नेपाली (Nepali): Nepali GST - Greek Aligned

Updated ? hours ago # views See on DCS Draft Material

१ कोरिन्थी

पावलको पहिलो पत्र

Chapter 1

1 (म,) पावल, (तिमीहरूलाई यो पत्र लेख्छु,) र हाम्रो सँगी विश्वासी सोस्थेनेस (मसँग छन्)। येशू मसिहको प्रतिनिधित्व गर्न परमेश्वरले मलाई पठाउन छान्नुभयो किनभने परमेश्वरले त्यहि इच्छा गर्नुभयो । 2 (म यो पत्र पठाउँछु) (तिमीहरू जो सहभागी हौ) परमेश्वरको विश्वासीहरूको समुहका, जोहरू कोरिन्थी सहरमा रहेको छन् । (परमेश्वरले तिमीहरूलाई) मसिह येशूमा एकबद्ध गरेर आफ्नो निम्ति अलग गर्नुभएको छ, र (उहाँले तिमीहरुलाई) आफ्नो मानिसहरू हुन छान्नुभएको छ। (तिमीहरू) विश्वासीहरूका समुहका हौ जसले धेरै देशहरू र शहरहरूमा हाम्रा प्रभु येशू मसिहको आराधना गर्छन्। (येशू मसिह हुनुहुन्छ) तिनीहरूको (प्रभु) र हाम्रो (प्रभु) । 3 परमेश्‍वरले, (जो), हाम्रा पिता, र प्रभु येशू मसिह (निरन्तर रहून्) तिमीहरूसँग दयालु र (तिमीहरूलाई बनाऊन्) शान्तिपूर्ण । 4 म प्राय तिमीहरूको बारेमा मेरो परमेश्वरलाई धन्यवाद दिन्छु । (म यो गर्छु) किनभने (मलाई थाहा छ कसरी) मसीह येशूमा तिमीहरुलाई एकताबद्ध गरेर परमेश्वरले तिमीहरू प्रति दयालु व्यवहार गरिरहनु भएको छ। 5 (जब मैले परमेश्वरले तिमीहरू प्रति दयालु व्यवहार गर्नुभएको छ भन्दा मेरो मतलब) कि उहाँले (तिमीहरूको जीवनको) सबै क्षेत्रमा लगायत तिमीहरूले जे भन्छौ र तिमीहरूले जे जानेका छौ, मसीहलाई एकताबद्ध गरेर तिमीहरूलाई प्रशस्त आशिष दिनुभएको छ । 6 (परमेश्वरले तिमीहरुलाई आशिष दिनुभएको छ) किनभने उहाँले तिमीहरुलाई प्रमाणित गर्नुभएको छ कि हामीले तिमीहरूलाई मसीहको बारेमा जे भन्यौ सत्य हो। 7 (परमेश्वरले तिमीहरूको निम्ति यी कुराहरू गर्नुभएको छ), ताकि तिमीहरू आत्मिक रूपमा कुनै पनि वरदानहरूको कमी नभएर सम्पूर्णमा सुसज्जित हौ (यस समयमा जब तिमीहरू) विश्वासपूर्वक हाम्रा प्रभु येशु मसीह फर्कने आशा गर्छौ। 8 (जसरी उहाँले हाम्रो सन्देश सत्य प्रमाणित गर्नुभयो।) परमेश्वरले पनि तिमीहरूको भरोसा (मसीहमा) अन्त्यसम्म सत्य प्रमाणित गर्नुहुनेछ (तिमीहरू संसारमा रहन्छौ)। (यसको कारण,) उहाँले तिमीहरूलाई दोषी ठहराउनुहुनेछैन जब हाम्रो प्रभु येशू मसीह फर्कनुहुन्छ (संसारमा) । 9 परमेश्वरले सधै उहाँले जे प्रतिज्ञा गर्नुहुन्छ पुरा गर्नुहुन्छ,(र उहाँ नै हुनुहुन्छ) जसले बिशेष गरी तिमीहरूलाई सबै कुरा उहाँको पुत्र, येशू मसीह, हाम्रा प्रभु सँग साझा गर्न चुन्नु भएको छ 10 मेरा संगी विश्वासीहरू, हाम्रा प्रभु येशू मसीहले अधिकार दिनुभएको व्यक्ति झै, म तिमीहरूलाई अनुरोध गर्दछु, (सोधिरहेछु) कि तिमीहरू सबैले एक अर्कामा सहमत होऊ। (म सोध्छु कि) तिमीहरू प्रतिद्वन्द्वीमा बिभाजित नहुनु तर तिमीहरूले के सोच्छौ त्यसमा सहमत हुदै र तिमीहरूले के निर्णय गर्छौ त्यसमा सहमत हुदै तिमीहरू एक अर्कामा मिलाप गर । 11 (म तिमीहरूलाई बिन्ती गर्छु) किनभने क्लोएका (घराना) कोहीले (सदस्यहरू) तिमीहरूको बारेमा मलाई भनेका छन्, मेरा संगी विश्वासीहरू ।(तिनीहरूले भने) कि तिमीहरू आपसमा झगडा गर्छौ । 12 म के कुरा गरिरहेछु भने कति जना तिमीहरूले दाबी गरिरहेका छौ कि तिमीहरू पावलको समुहमा पर्दछौ, उदाहरणको लागि, वा कि तिमीहरू अपोल्लोसको समुहमा पर्दछौ वा कि तिमीहरू केफासको समुहमा पर्दछौ, वा कि तिमीहरू मसीहको समुहमा पर्दछौ। 13 कसैले मसीहलाई टुक्राहरूमा बिभाजन गरेको छैन (,यसैले तिमीहरू पनि टुक्राहरूमा विभाजित हुनुहुँदैन)। कसैले पावललाई तिमीहरूको खातिर क्रूसमा टाँगेनन्, वा तिमीहरू पावलका हुन सक भनी कसैले तिमीहरूलाई बप्‍तिस्‍मा दिएन । 14 म {परमेश्‍वरलाई} धन्यवाद दिन्छु कि मैले {दुई जना व्यक्तिहरू:} क्रिस्पस र गायस बाहेक तिमीहरूको समूहका कसैलाई बप्तिस्मा दिइनँ। 15 किनभने (मैले तिमीहरूमध्ये थोरै मात्रलाई बप्तिस्मा दिएको छु,) कोही व्यक्तिले पनि दाबी गर्न सक्दैन कि मैले तिमीहरूलाई बप्तिस्मा दिएँ, त्यसैले तिमीहरू मेरो समुहका हौ। 16 हो, मलाई याद छ कि मैले स्टिफनसको घरमा भएकाहरूलाई पनि बप्तिस्मा दिएँ। त्यो बाहेक, मलाई लाग्दैन कि मैले अरू कसैलाई बप्तिस्मा दिएको छु। 17 (मैले तिमीहरुमध्ये थोरैलाई मात्र बप्तिस्मा दिएँ) कारण यो हो कि मसीहले मलाई (मानिसहरूलाई) बप्तिस्मा दिन आज्ञा गर्नुभएको होइन। बरू, (उहाँले मलाई आज्ञा दिनुभएको) सुसमाचार प्रचार गर्न। (म यो गर्छु) शब्दहरू प्रयोग विना जो बुद्धिमान छन् (मानव स्तरमा)। त्यस प्रकार, म (सन्देशको शक्तिको बारेमा) क्रुसमा मर्नुहुने मसीहलाई नष्ट गर्दिन । 18 (म बुद्धिमान शब्दहरू प्रयोग गर्दिन,) किनभने मैले प्रचार गर्ने सन्देश (मसीहको मृत्युको) क्रूसको बारेमा छ जो आफूमाथि विनाश ल्याउने मानिसहरूलाई मूर्ख सुनिन्छ।जेहोस्, परमेश्वरले हाम्रो लागि जसलाई उहाँले उद्धार गरिरहनु भएको छ यो सन्देशद्वारा शक्तिशाली काम गर्नुहुन्छ । 19 (तिमीहरूले भन्न सक्छौ कि यो सत्य हो,) किनभने यशैया अगमवक्ताले लेखेका थिए, "बुद्धिमान मानिसहरूले सोच्ने बुद्धिमान कुराहरूलाई म बेकार तुल्याउने छु, र ज्ञानी मानिसहरूले सोच्ने ज्ञानी कुराहरूलाई मूल्यहीन बनाउनेछु। 20 {त्यसोभए,} बुद्धिमानहरू वास्तवमा ज्ञानी छैनन्, र विशेषज्ञहरू वास्तवमा विशेषज्ञ छैनन्, र जो मानिसहरू बहस गर्नमा राम्रा छन् तिनीहरू वास्तवमै राम्रा छैनन्, किनकि तिनीहरू सबै वर्तमान विश्व प्रणालीका हुन्। {वास्तवमा,} परमेश्वरले देखाउनुभएको छ कि यो वर्तमान संसारमा जे बुद्धिमानी देखिन्छ त्यो कुनै पनि बुद्धिमानी छैन। 21 यहाँ छ कसरी {परमेश्वरले यो गर्नुभयो}। जसरी परमेश्वरले बुद्धिमानीपूर्वक छान्नुभयो, त्यसरी नै अविश्वासीहरूले आफ्नो बुद्धिमानी सोचद्वारा परमेश्वरलाई चिन्न सकेनन्। त्यसोभए, विश्वासीहरूले घोषणा गर्ने मूर्ख सन्देशको माध्यमबाट {मसीहमा} विश्वास गर्नेहरूलाई परमेश्वरले उद्धार गर्ने निर्णय गर्नुभयो। 22 अब एकातिर, {धेरै} यहूदीहरू शक्तिशाली कामहरू हेर्न चाहन्छन्। अर्कोतर्फ, {धेरै} ग्रीक मानिसहरू बुद्धिमानी सोचको खोजी गर्छन्। 23 तथापि, हामी मसीह क्रुसमा मर्नुभयो भनेर घोषणा गर्छौं। {धेरै} यहूदीहरूलाई {यो सन्देश अपमानजनक लाग्छ}, र {धेरै} गैर-यहूदीहरूले {यो सन्देशलाई मूर्ख ठान्नुहुन्छ}। 24 यद्यपि हामी, जसलाई परमेश्वरले उद्धारको निम्ति चुन्नुभएको छ, चाहे हामी यहूदी {जाति} हौं वा ग्रीक {जाति} हौं, परमेश्वरले मसीहको बारेमा यो सन्देशद्वारा (परमेश्वरको) बुद्धिमानी र शक्तिशाली काम गर्नुहुन्छ भनी सिकेका छौं। 25 {यो} किनभने परमेश्‍वरले मुर्ख देखिने जे गर्नुहुन्छ, त्यो मानिसले गर्ने कुनै पनि कुराभन्दा बुद्धिमानी हुन्छ, र परमेश्‍वरले कमजोर देखिने जे गर्नुहुन्छ त्यो मानिसले गर्ने कुनै पनि कुराभन्दा बलियो हुन्छ। 26 {यस्तै हो भन्ने प्रमाणको लागि}, सँगी विश्वासीहरू हो, परमेश्‍वरले तिमीहरूलाई चुन्नुभएको छ भनेर सोच्नुहोस्। मानवीय दृष्टिकोणबाट, तिमीहरू मध्ये धेरैले बुद्धिमानीपूर्वक सोचेनौ, शक्तिशाली कामहरू गरेनौ, {वा} महत्त्वपूर्ण परिवारहरूसँग सम्बन्धित छौ। 27 बरु, बुद्धिमानीपूर्वक सोच्नेहरूलाई नम्र बनाउन मानिसहरूलाई मूर्ख लाग्ने कुराहरू प्रयोग गर्ने परमेश्वरले निर्णय गर्नुभयो। परमेश्‍वरले मानिसहरूलाई कमजोर लाग्ने कुराहरू ती मानिसहरू र शक्तिशाली कार्य गर्ने कुराहरूलाई नम्र बनाउन प्रयोग गर्ने निर्णय गर्नुभयो। 28 र मानिसहरूलाई महत्वहीन लाग्ने र मानिसहरूले तुच्छ ठानेका कुराहरू प्रयोग गर्ने परमेश्वरले निर्णय गर्नुभयो। यी कुराहरू अस्तित्वमा छैनन् जस्तो लाग्छ, तर सबैलाई थाहा भएका कुराहरूलाई तुच्छ बनाउन परमेश्वरले तिनीहरूलाई प्रयोग गर्ने निर्णय गर्नुभयो। 29 {परमेश्‍वरले यी कुराहरू यस लक्ष्यका साथ गर्नुभयो} कि कुनै पनि मानिसले परमेश्‍वरको नजरमा आफ्नो बारेमा ठूलो कुरा नबोलोस्। 30 तर यो परमेश्वर हुनुहुन्छ जसले तपाईंलाई मसीह येशूमा एकताबद्ध गर्नुभएको छ। मसीह मार्फत काम गरेर, परमेश्वरले हामीलाई बुद्धिमान् बनाउनुभएको छ। उहाँले हामीलाई निर्दोष घोषित गर्नुभएको छ र नै हामी उहाँको आफ्नै मानिसहरू हुन चुनिएका छौ, र हामीलाई [दुष्ट शक्तिहरूबाट] छुटकारा दिनुभएको छ। 31 त्यसोभए, {किनकि यी सबै कुराहरू गर्ने परमेश्‍वर हुनुहुन्छ, हामीले जे गर्नु पर्छ) अगमवक्ता यर्मियाले लेखे: "यदि मानिसहरूले कुनै कुराको बारेमा महान कुराहरू भन्न चाहन्छन् भने, तिनीहरूले परमप्रभुको बारेमा ती महान् कुराहरू भन्नु पर्छ।"

Chapter 2

1 मेरा सँगी विश्वासीहरू हो, मैले पनि {यस नमुना अनुसार काम गरे} जब मैले तिमीहरूलाई भेट्न गएँ र परमेश्‍वरले हामीलाई अहिले प्रकट गर्नुभएको कुराको बारेमा तिमीहरूलाई बताएँ। मैले अरूले भन्दा धेरै शक्तिशाली तरिकामा बोलिन। मैले अरूले भन्दा बुद्धिमानी तरिकामा बहस गरिनँ । 2 {मैले यो गरें} किनकि मैले {बोल्ने र व्यवहार गर्ने} छनोट गरें कि म तपाईंसँग हुँदा मैले बुझेको कुरा मात्र येशू मसीह हुनुहुन्छ र उहाँ कसरी क्रूसमा मर्नुभयो। 3 म पनि तिमीहरूसँग बस्दा {यस ढाँचाअनुसार जीवन बिताएँ}। म बिरामी थिएँ, म डराएको थिएँ, र म बारम्बार काँपें र हल्लिएँ । 4 र जब मैले तिमीहरूसँग कुरा गरेँ र मेरो सन्देश {तिमीहरूसँग} बाँडें, तब मैले बुद्धिमानी र प्रेरणादायी {मानवीय स्तरअनुसार} बोलिनँ। बरु, परमेश्वरको आत्माले शक्तिशाली रूपमा काम गर्नुहुन्छ भनी मैले प्रमाणित गरें {मद्वारा जब मैले मेरो सन्देश बाडेँ}। 5 {मैले मेरो सन्देश यसरी साझा गरें} कि तिमीहरूले {परमेश्‍वरमा} भरोसा गर्न सक, किनकि उहाँले शक्तिशाली काम गर्नुहुन्छ, मानिसहरूले तिमीहरूलाई बुद्धिमानी वचनहरू बोलेकाले होइन। 6 मैले भनेको कुराको बावजुद, हामी {सुसमाचार प्रचार गर्ने} आत्मिक रूपमा परिपक्व मानिसहरूसँग हुँदा बुद्धिमानीसाथ बोल्छौं। तर, मानविय रूपमा मात्र सोच्ने मानिसहरू र अहिले शासन गर्ने मानिसहरूले हामी बुद्धिमानीपूर्वक बोल्छौं भनी सोच्दैनन्। {चाँडै,} यी मानिसहरूले शासन गर्नेछैनन्। 7 होइन, हामी बुद्धिमानीसाथ बोल्छौं {किनकि हामी ती कुराहरू घोषणा गर्छौं जुन परमेश्वरले हामीलाई प्रकट गर्नुभएको छ। परमेश्‍वरले यी कुराहरू {अहिलेसम्म} लुकाउनुभयो, यद्यपि कुनै पनि कुरा सृष्टि गर्नुभन्दा पहिले नै गर्ने उहाँले निर्णय गरिसक्नु भएको थियो। उहाँले यी सबै गर्नुभयो ताकि उहाँले हाम्रो आदर गर्न सक्नुहुन्छ। 8 अहिले शासन गर्ने मानिसहरूलाई यी बुद्धिमानी कुराहरू थाहा थिएन। {तिमीहरू भन्न सक्छौ कि} उनीहरूलाई थाहा थिएन, किनकि उनीहरूले हाम्रा महिमित प्रभुलाई क्रूसमा मारेका थिए। 9 बरु, अगमवक्ता यशैयाले लेखेका कुराहरूसँग {उनीहरूले कसरी व्यवहार गरे} मिल्छ: “परमेश्‍वरले उहाँलाई प्रेम गर्ने मानिसहरूका लागि ती कुराहरू तयार राख्नुभएको छ, जसको बारेमा पहिले कसैले नदेखेको थियो र जुन कुराहरू पहिले कसैले सुनेका थिएनन् र जुन कुरा मानिसहरूले पहिले कल्पना पनि गरेका थिएनन्।” 10 परमेश्‍वरले यी कुराहरू हामीलाई {परमेश्‍वरको शक्ति} आत्माद्वारा बताउनुभएको छ। {परमेश्‍वरले उहाँको आत्माको शक्तिद्वारा काम गर्नुहुन्छ} किनभने परमेश्‍वरको आत्माले सबै मानिसहरू र चीजहरूको अन्वेषण गर्नुहुन्छ। उहाँले परमेश्वरको बारेमा कुराहरू पनि अन्वेषण गर्नुहुन्छ जुन बुझ्न धेरै गाह्रो छ। 11 {तपाईं भन्न सक्नुहुन्छ कि परमेश्वरको आत्माले परमेश्वरको बारेमा सबै कुराको अन्वेषण गर्नुहुन्छ,} किनकि सबैलाई थाहा छ कि प्रत्येक मानिसले मात्र आफ्नो वा आफ्नो बारेमा सबै कुरा बुझ्दछ। त्यसैगरी, केवल परमेश्वरको आत्माले परमेश्वरको बारेमा सबै कुरा बुझ्नुहुन्छ। 12 हामीले वास्तवमा परमेश्वरबाट आउनुहुने आत्मा पाएका छौं तर वर्तमान संसारसँग सम्बन्धित आत्मा हामीले प्राप्त गरेका छैनौं। हामीले परमेश्‍वरको आत्मा पाएका हौँ ताकि परमेश्‍वरले हाम्रो लागि गर्नुभएका सबै कुरा बुझ्‍न सकौं।। 13 यी कुराहरूको बारेमा हामी पनि कुरा गर्छौं। हामी मानिसहरूले बुद्धिमानीपूर्वक सिकाउने शब्दहरू प्रयोग गर्दैनौं। बरु, हामी परमेश्वरका आत्माले सिकाउने शब्दहरू प्रयोग गर्छौं, ताकि हामी आत्मिक सत्यहरूलाई आत्मिक शब्दहरूद्वारा व्याख्या गर्छौँ। 14 अब, परमेश्वरको आत्मा नभएका मानिसहरूले परमेश्वरको आत्माले दिनुभएको र सिकाउने कुराहरूलाई अस्वीकार गर्दछ। तिनीहरूले यी कुराहरूलाई अस्वीकार गर्छन्, किनभने तिनीहरू सोच्छन् कि तिनीहरू मूर्ख छन्। तिनीहरूले {परमेश्वरको आत्माले दिनुहुने र सिकाउने कुराहरू} बारे जान्न सक्दैनन्, किनभने परमेश्वरको आत्मा भएका मानिसहरूले मात्र तिनीहरूको बारेमा सही न्याय गर्न सक्छन्। 15 अर्कोतर्फ, परमेश्वरको आत्मा भएका मानिसहरूले सबै कुराको ठीकसँग न्याय गर्न सक्छन्। यद्यपि, कुनै पनि व्यक्तिले तिनीहरूको बारेमा सही न्याय गर्न सक्दैन। 16 यो {धर्मशास्त्रले के भन्छ} सँग मिल्छ:

     “परमप्रभुले के सोचिरहनुभएको छ भन्ने कुनै मानिसलाई थाहा छैन।

     कुनै मानिसले उहाँलाई कुनै कुरा सिकाउन सक्दैन।

तथापि, हामी मसीहले सोचिरहनुभएको कुराहरू सोच्न सक्छौं।

Chapter 3

1 मेरा सँगी विश्वासीहरू, (जब मैले तिमीहरूलाई भेटे,) मैले तिमीहरूलाई त्यस प्रकारले सिकाउन सकिन जस्तो मैले मानिसहरूलाई सिकाउने थिए जससँग परमेश्वरको आत्मा छ। बरू, (मैले तिमीहरूलाई सिकाउनु पर्यो) मैले यस प्रकारले सिकाउने थिए जसले मानव तरिकाहरूले मात्र सोच्छन् । (मैले यसो गर्नु पर्यो) किनभने तिमीहरूले मसीहमा अपरिपक्व तरिकाले विश्वास गर्यौ । 2 मैले तिमीहरूलाई ती कुराहरूको बारेमा सिकाए जो सरल छन्। मैले ती कुराहरूको बारेमा सिकाइनँ जो कठिन थिए। (मैले यो गरेँ) किनभने तिमीहरू कठिन शिक्षाहरूको लागि तयार थिएनौ । वास्तवमा, तिमीहरू अहिले पनि कठिन शिक्षाहरूको लागी तयार छैनौ। 3 (मलाई थाहा छ कि तिमीहरू कठिन शिक्षाहरूका लागी तयार छैनौ,) किनभने तिमीहरू अहिलेसम्म मानवीय आधारमा सोच्ने मानिसहरू मात्र हौ । तिमीहरूमध्ये कोही एक अर्काको डाह गर्छौ, र कोही एक अर्कासँग झगडा गर्छौ। जब तिमीहरू यी कुराहरू गर्छौ, यसले प्रमाणित गर्छ कि तिमीहरू मानवीय आधारमा सोच्ने मानिसहरू हौ र मानवीय आधारमा व्यवहार गर्नेहरू हौ । 4 अझ, तिमीहरू कोहीले दाबी गरिरहेका छौ कि तिमीहरू पावलको समुहमा पर्दछौ, उदाहरणको लागी, वा तिमीहरू अपोल्लोसको समुहमा पर्दछौ। जब तिमीहरू यस्ता दाबी गर्छौ, तिमीहरू मानवीय आधारमा मात्र सोचिरहेछौ र काम गरिरहेछौ भनी के यसले प्रमाणित गर्दैन र? 5 तिमीहरूले महसुस गर्नु जरूरी छ कि अपोल्लोस र म, पावल, मानिस मात्र हौ जसले सेवा गर्दछन् (मसीह)।र प्रभुले हामीलाई गर्नको निम्ति जे तोकिदिनुभएको छ हामी प्रत्येकले गर्छौ। जब हामीले तिमीहरुलाई मसीहको बारेमा बतायौं, तिमीहरूले उहाँमा विश्वास गर्यौ(, हामीमा होइन)। 6 मलाई पहिले तिमीहरुलाई सुसमाचार घोषणा गर्न (परमेश्वरले नियुक्त गर्नुभयो) । म बीउ रोप्ने मान्छे जस्तै थिएँ ।अपोल्लोसलाई तिमीहरुलाई अझ धेरै सुसमाचारको बारे घोषणा गर्न (परमेश्वरले नियुक्त गर्नुभयो)। उनी बीउलाई पानी हाल्ने मान्छे जस्तै थिए (जसकारण तिनीहरू बढ्छन्)। तैपनि परमेश्वर स्वयंले विश्वास गर्न र सुसमाचार बुझ्न तिमीहरुलाई सक्षम बनाउनुभयो । त्यसै प्रकार, उहाँ नै हुनुहुन्छ जसले बिरुवाहरू हुर्काउनुहुन्छ । 7 तपाईंले देख्न सक्नुहुन्छ कि मानिसहरूलाई पहिला सुसमाचार घोषणा गर्ने व्यक्ति महत्त्वपूर्ण हुँदैन । मानिसहरूलाई सुसमाचारको बारेमा अझ धेरै घोषणा गर्ने व्यक्ति महत्त्वपूर्ण हुँदैन। यी मानिसहरू बीउ रोप्नेहरू र बोटहरूलाई पानी दिनेहरू जस्तै हुन्, किनकि तिनीहरू पनि महत्त्वपूर्ण हुँदैनन्। बरु,परमेश्वर हुनुहुन्छ जो महत्त्वपूर्ण हुनुहुन्छ, किनभने उहाँले मानिसहरूलाई सुसमाचारमा विश्वास गर्न र बुझ्न सक्षम गर्नुहुन्छ। त्यसै गरी, उहाँ महत्त्वपूर्ण हुनुहुन्छ किनभने उहाँले बिरुवाहरू बढाउनुहुन्छ। 8 वास्तवमा, पहिले मानिसहरूलाई सुसमाचार घोषणा गर्ने व्यक्ति र मानिसहरूलाई सुसमाचारको बारेमा थप घोषणा गर्ने व्यक्तिको लक्ष्य एउटै हुन्छ। तिनीहरू बीउ रोप्ने र बिरुवालाई पानी हाल्ने व्यक्ति जस्तै हुन्, जसको एउटै लक्ष्य हुन्छ । कुनै पनि काम गर्ने मानिसहरूलाई परमेश्वरले इनाम दिनुहुनेछ। तिनीहरूले गरेको कामको लागि उपयुक्त हुने तरिकामा (उहाँले तिनीहरूलाई इनाम दिनुहुनेछ)। 9 यसकारण हामी {सुसमाचार प्रचार गर्ने} सबै परमेश्वरको लागि काम गर्छौं, तर तिमीहरू परमेश्वरको हौ। मानौ कि, तिमीहरू परमेश्वरको स्वामित्वमा रहेको खेतबारी हौ, {जसमा हामीले बीउ रोप्यौं र पानी हाल्यौं}। वास्तवमा, तिमीहरू परमेश्वरको स्वामित्व भएको घर जस्तै हौ। 10 परमेश्वरले मलाई बुद्धिमानीपूर्वक तिमीहरूलाई सुसमाचार घोषणा गर्ने सीप दिनुभयो। म घर बनाउनु अघि जमिनमा जग हाल्ने निर्माण मालिक जस्तै हुँ। अरूहरू{, जस्तै अपोल्लोस,} तिमीहरूलाई सुसमाचारको बारेमा थप घोषणा गर्छन्। तिनीहरू अन्य निर्माणकर्ताहरू जस्तै हुन् जसले त्यो जगको माथि घर बनाउँछन्। अन्तमा, सुसमाचारको बारेमा थप घोषणा गर्ने सबै मानिसहरूले यो सही रूपमा घोषणा गरेको सुनिश्चित गर्नुपर्छ। तिनीहरू निर्माणकर्ताहरू जस्तै हुनुपर्छ जसले जगको माथि सही तरिकाले घर बनाउँछ। 11 जमिनमा जग अर्को व्यक्तिले राखेको भए कसैले जग बसाल्न सक्दैन। त्यसै गरी, अरू कसैले पनि पहिले तिमीहरूलाई सुसमाचार घोषणा गर्न सक्दैन, किनभने मैले त्यो पहिले नै गरिसकेको छु। मैले तिमीहरूलाई के घोषणा गरें त्यो येशू मसीहले पूरा गर्नुभयो। येशूको बारेमा यो सन्देश घरको जग जस्तै हो।। 12 अनि निर्माणकर्ताहरूले यसको जगमा घर निर्माण गर्दा धेरै फरक निर्माण सामग्रीहरू प्रयोग गर्न सक्छन्। तिनीहरूले सुन, चाँदी र गहनाहरू, {र कम टिकाउ सामग्रीहरू जस्तै} काठ, घाँस र पराल प्रयोग गर्न सक्छन्। त्यसैगरि, सुसमाचारको बारेमा धेरै घोषणा गर्नेहरूमध्ये कोही-कोहीले परमेश्वरलाई मनपर्ने कुराहरू सिकाउँछन्। अरूले परमेश्वरलाई कम मन पर्ने कुराहरू सिकाउँछन्। 13 त्यस दिनमा जब मसीह सबैको न्याय गर्न फर्कनुहुन्छ, उहाँले प्रकट गर्नुहुनेछ कि प्रत्येकले कस्तो प्रकारको काम गरेका छन् । जब भवनमा आगो लाग्छ तब भवन निर्माण गर्नेले कस्तो किसिमका सामानहरू निर्माण कार्यमा प्रयोग गरे सर्लङ्ग हुनेछ । त्यस्तै प्रकारले, जब येशू फर्कनुहुने दिनमा आगो झैं न्याय हुनेछ। यस न्यायले घोषणा गर्नेले कस्तो सुसमाचार प्रचार गरे त्यो देखाउने छ। 14 यदि कुनै पनि निर्माणकर्ताले निर्माण गरेको भवन आगलागीबाट बच्छ उसले सम्मान र पैसा पाउँछन्। त्यसै गरी, परमेश्वरले सबैलाई न्याय गर्दा परमेश्वरले स्वीकार गर्नुहुने तरिकामा सुसमाचारको बारेमा थप सिकाउने सबैलाई सम्मान र इनाम दिनुहुनेछ। 15 यदि कुनै पनि निर्माणकर्ताले निर्माण गरेको भवन आगलागी भएमा उसले सम्मान र पैसा गुमाउँछ। तैपनि निर्माणकर्ताहरू आगोमा मर्दैनन्, तर तिनीहरू आगोबाट बच्छन्। त्यसै गरी, जब उहाँले सबैलाई न्याय गर्नुहुन्छ, परमेश्वरले स्वीकार नगर्ने तरिकामा सुसमाचारको बारेमा बढी सिकाउने सबैलाई सम्मान वा इनाम दिनुहुनेछैन। तिनीहरूले सिकाएको गलत कुराहरूको बावजुद पनि परमेश्वरले यी शिक्षकहरूलाई स्वीकार गर्नुहुनेछ। 16 तिमीहरूले याद गर्न आवश्यक छ कि तिमीहरू परमेश्वरको यरूशलेमको मन्दिर जस्तै हौ {किनकि परमेश्वर मन्दिरमा उपस्थित हुनुभए झैं तिमीहरु माझ उपस्थित हुनुहुन्छ}। तिमीहरूले याद गर्न आवश्यक छ कि तिमीहरू एउटा घर जस्तै छौ जसमा परमेश्वरको आत्मा बास गर्नुहुन्छ {किनभने उहाँ सधैं तिमीहरूसँग हुनुहुन्छ}। 17 यदि कोही मानिसले उहाँको मन्दिरको विरुद्धमा काम गर्छ, परमेश्वरले त्यसको कारबाही गर्नुहुनेछ। किनभने परमेश्वरको मन्दिर उहाँको मात्र हो। {यसकारण} तिमीहरू परमेश्वरको मन्दिर जस्तै छौ, तिमीहरूको विरुद्धमा काम गर्ने जो कोहीको विरुद्ध परमेश्वरले कारबाही गर्नुहुनेछ। 18 आफ्नो बारेमा सत्य नभएको कुरालाई विश्वास नगर। तिमीहरू जसले मानिसको मापदण्डअनुसार आफूलाई बुद्धिमान् भनी ठान्छौ, तिमीहरू मूर्ख बन्नुपर्दछ (मानिसको मापदण्डअनुसार) । यसरी, तिमीहरू (साँच्चै) ज्ञानी मानिस बन्नेछौ। 19 { म यी शब्दहरू बोल्छु } किनभने मानिसहरूले ज्ञानी ठान्ने कुराहरू परमेश्वरले मूर्ख ठान्नुहुन्छ। {तिमीहरूलाई थाहा छ यो सत्य हो} किनकि अय्यूबको पुस्तकका लेखकले लेखेका छन्, "बुद्धिमान मानिसहरूले योजना बनाएका चतुर योजनाहरूलाई बाधा पुर्याउने परमेश्वर हुनुहुन्छ।" 20 यसबाहेक, {भजनका लेखकले लेखे}, "बुद्धिमान मानिसहरूले योजना बनाउने सबै कुरा प्रभुलाई थाहा छ, {र उहाँलाई थाहा छ} कि यी योजनाहरू सफल हुनेछैनन्।" 21 त्यसकारण, तिमीहरू मध्ये कसैले पनि मानिसहरूलाई कसरी पछ्याउँछन् भन्ने घमण्ड गर्नु हुँदैन। { म यो भन्छु } किनकि तिमीहरूसँग सबै कुरा छ {, त्यसैले अरू मानिसहरूको पछि लाग्ने घमण्ड गर्नु मूर्खता हो }। 22 तिमीहरूसँग पावल, अपोल्लोस र पत्रुस जस्ता अगुवाहरू छन्। तिमीहरूसँग परमेश्वरले बनाउनुभएको सबै कुरा छ, {तिमीहरू डराउदैनौ} तिमीहरू बाँच्दा, र मर्दा {तिमीहरूले सान्त्वना पाउन सक्छौ। तिमीहरूसँग अहिले रहेको र भविष्यमा हुने सबै कुरा छ। वास्तवमा, तिमीहरूसँग सबै कुरा छ। 23 यसबाहेक, मसीहसँग तिमीहरू छौ, र परमेश्वरसँग मसीह हुनुहुन्छ।

Chapter 4

1 त्यसैले म चाहन्छु कि मानिसहरूले हामीलाई (जो सुसमाचार प्रचार गर्छौ) मसीहको सेवा गर्ने र परमेश्‍वरले अहिले हामीलाई प्रकट गर्नुभएको कुरा घोषणा गर्ने जिम्मा लिनेहरूका रूपमा सोचून्। 2 जब एक अगुवाले अर्को व्यक्तिलाई जिम्मेवारी दिन्छ, अगुवाले त्यो व्यक्तिलाई आफ्नो कार्यहरू इमानदारीपूर्वक गर्न आवश्यक छ। {त्यसै गरी, सुसमाचार घोषणा गर्ने हामीहरूले हाम्रो कार्यलाई इमान्दारीसाथ गरून् भनेर परमेश्वर चाहनुहुन्छ।} 3 तपाईं वा अरू कुनै मानव अधिकारले के निर्णय गर्नुहुन्छ भन्ने कुरामा म चिन्ता गर्दिनँ {मैले इमानदारीपूर्वक काम गरेको छु वा छैन भन्ने बारेमा}। वास्तवमा, म आफैंले के निर्णय गर्छु भन्ने चिन्ता पनि गर्दिनँ {मैले इमानदारीपूर्वक काम गरें कि गरिनँ }। 4 वास्तवमा, मैले गल्ती गरेको कुरा मलाई थाहा छैन। तर, मैले आफ्नो बारेमा के थाहा पाएको छु, त्यसले मैले वफादार भएर काम गरेको प्रमाणित गर्दैन। बरु, प्रभुले नै निर्णय गर्नुहुन्छ {मैले इमानदारीपूर्वक काम गरेको छु वा छैन}। 5 त्यसोभए, तिमीहरूले अन्तमा कुनै पनि कुराको बारेमा निर्णय गर्नु हुँदैन जबसम्म प्रभु फर्कि आउनुहुन्न {सबै र सबै कुराको न्याय गर्नको लागि}। अहिले जे लुकिएका छन् उहाँले स्पष्ट पार्नुहुनेछ, र उहाँले सबैलाई देखाउनुहुनेछ जुन प्रत्येक व्यक्तिको इच्छा र योजनाहरू हो । त्यस समयमा, परमेश्वरले प्रत्येक व्यक्तिको प्रशंसा गर्नुहुनेछ {जसले विश्वासपूर्वक काम गरेको छ}। 6 र मेरा सँगी विश्वासीहरू हो, मैले तिमीहरूको फाइदाको लागि आफ्नो र अपोल्लोसको बारेमा यसरी कुरा गरेको छु। धर्मशास्त्रका लेखकहरूले लेखेका कुराहरूसँग मेल खाने तरिकामा मात्र काम गर्नुपर्छ भनेर तिमीहरूले हाम्रो उदाहरणबाट सिकेको म चाहन्छु। त्यसोभए, कसैले एक नेताको बारेमा ठूलो कुरा र अर्को नेताको बारेमा खराब कुरा बोल्दैन। 7 किनभने कसैले पनि तिमीहरूलाई {अर्को विश्वासीहरूबाट अलग बनाएको छैन। वास्तवमा, परमेश्वरले तिमीहरूलाई हरेक असल चीज दिनुभएको छ जुन तिमीहरुसँग छ। यी कुराहरू परमेश्‍वरका वरदानहरू हुनाले, तिमीहरुले आफैंले ती कमाएका हौ भनी गर्वसाथ भन्नुहुँदैन। 8 {तिमीहरूले यस्तो व्यवहार गरिरहेका छौ कि} अहिले तिमीहरूलाई आत्मिक रूपमा चाहिने सबै कुरा छ। {तिमीहरूले यस्तो व्यवहार गरिरहेका छौ कि} अहिले तिमीहरूलाई चाहिने भन्दा बढी आत्मिक आशीष छ। हामीले अहिले ख्रीष्टसँग शासन नगरे तापनि तिमीहरूले अहिले ख्रीष्टसँग शासन गर्न थालेको जस्तो व्यवहार गर्दैछौ। साँच्चै, म चाहन्छु कि तिमीहरूले साँच्चै उहाँसँग शासन गरेका होऊ, ताकि हामी {सुसमाचार घोषणा गर्ने} तिमीहरूसँग शासन गर्न सकौं। 9 बरु {हामी अहिले ख्रीष्टसँग शासन गर्छौं भनेर सोच्नुको सट्टा, म हामीलाई प्रेरितहरू मान्छु जसलाई परमेश्वरले अपमान भोग्न र मर्न नियुक्त गर्नुभएको छ। हामी अपमान सहन्छौं र सार्वजनिक रूपमा मर्छौं, र आत्मिक प्राणीहरू र मानवहरू सहित परमेश्वरले सृष्टि गर्नुभएको सबै कुराले हामीलाई देख्न सक्छ। 10 हामी मूर्ख मानिसहरू हौं किनभने हामी मसीहको सेवा गर्छौं, तर {तिमीहरू सोच्दछौ कि} तिमीहरू बुद्धिमान् मानिसहरू हौ किनभने परमेश्वरले तिमीहरूलाई मसीहमा एकतामा बाँध्नुहुन्छ। हामी शक्ति वा प्रभाव नभएका मानिसहरू हौं जस्तो लाग्छ, तर यी कुराहरू तिमीहरूसँग छन् {भनी तिमीहरू सोच्दछौ} । {तिमीहरूले सोच्दछौ कि} मानिसहरूले तिमीहरूको प्रशंसा गर्छन्, तर ती मानिसहरूले हामीलाई लाजमा पार्दछन्। 11 र अहिले पनि {जब म तिमीहरूलाई यो पत्र लेख्दैछु}, हामी {जसलाई ख्रीष्टले पठाउनुभएको छ} प्रायः पर्याप्त खानेकुरा र पिउने छैनौँ। र हामी फाटेको लुगा लगाउँछौं, र अरूले हामीलाई बारम्बार प्रहार गर्छन्। हामी निरन्तर यात्रा गर्छौं र घर फर्कदैनौं। 12 त्यसैले हामी कडा परिश्रम गर्छौ (जिउनको निम्ति कमाउन) । जब मानिसहरूले हामीसँग खराब तरिकाले बोल्छन्, हामी तिनीहरूको बारेमा असल कुराहरू बोल्छौ । जब मानिसहरूले हामीलाई चोट पुर्याउँछन् (किनभने हामी मसीहको सेवा गर्छौ), हामी धैर्यसाथ यसद्वारा जिउछौँ। 13 जब मानिसहरूले हाम्रो बारेमा खराब कुरा गर्छन्, हामी तिनीहरूलाई प्रोत्साहनजनक शब्दहरू भन्छौं। मानव दृष्टिकोणबाट, हामी व्यर्थ छौं, फोहोर मैला जस्तै जुन कसैले फाल्नुपर्छ। {यी सबै कुराहरू हाम्रा बारेमा साँचो छन्} अहिले पनि {जब म तिमीहरूलाई यो पत्र लेख्दैछु}। 14 मैले भर्खरै भनेको कुरा मैले मेरो पत्रमा समावेश गर्दिन किनभने म तिमीहरूलाई लाजमा पार्न चाहन्छु। बरु, {यी कुराहरू म समावेश गर्दछु} किनकि म तिमीहरूलाई चेताउनी दिन चाहन्छु, किनकि तिमीहरू मेरा आफ्नै छोराछोरीहरू जस्तै छौ, जसलाई म प्रेम गर्छु। 15 किनकि जब मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार प्रचार गरें, र परमेश्वरले तिमीहरूलाई येशू मसीहमा एकताबद्ध गर्नुभयो, म तिमीहरूको आत्मिक पिता भएँ। त्यसोभए, यदि तिमीहरूसँग लाखौं शिक्षकहरू थिए जसले तिमीहरूलाई मसीहसँग एकतामा जिउन मद्दत गरे, म अझै पनि तिमीहरूसँग एक मात्र आत्मिक पिता हुनेछु। 16 किनकि {म तिमीहरूको आत्मिक पिता हुँ}, म तिमीलाई मेरो जीवनको अनुकरण गर्न अनुरोध गर्दछु। 17 किनकि {तिमीहरूले मेरो अनुकरण गरेको म चाहन्छु}, तिमीहरुलाई भेट्न मैले तिमोथीलाई पठाएँ। उनी मेरो आफ्नै बालक जस्तै हुन्, र म तिनलाई प्रेम गर्छु। उनले विश्वासयोग्य भई {मसीहको सेवा गर्छन्} जसलाई परमेश्वरले प्रभुमा एकताबद्ध गर्नुभए झै गरी। उसले तिमीहरूलाई फेरि सिकाउनेछन् कि म कसरी व्यवहार गर्छु जसलाई परमेश्वरले मसीह येशूसँग एकताबद्ध गर्नुभएको छ। म हरेक मण्डलीलाई हरेक ठाँउमा यी तरिकामा व्यवहार गर्न निर्देशन दिन्छु।

18 तिमीहरूमध्ये कोही-कोहीले आफ्नो बारेमा ठूला कुराहरू भनिरहेका छन् । यी मानिसहरूले म तिमीहरूलाई भेट्न लागेको छैन जस्तो व्यवहार गर्छन्।

19 तापनि, म चाँडै नै तिमीहरूलाई भेट्नेछु, जबसम्म प्रभुले मलाई त्यसो गरोस् भन्ने चाहनुहुन्छ। यी मानिसहरू जसले आफ्नो बारेमा ठूलो कुराहरू दावी गर्छन् भनी मलाई पहिले नै थाहा थियो । {जब म तिमीहरूलाई भेट्छु}, तिनीहरू वास्तवमा शक्तिशाली छन् कि छैनन् भनी म थाहा पाउनेछु । 20 { म यो गर्नेछु } किनभने मानिसहरूद्वारा परमेश्वरको कार्य शक्तिशाली रूपमा गरेर परमेश्वरको राज्य संचालन हुँदछ, मानिसहरूले ठूला कुराहरू बोलेर होइन। 21 मैले भनेको कुरालाई कसरी प्रतिक्रिया दिने भनेर तिमीहरूले छान्यौ भने, तिमीहरूले म कसरी व्यवहार गर्छु भन्ने पनि छनोट गर्दैछौ { जब म भ्रमण गर्छु}। जब म तिमीहरूलाई भेट्न जान्छु, म तिमीहरूलाई कडा अनुशासन दिन सक्छु {किनकि तिमीहरूले सुनेनौ}, वा म नम्रता र मायालु व्यवहार गर्न सक्छु {किनकि तिमीहरूले सुन्यौ}।

Chapter 5

1 मैले बुझेको छु कि तिमीहरूले वास्तवमा आफ्नो समूहका मानिसहरूलाई अनुचित यौन सम्बन्ध राख्न अनुमति दिएका छौ। परमेश्‍वरको उपासना नगर्नेहरूले पनि तिमीहरूले अनुमति दिएको केही कुराहरूलाई अनुमति दिँदैनन्। {मैले सुनेको सबैभन्दा खराब कुरा यो हो} कि तिमीहरूको समूहको एक पुरुषले आफ्नै सौतेनी आमासँग यौनसम्पर्क गरिरहेको छ। 2 {यसको बावजुद} तिमीहरू अझै पनि {त्यो पाप} विलाप गर्नुको सट्टा आफ्नो बारेमा ठूला कुराहरू भन्छौ । यो यौनजन्य पाप गर्ने मानिसलाई तिमीहरूको माझबाट बहिष्कार गर्ने लक्ष्यका साथ तिमीहरूले विलाप गर्नुपर्थ्यो। 3 {तिमीहरूले उसलाई बहिष्कार गर्नुपर्छ} किनकि यो खराब काम गर्ने मानिसलाई मैले पहिले नै दोषी घोषित गरिसकेको छु। भौतिक रुपमा म तिमीहरूको साथमा नभए पनि तिमीहरूको बारेमा सोच्छु र तिमीहरूको ख्याल राख्छु । {यसैकारण, जब म यो मानिसलाई दोषी ठहराउँछु, यो वैध छ} मानौं म तिमीहरूसँग छु। 4 जब तिमीहरू भेला हुनेछौ, र म तिमीहरुको बारेमा सोच्दै छु, हामी हाम्रा प्रभु येशू मसीहको प्रतिनिधित्व गर्छौं। { जब तिमीहरू यसरी भेला हुन्छौ, तिमीहरूले त्यस मानिसलाई दण्ड दिनुपर्छ } जसरी हाम्रा प्रभु येशूले तिमीहरूलाई त्यसो गर्ने अधिकार दिनुभएको छ । 5 तिमीहरूले यस मानिसलाई बहिष्कार गर्नुपर्छ ताकि शैतानले त्यसमाथि शासन गर्छ। यसले उसको पापमय स्वभावहरू नष्ट गर्नेछ, र त्यसपछि प्रभु फर्किंदा परमेश्वरले उसलाई बचाउनुहुनेछ। 6 आफ्नो बारेमा ठूला कुराहरू भन्नु सही कुरा होइन। निश्चय नै तिमीले बुझेका छौ कि एकजना दुष्ट काम गर्ने मानिस खमिर मिसाएको पीठो जस्तै हो। थोरै खमिरले पनि पूरै पिठोलाई फुलाउँछ, र एकजना मानिसले खराब काम गर्दा पनि सम्पूर्ण मण्डलीलाई दोषी बनाउँछ। 7 जसरी यहूदीहरूले निस्तार चाडको समयमा आफ्नो घरबाट खमीर निकाल्छन्, त्यसरी नै तिमीहरूले आफ्नो समूहबाट खराब काम गर्ने जो कोहीलाई हटाउनु पर्छ। त्यसपछि, तिमीहरू पापबाट मुक्त हुनेछौ, जस्तै ताजा अखमिरी पीठो खमीर मुक्त छ। वास्तवमा, तिमीहरू निस्तार चाड जस्तै समयमा बाँचिरहेका छौ। (यो यस कारण) यहूदीहरूले निस्तार चाडको समयमा बलि चढाउने थुमाले जस्तै मसीह तिमीहरूको निम्ति मर्नुभयो, यसले परमेश्‍वरले तिनीहरूलाई छुटकारा दिनुभयो भन्ने कुरालाई जनाउँछ। 8 किनकि { मसीह हाम्रा लागि मर्नुभएको छ}, हामी निस्तार चाडमा भाग लिएको जस्तो व्यवहार गरौं र पुरानो खमिर हटाऔं। हामीले खमीरबाट छुटकारा पाउनु पर्छ, जुन दुष्ट र दुष्ट काम गर्ने बुझिन्छ। यसको सट्टा, हामीले अखमिरे रोटी खानुपर्छ, जुन इमान्दार र भरपर्दो काम गर्ने बुझिन्छ। 9 पत्रमा (जो मैले तिमीहरूलाई यो भन्दा अगाडी पठाएको थिएँ), मैले तिमीहरूलाई अनुचित यौन व्यवहार गर्नेहरूसँग नरहनु भनेको थिएँ। 10 मेरो मतलब यो होइन कि तपाईंले यौन अनैतिक तरिकामा काम गर्ने अविश्वासी मानिसहरूसँग, वा आवश्यकताभन्दा बढी चाहनेहरू वा अरूलाई धोका दिने मानिसहरूसँग, वा झूटा देवताहरूको पूजा गर्ने मानिसहरूसँग पूर्ण रूपमा सम्बन्ध नराख्नुपर्छ। यस प्रकारका मानिसहरूबाट बच्नको लागि, तपाईंले सम्पूर्ण संसारबाट टाढा जानु पर्छ। {मैले तिमीहरूलाई गर्न आदेश दिएको होइन।} * 11 अब, यो पत्रमा, म तिमीहरूलाई पापपूर्ण व्यवहार गर्ने सँगी विश्वासी भनी बोलाइने कुनै पनि व्यक्तिसँग संगत नगर्न भनिरहेको छु। यसमा अनुचित यौनसम्बन्ध राख्नु, र एकभन्दा बढी आवश्यकताहरू चाहनु, र अन्य देवताहरूको पूजा गर्नु, र अरूलाई शब्दमा गाली गर्नु, र रक्सी खानु र अरूलाई धोका दिनु समावेश छ। यी मध्ये कुनै पनि काम गर्ने व्यक्तिसँग खाना पनि नखानुहोस्। 12 { म चाहन्छु कि तिमीहरूले यस प्रकारले सँगी विश्वासीहरूसँग मात्र व्यवहार गर,} किनकि {तिमीहरु र} हाम्रो समूहको भाग नभएको व्यक्ति दोषी वा निर्दोष हो भनेर मैले निर्णय गर्न आवश्यक छैन। बरु, तिमीहरूले निर्णय गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक छ कि तिमीहरूको समूहका व्यक्तिहरू दोषी वा निर्दोष छन्। 13 {तिमीहरूको समूहको भाग नभएका मानिसहरूको बारेमा चिन्ता नगर किनभने} तिनीहरू दोषी वा निर्दोष हुन् भन्ने निर्णय गर्ने परमेश्वर हुनुहुन्छ। {तिमीहरूले आफ्नो समूहको भाग भएका व्यक्तिहरूमा ध्यान केन्द्रित गर्नुपर्छ किनभने धर्मशास्त्रले भन्छ,}

     "तिमीहरूले आफ्नो समूहको भाग भएको कुनै पनि दुष्ट व्यक्तिलाई हटाउनु पर्छ!"

Chapter 6

1 जब तिमीहरूको समूहको कोही तिमीहरूकै समूहको अर्को व्यक्तिसँग झगडा गर्दछ, तिमीहरूले कहिल्यै विश्वास नगर्ने मानिसहरूको अगाडि (सार्वजनिक अदालतमा) झगडा सुल्झाउनु हुँदैन। बरु, परमेश्‍वरले आफ्नो निम्‍ति अलग गर्नुभएका मानिसहरूबीचको झगडालाई गोप्य रूपमा सुल्झाउनुपर्छ। 2 निश्चय नै तिमीहरूलाई थाहा छ कि परमेश्वरले आफ्ना लागि अलग गर्नुभएका मानिसहरूले परमेश्वरले सृष्टि गर्नुभएका सबै चीजहरू र मानिसहरू दोषी वा निर्दोष हुन् भन्ने निर्णय गर्नेछन्। यी सबै चीजहरू र मानिसहरू दोषी वा निर्दोष हुन् भनेर तिमीहरूले निर्णय गर्ने हुनाले, तिमीहरू निश्चित रूपमा साना झगडाहरू बारे निर्णय गर्न सक्छौ। 3 तिमीहरूले यो महसुस गर्न आवश्यक छ कि हामीले निर्णय गर्नेछौं कि स्वर्गदूतहरू निर्दोष वा दोषी हुन्। {हामीले त्यसो गर्नेछौं,} हामी हाम्रो वर्तमान जीवनसँग सम्बन्धित विवादहरूको बारेमा निश्चित रूपमा निर्णय गर्न सक्षम छौं। 4 त्यसकारण, जब तिमीहरू आफ्नो वर्तमान जीवनको बारेमा एकअर्कासँग झगडा गर्छौ , तिमीहरूले दोषी वा निर्दोष हो भनेर निर्णय गर्न तिमीहरूको विश्वासीहरूको समूहको भाग नभएका मानिसहरूलाई छान्नु हुँदैन। 5 म यो तिमीहरूको शर्मको लागी भन्दछु। पक्कै पनि तिमीहरूको समूहमा यस्ता मानिसहरू छन् जो पर्याप्त ज्ञानी छन् जसले सँगी विश्वासीहरू बीचको विवादको बारेमा निर्णय गर्न सक्षम छन्। 6 तर यसको सट्टा, तिमीहरू मध्ये केही विश्वासीहरूले अन्य विश्वासीहरूलाई कानूनी अदालतमा दोष लगाउँछन्, र विश्वास नगर्ने मानिसहरूले विवाद समाधान गर्छन्। 7 तिमीहरूको आपसमा विवाद भएको कारणले गर्दा तिमीहरूले येशूलाई पछ्याउन पूर्णतया असफल भइसकेका छौ। बरु {यस तरिकामा असफल हुनुको सट्टा, तिमीहरूले सँगी विश्वासीहरूलाई क्षमा दिनुपर्छ जब तिनीहरूले तिमीहरूलाई हानि पुर्‍याउँछन् वा धोका दिन्छन्। 8 बरु {अरूलाई क्षमा गर्नु भन्दा}, तथापि, तिमीहरूले हानि र धोका दिएका छौ। वास्तवमा, यी कुराहरू सँगी विश्वासीहरूका लागि तिमीहरूले गरेका छौ ! 9 अरूलाई हानि पुऱ्याउने मानिसहरूले परमेश्वरको राज्यमा भाग लिने छैनन् भनी तिमीहरूले बुझेका भए पनि {तिमीहरूले यी कुराहरू गर्दछौ भनेर म छक्क परेको छु}। जो कसैले तिमीहरूलाई केहि भन्यो भने कसैलाई पनि विश्वास नगर । अनुचित यौनसम्बन्ध राख्ने वा अन्य देवताको पूजा गर्ने वा विवाहित व्यक्तिसँग यौनसम्बन्ध राख्ने वा समान लिङ्गको व्यक्तिसँग यौन क्रियाकलापमा भाग लिने वा समान लिङ्गको व्यक्तिसँग यौन क्रियाकलाप सुरु गर्ने व्यक्ति 10 वा अरूबाट चोर्ने वा आफूलाई चाहिनेभन्दा बढी चाहने वा मातेको वा अरूलाई शब्दले गाली गर्ने वा अरूलाई धोका दिनेहरू परमेश्‍वरको राज्यमा भाग लिने छैनन्। 11 र तिमीहरु मध्ये कोहीले यस्तो व्यवहार गर्यौ। जे होस्, अब परमेश्वरले तिमीहरूलाई शुद्ध पार्नुभएको छ अनि उहाँले तिमीलाई पवित्र बनाउनुभएको छ, र उहाँले तिमीहरूलाई निर्दोष घोषणा गर्नुभएको छ। {तिमीहरू यी कुराहरूको अनुभव गर्दछौ} किनभने प्रभु येशू मसीह र पवित्र आत्माले तिमीहरूमा शक्तिशाली रूपमा परमेश्वरको काम गर्नुहुन्छ। 12 {तिमीहरू मध्ये कोही भन्छौ,} "म जे पनि गर्न सक्छु र पछुताउँदिन।" यद्यपी, {म भन्छु कि} केही कुराहरू काम लाग्दैनन् (कसैको लागी)। {फेरी, तिमीहरू मध्ये कोही भन्छौ,} "म जे पनि गर्न सक्छु र पछुताउँदिन।", तैपनि, {म भन्छु कि} म कुनैकुराको सेवा गर्ने छैन जसले मलाई त्यसको दास बनाउँछ । 13 {तिमीहरू मध्ये कोही भन्छन्,} "मानिसको पेटमा खाना पचाउनको लागि हुन्छ, र खाना पचाउनको लागि मानिसको पेट हुन्छ।" वास्तवमा, {म पनि भन्छु कि} परमेश्‍वरले खाना र पेटलाई महत्वहीन बनाउनुहुनेछ। {मानिसको पेटका लागि खाना हुन्छ भन्ने कुरा सत्य हो, तर त्यससँग अनुचित यौनसम्बन्ध राख्नु मानव शरीरको अस्तित्व हुँदैन । बरु, {मानव शरीर} प्रभुको सेवा गर्नको लागि अवस्थित छ, र प्रभुले मानव शरीरलाई बचाउनको लागि काम गर्नुभएको छ। 14 वास्तवमा, परमेश्वरले प्रभुलाई फेरि जीवित बनाउनुभयो, र उहाँले हामीलाई फेरि जीवित बनाउन शक्तीद्वारा काम गर्नुहुनेछ। 15 निस्सन्देह तिमीहरूलाई थाहा छ कि तिमीहरूका शरीरहरू मसीहका हौ, जस्तै कि तिमीहरू उहाँको शरीरका अंगहरू हौ । त्यसकारण, तिमीहरूले आफ्नो (मसिहको) शरीर फिर्ता लिनु हुँदैन र त्यसपछि कुनै वेश्यालाई दिनु हुँदैन, ताकि तिमीहरूको शरीर तिनको होस् , जस्तो कि तिमीहरू तिनको शरीरका अंग हौ । यस्तो कहिल्यै नगर! 16 पक्कै पनि तिमीहरूलाई थाहा छ कि वेश्यासँग यौनसम्पर्क गर्ने मानिसले आफूलाई एकै किसिमको शरीर बाँडेझैँ आफूलाई उनीसँग जोड्छ। {तिमीहरूले यो जान्नुपर्छ} किनकि धर्मशास्त्रले भन्छ, "{पुरुष र स्त्री, दुई जना भए तापनि, एउटै व्यक्ति बन्नेछन्।" 17 त्यसैगरी, जो कोही मानिसहरू जो आफूलाई प्रभुमा एकताबद्ध गर्दछन् तिनीहरू आत्मिक रूपमा {प्रभुसँग} एक हुन्छन्। 18 जानाजानी अनुचित यौनसम्पर्क नगर्नुहोस्। जब मानिसहरूले पाप गर्छन्, तिनीहरू प्राय: आफ्नो शरीरलाई सीधै चोट नदिईकन गर्छन्। यद्यपि, जब मानिसहरूले अनुचित यौनसम्बन्ध राख्छन्, तिनीहरूले आफ्नै शरीरलाई चोट पुर्याउँछन्। 19 पक्कै पनि तिमीहरूलाई थाहा छ कि परमेश्वरले तिमीहरूलाई पवित्र आत्मा दिनुभएको छ। त्यसकारण, तिमीहरूका शरीरहरू पवित्र आत्माको लागि मन्दिरहरू जस्तै छन्, किनकि उहाँले आफूलाई तिमीहरूसँग एकता दिनुहुन्छ {जस्तै ईश्वरले आफ्नो मन्दिरमा आफूलाई एकताबद्ध गर्नुहुन्छ}। त्यसको कारण, तिमीहरू आफै आफ्ना होइनौ। 20 {बरु, तिमीहरू परमेश्‍वरका हौ, किनकि मसीह तिमीहरूका लागि मर्नुभयो। जब उहाँ तिमीहरूको लागि मर्नुभयो, } परमेश्‍वरले तिमीहरूलाई किन्न पैसा दिए जस्तै भयो। किनकि {तिमीहरू परमेश्‍वरका हौ }, तिमीहरूले आफ्नो शरीरसँग केही गर्दा उहाँलाई सम्मान गर्नुपर्छ।

Chapter 7

1 तिमीहरूले मलाई सोधेको बारेमा अगाडी बढ्दै छु, तिमीहरूको पत्रमा तिमीहरूले भन्यौ कि पुरूषहरूको लागी स्त्रीहरूसँग यौन सम्बन्ध नराख्नु नै उचित हो। 2 अर्कोतर्फ, मानिसहरू अक्सर यौन चाहना गर्छन्, अनुचित यौनसम्पर्क पनि। त्यसकारण पतिले आफ्नै पत्नीसँग विवाह गरिरहनुपर्छ, र पत्नीले आफ्नै पतिसँग विवाह गर्नुपर्छ। 3 पतिले आफ्नी श्रीमतीसँग नियमित यौनसम्पर्क राख्नुपर्छ । त्यसैगरी, पत्नीहरूले आफ्ना पतिसँग नियमित रूपमा यौनसम्पर्क राख्नुपर्छ। 4 पत्नीको शरीर पतिको हो, आफ्नो होइन। त्यसैगरी, पतिको शरीर पत्नीको हो, आफ्नो होइन । 5 तिमीहरूले नियमित रूपमा यौन सम्पर्क राख्न तब मात्र रोक्नु जब तिमीहरु दुवै छोटो अवधिको लागी त्यसो गर्न राजी हुन्छौ। तिमीहरूले यो तब गर्नुपर्छ जब तिमीहरू परमेश्वरसँग प्रार्थना गर्न ध्यान दिन चाहन्छौ, र तिमीहरूले छिटै नियमित रूपमा यौन सम्पर्क राख्न सुरू गर्नुपर्छ । यदि तिमीहरूले यो छिटै गर्दैनौ भने, शैतानले तिम्रो यौनको चाहनालाई जे गलत छ त्यही गर्न तिमीहरूलाई प्रलोभनमा पार्नेछ। 6 म तिमीहरूलाई आज्ञा गर्दिनँ {प्रार्थनामा ध्यान केन्द्रित गर्नको लागि नियमित रूपमा यौनसम्पर्क गर्न बन्द गर}। बरु, म तिमीहरूलाई अनुमति मात्र दिन्छु। 7 यदि यो मेरो हो भने, सबै मानिसहरू म जस्तै हुनेछन् {र अविवाहित रहनेछन्}। यद्यपि, परमेश्वरले प्रत्येक व्यक्तिलाई आफ्नो जीवनको आफ्नै तरिका दिनुहुन्छ। कतिपय मानिसहरु एक किसिमले बस्छन्, जबकि कोही अर्को तरिकामा बस्छन्। 8 यहाँ म विवाह नगरेका र पतिको मृत्यु भइसकेका महिलाहरुसँग कुरा गर्दैछु। सबै भन्दा राम्रो कुरा {यी मानिसहरूका लागि} म जस्तै {अविवाहित} रहनु हो। 9 जे होस्, केही मानिसहरूले आफ्नो यौन इच्छा कसरी नियन्त्रण गर्न संघर्ष गर्नेछन्। यी मानिसहरूले विवाह गर्नुपर्छ, किनभने यो लगातार यौन चाहना भन्दा राम्रो विकल्प हो। 10 यहाँ म विवाह गरेका मानिसहरूलाई प्रभु आफैले भन्नुभएको कुरा भनिरहेछु।पत्नीहरू आफ्ना पतिहरूसँग छुट्टिएर बसेको म चाहन्न। 11 अब जब तिनीहरू आफ्ना पतिहरूसँग बस्दैनन्, तिनीहरूले फेरि विवाह गर्नु हुँदैन, वा तिनीहरू आफ्ना पतिहरूकहाँ फर्किनु पर्छ। यसबाहेक, पतिहरू आफ्नी पत्नीहरूसँग बस्नुपर्छ। 12 अब बाँकी {तिमीहरू जसको विश्वासी नभएको जीवनसाथी छ}, प्रभुले यसबारे बोल्नुभएन, त्यसैले म के आफैं आज्ञा दिन्छु त्यही बोल्दैछु। केही सँगी विश्वासीहरूका अविश्वासी पत्नीहरू छन्, र पत्नीहरू आफ्ना विश्वासी पतिहरूसँग बस्न चाहन्छन्। यस्तो अवस्थामा पति आफ्नी पत्नीसँग बस्नुपर्छ । 13 त्यसै गरी, केही सँगी विश्वासीहरूका अविश्वासी पतिहरू छन्, र पतिहरू आफ्ना विश्वासी पत्नीहरूसँग बस्न चाहन्छन्। यस्तो अवस्थामा पत्नि आफनै पतिसँगै बस्नुपर्छ । 14 {तिमीहरू अविश्वासी पति वा पत्नीसँग रहनुपर्छ, किनकि परमेश्वरले विश्वास नगर्ने पतिलाई विश्वासी पत्नीको लागि स्वीकार्य जीवनसाथी मान्नुहुन्छ। त्यसैगरी, परमेश्वरले विश्वास नगर्ने पत्नीलाई विश्वासी पतिको लागि स्वीकार्य जीवनसाथी मान्नुहुन्छ। यस कारणले, परमेश्वरले यस अवस्थामा बच्चाहरूलाई व्यवहार गर्नुहुन्छ जस्तै उहाँले दुई विश्वासी आमाबाबुका बच्चाहरूलाई व्यवहार गर्नुहुन्छ। यदि मैले भनेको कुरा साँचो भएन भने, परमेश्वरले यस अवस्थामा बच्चाहरूलाई व्यवहार गर्नुहुनेछ जस्तै उहाँले दुई अविश्वासी आमाबाबुका बच्चाहरूलाई व्यवहार गर्नुहुन्छ। 15 अर्कोतर्फ, केही अविश्वासी पति वा पत्नीहरूले आफ्नो विश्वासी पति वा पत्नीलाई छोड्न चाहन्छन्। यस अवस्थामा, विश्वासी जोडीहरूले तिनीहरूलाई छोड्न अनुमति दिनुपर्छ। विश्वासी जोडीहरू आफ्ना अविश्वासी पति वा पत्नीहरूसँग बस्नु पर्दैन। {यस्ता कुनै पनि अवस्थामा, याद गर्नुहोस् कि} परमेश्वरले हामी शान्तिप्रिय मानिसहरू हुन आवश्यक छ। 16 {तपाईले अविश्वासी पति/पत्नीलाई छोड्न दिनुपर्छ} किनकि प्रत्येक पत्नीलाई थाहा छैन कि तिनले आफ्नो पतिलाई येशूमा विश्वास गर्न मद्दत गर्न सक्छ कि सक्दैन। प्रत्येक पतिलाई पनि थाहा छैन कि उसले आफ्नी पत्नीलाई येशूमा विश्वास गर्न मद्दत गर्न सक्छ। 17 सामान्यतया, सबै मानिसहरूले प्रभुले तिनीहरूलाई नियुक्त गर्नुभएको काम र परमेश्वरले उनीहरूलाई कार्य गर्न चाहनुभएको तरिकासँग मिल्ने व्यवहार गर्नुपर्छ। म मानिसहरूलाई विश्वासीहरूको प्रत्येक समूहमा यो शिक्षा पालन गर्न चाहन्छु। {म भ्रमण गर्छु}। 18 येशूलाई विश्वास गर्नु अघि कोही कोहीको खतना भएको थियो। यी मानिसहरूले फेरी बेखतना हुन कोशिश नगरून् ।येशूलाई विश्वास गर्नु अघि त्यहाँ अरू मानिसहरु छन् जसलाई अरूले खतना गरेनन्। यी मानिसहरूले बेखतना हुन कोशिश नगरून्। 19 चाहे एक व्यक्तिको कसैले खतना गर्यो वा गरेन केहि मतलब हुँदैन (हाम्रो लागि वा परमेश्वरको लागि)। अर्कोतर्फ, परमेश्वरले हामीबाट के चाहनुहुन्छ त्यो गर्नु (हाम्रो लागि र परमेश्वरको लागि त्यहि मतलब छ) । 20 सबै मानिसहरूले विश्वासी भई परमेश्‍वरको सेवा गर्नुपर्छ जब तिनीहरूले पहिले नै गरिरहनुभएका सामान्य कामहरू गर्दा परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुभयो। 21 येशूमा विश्‍वास गर्दा केही मानिसहरू दास थिए। यी मानिसहरूले दास भएको चिन्ता गर्नुपर्दैन। अर्कोतर्फ, उनीहरूले स्वतन्त्र हुने कुनै पनि मौकाको सदुपयोग गर्नुपर्छ। 22 {आफ्नो सामाजिक स्थितिको बारेमा चिन्ता नगर्नुहोस्, किनकि प्रभुले उहाँमा विश्वास गर्दा दास भएका सबै मानिसहरूलाई अहिले स्वतन्त्र मानिसहरू ठान्नुहुन्छ। त्यसै गरी, सबै मानिसहरू जो उहाँमा विश्वास गर्दा स्वतन्त्र मानिसहरू थिए अब उहाँका दासहरू भएको मसीह चाहनुहुन्छ । 23 {जब येशू तिम्रो लागि मर्नुभयो,} परमेश्वरले तिमीहरूलाई किन्नको लागि पैसा दिएजस्तै थियो। {यसकारणले,} तिमीहरूले अरू मानिसहरूको होइन, तर केवल परमेश्वरको सेवा गर्नुपर्छ। 24 मेरा सँगी विश्‍वासीहरू, सबै मानिसहरूले जब परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहुँदा तिनीहरूले अघिबाटै गरिरहेका सामान्य कामहरू गर्दा विश्‍वासयोग्य भई परमेश्‍वरको सेवा गर्नुपर्छ। 25 अब म विवाह नगर्नेहरूको बारेमा कुरा गर्न अगाडि बढिरहेको छु। यस मुद्दामा, मसँग प्रभुले तिमीहरूलाई भन्नको लागि भन्नु भएको केही छैन। जे होस्, म तिमीहरूलाई बताउनेछु जुन मलाई असल लाग्छ। {म यो गर्छु} किनभने परमेश्‍वरले मलाई एक विश्वासयोग्य {शिक्षक} बनाएर मप्रति दयालु व्यवहार गर्नुभएको छ। 26 म के सुझाव दिन्छु कि मानिसहरूले आफ्नो जीवन शैली परिवर्तन गर्नु हुँदैन। म यो भन्छु किनभने मलाई थाहा छ कि खतरनाक कुराहरू चाँडै हुने छन्। 27 कतिपयले मगनी गरेका छन् । तिनीहरू अलग हुनु हुँदैन। अरूले कहिल्यै मगनी गरेका छैनन्। तिनीहरू संलग्न हुन प्रयास गर्नु हुँदैन। 28 यद्यपि, विवाह गर्ने एकल पुरुष वा स्त्रीले पाप गर्दैन। म तिमीलाई विवाह नगर्न सल्लाह मात्र दिन्छु किनभने विवाह गर्ने मानिसहरूले जीवन जिउँदा समस्या भोग्नेछन्। 29 मेरा सँगी विश्वासीहरू हो, म तिमीहरूलाई के भन्न चाहन्छु {महत्वपूर्ण छ}। अन्तको समय धेरै टाढा छैन। त्यसकारण, त्यसबेलासम्म पत्नी भएको प्रत्येक पुरुषले पत्नी नभएको मानिस जस्तै जीवन बिताउनु पर्छ। 30 रुने हरेक मानिसले नरुने मानिस जस्तै जिउनु पर्छ। खुसी हुने हरेक मानिस खुसी नभएको मानिस जस्तै जिउनु पर्छ। कुनै पनि चीज प्राप्त गर्ने प्रत्येक व्यक्तिले कुनै पनि चीजको स्वामित्व नभएको व्यक्ति जस्तै जीवन बिताउनु पर्छ। 31 सांसारिक वस्तुहरू प्रयोग गर्ने प्रत्येक व्यक्तिले यी वस्तुहरू प्रयोग नगर्ने व्यक्ति जस्तै जीवन बिताउनु पर्छ। {तिमीहरूले यी तरिकाहरू अपनाउनुपर्छ} किनकि परमेश्वरले चाँडै नै सांसारिक काम गर्ने तरिकालाई समाप्त गर्नुहुनेछ। 32 म तिमीलाई केहि चीजहरूमा ध्यान दिन चाहन्छु। अविवाहित पुरुषहरूले प्रभुको सेवा गर्न के गर्न सक्छन् भन्ने चिन्ता गर्छन्। 33 अर्कोतर्फ, विवाहित पुरुषहरूले सांसारिक चीजहरूको ख्याल राख्छन्, विशेष गरी उनीहरूले आफ्ना पत्नीहरूको सेवा कसरी गर्न सक्छन्। यस कारणले गर्दा, तिनीहरू दुई फरक कुराको ख्याल राख्छन्{: आफ्नी पत्नीको सेवा गर्ने र प्रभुको सेवा गर्ने}। एकल महिला र महिलाहरु जो कहिल्यै विवाहित छैनन्। 34 तिनीहरूले प्रभुको सेवा गर्न के गर्न सक्छन् भन्ने कुरामा ध्यान दिनुहोस्। तिनीहरूको लक्ष्य पूर्णतया शरिर र आत्मामा पवित्र हुनु हो। अर्कोतर्फ, विवाहित महिलाहरूले सांसारिक चीजहरूको ख्याल राख्छन्; विशेष गरी उनीहरूले आफ्ना पतिको सेवा कसरी गर्न सक्छन्। 35 मैले यी कुराहरू भनेको छु किनभने मलाई लाग्छ कि तिनीहरू तिमीहरूको लागि उपयोगी छन्। म तिमीहरूलाई एउटै तरिकाले व्यवहार गर्न बाध्य पार्न चाहन्न। बरु, म चाहन्छु कि तिमीहरूले आदरपूर्वक काम गर्न र प्रभुको सेवा राम्ररी र ध्यानपूर्वक गर्न सक्षम भएको होस्। 36 कुनै-कुनै अवस्थामा, एक संलग्न पुरुषले आफ्नो मंगेतरसँग यौन अनुचित तरिकामा व्यवहार गर्न सक्छ भनेर सोच्न सक्छ। यसबाहेक, उनको मंगेतर पूर्णतया परिपक्व र यौन सम्पर्क गर्न तयार हुन सक्छ। यी अवस्थाहरूमा, यहाँ के गर्नुपर्छ: मानिसले आफ्नो मंगेतरसँग विवाह गर्नुपर्छ। उसले पाप गर्दैन {जब उसले यसो गर्दछ}, र तिनीहरू दुवैले विवाह गर्नुपर्छ। 37 अन्य अवस्थामा, एक संलग्न व्यक्तिले आफ्नो मन बनाएको हुन सक्छ, र कुनै व्यक्ति वा चीजले उसलाई {विवाह नगर्न} बाध्य पारेको छैन। उसले आफ्नो इच्छालाई नियन्त्रण गर्न सक्छ, र उसले आफ्नो लागि निर्णय गरेको छ {विवाह नगर्ने}। यस अवस्थामा, उसले सही रूपमा आफ्नो मंगेतरसँग विवाह नगर्ने छनौट गर्न सक्छ। 38 अन्तमा, आफ्नो मगनी भएकीसँग विवाह गर्ने कुनै पनि पुरुषले राम्रो काम गर्छ। यसबाहेक, {आफ्नो मगनी भएकीसँग} विवाह नगर्ने पुरुषले अझ राम्रो काम गर्छ। 39 पतिको मृत्यु नभएसम्म पत्नीले आफ्नो पतिसँग विवाहित रहिरहनुपर्छ। त्यसपछि, तिनीहरूले विवाह गर्न चाहने कुनै पनि विश्वासी पुरुषसँग विवाह गर्न सक्छन्। 40 तैपनि, {मलाई लाग्छ} कुनै पनि स्त्री जसको पतिको मृत्यु भइसकेको छ, यदि उनले फेरि विवाह गरेनन् भने धेरै आशिष् हुनेछन्। जबकि यो मेरो विचार हो, मलाई लाग्छ कि परमेश्वरको आत्मा म मार्फत बोल्नुहुन्छ।

Chapter 8

1 कसैले अन्य भगवानलाई चढाएको मासुको बारेमा कुरा गर्न म अघि बढ्दैछु। हामी सबै (जसले विश्वास गर्दछौ) थाहा छ (अन्य भगवानको बारेमा के सत्य हो। तैपनि,) थाहा हुनु (प्राय जे सत्य हो) मानिसहरूलाई घमण्डी बनाउँछ।अरूलाई प्रेम गर्नाले अरू विश्वासीहरूलाई साच्चै सहायता गर्छ । 2 सबै मानिसहरू जसले आफूले केही बुझेका छन् भनी बुझेका छन् उनीहरूले यसलाई बुझ्नु पर्ने तरिकाले अझै बुझ्दैनन्। 3 यद्यपि, उहाँलाई प्रेम गर्ने सबै मानिसहरूलाई परमेश्‍वरले बुझ्नुहुन्छ र तिनीहरूको हेरचाह गर्नुहुन्छ। 4 अब कसैले अर्को देवतालाई चढाएको मासु खाने वा नखाने भन्ने विषयमा म फेरि बोल्छु। हामी {परमेश्‍वरमा विश्वास गर्ने} बुझ्दछौं कि अन्य देवताहरू वास्तवमा अवस्थित छैनन्। वास्तवमा, {हामी बुझ्दछौं} कि एकमात्र ईश्वर एक ईश्वर हो। 5 यो साँचो हो कि स्वर्गमा वा पृथ्वीमा धेरै चीजहरू छन् जसलाई मानिसहरूले "देवताहरू" भन्छन्। यसरी, धेरै "देवताहरू" र धेरै "प्रभुहरू" को अस्थित्व छ। 6 यद्यपि, हामी {विश्‍वास गर्ने} एक परमेश्‍वरलाई, जो पिता हुनुहुन्छ, मान्‍छौँ। उहाँले सबै सृष्टि गर्नुभयो, र हामी उहाँलाई सम्मान गर्न अवस्थित छौं। हामी एक प्रभुलाई पनि स्वीकार गर्छौं, जो येशू मसीह हुनुहुन्छ। उहाँले पितासँग सबै कुरा सृष्टि गर्नुभयो, र उहाँले {हाम्रो लागि} जे गर्नुहुन्छ त्यसैद्वारा हामी अस्तित्वमा छौँ। 7 यद्यपि, कोही मानिसहरूले (जे मैले भनेँ) पूर्णतामा बुझ्दैनन्। तिनीहरूले विगतमा अरू देवताहरूको पूजा गर्ने गर्थे, र तिनीहरूले के सही हो र गलत हो अपूर्ण बुझ्दथे । जब कसैले अर्को देवतालाई चढाएको मासु तिनीहरूले खान्छन्, तिनीहरूले दोषी महसुस गर्छन् । 8 अब खानाले हामीलाई परमेश्वरसँग जोड्दैन। जसले {केही खानेकुराहरू} खाँदैनन् उनीहरूले {परमेश्वरबाट कुनै पनि कुरालाई गुमाउँदैनन्। साथै, जसले {केही खानेकुराहरू} खान्छन्, उनीहरूले (परमेश्वरबाट) अतिरिक्त केही प्राप्त गर्दैनन्। 9 यद्यपि, यदि तिमीहरूलाई थाहा छ {कि खाना महत्त्वपूर्ण छैन} भने तिमीहरू कसरी बाँच्छौ भन्ने कुरामा होसियार हुनुपर्छ। तपाईं कसरी जिउनुहुन्छ त्यसले सही र गलत के हो भनेर अपूर्ण रूपमा बुझेको व्यक्तिलाई {येशूलाई पछ्याउनको लागि} संघर्ष गर्न बाध्य पार्नु हुँदैन। 10 {तपाईं होसियार हुन आवश्यक छ} किनकि सँगी विश्वासीहरूले अर्को देवताको मन्दिरमा {मासु} खान बसेर {अन्य देवताहरूको बारेमा के सत्य हो} थाहा पाउने विश्वासीलाई देख्न सक्छन्। ती सँगी विश्वासीहरू, जसले सही र गलत के हो भनेर अपूर्ण रूपमा बुझेका छन्, तिनीहरूले अरू देवतालाई अर्पण गरेको मासु पनि खान सक्छन् भन्ने विश्वस्त हुनेछन्। 11 फलस्वरूप, तिमीहरूले जानेका कुराहरूमा आधारित काम गरेर {अन्य देवताहरूका बारेमा सत्य हो}, तिमीहरूले सही र गलत के हो भनेर अपूर्ण रूपमा बुझेका अरूलाई हानि गर्छौ। यी सँगी विश्वासीहरू हुन् जसका लागी मसीह मर्नुभयो। 12 जब तिमीहरू यी तरिकाहरू गर्छौ, तिमीहरूले अगुवाइ गरेर सँगी विश्वासीहरूको विरुद्धमा पाप गर्छौ, जसले सही र गलत के हो भनेर अधूरो रूपमा बुझेका छन्, तिनीहरूले जे गलत ठानेका छन् ति गर्छन्। {जब तिमीहरू यस्तो गर्छौ,} तिमीहरूले मसीहको विरुद्धमा पनि पाप गर्छौ। 13 फलस्वरूप, मैले खाने कुराले सँगी विश्वासीलाई पापमा लैजाने अवस्थामा, म फेरि कहिल्यै मासु खानेछैनँ{, चाहे कसैले अर्को देवतालाई अर्पण गरेको होस् वा नगरोस्}। यसरी, म मेरा कुनै पनि सँगी विश्वासीहरूलाई पापमा डोर्याउँदैन।

Chapter 9

1 म (केही खानेकुरा मात्र खाने) बाध्य छैन। हाम्रा प्रभु येशूले मलाई उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो, र मैले उहाँलाई आफ्नो आँखाले देखेको छु। परमेश्‍वरले हामीलाई परमप्रभुमा एकताबद्ध गर्नुभएको छ, र त्यसको कारणले गर्दा मैले तिमीहरूका लागि कडा परिश्रम गरेको छु। 2 अरू मानिसहरूले मलाई मसीहले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभएको हो भनी सोच्दैनन्, तर तिमीहरूलाई यो थाहा छ। {तिमीलाई थाहा छ} किनकि तिमीहरूले प्रमाणित गर्यौ कि मसीहले मलाई पठाउनुभयो जब परमेश्वरले तिमीहरूलाई प्रभुमा एकताबद्ध गर्नुभयो। 3 अब म आफ्नो प्रतिरक्षा गर्नेछु जो कोहीले पनि प्रश्न गर्न चाहन्छन् कि मसीहले मलाई पठाउनुभएको हो वा होइन। 4 निश्चय नै तिमीहरूले हाम्रो लागी खाना र पानी पठाउन बारनाबासलाई र मलाई आवश्यक हुनसक्छ। 5 हामी पक्कै पनि मसीहमा विश्वास गर्ने पत्नीसँग घुम्न सक्छौं। पत्रुस र प्रभुका भाइहरू सहित मसीहले उहाँलाई प्रतिनिधित्व गर्न पठाउनुभएको अरूहरूले पनि यही गर्छन्। 6 यो सत्य होइन कि बारनाबास र म मात्र एक हौं {जसले मसीहको प्रतिनिधित्व गर्छन्} काम गर्नुपर्छ {आफैलाई समर्थन गर्नको लागि}। 7 कुनै पनि सिपाहीले सेनामा सेवा गर्नको लागि आफ्नो पैसाले कहिल्यै भुक्तान गर्दैन। कुनै पनि किसानले दाखको बोट रोप्छन् र त्यसपछि दाखले उत्पादन गरेको खानेकुरा खाँदैनन्। वा कुनै गोठालाहरूले भेडाको हेरचाह गर्छन् र त्यसपछि तिनीहरूले उत्पादन गरेको दूध पिउँदैनन्।

8 म के तर्क गर्दैछु त्यो मानिसको सोचमा मात्र भर पर्दैन। बरु, मोशाको व्यवस्थामा मैले के बहस गरिरहेको छु त्यो तिमीहरूले पढ्न सक्दैनौ र? 9 यहाँ मोशाले मोशाको व्यवस्थामा लेखेका कुराहरू छन्: "तैंले अनाज खानबाट गोरुलाई नरोक् जब यसले तँलाई भुसबाट अन्न अलग गर्न मद्दत गर्दछ।" परमेश्वरलाई मुख्यतया गोरुहरूमा चासो छैन{, यद्यपि}। 10 बरु, परमेश्वरले प्रायः हाम्रो बारेमा बोल्नुहुन्छ {यस व्यवस्थामा}। परमेश्वरले मोशालाई यो आज्ञा हाम्रो लागि लेख्नु भएको थियो किनभने खेत जोत्ने कुनै पनि व्यक्तिले केही बाली पाउने आशा गर्नुपर्छ। गहुँको बालाबाट अनाज अलग गर्ने जो कोहीले पनि बालीको केही पाउने आशा गर्नुपर्छ। 11 हामीले तिमीहरूलाई सुसमाचार सुनायौं मानौ हामी आत्मिक बीउ रोप्दै थियौ। त्यसले गर्दा हामीले रोपेको बीउबाट उब्जाएको बालीबाट केही पाएको जस्तो गरी तिमीहरूबाट आर्थिक सहयोग पाउनु सामान्य कुरा हो । 12 यदि अरू मानिसहरुले तिमीहरुबाट आर्थिक सहायता प्राप्त गरेका छन् भने बर्नाबास र म झन बढी तिमीहरूबाट यो प्राप्त गर्ने योय्यका छौँ। जेहोस् हामीले तिमीहरूबाट कुनै सहयोग मागेका छैनौँ ।बरु, हामीले सहयोग विना जान छनौट गर्यौ ताकि हामी मसीहको सुसमाचार फैलिनबाट रोक्नेछैनौ । 13 पक्कै पनि तिमीहरूलाई थाहा छ कि मन्दिरमा आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूले मन्दिरमा चढाउने खानाबाट केही खान्छन्। अझ विशेष गरी, वेदीमा बलिदान चढाउने पूजाहारीहरूले मानिसहरूले वेदीमा चढाउनको लागि ल्याएको केही अंश पाउँछन्। 14 त्यसै गरी, सुसमाचार प्रचार गर्ने जोसुकैले पनि सुसमाचार प्रचार गरेर आफ्नो जीवन निर्वाह गर्नुपर्छ भनी प्रभुले निर्देशन दिनुभयो। 15 यद्यपि, मैले तिमीहरूसँग यी कुनै पनि समर्थन मागेको छैन। यसबाहेक, म अब तिमीहरूलाई मेरो लागि समर्थन माग्नको लागि लेखिरहेको छैन। म घमण्ड गर्न सक्ने कुरा कसैले खोस्नु भन्दा बरू म मर्न रुचाउँछु। 16 अनि अब म सुसमाचार प्रचार गर्ने बारे घमण्ड गर्न सक्दिन, किनकि परमेश्वरले मलाई यो प्रचार गरेको चाहनुहुन्छ। साँच्चै, यदि मैले सुसमाचार प्रचार गर्न छोडेको भए, परमेश्वरले मलाई अनुशासन गर्नुहुने थियो। 17 यदि मैले आफै छनौट गरेर सुसमाचार प्रचार गरेँ भने परमेश्वरले मलाई इनाम दिनुहनेछ । यद्यपि मैले त्यसो गर्न छानेको होइन, किनकि परमेश्वर आफैले मैले के गर्नुपर्छ भनी भन्नुभएको छ । 18 यद्यपि परमेश्वरले मलाई अझै पनि इनाम दिनुहुन्छ {उहाँले त्यसो गर्नुहुन्छ} जब म मानिसहरूबाट पैसा लिए विना सुसमाचार प्रचार गर्छु । म मानिसहरूलाई यसरी सुसमाचार सुनाउँछु ताकि मैले सुसमाचार प्रचार गरेको हुनाले आफूले चाहेको कुराको दुरुपयोग नगरु । 19 {मैले सित्तैमा सुसमाचार प्रचार गरेको हुनाले, मलाई कुनै मानिसको सेवा गर्न आवश्यक छैन। यद्यपि, म सबै मानिसहरूको सेवा गर्ने छनौट गर्छु ताकि म तिनीहरूमध्ये धेरैलाई मद्दत गर्न सकूँ। 20 जब म यहूदी मानिसहरूसँग हुन्छु, म यहूदी व्यक्तिको रूपमा व्यवहार गर्छु। यसरी, म यहूदी मानिसहरूलाई {मसीहमा विश्वास गर्न मद्दत गर्न सक्छु। जब म मानिसहरूसँग हुन्छु जसले मोशाको व्यवस्था पालन गर्न आवश्यक छ भनी सोच्दछ, म त्यस्तो व्यक्ति जस्तै व्यवहार गर्छु जसले मोशाको व्यवस्था पालन गर्नुपर्छ भन्ने सोच्दछ। जबकि म आफैंलाई थाहा छ कि मलाई मोशाको व्यवस्था मान्नुपर्ने आवश्यकता छैन, {म यसरी काम गर्छु} ताकि म ती मानिसहरूलाई मद्दत गर्न सकूँ जसले मोशाको व्यवस्था पालन गर्न आवश्यक ठान्छन्। 21 जब म मोशाको व्यवस्था नमान्ने मानिसहरूसँग हुन्छु, म मोशाको व्यवस्था नमान्ने मानिसजस्तै व्यवहार गर्छु। मोशाको व्यवस्था नमान्ने मानिसहरूलाई {मसीहमा विश्वास गर्न} मद्दत गर्न सकूँ भनेर म यसरी काम गर्छु। निस्सन्देह, म परमेश्वरको व्यवस्था पालन गर्छु, किनकि म मसीहले आज्ञा गरेको कुरा गर्छु। 22 जब म सही र गलत के हो भनेर अपूर्ण रूपमा बुझ्ने मानिसहरूसँग हुन्छु, म सही र गलत के हो भनेर अपूर्ण रूपमा बुझेको व्यक्तिको रूपमा व्यवहार गर्छु। {म यसरी काम गर्छु} ताकि म ती मानिसहरूलाई मद्दत गर्न सकूँ जसले सही र गलत के हो भनेर अधूरो रूपमा बुझेका छन् {मसिहमा विश्वास गर्न}। {तिमीहरूले देख्न सक्छौ,} जब म कुनै पनि मानिसहरूसँग हुन्छु, म तिनीहरू जस्तै व्यवहार गर्छु ताकि परमेश्वरले तिनीहरूमध्ये केहीलाई बचाउनको लागि मैले गर्ने सबै कुराहरूद्वारा काम गरून्। 23 तिमीहरूले देख्न सक्छौ, म यी सबै तरिकामा काम गर्छु किनभने म मानिसहरूले सुसमाचारमा विश्वास गरेको चाहन्छु। परमेश्वरले सुसमाचारमा प्रतिज्ञा गर्नुभएको कुरा मैले पनि प्राप्त गर्न सकूँ भनेर म यी कुराहरू गर्छु। 24 तिमीहरूलाई पक्कै थाहा छ कि सबै धावकहरू दौडमा भाग लिन्छन्, तर अन्तमा एक जना धावकले मात्र दौड जित्छ र जितेको इनाम लिन्छ। जब तिमीहरू परमेश्वरको सेवा गर्छौ, यो यस प्रकारको दौड जस्तै हो। जसरी दौड जित्नको लागि दौडने कठिन दौडिएझैं परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नको लागि तिमीहरूले कडा परिश्रम गर्नुपर्छ। 25 सबै खेलाडीहरूले आफूले गर्ने सबै कुरालाई सावधानीपूर्वक नियन्त्रण गर्छन् {ताकि उनीहरूले जित्न सकून्। तिनीहरू पातहरूबाट बनेको मुकुटको लागि प्रतिस्पर्धा गर्छन् जुन अलग हुनेछ। तथापि, हामी {आफूलाई नियन्त्रण गर्छौं ताकि हामीले परमेश्वरले हामीलाई दिनु भएको प्रतिज्ञा प्राप्त गर्न सकौं, जुन सधैंभरि रहनेछ। 26 यसकारण, म सिधा अन्तिम रेखातिर दौडने धावकजस्तै छु। म एक मुक्केबाज जस्तै हुँ जसले विपक्षीलाई हराउन प्रहार गर्छ। 27 म मेरो शरीरलाई पूर्ण रूपमा नियन्त्रण गर्छु र यसलाई मेरो सेवा गराउँछु। म त्यसो गर्छु किनभने म अरू मानिसहरूलाई सुसमाचार घोषणा गर्न चाहन्न तर परमेश्वरले मलाई अनुमोदन गर्नुभएन भनेर थाहा पाउँछु।

Chapter 10

1 अब म तिमीहरूलाई याद गराउन चाहन्छु, सँगी विश्वासीहरू, कि हाम्रा यहूदी पुर्खाहरू सबैले परमेश्वरलाई पछ्याए जब उहाँ तिनीहरूमाझ बादलमा देखा पर्नुभयो। तिनीहरू सबै लाल समुद्र हुँदै हिँडे जब परमेश्‍वरले तिनीहरूका लागि पानीबाट सुक्खा बाटो बनाउनुभयो। 2 {मानौ यो थियो}कसैले तिनीहरू सबैलाई बप्तिस्मा दिए त्यसकारण तिनीहरू मोशाका भए।{यो भयो} जब तिनीहरूले बादललाई पछ्याए र लाल समुद्र भएर हिंडे। 3 र तिनीहरू सबैले मिलेर परमेश्‍वरले दिनुभएको विशेष भोजन खाए । 4 तिनीहरू सबैले मिलेर परमेश्‍वरले दिनुभएको विशेष पानी पिए । यो तब भयो जब तिनीहरूले परमेश्वरले प्रदान गर्नुभएको विशेष चट्टानबाट निस्केको पानी पिए र त्यो पानी तिनीहरूको पछि लागे। त्यो पानी मसीहले दिनुभएको कुरा थियो। 5 तथापि, हाम्रा अधिकांश यहूदी पुर्खाहरूले परमेश्‍वरलाई खुसी पारेनन्‌। {तिमीहरूले यो सत्य हो भनी बताउन सक्छौ} किनभने तिनीहरू मरुभूमिमा यात्रा गर्दा मरे।

6 उनीहरूलाई भएका घटनाहरूले हामीले कसरी व्यवहार गर्नुपर्छ भनेर चित्रण गर्छ। तिनीहरूलाई के भयो, परमेश्वरले हामीलाई तिनीहरूले गरेका खराब कामहरू जस्ता खराब कामहरू नगर्न चेतावनी दिनुहुन्छ। 7 तिमीहरूले मूर्तिहरूको पूजा गर्नु हुँदैन, जुन हाम्रा केही यहूदी पुर्खाहरूले गरेका थिए। {तिनीहरूले मूर्तिपूजा गर्थे भनी तपाईं बताउन सक्नुहुन्छ,} किनभने मोशाले लेखे, “इस्राएलीहरूले खान र पिउन थाले र त्यसपछि अन्य देवताहरूलाई यौन अनैतिक रूपमा पूजा गर्न थाले।” 8 हामीले अनुचित यौनसम्बन्ध राख्नु हुँदैन, जुन हाम्रा केही यहूदी पुर्खाहरूले गरेका थिए। किनभने तिनीहरूले यो गरे, तिनीहरूमध्ये २३,००० एक दिनमा मरे। 9 हामीले प्रभुलाई चुनौती दिनु हुँदैन, जुन हाम्रा केही यहूदी पुर्खाहरूले गरेका थिए। किनभने तिनीहरूले यो गरे, सर्पहरूले तिनीहरूलाई मारे। 10 तिमीहरूले गुनासो गर्नुहुँदैन, जुन हाम्रा केही यहूदी पुर्खाहरूले गरेका थिए। किनभने तिनीहरूले यसो गरे, खतरनाक आत्मिक प्राणीले {जसलाई परमेश्‍वरले पठाउनुभयो} तिनीहरूलाई मार्यो। 11 हाम्रा पुर्खाहरूले अनुभव गरेका ती कुराहरूले {हामीले कसरी व्यवहार गर्नुपर्छ} भनेर चित्रण गर्छ। वास्तवमा, कसैले उनीहरूलाई के भयो भनेर लेखेको छन् ताकि हामीले तिनीहरूबाट सिक्न सकौं, किनकि हामी अन्तिम दिनहरू भोगिरहेका छौं। 12 ती कथाहरूले स्पष्ट पारेझैं, कुनै पनि मानिसहरू जसले आफूलाई दृढतापूर्वक {मसीहमा} विश्वास गर्छ भनी सोच्नुहुन्छ, तिनीहरूले {मसीहलाई पछ्याउन} असफल नहोस् भनी पक्का गर्नुपर्छ। 13 अरू मानिसहरूले तिमीहरूलाई प्रलोभनमा पार्ने चीजहरू अनुभव गरेका छन्। यसबाहेक, परमेश्‍वरले विश्‍वासी भई काम गर्नुहुनेछ। यदि तिमीहरूले यसको प्रतिरोध गर्न सक्दैनौ भने उहाँले तिमीहरूलाई प्रलोभनमा पार्ने कुनै पनि कुरामा पर्न दिनुहुनेछैन। बरु, जब कुनै कुराले तिमीहरूलाई प्रलोभनमा पार्छ, उहाँले तिमीहरूलाई विश्वासयोग्य भई यसको प्रतिरोध गर्न आवश्यक पर्ने कुराहरू दिनुहुनेछ। 14 {त्यसैले मैले भनेको छु}, मैले माया गर्ने सँगी विश्वासीहरू, जानाजानी अन्य देवताहरूको पूजा गर्नबाट टाढा रहनुहोस्। 15 म यसरी बोल्दै छु किनभने मलाई लाग्छ कि तिमीहरू इमान्दार मानिसहरू हौ । मैले भन्न खोजेको कुरा सहि हो कि गलत हो भन्ने निर्णय तपाई आफैले गर्नुपर्छ । 16 जब हामी प्रभुको भोजमा आशिष् दिने दाखमद्य पिउछौं, हामी सँगै आफूलाई मसीहको रगतसँग जोड्छौं। जब हामी रोटी खान्छौं, हामी सँगै आफूलाई मसीहको शरीरसँग जोड्छौं। 17 हामी एउटा रोटी प्रयोग गर्छौं {प्रभुको भोजमा}, र हामी सबै मिलेर त्यो रोटीको टुक्रा खान्छौं। किनभने हामी यो गर्छौं, हामी सबैले एउटै शरीर बनाएझैं हामी आफैंलाई एकसाथ जोड्छौं।

18 उदाहरणको रूपमा इस्राएलका मानिसहरूलाई लिनुहोस्। केही प्रस्ताव गर्ने मानिसहरूले आफूले प्रस्ताव गरेको केही खान्थे। यसको मतलब तिनीहरूले आफूलाई वेदीसँग जोडेका थिए{, जहाँ पुजाहारीले उनीहरूले परमेश्वरलाई अर्पण गरेका बाँकी कुराहरू प्रस्तुत गर्नेछन्}। 19 त्यसैले म तर्क गर्दैछु कि कसैले अर्का देवतालाई चढाएको मासु र अरू देवताहरू आफै शक्तिशाली वा महत्त्वपूर्ण छैनन्। 20 तर, {तपाईंले जान्नुपर्छ} कि जब परमेश्‍वरको आराधना नगर्नेहरूले बलिदानहरू चढाउँछन्, तिनीहरूले ती दुष्ट आत्मिक प्राणीहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन। तर म चाहन्छु कि तपाई आफैंलाई दुष्ट आत्मिक प्राणीहरूसँग जोड्नबाट जोगिनुहोस्। 21 तिमीहरुले दाखरस पिउन सक्दैनौ जो प्रभुको हो र दाखरस जो दुष्ट आत्मिक प्राणीहरूको हो। तिमीहरूले प्रभुको खानेकुरा खान सक्दैनौ र दुष्ट आत्मिक प्राणीहरुको खाना पनि खान सक्दैनौ। 22 ती दुवै काम गर्नेहरूले परमप्रभुले तिनीहरूको विरुद्धमा ईर्ष्यालु व्यवहार गर्ने आशा गर्नुपर्छ। यसबाहेक, हामी पक्कै पनि उहाँ भन्दा कम शक्तिशाली छौं। 23 {तिमीहरू मध्ये कोही भन्छन्,} "म जे पनि गर्न सक्छु र दोषी बन्न सक्दिन।" यद्यपि, {म भन्छु} केही कुराहरू {कसैलाई} उपयोगी हुँदैनन्। {फेरि, तिमीहरू मध्ये कोही भन्छन्,} "म जे पनि गर्न सक्छु र दोषी बन्न सक्दिन।" यद्यपि, {म भन्छु} केही कुराहरूले तिमीहरूलाई बढ्न मद्दत गर्दैनन् । 24 आफ्‍नो निम्‍ति जे उत्तम छ, त्‍यसको लागि कडा परिश्रम नगर। बरु, अरू मानिसहरूका लागि जे उत्तम छ त्यो प्राप्त गर्नको लागि तिमीहरूले कडा परिश्रम गर्नुपर्छ। 25 तिमीहरूले सार्वजनिक बजारमा किनेको कुनै पनि खाना खान सक्छौ। तिमीहरूले यो पत्ता लगाउनु पर्दैन {यो कहाँबाट आयो } कि तिमीहरू जान्छौ कि यो सही हो कि गलत {यसलाई खानु}। 26 {तिमीहरूले यो गर्न सक्छौ} किनकि दाऊदले लेखेका थिए, "पृथ्वी र यससँग जोडिएका सबै कुरा परमप्रभुको हो।" 27 कुनै समयमा, विश्वास नगर्ने मानिसहरूले तिमीहरूलाई {उनीहरूसँग खानको लागि} बोलाउन सक्छन्, र तिमीहरूले {त्यसो गर्न}निर्णय गर्न सक्छौ। जब यो हुन्छ, तिमीहरूले सबै खाना खान सक्छौ जुन उनीहरुले तिमीहरूलाई दिन्छन्। तिमीहरूले यो पत्ता लगाउनु पर्दैन {कि यो कहाँबाट आयो } ताकि तिमीहरू जान्दछौ कि यो सही हो कि गलत {यसलाई खानु}। 28 (तथापि, कसैले तिमीहरूलाई एक व्यक्तिले देवतालाई खाना चढाएको कुरा भन्न सक्छ। यस्तो अवस्थामा, तिमीहरूले प्रसाद खानु हुँदैन। {खानाको बारेमा) तिमीहरूलाई बताउने व्यक्तिलाई फाइदाको लागि {तिमीहरूले यसरी व्यवहार गर्नुपर्छ} र किनभने सही र गलत के हो जान्नको लागि। 29 "सही र गलत के हो जान्न" भन्नाले, मेरो मतलब अर्को व्यक्तिलाई के थाहा छ र तिमीहरूलाई के थाहा छ भन्ने होइन।) सामान्यतया, अर्को व्यक्तिले के सही वा गलत हो भन्ने सोचेको कुरा मलाई मैले गर्न सक्ने काम गर्नबाट रोक्नु हुँदैन। 30 जबसम्म म कुनै पनि खाना खाँदा परमेश्वरप्रति कृतज्ञ छु, तबसम्म कसैले मेरो बारेमा नराम्रो कुरा गर्नु हुँदैन जसको लागि मैले परमेश्वरलाई धन्यवाद दिएँ। 31 संक्षेपमा भन्नुपर्दा, जब तिमीहरू केहि खान्छौ वा पिउछौ, र वास्तवमा जब तिमीहरू केहि गर्छौ, तिमीहरूले सधैं गर्नुपर्छ ताकि तिमीहरू र सबैले परमेश्वरको आदर गरून्। 32 यहूदीहरू, गैर-यहूदी मानिसहरू वा सँगी विश्वासीहरूलाई मसीहमाथि भरोसा गर्नबाट निरुत्साहित गर्ने तरिकाहरू नगर। 33 म कसरी जीवन बिताउँछु भनेर देखाउँछु। म सधैं मेरो वरिपरि सबैले स्वीकार गर्ने तरिकामा काम गर्छु। म आफ्नो लागि उत्तम कुरा प्राप्त गर्न कडा परिश्रम गर्दिन। बरु, अरू मानिसहरूका लागि {जे उत्तम छ त्यो पाउनको लागि म कडा मेहनत गर्छु}। परमेश्वरले तिनीहरूलाई बचाउनको लागि म यो गर्छु।

Chapter 11

1 म जे गर्छु त्यही गर, जसरी मैले ख्रीष्टले गरे जस्तै गर्छु।

2 अनि म तिमीहरूलाई प्रशंसा गर्छु किनभने तिमीहरूले सधैं मैले सिकाउने र गर्ने कुराहरू सोच्छौ र किनकि मैले तिमीहरूलाई विश्वास गर्न र पालन गर्न सिकाएको कुरा तिमीहरूले होसियारीसाथ विश्वास गर्छौ र पालन गर्छौ। 3 त्यसैले म तिमीहरूलाई भन्दछु कि हरेक मानिस मसीहबाट आउँछन्। एक पत्नी आफ्नो पतिबाट आउँछ। अन्तमा, मसीह परमेश्वरबाट आउनुहुन्छ। 4 मानिसहरूले प्रार्थना गर्दा वा परमेश्‍वरले भन्‍नुभएको कुरा घोषणा गर्दा आफ्नो शिर छोप्न सक्छन्। यसो गर्नेहरूले व्यक्तिलाई लाज मान्छन् जसबाट तिनीहरू आएका हुन् : {मसीह}। 5 अब स्त्रीहरूले प्रार्थना गर्दा वा परमेश्‍वरले भन्‍नुभएको कुरा घोषणा गर्दा आफ्नो शिर खुल्ला राख्न सक्छन्। यसो गर्नेहरूले आफूहरूबाट आएका मानिसहरूलाई लाजमा पार्छन्: {तिनीहरूका पतिहरू}। {तिमीहरूले भन्न सक्नुहुन्छ कि यो सत्य हो,} किनकि आफ्नो टाउको खुल्ला गर्ने स्त्री एउटी स्त्री जस्तै हो जसको कपाल कसैले खौरेको छ। 6 वास्तवमा, आफ्नो टाउको खुल्ला गर्ने कुनै पनि स्त्रीको कपाल कोहि व्यक्तिले काट्नु पर्छ। जुन स्त्रीको कपाल छोटो छ मानिसहरुले उनलाई लाजमा पार्ने हुँदा स्त्रीले आफ्नो टाउको खुल्ला गर्नु हुँदैन। 7 यसबाहेक, एकातिर, मानिसहरूले आफ्नो शिर ढाक्नु हुँदैन, किनभने तिनीहरूले परमेश्वरको प्रतिनिधित्व गर्छन् र आदर गर्छन्। अर्कोतर्फ, पत्नीहरूले आफ्नो पतिको सम्मान गर्छन्। 8 {यो सत्य हो भनी तिमीहरूले बताउन सक्छौ} किनभने परमेश्‍वरले आदमलाई स्त्री हव्वाबाट बनाउनुभएन। बरु, उहाँले स्त्री हव्वालाई मानिस आदमबाट बनाउनुभयो। 9 अर्को {तिमीहरूले यो सत्य हो भनी बताउन सक्छौ} किनभने परमेश्वरले आदमलाई स्त्री हव्वाको खातिर बनाउनुभएन। बरु, मानिस आदमको खातिर उहाँले स्त्री हव्वालाई बनाउनुभयो। 10 किनकी {स्त्रीहरूले आफ्ना पतिको सम्मान गर्छन्}, महिलाहरूले आफ्नो टाउकोमा {के लगाउनु पर्छ}नियन्त्रण गर्नुपर्छ। शक्तिशाली आत्मिक प्राणीहरूको कारणले तिनीहरूले पनि यो गर्नुपर्छ।

11 यी सबैको बावजुद, जब परमेश्वरले मानिसहरूलाई मसीहमा एकताबद्ध गर्नुहुन्छ, पुरुषहरू बिना स्त्रीहरूको अस्तित्व हुन सक्दैन, र पुरुषहरू स्त्रीहरू बिनाको अस्तित्व हुन सक्दैनन्। 12 वास्तवमा, जब स्‍त्री {हव्वा} पुरुष {आदम}बाट आएकी थिइन्, पुरुषहरू मात्र छन् किनभने महिलाहरूले उनीहरूलाई जन्म दिन्छन्। यद्यपि, अस्तित्वमा रहेका सबै कुराहरू {, पुरुष र महिलाहरू सहित} ईश्वरबाट आउँछन्। 13 तिमीहरू आफैले निर्णय गर्नु पर्छ कि शिर नढाकेर परमेश्वरलाई प्रार्थना गर्ने स्त्रीहरूले उचित रूपमा काम गर्छन् कि गर्दैनन्। 14 मानिसहरूको कपाल लामो हुनु अपमानजनक कुरा हो भनी अबलोकन गर्दा तपाईंले सिक्न सक्नुहुन्छ हुदैन र? 15 तर, स्त्रीहरुका लागि लामो कपाल हुनु सम्मानजनक कुरा हो भनेर {तपाइँले चीजहरू हेरेर पनि सिक्न सक्नुहुन्छ}। किनभने परमेश्वरले स्त्रीहरूलाई तिनीहरूको लामो कपाल दिनुभएको छ, जसले तिनीहरूको शिर छोप्ने काम गर्छ। 16 अब यदि कसैले मैले भनेका कुराहरूमा बहस गर्ने विचार गर्छ भने, न त हामी न त परमेश्‍वरका मण्डलीहरूले स्त्रीहरूलाई आफ्नो शिर ढाक्‍न (जब तिनीहरू प्रार्थना वा अगमवाणी गर्छन्) अनुमति दिँदैनन्।

17 अब म तिमीहरूलाई अर्को विषयको बारेमा निर्देशन दिनेछु, र म यस क्षेत्रमा तिमीहरूको प्रशंसा गर्न सक्दिन। {म तिमीहरूको प्रशंसा गर्न सक्दिन,} किनकि तपाइँ सँगी विश्वासीहरूको रूपमा भेला हुँदा उनीहरूलाई मद्दत गर्नुको सट्टा तिमीहरू सँगी विश्वासीहरूलाई हानि गर्नुहुन्छ। 18 यहाँ मैले पहिलो कुरा बोल्ने छु: म सुन्छु कि जब तिमीहरू परमेश्वरको आराधना गर्न सँगी विश्वासीहरूको रूपमा भेला हुँदा तिमीहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भयौ । मलाई विश्वास छ कि यो आंशिक सत्य हो। 19 {म विश्वास गर्छु} किनकि तिमीहरूको समूहमा असहमति हुनु आवश्यक छ। र यसरी, यो स्पष्ट हुन सक्छ {सबैलाई} तपाईंको समूहमा र जसलाई परमेश्वरले उहाँलाई स्वीकार्य ठान्नुहुन्छ। 20 यी विभाजनहरूको कारणले गर्दा, जब तिमीहरू सँगी विश्वासीहरू एकसाथ भेला हुँदा {खान} तिमीहरूले वास्तवमा प्रभुको भोज खाएका हुँदैनौं । 21 खानाको समयमा, {अरूले केही प्राप्त गर्नु अघि।} केही मानिसहरूले आफ्नो खाना खाइरहेका हुन्छन् । यसरी कतिपयलाई खान पुग्दैन भने कतिपय मातेका हुन्छन् । 22 तिमीहरूले आफ्‍नै घरमा खाना खान र दाखमद्य पिउन सक्ने भए तापनि तिमीहरूले यसरी काम गर्छौ। बरु, यद्यपि, तिमीहरू परमेश्वरको मण्डलीको बारेमा अपमानजनक रूपमा सोच्नुहुन्छ। विशेष गरी, तिमीहरू भन्दा कम भएका मानिसहरूलाई तिमीहरू लाजमा पार्दछौ । म तिमीहरूलाई के भन्छु तिमीहरूलाई पहिले नै थाहा हुनुपर्छ। यी कामहरू गरेकोमा म तिमीहरूलाई प्रशंसा गर्ने छैन। म पक्कै पनि त्यसो गर्दिन!

23 किनकि यहूदाले प्रभु येशूलाई [उहाँलाई मृत्युदण्ड दिने अधिकारीहरूको हातमा] सुम्पेको रातको बारेमा मैले प्रभुबाट के सिकें, मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु। त्यो रातमा प्रभु येशूले एउटा रोटी उठाउनुभयो। 24 उहाँले रोटीको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र चेलाहरूले खान सकून् भनी टुक्रा-टुक्रा पारिदिनुभयो । तब उहाँले भन्नुभयो, “यो (रोटी) मेरो शरीर हो, जुन म तपाईंको खातिर अर्पण गर्दैछु। मैले के गरें त्यसलाई दोहोर्याउनुहोस् ताकि तिमीहरूले सम्झना गर कि मैले आफूलाई कसरी अर्पण गरिरहेको छु। 25 जसरी उहाँले रोटी उठाउनुभयो, तिनीहरूले खाइसकेपछि उहाँले दाखमद्यको कचौरा पनि उठाउनुभयो। उहाँले भन्नुभयो, “यो दाखमद्यको कचौरा मेरो रगतले खोलेको नयाँ करार हो। यो दाखरसको कचौराबाट पिउने बित्तिकै मैले के गरेको छु, त्यसैलाई दोहोर्याऊ ताकि तिमीहरू सम्झन सक कि म कसरी आफूलाई तिमीहरूको लागि अर्पण गरें । 26 यसको मतलब यो हो कि, प्रभु नआउञ्जेल, जब सम्म यो रोटी खाएर र यो कचौराबाट दाखरस पिएर {तिमीहरू प्रभुको भोजमा सहभागी हुन्छौ, तिमीहरू प्रभुको मृत्युको घोषणा गर्दछौ ।

27 त्यसकारण, प्रभुको भोजमा सहभागी हुँदा, केही मानिसहरूले रोटी खान सक्छन् वा कचौराबाट दाखमद्य पिउन सक्छन् जसले {मसीहको अपमान गर्दछ। तिनीहरूले प्रभुको शरीरको र रगतको विरुद्धमा कसरी काम गरेका छन् भनेर परमेश्वरले तिनीहरूलाई जिम्मेवार ठहराउनुहुनेछ। 28 यसबाट बच्नको लागि, विश्वासीहरूले तिनीहरूले कस्तो व्यवहार गरिरहेका छन् भनी राम्ररी विचार गर्नुपर्छ। त्यसपछि, तिनीहरूले रोटी खान र कचौराबाट दाखमद्य पिउन सक्छन्। 29 {तिमीहरूले कस्तो व्यवहार गरिरहेका छौ भन्ने होसियारीसाथ विचार गर्नुपर्छ} किनकि कोही मानिसहरू {प्रभुको भोजमा} खान्छन र पिउने गर्दछन् तर {परमेश्वरले सँगी विश्वासीहरूलाई प्रभुको शरीर जस्तै नजिकबाट एकताबद्ध गर्नुभएको छ भनी बुझ्दैनन्। । (प्रभु भोजको समयमा) ती मानिसहरूले कसरी खाने र पिउनेछन् त्यसको परिणाम परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। 30 किनकि {तिमीहरूको समूहका मानिसहरूले त्यो अनुचित काम गरेका छन्}, तिनीहरूमध्ये धेरै बिरामी परेका छन् र तिनीहरूमध्ये कोही मरे। 31 त्यसकारण, हामी विश्वासीहरूले वास्तवमै ध्यानपूर्वक विचार गर्नुपर्छ कि हामीले कस्तो व्यवहार गरिरहेका छौं {हामी प्रभुको भोजमा भाग लिनु अघि}। तब, परमेश्वरले हामीलाई दण्ड दिनुहुनेछैन। 32 यद्यपि, जब परमप्रभुले हामीलाई दण्ड दिनुहुन्छ, उहाँले हामीलाई तालिम दिन गर्नुहुन्छ। यसरी, परमेश्वरले मसीहमा विश्वास नगर्ने सबैलाई दोषी ठहराउनुहुँदा हामीलाई समावेश गर्नुहुन्न।

33 अन्तमा, मेरा सँगी विश्वासीहरू हो, जब तिमीहरू {प्रभुको भोज} खानको लागि भेला हुँदा , सबैले खानेकुरा नपाएसम्म खानेकुरा सुरु नगर। 34 जो मानिस {यति} भोकाएको छ {कि सबैजनाले खानेकुरा पाउनुभन्दा पहिले नै खान थाल्ने} उसले आफ्नै घरमा खानुपर्छ। यसरी, जब तिमीहरू सँगी विश्वासीहरूको रूपमा भेला हुनेछौ, परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेछैन। मैले भन्नु पर्ने सबै कुरा भनेको छैन। त्यसकारण, म तिमीहरूलाई जब भेट्छु, ती चीजहरूको बारेमा निर्देशन दिनेछु।

Chapter 12

1 म अब कसरी परमेश्वरको आत्माले विश्वासीहरूलाई विशेष रूपमा शक्ति दिन्छ भन्ने बारे कुरा गर्न अगाडि बढिरहेको छु। मेरा सँगी विश्वासीहरू, म तिमीहरूलाई यी कुराहरूको बारेमा जानकारी गराउन चाहन्छु। 2 जब तिमीहरू विश्वासी थिएनौ तब तिमीहरूले के गर्‍यौ भनेर सम्झन्छौ। तिमीहरूले अरू देवताहरूको पूजा गर्यौ। यी अन्य देवताहरू बोल्न पनि सक्दैनन्, तर यी अन्य देवताहरूको पूजा गर्नको लागि तिमीहरूले जुन कुरा मानिसहरूले तिमीहरूलाई गर्न भने, त्यही गर्यौ । 3 त्यसकारण, म तिमीहरूलाई यो जानकारी दिन्छु कि येशूलाई सराप्ने व्यक्तिले परमेश्वरको आत्माको शक्तिले बोल्दैन। अर्कोतर्फ, येशू प्रभु हुनुहुन्छ भनी भन्ने व्यक्तिले पवित्र आत्माको शक्तिले बोलेको हुनुपर्छ। 4 आत्माले मानिसहरूलाई विभिन्न तरिकामा शक्ति दिन्छ, तर त्यहाँ एक मात्र आत्मा हुनुहुन्छ। 5 र मानिसहरूले विभिन्न तरिकाले परमप्रभुको सेवा गर्छन्, तर त्यहाँ एक मात्र प्रभु हुनुहुन्छ। 6 र मानिसहरूले विभिन्न तरिकामा परमेश्वरको निम्ति कामहरू गर्छन्, तर त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ। उहाँ एक हुनुहुन्छ जसले सबै मानिसहरूलाई यी सबै तरिकामा काम गर्न शक्ति दिनुहुन्छ।

7 प्रत्येक विश्वासीले परमेश्वरबाट विशेष तरिकाहरू प्राप्त गर्दछ जसमा परमेश्वरको आत्माले तिनीहरूद्वारा सँगी विश्वासीहरूलाई मद्दत गर्न काम गर्दछ। 8 उदाहरणको लागि, परमेश्वरको आत्माले केही विश्वासीहरूलाई बुद्धिमानीपूर्वक बोल्नको लागि शक्ति दिनुहुन्छ। अन्य विश्वासीहरूले ज्ञानपूर्ण रूपमा बोल्न सक्छन्, र त्यही आत्माले तिनीहरूलाई यो गर्न शक्ति दिन्छ। 9 उही आत्माले केही विश्वासीहरूलाई विशेष तरिकामा परमेश्वरमा भरोसा गर्न शक्ति दिनुहुन्छ। उही आत्माले अन्य विश्वासीहरूलाई अरूलाई निको पार्ने शक्ति दिन्छ। 10 अरू विश्वासीहरूले शक्तिशाली कामहरू गर्न सक्छन्। अन्य विश्वासीहरूले परमेश्वरबाट सन्देशहरू बोल्न सक्छन्। अन्य विश्वासीहरूले निर्णय गर्न सक्छन् कि केहि परमेश्वरको आत्माबाट आएको हो वा होइन। केही विश्वासीहरूले अन्य भाषाहरू बोल्न सक्छन्। अन्य विश्वासीहरूले तीअन्य भाषाहरू व्याख्या गर्न सक्छन्। 11 उही आत्माले विश्वासीहरूलाई यी सबै कुराहरू गर्नको लागि शक्ति दिन काम गर्नुहुन्छ। त्यहाँ एक मात्र पवित्र आत्मा हुनुहुन्छ, र उहाँले प्रत्येक विश्वासी मार्फत कसरी काम गर्ने भनेर निर्णय गर्नुहुन्छ। 12 किनकि जसरी हामी मानिसको शरीरलाई एकता मान्दछौं, तर शरीरमा धेरै अंगहरू छन्। त्यसकारण, ती सबै शरीरका अंगहरू, जतिसुकै भए तापनि, एकसाथ एक शरीर बनाउँछ। मसीहको बारेमा पनि यस्तै तरिकाले सोच्न सक्छौं। 13 अब, हामीले एउटै शरीर बनाएझैँ परमेश्‍वरले हामीलाई एकसाथ जोड्नुभएको छ । {यो भयो जब} मानिसहरूले हामीलाई बप्तिस्मा दिए, जसको परिणाम हामीसँग एउटै आत्मा छ। हामीमध्ये कोही यहूदी र अरू गैर-यहूदी मानिसहरू भए पनि, र हामीमध्ये केही दास र अरू स्वतन्त्र मानिसहरू भए तापनि {हामी यो एउटै शरीर बनाउँछौं}। यसबाहेक, हामी सबैले यस एउटै आत्मामा बाड्यौ जसरी हामी सबैले एउटै कचौराबाट पियौ ।

14 त्यसैले तिमीहरूलाई थाहा छ, शरीरको एउटा अङ्गले शरीर बनाउँदैन। बरु, शरीर बनाउनका लागि धेरै अंगहरू चाहिन्छ। 15 कल्पना गर तिम्रो खुट्टाले तिमीसँग कुरा गर्न सक्छ, र यसले भन्यो कि, यो हात नभएको कारणले यो तिम्रो शरीरको हुन सक्दैन। त्यसकारणले यसलाई तिम्रो शरीरको हुनबाट अलग राख । 16 फेरि, कल्पना गर कि तिम्रो कानले तिमीसँग कुरा गर्न सक्छ, र यसले भन्यो कि यो आँखा नभएको कारणले यो तिम्रो शरीरको हुन सक्दैन। त्यो कारणले यसलाई तिम्रो शरीरको हुनबाट अलग राख । 17 कल्पना गर कि आँखाले मात्र तिमीहरूको शरीर बनेको छ। तिमीहरूले केही पनि सुन्न सक्दैनौ! कल्पना गर कि कानले मात्र, तिमीहरूले केही पनि देख्न सक्दैनौ! 18 तर यहाँ के हो {शरीरको बारेमा} सत्य के हो: शरीरको प्रत्येक अंगले कसरी काम गर्ने भनेर परमेश्वरले निर्णय गर्नुभयो, र उहाँले शरीरको प्रत्येक भागलाई विशेष कारणको लागि शरीरसँग जोड्नुभयो। 19 तिमीहरूका सबै अंगहरू एउटै शरीरका अंगहरू थिए भनी कल्पना गर। तिमीहरूसँग साँच्चिकै शरीर हुँदैन! 20 तर यहाँ के साँचो हो {शरीरको बारेमा}: शरीरका धेरै अंगहरू अवस्थित छन्। यद्यपि, तिनीहरूले एउटै शरीर बनाउँछन्। 21 फेरि कल्पना गर्नुहोस् कि तिमीहरूको शरीरका अंगहरूले कुरा गर्न सक्छन्। आँखाले हातलाई कहिल्यै भन्न सक्दैन, "मलाई तिम्रो आवश्यकता छैन।" त्यसैगरी, टाउकोले खुट्टालाई कहिल्यै भन्न सक्दैन, "मलाई तिम्रो आवश्यकता छैन।" 22 बरु, के साँचो हो, हामीले शरीरका अंगहरूलाई नाजुक ठानेका अंगहरू वास्तवमा आवश्यक छन्। 23 यसबाहेक, हामीले कम मूल्यवान ठान्‍ने शरीरका अङ्गहरूलाई अझ धेरै महत्त्व दिन्छौं। र हामी हाम्रो अशोभनीय शरीरका अङ्गहरूलाई अझ राम्रोसँग व्यवहार गर्छौं, 24 तर हामी हाम्रो सभ्य शरीरका अंगहरूलाई कुनै विशेष रूपमा व्यवहार गर्दैनौं। अन्तमा, परमेश्वर एक हुनुहुन्छ जसले शरीरका सबै अंगहरूलाई एकसाथ एक शरीरमा राख्नुहुन्छ, र उहाँले कम मूल्यवान अंगहरूलाई बढी मूल्यवान बनाउनुहुन्छ। 25 शरीर विभिन्न भागहरूमा विभाजित नहोस् भनेर परमेश्वरले यो गर्नुभयो। यसको सट्टा, शरीरका अंगहरू सँगै काम गर्छन् र शरीरको एक अंगलाई अन्य शरीरका अंगहरूमा विशेषाधिकार नदिनुहोस्। 26 त्यसैले, शरीरको एउटा अंग दुख्दा शरीरका सबै अंगहरू दुख्छन्। कसैले शरीरको एउटा अंगको प्रशंसा गर्दा शरीरका सबै अंगहरूले उत्सव मनाउँछन्।

27 म यी सबै भन्छु किनभने तिमीहरू सबै मसीहको शरीर हौ। तिमीहरू प्रत्येक {जस्तै} शरीरको अङ्ग {त्यस शरीरमा} हुनुहुन्छ। 28 त्यसै अनुरूप, परमेश्वरले उहाँको आराधना गर्ने मानिसहरूलाई विशेष रूपमा शक्ति दिनुभएको छ। पहिलो, केही मानिसहरू ती हुन् जसलाई परमेश्वरले मसीहको प्रतिनिधित्व गर्न पठाउनुभएको हो। दोस्रो, केही मानिसहरूले परमेश्‍वरले भन्‍नुभएका कुराहरू घोषणा गर्छन्। तेस्रो, केही मानिसहरूले अरू विश्वासीहरूलाई सिकाउँछन्। यसबाहेक, केही मानिसहरू शक्तिशाली कामहरू गर्छन्। अरूले अरूलाई निको पार्न सक्छन्, अरू विश्वासीहरूलाई मद्दत गर्न सक्छन्, विश्वासीहरूको समूहलाई मार्गदर्शन गर्न सक्छन्, वा अन्य भाषाहरू बोल्न सक्छन्। 29 केवल केही विश्वासीहरू ती हुन् जसलाई परमेश्वरले मसीहको प्रतिनिधित्व गर्न पठाउनुभएको छ। केहीले मात्र परमेश्वरले भनेको कुरा घोषणा गर्छन्। केहीले मात्र अरू विश्वासीहरूलाई सिकाउँछन्। केहीले मात्र शक्तिशाली काम गर्छन्। 30 केहीले मात्र अरूलाई निको पार्छन्। केहीले मात्र अन्य भाषा बोल्छन्। केहीले मात्र व्याख्या गर्छन् {ती अन्य भाषाहरू}। 31 अब म चाहन्छु कि तिमीहरूले अत्यन्तै लाभदायक वरदानहरू उत्सुक्तापूर्वक खोजी गर। अर्को, म तपाईलाई गर्न सक्ने सबै भन्दा राम्रो कुराको बारेमा बताउनेछु।

Chapter 13

1 कल्पना गर कि म धेरै मानव र स्वर्गदूतको भाषाहरू बोल्न सक्छु, तर मैले अरूलाई प्रेम गर्दिन। म {धेरै आवाज निकाल्न सक्नेछु,} चर्को धातुको यन्त्र जस्तै{, तर म कसैलाई सहयोग गर्ने छैन}। 2 फेरि, कल्पना गर कि म परमेश्वरले के भन्नुहुन्छ भनेर घोषणा गर्न सक्छु, कि म सबै कुरा बुझ्न र जान्न सक्छु, र यदि म यति विश्वास गर्छु कि म पहाडहरूलाई ठाउँहरू परिवर्तन गर्ने बनाउन सक्छु। तर कल्पना गर कि मैले अरूलाई प्रेम गर्दिन। त्यसको कारणले, अरू केहि फरक पर्दैन। 3 फेरि पनि, कल्पना गर कि मैले आफ्नो स्वामित्वमा भएका सबै चीजहरू उपहार दिएँ {खाना चाहिने मानिसहरूलाई}, र मैले मेरो आफ्नै शरीरको रक्षा गरेन, जसले गर्दा मानिसहरूले मलाई सम्मान गर्नेछन्। तर कल्पना गर कि मैले अरूलाई प्रेम गरेन। {किनभने मैले अरूलाई प्रेम गरिन}, ती कुनै पनि कुराहरू जसले मलाई मद्दत गरें। 4 अरूलाई प्रेम गर्नेहरूले धैर्यपूर्वक पर्खन्छन् र दयालु व्यवहार गर्छन्। तिनीहरू चाहँदैनन् कि अरूले आफूसँग भएका राम्रा कुराहरू गुमाउन्। तिनीहरू आफ्नो बारेमा महान कुराहरू बोल्दैनन् वा तिनीहरू महान छन् जस्तो व्यवहार गर्दैनन्। 5 तिनीहरूले लाजमर्दो कामहरू गर्दैनन्। आफ्नो मात्रै वास्ता गर्दैनन् । उनीहरु छिट्टै रिसाउँदैनन् । तिनीहरूले अरूले के गल्ती गरेको हिसाब राख्दैनन्। 6 मानिसहरूले नराम्रो काम गर्दा तिनीहरू उत्सव मनाउँदैनन्। बरु, तिनीहरूले सत्यमा उत्सव मनाउँछन्। 7 तिनीहरूले सधैं {अरूहरूलाई} सहन्छन्। तिनीहरू सधैं विश्वास गर्छन् कि {परमेश्वरले जे गर्नुहुनेछ त्यो सबै भन्दा राम्रो गर्नुहुनेछ}, र तिनीहरू सधैं विश्वस्त हुन्छन् {परमेश्वरले उहाँले प्रतिज्ञा गर्नुभएको कुरा गर्नुहुनेछ}। तिनीहरू सधैं दृढ रहन्छन् {जब नराम्रो कुराहरू हुन्छन्}। 8 अरूलाई माया गर्नेहरूले त्यसो गर्न कहिल्यै छोड्दैनन्। यद्यपि, यदि कुनै दिन मानिसहरूले परमेश्वरले भन्नुभएको कुरा घोषणा गर्दैनन्। यदि कुनै दिन, मानिसहरूले अज्ञात भाषाहरू बोल्न छोड्नेछन्। यदि कुनै दिन, मानिसहरूले विशेष चीजहरू थाहा पाउने छैनन्। 9 {यी कुराहरू अब उप्रान्त हुनेछैन,} किनकि हामीले विशेष कुराहरू अपूर्ण रूपमा जान्‍दछौं, र परमेश्‍वरले अपूर्ण रूपमा भन्‍नुहुन्‍छ भनी हामी घोषणा गर्छौं। 10 त्यसोभए, जब हामीले पूरा के छ भन्ने अनुभव गर्छौं { जब येशू फर्कनुहुन्छ}, के अपूर्ण छ अब फरक पर्दैन। 11 {यहाँ एउटा समानता छ:} जब हामी सानै थियौं, हामी बालकहरूले कुरा गरेझैं कुरा गर्थ्यौं। बालकहरूले सोचेजस्तै सोच्थ्यौ। बालकहरूले निर्णय गरेझैं हामीले निर्णयहरू गर्थ्यौ। तर जब हामी हुर्क्यौं, हामीले बालकहरूले जस्तै व्यवहार गर्न छोड्यौं। 12 किनभने अहिले, हामी (परमेश्वरलाई) अप्रत्यक्ष देख्छौँ, मानौ हामीले ऐनामा प्रतिबिम्ब देख्यौँ। जब (येशू फर्कि आउनुहुन्छ), अनि (हामी परमेश्वरलाई देख्नेछौ) व्यक्तिगत रूपमा। अहिले, हामी (परमेश्वरलाई) अपूर्ण जान्दछौँ। जब (येशू फर्कि आउनुहुन्छ), अनि जति उहाँले हामीलाई जान्नुहुन्छ त्यति नै हामी उहाँलाई जान्नेछौँ। 13 अन्तमा, त्यहाँ तीनवटा चीजहरू छन् जुन हामी सधैं गरिरहनेछौं। हामी {मसीहमा} विश्वास गर्नेछौं, विश्वस्तताका साथ {परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ}, र {परमेश्वर र अन्य मानिसहरूलाई} प्रेम गर्नेछौं। यद्यपि, यी तीन कुराहरूमध्ये {परमेश्वर र अरूलाई} प्रेम गर्नु सबैभन्दा महत्त्वपूर्ण छ।

Chapter 14

1 तिमीहरूले सधैं अरूलाई प्रेम गर्न खोज्नुपर्छ। साथै, तिमीहरूले पवित्र आत्माले विशेष रूपमा तिमीहरूलाई शक्ति दिनुहुन्छ भनेर उत्सुकतापूर्वक खोज्नुपर्छ, विशेष गरी तिमीहरूले परमेश्वरले भन्नुभएको कुरा घोषणा गर्न सक्षम हुन सक्नुपर्छ। 2 {तिमीहरूले यो इच्छा गर्नुपर्छ} किनकि अन्य भाषाहरूमा बोल्ने मानिसहरूले अरू मानिसहरूसँग होइन, परमेश्वरसँग कुरा गरिरहेका छन्। किनभने तिनीहरूले के भनिरहेका छन्, कसैलाई थाहा छैन। बरु, पवित्र आत्माले तिनीहरूलाई शक्ति दिनुभएकोले तिनीहरू गुप्त कुराहरू भन्छन्। 3 अर्कोतर्फ, परमेश्‍वरले भन्‍नुभएका कुराहरू घोषणा गर्नेहरूले अरू मानिसहरूसँग कुरा गर्छन्। तिनीहरूले अन्य विश्वासीहरूलाई बलियो बन्न मद्दत गर्छन्, अन्य विश्वासीहरूलाई उचित तरिकामा कार्य गर्न आग्रह गर्छन्, र अन्य विश्वासीहरूलाई सान्त्वना दिन्छन्। 4 अन्य भाषाहरूमा बोल्ने मानिसहरूले आफूलाई बलियो बन्न मद्दत गर्छन्। अर्कोतर्फ, परमेश्वरले भन्नुभएको कुरा घोषणा गर्ने मानिसहरूले विश्वासीहरूको समूहलाई बलियो बन्न मद्दत गर्छन्। 5 म तिमीहरू सबैले अन्य भाषाहरूमा कुरा गर्न चाहन्छु। जे होस्, म अझ बढी चाहन्छु, यो हो कि तपाईंले परमेश्वरले भन्नुभएको कुरा घोषणा गर्न सक्नुहुन्छ। अन्य भाषाहरूमा कुरा गर्नु भन्दा परमेश्वरले के भन्नुहुन्छ भनेर घोषणा गर्नु महत्त्वपूर्ण र उपयोगी छ। निस्सन्देह, यदि कसैले {अन्य भाषाहरू } को व्याख्या गर्छ भने, यसले पनि विश्वासीहरूलाई बलियो बन्न मद्दत गर्न सक्छ।

6 यहाँ {मैले भन्न खोजेको छु} मेरा सँगी विश्वासीहरू: कल्पना गर कि म {, उदाहरणका लागि,} तिमीहरूलाई भेट्न गएँ, र मैले अज्ञात भाषाहरूमा कुरा गरें। मैले तिमीहरूलाई कत्ति पनि सहयोग गर्दिन। वास्तवमा तिमीहरूलाई मद्दत गर्नको लागि मैले भन्नुपर्छ कि मैले तिमीहरूलाई चीजहरू प्रकट गर्नु, तिमीहरूलाई चीजहरू जान्न मद्दत गर्नु, परमेश्वरले के भन्नुहुन्छ भनेर घोषणा गर्नु वा (तिमीहरूलाई) सिकाउनु आवश्यक छ। 7 जिउँदो वस्तु नभए तापनि हामीले आवाज निकाल्न प्रयोग गर्छौ {म के भन्दै छु भनेर बुझाउछ}। {जब कसैले बाँसुरी वा वीणा बजाउँछ, अनि यन्त्रले विभिन्न फरक आवाजहरू निकाल्नु पर्छ। नत्र, कसैले बाँसुरी वा वीणामा के बजाउँछ भनेर कसैले बुझ्दैन, {किनकि सबै आवाज एउटै हुन्थ्यो}। 8 यसबाहेक, मानौं कि तुरहीले अस्पष्ट आवाज निकाल्छ (जब कुनै व्यक्तिले अरूलाई चेतावनी दिन प्रयोग गर्यो)। शत्रुसँग लड्न तयार हुनु आवश्यक छ भनेर कसैलाई थाहा हुँदैन। 9 जब तिमीहरू कुरा गर्दा अरूले जानेका शब्दहरू प्रयोग गरेनौ भने, तिमीहरू {स्पष्ट आवाज ननिस्कने यन्त्र} जस्तै हुन्छौ । तिमीहरूले के भन्दै छौ कसैले बुझ्दैन, र तिमीहरू कसैसँग कुरा नगर्ने व्यक्ति जस्तै हुन्छौ । 10 यो साँचो जस्तो देखिन्छ कि भाषाहरूको धेरै विविधताहरू अवस्थित छन्। तिनीहरूमध्ये प्रत्येकले स्पष्ट रूपमा सञ्चार गर्दछ। 11 त्यसोभए, जब मैले {, उदाहरणका लागि} भाषाले कसरी सञ्चार गर्छ बुझ्दिनँ, म त्यो भाषा बोल्ने सबैका लागि अपरिचित छु, र तिनीहरू मेरो लागि अपरिचित हुन् । 12 त्यसोभए, यहाँ तिमीहरूले के गर्नुपर्छ: किनभने पवित्र आत्माले तिमीहरूलाई विशेष रूपमा शक्ति दिनुहुन्छ भन्ने तिमीहरू चाहन्छौ, (पवित्र आत्माले के गर्न तिमीहरूलाई शक्ति दिनुहुन्छ) यस समूहका विश्वासीहरूलाई बलिया बन्न मद्दत गर्नको लागि तिमीहरू धेरै धेरै चाहना गर।

13 यसकारण, अन्य भाषाहरूमा बोल्नेहरूले {तिनीहरूले के भनिरहेका छन् भनी} व्याख्या गर्न सक्षम बनाउनुपर्छ भनी परमेश्‍वरसँग बिन्ती गर्नुपर्छ। 14 जब म {, उदाहरणका लागि} अन्य भाषाहरूमा प्रार्थना गर्छु, म के भनिरहेका छु भनी सोच्दिनँ किनकि मेरो एउटा अंशले मात्र प्रार्थना गरिरहेको हुन्छ । 15 त्यसकारण, यहाँ छ {तिमी र मैले के गर्नुपर्छ}। हामीले केवल हाम्रा केही भागहरू मात्र होइन तर हामीले के भनिरहेका छौं भनेर सोचेर पनि प्रार्थना गर्नुपर्छ। हामीले {परमेश्वरको निम्ति} गाउनु पर्छ केवल हाम्रा केही भागहरू मात्र होइन तर हामी के गाउँदैछौं भनेर सोचेर पनि। 16 कल्पना गर कि {अन्य भाषाहरू} नबुझ्ने मानिसहरूले तिमीहरूलाई परमेश्वरको प्रशंसा गरेको सुन्छन् जब तिमीहरू आफ्नो केही अंशहरू प्रयोग गर्दै हुनुहुन्छ{, र तिमीहरूले के भनिरहेका छौ भन्ने बारे सोच्नुहुन्न। ती मानिसहरू सहभागी हुन सक्षम हुनेछैनन् जब तिमीहरूले परमेश्वरको प्रशंसा गर्छौ किनभने तिनीहरूले तिमीहरूले बोलेको {अन्य भाषा} बुझ्दैनन्। 17 यस अवस्थामा, तिमीहरूले उचित रूपमा परमेश्वरको प्रशंसा गर्छौ। यद्यपि, तिमीहरूले अरू मानिसहरूलाई बलियो बन्न मद्दत गर्दैनौ। 18 म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिमीहरू सबैले भन्दा धेरै अन्य भाषाहरूमा बोल्छु। 19 यद्यपि, जब म परमेश्वरको उपासना गर्न सँगी विश्वासीहरूसँग भेला हुन्छु, म केही पाँच शब्दहरू मात्र बोल्न चाहन्छु जुन मैले सोचेको छु। यसरी, म अरू विश्वासीहरूलाई सिकाउन सक्छु र { आफैलाई मात्र होइन}। अज्ञात भाषामा लाखौं शब्दहरू भन्नुभन्दा {त्यसो गर्नु मेरो लागि राम्रो हो}। 20 मेरा सँगी विश्वासीहरू हो, तिमीहरू साना केटाकेटीहरू जस्तै यी कुराहरूमा मूर्ख बनेको म चाहन्न। बरु, तपाईंले यी कुराहरूका बारेमा धेरै जान्नु पर्छ, जस्तै कि एक पूर्ण रूपमा बढेको वयस्कले गर्छ। तिमीहरूले गलत काम {मात्र} नगरेर साना बालकहरू {जस्तै} बन्नु पर्छ। 21 अगमवक्ता यशैयाले धर्मशास्‍त्रमा परमप्रभुले भन्‍नुभएको कुरा लेख्नुभयो,

     “त्यसपछि म मेरा मानिसहरू इस्राएलसँग विदेशी भाषा बोल्ने मानिसहरूद्वारा कुरा गर्नेछु।

     तर तिनीहरूले यसरी मेरो कुरा सुन्ने छैनन्। 22 त्यसकारण, अन्य भाषाहरूमा कुरा गर्नुको अर्थ हो कि परमेश्वरले मानिसहरूलाई न्याय गर्नुहुन्छ जसले {मसीहमा} विश्वास गर्दैनन्, न कि {मसीहमा विश्वास गर्ने मानिसहरूलाई। अर्कोतर्फ, परमेश्‍वरले के भन्‍नुहुन्‍छ भनी घोषणा गर्नुले {मसीहमा} विश्‍वास गर्ने मानिसहरूप्रति परमेश्‍वरले दयालु व्यवहार गर्नुहुन्छ भनी संकेत गर्छ, जबकि {मसीहमा} विश्‍वास नगर्नेहरूप्रति होइन। 23 त्यसोभए, कल्पना गर कि विश्‍वासीहरूको सम्पूर्ण समूह परमेश्‍वरको आराधना गर्न एकसाथ भेला भएका छन्, र तिमीहरू सबैले अन्य भाषाहरूमा कुरा गरेका छौ । अझ कल्पना गर कि {अन्य भाषाहरू} नबुझ्ने वा {मसीहमा} विश्वास नगर्ने मानिसहरू तिमीहरूको समूहमा आउँछन्। तिनीहरूले {अरूलाई} भन्नेछन् कि तिमीहरू पागल भएका छौ । 24 अर्कोतर्फ, कल्पना गर कि तिमीहरू सबैले परमेश्वरले भन्नुभएको कुरा घोषणा गर्यौ। अझ कल्पना गर कि {मसीहमा} विश्वास नगर्ने वा {अन्य भाषाहरू} नबुझ्ने कुनै पनि मानिसहरू तिमीहरूको समूहमा आउँछन्। तिमीहरूले भनेको सबै कुराहरूले {उनीहरूले के गलत गरेका छन्} तिनीहरूलाई देखाउनेछ र तिमीहरूले भनेको सबै कुराहरूको तिनीहरूले सामना गर्नेछन् । 25 {यस प्रकारले} यी {आगन्तुकहरूले} अरूबाट लुकाएका कुराहरू सबैले थाहा पाउनेछन्। जवाफमा, तिनीहरूले घुँडा टेक्नेछन् र परमेश्वरको आराधना गर्नेछन्। तिनीहरूले (अरूलाई) घोषणा गर्नेछन् कि परमेश्वर साँच्चै तिमीहरूसँग हुनुहुन्छ।

26 त्यसकारण मेरा सँगी विश्वासीहरू हो, मैले भन्न खोजेको यही हो। जब तिमीहरू एकसाथ भेला हुन्छौ {परमेश्वरको आराधना गर्न}, प्रत्येक विश्वासीसँग {केही काम छ}। कसैले गीत गाउँछन्, कसैले सिकाउँछन्, कसैले कुरा प्रकट गर्छन्, अरूले अज्ञात भाषामा बोल्छन्, अरूले अन्य भाषाको व्याख्या गर्छन्। अन्य विश्वासीहरूलाई बलियो बन्न मद्दत गर्न विश्वासीहरूले यी सबै कुराहरू गर्नुपर्छ। 27 जब विश्वासीहरूले अपरिचित भाषाहरूमा कुरा गर्छन्, केवल दुई वा तीन जनाले मात्र बोल्नुपर्छ। तिनीहरूले एक पछि अर्को कुरा गर्नुपर्छ, र कसैले व्याख्या गर्न आवश्यक छ {उनीहरूले के भन्दैछन्}। 28 अर्कोतर्फ, जब विश्‍वासीहरू परमेश्‍वरको आराधना गर्न भेला हुन्छन् र अपरिचित भाषालाई बुझाउन सक्ने व्यक्ति त्यहाँ हुँदैनन्, अज्ञात भाषाहरूमा कुरा गर्न सक्ने सबै चुपचाप बस्नु पर्छ । {चर्को स्वरमा कुरा गर्नुको सट्टा}, तिनीहरूले परमेश्वरसँग एकान्तमा {अन्य भाषाहरूमा } कुरा गर्नुपर्छ। 29 त्यसै गरी, परमेश्वरले के भन्नुहुन्छ भनेर घोषणा गर्ने दुई वा तीन जना मानिसहरूले बोल्नुपर्छ। अरू सबैले निर्णय गर्नुपर्छ कि {उनीहरूले के भन्छन्} सही वा गलत। 30 अब, जब परमेश्‍वरले सुनिरहेको मानिसलाई कुनै कुरा प्रकट गर्नुहुन्छ {विश्‍वासीहरू भेला हुँदा परमेश्‍वरले के भन्नुहुन्छ भनी घोषणा गर्नुहुन्छ}, बोलिरहेको व्यक्तिले बोल्न बन्द गर्नुपर्छ। 31 {तिमीहरूले त्यसो गर्नुपर्छ} ताकि सबैले एकपछि अर्को गर्दै परमेश्वरले भन्नुभएको कुरा घोषणा गर्ने मौका पाऊन्। यसरी, सबैले केहि सिक्छन्, र सबै बलियो हुन्छन्। 32 परमेश्‍वरले भन्‍नुभएका कुराहरू घोषणा गर्नेहरूले कसरी र कहिले घोषणा गर्ने भन्ने कुरालाई नियन्त्रण गर्छन्। 33 यो साँचो हो किनभने जे शान्तिपूर्ण र व्यवस्थित छ, अव्यवस्थित होइन, त्यसले परमेश्वरलाई चित्रण गर्छ। बरू {म चाहन्छु कि तिमीहरूले सबै {अन्य} मानिसहरू जस्तै व्यवहार गर जसलाई परमेश्‍वरले आफ्नो लागि अलग गर्नुभएको छ जब तिनीहरू परमेश्‍वरको आराधना गर्न भेला हुन्छन्। 34 विश्वासीहरू भेला हुँदा पत्नीहरू चुपचाप बस्नु पर्छ {र तिनीहरूका पतिहरू बोलिरहेका छन्}। किनकि तिनीहरूले बोल्नु हुँदैन बरु (आफ्नो पतिको) आदर र आज्ञापालन गर्नुपर्छ। {उनीहरूले यो गर्नुपर्छ} किनकि हामीले {परमेश्‍वरको} व्यवस्थामा यही पाउँछौँ। 35 अब, जब पत्नीहरूले {आफ्ना पतिले के भनेका छन् भन्ने बारे थप जान्न चाहन्छन्, तिनीहरूले आफ्नै घरमा आफ्ना पतिहरूलाई प्रश्नहरू सोध्नु पर्छ। {उनीहरूले यो गर्नुपर्छ} किनकि विश्वासीहरू भेला हुँदा कुरा गर्ने पत्नीहरू {र तिनीहरूका पतिहरूले बोल्छन्} आफैलाई र तिनीहरूको परिवारलाई लाजमा पार्छन्। 36 {मैले भनेको कुरा तिमीहरूलाई मन पर्दैन भने} याद गर्नुहोस् कि परमेश्‍वरले भन्‍नुभएको कुराको स्रोत तिमीहरू होइनौ, र तिमीहरू मात्र होइनौ जसले सुनेका छन् {र परमेश्‍वरले भन्‍नुभएको कुरामा विश्‍वास गर्नुभएको छ}। 37 आफूलाई परमेश्‍वरले भन्‍नुभएको कुरा घोषणा गर्ने वा पवित्र आत्माले विशेष अधिकार दिनुभएको हो भनी आफूलाई ठान्ने सबै मानिसहरूले मैले तिमीहरूलाई लेखेको कुरा प्रभु आफैंले चाहनुभएको हो भनी बुझ्नुपर्छ। 38 अर्कोतर्फ, तिमीहरूले कुनै पनि मानिसहरूलाई {अधिकृत रूपमा} चिन्नुपर्दैन जसले {मैले भनेको कुरा प्रभुलाई आवश्यक छ} भनेर चिन्दैनन्। 39 अन्तमा, मेरा सँगी विश्वासीहरू, उत्सुकतासाथ परमेश्वरले के भन्नुहुन्छ भनेर घोषणा गर्न खोज। यसबाहेक, मानिसहरूलाई अज्ञात भाषाहरू बोल्न निषेध नगर्नुहोस्। 40 अन्‍तमा, {जब तिमीहरू परमेश्‍वरको आराधना गर्न भेला हुन्छौ}, तिमीहरूले सधैं आदरणीय र व्यवस्थित तरिकाले काम गर्नुपर्छ।

Chapter 15

1 त्यसपछि, म तिमीहरूलाई सुसमाचारको बारेमा जानकारी दिन्छु, सँगी विश्वासीहरू, जुन मैले तिमीहरूलाई भनेको थिएँ। र तिमीहरूले यो सुसमाचार (मबाट) सिकेका छौ, र तिमीहरूले यसमा दृढ विश्वास गर्छौ। 2 यदि मैले तिमीहरूलाई प्रचार गरेको सन्देशलाई तिमीहरूले दृढतापूर्वक विश्वास गरिरहँदा, परमेश्वरले तिमीहरूलाई त्यो सन्देशद्वारा बचाउनु हुन्छ। अन्यथा, तिमीहरूले कुनै पनि कुरामा {सन्देश} विश्वास गर्थ्यौ । 3 यहाँ मैले तिमीहरूलाई भनेको पहिलो कुराहरू मध्ये एउटा हो, जुन मैले [परमप्रभुबाट] सिकें: मसीह हाम्रा पापहरू हटाउनको लागि {क्रूसमा} मर्नुभयो, जसरी पवित्र पुस्तकहरूका लेखकहरूले लेखेका थिए। 4 मानिसहरूले उहाँलाई गाडे, तर तेस्रो दिन {त्यसपछि}, परमेश्‍वरले उहाँलाई फेरि जीवित बनाउनुभयो, जसरी पवित्र पुस्तकहरूका लेखकहरूले लेखेका थिए। 5 उहाँ पत्रुसकहाँ देखा पर्नुभयो र त्यसपछि {येशूका बाँकी} १२ {नजिकका चेलाहरू} कहाँ देखा पर्नुभयो। 6 त्यसपछि, उहाँ एकैचोटि ५०० भन्दा बढी सँगी विश्वासीहरूकहाँ देखा पर्नुभयो । यिनीहरूमध्ये केहीको मृत्यु भइसकेको भए तापनि तिनीहरूमध्ये लगभग सबै जीवितै छन्। 7 त्यस पछि, उहाँ याकुबकहाँ र त्यसपछि उहाँलाई प्रतिनिधित्व गर्न पठाउनुभएको सबैकहाँ देखा पर्नुभयो। 8 अन्तमा, उहाँ तिनीहरू सबैकहाँ देखा परेपछि, उहाँ मकहाँ पनि देखा पर्नुभयो। त्यसोभए, {किनकि म एक भएँ जसलाई येशूले अरू सबै पछि उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो}, म एक बालक जस्तै छु जुन असामान्य तरिकामा जन्मिएको थियो। 9 वास्तवमा, म सबै अन्य व्यक्तिहरू भन्दा कम महत्त्वपूर्ण र आदरणीय छु जसलाई मसीहले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो। वास्तवमा, मैले मसीहमा विश्वास गर्नेहरूलाई नष्ट गर्न खोजेकोले, जब अरूले मलाई मसीहले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो भने म यसको योग्य छैन। 10 यद्यपि, परमेश्वरले मलाई कृपापूर्वक एक जना बनाउनुभयो जसलाई मसीहले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो। यसबाहेक, उहाँले मलाई जे दिनुभएको छ, त्यसको परिणाम ठूलो भयो। वास्तवमा, मैले अरू सबै भन्दा कडा परिश्रम गरें {जसलाई मसीहले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो}। निस्सन्देह, यो साँच्चै म थिइनँ {जसले धेरै मेहनत गरे}। बरु, यो परमेश्वरले दयालु रूपमा म मार्फत काम गर्नुभयो {जसले धेरै गर्नुभयो}। 11 अन्तमा, म र अन्य प्रेरितहरूले मैले वर्णन गरेको सुसमाचारको घोषणा गर्छौं, र तपाईंले यो सुसमाचारमा विश्वास गर्नुभयो। 12 किनभने सबै विश्वासीहरूले भन्छन् कि परमेश्वरले मसीहलाई फेरि जीवित पार्नुभयो, तिमीहरूको समूहमा कसैले पनि मरेका मानिसहरू फेरि जीवित हुनेछैनन् भनी दाबी गर्नु हुँदैन। 13 मानौं कि मरेका मानिसहरू फेरि जीवित हुनेछैनन्। {त्यस अवस्थामा,} परमेश्वरले मसीहलाई फेरि जीवित बनाउनुभएन। 14 मानौं कि परमेश्वरले मसीहलाई फेरि जीवित बनाउनुभएन। त्यस अवस्थामा, हामीले {सुसमाचार} घोषणा गरेको कुनै कारण थिएन र तपाईंले विश्वास गर्नुभएको व्यर्थ छ। 15 यसबाहेक, हामी परमेश्वरको बारेमा झूटो बोल्ने मानिसहरू हुनेछौं, किनभने हामीले परमेश्वरको अगाडि घोषणा गर्यौं कि उहाँले मसीहलाई फेरि जीवित बनाउनुभयो जब उहाँले वास्तवमा गर्नुभएन। यो सबै सत्य हुनेछ यदि परमेश्वरले मरेकाहरूलाई फेरि जीवित बनाउनुभएन। 16 परमेश्वरले मरेका मानिसहरूलाई फेरि जीवित बनाउनुहुन्‍न भनी सोच्‍दा यो सत्य हो भनी तिमीहरूले बताउन सक्छौ । {त्यस अवस्थामा,} परमेश्वरले मसीहलाई पनि फेरि जीवित बनाउनुभएन। 17 मानौं कि परमेश्वरले मसीहलाई फेरि जीवित बनाउनुभएन। {यस अवस्थामा,} तपाईंले कुनै कारणविना {सुसमाचार} विश्वास गर्नुभयो, र पापले तपाईंलाई नियन्त्रण गरिरहन्छ। 18 त्यस अवस्थामा फेरि, मरेका विश्वासीहरू फेरि कहिल्यै जीवित हुनेछैनन्। 19 मानिलिनुहोस् कि हामी मर्नु अघि मात्र मसीहले {हामीलाई मद्दत गर्नुहुनेछ} भन्ने विश्वासका साथ आशा गर्न सक्छौं। {यस अवस्थामा,} सबै मानिसहरूले अरू कसैको लागि भन्दा {उनीहरूले दुःखी महसुस गर्छन्} हाम्रो लागि बढी दु:खित हुनुपर्छ। 20 तर यहाँ सत्य के हो: परमेश्वरले मसीहलाई फेरि जीवित पार्नुभएको छ, र उहाँ मरेकाहरूमध्ये पहिलो हुनुहुन्छ (जसलाई परमेश्वरले फेरि जीवित पार्नुहुनेछ)। 21 {तपाईं भन्न सक्नुहुन्छ कि यो साँचो हो, } किनकि मानिसहरु एक जना मानिस {आदम} ले गरेको कामद्वारा मर्छन्। त्यसरी नै मरेका मानिसहरू फेरि जीवित हुनेछन्। 22 मेरो मतलब के हो भने, जसरी सबै मानिसहरू मर्छन् किनभने परमेश्वरले तिनीहरूलाई आदममा एकत्रित गर्नुभयो, त्यसरी नै सबै (विश्वासीहरू) फेरि जीवित हुनेछन् किनभने परमेश्वरले तिनीहरूलाई मसीहमा एकतामा बाँध्नुहुन्छ । 23 अब, सबै मानिसहरू {जो फेरि जीवित हुनेछन्} पालैपालो त्यसो गर्छन्: पहिले मसीह र त्यसपछि जो मसीहका हुन् जब उहाँ आउनुहुन्छ। 24 त्यसपछि, परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरू पर्खिरहेका छन्। त्यस समयमा, मसीहले सबैलाई राज्य गर्ने र शासन गर्ने र नियन्त्रण गर्ने सबै कुराबाट छुटकारा पाउनुहुनेछ। तब, उसले परमेश्वरलाई प्रस्तुत गर्नेछ, जो हाम्रा पिता हुनुहुन्छ, राज्यको साथमा {ताकि परमेश्वरले सबैमाथि शासन गर्नुहुन्छ}। 25 यहाँ छ कसरी काम गर्दछ: परमेश्वरले निर्णय गर्नुभएको छ कि मसीहले उहाँको विरोध गर्ने सबैलाई जित्न नसकेसम्म शासन गर्नेछ। 26 ख्रीष्टको विरोध गर्ने अन्तिम कुरा जुन उहाँले छुटकारा पाउनुहुनेछ त्यो हो कि मानिसहरू मर्छन्। 27 अब, दाऊदले लेखे, "उहाँले उहाँको विरोध गर्ने सबै कुरामाथि विजय गर्नुभयो।" निस्सन्देह, "सबै कुरा" मा परमेश्वरलाई समावेश गर्दैन, जसले "उहाँलाई सबै कुरामा विजयी तुल्याउनुभयो।" 28 त्यसोभए, उसले सबै कुरा जितिसकेपछि, परमेश्वरको पुत्रले उहाँलाई सबै कुरा जित्नुहुनेलाई समर्पण गर्नुहुनेछ। यसरी, परमेश्वरले सबै कुरालाई जित्नुहुनेछ र शासन गर्नुहुनेछ। 29 अब, मरेकाहरूलाई मद्दत गर्न अरूलाई बप्तिस्मा दिने मानिसहरूलाई विचार गर। यसबाहेक, फेरि मानौं कि परमेश्वरले मरेका मानिसहरूलाई फेरि जीवित बनाउनुहुन्न। {त्यस अवस्थामा,} मानिसहरूले मरेकाहरूलाई मद्दत गर्न अरूलाई बप्तिस्मा दिने कुनै कारण छैन। 30 अझ बढि, {यस अवस्थामा} हामीले {जसले सुसमाचार प्रचार गर्छ} निरन्तर आफैलाई खतरामा पार्ने कुनै कारण छैन। 31 वास्तवमा, म धेरै पटक मर्ने जोखिममा छु। म शपथ खान्छु {कि यो सत्य हो} कि म कसरी तिमीहरूको बारेमा घमण्ड गर्छु, सँगी विश्वासीहरू, जुन म गर्छु किनभने परमेश्वरले हामी सबैलाई मसीहमा एकताबद्ध गर्नुभएको छ, जो हाम्रा प्रभु येशू हुनुहुन्छ। 32 म एफिसस सहरको भ्रमण गर्दा मेरो विरोध गर्नेहरू विरुद्ध लड्दै गर्दा म केवल मानव चीजहरूको बारेमा सोचिरहेको छु भनेर मान्नुहोस्। {यस अवस्थामा, तिनीहरूका विरुद्ध सङ्घर्ष गरेर} मलाई कुनै फाइदा हुँदैन। फेरि मानौं कि परमेश्वरले मरेका मानिसहरूलाई फेरि जीवित बनाउनुहुन्न। {यस अवस्थामा,} हामीले {धेरै मानिसले जे भन्छन् त्यही गर्नुपर्छ}: {खाना}, र {दाखमद्य} पिउनुपर्छ, किनकि हामी चाँडै मर्नेछौँ। 33 गलत कुरामा विश्वास गर्नु हुँदैन। {यो लोकप्रिय भनाइ साँचो छ:} "दुष्ट साथीहरूले सामान्य रूपमा उचित काम गर्ने व्यक्तिलाई बहकाउँछन्।" 34 म चाहन्छु कि तिमीहरू सचेत र राम्रोसँग कार्य गर्न सुरु गर। तिमीहरूले जे गलत छ त्यो काम गरिरहनु हुँदैन। { म यी कुराहरू आज्ञा गर्छु } किनकि तिमीहरूको समूहका केही मानिसहरूले परमेश्वरलाई चिन्दैनन् । तिमीहरूलाई लज्जित बनाउनको लागी म यसो भन्छु। 35 अब एक व्यक्तिले मरिसकेका मानिसहरू कसरी फेरि जीवित हुन्छन् र तिनीहरूले कस्तो रूप लिनेछन् भनी सोध्न सक्छन्। 36 {यदि तिमीहरूलाई ती प्रश्नहरूको उत्तर थाहा छैन भने,} तिमीहरूले स्पष्ट रूपमा सोचेका छैनौ ! {यसको बारेमा सोच:} तिमीहरूले जमिनमा राखेको बीउ बढ्नु अघि नै मर्नुपर्छ। 37 तिमीहरूले जमिनमा राखेको बीउको {बारेमा कुरा गर्दा}, यो बोटको रूपमा होइन {भनी तिमीहरू जान्दछौ}। बरु, यो केवल बीउ हो। यो सत्य हो, चाहे गहुँ होस् वा अन्य बाली {को विषयमा हामी बोल्दछौं}। 38 साँच्चै, परमेश्‍वरले बीउहरूलाई उहाँले रोज्नुभएको रूपहरूमा बढाउनुहुन्छ, र हरेक किसिमको बीउको एउटा विशेष रूप हुन्छ {जहाँ यो बढ्छ }। 39 विभिन्न जीवित प्राणीहरूको भौतिक अंगहरू भिन्न हुन्छन्। उदाहरणका लागि, मानिस, स्तनपायी, चराचुरुङ्गी र माछा सबैका विभिन्न प्रकारका भौतिक अंगहरू हुन्छन्। 40 केही चीजहरू स्वर्गमा छन्, र अरू चीजहरू पृथ्वीमा छन्। स्वर्गमा भएका चीजहरूको रूपहरू एक तरिकामा महिमित छन्, जबकि पृथ्वीमा चीजहरूको रूप अर्को रूपमा महिमित छन्। 41 अझ, सूर्य, जून र ताराहरू विभिन्न तरिकाहरूले महिमित छन् । वास्तवमा, प्रत्येक तारा त्यसको आफ्नै विशेष तरिकामा महिमित हुन्छ। 42 मरेका मानिसहरू फेरि जीवित हुने {ती सबै कसरी लागु हुन्छ} तरिका यहाँ छ। मानिसहरूले कुहिएको शरीरलाई जमिनमा दफन गर्दछन्, तर परमेश्वरले यसलाई फेरि जीवित पार्नुहुन्छ ताकि त्यो कहिल्यै मर्न सक्दैन। 43 मानिसहरूले आदर नगर्ने शरीरलाई जमिनमा दफन गर्दछन्, तर सबैले आदर गरून् भनेर परमेश्वरले त्यसलाई फेरि जीवित पार्नुहुन्छ। मानिसहरूले दुर्बल शरीरलाई जमिनमा दफन गर्दछन्, तर परमेश्वरले यसलाई फेरि जीवित पार्नुहुन्छ ताकि त्यो बलियो हुन्छ। 44 मानिसहरूले यस संसारको शरीरलाई जमिनमा राख्छन्, तर परमेश्वरले यसलाई फेरि जीवित पार्नुहुन्छ ताकि यो संसारको हो कि परमेश्वरले नवीकरण गर्नुहुनेछ। जसरी केही शरीरहरू यस संसारका हुन्, त्यसरी नै केही शरीरहरू संसारका हुन् जसलाई परमेश्वरले नवीकरण गर्नुहुनेछ। 45 {तपाईंले यो सत्य हो भनी बताउन सक्नुहुन्छ} किनकि मोशाले लेखेका थिए, "परमेश्वरले पहिलो मानव आदमलाई यस संसारको जीवित प्राणीको रूपमा बनाउनुभयो।" अर्कोतर्फ, येशू, जो अर्को आदम जस्तै हुनुहुन्छ, अब संसारको हो कि परमेश्वरले नवीकरण गर्नुहुनेछ र अरूलाई जीवन दिनुहुनेछ। 46 अब {पहिलो आदमको शरीर जुन यस संसारको हो, पहिले अस्तित्वमा थियो, र त्यसपछि मात्र {अन्तिम आदमको शरीर} अस्तित्वमा छ जुन संसारको हो जुन परमेश्वरले नवीकरण गर्नुहुनेछ। 47 {आदम, जसले प्रतिनिधित्व गर्दछ} पहिलो {प्रकारको} मानव, पृथ्वीमा थिए। {वास्तवमा} परमेश्वरले उसलाई माटोबाट बनाउनुभयो। अर्कोतर्फ, दोस्रो {प्रकारको} मानवलाई प्रतिनिधित्व गर्ने येशू स्वर्गमा हुनुहुन्छ। 48 पृथ्वीमा भएका सबै मानिसहरू आदमजस्तै छन् । स्वर्गमा भएका सबै येशूजस्तै हुन्। 49 र हाम्रो शरीर अहिले {आदमको शरीर} जस्तै छ जुन यस संसारको हो। त्यसैगरी, हामीले यसरी जिउनु पर्छ कि हाम्रो शरीर अन्ततः {येशूको शरीर} जस्तै हुनेछ, जुन स्वर्गको हो जुन परमेश्वरले नवीकरण गर्नुहुनेछ। 50 यो सुन्नुहोस्, मेरा सँगी विश्वासीहरू: मानव शरीरहरू अहिलेको अस्थित्वमा परमेश्वरको राज्यमा भाग लिन सक्दैनन् जुन सधैंभरि रहन्छ, किनकि तिनीहरू अलग हुन्छन् र मर्छन्। 51 ध्यान देऊ ! म तिमीलाई एउटा कुरा बताउन गइरहेको छु जुन परमेश्वरले अहिले प्रकट गर्नुभएको छ। हामी सबै मर्ने छैनौं, तर परमेश्वरले हामी सबैलाई परिवर्तन गर्नुहुनेछ। 52 मानिसले आँखा झिम्क्याएझैँ एकै क्षणमा {उहाँले हामीलाई परिवर्तन गर्नुहुनेछ। {यो हुनेछ} जब {एक स्वर्गदूतले तुरही फुक्छ} जसले यो संसारको अन्त्य हुँदैछ भन्ने सङ्केत गर्छ। जब एक स्वर्गदूतले त्यो तुरही फुक्छ, परमेश्वरले मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ ताकि तिनीहरू कहिल्यै मर्न सक्दैनन्, र उहाँले बाँचेका सबैलाई परिवर्तन गर्नुहुनेछ। 53 त्यसोभए, जुन शरीरहरू टुक्रा-टुक्रा हुन्छन् र मर्छन् तिनीहरू शरीरमा रूपान्तरण गर्न आवश्यक छ जुन सधैंभरि रहन्छ र कहिल्यै मर्न सक्दैन । 54 जब हाम्रो शरिरहरू, जो नाश हुन्छन् र मर्छन्, अनन्तसम्म रहने शरिरमा परिवर्तन हुन्छन् र कहिले नमर्ने शरिरहरूमा रुपान्तरण हुन्छन्, त्यस समय अगमवक्ताहरूले जे लेखेका थिए ती आखिरमा हुनेछ: "परमेश्वरले यसलाई बनाउनुभएको छ ताकि मानिसहरू अब मर्दैनन्।"

     55 (अझै,) "जब मानिसहरू मर्छन्, यसले तिनीहरूलाई नाश गर्दैन वा चोट पार्दैन।" 56 मानिसहरू मर्छन् किनभने पापले तिनीहरूलाई मार्छ, र यो हुन्छ किनभने व्यवस्थाले पापको दण्डको रूपमा मर्नुलाई निर्दिष्ट गरेको छ। 57 यद्यपि, म परमेश्वरको प्रशंसा गर्छु किनभने उहाँले हामीलाई जित्न सक्षम बनाउनुभएको छ {हामी कसरी पाप गर्छौं र मर्छौं}। हाम्रा प्रभु येशू मसिहले गर्नुभएका कामहरूद्वारा उहाँले यो गर्नुभयो। 58 त्यसोभए, म प्रेम गर्ने सँगी विश्वासीहरू, दृढतापूर्वक विश्वास गर {तिमीहरूलाई थाहा भएको सत्य हो}। निरन्तर धेरै भन्दा धेरै प्रभुको सेवा गर। {तिमीहरूले यी कुराहरू गर्नुपर्छ} किनभने तिमीहरूलाई थाहा छ कि तिमीहरूले जे गर्छौ {परमप्रभुको सेवा गर्नको लागि} त्यसको परिणाम ठूलो हुनेछ, किनकि परमेश्वरले तिमीहरूलाई प्रभुमा एकताबद्ध गर्नुभएको छ।

Chapter 16

1 अब म मैले परमेश्वरका जनहरूका लागि सङ्कलन गरिरहेको पैसाको बारेमा कुरा गर्न अगाडि बढिरहेको छु। गलातिया क्षेत्रमा बसोबास गर्ने विश्वासीहरूको समूहलाई मैले जे निर्देशन दिए तिमीहरूले पनि गरेको म चाहन्छु। 2 प्रत्येक आइतवारको समयमा, तिमीहरू प्रत्येकले आफूले कमाएको केही रकमबाट केही पैसा निकालेर बचत गर्नुपर्छ। यसरी, म तिमीहरूलाई भेट्दा पैसा जम्मा गर्न आवश्यक पर्दैन। 3 आफ्नो समूहबाट केही विश्वासयोग्य व्यक्तिहरू छान्नुहोस्। जब म तिमीहरूलाई भेट्छु, म तिनीहरूलाई पैसा (जो तिमीहरूले जम्मा गरेका छौ) यरूशलेम सहरमा लग्न दिनेछु। साथै, म तिनीहरूलाई पत्रहरू दिनेछु (जसले भन्छ कि मैले तिनीहरूलाई अधिकार दिएको छु)। 4 तिमीहरू र म पनि यरूशलेम जाने निर्णय गर्न सक्छौं। त्यस अवस्थामा, मानिसहरू {जसलाई तिमीहरूले रोज्छौ} मसँग यात्रा गर्नेछन्। 5 अब म म्यासेडोनियाको क्षेत्रमा यात्रा गएपछि म तिमीहरूलाई भेट्न जाँदैछु, जुन बाटो म यात्रा गर्नेछु। 6 वास्तवमा, म तिमीहरुसँग केही समय बिताउन सक्छु, सायद पूरै जाडोभरी। यस तरिकाले, मैले जाने निर्णय गरेको अर्को ठाउँमा यात्रा गर्न तिमीहरूले मलाई मद्दत गर्न सक्छौ। 7 {मैले यी योजनाहरू बनाइरहेको छु} किनभने म तिमीहरूलाई अहिले छोटो समयको लागि भेट्नु भन्दा लामो समयसम्म तिमीहरूसँग बस्न चाहन्छु। म विश्वस्तताका साथ यो आशा गर्छु जबसम्म प्रभुले चाहनु भएको छ। 8 अहिलेको लागि, म पेन्तिकोसको चाडसम्म यहाँ एफिसस सहरमा बस्ने योजनामा छु। 9 म यहाँ छु किनकि परमेश्वरले मलाई प्रभावकारी र स्वतन्त्र रूपमा सुसमाचार घोषणा गर्न दिनुभएको छ। {अझै, मैले मेरो विरुद्धमा काम गर्ने ठूलो संख्यामा मानिसहरूको प्रतिरोध गर्न आवश्यक छ। 10 जब तिमोथी {तिमीहरूको सहरमा} आइपुग्छन्, उनी तिमीहरूसँग हुँदा सुरक्षित महसुस गर्छन् भनी सुनिश्चित गर। {तिमीहरू यो गर्नुपर्छ} किनकि म जस्तै उनले {सुसमाचार प्रचार गरेर} प्रभुको सेवा गर्छन् । 11 त्यसकारण, कसैले उसलाई अनादर नगर्नु । बरु, म कहाँ फर्कने यात्रामा उनलाई सहयोग गरेर मैत्रीपूर्ण तरिकाले व्यवहार गर्नुहोस्। {तिमीहरूले यो गर्नुपर्छ} किनकि म आशा गर्छु कि उनी अन्य विश्वासीहरूसँग (मलाई भेट्न यात्रा गरिरहेका) म कहाँ फर्केर आउनेछन्।

12 अब म हाम्रा सँगी विश्वासी अपोल्लोसको बारेमा कुरा गर्न अगाडि बढिरहेको छु। मैले उहाँलाई अन्य विश्वासीहरूसँग भेट्नको लागि दृढतापूर्वक आग्रह गरें। यद्यपि, उहाँले दृढतापूर्वक निर्णय गर्नुभयो कि यो तिमीहरूलाई भेट्नको लागि सही समय होइन। बरु, यो सही समय हो भनी सोच्दा उहाँ तिमीहरूलाई भेट्नुहुनेछ। 13 सावधान {के गलत छ}! दृढ विश्वास गर {सुसमाचार}! साहसी होऊ ! दृढ होऊ ! 14 जब तिमीहरू सोच्दछौ वा जे गर्दछौ, तिमीहरूले अरूलाई प्रेम गर्ने कुरामा ध्यान दिनुपर्छ। 15 तिमीहरूलाई थाहा छ कि स्टिफनसको घरमा बस्नेहरू अखैयाको इलाकामा सुसमाचारमा विश्वास गर्ने पहिलो मानिसहरू थिए। यसबाहेक, तिनीहरूले परमेश्‍वरका जनहरूको सेवा गर्न रोजेका छन्‌। म तिमीहरूलाई सोध्छु, मेरा सँगी विश्वासीहरू, 16 तिनीहरू र तिनीहरूजस्ता अरू मानिसहरूलाई आदर र आज्ञापालन गर्नको लागी। वास्तवमा, हामीसँग {सुसमाचार प्रचार गर्न} कडा परिश्रम गर्ने हरेक व्यक्तिलाई तिमीहरूले आदर र आज्ञापालन गर्नुपर्छ। 17 म खुसी छु कि स्टिफनस र फोर्टुनाटस र अखैयास यहाँ आइपुगेका छन्। {त्यो हो} किनभने तिनीहरूले तिमीहरू मसँग नभए तापनि तिमीहरू सबैसँग जोडिन मलाई अनुमति दिएका छन्। 18 किनकि तिनीहरूले मलाई र तिमीहरू दुवैलाई हौसला र उर्जा दिए। तसर्थ, तिमीहरूले तिनीहरूलाई र तिनीहरू जस्तै अरू मानिसहरूलाई सम्मान गर्नुपर्छ। 19 यहाँ एसिया क्षेत्रका विश्वासीहरूको समूहले तपाईंलाई नमस्कार भन्छन्। अक्विला र प्रिस्किला, जसलाई परमेश्वरले पनि प्रभुमा एकताबद्ध गर्नुभएको छ,तिमीहरूलाई मायालुपूर्वक अभिवादन पठाएका छन् । विश्वासीहरू जो तिनीहरूको घरमा भेला हुन्छन् (तिमीहरूलाई पनि अभिवादन पठाएका छन् )। 20 मसँग भएका सबै सह-विश्‍वासीहरूले तिमीहरूलाई अभिवादन भन्‍छन्। एक अर्कालाई प्रेमिलो अभिवादन गर ।

21 म, पावल, तिमीहरूलाई अभिवादन गर्दछु । यी अन्तिम शब्दहरू म आफै लेख्दैछु {मेरो लेखकले लेख्नुको सट्टा}। 22 परमप्रभुलाई प्रेम नगर्ने सबैलाई परमेश्‍वरले सराप दिऊन्। म प्रार्थना गर्दछु कि प्रभु चाँडै फर्कनुहोस्। 23 प्रभु येशूले तिमीहरूमाथि अनुग्रह गर्नुहुनेछ भनी म प्रार्थना गर्दछु। 24 म तिमीहरू सबैलाई प्रेम गरिरहन्छु, किनकि परमेश्‍वरले हामीलाई येशू मसीहसँग एकताबद्ध गर्नुभएको छ। यस्तै होस् !