नेपाली (Nepali): translationAcademy

Updated ? hours ago # views See on DCS Draft Material

Process Manual

कदम १: सुरु गर्दै

प्रक्रिया नियमावलीको परिचय

This page answers the question: प्रक्रिया नियमावली के हो?

In order to understand this topic, it would be good to read:

स्वागत

प्रक्रिया नियमावलीले अनुवाद समूहहरूलाई परियोजनाको सुरुदेखि अन्तसम्म गर्नुपर्ने कुराको चरणबद्ध दिशानिर्देश प्रदान गर्छ । यस गाइडले अनुवाद र जाँच गरिएको सामाग्रीलाई प्रारम्भिक सेटअपको चरणदेखि अन्तिम प्रकाशनको चरणसम्मको प्रक्रियामा अनुवाद समूहलाई मदत गर्छ ।

सुरु

अनुवाद एउटा जटिल प्रक्रिया हो र यसको लागि व्यवस्थापन र योजनाको जरुरत पर्दछ । अनुवादलाई एउटा विचारको चरणदेखि पूर्ण, जाँचिएको, वितरण गरिएको र प्रयोग गरिएको अवस्थासम्म पुर्‍याउनको लागि धेरै चरणहरूको आवश्यकता पर्दछ । यो प्रक्रिया नियमावलीमा भएको जानकारीले अनुवाद प्रक्रियामा तपाईंले जान्‍नुपर्ने सबै आवश्यक चरणहरूमा सहायता पुर्‍याउने छ ।


कदम २: अनुवादको टोलीको स्थापना गर्ने

अनुवाद समूहको स्थापना

This page answers the question: अनुवाद समूहको स्थापना कसरी गर्ने?

In order to understand this topic, it would be good to read:

समूहको छनौट

अनुवाद गर्ने र जाँच गर्ने समूहको छनौट सुरु गर्दा फरक फरक किसिमका मानिस र भूमिकाहरूको जरुरत पर्छ । हरेक समूहको निम्ति विशेष योग्यताहरूको पनि जरुरत पर्छ ।

अनुवादका निर्णयहरू

अनुवाद समूहले धेरै निर्णयहरू लिनुपर्ने हुन्छ, तीमध्ये धेरै निर्णयहरू परियोजनाको सुरुमा गर्नुपर्ने हुन्छ । निर्णयहरूमा निम्‍न कुरा सामेल हुन्छन्ः


कदम ३: अनुवाद गर्ने

अनुवाद सुरु गर्नुअघिको तालिम

This page answers the question: सुरु गर्नुअघि अनुवादको बारेमा मैले के कुरा थाहा गर्नुपर्छ?

In order to understand this topic, it would be good to read:

अनुवाद गर्नुअघि के थाहा पाउने

अनुवाद गर्ने क्रममा अनुवाद नियमावली लाई बारम्बार प्रयोग गर्ने सिफारिस गर्दछौँ । अनुवाद सुरु गर्नुअघि शाब्दिक अनुवाद र अर्थमा आधारित अनुवाद बिचको भिन्‍नता थाहा पाउनको लागि नियमावली अध्ययन गर्न सुरु गर्नहोस् । नियमावलीका अन्य कुराहरू "चाहिएको बेला" मात्र अध्ययन गरे हुन्छ ।

अनुवाद परियोजना सुरु गर्नुअघि जान्‍नुपर्ने केही महत्त्वपूर्ण विषयहरूः

सुरु गर्दा थाहा गर्नुपर्ने अन्य महत्त्वपूर्ण शीर्षकहरूः


मंच (platform) को छनौट

This page answers the question: अनुवादको निम्ति कुन साधनको प्रयोग गर्ने?

In order to understand this topic, it would be good to read:

सिफारिस गरिएको मंच (Platform)

डोर४३ मा अनुवाद गर्नको लागि सिफारिस गरिएको मंच अनुवाद स्टुडियो (translationStudio) हो (http://ufw.io/ts/)। अनुवाद र जाँच गर्ने व्यक्तिहरूले यहाँ काम गर्ने छन् । अनुवाद स्टुडियोलाई एन्ड्रोइड, विन्डोज, म्याक वा लिनक्स डिभाइसहरूमा सेट अप गर्न सकिन्छ । (अधिक जानकारीको लागि अनुवाद स्टुडियोको सेट अप) हेर्नुहोस् ।

अन्य विकल्पहरू

यदि तपाईंको समूहमा अनुवाद स्टुडियोलाई विकल्पको रूपमा राख्‍नु भएको छैन भने, अन्य अनलाइन र अफलाइन साधनहरूको प्रयोग गर्न सक्‍नुहुन्छ । यदि तपाईंले अनुवाद स्टुडियो प्रयोग गर्नुभएन भने उक्त सामाग्रीलाई यूएसएफएम वा मार्कडाउन (USFM or Markdown) ढाँचामा राख्‍ने जिम्मा तपाईंको हो । (अधिक जानकारीको लागि File Formats हेर्नुहोस्) ।


अनुवाद स्टुडियोको स्थापना

This page answers the question: अनुवाद स्टुडियोको स्थापना कसरी गर्ने

In order to understand this topic, it would be good to read:

मोबाइलमा अनुवाद स्टुडियो इन्स्टल गर्ने

अनुवाद स्टुडियोको मोबाइल (एन्ड्रोइड) संस्करण गुगल प्ले स्टोर वा http://ufw.io/ts/ बाट प्राप्त गर्न सकिन्छ । यदि तपाईंले गुगल प्ले स्टोरबाट इन्स्टल गर्नुभयो भने नयाँ संस्करणको जानकारी पनि प्राप्त गर्नुहुने छ । एपलाई सेयर गर्नको लागि इन्स्टलेसन एप पनि लोड गर्नुपर्ने हुनसक्छ ।

डेक्सटपमा अनुवाद स्टुडियो इन्स्टल गर्ने

डेक्सटप र ल्यापटप कम्प्युटरहरूका निम्ति नवीनतम संस्करणका अनुवाद स्टुडियो (विन्डोज, म्याक वा लिनक्स) http://ufw.io/ts/ बाट प्राप्त गर्न सक्‍नुहुने छ । यसलाई इन्स्टल गर्नको निम्ति डेक्सटप सेक्सनमा गएर नयाँ रिलिज डाउनलोड गर्न सक्‍नुहुने छ । एपलाई सेयर गर्नको निम्ति तपाईंले अर्को कम्प्युटरमा पनि सार्न सक्‍नुहुने छ ।

अनुवाद स्टुडियोको प्रयोग

इन्स्टल गरिसकेपछि अनुवाद स्टुडियोका दुबै संस्करणहरूले एकै किसिमले काम गर्छन् । अनुवाद स्टुडियो प्रयोग गर्नको निम्ति तपाईंलाई इन्टरनेट कनेक्सनको आवश्यकता पर्दैन! पहिलो पटक अनुवाद स्टुडियो प्रयोग गर्नको लागि विश्‍वासको अभिव्यक्ति, अनुवाद मार्गनिर्देशनहरू, र खुला अनुमति पत्रप्रति सहमति जनाउनुपर्छ ।

पहिलो पटक प्रयोग गर्दा पहिलो प्रयोग स्क्रिन आउँछ, त्यसपछि आउने गृहपृष्ठमा तपाईंले नयाँ परियोजना सृजना गर्न सक्‍नुहुने छ । परियोजनाको सृजना भएपछि तपाईंले सिधै अनुवाद गर्न सक्‍नुहुने छ । स्रोत पाठलाई राम्ररी बुझ्‍नको निम्ति एपमा उपलब्ध हुने अनुवाद सहायताको प्रयोग गर्न हामी उत्साह दिन्छौँ । तपाईंको काम स्वतः सुरक्षित हुन्छ । तपाईंले यसलाई ब्याक अप गर्न, सेयर गर्न, र आफ्नो कामलाई फरक समयमा अपलोड गर्न सक्‍नुहुन्छ (यसको लागि मेनुको प्रयोग गर्नुहोस्) ।

अनुवाद स्टुडियोको प्रयोगपछि

  1. तपाईंको अनुवादको जाँच हुनुपर्छ भन्‍ने कुरामा हामी जोड दिन्छौँ (हेर्नुहोस् जाँच सुरु गर्नुअघिको तालिम).
  2. कुनै पनि तहको जाँच सकिएपछि तपाईंले आफ्नो कामलाई एपमा अपलोड गर्न सक्‍नुहुन्छ (मेनु→अपलोड) ।
  3. अपलोड भएपछि आफ्नो कामलाई डोर४३ मा अनलाइन हेर्न सक्‍नुहुन्छ ।(हेर्नुहोस् प्रकाशन)

कदम ४: जाँच

जाँच सुरु हुनुअघिको तालिम

This page answers the question: जाँच सुरु गर्नुअघि मैले के कुरा जान्‍न आवश्यक छ?

In order to understand this topic, it would be good to read:

जाँच सुरु गर्नुअघि

यो सामाग्रीको जाँच गर्ने क्रममा बारम्बार जाँच नियमावलीको सहायता लिनुहोस् । जाँच सुरु गर्नुअघि हरेक तहको आवश्यकता के रहेछ भन्‍ने कुरा नजानुञ्‍जेल सम्मको निम्ति जाँच नियमावली अध्ययन गर्नुहोस् । जाँच प्रक्रियाको क्रममा जाँच नियमावलीलाई बारम्बार हेर्नुपर्ने हुन्छ ।


कदम ५: प्रकाशन

प्रकाशन परिचय

This page answers the question: प्रकाशन के हो?

In order to understand this topic, it would be good to read:

प्रकाशन विवरण

एकपटक डोर४३मा काम अपलोड गरेपछि तपाईंको प्रयोगकर्ता खाता (User Account)मा सो काम स्वतः उपलब्ध हुन्छ । यसलाई स्वयं प्रकाशन भनिन्छ । तपाईंको परियोजनाको वेभ संस्करण http://door43.org/u/username/projectname बाट प्राप्त गर्न सक्‍नुहुने छ ( तपाईंको प्रयोगकर्ता खाता username र अनुवाद परियोजनाको नाम projectname हो) । तपाईंले अपलोड गरेपछि अनुवाद स्टुडियो एपले सही लिङ्क प्रदान गर्ने छ । तपाईंका सबै कामहरू http://door43.org मा पाउनुहुने छ ।

डोर४३ परियोजना पृष्टमा तपाईंले निम्‍न कार्य गर्न सक्‍नुहुने छः

  • पूर्वनिर्धारित (default)ढाँचामा रहेको तपाईंको परियोजनाको वेभ संस्करण हेर्नुहोस्
  • तपाईंको दस्ताबेज डाउनलोड गर्नुहोस् (पिडिएफ)
  • आफ्नो परियोजनाको निम्ति स्रोत फाइलहरूको लिङ्क (यूएसएफएम वा मार्कडाउन)
  • आफ्नो परियोजनाको निम्ति अन्य व्यक्तिहरूसँग अन्तक्रिया गर्नुहोस् ।

कदम ६: वितरण

वितरणको परिचय

This page answers the question: सामाग्रीको वितरण कसरी गर्ने?

In order to understand this topic, it would be good to read:

वितरण विवरण

वितरण र प्रयोग नगरिएको सामाग्री बेकार हुन्छ । डोर४३ अनुवाद र प्रकाशन मञ्‍चको प्रयोग गर्नुको फाइदा यो हुन्छ कि यसले सामाग्री वितरणका कैयौँ साधारण तरिकाहरू प्रदान गर्दछ ।

खुला अनुमति पत्र

सामाग्रीको वितरणलाई प्रोत्साहन गर्ने सबैभन्दा ठूलो तत्त्व भनेको खुला अनुमति पत्र हो जसलाई डोर४३ का सबै सामाग्रीहरूमा प्रयोग गरिन्छ । यो अनुमति पत्रले प्रयोगकर्तालाई निम्‍न स्वतन्त्रता दिन्छः

  • बाँडचुँड गर्न — कपी गरेर कुनै पनि माध्यम वा ढाँचामा पुनर्वितरण गर्ने
  • अनुकुलन गर्न — रिमिक्स, परिवर्तन र सामाग्रीको आधारमा निर्माण गर्ने

अनुमति पत्रको सर्तहरूमा रहेर कुनै पनि उद्धेश्यका निम्ति, व्यावसायिक प्रयोजनको निम्ति पनि ।


सामाग्रीलाई कसरी सेयर गर्ने

This page answers the question: मैले सामाग्रीलाई कसरी सेयर गर्नसक्छु?

In order to understand this topic, it would be good to read:

अनुवाद स्टुडियोबाट सेयर गर्ने

अनुवाद स्टुडियोमा भएको सामाग्री सेयर गर्न सजिलो छ । अफलाइन सेयर गर्नको निम्ति अनुवाद स्टुडियो मेनुको अपलोडमा जानुहोस् ।

डोर४३ मा सामाग्री सेयर गर्ने

तपाईंले अनुवाद स्टुडियोमा अपलोड गरेको काम डोर४३ मा स्वतः देखापर्छ । तपाईंले अपलोड गरेका सबै सामाग्रीहरू तपाईंको प्रयोगकर्ता खाता अन्तर्गत देखापर्छन् । उदाहरणको लागि, यदि तपाईंको प्रयोगकर्ता नाम test_user छ भने तपाईंको काम http://door43.org/u/test_user/ मा पाउनुहुने छ । तपाईंको काम अनलाइनमार्फत अरुलाई सेयर गर्नु परेमा आफूले अपलोड गरेको परियोजनाहरूको लिङ्क दिन सक्‍नुहुन्छ ।

सामाग्रीलाई अफलाइन सेयर गर्ने

डोर४३ मा भएको तपाईंको परियोजना पृष्ठहरूबाट दस्ताबेजहरू सृजना गर्न र डाउनलोड गर्न सक्‍नुहुन्छ । डाउनलोड गरिसकेपछि तपाईंले चाहेबमोजिम सेयर र प्रिन्ट गर्न सक्‍नुहुने छ ।