नेपाली (Nepali): Nepali GST - Greek Aligned

Updated ? hours ago # views See on DCS Draft Material

लुका

Chapter 1

1 हामीहरूका बिचमा घटेका घटनाहरूको बारेमा धेरै मानिसहरूले आगाडी देखि नै लेख्दै आईरहेका छन्। 2 ती मानिसहरू जो यस घटनाका प्रत्यक्ष्यदर्शी थिए जसको बारेमा हामीलाई बताए तिनीहरूले ती लेखेका छन् । यी प्रत्यक्ष्यदर्शीहरू यी सबै घटनाहरूको शुरुवाती समयदेखि नै साक्षी छन् र त्यस समय देखि तिनीहरूले यस कथाको विषयमा बताउँदै आईरहेका छन्। 3 माननीय थियोफिलस, म आफैले सुरुदेखि नै घटेका सबै घटनाहरूलाई होशियारीपूर्वक अनुसन्धान गरेको छु| त्यसैले मैले तपाईंंको निम्ति पनि ठिक विवरण लेख्ने निर्णय गरें। 4 म तपाईंंले यो जानेको चाहन्छु कि येशूको बारेमा जे मानिसहरूले तपाईंंलाई बताए त्यो साँचो हो। 5 जब हेरोद यहूदीयाका शासक थिए, त्यतिबेला जकरिया नाम गरेका एक जना यहूदी पुजाहारी थिए। उनी अबियाको कुलबाट थिए, र अबियाकै कुलका अरू पुजाहारीहरू जकरियाहरूसंग त्यतिबेला मन्दिरमा सेवा गर्न उनले आफ्नो पालो लिए। उनको श्रीमतीको नाम एलिशिवा थियो।तिनी हारुनको बंशबाट थिईन्, त्यसकारण तिनी पनि पुजाहारीकै कुलमा पर्थिन्। 6 उनीहरू दुबैजनालाई परमेश्वरले धर्मी ठान्नु हुन्थ्यो किनकि उनीहरूले परमेश्वरले भनेका हरेक कुराहरू सदैव पालन गर्थे। 7 तर उनीहरूका कुनै पनि सन्तान थिएनन्, किनकि एलिशिवा बच्चा जन्माउन नसक्ने अबस्थामा पुगिसकेकि थिईन। र यतिबेला तिनी र तिनको श्रीमान बच्चा जन्माउनको लागि धेरै वृद्ध भइसकेका थिए। 8 जकरियाका पुजाहारीहरूको समूहको {येरूशलेमको मन्दिरमा सेवा गर्ने} पालो आयो। त्यसैले जकरियाले त्यहाँ परमेश्वरको लागि पुजाहारीको रूपमा काम गरिरहेका थिए। 9 पुजाहारीहरूले जकरियालाई परमप्रभुको मन्दिरमा गएर त्यहाँ धूप बाल्नको निम्ति छाने। तिनीहरूले उनलाई पहिलाकै तरिका अनुसार नै चिठ्ठा हालेर { परमेश्वरले विशेष कार्य गर्न चाहनुहुन्थ्यो भनेर निर्धारण गर्न } छाने। 10 जब धूप बाल्ने समय आयो, {मन्दिर} बाहिर {आँगनमा} धेरै मानिसहरूले प्रार्थना गरिरहेका थिए। 11 त्यति नै बेला, परमप्रभुका एक स्वर्गदूत जकरियाकहाँ आए। तिनी वेदीको दाहिने पट्टी उभिए जहाँ उनले धूप बालिरहेका थिए। 12 जकरियाले धूप बालिरहेका बेदिको दाँयापट्टि उनी खडा भए। जब जकरियाले स्वर्गदूतलाई देखे, उनी आत्तिए र भयभीत भए । 13 तर स्वर्गदूतले उनलाई भने, "म देखि डराउनु पर्ने कुनै कारण छैन। जकरिया , तिमीले प्रार्थना गर्दै आईरहेका छौ, र परमेश्वरले तिम्रो प्रार्थनाको उत्तर दिँदै हुनुहुन्छ। तिम्री श्रीमती एलिशिवाले तिम्रो निम्ति छोरा जन्माउने छिन्। उसको नाम तिमीले यूहन्ना राख्नू। 14 जब उनी जन्मने छन् तिमी धेरै खुशी हुनेछौ र अरू मानिसहरू पनि धेरै खुशी हुनेछन् । 15 तिमी र तिनीहरू खुशी हुने छौ किनकि तिम्रो छोरा परमेश्वरको निम्ति धेरै प्रभावकारी हुने छन् । तिनले कहिल्यै दाखमद्य वा अन्य मदिरापान गर्ने छैनन्। यद्यपि उनी जन्मनु भन्दा अघि देखिनै उनी पवित्र आत्माबाट प्रभावित हुनेछन्। 16 तिम्रो छोराले धेरै ईस्राएलीहरूलाई पाप गर्नबाट रोक्न लगाउने छन् र फेरि परमप्रभु उनीहरूको परमेश्वरको आज्ञापालन गर्न शुरु गर्ने छन् । 17 तिम्रो छोरा परमप्रभुको निम्ति धेरै अगाडि जाने छन् र आत्मामा उनी अगमवक्ता एलिया जत्तिकै शक्तिशाली हुनेछन् । उनको कारण आमा बुबाहरूले आफ्ना छोराछोरीहरूलाई फेरि प्रेम गर्ने छन् । उनको कारण परमप्रभुको आज्ञापालन नगर्ने धरै मानिसहरूले परमप्रभुको आज्ञापालन गर्नेछन् र धर्मी र ज्ञानी भएर जिउने छन् । तिनले यसो गर्नेछन् ताकि जब उहाँ आउनु हुनेछ उहाँको लागि परमप्रभुका मानिसहरू तयार हुनेछन् । 18 तब जकरियाले स्वर्गदूतलाई भने तपाईंले भनेका कुराहरू साच्चै पुरा हुनेछन् भनी म कसरी ढुक्क हुन सक्छु? म धेरै बृद्ध भईसकें र मेरी श्रीमती पनि वृद्द भईसकिन, {यी कुराहरू हुनेछन् भनी विश्वास गर्न मलाई धेरै गाह्रो छ}।" 19 तब स्वर्गदूतले उनलाई जवाफ दिए, म गब्रिएल हुँ! म परमप्रभुको उपस्थितिमा उभिरहन्छु। तिमीलाई के हुने छ भन्ने बारे यो असल खबर तिमीलाई दिनको लागि परमेश्वरले मलाई पठाउनु भएको हो। 20 अब, सुन! मैले तिमीलाई भनेका कुराहरू परमेश्वरले निर्धारण गर्नु भएको समयमा निश्चय नै पुरा हुनेछन्। तर तिमीले मेरो सन्देशलाई विश्वास नगरेको कारणले, परमेश्वरले तिमीलाई गूङ्गो राख्नुहुनेछ। तिम्रो छोरा जन्मने बेला सम्म तिम‍ी बोल्न सक्ने छैनौ। 21 {जकरिया र स्वर्गदूत मन्दिरमा कुरा गरिराखेको बेला,} मन्दिर बाहिर मानिसहरूले जकरिया कतिबेला बाहिर निस्कन्छन् भनी कुरिराखेका थिए। उनी किन मन्दिर भित्र यति लामो समयसम्म बसे भनी अचम्म मानिरहेका थिए। 22 तब उनी मन्दिरबाट बाहिर निस्के, तर उनी तिनीहरूसँग कुरा गर्न सकेका थिएनन् । किनभने उनी बोल्नै सकेनन्, उनले के भएको थियो भनेर व्याख्या गर्ने प्रयास गर्न आफ्नो हातले इशारा गरे । यसले गर्दा मानिसहरूले सोचे पक्कै पनि उनले मन्दिर भित्र परमेश्वरको दर्शन देखेको हुनुपर्छ। 23 जब जकरियाले मन्दिरमा पुजाहारीको रूपमा काम गर्न आवश्यक समय पूरा गरे , तब उनले यरूशलेम छोडे र आफ्नो घर फर्के। 24 यस घटनाको केही समय पछाडि, उनकि श्रीमती एलिशिवा गर्भवती भईन्, र पाँच महिनासम्म तिनी घरबाट बाहिर निस्किनन्। तिनले आफैसंग भनिन् , 25 परमेश्वरले मलाई गर्भवती हुन सक्ने बनाउनु भएको छ। यसरी उहाँले मलाई दया देखाउनुभयो। उहाँलाई धन्यवाद होस्, अब देखि उसो मैले मानिसहरूको अगाडी शर्माउनु पर्ने छैन। 26 जब एलिशिवा ६ महिनाको गर्भवती भएकी थिइन्, परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील जिल्लाको नासरत भनिने सहरमा पठाउनु भयो। 27 परमेश्वरले तिनलाई मरियम नाम गरेकी कन्यासंग बातचित गर्न पठाउनु भयो।{तिनको परिवारलाई प्रतिज्ञा गरिएको थियो की } योसेफ नाम गरेको एकजना मानिससंग तिनको विवाह हुने छ, जो राजा दाऊदको वशंबाट हुनेछन् । 28 स्वर्गदूत मरियम भएको ठाँउमा आए र तिनलाई भने "हे आशिषित नारी ! तिमी परमेश्वरकोलागि अति विशेष छौ!" 29 तर जब उनले यो भने, तिनी अलमल्ल परिन्। यो अभिवादनको अर्थ के हुनसक्छ होला भनेर बुझ्ने कोसिस गरिन्। 30 तब स्वर्गदूतले तिनलाई भने, "मरियम,परमेश्वरले तिमीलाई आशिष दिन चाहनुहुन्छ, त्यसकारण नडराऊ! 31 अब सुन। तिमी गर्भवती हुनेछ्यौ, र एउटा छोरा जन्माउनेछ्यौ। र उहाँको नाम येशू राख्नू। 32 उहाँ महान हुनुहुने छ, र उहाँ सर्वोच्चका परमेश्वरको पुत्र हुनुहुने छ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँका मानिसहरूमाथि राजा तुल्याउनु हुनेछ, जसरी उहाँको पुर्खा दाऊद थिए। 33 ईस्राएलका मानिसहरूमाथि उहाँ सदासर्वदा राजा हुनुहुने छ। उहाँले तिनीहरूमाथि सधैंंभरि शासन गर्नुहुने छ। 34 तब मरियमले स्वर्गदूतलाई भनिन्, "तर म त एक कन्या हुँ। यो कसरी हुन सक्छ? 35 स्वर्गदूतले भने, पवित्र आत्मा तिमीमाथि आउनुहुने छ। सर्वोच्चका परमेश्वरको शक्ति छायाँ जसरी तिमीमाथि आउने छ। त्यसकारण तिमीले जन्माउने बालक पवित्र हुनुहुने छ। उहाँ परमेश्वरको पुत्र हुनुहुने छ। 36 र यो पनि सुन। तिम्री नातेदार एलिशिवा पनि गर्भवती छिन्, र तिनको पनि छोरा हुने छ। तिनी अति वृद्ध भएको कारण, तिनले बच्चा जन्माउन सक्दिनन् भनेर मानिसहरूले सोचे। अहिले झन्डै ६ महिना भयो तिनी गर्भवती भएकी छिन्। 37 त्यसकारण हेर, परमेश्वरमा सबैकुरा संभव छ!" 38 तब मरियमले भनिन्, "ठिक छ। म परमेश्वरको आज्ञा पालन गर्न चाहन्छु। तपाईंले वर्णन गर्नुभएका कुराहरू परमेश्वरले ममा गराउन सक्नुहुन्छ।" तब स्वर्गदूत उनीबाट गए। 39 त्यसको लगत्तै पछि, मरियम तयार भएर छिट्टै जकरिया भएको सहरतिर लागिन्, जुन यहूदियाको पहाडी ईलाकामा पर्थे। 40 तिनी जकरियाको घर भित्र पसिन् र उनकी श्रीमती, एलिशिवालाई अभिवादन गरिन्। 41 एलिशिवाले मरियमको अभिवादन सुन्ने बितिक्कै, एलिशिवाको गर्भमा रहेको बालक अकस्मात चल्न थाल्यो। तत्कालै पवित्र आत्माले एलिशिवालाई बोल्नको लागि उत्प्रेरित गर्नु भयो । 42 तिनले मरियमलाई चर्को स्वरले भनिन् , "अरू कुनै स्त्रीहरूलाई उहाँले दिनुभएको आशिष भन्दा तिमीलाई परमेश्वरले बढ्ता गरेर आशिष दिनुभएको छ, र तिमीले जन्माउन लागेको बालकलाई उहाँले आशिष दिनु भएको छ। 43 मेरा प्रभुकी आमा, कि तिमी मलाई भेट्न आउनु, म यसको योग्य छैन! 44 मलाई यी सबैकुराहरू थाहा छ किनकी मैले तिम्रो अभिवादन सुन्ने बित्तिकै , मेरो गर्भमा रहेको बालक वरिपरि चल्न थाल्यो किनकि उ अति उत्साहित थियो! 45 तिमी आशिषित छौ किनकि परमेश्वरले तिमीलाई भनेका कुराहरू साँचो हुनेछन् भनी तिमीले विश्वास गर्यौ।" 46 तब मरियमले परमेश्वरको प्रशंसा गर्दै भनिन्ः ओहो, म कसरी परमप्रभुको प्रशंसा गरूँ 47 र परमेश्वर मेरो उद्धारकमा अति आनन्दित भएको महसुस गर्दछु! 48 म खुशी छु किनकि उहाँ म प्रति अनुग्रही हुनुहुन्छ। यद्यपि म त्यति महत्वपूर्ण थिइनँ। यो कल्पना मात्रै गर - अब देखि उसो, परमेश्वरले मलाई आशिष दिनुभएको छ भनी भावि पुस्ताहरूले भन्नेछन् । 49 तिनीहरूले यो भन्ने छन् किनकि पवित्र र शक्तिशाली परमेश्वरले म माथि महान कामहरू गर्नु भएको छ। 50 उहाँलाई आदर गर्ने मानिसहरूप्रति हरेक समयहरूमा उहाँले करुणामयी व्यवहार गरिरहनुहुन्छ। 51 उहाँले मानिसहरूलाई देखाउनु भएको छ कि उहाँ धैरै शक्तिशाली हुनुहुन्छ। आफैमा घमन्ड गर्नेहरूलाई उहाँले हटाउनुभएको छ। 52 उहाँले शासकहरूलाई शासन गर्नदेखि रोक्नु भएको छ, तर नम्रहरूलाई उहाँले आदर गर्नु भएको छ। 53 उहाँले भोकाहरूलाई उनीहरू तृप्त नभएसम्म असल भोजन खुवाउनु भएको छ, तर धनीहरूलाई उहाँले रित्तै पठाउनु भएको छ। 54 उहाँको सेवा गर्ने ईस्राएलका मानिसहरूलाई उहाँले सहायता गर्नु भएको छ। धेरै समय अगाडि उहाँले हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको थियो कि उहाँ तिनीहरूप्रति कृपालु हुनुहुनेछ। उहाँले त्यो प्रतिज्ञा सम्झना गर्नुभएको छ र अब्राहाम र उनका सन्तानहरूमाथि उहाँले सधैं दयालु व्यवहार गर्नु भएको छ।" 55 1:54-55 उहाँको सेवा गर्ने ईस्राएलका मानिसहरूलाई उहाँले सहायता गर्नु भएको छ। धेरै समय अगाडि उहाँले हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको थियो कि उहाँ तिनीहरूप्रति कृपालु हुनुहुनेछ। उहाँले त्यो प्रतिज्ञा सम्झना गर्नुभएको छ र अब्राहाम र उनका सन्तानहरूमाथि उहाँले सधैं दयालु व्यवहार गर्नु भएको छ।" 55 उहाँले आफ्नो कृपा सम्झेरआफ्नो सेवक ईस्राएललाई सहयोग गर्नुभएको छ। 56 झन्डै ३ महिनासम्म मरियम एलिशिवासंग बसिन्। त्यसपछि, तिनी आफ्नो घर फर्किन्। 57 जब एलिशिवाको छोरा जन्माउने बेला आयो तिनले एउटा छोरा जन्माईन्। 58 जब तिनका छिमेकी र नातेदारहरूले परमेश्वरले तिनलाई एउटा छोरा दिएर तिनी माथि कृपा गरेको कुरा सुने, उनीहरू एलिशिवासंगै धेरै खुशी भए। 59 आठौं दिन पछि, बालकको खतनाको औपचारिक उत्सवको लागि मानिसहरू भेला भए। {यो देखाउन कि उनी परमेश्वरका हुन्।} {यति बेला बालकको नाउँ राख्ने समय पनि थियो।} मानिसहरूले उनको नाम जकरिया राख्न चाहन्थे किनकि त्यो उनको पिताको नाम थियो। 60 तर उनको आमाले भनिन् , होईन, {उनको नाम जकरिया हुने छैन} उनको नाम यहून्ना हुने छ! 61 त्यसैले तिनीहरूले उनलाई भने , "तर यहून्ना भनिने नाम त तिमीहरूको कुनै पनि नातेदारहरूको छैन ! 62 तब तिनीहरूले उनका बाबु तर्फ हातले ईसारा गर्दै सोधे, उनको छोराको निम्ति उनी के नाम राख्न चहान्छन् । 63 तब उनले ईसारा गरेर नाम लेख्नको लागि एउटा पाटी मगाए। {जब तिनीहरूले उनलाई एउटा दिए} } उनले त्यसमा लेखे , "उनको नाउँ यूहन्ना हो।" यसले त्यहाँ भएका सबै मानिसहरूलाई आश्चर्यचकित बनायो! 64 तुरून्तै, जकरिया फेरी बोल्न सक्ने भए, र उनले परमेश्वरको प्रशंसा गर्न थाले। 65 {जब} उनको नजिकै रहेका मानिसहरूले {यी कुराहरू सुने} उनीहरूले परमप्रभु प्रति गहिरो आदरको महसुस गरे।{ त्यहाँ भएको घटनाबारे तिनीहरूले अरू मानिसहरूलाई पनि सुनाए}। र यो खबर यहूदियाको सम्पूर्ण पहाडी ईलाकाहरूभरिका मानिसहरूमा फैलियो। 66 हरेक जसले यो खबर सुने यस बारे सोचिरहे। उनीहरूले ठाने , "निश्चय नै यो बालक बढे पछि कसैको लागि निकै बिशेष हुने छ"!{ तिनीहरूले यो ठाने } किनकि { तिनीहरूले यो देख्न सकेका थिए} परमप्रभु शक्तिशाली तवरले तिनको जिवनमा उपस्थित हुनुहुन्थ्यो। 67 बालकका पिता जकरिया बोल्न थाले पछि,पवित्र आत्माले जकरियालाई उत्प्रेरित गर्नुभयो र उनले परमेश्वरबाट यी वचनहरू बोल्न थालेः 68 परमप्रभुको स्तुति होस, परमेश्वर जसको आराधना हामी ईस्राएलका मानिसहरूले गर्छौ, किनकि उहाँ आफ्ना मानिसहरू हामीलाई छुटकारा दिन आउनु भएको छ। 69 उहाँले एक जनालाई पठाउनु भएको छ जसले हामीलाई शक्तिशाली तवरले उद्धार गर्नुहुने छ, एक जना जो दाऊदको वशंबाट हुनुहुन्छ, जसलाई उहाँले राजा हुनको निम्ति छान्नु भएको छ। 70 धेरै वर्ष पहिले परमेश्वरले यी कुराहरू गर्ने छु भनी आफ्ना अगमवक्ताहरूद्धारा उहाँ बोल्नु भयो) 71 हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनको लागि, {परमेश्वरले यी उद्धारकर्तालाई पठाईरहनुभएको छ} र हामीलाई घृणा गर्ने हरेकका शक्तिहरूबाट {उहाँले हामीलाई छुटाउनु हुने छ}। 72 परमेश्वरले यसो गर्नु भएको छ किनकि उहाँ हाम्रा पुर्खाहरूप्रति विश्वासयोग्य हुनुहुन्छ र उहाँले हाम्रा पुर्खाहरूसंग गर्नुभएको पवित्र प्रतिज्ञा सम्झना गर्नुभएको छ। 73 उहाँले गम्भिर तवरले हाम्रा पुर्खा अब्राहामसंग गर्नुभएको प्रतिज्ञा यहि हो की उहाँले हाम्रो निम्ति यो गर्नुहुने छ। 74 उहाँले प्रतिज्ञा गर्नु भएको थियो कि उहाँले हामीलाई हाम्रा शत्रुहरूको शक्तिबाट छुटाउनुहुने छ ताकि हामी तिनीहरूसंग नडराईकन परमेश्वरको सेवा गर्नसकौं। 75 परिणामस्वरुप,जहिलेसम्म हामी जिउँछौं पुर्णरुपले उहाँको मानिस भइ हामी ठिक तरिकाले जिउन सकौं, 76 {तब जकरियाले आफ्नो बालक छोरालाई भने,} "र मेरो छोरा, तिम्रो लागि, तिमी सर्वोच्चका परमेश्वरको अगमवक्ता हुने छौ। परमप्रभु आउनु आगाडि नै तिमीले आफ्नो काम सुरु गर्ने छौ ताकि उहाँको निम्ति तयारी हुन तिमीले मानिसहरूलाई तयार गर्न सक्छौ। 77 परमेश्वरका मानिसहरूलाई तिमीले भन्ने छौ कि परमेश्वरले तिनीहरूलाई क्षमा दिई तिनीहरूका पापबाट उद्धार गर्न चाहनुहुन्छ। 78 परमेश्वरले हामीलाई उद्धार गर्न चाहनुहुन्छ किनकि उहाँ करुणामय र दयालु हुनुहुन्छ। त्यसकारण हामीलाई सहायता गर्न स्वर्गबाट उहाँले मुक्तिदाता पठाउँदै हुनुहुन्छ। 79 यस मुक्तिदाताले सत्य थाहा नपाएकाहरूलाई सत्य देखाउनु हुने छ, यद्यपि ती मानिसहरू जसलाई यसको बारेमा कत्ति पनि थाहा छैन। परमेश्वरलाई मनपर्दो तरिकाले कसरी जिउने भनेर उहाँले हामीलाई देखाउनु हुने छ। 80 समय क्रमसंगै, जकरिया र एलिशिवाका छोरा बढे र आत्मिकरुपले बलिया भए। तब उनी एक उजाड स्थानमा बस्न गए। उनी त्यहाँ भईरहेकै बेलामा उनले परमेश्वरका मानिसहरू, ईस्राएलीहरूलाई सार्वजनिकरुपले प्रचार गर्न थाले।

Chapter 2

1 कैसर अगस्टसको समयमा पनि, { जसले सारा रोमी सामराज्यभरि शासन गर्थे,} तिनको सामराज्यभरि बस्ने हरेक व्यक्तिले { त्यहाँ बस्ने मानिसहरूले आफ्नो नाउँ आधिकारिक सूचिमा} दर्ता गरून् भनी उर्दी जारी गरे । 2 रोमी सरकारले रोमी सामराज्यमा बस्ने हरेक मानिसहरूको नाम दर्ता गराएको यो चाहिं पहिलो पटक थियो। यो कार्य , कुरेनियस सिरिया प्रान्तका हाकिम भएकोबेला गरिएको थियो। 3 त्यसकारण हरेक व्यक्ति आफ्नो नाम दर्ता गराउनको लागि आ-आफ्नो परिवारको गृहनगरमा जानु पर्थ्यो। 4-5 योसेफ पनि मरियमसंगै आफ्नो गृहनगरमा यात्रा गरे जो उनीसंग मगनी भएको थियो र गर्भवती थिईन्। योसेफ दाऊदको घरानाको भएको कारणले , तिनीहरूले गालीलको क्षेत्रमा नासरत सहर छाडे र यहूदिया क्षेत्रको, बेथलेहेमको सहरतिर यात्रा गरे, जसलाई दाऊदको सहर भनेर पनि चिनिन्छ। नाउँ दर्ता गर्नको लागि योसेफ र मरियम त्यहाँ गए। 6-7 जब उनीहरू बेथलेहेममा आईपुगे, त्यहाँ उनीहरूको लागि बस्ने ठाउँ थिएन जहाँ प्राय आगन्तुकहरू बस्दथे। त्यसैले जनवारहरू रातभर सुत्ने ठाउँमा उनीहरू बस्नु पर्यो। तिनीहरू त्यहाँ भएको बेला मरियमको बालक जन्माउने बेला आयो र तिनले आफ्नो पहिलो बालक, एउटा छोरालाई जन्म दिइन्। तिनले उहाँलाई कपडाको फराकिलो पट्टीमा बेरेर उहाँलाई गोठ भित्र जनावरहरूको लागि खाना राखिएको ठाउँमा राखिन्। 8 त्यहि रात बेथलेहेम नजिकै खुल्ला चौरमा केही गोठालाहरूले शिविर हालेर बसेका थिए। तिनीहरूले आफ्ना भेडाहरूको रखवाली गरिरहेका थिए। 9 अकस्मात् परमप्रभुको एकजना स्वर्गदूत आफ्ना आगाडी उभिएको तिनीहरूले देखे।एउटा महिमित प्रकाश परमप्रभुबाट तिनीहरूमाथि चम्किरहेको थियो। तिनीहरू अत्यन्तै भयभीत भए। 10 तर स्वर्गदूतले तिनीहरूलाई भने , "नडराओ! ध्यान दिएर सुन। किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउन आएको छु! यो सुसमाचार सारा मानिसहरूको निम्ति हो, र सबैजना यसमा आनन्दित हुनुपर्छ! 11 तिनीहरू आनन्दित हुने छन् किनकि आज, बेथलेहेममा , राजा दाऊदको सहरमा , जन्मनु भएको व्यक्तिले { तिमीहरूका पाप देखि} तिमीहरूलाई उद्धार गर्नु हुनेछ। उहाँ परमप्रभु, मसिह हुनुहुन्छ! 12 र तिमीहरूका लागि यो चिन्ह दिइएकोछ। {यदि बेथलेहेममा गयौ भने,} एउटा बालकलाई लामो लुगाले बेरेर र जनवारलाई चारो खुवाउने ठाउँमा सुताई राखेको भेट्टाउने छौ। 13 एक्कासी स्वर्गबाट अरू स्वर्गदूतहरूसंगै स्वर्गदूतहरूको एउटा ठूलो दल देखा पर्यो। तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए, 14 अति उच्च स्वर्गमा सबै स्वर्गदूतहरूले परमेश्वरको प्रशंसा गरून्! र पृथ्वीमा परमेश्वरलाई खुशी पार्ने सबै मानिसहरू शान्तिमा रहुन् { परमेश्वरसंग र एक अर्कासंग}! 15 जब स्वर्गदूतहरूले उनीहरूलई छाडेर स्वर्गमा फर्किए, गोठालाहरूले एकअर्कालाई भन्न लागे, "अब हामी बेथलेहेममा गईहाल्नु पर्छ र यो घटेको अचम्मको घटनालाई हेर्नु पर्छ, जसको बारेमा परमप्रभुले हामीलाई भन्नु भएको छ! 16 र उनीहरू उत्तिखेरै गए, र जब तिनीहरूले {जुन ठाउँमा} मरियम र योसेफलाई भेट्टाए { तिनीहरू बसेका थिए}, तिनीहरूले बालकलाई जनवारहरूलाई चारो खुवाउने एक ठाँउमा सुताई राखेको देखे। 17 उहाँलाई तिनीहरूले देखिसके पछि, परमप्रभुले यस बालकको बारेमा जुन कुराहरू तिनीहरूलाई प्रकट गर्नु भयो तिनीहरूले हरेकलाई बताए। 18 सुन्‍ने सबै मानिसहरूले गोठालाहरूले तिनीहरूलाई भनेका कुराहरू अचम्मको छ भनी सोचे । 19 तर मरियमले यी सबैकुराहरू सावधानीपूर्वक मनमा राखिन् र निरन्तर यसबारे सोचिरहिन्। 20 गोठालाहरू फर्किए {आफ्ना भेडाहरू भएका चौरमा}। परमेश्वरको महानताको बारेमा तिनीहरूले कुरा गरिरहे र उनीहरूले देखेका र सुनेका यी सबै कुराहरूको लागि उहाँलाई प्रशंसा चढाई रहे।सबै कुरा ठ्याक्कै त्यस्तै भएको थियो जसरी स्वर्गदूतले तिनीहरूलाई भनेका थिए। 21 बालक जन्मेको आठौं दिन पछि, तिनीहरूले उहाँको खतना गरे र उहाँको नाउँ येशू राखे। मरियम गर्भवती हुनुभन्दा अघि नै स्वर्गदूतले यो नाउँ राख्नु भनेर तिनीहरूलाई भनेका थिए। 22 बालक जन्मिसकेपछि औपचारिक रूपले मोशाको व्यवस्था अनुसार शुद्धिकरणको लागि मरियम र योसेफ केही दिन पर्खेर बसे।तब उनीहरूले उहाँलाई यरूशलेममा ल्याए ताकि तिनीहरूले उहाँलाई परमप्रभुमा {मन्दिरमा} समर्पण गर्न सकून् । 23 परमप्रभुको व्यवस्था पालन गर्न उनीहरूले यो गरे, जसले भन्दछ, "पहिले जन्मेको हरेक पुरुष सन्तानलाई तिमीहरूले परमप्रभुको निम्ति अलग गर्नू।" 24 "नयाँ जन्मेको बालकको आमाबुबालाई परमप्रभुको व्यवस्थाले भने अनुसार त्यहाँ उनीहरूले बलिदान चढाए, "दुई जोडी ढुकुर र दुई जोडी परेवाका" 25 त्यस समयमा यरूशलेमा सिमियोन नाम गरेका एकजना मानिस थिए। उनले परमप्रभुको व्यवस्था पालन गर्थे र परमेश्वरलाई मन पर्ने कामहरू गर्थे । ईस्राएलका मानिसहरूलाई उत्साह दिनको लागि परमेश्वरले मसिह पठाउनु हुन्छ भनेर उनले उत्सुकताकासाथ पर्खिरहेका थिए। पवित्र आत्माले उनलाई निर्देशित गरिरहनु भएको थियो। 26 पवित्र आत्माले अगाडि नै उनलाई प्रकट गर्नु भएको थियो कि उनी मर्नु भन्दा अगाडि, परमेश्वरले मसिह पठाउनु हुने छ र उनले उहाँलाई देख्ने छन् । 27 त्यसैले पवित्र आत्माले शिमियोनलाई मन्दिरको चोकमा जान अगुवाइ गर्नुभयो। उनी त्यहाँ भएको बेला जब योसेफ र मरियमले बालक येशूलाई ल्याए ताकि तिनीहरूले उहाँको लागि परमेश्वरले व्यवस्थामा आज्ञा गर्नुभएको रिति पूरा गर्न सकून्। 28 {जब सिमियोनले येशूलाई देखे} उनले उहाँलाई उठाएर आफ्नो अंगालोमा लिए र परमेश्वरलाई धन्यवाद दिए, र त्यसपछि भने, 29 प्रभु, तपाईंले आफ्नो प्रतिज्ञा मसंग पुरा गर्नु भएको छ, र अब तपाईंले मलाई संतोषले मर्न दिन सक्नुहुन्छ। 30 किनकि मैले उहाँलाई देखेको छु जसलाई तपाईंंले मानिसहरूलाई उद्धार पठाउनुभयो, 31 जसलाई तपाईंंले सबै मानिसहरूले देख्नको लागि तयार गर्नुभएको छ। 32 उहाँ एक ज्योति जस्तै हुनुहुने छ जसले तपाईंको सत्यतालाई अन्यजातिहरूमा प्रकट गर्नु हुने छ। इस्राएल, तिम्रा मानिसहरूका लागि तपाईंंको योजना कति महिमित छ, उहाँले देखाउनु हुनेछ।” 33 उहाँको बारेमा शिमियोनले भनेका कुरा सुनेर येशूका बुबा र आमा छक्क परे। 34 तब शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र येशूकी आमा मरियमलाई भने, मैले भनेका कुरा ध्यान दिएर सुनः परमेश्वरले निर्धारण गर्नुभएको छ कि, यो बालकको कारणले, इस्राएलका धेरै मानिसहरूले परमेश्वरलाई ईन्कार गर्नेछन् र धेरैले आफूलाई परमेश्वरमा समर्पण गर्नेछन् । उहाँ एउटा चिन्ह हुनुहुने छ {परमेश्वरबाट } कि धेरै मानिसहरूले विरोध गर्ने छन् । 35 तिम्रोलागि { मानिसहरूले उहाँलाई गर्ने निर्दयी व्यवहारले तिमीलाई धेरै दुःखी बनाउने छ}। यस्तो लाग्ने छ कि तरवारले तिम्रो प्राणलाई छेडिरहेको छ।{ तर यो आवश्यक छ} ताकि उहाँबाट धेरै मानिसका गोप्य विचारहरू प्रकट हुन सकोस्। 36 हन्ना नामकी अगमवादिनी पनि त्यहाँ थिईन् { मन्दिरको चोकमा} । तिनी अति वृद्ध भईसकेकी थिइन् । तिनी फनूएलकी छोरी थिइन्, जो आसेरको कुलबाट थिइन्। एक जवान स्त्रीकोरुपमा, तिनले विवाह गरेको सात वर्ष भएको थियो। {, र त्यस पछि तिनको श्रीमानको मृत्यु भयो}। 37 त्यस पछि, तिनी ८४ वर्ष सम्म एक विधवाकोरुपमा जिइरहेकी थिइन्। उपवास र प्रार्थना सहित मानौं तिनी सधैं मन्दिरमा परमेश्वरको आराधना गर्दै दिन रात,रहन्थिन् { हरेक समय}। 38 त्यहि समयमा, हन्ना {मरियम योसेफ र बालक} कहाँ पुगिन्। हन्नाले परमेश्वरलाई धन्यवाद दिन थालिन् {बालकको लागि}। त्यसपछाडि, तिनले अरू धेरै मानिसहरूलाई येशूको बारेमा बताई रहेकी थिइन् जसले इस्राएलका मानिसहरूलाई स्वतन्त्र पार्ने मसिह पठाउने आशा गरिरहेका थिए {परमेश्वरले पठाउने}। 39 परमप्रभुको व्यवस्था बमोजिम { पहिलो छोराको लागि आमा बुबाले गर्नुपर्ने } सबैकुराहरू पुरा गरिसके पछि मरियम र योसेफ गालील जिल्लाको नासरत, आफ्नै सहरमा उनीहरू फर्के। 40 जसरी बालक हुर्कदै जानु भयो, उहाँ बलियो र अति बुद्धिमान हुनुभयो र उहाँको जीवनमा परमेश्वरको उपस्थिति थियो। 41 निस्तार चाड मनाउनको लागि येशूका बुबा र आमा हरेक वर्ष यरूशलेममा जानुहुन्थ्यो। 42 जब येशू १२ वर्ष हुनुहुन्थ्यो, उहाँहरू सबैजनासंगै {निस्तार} चाडको समयमा, यरूशलेमतर्फ यात्रा गर्नु भयो। 43 जब चाडको समय सकियो, येशूका आमाबुबा घर फर्कन थाले, तर तिनीहरूका छोरा , येशू यरूशलेममा नै छोडिनु भयो। उहाँका बुबाआमालाई यो थाहा थिएन { कि उहाँ अझै त्यही हुनुहुन्छ} 44 तिनीहरूले सोचे कि उहाँ तिनीहरूसँगै यात्रा गरिरहेका अन्य मानिसहरूसँग हुनुहुन्छ। तर एकदिन हिंडिसके पछि, तिनीहरूले उहाँलाई उनीहरूका नातेदार र साथीहरूमाझ खोज्न थाले। 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, तिनीहरू उहाँलाई खोज्नको लागि यरूशलेममा फर्के। 46 तीन दिन पछि, {मरियम र योसेफले यरूशलेम छाडिसकेका थिए} उनीहरूले येशूलाई मन्दिरमा भेट्टाए। उहाँ यहूदी धर्म गुरुहरूको बिचमा बस्नु भएको थियो। तिनीहरूले सिकाईरहेका कुराहरू उहाँले सुनिरहनु भएको थियो र तिनीहरूलाई प्रश्नहरू सोधिरहनु भएको थियो। 47 उहाँले भनेका, उहाँको बुझाई, र उहाँको जवाफ दिने तरिका {शिक्षकहरूले सोधेका प्रश्नहरू} देखेर, उहाँलाई सुन्ने सबै मानिसहरू छक्क परेका थिए। 48 जब उहाँका बुबाआमाले उहाँलाई देखे, तिनीहरू अचम्मित भए। उहाँकी आमाले उहाँलाई भनिन्, मेरो छोरा, तिमीले हामीलाई यस्तो गर्नु हुँदैन थियो। मेरो कुरा सुन! , तिम्रो बुबा र म धेरै चिन्तित भईरहेका छौं किनकि हामीले तिमीलाई खोजिरहेका थियौं! 49 उहाँले तिनीहरूलाई भन्नु भयो, "म छक्क परेको छु कि तपाईंंहरूले मलाई खोज्नु पर्यो। मलाई लाग्यो तपाईंंहरूलाई थाहा थियो कि म मेरो पिताको घरमा हुनुपर्छ {उहाँको बारेमा सिक्न}। 50 तर उहाँले तिनीहरूलाई भन्नु भएको कुराको अर्थ तिनीहरूले बुझेनन्। 51 तब उहाँ तिनीहरूसंगै नासरतमा फर्कनु भयो, र उहाँले सधैं तिनीहरूले भनेको मान्नु भयो। उहाँकी आमाले घटेका यी सबै घटनाहरूको बारेमा गहन तरिकाले सोचिरहिन्। 52 वर्षहरू बित्दै गए, येशू निरन्तर बुद्धिमान हुँदै र बढ्दै जानु भयो। परमेश्वर र मानिसहरूले निरन्तर उहाँलाई स्वीकार गर्दैरहे।

Chapter 3

1 { यो अर्को खण्ड ईतिहासमा भएको बिषय हो} जब तिबेरियस कैसरको शासनकाल लगभग पन्ध्र वर्षको लागि थियो {रोमी साम्राज्य} । त्यो समययमा, यहूदिया प्रान्तका शासक पन्तियस पिलातस थिए, गालीलको जिल्ला हेरोद एन्टिपासले राज्य गर्थे, ईतुरिया र त्राखोनितस क्षेत्रहरूमा तिनका भाई फिलिपले र लुसानियसले अबिलेनको क्षेत्रमा शासन गर्थे। 2 हन्नास र कैयाफास {यरूशलेमको मन्दिरमा} त्यतिबेलाका प्रधान पुजाहारी थिए। त्यो समयमा, जकरियाका छोरा यूहन्नासंग उजाड स्थानमा {उनी त्यहाँ बसिरहेको बेलामा} परमप्रभु बोल्नु भयो। 3 यूहन्ना यर्दन नदी नजिकैका सबै ईलाकाहरूमा यात्रा गर्दै आए। उनले निरन्तर भनिरहे {उनी कहाँ आउने मानिसहरूलाई}, "यदि परमेश्वरले तिमीहरूका पापहरू क्षमा गरेको चाहन्छौ भने, तिमीहरूको गलत जीवन जिउने तरिकाहरू तिमीहरूले त्याग्नै पर्छ । तब म तिमीहरूलाई बप्तिस्मा दिन्छु"! 4 {जब यूहन्नाले यसो भनेर प्रचार गरे,} धेरै वर्ष पहिले यशैयाअगमवक्ताले एउटा बेरिएको पत्रमा लेखेका यी वचनहरू साँचो हुन आयोः उजाड स्थानमा, कसैले {मानिसहरूलाई} सम्बोधन गर्दै: 'परमप्रभुलाई स्वीकार गर्न आफै तयार होऊ! उहाँ जब आउनु हुन्छ आफैलाई तयार पार!' 5 {जब एउटा महत्वपूर्ण व्यक्ति एउटा निश्चित बाटो भएर आउँदै छ भने,} मानिसहरूले गहिरो साँघुरो घाँटीहरूलाई भर्ने छन् र सबै भिरालो ढल्किएको ठाउँहरूलाई समतल बनाउने छन्। बांगोटिङ्गो र उठेका बाटाहरूलाई तिनीहरूले सोझो र समतल बनाउँछन् । { त्यसैगरी नै, मसिहको लागि तयार भएका मानिसहरूको लागि परमेश्वरले सुनिश्चित गर्नुहुने छ।} 6 तब, परमेश्वरले मानिसहरूलाई उद्धार गर्ने तरिका हरेकले चिन्ने छन् ।" 7 {यूहन्ना भएको उजाड स्थानमा} यूहन्नाबाट बप्तिस्मा लिनको लागि मानिसहरूको ठूलो भीड आईरहेको थियो। तब यूहन्नाले तिनीहरूलाई भने, "तिमीहरू बिषालु सर्प जस्तै धूर्त र डरलाग्दा छौ! के तिमीहरू ठान्दछौ जब परमेश्वरले पापीहरूलाई दण्ड दिनुहुन्छ, मैले तिमीहरूलाई बप्तिस्मा दिएँ भने, उहाँले तिमीहरूलाई बचाउनुहुने छ !{तर मैले त्यसो भनेको छैन!} 8 तिमीहरूले ती कामहरू गर्नु आवश्यक छ कि जसले यो देखाउँछ कि तिमीहरूले आफ्नो पहिलाको पापमय जीवन शैली त्यागेका छौ! र तिमीहरूले आफैले आफैलाई यो भन्न सुरु नगर, {निश्चय नै परमेश्वरले हामीलाई दण्ड दिनुहुन्न किनकि} हामीहरू अब्राहामका सन्तानहरू हौं!'{त्यो कुराले परमेश्वरलाई प्रभाव पार्दैन।} म तिमीहरूलाई सुनिश्चित गर्न चाहन्छु कि परमेश्वरले यी ढुङ्गाहरूलाई पनि अब्राहामका सन्ताहरूमा परिणत गर्नसक्नु हुन्छ! 9 तिमीहरू ती असल फल नफलाउने रूखहरू जस्ता छौ। परमेश्वर एक मानिस जस्तो हुनुहुन्छ जसले आफ्नो बञ्चरोको शिर ती रूखहरूको फेदमा राखेको छ, त्यसलाई काटेर आगोमा फाल्न तयार छ। यदि तिमीहरूले निरन्तर पाप गरिरह्यौ भने परमेश्वरले तिमीहरूलाई त्यसरी नै दण्ड दिन तयार हुनुहुन्छ। 10 तब {धेरै मानिसहरूको} भीडले उहाँलाई सोध्यो, "त्यसो भए, हामीले के-के गरेको परमेश्वरले चाहनुहुन्छ? 11 तिनले तिनीहरूलाई जवाफ दिए, "यदि तिमीहरू कसैसंग दुईवटा सर्ट छन् भने, त्यो मध्ये एउटा, एउटा पनि नहुनेलाई दिनू। यदि कसैसंग प्रशस्त खानेकुरा छ भने, खाना नभएकाहरूलाई केही खानेकुरा दिनू।" 12 यूहन्नासंग बप्तिस्मा लिन भनी, केही कर उठाउनेहरू पनि आए । तिनीहरूले उनलाई सोधे, "गुरुज्यू, {हामीबाट परमेश्वरले } के गरेको चाहनु हुन्छ? 13 उनले तिनीहरूलाई भने, "रोमी सरकारले तिमीहरूलाई संकलन गर्न खटाए भन्दा बढी पैसा {मानिसहरूबाट} नउठाउनू !" 14 त्यहाँ केही मानिसहरू पनि थिए जो सिपाहीहरू थिए। तिनीहरूले पनि उनलाई सोधे, "अनि हाम्रो बारेमा के? परमेश्वरले, हामीले चाहिं के गरेको चाहनु हुन्छ?" उनले तिनीहरूलाई भने, "मानिसहरूलाई हानी गर्ने गरी धम्काएर अथवा तिनीहरूलाई झुटो आरोप लगाएर {केही गलत गरेको} तिनीहरूबाट जबरजस्ती पैसा नलिनू । एक सिपाही झैं कमाएको रकममा नै तिमीहरू सन्तुष्ट रहनू।" 15 मसिहको आगमनको लागि मानिसहरूले लामो समयदेखि पर्खिंदै आईरहेका थिए। तर अहिले उनीहरू यूहन्नाको बारेमा धेरै आशावादी थिए}। तिनीहरूले सोचे कि उनी नै मसिह थिए। 16 तर यूहन्नाले तिनीहरू सबैलाई बताए, { म मसिह होईन}। उहाँ आउँदै हुनुहुन्छ, र उहाँ म भन्दा धेरै महान हुनुहुन्छ। उहाँ यति महान् हुनुहुन्छ कि म एक दास जत्तिको बन्न लायकको पनि छैन जसले {घरमा आउँदा} आफ्नो चप्पलको फित्ता खोलिदिन्छ! म तिमीहरूलाई पानीले मात्र बप्तिस्मा दिन्छु। तर {जब मसिह आउनु हुने छ,} उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुने छ, जसले तिमीहरूको न्याय गर्नुहुने छ र तिमीहरूलाई शुद्ध पार्नुहुने छ। 17 एउटा किसान आफ्नो निफन्ने नाङ्लो लिएर तयार भए जस्तै {मसिह यो गर्नको लागि तयार हुनुहुन्छ}। एउटा किसानले सबै असल अन्नलाई काम नलाग्ने भुसहरूबाट अलग गर्दछ। उसले अन्नलाई आफ्नो भण्डारमा सुक्षितसाथ राख्दछ, तर उसले भुसलाई जलाउँछ जबसम्म त्यो सबै समाप्त हुँदैन।{त्यसले यो जनाउँदछ कि कसरी परमेश्वरलाई खुशी पार्ने मानिसहरूलाई मसिहले भेला पार्नुहुने छ, र परमेश्वरलाई खुशी नपार्ने मानिसहरूलाई उहाँले दण्ड दिनुहुने छ।}" 18 यसरी नै धेरै तरिकाबाट यूहन्नाले मानिसहरूलाई आग्रह गरे{ पाप गर्न छाडी, आफैलाई परमेश्वरमा समर्पण गर्नको लागि}। जसै उनले {परमेश्वरबाट} मानिसहरूलाई सुसमाचार सुनाई रहेका थिए। 19 यूहन्नाले राजा हेरोदलाई पनि उनले गरेका सबै खराबीहरूका लागि हप्काए। तर जब यूहन्नाले हेरोदलाई उनको भाई जिवित छँदै, उनको भाईकी श्रीमती हेरोदियासलाई विवाह गरेको कारण हप्काए, 20 हेरोदले अर्को दुष्कर्म गरे । उनले आफ्ना सेनाहरूलाई भनेर यूहन्नालाई झ्यालखानमा थुन्न लगाए। 21 तर हेरोदले त्यो गर्नु भन्दा आगाडि, यूहन्नाले धेरै मानिसहरूलाई बप्तिस्मा दिई रहेको बेला, यूहन्नाले येशूलाई पनि बप्तिस्मा दिए। त्यस पछि, येशूले प्रर्थाना गरिरहेको बेला स्वर्ग उघ्रियो । 22 तब पवित्र आत्मा, एक ढुकुरकोरुपमा, तल आउनु भयो र येशूमा उत्रनु भयो। तब स्वर्गबाट परमेश्वर {येशूसंग} बोल्नु भयो । उहाँले भन्नु भयो , "तिमी मेरा पुत्र हौ, जसलाई म औधी प्रेम गर्छु। म तिमीसंग धेरै प्रसन्न छु!" 23 येशूले त्यतिबेला उहाँले परमेश्वरको निम्ति काम गर्न शुरु गर्नु भयो। उहाँ ३० वर्षको हुनुहुन्थ्यो। यो येशूको वंशावली होः मानिसहरूले येशूलाई योसेफको छोरा हो भनी ठान्दथे। योसेफ एलीका छोरा थिए, 24 एली मत्तातका छोरा। मत्तात लेवीका छोरा। लेवी मल्‍कीका छोरा। मल्‍की यान्‍नाका छोरा। यान्‍ना योसेफका छोरा। 25 योसेफ मत्ताथियासका छोरा। मत्ताथियास आमोसका छोरा। आमोस नहूमका छोरा। नहूम इसलीका छोरा। इसली नग्‍गैका छोरा। 26 नग्‍गै माथका छोरा, माथ मत्ताथियासका छोरा। मत्ताथियास सेमैनका छोरा। सेमैन योसेखका छोरा। योसेख योदाका छोरा। 27 योदा योआननका छोरा। योआनन रेसाका छोरा। रेसा यरुबाबेलका छोरा। यरुबाबेल शालतिएलका छोरा। शालतिएल नेरीका छोरा। 28 नेरी मल्‍कीका छोरा। मल्‍की अद्दीका छोरा। अद्दी कोसामका छोरा कोसाम एलमादमका छोरा। एलमादम एर्‌का छोरा 29 एर्‌ यहोशूका छोरा। यहोशू एलीएजरका छोरा। एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा। 30 लेवी शिमियोनका छोरा। शिमियोन यहूदाका छोरा। यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्‍याकीमका छोरा। 31 एल्‍याकीम मलेआका छोरा। मलेआ मिन्‍नाका छोरा। मिन्‍ना मत्ताथाका छोरा। मत्ताथा नातानका छोरा। नातान दाऊदका छोरा, 32 दाऊद यीशैका छोरा। यीशै ओबेदका छोरा। ओबेद बोअजका छोरा। बोअज सल्‍मोनका छोरा। सल्‍मोन नहशोनका छोरा। 33 नहशोन अम्‍मीनादाबका छोरा। अम्‍मीनादाब आरामका छोरा। आराम अरनीका छोरा। अरनी हेस्रोनका छोरा | हेस्रोन फारेसका छोरा। फारेस यहूदाका छोरा। 34 यहूदा याकूबका छोरा। याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा। अब्राहाम तेरहका छोरा। तेरह नाहोरका छोरा। 35 नाहोर सरूगका छोरा। सरूग रऊका छोरा, रऊ पेलेगका छोरा। पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, 36 शेलह केनानका छोरा। केनान अर्पक्षदका छोरा।अर्पक्षद शेमका छोरा। शेम नोआका छोरा। नोआ लेमेखका छोरा। 37 लेमेख मतूशेलहका छोरा। मतूशेलह हनोकका छोरा। हनोक येरेदका छोरा। येरेद महलालेलका छोरा। महलालेल केनानका छोरा। 38 केनान एनोशका छोरा। एनोश शेतका छोरा। शेत आदमका छोरा। आदम परमेश्‍वरका छोरा थिए।

Chapter 4

1 येशूले यूहन्नाबाट बप्तिस्मा लिईसके पछि, उहाँ यर्दन नदीबाट बाहिर निस्कनु भयो। पवित्र आत्माले उहाँलाई पुर्णरुपले सशक्तिकरण गरिरहनु भएको थियो। तब पवित्र आत्माले उहाँलाई उजाड स्थानमा लैजानु भयो। 2 ४० दिनसम्म येशू उजाड स्थानमा रहनु भयो। उहाँ त्यहाँ भएको बेलामा शैतानले उहाँलाई परिक्षा गरिरह्यो। ४० दिनसम्म त्यहाँ रहँदा येशूले केही पनि खानु भएन। ४० दिन पुरा भईसके पछि, उहाँ धेरै भोकाउनु भयो। 3 तब शैतानले येशूलाई भन्यो, "यदि तपाईं साँच्चै परमेश्वरको पुत्र हो भने यो ढुंगालाई रोटी हुने {तपाईंले खानको लागि} आदेश दिनुहोस् !" 4 येशूले जवाफ दिनु भयो, "{ म त्यसो गर्ने छैन, किनकि,} धर्मशास्त्रले भन्दछ, "मानिसलाई जिउनको लागि खाना भन्दा पनि बढि चाहिन्छ"। 5 तब शैतानले येशूलाई {अग्लो पहाडको टुप्पोमा} लाग्यो र उहाँलाई एकै क्षणमा संसारका सबै देशहरू देखायो। 6 अनि शैतानले येशूलाई भन्यो, "म तपाईंलाई यी सबै देशहरूको शासक बनाउने छु र तिनीहरूको सम्पूर्ण धनसम्पत्ति तपाईंको हुने छ म यो गर्न सक्छु किनकि परमेश्वरले मलाई यिनीहरू सबै माथि नियन्त्रण गर्ने अनुमति दिनुभएको छ, र म जसलाई ईच्छा गर्छु उसैलाई यो दिनसक्छु। 7 बस तपाईंले मलाई निहुरेर दण्डवत (आराधना) गर्नुहोस्। तब म तपाईंलाई यी सबै माथि शासन गर्न दिने छु! 8 तर येशूले जवाफ दिनु भयो, {"अहँ, म तँलाई दण्डवत गर्ने छैन, किनकि } धर्मशास्त्रले भन्दछ, परमप्रभु तेरा परमेश्वरलाई मात्र तैंले दण्डवत गर्नू, उहाँको मात्र तैंले सेवा गर्नू!" 9 तब शैतानले येशूलाई यरूशलेममा लग्यो। उसले उहाँलाई मन्दिरको सवैभन्दा उच्चस्थानमा राख्यो र भन्यो, "यदि तपाईं साच्चै परमेश्वरको पुत्र हो भने, यहाँबाट हाम फाल्नुहोस्। 10 तपाईंलाई केही पनि हुने छैन, किनकि धर्मशास्त्रले भन्दछ,' परमेश्वरले तपाईंलाई सुरक्षित गर्न आफ्ना स्वर्गदूतहरूलाई आदेश दिनुहुनेछ।' 11 र धर्मशास्त्रले यसो पनि भन्दछ, "तपाईं खस्दै गर्दा स्वर्गदूतहरूले आफ्ना हातहरूले तपाईंलाई थाम्ने छन् , ताकि तपाईंलाई चोट नलागोस्। " 12 तर येशूले जवाफ दिनु भयो, "{अहँ, म त्यसो गर्ने छैन, किनकि} धर्मशास्त्रले भन्दछः परमप्रभु तेरा परमेश्वरको परिक्षा नगर्नू।" 13 तब, शैतानले यी सबै तरिकाहरूद्धारा येशूलाई परिक्षा गर्ने कोसिस गरिसके पछि, अर्को समय नआउँदा सम्म {जब उसले फेरि येशूलाई परिक्षा गर्ने कोसिस गर्छ} शैतानले येशूलाई छोडेर गयो। 14 त्यस पछि, येशू {उजाड स्थान छोडेर} गालीलको जिल्लामा फर्कनु भयो। पवित्र आत्माले उहाँलाई सशक्तिकरण गरिरहनु भएको थियो। पूरै गालील क्षेत्र भरिका मानिसहरूले येशूको बारेमा सुने र अरूहरूलाई पनि उहाँको बारेमा बताए। 15 मानिसहरूलाई उहाँले तिनीहरूका यहूदी सभाघरहरूमा सिकाउनु भयो ।{परिणामस्वरुप,} सबै मानिसहरूले उहाँको प्रशंसा गरे। 16 तब येशू नासरत सहर जानु भयो,जहाँ उहाँ हुर्कनु भएको थियो। यहूदीहरूको बिश्राम दिनमा उहाँले प्राय गरे जस्तै, उहाँ यहूदीहरूको सभाघरमा जानु भयो।{ उपयुक्त समयमा,} उहाँ पढ्नको लागि खडा हुनुभयो {धर्मशास्त्रबाट चर्को स्वरले केही विषय}। 17 यशैया अगमवक्ताबाट लामो समय अगाडी बोलिएको केही वचनहरू {येशूले पढ्न चाहनु हुन्थ्यो। त्यसैले ती वचनहरू उल्लेख भएको एउटा पुस्तक उहाँले माग्नु भयो} र सभाघरमा उपस्थित मानिसहरूले उहाँको हातमा त्यो पुस्तक उहाँलाई दिए। उहाँले पुस्तक खोल्नु भयो र उहाँले पढ्न चाहेको ठाउँ भेट्टाउनुभयो। {उहाँले यी वचनहरू पढ्नु भयोः} 18 परमप्रभुको आत्माले मलाई शक्ति दिईरहनु भएको छ, किनभने गरिबहरूलाई परमेश्वरको सुसमाचार घोषणा गर्नको निम्ति उहाँले मलाई विशेषगरी नियुक्त गर्नु भएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न,र अन्धाहरूले फेरी देख्ने छन् भनी बताउनको लागि उहाँले मलाई पठाउनु भएको छ। उहाँले मलाई शोषणमा परेकाहरूलाई छुटकारा दिन पठाउनु भएको छ, 19 र परमप्रभुले मानिसहरूलाई निगाहसाथ व्यवहार गर्ने समय आएको छ भनी घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ ।" 20 त्यसपछि उहाँले पुस्तक बन्द गर्नुभयो र एक जना सेवकलाई फिर्ता दिएर उहाँ बस्नु भयो {मानिसहरूलाई सिकाउनकोलागि}। यहूदी सभाघरका सबै मानिसहरूले उहाँलाई एकटक लाएर हेरिरहेका थिए। 21 उहाँले तिनीहरूलाई यसो भनेर सिकाउन थाल्नु भयो, "तिमीहरूले मलाई सुन्दै गर्दा, धर्मशास्त्रको यो खण्डलाई मैले यति खेर नै यसलाई साकार पारेको छु।" 22 त्यहाँ भएका हरेकले उहाँलाई स्वीकार गरे र उहाँले भनेका आश्चर्यजनक कुराहरू सुनेर तिनीहरू छक्क परे। "{तिनीहरू मध्ये धेरैले एकअर्कोसंग भने, "{अचम्म लाग्छ कि यिनी यसरी बोल्न सक्छन् !} यी मानिस त खाली योसेफका छेरा मात्र हुन्!" 23 उहाँले तिनीहरूलाई भन्नु भयो, "निश्चय नै तिमीहरू कतिपयले त्यो उखान मलाई भन्ने छौ, वैद्य आफैलाई निको पार!" {मानिसहरूले भनेका यी कुराहरूलाई तपाईं के अर्थ लगाउनुहुने छ} कर्पनहुमको सहरमा तपाईंले आश्चर्यकामहरू गर्नु भयो। {यदि तपाईं एक अगमवक्ता हुनुहुन्छ भनेर हामीले तपाईंलाई विश्वास गरेको तपाईं चाहनु हुन्छ भने, तब} त्यहि कामहरू यहाँ आफ्नै सहरमा पनि गरेर देखाउनुहोस्! 24 तब उहाँले भन्नु भयो, "यो निश्चितरूपले साँचो हो कि अगमवक्तालाई उसको आफ्नै सहरका मानिसहरूले उ एक अगमवक्ता हो भनेर स्वीकार गर्दैनन्। 25 यसबारे सोचः अगमवक्ता एलियाको समयमा ईस्राएलमा धेरै बिधवाहरू थिए। त्यो समयमा त्यहाँ साढे तीन वर्षसम्म पानी परेन्। यसले गर्दा पुरै देशभरी ठूलो अनिकाल पर्यो । 26 र त्यती बेला सम्म ईस्राएलमा कुनै पनि बिधुवालाई सहयोग गर्न एलियालाई परमेश्वरले पठाउनु भएको थिएन। बरु त्यसको सट्टामा, सिदोनको नजिकैको सहर सारपातकी एक बिधुवालाई { गैर-यहूदी} सहयोग गर्न परमेश्वरले एलियालाई पठाउनु भयो । 27 अगमवक्ता एलिशाको समयमा, ईस्राएलमा थुप्रै कुष्ठरोगीहरू पनि थिए। तर एलिशाले तिनीहरू कसैलाई पनि निको पारेनन्। त्यसको सट्टा, उनले सिरिया देशका {एक गैर-यहूदी} नामानलाई मात्र निको पारे।" 28 यहूदी सभाघरमा रहेका सबै मानिसहरूले जब यी कुराहरू सुने, तिनीहरू एकदमै रिसाए। 29 त्यसैले तिनीहरू खडा भए, येशूलाई च्याप्प समाते, र उहाँलाई सहरबाट बाहिर घिसारेर लगे। तिनीहरूले उहाँलाई भिरबाट खसालेर मार्नकोलागि सहरदेखि बाहिर भिरको किनारमा लगे। 30 तर येशू भीडबाट निस्कनु भयो र जानु भयो। 31 त्यहाँबाट येशू गालीलको जिल्ला कफर्नहुम सहरमा जानु भयो। यहूदीहरूको प्रत्येक बिश्रामको दिनमा, मानिसहरूलाई { त्यहाँको यहूदी सभाघरमा} उहाँले सिकाउनु भयो। 32 येशूले सिकाउनु भएका कुराहरूले मानिसहरू अचम्मित हुन्थे किनकि उहाँले यसरी बोल्नु हुन्थ्यो कि उहाँलाई पहिले नै यी सबैकुराहरू थाहा थियो। 33 तब, त्यहाँ यहूदी सभाघरमा दुष्ट आत्माले पक्रेको एक जना मानिस थियो । उ चर्को स्वरले चिच्यायो, 34 "हे! नासरतका येशू, तपाईं हामीबाट के चाहनु हुन्छ? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो ? मलाई थाहा छ तपाईं को हुनुहुन्छ! तपाईं परमेश्वरबाटको पवित्र जन हुनुहुन्छ!" 35 तर येशूले कडा अधिकारसहित दुष्टआत्मालाई भन्नु भयो, "चुप लाग् र उसबाट निस्कि जा!" दुष्ट आत्माले त्यो मानिसलाई जमिनमा मानिसहरूको बिचमा फ्याकिदियो। तर उसलाई कुनै पनि हानि नगरिकन त्यसबाट बाहिर निस्कियो। 36 {सभा घरमा भएका} सबै मानिसहरू छक्क परे। धेरैले एकअर्कासंग भन्न लागे "हामीले यस्तो कहिल्यै देखेका छैनौ! उहाँका वचनहरू धेरै शक्तिशाली छन् ! उहाँले दुष्ट आत्माहरूलाई आज्ञा यसरी गर्नुहुन्छ कि मानौं तिनीहरूले उहाँको आज्ञा पालन गर्नै पर्छ, र {जब उहाँले तिनीहरूलाई आज्ञा गर्नुहुन्छ, तिनीहरू {मानिसहरूबाट} निस्कन्छन्!” 37 वरपरका इलाकाको हरेक ठाउँमा येशूले गर्नुभएको कामको बारेमा मानिसहरूले निरन्तर कुरा गरिरहे। 38 त्यसपछि येशू यहूदीहरूको सभाघर छाडेर सिमोन नाउँ गरेको एकजना मानिसको घरमा जानुभयो। सिमोनकी सासु त्यहाँ थिईन् । तिनी बिरामी थिइन् र उच्च ज्वरोले थलिएकी थिईन्। त्यहाँका मानिसहरूले तिनलाई निको पार्न येशूलाई आग्रह गरे। 39 तब येशू तिनी भएकी ठाँउमा गएर तिनको नजिकै बस्नु भयो। उहाँले ज्वरोलाई तिनीबाट निस्केर जाने आदेश दिनु भयो। अनि त्यस्तै भयो! तिनी तुरुन्तै उठिन् र केही खाना दिएर उहाँहरूको सेवा गरिन्। 40 जब सुर्य अस्ताउँदै थियो{,जसले यहूदीहरूको बिश्रामको दिन अन्त्य गर्यो}।धेरै मानिसहरू जसका साथीहरू वा आफन्तहरू धेरै प्रकारका रोगहरूले बिरामी थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू हरेकमाथि उहाँले आफ्नो हातहरू राख्नु भयो र तिनीहरूलाई निको पार्नु भयो। 41 {जसै येशूले बिरामीहरू माथि आफ्ना हातहरू राख्नु भयो,} तिनीहरू मध्य धेरैबाट पनि दुष्ट आत्माहरू निस्केर आए। {जसै दुष्ट आत्माहरू बाहिर निस्के,} तिनीहरू चिच्याउदै {येशूलाई} भने "तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ"! तर उहाँले ती दुष्ट आत्माहरूलाई उहाँको बारेमा मानिसहरूलाई नभन्ने आदेश दिनुभयो, किनकि तिनीहरूलाई थाहा थियो उहाँ नै मसिह हुनुहुन्छ। 42 भोलिपल्ट बिहान सबेरै, येशू एउटा मानिसहरूको बस्ती नभएको ठाउँमा जानुभयो। मानिसहरूको भीडले उहाँलाई खोज्नकोलागि गयो।जब तिनीहरू उहाँ भएको ठाउँमा आए, तिनीहरूले उहाँलाई उनीहरूबाट छुटाउने कोसिस गरे 43 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले अरू सहरका मानिसहरूलाई पनि सुसमाचार सुनाउनै पर्छ कि तिनीहरूको आफ्नो जीवनमा परमेश्‍वरको शासन हुने छ, किनभने यही काम गर्नको लागि परमेश्‍वरले मलाई यहाँ पठाउनु भएको हो।" 44 त्यसकारण उहाँ यहूदिया प्रान्तभरि रहेका यहूदीहरूको सभाघरहरूमा प्रचार गर्न जानुभयो।

Chapter 5

1 एक दिन जब धेरै मानिसहरू येशूको वरिपरि भीड गर्दै र उहाँले परमेश्वरको संदेश सिकाएको सुनिरहेका थिए, उहाँ गेनेसरेत तालको छेउमा उभिनुभएको थियो। 2 उहाँले तालको किनारामा दुईवटा माछा मार्ने डुङ्गाहरू देख्नु भयो। मछुवाहरूले आफ्ना डुङ्गाहरू छोडे र तिनीहरूका माछा मार्ने जालहरू धुँदै थिए। 3 येशू दुईवटा डुङ्गाहरूमध्ये एउटा डुङ्गामा चढ्नुभयो, जुन सिमोनको थियो। येशूले सिमोनलाई डुङ्गालाई किनारबाट अलि टाढा सार्न भन्नुभयो। त्यसपछि येशू डुङ्गामा बस्नु भयो र त्यहाँबाट भीडलाई निरन्तर सिकाउन थाल्नु भयो। 4 उहाँले तिनीहरूलाई सिकाइसकेपछि, उहाँले सिमोनलाई भन्नुभयो, “डुङ्गालाई गहिरो पानीमा लैजाऊ र केही माछा समात्नको लागि आफ्नो जाललाई पानीमा फ्याँक।” 5 सिमोनले जवाफ दिए, “गुरुज्यू, हामीले रातभर मेहेनत गर्यौं र पनि, हामीले कत्ति पनि माछा समातेनौं। तर तपाईंंले मलाई भन्नुभयो त्यसकारण म फेरि जाल हान्ने छु। ” 6 त्यसैले सिमोन र तिनका समुहहरूले आफ्ना जालहरू तल फ्याँके र तिनीहरूले यति धेरै माछा समाते कि तिनीहरूका जालहरू फुट्न थाले। 7 तिनीहरूले अर्को डुङ्गामा रहेका आफ्ना माछा मार्ने सहकर्मीहरूलाई सहायता गर्नको लागि इशारा गरे। त्यसकारण तिनीहरू आए र दुवै डुङ्गाहरू यति माछाले भरिए कि डुङ्गाहरू डुब्न थाले। 8 यो देखेर सिमोन पत्रुसले येशूको अगाडि झुकेर भने, "कृपया मलाई छोडिदिनुहोस्, किनकि म पापी मानिस हुँ, प्रभु।" 9 {तिनले यसो भने} किनभने तिनीहरूले समातेका प्रशस्त माछाहरू देखेर तिनी छक्क परे। तिनीसँग भएका सबै मानिसहरू पनि छक्क परे। 10 जब्दीका दुई छोरा याकूब र यूहन्‍ना, जो सिमोनका सहकर्मी थिए, उनीहरू पनि त्यसरी नै छक्क परे। तर येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ! {अहिलेसम्म तिमीहरूले माछा सामात्यौ तर,} अबदेखि उसो तिमीहरूले, मेरा चेलाहरू बन्नकोलागि मानिसहरूलाई भेला गर्नेछौ। 11 त्यसपछि मानिसहरूले डुङ्गाहरूलाई पाखा लगाए र तिनीहरूले तिनीहरूका माछा मार्ने काम र अन्य सबै कुराहरू छोडेर येशूसँगै गए। 12 येशू नजिकैको एउटा सहरमा जानुभयो। त्यहाँ छालाको रोगले ग्रसित एक जना मानिस थियो। जब उसले येशूलाई देख्यो, त्यो मानिस उहाँको अगाडि भुइँमा घोप्टो पर्यो। उसले उहाँसँग बिन्ति गर्यो, "प्रभु, {कृपया मलाई निको पार्नुहोस्!} मलाई थाहा छ कि यदि तपाईंं इच्छा गर्नुहुन्छ भने मलाई निको पार्न सक्नुहुन्छ!" 13 त्यसपछि येशूले आफ्नो हात पसारेर त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, "म तिमीलाई चंगाई गर्न ईच्छुक छु, र म तिमीलाई अहिले निको पार्छु!" तुरुन्तै त्यो मानिस निको भयो। अब उसो उसंग कुष्ठरोग रहेन! 14 तब येशूले उसलाई भन्नुभयो, “मैले तिमीलाई निको पारेको कुरा कसैलाई नभन्नू।पहिले, जाऊ र आफूलाई पुजाहारीकहाँ देखाऊ ताकि उसले तिमीलाई परिक्षण गर्न सकोस् र थाहा होस् कि अब उसो तिमीलाई कुष्ठरोग छैन। फेरी औपचारिक रुपले शुद्ध हुनको लागि मोशाले तिमीलाई आज्ञा गरेको बलिदान ल्याऊ।” 15 तर त्यसको सट्टा अझ धेरै मानिसहरूले {येशूले त्यस मानिसलाई कसरी निको पार्नुभयो भन्ने बारेमा} सुने। परिणाम स्वरूप, ठूलो भीड {येशूको शिक्षा} सुन्न र उहाँद्धारा आफ्ना रोगहरूबाट निको हुनको लागि आए। 16 तर प्राय उहाँ तिनीहरूबाट टाढा सुनसान ठाउँहरूमा जानु हुन्थ्यो र प्रार्थना गर्नु हुन्थ्यो। 17 एक दिन जब येशूले शिक्षा दिईरहनु भएको थियो, फरिसी दलका केही मानिसहरू र यहूदी व्यवस्थाका केही कुशल शिक्षकहरू नजिकै बसिरहेका थिए।तिनीहरू गालील जिल्लाका धेरै गाउँहरू र यरूशलेम र यहूदिया प्रान्तका अन्य सहरहरूबाट पनि आएका थिए। त्यसै समयमा, परमेश्वरले येशूलाई मानिसहरूलाई निको पार्ने शक्ति दिनुभएको थियो। 18 जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, धेरै मानिसहरूले एक जना पक्षघात भएको मानिसलाई उहाँ कहाँ ल्याए। {तिनीहरूले त्यस मानिसलाई ऊ सुतेको खाटसंगै बोकिरहेका थिए} र त्यसलाई येशूको अगाडि राख्नको लागि घर भित्र ल्याउने प्रयास गरिरहेका थिए। 19 तर घरमा मानिसहरूको भीड ठूलो भएको कारणले तिनीहरूले उसलाई भित्र ल्याउन सकेनन्। त्यसैले तिनीहरू घरको छानामाथि {बाहिरी तलामा} गए। { खुल्ला बनाउनको लागि छानाबाट केही टाएलहरू निकाले।} त्यसपछि तिनीहरूले त्यो खुल्ला ठाँउबाट त्यो मानिसलाई ऊ सुतेको खाटसंगै {मानिसहरूको भीडको} बिचमा तल झारे र त्यो मानिस येशूको ठीक अगाडि आयो। 20 जब उहाँले त्यस मानिसलाई निको पार्न सक्नुहुन्छ भन्ने तिनीहरूको विश्वास येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्नुभयो, "मित्र, म तिम्रा पापहरू क्षमा गर्दछु!" 21 व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले आफैमा सोच्न थाले, “यस मानिसले यसो भनेर परमेश्वरको निन्दा गर्दैछ! परमेश्वर बाहेक कसैले पापहरू क्षमा गर्न सक्दैन! ” 22 येशूलाई थाहा थियो तिनीहरू के सोचिरहेका थिए। त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफै-आफैमा मैले के भनें भनेर प्रश्न नगर! 23 यहाँ केही कुरा छ जसबारे होसियारीपूर्वक तपाईंहरूले सोचेको म चाहन्छु। ‘कुनचाहिँ सजिलो छ तिम्रा पापहरू क्षमा गर्छु’ वा ‘उठ र हिँड’? { तिमीहरूलाई लाग्न सक्छ कि 'म तिम्रा पापहरू क्षमा गर्छु' भन्न सजिलो छ किनभने यसलाई कुनै देखिने प्रमाण चाहिँदैन।} 24 तर म तिमीहरूलाई यो थाहा होस् भन्ने चाहन्छु कि परमेश्वरले मलाई, मानिसको पुत्रलाई, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा गर्ने अधिकार दिनुभएको छ। {यो कुरा देखाउनलाई , यी मानिसलाई तिमी उठ भनेर पनि भन्नेछु।} त्यसपछि त्यो पक्षघाती मानिसलाई उहाँले भन्नुभयो," म तिमीलाई भन्दछु , उठ, तिम्रो ओछ्यान उठाऊ, र घर जाऊ!" 25 तुरुन्तै {त्यो मानिस निको भयो!} सबैको सामु उ उठ्यो । उसले आफ्नो ओछ्यान उठायो जसमा उसलाई सुताएर ल्याईएको थियो र परमेश्वरको प्रशंसा गर्दै उ घर गयो। 26 त्यहाँ भएका सबै मानिसहरू छक्क परे! तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र {येशूले गरेको काम देखेर} तिनीहरू पूर्णरूपले छक्क परे। तिनीहरूले भनिरहे, “आज हामीले अचम्मका कुराहरू देख्यौं!” 27 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो र लेवी नाउँ गरेको एक जना मानिसलाई देख्नुभयो {जसले रोमी सरकारको लागि} कर उठाउँथे। उनी कर उठाउने ठाउँमा बसिरहेका थिए {जहाँ मानिसहरूले रोमी सरकारले खटाए बमोजिम उनलाई कर तिर्न आएका थिए}। येशूले उनलाई भन्नुभयो, “मसँग आऊ र मेरो चेला बन!” 28 अनि लेवीले आफ्नो काम छाडे र येशूको पछि लागे। 29 केही समय पछि लेवीले येशू र उहाँका {चेलाहरूको लागि} आफ्नो घरमा एउटा ठूलो भोजको आयोजना गरे। त्यहाँ कर उठाउनेहरूको ठूलो समूह र अरू मानिसहरूले तिनीहरूसँगै खाइरहेका थिए। 30 फरिसी दलका केही मानिसहरू, जसमा यहूदी व्यवस्थाका कुराहरू सिकाउनेहरू पनि थिए, तिनीहरूले येशूका चेलाहरूलाई गुनासो गरे। तिनीहरूले भने, तिमीहरूले {अरू} पापीहरूसंग र कर उठाउनेहरूसंग भोज खानु हुँदैन।" 31 तब येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई डाक्टरको आवश्यकता पर्दैन। बिरामी भएका मानिसहरूलाई डाक्टरको आवश्यकता पर्छ। 32 त्यसै गरी, म स्वर्गबाट आफूलाई धर्मी ठान्नेहरूलाई बोलाउन आएको होइन। बरु, तिनीहरूलाई म कहाँ बोलाउन आएको हुँ जसले आफूलाई पापी हुँ भनी थाहा गर्छन् र आफ्नो पापपुर्ण व्यवहारबाट फर्कन्छन्।” 33 ती यहूदी अगुवाहरूले येशूलाई जवाफ दिए, “बप्तिस्मा दिने यूहन्नाका चेलाहरू प्रायः खाना र प्रार्थनाबाट अलग रहन्छन् । फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन् । तर तपाईंंका चेलाहरू खाइरहन्छन् र पिइरहन्छन् ! किन अरूहरूले जसरी तिनीहरू उपवास बस्दैनन् ?” 34 येशूले जवाफ दिनु भयो, विवाहको उत्सव भइरहेको बेलामा, कसैले पनि दुलहाका साथीहरूलाई उपवास बस्नु भनेर भन्दैनन्! 35 तर कुनै दिन दुलहा आफ्ना साथीहरूसंग रहने छैनन्। अनि, त्यो समयमा, तिनीहरू भोजनबाट अलग रहनेछन् । 36 तब येशूले भन्न खोज्नु भएको अर्थ स्पष्ट पार्न उहाँले अरू उदाहारणहरू दिनुभयो।उहाँले भन्नु भयो कसैले पनि नयाँ वस्त्रको टुक्रा च्यातेर पुरानो वस्त्रलाई टाल्न त्यसमा टाँस्दैन। यदि त्यसो गरे भने तिनीहरूले नयाँ वस्त्रलाई च्यातेर बिगार्नेछन् , र नयाँ वस्त्रको टुक्रा पुरानो वस्त्रमा लगाउँदा सुहाउँदैन। 37 र कसैले पनि नयाँ निचोरिएको दाखमद्य पुरानो छालाको झोलाहरूमा राख्दैन, {भण्डार गर्नलाई} यदि कसैले त्यसो गर्यो भने, छालाका झोलाहरू फाट्ने छन् {किनभने जब नयाँ दाखमद्य कुहिने छ र फैलिने छ त्यो तन्किदैन}. तब छालाका झोलाहरू काम नलाग्ने हुन्छन् र दाखमद्य पनि {काम लाग्दैन किनभने यो} पोखिने छ। 38 बरु, नयाँ दाखमद्य नयाँ छालाको झोलामा राख्नु पर्छ। 39 पुरानो दाखमद्य पिएकाहरूले नयाँ दाखमद्यको चाह गर्दैनन्, किनभने तिनीहरूलाई पुरानो नै उत्तम लाग्छ !"

Chapter 6

1 एक शबाथको दिनमा,येशू र उहाँका चेलाहरू कुनै खेतहरू भएर जाँदै थिए,चेलाहरूले केही अन्नका दानाहरू टिपे। तिनीहरूले खोस्टा र दानालाई अलग गर्नलाई आफ्ना हातहरूमा माडे। तब तिनीहरूले ती खाए। 2 कतिपय फरिसीहरूले { यो हेरिरहेका थिए}। तिनीहरूले {चेलाहरूलाई} भने तिमीहरूले यस्तो काम गर्नु हुँदैनथ्यो! हाम्रो व्यवस्थाले शबाथको दिनमा काम गर्न निषेध गरेको छ!" 3 येशूले फरिसीहरूलाई जवाफ दिनु भयो,धर्मशास्त्रहरूले भनेका कुराहरू विचार गर दाऊद र उनीसँग भएका मानिसहरूले भोकाएको बेला दाऊदले के गरेका थिए । 4 तिमीहरूलाई थाहा छ दाऊद भेट हुने पाल भित्र पसे {केही खानेकुरा मागे}. परमेश्वरको अगाडी राखिएको रोटी पुजाहारीले उनलाई दिए। दाऊदले केही टुक्रा खाए र केही उनीसंग भएका मानिसहरूलाई पनि दिए, यद्यपि, व्यवस्थाले उनीहरूलाई यस्तो गर्ने अनुमति नदिएता पनि। केबल पुजाहारीहरूले मात्र त्यो रोटी खान मिल्थ्यो।" 5 येशूले तिनीहरूलाई भन्‍नु पनि भयो, “म, मानिसको पुत्रलाई, शबाथको दिनमाथि {मानिसहरूले के गर्नु उचित छ भनी निर्धारण गर्ने} अधिकार छ।” 6 अर्को विश्रामको दिनमा येशू सभाघरमा जानुभयो र {मानिसहरूलाई} सिकाउनुभयो। त्यहाँ एकजना मानिस थियो जसले आफ्नो दाहिने हात चलाउन सक्दैन थियो। 7 यहूदी व्यवस्थाका केही शिक्षकहरू र केही फरिसीहरू {त्यहाँ थिए। तिनीहरूले} येशूलाई नजिकबाट हेरिरहेका थिए। उहाँले त्यो मानिसलाई कतै निको पार्नु हुन्छ कि भनेर तिनीहरू हेर्न चाहन्थे। यदि उहाँले त्यसो गर्नुभयो भने, शबाथको दिन काम गर्न निषेध गरेको {व्यस्थालाई उल्ङघन गरेकोमा} तिनीहरूले उहाँलाई दोषी ठहराउने छन्। 8 तर तिनीहरूले के सोचिरहेका थिए भन्ने येशूलाई थाहा थियो। त्यसैले उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, "आऊ र यहाँ सबैको अगाडि खडा होऊ, !" त्यसैले त्यो मानिस उठ्यो र त्यहाँ खडा भयो। 9 तब येशूले तिनीहरूलाई भन्नु भयो, "म तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। के परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थाले मानिसहरूलाई विश्राम दिनमा असल गर्न वा हानि गर्ने आज्ञा दिँद्छ? के तिनीहरूले मानिसहरूलाई विश्राम दिनमा जीवन बचाउन वा यसलाई नष्ट गर्न आज्ञा दिँदछन् ?” 10 {कसैले पनि उहाँलाई जवाफ दिएनन्, त्यसैले} उहाँले वरिपरि सबै मानिसहरूलाई हेर्नु भयो र त्यो मानिसलाई भन्नु भयो, "तिम्रो सुकेको हात पसार!" मानिसले हात पसार्यो,र उसको हात फेरी पुर्णरुपले ठिक भयो! 11 तर धार्मिक अगुवाहरू साह्रै रिसाए, र तिनीहरूले येशूलाई कसरी {हटाउन} सकिन्छ भनेर आपसमा छलफल गरे। 12 झन्डै त्यहि समयमा , प्रार्थना गर्नको लागि येशू पहाडहरू तर्फ जानु भयो। रातभरि उहाँले परमेश्वरसंग प्रार्थना गर्नु भयो। 13 अर्को दिन उहाँले चेलाहरूलाई उहाँकहाँ आउनलाई बोलाउनु भयो। तिनीहरूबाट १२ जना मानिसहरूलाई उहाँले चुन्नुभयो र तिनीहरूलाई आफ्नो प्रेरित बनाउनु भयो। 14 {तिनीहरूका नामहरू यी हुन्:} सिमोन, जसलाई येशूले नयाँ नाम पत्रुस दिनुभयो। अन्द्रियास पत्रुसका भाइ, याकुब र तिनको भाइ, यूहन्ना, फिलिप; बारथोलोमाई; 15 मत्ती {,जसको अर्को नाम लेवी थियो}, थोमा, अर्को याकुब नाम गरेका मानिस जसका पिताको नाम अल्फयस थियो, उग्रपन्थी सिमोन, 16 यहूदा, याकूब नाउँको अर्कै मानिसको छोरा; र यहूदा ईस्कारियोत, जसले पछि येशूलाई धोका दिए। 17 येशू आफ्ना चेलाहरूसँग पहाडहरूबाट तल झर्नु भयो र एउटा समतल ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको एउटा ठूलो भीड थियो। यरूशलेम र यहूदियाको क्षेत्रका र अन्य धेरै ठाउँहरू र टुरोस र सिदोन सहरहरू नजिकैका तटीय भुभागहरूबाट आएका मानिसहरूको ठूलो भीड पनि त्यहाँ थियो। 18 तिनीहरू येशूलाई सुन्‍न {सिक्नलाई} र तिनीहरूका रोगहरूबाट निको हुनलाई आएका थिए। दुष्ट आत्माहरूले सताएकाहरूलाई पनि उहाँले निको पार्नुभयो। 19 भीडमा भएका हरेकले उहाँलाई छुन खोजे, किनकि उहाँले आफ्नो शक्तिद्वारा हरेकलाई निको पार्नुभएको थियो। 20 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्नुभयो, “तिमीहरू जो गरिब छौ, यो तिमीहरूको लागि धेरै असल छ किनकि परमेश्वरले तिमीहरूमा राज्य गर्दै हुनुहुन्छ। 21 अहिले तिमी भोकाउनेहरूको निम्ति यो धेरै असल छ, किनभने परमेश्वरले तिमीहरूलाई चाहिने सबै कुरा दिनुहुनेछ। तिमी जो अहिले शोक गर्नेहरूको निम्ति यो धेरै असल छ, किनकि परमेश्वरले कुनै दिन तिमीहरूलाई आनन्दले हँसाउनु हुनेछ । 22 जब अरू मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्,यो धेरै असल छ, जब तिनीहरूले तिमीहरूलाई इन्कार र अपमान गर्छन् र भन्छन् कि तिमीहरू खराब छौ किनभने तिमीहरूले म, {मानिसको पुत्र,} लाई पछ्याउँछौ। 23 जब त्यो हुन्छ, तब आनन्दित होऊ ! उफ्र किनभने तिमीहरू धेरै खुसी छौ! याद राख कि परमेश्वरले तिमीहरूलाई स्वर्गमा ठूलो इनाम दिनुहुनेछ! यो नबिर्स कि तिमीहरूलाई यस्तो व्यवहार गर्ने मानिसहरूका पुर्खाहरूले पनि परमेश्वरका अगमवक्ताहरूलाई {अघि} यस्तै व्यवहार गरेका थिए। 24 तर तिमीहरू धनीहरूका लागि यो कति दु:खद कुरा हो। तिमीहरूले {आफ्नो धनबाट} प्राप्त गर्न लागेका सबै आरामहरू {पहिले नै} पाईसकेका छौ। 25 यो तिमीहरूको लागि कति दु:खद कुरा हो, जसले आफूलाई अहिले भोजनले तृप्त पार्न सक्छ। पछि तिमीहरू भोकाउनेछौ। अहिले हाँस्नेहरूलाई धिक्कार छ। पछि तिमीहरू धेरै दु:खी हुनेछौ। 26 यो कति दुःखद कुरा हो कि अहिले हरेकले तिमीहरूको बारेमा असल कुराहरू गर्छन् । त्यसैगरी, तिनीहरूका पुर्खाहरूले झुटो तरिकाले परमेश्वरको अगमवक्ता हुँ भनेर दावी गर्ने मानिसहरूबारे असल कुराहरू गर्थे। 27 तर तिमीहरू हरेक सुन्नेहरूलाई म यो भन्दछुः आफ्ना शत्रुहरूलाई प्रेम गर {,तिम्रा मित्रहरूलाई मात्र होईन}! तिमीहरूलाई घृणा गर्नेहरूलाई असल गर! 28 तिमीहरूलाई श्राप दिनेहरूलाई परमेश्वरबाट आशिष मागिदेऊ! तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका लागि प्रार्थना गर! 29 यदि कसैले तिम्रो एउटा गालामा हानेर {तिमीलाई अपमान गर्यो भने} तिम्रो अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो कोट लैजान चाहन्छ भने, उसलाई तिम्रो सर्ट पनि लैजान देऊ। 30 तिमीसंग माग्ने हरेकलाई देऊ।यदि कसैले तिम्रो चिजबिज लग्यो भने, उसबाट त्यो फिर्ता नमाग। 31 जस्तो व्यवहार अरूले तिमीहरूलाई गरोस् भन्ने चाहन्छौ, तिमीहरूले पनि उनीहरूलाई त्यस्तै व्यवहार गर। 32 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई {मात्र} तिमीहरू प्रेम गर्छौ भने, परमेश्वबाट तिमीहरूले इनामको आशा नगर। पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । 33 परमेश्वरबाट ईनामको आशा नगर किनकि तिमीहरूलाई असल गर्नेहरूलाई मात्र तिमीहरू असल गर्छौ। आखिर, पापीहरूले पनि त्यसै गर्छन् । 34 यदि तिमीले त्यो मानिसलाई मात्र ऋण {पैसा वा सम्पत्ति} दिन्छौ जसले तिमीलाई फिर्ता दिनेछ, भने, परमेश्वरले तिमीलाई त्यसको लागि इनाम दिनुहुनेछ भन्ने अपेक्षा नगर। पापीहरूले पनि अरू पापीहरूलाई ऋण दिन्छन् जसले तिनीहरूलाई सबै कुरा फिर्ता दिनेछन्। 35 बरु त्यसको सट्टा, आफ्ना शत्रुहरूलाई प्रेम गर! तिनीहरूको लागि राम्रो काम गर! तिनीहरूलाई ऋण देउ, र तिनीहरूबाट फिर्ता लिने आशा नगर! तब परमेश्वरले तिमीलाई ठूलो इनाम दिनुहुनेछ। र तिमीहरू सर्वोच्च परमेश्‍वरका सन्तान हुनेछौ, किनकि परमेश्वर अकृतज्ञ र दुष्ट मानिसहरूप्रति पनि दयालु हुनुहुन्छ। 36 त्यसोभए तिमीहरूले अरू मानिसहरूलाई दयालु व्यवहार गर्नुपर्छ, जसरी परमेश्वर, तिमीहरूका पिताले मानिसहरूलाई दयालु व्यवहार गर्नुहुन्छ। 37 {अरू मानिसहरूलाई } कठोर आलोचना नगर। तब परमेश्वरले तिमीहरूको कठोर आलोचना गर्नुहुने छैन। {अरू मानिसहरूलाई} दोष नलगाऊ। तब परमेश्वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुने छैन। क्षमा गर {अरूले तिमीहरूलाई गरेका गलत कामहरूको लागि}। तब परमेश्वरले तिमीहरूलाई पनि क्षमा गर्नुहुनेछ। 38 {अरूलाई} देऊ। तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। मानौं तिमीहरूसंग भएको भाँडोमा उहाँले सकेसम्म धेरै अनाज तिमीहरूलाई दिने कोसिस गर्दै हुनुहुन्छ। उहाँले अनाजलाई खाँद्नुहुनेछ। उहाँले यसलाई सँगै हल्लाऊनुहुनेछ। भरिएर नपोखिएसम्म उहाँले भाँडोमा हालिरहनुहुन्छ। त्यसैगरी जब तिमीहरूले अरूलाई दिँद्छौ, मानौें कि तिमीहरूले एउटा ठूलो उघाउने भाँडो प्रयोग गर्दैछौ, किनकि परमेश्वरले पनि त्यही नापको उघाउने भाँडो अनुसार तिमीहरूलाई दिनुहुने छ।" 39 उहाँले आफ्ना चेलाहरूलाई यो उदाहरण पनि दिनुभयो: “एक अन्धो व्यक्तिले अर्को अन्धोलाई {बाटोमा} हिँडाउने कोसिस गर्नु हुँदैन। यदि उसले यसो गर्यो भने, तिनीहरू दुवैजना {सडकको छेउमा} खाल्डोमा खस्नेछन् ! 40 चेला आफ्नो गुरु भन्दा ठूलो हुँदैन। तर गुरुबाट तालिम लिईसकेपछि ऊ आफ्नो गुरुजस्तै बन्नेछ। 41 {तिमीहरूमध्ये कसैले पनि अर्को मानिसको सानो गल्तीलाई खोतल्नु हुँदैन। तिमीहरूले आफ्नो गम्भीर गल्तीबारे चासो लिनुपर्छ।} अन्यथा, आफ्नो आँखामा ठूलो काठको मुडा नदेखेर अर्काको आँखामा सानो छेस्का देखे जस्तै हुनेछ। 42 तिमीले अर्को विश्वासीलाई, 'मित्र, म तिम्रा गल्तीहरूलाई सुधार्छु भनेर नभन', जब तिमीले आफ्नै गल्तीहरूलाई सुधार्न सकेकाछैनौ। यदि तिमीले त्यसो गर्यौ भने, तिमी एक पाखण्डी हौ! पहिले {आफ्ना पापहरू गर्न छोड। } त्यो आफ्नो आँखाबाट ठूलो मुडा हटाए {जस्तै हुनेछ}। तब परिणामस्वरुप, अरूलाई तिनीहरूको आँखामा भएका {साना साना गल्तिहरू, जस्तै} छेस्काहरू हटाउन मद्दत गर्नु पर्छ भन्ने आत्म बोध तिमीलाई हुनेछ । 43 सबैलाई थाहा छ कि स्वस्थ रूखहरूले खराब फल फलाउदैनन् र खराब रूखहरूले असल फल दिँदैन। 44 मानिस भित्र कस्तो छ भन्ने कुरा उसले गर्ने कामहरूबाट तिमीले भन्न सक्छौ । {त्यसोभए तिमीहरूलाई थाहा छ तिनीहरूबाट के आशा गर्ने। खराब काम गर्ने मानिसबाट करुणा वा असल सल्लाह नखोज।} त्यो काँडाको बोटमा नेभारा वा काँडाको झ्याङमा अङ्गुरहरू खोज्नु जस्तै हुन्छ। 45 असल मानिसहरूले असल काम गर्छन् किनभने तिनीहरू असल कुराहरू सोच्छन्। दुष्ट मानिसहरूले दुष्ट कामहरू गर्छन् किनभने तिनीहरूले खराब कुराहरू सोच्छन्। किनभने मानिसहरूले तिनीहरूको सोचाईको आधारमा बोल्छन् र व्यवहार गर्छन्। 46 {येशूले मानिसहरूलाई भन्‍नुभयो,} “मैले तिमीहरूलाई भनेको कुराहरू तिमीहरूले पालन गर्दैनौ भने तिमीहरू मलाई किन ‘प्रभु’ भन्‍छौ? 47 म कहाँ आउने, मेरो शिक्षा सुन्ने र तिनलाई पालन गर्ने मानिसहरू कस्ता छन् भन्ने कुरा म तिमीहरूलाई बताउँछु। 48 त्यस्ता मानिसहरू, आफ्नो घर निर्माणकोलागि जमिनमा गहिरो जग तयार पारेको मानिस जस्तै हो जसले बलियो चट्टानमाथि जग { घरकोलागि} निर्माण गर्न निश्चय गरे। त्यसपछि त्यहाँ बाढी आयो। तब आँधिले घरलाई हान्यो । तर त्यसलाई भत्काउन सकेन, किनभने त्यो मानिसले घरलाई एउटा बलियो जगमा बनाएको थियो। 49 तर केही मानिसहरूले मेरो शिक्षा सुनेर पालन गर्दैनन्। तिनीहरू ती मानिसजस्ता हुन् जसले पहिला जग नखनिकनै जमिनमाथि घर बनाए। जब बाढी आयो, तुरुन्तै त्यो भत्कियो । बाढीले त्यो घर पूरै सर्वनाश पार्यो।”

Chapter 7

1 सुनिरहेका मानिसहरूलाई यी सबैकुराहरू येशूले भनिसके पछि उहाँ कफर्नहुममा फर्कनु भयो। 2 त्यस सहरमा रोमी सेनामा एक जना कप्तान थिए उनका एकजना प्रिय नोकर थिए। त्यो नोकर यति बिरामी थियो कि उ मर्नै लागेको थियो। 3 जब कप्तानले येशूको बारेमा सुने, तब उनले येशूकहाँ केही यहूदी एल्डरहरूलाई उहाँलाई आउन र आफ्नो नोकरलाई निको पार्न अनुरोध गर्न पठाए। 4 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँलाई (कप्तानको नोकरलाई मद्दत गर्न) गम्भीरताका साथ अनुरोध गरे। तिनीहरूले भने, उनी तपाईंको सहायता पाउन योग्यका छन् , 5 किनभने उनले हाम्रा मानिसहरूलाई प्रेम गर्छन् र उनले हामीहरूको निम्ति हाम्रो सभाघर बनाईदिएका छन्।” 6 यसकारण येशू तिनीहरूसँगै {कप्तानको घरमा} जानुभयो। जब उहाँ लगभग त्यहाँ पुग्नुभयो, कप्तानले येशूलाई यो सन्देश दिन केही साथीहरूलाई पठाए: "प्रभु, यहाँ आउने दुःख नउठाउनुहोस्, किनकि तपाईंंलाई मेरो घरमा बोलाउनको निम्ति म योग्यको छैन। 7 त्यसैकारणले गर्दा म व्यक्तिगत रूपमा तपाईंंकहाँ आउन आफू योग्य छु जस्तो लागेन। मलाई थाहा थियो कि तपाईंंले बोलिदिए मात्र मेरो प्यारो नोकर {आज्ञा} निको हुनसक्थ्यो। 8 {मलाई थाहा छ कि तपाईंंले यो गर्न सक्नुहुन्छ} किनकि म आफै एक व्यक्ति हुँ जसले मेरो उच्च अधिकारीहरूको आदेश पालना गर्नैपर्छ। मसँग सिपाहीहरू पनि छन् तिनीहरूले मेरो आदेश पालन गर्नै पर्छ। जब म ती मध्ये एकजनालाई भन्छु, ‘जाउ!’ ऊ जान्छ। जब म अर्कोलाई भन्छु, 'आऊ!' ऊ आउँछ। जब म मेरो नोकरलाई, यसो गर भन्छु! उसले गर्छ।" 9 जब येशूले अधिकारीले भनेको कुरा सुन्नुभयो, उहाँ तिनलाई देखेर आश्चर्यचकित हुनुभयो। त्यसपछि उहाँ भीडतर्फ फर्किएर भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यो अन्यजातिले जति मलाई विश्वास गर्ने ईस्राएलीहरूमा मैले कोही पनि भेटेको छैन!” 10 जब कप्तानको तर्फबाट आएका साथीहरू तिनको घरमा फर्के, तिनीहरूले नोकरलाई फेरि स्वास्थ्य भएको पाए। 11 त्यसको केही समयपछि येशू नैन सहरमा जानुभयो। उहाँका चेलाहरू र ठूलो भीड उहाँसँगै गए। 12 जब येशू सहरको मूलढोका नजिक आउनुभयो, उहाँले एउटा ठूलो भीडलाई सहरबाट बाहिर निस्केको देख्नुभयो। एउटा मानिसको भर्खरै मृत्यु भएको थियो, र तिनीहरूले त्यसलाई गाड्न लिएर जाँदै थिए। भीडमा त्यसकी आमा थिइन् । तिनी विधुवा थिइन्, र उ तिनको एक मात्र छोरा थिए। {तिनले जीवित हुँदा तिनको हेरचाह गर्थे।} 13 जब येशूले तिनलाई देख्नुभयो, उहाँलाई तिनीमाथि दया लाग्यो र तिनलाई भन्नुभयो, “नरोऊ!” 14 त्यसपछि उहाँ {तिनीहरूको} नजिक आउनुभयो र अरथी छुनुभयो {जसमा लास सुताईएको थियो}। {अरथी} बोकेका मानिसहरू टक्क अडिए। उहाँले भन्नुभयो, “हे जवान, म तिमीलाई भन्छु, उठ!” 15 त्यसपछि त्यो मरेको मान्छे उठ्यो र बोल्न थाल्यो! अनि येशूले उसलाई उसकी आमाकहाँ लैजानुभयो। 16 त्यहाँ भएका सबैजना भयभित भए। तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र {आपसमा} भने, “हाम्रो बीचमा एक महान् अगमवक्ता आउनुभएको छ!” र "परमेश्वर आफ्ना मानिसहरूको हेरचाह गर्न आउनुभएको छ!" 17 तब येशूको विषयको यो खबर {जे} {गर्नु भएको थियो} यहूदियाभरि र वरपरका अन्य सबै क्षेत्रहरूमा फैलियो। 18 बप्तिस्मा दिने यूहन्नाका चेलाहरूले उनलाई {बप्तिस्मा दिने यूहन्ना} यी सबै कुराहरू बताए। 19 "त्यसैले यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाए र तिनीहरूलाई प्रभुकहाँ गएर उहाँलाई सोध्न भने: “आउनेवाला के तपाईं नै हुनुहुन्छ जसलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो वा हामीले अरू कसैको प्रतीक्षा गरौ? 19 "त्यसैले यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाए र तिनीहरूलाई प्रभुकहाँ गएर उहाँलाई सोध्न भने: “आउनेवाला के तपाईं नै हुनुहुन्छ जसलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो वा हामीले अरू कसैको प्रतीक्षा गरौ? 20 जब ती दुई जना येशूकहाँ आए, तिनीहरूले उहाँलाई भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई तपाईंलाई सोध्न पठाउनुभएको हो, ‘ आउनेवाला के तपाईंं नै हुनुहुन्छ जसलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो? वा हामी अरू कसैको प्रतिक्षा गरौं?'' 21 त्यसै समयमा येशूले धेरै मानिसहरूलाई बिमारीहरूबाट र गम्भीर रोगहरूबाट निको पार्नुभएको थियो, र उहाँले तिनीहरूलाई दुष्ट आत्माहरूबाट छुटकारा दिनुभएको थियो। उहाँले धेरै अन्धाहरूलाई फेरि पनि देख्न सक्ने क्षमता दिनुभयो। 22 त्यसैले उहाँले ती दुई जना मानिसहरूलाई जवाफ दिनुभयो, “फर्केर जाओ र यूहन्‍नालाई जे तिमीहरूले देख्यौ र सुन्यौ बताईदेओ। अन्धाहरूले अहिले देखिरहेका छन् । लङ्गडाहरू अहिले हिँडिरहेका छन्। चर्म रोगीहरूमा अब ती रोगहरू छैनन्। बहिराहरूले अब सुन्न सक्छन्। मरेका मानिसहरू फेरि जीवित भएका छन्। म गरिब मानिसहरूलाई सुसमाचार घोषणा गर्दैछु।” 23 {र उनलाई यो पनि भनिदेऊ,} जसले मैले भनेको कुरामा {मैले गरेका कुराहरू देख्छ र मैले सिकाए कुराहरू सुन्छ} र निरन्तर विश्वास गर्छ त्यसलाई परमेश्वरले आशिष दिनुहुन्छ।" 24 जब यूहन्नाले पठाएका मानिसहरू गए, येशूले यूहन्नाको बारेमा मानिसहरूको भीडलाई बताउन थाल्नुभयो। उहाँले भन्नुभयो, “तिमी उजाडस्थानमा के हेर्न गयौ ? हावाले हल्लाएको बिरुवाको पातलो डाँठ? 25 के हेर्न तिमीहरू बाहिर निस्कियौ ? आकर्षक लुगा लगाएको मान्छे? सुन, जसले सानदार लुगाहरू लगाउँछन् र जससँग सबै उत्तम कुराहरू छन् , तिनीहरू राजाको महलमा बस्छन्। 26 त्यसोभए बाहिर तिमीहरू के हेर्न निस्कियौ? एक अगमवक्तालाई? हो {,यूहन्ना तिनी नै हुन्}! तर म तिमीलाई भन्छु कि यूहन्ना एक सामान्य अगमवक्ता भन्दा धेरै महत्त्वपूर्ण छन्। 27 उनी नै हुन् जसको बारेमा अगमवक्ताले धेरै पहिले लेखेका थिए: ‘हेर, म मेरो दूतलाई तिम्रो अगाडि पठाउँदैछु। उसले तिम्रो आगमनको लागि मानिसहरूलाई तयार पार्नेछ।' 28 म तिमीहरूलाई भन्दछु कि अहिलेसम्म बाँचेका सबै मानिसहरूमध्ये यूहन्ना भन्दा महान कोही पनि छैन। तरैपनि सबैभन्दा तुच्छ मानिस भएता पनि उनीहरूको जीवनमा परमेश्वरले राज्य गरिरहनुभएको छ भने तिनीहरू यूहन्ना भन्दा पनि महान छन्। 29 यूहन्नाले बप्तिस्मा दिएका सबै मानिसहरूले, जब येशूले भन्नुभएको कुरा सुने - कर उठाउनेहरू सहित - तिनीहरू सहमत भए कि परमेश्वरले ठीक काम गर्नुभएको थियो {यूहन्नालाई पठाएर}। 30 तर यूहन्नाले बप्तिस्मा नदिएका फरिसीहरू र यहूदी व्यवस्थाका विज्ञहरूले तिनीहरूको लागि परमेश्वरको इच्छालाई अस्वीकार गरे। 31 तब येशूले पनि भन्नुभयो, “म तिमीहरूलाई भन्‍नेछु} यो समयमा बाँचिरहेका तिमीहरू यस्ता छौ। 32 तिमीहरू खुला ठाउँमा खेलहरू खेल्ने बालकहरू जस्तै छौ। तिनीहरूले एक-अर्कालाई पुकार्दै यसो भने, ‘हामीले तिमीहरूका लागि बाँसुरीमा खुसीको संगित बजायौं, तर तिमीहरू नाचेनौ! त्यसपछि हामीले तिम्रो लागि मृत्युको शोकको गीत गायौं, तर तिमीहरू रोएनौ!’ 33 त्यसै गरी, जब यूहन्ना तिमीहरूकहाँ आए र साधारण खाना खाएनन् वा दाखमद्य पिएनन्, तिमीहरूले उनलाई {अस्वीकार गर्यौ र} भन्यौ, यिनलाई 'एक भूतले नियन्त्रण गरिरहेको छ !' 34 तर जब मानिसको पुत्र तिमीहरूकहाँ आयो र उसले {साधारण} खाना खायो र अरूहरूले जस्तै दाखमद्य पियो, तब तिमीहरूले उसलाई {अस्वीकार गर्‍यौ र} भन्‍यौ, ‘हेर! यो मानिस घिचुवा छ, धेरै दाखमद्य पिउँछ, र कर उठाउनेहरू र अन्य पापीहरूसँग संगत गर्छ! 35 तर बुद्धिमानीहरू आफैले यूहन्ना र मैले गरेका कार्यहरू पनि बुद्धिमान हो भनी चिन्दछन् ।" 36 एक दिन सिमोन नाम गरेका एक फरिसीले येशूलाई उनीसंग भोजनको गर्नको निम्ती निमन्त्रणा दिए। त्यसैले येशू ती मानिसको घरमा जानुभयो र एउटा टेबुलमा खाना खानलाई बस्नुभयो। 37 त्यस सहरमा एउटी बदनामी स्त्री पनि थिइन्। येशू फरिसीको घरमा खाँदै हुनुहुन्छ भनी जब तिनले सुनिन्, अत्तरले भरिएको ढुङ्गाको एउटा भाडो लिएर {तिनी त्यहाँ गईन्}। 38 {जब येशू खाना खान बसिरहनु भएको थियो, ती स्त्री उहाँको पछाडि उहाँको चरणमा उभिरहेकी थिईन।} तिनी रोइरहेकी थिइन्, र तिनका आँसु येशूको पाउमा खसे। उहाँका पाउमा अत्तर लगाउँदै तिनले आफ्नो कपालले उहाँको पाउ पुछ्दै, चुम्बन गरिरहिन्। 39 जब येशूलाई निम्तो दिएका ती फरिसीले {स्त्रीले के गरिरहेकी थिइन्}, त्यो देखेपछि उनले सोचे, “यदि यी मानिस साँच्चै अगमवक्ता भएको भए, तिनलाई छुने यो स्त्री को हो भनेर यिनले थाहा पाउने थिए। यिनलाई थाहा हुने थियो कि यो स्त्री कस्तो व्यक्ति हो भनेर , कि यो एक पापी स्त्री हो।" 40 जवाफमा, येशूले उसलाई भन्नुभयो, "सिमोन, म तिमीलाई केही भन्न चाहन्छु।" उहाँले जवाफ दिनुभयो, "गुरुज्यू, के होला त्यो?" 41 {येशूले तिनलाई यो कथा भन्नुभयो:} एक जना साहुबाट दुईजना मानिसहरूले ऋण लिएका थिए । एकजनाले ५०० चाँदिका सिक्काहरू ऋण लिएका थिए। अर्को ले ५० चाँदिका सिक्का ऋण लिएका थिए। 42 दुबैजनाले साहुलाई ऋण फिर्ता गर्न सकेनन्, त्यसैले साहुले अति दयाभावले ती दुवैले केही पनि फिर्ता गर्नु पर्दैन भनिदिए। त्यसैले, यी दुई मध्ये कुन चाहिँलाई उनले बढि प्रेम गर्नेछ ?" 43 सिमोनले जवाफ दिए, "मलाई लाग्छ जसले ठूलो रकम लिएको थियो तिनलाई उनले बढि प्रेम गरे।" येशूले तिनलाई भन्नु भयो,तिमीले ठिक भन्यौ।" 44 त्यसपछि उहाँ ती स्त्रीतर्फ फर्केर सिमोनलाई भन्नुभयो, “यी स्त्रीले के गरिन्‌, विचार गर! जब म तिम्रो घरमा प्रवेश गरें, { प्राय पाहुनाहरूलाई घरको मानिसले गरिने स्वागत पूर्ण व्यवहार तिमीले गरेनौ।} तिमीले मलाई मेरो पाउ धुने पानी दिएनौ। तर यी स्त्रीले मेरो पाउ आफ्नो आँसुले धोएर आफ्नो कपालले पुछिन्! 45 तिमीले मलाई चुम्बनले अभिवादन गरेनौ। तर म भित्र आएको क्षणदेखि, यिनले मेरो पाउ चुम्बन गर्न छोडेकी छैन! 46 तिमीले मेरो शिर जैतूनको तेलले अभिषेक गरेनौ, तर यिनले मेरो पाउ सुगन्धित अत्तरले अभिषेक गरेकि छिन्। 47 त्यसैले म तिमीलाई भन्छु कि परमेश्वरले तिनका धेरै पापहरू क्षमा गरिदिनुभएको छ, र त्यसकारण तिनले मलाई धेरै प्रेम गर्छिन्। तर परमेश्वरले आफूलाई केही पापहरूका लागि मात्र क्षमा गरिदिनुभएको छ भनी सोच्ने व्यक्तिले मलाई थोरै मात्र प्रेम गर्ने छ।” 48 तब येशूले स्त्रीलाई भन्नुभयो, "मैले तिम्रा पापहरू क्षमा गरेको छु।" 49 तब उहाँसँग खाना खानेहरूले आपसमा भने, “यो मानिस को हो जसले पाप क्षमा गर्न सक्छु भनी भन्छ?” 50 तर येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिमीले ममाथि विश्वास गरेको कारणले परमेश्वरले तिमीलाई बचाउनुभएको छ। जाऊ परमेश्वरले तिमीलाई शान्ति देऊन् !”

Chapter 8

1 त्यस पछि, येशू र उहाँका बाह्र जना चेलाहरू विभिन्न सहरहरू र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरू जाँदा, येशूले मानिसहरूलाई प्रचार गर्नुभयो, तिनीहरूलाई सुसमाचार सुनाउनुभयो कि तिनीहरूले आफ्नो जीवनमा परमेश्वरले राज्य गर्न सक्नुहुन्छ। 2 उहाँसंगै दुष्ट आत्माहरूबाट छुटकारा पाएका र बिमारीहरूबाट चंगाई पाएका थुप्रै स्त्रीहरू पनि गएका थिए। जसमा मग्देलाको गाँउबाट मरियम समावेस थिईन। उनीबाट येशूले ७वटा दुष्टआत्माहरू निकाल्नु भएको थियो। 3 {तिनीहरूमा अर्की स्त्री} योअन्ना थिईन्। तिनी खुजासकी पत्नी, जो राजा हेरोदका व्यवस्तापक थिए।{यी स्त्रीहरू पनि थिए} सुसन्ना र अरू धेरै। येशू र उहाँका चेलाहरूलाई सहयोग गर्न तिनीहरूले आफ्नो पैसाले प्रयोग गरे। 4 एक दिन एउटा ठूलो भीड जम्मा भयो। येशूलाई हेर्न बिभिन्न सहरहरूबाट मानिसहरू आए। उहाँले तिनीहरूलाई यो कथा भन्नु भयोः 5 एक जना किसान केही अन्नका बिउहरू रोप्न निस्कियो। जब उसले बिउ छर्दै थियो, केही बिउहरू माटोमा परे, केही बिउहरू कडा बाटोतिर परे। मानिसहरूले कुल्चिदिए र चराहरूले आएर ती सबै खाइदिए। 6 केही बिउहरू {माटोको सतह; चट्टानमाथि} परे। उम्रने बितिक्कै तिनीहरूको जरा चट्टानबाट छिरेर ओसिलो जमिनमा पुग्ननसकेको कारणले तिनीहरू सुकिहाले। 7 केही बिउहरू जमिनमा परे जहाँ काँडाका बोटहरूले आफ्नै बिउ छोडेका थिए। नयाँ काँडाका बिरुवाहरू कलिला बिरुवाहरूसँगै हुर्किए। {बलिया} काँडाहरूको झ्याङले ती अन्नका बिरुवाहरूलाई गाँजेको कारणले बिरुवाहरू राम्रोसँग बढ्न सकेनन् । 8 तर केही अन्नका बीँउहरू मलिलो माटोमा परे। तिनीहरू यति राम्रोसँग बढे कि तिनीहरूले एक सय गुणा धेरै बिउ भएको बाली उत्पादन गरे। यी कुराहरू भनीसकेपछि, येशूले भीडलाई बोलाउनुभयो, "मैले भर्खरै तिमीहरूलाई सुनाएका कुराहरूबारे तिमीहरूले राम्रोसंग सोच्नुपर्छ!" 9 तब येशूका चेलाहरूले उहाँलाई सोधे, “यो कथाको अर्थ के हो?” 10 अनि उहाँले भन्नुभयो, “परमेश्‍वरले राजा भएर राज्य गर्नुहुने छ भन्ने बारे लुकेका रहस्यहरू थाहा पाउने अवसर तिमीहरूलाई दिनुभएको छ। तर अरू सबैसँग दृष्टान्तमा मात्र म बोल्छु, ताकि 'तिनीहरूले देखेर पनि थाहा नपाऊन्, सुनेर पनि तिनीहरूले नबुझून्‌। 11 अब, यो कथाको अर्थ यही हो: मानिसहरूले परमेश्वरलाई बुझेकोहोस् भन्ने कुरालाई बिउहरूले प्रतिनिधित्व गर्छ। 12 बाटोमा परेका बिउहरूले यो देखाउँछन् कि जब मानिसहरूले परमेश्वरको वचनलाई प्रष्टै बुझ्छन्। यसले शैतानलाई तिनीहरूको हृदयबाट त्यो वचन खोसेर लैजान सजिलो बनाऊँछ। परिणास्वरुप, तिनीहरूले यसलाई विश्वास गर्दैनन्, र परमेश्वरले तिनीहरूलाई उद्धार गर्नु हुन्न। 13 ढुङ्गेनी जमिनमा परेका बिउहरू {के हुन्छ जब } मानिसहरूले परमेश्‍वरको वचनलाई सुन्‍छन् र आनन्दसाथ ग्रहण गर्छन् भन्ने कुराहरूलाई देखाउँछन्, तर तिनीहरूले आफूलाई गम्भीरतापूर्वक लिंदैनन्। तिनीहरूले छोटो समयको लागि मात्र विश्वास गर्छन्। अप्ठ्यारो परिस्थिति आउने बित्तिकै तिनीहरूले परमेश्वरमा भरोसा गर्न छोड्छन्। 14 काँडाका बोटहरूको बिचमा परेका बिउहरू {के हुन्छ जब अरूहरू} ती मानिसहरूको प्रतिनिधित्व गर्छ जसले परमेश्वरको वचन सुन्छन्, तर तिनीहरू जीवन जिउने क्रममा , तिनीहरूले चिन्ताहरू,धनसम्पत्तिहरू, र जीवनको सुखविलासले तिनीहरूको ध्यानलाई खिँच्न अनुमति दिन्छन्। फलस्वरुप, तिनीहरू आत्मिकरुपले परिपक्क हुँदैनन्। 15 तर मलिलो माटोमा पर्ने बिउहरू { के हुन्छ जब } ती मानिसहरूलाई प्रतिनिधित्व गर्छ जसले परमेश्वरको बारेमा वचन सुन्छन् र ईमानदारितासाथ स्वीकार गर्छन् । तिनीहरूले दृढ प्रतिबद्धता गर्छन्, किनभने तिनीहरूले यो प्रतिबद्धता कायम राख्छन् , तिनीहरू आत्मिकरुपले परिपक्व हुन्छन्। 16 यस बारे सोच। मानिसहरूले दियो बालेर टोकरीले छोप्दैनन्। ओछ्यानमुनि राख्दैनन्। बरु, तिनीहरूले यसलाई एउटा सामदानमाथि राख्छन् । त्यसरीनै कोठा भित्र छिर्ने जो कोही पनि यसको उज्यालोद्वारा देखिन्छन् । 17 यसले यो देखाउँछ कि कुनै दिन अहिले लुकेका सबै कुरा हरेकले देख्ने छन् । र कुनै दिन अहिले गुप्तमा रहेका सबैकुराहरू मानिसहरूले खुल्मखुल्ला देख्ने छन् । 18 त्यसैले निश्चित रहो कि तिमीहरूले ध्यान दिएर सुन्दै छौ { मैले जे भनिरहेको छु} किनभने यदि कसैले परमेश्वरको सत्यतालाई विश्वास गर्छ भने परमेश्वरले उसलाई अझ बुझ्न सक्ने बनाउनुहुन्छ। तर यदि कसैले परमेश्वरको सत्यतालाई विश्वास गर्दैन भने उसले बुझेको जस्तो गरेको कुराहरूलाई परमेश्वरले उसलाई {अतिकति} पनि बुझ्न नसक्ने बनाउनुहुनेछ। 19 एक दिन येशूकीआमा र उहाँका भाईहरू उहाँलाई हेर्न आए, तर उहाँको वरिपरि, उहाँ भएको घरमा {एकदम ठूलो} भीड भएको कारणले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् 20 तब मानिसहरूले उहाँलाई भनेः तपाईंकी आमा र भाइहरू तपाईंलाई हेर्नकोलागि बाहिर पर्खिरहेकाछन्, " 21 तर उहाँले तिनीहरूलाई जबाफ दिनु भयो, "परमेश्वरको वचन सुन्ने र यसलाई पालन गर्नेहरू सबै मेरी आमा र मेरा भाईहरू जत्तिकै मलाई प्रिय छन् ।" 22 अर्को दिन येशू आफ्ना चेलाहरूसंग डुङ्गामा जाँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नु भयो, "म चाहन्छु कि हामी तालको अर्को पट्टि जाउँ।" अत: उनीहरू ताल पार गर्न थाले। 23 उनीहरू पारगर्दै थिए, येशू निदाउनु भयो। तब त्यतिबेला तालमा एउटा ठूलो आँधी आउन थाल्यो। छिट्टैनै डुङ्गा पानीले भरिन थाल्यो, र उनीहरू खतरामा परे 24 येशूका चेलाहरू उहाँलाई उठाउन भनी आए। तिनीहरूले उहाँलाई भने, "गुरुज्यू! गुरुज्यू! हामी मर्नै लागेका छौं!" उहाँ उठेर बतास र प्रचन्ड छालहरूलाई हप्काउनु भयो। बतास शान्त भयो, छालले डुङ्गालाई हिर्काउन छाड्यो, र सबैकुरा शान्त भयो। 25 तब उहाँले तिनीहरूलाई भन्नु भयो, "तिमीहरूले यस्तो गर्यौ मानौं तिमीहरूसंग विश्वास नै थिएन!" तब चेलाहरू {घटना देखेर} भयभीत र आश्चर्यचकित भए। तिनीहरूले एकअर्कासंग भनिरहे, "येशू को हुनसक्नुहुन्छ? उहाँले बतास र छालहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा पालन गर्छन् ।" 26 येशू र उहाँका चेलाहरू निरन्तर जहाजमा यात्रा गरिरहे र गेरासेनसका मानिसहरू बस्ने क्षेत्रमा आईपुगे। यो गालील जिल्लाबाट तालको विपरित तर्फ थियो। 27 जब येशू डुङ्गाबाट जमिनमा आउनुभयो, त्यसै क्षेत्रको सहरबाट एकजना मानिसले उहाँलाई भेट्यो। यस मानिसमा भूतहरू थिए। लामो समयदेखि यो मानिसले लुगा लगाएको थिएन र घरमा बसेको थिएन। बरु, उ लास गाड्ने गुफाहरूमा बस्थ्यो । 28 जब त्यो मानिसले येशूलाई देख्यो, उ चिच्यायो र उहाँको सामुन्ने घोप्टो पर्यो। उसले कराएर भन्यो, “सर्वोच्च परमेश्वरको पुत्र येशू, तपाईं म बाट के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्छु, मलाई नसताउनुहोस! ” 29 { मानिसले यसो भन्यो किनकि} येशूले भर्खरै त्यो मानिसबाट दुष्ट आत्मालाई बाहिर निस्केर जाने आज्ञा दिनुभएको थियो। विगतमा मानिसहरूले त्यसलाई साङ्लाले र नेलले बाँधेर नजिकबाट नियालिरहेका थिए। तरैपनि, धेरै पटक दुष्ट आत्माले उसलाई अचानक बलजफति पक्रन्थ्यो। त्यसपछि त्यो मानिस साङलाहरूबाट मुक्त हुन्थ्यो, र भूतले उसलाई सुनसान ठाउँहरूमा लैजान्थ्यो। 30 तब येशूले उसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” भूतले जवाफ दियो, "{मेरो नाम} हजारौं हो।" उसले यो यसकारणले भन्यो किनकि उसमा धेरै भूतहरू प्रवेश गरेका थिए। 31 परमेश्वरले भूतहरूलाई दण्ड दिने ठाउँमा तिनीहरूलाई नपठाईदिनुहुनको निम्ति भूतहरूले येशूलाई बिन्ती गरिरहे। 32 नजिकै पहाडतिर सुंगुरको ठूलो बथान चरिरहेको थियो। भूतहरूले सुंगुर भित्र पस्ने अनुमति येशूसंग मागे र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। 33 तब भूतहरूले त्यस मानिसलाई छाडिदिएर सुंगुरहरू भित्र प्रवेश गरे, र सुंगुरको बथान भिरालो किनार हुँदै हुर्रिंदै तालमा हामफाले र डुबे। 34 जब सुँगुरहरूको हेरचाह गर्नेहरूले के भएको हो देखे,र तिनीहरू भागे! तिनीहरूले आफू वरपर बस्ने सबै मानिसहरूलाई आफूले देखेको कुरा बताए। 35 त्यसपछि मानिसहरू के भएको थियो हेर्न बाहिर गए। जब तिनीहरू येशू भएको ठाउँमा आए, तिनीहरूले भूतबाट छुटकारा पाएको त्यो मानिसलाई देखे। त्यो मानिस येशूको पाउनीर बसिरहेको थियो। तिनीहरूले देखे कि उसले लुगा लगाएको थियो र उसको दिमाग फेरि सामान्य अबस्थामा थियो। {येशू कत्ति शक्तिशाली हुनुहुन्‍छ भन्ने कुरा तिनीहरूले बुझे, र तिनीहरू डराए। 36 भर्खरै आउने मानिसहरूलाई के भएको थियो त्यो देख्नेहरूले भने कि कसरी भूतहरूबाट नियन्त्रित भएको मानिसलाई येशूले उद्धार गर्नु भएको थियो। 37 तब गेरासेनसमा बस्ने मानिसहरूले येशूलाई त्यो ठाउँ छोड्नलाई भने , किनकि तिनीहरू धेरै डराएका थिए। त्यसैले येशू र उहाँका चेलाहरू तालबाट पारि तर्नलाई डुङगामा चढे। 38 तिनीहरूले छाड्नु अगाडि भूतबाट छुटकारा पाएको मानिसले येशूलाई यसो भन्दै बिन्ती गर्यो, "कृपया, मलाई पनि तपाईंसंगै जान दिनुहोस्!" तर त्यसको सट्टा, येशूले यसो भन्दै त्यसलाई पठाउनु भयो, 39 होईन, तिम्रो घर जाऊ{सबैलाई} भन परमेश्वरले तिम्रोलागि कति ठूलो काम गर्नु भयो!"तब त्यो मानिस गयो र त्यो सहरभरिका सबै मानिसहरूलाई येशूले उसलाई गर्नु भएको कुरा बतायो। 40 र जब येशू र उहाँका चेलाहरू ताल पार गरेर कफर्नहुममा आईपुगे, एउटा ठूलोभीडले उहाँहरूलाई स्वागत गर्यो। तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए। 41 त्यति नै बेला याईरस नाम गरेको एकजना मानिस, येशूको नजिक आए, जो सभाघरका अगुवाहरू मध्येका एक अगुवा थिए। र तिनी येशूको अघि शिर झुकाउँदै उनको घरमा आउनलाई उहाँलाई बिन्ती गरे। 42 उनले यो यसकारण गरे किनभने उनकि एउटै मात्र छोरी थिईन्, जो लगभग १२ वर्षकी थिइन्, र तिनी मर्दै थिइन्। {येशूले तिनलाई निको पारेको उनी चाहन्थे।} अब येशू {तिनीसँग} जानुभयो, उहाँको वरिपरि धेरै मानिसहरूको भीड थियो।

43 अब भीडमा एउटी स्त्री थिइन् जो १२ वर्षदेखि लगातार रगत बग्ने रोगबाट पीडित थिइन्। तिनले आफ्नो सबै पैसा डाक्टरहरूलाई उपचारकोलागि खर्च गरिसकेकि थिईन्, तर तिनीहरूमध्ये कसैले पनि तिनलाई निको पार्न सकेनन्। 44 तिनी येशूको पछाडिबाट आइन् र उहाँको लुगाको छेउमा छोइन्। उत्तिखेरै तिनको रगत बग्न रोकियो । 45 येशूले भने, "मलाई कसले छोयो?" (येशू वरपरका) सबैले भने कि उनीहरूले उहाँलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यू, तपाईंंको वरिपरि धेरै मानिसहरूको भीड छ र तपाईंलाई ठेलाठेल गरिरहेका छन्। {त्यसैले तिनीहरूमध्ये कसैले तपाईंंलाई छोएको हुन सक्छ!}” 46 तर येशूले भन्नुभयो, "मलाई थाहा छ कि कसैले मलाई { जानी जानी} छोयो, किनकि मबाट शक्ति निस्किएको छ {त्यो व्यक्तिलाई निको पार्न}। 47 त्यसपछि ती स्त्रीले आफू लुक्न नसक्ने महसुस गरिन् । तिनी काँप्दै येशूकहाँ आइन् र उहाँको सामु भुइँमा {आदरपुर्वक} घोप्टो परिन्। जसरी अरू मानिसहरूले सुन्दै थिए, तिनले येशूलाई किन छोइन् र कसरी तिनी तुरुन्तै निको भइन् तिनले वर्णन गरिन्। 48 अनि येशूले तिनलाई भन्नुभयो, “मेरी प्यारी नारी, {मैले तिमीलाई निको पार्न सक्छु भन्ने कुरा} तिमीले विश्वास गरेको कारणले, अब तिमी निको भएकिछ्यौ। अब आफ्‍नो बाटो लाग, र परमेश्‍वरको शान्‍ति तिम्रोसाथ रहोस्।” 49 जब येशू अझै (स्त्रीसँग) बोल्दै हुनुहुन्थ्यो, याइरसको घरबाट एकजना मानिस आएर याइरसलाई भने, "तिम्री छोरी मरिसकी। त्यसैले गुरुको अरू धेरै समय नलेऊ।" 50 तर जब येशूले त्यो सुन्नुभयो, उहाँले याइरसलाई भन्नुभयो, “नडराऊ। केवल {मलाई} विश्वास गर, र उनी फेरि जीवित हुनेछिन्। 51 जब उहाँ घर बाहिर आउनु भयो, येशूले पत्रुस, यूहन्ना र याकुब, र बालिकाका आमा र बुबालाई बाहेक कसैलाई उहाँसँग घर भित्र आउन दिनुभएन। 52 बालिका मरेको कारण सबै मानिसहरू चर्को सोरले बिलौना गरिरहेका थिए। तर येशूले तिनीहरूलाई भन्नु भयो, "नरोओ! तिनी मरेकी छैनन्, तिनी सुतेकि मात्र छे !" 53 र मानिसहरू उहाँमाथि हाँसे किनभने तिनीहरूलाई थाहा थियो कि बालिका मरेकी थिईन्। 54 तर येशूले तिनलाई हातमा लिनु भयो र बेलाउनु भयो { तिनलाई}, यसो भन्दै, "नानी उठ!" 55 र उत्तिखेरै तिनी जिवित भईन् र उठिन् । येशूले तिनीहरूलाई तिनलाई केही खान दिन भन्नु भयो। 56 र तिनका आमा बुबा अचम्मित भए, तर येशूले, जे भएको थियो त्यो कसैलाई {अझैसम्म} नभन्नू भनेर तिनीहरूलाई भन्नु भयो।

Chapter 9

1 त्यसपछि येशूले आफ्ना बाह्र प्रेरितहरूलाई बोलाउनुभयो र तिनीहरूलाई सबै प्रकारका भूतहरू धपाउने र {मानिसहरूका} रोगहरू निको पार्ने अधिकार र शक्ति दिनुभयो। 2 परमेश्वरले कसरी राजाको रूपमा राज्य गर्नुहुनेछ भन्ने {बारे सुसमाचार} सुनाउन उहाँले तिनीहरूलाई पठाउनुभयो। उहाँले तिनीहरूलाई बिरामीहरूलाई निको पार्न भन्नुभयो। 3 {तिनीहरू जानुअघि} उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको यात्रामा केही पनि साथमा नलैजाओ। टेक्ने लठ्ठी वा यात्रीको झोला वा रोटी वा पैसा नलैजाओ। अतिरिक्क लुगाहरू नबोक। 4 जुन जुन घरमा तिमीहरू पस्छौ, त्यो क्षेत्रबाट ननिस्केसम्म त्यहि घरमा बसिराख। 5 यदि कुनै सहरका मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, तिमीहरू त्यहाँ नबस। बरु, त्यो सहर छाडिदेओ र जाँदा जादै तिमीहरूको खुट्टाको धूलो टक्कटकाईदेओ। त्यो तिनीहरूको लागि {तिमीहरूलाई अस्वीकार गरेको} चेतावनी हुनेछ । 6 त्यसपछि येशूका चेलाहरू गए र धेरै गाउँहरूमा यात्रा गरे। तिनीहरू जहाँ-जहाँ गए, तिनीहरूले मानिसहरूलाई परमेश्वरको सुसमाचार प्रचार गरे, र बिरामीहरूलाई निको पारे। 7 गालील जिल्लाका शासक हेरोदले भईरहेको सबै कुरा बारे सुने र तिनी अलमल्लमा परे। केही मानिसहरूले बप्तिस्मा दिने यूहन्ना फेरि जीवित भएकाछन् भनेर भनिरहेका थिए। 8 अरू मानिसहरूले एलिया अगमवक्ता फेरि देखा परेका छन् भनी भनिरहेका थिए। अझै अरूहरूले भनिरहेका थिए कि धेरै पहिलेका अगमवक्ताहरूमध्ये एक जना फेरि जीवित भएका छन् । 9 तर हेरोदले भने, “यिनी यूहन्ना हुन सक्दैनन्, किनकि मैले तिनको शिर काटेको थिएँ। त्यसोभए यी मानिस को हुन् त? जसको बारेमा मैले यस्ता अचम्मका कुराहरू सुनिरहेको छु! ” अनि उनले येशूलाई भेट्ने बाटो खोजिरहे। 10 जब प्रेरितहरू आफ्नो यात्राबाट फर्के, तिनीहरूले येशूलाई आफूले गरेका सबै कुरा बताए। त्यसपछि उहाँले तिनीहरूलाई बेथसेदा सहरमा आफूसँगै लैजानुभयो। 11 तर जब भीडले येशू कहाँ जानुभएको हो भन्ने थाहा पाए, तिनीहरूले उहाँलाई त्यहाँ पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नु भयो र परमेश्‍वरले कसरी एक राजाको रूपमा राज्य गर्न लाग्नु भएको थियो भनी तिनीहरूलाई बताउनु भयो। उहाँले त्यहाँ रोगीहरूलाई पनि निको पार्नुभयो। 12 अब दिन ढिलो भइसकेको थियो, त्यसैले बाह्रै जना चेलाहरू उहाँकहाँ आएर भने, “कृपया यी मानिसहरूको ठूलो भीडलाई पठाइदिनुहोस् ताकि तिनीहरू वरपरका गाउँहरू र खेतबारीहरूमा गएर केही खानेकुरा पाउन सकून् र बास बस्ने ठाउँहरू भेट्टाऊन्, किनकि हामी यहाँ यो सुससान ठाउँमा छौं।" 13 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै यिनीहरूलाई केही खान दिनुपर्छ!” तिनीहरूले जवाफ दिए, “हामीसँग केबल पाँचवटा साना रोटी र दुईवटा साना माछा मात्र छन्। हामी यी सबै मानिसहरूका लागि पुग्ने खाना किन्न जान सक्दैनौं! ” 14 {तिनीहरूले यो यसकारण भने } किनभने त्यहाँ लगभग ५००० मानिसहरू थिए। तब येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई समूह समूहमा बस्न लगाओ। प्रत्येक समूहमा लगभग ५० जनालाई राख। 15 तसर्थ चेलाहरूले त्यसै गरे, र सबै मानिसहरू बसे। 16 तब येशूले पाँचवटा रोटी र दुईवटा माछा लिनु भयो। उहाँले स्वर्गतिर हेरेर तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले रोटी र माछालाई टुक्राहरूमा भाग लगाउनु भयो र चेलाहरूलाई मानिसहरूलाई बाँडिदिनकोलागि दिनुभयो । 17 तिनीहरू सबैले खाए, र सबै जनाको निम्ति रोटी प्रशस्त थियो । तब चेलाहरूले बाँकी रहेका रोटीका टुक्काहरू जम्मा पारे, जसबाट १२ डालाहरू भरिए! 18 एक दिन जब येशू आफ्ना चेलाहरूसंग नजिकै एकान्तमा प्रार्थना गरिरहनु भएको थियो, उहाँले तिनीहरूलाई सोध्नु भयो, "भीडहरूले म को हुँ भनी भन्दछन् ?" 19 तिनीहरूले जवाफ दिए, {कोहिले भन्छन् कि तपाईं} बप्तिस्मा दिने यूहन्ना हुनुहुन्छ, तर अरूले भन्छन् तपाईं एलिया अगमवक्ता हुनुहुन्छ, र अझै अरू कतिले भन्छन् तपाईं पहिलेका अगमवक्ता मध्येका एक हुनुहुन्छ जो फेरि जिवित भएर आएको छ।" 20 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूचाहिं के भन्छौ? म को हुँ भनी ठान्छौ ?” पत्रुसले जवाफ दिए, "तपाईंं मसिह हुनुहुन्छ, जो परमेश्वरबाट आउनुभएको छ।" 21 तब येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नु भनेर कडा चेतावनी दिनुभयो। 22 त्यसपछि उहाँले भन्नुभयो, “म, मानिसले पुत्रले धेरै दुःख भोग्नुपर्छ: एल्डरहरू, मुख्य पूजाहारीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूले मलाई ईन्कार गर्नेछन् र मलाई मार्नेछन्। त्यसपछि, तेस्रो दिनमा पछि, म फेरि जीवित भई उठ्ने छु।" 23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि तिमीहरूमध्ये कोही मेरो चेला बन्न चाहन्छौ भने, तिमीहरूले चाहेको कुरा मात्र गर्नु हुँदैन। बरु, हरेक दिन तिमीहरूले आफ्नो प्राण त्याग्ने सम्म दुःख भोग्न तयार हुनुपर्छ। यसरी नै तिमीहरू मेरा चेला बन्नेछौ। 24 {तिमीले यसो गर्नुपर्छ} किनकि जसले आफ्नो प्राण बचाउन खोज्दछन् तिनीहरूले अनन्तको लागि त्यो गुमाउनेछन्, तर जसले मेरो चेला बन्नको लागि आफ्नो प्राण त्याग्छन् तिनीहरूले आफ्नो जीवन अनन्तरुपले बचाउनेछन्। 25 आखिर, यस संसारमा तिमीहरूले सबै कुरा प्राप्त गर्यौ तर तिमीहरूले स्वयंलाई गुमायौ, वा आफैलाई विनाश पनि गर्यौ भने यसले तिमीहरूलाई के लाभ हुन्छ ? 26 मानौं कसैले मलाई विश्वास गर्छु र मेरो शिक्षा पालन गर्छु भनी भन्न डराउँछ। तब, म, मानिसको पुत्रले भन्नेछु कि त्यस्तो मानिस म पट्टिको होइन। जब म मेरो महिमा र परमेश्वर पिता र पवित्र स्वर्गदूतहरूको महिमामा फर्कंदा यो तब हुनेछ। 27 तर तिमीहरू यो कुरामा निश्चित हुन सक्छौ: अहिले तिमीहरूमध्ये यहाँ उभिरहेका कोही-कोहीले जबसम्म तिमीहरूले परमेश्वरलाई राजाको रूपमा राज्य गरिरहेको देख्ननेछैनौ तबसम्म मर्नेछैनौ!” 28 येशूले ती कुराहरू भन्नु भएको करिब आठ दिन पछि, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई आफूसँगै लिएर प्रार्थना गर्न डाँडामा {त्यहाँ} जानुभयो। 29 जब उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको रूप एकदमै फरक भयो, र उहाँका लुगाहरू चम्कन थाले। 30 एकैचोटि, दुईजना {उहिलेका अगमवक्ताहरू} येशूसँग कुरा गरिरहेका थिए। तिनीहरू मोशा र एलिया थिए। 31 ती मानिसहरू महिमाले भरिएको देखिए येशूको मृत्यु कसरी हुने छ भन्ने बारे तिनीहरूले येशूसंग कुरा गरे। यो कुरा यरूशलेममा छिट्टै हुन गईरहेको थियो। 32 पत्रुस र उहाँसंग भएका अरू चेलाहरू निद्राले लठ्ठ भईरहेका थिए। तर जब तिनीहरू पूर्णरुपले बिउँझे, तिनीहरूले येशूलाई चहकिलो तरिकाले चम्किरहेको देखे। तिनीहरूले मेशा र एलियालाई पनि उहाँसंगै उभिएको देखे। 33 जसै मोशा र एलियाले येशूलाई छाडेर जाँदै थिए, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ हुनु त ठिक छ! हामीले तीनवटा बासस्थान बनाउनु पर्छ, एउटा तपाईंंको लागि, एउटा मोशाको लागि र अर्को एलियाको लागि!” तर तिनले वास्तवमा के भनिरहेका थिए तिनलाई महसुस थिएन। 34 तिनले यी कुराहरू भनिरहँदा, एउटा बादल आएर उहाँहरूलाई ढाक्यो। उहाँहरूलाई बादलले घेरिरहेको अबस्थामा ती चेलाहरू डराए। 35 यसो भनेर, बादलबाट परमेश्वरको आवाज तिनीहरूसंग बोल्यो "यिनी मेरा पुत्र हुन, जसलाई मैले चुनेको छु; तिनलाई सुन!" 36 जब त्यो आवाज बन्द भयो, {तीन जना चेलाहरूले त्यो देखे} त्यहाँ येशू मात्र हुनुहुन्थ्यो। यी सबै कुरा उनीहरूले आफैसंग राखे । लामो समयसम्म उनीहरूले आफूले देखेका कुरा कसैलाई बताएनन्। 37 अर्को दिन जब तिनीहरू डाँडाबाट तल आए, मानिसहरूको एउटा ठूलो भीडले येशूलाई भेट्यो। 38 अचानक भीडबाट एकजना मानिसले भने, “गुरुज्यू, म तपाईंंलाई बिन्ती गर्छु, मेरो छोरालाई सहायता गर्न केही गर्नुहोस्! उ मेरो एकमात्र सन्तान हो। 39 यहाँ के भइरहेको छ। एउटा दुष्ट आत्माले उसलाई अचानक समात्छ र उसलाई चिच्याउन लगाउँछ। उसलाई हिंस्रक तरिकाले हल्लाउँछ र उसले मुखबाट फिँज निस्कन्छ। यो आत्माले सायद मेरो बालकलाई कहिल्यै छोड्दैन र, जब यसले यस्तो गर्छ, यसले उसलाई गम्भीर चोट पुर्‍याउँछ। 40 उसबाट यो दुष्टआत्मा निकाल्नकोलागि मैले तपाईंंका चेलाहरूलाई बिन्ती गरें , तर तिनीहरूले निकाल्न सकेनन्!” 41 जवाफमा, येशूले भन्नुभयो, "मानिसहरूको यो पुस्ताले विश्वास गर्दैन, त्यसैले यिनीहरूको सोच भ्रष्ट छ! तिमीहरूले विश्वास गर्नु भन्दा पहिले म कतिन्जेलसम्म तिमीहरूसंग रहन्छु?” तब उहाँले केटाको बुबालाई भन्नुभयो, "तिम्रो छोरोलाई यहाँ मकहाँ ल्याऊ!" 42 जब तिनीहरूले केटालाई उहाँकहाँ ल्याइरहेका थिए, भूतले केटोलाई भुइँमा फ्याँकिदियो र उसलाई नराम्रोसंग हल्लायो। तर येशूले दुष्ट आत्मालाई हप्काउनुभयो र केटोलाई निको पार्नुभयो। त्यसपछि उहाँले उसलाई उसको बुबाकहाँ फर्काइदिनु भयो। 43 तब त्यहाँ भएका सबै मानिसहरू परमेश्‍वरले देखाउनु भएको ठूलो शक्ति देखेर पूर्णरूपमा छक्क परे। येशूले गर्नुभएको सबै आश्चर्यकामहरू देखेर उनीहरू अझे छक्क पर्दै थिए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 44 "म तिमीहरूलाई के भन्न गईरहेको छु ध्यान दिएर सुन, किनकि कसैले मलाई छिट्टै, मानिसको पुत्रलाई मेरा शत्रुको हातमा सुम्पँदै छ।" 45 तर उहाँले के भन्न खोज्नु भएको हो चेलाहरूले यो कुरा बुझेनन्। परमेश्वरले उनीहरूलाई यो बुझ्नबाट बन्चित गरिदिनुभयो ताकि उहाँले भन्न खोजेको कुराको अर्थ अझै उनीहरूले बुझेनन्, र उहाँले भनेको कुरा सोध्न तिनीहरू डराए। 46 केही समय पछि, चेलाहरूले तिनीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण को हो भनेर आपसमा बहस गर्न थाले। 47 तर तिनीहरूले के सोचिरहेका थिए, येशूलाई थाहा थियो, त्यसैले उहाँले एउटा सानो बालकलाई उहाँकहाँ ल्याउनुभयो र बालकलाई आफ्नो छेउमा उभ्याउनु भयो। 48 उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मेरो कारणले यो सानो बालकलाई स्वागत गर्छ भने त्यो मलाई स्वागत गरे समान हो। र यदि कसैले मलाई स्वागत गर्दछ भने, यो मलाई पठाउनुहुने परमेश्वरलाई स्वागत गरे जस्तै हो। याद गर कि तिमीहरू मध्ये जो सबैभन्दा कम महत्त्वपूर्ण देखिन्छन् तिनीहरू ती हुन् जसलाई परमेश्वरले सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ। ” 49 यूहन्नाले येशूलाई जवाफ दिए, “गुरुज्यू, हामीले एकजना मानिसलाई देख्यौं जसले तपाईंंको नाम प्रयोग गरेर मानिसहरूबाट भूतहरूलाई बाहिर निस्कने आदेश दिँदै थियो । तर हामीले उसलाई त्यसो गर्न बन्द गर्न भन्यौं, किनकि उसले हामीले जसरी तपाईंसँग नजिकबाट काम गरिरहेको थिएन। 50 तर येशूले यूहन्नालाई भन्नु भयो, "उसलाई त्यो काम गर्नबाट नरोक! यदि कसैले केही गरेको छैन भने त्यो तिमीहरूकोलागि हानिकारक हो, त्यसो भए उसले जे गरिराखेको छ त्यो तिम्रोलागि उपयोगी छ!" 51 जब परमेश्वरले उहाँलाई स्वर्गमा लैजाने समय नजिक आइपुगेको थियो, येशूले यरूशलेम जाने दृढ संकल्प गर्नुभयो। 52 उहाँले आफ्नो अगाडि केही सन्देश वाहकहरू पठाउनु भयो। उहाँलाई त्यहाँ बस्ने प्रबन्ध मिलाउनकोलागि तिनीहरू सामरिया क्षेत्रको गाँउमा गए। 53 तर सामरीहरूले येशूलाई आफ्नो गाउँमा बस्न दिएनन्, किनभने उहाँ यरूशलेम जाँदै हुनुहुन्थ्यो। 54 उहाँका दुई चेला, याकूब र यूहन्ना, सामरीहरूले तिनीहरूलाई स्वागत नगरेको देखेर {रिसाए जब तिनीहरूले} । त्यसैले तिनीहरूले येशूलाई सोधे, “प्रभु, के तपाईंंले हामीलाई स्वर्गबाट आगो झारेर यी मानिसहरूलाई नाश गर्ने आज्ञा दिनहुन्छ ?” 55 तर येशू {तिनीहरूतिर} फर्केर तिनीहरूलाई यस्तो भन्नु गलत हो भन्दै कडा तरिकाले झपार्नु भयो। 56 तब तिनीहरू अन्य गाँउहरूमा गए। 57 जब येशू र उहाँका चेलाहरू बाटोमा हिड्दै थिए,कसैले उहाँलाई भन्यो, "तपाईं जता जानुहुन्छ म त्यतै जाने छु!" 58 येशूले जवाफ दिनु भयो, "स्यालहरूलाई बस्नकोलागि जमिनमा दुलाहरू छन् , र चराहरूका लागि गुँडहरू छन् , तर म , मानिसको पुत्रको लागि सुत्नकोलागि एउटा घर पनि छैन!" 59 येशूले अर्को व्यक्तिलाई भन्नु भयो, "म संग आऊ!" तर त्यो मानिसले भन्यो, "प्रभु, पहिला मलाई घर गएर मेरो बुबालाई गाड्न दिनुहोस्।" 60 "तर येशूले तिनलाई भन्नुभयो, "मुर्दाहरूले मुर्दाहरूलाई नै गाडून्। म चाहन्छु कि तिमी गएर सबै ठाउँका मानिसहरूलाई बताऊ कि तिनीहरूले आफ्नो जीवनमा परमेश्वरको राज्य प्राप्त गर्न सकून्।” 61 अर्को कसैले भने, "प्रभु, म तपाईंंसँगै आउनेछु र तपाईंंको चेला बन्नेछु, तर पहिले मलाई मेरो परिवारलाई बिदाइ गर्न घर जान दिनुहोस्।" 62 येशूले तिनलाई भन्‍नुभयो, आफ्नो हात हलोमा राखेर पछाडि हेर्ने किसान जस्तो कुनै पनि मानिसले परमेश्वरको शासक जस्तो भएर उहाँको सेवा गर्न सक्दैन।"

Chapter 10

1 त्यस पछि, येशूले अरू ७२ जना चेलाहरूलाई नियुक्त गर्नुभयो {गएर उहाँलाई सुन्नकोलागि मानिसहरूलाई तयार गर्न}। उहाँले तिनीहरूलाई, उहाँ भन्दा अगाडि प्रत्येक सहर र गाँउमा जहाँ उहाँ आफै जाने सोचमा हुनुहुन्थ्यो, त्यहाँ जोडी जोडी गरि पठाउनुभयो । 2 उहाँले तिनीहरूलाई भन्नुभयो, “धेरै मानिसहरू मलाई विश्वास गर्न तयार छन्, तर तिमीहरूमध्ये थोरै मात्र छौ जलाई म तिनीहरूकहाँ सहायता गर्न पठाउन सक्छु। त्यसैले परमेश्वरसंग प्रार्थना गर {,जसले ती सबै मानिसहरूले विश्वास गरेको चाहनुहुन्छ,} र उहाँसँग अरू धेरै चेलाहरूको लागि बिन्ती गर जो तिमीहरूसंग जान सक्छन् र तिनीहरूलाई सहयोग गर्छन् । 3 अब जाओ, तर याद गर कि म तिमीहरूलाई मेरो संन्देश ती मानिसहरूलाई बताउन पठाउँदैछु जो तिमीहरूको बिरोधी हुनेछन् । 4 आफ्नो साथ कुनै पैसा र थैली {तिमीहरूसंग थुप्रै कुराहरू} नबोक। {अतिरिक्त जुत्ता} नलैजाओ। बाटोमा {रोकिएर र} मानिसहरूसंग कुरा नगर। 5 जब जब तिमीहरू घरमा पस्छौ, त्यहाँ बस्नेलाई पहिला यसो भन,यो घरमा बस्ने सबैमा परमेश्वरको आशिष र शान्ति रहोस्!' 6 यदि त्यहाँ बस्ने मानिसहरूले परमेश्वरको शान्तिको ईच्छा गरे भने तब तिमीहरूले दिएको शान्तिको तिनीहरूले अनुभव गर्नेछन् । तर यदि तिनीहरूले परमेश्वरको शान्ति चाहेनन् भने, तब त्यो शान्ति तिमीहरू आफैले अनुभव गर्नेछौ। 7 त्यो गाउँ नछोडेसम्म तिमीहरू त्यहिं घरमा बसिराख।एउटा घरबाट अर्को घरमा नसर। तिनीहरूले तिमीहरूलाई जे दिन्छन् खाओ र पिओ, किनभने कामदारले आफ्नो परिश्रमको ज्याला पाउने योग्य हुन्छ। 8 यदि तिमीहरू कुनै सहरमा पस्यौ भने र त्यहाँका मानिसहरूले तिमीहरूलाई स्वागत गरे भने, तिनीहरूले तिमीहरूलाई जे उपलब्ध गराउँछन् खाओ। 9 त्यो सहरमा भएका रोगी मानिसहरूलाई निको पार । सबैलाई भन, 'तिमीहरू परमेश्वरको राज्यको नजिकै छौ जसमा परमेश्वरले राजाकोरुपमा जताततै राज्य गर्नुहुनेछ।' 10 तर यदि तिमीहरू कुनै सहरमा प्रवेश गर्यौ र त्यहाँका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यहाँका मुख्य सडकहरूमा गएर भन, 11 {चेतावनीको रुपमा} हामी हाम्रो खुट्टामा लागेको धुलो समेत तिमीहरूको बिरुद्धमा, टकटक्याउँदछौं { तिमीहरूको सहर छोड्दै गर्दा}.तर तिमीहरूले महसुस गर्नै पर्छ कि जब परमेश्वरले राजाको रूपमा सबै ठाउँमा शासन गर्दा के जस्तो हुनेछ तिमीहरूले नजिकबाट देखेका छौ। 12 तिमीहरूले यो जान भनी म चाहन्छु कि त्यस दिनमा जब परमेश्वरले सबैको न्याय गर्नुहुन्छ, परमेश्वरले त्यस सहरका मानिसहरूलाई धेरै समय पहिले सदोम सहरमा बस्ने दुष्ट मानिसहरूलाई भन्दा पनि अझ बढी कडा सजाय दिनुहुनेछ! 13 खोराजीन र बेथसेदा सहरहरूमा बसोबास गर्ने तिमीहरूका निम्ति यो कस्तो भयानक दिन हुनेछ! म यो यसकारणले भन्दछु कि म तिमीहरूको सहरहरूमा हुँदा मैले ठूला-ठूला आश्‍चर्यकर्महरू गरें। यदि मैले टुरोस र सिदोनमा {प्राचिन सहरहरूमा} यस्तै चमत्कारहरू गरेको भए, त्यहाँ बस्ने {दुष्ट} मानिसहरूले आफ्ना पापहरूका निम्ति धेरै पश्चाताप गर्ने थिए। तिनीहरूले माटोमा बसेर भाङग्राको लुगा लागाएर र शिरमा खरानी हालेर यो देखाउने थिए। 14 त्यसैले जब परमेश्वरले हरेकलाई न्याय गर्नुहुन्छ,टुरोस र सिदोनमा बस्ने दुष्ट मानिसहरूलाई भन्दा कठोररूपले उहाँले तिमीहरूलाई सजाय दिनुहुनेछ। 15 तिमीहरू कफर्नहुम सहरमा बस्ने मानिसहरूकालागि पनि मलाई केही भन्नु छ। तिमीहरूलाई लाग्छ होला परमेश्वरले तिमीहरूलाई ठूलो ईनाम दिनुहुनेछ। होइन, परमेश्वरले तिमीहरूलाई केही ईनाम दिनुहुने छैन!" 16 {येशूले चेलाहरूलाई पनि भन्नुभयो,} "जस-जसले तिमीहरूको सन्देश सुन्दछ, {खासमा} त्यसले मेरो कुरा सुनिरहेको हुन्छ, जस-जसले तिमीहरूको सन्देशलाई अस्वीकार गर्छ, त्यसले मलाई {खासमा} अस्वीकार गर्छ। र जस-जसले मलाई इन्कार गर्छ त्यसले मलाई पठाउनुहुने परमेश्वरलाई इन्कार गर्छ। 17 ७२ जना मानिसहरू जसलाई येशूले नियुक्त गर्नुभएको थियो (गए र उहाँले तिनीहरूलाई जे गर्न भन्नुभएको थियो त्यही गरे।) जब तिनीहरू फर्के, तिनीहरू धेरै खुसी भए। तिनीहरूले भने, "प्रभु, भूतहरूले पनि हाम्रो आज्ञा पालन गरे, जब, तपाईंंको अधिकारद्वारा, हामीले तिनीहरूलाई मानिसहरूलाई छोड्न आदेश दियौं!" 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “{तिमीहरू त्यसो गरिरहँदा} मैले शैतानलाई अचानक चट्टयाङ खसे झैं त्यसले आफ्नो प्रधानताको पद गुमाएको देखें! 19 सुन! मैले तिमीहरूलाई दुष्ट आत्माहरूलाई जित्ने शक्ति दिएको छु। हाम्रो शत्रु, शैतानलाई जित्नको लागि मैले तिमीहरूलाई पर्याप्त शक्ति दिएको छु। तिमीहरूलाई कुनै पनि कुराले हानी पुर्याउने छैन। 20 तर { खाली} दुष्टात्माहरूले तिमीहरूको आज्ञा मान्नुपर्छ भन्ने कुरामा नरमाओ। परमेश्वरले तिमीहरूको नाम स्वर्गमा लेखिदिनुभएको छ यस कुरामा {अझ बढी } रमाओ {, किनकि यसको अर्थ, तिमीहरू परमेश्वरसंग सधैंभरि हुनेछौ}।" 21 ठिक त्यसैबेला, पवित्र आत्माले येशूलाई ठूलो आनन्द दिनुभयो। उहाँले भन्नुभयो, “परमेश्वर मेरा पिता, स्वर्ग र पृथ्वीमा भएका सबै कुराको तपाईं प्रभु {मालिक} हुनुहुन्छ। म तपाईंंको प्रशंसा गर्छु कि तपाईंंले यी कुराहरू बुझ्न आफुलाई चतुर ठान्नेहरूलाई रोकिदिनुभयो । बरु, तपाईंको सत्यतालाई साना बालकहरूले जस्तै स्वीकार गर्नेहरूलाई तपाईंले प्रकट गर्नुभएको छ । हो, पिता, तपाईंले त्यो गर्नुभयो किनभने त्यसो गर्न तपाईंलाई खुशी लाग्यो। 22 परमेश्वर मेरा पिताले मलाई सबै कुरा दिनुभएको छ। उहाँको पुत्र भनेर, केवल मेरो पिताले मात्र मलाई चिन्नुहुन्छ। र मैले, उहाँको पुत्रले, मात्र साँच्चै मेरो पितालाई चिन्छु। तर म उहाँ को हुनुहुन्छ भनेर चिनाउनकोलागि मैले केही मानिसहरूलाई छानेको छु। 23 तब येशूले आफ्ना चेलाहरूलाई मात्र भन्नुभयो, “ मैले गरिरहेका कामहरू देख्ननसक्ने परमेश्वरले तिमीहरूलाई एउटा ठूलो वरदान दिनुभएको छ। 24 म तिमीहरूले यो थाहा पाएको चाहन्छु कि धेरै अगमवक्ताहरू र राजाहरूले मैले गरिरहेका यी कामहरू जुन तिमीहरूले देखिरहेका छौ त्यो देख्ने चाहाना गरेका थिए। । तर तिनीहरूले ती देख्न पाएनन् {,किनभने तिनीहरू धेरै पहिलेका थिए} ” तिनीहरूले, मैले तिमीहरूलाई भनेका यी कुराहरू सुन्ने चाहना गरेका थिए। तर तिनीहरूले सुन्न पाएनन्, {,किनभने तिनीहरू धेरै पहिलेका थिए}।" 25 यहूदी व्यवस्था सिकाउने एक जना मानिस त्यहाँ थिए। {गाह्रो प्रश्न सोधेर} उसले येशूलाई परिक्षा गर्न चाहन्थ्यो।उसले खडा भएर सोध्यो, "गुरुज्यू , परमेश्वरसंग सधैंभरि रहनकोलागि मैले के गर्नु पर्छ? 26 येशूले तिनलाई भन्नुभयो, "मोशाले लेखेको व्यवस्था तिमीले पढेकाछौ जुन परमेश्वरले उनलाई दिनुभएको थियो। ती व्यवस्थाहरूले के भन्छन् ?" 27 मानिसले जवाफ दियो, "तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा शक्तिले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।” 28 येशूले उनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। यदि तिमीले त्यसै गर्यौ भने, तिमी जिउनेछौ{परमेश्वरसंग सधैं} ।” 29 तर त्यो मानिसले परमेश्वरबाट स्वीकृत भएको देखाउन चाहन्थ्यो। त्यसैले, उसले येशूलाई भन्यो, "मेरा छिमेकीहरू को हुन {कसलाई मैले प्रेम गर्ने}?" 30 येशूले जवाफ दिनु भयो, एक दिन, एकजना यहूदी यरूशलेमबाट यरिहोको बाटो भएर जाँदै थियो। केही डाँकुहरूले उसलाई आक्रण गरे । तिनीहरूले उसका लुगाहरू र उ संग भएका सबै कुराहरू लगे। तिनीहरूले उसलाई अधमरो हुनेगरि पिटे। तब तिनीहरूले उसलाई त्यहिं छाडिदिए। 31 एक जना {यहूदी} पुजाहारी त्यहि बाटो भएर जाँदै थियो, जब उसले त्यो मानिसलाई देख्यो {त्यसलाई मद्दत गर्नुको सट्टा} उ अर्कोतिरबाट तर्केर गयो। 32 त्यसैगरी, एक जना लेवी {परमेश्वरको मन्दिरमा काम गर्ने} पनि त्यो ठाँउमा आयो र त्यो मानिसलाई देख्यो तर उ पनि अर्कोतिरबाट तर्केर गयो । 33 तब सामरीयाको ठाँउबाट एक जना मानिस त्यो मानिस पल्टिरहेको ठाँबाट भएर आयो। उसलाई देखे पछि उ दयाले भरियो। 34 उसले त्यो मानिसलाई लग्यो र उसको घाउमा केही भद्राक्षको तेल र दाखमद्य लगाईदियो { निको हुनकोलागि}उसले त्यसको घाउ परिपरि पट्टि लगाईदियो। तब त्यो मानिसलाई आफ्नो गधामाथि राखेर पाटिमा ल्यायो र उसलाई हेरविचार गर्यो। 35 भोलिपल्ट बिहान उसले सराईवालालाई दुईवटा चाँदीका सिक्का दिएर भने, ‘यस मानिसको हेरविचार गर्नू । यदि उसको हेरचाह गर्न यो भन्दा बढी रकम खर्च भयो भने, म फर्केपछि तपाईंंलाई फिर्ता गर्नेछु।'' 36 {तब येशूले सोध्नुभयो,} "डाकुहरूको आक्रमणमा परेको त्यो मानिस‍ जसलाई ती तीनजना मानिसहरूले भेट्टाए। तिनीहरू मध्ये कुनचाहिं त्यो मानिसको साँचो छिमेकी भयो? 37 व्यवस्थाका पण्डितले जवाफ दिए,"जसले उनीप्रति दयालु तरिकाले व्यवहार गरे"। येशूले तिनलाई भन्नु भयो, "{त्यो ठिक छ।} त्यसैले तिमी पनि जाऊ र जसलाई मद्दतको खाँचो त्यसै गर।" 38 येशू र उहाँका चेलाहरू यात्रामै थिए, तिनीहरू कुनै एउटा निश्चित गाँउमा पसे। त्यहाँ मार्था नाम गरेकि एकजना स्त्री थिईन् जसले तिनीहरूलाई आफ्नो घरमा निम्तो दिईन् । 39 तिनकी बहिनी मरियम, येशूको पाउ नजिकै बसेर उहाँको शिक्षा सुनिरहेकी थिईन्। 40 तर मारर्था तिनीहरू सबैकोलागि खाना तयार गर्नमा चिन्तित थिईन। तिनी येशूकहाँ गईन् र भनिन्, "प्रभु, मेरी बहिनीले भोजन तयार गर्न मलाई एक्लै छाडिदिएकी छिन्। तपाईंलाई थाहा छ यो उचित छैन। कृपया, मलाई सघाउन त्यसलाई भनीदिनुहोस्!" 41 तर येशूले तिनलाई जवाफ दिनु भयो, "मार्था, मार्था, तिमी धैरै कुराहरूको चिन्ता लिन्छ्यौ। 42 तर एउटा कुरा एकदमै महत्वपूर्ण {मेरो शिक्षा सुन्नु} छ । किनकि मरियमले अति उत्तम कुरा गर्नलाई रोजेकि छे, म उनलाई अरू कुनै कुरो गर्न लगाउँदिन। "

Chapter 11

1 एक दिन येशू एक निश्चित ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब उहाँले प्रार्थना सक्नु भयो, उहाँका चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, "प्रभु, हामीलाई प्रार्थना कसरी गर्ने सिकाउनुहोस्। बप्तिस्मा दिने यूहन्नाले आफ्ना चेलाहरूलाई त्यसो गराउँछन् , र हामी पनि तपाईंले हाम्रोलागि त्यसो गरेको चाहन्छौ" 2 उहाँले तिनीहरूलाई भन्नु भयो, "जब तिमीहरू प्रार्थना गर्छौ, भन, {यो तरिकाले}: 'पिता सबै मानिसहरूले तपाईंको नाउँलाई पवित्रताले आदर गरून्। तपाईंले छिट्टै नै सबै ठाउँका जाति-जातिहरूमा राज्य गर्नुहोस्। 3 हामीलाई चाहिने हाम्रो दैनिक भोजन दिनुहोस्। 4 हामीले गरेका गल्तिहरूलाई क्षमा गरिदिनुहोस्। हामी पनि मानिसहरूले हामीलाई गरेका गल्तिहरूकोलागि क्षमा गर्छौं। जब हामीमा परिक्षा आउँछ हामीलाई पाप नगर्न सहायता गर्नुहोस्।" 5 तब उहाँले तिनीहरूलाई भन्नु भयो, "मानौं कि तिमीहरू मध्यरातमा कुनै मित्रको घरमा गयौ। तिमीले {बाहिर उभियौ र} उसलाई बोलायौ, "मेरो मित्र ,कृपया मलाई तीनवटा रोटी पैँचो देऊ! 6 मेरा अर्का एकजना साथी जो यात्रा गरेर भर्खरै मेरो घरमा आएका छन् । तर उनको सेवा गर्न मसंग कुनै खाने कुरा तयार छैन!' 7 मानौं तिनले घर भित्रबाट भने, 'मलाई नझिज्याऊ! मैले ढोका बन्द गरिसकें , र मेरो सबै परिवारहरू सुतिसके । उठेर तिमीलाई केही कुरा दिन मलाई धेरै गाह्रो हुनेछ। 8 म तिमीलाई भन्दछु,ऊ उठेर आफ्नो साथीलाई खाना दिन चाहँदैन किनभने ऊ उसको साथी हो। तर यदि उसले मागि राख्यो भने, भित्रको मानिस पक्कै उठ्छ र उसलाई चाहिने सबै कुरा दिन्छ। 9 त्यसैले म तिमीहरूलाई भन्छु: तिमीहरूलाई चाहिएको कुराहरू परमेश्वरसँग निरन्तर मागिरहो, र उहाँले ती तिमीहरूलाई दिनुहुनेछ। ती कुराहरू परमेश्वरबाट खोजिरहो, र ती तिमीहरूले प्राप्त गर्नेछौ। तिमीहरूकालागि कार्यहरू संभव तुल्याउन परमेश्वरलाई भन र उहाँले तिम्रो पक्षमा काम गर्नुहुनेछ। 10 तिमीहरूले यो गर्नुपर्छ किनभने जसले आफूलाई आवश्यक परेको कुरा परमेश्वरलाई मागिरहन्छ उसले ती प्राप्त गर्नेछ। जसले परमेश्वरबाट यी कुराहरू खोजिरहन्छ त्यसले ती प्राप्त गर्नेछ। यदि कसैले कुनै कार्यहरू संभव बनाउन परमेश्वरलाई बिन्ति गर्दछ, उहाँले त्यसको पक्षमा काम गर्नुहुनेछ। 11 मानौँ तिमीहरूमध्ये एकजना बुबाको एउटा छोरा थियो जसले तिमीहरूसंग खानको लागि माछा माग्यो। {तर त्यसको } सट्टामा तिमीहरूले पक्कै पनि उसलाई विषालु सर्प दिँदैनौ! 12 मानौं उसले तिमीहरूसंग अण्डा माग्यो। तिमीहरूले पक्कै पनि त्यसको सट्टा उसलाई बिच्छी दिनेछैनौ! 13 तिमीहरू पापी भएर पनि आफ्ना छोराछोरीहरूलाई असल उपहार दिन जान्दछौ। स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा अझ निश्चितरुपले दिनुहुनेछ ।” 14 एक दिन येशूले एउटा मानिसबाट भूत धपाउँदै हुनुहुन्थ्यो जसले त्यस मानिसलाई गूंगो बनाएको थियो।येशूले भूतलाई निकालिसके पछि,त्यो मानिस बोल्न थाल्यो।यसले त्यहाँ भएका मानिसहरूलाई अचम्मित बनायो। 15 तर कतिले भने ,"यो बालजेबुल हो, भूतहरूको मालिक, जसले यस मानिसबाट भूतहरू धपाउन सकेको छ !" 16 त्यहाँ अरू मानिसहरूले उहाँको अधिकारबारे प्रश्न गरे। परमेश्वरले पठाउनु भएको हो भनेर प्रमाणित गर्न तिनीहरूले उहाँबाट आश्चर्यकर्मको माग गरे। 17 तर तिनीहरूले के सोचिरहेका थिए उहाँलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई भन्नु भयो, "यदि एउटै राज्यका मानिसहरू एक आपसमा लड्छन् भने, तिनीहरूले आफ्नै राज्यलाई नष्ट गर्नेछन्। यदि एउटै घरका मानिसहरूले एकअर्काको विरोध गर्छन् भने उनीहरूले आफ्नै परिवारलाई नष्ट पार्नेछन् । 18 त्यसैगरी, यदि शैतान र त्यसका भूतहरू एकआपसमा लड्छन् भने ,त्यसको राज्य तिनीहरूमाथि धेरै दिन टिक्ने छैन! म यो यसकारणले भन्दैछु किनकि तिमीहरूले भनिरहेका छौ कि मैले भूतहरूका मालिकको शक्तिले भूतहरूलाई निकाल्दछु ! 19 यदि त्यो साँचो हो कि बालजिबुलद्वारा मैले भूतहरू निकालिरहेको छु भने, यो पनि सत्य हुनुपर्छ कि उसले तिमीहरूका चेलाहरूलाई पनि भूतहरू निकाल्न सक्षम बनाइरहेको छ। {तर तिमीहरूलाई थाहा छ त्यो साँचो होइन।} त्यसैले तिमीहरूका आफ्नै चेलाहरूले तिमीहरूलाई गलत साबित गरे। 20 वास्तवमा मैले परमेश्वरको शक्तिबाट भूतहरू धपाएकै हुनुपर्छ। यसको मतलब परमेश्वरले तिमीहरूमा राज्य गरिसक्नुभएको छ।" 21 {येशूले निरन्तर भनिरहनु भयो} "जब धेरै हतियार भएको बलियो मानिसले आफ्नो घरको सुरक्षा आफै गर्छ, भित्रका चीजहरू कसैले चोर्न सक्दैन। 22 तर जब अरू कुनै बलियो मानिसले त्यो मानिसलाई आक्रमण गर्छ र उसलाई आफ्नो वशमा पार्छ र उसले भर परेका सबै हतियारहरू खोस्छ। त्यसपछि त्यसले त्यो मानिसको घरबाट जे चाहन्छ त्यो चोर्न सक्छ। 23 जसले मलाई समर्थन गरेको हुँदैन यसले मेरो विरोध गरिरहेको हुन्छ। जसले मकहाँ मानिसहरू ल्याउँदैन त्यसले तिनीहरूलाई मबाट निकाल्दै गरेको हुन्छ।" 24 {तब येशूले भन्नुभयो,} "एक दुष्ट आत्माले कसैलाई छाड्न सक्छ र अरू कसैमा पस्नकोलागि खोजेर सुनसान ठाउँहरूमा यताउता डुल्छ। यदि त्यसले त्यहाँ कसैलाई भेट्टाएन भने, त्यसले भन्ला, म फर्केर जहाँ बस्ने गर्थें त्यहि फर्केर जान्छु! 25 त्यसैले यो फर्केर जान्छ र पत्ता लगाउँछ कि त्यो व्यक्ति त्यसको घर जस्तै हो जसलाई कसैले सफा गरी व्यवस्थित गरेको हुन्छ {, तर यसमा कोही बसेको हुँदैन}। 26 त्यसपछि यो दुष्ट आत्मा जान्छ र अझ बढी दुष्ट अरू सात आत्माहरू लिएर आउँछ। तिनीहरू सबै त्यस व्यक्तिमा प्रवेश गर्छन् र उसमा बस्न थाल्छन्। त्यो मानिसको अवस्था पहिलेको भन्दा खराब भयो , र यो झन खराब हुँदै गयो। ” 27 जब येशूले यसो भन्नुभयो, भीडमा रहेकी एउटी स्त्रीले {जसले उहाँलाई सुनिरहेकी थिईन्} उहाँलाई ठूलो स्वरले यसो भनिन्, “तपाईंलाई जन्माउने र स्यहारसुसार गर्ने स्त्रीसँग परमेश्‍वर प्रसन्न हुनुहुन्छ!” 28 तब उहाँले जवाफ दिनु भयो, "परमेश्वर उहाँको वचन सुनेर पालन गर्नेहरूसंग अति प्रसन्न हुनुहुन्छ!" 29 अझ धेरै मानिसहरू येशूको वरिपरि भीडमा सहभागी हुन आउँदै थिए। उहाँले भन्नुभयो, “यो समयमा जिउने मानिसहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू {म परमेश्वरबाट आएको हुँ भनी प्रमाणित गर्नकोलागि } मैले आश्चर्यकर्म गरेको चाहन्छन् । तर तिनीहरूले देख्ने एउटै प्रमाण जुन योनालाई भएको जस्तो आश्चर्यकर्म हो। 30 धेरै वर्ष पहिले परमेश्वरले योनालाई निनवेमा सहरमा बस्ने मानिसहरूकहाँ पठाउनुभएको हो भनी देखाउन उहाँले एउटा आश्चर्यकर्म गर्नुभयो। त्यसै गरी,परमेश्वरले मलाई मानिसको पुत्रलाई पठाउनुभएको हो भनी अहिले जिइरहेका मानिसहरूलाई प्रमाणित गर्नको लागि यस्तै आश्चर्यकर्म गर्नुहुनेछ। 31 धेरै पहिले सुलेमानले भनेका बुद्धिका कुराहरू सुन्नकोलागि शेबाकी रानी धेरै टाढा गएकी थिइन्। अब सुलेमान भन्दा महान कोही यहाँ तिमीहरूसँग छ। {तर मैले भनेको कुरा तिमीहरूले साँच्चै सुनेका छैनौ।} त्यसकारण, त्यो दिनमा जब परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुन्छ, तिनी उठेर अहिले जिइरहेका मानिसहरूलाई दोषी ठहराउनेछिन्। 32 योनाले निनवेको प्राचिन सहरमा बस्ने मानिसहरूलाई प्रचार गर्दा तिनीहरू आफ्नो पापपूर्ण मार्गबाट फर्किए। अनि अब म, जो योनाभन्दा महान् हुँ, आएको छु र तिमीहरूलाई प्रचार गरेको छु। {तर तिमीहरू आफ्‍ना पापी मार्गहरूबाट फर्केका छैनौ।} यसकारण, त्यो दिनमा जब परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुन्छ, निनवेमा बस्ने मानिसहरू खडा हुनेछन् र अहिले जिइरहेका मानिसहरूलाई दोषी ठहराउनेछन्। 33 मानिसहरूले बत्ति बालेर लुकाउँदैनन् वा डालो मुनि छोपेर राख्दैनन्। बरु, सामदानमाथि राख्छन् ताकि कोठाभित्र पस्नेले उज्यालो देख्न सकून्। 34 तिम्रो आँखाले तिम्रो शरीरमा उज्यालो दिन्छ। यदि तिमीहरूको आँखाले ठिक काम गरिरहेको छ भने, तिम्रो सम्पूर्ण शरीर उज्यालो हुनेछ। तर यदि तिम्रो आँखाले ठीक काम गरिरहेको छैन भने, तिम्रो शरीरमा उज्यालोआउँदैन। 35 त्यसकारण,यदि तिम्रो आँखाले वास्तबमा ठिक काम गरिरहेको छैन र कुनै पनि उज्यालो दिइरहेको छैन भने तिम्रो आँखाले ठिक काम गरिरहेको छ र उज्यालो दिइरहेको छ भनेर नसोच। 36 त्यसोभए, यदि तिम्रो शरीरको हरेक भागमा उज्यालो छ भने, ताकि यसको कुनै भाग अँध्यारो नहोस्, तब तिम्रो सम्पूर्ण शरीर उज्यालोले भरिनेछ। जसरी बाहिरको बत्तिको उज्यालोले सबैतिर प्रकाशमान हुन्छ, त्यसरी नै तिमी भित्र पनि उज्यालो ज्योति चम्कनेछ।" 37 येशूले ती कुराहरू भनिसक्नुभएपछि, एकजना फरिसीले उहाँलाई आफूसँगै खाना खान निम्तो दिए। त्यसैले येशू फरिसीको घरमा जानुभयो र खाना खान टेबुलमा ढल्किनु भयो। 38 येशूले खाना खानुअघि आफ्नो हात धार्मिक बिधि अनुसार नधोएको देखेर फरिसी छक्क परे। 39 येशूले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू खाना अघि कचौरा र भाँडाहरू बाहिर धुन्छौ, तर आफैंमा तिमीहरू साह्रै लोभी र दुष्ट छौ। 40 मूर्ख मानिसहरू हो! निश्चय नै तिमीहरूलाई थाहा छ कि परमेश्वरले बाहिर मात्र होईन भित्र पनि बनाउनु भएको हो! 41 {भाँडाहरू परम्परागतररूपले सफा गर्ने चिन्ता गर्नुको सट्टा दयालु होओ र }भाँडाभित्र जे छ खाँचोमा परेका मानिसहरूलाई देओ। तब तिमीहरूको भित्र र बाहिर दुबै परमेश्वरलाई स्वीकार्य हुनेछ। 42 तर तिमीहरू फरिसीहरूका लागि यो कस्तो भयानक हुनेछ! तिमीहरूले आफ्नो बगैंचामा उब्जाउने जडीबुटीहरू समेत, तिमीहरूसँग भएका सबै थोकको दशांश होशियारीपूर्वक परमेश्वरलाई दिन्छौ। तरपनि तिमीहरूले अरूप्रति परमेश्वरको प्रेम वा निष्पक्षता देखाउँदैनौ। तिमीहरूले परमेश्वरलाई दिनुबाहेक त्यो पनि निश्चितरूपले गर्नुपर्छ। 43 तिमीहरू फरिसीहरूका लागि यो कस्तो भयानक हुनेछ, किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा महत्त्वपूर्ण आसनहरूमा बस्न रुचाउँछौ, र मानिसहरूले तिमीहरूलाई बजारहरूमा अभिवादन {बिशेष आदर} गरेको तिमीहरूलाई मन पर्छ। 44 तिम्रो लागि यो कत्ति डरलाग्दो हुनेछ, किनकि तिमी चिन्ह नलगाएको चिहानहरूजस्तै हौ, जसलाई मानिसहरू महसुस नगरिकन हिँड्छन् र औपचारिक रूपमा अशुद्ध हुन्छन्।” 45 त्यहाँ बसेका यहूदी व्यवस्थाका शिक्षकहरूमध्येका एक जनाले येशूलाई गुनासो गरे, “गुरुज्यू, तपाईंंले यी कुराहरू गरेर हाम्रो पनि आलोचना गर्नुहुन्छ!” 46 तर येशूले जवाफ दिनुभयो, “तिमीहरू यहूदी व्यस्थाका शिक्षकहरूको लागि पनि यो कस्तो भयानक दिन हुनेछ! म यो भन्दछु किनकि तिमीहरूले मानिसहरूलाई धेरै नियमहरू पालन गर्न लगाउँछौ, तर पनि तिमीहरूले तिनीहरूलाई सहायता गर्नको लागि सानो कुरा पनि गर्दिदैनौ। 47 तिमीहरूको निम्ति यो कत्ति डरलाग्दो हुनेछ, किनकि तिमीहरूले अगमवक्ताहरूका चिहानहरूलाई चिन्ह लगाउन भवनहरू निर्माण गर्छौ, तर तिनीहरूलाई मार्नेहरू तिमीहरूका पुर्खाहरू हुन्! 48 त्यसैले जब तिमीहरूले यी भवनहरू बनाईरहेका हुन्छौ, तिमीहरूले घोषणा गर्दै छौ कि तिमीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई मार्दा के गरेका थिए त्यो तिमीहरूले स्वीकार गर्दछौ। 49 त्यसैले अति बुद्धिमान्‌ परमेश्वरले, पनि भन्नुहुन्छ ‘म मेरा मानिसहरूलाई अगुवाइ गर्न अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। तर उनीहरूले तिनीहरूलाई धेरै दुःख दिनेछन्। उनीहरूमध्ये केहीलाई तिनीहरूले मार्ने पनि छन् ।' 50 फलस्वरुप, यस संसारको सृष्टि भए देखि नै सबै अगमवक्ताहरूलाई मार्ने त्यतिबेलाका ती मानिसहरू हत्याको निम्ति दण्डित हुनेछन् । 51 हाबिल {आदमको छोरा} {जसलाई उनका दाजु कयिनले मारे,} देखि जकरिया {अगमवक्ता} जसलाई राजाका सेनाहरूले वेदी र पवित्रस्थानको बिचमा मारे,{मन्दिरमा} , ती प्रत्येक हत्याको निम्ति तिनीहरू दण्डित हुनेछन् । 52 तिमीहरू व्यवस्थाका शिक्षकहरूका लागि यो कति भयानक हुनेछ, तिमीहरूले मानिसहरूलाई परमेश्वरलाई जान्नबाट बन्चित गरेका छौ! तिमीहरू आफैले परमेश्वरलाई चिन्दैनौ र परमेश्वरलाई चिन्न चाहाने मानिसहरूका लागि तिमीहरूले झन जटिल बनाईदिन्छौ|" 53 {येशूले यी कुराहरू भनिसकेपछि,} उहाँ फरिसीको घरबाट निस्कनुभयो। त्यसपछि यहूदी व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले उहाँप्रति अत्यन्तै शत्रुतापूर्ण व्यवहार गर्न थाले। तिनीहरूले उहाँलाई धेरै विषयहरूमा कडा प्रश्न गरे। 54 तिनीहरूले उहाँलाई झूटो शिक्षाको आरोप लगाउन सकिन्छ कि भनेर उहाँबाट केही गलत कुराहरू खोजिरहे।

Chapter 12

1 यसैबीच, हजारौं मानिसहरू {येशूको वरिपरि} भेला भए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू एक अर्कालाई कुल्चिंदै थिए। पहिले उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “होशियार रहो कि तिमीहरू फरिसीहरूजस्तै नहोओ, जसले सार्वजनिक रूपमा धार्मिक कार्य गर्छन् तर गुप्तमा दुष्ट कामहरू गर्छन्। 2 मानिसहरूले आफ्ना पापहरू गुप्तमा राख्ने प्रयास गर्नु व्यर्थ छ। मानिसहरूले लुकाउन खोजिरहेका सबैकुराहरू एक दिन परमेश्वरले सबैलाई थाहा दिनुहुनेछ। 3 कुनै दिन तिमीहरूले गुप्तमा भनेका सबै कुरा मानिसहरूले सार्वजनिक रूपमा सुन्नेछन्। कुनै दिन तिमीहरूले आफ्नो कोठामा कानेखुशी गरेको कुरा सुनेर कसैले सबैलाई चिच्याएर भन्नेछन्। 4 मेरा मित्रहरू हो, ध्यान दिएर सुन! मानिसहरूसंग नडराओ। तिनीहरूले तिमीहरूलाई मार्न सक्छन् , तर त्यसपछि तिनीहरूले केही पनि गर्न सक्दैनन्! 5 तिमीहरू साँच्चै कोसंग डराउनु पर्छ म भन्छु। तिमीहरू परमेश्वरसंग डराउनुपर्छ। उहाँसंग मानिसहरूलाई मृत्यु दण्ड दिने अधिकारमात्र होइन, उहाँसंग मानिसहरूलाई त्यसपछाडि नरकमा पनि फालिदिन सक्ने अधिकार हुन्छ। हो, म तिमीहरूलाई भन्दछु, तिमीहरू साँच्चै परमेश्वरसंगमात्र डराउनु पर्छ। 6 भंगेराहरूकोबारे सोच { तिनीहरूको मुल्य एकदमै कम छ कि} मात्र दुई साना सिक्काहरूले तिमीहरू ती मध्ये पाँचलाई किन्न सक्छौ। र पनि परमेश्वरले तिनीहरूलाई कहिल्यै बिर्सनु हुन्न! 7 तिमीहरूको शिरमा कति रौंहरू छन् भन्ने परमेश्वरलाई थाहा छ। नडराओ, किनभने तिमीहरू ती भंगेराहरू भन्दा अझ बढी {परमेश्वरकोलागि }मुल्यवान छौ। 8 म तिमीहरूलाई यो पनि भन्छु कि यदि मानिसहरूले अरूलाई उनीहरू मेरा चेलाहरू हुन् भनी भन्छन् भने, अनि म, मानिसको पुत्रले परमेश्वरका स्वर्गदूतहरूलाई भन्नेछु कि ती मानिसहरू मेरा चेलाहरू हुन्। 9 तर यदि तिनीहरूले अरूलाई भन्छन् कि तिनीहरू मेरा चेलाहरू होइनन्, तब म परमेश्वरका स्वर्गदूतहरूलाई भन्नेछु कि ती मानिसहरू मेरा चेलाहरू होइनन्। 10 म तिमीलाई यो पनि भन्छु कि यदि मानिसहरूले मेरो बारेमा, मानिसको पुत्र,खराब कुरा भनेपनि, त्यसको निम्ति परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछ। तर यदि मानिसहरूले पवित्र आत्माको बारेमा खराब कुराहरू गर्छन् भने, परमेश्वरले तिनीहरूलाई त्यसको लागि क्षमा गर्नुहुनेछैन। 11 यसकारण जब मानिसहरूले तिमीहरूलाई सभाघरहरूमा ल्याउँछन् र {धार्मिक गुरुहरूका अगाडि तिमीहरूलाई प्रश्न सोध्नलाई} र देशका अरू शक्तिशाली मानिसहरू कहाँ ल्‍याउँछन्, तब तिमीहरू तिनीहरूलाई कसरी जवाफ दिने वा के भन्‍ने बिषयमा चिन्ता नगर। 12 किनभने त्यो समयमा के भन्ने हो पवित्र आत्माले तिमीहरूलाई बताउनुहुनेछ। 13 तब भीडको एकजना मानिसले येशूलाई भन्यो, "गुरुज्यू, मेरो भाइलाई हाम्रो बुबाको सम्पत्ति मसंग भाग लगाउन भनिदिनुहोस्!" 14 तर येशूले तिनलाई जवाफ दिनुभयो, , "मानिसको सम्पत्ति सम्बन्धी मुद्दा समायोजनको बिषयमा हे मानिस, कसैले पनि मलाई न्याकर्ता बनाएको छैन! 15 तब उहाँले सम्पूर्ण भीडलाई भन्नुभयो, "कुनैपनि तवरले लोभ गर्नमा होसियार रहो! एकजना व्यक्तिको जीवनमा कति सम्पत्ति आर्जन गरेको छ भन्ने बिषयले अर्थ राख्दैन।" 16 तब भीडलाई येशूले यो कथा भन्नुभयो, "कुनै एक जना धनी मानिसको जमिनले प्रशस्त अनाज उब्जनी गर्यो । 17 उसले आफैलाई सोच्यो, "के गर्ने हो मलाई थाहा छैन , किनभने मसंग यो सबै अनाजलाई भण्डार गर्ने कुनै {ठूलो} ठाउँ छैन! 18 फेरी उसले सोच्यो, मलाई थाहा भयो म के गर्ने छु! म मेरा ढुकुटीहरू भत्काएर ठूलो बनाउने छु!, त्यस पछि नयाँ ठूलो ढुकुटीहरूमा म मेरो सबै अनाज र अन्यचिजहरू भण्डार गर्नसक्छु। 19 तब मैले आफैलाई भन्ने छु, अब मैले धेरै वर्षलाई पुग्ने अन्न भण्डार गरेको छु। त्यसैले मेरो जीवन अब सहज हुनेछ।म खाने छु,पिउने छु र रमाहाट गर्नेछु!" 20 तर परमेश्वरले त्यसलाई भन्नुभयो, "तँ मूर्ख मानिस! आजै राति तेरो मृत्यु हुनेछ! तब तैले बचाएर राखेको सबैकुराहरू अर्कैको हुनेछ!" 21 त्यसपछि येशूले यस दृष्टान्तलाई यसो भन्दै अन्त्य गर्नुभयो, "जसले आफ्नो लागि मात्र चीजहरू थुपार्छन् र परमेश्वरले मूल्यवान ठान्नुभएको कुराको वास्ता गर्दैनन् तिनीहरूलाई त्यस्तै हुनेछ।" 22 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यो कथाबाट तिमीहरूले सिक्नुपर्ने केही कुराहरू छन्। जिवित रहनको लागि प्रशस्त खाना वा न्यानो रहनको लागि पर्याप्त लुगाहरू छन् कि छैन भनेर चिन्ता नगर। 23 आखिरमा, तिमीहरूले खाएको खाना भन्दा तिमीहरूको शरीर अझ महत्त्वपूर्ण छ, र तिमीहरूले लगाएको लुगा भन्दा तिमीहरूको शरिर अझ धेरै महत्त्वपूर्ण छ। 24 चराहरूको बारेमा सोँच। तिनीहरूले बिउ रोप्दैनन्, र तिनीहरूले बाली काट्दैनन्। तिनीहरूसँग बालीहरू भण्डारण गर्न कोठाहरू वा भवनहरू छैनन्, तर परमेश्वरले तिनीहरूको लागि खाना जुटाउनु हुन्छ। र तिमीहरू पक्कै ती चराहरू भन्दा धेरै मूल्यवान छौ। 25 तिमीहरू मध्ये कसैले पनि यसबारे चिन्ता गरेर आफ्नो जीवनमा एक मिनेट पनि थप्न सक्दैनौ! 26 त्यसैले तिमीहरूले यति सानो कुरा पनि गर्न सक्दैनौ भने, निश्चय नै अरू कुनै कुराको विषयमा चिन्ता लिनु हुँदैन। 27 सोच फूलहरू कसरी बढ्छन् । तिनीहरू पैसा कमाउनको लागि काम गर्दैनन्, र तिनीहरू आफ्नै लुगाहरू बनाउँदैनन्। तर म तिमीहरूलाई भन्दछु कि राजा सुलेमानले, {जो धेरै पहिले जिएका थिए र} महिमित वस्त्र पहिरेका थिए, र पनि कहिल्यै एउटा फूलजत्तिको पनि सिंगारिएनन्।‍ 28 परमेश्वरले बिरुवाहरूलाई सुन्दर बनाउनुभएको छ, यद्यपि तिनीहरू छोटो समयका लागि रहे तापनि, तब मानिसहरूले तिनीहरूलाई काटेर आगोमा फालिदिन्छन् । {तर तिमीहरू परमेश्वरको लागि धेरै मुल्यवान छौ।} बिरुवालाई भन्दा अझ बढ्ता गरेर उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।तिमीहरूले अझै बढ्ता गरेर परमेश्वरलाई भरोसा गर्नुपर्छ। 29 तिमीहरूले के खाने र के पिउने भनेर अचम्म नमान, र {ती चीजहरूको बारेमा} चिन्ता नगर। 30 जबकि परमेश्वरलाई नचिन्ने मानिसहरूले त्यस्ता कुराहरूको चिन्ता गर्दैनन् , {तिमीहरू ढुक्क होओ कि } स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूलाई ती चिजहरूको आवश्यकता छ भनी जान्नुहुन्छ। 31 बरु,परमेश्वरको राज्यको लागि तिमीहरूले के गर्न सक्छौ त्यसकुरामा ध्यान देऊ। जब तिमीहरूले त्यसो गर्छौ, तिमीहरूले तिमीहरूलाई चाहिने सबै कुरा प्रदान गर्ने परमेश्वरमा भरोसा गर्न सक्छौ । 32 त्यसैले डराउनु पर्दैन, मेरा मित्रहरू, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरू उहाँको राज्यको हिस्सा भएको चाहनुहुन्छ {र यसका सबै फाइदाहरू प्राप्त गर}। 33 त्यसैले तिमीहरूसंग भएका चिजहरू बेच र खाना वा लुगा वा बस्नको लागि ठाउँ नभएका मानिसहरूलाई पैसा देओ। आफ्नोलागि नच्यातिने थैलिहरू बनाऊ। मेरो मतलब स्वर्गमा धनसम्पत्ति जम्मा गर जहाँ यो सधैंं सुरक्षित हुनेछ। त्यहाँ कुनै चोरले केही चोर्न सक्दैन र कुनै कीराले तिम्रो लुगा नष्ट गर्नेछैन। 34 आखिरमा जे-जति तिमीहरूले जम्मा गर्छौ त्यसैको बारेमा तिमीहरूले सोच्नेछौ र त्यसैमा समय खर्च गर्नेछौ। 35 काम गर्ने वस्त्र लगाएर रातभरि बत्ती बालेर बस्ने मानिसहरूजस्तै {सधैं} {परमेश्वरको काम गर्न तयार } होओ। 36 {मेरो पुनरागमनको लागि तयार} होओ, जसरी विवाह भोजमा गएका आफ्ना मालिक फर्किनको लागि पर्खेर बसेका नोकरहरू जस्तै। जब उनी आइपुग्छन् र ढोका ढकढकाउने बित्तिकै तिनको लागि ढोका खोल्न तिनीहरूआतुर रहेका हुन्छन्। 37 मालिक आउँदा यदि नोकरहरू जागा रहेका छन् भने तिनीहरूकोलागि धैरै असल हुनेछ। म तिमीहरूलाई यो भन्दछुः तिनले तिनीहरूलाई सेवकले झैं लुगा लगाएर सेवा गर्नेछन्, तिनीहरूलाई बसाउने छन् र खाना दिनेछन् । 38 यद्यपि , उ साँझमा वा मध्यरातमा ढिलो घर आएतापनि, यदि उसले आफ्ना नोकरहरूलाई जागा र उसको निम्ति तयार रहेको भेट्टाउँछ भने , उ तिनीहरूसंग धैरै खुशी हुनेछ। 39 र म चाहन्छु, तिमीहरू यो विचार गर: यदि घरको मालिकलाई कुन बेला चोर आउँदै छ भन्ने थाहा भएको भए, उ जागा रहन्थ्यो र चोरलाई उसको घर फोर्न दिनेथिएन। 40 त्यसैले तयार रहो, किनकि म, मानिसको पुत्र, तिमीहरूले आशा नगरेको समयमा फेरी आउने छु। 41 पत्रुसले सोधे, प्रभु, के यो दृष्टान्त हाम्रो निम्ति मात्र बताउनु भएको हो, तपाईंका चेलाहरूको लागि ? वा भीडको लागि पनि हो? 42 येशूले जवाफ दिनु भयो,"म यो सबैको लागि भन्दैछु जो एक विश्वासी र बुद्धिमान नोकर जस्तै छ जो आफ्नो मालिकको घरको व्यवस्थापक हो। उसको मालिकले उसलाई आफ्ना अरू नोकरहरूको अगुवा बनाएर राख्छ, तिनीहरूले ठिक समयमा आफ्नो खाना पाउँछन् भन्ने सुनिश्चित गर्न । 43 यदि उसको मालिक घर आउँछ र उसलाई काम गरिरहेको देख्छ भने, त्यो नोकरलाई मालिकले इनाम दिनेछ। 44 म तिमीहरूलाई यो भन्दछुः मालिकले त्यो नोकरलाई उसको सबै स्वामित्वको जिम्मा दिनेछ। 45 र त्यो नोकर जसलाई जिम्मेवारी दिइएको थियो, उसले आफैलाई यसो भन्‍न सक्छ, ‘मेरो मालिक लामो समयकोलागि टाढा जादै छ।’ त्यसपछि उसले अरू नोकरहरूलाई पिट्न थाल्छ। उसले पनि धेरै खान र पिउन थाल्छ र मात्न थाल्छ। 46 यदि उसले त्यसो गर्छ भने, उसको मालिक उसले नचिताएको बेला फर्कन सक्छ। तब उसको मालिकले उसलाई कठोर सजाय दिनेछ र आफ्नो निम्ति विश्वासी भई सेवा नगर्नेहरूको ठाउँमा उसलाई नियुक्त गर्नेछ । 47 आफ्नो मालिकको इच्छा नोकरले जान्दथ्यो तर तयार भएन र तिनको इच्छा अनुसार नगर्नेले कठोर सजाय पाउनेछ। 48 तर हरेक नोकर जसले उसको मालिकले उसलाई के गरोस् भन्ने कुरा थाहा पाएन र त्यसपछि केही गल्ती गर्यो भने, उसले हल्का मात्र सजाय पाउनेछ। धेरै जिम्मेवारी पाएका नोकरहरूबाट मालिकले धेरै आशा गर्नेछन् र मालिकले धेरै जिम्मेवारीहरू सुम्पेका नोकरहरूबाट अझ धेरै आशा गर्नेछन् । 49 म मानिसहरूमा आत्मिक उथलपुथल ल्याउन आएको हुँ। म चाहन्छु कि तिनीहरू पहिले नै तिनमा काम गरिराखेको भए हुने थियो ! 50 छिट्टै म एक दर्दनाक कष्टबाट भएर जानुपर्छ। मेरो यो कष्ट नसकिनेबेलासम्म म व्याकुल रहनेछु। 51 तिमीहरूलाई थाहा हुनुपर्छ, कि म मानिसहरू शान्तिपुर्ण तरिकाले रहुन भनेर आएको होईन। होईन, बरु तिमीहरूले बुझ्नुपर्छ, मानिसहरू तर्किने छन् र मेरो बिरुद्धमा उठ्नेछन् 52 तयार रहो,किनभने जुन यो हुन गइरहेको छ। पाँच जनाको परिवारमा, कसैले मलाई विश्वास गर्नेछन् र कसैले गर्दैनन्। तीन परिवारका सदस्यहरू अन्य दुईको विरुद्धमा एकसाथ खडा हुनेछन्। 53 परिवारमा द्धन्द हुनेछ। एक बाबुले आफ्नो छोराको विरोध गर्नेछ, वा छोराले आफ्नो बुबाको विरोध गर्नेछ। आमाले आफ्नी छोरीको विरोध गर्नेछिन, वा छोरीले आफ्नी आमाको विरोध गर्नेछिन। सासुले बुहारीको विरोध गर्नेछिन, वा बुहारीले सासूको विरोध गर्नेछिन ।" 54 उहाँले भीडलाई पनि भन्नुभयो, “जब तिमीहरूले पश्चिममा कालो बादल उठेको देख्‍छौ, तुरुन्तै भन्छौ, ‘वर्षा हुँदैछ!’ र त्यस्तै हुन्छ। 55 जब दक्षिणबाट हावा चल्छ, तिमीहरू भन्छौ, 'धेरै गर्मी दिन हुन गइरहेको छ!' र तिमीहरू ठिक भन्दैछौ। 56 हे पाखण्डीहरू हो! बादल र बतासको अवलोकन गरेर, तिमीहरू मौसमबारे के भइरहेको छ भनेर छुट्याउन जान्दछौ। यस वर्तमान समयमा परमेश्वरले के गरिरहनु भएको छ भनेर तिमीहरूले थाहा पाउन सक्नुपर्छ ! 57 तिमीहरू प्रत्येकले के सही हो भनेर आफैले निर्णय गर्नुपर्छ! 58 तिमीहरूले गर्नुपर्ने यहाँ एउटा काम छ। तिमीहरूले अदालतको बाटोमा जाँदैगर्दा तिमीहरूलाई आरोप लगाउने व्यक्तिसँग बाटोमै कुराहरू मिलाउने प्रयास गर्नुपर्छ। यदि उसले तिमीहरूलाई न्यायाधीशकहाँ जान जबरजस्ती गर्यो भने, न्यायाधीशले तिमीहरूलाई दोषी ठहर्याउन सक्छ र तिमीहरूलाई अदालतको अधिकारीकहाँ सुम्पिदिन सक्छ। त्यसपछि त्यो अधिकारीले तिमीहरूलाई जेलमा हाल्नेछन् । 59 म तिमीलाई भन्दछु कि यदि तिमी जेलमा पुग्यौ भने, न्यायाधीशले तिमीहरूले तिर्नुपर्ने कुराको प्रत्येक अंश चुक्ता नगरेसम्म तिमीहरू त्यहाँबाट कहिले पनि बाहिर निस्कन सक्नेछैनौ।”

Chapter 13

1 त्यो समयमा, त्यहाँ भीडमा भएका कतिपय मानिसहरूले भर्खरै केही गालीलका मानिसहरूलाई के भएको थियो त्यसबारे उनीहरूले येशूलाई भने। रोमी अधिकारी पिलातसले, गालीलका मानिसहरूलाई येरुशलेमको मन्दिरमा तिनीहरूले बलिदान चढाईरहेको बेला सिपाहीहरूलाई मार्नलाई आदेश दिएका थिए। 2 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "तिमीहरूलाई लाग्छ कि गालीलका मानिसहरूलाई यस्तो हुनुको कारण तिनीहरू गालीलका अन्य सबैमानिसहरू भन्दा बढ्ता पापी थिए? 3 म तिमीहरूलाई निश्चित गराउन चाहन्छु कि, कारण त्यो होईन! बरु यदि तिमीहरू आफ्ना पापपूर्ण व्यवहारबाट फर्केनौ भने परमेश्वरले तिमीहरू सबैलाई त्यसरी नै सजाय दिनुहुनेछ। 4 अथवा ती १८ जना मानिसहरूमाथि जब सिलोमको {छिमेक} मा धरहरा ढलेर मरे तिनीहरूको बारेमा के सोच्छौ ? यरूशलेमका अरू मानिसहरूभन्दा तिनीहरू झन् खराब पापी भएकाले तिनीहरूमाथि यस्तो भएको हो भनी के तिमीहरूलाई लाग्छ? 5 म तिमीहरूलाई भन्दछु, कारण त्यो थिएन! तर त्यसको सट्टा, तिमीहरूले महसुस गर्न आवश्यक छ कि यदि तिमीहरू आफ्ना पापपुर्ण व्यवहारबाट फर्केनौ भने परमेश्वरले तिमीहरू सबैलाई त्यसरी नै सजाय दिनुहुनेछ!" 6 तब येशूले तिनीहरूलाई यो कथा भन्नुभयो: “एकजना मानिसले आफ्नो बगैंचामा नेभाराको रूख रोप्यो। {हरेक वर्ष } ऊ नेभारा टिप्न आउँथ्यो तर त्यसमा एउटै पनि {कहिल्यै} थिएन। 7 तब उसले मालिलाई भन्यो, "यो रुखलाई हेर! विगत तीन वर्ष देखि मैले यो रुखले फल दिन्छ कि भनेर हेरिरहेको छु, तर कुनैपनि अञ्जिर मैले पाएको छैन। यसलाई काटिदेऊ! यसले खाली माटोबाट बिनाकाममा पोषणमात्र चुसिरहेकोछ! 8 तर मालिले जवाफ दियो, "मालिक, अर्को एक वर्षकोलागि छोडिदिनुहोस्। म यसमा गोडमेल गरेर मल हाल्नेछु। 9 यदि यसमा अर्को वर्ष फल लाग्यो भने, यसलाई हामीले निरन्तर बढ्न दिन सक्छौं! तर यदि यसले त्यतिबेलासम्म फल दिएन भने, यसलाई तपाईं काट्न सक्नुहुन्छ।" 10 एक दिन यहूदीहरूको बिश्रामको दिनमा, येशूले मानिसहरूलाई सभाघरमा शिक्षा दिईरहनुभएको थियो। 11 १८ वर्षदेखि दुष्ट आत्माले घिस्ररेर हिड्ने बनाएको एउटी स्त्री त्यहाँ थिई। तिनी जहिले कुप्रि परेको अबस्थामा हुन्थिन्।तिनी सिधा उभिन सक्दैनथिई। 12 जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई आफूकहाँ बोलाउनुभयो। उहाँले तिनलाई भन्नुभयो, “नारी, मैले तिमीलाई यो बिमारीबाट निको पारेको छु!” 13 उहाँले आफ्नो हात तिनीमाथि राख्नुभयो। तुरुन्तै तिनी सीधा खडा भएर परमेश्वरको प्रशंसा गर्न थालिन्! 14 तर येशूले यहूदीहरूको विश्राम दिनमा तिनलाई निको पारेको कारण सभाघरका अगुवा रिसाए। त्यसैले उहाँले मानिसहरूलाई भन्नुभयो, “६ दिनसम्म हामीलाई हाम्रो व्यवस्थाले काम गर्न अनुमति दिएको छ । यदि तिमीहरूलाई चङ्गाईको आवश्यकता छ भने, ती ६ दिनहरूमा सभाघरमा आएर निको होओ । हाम्रो विश्रामको दिनमा नआओ!” 15 तब येशूले उसलाई जवाफ दिनुभयो, “तिमी र तिम्रा सह-धार्मिक अगुवाहरू पाखण्डी छौ! कहिलेकाहीं तिमीहरूले {विश्रामको दिनमा पनि काम गर्नुपर्छ! उदाहरणको लागि,} तिमीहरूले आफ्नो गोरु वा गधालाई तबेलाबाट पानी पिउन सक्ने ठाउँमा लैजानको लागि फुकाउँछौ। 16 यी स्त्री अब्राहामको वंशकी एक यहूदी हुन्, तर शैतानले तिनलाई पक्रेर १८ वर्षदेखि घिस्ररेर हिँड्ने बनाएको छ! यदि मैले विश्राम दिनमा निको पारें भने पनि, मैले तिनलाई यो अशक्त रोगबाट मुक्त गर्नु उचित हो भनी पक्कै तिमीहरू सहमत हुनेछौ ! ” 17 उहाँले यो भनिसकेपछि, उहाँका शत्रुहरू आफै लाजमा परे | तर उहाँले गरेका यी सबै अचम्मका कार्यहरू देखेर अरू सबै मानिसहरू खुशी भए | 18 त्यसपछि उहाँले भन्नुभयो, “ म, जब परमेश्वरले राजाको रूपमा राज्य गर्नुहुन्छ तब कस्तो हुन्छ भनेर व्याख्या गर्न चाहन्छु। म, तिमीहरूले यो बुझ्नको लागि एउटा चित्र दिनेछु। 19 यो एउटा सानो तोरीको दाना जस्तै हो जुन मानिसले आफ्नो खेतमा रोप्यो । त्यो रूख जस्तै बढेर ठूलो भयो। त्यो यति ठूलो थियो कि चराहरूले त्यसका हाँगाहरूमा गुँड बनाएका थिए। 20 तब फेरी उहाँले भन्नु भयो, "म, जब परमेश्वरले राज्य गर्नुहुनेछ {अर्को तरिका} यो कस्तो हुन्छ तिमीहरूलाई बताउने छु। 21 यो एक स्त्रीले लगभग २५ किलोग्राम (३ पाथी) पीठोमा मिसाएको अलिकति खमीर जस्तै हो। त्यो मात्र एउटा सानो खमीरले आँटाको पूरै डल्लोलाई फुलायो।” 22 येशू निरन्तर येरुशलेम तिर यात्रामा हुनुहुन्थ्यो। उहाँ बाटोका शहर र गाँउहरूमा रोकिएर मानिसहरूलाई सिकाउनु भयो। 23 कसैले उहाँलाई सोध्यो, "प्रभु, के परमेश्वरले थोरै मानिसहरूलाई मात्र बचाउनुहुनेछ?" येशूले जवाफ दिनुभयो ताकि सबै मानिसहरूले सुनून्, 24 तिमीहरूले पस्नकोलागि धेरै कोसिस गर्नुपर्छ, किनभने यो धेरै कठिन छ। म तिमीलाई भन्छु कि धेरै मानिहरूले पस्ने कोसिस गर्नेछन् ,तर तिनीहरू सक्नेछैनन्। 25 घरको मालिक उठेर ढोका बन्द गरे पछि, तिमी बाहिर उभिनेछौ र ढोका ढकढकाउनेछौ। र तिम्रो मालिकलाई बिन्ती गर्नेछौ र तिनलाई भन्नेछौ, 'प्रभु, हाम्रो लागि ढोका खोल्नुहोस्!' तर उसले जवाफ दिनेछ, 'अँह, म यो खोल्ने छैन, किनभने म तिमीहरूलाई चिन्दिनँ, र मलाई थाहा छैन तिमीहरू कहाँबाट आएका हौ!' 26 तब तिमीहरूले भन्ने छौ, {तपाईंले त्यो बिर्सिनु भयो कि} हामीले तपाईंसंगै खायौं, र तपाईंले हामीलाई हाम्रा नगरका गल्लिहरूमा सिकाउनु भयो! 27 तर उहाँले भन्नुहुनेछ, 'म तिमीहरूलाई फेरि भन्दछु, तिमीहरू कहाँबाट आएका हौ मलाई थाहा छैन। तिमीहरू सबै दुष्ट मानिसहरू हौ! म देखि दूर होईजाओ!" 28 {तब येशूले भनिरहनुभयो,} "तिमीहरूले अब्राहाम, ईसहाक र याकुबलाई {टाढाबाट} देख्नेछौ. धैरै वर्ष पहिलेका सबै अगमवक्ताहरू पनि त्यहाँ हुनेछन् जहाँ परमेश्वरले सबैकुराहरूमाथि राजाभएर शासन गर्नुहुनेछ।तर तिमीहरू बाहिर रुनेछौ र कष्टमा आफ्ना दाह्रा किट्नेछौ! 29 तर त्यहाँ भित्र संसारको हरेक ठाउँबाट मानिसहरू हुनेछन् {,धेरै गैर-यहूदीहरू सहित}। परमेश्वरले सबैमाथि राजा भएर शासन गर्नुहुनेछ र तिनीहरू सबैले सँगै उत्सव मनाउनेछन्। 30 यसबारे सोच: अहिले सबैभन्दा तुच्छ देखिने केही मानिसहरू त्यतिबेला सबैभन्दा महत्त्वपूर्ण हुनेछन्, र अरू जो अहिले महत्त्वपूर्ण देखिन्छन् तिनीहरू त्यतिबेला सबैभन्दा तुच्छ हुनेछन्। 31 त्यही दिन, केही फरिसीहरू आए र येशूलाई भने, "यो ठाउँलाई छोडिदिनुहोस्, किनकि शासक हेरोद एन्टिपासले तपाईंंलाई मार्न चाहन्छन्!" 32 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, "जाऊ र त्यो धूर्त मानिसलाई भन, {जसले मलाई हानी पुर्याउन सक्छु भन्ने सोच्दछ त्यसले वास्तवमा सक्दैन,} मेरो यो सन्देश: 'सुन! म अहिले भूतहरूलाई धपाउँदैछु र आश्चर्यकर्महरू गर्दैछु, र म यो छोटो समयको लागि जारी राख्नेछु। त्यसपछि म मेरो काम पूरा गर्नेछु।' 33 तर मैले आगामी दिनहरूमा पनि यरूशलेमको यात्रा जारी राख्नुपर्छ, किनकि यहूदी अगुवाहरूले जहिले पनि यरूशलेम बाहेक अन्य ठाउँमा अगमवक्तालाई मार्नु उचित होइन जस्तो व्यवहार गरेका छन्। 34 हे यरूशलेमका मानिसहरू! तिमीहरूले अगमवक्ताहरूलाई मारेका छौ जो धेरै पहिले बाँचेका थिए। तब तिमीहरूले अरूहरूलाई मारेका छौ जसलाई परमेश्वरले तिमीहरूकहाँ पठाउनुभयो। तिमीहरूले तिनीहरूलाई ढुङ्गा हानेर मार्यौ। कुखुराले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ म तिमीहरूलाई बचाउन धेरै पटक बटुल्न चाहें। तर तिमीहरूले मलाई त्यसो गरेको रुचाएनौ। 35 अब हेर! यरूशलेमका मानिसहरू हो, परमेश्वरले अबदेखि तिमीहरूलाई रक्षा गर्नुहुनेछैन। म तिमीहरूलाई यो पनि भन्छु: म तिमीहरूको सहरमा एकपटक मात्र प्रवेश गर्नेछु। त्यस पछि, म नफर्कुन्जेल तिमीहरूले मलाई देख्ने छैनौ, अनि तिमीहरूले मेरो बारेमा भन्नेछौ, ‘परमेश्वरको अधिकार लिएर आउने यो मानिसलाई परमेश्वरले आशीर्वाद देऊन्!"

Chapter 14

1 एक दिन, जुन विश्राम दिनमा थियो। येशू एकजना फरिसीहरूका अगुवाको घरमा खाना खान जानुभयो। { ती अगुवाले अरू फरिसीहरूलाई पनि खान खाना बोलाएका थिए। } तिनीहरू सबैले येशूलाई होशियारीसाथ {दोष लगाउने ठाउँ भेट्टाउन} चेवा गरिरहेका थिए। 2 ठिक येशूको अगाडी हात खुट्टा सुनिने रोगले ग्रसित एकजना मानिस थियो। 3 येशूले यहूदी व्यवस्थाका बिज्ञहरूलाई र त्यहाँ रहेका फरिसीहरूलाई सोध्नुभयो, "विश्रामको दिनमा मानिसहरूलाई निको पार्ने अनुमति व्यवस्थामा छ कि छैन? " 4 तिनीहरूले जवाफ दिएनन्। त्यसैले येशूले त्यस मानिसमाथि आफ्नो हात राख्नुभयो र उसलाई निको पार्नुभयो। त्यसपछि उहाँले तिनलाई भन्नुभयो तिमी जान सक्छौ। 5 अनि उहाँले त्यहाँ भएका अरूहरूलाई भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा छोरो वा गोरु विश्रामको दिनमा इनारमा खसेको छ भने, तिमीहरूले त्यसलाई तुरुन्तै बाहिर निकाल्नेछौ।” 6 तिनीहरूले, फेरि पनि उहाँलाई जवाफ दिनसकेनन्। 7 येशूले याद गर्नुभयो कि भोजनकोलागि निम्त्याईएका मानिसहरू त्यो ठाउँमा बस्न खोजिरहेका थिए जहाँ प्राय महत्वपूर्ण मानिसहरू बस्थे। त्यसैले उहाँले तिनीहरूलाई यो सल्लाह दिनुभयो। 8 जब कसैले तिमीहरूलाई विवाहको भोजमा निम्तो दिँदछ, महत्वपूर्ण मानिसहरू बस्ने स्थानमा नबस। हुनसक्छ तिमी भन्दा अझ महत्वपूर्ण मानिसलाई भोजकोनिम्ति उसले निम्त्याएको हुनसक्छ। 9 जब तिमीहरू दुवैजनालाई निम्तो दिने व्यक्तिले तिमीहरू बसेको ठाउँ देख्छन् , तिनले तिमीहरूलाई भन्नेछन् , 'यस मानिसलाई तिम्रो ठाउँमा बस्न देऊ!' तब तिमीले सबैभन्दा तुच्छ ठाँउमा बस्नुपर्नेहुन्छ, र तिमी लज्जित हुनुपर्नेछ। 10 बरु त्यसको सट्टा, कसैले तिमीलाई भोजमा निम्तो दियो भने , गएर सबैभन्दा तुच्छ ठाउँमा बस। त्यसपछि जब भोजमा सबैलाई निम्तो दिने मेजमान आईपुग्छन् , तिनले तिमीलाई भन्नेछन् , 'हे मित्र, आएर यहाँ राम्रो स्थानमा बस!' तब भोजमा तिमीसंगै खाईरहेका सबै मानिसहरूले तिनले तिमीलाई आदर गरिरहेका देख्नेछन् । 11 किनभने परमेश्वरले तिनीहरूलाई होच्याउनु हुनेछ जसले आफैलाई उच्च पार्छन् , र उहाँले तिनीहरूलाई उच्च पार्नुहुनेछ जसले आफैलाई होच्च्याउँदछन् ।" 12 येशूले उहाँलाई भोजनमा निम्तो दिने फरिसीलाई पनि भन्नुभयो, "जब तिमीले मानिसहरूलाई दिउँसो वा साँझको भोजनमा निम्तो दिँदछौ, खाली आफ्ना साथीहरू, नातेदारहरू वा धनी छिमेकीहरूलाई मात्र निमन्त्रणा नगर, किनभने तिनीहरूले पछि तिमीलाई खानाको लागि बोलाएर फिर्ता गर्नेछन् । 13 बरु त्यसकोसट्टा, तिमीले गरिब लङ्गडा, अन्धा र अशक्तहरूलाई भोजमा निमन्त्रणा देऊ। 14 यदि तिमीले त्यसो गर्यौ भने, परमेश्वरले तिमीलाई ईनाम दिनुहुनेछ , किनभने तिनीहरूले तिमीलाई फिर्ता दिन सक्दैनन्। तिमी निश्चित होऊ कि जब धार्मिक मानिसहरूलाई त्यो दिन उहाँले पुनराआगमन गराउनुहुनेछ तब परमेश्वरले तिमीलाई फिर्ता दिनुहुनेछ।" 15 उहाँसंगै खाईरहेका मध्ये एकजनाले उहाँलाई यसो भनेको सुन्नुभयो। तिनले येशूलाई भने, "परमेश्वरले साँच्चै हरेकलाई आशिष दिनुभएको छ जसले परमेश्वर राजा भएर राज्य गर्ने स्थानमा उत्सव मनाउन पाउने छन् ! 16 येशूले तिनलाई जवाफ दिनुभयो, "एक पटक एकजना मानिसले एउटा विशाल भोजको आयोजना गर्ने निर्णय गरे। उनले धेरै मानिसलाई निमन्त्रणा दिए। 17 जब भोजको बेला आयो,तिनले निमन्त्रणा दिएका मानिसहरूलाई बोलाउन उनले आफ्ना नोकरहरूलाई पठाए, 'अब आओ, किनभने सबै कुरा तयार छ!' 18 तर जब चाकरहरूले त्यसो गरे, उनले निम्तो दिएका मानिसहरू किन आउन नसकेको भन्न थाले। नोकरले पहिलो कहाँ गएर भनेको मानिसले भन्यो, 'मैले भर्खरै खेंत किनेको छु, र मैले त्यसको हेरचाह गर्नुपर्छ। कृपया म आउन नसकेकोमा तिम्रो मालिकलाई मलाई क्षमा गरिदिन भनिदेऊ! 19 अर्को व्यक्तिले भन्यो, 'मैले भर्खरै ५ हल गोरु किनेको छु र मैले तिनीहरूको परिक्षण गर्नुपर्छ। कृपया म आउन नसकेकोमा तिम्रो मालिकलाई मलाई क्षमा गरिदिन भनिदेऊ! 20 अर्को मानिसले भन्यो, मैले भर्खरै विवाह गरेको छु, त्यसैले म आउन सक्दिन।'' 21 तब नोकर आफ्नो मालिककहाँ फर्केर गएर सबैजनाले भनेको कुरा बताए। घरको मालिक रिसाए र आफ्नो नोकरलाई भने, 'छिट्टै शहरका गल्लिहरू र बाटोमा जाऊ र गरिब, लङ्गडा, अन्धा र अशक्तहरूलाई यहाँ मेरो घरमा लिएर आऊ! 22 {त्यसपछि} नोकरले गएर त्यसै गरे, उनी फर्केर आएर भने, मालिक, मैले तपाईंले भने अनुसार गरको छु तर पनि धेरै मानिसहरूकोलागि अझै कोठाहरू खाली छ।' 23 तसर्थ मालिकले नोकरलाई भने, 'त्यसो भए शहर बाहिर जाऊ । ठूलो बाटोहरू र बगैँचाका साँघुरा बाटोहरूतिर मानिसहरू खोज र तिनीहरूलाई मेरो घरमा आउनकोलागि सक्दो आग्रह गर। म यहाँ धेरै मानिसहरू भएको चाहन्छु! 24 त्योबाहेक, म तिमीहरूलाई भन्दछु, मैले पहिला निमन्त्रणा दिएका ती मानिसहरूले मेरो भोजमा रमाहाट गर्न पाउनेछैनन्, {किनभने तिनीहरूले आउनलाई ईन्कार गरे}।" 25 एउटा ठूलो भीड येशूसंगै यात्रा गरिरहेको थियो।उहाँ मानिसहरूतिर फर्केर तिनीहरूलाई भन्नुभयो, 26 "यदि कोही मेरो पछि आउन चाहन्छ तर मलाई भन्दा बढी आफ्ना बुबा, आमा, श्रीमती, छोराछोरीहरू, दाजुभाईहरू र दिदिबहिनीहरूलाई उसले प्रेम गर्छ भने , उ मेरो चेला हुनसक्दैन। उसले मलाई आफ्नो जीवनलाई भन्दा पनि बढ्ता प्रेम गर्नुपर्छ! 27 जसले आफ्नो क्रुस बोक्दैन र मेरो आज्ञा पालन गर्दैन मेरो चेला हुनसक्दैन। 28 सबैभन्दा, यदि तिमीहरूमध्ये कसैले धरहरा बनाउन चाहन्छ, पहिला बसेर त्यसको लागत खर्च सुनिश्चित गर्नुपर्छ। यसरी, यो कार्य समापन गर्नको लागि पर्याप्त पैसा छ कि छैन थाहा हुनुपर्छ। 29 अन्यथा, यदि तिमीले जग हालेर, धरहराको अन्य काम पुरा गर्न सकेनौ भने देख्नेहरूले तिमीलाई गिल्ला गर्नेछन् । 30 तिनीहरूले भन्नेछन् , यो मानिसले धरहरा बनाउन सुरु त गर्यो, तर त्यसलाई पूरा गर्न सकेन! 31 अथवा , मानौ एकजना राजासंग १० हजार सेनाहरू छन् र मानौ अर्को २० हजार सेना भएको राजाले उसलाई आक्रंण गर्न आउदैछन् । सेनाहरूलाई लंडाईकोलागि पठाउनु भन्दा अगाडी, पक्कै पनि पहिला राजाले आफ्ना सल्लाहाकारहरूसंग बसेर अर्को राजाका सेनाहरूलाई हराउन सकिन्छ कि भनेर सुनिश्चित गर्नेछन् । 32 मानौं राजाले निश्चय गरे कि उनका सेनाहरूले ती अरू सेनाहरूलाई हराउन सक्छन् । तब उनले सेनाहरू पुग्नु अगावै अर्को राजाकहाँ आफ्ना समाचारवाहकहरूलाई तपाईंसंग शान्तिको कायम गर्न हामी के गरौ भनेर सोध्न पठाउने छन् । 33 त्यसैगरी, यदि तिमीहरू मध्ये कसैले आफूसंग भएका सबै कुराहरू पहिला त्याग्ने निर्णय गर्न सक्दैन भने त्यो मेरो चेला हुन सक्दैन। 34 {येशूले यो पनि भन्नुभयो,"तिमीहरू नून {जस्तै} हौ जो धेरै उपयोगी छ। तर यदि नूनले आफ्नो नूनिलोपना गुमायो भने, कसैले पनि त्यसलाई फेरी त्यसको नूनिलोपनमा ल्याउन सक्दैन। 35 {यदि नूनमा नूनिलोपन रहेन भने,} माटो वा मलखादकोलागि पनि यसको कुनै काम हुनेछैन।मानिसहरूले यसलाई मिल्काईदिन्छन् । मैले भर्खरै भनेका कुराहरूलाई हेसियारीपूर्वक विचार गर!"

Chapter 15

1 अब, धेरै कर उठाउनेहरू र अन्य मानिसहरू जसलाई धार्मिक अगुवाहरूले पापी ठान्थे, उहाँको शिक्षा सुन्न येशूकहाँ आईरहे। 2 {जब} फरिसीहरू र यहूदी व्यवस्थाका शिक्षकहरू {यो देखे, तिनीहरूले} गनगन गर्न थाले। तिनीहरूले भने, “यस मानिसले पापीहरूलाई स्वागत गर्छ र तिनीहरूसँगै खाना खान्छ।” {येशूले त्यसो गरेर आफूलाई अशुद्ध गरिरहनुभएको छ भनी उनीहरूले सोचे।} 3 तब येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः 4 मानौं कि तिमीहरूमध्ये एकजनासँग १०० भेडाहरू थिए र तिमीहरूले ती मध्ये एउटा हरायौ। पक्कैपनि, तिमीहरूले अरू ९९ वटा भेडाहरूलाई उजाडस्थानमा छोडेर हराएको भेडालाई नभेटेसम्म खोज्नेछौ। 5 जब तिमीहरूले त्यसलाई भेट्टाउनेछौ, त्यसलाई घर लैजानको लागि खुशीसाथ आफ्नो काँधमा राख्नेछौ। 6 अनि घरमा आइसकेपछि, तिमीहरूले आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई यसो भन्‍नेछौ: ‘मसँगै रमाओ, किनकि मैले मेरो हराएको भेडा भेट्टाएको छु!' 7 तिमीहरूले थाहा पाउनु पर्छ कि, त्यसरी नै, जब एक पापीले आफ्नो पापबाट पश्चात्ताप गर्दछ तब स्वर्गमाहुनेहरूको माझमा बढ्ता आनन्द हुनेछ। त्यो आनन्द धेरै मानिसहरूमा उनीहरूको आनन्द भन्दा ठूलो छ जो पहिले नै परमेश्वरसँग ठिक छन् र पश्चात्ताप गर्न आवश्यक छैन। 8 अथवा मानौं एक स्त्रीसंग १० वटा मुल्यवान चाँदीका सिक्काहरू थिए तर तिनले ती मध्ये एउटा हराईन्। पक्कै पनि त्यो सिक्का नभेट्टउन्जेलसम्म तिनले बत्ती बालेर, भुँई बढारेर धुईं धुईंति खोज्नेछिन्। 9 जब तिनले त्यो भेट्टाउँछिन्, तिनले आफ्ना छिमेकीहरू र साथीहरूलाई एकसाथ बोलाउनेछिन् र तिनीहरूलाई भन्नेछिन्, 'मसंगै खुशी होओ, किनभने मैले हराएको सिक्का भेट्टएकी छु!' 10 त्यसरी नै म तिमीहरूलाई भन्दछु, जब एकजना पापीले आफ्ना पापहरूबाट पश्चाताप गरेर फर्कन्छ, तब परमेश्वरका स्वर्गदूतहरूको माझमा झन बढि आनन्द हुनेछ।" 11 तब येशूले भनिरहनु भयो, "एकजना मानिसका दुई छोराहरू थिए। 12 एक दिन कान्छो छोराले उसको बुबालाई भन्यो, बुबा तपाईंको मृत्यु पछि मैले पाउने तपाईंको सम्पत्तिको हिस्सा मलाई अहिले दिनुहोस्।' तब बुबाले दुई दाजुभाईलाई आफ्नो सम्पति बाँडिदिए। 13 केही दिन पछि, कान्छो छोराले आफ्नो स्वामित्वमा भएका सबै चीजहरू जम्मा गर्यो र टाढाको देशमा गयो। त्यहाँ उसले आफ्नो सबै पैसाहरू मूर्खरुपले व्यर्थमा र अनैतिक कुराहरूमा खर्च गर्यो। 14 उसले आफ्नो सबै पैसा खर्च गरिसकेपछि, त्यो देशभरि ठूलो अनिकाल पर्यो। छिट्टै नै उसंग जिउनको लागि केही पनि बाँकी रहेन। 15 त्यसैले उ त्यही देशमा बस्ने एकजना मानिसकहाँ गयो र उसलाई काम माग्यो। अत: त्यो मानिसले उसलाई आफ्नो खेतमा सुंगुरहरूलाई खुवाउने काममा पठायो। 16 {उ यति सम्म भोकायो कि} उसले सुंगुरहरूले खाने दानाका खोस्टा समेत खाने इच्छा गर्यो, तरै पनि कसैले उसलाई केही दिएनन्। 17 अन्तमा उसले आफू कति मुर्ख भएको कुरालाई राम्ररी सोच्न थाल्यो, र आफैसंग भन्योः 'मेरो पिताको घरमा ज्यालामा काम गर्नेहरूसंग कति प्रशस्त खानेकुराहरू छ, तर म यहाँ मरिरहेछु किनकि मसंग खानकोलागि केही पनि छैन! 18 तसर्थ म यो ठाउँ छोडेर मेरो बुबाको घरमा फर्केर जानेछु। म उहाँलाई भन्ने छु, "पिता, मैले परमेश्वर र तपाईंंको विरुद्धमा पाप गरेको छु। 19 अब उप्रान्‍त म तपाईंंको छोरो भनिन योग्‍यको छैनँ। मलाई तपाईंंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटा सरह तुल्‍याउनुहोस्‌’।” 20 तब त्‍यो ठाउँ छाडेर आफ्‍ना बुबाको घरमा गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई गालामा चुम्‍बन गरे। 21 छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले परमेश्वर र तपाईंंको विरुद्धमा पाप गरेको छु। म फेरि तपाईंंको छोरो भनिन योग्‍यको छैनँ।’ 22 तर बाबुचाहिँले आफ्‍ना नोकरहरूलाई भने, ‘झट्टै जाओ र मेरो सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई लगाईदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता पनि लगाइदेओ! 23 र बिशेष दिनकोलागि पालेर राखिएको मोटो बाछो ल्याओ र काट ताकि यसलाई हामी खाएर उत्सव मनाउन सकौं! 24 हामीले उत्सव मनाउनुपर्छ किनभने मेरो यो छोरो मरेको थियो , तर अहिले फेरी जीवित भएको छ! ऊ हराएको व्यक्ति जस्तै थियो, तर हामीले उसलाई फेरि फेला पार्यौं! त्यसकारण सबैले उत्सव मनाउन थाले। 25 {यो सबै भईरहेकोबेला,} तिनको जेठो छोरा खेतमा काम गरिरहेको थियो। {काम सकिसकेपछि} उ घर फर्कियो. उ घर नजिकै आईरहेको थियो,मानिसहरूले गीत बजाएर नाचिरहेको उसले सुन्यो। 26 उसले एकजना चाकरलाई बोलाएर सोध्यो के भईरहेको थियो 27 तब चाकरले उसलाई भन्यो, "तपाईंको भाइ घर फर्कनु भएको छ। तपाईंका पिताले एउटा मोटो बाछो काटेर उत्सव मनाउन भन्नुभएको छ किनकि तपाईंको भाई स्वस्थ र सुरक्षितसाथ फर्कनु भएको छ।' 28 तर जेठो दाजु रिसायो र उत्सवमा सहभागी हुन चाहेन। त्यसैले उसका बुबा आएर उनी संगै भित्र आउनकोलागि आग्रह गरे। 29 तर उसले आफ्नो बुबालाई जवाफ दियो,' सुन्नुहोस्! यत्रो वर्षसम्म मैले तपाईंकोलागि नोकरले झैं काम गरें। तपाईंले भनेका सबैकुराहरू माने। तर तपाईंले मलाई कहिल्यै पनि मेरा साथीहरूसंग भोज गर्नकालागि एउटा सानो पाठो पनि दिनु भएन। 30 तर अहिले तपाईंको यो छोरा जसले तपाईंको सबै पैसाहरू बेश्याहरूसंग खर्च गरेर घर फर्किआएको छ, जसकोलागि तपाईंले नोकरहरूलाई मोटो बाछो काटेर उत्सव मनाउन भन्नुभयो!" 31 तर तिनका बुबाले तिनलाई भने, ‘मेरो छोरा, तँ त मसँग सधैंँभरि छँदैछस्, अनि मेरो सबै सम्‍पत्ति तेरै हो। 32 तर हामीले आनन्‍द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, र फेरि जीवित भएको छ, हराएको थियो, र हामीले उसलाई भेटाएका छौं ’।”

Chapter 16

1 येशूले आफ्ना चेलाहरूलाई पनि भन्नुभयो, "एकपटक एकजना धनी मानिसका एक घरव्यस्थापक थिए। एक दिन कसैले धनी मानिसलाई भनिदियो कि, तिनका व्यस्थापकले राम्रोसंग काम गरेका छैनन् जसको कारण तिनले ठूलो घाटा बेहोर्नुपरेको छ। 2 त्यसैले उनले व्यवस्थापकलाई उनीकहाँ बोलाए र तिनलाई भने, 'मैले के सुनिरहेको छु, तिमीले निकै खराब गरिरहेका छौ! तिमीले गर्दैआईरहेको व्यवस्थापनको लिखित हिसाबको अन्तिम बिवरण मलाई बुझाऊ, किनभने अब देखि उसो तिमी मेरो घरको व्यवस्थापक रहने छैनौ!' 3 तब व्यस्थापकले मनमनै भन्यो, 'मेरो मालिकले मलाई व्यस्थापकको जिम्मेवारीबाट हटाउँदै छन् । त्यसैले अब के गर्ने हो मैले सोच्नुपर्छ। खाडलहरू खन्न मसंग तागत छैन र भिख माग्न मलाई लाज लाग्छ। 4 मलाई थाहा छ म के गर्छु ताकि उसले मलाई मेरो व्यवस्थापनको कामबाट बर्खास्त गरिसकेपछि मानिसहरूले मलाई आफ्नो घरमा लैजानेछन् {र मेरो लागि उपलब्ध गराउनेछन्}!' 5 त्यसैले उसले आफ्नो मालिकको पैसा तिर्न बाँकी सबैलाई एक-एक गरेर आफूकहाँ आउन भन्यो। उसले पहिलोलाई सोध्यो, ‘तिमीले मेरो मालिकलाई तिर्न कति ऋण छ? 6 त्यस मानिसले जवाफ दियो, ‘३,००० लिटर जैतुनको तेल।’ व्यस्थापकले उसलाई भन्यो, ‘तिम्रो बिल लेऊ, बस र छिट्टै १५०० लिटरमा परिवर्तन गरिहाल! 7 उसले अर्को मानिसलाई भन्यो, ‘तिमीलाई कति ऋण छ?’ त्यो मानिसले जवाफ दियो, ‘१,००० टोकरी गहुँ।’ व्यवस्थापकले उसलाई भने, ‘तिम्रो बिल लिएर ८ सय टोकरीमा परिवर्तन गर!’ 8 जब मालिकले आफ्नो व्यवस्थापकले गरेको कुरा सुने, तब उसले बेइमान व्यवस्थापकलाई चतुर भएकोमा प्रशंसा गरे। सत्य के हो भने, यस संसारका मानिसहरू आफू वरपरका मानिसहरूसँग कसरी सम्बन्ध राख्छन् भन्ने कुरामा परमेश्वरका मानिसहरू भन्दा बढी चलाख हुन्छन्। 9 म तिमीलाई भन्दछु, यो संसारमा तिमीसंग भएको पैसाले आफ्नो लागि मित्रता कमाऊ। त्यसपछि जब त्यो पैसा सकिनेछ, ती साथीहरूले तिमीलाई आफ्नो घरमा स्वागत गर्नेछन्, जुन सधैंंभरि रहनेछ। 10 थोरै रकमको पनि इमानदारीपूर्वक व्यवस्थापन गर्ने व्यक्तिहरू धेरै ठूलो रकममा पनि इमान्दार हुन्छन्। थोरै रकमको व्यवस्थापन गर्ने तरिकामा बेइमान हुने मानिसहरू धेरै रकममा पनि बेइमान हुनेछन्। 11 त्यसोभए यदि तिमीहरूले यस संसारमा पैसा {परमेश्वरले तिमीहरूलाई दिनुभएको} लाई ईमान्दारीपूर्वक चलाएनौ भने , उहाँले निश्चित रूपमा तिमीहरूलाई {स्वर्गको} साँचो धनहरूमा भरोसा गर्नुहुनेछैन। 12 यदि तिमीहरूले अरूको सम्पत्तिलाई इमान्दारीपूर्वक व्यस्थापन गरेका छैनौ भने, तिमीहरूको आफ्‍नै धन पनि तिमीहरूलाई कसैले दिने आसा गर्नुहुँदैन। 13 कुनै नोकरले दुईवटा मालिकको एकैपटक सेवा गर्न सक्दैन। यदि उसले त्यो गर्ने कोसिस गर्यो भने, उसले एउटालाई प्रेम गर्नेछ र अर्कोलाई घृणा अथवा उ एउटाप्रति बफादार हुनेछ र अर्कोलाई निन्दा गर्नेछ।यदि तिमीहरूले आफ्नो जीवन पैसा र अन्य भौतिक सम्पत्तिहरू प्राप्त गर्नमा समर्पित गर्दैछौ भने तिमीहरूले आफ्नो जीवन परमेश्वरको सेवामा समर्पित गर्न सक्दैनौ। 14 जब {त्यहाँ भएका} फरिसीहरूले येशूको शिक्षालाई सुने, तिनीहरूले उहाँलाई गिल्ला गरे, किनकि तिनीहरू धनका लोभी थिए। 15 तर येशूले तिनीहरूलाई भन्नु भयो, "अरू मानिसहरूको सामुन्ने तिमीहरू धर्मी बन्न चाहन्छौ तर वास्तबमा तिमीहरू कस्ता छौ परमेश्वरलाई थाहा छ। याद गर कि मानिसहरूले अति महत्वपूर्ण ठानेका धेरै कुराहरूलाई परमेश्वरले तुच्छ ठान्नुहुन्छ। 16 परमेश्वरले मोशालाई दिनुभएका व्यवस्थाहरू र अगमवक्ताहरूले लेखेका कुराहरू बप्तिस्मा दिने यूहन्ना नआउञ्जेलसम्म प्रभावकारी थिए। त्यसबेलादेखि, मैले परमेश्वरले कसरी राजाको रूपमा शासन गर्नुहुनेछ भन्ने सुसमाचार प्रचार गरिरहेको छु। धेरै मानिसहरू {मेरो सन्देश स्वीकार गर्दै छन् र} धेरै उत्सुकताका साथ परमेश्वरको राज्यको हिस्सा बन्ने प्रयास गर्दै छन् । 17 परमेश्वरका सबै व्यवस्थाहरू, यद्यपि ती महत्वहीन देखिने कुराहरू पनि, स्वर्ग र पृथ्वी भन्दा बढी स्थायी छन्। 18 आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्ने पुरुषले व्यभिचार गर्छ, र पतिले सम्बन्धविच्छेद गरेको स्त्रीसँग विवाह गर्ने पुरुषले पनि व्यभिचार गरिरहेको हुन्छ।” 19 (येशूले यो पनि भन्नुभयो,) "एक समय एक धनी मानिस थियो जसले महँगो बैजनी र सुती कपडा लगाएको थियो। हरेक दिन उसले भव्य भोजहरू दिन्थ्यो। 20 अनि मानिसहरूले धनी मानिसको घरको ढोकामा लाजरस नाउँ गरेको गरीब मानिसलाई प्रत्येक दिन राखे। लाजरसको शरीर घाउले ढाकिएको थियो। 21 {उ यति भोकाएको थियो कि} उसलाई धनी मानिसले खाने टेबिलबाट खसेका टुक्राहरू खान मन लाग्थ्यो। {उ त्यहाँ पडिरहेकोबेलामा,} कुकुरहरूले आएर उसको घाउ चाट्दथे। 22 अन्तमा गरिब मानिस मर्यो। तब स्वर्गदूतहरूले अब्राहामकहाँ {उसको पुर्खा} लगे। धनी मानिस पनि मर्यो, र मानिसहरूले उसको शरिरलाई गाडे। 23 मृतकहरूको ठाउँमा, धनी मानिसले धेरै दुःख पाईरहेको थियो. उसले माथि हेर्यो र टाढा अब्राहामलाई देख्यो र लाजरस पनि अब्राहामको नजिकै बसेको थियो। 24 अनि धनी मानिसले चिच्याएर भन्‍यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्‍यसले आफ्‍नो औँलाको टुप्‍पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस आगोमा धेरै कष्ट पाइरहेकोछु!’ 25 “तर अब्राहामले भने, छोरा याद गर्, तैंले पृथ्वीमा जीवित हुँदा धेरै असल कुराहरूको आनन्द लिइस्, र लाजरसले धेरै दुःख पायो। तर अहिले उ यहाँ आनन्दित छ , र तँचाहिँ कष्‍टमा छस्‌। 26 यसबाहेक, तिमीहरू र हामीहरू बिचमा परमेश्वरले विशाल गहिरो धाँदो राखिदिनुभएको छ ताकि यहाँबाट तिमी कहाँ जान चाहनेहरू त्यहाँ जान नसकोस्। त्यसबाहेक, हामी जहाँ छौं, त्यहाँबाट कसैले पनि वारिपारि गर्नसक्दैन।' 27 तब धनी मानिसले भने, ‘यदि त्यसो हो भने पिता अब्राहाम, म तपाईंलाई लाजरसलाई मेरो परिवारको घरमा पठाउन अनुरोध गर्दछु। 28 मेरा पाँच भाइहरू छन् {जो त्यहाँ बस्छन् }। उसलाई तिनीहरूलाई चेतावनी दिन भनिदिनुहोस् ताकि तिनीहरू पनि यस ठाउँमा नआऊन् जहाँ हामीले ठूलो पीडा भोग्नुपरेको छ!” 29 तर अब्राहामले जवाफ दिए, ‘{होइन, म त्यसो गर्दिनँ किनभने} मोशा र अगमवक्ताहरूले धेरै अघि लेखेका कुराहरू तिम्रा भाइहरूसँग छन्। उनीहरूले जे लेखेका छन्, तिनीहरूले त्यसको पालना गर्नुपर्छ! 30 तर धनी मानिसले जवाफ दियो, 'होइन, अब्राहाम पिता, त्यो पर्याप्त हुनेछैन। तर यदि मरिसकेकाहरूमध्ये कोही तिनीहरूकहाँ फर्केर गएर चेताउनी दिए भने, तिनीहरू आफ्नो पापपूर्ण व्यवहारबाट फर्कनेछन्।' 31 अब्राहामले तिनलाई भने, तसर्थ मोशा र अगमवक्ताहरूले लेखेका कुराहरू तिनीहरूले मानेनन् भने , मरेका मानिसहरूमध्ये कोही गएर चेतावनी दिए पनि यसले मद्दत गर्दैन, तिनीहरूले आफ्नो पापपूर्ण व्यवहारबाट फर्कनुपर्छ भनेर तिनीहरू अझै पनि विश्वास गर्दैनन् ।"

Chapter 17

1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई पाप गर्न परिक्षामा पार्ने कुराहरू अवश्य आउनेछन् । तर जसले यस्तो गर्नलगाउँछ उसको लागि यो अति भयानक हुनेछ ! 2 विश्वासमा कमजोर भएका कसैलाई पाप गर्न लगाउनु भन्दा उसको घाँटीमा एउटा ठूलो ढुङ्गा बाँधेर समुद्रमा फालिदियो भने त्यो मानिसको लागि असल हुनेछ। 3 तिमीहरूले कसरी व्यवहार गर्छौ होशियार रहो। यदि अर्को विश्वासीले पाप गर्छ भने, तिमीहरूले उसलाई हप्काउनुपर्छ। यदि उसले पाप गरेकोमा पश्चाताप गर्छ भने र क्षमा माग्छ भने, तिमीहरूले उसलाई क्षमा गर्नुपर्छ। 4 यदि उसले तिमीहरूको विरुद्धमा एकै दिनमा सात पटक पाप गर्यो भने पनि, यदि उसले प्रत्येक पटक तिमीहरूकहाँ आएर ‘मैले गरेको कामको लागि म क्षमा चाहन्छु’ भन्यो भने, तिमीहरूले उसलाई क्षमा गरिरहनु पर्छ। 5 तब प्रेरितहरूले येशूलाई भने , "हामीलाई अझ बढि विश्वास दिनुहोस्! 6 येशूले जवाफ दिनुभयो, "यदि तिमीहरूसंग यो सानो रायोको दाना भन्दा पनि सानो विश्वास थियो भने, यो किम्बुको रूखलाई तिमीहरूले भन्न सक्थ्यौ, 'आफैलाई जमिनबाट जरासहित उखेलिएर समुन्द्रमा रोपी,' तब यसले तिम्रो आज्ञा मान्ने थियो!" 7 { येशूले यो पनि भन्नु भयो,} "मानौ तिमीहरूमध्ये एकजनासंग एउटा नोकर थियो जसले तिम्रो खेत जोत्ने वा तिम्रो भेडाको हेरचाह गर्ने गर्थ्यो । खेतबाट घर फर्केपछि, तिमीले उसलाई भन्दैनौ, तुरुन्तै आऊ र खाना खान बस !' 8 बरू तिमीले उसलाई भन्नेछौ, 'मेरो लागि खाना तयार गर! अनि काम गर्ने लुगा लगाएर मेरो सेवा गर ताकि म खान्छु अनि पिउँछु! त्यसपछि तिमी खानपान गर ।' 9 नोकरलाई खालि तिमीले गर्न लगाएको काम गरेकोमा तिमी उसलाई धन्यवाद दिंदैनौ! 10 त्यसैगरी,जब परमेश्वरले भन्नुभएको सबैकाम तिमीहरूले गर्छौ, तिमीहरूले भन्नुपर्छ, 'हामी त केवल परमेश्वरका नोकहरूमात्र हौं। हामी तपाईंको धन्यवादको योग्यको छैनौं। हामीले त केबल उहाँले गर्न लगाएको काम मात्र गरेका हौं ।" 11 जब येशू र उहाँका चेलाहरूसित यरूशलेमको बाटोमा हिंड्दै हुनुहुन्थ्यो, तिनीहरू सामरिया र गालीलको बिचको इलाका भएर जाँदै थिए। 12 जब येशू एउटा गाउँमा पस्नुभयो, दस जना कुष्ठरोगीहरू उहाँकहाँ आए, तर तिनीहरू केही टाढा उभिए। 13 तिनीहरू चिच्याएर भने, हे येशू, गुरुज्यू, हामीमाथि दया गर्नुहोस!" 14 जब येशूले तिनीहरूलाई देख्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “ पूजाहारीहरूकहाँ जाओ र तिमीहरूलाई जाँच गरून्।” त्यसैले तिनीहरू गए, र बाटोमै तिनीहरूको कुष्ठरोग निको भयो। 15 तब तिनीहरूमध्ये एकजनाले आफूबाट कुष्ठरोग हटेको देखेर ठूलो स्वरले परमेश्वरको प्रशंसा गर्दै फर्क्यो। 16 {तिनी येशूकहाँ आए र} येशूको पाउमा आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरे, र तिनले उहाँलाई धन्यवाद दिए। यी मानिस सामरी थिए। 17 त्यसपछि येशूले भन्नुभयो, “मैले दश जना कुष्ठरोगीहरूलाई निको पारें! मैले अरू नौ जना पनि फर्केर आउने अपेक्षा गरेको थिएँ! 18 यो विदेशी मानिस मात्र परमेश्वरलाई धन्यवाद दिन फर्केको छ। अरू कोही पनि फर्किएनन्!” 19 तब उहाँले ती मानिसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो लाग। तिमीले ममाथि भरोसा गरेकोले परमेश्वरले तिमीलाई निको पार्नुभएको छ।” 20 एक दिन केही फरिसीले येशूलाई सोधे, “परमेश्वरले सबैलाई शासन गर्न कहिले सुरु गर्नुहुन्छ?” उहाँले जवाफ दिनुभयो, यो कुनै चिन्हद्वारा हुनेछैन ताकि त्यसलाई देखेर मानिसहरूले थाहा पाऊन्। 21 मानिसहरूले भन्न सक्ने छैनन् । हेर! परमेश्वरको राज्य यहाँ छ! वा त्यहाँ छ! { तिमीहरूको सोचको बिपरित} परमेश्वरले तिमीहरूमा राज्य गर्न सुरु गरिसक्नु भएकोछ।" 22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एक समय आउनेछ जब तिमीहरूले मलाई, मानिसको पुत्रलाई शक्तिशालीरूपले राज्य गरेको हेर्न चाहन्छौ। तर तिमीहरूले त्यो देख्ने छैन। 23 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर, मसिह त्यहाँ हुनुहुन्छ!’ वा तिनीहरूले भन्नेछन् , ‘हेर, उहाँ यहाँ हुनुहुन्छ!’ {जब तिनीहरू त्यसो भन्छन्} तिनीहरूको पछि नलाग। 24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म {सबैले यसलाई देख्न सक्छन्} उज्यालो हुन्छ। त्यसरी नै जब म, मानिसको पुत्र फेरि फर्कि आउनेछ, हरेकले मलाई देख्नेछन् । 25 तर त्यो हुनु अघि, मैले धेरै प्रकारले दुःख भोग्नुपर्छ, र मानिसहरूले मलाई ईन्कार गर्नेछन् । 26 तर जब म, मानिसको पुत्र, फेरि आउनेछु, मानिसहरूले त्यस्तै काम गरिरहेका हुनेछन् जुन नोआको समयमा मानिसहरूले गरेका थिए। 27 त्यसबेला मानिसहरूले {सदा झैं} खाए र पिए, र नोआ र तिनको परिवार ठूलो डुङ्गामा प्रवेश नगरुन्जेलसम्म तिनीहरूले विवाह गरे {सदा झैं}। तर त्यसपछि बाढी आयो र डुङ्गादेखि बाहिर भएका सबैलाई नष्ट गरिदियो। 28 त्यसैगरी, जब लोत {सदोम शहरमा बस्थे}, {सधैंजसो} मानिसहरूले {त्यहाँ} खाए, पिए, तिनीहरूले समानहरू किनबेच गरे। तिनीहरूले खेती लगाए, घरहरू {सदा झैं} बनाए। 29 तर लोतले सदोम छाडेको दिन, आगो र जलेको गन्धक आकासबाट खसेर त्यो सहरमा बस्ने सबैजनालाई नष्ट गर्यो। 30 त्यसैगरी, जब म , मानिसको पुत्र पृथ्वीमा फर्कनेछ, मानिसहरू तयारी अवस्थामा रहेका हुनेछैनन्। 31 त्यो दिनमा, घर बाहिर हुनेहरू, घर भित्र आफ्नो स्वामित्वमा भएका सबै चीजहरू, भित्र जान र ती लिनको लागि समय नलेऊन्। त्यसैगरी,खेतमा काम गरिराखेकाहरू कुनै पनि चिजहरू लिनकोलागि घरमा नफर्किऊन्। {तिनीहरू उत्तिखेरै भागून्।} 32 याद गर लोतकी श्रीमतीलाई के भएको थियो! 33 आफ्नै तरिकामा जीवन बिताउने मानिस मर्नेछ। तर आफ्नो पुरानो जीवन शैलीलाई छाड्छ { मेरो खातिर} उ सधैंभरि जिउने छ। 34 म तिमीहरूलाई यो भन्छु: जब म फर्कन्छु, त्यहाँ दुई जना मानिस एउटै ओछ्यानमा सुतिरहेका हुनेछन्। मलाई विश्वास गर्नेलाई परमेश्वरले लैजानुहुन्छ र अर्कोलाई छोडिदिनुहुनेछ। 35 दुइजना स्त्रीहरूले संगै जाँतो पिँधिँरहेका हुनेछन् । परमेश्वरले एकजनालाई लैजानुहुनेछ अर्कीलाई पछाडि छोडिदिनुहुनेछ।" 36 [खेतमा दुईजना हुनेछन् ; एकजना लगिनेछ र अर्को छोडिनेछ ।"] 37 उहाँका चेलाहरूले उहाँलाई भने, "प्रभु, यो कहाँ हुनेछ?" उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, "जहाँ मरेको लाश छ, गिद्धहरू यसलाई खानको लागि भेला हुनेछन्।"

Chapter 18

1 तिनीहरू निरन्तर प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भनेर येशूले आफ्ना चेलाहरूलाई तिनीहरूलाई शिक्षा दिन एउटा दृष्‍टान्‍त भन्‍नुभयो। {यदि परमेश्वरले प्रार्थनाको जवाफ तुरुन्तै दिनुभएन भने।} 2 उहाँले भन्नुभयो, "कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए। 3 त्‍यसै सहरमा एउटी विधवा थिईन्। तिनी ती न्यायधीशकहाँ आइरहन्थि, र भन्‍थी, ‘अदालतमा मेरो विपक्षमा लागेको मानिसबाट मलाई न्‍याय दिलाउनुहोस्।’ 4 लामो समय देखि न्‍यायाधीशले तिनलाई सहयोग गर्न मानेका थिएनन्। तर पछि, उनले आफैसंग भने, 'म परमेश्वरको डर मान्दिनँ , म मानिसहरूको मतलव गर्दिनँ। 5 तर यो विधुवाले मलाई घचघचाईरहेकी छे ! त्यसकारण म यिनको न्यागरिदिनेछु र यिनीसँग निष्पक्ष व्यवहार भएको सुनिश्चित गर्नेछु । म चिन्तित छु कि यदि मैले यसो गरिनं भने, तिनी घरि घरि आएर मलाई सताउनेछिन्!" 6 तब येशूले भन्नु भयो, "यो अन्यायी न्‍यायाधीशले भनेको कुरालाई राम्रोसंग विचार गर। 7 {झन बढी} पक्कै पनि परमेश्वरले {,जो न्यायी हुनुहुन्छ} इमान्दारीपूर्वक निरन्तर उहाँमा प्रार्थना गर्ने उहाँका चुनिएका मानिसहरूका लागि न्याय गर्नुहुनेछ! र उहाँ तिनीहरूसँग सधैंं धैर्यवान रहनुहुनेछ। 8 म तिमीहरूलाई भन्छु, परमेश्वरले छिट्टै आफ्ना चुनिएकाहरूलाई न्याय दिनुहुनेछ! र पनि जब म, मानिसको पुत्र, पृथ्वीमा फर्किनेछु, त्यहाँ अझै धेरै मानिसहरू हुनेछन् जसले मलाई विश्वास गर्दैनन्।" 9 त्यसपछि येशूले केही मानिसहरूलाई यो कथा पनि भन्नु भयो जसले आफूलाई धर्मी ठान्थे र अरू मानिसहरूलाई तुच्छ ठान्थे। 10 उहाँले भन्नुभयो, “दुई जना मानिसहरू यरूशलेमको मन्दिरमा प्रार्थना गर्न गए। ती मानिसहरूमध्ये एक जना फरिसी थिए। अर्को मानिस रोमी सरकारको लागि जनताबाट कर उठाउने व्यक्ति थियो। 11 फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंंलाई धन्‍यवाद दिन्‍छु, म अरू मानिसहरू जस्‍तो छैन। कतिले अरूको पैसा चोरि गर्छन् । कतिले अरूलाई अन्‍याय गर्छन् , कतिले व्‍यभिचार गर्छन् । म यी कुनै पनि कुराहरू गर्दिनँ। र पक्कै पनि म मानिसहरूलाई छल गर्ने यो पापी कर उठाउने जस्‍तो पनि छैन! 12 म हप्‍तामा दुई पल्‍ट उपवास बस्‍तछु, र मैले कमाएको सबै थोकको दश प्रतिशत मन्दिरलाई दिन्छु!’ 13 तर कर उठाउने मन्‍दिरको चोकमा भएका अरू मानिसहरूबाट टाढै उभिए। उसले स्वर्गतिर पनि हेरेन। बरु, उसले आफ्नो छातीमा पिट्यो र भन्यो, 'हे परमेश्वर, कृपया मलाई क्षमा गर्नुहोस्, किनकि म घोर पापी हुँ!" 14 तब येशूले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु कि जब तिनीहरू घर जान निस्के, परमेश्वरले कर उठाउनेलाई क्षमा गर्नुभयो, तर परमेश्वरले फरिसीलाई क्षमा गर्नुभएन। किनभने हरेक जसले आफूलाई उच्‍च पार्छ परमेश्‍वरले त्यसलाई होच्याउनु हुनेछ, र हरेक जसले आफूलाई होच्याउँदछ परमेश्‍वरले त्यसलाई उच्‍च पार्नुहुनेछ।” 15 एक दिन मानिसहरूले आफ्ना शिशुहरूलाई समेत येशूकहाँ ल्याईरहेका थिए ताकि उहाँले तिनीहरूमाथि हात राखेर तिनीहरूलाई आशीर्वाद दिनुभएकोहोस्। जब चेलाहरूले यो देखे, तिनीहरूले उनीहरूलाई त्यसो नगर्न भने। 16 तर येशूले शिशुहरूलाई आफूकहाँ बेलाउनुभयो उहाँले भन्नुभयो, "साना बालबालिकाहरूलाई म कहाँ आउन देऊ!तिनीहरूलाई नरोक, किनभने परमेश्वरले यस्तै{ नम्र र भरोसा गर्ने}नानीहरू जस्तै मानिसहरूको जीवनमा राज्य गर्नुहुन्छ। 17 साँच्चै, म तिमीहरूलाई भन्दछु कि जसले नम्रता र भरोसाका साथ परमेश्वरलाई आफ्नो जीवनमा राज्य गर्न दिँदैन, उसले परमेश्वरको राज्यलाई स्वीकार गर्नेछैन।" 18 एक पटक एकजना यहूदी अगुवाले येशूलाई सोधे, "हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ? 19 येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्छौ ? परमेश्वर मात्र एक हुनुहुन्छ जो साँच्चै असल हुनुहुन्छ! 20 {तिम्रो प्रश्नको जवाफमा, पक्कै पनि} परमेश्वरले मोशालाई हामीले पालन गर्नका लागि दिनुभएको {व्यस्थाका} आज्ञाहरू तिमीलाई थाहा छ: 'व्यभिचार नगर। कसैको हत्या नगर। चोरी नगर। झुटो गवाही नदिनू । आफ्नो बुबा र आमाको आदर गर। 21 तब ती मानिसले भने, “यी सब आज्ञाहरू त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।” 22 जब येशूले त्यो मानिसले यसो भनेको सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “तिमीले अझै एउटा कुरा गर्नु आवश्यक छ। आफुसंग भएका सबैकुराहरू बेच। त्यसपछि जिउनको लागि थोरै हुनेहरूलाई त्यो पैसा देऊ। फलस्वरूप स्वर्गमा तिमीलाई धेरै आत्मिकी धन प्राप्त हुनेछ। तब आऊ र मेरो चेला बन! ” 23 जब यो कुरा सुन्यो त्यो मानिस धेरै दुःखी भयो किनभने उ धेरै धनी थियो। 24 जब येशूले त्यो मानिसलाई हेर्नुभयो र भन्नुभयो, "धनी मानिसहरूको जीवनमा परमेश्वरले राज्य गर्न धेरै गाह्रो छ। 25 वास्तवमा, धनी मानिसहरूले परमेश्‍वरलाई आफ्नो जीवनमा राज्य गर्न दिनु भन्दा त बरु ऊँटलाई सियोको प्वालबाट छिर्नु सजिलो हुन्‍छ।” 26 येशूको कुरा सुन्नेहरूले जवाफ दिए, "त्यसो भए परमेश्वरले कसैलाई पनि अनन्त जीवन पाओस भन्ने चाहनुहुन्न जस्तो देखिन्छ!" 27 तर येशूले भन्नुभयो “मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।” 28 तब पत्रुसले भने, अनि हामीहरूको के हुन्छ ? हामीले तपाईंको चेला हुनका लागि हामीसँग भएका सबैथोक त्यागिसकेकाछौं।" 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सुनिश्चित गर्न सक्छु कि परमेश्‍वरको राज्यकोलागि जसले आफ्नो घर, पत्नी, भाइ, आमाबुबा वा छोराछोरी त्यागेको छ। 30 यसै जीवनमा तिनीहरूले त्यागेको भन्दा बढ्ता पाउनेछन् र आउने युगमा, तिनीहरूले अनन्त जीवन प्राप्त गर्नेछन् ।" 31 येशूले १२ जना चेलाहरूलाई एउटा अलग्गै ठाउँमा लैजानुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “ध्यान दिएर सुन! हामी यरूशलेम जाने बाटोमा छौं। जब हामी त्यहाँ हुन्छौं, अगमवक्ताहरूले मेरो बारेमा, मानिसको पुत्रको बारेमा धेरै पहिले लेखेका सबै कुरा पुरा हुनेछ। 32 यो त्यतिबेला हुनेछ जब मेरा शत्रुहरूले मलाई गैरयहूदी शासकहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले मलाई गिल्ला गर्नेछन्, मलाई घृणा गर्नेछन् र ममाथि थुक्नेछन्। 33 तिनीहरूले मलाई कोर्रा लगाउनेछन् र मलाई मार्नेछन् ।तर तेस्रो दिनमा फेरी म जिवित भई उठ्नेछु।" 34 तर चेलाहरूले उहाँले भन्नुभएको कुनै पनि कुरा बुझेनन्। परमेश्‍वरले तिनीहरूलाई ती कुराहरूको अर्थ बुझ्नबाट बन्चित गरिदिनुभयो।, त्यसैले येशूले तिनीहरूलाई भन्‍नुभएको कुराको अर्थ तिनीहरूले बुझेनन्। 35 जब येशू र उहाँका चेलाहरू यरीहो सहरको नजिक आउनुभयो, एक जना अन्धा मानिस बाटोको छेउमा बसिरहेको थियो। उसले पैसा मागिरहेको थियो। 36 जब उसले मानिसहरूको भीड उसको छेउ भएर गईरहेको सुन्यो। उसले के भईरहेको छ {आफ्नो वरपर हुनेहरूलाई} सोधिरह्यो?" 37 तिनीहरूले उसलाई भने, { त्यहाँ भीड छ किनभने} ,नासरतको नगरका मानिस,येशू बाटोमा आउनुभएकोछ।" 38 उ कराउँदै भन्यो, “हे येशू, तपाईं दाऊदको वंशबाट आउनुभएको राजा, ममाथि दया गर्नुहोस्‌!” 39 भीडको अगाडि हिँडिरहेकाहरूले उसलाई गाली गरे र चुप लाग्न भने। तर त्यसले झन् ठूलो स्वरले कराएर भन्यो, "दाऊदको वंशबाट आउनुभएको राजा ममाथि दया गर्नुहोस्!” 40 येशू रोकिनुभयो र त्यो मानिसलाई उहाँकहाँ ल्याउन मानिसहरूलाई आज्ञा दिनुभयो। जब अन्धो मानिस उहाँको नजिक आयो, येशूले उसलाई सोध्नुभयो, 41 तिमी म बाट के चाहन्छौ? उसले जवाफ दियो, "प्रभु, मलाई देख्न सक्ने बनाउनुहोस्!" 42 येशूले त्यसलाई भन्नुभयो, "अब तिमी देख्ने भईजाऊ! तिमीले मलाई विश्वास गरेको कारणले मैले तिमीलाई निको पारेकोछु। 43 तुरुन्तै, उ देख्न सक्ने भयो। परमेश्वरको प्रशंसा गर्दै उ येशूसंगै गयो। जब सबै मानिसहरूले यो देखे , तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।

Chapter 19

1 येशू यरीहोमा प्रवेश गर्नुभयो र सहर भएर जाँदै हुनुहुन्थ्यो। 2 त्यहाँ जक्कै नाउँ गरेको एक जना मानिस थिए। उनी कर उठाउनेका नायक थिए, र तिनी धेरै धनी थिए। 3 तिनले येशूलाई हेर्न चाहन्थे, तर भीड धैरै भएकोले तिनले उहाँलाई देख्न सकेनन्। तिनी पुड्को मानिस थिए {र येशूको वरिपरि धेरै मानिसहरू थिए}। 4 त्यसैले तिनी सडकबाट टाढा गए। येशू आएपछि उहाँलाई देख्नकोलागि तिनी एउटा नेभाराको रूखमा चढे। 5 जब येशू त्यहाँ आईपुग्नुभयो, उहाँले माथि हेर्नुभयो र तिनलाई भन्नुभयो, "जक्कै, चाँडै तल आऊ, म आज राती तिम्रो घरमा बस्नु छ!" 6 त्यसैले तिनी झट्टै तल झरे। येशूलाई आफ्नो घरमा स्वागत गर्न पाउँदा तिनी खुसी थिए। 7 तर येशूलाई त्यहाँ गएको देख्ने मानिसहरूले यसो भन्दै गनगन गरे, “उहाँ एक वास्तविक पापीको घरमा पाहुना लाग्न जानुभएकोछ !” 8 तब तिनीहरूले खाइरहेका बेला जक्कै उठे र येशूलाई भने, “प्रभु, तपाईंले जान्नु भएकोहोस् कि म आफूसँग भएको आधा सम्पत्ति गरीब मानिसहरूलाई दिनेछु । र मैले मानिसहरूबाट छल गरेर लिएको सबै चार गुणा रकमले फिर्ता गर्नेछु। 9 येशूले तिनलाई भन्‍नुभयो, “परमेश्‍वरले आज यस घरानालाई उद्धार गर्नु भएको छ, किनभने यो मानिसले आफू अब्राहामको साँचो सन्तान हो भनी देखाएको छ। 10 यो याद गर: म, मानिसको पुत्र, {तिमीहरू जस्तो } परमेश्वरको आज्ञालाई उलंघन गर्ने मानिसहरूलाई खोज्न र बचाउन आएको हुँ। 11 येशूले भनेका सबैकुराहरू मानिसहरूले सुनिरहेका थिए।उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो {,अनि उहाँलाई थाहा थियो कि मानिसहरूले गलत बुझिरहेका थिए} तिनीहरूले सोचेका थिए कि उहाँ यरूशलेममा आईपुग्ने बितित्कै परमेश्वरका मानिसहरूमाथि राजा भएर उहाँले राज्य गर्न थाल्नुहुनेछ। त्यसकारण, तिनीहरूको {गलत बुझाईलाई सच्याउनकोलागि}। येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्ने निर्णय गर्नुभयो | 12 उहाँले भन्नुभयो, “एकजना राजकुमार टाढाको देशमा जाने तयारी गर्दै थिए ताकि ठूला राजाले उनलाई आफू बसेको देशमा शासन गर्ने अधिकार दिन सकून्। उनले यो पाएपछि आएर आफ्ना मानिसहरूमा राज्य गर्नेछन्। 13 {उनी निस्कनु भन्दा अगाडी} उनले आफ्ना १० जना नोकरहरूलाई बोलाए। तिनले प्रत्येकलाई बराबर रकम दिए। तिनीहरूलाई उनले भने, 'म नफर्कुन्जेल यसलाई व्यापारमा लगाओ! , {तब तिनी निस्के} 14 तर उनको देशका धेरै मानिसहरूले उनलाई घृणा गरे। त्यसैले तिनीहरूले तिनलाई पछ्याउनको लागि केही दुतहरू पठाए र {ठूलो राजालाई} भने, 'हामी यो मानिस हाम्रो राजा भएको चाहँदैनौं!' 15 {तर जसरी पनि पछि उनलाई राजा बनाइयो}। जब उनी नयाँ राजाको रूपमा फर्किए तब रकम दिएका सबै नोकरहरूलाई उनले बोलाए। उनले दिएको पैसाबाट तिनीहरूले व्यापार गरेर कति {मुनाफा}कमाए भन्ने उनी जान्न चाहन्थे । 16 पहिलो नोकर तिनीकहाँ आयो र भन्यो, 'मालिक, तपाईंंले दिएको पैसाले मैले दश गुणा कमाएको छु!' 17 उसले त्यो मानिसलाई भन्यो, 'तिमी असल नोकर हौ! तिमीले धरै असल गर्यौ! तिमीले थोरै पैसालाई पनि ईमान्दारपूर्वक चलाएको कारणले म तिमीलाई दशवटा सहरमाथि राज्य गर्नको लागि दिनेछु।' 18 त्यसपछि दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंंले मलाई दिनुभएको पैसाको मूल्य अहिले पाँच गुणा बढी भएको छ!’ 19 उनले त्यो नोकरलाई पनि भने, ‘{स्याबास!} म तिमीलाई पाँचवटा सहरमाथि राज्य गर्न दिनेछु।’ 20 अर्को नोकर आयो। उसले भन्यो, 'मालिक, तपाईंंको पैसा यहाँ छ। मैले यसलाई कपडामा बेरें र यसलाई सुरक्षित राख्न लुकाएँ। 21 मैले कमाएको कुरा सबै तपाईंले लिनुहुनेछ भन्ने मलाई डर थियो। मलाई थाहा छ तपाईंं कठोर मानिस हुनुहुन्छ जुन कुरा तपाईंको होईन त्यो तपाईं अरूबाट खोस्नुहुन्छ। तपाईं अर्को किसानले रोपेको अन्‍न काट्ने किसानजस्‍तै हो।’ 22 उनले त्यो नोकरलाई भने, ‘ए दुष्ट नोकर! तैंले भर्खरै बोलेका बोलिद्वारा म तेरो इन्साफ गर्नेछु। तैंले भनिस् म कठोर मानिस हुँ। तैंले भनिस् कि जे मेरो होइन म त्यो लिन्छु । तैंले भनिस् म एउटा किसान जस्तै हुँ जसले अर्को किसानले रोपेको फल काट्छ। 23 त्यसोभए तैंले कम्तिमा मेरो पैसा साहूकारहरूलाई दिनु पर्थ्यो! तब फर्केर आएपछि त्यो रकम मैले ब्याजसहित लिन सक्थें! 24 त्यसपछि राजाले नजिकै उभिरहेका मानिसहरूलाई भने, 'उसबाट पैसा लिएर दश गुणा कमाउने नोकरलाई देऊ! 25 तिनीहरूले विरोध गर्दै भनेः 'तर मालिक, उसँग त पहिले नै धेरै पैसा छ!' 26 तर राजाले भने, 'म तिमीहरूलाई यो भन्दछु: आफूले पाएको कुरालाई राम्रोसँग प्रयोग गर्ने मानिसहरूलाई म अझ बढी दिनेछु। तर आफूले पाएका कुराहरूलाई ठिक तरिकाले प्रयोग नगर्ने मानिसहरूबाट तिनीहरूसँग पहिले नै भएको कुरा समेत म खोस्नेछु। 27 अब, ती मेरा शत्रुहरू जसले मैले तिनीहरूमाथि शासन गरेको चाहँदैनथे, तिनीहरूलाई यहाँ ल्याओ र मेरो आखाँ अगाडि तिनीहरूलाई मृत्युदण्ड देओ!” 28 येशूले यी कुराहरू भन्नुभएपछि, उहाँ यरूशलेमको बाटोमा धेरै टाढा जानुभयो। 29 जब तिनीहरू जैतुन डाँडाको नजिक बेथफागे र बेथानी गाउँहरू नजिक पुगे, उहाँले आफ्ना दुई चेलाहरूलाई अगाडि पठाउनुभयो। 30 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूभन्दा अगाडिको गाउँमा जाऊ। जब तिमीहरू भित्र पस्छौ, त्यहाँ तिमीहरूले अहिलेसम्म कोही पनि नचढेको एउटा जवान गधालाई बाँधेको देख्नेछौ। त्यसलाई फुकाएर मकहाँ ल्याऊ। 31 यदि कसैले तिमीहरूलाई सोध्यो, 'किन गधालाई फुकाएको?' तिनलाई भन, 'येशूलाई चाहिएको छ।" 32 त्यसैले ती दुई चेलाहरू गाउँमा गए र येशूले तिनीहरूलाई भने अनुसार गधालाई भेट्टाए। 33 जब तिनीहरूले त्यसलाई खोल्दै थिए, त्यसका मालिकहरूले तिनीहरूलाई भने, “किन तिमीहरूले हाम्रो गधालाई खोल्दैछौ? 34 तिनीहरूले जवाफ दिए, "येशूलाई यो चाहिएको छ।" र मालिकहरूले तिनीहरूलाई लैजाने अनुमति दिए। 35 त्यसपछि चेलाहरूले गधालाई येशूकहाँ ल्याए । तिनीहरूले आफ्नो लबेदाहरू गधाको पीठमा हाले र येशूलाई त्यसमा चढ्न सहायता गरे। 36 त्यसपछि उहाँ चढ्दै जाँदा उहाँको सम्मान गर्न अरू मानिसहरूले उहाँको अगाडि बाटोमा आफ्ना लुगाहरू ओछ्याए । 37 जब येशू जैतून डाँडाबाट तल जाने बाटोमा पुग्नुभयो, उहाँका चेलाहरूको सम्पूर्ण भीडले उहाँले गर्नुभएका सबै महान आश्चर्यकर्महरू जुन तिनीहरूले देखेका थिए यसको लागि ठूलो रमाहटको आवाजले परमेश्वरको प्रशंसा गर्न थाले। 38 तिनीहरूले यसो भन्दै थिए, “परमेश्‍वरको अधिकार लिएर आउनुहुने हाम्रा राजालाई परमेश्‍वरले आशिष् दिनुभएको होस्! स्वर्गमा हुनुहुने परमेश्वर र हामी उहाँका मानिसहरू बीचमा शान्ति होस्, र हरेकले परमेश्वरको प्रशंसा गरून्!” 39 भीडमा भएका केही फरिसीहरूले उहाँलाई भने, “गुरुज्यू, आफ्ना चेलाहरूलाई यी कुराहरू बोल्न बन्दगर्न भन्नुहोस्!” 40 उहाँले जवाफ दिनुभयो, "म तिमीहरूलाई यो भन्छु: यदि यी मानिसहरू चुप लागे भने, ढुङ्गाहरू आफैले मेरो प्रशंसा गर्नेछन् !" 41 जब येशू यरूशलेमको नजिक आउनुभयो र सहर देख्नुभयो, उहाँ त्यहाँका मानिसहरूको बारेमा रुनुभयो। 42 उहाँले भन्‍नुभयो, “आज परमेश्‍वरको शान्ति कसरी प्राप्त गर्ने भनेर तिमीहरूले जानेको भए हुनेथियो । तर अहिले तिमीहरूले यो कुरा बुझ्न सक्दैनौ। 43 म तिमीहरूलाई थाहा होस भन्ने चाहन्छु: तिमीहरू कठिन समयहरू भएर जाँदैछौ। तिमीहरूका शत्रुहरू आउनेछन् र तिमीहरूको सहर वरिपरि अवरोध खडा गर्नेछन्। तिनीहरूले सहरलाई चारैतिरबाट घेरेर आक्रमण गर्नेछन्। 44 तिनीहरूले {पर्खालहरू भत्काएर} तिनीहरूलाई र शहरको बाँकी भागलाई नष्ट गर्नेछन्। तिनीहरूले तिमीहरू सबैलाई मार्नेछन्। तिनीहरूले सबै कुरालाई पूर्ण रूपले ध्वस्त पार्नेछन्। परमेश्वरले तिमीहरूलाई बचाउन आउनुभएको बेला तिमीहरूले उहाँलाई चिन्ननसकेको कारण यो सबै हुनेछ !” 45 येशू यरूशलेममा प्रवेश गर्नुभयो र मन्दिरको चोकमा जानुभयो। उहाँले त्यहाँ सामानहरू बेच्दै गरेका मानिसहरूलाई धपाउन थाल्नुभयो।” 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रले भन्दछ, ‘परमेश्वरको मन्दिर मानिसहरूले प्रार्थना गर्ने ठाउँ हुनुपर्छ।’ तर तिमीहरूले यसलाई ‘चोरहरूको लुक्ने ठाउँ’ बनाएका छौ! 47 हप्ताको प्रत्येक दिन, येशूले मन्दिरमा मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। मुख्य पुजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अन्य यहूदी अगुवाहरूले उहाँलाई मार्न खोजिरहेका थिए। 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाएनन्, किनभने धेरै मानिसहरू उहाँको कुरा सुन्न उत्सुक थिए ।

Chapter 20

1 एक दिन त्यो हप्ता, येशू मन्दिरमा मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो र तिनीहरूलाई परमेश्वरको असल सन्देश सुनाउँदै हुनुहुन्थ्यो। उहाँले त्यसो गरिरहँदा मुख्य पूजाहारीहरू, यहूदी व्यवस्थाका शिक्षकहरू र अरू केही एल्डरहरू उहाँकहाँ आए। 2 तिनीहरूले उहाँलाई भने, “हामीलाई भन्नुहोस्, यी कुराहरू गर्ने तपाईंंलाई के अधिकार छ ? अनि कसले तपाईंलाई यो अधिकार दियो?" 3 उहाँले जवाफ दिनुभयो, “म पनि तिमीलाई एउटा प्रश्न सोध्नेछु । मलाई भन 4 मानिसहरूलाई बप्तिस्मा दिने यूहन्‍नाको बारेमा मलाई भन्नुहोस्: के परमेश्‍वरले तिनलाई बप्‍तिस्मा दिन आज्ञा गर्नुभएको थियो वा मानिसहरूले तिनलाई आज्ञा गरेका थिए? 5 तिनीहरूले यस विषयमा आपसमा छलफल गरे। तिनीहरूले भने, “यदि हामीले परमेश्‍वरले तिनलाई आज्ञा दिनुभएको हो भनेर भन्यौ भने,’ तब उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए तिमीहरूले किन उनलाई विश्वास गरेनौ? 6 तर, मानिसहरूले मात्र उनलाई बप्तिस्मा गर्न भनेका थिए भनेर यदि हामीले भन्यौं भने, मानिसहरूले हामीलाई ढुङ्गाले हानेर मार्नेछन्, किनभने तिनीहरूमध्ये धेरैजसो यूहन्ना एक अगमवक्ता थिए भनी विश्वास गर्थे (जसलाई परमेश्वरले पठाउनुभएको थियो)। 7 त्यसैले तिनीहरूले यूहन्‍नालाई बप्तिस्मा दिन कसले भन्यो, हामीलाई थाहा छैन भनी जवाफ दिए। 8 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसरी तिमीहरूले मलाई भन्दैनौ, त्यसरी नै म पनि यी कामहरू गर्न मलाई कसले पठाएको हो तिमीहरूलाई भन्दिनँ। 9 तब येशूले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एकजना मानिसले एउटा दाखबारी लगाए। दाखबारीको हेरचाह गर्न उनले केही मानिसहरूलाई यसलाई भाडामा लगाए। त्यसपछि तिनी अर्को देश गए र त्यहाँ लामो समय बसे। 10 जब दाखहरूको फसल काट्नेबेला आयो, दाखबारीका मालिकले नोकरलाई दाखबारी हेरचाहा गर्ने मानिसहरूकहाँ पठाए। उनले चाहन्थे कि दाखबारीमा उत्पादन भएको केही फलको हिस्सा उनलाई दिईयोस्।तर {नोकर त्यहाँ पुगेपछि}, तिनीहरूले उसलाई पिटेर कत्तिपनि दाखहरू नदिईकन फर्काईदिए। 11 पछि, मालिकले अर्को नोकरलाई पठाए, तर उसलाई पनि तिनीहरूले पिटेर लज्जित बनाए। तिनीहरूले उसलाई कत्तिपनि दाख नदिईकन फर्काईदिए। 12 अझै पनि, मालिकले अर्को नोकरलाई पठाए। किसानहरूले त्यो नोकरलाई पनि घाईते बनाएर दाखबारी छोड्न बाध्य पारे । 13 त्यसैले दाखबारीका मालिकले मनमनै भने, 'अब म के गरूँ? म मेरो मैले धेरै प्रेम गर्ने छोरालाई पठाउँछु। संभवत तिनीहरूले उसलाई आदर गर्नेछन् 14 {त्यसैले उनले आफ्नो छोरालाई पठाए,} तर जब दाखबारीको हेरचाहा गर्नेहरूले उसलाई आईरहेको देखे, तिनीहरूले आपसमा भने, 'हेर एक दिन यो दाखबारीमा अधिकार जमाउने मानिस आएको छ! यसलाई मारौं! तब यो दाखबारी हाम्रो हुनेछ!' 15 त्यसैले तिनीहरूले उसलाई दाखबारीदेखि बाहिर घिसारेर लगे र मारिदिए। दाखबारीको मालिकले तिनीहरूलाई अब के गर्नेछ म तिमीहरूलाई बताउँछु । 16 तिनी आउनेछन् र दाखबारीको हेरचाह गर्ने ती मानिसहरूलाई मार्नेछन्। त्यसपछि तिनले अरू मानिसहरूलाई यसको हेरचाह गर्न लगाउनेछन् । जब येशूको कुरा सुनिरहेका मानिसहरूले यो सुने, तिनीहरूले भने, “यस्तो अवस्था कहिल्यै नआओस्! 17 तर येशूले तिनीहरूलाई सीधै हेर्नुभयो र भन्नुभयो, “तिमीहरूले त्यसो भन्न सक्छौ, तर धर्मशास्त्रमा लेखिएका यी वचनहरूको अर्थ विचार गर।' निर्माण गर्नेहरूले ईन्कार गरेको ढुङ्गा भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा भएको छ। 18 यो ढुङ्गा माथि पर्ने सबैलाई यसले टुक्रा-टुक्रा पार्नेछ, र जसमाथि यो खस्छ त्यसलाई चकनाचूर पार्नेछ।’ 19 उहाँले तिनीहरूलाई दोषी ठहर्याउँदै ती दुष्ट मानिसहरूको विषयमा जब उहाँले भन्नु भएको कथा प्रधान पुजाहारीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूले बुझे। त्यसैले उनीहरूले तुरुन्तै उहाँलाई पक्राउ गर्ने उपाय खोजे। तर तिनीहरूले उहाँलाई पक्राउ गरेनन्, किनभने तिनीहरूले त्यसो गरे भने मानिसहरूले के गर्लान भनी तिनीहरू डराएका थिए । 20 त्यसैले तिनीहरूले उहाँलाई ध्यान दिएर हेरे। तिनीहरूले जासुसहरू पनि पठाए र {येशूसँग कुरा गर्न} इमान्दार भएको बहाना गरे, तर तिनीहरू जसले वास्तबमा येशूले केही गलत कुराहरू भनेको चाहन्थे। तिनीहरू {रोमी सरकारको विरोध गर्न उस्काएको भनी उहाँलाई दोष लगाउन सक्षम हुन} चाहन्थे ताकि तिनीहरूले त्यहाँको प्रान्तको आधिकारीको हातमा सुम्पन सकून्}। 21 तिनीहरूमध्‍ये एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, हामी जान्‍दछौं कि तपाईंंले ठिक कुरा बोल्नुहुन्छ र सिकाउनुहुन्छ। यद्यपि महत्त्वपूर्ण मानिसहरूले यो मन नपराए पनि तपाईं त्यसो गर्नुहुन्छ, परमेश्वरले हामीबाट चाहेको कुरालाई तपाईंले सत्यतासाथ सिकाउनुहुन्छ। 22 {त्यसैले भन्नुहोस् यो बारेमा तपाईं के भन्नुहुन्छ} हामीले रोमी सरकारलाई कर तिर्नु उचित छ कि छैन?" 23 तर उहाँलाई थाहा थियो कि उहाँलाई या त यहूदीहरूमा, जसले रोमी सरकारलाई कर तिर्न घृणा गर्थे, अथवा रोमी सरकारमा फसाउनको लागि तिनीहरूले यो जाल रच्ने कोसिस गरिरहेकाथिए।त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, " 24 “मलाई एउटा रोमी सिक्‍का देखाओ। र यसमा कसको चित्र र नाउँ खोपिएका छन्?” मलाई भन । त्यसैले तिनीहरूले भने, {उहाँलाई सिक्का देखाए र} “यसमा कैसरको नाउँ र चित्र छ।” 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस अवस्थामा जे सरकारका हुन् त्यो सरकारलाई देओ, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।” 26 मानिसहरू उहाँको वरिपरि उभि रहेकैबेला येशूले भन्नुभएको कुरामा जासुसहरूले केही पनि गलत भेट्टाउन सकेनन्। जासुसहरू उहाँको जवाफमा यति अचम्मित भए कि उनीहरूले अरू बढी केही पनि भनेनन्। 27 त्यसपछि, केही सदुकीहरू येशूकहाँ आए। तिनीहरूको यहूदी समुदायले मरेको मानिसको पुनरुत्थान हुँदैन भन्ने सिकाएका थिए। तिनीहरूले येशूलाई चुनौतिपुर्ण प्रश्न सोध्ने ईच्छा गरे। 28 तिनीहरूमध्‍ये एक जनाले उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामी यहूदीहरूलाई सिकाउनुभएको छ, यदि पत्नी भएको तर सन्‍तान नभएको मानिस मर्यो भने के गर्ने? उसको भाइले विधवासँग विवाह गर्नुपर्छ ताकि तिनले उसबाट सन्तान जन्माउन सकोस्। तब मानिसहरूले त्यो बालकलाई मृत्यु भएको मानिसको सन्तान ठान्नेछन्। 29 अब, एउटै परिवारमा सात दाजुभाइ थिए । सबैभन्दा जेठोले एउटी स्त्रीसँग विवाह गर्यो, तर तिनको कुनै बच्चा हुनु अघि मृत्यु भयो र विधवा भईन्। 30 दोस्रो भाइले यो नियम पालन गरे र विधवासँग विवाह गरे, तर उसलाई पनि त्यस्तै भयो। 31 त्यसपछि तेस्रो भाइले तिनलाई विवाह गरे, तर फेरि त्यस्तै भयो। अन्तमा, सबै सात दाजुभाइहरू, एक-एक गरी, ती स्त्रीसँग विवाह गरे तर सबै निसन्तान भई मरे। 32 पछि स्त्रीको पनि मृत्यु भयो। 33 यसकारण,समय आउनेछ कि मरेका मानिसहरू फेरि जीवित हुनेछन्, यदि यो भनाई सत्य हो भने तब ती स्त्री कसकी पत्नी हुनेछिन् भनी ठान्नुहुन्छ? याद राख्नुहोस् कि तिनको ती सातै जना दाजुभाइसँग विवाह भएको थियो! ” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "यस संसारमा , महिला र पुरुषले विवाह गर्छन् र बाबुआमाले छोरीहरूलाई पुरुषहरूसंग विवाह गर्न दिन्छन् । 35 तर परमेश्वरले स्वर्ग जान योग्य ठहराउनुभएका मानिसहरूलाई उनीहरूको मृत्यु पछि तिनीहरूलाई पुनर्जीवित गराउनु हुनेछ तर तिनीहरूको त्यहाँ विवाह हुनैछैन। 36 {तिनीहरूले विवाह गर्दैनन् } किनकि तिनीहरू फेरि मर्न सक्दैनन् । बरू त्यसकोसट्टा, तिनीहरू सवर्गदुतहरूजस्तै हुनेछन् { जो सधैंभरि बाँच्दछन् } तिनीहरू परमेश्वरका सन्तानहरू हुन्, किनकि परमेश्वरले तिनीहरूलाई मृत्यु पछि फेरी जीवित पार्नुभएकोछ। 37 { मैले विवाहको बारेमा तिमीहरूको प्रश्नको जवाफ दिएको छु, म धर्मशास्त्रबाट देखाउनेछु) कि मानिसहरू मरिसकेपछि परमेश्वरले तिनीहरूलाई फेरि जीवित पार्नुहुन्छ। यसबारे मोशाले पनि लेखे। जलिरहेको पोथ्रामा मोशाले परमेश्वरलाई भेट गर्दा, उनले यो कुरा उल्लेख गरेका थिए कसरी परमप्रभुले आफैलाई अब्राहामका परमेश्वर, ईसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ भनी भन्नुभयो ।'यदि परमेश्वरले यी मानिसहरूलाई पुनर्जीवित नगराएकोभए यसो भन्नुहुने थिएन र उहाँ अझै तिनीहरूको परमेश्वर हुनुहुने थिएन। 38 आखिर, उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न। उहाँ जीवित मानिसहरूका परमेश्‍वर हुनुहुन्छ, किनभने (तिनीहरू मृत्यु पश्चात पनि) परमेश्‍वरको निम्‍ति सबैजना जीवित रहन्‍छन्।” 39 {त्यहाँ भएका } यहूदी व्यवस्थाका केही शिक्षकहरूले जवाफ दिए, "गुरुज्यू, तपाईंंले धेरै राम्रोसंग जवाफ दिनुभयो!" 40 {शास्त्रीहरूले यसो भने} किनभने अप्ठारा प्रश्नहरू सोधेर येशूलाई पासोमा पार्न खोजिरहेकाहरूले उहाँलाई कठिन प्रश्नहरू सोध्न छोडेका थिए। उहाँले यति राम्रोसंग जवाफ दिनुभएको थियो कि तिनीहरूले उहाँलाई अरू केही सोध्न डराए। 41 त्यसको बदलामा {येशूले तिनीहरूलाई एउटा जटिल प्रश्न सोध्नु भयो।} उहाँले भन्नुभयो, "किन मानिसहरूले भन्छन् कि मसिह {केबल} राजा दाऊदको सन्तान हुनुहुन्छ? 42 भजनसंग्रहको पुस्तकमा दाऊद आफैले {मसिहको बारेमा } भनेका कुरा विचार गर, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, { त्यो महान आदरको स्थानमा} । 43 {यहीं बस} जबसम्‍म म तिम्रा शत्रुहरूलाई पूर्णरूपले परारस्त गर्दिन।" 44 भजनसंग्रहमा, राजा दाऊदले मसिहलाई 'मेरा प्रभु' भनेर बोलाएका छन् ।' {जुन एउटा महान आदरको उपनाम हो} त फेरि कसरी मसिह दाऊदको सन्तान हुनसक्नुहुन्छ? {सन्तानले पो आफ्नो पुर्खालाई ठूलो आदर देखाउनु पर्छ।}" 45 तब, जब अरू मानिसहरूले सुनिरहेका थिए, येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 याद गर “तिमीहरू यहूदी व्यवस्थाका शिक्षकहरू जस्ता नहोओ। तिनीहरू लामो लवेदा लगाएर यताउता हिंड्न मन पराउँछन् ताकि मानिसहरूलाई लागोस् यिनीहरू धेरै महत्त्वपूर्ण मानिसहरू हुन्। बजारमा मानिसहरूले तिनीहरूलाई आदरपूर्वक अभिवादन गरेको पनि उनीहरू चाहन्छन्। सभाघरहरूमा सबैभन्दा महत्त्वपूर्ण ठाउँहरूमा बस्न तिनीहरू रूचाउँछन्। रात्री भोजहरूमा सबैभन्दा सम्मानित व्यक्तिहरूको स्थानमा बस्न तिनीहरू रूचाउँछन्। 47 तिनीहरूले विधवाहरूका सम्पत्तिहरू {पनि } जफत गर्छन्। तर अन्य मानिसहरूमाझ धार्मिक देखिनको लागि, { सार्वजानिक स्थलहरूमा} तिनीहरू लामो लामो प्रार्थना गर्छन्। तिनीहरूले जे गरेका छन् त्यसको लागि परमेश्वरले तिनीहरूको घोर निन्दा गर्नुहुनेछ।

Chapter 21

1 तब येशूले {आफू बसेको ठाउँबाट} माथि हेर्नुभयो र धनी मानिसहरूले आ-आफ्नो {पैसाको} भेटीहरू दानपात्रमा {मन्दिरको चोकमा} राखेको देख्नुभयो। 2 उहाँले एउटी गरीब विधवालाई दुईवटा साना तामाका सिक्काहरू दानपात्रमा राखेको पनि देख्नुभयो। 3 र उहाँले भन्नुभयो, {आफ्ना चेलाहरूलाई},सत्य यही हो कि यी गरिब विधवाले अरू सबैले {यी धनी मानिसहरू} भन्दा बढ्ता चढाईन् {दानपात्रमा}। 4 म तिमीहरूलाई भन्दछु किन यो सत्य हो। ती सबै {धनी मानिसहरू}ले प्रशस्त पैसाहरू त चढाए तर यो जगेडा पैसा थियो जुन तिनीहरूलाई साँचै आवश्यक थिएन। तर यी बिधवा, जो अत्यन्तै गरिब छिन्, तथापि तिनीसंग भएको सम्पूर्ण तिनले चढाईन् , यद्यपि तिनलाई जिउनको लागि यो पैसा आवश्यक थियो। 5 केही {येशूका चेलाहरू} मानिसहरूले दिएका सुन्दर ढुङ्गाहरू र सजावटहरूले मन्दिरलाई कसरी सिंगारिएको थियो भन्ने विषयमा चर्चा गरिरहेका थिए। तर येशूले भन्नुभयो, 6 {के हुनेवाला छ, म तिमीहरूलाई बताउनेछु} तिमीहरूले प्रशंसा गरेका यी वस्तुहरू एक दिन तिमीहरूका शत्रुहरू आएर त्यसलाई पूर्णरूपले ध्वस्त पारिदिनेछन् ।" 7 तब तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू हुनै लागेको छ भनी केले देखाउँदछ? 8 येशूले जवाफ दिनुभयो, “कसैले तिमीहरूलाई बहकाउन नपाओस्। किनकि धेरै मानिसहरू आउनेछन् र प्रत्यकले म {खीष्ट} भएको दाबी गर्नेछन्। प्रत्येकले आफ्नो बारेमा भन्नेछन्, ‘म मसिह हुँ!’ तिनीहरूले यो पनि भन्नेछन्, ‘परमेश्वरले राजाको रूपमा शासन गर्ने समय लगभग नजिकै आइसकेको छ!’ तिनीहरूले भनेको कुरामा विश्वास नगर! 9 साथै, तिमीहरूले युद्धहरू र मानिसहरू एक-अर्कासँग लडाई गरेको हल्लाहरू सुन्नेछौ। {संसारको} अन्त्य आउनु अघि नै यस्ता कुराहरू हुनैपर्छ। त्यसकारण {जब तिमीहरूले यी कुराहरूको बारेमा सुन्‍छौ, तब नडराओ। 10 विभिन्न जातिका मानिसहरूले एकअर्कालाई आक्रमण गर्नेछन्, र विभिन्न राज्यका मानिसहरू एक-आपसमा लड्नेछन्। 11 र विभिन्न ठाउँमा ठूला ठुला भूकम्पहरू जानेछन्। अनिकालहरू र भयानक रोगहरू पनि हुनेछन् । धेरै कुराहरू हुनेछन् जसले मानिसहरूलाई अति भयभित पार्नेछन्। मानिसहरूले आकाशमा अनौठा कुराहरू देख्नेछन् {जसले देखाउनेछ कि धेरै महत्त्वपूर्ण कुरा हुन जाँदैछ}। 12 तर यी सबै कुराहरू हुनु अघि, तिमीहरूका शत्रुहरूले तिमीहरूलाई पक्रनेछन् र तिमीहरूसँग नराम्रो व्यवहार गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरूमा ल्‍याउनेछन्, {तिनीहरूका न्यायकर्ताहरूले तिमीहरूमाथि मुद्दा चलाउनेछन्} र तिमीहरूलाई जेलमा हाल्नेछन्। तिमीहरूका शत्रुहरूका पनि राजाहरू र उच्च सरकारी अधिकारीहरू हुनेछन् र तिमीहरूलाई परीक्षामा हाल्नेछन् किनभने तिमीहरूले ममाथि विश्वास गरेकाछौ। 13 त्यसबेला तिमीहरूले मेरो बारेमा सत्य बोल्ने समय हुनेछ। 14 त्यसकारण, आफ्नो बचाउको लागि के भन्नुपर्ने हो सो बारे अघि बाटै चिन्तित नहुन पक्का निश्चय गर। 15 किनकि म तिमीहरूलाई सठिक शब्दहरू दिनेछु ताकि तिमीहरूले के भन्नु पर्ने हो सो जान्नेछौ। फलस्वरुप, तिमीहरूलाई दोष लगाउने व्यक्तिहरू मध्ये कसैले पनि तिमीहरूलाई गलत ठहर्याउन सक्नेछैनन्। 16 अनि तिमीहरूका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू र {अरू} आफन्त र साथीहरूले पनि तिमीहरूलाई धोका दिनेछन् , र तिनीहरूले तिमीहरूमध्ये कसैलाई मार्नेछन् । 17 तिमीहरूले मलाई विश्वास गरेको कारण धेरै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् । 18 तर तिमीहरूको सम्पूर्ण प्राण (आत्मिक रूपमा) सुरक्षित रहनेछ । 19 यदि तिमीहरू कठिन परिस्थितिमा पनि तिमीहरूले परमेश्वरप्रतिको आफ्नो भरोसालाई अटुट राखि राख्यौ भने, तिमीहरूको मृत्युपश्चात तिमीहरूको आत्मा परमेश्वरको उपस्थितिमा जिवित रहनेछ। 20 जब तिमीहरूले यरूशलेम {सहर}लाई सेनाले घेरेको देख्‍छौ, तब तिमीहरूले थाहा पाउनेछौ कि तिनीहरूले त्यो सहरलाई छिट्टै नष्ट गर्नेछन् । 21 त्यो समयमा तिमीहरूमध्‍ये जो यहूदिया {प्रान्तका अरू ठाउँहरूमा} भएकाहरू, पहाडतिर भाग्नुपर्छ। र तिमीहरू मध्ये जो यस सहरमा छौ यसलाई छोड्नुपर्छ। तिमीहरू मध्ये जो नजिकैको गाउँमा छौ शहरतिर आउँदै नआउनू । 22 तिमीहरू भाग्नुपर्छ, किनभने यतिबेला परमेश्‍वरले यरूशलेम सहरलाई दण्ड दिनुहुनेछ। जब उहाँले त्यसो गर्नुहुन्छ, तब परमेश्वरले यसबारे धर्मशास्त्रमा भन्नुभएको कुरा पूरा हुनेछ। 23 जब यो हुन्छ, गर्भवती महिलाहरू र दुधेनानीहरूका आमाहरूका लागि यो कस्तो भयानक दिन हुनेछ। देशमा ठूलो संकष्ट हुनेछ। परमेश्‍वर यी मानिसहरूसँग क्रोधित हुनुहुनेछ र तिनीहरूलाई कडा सजाय दिनुहुनेछ। 24 तिनीहरूमध्‍ये धेरैजना मर्नेछन् किनभने सिपाहीहरूले तिनीहरूका हतियारहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका शत्रुहरूले अरूलाई बन्दी बनाएर संसारका अन्य ठाउँहरूमा पठाउनेछन्। जबसम्म परमेश्वरले अनुमति दिनुहुन्छ अन्यजातिहरूले यरूशलेम {सहरलाई} नियन्त्रण गर्नेछन्। 25 “यो समयमा, सूर्य, चन्द्रमा र ताराहरूमा अनौठा कुराहरू देखिनेछन्। र पृथ्वीमा, मानिस जातिहरूमा भयंकर त्रास छाउनेछ। समुद्रका ठूला-ठूला छालहरूको गर्जन आउँदा डराए जसरी तिनीहरू डराउनेछन्। 26 मानिसहरू यति डराउनेछन् कि तिनीहरू बेहोस हुनेछन् किनभने तिनीहरू संसारमा अर्को के {घटना} हुने हो भनेर पर्खिरहेका हुनेछन्। आकाशका ताराहरू आफ्नो सामान्य स्थानबाट सर्नेछन्। 27 तब सबै मानिसहरूले मलाई, मानिसको पुत्रलाई बादलमा शक्तिशाली र अति चम्किलो ज्योतिसहित आउँदै गरेको देख्नेछन्। 28 त्यसकारण जब ती डरलाग्दा कुराहरू हुन थाल्छन्, निर्धक्क भएर बस, किनकि परमेश्‍वरले चाँडैनै तिमीहरूको उद्धार गर्नुहुनेछ ।” 29 त्यसपछि येशूले तिनीहरूलाई एउटा उदाहरण दिनुभयो। उहाँले भन्नुभयो, “अञ्जीरका रूखहरू र सबै रूखहरूको बारेमा पनि सोच। 30 जब तिमीहरूले तिनीहरूका पातहरू अंकुर्याउन थालेको देख्छौ तब तिमीहरूलाई थाहा हुन्छ कि यो गर्मीको सुरुवात हो। 31 त्यसरी नै, जब तिमीहरूले मैले भर्खरै वर्णन गरेका यी कुराहरू भइरहेको देख्‍दा, तब परमेश्‍वरले चाँडै नै आफूलाई राजाको रूपमा प्रकट गर्दै हुनुहुन्छ भनी तिमीहरूले थाहा पाउनेछौ । 32 म तिमीहरूलाई साच्चै भनिरहेकोछु। मैले वर्णन गरेको पहिलो चिन्हहरू देख्ने मानिसहरू यी सबै कुराहरू भएको देख्नको लागि निश्चयनै जीवित रहनेछन् । 33 तिमीहरूलाई लाग्छ होला आकाश र पृथ्वी सधैंभरि रहन्छन् तर तिनीहरू रहदैनन्, तर मेरा वचनहरू सधैंभरिरहन्छन्। 34 आफूलाई नियन्त्रणमा राख्न धेरै होशियार रहो। यदि तिमीहरू {मद्यले मातेर} नशामा रह्यौ भने, तिमीहरू होशमा हुँदैनौ। र यदि तिमीहरू दैनिकी मामिलाहरूको बारेमा चिन्ता गर्छौ भने तिमीहरू विचलित हुनेछौ। {तब तिमीहरूलाई मैले बताएको चिन्हहरूमा ध्यान दिनेछैनौ, र} जब म फर्केर आउँछु तिमीहरू छक्क पर्नेछौ। 35 {म एकदम अचानक आउनेछु कि} जनावरमा पासोमा परेको जस्तो हुनेछ। {त्यसैले तिमीहरूले मेरो पुनआगमनको निम्ति जागा रहनु पर्छ,} किनकि यसले संसारका हरेक व्यक्तिलाई असर पार्नेछ। 36 त्यसैले तिमीहरू मेरो आगमनको लागि सधैंं तयार रहनुपर्छ। प्रार्थना गर कि मैले बताउँदै आईरहेका यी कठिन परिस्थिहरूबाट तिमीहरू जाँदै गर्दा तिमीहरू मप्रति विश्वासयोग्य रहन सक। यसरी म, मसिहले (जब म संसारको न्याय गर्न आउँछु) तिमीहरूलाई निर्दोष घोषणा गर्नेछु । 37 हरेक दिन येशूले मानिसहरूलाई मन्दिरमा सिकाई रहनुहुन्थ्यो। तर हरेक साँझ उहाँ {सहरबाट बाहिर} जैतून डाँडामा गएर रातभरि बस्नुहुन्थ्यो। 37 हरेक दिन येशूले मानिसहरूलाई मन्दिरमा सिकाई रहनुहुन्थ्यो। तर हरेक साँझ उहाँ {सहरबाट बाहिर} जैतून डाँडामा गएर रातभरि बस्नुहुन्थ्यो। 38 अनि हरेक बिहान सबेरै मानिसहरूको ठूलो भीड उहाँको कुरा सुन्‍न {जसरी उहाँले सिकाउनुहुन्थ्यो} मन्दिरमा आउँथे ।

Chapter 22

1 अब अखमिरी रोटीको चाड मनाउने बेला भइसकेको थियो, जसलाई मानिसहरूले निस्तार चाड पनि भन्थे। 2 मुख्‍य पूजाहारीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूले येशूलाई {महान् मानिस ठाने} {धेरै} मानिसहरूका बिचमा हुलदंगा नगरीकन उहाँलाई मार्ने उपाय खोजिरहेका थिए। 3 त्यसपछि शैतान यहूदामा पस्यो, जसको अर्को नाउँ इस्करियोत थियो। उ १२ चेलाहरू मध्ये एक थियो। 4 उ मुख्य पूजाहारीहरू र मन्दिरका पहरेदारहरूसित येशूलाई पक्राई दिनकोलागि तिनीहरूलाई मद्दत गर्न भनी कुरा गर्न गयो । 5 {जब उसले त्यो गर्न प्रस्ताव राख्यो} तिनीहरू धेरै खुसी भए। {यदि उसले यसो गरेको खण्डमा} तिनीहरूले उसलाई पैसा दिने कबुल गरे। 6 र यहूदा सहमत भयो, र उसले येशूलाई भीडले नदेख्ने ठाउँमा तिनीहरूलाई पक्राईदिने उपाय खोज्न थाल्यो। 7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो। यो दिनमा यहूदीहरूले निस्तार चाडको निम्ति थुमाहरू बलि चढाउनु पर्थ्यो अनि त्यो तिनीहरूले खान्थे । 8 त्यसैले येशूले पत्रुस र यूहन्नालाई यी निर्देशनहरू दिएर बाहिर पठाउनुभयो: “जाओ र निस्तार चाडको भोजन तयार गर ताकि हामी सबैले सँगै खान सकौं ।” 9 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामीले कहाँ भोजन तयार गरेको तपाईंं चाहनुहुन्छ ? 10 उहाँले जवाफ दिनुभयो, “ध्यान दिएर सुन। जब तिमीहरू सहरमा जान्छौ, पानीको ठूलो भाँडो बोकेको एकजना मानिसलाई तिमीहरूले भेट्टाउनेछौ। तिनी पसेको घरमा उनको पछि पछि लाग। 11 घरको मालिकलाई भन, 'हाम्रा गुरुले हामीलाई उहाँका चेलाहरूसँगै निस्तार-चाडको भोजन खाने कोठा देखाउन भन्नुभएको छ।' 12 तिनले तिमीहरूलाई घरको माथिल्लो तलामा एउटा ठूलो कोठा देखाउनेछन् । यो सबै अतिथिहरूको मनोरञ्जनको लागि तयार हुनेछ। त्यहाँ हाम्रो लागि भोजन तयार गर।" 13 त्यसैले ती दुई चेलाहरू {सहरमा} गए। तिनीहरूले येशूले भन्नुभएजस्तै सबै कुरा उस्तै भएको पाए। त्यसैले तिनीहरूले त्यहाँ निस्तार-चाडको {लागि भोजन} तयार गरे। 14 जब खाना खाने समय भयो, येशू आउनुभयो र प्रेरितहरूसँग बस्नुभयो। 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो मृत्यु हुन अगाडि तिमीहरूसँग बसेर यो निस्तार-चाडको विशेष भोज खाने मेरो धेरै ठूलो इच्छा थियो । 16 म तिमीहरूलाई भन्दछु, अर्को पटक मैले यो {भोज} खाँदैगर्दा, जब परमेश्वरले राजा भएर सबै ठाउँमा राज्य गर्नुहुनेछ तब उहाँले यसको गहिरो अर्थ बताउनुहुनेछ।” 17 तब उहाँले दाखमद्यको कचौरा लिनुभयो र यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “यो दाखमद्य लेओ र यसलाई आपसमा बाँड। 18 {म तिमीहरूले यो गरेको चाहन्छु}, किनकि म तिमीहरूलाई भन्दछु, जबसम्म परमेश्‍वरले सबै ठाउँमा राजाको रूपमा राज्य गर्नुहुँदैन तबसम्म म फेरि यो दाखमद्य पिउनेछैनँ।” 19 त्यसपछि उहाँले केही रोटी लिनुभयो र त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले यसलाई टुक्रा-टुक्रा पारेर तिनीहरूलाई खानकोलागि दिनुभयो। त्यसो गर्दैगर्दा उहाँले भन्नुभयो, “यो रोटी मेरो शरीर हो, जुन म तिमीहरूको लागि बलिदान गर्दैछु। मेरो आदरको निम्ति पछि पनि यसलाई कायम राख्नू। 20 त्यसरी नै, तिनीहरूले भोजन खाइसकेपछि, उहाँले दाखमद्यको कचौरा लिनुभयो र भन्‍नुभयो, “यो मेरो आफ्नै रगतले बनाईएको नयाँ करार हो। , जुन तिमीहरूका लागि मेरो मृत्यु हुदै गर्दा मेरा चोटहरूबाट बग्नेछन् । 21 तर तिमीहरू सबैलाई थाहा होस कि मलाई मेरा शत्रुहरूका हातमा सुम्पिदिने व्यक्तिले यहाँ मसँगै खाना खाइरहेको छ । 22 {म यो भन्दछु} किनकि म, मानिसको पुत्र त, परमेश्‍वरको योजना अनुरुप मर्नु नै पर्नेछ। तर मलाई मेरा शत्रुहरूको हातमा सुम्पिदिने मानिसको लागि यो कस्तो भयानक हुनेछ!” 23 तब तिनीहरू सबैले एकआपसमा सोध्न थाले कि तिनीहरू मध्ये येशूलाई धोका दिन लागेको खासमा को हो, 24 त्यस पछि, तिनीहरूले तिनीहरूमध्ये कसलाई सबैभन्दा महत्त्वपूर्ण व्यक्ति मान्नुपर्छ भनेर आपसमा बहस गर्न थाले। 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “गैरयहूदी राष्ट्रहरूका राजाहरूले मानिसहरूलाई आफू शक्तिशाली भएको देखाउन रूचाउँछन्। तैपनि उनीहरूले आफूलाई ‘मानिसहरूलाई सहायता गर्नेहरू' भन्ने नाम राख्छन् । 26 तर तिमी ती शासकहरू जस्ता हुनु हुँदैन! बरू, तिमीहरूमा सबैभन्दा आदरणिय मानिसहरूले मानौं कि तिनीहरू सबैभन्दा तुच्छ व्यक्तिले जस्तो व्यवहार गर्नुपर्छ। कुनै पनि अगुवाले सेवकलेझैं व्यवहार गर्नुपर्छ। 27 किनकि तिमीहरूलाई थाहा छ कि महत्त्वपूर्ण व्यक्ति त्यो हो जसले टेबुलमा खान्छ। खाना पस्कने नोकर होइन। तर म, तिमीहरूको अगुवा, म तिमीहरूसंग रहँदा तिमीहरूको सेवा गरेर तिमीहरूका लागि एक उदाहरण बनेको छु 28 मैले भोगेका सबै कठिन परिस्थितिहरूमा मेरो साथ रहने मानिसहरू तिमी हौ। 29 जसरी मेरा पिताले मलाई राजाको रूपमा राज्य गर्न नियुक्त गर्नुभएको छ, त्यसरी नै अब म तिमीहरूलाई महत्त्वपूर्ण पदहरूमा नियुक्त गर्दैछु, जसमा तिमीहरूले शासन गर्नेछौ। 30 जब म राजा हुनेछु तिमीहरू मसँग बसेर खाने र पिउनेछौ । वास्तवमा, तिमीहरू सिंहासनमा बस्नेछौ र इस्राएलका १२ कुलका मानिसहरूको न्याय गर्नेछौ।” 31 “सिमोन, सिमोन, ध्यान देऊ! शैतानले {परमेश्‍वरसंग} तिमीहरू सबैलाई जाँच गर्न अनुमति मागेको छ, जसरी नाङ्लोमा कसैलेअनाज हल्लाउँछ, {र परमेश्‍वरले त्यसलाई सो गर्न अनुमति दिनुभएको छ}। 32 तर, सिमोन, मैले तिम्रो लागि प्रार्थना गरेको छु। {मैले परमेश्वरलाई सोधेको छु} कि तिमीले मलाई पूर्ण रूपमा विश्वास गर्न छोड्ने छैनौ। जब तिमीले मलाई साँच्चै विश्वास गर्ने निर्णय गरेका छौ, अन्य प्रेरितहरूलाई पनि प्रोत्साहन देऊ {मलाई विश्वास गर}। 33 पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, म तपाईंंसँग झ्यालखानामा जान तयार छु। म तपाईंसँगै मर्न पनि तयार छु!” 34 येशूले जवाफ दिनुभयो, "पत्रुस, म तिमीलाई यो थाहा होस भन्न चाहन्छु कि आजराति भाले बास्न अघि, तिमीले मलाई तीन पटक सम्म मैले उहाँलाई चिनेको छैन भनी भन्नेछौ! " 35 तब येशूले चेलाहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई {गाउँ-गाउँमा र तिमीहरू गयौ} पठाएँ, पैसा, खानेकुरा वा जुत्ता बिना नै गयौ, के त्यहाँ तिमीहरूलाई केहीकुराहरूको आवश्यक पर्यो तर पाउन सकेनौ?” तिनीहरूले जवाफ दिए, "अंह, त्यहाँ केही थिएन!" 36 त्यसपछि येशूले भन्‍नुभयो, “तर अब तिमीहरूमध्ये कसैसँग पैसा छ भने उसले त्यो आफूसँग लैजाओस् । साथै, जोसँग खानेकुरा छ, त्यो आफूसँगै लैजाऊ। र जोसँग तरबार छैन, उसले आफ्नो कोट बेचेर एउटा किनोस्!” 37 म तिमीहरूलाई यो भन्दछु किनभने धर्मशास्‍त्रमा अगमवक्ताले मेरो बारेमा जे लेखेका छन्, त्यो हुनैपर्छ: ‘मानिसहरूले उहाँलाई अपराधीजस्‍तै व्‍यवहार गरे।’ धर्मशास्‍त्रले मेरो बारेमा जे भन्दछ, सबै पूरा हुन लागेको छ। 38 चेलाहरूले जवाफ दिए, “हेर्नुहोस प्रभु! हामीसँग दुईवटा तरवार छन् !” उहाँले जवाफ दिनुभयो, "हामीलाई दुई भन्दा बढी चाहिंदैन।" 39 येशू सहर छोडेर जैतून डाँडामा जानुभयो, जसरी उहाँले प्राय गर्नुहुन्थ्यो। उहाँका चेलाहरू पनि उहाँसँगै गए। 40 प्रायः उहाँले रात बिताउनुहुने ठाउँमा {उहाँका चेलाहरूसँग} जब येशू आउनुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, "जब तिमीहरू परिक्षित हुँदा प्रार्थना गर ताकि परमेश्वरले पाप नगर्न सहायता गर्नुहुनेछ ।” 41 त्यसपछि उहाँ तिनीहरूबाट करिब ३० मिटर पर जानुभयो, घुँडा टेकेर प्रार्थना गर्नुभयो। 42 उहाँले भन्नुभयो, “पिता, यदि तपाईंं इच्छा गर्नुहुन्छ भने आउनैलागेको त्यो भयानक अनुभवमा मलाई पर्ननदिनुहोस। तर मेरो चाहना अनुसार होईन। तपाईंलाई जे ईच्छा लाग्छ गर्नुहोस।" 43 [तब स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ आएर उहाँलाई साहस दिए। 44 उहाँले अत्यन्तै कष्ट भोगिरहनुभएको थियो । त्यसैले उहाँले अत्यन्तै जोडकोसाथ प्रार्थना गर्नुभयो। उहाँको पसिना रगतका ठूला थोपाहरू जस्तै भुइँमा खसिरहेका थिए।] 45 जब येशू प्रार्थनाबाट उठ्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो। उहाँले थाहा पाउनु भयो तिनीहरू सुतिरहेका थिए। तिनीहरू धेरै दुःखी थिए र यसले तिनीहरू थाकेका थिए। 46 उहाँले तिनीहरूलाई {ब्यूँझाउनुभयो र} भन्‍नुभयो, “यो तिमीहरू सुत्ने बेला होइन! उठ! प्रार्थना गर कि {परमेश्वरले तिमीहरूलाई सहायता गर्नुभएको होस् ताकि} कुनै पनि कुराले तिमीहरूलाई पाप गर्ने परिक्षामा नपारोस्।" 47 जब येशू बोल्दै हुनुहुन्थ्यो, मानिसहरूको भीड उहाँकहाँ आयो। १२ चेलाहरू मध्ये एक यहूदाले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। येशूलाई गालामा चुम्बन गरेर अभिवादन गर्न उ आयो। 48 तर येशूले तिनलाई भन्‍नुभयो, “यहूदा, मलाई, मानिसको पुत्रलाई, उसको शत्रुहरूका हातमा सुम्पन तिमीले चुम्बन प्रयोग गर्ने हिम्मत कसरी गर्छौ! 49 जब चेलाहरूले के हुँदै थियो सो बुझे, तिनीहरूले भने, “प्रभु, के हामीले हाम्रा हतियारहरू प्रयोग गरौं {तपाईंलाई नपक्रनको लागि}?" 50 तिनीहरूमध्‍ये एकजनाले {उसको तरबार निकाले र} प्रधान पूजाहारीको नोकरलाई हिर्काए तर उसको {केबल} दाहिने कान मात्र काटियो । 51 तर येशूले भन्नुभयो, “त्यसभन्दा धेरै नगर!” त्यसपछि उहाँले घाइते भएको नोकरलाई छुनु भयो र उसलाई निको पार्नुभयो। 52 तब येशूले मुख्य पूजाहारीहरू, मन्दिरका पहरेदारहरू र उहाँलाई पक्रन आएका यहूदी धर्म-गुरुहरूलाई भन्नुभयो, यो आश्चर्यको कुरा छ कि “तिमीहरू मलाई गिरफ्तार गर्न तरवारहरू र समुहहरू लिएर यहाँ आएका छौ, मानौं म एक डाकू हुँ। 53 धेरै दिनसम्म म तिमीसँगै मन्दिरमा थिएँ, तर तिमीले मलाई पक्रने प्रयास गरेनौ! तर यो तिमीहरूले जे गर्न मन लाग्यो सो गर्न ईच्छ्याएको समय हो। र यो शैतानले दुष्टकाम गर्ने चाहेको समय पनि हो। 54 यहूदी अगुवाहरू र सिपाहीहरूले येशूलाई पक्रे र उहाँलाई लगे। तिनीहरूले उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए। पत्रुसले टाढाबाट तिनीहरूलाई पछ्याए {सुरक्षित दुरिबाट}। 55 केही मानिसहरू चोकको बीचमा आगो बालेर सँगै बसे । पत्रुस आएर तिनीहरूका बिचमा बसे। 56 एउटी नोकर्नीले पत्रुसलाई आगोको उज्यालोमा त्यहाँ बसिरहेको देखिन्। तिनले उनलाई ध्यान दिएर हेरिन् र भनिन्, "यो मानिस पनि उनीहरूले गिरफ्तार गरेको व्यक्तिसँग थियो!" 57 तर तिनले यसो भन्दै इन्कार गरे, “ए युवती, म उहाँलाई चिन्दिनँ ।” 58 केही बेरपछि अरू कसैले पत्रुसलाई देखे र भने, “तिमी पनि ती मानिसहरूमध्ये एक हौ जो तिनीहरूले गिरफ्तार गरेको मानिससँग थिए ।” तर पत्रुसले भने, “होइन, हजुर, म तिनीहरूमध्येको होइन!” 59 करिब एक घण्टापछि अरू कसैले ठूलो स्वरमा भन्यो, “यी मानिसले बोल्ने शैलीले यिनी गालीली {इलाकाबाट} हुन् भनी जनाउँछ। त्यसैले यिनी पक्कै पनि तिनीहरूले गिरफ्तार गरेको मानिससँग यहाँ आएको हुनुपर्छ!” 60 तर पत्रुसले भने, “हजुर, यो साँचो होइन!” पत्रुस बोल्दै थिए, तुरुन्तै एउटा भाले बास्यो। 61 येशूले फर्केर पत्रुसलाई हेर्नुभयो। तब पत्रुसले येशूले उनलाई भनेको कुरा सम्झे: “आज राती, भाले बास्नु अघि, तिमीले मलाई चिन्दिन भनी तीन पटकसम्म इन्कार गर्नेछौ।” 62 अनि तिनी आँगनबाट निस्केर बाहिर गए र ठूलो शोकले रोए। 63 येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिल्ला गरे र उहाँलाई कुटपिट गरे। 64 तिनीहरूले उहाँको {देख्न नसक्ने गरी आँखामा पट्टी बाँधेर उहाँलाई पालैपालो हिर्काए}। तिनीहरूले उहाँलाई भने, “तिमी अगमवक्ता हौ भने हामीलाई देखाउ! हामीलाई भन भर्खरै तिमीलाई कसले हिर्कायो! " 65 तिनीहरूले उहाँको खिल्ली उडाउँदै, उहाँको बारेमा अरू धेरै [क्रूर] कुराहरू भने, 66 भोलिपल्ट बिहान उज्यालो हुनेबित्तकै धेरै यहूदी अगुवाहरू भेला भए। यस समूहमा मुख्य पूजाहारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरू थिए। तिनीहरूसंग सिपाहीहरू थिए र येशूलाई यहूदी परिषद्को कोठामा ल्याए। 67 त्यहाँ तिनीहरूले उहाँलाई भने, “यदि तिमी मसिह हौ भने हामीलाई भन ।” तर उहाँले जवाफ दिनुभयो, “यदि मैले म मसिह हुँ भनी भनें, तिमीहरूले मलाई विश्वास गर्ने छैनौ। 68 तर यदि मैले तिमीहरूलाई म मसिह हुँ भनेर सोधें भने पनि, तिमीहरूले मलाई जवाफ दिंदैनौ । 69 र अबदेखि, म, मसिह, सर्वशक्तिमान् परमेश्‍वरको नजिकै बस्नेछु {र राज्य गर्नेछु}!" 70 तब तिनीहरू सबैले सोधे, “यदि त्यसो हो भने, के तिमीले आफूलाई परमेश्‍वरको पुत्र हौ भनी भनिरहेका छौ ?” उहाँले जवाफ दिनुभयो, "हो, तिमीहरूले भनेको कुरा साँचो हो।" 71 तब तिनीहरूले एक-अर्कालाई भने, “यसले {आफूलाई परमेश्‍वरको बराबर तुल्याएको} हामी आफैले सुनेका छौं! र त्यसकारण हामीलाई साँच्चै यिनको विरुद्धमा {ईश्वर- निन्दाको आरोपमा} गवाही दिन अरू मानिसहरूको आवश्यकता पर्दैन!”

Chapter 23

1 तब पुरै समूह उठ्यो र येशूलाई {रोमी शासक} पिलातसकहाँ लगे । 2 तिनीहरूले उहाँलाई {पिलातसको अगाडि} दोष लगाए। तिनीहरूले भने, “ यो मानिसले हाम्रा जातिहरूलाई बहकाइरहेको {समस्यामा पारेको} हामीले देख्यौं। यसले तिनीहरूलाई रोमी सम्राट कैसरले लगाएको कर नतिर्नु भनी भन्दै आईरहेको छ। यसले आफूलाई मसिह, राजा हुँ पनि भन्दैआईरहेको छ!" 3 तब पिलातसले उहाँलाई सोधे, “के तपाईंं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, "हो, तपाईंले मलाई सोध्नुभएको जस्तै हो।" 4 तब पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई भने, “यो मानिस कुनै अपराधको दोषी छैन ।” 5 तर यहूदी शासकिय परिषद्को समूहले येशूलाई आरोप लगाईरह्यो। तिनीहरूले भने, “यसले मानिसहरूलाई दंगा गराउन खोज्दै छ! यसले आफ्ना विचारहरू यहूदियाका सबै क्षेत्रहरूमा सिकाउँदै आईरहेकोछ। यसले गालीलको {इलाकामा} सो गर्न थाल्यो, र अहिले यहाँ पनि गरिरहेको छ!” 6 तिनीहरूले भनेको कुरा जब पिलातसले सुने, तिनले सोधे, "के यो मानिस गालील {को ईलाका} बाटआएको हो? 7 जब पिलातसले येशू गालीलबाट आउनुभएको भन्ने थाहा पाए, जहाँ हेरोद एन्टिपासले शासन गर्थे, पिलातसले येशूलाई तिनीकहाँ पठाईदिए । त्यस समयमा हेरोद पनि यरूशलेममै थिए। 8 जब हेरोदले येशूलाई देखे, तिनी असाध्यै खुसी भए, किनभने तिनले लामो समयदेखि येशूलाई हेर्न चाहन्थे। किनभने हेरोदले येशूको बारेमा धेरै कुराहरू सुनेका थिए, र तिनले उहाँले आश्चर्यकर्म गरेको हेर्न चाहन्थे। 9 त्यसकारण हेरोदले येशूलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तीमध्ये कुनै पनि जवाफ दिनुभएन। 10 अनि मुख्य पूजाहारीहरू र यहूदी व्यवस्थाका केही विशेषज्ञहरू येशूको नजिकै उभिए र उहाँलाई खुब आरोप लगाए {धेरै अपराध गरेको}। 11 तब हेरोद र तिनका सिपाहीहरूले येशूको अपमान गरे र उहाँको खिल्ली उडाए। तिनीहरूले उहाँलाई महँगो लुगा लगाइदिए {उहाँ राजा भएको बहाना देखाउनलाई}। त्यसपछि हेरोदले उहाँलाई पिलातसकहाँ नै फिर्ता पठाईदिए। 12 त्‍यस समयसम्‍म ती दुई जना मानिस एक-अर्कामा ठूलो शत्रुता थियो, तर त्‍यस दिन हेरोद र पिलातस मित्र भए। 13 त्यसपछि मानिसहरूको भीड त्यहाँ अझै थियो र पिलातसले मुख्य पूजाहारीहरू र अन्य यहूदी अगुवाहरू भेला गरे। 14 उनले तिनीहरूलाई भने, मानिसहरूलाई विद्रोह गर्न नेतृत्व गरिरहेको छ भनी तिमीहरूले यस मानिसलाई म कहाँ ल्याएका छौ । तर तिमीहरूले यो जान भन्ने म चाहन्छु कि तिमीहरूले सुन्दैगर्दा उसलाई अनुसन्धान गरिसकेपछि, म यो निस्कर्षमा पुगें कि तिमीहरूले उसमाथि लगाएको कुनै दोष यिनमा मैले पाईनँ। 15 साथै, हेरोदले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाए {विनाकुनै संजाय}। त्यसको मतलब उनले पनि {यिनी दोषी नभएको निष्कर्ष निकाले}। त्यसकारण, यो स्पष्ट छ कि यस मानिसले मृत्यु योग्य कार्य केही पनि गरेका छैनन् । 16 त्यसकारण म यिनलाई { मेरा सिपाहीहरूलाई भनेर} कोर्रा लगाएर छोडिदिनेछु। 17 {पिलातसले यो यसकारणले भने} हरेक निस्तार चाडमा तिनले एकजना कैदीलाई मुक्त गर्नु पर्थ्यो । 18 तर सबै भीडले एकसाथ कराए, “यस मानिसलाई मृत्यु दण्ड दिनुहोस्! बरु त्यसकोसट्टा हाम्रा लागि बारब्बालाई छोडिदिनुहोस!” 19 अब बरब्बा त्यो मानिस थियो जसले {यरूशलेम} सहरका केही मानिसहरूलाई रोमी सरकारको विरुद्धमा विद्रोह गर्न अगुवाइ गरेका थिए। उ हत्यारा पनि थियो । यिनै अपराधका कारण उ जेल परेको थियो । 20 तर खासमा पिलातसले येशूलाई छोडिदिन चाहन्थे, त्यसैले तिनले भीडसँग फेरि कुरा गर्ने प्रयास गरे। 21 तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्! ” 22 त्यसपछि पिलातसले भीडसँग तेस्रो पल्ट कुरा गरे। “होइन! उसले कुनै अपराध गरेको छैन ! उसले कुनै पनि काम गरेको छैन जसको लागि ऊ मर्न योग्य छ। त्यसैले म मेरा सिपाहीहरूलाई उसलाई कोर्रा लगाउन भन्नेछु र त्यसपछि म उसलाई छाडिदिनेछु।” 23 तर भीडमा भएका मानिसहरूले पिलातसले येशूलाई क्रुसमा झुण्ड्याउनै पर्छ भनी जोडसंग कराए। अन्तमा, तिनीहरूले चर्को स्वरमा कराईराखेको कारणले पिलातसलाई मनाउन तिनीहरू सफल भए। 24 त्यसैले पिलातसले घोषणा गरे कि उनले त्यही गर्नेछन् जो तिनीहरूले चाहेका थिए । 25 तब भीडले छाडिदिन भनेको मानिसलाई पिलातसले मुक्त गरिदिए। त्यो मानिस रोमी सरकारको विरुद्धमा लडेको र मानिसहरूको हत्या गरेको कारण जेलमा थियो! त्यसपछि पिलातसले सिपाहीहरूलाई येशूलाई लगेर भीडले चाहेको कुरा गर्न आदेश दिए। 26 अब त्यहाँ सिमोन नाउँ भएका एक जना मानिस थिए, जो {अफ्रिकाको} कुरेनी सहरका थिए। तिनी गाउँबाट यरूशलेम आउँदै थिए। जब सिपाहीहरूले येशूलाई टाढा लैजाँदै थिए, तिनीहरूले सिमोनलाई झ्याप्प समाते। {तिनीहरूले येशूलाई बोक्न लगाएको क्रुस लिएर सिमोनको काँधमा राखिदिए। र तिनीहरूले} उनलाई क्रुस बोकेर येशूको पछि लाग्न भने। 27 अब एउटा ठूलो भीड येशूको पछिपछि हिँडिरहेको थियो। भीडमा धेरै स्‍त्रीहरू थिए जो उहाँको निम्‍ति {आफ्‍नो पीडा प्रकट गर्न } अलाप विलाप गर्दै { बडो दुःखकोसाथ } छाती पिटिरहेका थिए। 28 तर {तिनीहरूको सहानुभूति ग्रहण गर्नुको सट्टा,} येशू ती स्त्रीहरूतिर फर्कनुभयो र भन्‍नुभयो, “हे यरूशलेमका नारीहरू हो, मेरो लागि नरोऊ! बरू, तिमीहरू र तिमीहरूका छोराछोरीहरूमाथि {हुन आउने भयानक कुराहरूको लागि} रोऊ! 29 किनकि म चाहन्छु तिमीहरूलाई यो थाहा होस् कि एक समय यस्तोआउनेछ जब मानिसहरूले भन्नेछन्, 'धन्य हुन् ती स्त्रीहरू जसले कहिल्यै शिशु जन्माएनन् र शिशुहरूको स्याहार गर्नुपरेन!' 30 त्यसपछि यस सहरका मानिसहरूले भन्नेछन् 'हामी यी पहाडहरू हामीमाथि खसेपनि हुन्थ्यो र ती पहाडहरूले हामीलाई ढाकेपनि हुन्थ्यो ! 31 अहिले मानिसहरूलाई अरूलाई खराबी गर्न गाह्रो छ, जसरी काँचो काठमा आगो सल्काउन गाह्रो छ। तर पछि, सुकेको दाउरामा आगो सल्काउन सजिलो भएझैँ, मानिसहरूले अरूको निम्ति डरलाग्दो कामहरू सजिलै गर्नसक्नेछन् ।” 32 दुईजना अरू अपराधीहरू पनि, येशूसँगै रोमीहरूले उनीहरूलाई मृत्युदण्ड दिने ठाउँमा हिँडिरहेका थिए। 33 जब तिनीहरू खप्परे भनिने ठाउँमा पुगे, त्यहाँ सिपाहीहरूले येशूलाई क्रुसमा किला ठोकेर उहाँलाई क्रुसमा टाँगे। तिनीहरूले दुईजना अपराधीहरूलाई पनि त्यस्तै गरे। तिनीहरूले एउटालाई येशूको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि राखे। 34 [तर येशूले भन्नुभयो, “हे पिता, कृपया यी मानिसहरूलाई क्षमा गर्नुहोस्। तिनीहरूले के गरिरहेका छन् यिनीहरूलाई थाहा छैन।”] त्यसपछि सिपाहीहरूले उहाँका वस्त्रहरू बाँडे र क-कसले कुन कपडाको टुक्रा पाउने हो भनी निश्चित गर्न पासा जस्तै खेल खेले। 35 धेरै मानिसहरू नजिकै उभिएर हेरिरहेका थिए। तिनीहरूले येशूको मजाक उडाउँदै थिए। यहूदी अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले भने, “यसले अरू मानिसहरूलाई बचायो! यदि परमेश्वरले यसलाई साँच्चै मसिहको रूपमा चुन्नुभएको छ भने, यसले आफैलाई बचाउनु पर्छ! 36 सिपाहीहरूले पनि उहाँलाई गिल्ला गरे। तिनीहरू उहाँकहाँ आए र उहाँलाई अमिलो दाखमद्य पिउन दिए। 37 तिनीहरूले उहाँलाई भने, “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफूलाई बचाऊ।” 38 उहाँको शिरमाथिको क्रुसमा, सिपाहीहरूले “यिनी यहूदीहरूका राजा हुन्” भनी लेखिएको एउटा चिन्ह पनि टांगे । 39 {येशूको छेउमा क्रुसमा} झुण्डिएको एकजना अपराधीले पनि उहाँको अपमान गर्यो। त्यसले भन्यो, "यदि तिमी साँच्चै मसिह थियौ भने, तिमीले आफैलाई बचाउनेथियौ, र हामीलाई पनि बचाउनेथियौ!" 40 तर अर्को{त्यसो भनेकोमा} अपराधीले उसलाई गाली गर्‍यो। उसले त्यसलाई भन्यो, “ तिमीले परमेश्वरको डर मान्नुपर्छ (तिमीलाई दण्ड दिनुहुन्छ} । तिमी पनि क्रुसमा मर्दैछौ {,र छिट्टै परमेश्वरले तिम्रो न्याय गर्नुहुनेछ}। 41 हामी दुई जना {मर्न) योग्यको छौं। तिनीहरूले हामीलाई दण्ड दिइरहेका छन् जसरी हामीले गरेका दुष्ट कुराहरूको निम्ति हामी योग्य छौं । तर तिमीले कुनै गलत नगरेको मानिसलाई अपमान गरिरहेछौ!” 42 त्यसपछि उसले येशूलाई भन्यो, "हे येशू, कृपागरी, जब तपाईं राजा भएर राज्य गर्न आउनुहुनेछ मेरो बारेमा सोच्नुहोला र मलाई असल व्यवहार गर्नुहोला!" 43 येशूले जवाफ दिनुभयो, तिमीलाई थाहा होस् “आजै तिमी मसँग स्वर्गलोकमा हुनेछौ 44 त्यतिबेलासम्म दिउँसोको समय भइसकेको थियो। तर दिउँसो तीन बजेसम्म त्यो पूरै क्षेत्रमा अँध्यारो भयो। 45 सूर्यमा कुनै प्रकाश थिएन। अनि मन्दिरको {बाक्लो} पर्दा {माहापवित्रस्थानमा भित्र भएको} दुई टुक्रामा विभाजित भयो। 46 जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो, "पिता, म मेरो आत्मालाई तपाईंंको हातमा सुम्पन्छु!" यति भनेपछि उहाँको सास रोकियो र उहाँको मृत्यु भयो । 47 जब सेनापतिले {सिपाहीहरूका कमान्डर} त्यो घटनालाई देखे, तिनले भने, “साँच्चै, यो मानिसले केही गलत गरेको छैन!” यसो भनेर तिनले परमेश्‍वरलाई आदर गरे। 48 ती मानिसहरूको मृत्यु भएको हेर्न भेला भएका मानिसहरूको भीडले त्यहाँ घटेको वास्तविक घटनालाई जब देखे तिनीहरू आफ्नो घरमा फर्किए र शोक प्रकट गर्न आफ्नो छाती पिटे । 49 {तर जब बाँकी भीडहरू गए,} येशूका सबै आफन्तहरू, जो उहाँसँगै गालील {को इलाका } बाट आएका स्त्रीहरू पनि थिए, तिनीहरू केही दूरीपर उभिरहेकै ठाउँबाट के भईरहेको थियो हेरिरहेका थिए। 50 त्यहाँ योसेफ नाउँ गरेका एक जना मानिस थिए {जो यरूशलेममा बस्थे}। उनी असल र धर्मी मानिस थिए जो यहूदी परिषद्का एक सदस्य थिए। 51 तर परिषद्का अन्य सदस्यहरूले येशूलाई मार्ने निर्णय गर्दा र कसरी मार्ने भनेर योजना बनाउँदा तिनी सहमत भएकाथिएनन्। उनी यहूदियाको अरिमाथिया सहरबाट थिए। परमेश्वरले आफ्नो राजालाई राज्य गर्नको लागि पठाउनुहुने समयको प्रतिक्षामा उनी पर्खिरहेका थिए। 52 योसेफ पिलातसकहाँ गए र पिलातसलाई येशूको शव लैजान र गाड्ने अनुमति मागे। {पिलातसले तिनलाई अनुमति दिए}। 53 त्यसैले योसेफले येशूको शरीरलाई क्रुसबाट तल झारे। तिनले शवलाई सुतीको कपडाले बेरे। त्यसपछि उनले येशूको शरीरलाई कसैले चट्टान खोपेर बनाएको दफन गर्ने एउटा कोठामा राखे । त्यो कोठामा यस अघि कसैले पनि कुनै शव राखेका थिएनन्। 54 यो यहूदीहरू आफ्नो विश्रामको दिनको लागि तयार भएको दिनमा भयो। सुर्य चाँडै नै अस्ताउँदै थियो;शबाथको सुरुवात हुँदै थियो। 55 गालील {को इलाका } बाट येशूसँग आएका स्त्रीहरूले {योसेफ र उनीसँग भएका मानिसहरूलाई} पछ्याए । तिनीहरूले गाड्ने कोठा र मानिसहरूले कसरी येशूको शरीरलाई त्यहाँ भित्र राखे सो देखे। 56 त्यसपछि ती स्‍त्रीहरू मसला र अत्तरहरू तयार पार्नलाई { येशूको शरिरमा घस्नलाई} तिनीहरू बसेको ठाउँमा फर्किए। यद्यपि, यहूदी व्यवस्थाको नियम अनुसार शबाथ सुरु हुँदा तिनीहरूले त्यो काम गर्न छोडे।

Chapter 24

1 आइतबार बिहान सबेरै ती स्त्रीहरू चिहानमा गए। तिनीहरूले येशूको शरीरमा लगाउनको लागि तयार पारेका मसलाहरू ल्याए। 2 जब तिनीहरू त्यहाँआइपुगे, तिनीहरूले थाहा पाए कि कसैले चिहानको ढुङ्गा {जसद्वारा चिहान प्रेवशद्वार बन्दगरिएको थियो} हटाएको थियो। 3 तिनीहरू {गाड्ने कोठा} भित्र गए, तर येशूको शरीर त्यहाँ थिएन! 4 त्यसबारे के सोच्ने तिनीहरूलाई थाहा थिएन। त्यसपछि अचानक उज्यालो चम्किलो वस्त्र लगाएका दुई जना मानिसहरू तिनीहरूको छेउमा उभिए! 5 यो देखेर स्त्रीहरू धेरै डराए। तिनीहरू भुइँमा निहुरिए। ती दुई जना मानिसहरूले तिनीहरूलाई भने, “तिमीहरूले मरेका मानिसहरूको लाश गाड्ने ठाउँमा जीवित मानिसलाई खोज्नु हुँदैन। 6 उहाँ यहाँ हुनुहुन्न। होइन, उहाँ फेरि जिवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालीलमा हुनुहुँदा, उहाँले तिमीहरूलाई भन्‍नुभएको कुरा याद गर, 7 तिनीहरूले मलाई, मानिसको पुत्रलाई पापी मानिसहरूका हातमा सुम्पिदिनेछन् । तिनीहरूले मलाई क्रुसमा कीला ठोकेर मार्नेछन्। तर दुई दिन पछि, म फेरि जीवित हुनेछु।’ 8 येशूले तिनीहरूलाई भन्नुभएको कुरा स्त्रीहरूले सम्झे । 9 त्यसैले तिनीहरू चिहानबाट बाहिरिए र ११ प्रेरितहरू र येशूका अरू चेलाहरूकहाँ गए र के भएको हो सो तिनीहरूलाई बताईदिए। 10 प्रेरितहरूलाई यी कुराहरू बताउने स्‍त्रीहरू मग्देला गाउँकी मरियम, योआन्ना, याकूबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्‍त्रीहरू थिए । 11 तर प्रेरितहरूले यो खबरलाई मूर्खतापूर्ण ठाने, त्यसैले तिनीहरूले स्त्रीहरूले भनेका कुरामा विश्वास गरेनन्। 12 तथापि, पत्रुसले त्यो {कथा साँचो हो कि भनेर} हेर्ने निर्णय गरे । उनी दफन गर्ने कोठामा दौडेर गए।तिनले निहुरेर भित्र हेरे। तिनले सूतीका कपडाहरू देखे {जसमा येशूको शरीर बेरिएको थियो, तर येशू त्यहाँ हुनुहुन्थ्यो}। त्यसैले के भएको हो भनेर अचम्म मान्दै तिनी चिहानबाट निस्के। 13 त्‍यही दिन येशूका दुईजना चेलाहरू सहर भन्दा बाहिर इम्माउस नामको एउटा गाउँमा हिँडिरहेका थिए। यो यरूशलेमबाट करिब दस किलोमिटर टाढा थियो। 14 तिनीहरूले {येशूलाई} भएका सबै कुराहरूबारे आपसमा कुरा गरिरहेका थिए। 15 जब तिनीहरू कुरा गरिरहेका र छलफल गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै हिँड्न थाल्नुभयो। 16 तर परमेश्वरले तिनीहरूलाई उहाँ येशू नै हुनुहुन्छ भन्ने कुरा बुझ्नलाई असमर्थ बनाईदिनुभयो। 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमी दुईले के कुरा गर्दै हिंडिरहेका छौ?” तिनीहरू रोकिए, र तिनीहरूका अनुहारहरू उदासिन देखिन्थे। 18 तर तिनीहरूमध्‍ये एक जना क्लेओपास नाउँ गरेकाले जवाफ दियो, “यरूशलेममा हालैका दिनहरूमा त्यहाँ भएका घटनाहरू बारेमा थाहा नहुने तपाईंं मात्र एक जना व्यक्ति हुनुपर्दछ!” 19 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “कस्तो घटनाहरू?” येशूसंग भएका घटनाबारे, तिनीहरूले जवाफ दिए, “नासरतका मानिस, जो अगमवक्ता हुनुहुन्थ्यो, । परमेश्वरद्वारा उहाँले ठूला आश्चर्यकामहरू र अद्भूत शिक्षाहरू सिकाउनु हुन्थ्यो। अधिकांश मानिसहरूले उहाँ अद्भूत हुनुहुन्छ भन्ने ठान्दथे। 20 तर हाम्रा मुख्‍य पूजाहारीहरू र अगुवाहरूले उहाँलाई {रोमी अधिकारीहरूका हातमा} सुम्‍पिदिए। तिनीहरूले उहाँलाई मृत्यु दण्ड दिए, र उहाँलाई क्रुसमा कीला ठोकेर मारे। 21 हामी इस्राएलीहरूलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भनी हामीले आशा गरेका थियौं। तर रोमीहरूले उहाँलाई मृत्युदण्ड दिएको तीन दिन बितिसक्दा पनि यो सम्भव देखिएन। 22 यसका बाबजुद पनि हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई छक्क पारे। आज बिहानै तिनीहरू त्यो कोठामा गए {जहाँ येशूलाई गाडिएको थियो} 23 तर येशूको शरीर त्यहाँ थिएन! तिनीहरू फर्केर आए र हामीहरूलाई भने कि तिनीहरूले केही स्वर्गदूतहरूलाई दर्शनमा देखे । स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! 24 तब हामीसँग भएकाहरूमध्ये केही मानिसहरू गाड्ने कोठामा गए { जब स्त्रीहरू आएर यसो भने}। ती स्त्रीहरूले बताए अनुरुपनै तिनीहरूले ठ्याक्कै त्यस्तै भएको पाए। तर तिनीहरूले येशूलाई भने देखेनन्।” 25 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमी दुई मूर्ख मानिसहरू! अगमवक्ताहरूले मसिहको बारेमा लेखेका यी सबै कुराहरू विश्वास गर्नमा तिमीहरू कति ढिलो! 26 तिमीहरूलाई यो पक्कै थाहा हुनुपर्ने कि मसिहले ती सबै कुराहरू भोग्नु आवश्यक थियो {र मर्नु पर्थ्यो}, र त्यसपछि परमेश्वरबाट ठूलो सम्मान प्राप्त गर्नुपर्थ्यो! 27 तब येशूले धर्मशास्‍त्रले आफ्‍नो बारेमा भनेका सबै कुराहरू तिनीहरूलाई बुझाउनुभयो। उहाँले मोशाले लेखेका कुराहरूबाट सुरु गर्नुभयो, र त्यसपछि उहाँले सबै अगमवक्ताहरूले लेखेका कुराहरू व्याख्या गरिदिनुभयो। 28 जब तिनीहरू ती दुई जना मानिसहरू जाँदै गरेको गाउँको नजिकै पुगे, येशू अझै पर बाटोमा हिँडिरहनु भएको देखियो। 29 तर तिनीहरूले उहाँलाई बिन्ती गरे (त्यसो नगर्नू) । तिनीहरूले भने, "आज राती हामीसँग बस्नुहोस्, किनकि यो साँझको समय हो र चाँडै रात हुनेछ।" त्यसैले उहाँ तिनीहरूसँग बस्नको लागि {घरभित्र} पस्नुभयो। 30 जब तिनीहरू सबैजना खान बसे, येशूले केही रोटी लिनुभयो र त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो र केही टुक्रा दुई जनालाई दिन थाल्नुभयो। 31 अनि परमेश्‍वरले तिनीहरूलाई उहाँलाई चिन्‍न सक्ने बनाउनुभयो। तर उहाँ तुरुन्तै अलप हुनुभयो! 32 तिनीहरूले आपसमा भने, “जब हामी बाटोमा हिंडिरहेका थियौं र उहाँले हामीसँग कुरा गरिरहनुभएको थियो र हामीलाई धर्मशास्त्र बुझ्‍न सक्ने बनाउनुभएको थियो, हामी भित्रभित्रै उत्तेजित भयौं! {यसले सबैलाई बुझ्न कि मसिहले दुःख भोग्नुपर्नेछ तर ठूलो सम्मान पाउनु हुनेछ।}" 33 त्यसैले तिनीहरू तुरुन्तै गए र यरूशलेममा फर्के। त्यहाँ तिनीहरूले ११ प्रेरितहरू र अरू केहीलाई भेट्टाए जो तिनीहरूसँग भेला भएका थिए। 34 प्रेरितहरूले ती दुई जनालाई भने, “ येशू फेरि जीवित हुनुभएको कुरा साँचो हो । उहाँ सिमोनकहाँ देखा पर्नुभएको छ!" 35 त्यसपछि ती दुई जना मानिसहरूले बाटोमा हिँड्दा के भएको थियो भनी अरूहरूलाई बताए। तिनीहरूले उनीहरूलाई यो पनि बताए कि येशूले तिनीहरूका लागि केही रोटी भाँच्नु हुँदा कसरी ती दुबैले उहाँलाई चिने । 36 तिनीहरूले यसो भनिरहँदा, अचानक येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरले तिमीहरूलाई शान्ति देऊन्!” 37 तर { तिनीहरू शान्त थिएनन् }। तिनीहरू झस्किए र डराए किनभने तिनीहरूले भूत देखिरहेका छौँ भनी ठाने। 38 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू नडराओ! र {अनि म जिउँदै छु } तिमीहरू शंका नगर। 39 मेरो हात र खुट्टामा लागेको चोटलाई हेर ! ताकि तिमीहरू ढुक्क हुन सक कि यो वास्तवमा मै हुँ। भूतहरूको शरीर हुँदैन, जसरी तिमीहरूले देख्नसक्छौ कि मसँग छ, र मेरो शरीर वास्तविक हो भनी प्रमाणित गर्न तिमीहरू मलाई छुनसक्छौ। 40 उहाँले त्यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूलाई आफ्नो हात र खुट्टामा {लागेको घाउहरू} देखाउनुभयो । 41 तिनीहरू यति खुसी भए कि तिनीहरूले अझै पत्याउनै सकेनन् कि {उहाँ साँच्चै जीवित हुनुहुन्छ}। त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसँग केही कुराहरू छ ताकि मैले खान सकूँ ? 42 त्यसैले तिनीहरूले उहाँलाई भुटेको माछाको टुक्रा दिए । 43 जब तिनीहरूले हेरिरहेका थिए, उहाँले त्यो लिनुभयो र खानुभयो । 44 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई पहिले तिमीहरूसँग हुँदा भनेका कुराहरू म दोहोर्‍याउनेछु। परमेश्वरले सबै धर्मशास्त्रहरूमा मेरो {मसिह} बारेमा भन्नुभएका सबै कुराहरू पूरा गर्न जाँदैहुनुहुन्थ्यो। 45 त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्‍त्रले उहाँको बारेमा भनेका कुराहरू बुझ्न सक्ने बनाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, 46 तिमीहरूले धर्मशास्‍त्रमा यो पढ्‍नसक्छौ: कि मसिहले दुःख भोग्‍नुहुनेछ {र मर्नेछ} तर त्यसको तेस्रो दिनमा, उहाँ फेरि जीवित हुनुहुनेछ। 47 {धर्मशास्त्रले यो पनि भन्छ कि} ख्रीष्टमा विश्वास गर्नेहरू गएर उहाँको तर्फबाट घोषणा गर्नेछन् कि पाप गर्न छाड्नेहरूलाई परमेश्वरले क्षमा गर्नुहुनेछ। म चाहन्छु कि तिमीहरूले यो गर, यहाँ यरूशलेमबाट सुरु गरेर र संसारका सबै जाति-जातिहरूकहाँ जाओ। 48 तिमीहरूले {मानिसहरूलाई बताउनुपर्छ कि} मसिहकोबारेमा भएका ती सबैकुराहरू देख्यौ {साक्षी हौ} जुन हुनेछन् भनी धर्मशास्त्रमा भनिएको थियो। 49 र मेरा पिताले प्रतिज्ञा गर्नुभएअनुसार म तिमीहरूकहाँ पवित्र आत्मा पठाउनेछु। तर परमेश्‍वरले तिमीहरूलाई {पवित्र आत्माको) शक्ति नदिउञ्जेल तिमीहरू यही सहरमा बस्नुपर्छ।” 50 तब येशूले तिनीहरूलाई बेथानी {गाउँको} नजिक नआईपुन्जेलसम्म {सहर} बाहिर डोऱ्याउनुभयो। त्यहाँ उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो। 51 उहाँले यसो गर्दैगर्दा उहाँले तिनीहरूलाई छोड्नुभयो र स्वर्गमा जानुभयो । 52 तिनीहरूले उहाँको आराधना गरेपछि, तिनीहरू आनन्दितसाथ यरूशलेम फर्के। 53 तिनीहरू हरेक दिन मन्दिरमा जान्थे र त्यहाँ परमेश्‍वरको आराधना गरेर समय बिताउँथे ।