1. सृष्टिको कथा
परमेश्वरले आदिमा सृष्टि को रचणा यस प्रकारले गर्नूभयो। परमेश्वरले संसार र सबै थोक लाई छ: दिनमा बनाऊनुभयो। पृथ्वी बेडौल र सुनसान थियो र के पनि रचणा भएको थिएन। तर परमेश्वरको आत्मा पानीमाथि घुमी रहन्थ्यो।
अनि परमेश्वरले भन्नुभयो “उज्यालो होस” र उज्यालो भयो र परमेश्वरले उज्यालोलाई हेर्नुभयो कि राम्रो छ, र त्यसलाई “दिन” भन्नुभयो। र उहाँले उज्यालोलाई अँध्यारोबाट अलग गर्नुभयो र त्यसलाई “रात” भन्नुभयो। सृष्टि को पहिला दिनमा परमेश्वरले उज्यालोलाई बनाउनुभयो।
सृष्टि को दूसरा दिनमा परमेश्वरले “ आकाश र पृथ्वीलाई बनाउनुभयो र उहाँले तलको पानीलाई र आकाश को पानीलाई अलग गर्नुभयो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो।
अनि तेस्रो दिनमा परमेश्वरले पानीलाई ओबानो भूमिबाट अलग गर्नुभयो र ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो र परमेश्वरले हेर्नुभयो कि सबै कुरा राम्रो छ।
अनि परमेश्वरले भन्नुभयो “ भूमिले सबै किसिमको वनस्पति, बोट- बिरुवाहरु उमारोस र पृथ्वीमा सबै किसिमको रूखफल होस र त्यस्तै भइहाल्यो। अनि परमेश्वरले हेर्नुभयो कि सबै थोक राम्रो छ।
सृष्टिको चौथो दिनमा “परमेश्वरले सुर्या, चंद्रमा र ताराहरू सबै थोक बनाउनुभयो। परमेश्वरले उनीहरुलाई पृथ्वीमा प्रकाश दिनलाई बनाउनुभयो र त्यसलाई दिन र रात र ऋतुहरू, वर्षहरू, चिन्हको रूपमा काम गरून। परमेश्वरले हेर्नुभयो कि सबै कुरा राम्रो छ।
सृष्टिको पाँचौँ दिनमा परमेश्वरले “सबै किसिमको समुद्रमा पानीमाथि तेरनेवाला र उड़ने वाला पक्षीहरूचाहिँ र सबै थोक बनाउनुभयो परमेश्वरले हेर्नुभयो कि राम्रो छ र उहाँले उनीहरूलाई आशीष दीनुभयो।
सृष्टिको छैटौँ दिन पछि परमेश्वरले भन्नुभयो “ पृथ्वीमा सबै किसिमको जीव-जन्तुहरू उत्पन्न होस र जसतो परमेश्वरले भन्नुभयो त्यस्तैभयो र जमीनमा घस्रने जात-जातका_,_ जीव-जन्तुहरू बनाउनुभयो र परमेश्वरले हेर्नुभयो कि राम्रो छ।
अनि परमेश्वरले भन्नुभयो “हामी मानिसलाई आफ्नै स्वरूपमा र समान्तमा बनाउनेछु। तिनीहरूले पृथ्वी र सबै जन्तुहरूमाथि अधिकार गरून।
तब परमेश्वरले भूमिबाट माटो लिएर मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए र उहाँको नाम आदम राखनुभयो। परमेश्वरले एउटा बगैँचा लगाउनुभयो र त्यहाँ आदम बसन सकोस र त्येसले बगैँचाको हेर्चाहा गर्न राखनुभयो।
बगैँचामा परमेश्वरले दुइटा महत्वपुर्ण रूखलाई लगाउनुभयो अनि जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। परमेश्वरले आदमलाई भन्नुभयो असल र खराबको ज्ञानको रूखलाई छोड़ेर सङकोच नगरी खानु अगर तैले असल र खराबको ज्ञानको फल खाईस भने मरनेछस्।
अनि परमेश्वरले भन्नुभयो आदमलाई एकलै बसनु राम्रो छैन। तब जानवरबाट आदमको लागी कोही पनि सहायक थिएन।
अनि परमेश्वरले आदमलाई मस्त निद्रामा हाल्नुभयो तब परमेश्वरले आदमको करङहरूमध्येको एउटा स्त्री बनाउनुभयो र त्येसलाई आदमको पास लिएर आउनुभयो।
आदमले हव्वालाई हेर्नुभयो र भन्नुभयो “यो त मेरै समान छ र हव्वालाई स्त्रीभन्नुभयो किनभने पुरुषबाट निकालीएको थियो। त्येसैगरी मानिसले आफ्नो आमा-बूबालाई छोड़ेर आफ्नो स्वास्नीसँग मिलेर रहन्छ।
परमेश्वरले नर र नारीलाई आफ्नै स्वरूपमा बनाऊनुभयो तिनीहरूलाई आशीष दिनुभयो र भन्नुभयो “फुल्दै- फल्दै बृध्दि हुँदै र पृथ्वीमा भरिँदै जाऊ र परमेश्वरले हेर्नुभयो सबै कुरा राम्रो छ र ढेरै खुशी हुनुभयो यो सबै छ दिनमा पूरागर्नुभयो।
अनि सातौँ दिन आयो परमेश्वरले आफ्नो कामलाई समाप्त गर्नुभयो र सातौँ दिनमा उहाँले विश्राम गर्नुभयो। तब उहाँले सातौँ दिनलाई आशीष दिनुभयो र त्यस दिनलाई पवित्र तुल्याउनुभयो किनभने उहाँले त्येस कामबाट विश्राम गर्नूभयो। त्येसैगरी परमेश्वरले जगतको सबै थोक लाई बनाउनुभयो ।
बाइबलको कथा- उत्पति 1-2