले आफ्‍नो जीवन बचाउँछ" भन्‍ने अभिव्‍यक्‍तिमा "बचाउनु" शब्‍दलाई "संरक्षण" वा "सुरक्षा" भनेर अनुवाद गर्न सकिन्‍छ। * “सुरक्षित” शब्दलाई “खतराबाट सुरक्षित” वा “कुनै हानि नभएको ठाउँ” भनी अनुवाद गर्न सकिन्छ । * "मुक्‍ति" शब्‍दलाई "बचाउनु" वा "उद्धार" सँग सम्‍बन्‍धित शब्‍दहरू प्रयोग गरेर अुनवाद गर्न सकि्‍छ, जस्‍तै "परमेश्‍वरको उद्धार गर्ने मानिसहरू (तिनीहरूको पापको सजायबाट)" वा परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई (तिनीहरूका शत्रुहरूबाट) उद्धार गर्दै हुनुहुन्‍छ।" * "परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्‍छ" लाई "मलाई बचाउने परमेश्‍वर हुनुहुन्‍छ" भनि अनुवाद गर्न सकिन्‍छ। * "तपाईले मुक्‍तिको इनारबाट पानि निकाल्‍नुहुनेछ" को रूपमा अनुवाद गर्न सकिन्‍छ "तपाई पानीले जस्‍तै स्‍फूर्ति पाउनुहुनेछ किनभने परमेश्‍वरले तपाईलाई बचाउँदै हुनुहुन्‍छ। " (हेर्नुहोस्ः क्रुस, छुटकारा दिनु, छुटकारा दिने, दण्ड दिनु, दण्ड, मुक्‍ति, पाप, पापपूर्ण, पापी, पाप गरिरहने) ### बाबइबल खण्डहरूः * उत्‍पत्ति ४९ः१८ * उत्‍पत्ति ४७ः२५-२६ * भजनसंग्रह ८०:३ * यर्मिया १६ः१९-२१ * मिका ६ः३-५ * लूका २ः३० * लूका ८ः३६-३७ * प्रेरित ४ः१२ * प्रेरित २८ः२८ * प्रेरित २ः२१ * रोमि १ः१६ * रोमि १०ः१० * एफिसी ६ः१७ * फिलिप्‍पी १ः२८ * १ तिमिथी १ः१५-१७ * प्रकाश १९ः१-२ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (०९-०८) मोशाले तिनका सङ्गी इस्राएलीहरूलाई बचाउने कोसिस गरे । * (११-०२) परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने हरेकको पहिलो जन्मेका छोराहरूलाई बचाउने उपाय प्रदान गर्नुभयो । * (१२-०५) मोशाले इस्राएलीहरूलाई भने, “नडराऊ ! परमेश्‍वरले तिमीहरूका निम्ति लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।” * (१२-१३) इस्राएलीहरूले उनीहरूका नयाँ स्वतन्‍त्रताको उत्सव मनाउन र परमेश्‍वरको प्रशंसा गर्नलाई धेरै गीतहरू गाए, किनभने उहाँले उनीहरूलाई मिश्री सेनाहरूबाट बचाउनुभएको थियो । * (१६-१७) यो संरचना धेरै पटक दोहोरियोः इस्राएलीहरूले पाप गर्थे, परमेश्‍वरले उनीहरूलाई दण्ड दिनुहुन्थ्यो, उनीहरूले पश्‍चताप गर्थे, र परमेश्‍वरले उनीहरूलाई बचाउनलाई एउटा उद्धारक पठउनुहुन्थ्यो । * (४४-०८) “तपाईंहरूले येशूलाई क्रुसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित तुल्याउनुभयो । तपाईंहरूले उहाँलाई इन्कार गर्नुभयो, उद्धार पाउन येशूको शक्‍तिद्वारा बाहेक अरू कुनै उपाय छैन ।” * (४७-११) झ्तालखानाको हाकिम काम्दै पावल र सिलाकहाँ आए र सोधे, “मैले उद्धार पाउन के गर्नुपर्छ ?” पावलले जवाफ दिए, “तिमी र तिम्रा परिवारले मालिक येशूमा विश्‍वास गर र उद्धार पाउनेछौ ।” * (४९-१२) असल कामहरूले तपाईंलाई बचाउन सक्दैन । * (४९-१३) परमेश्‍वरले येशूमा विश्‍वास गर्ने र उहाँलाई उनीहरूका मालिकको रूपमा ग्रहण गर्ने हरेकलाई बचाउनुहुनेछ । तर उहाँमा विश्‍वास नगर्ने कुनैलाई पनि उहाँले बचाउनुहुनेछैन । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0983, H2421, H2502, H3444, H3467, H3468, H4190, H4422, H4931, H5338, H6308, H6403, H7682, H7951, H7965, H8104, H8199, H8668, G08030, G08040, G08060, G12950, G15080, G49820, G49910, G49920, G51980
## बप्‍तिस्मा दिनु, बप्‍तिस्मा ### परिभाषा: नयाँ करारमा “बप्‍तिस्मा दिनु” र “बप्‍तिस्मा” शब्दहरूले साधारणतया एउटा ख्रीष्‍टियान पापबाट शुद्ध भई ख्रीष्‍टसित एक भएको छ भनी देखाउन उसलाई विधिपूर्वक पानीले नुहाइन्छ । ### अनुवादका लागि सुझावहरूः * एउटा व्यक्‍तिलाई पानीले कसरी बप्‍तिस्मा दिनुपर्छ भन्‍ने सम्बन्धमा ख्रीष्‍टियानहरूका बिचमा बेग्लाबेग्लै विचारहरू छन् । पानीलाई विभिन्‍न किसिमले प्रयोग गर्न मिल्ने गरी यस शब्दलाई सामान्य तवरले अनुवाद गर्नु सम्भवतः उत्तम हुन्छ । * सन्दर्भमा आधारित रहेर “बप्‍तिस्मा दिनु” लाई “शुद्ध पार्नु” वा “खन्याउनु” वा “डुबाउनु” वा “धुनु” वा “आत्मिक रूपमा शुद्ध पार्नु” भनी अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “तिमीहरूलाई पानीले बप्‍तिस्मा दिइन्छ” लाई “तिमीहरूलाई पानीमा डुबाइन्छ” भनी अनुवाद गर्न सकिन्छ । * “बप्‍तिस्मा” शब्दलाई “शुद्देइँ” वा “खन्यावट” वा “डुबाइ” वा “शुद्ध पार्ने काम” वा “आत्मिक धुवाइ” भनी अनुवाद गर्न सकिन्छ । * यसले दुःखकष्‍टलाई जनाउँदा “बप्‍तिस्मा” लाई “भयङ्कर दुःखकष्‍टको समय” वा “प्रचण्ड दुःखकष्‍टद्वारा शुद्देइँ” भनी अनुवाद गर्न सकिन्छ । * स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः बप्‍तिस्मा-दिने यूहन्‍ना, पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०२:३७-३९ * प्रेरित ०८:३६-३८ * प्रेरित ०९:१७-१९ * प्रेरित १०:४६-४८ * लूका ०३:१५-१६ * मत्ती ०३:१३-१५ * मत्ती २८:१८-१९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२४-०३) मानिसहरूले यूहन्‍नाको सन्देश सुनेपछि तिनीहरूमध्ये धेरैले आ-आफ्ना पापबाट पश्‍चात्ताप गरे, अनि यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्मा दिए । धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाबाट बप्‍तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पापको पश्‍चात्ताप गरेनन् वा स्वीकार गरेनन् । * (२४-०६) अर्को दिन येशू यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आउनुभयो । * (२४-०७) यूहन्‍नाले येशूलाई भने, “तपाईंलाई बप्‍तिस्मा दिन म योग्य छैनँ । बरु, तपाईंले मलाई बप्‍तिस्मा दिनुपर्छ ।” * (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।” * (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका पाप क्षमा गरिदिनुभएको होस् ।” * (४३-१२) पत्रुसले भनेको कुरालाई करिब तिन हजार मानिसले विश्‍वास गरे, र तिनीहरू येशूका चेलाहरू बने । तिनीहरूलाई बप्‍तिस्मा दिइयो, र तिनीहरू यरूशलेममा भएको मण्डलीका हिस्सा बने । * (४५-११) फिलिप र इथियोपियाली यात्रा गर्दै अगाडि बढ्दा तिनीहरू थोरै पानीनेर आइपुगे । इथियोपियालीले भने, “हेर्नुहोस्, यहाँ अलिकति पानी छ । मलाई बप्‍तिस्मा दिनुहुन्छ कि ?” * (४६-०५) शाऊलले तुरुन्तै देख्‍न सके, र हननियाले तिनलाई बप्‍तिस्मा दिए । * (४९-१४) येशूमाथि विश्‍वास गरी बप्‍तिस्मा लिन उहाँले तपाईंहरूलाई निमन्‍त्रणा गर्नुहुन्छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G09070
## बाँकी रहेका ### परिभाषा: “बाँकी रहेका” ले शाब्दिक रुपमा ठूलो परिमाण वा समूहबाट “रहेका” वा “उब्रेका” मानिसहरू वा कुनै थोकलाई जनाउछ । * प्रायः “बाँकी रहेका” ले जीवन नै जोखिममा परेर पनि बाँचेका मानिसहरू वा सतावटको सामना गरिरहँदा पनि परमेश्‍वरप्रति इमानदार रहने मानिसहरूलाई जनाउछ । * यशैयाले बाहिरकाहरूका आक्रमणबाट बाँकी रहेका रूपमा बचेका र कनानको प्रतिज्ञाको मुलुकमा फर्कनलाई बाँचेका यहूदीको समूहलाई जनाए । * पावलले परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नलाई उहाँले चुन्‍नुभएका “बाँकी रहेका” मानिसहरू बारे बताउँछन् । * “बाँकी रहेका” ले त्यहाँ इमानदार नभएका वा नबाँचेका वा नचुनिएका मानिसहरू पनि थिए भन्‍ने देखाउँछ । ### अनुवादका निम्ति सुझावहरूः * “यो मानिसको बाँकी रहेको” लाई “यी मानिसहरूका बाँकी रहेका” वा “इमानदार रहेका मानिसहरू” वा “बाँकी रहेका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । * “सम्पुर्ण बाँकी रहेका मानिसहरू” लाई “सबै बाँकी रहेका मानिसहरू” वा “बाँकी रहेका मानिसहरू” भनी पनि अनुवाद गर्न सकिन्छ । ### बाइबलका खण्डहरूः * प्रेरित १५:१५-१८ * आमोस ०९:११-१२ * इजकिएल ०६:८-१० * उत्पत्ति ४५:७-८ * यशैया ११:१०-११ * मलाकी ०४:६-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3498, H3499, H5629, H6413, H7604, H7605, H7611, H8281, H8300, G26400, G30050, G30620
## बाँध्‍नु, बन्धन, बाँधिएको ### परिभाषा: शब्द “बाँध्‍नु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई सुरक्षितसाथ बेर्नु वा कस्‍नु । बेरिएको वा कसिएको कुरोलाई “बन्धन” भनिन्छ । शब्द “बाँध्‍नु” यस शब्‍दको भूतकाल हो। * “बाँधिएको” शब्दको अर्थ हुन्छः कुनै कुरो बेरिएको वा कस्सिएको । * “बन्धन” शब्दले बाँध्‍ने, सिमित गर्ने वा कैद गर्ने कुनै पनि कुरोलाई जनाउँछ । यसले साधारणतया भौतिक साङ्ला, सिक्री र डोरीलाई जनाउँछ जसले व्यक्‍तिलाई स्वतन्‍त्र हुनबाट रोक्‍ने काम गर्छ । * बाइबलको समयमा कैदीहरूलाई बाँध्‍न झ्यालखानाको ढुङ्गाको भित्ता वा भुइँमा डोरी वा साङ्लाहरू लगाइन्थे । * घाउलाई निको पार्न यसको वरिपरि कपडा बेर्ने सम्बन्धमा कुरा गर्न पनि “बाँध्‍नु” शब्दको प्रयोग गरिन्छ । * मृत व्यक्‍तिलाई अन्त्येष्‍टिको तयारीको लागि कपडाले “बाँधिन्छ ।” * कसैलाई दास बनाउने वा नियन्‍त्रण गर्ने पापजस्तो कुरोलाई जनाउन पनि “बन्धन” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । * “बन्धन” मानिसहरूका बिचमा हुने घनिष्‍ठ सम्बन्ध पनि हुन सक्छ, जसमा तिनीहरूले एक अर्कालाई भावनात्मक, आत्मिक र भौतिक रूपमा सहयोग गर्छन् । यो विवाहको बन्धनको निम्ति पनि लागु हुन्छ । * उदाहरणको लागि, पति र पत्‍नी एक अर्कामा “बाँधिएका” हुन्छन् । यो एउटा यस्तो बन्धन हो, जुन टुटेको परमेश्‍वर चाहनुहुन्‍न । * एउटा व्यक्‍ति भाकलको लागि पनि “बाँधिन” सक्छ, जसको अर्थ हुन्छ कि उसले प्रतिज्ञा गरेको कुरो पुरा गर्न ऊ बाध्य छ । ### अनुवादका लागि सुझावहरू * शब्द “बाँध्‍नु” लाई “कस्‍नु” वा “(वरिपरि) बेर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * आलङ्कारिक रूपमा यसलाई “नियन्‍त्रण गर्नु” वा “रोक्‍नु” वा “(कुनै कुरो) बाट जोगाउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * मत्ती १६ र १८ मा अभिलिखित “बाँध्‍नु” को विशेष प्रयोगको अर्थ हुन्छः “निषेध गर्नु” वा “अनुमति नदिनु ।” * “बन्धन” शब्दलाई “साङ्ला” वा “डोरी” वा “सिक्री” भनेर पनि अनुवाद गर्न सकिन्छ । * आलङ्कारिक रूपमा “बन्धन” शब्दलाई “गाँठो” वा “जोडाइ” वा “घनिष्‍ठ सम्बन्ध” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “शान्तिको बन्धन” को अर्थ हुन्छ‒ “मिलेर बस्‍नु, जसले मानिसहरूलाई एक अर्कामा नजिकै ल्याउँछ” वा “शान्ति ल्याउने गरी सँगसँगै जोड्ने काम ।” * “(पट्टी) बाँध्‍नु” लाई “वरिपरि बेर्नु” वा “पट्टी राख्‍नु” भनी अनुवाद गर्न सकिन्छ । * आफैलाई भाकलले “बाँध्‍नु” लाई “भाकल पुरा गर्ने प्रतिज्ञा गर्नु” वा “भाकल पुरा गर्न प्रतिबद्ध हुनु” भनी अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * लेवी ०८:६-७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0247, H0481, H0519, H0615, H0631, H0632, H0640, H1366, H1367, H1379, H2280, H2706, H3256, H3533, H3729, H4147, H4148, H4205, H4562, H5650, H5656, H5659, H6029, H6123, H6616, H6696, H6872, H6887, H7194, H7405, H7573, H7576, H8198, H8244, H8379, G02540, G03310, G03320, G11950, G11960, G11980, G11990, G12100, G13970, G13980, G14010, G14020, G26110, G26150, G37340, G37840, G38140, G40190, G40290, G43850, G48860, G48870, G52650
## बार्‍ह (प्रेरित), एघार (प्रेरित) ### परिभाषा: शब्द “बार्‍ह” ले आफ्नो सबैभन्दा घनिष्‍ठ चेलाहरू वा प्रेरितहरू बन्‍न येशूले छान्‍नुभएका बार्‍ह जना मानिसलाई जनाउँछ । यहूदाले आत्महत्या गरेपछि तिनीहरूलाई “एघार” भनियो । * येशूका अन्य धेरै चेलाहरू थिए, तर उहाँको तिन-वर्षे सेवा-कार्यमा उहाँलाई पछ्याउने अन्य चेलाहरूभन्दा ती “बार्‍ह” फरक थिए । * मत्ती १०, मर्कूस ३ र लूका ६ अध्यायहरूमा यी बार्‍ह जना मानिसका नाउँहरू सूचीकृत छन् । * येशू स्वर्ग फर्कनुभएको केही समयपश्‍चात् “एघार” जनाले यहूदाको ठाउँमा मतियास नाउँ गरेका चेलालाई छाने । त्यसपछि तिनीहरूलाई फेरि “बार्‍ह” भनियो । ### अनुवादका लागि सुझावहरूः * धेरै भाषाहरूमा “बार्‍ह” मात्र लेख्‍नुको साटो यसमा नामलाई थपी “बार्‍ह प्रेरित” वा “येशूका सबैभन्दा नजिकका बार्‍ह चेला” भन्‍नु बढी प्रस्ट र स्वाभाविक देखिन्छ । * “एघार” लाई पनि “येशूका बाँकी एघार चेला” भनेर अनुवाद गर्न सकिन्छ । * केही भाषाहरूमा यसलाई पदको रूपमा प्रयोग गरिएको छ भनी देखाउन सुरुको अक्षरलाई ठुलो अक्षरमा लेखिन्छ । (नोटः नेपालीमा भने यसो गर्न सम्भव छैन) (हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम, चेला) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी १५:५-७ * प्रेरित ०६:२-४ * लूका ०९:१-२ * लूका १८:३१-३३ * मत्ती १०:५-७ * मर्कूस १०:३२-३४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G14270, G17330
## बुद्धिमानी, बुद्धि ### परिभाषा: “बुद्धिमानी” शब्दले के कुरा सही र नैतिक छ भनेर बुझेर र सोही अनुसार गर्ने मानिसलाई जनाउँछ । “बुद्धि” भनेको साँचो र नैतिक रूपले सही कुराको पहिचान र अभ्यास हो । * बुद्धिमानी हुनु भन्‍ने कुरामा परमेश्‍वरलाई प्रसन्‍न गराउने असल निर्णयहरू गर्ने क्षमता पनि संलग्‍न हुन्छ । * बाइबलमा, “संसारिक बुद्धि” भनेको यस संसारका मानिसहरूले के बुद्धिमत्तापूर्वक छ भनेर विचार गर्छन् त्यसलाई लाक्षणिक रूपमा जनाउने तरिका हो, तर वास्तवमा तिनीहरूको सोच मुर्खतापूर्ण छ । * परमेश्‍वरले भन्‍नुभएका कुराहरू सुनेर र वहाँका आज्ञाहरू पालन गरेर मानिस बुद्धिमान हुन्छन् । * एउटा बुद्धिमान व्‍यक्‍तिले आफ्नो जीवनमा पवित्र आत्माका फलहरू धारण गर्छ, जस्तै आनन्द, दया, प्रेम र धैर्यता । ### अनुवादका लागि केहि सुझावहरू * सन्दर्भ अनुसार, “बुद्धिमानी” लाई “परमेश्‍वर प्रति आज्ञाकारी” वा “संवेदनशील र आज्ञाकारी” वा “परमेश्‍वरको भय राख्‍ने” भनेर अनुवाद गर्न सकिन्छ । * “बुद्धि” लाई “बुद्धिमानी जीवन” वा “संवेदनशील र आज्ञाकारी जीवन” वा “असल पहिचान” भन्‍ने अर्थ दिने गरेर अनुवाद गर्न सकिन्छ । * “बुद्धिमानी” र “बुद्धि” लाई धार्मिक र आज्ञाकारी जस्ता मुख्य शब्दहरूभन्दा भिन्‍न तरिकामा अनुवाद गर्न उत्कृष्‍ट हुन्छ । (हेर्नुहोस्ः पालन, फल) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ६ः३ * कलस्‍सी ३ः१५-१७ * प्रस्‍थान ३१ः६ * उत्‍पत्ति ३ः६ * यशैया १९ः१२ * यर्मिया १८ः१८ * मत्ति ७ः२४ ### बाइबलीय कथाहरूबाट उदाहरणहरूः * २ः५ उसले पनि बुद्धि प्राप्‍त गर्न चाहेर केही फलहरू टिपेर खाई । * १८ः१ जब सोलोमनले बुद्धि मागे, परमेश्‍वर प्रसन्‍न हुनुभयो र उनलाई संसारको सबैभन्दा बुद्धिमान मानिस बनाउनुभयो । * २३ः९ केही समय पछि, टाढा पूर्वका देशहरूबाट आएका ज्ञानी मानिसहरूले आकाशमा एउटा अचम्मको तारा देखे । * ४५ः१ उनको (स्तिफनस) राम्रो मान थियो र उनी पवित्र आत्मा र बुद्धिले भरिपूर्ण थिए । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0998, H1350, H2445, H2449, H2450, H2451, H2452, H2454, H2942, H3820, H3823, H6195, H6493, H6912, H7535, H7919, H7922, H8454, G46780, G46790, G46800, G49200, G54280, G54290, G54300
## बोलाउनु, बोलावट, बोलाइएको, डाक्‍नु ### परिभाषा: शब्दहरू “बोलाउनु” र “डाक्‍नु” को शाब्दिक अर्थ हुन्छ‒ नजिकै नभएको व्यक्‍तिलाई ठुलो सोरले भन्‍नु । यी शब्दहरूका केही आलङ्कारिक अर्थहरू पनि छन् । * कसैलाई “डाक्‍नु” को अर्थ हुन्छ‒ टाढा भएको व्यक्‍तिलाई ठुलो सोरमा भन्‍नु । यसको अर्थ कसैलाई (खास गरी परमेश्‍वरलाई) सहायताको लागि अनुरोध गर्नु पनि हुन्छ । * बाइबलमा अक्सर “डाक्‍नु” को अर्थ हुन्छः “बोलाउनु” वा “आउन आज्ञा दिनु” वा “आउन अनुरोध गर्नु ।” * परमेश्‍वरले मानिसहरूलाई उहाँको जाति हुन उहाँकहाँ डाक्‍नुहुन्छ । यो तिनीहरूको “बोलावट” हो । * परमेश्‍वरले मानिसहरूलाई उहाँका सन्तान हुन र येशूद्वारा उद्धारको सन्देश घोषणा गर्ने सेवकहरू हुन नियुक्‍त गर्नुभएको छ वा छान्‍नुभएको छ भन्‍ने अर्थमा बाइबलमा “बोलाइएको” शब्दलाई प्रयोग गरिएको छ । * कसैको नाउँ बोलाउने सन्दर्भमा पनि यस शब्दको प्रयोग गरिएको छ । उदाहरणको लागि, “उसलाई यूहन्‍ना भनेर डाकिन्छ,” जसको अर्थ हुन्छ, “उसको नाउँ यूहन्‍ना हो ।” * लाई “को नाउँद्वारा बोलाइन्छ” को अर्थ हुन्छः “(उस) नाउँ दिइएको छ ।” परमेश्‍वरले आफ्ना मानिसहरूलाई उहाँको नाउँद्वारा डाक्‍नुभएको छ भनी उहाँ भन्‍नुहुन्छ । * “मैले तिम्रो नामै तोकेर बोलाएको छु” भन्‍ने वाक्यांशको अर्थ हुन्छः परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा व्यक्‍तिको नाउँ थाहा छ र उहाँले त्यसलाई खास तवरले चुन्‍नुभएको छ । ### अनुवादका लागि सुझावहरूः * “बोलाउनु” शब्दलाई “डाक्‍नु” अर्थ भएको शब्दले अनुवाद गर्न सकिन्छ, जसमा जानाजानी वा उद्देश्यपूर्ण बोलावटको अवधारणा पर्छ । * “तपाईंलाई डाक्‍नु” लाई “सहायताको लागि तपाईंलाई अनुरोध गर्नु” वा “आकस्मिक रूपमा तपाईंलाई बिन्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरले हामीलाई उहाँका सेवकहरू हुन “बोलाउनुभएको” छ भनी बाइबलले बताउँदा यसलाई उहाँले हामीलाई उहाँका सेवकहरू हुन “विशेष रूपले छान्‍नुभएको छ” वा “नियुक्‍त गर्नुभएको छ” भनी अनुवाद गर्न सकिन्छ । * “तपाईंले उसको नाउँ बोलाउनुपर्छ” लाई “तपाईंले उसको नाउँ तोक्‍नुपर्छ” भनी अनुवाद गर्न सकिन्छ । * “उसको नाउँ … भनेर डाकिन्छ” लाई “उसको नाउँ … हो” भनी अनुवाद गर्न सकिन्छ । * “डाक्‍नु” लाई “ठुलो सोरले भन्‍नु” वा “चिच्‍च्‍याउनु” वा “ठुलो सोर निकालेर भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ । यस शब्दलाई अनुवाद गर्न व्यक्‍ति रिसाएको छ भन्‍ने अर्थ आउनुहुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । * पदावली “तपाईंको बोलावट” लाई “तपाईंको उद्देश्य” वा “तपाईंको निम्ति परमेश्‍वरको उद्देश्य” वा “तपाईंको लागि परमेश्‍वरको विशेष काम” भनी अनुवाद गर्न सकिन्छ । * “प्रभुको नाउँ बोलाउनु” लाई “प्रभुको खोजी गरी उहाँमा भर पर्नु” वा “प्रभुमा भरोसा गरी उहाँप्रति आज्ञाकारी हुनु” भनी अनुवाद गर्न सकिन्छ । * “चिच्‍च्‍याएर बोलाउनु” लाई “माग गर्नु” वा “अनुरोध गर्नु” वा “आज्ञा दिनु” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “तिमी मेरो नाउँद्वारा डाकिएका छौ” लाई “तिमी मेरा हौ भनी देखाउन मैले तिमीलाई मेरो नाउँ दिएको छु” भनी अनुवाद गर्न सकिन्छ । * “मैले तिमीलाई नामै तोकेर डाकेको छु” भनी परमेश्‍वरले भन्‍नुहुँदा यसलाई “मैले तिम्रो नाउँ जानेको छु र तिमीलाई छानेको छु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना) ### बाइबलका सन्दर्भहरूः * १ राजा १८:२२-२४ * १ थेसलोनिकी ०४:७-८ * २ तिमोथी ०१:८-११ * एफिसी ०४:१-३ * गलाती ०१:१५-१७ * मत्ती ०२:१३-१५ * फिलिप्पी ०३:१२-१४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0559, H2199, H4744, H6817, H7121, H7123, H7769, H7773, G01540, G03630, G14580, G15280, G19410, G19510, G20280, G20460, G25640, G28210, G28220, G28400, G29190, G30040, G31060, G33330, G33430, G36030, G36860, G36870, G43160, G43410, G43770, G47790, G48670, G54550, G55370, G55810
## भजन ### परिभाषा: भजन एउटा पवित्र गीत अर्थात् प्रायः सङ्गीतबद्ध गरिएको कविता हो । * पुरानो करारमा भजनसंग्रहको पुस्तकमा राजा दाऊदले लेखेका यी गीतहरूका सङ्गालो छ । * मोशा र राजा दाऊद दुवैले भजन लेखे जुन इस्राएलीहरूले उनीहरूका परमेश्‍वरको आराधना गर्नलाई प्रयोग गरे । * भजनलाई आनन्द, विश्‍वास र श्रद्धा, साथै दुःख र शोक व्यक्‍त गर्न प्रयोग गर्न सकिन्छ । * नयाँ करारमा, ख्रीष्‍टियनहरूलाई आराधना स्वरूप भजनहरू गाउन निर्देशन दिइएको छ । (हेर्नुहोस्ः मोशा, दाऊद, इस्राएल, इस्राएलीहरू, इस्राएल राज्य) ### बाइबलका खण्डहरूः * प्रेरित १३:३२-३४ * प्रेरित १३:३५-३७ * कलस्सी ०३:१५-१७ * लूका २०:४१-४४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2158, H2167, H4210, G55670, G55680
## भय, डर, याहोवेको भय ### परिभाषा: “भय” र “डर” शब्दले कुनै हानि वा आपत् आइपर्दा कुनै मानिसले अनुभव गर्ने नराम्रो अनुभूतिलाई जनाउँछ । बाइबलमा, तथापि, "डर" शब्‍दले अर्को व्‍यक्‍ति सामान्‍यतया परमेश्‍वर वा राजा जस्‍ता शक्‍तिशालि व्‍यक्‍तिप्रति आराधना, आदर, डर, वा आज्ञाकारिताको मनोवृत्तिलाई पनि बुझाउँछ। ### अनुवादका लागि सुझावहरूः * सन्‍दर्भमा निर्भर गर्दै,  “भय” शब्दलाई विभिन्‍न तरिकामा अनुवाद गर्न सकिन्‍छ। केहि सम्‍भावनाहरू समावेश छन्ः "भए मान्‍नु," "भित्रि आदर," वा "गहिरो सम्‍मान," "सम्‍मान," वा "श्रद्धा," वा "भय मान्‍नु" हुनसक्‍छ। * "भय नमान्‍नुहोस्" वाक्‍यांशलाई "नडराऊ" वा "डराउन बन्‍द गर" भनेर अनुवाद गर्न सकिन्‍छ। * "परमेश्‍‍वरको भय सबैमा पर्यो" भन्‍ने वाक्‍यलाई विभिन्‍न तरिकामा अनुवाद गर्न सकिन्‍छ। केहि सम्‍भावनाहरू यस प्रकार छन्ः "अचानक तिनिहरू सबैले परमेश्‍वरप्रति गहिरो भय र आदर महसुस गरे," वा "तुरुन्‍तै, तिनिहरू सबै धेरै छक्‍क परे र परमेश्‍वरलाई भित्रबाट आदर गरे," वा "त्‍यसै बेला, तिनिहरू सबैले परमेश्‍वरसँग धेरै डराए (उहाँको ठुलो शक्‍ति कारणले)।" (हेर्नुहोस्ः भय, यहोवा, प्रभु, आश्‍चार्यचकित, शक्‍ति) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ४ः१८ * प्रेरित २ः४३ * प्रेरित १९ः१५-१७ * उत्‍पत्ति ५०ः२१ * यशैया ११ः३-५ * अय्‍युब ६ः१४ * योना १ः९ * लूका १२ः५ * मत्ति १०ः२८ * हितोपदेश १०ः२४-२५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0367, H0926, H1204, H1481, H1672, H1674, H1763, H2119, H2296, H2727, H2729, H2730, H2731, H2844, H2849, H2865, H3016, H3025, H3068, H3372, H3373, H3374, H4032, H4034, H4035, H4116, H4172, H6206, H6342, H6343, H6345, H6427, H7264, H7267, H7297, H7374, H7461, H7493, H8175, G08700, G11670, G11680, G11690, G16300, G17190, G21240, G21250, G29620, G53980, G53990, G54000, G54010
## भरोसा, भरोसायोग्य, भरोसायोग्यता ### परिभाषा: शब्द “भरोसा” ले कुनै व्यक्‍ति वा वस्तु सत्य छ वा भरपर्दो छ भनी विश्‍वास गर्ने कुरालाई जनाउँछ। त्‍यो विश्‍वासलाई "विश्‍वास" पनि भनिन्‍छ। एक विश्‍वासनीय  व्ठि‍यक्क‍ति त्‍यो हो जसलाई तपाईले  सहि र सत्य कुरा गर्न र भन्‍न विश्‍वास गर्न सक्‍नुहुन्‍छ, र त्‍यसकारण जोसगँ "विश्‍वासयोग्‍यता" को गुण छ। * भरोसा विश्‍वाससित सामीप्य रूपमा सम्बन्धित छ । हामीले कसैमाथि भरोसा गर्‍यौँ भने उसले गर्छु भनी प्रतिज्ञा गरेको कुरो उसले गर्छ भनी हामी त्यस व्यक्‍तिमा विश्‍वास गर्छौं । * कसैमाथि भरोसा गर्नुको अर्थ त्यस व्यक्‍तिमा आश्रित हुनु पनि हो । * येशू “मा भरोसा गर्नु” को अर्थ हुन्छ‒ उहाँ परमेश्‍वर हुनुहुन्छ र हाम्रा पापको मूल्य चुकाउन उहाँ क्रुसमा मर्नुभयो भनी विश्‍वास गर्नु हो अनि हामीलाई बचाउन उहाँमाथि भर पर्नु हो । * “भरोसायोग्य भनाइ” ले भनिएको कुरो सत्य छ भनी मानिलिन सकिन्छ भन्‍ने कुरोलाई जनाउँछ । ### अनुवादका लागि सुझावहरूः * “भरोसा” लाई “विश्‍वास” वा “विश्‍वास गर्नु” वा “निश्‍चित हुनु” वा “आश्रित हुनु” भनी अनुवाद गर्न सकिन्छ । * “मा तपाईंको भरासा राख्‍नुहोस्” भन्‍ने वाक्यांश “मा भरोसा गर्नुहोस्” सित निकै समान छ । * शब्द “भरोसायोग्य” लाई “भर पर्न सकिने” वा “विश्‍वसनीय” वा “सधैँ भर पर्न सकिन्छ” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः  विश्‍वास, निश्‍चितता, विश्‍वास, विश्‍वासयोग्य, सत्य) ### बाइबलका सन्दर्भहरूः * १ इतिहास ०९:२२-२४ * १ तिमोथी ०४:९-१० * होशे १०:१२-१३ * यशैया ३१:१-२ * नहेम्याह १३:१२-१४ * भजनसंग्रह ३१:५-७ * तीतस ०३:८ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणरूः * (१२-१२) जब इस्राएलीहरूले मिश्रीहरू मरेका देखे, तब तिनीहरूले परमेश्‍वरमा भरोसा गरे र मोशा परमेश्‍वरका अगमक्‍ता रहेछन् भनी विश्‍वास गरे । * (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने । * (१७-०२) दाऊद विनम्र र धर्मी मानिस थिए, जसले परमेश्‍वरमाथि भरोसा गर्थे र उहाँप्रति आज्ञाकारी हुन्थे । * (३४-०६) त्यसपछि येशूले आफ्नै असल कामहरूमा भरोसा गर्ने र अरू अरूहरूलाई तिरस्कार गर्ने मानिसहरूको कथा भन्‍नुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0539, H0982, H1556, H2620, H2622, H3176, H4009, H4268, H7365, G16790, G38720, G39820, G40060, G41000, G42760
## भाइ ### परिभाषा: “भाइ” शब्दले साधारणतया एउट बुबा आमाबाट जन्मेका दुईमध्ये कान्छो व्यक्‍तिलाई जनाउँछ । * पुरानो करारमा उही कुल, कुटुम्ब वा जातिका आफन्तहरूको सामान्य सन्दर्भको रूपमा पनि शब्द “भाइहरू” लाई प्रयोग गरिएको छ । * ख्रीष्‍टमा सबै विश्‍वासी एउटै आत्मिक परिवारका सदस्यहरू हुन् र परमेश्‍वर तिनीहरूका स्वर्गीय पिता हुनुभएकाले नयाँ करारमा दुवै पुरुष र स्‍त्रीहरूलगायत सङ्गी ख्रीष्‍टियानहरूलाई उल्लेख गर्न प्रेरितहरूले अक्सर “भाइहरू” शब्दको प्रयोग गरेका छन् । * नयाँ करारका केही ठाउँमा सङ्गी स्‍त्री ख्रीष्‍टियानलाई निर्दिष्‍ट रूपमा उल्लेख गर्न वा पुरुष र स्‍त्री दुवै नै समावेश गरिएका छन् भनी जोड दिन प्रेरितहरूले “बहिनी” शब्दको प्रयोग गरेका छन् । उदाहरणको लागि, “कुनै भाइ या बहिना खाना वा कपडाको आवश्यकतामा छ” भनी उल्लेख गर्दा याकूब सबै विश्‍वासीको बारेमा बोल्दै छन् । ### अनुवादका लागि सुझावहरूः * अनुवाद गरिएको भाषामा स्वाभाविक वा आफ्नै बुबा आमापट्टिको भाइलाई जनाउने शाब्दिक शब्दलाई उल्लेख गर्न सम्भव भएसम्म अनुवादमा त्यही शब्दको उल्लेख गर्नु उत्तम हुन्छ । * खास गरी पुरानो करारमा उही परिवार, कुटुम्ब वा जातिका सदस्यहरूलाई ज्यादै सामान्य रूपमा उल्लेख गर्न “भाइहरू” शब्दको प्रयोग हुँदा यसलाई “आफन्तहरू” वा “कुटुम्बका सदस्यहरू” वा “सङ्गी इस्राएलीहरू” भनी अनुवाद गर्न सकिन्छ । * ख्रीष्‍टमाथि ग्रहण गर्ने सङ्गी विश्‍वासीलाई उल्लेख गरेको सन्दर्भमा यस शब्दलाई “ख्रीष्‍टमा ग्रहण गर्ने भाइ” वा “आत्मिक भाइ” भनी अनुवाद गर्न सकिन्छ । * यदि पुरुष र स्‍त्री दुवैलाई उल्लेख गरिँदै छ र “भाइ” शब्दले गलत अर्थ दिन्छ भने स्‍त्री र पुरुष दुवैलाई समावेश गर्न प्रयोग गरिने आफन्तसम्बन्धी अझै सामान्य शब्दको प्रयोग गर्न सकिन्छ । * स्‍त्री र पुरुष दुवैलाई उल्लेख गर्ने गरी यसलाई “सङ्गी विश्‍वासीहरू” वा “ख्रीष्‍टियान दाजुभाइ तथा दिदी-बहिनीहरू” भनी अनुवाद गर्न सकिन्छ । * पुरुषहरूलाई मात्र उल्लेख गरिएको छ वा स्‍त्री र पुरुषहरू दुवैलाई उल्लेख गरिएको छ भन्‍नाका लागि सन्दर्भलाई जाँच्‍न नभुल्नुहोस् । (हेर्नुहोस्ः प्रेरित, बार्‍ह, एघार, परमेश्‍वर पिता, स्वर्गीय पिता, बहिनी, आत्मा, आत्मिक) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०७:२६-२८ * उत्पत्ति २९:९-१० * लेवी १९:१७-१८ * नहेम्याह ०३:१-२ * फिलिप्पी ०४:२१-२३ * प्रकाश ०१:९-११ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0251, H0252, H0264, H1730, H2992, H2993, H2994, H7453, G00800, G00810, G23850, G24550, G25000, G46130, G53600, G55690
## भाकल ### परिभाषा: भाकल व्यक्‍तिले परमेश्‍वरको निम्ति गर्ने प्रतिज्ञा हो । परमेश्‍वरलाई विशेष रूपमा आदर गर्न वा उहाँप्रति भक्‍ति देखाउन व्यक्‍तिले केही कुराहरू गर्ने प्रतिज्ञा गर्दछ । * प्रचिन इस्राएलमा कुनै व्‍यक्‍तिले परमेश्‍वरलाई भाकल गरे भने त्‍यो व्यक्‍तिले भाकल गरेपछि त्यस भाकललाई पुरा गर्ने जिम्मा उसकै काँधमा हुन्छ। आफूले गरेको भाकल पुरा नगर्ने व्‍यक्‍तिलाई परमेश्‍वरद्वारा उसको न्याय हुनेछ। * प्रचिन इस्राएलमा कहिले काहीँ व्यक्‍तिले भाकल गरेको सट्टामा कुनै कुरो उपलब्ध गराउन वा उसको रक्षा गर्न उसले परमेश्‍वरसित बिन्ती गर्न सक्छ। तथापी, प्रचिन इस्राएलहरूले यी अनुरोधहरू पूरा गर्न परमेश्‍वर बाध्‍य हुनुहुन्‍छ भनी विश्‍वास गर्दैनथेँ। * सन्‍दर्भमा निर्भर गर्दै, शब्‍द "वाचा" लाई "गम्‍भीर शपथ" वा "परमेश्‍वरलाई गरिएको प्रतिज्ञा" को रूपमा अुनवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः प्रतिज्ञा, शपथ) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०७:२७-२८ * प्रेरित २१:२२-२४ * उत्पत्ति २८:२०-२२ * उत्पत्ति ३१:१२-१३ * योना ०१:१४-१६ * योना ०२:९-१० * हितोपदेश ०७:१३-१५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5087, H5088, G21710
## भूतात्मा लागेको ### परिभाषा: भूतात्मा लागेको मानिसको काम र सोचाइलाई भूतात्मा वा दुष्‍टात्माले नियत्रण गरेको हुन्छ । * भूतात्मा लागेको मानिसले प्रायजसो आफूलाई वा अरूलाई चोट पुर्‍याउने काम गर्छ किनकि उसलाई दुषटात्माले यसो गर्न लगाउँछ । * येशूले भूतात्मा लागेका मानिसहरूबाट भूतात्माहरूलाई बाहिर निस्कने आज्ञा दिएर निको पार्नुभयो । ### अनुवादका लागि सुझावहरूः * यस शब्‍दलाई अनुवाद गर्ने अन्‍य तरिकाहरू "भूत-नियन्‍त्रित" वा "दुष्‍ट आत्‍माद्वारा नियन्‍त्रित" वा "भित्र बस्‍ने दुष्ट आत्मा भएको" समावेश हुन सक्‍छ। (हेर्नुहोस्ः दुष्‍ट) ### बाइबलका सन्दर्भहरूः * मर्कुस १ः३२ * मत्ति ४ः२४ * मत्ति ८ः१६ * मत्ति ८ः३३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **२६ः९** तिनिहरूमा भूतहरू भएका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याइयो। * **३२ः२** जब तिनिहरू तालको अर्को छेउमा पुगे, एकजना भूत लागेको मानिस दौडदै येशूकहाँ आयो। * ३२ः६ भूत लागेको मानिसले चर्को स्‍वरमा करायो, "येशू, सर्वोच्‍च परमेश्‍वरको पुत्र, तपाई मसँग के चाहनुहुन्‍छ?" कृपया मलाई यातना नदिनुहोस्। * ३२ः९ शहरका मानिसहरू आए र भूतहरू भएको मानिसहलाई देखे। * ४७ः३ हरेक दिन जब तिनिहरू (पावल र सिलास) त्‍यहाँ हिँड्‍थे, भूत लागेको एउटी दासिले तिनिहरूलाई पछ्याइन्। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G11390
## भूतात्मा, दुष्‍ट आत्मा, अशुद्ध आत्मा ### परिभाषा: यी सबै शब्दहरूले भूतात्माहरूलाई जनाउँछन् । यिनीहरू परमेश्‍वरको इच्छा विरुद्ध लाग्‍ने आत्मा हुन् । * परमेश्‍वरले स्वर्गदूतहरूलाई उहाँको सेवाको लागि सृष्‍टि गर्नुभयो । जब दियाबलसले परमेश्‍वरको विरोध गर्‍यो, अन्य केही स्वर्गदूतहरूले पनि विरोध गरे र तिनीहरू स्वर्गदेखि बाहिर फालिए । भूतात्मा र दुष्‍टात्माहरू यिनै “खसेका स्वर्गदूतहरू” हुन् भनी विश्‍वास गरिएको छ । * यिनीहरूलाई कहिलेकहीँ “अशुद्ध आत्मा” पनि भनिएको पाइन्छ । यिनीहरूले मानिसभित्र वास गरी उनीहरूलाई नियन्‍त्रण गर्ने काम पनि गर्छन् । * किनभने भूतहरूले शैतानको सेवा गर्छन्, तिनिहरू खराब कामहरू गर्छन्। कहिलेकाहिँ तिनिहरू मानिसहरू भित्र बस्‍छन् र तिनिहरूलाई नियन्‍त्रण गर्छन्। * भूतात्माहरू मानिसहरूभन्दा शक्‍तिशाली हुन्छन् तर परमेश्‍वर जत्तिकैचाहिँ होइनन् । ### अनुवादका लागि सुझावहरूः * "भूत" शब्‍दलाई "दुष्‍ट आत्‍मा" भनेर पनि अनुवाद गर्न सकिन्‍छ। * "अशुद्ध आत्‍मा" शब्‍दलाई "अपवित्र आत्‍मा" वा "भ्रष्‍ट आत्‍मा" वा "दुष्‍ट आत्‍मा" भनेर पनि अनुवाद गर्न सकिन्‍छ। * निश्‍चित गर्नुहोस् कि यो शब्‍द अनुवाद गर्न प्रयोग गरिएको शब्‍द वा वाक्‍यांश शैतानलाई सन्‍दर्भ गर्न प्रयोग गरिएको शब्‍द भन्‍दा फरक छ। * स्‍थानिय वा राष्‍ट्रिय भाषामा "दानव" शब्दलाई कसरी अनुवाद गरिएको छ भनेर पनि विचार गर्नुहोस्। (हर्नुहोस्ः : अज्ञानहरूलाई कसरी अनुवाद गर्ने।) हेर्नुहोस्ः (भूत-आत्‍मा लागेका, शैतान, झुठा ईश्‍वर, झुठा ईश्‍वर, स्‍वर्गदूत, दुष्‍ट, शुद्ध) ### बाइबलका सन्दर्भहरूः * याकूब २ः१९ * याकूब ३ः१५ * लूका ४ः३६ * मर्कुस ३ः२२ * मत्ति ४ः२४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरुः * **२६ः९** भूतहरू लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याइयो। जब येशूले तिनिहरूलाई आज्ञा दिनुभयो, भूतहरू मानिसहरूबाट बाहिर निस्‍के, र प्राय कराएर भने  "तपाई परमेश्‍वरको पुत्र हुनुहुन्‍छ।" * **३२ः८** भूतहरू मानिसबाट निस्‍केर सुँगुरहरूमा पसे। * **४७ः५** अन्‍तमा एक दिन जब दासि केटिले चिच्‍याउदै भन्‍न थालि, पावल उनितिर फर्के र उनिमा भएको भूतलाई भने, "येशूको नाममा, यसबाट बाहिर आऊ।" तुरुन्‍तै भूतले उनलाई छोड्‍यो। * **४९ः२** उहाँले (येशू) पानिमा हिड्‍नुभयो, आँधीबेहरी शान्‍त गर्नुभयो, धेरै बिरामिहरूलाई निको पार्नुभयो, भूतहरू धपाउनुभयो, मरेकाहरूलाई जिवित गर्नुभयो र पाचँ रोटि र दुई साना माछालाई ५००० भन्‍दा बढि मानिसहरूको लागि प्रर्याप्त खानामा परिणत गर्नुभयो। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2932, H7307, H7451, H7700, G01690, G11390, G11400, G11410, G11420, G41900, G41510, G41520, G41890
## म यहोवा हुँ ### तथ्‍यहरू "म यहोवा हुँ" भनाइलाई आदेश, ऐतिहासिक घटना, प्रतिज्ञा, वा भविष्‍यवाणि जुनचाहिँ विशेष रूपमा महत्‍वपूर्ण छ, जुनचाहिँ यहोवाको शक्‍तिद्वारा भएको हो वा जुनचाहिँ जस्‍तोसुकै परिस्‍थितिको बाबजुत पनि हुने कुराको रूपमा चिन्‍ह लगाउन प्रयोग गरिन्‍छ। यो निश्‍चितता चाहिँ सर्वशक्‍तिमान जसले सबै कुरामा शासन गर्नुहुन्‍छ, उहाँको चरित्र र शक्‍तिमा आधारित छ। साथै, कथन यहोवाको जनहरूलाई उहाँ को हुनुहुन्‍छ र उहाँको नामको अर्थ बुझाउन प्रयोग गरिन्‍छ। उहाँको आदेशमा  ऐतिहासिक घटना, प्रतिज्ञा, वा भविष्‍यवाणिलाई प्रतिबिम्‍वित गर्दै जादा श्रोताले यहोवा को हुनुहुन्‍छ भनेर अझ बढि बुझ्‍नेछ। लेवि ११ः४४-४५ ले यो स्‍पष्‍ट गर्दछ कि पपवित्रताको नियम पालना गरेर, मानिस यहोवा जस्तै पवित्र हुनेछ। त्‍यहाँ चार प्राथमिक तरिका वा रूपहरू छन् जसमा यो कथन हुन्‍छः १. "म परमप्रभु हुँ" वा "म परमप्रभु तिमिहरुका परमेश्‍वर हुँ" भनेर २.भनाईको रूपमा, (कसैले) थाहाँ पाउनेछन् कि न यहोवा हुँ (प्रायः "जब (मकेहि गर्छु)" पछि)। यो सबैबन्‍दा सामान्‍य प्रयोग हो। ३.उदहारणद्वारा, उसले के गर्न गईरहेको छ वा गरेको छ जसले उसको चरित्र र शक्‍तलाई प्रमाणित गर्दछ। ४. एक विशेषता द्वारा देखाइएको यि प्रयोगहरू संयोजन गर्न सकिन्‍छ, जस्‍तै लेवि १९ः२, १९ः३६ र २०ः२४ ### अनुवादका लागि सुझावहरूः * सकेसम्‍म, यो कथनलाई शाब्‍दिकरूपमा अनुवाद गर। यो सम्‍भनतः माथिको दोस्रो र तेस्रो रूपहरूको लागि गाह्रो हुनेछैन। * इजकिएल २०ः५ र हिब्रू ६ः१३ ले कम्‍तिमा केहि उदाहरणहरूमा (उत्‍पत्ति २८ः१३, प्रस्‍थान ६ः२, ६ः६, ६ः८, आदि) संकेत गर्छ।"म यहोवा हुँ" लाई शपथको शुत्रको रूपमा हेर्नुपर्छ। यि उदाहरणहरूमा (मुख्‍यरूपमा माथिको एउटा रूप) तपाईले आफ्‍नो व्‍याख्‍यात्‍मक टिप्‍पनी समावेश गर्न आवश्‍यक पर्दछ। * यदि यहोवाले प्रतिज्ञा गरिरहनुभएको छ भने, तपाई यसलाई स्‍पष्‍ट रूपमा बताउन आवश्‍यक पर्छ, उदाहरण प्रयोग गरेर" "म यहोवा हुँ जसले तिमिलाई शपथ दिदछुँ" * लेविमा विशेष गरी, कथन धेरै आज्ञाहरूसँग जोडिएको देखिन्‍छर तपाईले यसलाई कथनसँग स्‍पष्‍ट बनाउन आवश्‍यक पर्छ, जस्‍तैः "म यो आज्ञा दिने परमोप्रभु हुँ।" तपाईले थोरै लामो कथन पनि प्रयोग गर्न सक्‍नुहुन्‍छ, जस्‍तैः "म यहोवा हुँ, र म तिमिलाई यो शपथद्वारा बाँध्‍छु।" यधपि, यो लामो कथन कठिन हुन सक्‍छ, त्‍यसैले तपाईले यसलाई पहिलो (र सम्‍भवतः अन्‍तिम) पटक प्रयोग गर्न सक्‍नुहुन्‍छ जुन "म यहोवा हुँ" श्रङ्खलामा हुन्‍छ। * केहि भाषाहरूले यहोवाको सट्टा "परमप्रभु" प्रयोग गर्नेछन्; थपको जानकारीको लागि यहोवा हेर्नुहोस्। (हेर्नुहोस्ः प्रभु, यहोवा प्रभु, यहोवा) ### बाइबलका सन्दर्भहरूः 1. प्रस्‍थान ६ः२, ६ः६, ६ः८ १२ः१२, लेवी १८-२६ सम्‍म, गन्‍ति ३ः१३ 2. प्रस्‍थान ७ः१७, ८ः१८, १४ः४, १ राजा २०ः१३, २०ः८, इजकिएल ६ः७, ६ः१३, १२ः१५, २८ः२२ 3. प्रस्‍थान ६ः६, २०ः२, लेवी २०ः२४, एजकिएल (पुरै) ६ः७, ६ः१३, १२ः१५, १७ः२४, २०ः५-७, होशे १२ः१०, १३ः४, जकरीया १०ः६, भजनसंग्रह ८१ः११, यशैया ४४ः२४ 4. प्रस्‍थान १५ः२६, २०ः५, व्‍यवस्‍था ५ः९, यशैया ४३ः३, ४३ः१५, यर्मिया ९ः२३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0589, H3068, H3069, H3070, H3071, H3072, H3073, H3074, G06380, G33780
## मण्डली ### परिभाषा: नयाँ करारमा “मण्डली” शब्दले येशूमा ग्रहण गर्ने मानिसहरूको समूहलाई जनाउँछ । प्रार्थना गर्न र प्रचार गरिएको परमेश्‍वरको वचन सुन्‍न नियमित रूपमा सँगसँगै जम्मा हुने विश्‍वासीहरूको समूहलाई “स्थानीय मण्डली” भनिन्छ भने सबै विश्‍वासीहरूको समूहलाई “विश्‍वव्यापी मण्डली” भनिन्छ । * शाब्दिक रूपमा यस शब्दले “बोलाइएका” मानिसहरूको सभा वा समूहलाई जनाउँछ जो विशेष उद्देश्यको लागि सँगसँगै जम्मा हुन्छन् । * ख्रीष्‍टको सम्पूर्ण देहमा हरेक ठाउँमा भएका सबै विश्‍वासीलाई जनाउन पनि यही शब्द अर्थात् मण्डलीको प्रयोग गरिन्छ । * अक्सर विश्‍वासीहरू कुनै सहरमा अवस्थित कसैको घरमा सँगसँगै जम्मा हुन्थे । यी स्थानीय मण्डलीहरूलाई त्यही सहरको नाउँ दिइएको हुन्थ्यो, जस्तैः “एफिससको मण्डली ।” * बाइबलमा “मण्डली” शब्दले भवनलाई उल्लेख गर्दैन । ### अनुवादका लागि सुझावहरूः * “मण्डली” शब्दलाई “एकै ठाउँमा जम्मा भएको भेला” वा “सभा” वा “विश्‍वासीहरू” वा “सँगसँगै जम्मा हुनेहरू” भनी अनुवाद गर्न सकिन्छ । * यस शब्दलाई अनुवाद गर्न प्रयोग गरिएको शब्द वा पदावलीले एउटा सानो समूहलाई मात्र नभएर सबै विश्‍वासीलाई पनि जनाउन सक्‍नुपर्छ । * “मण्डली” शब्दले भवनलाई मात्र उल्लेख गर्दैन भन्‍ने कुरोमा निश्‍चित हुनुहोस् । * पुरानो करारमा “भेला” लाई अनुवाद गर्न प्रयोग गरिएको शब्दलाई यस शब्दको अनुवादको लागि पनि प्रयोग गर्न सकिन्छ । * स्थानीय वा राष्‍ट्रिय बाइबल अनुवादमा यसलाई कसरी अनुवाद गरिएको छ भनी ख्याल गर्नुहोस् (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०५:११-१३ * १ थेसलोनिकी ०२:१४-१६ * १ तिमोथी ०३:४-५ * प्रेरित ०९:३१-३२ * प्रेरित १५:३९-४१ * कलस्सी ०४:१५-१७ * एफिसी ०५:२२-२४ * मत्ती १६:१७-१८ * फिलिप्पी ०४:१४-१७ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (४३-१२) पत्रुसले भनेका कुरामा करिब तिन हजार मानिसले विश्‍वास गरे, र तिनीहरू येशूका चेलाहरू बने । तिनीहरूलाई बप्‍तिस्मा दिइयो र तिनीहरू यरूशलेमको मण्डलीको हिस्सा बने । * (४६-०९) एन्टिओखियाका अधिकांश मानिसहरू यहूदीहरू नभए तापनि पहिलो पटक तिनीहरूमध्ये धेरै जना विश्‍वासी बने । यी नयाँ विश्‍वासीहरूलाई येशूको बारेमा थप सिकाउन र मण्डलीलाई दह्लिो बनाउन बारनाबास र शाऊल त्यहाँ गए । * (४६-१०) त्यसैले, एन्टिओखियाको मण्डलीले बारनाबास र शाऊलका निम्ति प्रार्थना गरे, र तिनीहरूमाथि आ-आफ्ना हात राखे । त्यसपछि धेरै अन्य ठाउँहरूमा येशूको शुभ खबर प्रचार गर्नका लागि तिनीहरूले उनीहरूलाई पठाए । * (४७-१३) येशूको बारेमा भएको शुभ खबर फैलँदै गयो र मण्डली बढिरह्‍यो । * (५०-०१) लगभग दुई हजार वर्षसम्म संसारको चारैतिर धेरैभन्दा धेरै मानिसहरूले येशू मसीहको बारेमा भएको शुभ खबरलाई सुन्दै आएका छन् । मण्डली वृद्धि भइरहेको छ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G15770
## मन्दिर ### परिभाषा: मन्दिर पर्खाल लगाइएका चोकहरूबाट घेरिएको भवन थियो, जहाँ इस्राएलीहरू प्रार्थना गर्न र परमेश्‍वरका निम्ति बलिदानहरू चढाउन आउँथे । यो यरूशलेम सहरमा पर्ने मोरीयाह डाँडामा अवस्थित थियो । * अक्सर “मन्दिर” शब्दले मुख्य भवनलाई घेर्ने चोकहरूलगायत मन्दिरको पुरै संरचनालाई जनाउँछ । कहिले काहीँ यसले केवल भवनलाई जनाउँछ । * मन्दिरको भवनमा दुईवटा कोठा थिए‒ पवित्रस्थान र महा-पवित्रस्थान । * परमेश्‍वरले मन्दिरलाई उहाँको वासस्थानको रूपमा उल्लेख गर्नुभयो । * नयाँ करारमा पवित्र आत्मा ख्रीष्‍टमा ग्रहण गर्ने विश्‍वासीहरूका जीवनमा बास गर्नुहुने भएकोले तिनीहरूलाई जनाउन पदावली “पवित्र आत्माको मन्दिर” लाई प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * साधारणतया खण्डले मानिसहरू “मन्दिरमा” छन् भनी बताउँदा यसले भवनको बाहिरपट्टिका चोकहरूलाई जनाउँदै छ । यसलाई “मन्दिरका चोकहरूमा” वा “मन्दिरको संरचनामा” भनी अनुवाद गर्न सकिन्छ । * यसले मन्दिरलाई तोकेर उल्लेख गर्दा केही अनुवादहरूले “मन्दिर” लाई “मन्दिरको भवन” भनी अनुवाद गर्छन्, ताकि केलाई उल्लेख गरिएको हो भनी प्रस्ट हुन सकोस् । * “मन्दिर” लाई “परमेश्‍वरको पवित्र भवन” वा “पवित्र आराधनाको ठाउँ” भनी अनुवाद गर्न सकिन्छ । * अक्सर बाइबलमा मन्दिरलाई “यहोवेको घर” वा “परमेश्‍वरको घर” भनी उल्लेख गरिएको छ । (हेर्नुहोस्ः बलिदान, भेटी, सोलोमन, बेबिलोन, बेबिलोनी, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, पवित्र वासस्थान, चोक, सियोनको चोक, सियोन पर्वतको घर) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०३:१-३ * प्रेरित ०३:७-८ * इजकिएल ४५:१८-२० * लूका १९:४५-४६ * नहेम्याह १०:२८-२९ * भजनसंग्रह ७९:१-३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१७-०६) दाऊदले एउटा मन्दिर बनाउन चाहन्थे, जहाँ सबै इस्राएलीले परमेश्‍वरको आराधना गर्न सक्थे र उहाँलाई बलिदानहरू चढाउन सक्थे । * (१८-०२) यरूशलेममा सोलोमनले मन्दिर बनाए, जसको लागि तिनका पिता दाऊदले योजना बनाएका थिए र सामग्रीहरू जम्मा पारेका थिए । अब मानिसहरूले भेट हुने पालमा परमेश्‍वरलाई आराधना र बलिदानहरू चढाउनुको साटो मन्दिरमा त्यसो गरे । परमेश्‍वर आउनुहुन्थ्यो र मन्दिरमा उपस्थित हुनुहुन्थ्यो र उहाँ आफ्ना मानिसहरूसित त्यहीँ बस्‍नुहुन्थ्यो । * (२०-०७) तिनीहरू (बेबिलोनीहरू) ले यरूशलेम सहरलाई कब्जा गरे; मन्दिरलाई नष्‍ट पारे र सबै खजानाहरू लिएर गए । * (२०-१३) जब मानिसहरू यरूशलेममा आइपुगे, तब तिनीहरूले मन्दिर अनि सहर र मन्दिर वरिपरिको पर्खालको पुनर्निर्माण गरे । * (२५-०४) त्यसपछि शैतानले येशूलाई मन्दिरको उच्‍चतम टाकुरामा लगेर भन्यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने तल हाम्फाल्नुहोस् किनकि लेखिएको छ, ‘तपाईंका खुट्टा जमिन नपरोस् भन्‍नाका लागि तपाईंलाई थाम्‍न परमेश्‍वरले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा दिनुहुनेछ’ ।” * (४०-०७) उहाँ मर्नुहुँदा एउटा ठुलो भूकम्प गयो, र मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट अलग गर्ने मन्दिरमा भएको ठुलो पर्दा माथिदेखि तलसम्म दुई भाग गरी च्यातियो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1004, H1964, H1965, G14930, G24110, G34850
## मन्‍न ### परिभाषा: मन्‍न रोटी जस्तै पातलो भोजन थियो जुन चाँहि इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेपछि उजाड-स्थानमा परमेश्‍वरले तिनीहरूलाई जुटाइदिनुभएको थियो । * प्रत्येक बिहान शीतसँगै मन्‍न सेतो पत्रको रूपमा बर्सन्थ्यो । इस्राएलीहरूले शबाथ दिनबाहेक अरू प्रत्येक दिन मन्‍न बटुल्थे अनि यसले प्रत्येकको लागि अघाउन्जेल ठीक्‍क पुग्थ्यो । * इस्राएलीहरूले शबाथको दिन बाहेक हरेक दिन मन्‍न जम्‍मा गर्थे। * सबाथ दिनभन्दा अगिल्लो दिन, परमेश्‍वरले इस्राएलीहरूलाई दुई गुणा बढी बटुल्ने आदेश दिनुभयो, ताकि भोलिपल्ट उनीहरूले बटुल्नु नपरोस् । * “मन्‍न” शब्दको अर्थ “यो के हो ?” भन्‍ने हुन्छ । * बाइबलमा तन्‍नलाई "स्‍वर्गबाट आएको रोटी" र "स्‍वर्गबाट आएको अन्‍न" पनि भनिएको छ। ### अनुवादका लागि सुझावहरू * यो शब्द अनुवाद गर्ने अन्य तरिका यस्ता हुन्छन्ः “पातलो सेतो अन्‍नका पत्रहरू” वा “स्वर्गबाटको अन्‍न” । * यो शब्दलाई कुनै स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा कसरी अनुवाद गरिएको छ, त्यो विचार गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः  रोटी, मरूभूमि, अन्‍न, स्‍वर्ग, शबाथ) ### बाइबलका सन्दर्भहरूः * व्‍यवस्‍था ८ः३ * प्रस्‍थान १६ः२७ * हिब्रू ९ः३-५ * यूहन्‍ना ६ः३०-३१ * यहोशू ५ः१२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4478, G31310
## महिमा, महिमित ### परिभाषा: सामान्‍य शब्‍दमा मूल्‍य, लायक, महत्‍व, आदर, वैभव, महिमा, लाई "महिमा" को परिवारको सदस्‍यको अवधारणाहरू हो। "महिमा" शब्‍दको अर्थ कसैलाई वा कोहिलाई महिमा दिनु, वा कुनै चिज वा कोहि व्‍यक्‍ति कति धेरै महिमाको योग्‍य छ बनेर देखाउन वा बताउन हो। * बाइबलमा, "महिमा" शब्‍द खास गरी परमेश्‍वरको वर्णन गर्न प्रयोग गरिन्छ, जो सारा विश्‍वमा अन्य कुनै थोक वा व्यक्‍तिभन्दा धेरै मूल्‍यवान, बढि योग्‍य, बढि महत्‍वपूर्ण, बढि आदरणिय, धेरै भव्‍य र अधिक साहसि हुनुहुन्‍छ। उहाँको चरित्रको बारेमा सबै कुराले उहाँको महिमा प्रकट गर्दछ। * मानिसहरूले परमेश्‍वरलाई उहाँले गर्नुभएको अचम्‍मका कामहरू बताई महिमा गर्न सक्‍छन्। तिनिहरूले परमेश्‍वरको चरित्र अनुशार जिवन बिताएर पनि परमेश्‍वरको महिमा गर्न सक्‍छन् किनकि त्‍यसो गर्दा अरूलाई उहाँको मूल्‍य, महत्‍व, इज्‍जत, वैभव र महिमा देखाउँछ। * “मा महिमा गर्नु” को अर्थ हुन्छः कुनै कुरोमा घमन्ड गर्नु वा गर्व गर्नु । #### पुराको करार पुरानो नियममा "यहोवाको महिमा" भन्‍ने विशिष्‍ट वाक्‍यांशले सामान्‍यतया कुनै विशेष स्‍थानमा यहोवाको उपस्‍थितिको केहि बोधगन्‍य अभिव्‍यक्‍तिलाई जनाउँछ। #### नयाँ करार * परमेश्‍वर पिताले सबै मानिसहरूलाई येशू कति महिमित हुनुहुन्‍छ भनेर पूर्न रूपमा प्रकट गरेर परमेश्‍वर पुत्रलाई महिमा दिनुहुन्‍छ। * ख्रिष्‍टमा विश्‍वास गर्ने हरेक उहाँसगैँ महिमित हुनेछन्। "महिमा" शब्‍दको यो प्रयोगले एक अद्दितिय अर्थ बोक्‍छ। यसको मतलब यो हो कि जब ख्रिष्‍टमा विश्‍वास गर्ने मानिसहरूलाई जिवित पारिन्‍छ, तिनिहरू शारीरिक रूपमा परिवर्तन हुनेछन् जसरी उहाँ आफ्‍नो पुनरुत्‍थान पछि देखा पर्नुभयो। ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “महिमा” लाई “वैभव” वा “चम्किलोपन” वा “ऐश्‍वर्य” वा “भययोग्य महानता” वा “अत्यधिक मूल्यवान्” भनी अनुवाद गर्न सकिन्छ । * “महिमित” शब्दलाई “महिमाले भरिपूर्ण” वा “अत्यधिक मूल्यवान्” वा “तेजिलो चमक” वा “भययोग्य रूपमा ऐश्‍वर्यवान्” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “परमेश्‍वरलाई महिमा दिनुहोस्” लाई “परमेश्‍वरको महानताको आदर गर्नुहोस्” वा “परमेश्‍वरको ऐश्‍वर्यको कारणले उहाँको स्तुति होस्” वा “परमेश्‍वर कति महान् हुनुहुन्छ भनी अरूलाई बताउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “मा महिमा गर्नु” लाई “प्रशंसा गर्नु” वा “मा गर्व गर्नु” वा “को बारेमा घमन्ड गर्नु” वा “मा खुसी हुनु” भनी अनुवाद गर्न सकिन्छ । * "महिमा" लाई "महिमा देऊँ" वा "महिमा ल्‍याउँ" वा "महान देखिनुको कारण" भनेर अनुवाद गर्न सकिन्‍छ। * "परमेश्‍वरको महिमा गर" भन्‍ने वाक्‍यांशलाई "परमेश्‍वरको प्रशंसा गरे" वा "परमेश्‍वरको महानताको बारेमा कुरा गर" वा "परमेश्‍वर कति महान हुनुहुन्‍छ भनि देखाओँ" वा "परमेश्‍वरलाई आदर गर (उहाँको आज्ञा पालन गरेर)" भनि अनुवाद गर्न सकिन्‍छ। * "महिमा भएको" भनिने शब्‍दलाई "धेरै महान भएको देखायो" वा "प्रशंसा होस्," वा "उच्‍च होस्" भनि अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः सम्‍मान, महिमा, उच्‍च, आज्ञापालन, प्रशंसा) ### बाइबलका सन्दर्भहरूः * प्रस्थान २४:१७ * गन्ती १४:९-१० * यशैया ३५:२ * लूका १८ः४३ * लूका २:९ * यूहन्‍ना १२ः२८ * प्रेरित ३:१३-१४ * प्रेरित ७ः१-३ * रोमि ८ः१७ * १ कोरिन्‍थी ६ः१९-२० * फिलिप्पी २:१४-१६ * फिलिप्पी ४:१९ * कलस्सी ३:१-४ * १ थेसलोनिकी २:५ * याकूब २:१-४ * १ पत्रुस ४ः१५-१६ * प्रकाश १५ः४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२३-०७) अकस्मात्, आकाश स्वर्गदूतहरूले भरिए जसले यसो भन्दै परमेश्‍वरले स्तुति गरे, “स्वर्गमा परमेश्‍वरलाई महिमा होस् र पृथ्वीमा उहाँका मानिसहरूलाई शान्ति !” * (२५-०६) त्यसपछि शैतानले येशूलाई संसारका सबै राज्य र त्यसका सबै महिमा देखाएर भन्यो, “मलाई दण्डवत् गरी मेरो आराधना गर्नुभयो भने म यी सबै तपाईंलाई दिनेछु ।” * (३७-०१) येशूले यो खबर सुनेपछि भन्‍नुभयो, “यस रोगले मृत्युमा पुर्‍याउँदैन, तर यो परमेश्‍वरको महिमाको लागि हो ।” * (३७-०८) येशूले जवाफ दिनुभयो, “तिमीहरूले ममा विश्‍वास गर्‍यौ भने तिमीहरूले परमेश्‍वरको महिमा देख्‍नेछौ भनी के मैले तिमीहरूलाई भनिनँ र ?” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0117, H0142, H0155, H0215, H1342, H1921, H1926, H1935, H1984, H3367, H3513, H3519, H3520, H6286, H6643, H7623, H8597, G13910, G13920, G17400, G17410, G27440, G48880
## मानिसको पुत्र, मानिसको पुत्र ### परिभाषा: “मानिसको पुत्र” भन्‍ने उपमा येशूले आफैँलाई जनाउनलाई प्रयोग गर्नुभएको चिरपरिचित उपमा हो । पुरानो करारमा “मानिसको पुत्र” एउटा मानिसलाई सम्बोधन गर्ने तरिका पनि थियो । * पुरानि करारमा “मानिसको पुत्र” ले प्रायः “मानिस” वा “मानवजाति” जनाउन प्रायः प्रयोग गरिन्थ्यो । * इजकिएलको पुस्तकभरि नै परमेश्‍वरले उनलाई “मानिसको छोरो” भनी सम्बोधन गर्नुहुन्छ । उदहरणको लागि, “तिमीले, मानिसको छोरो अगमवाणी गर्नुपर्छ ।” * येशूले यसलाई “म” वा “मलाई” भन्‍नुको सट्टा आफैँलाई जनाउन प्रायः प्रयोग गर्नुभयो । * दानिएल अगमवक्‍ताले “मानिसको पुत्र” बादलमा आइरहेका एउटा दर्शन देखे, जसले मसीअको आगमनलाई जनाउँछ । * येशू आफैँले उहाँ कुनै दिन बादलमा फर्केर आउनुहुनेछ भनी आफैँलाई जनाउनलाई भन्‍नुभयो । * मानिसको पुत्र बदलमा आइरहेको यी सन्दर्भहरूले येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रकट गर्छ । ### अनुवादका निम्ति सुझावहरूः * येशूले “मानिसको पुत्र” भनी प्रयोग गर्दा यसलाई “मानव जाति भएका एक जना” वा “स्वर्गबाट आएका मानिस” भनी अनुवाद गर्न सकिन्छ । * केही अनुवादकहरूले येशूले आफ्नै बारे भनिरहनुभएको छ भन्‍ने देखाउनलाई यसमा “म” वा “मलाई” पनि समावेश गर्छन् (जस्तै, “म, मानिसको पुत्र) । * यसको अनुवादले (अवैध छोरा वा येशू केवल मानव मात्र हुनुहुन्थ्यो भन्‍ने गलत प्रभाव दिने जस्ता) एउटा गलत अर्थ नदिओस् भनी ख्याल गर्नुहोस् । * “मानिसको पुत्र” ले एउटा व्यक्‍तिलाई जनाउँदा “तिमी, एक मानव” वा “तिमी, मानिस” वा “मानव जाति” वा “मानिस” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः पुत्र, को पुत्र, परमेश्‍वरका पुत्र, छोरा, याह्वे) ### बाइबल खण्डहरूः * प्रेरित ०७:५४-५६ * दानिएल ०७:१३-१४ * इजकिएल ४३:६-८ * यूहन्‍ना ०३:१२-१३ * लूका ०६:३-५ * मत्ती १३:३६-३९ * मर्कूस ०२:१०-१२ * भजनसंग्रह ०८०:१७-१८ * प्रकाश १४:१४-१६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0120, H0606, H1121, H1247, G04440, G52070
## मासु, देह ### परिभाषा: बाइबलमा “मासु” शब्दको शाब्दिक अर्थ मानिस र जनावरको शरीरमा भएको नरम तन्तु हो । * बाइबलमा सबै मानिस वा सबै जीवित प्राणीलाई जनाउनको लागि यो शव्‍दलाई आलंकारिक रुपले प्रयोग गरिएको छ । * नयाँ करारमा “मासु” शब्द मानिसहरूको पापमय स्वभावलाई जनाउनको लागि प्रयोग गरिएको पाइन्छ । यो अन्‍तिम स्वभावको विपरीत प्रयोग गरिने शब्द हो । * “आफ्नै रगत र मासु” भन्‍ने टुक्‍काले अभिभावक, भाइ बहिनीहरू, छोराछोरी वा नाति नातिनीहरूजस्ता शारीरिक नातालाई जनाउँछ । * “रगत र मासु” भन्‍ने अभिव्‍यक्‍तिलाइ कुनै व्‍यक्‍तिको पुर्खा वा वंशजलाई जनाउनको लागि प्रयोग गरिन्छ । * विवाह बन्धनमा बाँधिएका पुरुष र स्‍त्रीलाई “एउटै शरीर” भनेर भनिन्छ । ### अनुवादका लागि सुझावहरूः * जनावरको शरिरको सन्‍दर्भमा, "मासु" लाई "शरिर" वा "छाला" वा "शरीर" भनेर अनुवाद गर्न सकिन्‍छ। * जब यो सामान्‍यतया सबै जिवित प्राणिहरूलाई सन्‍दर्भ गर्न प्रयोग गरिन्‍छ, यो शब्‍द "जिवित प्राणीहरू" वा "जिवित सबै कुरा" को रूपमा अनुवाद गर्न सकिन्‍छ। * सबै मानिसहरूलाई सामान्‍य रूपमा उल्‍लेश गर्दा, यो शब्‍दलाई "मानिसहरू" वा "मानवहरू" वा "बाच्‍ने सबै" भनेर अनुवाद गर्न सकिन्‍छ। * "मासु र रगत" अभिव्‍यक्‍तिलाई "आफन्‍तहरू" वा "परिवार" वा "नातेदार" वा "परिवारको कुल" भनेर अनुवाद गर्न सकिन्‍छ। त्‍यहाँ सन्‍दर्भसरू हुन सक्‍छन् जहाँ यसलाई "पूर्वजहरू" वा "वंशजहरू" भनेर अनुवाद गर्न सकिन्‍छ। * केहि भाषाहरूमा "मासु र रगत" सगँ मिल्‍दोजुल्‍दो अभिव्‍यक्‍ति हुन सक्‍छ। * "एउटै शरीर बन्‍नु" भन्‍ने अभिव्‍यक्‍तिलाई "शारीरक सम्‍बन्‍धमा एकताबद्ध हुनु" वा "एउटै शरीरको रूपमा बन्‍नु" वा "शरिर र आत्‍मामा एक जस्‍तै बन्‍नु" भनि अनुवाद गर्न सकिन्‍छ।  यो अभिव्‍यक्‍तिको अनुवाद परियोजनाको भाषा र संस्‍कृतिमा स्‍विकार् छ भनि सुनिश्‍चित गर्न जाचँ गरिनुपर्छ। (हेर्नुहोस्: प्रेयोक्‍ति). यो पनि बुझ्‍नुपर्छ कि यो लाक्षणिक छ, र यसको मतलब यो होइन कि एक पुरुष र एक महिला जो "यउटै शरीर बन्‍छन्" वा शाब्‍दिक रूपमा एक व्‍यक्‍ति बन्‍छन्। ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना २ः१६ * २ यूहन्‍ना १ः७ * एफिसी ६ः१२ * गलाति १ः१६ * उत्‍पत्ति २ः२४ * यूहन्‍ना १ः१४ * मत्ति १६ः१७ * रोमि ८ः८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0829, H1320, H1321, H2878, H3894, H4207, H7607, H7683, G29070, G45590, G45600, G45610
## मिलाप गराउनु, मिलाप ### परिभाषा: “मिलाप गराउनु” र “मिलाप” शब्दहरूले पहिला एकअर्काका शत्रुहरू भएका मानिसहरूका बिच “शान्ति कायम गर्नु” लाई जनाउछ । * सान्यतयाः बाइबलमा यो शब्दले परमेश्‍वरले उहाँको पुत्र येशू ख्रीष्‍टको बलिदानद्वारा मानिसहरूलाई उहाँसँग मिलापमा ल्याइरहनुभएको कुरालाई जनाउछ । * पापको कारणले सबै मानवजाति परमेश्‍वरका शत्रु भएको छ । तर उहाँको कृपापूर्ण प्रेमको कारणले परमेश्‍वरले येशूद्वारा मानिसहरूका निम्ति उहाँसँग मिलाप गराउने उपाय प्रदान गर्नुभयो । * तिनीहरूका पापको निम्ति भुक्‍तानीको रूपमा येशूको बलिदानमा भरोसा गरेर, मानिसहरूलाई क्षमा गर्न सकिन्छ, र परमेश्‍वरसँग शान्तिमा रहन सक्छन् । ### अनुवादका निम्ति सुझावहरूः * “मिलाप गराउनु” लाई “शान्ति कायम गर्नु” वा “असल सम्बन्ध पुनर्स्थापना गर्नु” वा “साथीहरू हुन लगाउनु” भनी अनुवाद गर्न सकिन्छ । * “मिलाप” लाई “असल सम्बन्ध पुनर्स्थापना गर्नु” वा “शान्ति कायम गर्नु” वा “शान्तिपूर्ण सम्बन्ध गराउनु” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः शान्ति, शान्तिपूर्ण, बलिदान, बलि) ### बाइबलका खण्डहरूः * २ कोरिन्थी ०५:१८-१९ * कलस्सी ०१:१८-२० * मत्ती ०५:२३-२४ * हितोपदेश १३:१७-१८ * रोमी ०५:१०-११ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2398, H3722, G06040, G12590, G24330, G26430, G26440
## मुक्‍तिदाता ### परिभाषा: “मुक्‍तिदाता” शब्दले अरूलाई खतराबाट बचाउने वा छुटकारा दिने व्यक्‍तिलाई जनाउछ । यसले अरूहरूलाई सामर्थ्य दिने वा उपलब्ध गराउने कसैलाई जनाउँछ । * पुरानो करारमा परमेश्‍वरलाई नै इस्रएलीहरूका मुक्‍तिदाताको रूपमा जनाइन्छ, किनभने उहाँले उनीहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनुभयो, उनीहरूलाई सामर्थ्य दिनुभयो, र उनीहरूलाई जिउनलाई आवश्यक पर्ने कुराहरू दिनुभयो । * पुरानो करारमा, परमेश्वरले इस्राएलीहरूलाई आक्रमण गर्न आएका अन्‍य मानिसहरूका समूहरू विरुद्ध लडाइँमा अगुवाइ गरेर तिनीहरूको सुरक्षा गर्न न्‍यायकर्ताहरू नियुक्‍त गर्नुहुन्‍थ्‍यो। यी न्‍यायाकर्ताहरूलाई कहिलेकाहीँ "मुक्‍तिदाता" भनिन्‍छ। न्‍यायकर्ताहरूको पुरानो करारको पुस्‍तकले इतिहासको समयलाई टिपोट गर्छ जब यी न्‍यायकर्ताहरूले  इस्राएकलाई शासन गरिरहेका थिए। * नयाँ करारमा “मुक्‍तिदाता” येशू ख्रीष्‍टको उपाधी वा वर्णनको रूपमा प्रयोग गरिएको छ, किनभने उहाँले मानिसहरूलाई उनीहरूका पापहरूका निम्ति अनन्तरूपमा दण्ड दिनबाट बचाउनुहुन्छ । उहाँले उनीहरूलाई उनीहरूका पापहरूद्वारा नियन्‍त्रण गर्नबाट पनि बचाउनुहुन्छ । ### अनुवादका निम्ति सुझावहरूः * सम्भव भएसम्म “मुक्‍तिदाता” शब्दलाई “बचाउनु” वा “मुक्‍ति” सँग सम्बन्धित शब्दहरूमा अनुवाद गर्नुपर्छ । * यो शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा “वचाउने व्यक्‍ति” वा “बचाउनुहुने परमेश्‍वर” वा “खतराबाट बचाउने” वा “शत्रुहरूबाट छुटकारा दिने” वा “(मानिसहरूलाई) पापहरूबाट छुटकारा दिने येशू” पर्छन् । (हेर्नुहोस्ः छुटकारा दिनु, येशू, येशू ख्रिष्‍ट, ख्रीष्‍ट येशू, मुक्‍ति, वचाउनु, सुरक्षित) ### बाइबल खण्डहरूः * १ तिमोथी ०४:९-१० * २ पत्रुस ०२:२०-२२ * प्रेरित ०५:२९-३२ * यशैया ६०:१५-१६ * लूका ०१:४६-४७ * लूका ०१:७८-७९ * भजनसंग्रह १०६:१९-२१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3467, G49900
## मुर्र ### परिभाषा: मुर्र एक प्रकारको रुखको चोपबाट बनाइएको मसला हो । * मुर्रलाई धूप, र मृत शरीरलाई दफन गर्नुभन्दा पहिले तयारी गर्न प्रयोग गरिने सुगन्धित वस्तुको रूपमा प्रयोग गरिन्थ्यो । * येशूको जन्म भएपछि ज्ञानी मानिसहरूले उहाँलाई दिएका उपहारहरू मध्ये मुर्र पनि एक थियो । * उहाँको क्रुसमा टाँगिने समयमा उहाँको पीडा कम गर्न येशूलाई मुर्र मिसिएको दाखमद्ध्य दिइएको थियो । ### बाइबलका सन्दर्भहरूः * प्रस्‍थान ३०ः२२-२५ * उत्‍पत्ति ३७ः२५-२६ * यूहन्‍ना ११ः१-२ * मर्कुस १५ः२३ * मत्ति २ः११-१२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3910, H4753, G34640, G46660, G46690
## मूर्ख, बुद्धिहीन, मूर्खता ### परिभाषा: गलत निर्णय गर्ने र विशेष गरी आज्ञा पालन नगर्ने व्‍यक्‍तिलाई जनाउनको लागि “मूर्ख” शब्दको प्रयोग गरिन्छ । बुद्धिमानी व्यवहार नगर्ने मानिसलाई “बुद्धिहीन” भनिन्छ । * बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने वा उहाँको आज्ञा पालना नगर्ने मानिसलाई “मूर्ख” भनेर सम्बोधन गरिएको छ । यसलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँको आज्ञा पालना गर्ने बुद्धिमानी मानिसको विपरीत अर्थ दिने शब्दको रूपमा प्रयोग गर्न सकिन्छ । * बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने र उहाँले सृष्‍टि गर्नुभएका कुराहरूमा देखिने प्रमाणलाई वास्ता नगर्ने मानिसलाई मूर्ख भनिएको छ । * मूर्ख मानिस कस्तो हुन्छ भनेर हितोपदेशको पुस्तकले बताउँछ । * बुद्धिमानी तरिकाले नगरिएको र परमेश्‍वरको इच्छाको विपरीत हुने कार्यलाई “मूर्खता” भनिन्छ । प्रायजसो कुनै हास्यास्पद र खतरनाक कुरालाई जनाउनको लागि यो शब्दको प्रयोग गरिन्छ । ### अनुवादका लागि सुझावहरूः * "मूर्ख" शब्‍दलाई "मूर्ख व्‍यक्‍ति" वा "निर्वुद्दि" वा "अविवेकि व्‍यक्‍ति, वा "अधार्मिक व्‍यक्‍ति" भनेर अनुवाद गर्न सकिन्‍छ। * "मूर्ख" लाई अनुवाद गर्ने तरिकाहरूमा "समझको कमि" वा "मूर्ख" वा "अर्ञहिन" समावेश गर्न सकिन्‍छ। हेर्नुहोस्ः  विद्धिमान ### बाइबलका सन्दर्भहरूः * उपदेशक १ः१७ * एफिसी ५ः१५ * गलाति ३ः३ * उत्‍पत्ति ३१ः२८ * मत्ति ७ः२६ * मत्ति २५ः८ * हितोपदेश १३ः१६ * भजनसंग्रह ४९ः१३ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0191, H0196, H0200, H1198, H1984, H2973, H3684, H3687, H3688, H3689, H3690, H5014, H5034, H5036, H5039, H5528, H5529, H5530, H5531, H6612, H8417, H8602, H8604, G04530, G04540, G07810, G08010, G08770, G08780, G27570, G31500, G31540, G34710, G34720, G34730, G34740, G39120
## मोल तिरेर छुट्टाउनु ### परिभाषा: “मोल तिरेर छुट्टाउनु” ले बन्दीलाई छुट्टाउनलाई माग गरिएको वा तिर्नु पर्ने रुपिँया वा अन्य भक्‍तानीलाई जनाउछ । * क्रिया “मोल तिरेर छुट्टाउनु” हो अर्थ कब्जा गरिएको, दास बनाइएको, वा बन्दी बनाइएको व्यक्‍तिको उद्धार गर्नलाई कुनै भुक्‍तानी गर्नु वा बलिदान स्वरूप केही थोक गर्नु हो ।” फिर्ता किन्‍नु” को अर्थ “उद्धार गर्नु” को अर्थसँग मिल्दोजुल्दो छ । * येशूले पापी मानिसहरूलाई तिनीहरूका पापको दासत्वबाट स्वतन्‍त्र गर्नको निम्ति मोलको रूपमा उहाँ आफैँलाई मारिन दिनुभयो । तिनीहरूका पापको दण्डबाट मोल तिरेर उहाँका मानिसहरूलाई फिर्ता किन्‍ने परमेश्‍वरको कार्यलाई बाइबलमा “उद्धार” भनिएको छ । ### अनुवादका निम्ति सुझावहरूः * “मोल तिरेर छुट्टउनु” लाई “छुटकाराको निम्ति तिर्नु” वा “स्वतन्‍त्रता पार्नलाई मूल्य चुकाउनु” वा “फिर्ता किन्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “छुटकाराको मोल तिर्नु” भन्‍ने वाक्यांशलाई “(स्वतन्‍त्रताको)मूल्य तिर्नु” वा “(मानिसहरूलाई छुटकारा दिन) दण्डको मूल्य तिर्नु” वा “आवश्‍यक भुक्‍तानी दिनु” भनेर अनुवाद गर्न सकिन्छ । * नाम शब्द “मोल” लाई “फिर्ता किन्‍ने” वा “दण्ड भुक्‍तान” वा “मूल्य चुक्‍ता” (जमिन वा मानिसलाई छुटकारा दिनु वा फिर्ता किन्‍नु) भनी अनुवाद गर्न सकिन्छ । * “मोल” र “उद्धार” को अर्थ उस्तै छ, तर अङ्ग्रेजीमा कहिले काहीँ हल्का भिन्‍न तवरले प्रयोग गरिन्छ । कुनै भाषामा यो धारणालाई अनुवाद गर्ने एउटै मात्र शब्द हुनसक्छ । * यसलाई “प्रायश्‍चित” लाई भन्दा भिन्‍न तवरले अनुवाद गरियोस् भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः प्रायश्‍चित, प्रायश्‍चित गर्नु, उद्धार गर्नु) ### बाइबलका खण्डहरूः * १ तिमोथी ०२:५-७ * होशे १३:१४ * यशैया ४३:२-३ * अय्यूब ०६:२१-२३ * लेवी १९:२०-२२ * मत्ती २०:२५-२८ * भजनसंग्रह ०४९:६-८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1350, H3724, H6299, H6306, G04870, G30830
## यहूदी, यहूदीहरू ### परिभाषा: यहूदीहरू अब्राहामका नाति याकूबका सन्तानहरू हुन् । * इस्राएलीहरू बेबिलोनी निर्वासानबाट यहूदा फर्केपछि मानिसहरूले तिनीहरूलाई “यहूदीहरू” भन्‍न थाले । * “यहूदी” शब्द “यहूदा” शब्दबाट आउँछ । बेबिलोनमा लगिएका इस्राएलीहरू दक्षिणी राज्य यहूदाका थिए । * येशू मसीह यहूदी हुनुहुन्थ्यो । तर, यहूदी अगुवाहरूले येशूलाई इन्कार गरे र उहाँलाई मारियोस् भनी माग गरे । (हेर्नुहोस्ः अब्राहाम, अब्राम, याकूब, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, बेबिलोन, बेबिलोनी, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ०२:५-७ * प्रेरित १०:२७-२९ * प्रेरित १४:५-७ * कलस्सी ०३:९-११ * यूहन्‍ना ०२:१३-१४ * मत्ती २८:१४-१५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२०-११) अब इस्राएलीहरूलाई यहूदीहरू भनियो र तिनीहरूमध्ये अधिकांशले पुरै जीवन बेबिलोनमा बिताएका थिए । * (२०-१२) त्यसैले, सत्तरी वर्षको निर्वासनपश्‍चात् यहूदीहरूको एउटा सानो समूह यहूदास्थित यरूशलेम सहरमा फर्के । * (३७-१०) यही आश्‍चर्यकर्मको कारणले गर्दा धेरै यहूदीहरूले येशूमा विश्‍वास गरे । * (३७-११) तर यहूदीहरूका धार्मिक अगुवाहरू डाही थिए । त्यसैले, तिनीहरूले येशू र लाजरसलाई कसरी मार्ने भनी सँगसँगै योजना बनाए । * (४०-०२) दोष-पत्रमा “यहूदीहरूका राजा” भनी लेखेर त्यसलाई येशूको शिरमाथि क्रुसमा झुण्ड्याइयोस् भनी पिलातसले आज्ञा दिए । * (४६-०६) तुरुन्तै शाऊलले “येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनी दमस्कसका यहूदीहरूलाई प्रचार गर्न थाले । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3054, H3061, H3062, H3064, H3066, G24500, G24510, G24520, G24530, G24540
## यहूदीहरूका राजा ### परिभाषा: “यहूदीहरूका राजा” भन्‍ने शब्द उपाधि हो र त्यसले येशू तथा मसीहलाई सङ्केत गर्दछ । * “यहूदीहरूका राजा” भएर जन्मनुभएको शिशुलाई बेथलेहेममा खोजी गर्दै गएका ज्ञानी मानिसहरूले पहिलोपटक यो शब्दलाई प्रयोग गरेको अभिलेख बाइबलले देखाउँछ । * स्वर्गदूतले मरियमलाई तिनीबाट जन्मिने राजा दाऊदको सन्तान नै राजा हुने र उनको शासन सदासर्वदा रहने कुरा प्रकट गरिदिनुभयो । * येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभन्दा पहिले, रोमी सेनाहरूले येशूलाई गिल्ला गर्दै “यहूदीहरूका राजा” भनी भनेका थिए । यो उपाधिलाई काठको एउटा पातामा लेखेर येशूलाई झुण्ड्याइएको क्रुसमाथि पनि टाँगिएको थियो । * येशू साँच्‍चिनै यहूदीहरूका राजा तथा सबै सृष्‍टिमाथिको प्रभु हुनुहुन्छ । ### अनुवाद सुझाव * “यहूदीहरूका राजा” भन्‍ने शब्दलाई “यहूदीहरूमाथि शासन गर्ने राजा” वा “यहूदीहरू माथिका शासनकर्ता “वा “यहूदीहरू माथिका सर्वोच्‍च शासनकर्ता,” भनेर पनि भनिन्छ । * “का राजा” भन्‍ने वाक्यांशलाई अन्यत्र कसरी अनुवाद गरिएको छ, त्यो पनि हेर्नुहोस् । ### बाइबलका सन्दर्भहरूः * लूका २३ः३ * लूका २३ः३८ * मत्ति २ः२ * मत्ति २७ः११ * मत्ति २७ः३५-३७ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * २३ः९ केही समयपछि, टाढा पूर्वको देशबाट आएका ज्ञानी मानिसहरूले एउटा अनौठो तारा आकाशमा देखे । उनीहरूले यो जाने कि यहूदीहरूका राजाको जन्म भएको छ । * ३९ः९ पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” * ३९ः१२ रोमी सेनाहरूले येशूलाई कोर्रा लगाए र वहाँलाई एउटा राजकीय पोशाक र काँडाको मुकुट लगाइदिए । र तिनीहरूले यसो भनेर वहाँको खिल्ली उडाए, “हेर, यहूदीहरूका राजा ।” * ४०ः२ पिलातसले “यहूदीहरूका राजा” भन्‍ने चिन्ह लेखी क्रुसमा येशूको शीर माथि राख्‍न आज्ञा दिए । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G09350, G24530
## यहोवा ### परिभाषा: “यहोवा” शब्द पुरानो करारमा परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ हो। यस नामको विशिष्ट उत्पत्ति अज्ञात छ, तर यो सम्भवतः हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो जसको अर्थ हो, ''हुनु।'' * परम्‍परालाई पछ्‍याउँदै, धेरै बाइबल संस्‍करणहरूले "यहोवा" लाई प्रतिनिधित्‍व गर्न "यहोवा" वा "परमप्रभु" शब्‍द प्रयोग गर्दछ। यो परम्‍परा यस तथ्‍यको परिणाम हो कि ऐतिहासिक रूपमा, यहूदीहरू यहोवाको नाम गलत उच्‍चारण गर्न डराए र पाठमा "यहोवा" शब्‍द देखा पर्दा प्रत्‍येक पटक "परमप्रभु" भन्‍न थाले। आधुनिक बाइबलहरूले परमेश्‍वरको व्‍यक्‍तिगत नामलाई आदर देखाउन र फरक हिब्रू शब्‍द "प्रभु" बाट छुट्‍याउनको लागि सबै ठूलो अक्षरहरूमा "परमप्रभु" लेख्‍न थाले। * पुरानो करारको हिब्रू पाठसँग सहमतीमा ULT र UST पाठहरूले सधैँ यो शब्‍दलाई "यहोवा" को रूपमा अनुवाद गर्दछ। * नयाँ करारको मूल पाठमा "यहोवा" शब्‍द कहिल्‍यै आएन; पुरानो करारलाई उद्धृत गर्दा पनि, ग्रीक भाषामा ग्रिक शब्‍द "प्रभु" मात्र प्रयोग गरियो। * पुरानो करारमा, जब परमेश्‍वरले आफ्‍नो बारेमा बोल्‍नुभयो, उहाँले प्रायः सर्वनामको सट्टा आफ्‍नो नाम प्रयोग गर्नुभयो। ### अनुवादका निम्ति सुझावहरूः * यहोवेलाई “म हुँ” वा “एक जीवित” वा “एक जना जो हुनुहुन्छ” वा “उहाँ जो जीवित हुँनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ । * यो शब्दलाई “यहोवे” को उच्‍चारण गरिएअनुसार नै लेख्‍न पनि सकिन्छ । * केही मण्‍डली सम्‍प्रदायहरूले "यहोवे" शब्‍द प्रयोग नगर्न रूचाउँछन् र यसको सट्टा परम्प‍रागत रूपमा चलिआएको नाम "परमप्रभु" प्रयोग गर्छन्। एउटा महत्‍वपूर्ण यो हो कि ठूलो स्‍वरले पढ्दा यो भ्रमीत हुनसक्‍छ किनभने यो शीर्षक "प्रभु" जस्‍तै सुनिन्‍छ। कुनै कुनै भाषाहरूमा "परमप्रभु" नाम (यहोवे) लाई "परमप्रभु" शीर्षकको रूपमा छुट्याउनको लागि जोड्न सकिने वा अन्‍य व्‍याकरणीय चिन्‍ह हुन सक्‍छ। * सम्‍भव भएमा यो नाम यहोवालाई राख्‍नु राम्रो हुन्‍छ जहाँ यो शाब्‍दिक रूपमा पाठमा लेखिन्‍छ, तर केही अनुवादहरूले पाठलाई थप प्राकृतिक र स्‍पष्‍ट बनाउन केही ठाउँमा सर्वनाम मात्र प्रयोग गर्ने निर्णय गर्न सक्‍छन्। * उद्धरणको परिचय दिदैँ जस्‍तै, "यहोवाले यसो भन्‍नुहुन्‍छ।" (अनुवादका नम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः परमेश्‍वर, प्रभु) ### बाइबलका खण्डहरूः * १ राजा २१ः २० * १ शामूएल १६ः७ * दानिएल ९:३ * इजकिएल १७:२४ * उत्पत्ति २:४ * उत्पत्ति ४:३-५ * उत्पत्ति २८:१३ * होशे ११ः १२ * यशैया १०:४ * यशैया ३८ः८ * अय्‍यूब १२:१० * यहोशू १:९ * विलाप १:५ * लेवी २५:३५ * मलाकी ३:४ * मीका २:५ * मीका ६:५ * गन्ती ८ः ११ * भजनसंग्रह १२४ः३ * रूथ १:२१ * जकरिया १४:५ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (९-१४) परमेश्‍वरले भन्‍नुभयो, “म हुँ जो म हुँ ।” तिनीहरूलाई भन्‍नू, “‘म हुँ’ भन्‍नुहुनेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो’ ।” तिनीहरूलाई भन, ‘म याह्वे हुँ, अर्थात तिमीहरूका पिता-पुर्खाहरू अब्राहम, इसहाक र याकूबका परमेश्‍वर । मेरो नाउँ सदा यही रहनेछ’ ।” * (१३-०४) त्यसपछि परमेश्‍वरले करार दिनुभयो र भन्‍नुभयो, “म तिमीहरूलाई मिश्रको दासत्वबाट बचाउने तिमीहरूका परमेश्‍वर याह्वेह हुँ । अरू देवताहरूको पूजा नगर ।” * (१३-०५) “मूर्तीहरु नबनाऊ र तिनीहरूलाई नपूज, किनभने म याह्वे डाही परमेश्‍वर हुँ ।” * (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर याह्वेहको सट्टा कनानी देवताहरूको पूजा गर्न सुरु गरे । * (१९-१०) तब एलियाले प्रर्थना गरे, “अब्राहम, इसहाक र याकूबका परमेश्‍वर याह्वे तपाईं एस्राएलका परमेश्‍वर हुनुहन्छ र म तपाईंको सेवक हुँ भन्‍ने आज हामीलाई देखाउनुहोस् ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3050, H3068, H3069
## येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू ### परिभाषा: येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ । “येशू” नामको अर्थ हुन्छ‒ “यहोवेले बचाउनुहुन्छ ।” “ख्रीष्‍ट” शब्द एउटा पद हो जसको अर्थ हुन्छ‒ “अभिषिक्‍त जन ।” यो मसीहको लागि अर्को शब्द हो । * यी दुईवटा नाउँ अक्सर एक ठाउँमा “येशू ख्रीष्‍ट” वा “ख्रीष्‍ट येशू” भएर आउँछन् । यी नाउँहरूले जोड दिन्छन्, कि परमेश्‍वरका पुत्र मसीह हुनुहुन्छ जो मानिसहरूका पापका लागि तिनीहरूलाई अनन्त दण्डबाट बचाउन आउनुभयो । * पवित्र आत्माले परमेश्‍वरका अनन्त पुत्रलाई मानवीय प्राणीको रूपमा आश्‍चर्यपूर्ण ढङ्गमा जन्मन लगाउनुभयो । उहाँको नाउँ “येशू” राख्‍नू भनी स्वर्गदूतले उहाँका पार्थिव बुबा आमालाई बताए, किनकि मानिसहरूका पापबाट बचाउन उहाँलाई नियुक्‍त गरिएको थियो । * येशूले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो जसले उहाँ परमेश्‍वर हुनुहुन्थ्यो अर्थात् ख्रीष्‍ट (मसीह) हुनुहुन्थ्यो भनी प्रकट गर्‍यो । ### अनुवादका लागि सुझावहरूः * धेरै भाषाहरूले “येशू” र “ख्रीष्‍ट” शब्दहरूलाई सम्भव भएसम्म मौलिक भाषाको हिज्जे वा ध्वनिसित समीप हुने गरी राख्छन् । उदाहरणको लागि, “येशूख्रीष्‍टो,” “जिसस ख्रीष्‍टस,” “येशूस क्रिष्‍टस” र “हेशूख्रीष्‍टो” आदि । विभिन्‍न भाषाहरूमा अनूदित यी केही तरिकाहरू हुन् । * “ख्रीष्‍ट” शब्दको लागि केही भाषाहरूले “मसीह” को रूपलाई प्रयोग गर्न मन पराउँछन् । * राष्‍ट्रिय वा नजिकैको स्थानीय भाषामा यी नाउँहरूलाई कसरी अनुवाद गरिएको छ भनेर पनि ख्याल गर्नुहोस् । (अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, परमेश्‍वर, परमेश्‍वर पिता, स्वर्गीय पिता, प्रधान पूजाहारी, परमेश्‍वरको राज्य, स्वर्गको राज्य, मरियम, मुक्‍तिदाता, परमेश्‍वरका पुत्र, पुत्र येशू) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्थी ०६:९-११ * १ यूहन्‍ना ०२:१-३ * १ यूहन्‍ना ०४:१५-१६ * १ तिमोथी ०१:१-२ * २ पत्रुस ०१:१-२ * २ थेसलोनिकी ०२:१३-१५ * २ तिमोथी ०१:८-११ * प्रेरित ०२:२२-२४ * प्रेरित ०५:२९-३२ * प्रेरित १०:३६-३८ * हिब्रू ०९:१३-१५ * हिब्रू १०:१९-२२ * लूका २४:१९-२० * मत्ती ०१:२०-२१ * मत्ती ०४:१-४ * फिलिप्पी ०२:५-८ * फिलिप्पी ०२:९-११ * फिलिप्पी ०४:२१-२३ * प्रकाश ०१:४-६ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२२-०४) स्वर्गदूतले भने, “तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरो जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नू र उहाँ मसीह हुनुहुनेछ ।” * (२३-०२) “उहाँको नाउँ येशू (जसको अर्थ हुन्छः ‘यहोवेले बचाउनुहुन्छ’) राख्‍नू, किनकि उहाँले मानिसहरूका पापबाट तिनीहरूलाई बचाउनुहुनेछ ।” * (२४-०७) त्यसैले, यूहन्‍नाले उहाँ (येशू) लाई बप्‍तिस्मा दिए, यद्यपि येशूले कहिल्यै पाप गर्नुभएको थिएन । * (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिँदा, तिनले पिता परमेश्‍वर बोल्नुभएको सुने, र पुत्र येशू अनि पवित्र आत्मालाई देखे । * (२५-०८) येशू शैतानका परीक्षाहरूमा फस्‍नुभएन । त्यसैले, शैतानले उहाँलाई छोडेर गयो । * (२६-०८) तब येशू गालीलको इलाकाभरि जानुभयो, र ठुला-ठुला भिडहरू उहाँकहाँ आए । तिनीहरूले धेरै मानिसहरू ल्याए, जो बिरामी थिए वा अशक्‍त थिए । त्यहाँ देख्‍न नसक्‍ने, हिँड्न नसक्‍ने, सुन्‍न नसक्‍ने वा बोल्न नसक्‍ने मानिसहरू ल्याइएका थिए र येशूले ती सबैलाई निको पार्नुभयो । * (३१-०३) तब येशूले प्रार्थना गरेर सक्‍नुभयो अनि चेलाहरूकहाँ जानुभयो । उहाँ तलाउको पानीमाथि हिँडेर तिनीहरूको डुङ्गातर्फ आउनुभयो । * (३८-०२) यहूदी अगुवाहरूले येशू नै मसीह हुनुहुन्थ्यो भनी इन्कार गर्थे र तिनीहरूले उहाँलाई मार्ने षड्यन्‍त्र बुन्दै थिए भनी त्यस (यहूदा) लाई थाहा थियो । * (४०-०८) आफ्नो मृत्युद्वारा येशूले मानिसहरूका निम्ति परमेश्‍वरकहाँ आउने ढोका खोलिदिनुभयो । * (४२-११) त्यसपछि येशू स्वर्ग लगिनुभयो र बादलले उहाँलाई तिनीहरूका दृष्‍टिबाट छोप्यो । सबै कुराहरूमाथि शासन गर्न येशू पिताको दाहिने हातपट्टि बस्‍नुभयो । * (५०-१७) येशू र उहाँका मानिसहरू नयाँ पृथ्वीमा बस्‍नेछन् । उहाँले अस्तित्वमा रहेको हरेक थोकमाथि सदासर्वदा शासन गर्नुहुनेछ । उहाँले हरेक आँसु पुछिदिनुहुनेछ र त्यहाँ कुनै दुःखकष्‍ट, शोक, चिच्याहट, दुष्‍ट्याइँ, दर्द वा मृत्यु हुनेछैन । येशूले आफ्नो राज्य शान्ति र न्यायले चलाउनुहुनेछ र उहाँ सदासर्वदाको लागि आफ्ना मानिसहरूसितै हुनुहुनेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G24240, G55470
## योग्य, लायक, अयोग्य, मूल्यहीन ### परिभाषा: “योग्य” भन्‍ने शब्दले इज्जत र मानको लायक कोहीलाई वा केहीलाई वर्णन गर्छ । “मूल्य हुनु” भनेको मूल्यवान वा महत्त्वपूर्ण हुनु हो । “मूल्यहीन” भनेको कुनै मोलको नहुनु हो । * योग्य हुनु भनेको मूल्यवान हुनु वा महत्त्व हुनुसँग सम्बन्धित छ । * “अयोग्य” हुनु भनेको कुनै पनि विशेष वास्ताको लायक नहुनु हो । * योग्य महसुस नहुनु भनेको अरू कोही भन्दा कम महत्त्वको सम्झनु हो वा मान र दयासँग व्यवहार गरिनको निम्ति लायक नठान्‍नु हो । * “अयोग्य” र “मूल्यहीन” भन्‍ने शब्दहरूका सम्बन्धित तर फरक अर्थहरू हुन्छन् । “अयोग्य” हुनु भनेको कुनै मान वा पहिचानको लायक नहुनु हो । “मूल्यहीन” हुनु भनेको कुनै उद्देश्य वा मूल्य नहुनु हो । ### अनुवाद सुझावहरूः * “योग्य” लाई “लायक” वा “महत्त्वपूर्ण” वा “मूल्यवान” भनेर अनुवाद गर्न सकिन्छ । * “लायक” भन्‍ने शब्दलाई “मूल्य” वा “महत्त्व” भनेर अनुवाद गर्न सकिन्छ । * “मूल्यको हुनु” भन्‍ने वाक्यांशलाई “मूल्यवान हुनु” वा “महत्तपूर्ण हुनु” भनेर अनुवाद गर्न सकिन्छ । * “.. भन्दा धेरै मूल्यको छ” भन्‍ने वाक्यांशलाई “….. भन्दा धेरै मूल्यवान छ” भनेर अनुवाद गर्न सकिन्छ । * प्रसङ्गको आधारमा, “अयोग्य” भन्‍ने शब्दलाई “महत्त्वहीन” वा “सम्मान गर्न अयोग्य” वा “नालायक” भनेर अनुवाद गर्न सकिन्छ । * “मूल्यहीन” भन्‍ने शब्दलाई “कुनै मूल्य विना” वा “कुनै उद्देश्य विना” वा “केही महत्त्व नभएको” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः आदर) ### बाइबलका सन्दर्भहरूः * २ शामूएल २२ः४ * २ थेसलोनिकी १ः११-१२ * प्रेरित १३ः२५ * प्रेरित २५ः२५-२७ * प्रेरित२६ः३१ * कलस्‍सी १ः९-१० * यर्मिया ८ः१९ * मर्कुस १ः७ * मत्ती ३ः१०-१२ * फिलिप्‍पी १ः२५-२७ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0117, H0639, H1929, H3644, H4242, H4373, H4392, H4592, H4941, H6994, H7386, H7939, G00960, G05140, G05150, G05160, G24250, G26610, G27350
## रगत ### परिभाषा: “रगत” शब्दले व्यक्‍तिको छालामा चोट लाग्दा वा घाउ हुँदा त्यसबाट आउने रातो तरल पदार्थलाई जनाउँछ । रगतले नै व्यक्‍तिको सारा शरीरमा जीवन दिने पोषणहरू ल्याउने काम गर्छ । बाईबलमा, "रगत" भनिने शब्‍दलाई प्राय जसो लाक्षणिक रुपमा "जीवनको प्रतीक" वा अन्‍य धेरै अवधारणाहरु  प्रयोग गरिन्‍छ। * मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउँदा तिनीहरूले जनावर मार्थे र रगतचाहिँ वेदीमा खन्याउँथे । यसले मानिसका पापको मूल्यको लागि जनावरको जीवनको बलिदानको खाँचोलाई अङ्कित गर्थ्यो । * पदावली “देह र रगत” एउटा टुक्‍का हो, जसले मानवीय प्राणीहरूलाई जनाउँछ । * टुक्‍का “आफ्नै देह र रगत” ले रगतको नाता भएका मानिसहरूलाई जनाउँछ । ### अनुवादका लागि सुझावहरूः * यस शब्दलाई अनुवाद गरिएको भाषामा रगतको लागि प्रयोग गरिने शब्दले अनुवाद गर्नुपर्छ । * टुक्‍का “देह र रगत” लाई “मानिसहरू” वा “मानवीय प्राणीहरू” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भमा आधारित रहेर “मेरो आफ्नै देह र रगत” लाई “मेरो आफ्नै परिवार” वा “मेरा आफ्नै आफन्तहरू” वा “मेरा आफ्नै मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । * अनुवाद गरिएको भाषामा यस अर्थ भएको टुक्‍काको प्रयोग गरिन्छ भने “देह र रगत” लाई अनुवाद गर्न त्यस टुक्‍काको प्रयोग गर्न सकिन्छ । (हेर्नुहोस्ः देह) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०१:५-७ * १ शमूएल १४:३१-३२ * प्रेरित ०२:२०-२१ * प्रेरित ०५:२६-२८ * कलस्सी ०१:१८-२० * गलाती ०१:१५-१७ * उत्पत्ति ०४:१०-१२ * भजनसंग्रह १६:४ * भजनसंग्रह १०५:२८-३० ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०८-०३) योसेफका दाजुहरू घर फर्कनुअगि तिनीहरूले योसेफको लबेदालाई च्याते, र त्यसलाई बाख्राको रगतमा चोपे । * (१०-०३) परमेश्‍वरले नील नदीलाई रगतमा परिणत गरिदिनुभयो, तरै पनि फारोले अझै इस्राएलीहरूलाई जान दिएनन् । * (११-०५) इस्राएलीहरूका सबै घरका ढोकाहरूको वरिपरि रगत थियो । त्यसैले, परमेश्‍वर ती घरहरू भएर जानुभयो र त्यसभित्र भएको हरेक सुरक्षित रह्‍यो । थुमाको रगतको कारणले तिनीहरू बचाइए । * (१३-०९) बलिदान गरिएको जनावरको रगतले व्यक्‍तिको पाप ढाक्थ्यो, र परमेश्‍वरको दृष्‍टिमा त्यस व्यक्‍तिलाई शुद्ध पार्थ्यो । * (३८-०५) त्यसपछि येशूले कचौरा लिनुभयो र भन्‍नुभयो, “यसलाई पिओ । यो नयाँ करारको मेरो रगत हो जुन पाप-क्षमाको लागि बगाइन्छ ।” * (४८-१०) जब कसैले येशूमा विश्‍वास राख्छ, तब येशूको रगतले त्यस व्यक्‍तिको पाप लैजान्छ र परमेश्‍वरको दण्ड उसमाथि पर्दैन । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1818, H5332, G01290, G01300, G01310
## रब्बी, रब्बोनी ### परिभाषा: “रब्बी” को शाब्दिक अर्थ “मेरा मालिक” वा “मेरा गुरू” हो । * यो यहूदी धार्मिक अगुवालाई विशेष गरी परमेश्‍वरको वचनका शिक्षकलाई सम्बोधन गर्न प्रयोग गरिने शब्द थियो । * कहिले काहीँ बप्‍तिस्मा दिने यूहन्‍ना र येशूलाई पनि उहाँहरूका चेलाहरूले “रब्बी” भनेर सम्बोधन गर्थे । ### अनुवादका निम्ति सुझावहरू * यो शब्दलाई “मेरा प्रभु” वा “मेरा गुरू” वा “आदरणीय गुरू” वा “धार्मिक गुरू” भनेर पनि अनुवाद गर्न सकिन्छ । कुनै भाषाहरूमा यसलाई ठुलो अक्षरमा लेख्‍नसक्‍छन्, तर कुनै भाषाम नहुनसक्छ जस्तै नेपालीमा । * परियोजनाको भाषामा पनि सामान्यताः शिक्षकहरूलाई सम्बोधन गर्ने विशेष तरिका हुन सक्छ । * यो शब्दको अनुवाद गर्दा येशू विद्यालयको शिक्षक हुनुहुन्‍थ्यो भन्‍ने नदेखियोस् भन्‍ने कुरालाई ध्यान दिनुहोस् । * अरु सम्बन्धित भाषाहरू र राष्‍ट्रिय भाषाहरूका बाइबल अनुवादमा “रब्बी” शब्दलाई कसरी अनुवाद गरिएको छ भन्‍ने कुरा पनि विचार गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अज्ञानहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः शिक्षक) ### बाइबलका खण्डहरूः * यूहन्‍ना ०१:४९-५१ * यूहन्‍ना ०६:२४-२५ * मत्ती २३:८-१० * मर्कूस १४:४३-४६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G44610
## विनम्र, विनम्रता ### परिभाषा: शब्द “विनम्र” ले आफूलाई अरूभन्दा श्रेष्‍ठ नठान्‍ने व्‍यक्‍तिको बयान गर्छ । ऊ घमन्डी वा अहङ्कारी हुँदैन । विनम्रता विनम्र व्‍यक्‍तिको गुण हो । * परमेश्‍वरको सामु विनम्र हुनुको अर्थ हुन्छ‒ उहाँका महानता, बुद्धि र सिद्धताको तुलनामा हाम्रा कमजोरी र असिद्धतालाई बुझ्‍नु । * व्‍यक्‍तिले आफैलाई विनम्र पार्‍यो भने उसले आफैलाई कम महत्त्वको पदमा राख्छ । * विनम्रता भनेको आफ्नाभन्दा अरूका आवश्यकताहरूको बारेमा वास्ता गर्नु हो । * विनम्रताको अर्थ आफ्ना वरदान र योग्यताहरूको प्रयोग गर्दा सहज मनोवृत्तिसहित सेवा गर्नु पनि हो । * पदावली “विनम्र हुनुहोस्” लाई “घमन्डी नहुनुहोस्” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “परमेश्‍वरको सामु आफैलाई विनम्र तुल्याओ” लाई “परमेश्‍वरको महानतालाई बुझेर आफ्नो इच्छालाई उहाँको अधीनमा ल्याओ” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः घमन्ड) ### बाइबलका सन्दर्भहरूः * कलस्सी ०२:१८-१९ * याकूब ०१:१९-२१ * याकूब ०३:१३-१४ * याकूब ०४:८-१० * लूका १४:१०-११ * लूका १८:१३-१४ * मत्ती १८:४-६ * मत्ती २३:११-१२ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१७-०२) दाऊद एक विनम्र र धर्मी मानिस थिए, जसले परमेश्‍वरमाथि भरोसा गर्थे र उहाँको आज्ञा मान्थे । * (३४-१०) “हरेक जो घमन्डी छ, परमेश्‍वरले त्यसलाई विनम्र तुल्याउनुहुनेछ र आफैलाई विनम्र तुल्याउनेहरूलाई उहाँले उचाल्नुहुनेछ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1792, H3665, H6031, H6035, H6038, H6041, H6800, H6819, H7511, H7807, H7812, H8213, H8214, H8215, H8217, H8467, G08580, G42360, G42390, G42400, G50110, G50120, G50130, G53910
## विलाप गर्नु, विलाप ### परिभाषा: “विलाप गर्नु,” वा “विलाप” ले विलाप, पीडा वा दुःखको कठोर अभिव्‍यक्‍तिलाई सङ्केत गर्दछ । * कहिलेकाहीँ यसले पापको निम्ति गहिरो पछुतो वा विपत्तिलाई अनुभव गरेका मानिसहरूप्रति देखाइने दयालाई सङ्केत गर्छ । * विलापमा क्रन्दन, रुनु वा वेदना प्रकट गर्नुजस्ता कुरा समावेश हुन सक्छन् । ### अनुवाद सुझावहरू * “विलाप गर्नु” भन्‍ने शब्दलाई “गहिरो वेदना” वा “पीडामा रुनु,” वा “दुःखित हुनु” भनि अनुवाद गर्न सकिन्छ । * “विलाप” (वा “विलाप गर्नु” ) लाई “ठुलो क्रन्दन वा रोदन” वा “गहिरो शोक” वा “शोकपूर्ण रोदन” वा “शोकपूर्ण विलाप” भनेर अनुवाद गर्न सकिन्छ । ### बाइबलका सन्दर्भहरूः * आमोस ८ः९-१० * इजकिएल  ३२ः१-२ * यर्मिया २२ः१८ * अय्‍यूब २७ः१५-१७ * विलाप २ः५ * विलाप २ः८ * मिका २ः४ * भजनसंग्रह १०२ः१-२ * जकरीया ११ः२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0056, H0421, H0578, H0592, H1058, H4553, H5091, H5092, H5594, H6088, H6969, H7015, H8567, G23540, G23550, G28700, G28750
## विवेक ### परिभाषा: विवेक व्‍यक्‍तिको सोचाइको भाग हो, जसद्वारा उसले पापपूर्ण काम गरिरहेको छ भनी परमेश्‍वरले उसलाई सचेत तुल्याउनुहुन्छ । * के ठिक हो र के बेठिक हो भनी छुट्टयाउनका लागि मदत गर्न परमेश्‍वरले मानिसहरूलाई विवेक दिनुभयो । * परमेश्‍वरको आज्ञा मान्‍ने व्‍यक्‍तिसित “शुद्ध” वा “सफा” वा “स्पष्‍ट” विवेक हुन्छ भनी बताइन्छ । * व्‍यक्‍तिसित “सफा विवेक” छ भने त्यसको अर्थ हुन्छ, कि उसले कुनै पनि पाप लुकाइरहेको छैन । * कसैले विवेकलाई बेवास्ता गर्छ र पाप गर्दा पनि दोषी महसुस गर्दैन भने यसको अर्थ हुन्छ, कि गलत कुरोको लागि उसको विवेक संवेदनशील भएको छैन । बाइबलले यसलाई “तातो फलामले डामेको” विवेक भन्छ । यस्तो विवेकलाई “असंवेदनशील” वा “दूषित” पनि भनिन्छ । * यस शब्दलाई “भित्री नैतिक पथ प्रदर्शक” वा “नैतिक सोचाइ” भनी अनुवाद गर्ने अन्य सम्भाव्य तरिकाहरू हुन् । ### बाइबलका सन्दर्भहरूः * १ तिमोथी १ः१९ * १ तिमोथी ३ः९ * २ कोरन्‍थी ५ः११ * २ तिमोथी १ः३ * रोमि ९ः१ * तितस १ः१५-१६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G48930
## विश्‍वास ### परिभाषा: सामान्यतया “विश्‍वास” शब्दले कसैमाथि वा केहीकुरा माथि गरिने भरोसा वा आत्मविश्‍वासलाई जनाउँछ । * कसैमाथि “विश्‍वास राख्‍नु” भन्‍नाले उसले भनेको र गरेको कुरा सत्य र भरोसायोग्य छ भनी मानिलिनु हो । * येशूको बारेमा परमेश्‍वरले शिक्षा दिनुभएको कुरामा विश्‍वास गर्ने कामलाई “येशूमाथि विश्‍वास गर्नु” भनिन्छ । यसले विशेष गरी येशू र उहाँको बलिदानमाथि गरिएको विश्‍वासले मानिसहरूको पाप धुन्छ र यसले ल्याउने दण्डबाट पनि बचाउँछ भन्‍ने कुरालाई जनाउँछ । * येशूमा गरिएको साँचो विश्‍वासले मानिसमा असल आत्मिक फलहरू वा व्यवहारहरू उत्पन्‍न गराउँछ । पवित्र आत्मा उसमा भएको कारणले यो काम सम्भव हुन्छ । * कहिले काहीँ “विश्‍वास” ले येशूको बारेमा सिकाइएको सबै कुरालाई जनाउँछ । “विश्‍वासको सत्यता” भन्‍ने अभिव्‍यक्‍तिले यसैलाई बुझाउँछ । * “विश्‍वासलाई जोगाएर राख्‍नु” वा “विश्‍वासलाई छोड्नु” भन्‍ने सन्दर्भमा “विश्‍वास” शब्दले येशूको बारेमा दिइएका सबै शिक्षालाई बुझाउँछ । ### अनुवादका लागि सुझावहरूः * केहि सन्‍दर्भहरूमा, "विश्‍वास" लाई  "पत्‍यार गर्नु" वा "निष्‍चितता" वा "निर्धक्‍कपना" वा "भरोसा" को रूपमा अनुवाद गर्न सकिन्‍छ। * केहि भाषाहरूमा यि शब्‍दहरू क्रियाको रूपमा "विश्‍वास गर्छु" भनिने शब्‍द प्रयोग गरेर अनुवाद गरिन्‍छ।  (हेर्नुहोस्ः अमूर्त संज्ञा) * "विश्‍वास गर्नु" भन्‍ने अभिव्‍यक्‍तिलाई "येशूमा विश्‍वास गरिरहनुहोस्" वा "येशूमा निरन्‍तर विश्‍वास गर्नु" भनेर अनुवाद गर्न सकिन्‍छ। * "तिनिहरूले विश्‍वासको गहिरो सत्‍यहरूलाई पक्रनुपर्दछ" भन्‍ने वाक्‍यलाई "तिनिहरूलाई येशूको बारेमा सिकाइएका सबै साचोँ कुराहरूमा विश्‍वास गरिरहनुपर्छ" भनेर अनुवाद गर्न सकिन्‍छ। * "विश्‍वासमा मेरो साचोँ छोरो" भन्‍ने अभिव्‍यक्‍तिलाई "जो मेरो लागि छोरा जस्‍तो छ किनभने मैले उसलाई येशूमा विश्‍वास गर्न सिकाएको छु" वा  "येशूमा विश्‍वास गर्ने मेरो साँचो आत्‍मिक छोरो, जसले येशूमा विश्‍वास गरेको छ"  भन्‍ने वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्‍छ। (हेर्नुहोस्ः विश्‍वास, विश्‍वासि) ### बाइबलका सन्दर्भहरूः * २ तिमिथी ४ः७ * प्रेरित ६ः७ * गलाति २ः२०-२१ * याकुब २ः२० ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **५ः६**  जब इसहाक जवान थिए, परमेश्‍वरले अब्राहामको विश्‍वास जाचँ गर्नुभयो, "तेरो एक्‍लो छोरो इसहाकलाई लेँ र बलिदानको रुपमा मेरो लागि उसलाई मार्। " * **३१ः७** त्‍यसपछि उहाँले (येशू) पत्रुसलाई भन्‍नुभयो, "ए अल्‍प विश्‍वासि मानिस, तिमिले किन शंका गर्यौ?" * **३२ः१६** येशूले तिनलाई भन्‍नुभयो, "तिम्रो विश्‍वासले तिमिलाई निको पारेको छ। शान्‍तिपूर्वक जाऊँ।" * **३८ः९** तब येशूले पत्रुसलाई भन्‍नुभयो, "शैतानले तिमिहरू सबैलाई बहकाउन चाहन्‍छ, तर मैले तिम्रो लागि प्रार्थना गरेको छु, पत्रुस, तिम्रो विश्‍वास नडग्‍मगाोस् भनेर ।" ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0529, H0530, G16800, G36400, G41020, G60660
## विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास ### परिभाषा: शब्दहरू “विश्‍वास गर्नु” र “मा विश्‍वास गर्नु” सामीप्य रूपमा सम्बन्धित छन्, तर तिनका अर्थमा सुक्ष्म भिन्‍नताहरू छन् । #### १. विश्‍वास गर्नु * कुनै कुरोलाई विश्‍वास गर्नु भनेको त्यो कुरो साँचो हो भनी मानिलिनु हो वा त्यसमा भरोसा गर्नु हो । * कसैलाई विश्‍वास गर्नु भनेको त्यस व्यक्‍तिले भनेको कुरो साँचो हो भनी पत्याउनु हो । #### २. मा विश्‍वास गर्नु * कसै “मा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ त्यस व्यक्‍ति “मा भरोसा गर्नु ।” यसको अर्थ हुन्छ, कि त्यस व्यक्‍तिले आफू जो हुँ भन्छ ऊ त्यही हो, उसले सधैँ सत्य बोल्छ र उसले गर्छु भनी प्रतिज्ञा गरेको कुरो पुरा गर्छ भनी भरोसा गर्नु हो । * जब एउटा व्यक्‍तिले कुनै कुरामा साँच्‍चै विश्‍वास गर्छ, उसले त्यस विश्‍वासलाई देखाउने गरी गतिविधि गर्छ । * साधारणतया पदावली “मा विश्‍वास राख्‍नु” को अर्थ हुन्छः “मा विश्‍वास गर्नु ।” * “येशूमा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ; उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ जो मानिस बन्‍नुभयो र हाम्रा पापका मूल्य चुकाउन बलिदानस्वरूप मर्नुभयो भनी विश्‍वास गर्नु हो । यसको अर्थ हुन्छ, कि उहाँलाई मुक्‍तिदाताको रूपमा स्वीकार गरी उहाँलाई आदर दिने हिसाबले जिउनु हो । #### विश्‍वासी बाईबलमा, "विश्‍वासी" शब्‍दले येशू ख्रिष्‍टलाई मुक्‍तिदाताको रूपमा विश्‍वास गर्ने र भरोसा गर्ने व्‍यक्तिलाई जनाउँछ। * "विश्‍वासी" शब्‍दको शाब्‍दिक अर्थ "विश्‍वास गर्ने व्‍यक्ति" हो। * "ख्रिष्‍टियन" शब्‍द अन्‍ततः  विश्‍वासिहरुको  लागि मुख्‍य शीर्षकको रूपमा आयो किनभने यसले उनिहरु ख्रिष्‍टमा विश्‍वास गर्छन् भनेर संकेत गर्छ। #### अविश्‍वास "अविश्‍वास" शब्‍दले कुनै कुरा वा कसैलाई विश्‍वास नगर्नुलाई बुझाउँछ। * बाईबलमा, "अविश्‍वास" ले येशूलाई आफ्‍नो मुक्‍तिदाताको रूपमा विश्‍वास नगर्नु वा विश्‍वास नगर्नुलाई बुझाउँछ। * येशु विश्‍वास नगर्ने व्‍यक्‍तिलाई "अविश्‍वासि" भनिन्‍छ। ### अनुवादका लागि सुझावहरूः * “विश्‍वास गर्नु” लाई “साँचो हो भनी जान्‍नु” वा “ठिक हो भनी जान्‍नु” भनी अनुवाद गर्न सकिन्छ । * “मा विश्‍वास गर्नु” लाई “पूर्णतः भरोसा गर्नु” वा “भरोसा गर्नु र आज्ञा पालन गर्नु” वा “पूर्णतः भर परेर पछ्याउनु” भनी अनुवाद गर्न सकिन्छ । * केहि अनुवादहरुले "येशूमा विश्‍वास गर्ने" वा "ख्रिष्‍टमा विश्‍वास गर्ने" भन्‍न रुचाउँछन्। * यो शब्‍दलाई "येशूमा भरोसा गर्ने व्‍यक्ति" वा "येशूलाई चिन्‍ने र उहाँको लागि बाच्‍ने व्‍यक्ति" भन्ने शब्‍द वा वाक्‍यांशद्वारा पनि अनुवाद गर्न सकिन्‍छ। * "विश्‍वासि" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरू "येशूको अनुयायी" वा "येशूलाई चिन्‍ने र पालन गर्ने व्‍यक्ति" हुन सक्‍छ। * "विश्‍वासि" शब्‍द ख्रिष्‍टमा कुनै पनि विश्‍वासिहरुको लागि सामान्‍य शब्‍द हो, जबकि "चेला" र "प्रेरित" लाई येशू जिवित हुदाँ उहाँलाई चिनेका मानिसहरूका लागि विशेष रूपमा प्रयोग गरिएको थियो। यि शब्‍दहरूलाई फरक फरक राख्‍नको लागि विभिन्‍न तरिकामा अनुवाद गर्नु उत्तम हुन्‍छ। * "अविश्‍वास" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरुमा "विश्‍वासको कमि" वा "विश्‍वास नगर्ने" समावेश हुन सक्‍छ। * "अविश्‍वास" शब्‍दलाई "येशूमा विश्‍वास नगर्ने व्‍यक्ति" वा "येशूलाई मुक्‍तिदाताको रूपमा ग्रहण नगर्ने व्‍यक्ति" भनेर अनुवाद गर्न सकिन्‍छ। हेर्नुहोस्ः (विश्‍वास गर्नु, प्रेरित, ख्रिष्‍टियन, चेला, विश्‍वास, भरोसा) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति १५ः६ * उत्‍पत्ति ४५ः२६ * अय्‍यूब ९ः१६-१८ * हबकूक १ः५-७ * मर्कुस ६ः४-६ * मर्कुस १ः१४-१५ * लूका ९ः४१ * यूहन्‍ना १ः१२ * प्रेरित ६ः५ * प्रेरित ९ः४२ * प्रेरित २८ः२३-२२४ * रोमि ३ः३ * १ कोरिन्‍थि ६ः१ * १ कोरिन्‍थि ९ः५ * २ कोरिन्‍थि ६ः१५ * हिब्रू ३ः१२ * १ यूहन्‍ना ३ः२३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०३-०४) आउनेवाला जलप्रलयबारे नोआले मानिसहरूलाई चेताउनी दिए, र तिनीहरूलाई परमेश्‍वरकहाँ फर्कन आव्हान गरे, तर उनीहरूले तिनमा विश्‍वास गरेनन् । * (०४-०८) अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । तिनले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरेकाले उहाँले तिनलाई धर्मी घोषणा गर्नुभयो । * (११-०२) परमेश्‍वरले उहाँमाथि विश्‍वास गर्ने जोकसैको पहिलो जन्मेकोलाई बचाउने तरिका उपलब्ध गराउनुभयो । * (११-०६) तर मिश्रीहरूले परमेश्‍वरलाई विश्‍वास गरेनन्, न त तिनीहरूले उहाँका आज्ञाहरू माने । * (३७-०५) येशूले जवाफ दिनुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । ममा विश्‍वास गर्ने मर्‍यो भने पनि बाँच्‍नेछ । ममा विश्‍वास गर्ने कोही पनि कहिल्यै मर्नेछैन । के तिमीहरू यसलाई विश्‍वास गर्छौ ?” * **४३ः१**  येशू स्‍वर्गारोहण हुनु भएपछि, चेलाहरु आज्ञा गर्नु भए बम्‍मोजिम यरुशलेममा बसे। त्‍यहाँला विश्‍वासिहरु निरन्‍तररुपमा प्रार्थना गर्न भेला भए। * **४३ः३** विश्‍वासिहरु सबै सँगै हुँदा, एक्‍कासि तिनिहरु जहाँ थिए त्‍यो घर एक तेज हावाको आवाजले भरियो। त्‍यसपछि सबै विश्‍वासिहरुको टाउकोमा आगोको ज्‍वाला जस्‍तो देखिन्‍थ्‍यो। * **४३ः१३** हरेक दिन, धेरै भन्‍दा धेरै मानिसहरु विश्‍वासि भए। * **४६ः६**  त्यो दिन यरुशलेममा धेरै मानिसहरूले येशुको अनुयायिहरुलाई सतावट गर्न थाले, त्‍यसैले विश्‍वासिहरू अन्‍य ठाऊँहरूमा गए। तर यसको बाबजुत, तिनिहरू जहाँ जहाँ गए त्‍यहाँ त्‍यहाँ येशूको बारेमा प्रचार गरे। * **४६ः१** स्‍थिफनसलाई मार्ने मानिसहरूको लुगाको रक्षा गर्ने जवान मानिस शाऊल थिए। उसले येशूमा विश्‍वास गरेन, त्‍यसैले उसले विश्‍वासिहरुलाई सतायो। * **४६ः९** यरूशलेमको सतावटबाट भागेका केहि विश्‍वासिहरू धेरै टाढा एन्‍टिओक शहरमा गए र येशूको बारेमा प्रचार गरे। * **४६ः९** एन्‍टिओकमा नै येशूमा विश्वास गर्नेहरुलाई पहिले "ख्रिष्‍टियनहरू" भनिन्‍थ्‍यो। * **४७ः१४** तिनिहरू मण्‍डलिहरूमा विश्‍वासिहरूलाई प्रोत्‍साहन दिन र सिकाउनको लागि धेरै पत्रहरू पनि लेखे। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0539, H0540, G05430, G05440, G05690, G05700, G05710, G39820, G41000, G41020, G41030, G41350
## विश्‍वासयोग्य, विश्‍वासयोग्यता ### परिभाषा: निरन्तर रूपमा परमेश्‍वरको शिक्षाअनुसार जिउने कामलाई “विश्‍वासयोग्य” हुनु भनिन्छ । यसले उहाँको आज्ञा पालन गरेर उहाँप्रति इमान्दार हुने कुरालाई बुझाउँछ । विश्‍वासयोग्य हुने अवस्थालाई “विश्‍वासयोग्यता” भनिन्छ । * विश्‍वासयोग्य मानिसले आफूले गरेका प्रतिज्ञाहरू र अरूप्रतिको उत्तरदायित्व पुरा गर्छ । यसैले, उसलाई भरोसा गर्न सकिन्छ । * विश्‍वासयोग्य मानिसले कुनै काम गर्दा धैर्यता अपनाउँछ, त्यो काम जस्तोसुकै लामो र कठिन नै किन नहोस् । * परमेश्‍वरले हामीबाट जे चाहनुहुन्छ त्यो निरन्तर रूपमा गर्नु नै परमेश्‍वरमा विश्‍वासयोग्य हुनु हो । ### अनुवादका लागि सुझावहरूः * धेरै सन्‍दर्भहरूमा, "विश्‍वासयोग्‍य" लाई "वफादार" वा "समर्पित" वा "भरोसायोग्‍य" भनेर अनुवाद गर्न सकिन्‍छ। * अन्‍य सन्‍दर्भहरूमा, "विश्‍वासी" शब्‍द वा वाक्‍यांशलाई "विश्‍वास गरिरहनु" वा "परमेश्‍वरमा विश्‍वास र आज्ञा पालन गर्न द्दढ रहनु" भनिने श्ब्‍द वा वाक्‍यांशद्वारा अनुवाद गर्न सकिन्‍छ। * "विश्‍वासयोग्‍यता" लाई अनुवाद गर्न सकिने तरिकाहरूमा "विश्‍वासमा द्दढता" वा "वफादारी" वा "विश्‍वासयोग्‍यता" वा "परमेश्‍वरमा विश्‍वास र आज्ञा पालन" समावेश हुन सक्‍छ। (​हेर्नुहोस्ः विश्‍वास गर्नु, विश्‍वास, विश्‍वास गर्नु) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति २४ः ४९ * लेवि २६ः४० * गन्‍ति १२ः७ * यहोशू २ः१४ * न्‍यायकर्ताहरू २ः१६-१७ * १ शामूएल २ः९ * भजनसंग्रह १२ः१ * हितोपदेश ११ः१२-१३ * यशैया १ः२६ * यर्मिया ९ः७-९ * होशे ५ः७ * लूका १२ः४६ * लूका १६ः१० * कलस्‍सी १ः७ * १ थेसलोनोकी ५ः२४ * ३ यूहन्‍ना १ः५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * ८ः५ झ्‍यालखानामा पनि योसेफ परमेश्‍वरप्रति वफादार रहे र परमेश्‍वरले तिनलाई आशिष दिनुभयो। * १४ः१२  तैपनि, परमेश्‍वरले अब्राहाम, इसहाक र याकुबलाई गर्नुभएको प्रतिज्ञाहरूमा अझै पनि विश्‍वासयोग्‍य हुनुहुन्‍थ्‍यो। * १५ः१३ मानिसहरूले परमेश्‍वारप्रति वफादार रहे र उहाँका नियमहरू पालम गर्ने प्रतिज्ञा गरे। * १७ः९ दाऊदले धेरै बर्षसम्‍म न्‍याय र विश्‍वासका साथ शासन गरे, र परमेश्‍वारले उनलाई आशिष् दिनुभयो। यधपि, आफ्‍नो जिवनको अन्‍त्‍यतिर उहाँले परमेश्‍वरको विरुद्धमा भयानक पाप गर्नुभयो। * ३५:१२ जेठो छोरोले आफ्‍नो बुबालाई भन्‍यो, "यति वर्षहरूमा मैले तपाईको लागि विश्‍वासपूर्वक काम गरेको छु।" * ४९ः१७ तर परमेश्‍ववर विश्‍वासयोग्‍य हुनुहुन्‍छ र भन्‍नुभयो कि यदि तिमिले आफ्‍ना पापहरू स्‍विकार गर्यौ भने, उहाँले तिनिहरूलाई क्षमा गर्नुहुनेछ। * ५०ः४ "यदि तिमि अन्‍त सम्‍म मप्रति वफादार रह्यौ भने, परमेश्‍वरले तिनिलाई बचाउनुहुनेछ। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0529, H0530, H0539, H0540, H0571, H0898, H2181, H4603, H4604, H4820, G05690, G05710, G41030
## वेदी ### परिभाषा: वेदी एउटा उठाइएको संरचना थियो, जसमाथि इस्राएलीहरूले परमेश्‍वरका लागि बलिदानस्वरूप जनावरहरूसाथै अन्‍नहरूलाई जलाउने गर्थे । * बाइबलको समयमा सामान्य वेदीहरू प्रायः कडा माटोको थुप्रोबाट वा अटल चाङ बनाउन ठुला-ठुला ढुङ्गाहरूलाई होसियारीपूर्वक राखेर बनाइने गरिन्थ्यो । * काठबाट बाकसको आकारमा केही विशेष वेदीहरू बनाइन्थे, जसलाई सुन, पित्तल वा काँसाजस्ता धातुहरूले मोडिन्थ्यो । * इस्राएलीहरूका वरिपरि बस्‍ने अरू जातिहरूले पनि तिनीहरूका देवताहरूलाई बलिदान चढाउन वेदीहरू निर्माण गर्थे । (हेर्नुहोस्ःधूपको वेदी, झूटा देवता, अन्‍नबलि, बलिदान ) ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति ८ः२० * ​उत्‍पत्ति २२ः९ * ​याकूब २ः२१ * लूका ११ः४९-५१ * मत्ति ५ः२३ * मत्ति २३ः१९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **३ः१४** नोआ डुङ्गाबाट ओर्लिए पछि उनले एउटा वेदी बनाए र बलिदानको लागि प्रयोग गर्न सकिने हरेक किसिमका जनावरहरू बलि चढाए्। * **५ः८** जब तिनिहरु बलिदानको ठाउँमा पुगे, अब्राहामले आफ्‍नो छोरा इसहाकलाई बाधेँर वेदीमा राखे। * **१३ः९** पुजारीले जनावरलाई मारेर वेदीमा जलाउनेछन्। * **१६ः६** उनले (गिडोन) मूर्तिको वेदी भएको ठाऊँ नजिकै परमेश्‍वरलाई समर्पित ‍एउटा नयाँ वेदी बनाए र त्‍यसमा परमेश्‍वरलाई बलि चढाए। ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0741, H2025, H4056, H4196, G10410, G23790
## व्यभिचार, व्यभिचारी, व्यभिचारिणी ### परिभाषा: “व्यभिचार” शब्दले विवाहित व्यक्‍तिले आफ्नो पति वा पत्‍नीबाहेक अन्य व्यक्‍तिसित यौन सम्बन्ध राख्‍ने पापलाई जनाउँछ । यस किसिमको पाप गर्ने व्यक्‍तिलाई व्यभिचारी भनिन्छ । * “व्यभिचारी” शब्दले साधारणतया व्यभिचार गर्ने कुनै पनि व्यक्‍तिलाई जनाउँछ । * कहिले काहीँ स्‍त्रीले नै व्यभिचार गरेकी हो भनी तोकेर बताउन “व्यभिचारिणी” शब्दको प्रयोग गरिन्छ । * विवाहको करारमा पति र पत्‍नीले एक अर्कासित बाँधेका प्रतिज्ञाहरूलाई व्यभिचारले तोडिदिन्छ । * व्यभिचार नगर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो । * खास गरी इस्राएलीहरूले झुटा देवताहरूको पूजा गर्दा तिनीहरू परमेश्‍वरप्रति अविश्‍वासयोग्य भए भनी व्याख्या गर्न “व्यभिचारी” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * यदि अनुवाद गरिएको भाषामा “व्यभिचार” को लागि एकल शब्द छैन भने यसलाई “कसैकी पत्‍नीसित यौनसम्बन्ध राख्‍नु” वा “अर्को व्यक्‍तिको पति वा पत्‍नीसित घनिष्‍ठ हुनु” भन्‍नेजस्ता वाक्यांशहरूद्वारा अनुवाद गर्न सकिन्छ । * केही भाषाहरूमा यस्ता भनाइहरूबाट अप्रत्यक्ष रूपमा व्यभिचारलाई जनाइन्छः “कसैको पति वा पत्‍नीसित सुत्‍नु” वा “आफ्नी पत्‍नीसित अविश्‍वासयोग्य हुनु ।” (हेर्नुहोस्ः शिष्‍टोक्‍ति) * “व्यभिचारी” लाई आलङ्कारिक अर्थमा प्रयोग गर्दा अविश्‍वासयोग्य पत्‍नी वा पतिसित तुलना गर्दा परमेश्‍वरका अविश्‍वासयोग्य जातिबारे उहाँको दृष्‍टिकोणलाई व्यक्‍त गर्नका लागि यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उत्तम हुन्छ । यदि अनुवाद गरिएको भाषामा यसले सठिक ढङ्गमा अर्थ दिँदैन भने “व्यभिचार” को आलङ्कारिक प्रयोगलाई “अविश्‍वासयोग्य” वा “अनैतिक” वा “अविश्‍वासयोग्य पति वा पत्‍नी” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः गर्नु, गरेको, प्रतिबद्धता, करार, यौनसम्बन्धी अनैतिकता, सम्भोग गर्नु, सम्बन्ध राख्‍नु, सँग सुत्‍नु, प्रेम-क्रिडा, अविश्‍वासयोग्य) ### बाइबलका सन्दर्भहरूः * प्रस्थान २०:१२-१४ * होशे ०४:१-२ * लूका १६:१८ * मत्ती ०५:२७-२८ * मत्ती १२:३८-४० * प्रकाश ०२:२२-२३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (१३-०६) “व्यभिचार नगर्नू ।” * (२८-०२) “व्यभिचार नगर्नू ।” * (३४-०७) “धार्मिक अगुवाले चाहिँ यसरी प्रार्थना गर्‍यो, ‘परमेश्‍वरलाई धन्यवाद होस्, कि म चोरहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू वा यही कर उठाउनेजस्तो पापी होइनँ’ ।” ### शब्‍द तथ्‍याङ्‍कः * स्‍ट्रोंग्‍स: H5003, H5004, G34280, G34290, G34300, G34310, G34320
## व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था ### परिभाषा: यी सबै शब्दहरूले परमेश्‍वरले मोशाद्वारा इस्राएलीहरू आज्ञाकारी रहनको लागि दिनुभएका आज्ञाहरू तथा निर्देशनहरूलाई सङ्केत गर्दछ । “व्यवस्था” तथा “परमेश्‍वरको व्यवस्था,” ले ती सबै कुराहरूलाई बुझाउँछन् जुन परमेश्‍वरका जनहरूले मानून् भनि उहाँले सामान्यतौरमा अह्रयाउनुभयो । * प्रसङ्गअनुसार, “व्यवस्था” ले निम्‍न कुराहरूलाई बुझाउँछन्ः * इस्राएलीहरूका लागि परमेश्‍वरले ढुङ्गाको पाटीमा लेखिदिनुभएका दश आज्ञाहरू, * मोशालाई दिइएका सबै आज्ञाहरू, * पुरानो नियमको पहिलो पाँच पुस्तक, * सम्पूर्ण पुरानो नियम (नयाँ नियममा यसलाई “धर्मशास्‍त्र” भनि सङ्केत गरिएको छ), * परमेश्‍वरका सम्पूर्ण निर्देशनहरू तथा इच्छा, * “व्यवस्था तथा अगमवक्ताहरू,” भन्‍ने वाक्यांशलाई नयाँ नियममा हिब्रू शास्‍त्र (अर्थात् “पुरानो नियम” ) लाई सङ्केत गर्न प्रयोग गरिएको छ । ### अनुवाद सुझावहरू * यी शब्दहरूलाई “व्यवस्थाहरू” भनि अनुवाद गर्न सकिन्छ किनकि तिनीहरूले थुप्रै निर्देशनहरूलाई सङ्केत गर्छन् । * “मोशाको व्यवस्था” लाई “परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएका व्यवस्थाहरू,” भनि अनुवाद गर्न सकिन्छ । * प्रसङ्गअनुसार, “मोशाको व्यवस्था” लाई “परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था,” वा “मोशाले लेखेका परमेश्‍वरको व्यवस्था,” वा “इस्राएलीहरूलाई दिनु भनि परमेश्‍वरले दिनुभएका व्यवस्थाहरू” भनि अनुवाद गर्न सकिन्छ । * “व्यवस्था,” वा “परमेश्‍वरको व्यवस्था,” वा “परमेश्‍वरका व्यवस्थाहरू,” लाई अनुवाद गर्ने क्रममा, “परमेश्‍वरबाट दिइएको व्यवस्था,” वा “परमेश्‍वरका आज्ञाहरू,” वा “परमेश्‍वरले दिनुभएका व्यवस्थाहरू,” वा “परमेश्‍वरले दिनुभएका सम्पूर्ण आज्ञाहरू,” वा “परमेश्‍वरका सम्पूर्ण निर्देशनहरू,” आदि पनि समावेश गर्न सकिन्छ । * “यहोवाको व्यवस्था,” भन्‍ने वाक्यांशलाई “यहोवाका व्यवस्थाहरू,” वा “आज्ञाकारी रहनु भनि यहोवाले दिनुभएका व्यवस्थाहरू,” वा “यहोवाबाट दिइएका व्यवस्थाहरू,” वा “यहोवाले आज्ञा दिनुभएका कुराहरू,” भनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः निर्देशन, मोशा, दश आज्ञा, न्‍यायसंगत, यहोवा) ### बाइबलका सन्दर्भहरूः * प्रेरित १५ः६ * दानिएल ९ः१३ * प्रस्‍थान २८ः४२-४३ * एज्रा ७ः२५-२६ * गलाति २ः१५ * लूका २४ः४४ * मत्ति ५ः१८ * नहेम्‍याह १०ः२९ * रोमि ३ः२० ### बाइबलीय घटनाहरूबाट उदाहरणहरू * १३ः७ परमेश्‍वरले पालन गर्नलाई अरू धेरै व्यवस्थाहरू र नियमहरू दिनुभयो । मानिसहरूले यी व्यवस्थाहरू पालन गरेमा, परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुहुनेछ र बचाउनुहुनेछ भनि प्रतिज्ञा गर्नुभयो । तिनीहरू त्यो पालन नगरे, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुने थियो । * १३ः९ परमेश्‍वरको व्यवस्थालाई पालन नगर्नेले भेट हुने पालको अगाडिको वेदीमा परमेश्‍वरको निम्ति एउटा पशुको बलिदान ल्याओस् । * १५ः१३ परमेश्‍वरले सिनै पर्वतमा इस्राएलीहरूलाई गर्नुभएको प्रतिज्ञालाई मानिसहरूले पालन गर्नै पर्छ भनि यहोशूले मानिसहरूलाई सम्झना दिलाए । मानिसहरूले परमेश्‍वरको अगाडि विश्‍वासयोग्य रहने र वहाँका व्यवस्थाहरू पालन गर्ने भाकल गरे । * १६ः१ यहोशूको मृत्युपछि, इस्राएलीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भए र बाँकी कनानीहरूलाई बाहिर निकालेनन् वा परमेश्‍वरको व्यवस्थाहरू पालन गरेनन् । * २१ः५ परमेश्‍वरको प्रतिज्ञा अनुसार, वहाँले मानिसहरूका हृदयमा आफ्नो व्यवस्था हाली दिनुहुनेथियो, मानिसहरूले परमेश्‍वरलाई व्‍यक्‍तिगत रूपमा चिन्‍ने थिए, तिनीहरू वहाँका मानिसहरू हुनेथिए, र परमेश्‍वरले तिनीहरूका पापहरू क्षमा गर्नु हुनेथियो । * २७ः१ येशूले उत्तर दिनुभयो, “परमेश्‍वरको व्यवस्थामा के लेखिएको छ ?” * २८ः१ येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मलाई किन ‘असल’ छु भनि भन्छौ ?” एक जना मात्र असल हुनुहुन्छ र वहाँ परमेश्‍वर हुनुहुन्छ । तर यदि तिमीहरू अनन्त जीवन प्राप्‍त गर्न चाहन्छौ भने, परमेश्‍वरका व्यवस्थाहरू मान । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0430, H1881, H1882, H2706, H2710, H3068, H4687, H4872, H4941, H8451, G23160, G35510, G35650
## शक्‍ति, शक्‍तिहरू ### परिभाषा: “शक्ति” शब्दले महान् सामर्थ्य प्रयोग गरेर केही गर्नु वा केही हुन लगाउने क्षमतालाई जनाउछ ।” शक्‍तिहरू” ले कुनै थोक गराउने महान् क्षमता भएका मानिस वा आत्माहरूलाई जनाउछ । * “परमेश्‍वरको शक्ति” ले सबै थोक गर्ने, विशेष गरी मानिसको लागि असम्भव भएका थोक गर्ने परमेश्‍वरको क्षमतालाई जनाउछ । * परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक थोकमाथि उहाँको पूर्ण शक्‍ति छ । * परमेश्‍वरले उहाँले चाहनु भएको थोक गर्न उहाँको मानिसलाई शक्‍ति दिनु हुन्छ, ताकि जब तिनीहरुले निको पर्छन वा अन्य अचम्मको काम गर्छन्, तिनीहरुले यो परमेश्‍वरको शक्‍तिद्वारा गरून् । * येशू र पवित्र आत्मा पनि परमेश्‍वर हुनुभएकाले, उहाँहरुसँग यही शक्‍ति छ । ### अनुवादका निम्ति सुझावहरुः * सन्दर्भअनुसार “शक्‍ति” शब्दलाई “क्षमता” वा “सामर्थ्य” वा “ऊर्जा” वा “अचम्मको काम गर्ने क्षमता” वा “नियन्‍त्रण” भनी अनुवाद गर्न सकिन्छ । * “शक्‍ति” लाई अनुवाद गर्ने सम्भावित उपायहरू “शक्‍तिशाली प्राणी” वा “नियन्‍त्रण गर्ने आत्माहरू” वा “अरूहरूलाई नियन्‍त्रण गर्ने” हुन् । * “हाम्रा शत्रुहरुका शक्‍तिबाट हामीलाई बचाउनुहोस्” भन्‍ने अभिव्यक्‍तिलाई यसरी अनुवाद गर्न सकिन्छ, “हाम्रा शत्रुहरुको अत्यचारबाट हामीलाई बचाउनुहोस्” वा “हाम्रा शत्रुहरुको नियन्‍त्रणबाट हामीलाई छुटकारा दिनुहोस्” । यस अवस्थामा, “शक्‍ति” को अर्थ कसैलाई नियन्‍त्रणमा लिन र अरुलाई अत्यचार गर्न कसैको सामर्थ्य प्रयोग गरेको भन्‍ने हुन्छ । (हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरको आत्मा, प्रभुको आत्मा, येशू, येशू ख्रीष्‍ट, आश्‍चर्यकर्म, चमत्कार, चिन्ह) ### बाइबलका खण्डहरूः * १ थेसलोनिकी०१:४-५ * कलस्सी ०१:११-१२ * उत्पत्ति ३१:२९-३० * न्यायकर्ता ०२:१८-१९ * यर्मिया १८:२१-२३ * यहूदा ०१:२४-२५ * लूका ०१:६-१७ * लूका ०४:१४-१५ * मत्ती २६:६२-६४ * फिलिप्पी ०३:२०-२१ * भजनसंग्रह ०८०:१-३ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (२२-०५) स्वर्गदूतले बताए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले बालक पवित्र अर्थात् परमेश्‍वरको पुत्र हुनेछ ।” * (२६-०१) शैतानको परिक्षामाथि विजयी भएपछि येशू पवित्र आत्माको शक्‍तिमा गालील प्रदेशतिर फर्कनुभयो, जहाँ उहाँ बस्‍नुभयो । * (३२-१५) येशूले उहाँबाट शक्‍ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । * (४२-११) येशू मृत्युबाट जीवित हुनुभएको चालिस दिनपछि, उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूमाथि पवित्र आत्मा आउनुभएर मेरा पिताले तिमीहरूलाई शक्‍ति नदिनुभएसम्म, यरूशलेममा नै बस्‍नू ।” * (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू परमेश्‍वरको शक्‍तिद्वारा शक्‍तिशाली चिन्हहरू र चमत्कारहरू गर्ने मानिस हुनुहुन्थ्यो, जुन तपाईंहरूले अगि नै देख्‍नुभएको र जान्‍नुभएको छ ।” * (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिद्वारा निकोभएको मानिस तपाईंहरूको सामु खडा छ ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0410, H1369, H1370, H2220, H2393, H2428, H2429, H2632, H3027, H3028, H3581, H4475, H4910, H5794, H5797, H5808, H6184, H7786, H7980, H7981, H7983, H7989, H8280, H8592, H8633, G14110, G14150, G17540, G17560, G18490, G18500, G21590, G24780, G24790, G29040, G31680
## शबाथ ### परिभाषा: “शबाथ” शब्दले हप्‍ताको सातौं दिनलाई जनाउँछ, जसलाई परमेश्‍वरले आराम वा काम नगर्ने दिनको रूपमा छुट्ट्याउन इस्राएलीहरूलाई आज्ञा दिनुभयो । * परमेश्‍वरले छ दिन संसारलाई सृष्‍टि गर्न सिद्धयाउनुभयो र सातौं दिनमा आराम गर्नुभयो । त्यसैगरी परमेश्‍वरले सातौं दिनलाई उहाँको आराधना गर्न र आराम गर्नलाई एउटा विशेष दिनको रूपमा छुट्टयाउन इस्राएलीहरूलाई आज्ञा गर्नुभयो । * “शबाथ दिनलाई पवित्र मान्‍नू” भन्‍ने आज्ञा परमेश्‍वरले इस्रायलीहरूलाई दिनुभएको ढुङ्गाको पाटीमा परमेश्‍वरले लेख्‍नुभएको दश आज्ञाहरू मध्ये एउटा हो । * यहूदीहरूको दिन गन्‍ने पद्धतिलाई पछ्याउने हो भने, शबाथ शुक्रबारको सुर्यास्तबाट सुरु हुन्छ र शनिबारको सुर्यास्तसम्म रहन्छ । ### अनुवादका निति सुझावहरूः * यसलाई “आरामको दिन” वा “आराम गर्ने दिन” वा “काम नगर्ने दिन” वा “परमेश्‍वरको आरामको दिन” भनी अनुवाद गर्न सकिन्छ । * केही अनुवादहरूले यसलाई विशेष दिनको रूपमा देखाउनलाई “शबाथ दिन” वा “आराम गर्ने दिन” मा जस्तै क्यापिटल अक्षरा लेख्‍छन् । * तपाईंको स्थानीय वा राष्‍ट्रिय भाषामा कसरी अनुवाद गर्न सकिन्छ विचार गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः आराम) ### बाइबलका खण्डहरूः * २ इतिहास ३१:२-३ * प्रेरित १३:२६-२७ * प्रस्थान ३१:१२-१५ * यशैया ५६:६-७ * विलाप ०२:५-६ * लेवी १९:१-४ * लूका १३:१२-१४ * मत्ती १२:१-२ * नहेम्याह १०:३२-३३ ### बाइबलका कथाहरूबाट उदाहरणहरू * (१३-०५) “शबाथ दिनलाई सदैव पवित्र राख्‍नू । अर्थात, तिमीहरूका सबै कामहरू छ दिनसम्म गर्नू, किनभने सातौं दिन तिमीहरूले आराम गर्ने र मलाई आदर गर्ने दिन हो ।” * (२६-०२) येशू उहाँको बाल्यकाल बिताउनुभएको नासरतको नगरतिर जानुभयो । शबाथ दिनमा, उहाँ आराधना गर्ने ठाउँमा जानुभयो । * (४१-०३) येशू गाडिइएको भोलिपल्ट शबाथ दिन थियो, त्यसैले यहूदीहरूलाई त्यस दिन चिहानमा जान दिइएन । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4868, H7676, H7677, G43150, G45210
## शरीर ### परिभाषा: शब्द “शरीर” ले शाब्दिक रूपमा व्यक्‍ति वा जनावरको देहलाई जनाउँछ । वस्तु वा कुनै समुदायमा भएका व्यक्‍तिहरूको पुरै समूहलाई जनाउन पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ । * अक्सर शब्द “शरीर” ले मृत व्यक्‍ति वा जनावरलाई जनाउँछ । कहिले काहीँ यसलाई “मृत शरीर” वा “लाश” भनी उल्लेख गरिएको छ । * येशूले आफ्नो आखिरी निस्तार-चाडको भोजमा आफ्ना चेलाहरूलाई “यो (रोटी) मेरो शरीर हो” भनी बताउनुहुँदा उहाँले आफ्नै भौतिक शरीरलाई उल्लेख गर्दै हुनुहुन्थ्यो, जुन “तिनीहरूका पापको मूल्य चुकाउन भाँचिने (मारिने) थियो ।” * बाइबलमा ख्रीष्‍टियानहरूलाई समूहको रूपमा “ख्रीष्‍टको शरीर” भनी उल्लेख गरिएको छ । * जसरी भौतिक शरीरका धेरै अङ्गहरू हुन्छन्, त्यसै गरी “ख्रीष्‍टको शरीर” का धेरै सदस्यहरू छन् । * परमेश्‍वरको सेवा गर्न र उहाँको महिमा गर्नका लागि पुरै समूहलाई मदत गर्न ख्रीष्‍टको शरीरमा हरेक व्यक्‍तिको विशेष काम हुन्छ । * येशूलाई पनि उहाँका विश्‍वासीहरूको “शरीर” को “शिर” (अगुवा) भनी उल्लेख गरिएको छ । जसरी के गर्ने भनेर व्यक्‍तिको शिरले बताउँछ, त्यसै गरी ख्रीष्‍टको “शरीर” का सदस्यहरू अर्थात् ख्रीष्‍टियानहरूलाई अगुवाइ गर्ने र निर्देशन गर्ने येशू हुनुहुन्छ । ### अनुवादका लागि सुझावहरूः * अनुवाद गरिएको भाषामा भौतिक शरीरलाई उल्लेख गर्न प्रयोग गरिने सबैभन्दा सामान्य शब्दद्वारा यसको अनुवाद गर्नु उत्तम हुन्छ । * विश्‍वासीहरूलाई सामूहिक रूपमा जनाउँदा केही भाषाहरूमा “ख्रीष्‍टको आत्मिक शरीर” भनी अनुवाद गर्नु बढी स्वाभाविक र सठिक हुन्छ । * येशूले “यो मेरो शरीर हो” भनी बताउनुहुँदा यसलाई शाब्दिक रूपमा नै अनुवाद गर्नु उत्तम हुन्छ र आवश्यक भए यसमा व्याख्या गर्ने जानकारी दिन सकिन्छ । * केही भाषाहरूमा मृत शरीरलाई जनाउने छुट्टै शब्द हुन सक्छ (जस्तैः व्यक्‍तिको लागि “लाश/शव” वा जनावरको लागि “सिनो” ) । यसलाई अनुवाद गर्ने शब्द सन्दर्भमा अर्थयुक्‍त र स्वीकारयोग्य हुनुपर्छ भन्‍ने कुरोमा निश्‍चित हुनुहोस् । (हेर्नुहोस्ः शिर, आत्मा, आत्मिक) ### बाइबलका सन्दर्भहरूः * १ इतिहास १०:११-१२ * १ कोरिन्थी ०५:३-५ * एफिसी ०४:४-६ * न्यायकर्ता १४:७-९ * गन्ती ०६:६-८ * भजनसंग्रह ३१:८-९ * रोमी १२:४-५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0990, H1320, H1460, H1465, H1472, H1480, H1655, H3409, H4191, H5038, H5085, H5315, H6106, H6297, H7607, G44300, G49540, G49830, G55590
## शास्‍त्री, यहूदी व्यवस्थमा पोख्त ### परिभाषा: शास्‍त्रीहरू धार्मिक वा महत्त्वपूण सरकारी दस्तावेजहरू हातले लेख्‍नु वा हातले प्रतिलिपी बनाउनलाई जिम्मेवार अधिकृतहरू थिए । यहूदी शास्‍त्रीको अर्को नाम "यहूदी व्‍यवस्‍थामा विशेषज्ञ" थियो। * शास्‍त्रीहरू पुरानो करारका पुस्तकहरूका प्रतिलिपी बनाउन र संरक्षण गर्नमा जिम्मेवार थिए । * शास्‍त्रीहरूले परमेश्‍वरको व्यावस्थाको धार्मिक राय र टिप्‍पणीको प्रतिलिपी बनाए, संरक्षण गरे र व्याख्या गरे । * शास्‍त्रीहरू महत्त्वपूर्ण सरकारी अधिकृतहरू थिए । * महत्त्वपूर्ण बाइबलीय शास्‍त्रीहरूमा बारुक र एज्रा पर्थे । * नयाँ करारमा, "शास्‍त्रीहरू" अनुवाद गरिएको शब्‍दलाई "व्‍यवस्‍थामा शिक्षकहरू" भनेर पनि अनुवाद गरएको थियो। * नयाँ करारमा, शास्‍त्रीहरू सामा्‍यतया "फरिसीहरू" भनिने धार्मिक समूहको भाग थिए र दुई समूहहरू प्रायः सँगै उल्‍लेख गरिएको थियो। (हेर्नुहोस्ः व्यवस्था, फरिसी) ### बाइबलका खण्डहरूः * प्रेरित ०४:५-७ * लूका ०७:२९-३० * लूका २०:४५-४७ * मत्ती ०५:१९-२० * मत्ती ०७:२८-२९ * मत्ती १२:३८-३९ * मत्ती १३:५१-५३ * मत्ती २१:५१-५३ * मर्कूस ०१:२१-२२ * मर्कूस ०२:१५-१६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5608, H5613, H7083, G11220
## शुद्ध पार्नु, शुद्ध ### परिभाषा: क्रियापद “शुद्ध पार्नु” को शाब्दिक अर्थ हुन्छ‒ कुनै धुलो वा दाग नराख्‍नु । बाइबलमा “चोखो,” “पवित्र” वा “पापबाट मुक्‍त” भन्‍ने अर्थमा यसलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । * “शुद्ध” शब्द कुनै कुरोलाई “शुद्ध पार्ने” प्रक्रिया हो । यसलाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ । * पुरानो करारमा कुन-कुन जनावरहरू “शुद्ध” थिए र कुन-कुन जनावरहरू “अशुद्ध” थिए भनी परमेश्‍वरले इस्राएलीहरूलाई बताउनुभयो । खान र बलिदानको लागि केवल शुद्ध जनावरहरूको प्रयोग गर्न अनुमति दिइएको थियो । यस सन्दर्भमा “शुद्ध” शब्दको अर्थ हुन्छ, कि जनावर बलिदानको प्रयोगको लागि परमेश्‍वरमा स्वीकारयोग्य छ । * कुनै छालाको रोग भएको व्यक्‍तिलाई त्यस बेलासम्म अशुद्ध मानिन्थ्यो जुन बेलासम्म उसको रोग नसर्ने गरी चङ्गाइ हुँदैनथ्यो । त्‍यस व्‍यक्‍तिलाई पुनः "शुद्ध" घोषित गर्नको लागि,  छाला सफा शुद्ध गर्ने निर्देशनहरू पालन  गर्नुपर्थ्‍यो। * व्यक्‍तिलाई फेरि “शुद्ध” भनी घोषणा गर्न छालालाई शुद्ध पार्न निर्देशनहरू दिइएका थिए जसको पालना गरिनुपर्थ्यो । बाइबलमा "अशुद्ध" शब्‍दलाई लाक्षणिक रूपमा परमेश्‍वरले आफ्‍ना जहनरूलाई छुन,  खान वा बलिदान गर्न अयोग्‍य घोषणा गर्नुभएको कुराहरूलाई जनाउन प्रयोग गरिएको छ। * परमेश्‍वरले इस्राएलिहरूलाई कुन-कुन जनावरहरू "शुद्ध" र कुन "अशुद्ध" भनेर निर्देशन दिनुभयो। अशुद्ध जनावरहरूलाई खान वा बलिदानको लागि प्रयोग गर्न अनुमति थिएन्। * केहि छाला रोग भएका मानिसहरूलाई निको नभएसम्‍म "अशुद्ध" भनिन्‍थ्‍यो। * यदि इस्राएलिहरूले "अशुद्ध" कुरा छोएमा तिनिहरू आफैँलाई निश्चित समयको लागि अशुद्ध मानिनेछ। * परमेश्‍वरको आज्ञा अनुशार अशूद्ध कुराहरू नछुने वा नखाने कुराले इस्राएलिहरूलाई परमेश्‍वरको सेवाको लागि अलग राखिएको प्रमाणीत गर्दथियो। * यो शारिरक र धार्मिक अशुद्धता नैतिक अशुद्धताको प्रतिक पनि थियो। * अर्को लाक्षणिक भाषामा,  "अशुद्ध आत्‍मा" ले दुष्‍ट आत्‍मालाई पनि बुझाउँछ। ### अनुवादका लागि सुझावहरूः * “शुद्ध” वा “चोखो” (फोहोर नभएको अर्थमा) को लागि प्रयोग गरिने सामान्य शब्दबाट यसको अनुवाद गर्न सकिन्छ । * “विधिपूर्वक शुद्ध” वा “परमेश्‍वरको अगि स्वीकारयोग्य” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ । * “शुद्ध पार्नु” लाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर अनुवाद गर्न सकिन्छ । * “शुद्ध पार्नु” वा “चोखो तुल्याउनु” को लागि प्रयोग गरिएका शब्दहरूले आलङ्कारिक अर्थ पनि देओस् भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । * "अशुद्ध" शब्‍दलाई "शुद्ध नभएको" वा "परमेश्‍वरको नजरमा अयोग्‍य" वा "शारिरिक रूपमा शुद्ध" वा "अपवित्र भनि अनुवाद गर्न सकिन्‍छ। * भुतलाई अशूद्ध आत्‍माको रूपमा उल्‍लेख गर्दा, "अशुद्ध" लाई "दुष्‍ट" वा "अपवित्र" भनेर अनुवाद गर्न सकिन्‍छ। * यस शब्‍दको अनुवादले आत्‍मिकि अशुद्धताको लागि अनुमति दिनुपर्छ। यसले कुनै पनि कुरालाई सन्‍दर्भ गर्न सक्षम  हुनुपर्छ जुन परमेश्‍वरले छुने, खाने, वा बलिदानको लागि अयोग्‍य घोषित गर्नुभयो। (हेर्नुहोस्ः पवित्र, पवित्रता, अशुद्ध, बलिदान, भेटी) ### बाइबलका सन्दर्भहरूः * उत्पत्ति ०७:२ * उत्पत्ति ०७:८ * व्‍यवस्‍था १२ः१५ * भजनसंग्रह ५१:७ * हितोपदेश २०:३० * इजकिएल २४ः१३ * मत्ति २३ः२७ * लूका ०५:१३ * प्ररित ८ः७ * प्ररित १०ः२७-२९ * कलस्‍सी ३ः५ * १ थेसलोनिकि ४ः७ * याकूब ०४:८-१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1249, H1252, H1305, H2134, H2135, H2141, H2398, H2548, H2834, H2889, H2890, H2891, H2893, H2930, H2931, H2932, H3001, H3722, H5079, H5352, H5355, H5356, H6172, H6565, H6663, H6945, H7137, H8552, H8562, G01670, G01690, G25110, G25120, G25130, G28390, G28400, G33940, G36890
## शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण ### परिभाषा: “शुद्ध” हुनु भनेको कुनै दोष नभएको वा त्यहाँ नहुनु पर्ने कुनै पनि कुरा नमिसाइएको । शुद्ध पार्नु भनेको यसलाई सफा गर्नु र यसलाई दुषित र अशुद्ध बनाउने कुनै पनि कुरालाई हटाउनु हो । * पुरानो करारको व्यवस्थाको सन्दर्भमा, “शुद्ध पार्नु” र “शुद्धिकरण” ले मुख्यतयाः व्यक्‍ति वा वस्तुलाई विधिवत रूपमा अशुद्ध बनाउने रोग, शरीरबाट बहने कुराहरू, बलक जन्म जस्ता थोकहरूबाट सफा गर्नुलाई जनाउछ । * पुरानो करारमा मानिसहरू पापबाट कसरी शुद्ध हुने भनी बताउने व्यवस्था पनि थियो, सामान्यतयाः जनावरको बलिदानद्वारा शुद्ध हुन्थे । यो अस्थाइ मात्र थियो र बलिदानहरू पटक-पटक गरिरहनु पर्थ्यो । * नयाँ करारमा, शुद्ध हुनले प्रायः पापबाट शुद्ध हुनु भन्‍ने जनाउछ । * मानिसहरु पूर्ण रूपमा र स्थाइ रूपमा पापबाट शुद्ध हुने एउटै मात्र उपाय पश्‍चाताप र परमेश्‍वरको क्षमा प्राप्‍तद्वारा अर्थात् येशूमा र उहाँको बलिदानमा भरोसाद्वारा हो । ### अनुवादका निम्ति सुझावहरुः * “शुद्ध पार्नु” लाई “शुद्ध बनाउनु” वा “सफा गर्नु” वा “सबै दुषित थोकलाई सफा गर्नु” वा “सबै पापबाट मुक्‍त हुनु” भनी अनुवाद गर्न सकिन्छ । * “जब तिनीहरुका शुद्धिकरणको समय पुरा भयो” भन्‍ने वाक्‍यांशालाई यसरि अनुवाद गर्न सकिन्छ, “जब तिनीहरुले तोकिएका दिनहरूसम्म पर्खेर आफैँ शुद्ध पारेका थिए” भनी अनुवाद गर्न सकिन्छ । * “पापहरुको निम्ति शुद्धिकरण प्रदान गरियो” भन्‍ने वाक्यांशलाई “मानिसहरुलाई तिनीहरुका पापबाट पूर्ण रूपमा शुद्ध हुने उपाय दिइयो” भनी अनुवाद गर्न सकिन्छ । * “शुद्धिकरण” लाई अनुवाद गर्ने अरू उपायहरूमा “सफाइ” वा “आत्मिक धुवाई” वा “विधिवत रूपमा शुद्ध हुनु” । (हेर्नुहोस्ः प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, सफा गर्नु, सफा पार्नु, आत्मा, आत्मिक) ### बाइबलका खण्डहरूः * १ तिमोथी ०१:५-८ * प्रस्थान ३१:६-९ * हिब्रू ०९:१३-१५ * याकूब ०४:८-१० * लूका ०२:२२-२४ * प्रकाश १४:३-५ * श्रेष्‍ठगीत ०५:२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1249, H1252, H1253, H1305, H1865, H2134, H2135, H2141, H2212, H2398, H2403, H2561, H2889, H2890, H2891, H2892, H2893, H3795, H3800, H4795, H5343, H5462, H6337, H6884, H6942, H8562, G00480, G00490, G00530, G00540, G15060, G25110, G25120, G25130, G25140
## शुभ खबर, सुसमाचार ### परिभाषा: “सुसमाचार” को शाब्दिक अर्थ हुन्छ‒ “शुभ खबर ।” यसले त्यस्तो सन्देश वा घोषणालाई जनाउँछ, जसलाई सुन्दा मानिसहरूलाई फाइदा मिल्छ वा तिनीहरूलाई खुसी पार्छन् । * बाइबलमा यस शब्दले साधारणतया क्रुसमा येशूको बलिदानद्वारा मानिसहरूका निम्ति परमेश्‍वरको उद्धारबारे भएको सन्देशलाई जनाउँछ । * अधिकांश अङ्ग्रेजी बाइबलहरूमा “शुभ खबर” लाई साधारणतया “सुसमाचार” भनी अनुवाद गरिएको छ । “येशू ख्रीष्‍टको सुसमाचार,” “परमेश्‍वरको सुसमाचार” र “राज्यको सुसमाचार” भन्‍ने पदावलीहरूमा यसलाई देख्‍न सकिन्छ । ### अनुवादका लागि सुझावहरूः * “शुभ सन्देश” वा “शुभ घोषणा” वा “उद्धारबारे परमेश्‍वरको सन्देश” वा “येशूको बारेमा परमेश्‍वरले सिकाउनुहुने शुभ कुराहरू” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ । * सन्दर्भमा आधारित रहेर “को शुभ खबर” लाई “बारेमा भएको शुभ खबर/सन्देश” वा “बाट आएको शुभ सन्देश” वा “को बारेमा परमेश्‍वरले बताउनुहुने शुभ कुराहरू” वा “परमेश्‍वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भन्‍ने कुरा” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः राज्य, बलिदान, भेटी, उद्धार) ### बाइबलका सन्दर्भहरूः * १ थेसलोनिकी ०१:४-५ * प्रेरित ०८:२५ * कलस्सी ०१:२१-२३ * गलाती ०१:६-७ * लूका ०८:१-३ * मर्कूस ०१:१४-१५ * फिलिप्पी ०२:२२-२४ * रोमी ०१:१-३ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (२३-०६) स्वर्गदूतले भने, “नडराओ, किनकि तिमीहरूका लागि मसित शुभ खबर छ । मसीह अर्थात् मालिक बेथलेहेममा जन्मनुभएको छ !” * (२६-०३) येशूले पाठ गर्नुभयो, “गरिबहरूलाई शुभ खबर सुनाउन, बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्न, दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन उत्पीडनहरूलाई मुक्‍त गर्न परमेश्‍वरले मलाई उहाँका आत्मा दिनुभएको छ । यो प्रभुको कृपाको वर्ष हो ।” * (४५-१०) तिनलाई येशूको शुभ खबर सुनाउन फिलिपले अन्य धर्मशास्‍त्र पनि प्रयोग गरे । * (४६-१०) त्यसपछि अन्य धेरै ठाउँहरूमा येशूको बारेमा भएको शुभ खबरको प्रचार गर्न तिनीहरूले उनीहरूलाई पठाए । * (४७-०१) एक दिन पावल र सिलास येशूको बारेमा भएको शुभ खबरको घोषणा गर्न फिलिप्पी नगरमा गए । * (४७-१३) येशूको बारेमा भएको शुभ खबर फैलिरह्‍यो, र मण्डली वृद्धि भइरह्‍यो । * (५०-०१) करिब दुई हजार वर्षसम्म संसारका चारैतिर भएका धेरैभन्दा धेरै मानिसहरूले येशू मसीहको बारेमा भएको शुभ खबरलाई सुन्दै आइरहेका छन् । * (५०-०२) येशू पृथ्वीमा जिउनुहुँदा उहाँले भन्‍नुभयो, “संसारको हरेक ठाउँमा भएका मानिसहरूलाई मेरा चेलाहरूले परमेश्‍वरको राज्यको बारेमा भएको शुभ खबर प्रचार गर्नेछन्, र त्यसपछि अन्त्य आउनेछ ।” * (५०-०३) उहाँ स्वर्ग फर्कनुअगि कहिल्यै शुभ खबर नसुनेका मानिसहरूलाई यसको घोषणा गर्न येशूले ख्रीष्‍टियानहरूलाई आज्ञा दिनुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G20970, G20980, G42830
## शैतान, दियाबलस, दुष्‍ट ### परिभाषा: दियाबलस पइरमेश्‍वरले सृष्‍टि गर्नुभएको आत्मिक प्राणी हो, तर त्यसले परमेश्‍वरको विरुद्ध विद्रोह गरेर उहाँको शत्रु बन्यो । दियाबलसलाई “शैतान” र दुष्‍ट” भनिन्छ । * दियाबलसले परमेश्‍वर र उहाँले सृष्‍टि गर्नुभएका सबै कुराहरूलाई घृणा गर्छ, किनभने त्यसले परमेश्‍वरको स्थान लिन र त्यसैलाई परमेश्‍वरको रूपमा पूजेको चाहन्छ । * शैतानले मानिसहरूलाई परमेश्‍वरको विरुद्ध विद्रोह गर्न परिक्षा गर्छ । * परमेश्‍वरले मानिसहरूलाई शैतानको नियन्‍त्रणबाट छुटकारा दिनलाई आफ्नो पुत्र येशूलाई पठाउनुभयो । * शैतानको अर्थ “दुश्मन” वा “शत्रु” हो । * दियाबलसको शब्दको अर्थ “दोष लगाउने” हो । ### अनुवादका निम्ति सुझावहरूः * “दियाबलस” शब्दलाई “दोष लगाउने” वा “दुष्‍ट” वा “दुष्‍ट आत्माहरूका राजा” वा “दुष्‍ट आत्माहरूका प्रमुख” भनेर अनुबाद गर्न सकिन्छ । * “शैतान” लाई “विरोधी” वा “दुश्मन” वा त्यो दियाबलस हो भन्‍ने देखाउने अरु कुनै पनि शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । * यी शब्दहरूलाई भूत र दुष्‍ट आत्माभन्दा भिन्‍नतवरले अनुवाद गर्नुपर्छ । * यी शब्‍दहरू स्‍ञानीय वा राष्‍ट्रिय भाषामा कसरी अनुवाद गरिन्‍छ विचार गर्नुहोस्। (हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः भूत, दुष्‍ट आत्मा,  परमेश्‍वरको राज्य, परिक्षा गर्नु) ### बाइबल खण्डहरूः * १ यूहन्‍ना ०३:७-८ * १ थेसलोनिकी ०२:१७-२० * १ तिमोथी ०५:१४-१६ * २ थेसलोनिकी ०३:१-३ * प्रेरित १३:९-१० * अय्यूब ०१:६-८ * मर्कूस ०८:३३-३४ * जकरिया ०३:१-३ ### बाइबलका कथाहरूबाट उदाहरणहरूः * (२१:०१) हव्वालाई छल्ने सर्प नै शैतान थियो । प्रतिज्ञाको तात्पर्य आउनुहुने मसीहले शैतानलाई पूर्णरूपमा हराउनुहुन्छ भन्‍ने हो । * (२५-०६) शैतानले येशूलाई संसारको सबै राज्यहरू र तिनीहरूका सबै गौरवहरू देखाए र भन्यो, “तपाईंले मलाई घोप्‍टो परेर मलाई पूज्‍नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु ।” * (२५-०८) येशूले शैतानको परिक्षामा समर्पण गर्नुभएन, त्यसैले शेतानले उहाँलाई छोड्यो । * (३३-०६) त्यसैले यैशूले बताउनुभयो, “बीउ परमेश्‍वरको वचन हो । बाटो परमेश्‍वरको वचन सुन्‍ने तर नबुझ्‍ने व्यक्‍ति हो, र दियाबलसले वचन उसबाट लान्छ ।” * (३८-०७) यहूदाले रोटी खाएपछि, त्यसभित्र शैतान पस्यो । * (४८-०४) परमेश्‍वरले हव्वाकी सन्ताहरूमध्ये एउटाले शैतानको शिर कुच्याउनेछ, र शैतानले उनको कुर्कुच्‍चो डस्‍नेछ भनी प्रतिज्ञा गर्नुभयो । यसको तात्पर्य, शैतानले मसीहलाई मार्नेछ, परमेश्‍वरले उहाँलाई पुनः जीवित तुल्याउनुहुनेछ, र मसीहले शैतानको शक्‍तिलाई सदाको निम्ति कुल्चनुहुनेछ । * (४९-१५) परमेश्‍वरले तपाईंलाई शैतानको राज्यको अन्धाकारबाट बाहिर निकालेर परमेश्‍वरको राज्यको ज्योतिमा राख्‍नुभएको छ । * (५०-०९) “सामाले दुष्‍टको अधिनमा रहेका मानिसहरूलाई जनाउँछ । सामा रोप्‍ने शत्रुले दियाबलासलाई जानउँछ ।” * (५०-१०) “संसारको अन्त्यमा, स्वर्गदूतहरूले दियाबलसको अधिनमा रहेका सबै मानिसहरूलाई जम्मा पार्नेछ, र तिनीहरूलाई दन्किरहेको आगोमा फाल्नेछ, जहाँ तिनीहरू डरलाग्दो कष्‍टमा चिच्‍याउनेछन् र दाह्रा किट्नेछन् ।” * (५०-१५) येशू फर्केर आउनुहुँदा, उहाँले शैतानलाई र त्यसको राज्यलाई पूर्णरूपमा नष्‍ट पार्नुहुनेछ । उहाँले त्यसलाई र परमेश्‍वरको आज्ञा पालन गर्नुभन्दा त्यसलाई पछ्याउने हरेकसँगै सदाको निम्ति जल्नेछ । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7700, H7854, H8163, G11390, G11400, G11410, G11420, G12280, G41900, G45660, G45670
## संसार, सांसारिक ### परिभाषा: “संसार” भन्‍ने शब्दले यस जगतमा मानिसहरू बसोबास गर्ने स्थान, पृथ्वीलाई जनाउँछ । “सांसारिक” भन्‍ने शब्दले यस संसारमा बस्‍ने मानिसहरूका दुष्‍ट मूल्यहरू र व्यवहारहरूलाई वर्णन गर्छ । * यसको सबै भन्दा साधारण अर्थमा, “संसार” भन्‍ने शब्दले स्वर्ग र पृथ्वी र त्यहाँका यावत् थोकहरूलाई जनाउँछ । * अरू धेरै प्रसङ्गहरूमा, “संसार” ले वास्तविक रूपमा, “यस संसारका मानिसहरू” लाई जनाउँछ । * कहिलेकाँही यसले पृथ्वीका दुष्‍ट मानिसहरू र परमेश्‍वरका आज्ञा नमान्‍ने मानिसहरूलाई जनाउँछ भनेर बुझिन्छ । * प्रेरितहरूले पनि यस संसारमा बस्‍ने मानिसहरूका स्वार्थपूर्ण व्यवहारहरू र भ्रष्‍ट मूल्यहरूलाई जनाउनको निम्ति “संसार” भन्‍ने शब्द प्रयोग गरे । * यस्ता मूल्यहरूद्वारा परिचित मानिसहरू वा वस्तुहरूलाई “संसारिक भनिन्छ ।” ### अनुवाद सुझावहरूः * प्रसङ्ग अनुसार, “संसार” लाई “जगत” वा “यस संसारका मानिसहरू” वा “यस संसारका भ्रष्‍ट कुराहरू” वा “यस संसारका मानिसहरूका दुष्‍ट मनोवृत्ति” भनेर अनुवाद गर्न सकिन्छ । * “सारा संसार” भन्‍ने वाक्यांशले प्रायः “धेरै मानिसहरू” भन्‍ने अर्थ दिन्छ र कुनै निश्‍चित भागमा बस्‍ने मानिसहरूलाई जनाउँछ । उदाहरणको लागि, “सारा संसार मिश्रमा आए” लाई “वरिपरिका देशहरूका धेरै मानिसहरू मिश्रमा आए” वा “मिश्र वरिपरि भएका सबै देशहरूका मानिसहरू त्यहाँ आए” भनेर अनुवाद गर्न सकिन्छ । * “रोमी जनगणनामा दर्ता हुनको निम्ति सारा संसार तिनीहरूको आफ्नो सहरमा गए” लाई “रोमी साम्राज्यद्वारा राज्य गरिएका धेरै क्षेत्रका मानिसहरू….. गए” भनेर अर्को तरिकाले अनुवाद गर्न सकिन्छ । * प्रसङ्ग अनुसार, “सांसारिक” भन्‍ने शब्दलाई “दुष्‍ट” वा “पापपूर्ण” वा “स्वार्थपूर्ण” वा “अधर्मी” वा “भ्रष्‍ट” वा “यस संसारमा भएका मानिसहरूका भ्रष्‍ट मूल्यहरूबाट प्रभावित” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः भ्रष्‍ट, स्व‍र्ग, रोम, ईश्‍वरीय) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना २ः१५ * १ यूहन्‍ना ४ः५ * १ यूहन्‍ना ५ः५ * यूहन्‍ना १ः२९ * मत्ती १३ः३६-३९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0776, H2309, H2465, H5769, H8398, G10930, G28860, G28890, G36250
## सङ्गती ### परिभाषा: सामान्य अर्थमा “सङ्गती” भन्‍नाले एकै किसिमका रुचि र अनुभव भएका कुनै एक समूहका सदस्यहरूबिच हुने मित्रतापूर्ण अन्तरक्रियालाई जनाउँछ । * बाइबलमा “सङ्गति” शब्दले ख्रीष्‍टमा भएका विश्‍वासीहरूको एकतालाई जनाउँछ । * ख्रीष्‍टियान सङ्गती ख्रीष्‍ट र पवित्र आत्मामा भएको सम्बन्धको कारण उत्पन्‍न हुने विश्‍वासीहरू बिचको साझा सम्बन्ध हो । * आदि ख्रीष्‍टियानहरूले परमेश्‍वरको वचन सुनेर; र सँग-सँगै प्रार्थना गरेर आफ्ना सम्पत्ति र खानेकुराहरू एकापसमा बाँडचुँड गरेर सङ्गतिलाई देखाउँथे । * येशू र उहाँको क्रूसको बलिदानले परमेश्‍वर र मानिसहरू बिचको पर्खाल भत्काइदिएको छ भन्‍ने कुरामा विश्‍वास गरेर ख्रीष्‍टियानहरूले परमेश्‍वरसँग पनि सङ्गती गर्छन् । ### अनुवादका लागि सुझावहरूः * "संगति" लाई अनुवाद गर्ने तरिकाहरूमा "एक साथ साझेदारी" वा "सम्‍बन्‍ध" वा "संगत" वा "ख्रिष्‍टियन सम्‍प्रदाय।" ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना १ः३ * प्रेरित २ः४०-४२ * फिलिप्‍पी १ः३-६ * फिलिप्‍पी २ः१ * भजनसंग्रह ५५ः१२-१४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2266, H8667, G28420, G28440, G33520, G47900
## सत्य, सत्यता ### परिभाषा: शब्दहरू “सत्य” र “सत्यता” ले साँचो अवधारणा, वास्तवमै घटेका घटनाहरू र वास्तवमै भनिएका भनाइहरूलाई जनाउँछन्। साचोँ तथ्‍यहरूले ब्रहमाण्‍डलाई वास्‍तवमा अवस्‍थित रूपमा वर्णन गर्दछ। साचोँ घटनाहरू वास्‍तविक घटनाहरू हुन्। साचोँ कथनहरू कथनहरू हुन् जुन वास्‍तविक संसार अनुसार गलत हुँदैन। * सत्य कुराहरू वास्तविक, विशुद्ध, साँचा, ठिक, वैधानिक र यथार्थ हुन्छन् । * सत्यता बुझाइ, विश्‍वास, यथार्थता वा साँचो भनाइ हो । * भविष्‍यवाणी "सत्‍य भयो" भन्ल‍नुको अर्थ यो वास्‍तवमा भविष्‍यवाणी गरिएबम्‍मोजजिम भयो वा यो त्‍यसरी नै हुनेछ भन्‍ने हो। * बाइबलमा, "सत्‍य" को अवधारणाले भरपर्दो र विश्‍वासयोग्‍य तरिकामा कार्य गर्ने अवधारणा समावेश हुन्‍छ। * येशूले आफूले बोल्नुभएका वचनहरूमा परमेश्‍वरको सत्यतालाई प्रकट गराउनुभयो । * परमेश्‍वरको वचन सत्य छ । यसले वास्तवमै भएका घटनाहरूबारे बताउँछ अनि परमेश्‍वरसाथै उहाँले बनाउनुभएको हरेक कुरोबारे जे साँचो छ, त्यसको विषयमा सिकाउँछ । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भ र बयान गरिएको कुरामा आधारित रहेर शब्द “सत्य” लाई “वास्तविक” वा “यथार्थ” वा “सही” वा “ठिक” वा “पक्‍का” वा “विशुद्ध” भनी अनुवाद गर्न सकिन्छ । * “सत्यता” लाई “जे सत्य छ” वा “यथार्थता” वा “निश्‍चय” वा “सिद्धान्त” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “सत्यता बताउनुहोस्” वा “साँचो कुरो बोल्नुहोस्” लाई “जे सत्य छ त्यही भन्‍नुहोस्” वा “वास्तवमै घटेको कुरो भन्‍नुहोस्” वा “विश्‍वसनीय कुराहरू बताउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ । * "सत्‍य बोल्‍नु" वा "सत्‍य भन्‍नु" भन्‍ने अभिव्‍यक्‍तिलाई "के सत्‍य हो भन" वा "वास्‍तवमा के भयो भन" वा "विश्‍वसनीय कुराहरू भन्‍नुहोस" भनी अनुवाद गर्न सकिन्‍छ। * “सत्यतालाई स्वीकार गर्नु” लाई “परमेश्‍वरको बारेमा भएको सत्य कुरालाई स्वीकार गर्नु” भनी अनुवाद गर्न सकिन्छ । * “आत्मा र सत्यतामा परमेश्‍वरको आराधना गर्नुहोस्” जस्ता अभिव्यक्‍तिमा शब्द “सत्यतामा” लाई “परमेश्‍वरले हामीलाई सिकाउनुभएका कुरालाई विश्‍वसनियतासाथ पालन गरेर” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः विश्‍वास, विश्‍वासयोग्‍य, पूरा, आज्ञापालन, अगमवक्‍ता, बुझ्‍नु) ### बाइबलका सन्दर्भहरूः * १ कोरिन्क‍थी ५ः६-८ * १ यूहन्‍ना १ः५-७ * १ यूहन्‍ना २ः८ * ३ यूहन्‍ना १ः८ * प्रेरित २६ः२४-२६ * कलस्‍सी १ः६ * उत्‍पत्ति ४७ः२९-३१ * याकूब १ः१८ * याकूब ३ः१४ * याकूब ५ः१९ * यर्मिया ४ः२ * यूहन्‍ना १ः९ * यूहन्‍ना १ः१६-१८ * यूहन्‍ना१ः५१ * यूहन्‍ना३ः३१-३३ * यहोशू ७ः१९-२१ * विलाप ५ः१९-२२ * मत्ति ८ः१० * मत्ति १२ः१७ * भजनसंग्रह २६ः१-३ * प्रकाश १ः१९-२० * प्रकाश १५ः३-४ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०२-०४) सर्पले स्‍त्रीलाई प्रतिक्रिया दियो, “त्यो सत्य छैन । तिमी मर्नेछैनौ ।” * (१४-०६) तुरुन्तै अरू दुई जना गुप्‍तचर कालेब र यहोशूले भने, “यो सत्य हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।” * (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर यहोवेको आराधना गर्नुको साटो तिनीहरूले कनानी देवहरूको पूजा गर्न थाले । * (३१-०८) तिनीहरूले येशूलाई यसो भन्दै उहाँको आराधना गरे, “साँच्‍चै, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” * (३९-१०) “म परमेश्‍वरको बारेमा भएको सत्यता बताउन संसारमा आएको हुँ । सत्यतालाई प्रेम गर्ने हरेकले मेरा कुरा सुन्छ ।” पिलातसले भने, “सत्य के हो ?” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0199, H0389, H0403, H0529, H0530, H0543, H0544, H0551, H0571, H0935, H3321, H3330, H6237, H6656, H6965, H7187, H7189, G02250, G02260, G02270, G02280, G02300, G11030, G33030, G34830, G36890, G41030, G41370
## सदुकी ### परिभाषा: सदुकीहरू येशूको समयमा रोमीहरूलाई समर्थन गर्ने र पुनरुत्थानमा विश्‍वास नगर्ने येहूदी पूजाहारीको एउटा राजनीतिक समूह थिए । * सदुकीहरू प्रधान पूजाहारी र मुख्य पूजाहारी जस्ता शक्‍तिशाली नेतृत्वल पदहरू सम्हाल्ने धनी र उच्‍च वर्गका थिए । * सदुकीहरूको कर्त्तव्यहरुमा मन्दिरको भवन मरम्मत गर्नु र बलि चढाउने जस्ता पूजाहारीका कामहरू गर्नु पर्थ्‍यो । * सदुकीहरू र फरिसीहरूले येशूलाई क्रुसमा टाँग्‍नमा मुख्य भूमिका खेले । * येशू तिनीहरूका स्वर्थीपन र पाखण्डीपनका कारण यी दुई धार्मिक समूहहरूका विरुद्धमा बोल्नुभयो । (हेर्नुहोस्ः यहूदी अगुवाहरू, यहूदी आधिकारीहरू, ‍धार्मिक अगुवाहरू, फरिसी, पूजाहारी, पूजाहारीगिरी) ### बाइबल खण्डहरूः * प्रेरित ४ः३ * प्रेरित ५ः१७-१८ * लूका २०ः२७ * मत्ति ३ः७ * मत्ति १६ः१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: G45230
## सधैँ रहिरहने, अनन्त, अनन्तता ### परिभाषा: “सधैँ रहिरहने” र “अनन्त” को अर्थ एउटै लाग्छ र यिनीहरूले सधैँ अस्‍तित्‍वमा रहने वा सदाको लागि रहिरहने कुरोलाई उलेल्‍ख गर्छन् । * “अनन्तता” शब्दले आदि र अन्त नभएको शब्दलाई जनाउँछ । यसले कहिल्‍यै अन्त नहुने जीवनलाई पनि जनाउँछ । * पृथ्वीमा जीवन भएको वर्तमान जीवनपछि माानिसहरू अनन्तसम्म परमेश्‍वरसँग स्वर्गमा वा उहाँ विना नरकमा जीवन बिताउँछन् । * नयाँ करारमा “अनन्त जीवन” र “सधैँ रहिरहने जीवन” को प्रयोग परमेश्‍वरसँग स्वर्गमा सधैँ रहने कुरा जनाउनलाई प्रयोग गरिएको छ । "सदाको लागि" शब्‍दले कहिल्‍यै अन्‍त्‍य नहुने समयलाई बुझाउँछ। * “सदाको लागि” ले कहिले पनि अन्त नहुने समयलाई जनाउँछ र यसले अनन्त जीवन वा अनन्तता कस्तो हुन्छ भन्‍ने कुराको पनि छन्क दिन्छ । यसले केहि कुरा सदा हुनेछ वा रहनेछ भन्‍ने कुरालाई जोड दिदँछ। यसले कहिल्‍य अन्‍त नहुने समयलाई जनाउँछ। * परमेश्‍वरले दाऊदको सिंहासन "सदाको लागि" रहनेछ भन्‍नुभयो। यसले दाऊदका सन्‍तान येशूले सदाको लागि राजाको लागि शासन गर्नुहुनेछ भन्‍ने तथ्‍यलाई उल्‍लेख गरिएको छ। ### अनुवादका लागि सुझावहरूः * "सधैँ रहिरहने" वा "अनन्‍त" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "कहिल्‍य नसिद्धिने" वा "कहिल्‍य नरोकिने" वा "सधैँ भईराख्‍ने" भन्‍ने कुराहरू समावेश हुन सक्‍छ। * शब्‍दहरू "अनन्‍त जिवन" र "कहिल्‍यै अन्‍त्‍य नहुने जिवन" लाई "जिवन जसको अन्‍त्‍य हुदैन" वा "जिवन जो कुनै रोक बिना जारि छ" वा  "सदाको लागि जिउन बौरि उठेको शरिर" भनेर अनुवाद गर्न सकिन्‍छ। * सन्‍दर्भमा निर्भर गर्दै, "अनन्‍तता" लाई अनुवाद गर्ने विभिन्‍न तरिकाहरूमा ""समय बाहिर अवस्‍थित वा "नसिद्धिने जिवन" वा "स्‍वर्गमा जिवन" भन्‍ने कुराहरू समावेश हुन सक्‍छ। * यो शब्‍दलाई स्‍थानिय वा राष्‍ट्रिय भाषामा बाईबल अनुवादमा कसरी अनुवाद गरिएको छ विचार गर्नुहोस्। (हेर्नुहोस्ः अज्ञातहरू कसरी अनुवाद गर्ने ) * "सदाको लागि" लाई "सधैँ" वा "कहिल्‍य अन्‍त्‍य नहुने" द्वारा पनि अनुवाद गर्न सकिन्‍छ। * यो "सधैँको लागि रहनेछ" भन्‍ने वाक्‍यांशलाई "सधैँ अवस्‍थित" वा "कहिल्‍यै रोकिनेछैन" वा "सधैँ जारि रहनेछ" भनेर अनुवाद गर्न सकिन्‍छ। * यो "सदाँ र सधैँभरि" भनिने प्रबल वाक्‍यांशलाई "सधैँ र सधैँको लागि" वा "कहिल्‍यै अन्‍त्‍य नहुने" वा "जुन कहिल्‍यै समाप्‍त हुदैन" भनेर अनुवाद गर्न सकिन्‍छ। * दाऊदको सिंहासन सधैँभरि रहनेछ भनिने वाक्‍यलाई  "दाऊदका सन्‍ताले सदासर्वदा शासन गर्नेछन्" वा "दाऊदका सन्‍तानले सधैँ शासन गर्नेछन्" भनेर अनुवाद गर्न सकिन्‍छ। हेर्नुहोसः दाऊद, राज्‍य, जिवन ### बाइबलका सन्दर्भहरूः * उत्‍पत्ति १७ः८ * उत्‍पत्ति ४८ः४ * प्रस्‍थान १५ः१७ * २ शामूयल ३ः२८-३० * १ राजाहरू २ः३२-३३ * अय्‍यूब ४ः२०-२१ * भजनसंग्रह २१ः४ * यशैया ९ः६-७ * यशैया ४०ः२७-२८ * दानिएल ७ः१८ * लूका १८ः१८ * प्रेरित १३ः४६ * रोमि ५ः२१ * हिब्रु ६ः१९-२० * १ यूहन्‍ना १ः२ * १ यूहन्‍ना ५ः१२ * प्रकाश १ः४-६ * प्रकाश २२ः३-५ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * **२७ः१** एक दिन, यहूदि व्‍यवस्‍थाका एक जना विज्ञ येशूकहाँ उहाँलाई जाचँ गर्न आए र भने, "गुरुज्‍यू, अनन्‍त जिवन पाउन मैले के गर्नु पर्छ?" * २८ः१ एक दिन, एक जना धनि जवान शासक येशूकहाँ आएर उहाँलाई सोधे, "हे असल गुरु, अनन्‍त जिवन पाउन मैले के गर्नुपर्छ?" येशूले उसलाई भन्‍नुभयो, "तिमिले मलाई असल के हो भनेर किन सोध्‍छौँ? एक मात्र असल हुनुहुन्‍छ त्‍यो परमेश्‍वर हुनुहुन्‍छ तर यदि तिमि अनन्‍त जिवन पाउन चाहान्‍छौ भने, परमेश्‍वरको व्‍यवस्‍थाहरू पालन गर।" * २८ः१० येशूले जवाफ दिनुभयो, "जसले मेरो नाऊँको खातिर आफ्‍नो घर, दाजुभाई, दिदिबहिनि, बुबा, आमा, छोराछोरी वा सम्‍पत्ति त्‍यागेको छ, उसले सयँ गुणा बढि पाउनेछ र अनन्‍त जिवन पनि पाउनेछ।" ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3117, H4481, H5331, H5703, H5705, H5769, H5865, H5957, H6924, G01260, G01650, G01660, G13360
## सन्तहरु ### परिभाषा: “सन्तहरु” शब्दको शाब्दिक अर्थ “पवित्र जन” हुन्छ र यसले येशूमा विश्‍वास गर्नेहरूलाई जनाउछ । * पछि मण्डली इतिहासमा, असल कामले चिनिएका व्यक्‍तिलाई “सन्त” उपाधी दिइन्थ्यो, तर नयाँ करारमा यो शब्दलाई यसरी प्रयोग गरिएको छैन । * येशूमा विश्‍वास गर्नेहरू उनीहरूले जे गरेका छन् त्यसको कारणले होइन, बरु येशू ख्रीष्‍टको मुक्‍ति दिने काममा विश्‍वासद्वारा सन्तहरू वा पवित्र जनहरू हुन् । ### अनुवादका निम्ति सुझावहरूः * “सन्तहरू” लाई अनुवाद गर्ने तरिकाहरूमा “पवित्र जन” वा “पवित्र मानिस” वा “येशूमा पवित्र विश्‍वासीहरू” वा “अलग गरिइएकाहरू” पर्छन् । * ख्रीष्‍टियनहरूका एउटा समूहका मानिसहरूलाई मात्र पवित्र जनाउने शब्द प्रयोग नगरियोस् भनी होसियार हुनुहोस् । (हेर्नुहोस्ः पवित्र, पवित्रता) ### बाइबलका खण्डहरूः * १ तिमोथी ०५:९-१० * २ कोरिन्थी ०९:१२-१५ * प्रकाश १६ः६ * प्रकाश २०:९-१० ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H2623, H6918, H6922, G00400
## सन्तानहरू, सन्तान ### परिभाषा: बाइबलमा जवान वा शिशुलाई जनाउन साधारणतया “सन्तान” शब्दलाई अक्सर प्रयोग गरिएको छ । “सन्तानहरू” बहुवचन रूप हो र यसका केही आलङ्कारिक प्रयोगहरू छन् । * बाइबलमा चेलाहरू वा अनुयायीहरूलाई कहिले काहीँ “सन्तानहरू” भनिएको छ । * अक्सर व्यक्‍तिका छोराछोरीहरूलाई जनाउन “सन्तानहरू” शब्दको प्रयोग गरिन्‍छ । * प्रायः बाईबलमा "सन्तानहरू" को अर्थ "बच्‍चाहरू" जस्‍तै हुन्‍छ। * "बिउँ" शब्‍द कहिलेकाहिँ सन्‍तानलाई बुझाउन लाक्षणिक रुपमा प्रयोग गरिन्‍छ। * पदावली “का सन्तान” ले कुनै कुरोको विशेषता जाहेर गर्न सक्छ । यसका केही उदाहरणहरू निम्‍न लिखित छन्ः * ज्योतिका सन्तान * आज्ञाकारिताका सन्तान * दुष्‍टका सन्तान यो शब्‍दले मण्‍डलिलाई पनि बुझाउन सक्‍छ। उदाहरणको लागि, कहिलेकाहिँ नयाँ नियमले येशूलाई विश्‍वास गर्ने मानिसहरूलाई"परमेश्‍वरका सन्‍तान" भनि जनाउँछ। ### अनुवादका लागि सुझावहरूः * यस शब्दले व्यक्‍तिका छोराछोरीका नाति नातिनीहरू वा नाति नातिनीहरूका नाति नातिनीहरूलाई जनाउँदा “सन्तानहरू” लाई “सन्ततिहरू” भनी अनुवाद गर्न सकिन्छ । * सन्दर्भमा आधारित रहेर “का सन्तान” लाई “को विशेषता भएका मानिसहरू” वा “जस्तै व्यवहार गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । * सम्भव भएमा पदावली “परमेश्‍वरका सन्तान” लाई शाब्दिक रूपमा नै अनुवाद गरिनुपर्छ, किनकि परमेश्‍वर हाम्रा स्वर्गीय पिता हुनुहुन्छ भन्‍ने विषय एउटा महत्त्वपूर्ण बाइबलीय विषय हो । यसको सम्भाव्य वैकल्पिक अनुवादहरूमा “परमेश्‍वरका मानिसहरू” वा “परमेश्‍वरका आत्मिक सन्तान” हुन सक्छन् । * येशूले आफ्ना चेलाहरूलाई “सन्तान” भनी बोलाउनुहुँदा यसलाई “प्रिय मित्रहरू” वा “मेरा प्रिय चेलाहरू” भनी अनुवाद गर्न सकिन्छ । * पावल र यूहन्‍नाले येशूमा ग्रहण गर्ने विश्‍वासीहरूलाई “सन्तानहरू” भनी उल्लेख गर्दा यसलाई “प्रिय सङ्गी विश्‍वासीहरू” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “प्रतिज्ञाका सन्तान” लाई “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः सन्तति, प्रतिज्ञा, पुत्र, आत्मा, आत्मिक, विश्‍वासी, प्रिय, अन्य) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०२:२७-२९ * ३ यूहन्‍ना ०१:१-४ * गलाती ०४:१९-२० * उत्पत्ति ४५:९-११ * यहोशू ०८:३४-३५ * नहेम्याह ०५:४-५ * प्रेरित १७ः२९ * प्रश्‍थान १३ः११-१३ * उत्‍पत्ति २४ः७ * यशैया ४१ः८-९ * अय्‍यूब ५ः२५ * लूका ३ः७ * मत्ति १२ः३४ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1069, H1121, H1123, H1129, H1323, H1397, H1580, H2029, H2030, H2056, H2138, H2145, H2233, H2945, H3173, H3205, H3206, H3208, H3211, H3243, H3490, H4392, H5209, H5271, H5288, H5290, H5759, H5764, H5768, H5953, H6185, H6363, H6529, H6631, H7908, H7909, H7921, G07300, G08150, G10250, G10640, G10810, G10850, G14710, G34390, G35150, G35160, G38080, G38120, G38130, G38160, G50400, G50410, G50420, G50430, G50440, G52060, G52070, G53880
## सन्दुक ### परिभाषा: “सन्दुक” शब्दले शाब्दिक रूपमा आयतकार काठको बाकसलाई जनाउँछ । यसलाई कुनै कुरो राख्‍न वा जोगाउन निर्माण गरिन्छ । प्रयोगको आधारमा सन्दुकको आकार ठुलो वा सानो हुन सक्छ । * विश्‍वव्यापी जलप्रलयबाट बच्‍न नोआले बनाएको ज्यादै ठुलो, आयतकार डुङ्गालाई जनाउन अङ्ग्रेजी बाइबलमा “आर्क” (अर्थात् जहाज) शब्दलाई पहिलो पटक प्रयोग गरिएको छ । यस सन्दुकमा चेप्‍टो पिँध, छाना र भित्ताहरू थिए । * यस शब्दलाई “ज्यादै ठुलो डुङ्गा” वा “नौका” वा “सामान ओसारपसार गर्ने जहाज” वा “ठुलो, बाकस आकारको डुङ्गा” भनेर अनुवाद गर्न सकिन्छ । * यस ठुलो डुङ्गालाई जनाउन जुन हिब्रू शब्दको प्रयोग गरिएको छ, मोशालाई लुकाउन तिनकी आमाले तिनलाई नील नदीमा राख्दा प्रयोग गरेको टोकरी वा बाकसको लागि पनि उही हिब्रू शब्दको प्रयोग गरिएको छ । यसलाई साधारणता “टोकरी” भनी अनुवाद गरिएको छ । * पदावली “करारको सन्दुक” मा “सन्दुक” को लागि बेग्लै हिब्रू शब्दको प्रयोग गरिएको छ । यसलाई “बाकस” वा “सन्दुस” वा “भाँडो” भनी अनुवाद गर्न सकिन्छ । * “सन्दुक” लाई अनुवाद गर्नको लागि शब्दको छनौट गर्दा हरेक प्रसङ्गमा त्यसको आकार कत्रो छ, र त्यो केको प्रयोगको लागि हो भनी विचार गर्नु महत्त्वपूर्ण हुन्छ । ### बाइबलका सन्दर्भहरूः * १ पत्रुस ३ः२० * प्रस्था‍न १६ः३३-३६ * प्रस्था‍न ३०ः६ * उत्‍पत्ति ८ः४-५ * लूका १७ः२७ * मत्ति २४ः३७-३९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0727, H8392, G27870
## सभाघर ### परिभाषा: सभाघर यहूदीहरू परमेश्‍वरको आराधना गर्न भेला हुने ठाउँ हो । * प्रचीन समय देखि नै सभाघरको सेवामा प्रार्थना, धर्माशस्‍त्र पढ्ने र धर्मशास्‍त्रबारे सिकाउने समय हुन्थ्यो । * यहूदीहरू सभाघर निर्माण गरे, किनभने उनीहरू यरूशलेमको मन्दिरदेखि धेरै टाढा बस्थे, र उनीहरू त्यहाँ प्रायः आउन सक्दैनथे । * येशूले प्रायः सभाघरमा सिकाउनुभयो । * सभाघर शब्दले त्यहाँ भेला हुने मानिसहरूलाई पनि जनाउछ । (हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना, मन्दिर, यहूदी, यहूदीका, यहूदीहरू) ### बाइबलका खण्डहरूः * प्रेरित ०६:८-९ * प्रेरित १४:१-२ * प्रेरित १५:१९-२१ * प्रेरित २४:१०-१३ * लूका ०४:१४-१५ * मत्ती ०६:१-२ * मत्ती ०९:३५-३६ * मत्ती १३:५४-५६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H4150, G06560, G07520, G48640
## सराप दिनु, श्रापित ### परिभाषा: “सराप दिनु” को अर्थ हुन्छ‒ श्रापित दिइएको व्यक्‍ति वा वस्तुमाथि नकारात्मक कुराहरू आइपरून् भन्‍ने अभिव्यक्‍ति दिनु । * सराप कुनै व्यक्‍ति वा वस्तुमाथि हानि आइपरोस् भन्‍ने एउटा कथन पनि हुन सक्छ । * कसैलाई सराप दिनुको अर्थ उसमाथि खराब कुराहरू आइपरून् भन्‍ने इच्छाको अभिव्यक्‍ति पनि हुन सक्छ * यो एउटा व्यक्‍तिमाथि अर्कोले ल्याउने दण्ड वा अन्य नकारात्मक कुराहरू पनि हुन सक्छ । ### अनुवादका लागि सुझावहरूः * यसलाई “माथि खराब कुराहरू हुन लगाउनु” वा “लाई खराब कुराहरू आऊन् भनी घोषणा गर्नु” वा “लाई खराब कुराहरू ल्याउन शपथ खानु” भनी अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरले आफ्ना अनाज्ञाकारी मानिसहरूमाथि सराप पठाउनुभएको सन्दर्भमा यसलाई “खराब कुराहरू ल्याएर दण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ । * मानिसहरूलाई व्याख्या गर्न “श्रापित” शब्दको प्रयोग गर्दा यसलाई “(यस व्यक्‍ति) ले धेरै सङ्कष्‍ट भोग्‍नेछ” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “श्रापित होस्” लाई “(यस व्यक्‍ति) ले ठुला-ठुला कठिनाइहरू भोगोस्” भनी अनुवाद गर्न सकिन्छ । * वाक्यांश “भूमि श्रापित होस्” लाई “जमिन धेरै उर्वरायुक्‍त हुनेछैन” भनी अनुवाद गर्न सकिन्छ । * “म जन्मेको दिन श्रापित होस्” लाई “म यस्तो अभागी छु कि म नजन्मेको भए नै हुन्थ्यो” भनी अनुवाद गर्न सकिन्छ । * तथापि अनुवाद गरिएको भाषामा “श्रापित होस्” भन्‍ने वाक्यांश छ र यसको अर्थ पनि उही नै हो भने यही वाक्यांशलाई राख्‍नु राम्रो हुन्छ । ### बाइबलका सन्दर्भहरूः * १ शमूएल १४:२४-२६ * २ पत्रुस ०२:१२-१४ * गलाती ०३:१०-१२ * गलाती ०३:१३-१४ * उत्पत्ति ०३:१४-१५ * उत्पत्ति ०३:१७-१९ * याकूब ०३:९-१० * गन्ती २२:५-६ * भजनसंग्रह १०९:२८-२९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०२-०९) परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तँ श्रापित होस् !” * (०२-११) “भूमि श्रापित भएको छ, र तिमीले खानेकुरा उमार्न कडा मेहनत गर्नुपर्ने हुन्छ ।” * (०४-०४) “तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु ।” * (३९-०७) त्यसपछि पत्रुसले शपथ खाएर भने, “यी मानिसलाई म चिन्छु भने परमेश्‍वरले मलाई श्राप दिनुभएको होस् !” * (५०-१६) आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरी यस संसारमा पाप ल्याएकाले परमेश्‍वरले यसलाई सराप दिनुभयो, र यसलाई नष्‍ट गर्ने निधो गर्नुभयो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0422, H0423, H0779, H1288, H2763, H2764, H3994, H5344, H6895, H7043, H7045, H7621, H8381, G03310, G03320, G06850, G19440, G25510, G26520, G26530, G26710, G26720, G60350
## सर्वशक्‍तिमान् ### तथ्यहरु: “सर्वशक्‍तिमान्” शब्दको शाब्दिक अर्थ हुन्छः सर्वशक्‍तिशाली । बाइबलमा यसले सधैँ परमेश्‍वरलाई जनाउँछ । * उपाधीहरू “सर्वशक्‍तिमान्” वा “सर्वशक्‍तिशाली जन” ले परमेश्‍वरलाई जनाउँछन् र हरेक कुरोमाथि उहाँसित पूर्ण अधिकार र शक्‍ति छ भनी प्रकट गर्छन् । * “सर्वशक्‍तिमान् परमेश्‍वर” वा “परमेश्‍वर सर्वशक्‍तिमान्” वा “सर्वशक्‍तिमान् परमप्रभु” वा “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर” भन्‍नेजस्ता उपाधिहरूमा परमेश्‍वरको बयान गर्न पनि यस शब्दको प्रयोग गरिएको छ । ### अनुवादका लागि सुझावहरूः * यस शब्दलाई “सर्वशक्‍तिशाली” वा “पूर्णतः शक्‍तिशाली जन” वा “परमेश्‍वर जो पूर्णतः शक्‍तिशाली हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर” लाई “परमेश्‍वर जो शक्‍तिशाली शासक हुनुहुन्छ” वा “शक्‍तिशाली सार्वभौम परमेश्‍वर” वा “शक्‍तिशाली परमेश्‍वर जो हरेक थोकको मालिक हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ । (अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः परमेश्‍वर, प्रभु, मालिक, गुरु, शक्‍ति, शक्‍तिहरू) ### बाइबलका सन्दर्भहरूः * प्रस्थान ०६:२-५ * उत्पत्ति १७:१-२ * उत्पत्ति ३५:११-१३ * अय्यूब ०८:१-३ * गन्ती २४:१५-१६ * प्रकाश ०१:७-८ * रूथ ०१:१९-२१ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H7706, G38410
## सर्वोच्‍च ### परिभाषा: “सर्वोच्‍च” भन्‍ने शब्द परमेश्‍वरका लागि प्रयोग गरिने उपमा हो । यसले उहाँको महानता वा अख्तियारलाई जनाउँछ । * यो शब्दको अर्थ “सम्प्रभु” वा “सर्वोच्‍च” जस्तै हो । * यस उपमामा प्रयोग भएको “उच्‍च” शब्दले भौतिक उचाइ वा दूरीको बारेमा सङ्केत गेरको होइन । यसले महानतालाई जनाउँछ । ### अनुवादका लागि सुझावहरू * यो शब्दलाई “सर्वोच्‍च परमेश्‍वर” वा “सर्वोच्‍च जन” वा “सबैभन्दा महान्” वा “परमेश्‍वर, जो सबै भन्दा महान् हुनुहुन्छ” भनेर अनुवाद गर्न सकिन्छ । * “उच्‍च” जस्तो शब्द प्रयोग गरिएको छ भने, यसको आशय भौतिक वा शारीरिक रूपमा उच्‍च वा अग्लो होइन भन्‍ने कुरा निश्‍चित गर्नुहोस् । (हेर्नुहोस्ः परमेश्‍वर) ### बाइबलका सन्दर्भहरूः * प्रेरित ७ः४७-५० * प्रेरित १६ः१६-१८ * दानिएल ४ः१७-१८ * व्‍यवस्‍था ३२ः७-८ * उत्‍पत्ति १४ः१७-१८ * हिब्रू ७ः१-३ * होशे ७ः१६ * विलाप ३ः३५ * लूका १ः३२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5945, G53100
## सियोन, सियोन पर्वत ### परिभाषा: मौलिक रूपमा “सियोन” वा “सियोन पर्वत” शब्दले दाऊद राजाले यबूसीहरूबाट कब्जा गरेका एउटा किल्ला वा गढलाई जनाउँछ । यो यरूशलेम सहर निर्माण गरिएकको पहाडहरू मध्ये एउटामाथि अवस्थित थियो र दाऊदको निवास भयो । * सियोन र मोरीयाह यरूशलेम सहर अवस्थित पहाडहरू मध्ये दुईवटा पहाडहरू थिए । पछि, “सियोन” र “सियोन पर्वत” यी दुवै पर्वतहरू र यरूशलेम सहरलाई जनाउनलाई प्रयोग गर्ने साझा शब्दावली भए । तिनीहरूलाई यरूशलेममा अवस्थित मन्दिरलाई जनाउन पनि प्रयोग गरियो । * दाऊदले सियोन, वा यरूशलेम, “दाऊदको शहर” भनी नामाकरण गरे” । यो दाऊदको गृहनगर बेथलेहेमभन्दा फरक थियो, जसलाई दाऊदको सहर पनि भनिन्थ्यो । * “सियोन” शब्द इस्राएल वा परमेश्‍वरको आत्मिक राज्य वा परमेश्‍वरले सृजनुहुने नयाँ, स्वर्गीय यरूशलेमलाई जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः अब्राहम, अब्राम, दऊद, यरूशलेम, बेथेलेहेम, एप्राता, यबूसी) ### बाइबलका सन्दर्भहरूः * १ इतिहास ११ः५ * आमोस १ः२ * यर्मिया ५१ः३५ * भहनसंग्रह ७६ः१-३ * रोमी ११ः२६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6726
## सियोनकी छोरी ### परिभाषा: पदावली “सियोनकी छोरी” इस्राएलका मानिसहरूलाई उल्लेख गर्ने आलङ्कारिक तरिका हो । यसलाई साधारणतया भविष्यवाणीहरूमा प्रयोग गरिएको छ । * पुरानो नियममा, "सियोन" प्रायः यरूशलेम शहरको अर्को नामको रूपमा प्रयोग गरिन्‍छ। * दुबै "सियोन" र "यरुशलेम"लाई इस्रायललाई बुझाउन पनि प्रयोग गरिन्‍छ। * "छोरी" स्‍नेह वा मायाको शब्‍द हो। यो धैर्य र हरेचाहको लागि एक रूपक हो जुन परमेश्‍वरले आफ्‍ना मानिसहरूको लागि राख्‍नुहुन्‍छ। ### अनुवादका लागि सुझावहरूः * “सियोनबाट आएकी मेरी छोरी इस्राएल” लाई “सियोनका मानिसहरू जो मेरा लागि छोरीसरह छन्” वा “हे सियोन, मेरा प्रिय इस्राएल जाति” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “सियोन” शब्दलाई बाइबलमा धेरै पटक प्रयोग गरिएकोले यी अभिव्यक्‍तिहरूमा यसलाई जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ । यसको आलङ्कारिक अर्थ र भविष्यवाणीय प्रयोगलाई व्याख्या गर्नका लागि अनुवादमा टिपोटलाई समावेश गर्न सकिन्छ । * छोरी” शब्दलाई सही किसिमले बुझिएसम्म यस अभिव्यक्‍तिको अनुवादमा यसलाई पनि जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ । हेर्नुहोस्ः यरुशलेम, अगमवक्ता, सियोन ### बाइबलका सन्दर्भहरूः * यर्मिया ६ः२ * यूहन्‍ना १२ः१५ * मत्ति २१ः५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1323, H6726
## सेनाहरूका याह्वे, सेनाहरूका परमेश्‍वर, सेना ### परिभाषा: “सेनाहरूका याह्वे” र “सेनाहरूका परमेश्‍वर” परमेश्‍वरको आज्ञा पालना गर्ने स्वर्गदूतहरूमाथिको उहाँको अधिकारलाई व्यक्‍त गर्ने उपाधीहरू हुन् । * “सेना” वा “सेनाहरू” ले मानिसहरूका सैनिकरू वा कयौं ताराहरूका सङ्ख्याजस्ता कुनै पनि कुराको ठुलो सङ्ख्यालाई जनाउँछ । यसले दुष्‍ट आत्‍माहरू सहित सबै आत्‍मिक प्राणीहरूलाई पनि सन्‍दर्भ गर्न सक्‍छ। सन्‍दर्भले स्‍पष्‍ट पार्छ कि कुन सन्‍दर्भलाई देखाइरहेको छ। * “स्वर्गका सेना” जस्‍तै वाक्यांशहरूले सबै ताराहरू, ग्रहहरू र अन्य स्वर्गीय पिण्डहरूलाई जनाउँछ । * नयाँ करारमा, वाक्‍यांश "सेनाहरूको प्रभु" को अर्थ "सेना हरूको यहोवे" जस्‍तै हो, तर नयाँ करारमा हिब्रू शब्‍द "यहोवा" प्रयोग नभएकोले यसलाई त्‍यसरी अनुवाद गर्न सकिँदैन।" ### अनुवादका लागि केही सुझावहरूः * “सेनाहरूको याह्वे” वा “सेनाहरूका परमेश्‍वर” उपाधीलाई “सारा स्वर्गदूतहरूमाथि शासन गर्नुहुने याह्वे” वा “स्वर्गदूतहरूका सेनाहरूका शासक परमेश्‍वर” भनेर पनि अनुवाद गर्न सकिन्छ । * “सेना” शब्दलाई “सैनिक” वा “ठुलो सङ्ख्या” भनेर पनि अनुवाद गर्न सकिन्छ । * केही मण्डली सम्प्रदायहरूले धेरै बाइबलका संस्करणहरूले प्रयोग गर्ने “परमप्रभु” को परम्परालाई नै पछ्याएर शाब्दिक शब्द “याह्वे” लाई स्वीकार गर्दैनन् र “परमप्रभु” नै प्रयोग गर्न रुचाउँछन् । परमेश्‍वरलाई आदरको संकेत स्वरुप सबै अक्षरहरूलाई ठुलो वर्णहरू (क्यापिटल) प्रयोग गरिएको छ । यी मण्डलीहरूका निम्ति “सेनाहरूका परमप्रभु” प्रयोग गरिन्थ्यो । (हेर्नुहोस्ः स्वर्गदूत, प्रमुख स्वर्गदूत, अधिकार, प्रभु, मालिक, महाशय, प्रभु याह्वे, याह्वे परमेश्‍वर याह्वे) ### बाइबलका खण्डहरूः * जकरिया १३:१-२ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0430, H3068, H6635, G29620, G45190
## सेवा गर्नु/सेवक, सेवा-कार्य ### परिभाषा: बाइबलमा, “सेवा गर्नु” र “सेवा-कार्य” भन्‍ने शब्दले मानिसहरूलाई परमेश्‍वरको बारेमा सिकाउँदै र उनीहरूको आत्मिक खाँचोको वास्ता राख्दै सेवा गर्ने कामलाई जनाउँछ । “सेवक” भन्‍ने शब्दले यसरी मानिसहरूको सेवा गर्ने व्यक्त्तिलाई जनाउँछ । * पुरानो करारमा, पूजाहारीले परमेश्‍वरको मन्दिरमा बलिदान चढाउँदै उहाँको “सेवा “गर्थे । * उनीहरूको “सेवा-कार्य” मा मन्दिरको हेरचाह गर्ने र मानिसहरूको पक्षमा परमेश्‍वरकहाँ प्रार्थना चढाउने काम पनि पर्दथ्यो । * नयाँ करारमा, सुसमाचारको “सेवक” भन्‍नाले मानिसहरूलाई येशूमा विश्‍वासद्वारा पाइने उद्धारको सन्देश सुनाउने व्यक्त्ति बुझिन्छ । कहिले कहीं सेवकलाई “दास” पनि भनिएको छ । * मानिसहरूप्रति सेवकको काममा उनीहरूलाई परमेश्‍वरको बारेमा सिकाएर उनीहरूलाई आत्मिक रूपमा सेवा पनि गर्नुपर्छ । * यसमा मानिसहरूलाई भौतिक रूपमा सेवा गर्ने काम पनि पार्न सक्छ, जस्तैः बिरामीहरूको हेरचाह गर्नु र गरिबहरूलाई भोजन दिनु । ### अनुवादका लागि सुझावहरू * मानिसहरूको सेवा गर्ने प्रसङ्गमा, “सेवा-कार्य गर्नु” लाई “सेवा गर्नु” वा “हेरचाह गर्नु” वा “खाँचो पूरा गर्नु” भनेर अनुवाद गर्न सकिन्छ । * मन्दिरमा सेवा गर्नु भन्‍ने प्रसङ्गमा, “सेवा गर्नु” लाई “मन्दिरमा परमेश्‍वरको सेवा गर्नु” वा “मानिसहरूका तर्फबाट परमेश्‍वरमा बलिदान चढाउनु” भनेर अनुवाद गर्न सकिन्छ । * परमेश्‍वरको सेवा गर्नु भन्‍ने प्रसङ्गमा, यसलाई “सेवा गर्नु” वा “परमेश्‍वरको लागि काम गर्नु” भनेर अनुवाद गर्न सकिन्छ । * “सेवा गरे” भन्‍ने पदावलीलाई “हेरचाह गरे” वा “जुटाइ दिए” वा “सहायता गरे” का रूपमा पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः सेवा, बलिदान) ### बाइबलका सन्दर्भहरूः * २ शामूएल २०ः२३-२६ * प्रेरित ६ः४ * प्रेरित २१ः१७-१९ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H6399, H8120, H8334, H8335, G12470, G12480, G12490, G20230, G20380, G24180, G30080, G30090, G30100, G30110, G39300, G52560, G52570, G55240
## स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय ### परिभाषा: “स्वर्ग” भनी अनुवाद गरिएको शब्दले परमेश्‍वरको वासस्थानलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर यही शब्दको अर्थ आकाश पनि हुन सक्छ । * शब्द “आकाशहरू” ले हामीले माथि देख्‍ने सूर्य, चन्द्रमा र ताराहरूलगायत हरेक कुरोलाई उल्लेख गर्छ । पृथ्वीबाट सिधै देख्‍न नसकिने धेरै टाढाका आकाशीय पिण्डहरू पनि यसमा पर्छन् । * “आकाश” शब्दले पृथ्वीभन्दा माथिको निलो फैलावटलाई जनाउँछ, जहाँ बादलहरू र हावा हुन्छन् । अक्सर सूर्य र चन्द्रमा पनि “माथि आकाशमा” छन् भनिएको छ । * बाइबलका केही सन्दर्भहरूमा “स्वर्ग” शब्दले आकाश वा परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउन सक्छ । * “स्वर्ग” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, यो परमेश्‍वरलाई जनाउने एउटा तरिका हो । उदाहरणको लागि, मत्तीले “स्वर्गको राज्य” को बारेमा बताउँदा तिनले परमेश्‍वरको राज्यलाई उल्लेख गर्दै छन् । ### अनुवादका लागि सुझावहरूः * “स्वर्ग” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, यसलाई “परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ । * मत्तीको पुस्तकमा अभिलिखित पदावली “स्वर्गको राज्य” मा “स्वर्ग” शब्दलाई राख्‍नु उत्तम हुन्छ, किनकि यो मत्तीको सुसमाचारको पृथक्‍ता हो । * “आकाशहरू” वा “स्वर्गीय पिण्डहरू” लाई “सूर्य, चन्द्रमा र ताराहरू” वा “विश्‍वमा भएका सबै ताराहरू” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “स्वर्गका ताराहरू” लाई “आकाशमा भएका ताराहरू” वा “तारापुञ्‍जमा भएका ताराहरू” वा “विश्‍वमा भएका ताराहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः परमेश्‍वरको राज्य, स्वर्गको राज्य) ### बाइबलका सन्दर्भहरूः * १ राजा ०८:२२-२४ * १ थेसलोनिकी ०१:८-१० * १ थेसलोनिकी ०४:१६-१८ * व्यवस्था ०९:१-२ * एफिसी ०६:९ * उत्पत्ति ०१:१-२ * उत्पत्ति ०७:११-१२ * यूहन्‍ना ०३:१२-१३ * यूहन्‍ना ०३:२७-२८ * मत्ती ०५:१७-१८ * मत्ती ०५:४६-४८ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०४-०२) तिनीहरूले स्वर्गसम्मै पुग्‍ने एउटा अग्लो धरहरा पनि बनाउन थाले । * (१४-११) उहाँ (परमेश्‍वर) ले तिनीहरूलाई स्वर्गबाट “मन्‍न” भनिने रोटी दिनुभयो । * (२३-०७) अकस्मात्, आकाश स्वर्गदूतहरूले भरिए जसले यसो भन्दै परमेश्‍वरको स्तुति गरे, “स्वर्गमा परमेश्‍वरलाई महिमा होस् र पृथ्वीमा उहाँका मानिसहरूलाई शान्ति !” * (२९-०९) त्यसपछि येशूले भन्‍नुभयो, “यदि ह्दयबाट नै तिमीले आफ्नो भाइलाई क्षमा दिएनौ भने मेरा स्वर्गीय पिताले हरेकलाई यसै गर्नुहुनेछ ।” * (३७-०९) त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “हे पिता, मेरो आवाजलाई सुन्‍नुभएको लागि तपाईंलाई धन्यवाद छ ।” * (४२-११) त्यसपछि येशू स्वर्ग जानुभयो, र बादलले उहाँलाई तिनीहरूका दृष्‍टिबाट ढाक्यो । ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1534, H6160, H6183, H7834, H8064, H8065, G09320, G20320, G33210, G37700, G37710, G37720
## स्वर्गदूत, प्रधान स्वर्गदूत ### परिभाषा: स्वर्गदूत परमेश्‍वरद्वारा सृजित एक शक्‍तिशाली आत्मिक प्राणी हो । परमेश्‍वरले स्वर्गदूतहरूलाई गर्नू भनेका कुराहरू गरी तिनीहरू परमेश्‍वरको सेवा गर्न अस्तित्वमा छन् । पदावली “प्रधान स्वर्गदूत” ले अन्य सबै स्वर्गदूतहरूमाथि शासन गर्ने वा तिनीहरूलाई अगुवाइ गर्ने स्वर्गदूतलाई जनाउँछ । * “स्वर्गदूत” को शाब्दिक अर्थ हुन्छः “सन्देशवाहक ।” * पदावली “प्रधान स्वर्गदूत” को शाब्दिक अर्थ हुन्छः “मुख्य सन्देशवाहक ।” बाइबलमा मिखाएललाई मात्र “प्रधान स्वर्गदूत” भनिएको छ । * बाइबलमा स्वर्गदूतहरूले परमेश्‍वरबाट पाएका सन्देशहरू मानिसहरूलाई बताउने गर्थे । यी सन्देशहरूमा मानिसहरूले पालन गर्नुपर्ने परमेश्‍वरका इच्छाहरू पर्थे । * भविष्यमा हुने वा पहिले नै भइसकेका घटनाहरूको विषयमा पनि स्वर्गदूतहरूले मानिसहरूलाई बताउने गर्थे । * परमेश्‍वरका प्रतिनिधिहरूको रूपमा स्वर्गदूतहरूसित परमेश्‍वरको अधिकार हुन्थ्यो र बाइबलमा कहिले काहीँ तिनीहरू परमेश्‍वर बोल्नुभए जस्तै गरी बोल्थे । * मानिसहरूलाई सुरक्षा दिएर वा तिनीहरूलाई मजबुत बनाएर पनि स्वर्गदूतहरूले परमेश्‍वरको सेवा गर्छन् । * “यहोवेका स्वर्गदूत” भन्‍ने विशेष पदावलीको एकभन्दा बेसी अर्थहरू छन्ः (१) यसको अर्थ हुन सक्छ‒ “यहोवेको प्रतिनिधित्व गर्ने स्वर्गदूत” वा “यहोवेको सेवा गर्ने सन्देशवाहक ।” (२) यसले यहोवे आफैलाई पनि जनाउन सक्छ, जो मानिसहरूसित बोल्नुहुँदा स्वर्गदूतजस्तै देखिनुहुन्थ्यो । यी दुईमध्ये कुनै पनि अर्थले “म” भन्‍ने स्वर्गदूतको प्रयोगको बयान गर्छ जसमा स्वर्गदूत यहोवे नै हुनुभएझैँ गरी बोल्नुहुन्छ । ### अनुवादका लागि सुझावहरूः * “स्वर्गदूत” लाई “परमेश्‍वरका सन्देशवाहक” वा “परमेश्‍वरका स्वर्गीय सेवक” वा “परमेश्‍वरका आत्मिक सेवक” भनी अनुवाद गर्न सकिन्छ । * पदावली “प्रधान स्वर्गदूत” लाई “मुख्य स्वर्गदूत” वा “शासन गर्ने मुख्य स्वर्गदूत” वा “स्वर्गदूतहरूका अगुवा” भनी अनुवाद गर्न सकिन्छ । * यी शब्दहरूलाई राष्‍ट्रिय भाषा वा अर्को स्थानीय भाषामा कसरी अनुवाद गरिन्छ भनेर पनि विचार गर्नुहोस् । * पदावली “यहोवेका स्वर्गदूत” लाई “स्वर्गदूत” र “यहोवे” शब्दहरूको प्रयोग गरी अनुवाद गरिनुपर्छ । यसले यस पदावलीको विभिन्‍न अर्थ खोलाइहरूलाई अनुमति दिन्छ । “यहोवेबाट आएका स्वर्गदूत” वा “यहोवेद्वारा पठाइएका स्वर्गदूत” वा “स्वर्गदूतझैँ देखिनुहुने यहोवे” केही सम्भाव्य अनुवादहरू हुन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः मुख्य, प्रमुख, सन्देशवाहक, मिखाएल, शासक, शासकहरू, सेवक, दास, दासत्व) ### बाइबलका सन्दर्भहरूः * २ शमूएल २४:१५-१६ * प्रेरित १०:३-६ * प्रेरित १२:२२-२३ * कलस्सी ०२:१८-१९ * उत्पत्ति ४८:१४-१६ * लूका ०२:१३-१४ * मत्ती १३:४९-५० * मर्कूस ०८:३८ * प्रकाश ०१:१९-२० * जकरिया ०१:७-९ ### बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः * (०२-१२) जीवनको रुखको फलबाट कसैले नखाओस् भन्‍नाका लागि बगैँचाको प्रवेशद्वारमा परमेश्‍वरले बडेमाका, शक्‍तिशाली स्वर्गदूतहरू राख्‍नुभयो । * (२२-०३) स्वर्गदूतले जकरियालाई जवाफ दिए, “तिमीलाई यो शुभ खबर बताउन म परमेश्‍वरद्वारा पठाइएको हुँ ।” * (२३-०६) अकस्मात्, एक चम्किलो स्वर्गदूत तिनीहरू (गोठालाहरू) कहाँ देखा परे, र तिनीहरू भयभीत भए । ती स्वर्गदूतले भने, “नडराओ, किनकि तिमीहरूका लागि मसित शुभ खबर छ ।” * (२३-०७) अकस्मात्, परमेश्‍वरको प्रशंसा गर्दै आकाशहरू स्वर्गदूतहरूले भरिए । … * (२५-०८) त्यसपछि स्वर्गदूतहरू आए, र येशूको हेरचाह गरे । * (३८-१२) येशू ज्यादै दुःखित हुनुभयो, र उहाँको पसिना रगतका थोपाजस्तै भयो । उहाँलाई मजबुत बनाउन परमेश्‍वरले स्वर्गदूत पठाउनुभयो । * (३८-१५) “मेरो रक्षा गर्न म स्वर्गदूतहरूको सेनाको लागि पितासित बिन्ती गर्न सक्छु ।” ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H0047, H0430, H4397, H4398, H8136, G00320, G07430, G24650
## स्वीकार गर्नु, स्वीकार ### परिभाषा: “स्वीकार गर्नु” को अर्थ कुनै कुरो साँचो हो भनी मानिलिनु वा ठोकेर भन्‍नु हो । “स्वीकार” भनेको कुनै कुरो साँचो हो भन्‍ने ठोकुवा वा स्वीकृति हो । * “स्वीकार गर्नु” ले परमेश्‍वरको बारेमा भएको सत्यतालाई साहसपूर्वक बताउने कुरोलाई जनाउन सक्छ । हामीले पाप गरेका छौँ भनेर मानिलिने कुरोलाई पनि यसले उल्लेख गर्न सक्छ । * मानिसहरूले परमेश्‍वरको सामु आफ्ना पाप स्वीकार गरे उहाँले तिनीहरूलाई क्षमा दिनुहुनेछ भनी बाइबलले बताउँछ । * प्रेरित याकूबले आफ्ना पत्रमा लेखेका छन्, कि विश्‍वासीहरूले एक अर्कामा आफ्ना पाप स्वीकार गर्दा त्यसले आत्मिक चङ्गाइ ल्याउँछ । * प्रेरित पावलले फिलिप्पीहरूलाई लेखे, कि कुनै दिन हरेकले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछ वा घोषणा गर्नेछ । * पावलले यो पनि लेखेका छन्, कि येशू नै प्रभु हुनुहुन्छ र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी मानिसहरूले विश्‍वास गरे भने तिनीहरूले उद्धार पाउनेछन् । ### अनुवादका लागि सुझावहरूः * सन्दर्भमा आधारित रहेर “स्वीकार गर्नु” लाई “मानिलिनु” वा “गवाही दिनु” वा “घोषणा गर्नु” वा “मान्‍नु” वा “ठोकेर भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ । * “स्वीकार” लाई “घोषणा” वा “गवाही” वा “हामीले जे विश्‍वास गर्छौं त्यसबारे भएको कथन” वा “पाप-स्वीकार” भनी अनुवाद गर्न सकिन्छ । हेर्नुहोस्ः विश्‍वास, गवाहि ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०१:८-१० * २ यूहन्‍ना ०१:७-८ * होशे १४:१-२ * याकूब ०५:१६-१८ * लेवी ०५:५-६ * मत्ती ०३:४-६ * नहेम्याह ०१:६-७ * फिलिप्पी ०२:९-११ * भजनसंग्रह ३८:१७-१८ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H3034, H8426, G18430, G36700, G36710
## हिब्रू ### परिभाषा: “हिब्रूहरू” इसहाक र याकूबको वंश हुँदै अब्राहामबाट आएका सन्तानहरू थिए । बाइबलमा अब्राहामलाई नै पहिलो पटक “हिब्रू” भनिएको छ । * विशिष्‍ट शब्‍द “हिब्रू” ले या त व्‍यक्‍ति समुहको एक व्‍यक्‍तिलाई वा त्‍यो समूहले बोल्‍ने भाषालाई जनाउँछ। * पुरानो करार अधिकांश भाग "हिब्रु" भनिने भाषामा लेखिएको थियो। यधपि, नयाँ करारमा धेरैजसो अवस्‍थामा, विशिष्‍ट शब्‍द "हिब्रु" ले हिब्रु भाषालाई आरामिक भाषालाई जनाउँछ। * बाइबलका विभिन्‍न ठाउँहरूमा हिब्रूहरूलाई “यहूदीहरू” वा “इस्राएलीहरू” भनिएका छन् । यी शब्दहरूले उही जातिलाई जनाउँदासम्म पाठ्यांशको मौलिक सन्दर्भमा यी शब्दहरूलाई जस्ताको तस्तै राख्‍नु उत्कृष्‍ट हुन्छ । (अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः इस्राएल, यहूदी, यहूदी अगुवाहरू) ### बाइबलका सन्दर्भहरूः * प्रेरित २६:१२-१४ * उत्पत्ति ३९:१३-१५ * उत्पत्ति ४०:१४-१५ * उत्पत्ति ४१:१२-१३ * यूहन्‍ना ५ः१-४ * यूहन्‍ना १९ः१३ * योना ०१:८-१० * फिलिप्पी ०३:४-५ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H5680, G14440, G14450, G14460, G14470
## ह्दय/मुटु ### परिभाषा: बाइबलमा व्‍यक्‍तिका विचार, भावना, चाहना वा इच्छालाई जनाउन “ह्दय/मुटु” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । * “कडा ह्दय” हुनु एउटा सामान्य अभिव्‍यक्‍ति हो, जसको अर्थ हुन्छः व्‍यक्‍ति हठी भएर परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गर्छ । * अभिव्‍यक्‍तिहरू “मेरा सारा ह्दयले” वा “मेरा सम्पूर्ण ह्दयले” को अर्थ हुन्छ‒ केही पनि बाँकी नराखी पूर्ण प्रतिबद्धता र तत्परताले कुनै कुरो गर्नु । * टुक्‍का “यसलाई ह्दयमा लैजानु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई गम्भीरतापूर्वक लिई त्यसलाई व्‍यक्‍तिको जीवनमा उतार्नु । * “भग्‍नह्दय” शब्दले ज्यादै दुःखी व्‍यक्‍तिलाई बयान गर्छ । उसलाई भावनात्मक रूपमा ज्यादै गहिरो चोट लागेको छ । ### अनुवादका लागि सुझावहरूः * यी विचारलाई जनाउन केही भाषाहरूले “पेट” वा “कलेजो” जस्ता शरीरका अङ्गहरूलाई प्रयोग गर्छन् । * अरू भाषाहरूले यीमध्ये केही अवधारणालाई व्यक्त गर्न एउटा शब्द र अन्य अवधारणालाई व्यक्त गर्न अर्को शब्द प्रयोग गर्न सक्छन् । * “ह्दय” वा शरीरका अन्य अङ्गहरूले यस अर्थलाई व्यक्त गर्दैन भने केही भाषाहरूले “विचार” वा “भावना” वा “इच्छा” जस्ता शब्दहरूको प्रयोग गरी यसलाई शाब्दिक रूपमा व्यक्त गर्नुपर्ने हुन सक्छ । * सन्दर्भमा आधारित रहेर “मेरा सारा ह्दयले” वा “मेरा सम्पूर्ण ह्दयले” लाई “मेरा सबै शक्तिले” वा “पूर्ण समर्पणसहित” वा “पूर्णतः” वा “पूर्ण प्रतिबद्धतासहित” भनेर अनुवाद गर्न सकिन्छ । * वाक्यांश “ह्दयमा लैजानु” लाई “यसलाई गम्भीर रूपमा लिनु” वा “यसबारे होसियारीपूर्वक सोच्‍नु” भनी अनुवाद गर्न सकिन्छ । * टुक्‍का “कडा ह्दय” लाई “हठी रूपमा विद्रोही” वा “आज्ञा मान्‍न इन्कार गर्ने” वा “निरन्तर रूपमा परमेश्‍वरप्रति अनाज्ञाकारी हुने” भनी अनुवाद गर्न सकिन्छ । * “भग्‍नह्दय” लाई “ज्यादै दुःखी” वा “गहन चोटको अनुभूति गरेको” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः कडा, कठोरता, अन्य) ### बाइबलका सन्दर्भहरूः * १ यूहन्‍ना ०३:१६-१८ * १ थेसलोनिकी ०२:३-४ * २ थेसलोनिकी ०३:१३-१५ * प्रेरित ०८:२२ * प्रेरित १५:७-९ * लूका ०८:१५ * मत्ती ०५:८ * मत्ती २२:३७ * मर्कूस ०२:६ ### शब्‍द तथ्‍याङ्‍क: * स्‍ट्रोंग्‍स: H1079, H2436, H2504, H2910, H3519, H3629, H3820, H3821, H3823, H3824, H3825, H3826, H4578, H5315, H5640, H7130, H7307, H7356, H7907, G06740, G12820, G12710, G21330, G25880, G25890, G46410, G46980, G55900