१ थेसलोनिकी
Chapter 1
1 म पावलले यो पत्र लेख्दैछु, तिमोथी र सिलास पनि मसँगै छन् । थेसलोनिकीका शहरमा भएका विश्वासीहरूको समूहलाई हामीले यो पत्र पठाउँदछौँ, जोहरू हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टसँगै सहभागी भएका छन् । परमेश्वर तिमीसँग दयालु होऊन् र शान्ति देऊन् । 2 जब हामी हाम्रो प्रार्थनामा तिमीहरूलाई सहभागी गराउँदछौँ, तब हामी परमेश्वरलाई तिमीहरूका खातिर सधैँ धन्यवाद दिन्छौँ । 3 तिमीहरूले मानिसहरूलाई इमान्दारीताकासाथ सहयोग गर्दछौ, कारण तिमीहरूले उनीहरूलाई प्रेम गर्दछौँ र अनि उहाँमाथि भरोसा राख्दै परमेश्वरका निम्ति काम गर्दछौँ । त्यसैले हामी तिमीहरूलाई निरन्तर सम्झन्छौँ । मानिसहरूले तिमीहरूलाई दुःख-कष्ट भोग्न वाध्य तुल्याए तापनि यसलाई तिमीहरूले सहेका छौ । हाम्रा प्रभु येशू ख्रीष्ट चाँडै स्वर्गबाट फर्केर आउनुहुनेछ र छुटकारा दिनुहुनेछ भन्ने कुरामा निश्चयताका साथ आशा राखेको कारणले गर्दा यसलाई सहेका छौँ । 4 मेरा सङ्गी विश्वासीहरू, जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, उहाँका मानिसहरू हुनका लागि उहाँले चुन्नुभएको छ भन्ने कुरा हामीलाई थाहा छ, त्यसकारण हामी उहाँलाई धन्यवाद दिन्छौँ । 5 हामीले तिमीहरूलाई शुभखबर सुनाएको कारणले गर्दा नै उहाँले तिमीहरूलाई चुन्नुभएको हो भन्ने कुरा हामीलाई थाहा छ, र यो शब्दहरूमा भन्दा धेरै थियो । तिमीहरूमा उहाँले बडो निश्चयताका साथ दह्रिलो प्रकारले पवित्र आत्माले शक्तिशाली प्रकारले काम गर्दै हुनुहुन्छ भन्ने कुरा हामीलाई निश्चित गराउनुभयो । त्यसरी नै, तिमीहरूलाई सहायता गर्न सकौँ भनेर जब हामीहरू तिमीहरूसँग थियौँ, तब हामीले कसरी बोल्यौँ र हाम्रा व्यवहारहरू देखायौँ भन्ने कुरा तिमीहरूलाई थाहा नै छ । 6 ख्रीष्टमा तिमीहरूले विश्वास गरेको कारणले गर्दा मानिसहरूले तिमीहरूलाई खेदो र दुःख-कष्ट दिँदा पनि तिमीहरूले त्यसलाई सहेका छौ भन्ने कुरा हामीले अहिले सुनेका छौँ । जसरी प्रभु येशू ख्रीष्टले सहनुभयो, त्यसरी नै तिमीहरूले पनि सहेका छौ र जब मानिसहरूले हामीलाई पनि दुःख-कष्ट सहन वाध्य बनाए, तब हामीले पनि त्यसै गर्यौँ । तर त्यो समयमा पवित्र आत्माले तिमीहरूलाई धेरै आनन्दित बनाउनुभयो । 7 किनकि परमेश्वरका निम्ति तिमीहरूले दुःख-कष्ट सहेका छौ भन्ने कुरा अखैया र म्यासिडोनियाका इलाकाहरूमा बस्ने विश्वासीहरूले तिमीहरूले परमेश्वरमा पक्का भरोसा गरेका छौ भन्ने कुरा सुनेका छन् । त्यसकारण, तिमीहरूले जस्तै परमेश्वरमा तिनीहरूले पक्का भरोसा गर्नुपर्दछ भनी जानेका छन् । 8 प्रभु येशूबाटको सन्देश तिमीहरूले बोल्दछौ भन्ने कुरा अरू मानिसहरूले सुनेका छन् । अखैया र म्यासिडोनियाभरि बस्ने मानिसहरूलाई तिनीहरूले पनि शुभखबरलाई घोषणा गरे । त्यतिमात्र होइन, तिमीहरूले परमेश्वरमा गहिरो भरोसा राख्दछौ भन्ने कुरा टाढा-टाढाका मानिसहरूलाई समेत थाहा छ । त्यसकारण, परमेश्वरले तिमीहरूको जीवनमा के गर्नुभयो भन्ने कुरा मानिसहरूलाई बताइरहनु आवश्यक छैन । 9 तिमीहरूकहाँ हामी आउँदा कति जोखिमपूर्ण प्रकारले हामीहरूलाई तिमीहरूले स्वागत गरेका थियौ भन्ने कुरा टाढा बस्ने मानिसहरूले अरूहरूलाई बताइरहेका थिए । अहिले तिनीहरूले यो पनि बताए कि तिनीहरूले झूट्टा ईश्वरहरूको आराधना गर्न छाडेर जो सत्य हुनुहुन्छ र परमेश्वर जसले हरेक थोक गर्नुहुन्छ, अहिले उहाँलाई मात्र आराधना गर्दछौ भन्ने कुराको जानकारी पनि दिए । त्यो उहाँमा भएकोले गर्दा तिमीहरू विश्वासी हुन सक्यौ । 10 उहाँका पुत्र स्वर्गबाट यस पृथ्वीमा फर्केर आउनुहुनेछ भन्ने कुरामा आशाका साथ बसेका छौ भन्ने बारेमा तिनीहरूले हामीलाई बताएका छन् । परमेश्वरले मृत्युपछि फेरी उहाँलाई जीवित पार्नुभयो भन्ने कुरा पक्कासँग विश्वास गरेकाछौ, सारा संसारमा भएका सबै मानिसहरूलाई उहाँले इन्साफ गर्नुहुँदा उहाँमाथि पक्का भरोसा राख्नेहरू सबैलाई बचाउनुहुनेछ भन्ने कुरामा पनि विश्वास गर्दछौ ।
Chapter 2
1 मेरा संगी विश्वासीहरु, तिमीहरुसंग हाम्रो समय अतिनै महत्वपूर्णसंग वितेको तिमीहरुलाई थाहानै छ । 2 जसरी तिमीहरुलाई थाहा छ, परमेश्वरले हामीलाई उत्साहपूर्ण हुन भन्नुभयो यधपी पहिले फिलिप्पी शहरका मानिसहरुले हामीलाई होच्याएर गलत व्यवहार गरे । त्यसको परिणाम, केहि मानिसहरुले तिम्रो शहरमा हामीलाई विरोध गरेतापनि परमेश्वरले हामीलाई पठाएबमोजिम हामीले तिमीहरुलाई सु-समाचार सुनायोँ । 3 जव हामी तिमीहरुलाई परमेश्वरको वचन पालन गर्न उत्त्साहित गरयोँ त्यसबेला हामीले तिमीहरुसँग कुनैझुट्ठा कुरा बोलेनौं । र अनैतिक अर्थमा अफ्नोलागी हामीलाई कुनै कुरा चाहिँदैन । हामी तिमीहरु वा अरुकसैलाई पनि धोखा दिन कोशिस गर्दैनौ । 4 त्यसको विपरित, परमेश्वरले तिमीहरुलाई सु-समाचार सुनाउन हामीलाई विश्वासयोग्य सम्झिनुभयो, कारण यस कामको लागि परमेश्वरले हामीलाई जाचेँर ठिक ब्यक्ति ठहराउनुभयो ; जसरी हामी मानिसहरुले सिकाउँदा, तिनीहरुले के सुन्न मन पराउँछन् त्यो हामीले भनेनौ ; तर त्यसको साटो, जे परमेश्वरले भन्न चाहनुहुन्छ त्यो मात्र भन्यो कारण जे हामी सोच्दछौँ उहाँ त्यसको न्याय गर्नुहुन्छ । 5 तिमीहरुबाट कुनै कुरा प्राप्त गर्नको लागि हामीले तिमीहरुको कहिल्यै प्रशंसा गरेनौ सो तिमीहरु जान्दछौ । र परमेश्वरलाई यो साँचो कुरा थाहा छ कि हामीले कुनै कुरा पनि हामीलाई दिन को लागी कहिल्यै तिमीहरुलाई विश्वस्त पारेनौ । 6 न त कहील्यै तिमीहरुलाई आकर्षित गर्न र प्रशंसा प्राप्त गर्न कोशिस गरयो हुनत ख्रिस्ट येशुले तिमीहरुकोमा पठाउनु भएकोले हामीले तिमीहरुसंग माग्न सक्थ्यौँ । 7 हामी तिमीहरुको माझमा हुँदा, हामी धेरै कोमल भयों जसरी एक आमाले उनको सन्तानलाई कोमलताका साथ हेरविचार गर्छिन । 8 त्यसकारण परमेश्वरले दिनुभएको शन्देस व्यक्तिगत प्रकारले भन्न हामी आनन्दित थियों त्यसै कारण हामी तिमीहरुलाई प्रेम गर्दछौं । तर पनि, जसरी हामी तिमीहरुलाई धेरै प्रेम गर्न शुरु गरेयौँ त्यसकोलागी सव थोक जे गर्न सक्यों त्यसमा हामी सार्है् आनन्दित भयौं । 9 मेरा संगी विश्वासीहरू, दिन र रात हामीले कडा परिश्रम गरेको कुरा तिमीहरुले सम्झना गर । हामीलाई जे खाँचो परेको थियो सो कुरा माग्न नपरोस भनेर यसरी रुपियाँ पैसा कमायौं, यि सबै त्यसबेला गर्यौं जुनबेला हामी तिमीहरुको विचमा परमेश्वरको बारेमा सु –समाचार प्रचार गर्दैथियों । 10 हामी तिमी विश्वासीहरूको विचमा एकदम ठिक र राम्रो प्रकारले बस्यौँ- यसप्रकार ताकि कसैले पनि आलोचना गर्न नासकेकोहोस सो तिमीहरु र परमेश्वर दुबैलाई थाहा छ । 11 जसरी एउटा बुवा आफ्नो नानीहरुलाई प्रेमिलो व्यवहार गर्दछन् त्यसरीनै हामी प्रत्येक तिमीहरुसँग व्यवहार गर्यौं । 12 परमेश्वरको जनहरु जस्तै जिउनकोलागि हामीले निरन्तर रुपमा तिमीहरुलाई प्रोत्साहान र उत्साह दिरह्योँ किनकि उँहा आफै अचम्मको शक्तिशाली राजाको रुपमा देखाई तिमीहरुलाई उहाँकै मानिसहरु हुनलाई बोलाउनुभएको छ । 13 यसकारणले परमेश्वरलाई धन्यवाद दिन्छौ, कारण जुन शुभ संदेश हामी परमेश्वरबाट पाएर तिमीहरुलाई भन्यों त्यो सुनेर साँचो संदेश को रुपमा ग्रहँण गर्यौं । हामीले यी कुराहरु आफैले आविस्कार गरेका होइनौं । यो शन्देशमा विश्वास गरेको कारणले उंहाले तिमीहरुको जीवन परिवर्तन गर्दैहुनुहुन्छ, यसको लागी पनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौं । 14 यी कुराहरुमा हामी निश्चिन्त छौँ किन की तिमीहरु यहुदीयाका बिश्वासिहरुको समुहले जस्तै व्यवहार गरयो । जसरी ख्रिस्टको कारण तिमीहरुका प्रान्तका मानिसहरुले गरेको गलत व्यवहार सहे, त्यसरी नै तिमीहरु आफ्नै प्रान्तका मानिस हरुले गरेको गलत व्यवहार सहयो र जसरी तिनीहरुले पनि ख्रिस्टमा सहभागी भए । 15 ति यहुदीहरुले प्रभु येशू र अगमवक्ता हरुलाई मारेका थिए । केही अविश्वासी यहुदीले हामीलाई धेरै नगरहरु छोड्न बाध्य गरे । तिनीहरु वास्तवमा परमेश्वरलाई क्रोधित तुल्याउछन र मानवहित को विरुद्धमा काम गर्छन । 16 उदाहरण को लागि, अविश्वासी यहुदी हरुलाई सु-समाचार सुनाउन बाट हामीहरुलाई रोक्न कोशिस गरे ; तिनीहरु परमेश्वरले बचाउनुभएको होस् भनि चाहदैनन् । अन्त्यमा उहाँले दण्ड दिनुभन्दा पहिले तिनीहरु सक्दो जति पाप गरे । 17 मेरा संगी विश्वासीहरु, थोरै समयको लागी तिमीहरुबाट टाढा हुँदा हामीले त्यस्तो अनुभव गरयों जस्तो आमा बुवाले आफ्नो बालबच्चा गुमाएका छन् । तिमीहरुसंग रहिरहन भन्ने हाम्रो गहिरो इच्छा छ । 18 वास्तवमा, म पावल, दुइ पल्ट तिमीहरुलाई भेट्न कोशिस गरे तर प्रत्येक समय शैतानले हामीलाई फर्किन बाधा दियो । 19 वास्तवमा, यो तिमीहरुको कारणले परमेश्वरको काम राम्रो होस् भनि हामी आशा गर्छौ ; यो तिमीहरुको कारणले खुशी तुल्याउँछ ; तिमीहरुको कारणले हामी परमेश्वरको शेवामा सफलता पाउने छौं । तिमीहरुको साथै अरुहरुको कारणले जब प्रभु येशु यस पृथ्वीमा आउनुहुनेछ र उहाले हामीलाई इनाम दिनुहुनेछ । 20 वास्तवमा, तिमीहरुको कारणले अहिले हामी खुशी र आनन्दित छौं ।
Chapter 3
1 त्यसैको परिणाम स्वरूप, जब तिमीहरूको बारेमा मैले सहन सकिन, सिलास र म एथेन्स सहरमा नै बस्ने भनी हामीले निर्यण गर्यौ । 2 अनि हामीले तिमोथीलाई तिमीहरूकहाँ पठायौं । तिमीहरूलाई थाहा नै छ कि उनी हाम्रा नजिकका संगी मित्र हुन् र ख्रीष्टको बिषयमा परमेश्वरको निम्ति सु-सन्देश घोषणा गर्ने काम पनि गर्दछन् । ख्रीष्टमा बलियोसँग विश्वास गर्न निरन्तर तिनले तिमीहरूलाई आग्रह गरून् भनी सिलास र मैले तिनलाई पठायौं । 3 यी कष्ट भोगिरहेका कारणले गर्दा ख्रीष्टदेखि पछि हट्ने कुरा तिमीहरूमध्ये कसैले पनि सोचेको हामी चाहदैनौं । तिमीहरूलाई राम्री थाहा छ कि ख्रीष्टको कारणले गर्दा अरूहरूले हामीलाई दूर्व्यवहार गर्नेछन् भन्ने कुरा परमेश्वरलाई थाहा थियो । 4 जब हामी तिमीहरूसँग थियौ, अरूहरूले हामीलाई दूर्व्यवहार गर्नेछन् भनेर हामीले भनिरहेकै थियौ र सो भयो भनी याद गर । 5 यसैकारण, मैले तिमोथीलाई तिमीहरूकहाँ पठाएँ : किनभने तिमीहरू ख्रीष्टमा साँचै विश्वास गर्दैछौं कि गर्दैनौ भनी मैले जान्न चाहें । म त्यो शैतानदेखि डराएँ जसले हामीलाई परीक्षा गर्दछ, जसले ख्रीष्टमा तिमीहरूलाई विश्वास गर्नदेखि रोकेको थियो । हामीले तिमीहरूसित गरेका हरेक कुरा व्यर्थ हुन्थियो कि भनेर म डराएँ । 6 तर अहिले तिमोथी तिमीहरूसँग बसेर सिलास र मकहाँ आएका छन्, र ख्रीष्टमा तिमीहरू अझै पनि विश्वास गर्दछौ र तिमीहरू उहाँलाई प्रेम गर्दछौ भनेर तिनले हामीलाई शुभ खबर भनेका छन् । तिमीहरूले संधै हामीलाई खुशीसाथ सम्झना गर्दछौ र तिमीहरूकहाँ हामी आएको पनि धेरै इच्छा गर्दछौ, जसरी हामी पनि तिमीहरूकहाँ आउने चाहना गर्दछौ सो तिनले हामीलाई भनेका पनि थिए । 7 मेरा संगी विश्वासीहरू हो, जेसुकै मानिसहरूले हामीलाई यहाँ गरिरहेका छन्, तथापि हामी कष्ट भोग्दैछौ, किनभने तिमोथीले हामीलाई भने कि तिमीहरू ख्रीष्टमा अझै पनि विश्वास गर्दछौ अनि हामी खुशी भएका छौ । 8 अब यस्तो हो कि, यदि हामी नयाँ प्रकारले जिउँछौ भने तिमीहरू प्रभुमा धेरै विश्वास गरिरहेका छौ । 9 जे उहाँले हाम्रा निम्ति गर्नुभएको छ, हामी यी सबै कुराका निम्ति परमेश्वरलाई प्रयाप्त धन्यवाद दिन सक्दैनौ ! जब हामी हाम्रा परमेश्वरलाई प्रार्थना गर्दछौ, हामी अति नै तिमीहरूप्रति आनन्दित हुन्छौ ! 10 हामी निरन्तर र जोडका साथ परमेश्वरमा विन्ती गर्दछौ कि हामी तिमीहरूलाई भेट् गर्न सक्षम हुनेछौ अनि ख्रीष्टमा अझ दरिलो भएर तिमीहरू विश्वास गर् भनी हामी सहयोग गर्न सक्षम हुनेछौ ! 11 परमेश्वर, हाम्रा पिता, र प्रभुलाई हामी प्रार्थना गर्दछौ कि तिमीहरूकहाँ फर्किआउन हामीलाई सक्षम तुल्याउनु हुनेछ । 12 हामीले तिमीहरूलाई निरन्तर धेरै प्रेम गरिरहेझैँ, तिमीहरूले पनि एक आपसप्रति प्रेम गर्न र अरू मानिसहरूलाई पनि त्यसरी नै प्रेम गर्न सक भनी हामी तिमीहरूका लागि प्रार्थना गर्दछौ । 13 उहाँलाई अति धेरै खुशी तुल्याउन चाहना गर्ने हाम्रा प्रभु येशूले तिमीहरूलाई बनाउनुहुनेछ भनी हामी प्रार्थना गर्दछौ । हाम्रा पिता परमेश्वरले उहाँजस्तै हुन् तिमीहरूलाई सक्षम तुल्याउनु हुनेछ र कसैले आलोचना गर्नसक्ने छैनन् भनेर हामी प्रार्थना गर्छौ । हामी यो पनि प्रार्थना गर्दछौ जब येशू पृथ्वीमा फर्किआउनुहुनेछ र जोहरू उहाँका हुँन्, तिनीहरू उहाँसँगै आउनेछन्, उहाँ तिमीहरूसँगै हुनुहुनेछ, उहाँ तिमीहरूसँग खुशी हुनुहुनेछ ।
Chapter 4
1 अब मेरो सङ्गी विश्वासीहरू, म केही अरू विषयको बारेमा लेख्न चाहन्छु । 2 म तिमीहरूलाई आग्रह गर्दछु, र जब म तिमीहरूलाई आग्रह गर्दछु यो प्रभु येशू ख्रीष्ट आफैले तिमीहरूलाई आग्रह गरेझैँ परमेश्वरलाई खुसी पार्ने प्रकारले तिम्रा जीवन जिओ । जे प्रभु येशूले हामीलाई भन्न सिकाउनुभयो, त्यही हामीले तिमीहरूलाई भन्न सिकायौँ । तिमीहरूले तिम्रो जीवन त्यही प्रकारले जिइरहेका छौ भन्ने हामीलाई थाहा छ तर तिमीहरूल यो भन्दा बढ्ता गर भन्ने हामी जोडदार आग्रह (अनुरोध) गर्दछौँ । 3 परमेश्वरले तिमीलाई पाप नगरेको पूर्णरूपले उहाँको भएझैँ देखिने जीवन जीएको चाहनुहुन्छ । उहाँले तिमीहरूलाई कुनै यौन अनैतिक कार्य नगरेको चाहनुहुन्छ । 4 त्यो उहाँले तिमीहरु हरेकलाई तिम्रो पत्नीसँग कसरी जिउने, उनलाई सम्मान गर्ने र उनको विरुद्ध पाप नगर भन्ने जानेको चाहनुहुन्छ । 5 तिमीले उनलाई तिम्रो शारीरिक अभिलाषा सन्तुष्टिको निम्ति प्रयोग नगर (जसरी गैर यहूदीहरूले गर्दछन् किनभने तिनीहरूले परमेश्वरलाई चिनेकाछैनन्) । 6 परमेश्वरले तिमीहरू हरेकलाई यौन इच्छा नियन्त्र गरेको चाहनुहुन्छ ताकि तिमीहरू कोही पनि तिम्रो सङ्गी विश्वासी विरुद्ध पाप नगर र त्यही प्रकारले गर्दै यसको फाइदा नलेओ । सम्झना गर कि, हामीले पहिल्यै तिमीहरूलाई जोडदार चेताउनी दिएका थियौँ- जुन मानिसले यौन अनैतिक कार्य गरेका छन्, त्यसलाई प्रभु येशूले दण्ड दिनुहुनेछ । 7 जब परमेश्वरले हामीलाई विश्वासीहरू हुनलाई चुन्नुभयो, उहाँले हामीलाई यौन अनैतिक व्यवहार गर्ने मानिस भएको चाहनुहुन्न । यसको विपरीत उहाँले पाप नगर्ने मानिस भएको चाहनुहुन्छ । 8 यसैले म तिमीलाई चेताउनी दिन्छु जसले यो मेरो शिक्षालाई बेवास्ता गर्छ, त्यसले न केवल मलाई मानिसको रूपमा बेवास्ता गर्छ तर यसको विपरीत तिनीहरूले परमेश्वरको बेवास्ता गर्दछन् किनभने यसलाई परमेश्वरले आज्ञा गर्नुभएको थियो । सम्झाना गर परमेश्वरले आफ्नो आत्मा पाप नगर्नेहरूको लागि र तिनीहरुमा बस्नको लागि पठाउनु भयो । 9 म फेरि तिमीहरूलाई अनुरोध गर्न चाहन्छु कि, तिमीहरूले सङ्गी विश्वासीहरूलाई प्रेम गर । यसको विषयमा तिमीहरू कसैलाई साँच्चिकै लेख्न आवश्यक छैन किनभने परमेश्वरले पहिल्यै तिमीहरूलाई कसरी एक अर्कामा प्रेम गर्ने सिकाइसक्नुभएको छ । 10 र किनभने तिमीहरूले पहिल्यै देखि नै माकेडोनिया प्रान्तमा भएका अरू ठाउँहरुमा बस्ने सङ्गी विश्वासीहरूलाई प्रेम देखाईरहेकाछौ । तापनि, मेरो सङ्गी विश्वासीहरू, हामी अनुरोध गर्दछौँ कि, तिमीहरूले एक अर्कालाई प्रेममा धेरै धेरै प्रेम गर । हामी तिमीहरूलाई यो पनि अनुरोध गर्दछौँ, तिमीहरू आफ्नो कामहरूमा कडा परिश्रम गर र अरूको कार्यमा हस्तक्षेप नगर । 11 हामी यो पनि आग्रह गर्दछौँ, तिमीलाई जिउन जे आवश्यक्ता पर्छ, त्यसको निम्ति आफ्नै पेशा गर । सम्झना गर, हामीले पहिल्यै तिमीहरूलाई त्यसरी जिउनका लागि सिकाइसकेका छौँ । 12 यदि तिमीहरूले यी सबै कुराहरू गर्छौ भने विश्वास नगर्नेहरूले तिमीले गरेका सुहाउँदो बानी व्यवहारलाई चिन्नेछन् र तिमीलाई जे आवश्यक छ, त्यो पूरा गर्न अरूहरूमाथि भर पर्नुपर्ने छैन । 13 मेरा सङ्गी विश्वासीहरू, हामी तिमीहरूलाई यो पनि बुझेका चाहन्छौँ कि, हाम्रा सङ्गी विश्वासीहरु जो अहिले मरिसकेका छन् तिनीहरुलाई के हुने छ । तिमीहरू विश्वास नगर्नेहरूजस्ता नहोओ । तिनीहरू जो मरेका मानिसहरूप्रति अति दुःखित हुन्छन् किनभने तिनीहरूमा मरेपछि फेरि जिउने आशा हुँदैन । 14 हामी विश्वास गर्नेहरू जान्दछौ कि, येशू मर्नुभयो र उहाँ फेरि जीवित हुनुभयो । यसैले हामी पनि असल प्रकारले जान्दछौँ कि, जो जसले येशूमा विश्वास गरेका छन्, त्यसलाई परमेश्वरले फेरि जीवित पार्नुहुन्छ र उहाँले तिनीहरूलाई येशूसँगै जीवनमा ल्याउनुहुनेछ । 15 म यो लेख्छु किनभने प्रभु येशूले जे मलाई प्रकट गर्नुभयो, त्यही मैले तिमीहरूलाई भन्दैछु । तिमीहरूमध्ये कसै कसैले सोचेका छौ कि, जब प्रभु येशू फेरि आउनु हुनेछ, तब हामी विश्वासीहरू जो अझै जीवित छन्, तिनीहरूले मरेकाहरूभन्दा पहिले येशूलाई भेट्नेछन् । त्यो निश्चय नै सत्य होइन । 16 म यो लेख्छु, किनभने प्रभु येशू स्वय् जो स्वर्गबाट ओर्लिनुहुनेछ । जब उहाँ तल आउनुहुन्छ, उहाँले हामीहरू सबै विश्वास गर्नेहरूलाई उठाउनको लागि आज्ञा गर्नुहुन्छ । तब मुख्य स्वर्गदूत ठूलो आवाजले कराउनेछ र अर्को स्वर्गदूतले परमेश्वरको लागि तुरही फुक्नेछ । त्यसपछि पहिलो कुरा जुन मानिसहरू ख्रीष्टमा सहभागी भएका छन् फेरि जीवित हुनेछन् । 17 त्यसपछि, परमेश्वरले हामी जो पृथ्वीमा अझै जीवित विश्वासीहरूलाई बादलमा लानुहुनेछ । उहाँले तिनी अरु विश्वासीहरू जो मरेका छन् तिनीहरुलाई लैजानुहुनेछ ताकि हामीहरु सबै सँगै प्रभु येशूसँग आकाशमा भेट्न सकौ । यसको परिणाम स्वरूप, हामी सबै सदासर्वदाको निम्ति उहाँ सँगै रहनेछौ । 18 किनभने यो सबै सत्य छ, यो शिक्षा एक-अर्कालाई बताएर उत्साह देओ ।
Chapter 5
1 मेरा सङ्गी विश्वासीहरू हो, म तिमीहरूलाई प्रभु येशू कहिले फर्की आउनुहुनेछ भन्ने बारेमा अझै बताउन चाहन्छु । वास्तवमा मैले तिमीहरूलाई यो कुरा लेख्न खाँचो थिएन, 2 किनभने तिमीहरूलाई पहिले नै यसबारेमा ठीकसँग थाहा छ ! प्रभु येशू नसोचेको बेलामा आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहै छ । चोर रातमा कुन समयमा आउनेछ भनी थाहा नभएझैँ, उहाँ कुन बेला आउनुहुनेछ भनी मानिसहरूलाई थाहा हुँदैन । 3 भविष्यमा कुनै समय धरै मानिसहरूले भन्नेछन्, “अहिले सबै कुरा शान्त छ र हामीहरू सुरक्षित छौँ!” अनि अचानक परमेश्वर तिनीहरूलाई कठोर दण्ड दिन आउनुहुनेछ ! जसरी प्रसववेदना भोगिरहेकी स्त्रीले तिनको दुःखलाई रोक्न सक्दिनन्, त्यसरी नै त्यतबेला ती मानिसहरू परमेश्वरबाट उम्कन सक्दैनन् । 4 तर मेरा विश्वासी भाइहरू हो, तिमीहरू अन्धकारमा बस्ने ती मानिसहरूजस्ता होइनौ किनभने तिमीहरूलाई परमेश्वरको सत्यताबारे थाहा छ । तसर्थ, येशू आउनुहुँदा तिमीहरू उहाँका निम्ति तयार भइसकेका हुनेछौ । 5 तिमीहरू त दिनको ज्योतिको मानिसहरू हौ तर रातको अन्धकारका होइनौ । 6 त्यसैले हामी विश्वासीहरूलाई के भइरहेको छ, त्यसप्रति तिमीहरू सचेत हुनुपर्छ । हामीले आफूलाई नियन्त्रण गरी येशूको आगमनका निम्ति तयार हुनैपर्छ । 7 मानिसहरू रातमा सुत्ने गर्छन् र त्यतिबेला के भइरहेको छ, तिनीहरूलाई थाहा हुदैन, र रातको समयमा नै मानिसहरू जाँड-रक्सीले मात्तिने गर्छन् । 8 तर हामी विश्वासीहरूचाहिँ दिनको भएका हुनाले आफूले आफैलाई नियन्त्रण गरौँ । हामी सिपाहीहरूझैँ बनौँ : तिनीहरूले छातीपाताद्वारा आफ्नो छातीलाई सुरक्षा गरेझैँ, ख्रीष्टमा भरोसा राखी उहाँलाई प्रेम गरेर हामी आफूलाई सुरक्षित राखौँ । तिनीहरूले टोप लगाएर आफ्नो शिरलाई सुरक्षा गरेझैँ ख्रीष्टले हामीलाई दुष्टबाट पूर्णरूपमा छुटकारा दिनुहुनेछ भन्ने आशामा आफूलाई सुरक्षित राखौँ । 9 परमेश्वरले हामीलाई सुरुमा चुन्नुहुँदा, दण्ड दिने योजना बनाउनुभएको थिएन । तर त्यसको विपरीत उहाँले हामीलाई बचाउने निर्णय गर्नुभयो किनभने प्रभु येशू ख्रीष्टले हाम्रो लागि गर्नुभएको कामहरूमाथि हामीले विश्वास गरेका छौँ । 10 येशू यस पृथ्वीमा आउनुहुँदा हामी जीवित भए पनि अथवा मरेको भए पनि हामी उहाँसँगै वास गरौँ भन्ने हेतुले उहाँ हाम्रो पापको प्रायश्चित गर्न मर्नुभयो । 11 यो कुरा साँचो हो भनी तिमीहरूलाई थाहा भइसकेकोले अहिले गरेझैँ एकले अर्कालाई निरन्तर उत्साह दिने गर । 12 मेरा विश्वासी भाइ हो, तिमीहरूका लागि कडा परिश्रम गर्ने व्यक्तिहरूलाई अगुवाको रूपमा स्वीकार गर । यसको मतलब के हो भने गलत काम गर्न नदिन तिमीहरूलाई चेताउनी दिँदै येशू प्रभुमा विश्वासी भाइलाई झैँ उहाँतिर डोर्याउने मानिसहरूलाई तिमीहरूले इज्जत गर्नैपर्छ । 13 तिमीहरूले उनीहरूलाई प्रेम गरेकोले र उनीहरूले तिमीहरूलाई सहायता गर्न कडा परिश्रम गरेको कारणले गर्दा उनीहरूलाई आदर गर । त्यसको साथै एक अर्कामा शान्तिपूर्वक जीवन जिउन पनि हामी तिमीहरूलाई आग्रह गर्दछौँ । 14 मेरा विश्वासी भाइ हो तिमीहरूलाई अनुरोध गर्दछु, कि काम नगरीकन अरूले दिएका कुराहरूबाट जीविका चलाउनेहरूलाई चेताउनी देओ । त्यसैगरी परमेश्वरको भय राख्ने र कमजोर मानिसहरूलाई सहायता गर्ने विश्वासीहरूलाई उत्साह दिने गर । हरेक मानिसप्रति धैर्यधारण गर्न पनि हामी तिमीहरूलाई आग्रह गर्दछौँ । 15 तिमीहरूको खराबी गर्नेहरूलाई खराबी गर्ने नगर । त्यसको सट्टामा तिमीहरूले एक-अर्कालाई र हरेक व्यक्तिलाई सधैँ भलाइ गर्ने कोसिस गर । 16 सबै समयमा आनन्दित बस । 17 निरन्तर प्रार्थना गर । 18 र सबै परिस्थितिहरूमा परमेश्वरलाई धन्यवाद देओ । ख्रीष्ट येशूले तिमीहरूका लागि जे गर्नुभजएको छ, त्यसको खातिर तिमीहरूले त्यस्तै व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ । 19 परमेश्वरको आत्मालाई तिमीहरूमा काम गर्न नरोक । 20 पवित्र आत्माले कुनै व्यक्तिलाई भन्नुभएको कुराहरूलाई तुच्छ नठान । 21 बरु त्यस्ता सन्देशहरूको जाँच गर र ती कुराहरूमध्ये असल कुरालाई ग्रहण गरी त्यसप्रति आज्ञाकारी होओ । 22 कुनै पनि प्रकारको दुष्ट सन्देश पालन नगर । 23 परमेश्वरले तिमीहरूलाई शान्तिमा राख्नुभएर दोषरहित बनाउनुभएको होस् ताकि तिमीहरू पापमा पर्न नपरोस् । प्रभु येशू ख्रीष्ट यस पृथ्वीमा फर्किन आउञ्जेल उहाँले तिमीहरूलाई पापबाट अलग राख्नुभएको होस् । 24 परमेश्वरले तिमीहरूलाई उहाँका सन्तान हुनको निम्ति बोलावट दिनुभएको हुनाले त्यस्ता काम गर्न उहाँले सहायता गर्नुहुनेछ भनी तिमीहरूले उहाँमा भरोसा गर्न सक्छौ । 25 मेरा विश्वासी भाइ हो, सिलास, तिमोथी र मेरो लागि प्रार्थना गर । 26 विश्वासीहरू एक ठाउँमा भेला हुँदा, जसरी एकले अर्कालाई स्नेहपूर्वक अभिवादन गर्नुपर्ने हो, त्यसरी नै गर्ने गर । 27 तिमीहरूसँग भएका सबै विश्वासीहरूका माझमा पक्कासँग यो चिट्ठी पढ । स्वयम् प्रभु तिमीहरूसँग बोल्नुभएझैँ गरी म यो कुरा तिमीहरूलाई भन्दछु ! 28 हाम्रो प्रभु येशू ख्रीष्टले तिमीहरू सबैप्रति कृपालु व्यवहार गर्नुभएको होस् ।