नेपाली: Unlocked Dynamic Bible

Updated ? hours ago # views See on DCS

१ पत्रुस

Chapter 1

1 येशू ख्रीष्‍ट जसले एउटा प्रेरित बनाउनु भएको म पत्रुसले तिमीहरूलाई जसले उहाँमा विश्‍वास गरेका छौ, तिमीहरू जसलाई परमेश्‍वरले उहाँको हुनलाई चुन्‍नुभएको छ, यो लेखिरहेको छु जो तिमीहरू स्वर्गको साँचो घरबाट टाढा पोँटस, गालातिया काप्पडोसिय, एसिया त बेथानीया वरिपरी भएका तिमीहरूलाई यो पत्र लेख्दैछु । 2 परमेश्‍वर हाम्रो पिता आफैँले पहिला नै निधो गर्नु भए अनुसार तिमीहरूलाई चुन्‍नु भयो र उहाँका आत्माले येशू ख्रीष्‍टको आज्ञाकारी हुन अलग पार्नु भयो ताकि येशू ख्रीष्‍ट तिमीहरूले येशू ख्रीष्‍टको आज्ञा पालन गर्न सक र उहाँका रगतद्वारा तिनीहरूलाई परमेश्‍वर प्रति ग्रहण योग्य बनाएको होस् । परमेश्‍वरले तिमीहरूसँग दयापुर्वक व्यवहार गरून् र उहाँले तिमीहरूलाई धेरै शान्ति दिनु भएको होस् । 3 परमेश्‍वर जो हाम्रो प्रभु येशू ख्रीष्‍टका पिता हुन् उहाँको प्रशंसा, होस् किनभने उहाँ दयालु हुनु भएर हामीलाई फेरी जीवित पार्नु भएको छ । किनभने उहाँले येशू ख्रीष्‍टलाई पनि मृत्युबाट पुनर्जीवित पार्नु भयो, येशू जान्‍नुहुन्‍छ उहाँले हामीलाई जे प्रतिज्ञा गर्नु भएको छ त्यो पुरा गर्नु नै हुनेछ । 4 जुन कुराहरू स्वर्गमा सदासर्वदा हाम्रो निम्ति रहिरहन्छ त्यो कुराहरू प्राप्‍त गर्न आशा गर्नलाई उहाँले हामीलाई सक्षम बनाउनु भएको छ । 5 परमेश्‍वरले उहाँको शक्‍तिशाली शक्‍तिले येशूमा रक्षा गर्दै हुनुहुन्छ, जसरी तिमीहरूले येशू ख्रीष्‍टमा विश्‍वास गर्दा उहाँले तिमीहरूलाई रक्षा गरी राख्‍नु भएको छ ताकि हामीले अहिले जीउने समयको अन्त्यमा उहाँले तिमीहरूलाई शक्‍तिबाट पूर्ण रूपमा छुटकारा दिनुभएको होस् । 6 त्यस बेला जे हुनेछ त्यसको कारणले तिमीहरू रमाओ, तर तिमीहरूले विभिन्‍न कठिनाइहरू भोग्दै छोटो समयको निम्ति तिमीहरू दुखित हुदैछौ । परमेश्‍वरले बहुमूल्य धातुहरूलाई शुद्ध छन् कि छैनन् भनी जाँचे जस्तै तिमीहरूलाई जाँच्‍न दिनु भएको छ । यस प्रकारको कष्‍ट अनुभव तिमीहरूलाई हुन जरुरी छ 7 यी कठिन प्रकारको परिस्तिथिमा जानु चाहिँ तिमीहरूले साँच्‍चै येशूमा भरोसा गरेको प्रमाणित गर्नु हो । यो परमेश्‍वरको निम्ति आगोले नष्‍ट गर्न सक्‍ने संसारको सबै सुन भन्दा पनि बढी तिमीहरूले येशू ख्रीष्‍टमा भरोसा गरेको हुनाले येशू ख्रीष्‍ट फेरी आउनु हुदा परमेश्‍वरले तिमीहरूलाई अति उच्‍च आदर गर्नु हुनेछ, 8 तिमीहरूले येशूलाई नदेख्दा पनि उहाँलाई प्रेम गर्छौ । अहिले तिमीहरूले उहाँलाई देखेका छैनौ तथापि तिमीहरू अति आनन्दित छौ । 9 परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको पापको दोषबाट बचाउनु भएको छ, किनभने तिमीहरूले उहाँमा भरोसा राख्यौ । 10 कुनै दिन उहाँले तिमीहरूलाई कसरी बचाउनु हुनेछ भन्‍ने बारेमा लामो समय अघि परमेश्‍वरले तिनीहरूलाई देखाउनु भएका कुरा भविष्यवक्ताहरूले बोलेका थिए । तिनीहरूले होसियारीपुर्वक यी कुराहरू खोजतलास गरेका थिए 11 तिनीहरूमा भएको ख्रीष्‍टको आत्माले कसलाई देखाई रहेको छ भनी बताउदै हुनुहुन्छ सो जान्‍न चाहे । किनभने आत्माले तिनीहरूलाई पहिले नै ख्रीष्‍टले कष्‍ट भोगेर मर्नुहुनेछ र त्यस पछि उहाँलाई हुने महिमित कुराहरू हुनेछ भन्‍नु भयो । 12 परमेश्‍वरले तिनीहरूको आफ्नै खातिर यी कुराहरू प्रकट गरी रहनु भएको थिएन, तर तिमीहरूको खातिर उहाँले तिनीहरूलाई प्रकट गराउनु भयो । तिनीहरूले त्यसो गर्नलाई परमेश्‍वरले स्वर्गबाट पठाउनु भएको पवित्र आत्माले तिनीहरूलाई सक्षम बनाएकोले तिमीहरूलाई यिनीहरू घोषणा गरे । परमेश्‍वरले हामीलाई कसरी बचाउनु हुन्छ भन्‍ने सत्य बारे स्वर्गदूतहरूले नै पनि जान्‍न चाहन्थे । 13 यसकारण परमेश्‍वरको आज्ञाकारी हुन् तिमीहरूको मन तयार पार । यो मैले भन्‍नुको अर्थ तिमीहरूको मस्तिष्कलाई अनुशासनमा राख । जब येशू ख्रीष्‍ट स्वर्गबाट फर्कनुहुनेछ, तिमीहरूले असल कुराहरू प्राप्‍त गर्ने छौ । जुन परमेश्‍वरले दयापुर्वक निश्‍चित हौ । 14 यस पृथ्वीमा बालकहरूले आफ्नो बुबाको आज्ञा पालन गरेझैँ तिमीहरूले स्वर्गीय पिताको आज्ञापालन गर्नु पर्छ । पहिले परमेश्‍वरको सत्यलाई नजान्दा जस्तै दुष्‍ट कार्यहरू नगर । 15 यसको बदलामा परमेश्‍वर झैँ जसले तिमीहरूलाई उहाँको हुनलाई तिमीहरूलाई चुन्‍नु भयो, उहाँ पवित्र हुनुहुन्छ, तिमीहरू पनि तिमीहरूको हरेक कार्यमा पवित्र होऊ । 16 पवित्र होऊ किनभने धर्माशास्‍त्रमा लेखिएको छ, परमेश्‍वरले भन्‍नु भयो, “तिमीहरू पवित्र होऊ किनभने म पवित्र हुँ ।” 17 परमेश्‍वरले हरेकले जे गर्छ त्यसको न्याय गर्नु हुन्छ र यो उहाँले गर्नु हुन्छ । तिमीहरूले उहाँलाई “बुबा” भन्छौ तिमीहरू यस पृथ्वी जिउदा नै ठीक प्रकारको व्यवहार गर । तिमीहरू अरूहरूले तिनीहरूको घरबाट खेदेका मानिसहरू जस्तै हौ, किनभने तिमीहरू आफ्नो साँचो स्वर्गीय घरबाट टाढा छौ । 18 आदर पूर्वक जीउने गर, तिमीहरूलाई थाहा छ र चाँदी जस्ता नाश भएर जाने कुराले तिमीहरूलाई परमेश्‍वरले किन्‍नु भएको होइन । त्यसैले तिमीहरूका पिता पुर्खाहरूबाट सिकेका मूर्खता पुर्वक व्यवहारहरू गर्न छोड । 19 तिमीहरू त जब येशू मर्नुहुदा उहाँको शरीरबाट बगेको बहुमूल्‍य रगतद्वारा परमेश्‍वरले किन्‍नु भएको हो । ख्रीष्‍ट सिद्व दोषरहित थुमा जस्‍तै हुनुहुन्‍थ्‍यो जसलाई यहूदी पूजाहारीहरूले बलिदान चढाए । 20 संसारको सृजना उहाँले गर्नु भन्‍दा पहिले नै उहाँलाई यसो गर्न परमेश्‍वरले चुन्‍नु भयो । तर अहिले सम्‍म प्रकट भएको छैन । जब संसारको अन्‍त्‍य चाडै हुनेछ, त्‍यहाँ परमेश्‍वर तिमीहरू कहाँ उहाँलाई प्रकट गर्नुहुनेछ । 21 किनभने ख्रीष्‍टले जे गर्नु भयो, तिमीहरूले परमेश्‍वरमा भरोसा राख्यौ, जसले उहाँलाई मृत्युबाट पुनर्जीवित पार्नु भयो र महान आदर दिनु भयो । जसको परिणाम एक परमेश्‍वर जसमा आज्ञा र भरोसा तिमीहरू गर्दछौ, उहाँले महान कार्य तिमीहरूको निम्ति गर्नुहुनेछ । 22 किनभने तिमीहरूले परमेश्‍वरको बारेका सत्यतालाई पालन गरेका छौ र उहाँले तिमीहरूलाई शुद्ध बनाउनलाई र हाम्रो संगी-विश्‍वासीहरूलाई प्रेम गर्न, एक आपसमा यत्‍नापूर्वक र इमान्दारी पूर्वक निरन्तर प्रेम गर्नलाई दिनुभयो । 23 म तिमीहरूलाई यसो गर्न भन्छु, किनभने तिमीहरू नयाँ जीवनमा जिइरहेका छौ । यो नाश हुने कुराहरूबाट यो नयाँ जीवन प्राप्‍त गरेको होइनौ । परमेश्‍वरले जे भन्‍नु भएको छ त्यसमा विश्‍वास गरेकाले सधैँ रहिरहने जीवन पाएका छौ । 24 किनभने तिमीहरूले सत्य जान्दछौ, भविष्यवक्ता यशैयाले लेखेका हुन्, “घाँस नाश भए जस्तै सबै मानिसहरू नाश हुनेछन् । र सबै मानिसहरू सधैँ रहिरहने छैनन् । घाँसको फुलहरू जस्तै लामो समय सम्म रहदैनन् । घाँसहरू सुक्‍नेछन् र फूलहरू मर्छन् । 25 तर परमेश्‍वरको सन्देश सधैँ रहिरहन्छ ।” रहिरहने सन्देश चाहिँ ख्रीष्‍ट बारेको सन्देश हो जुन हामीले तिमीहरूलाई घोषणा गर्‍यौ ।

Chapter 2

1 खराब तरिकाले काम नगर र अरूलाई धोका नदेओ । पाखण्डी नबन र अरूको ईर्ष्‍या नगर । कसैको बारेमा पनि झूटो बोलेर खराब कुरा नगर । 2 भर्खरै जन्मेका शिशुहरूले आफ्नी आमाको शुद्ध दूधको चाहना गरेझैँ, तिमीहरूले पनि परमेश्‍वरका सत्य कुराहरू सिक्‍न चाहना गर्नुपर्छ, ता कि त्यो सिकेर तिमीहरू उहाँमाथिको भरोसामा वयस्क मानिसजस्तै बन्‍न सक । परमेश्‍वरले तिमीहरूलाई यो संसारका सबै दुष्‍टताबाट पूर्ण रूपमा छुटकारा नदिनुभएसम्म तिमीहरूले यसो गर्नुपर्छ । 3 साथै, प्रभुले तिमीहरूप्रति अति दयापूर्वक व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा तिमीहरूले अनुभव गरेका हुनाले पनि तिमीहरूले यसो गर्नुपर्छ । 4 प्रभु येशूकहाँ आओ । उहाँ भवनको जगको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गो जस्तै हुनुहुन्छ, तर उहाँ जीवित हुनुहुन्छ, निर्जीव होइन । धेरै मानिसहरूले उहाँलाई इन्कार गरे, तर परमेश्‍वरले उहाँलाई चुन्‍नुभयो र उहाँलाई अति मूल्यवान ठान्‍नुहुन्छ । 5 अनि मानिसहरूले ढुङ्गाबाट घर बनाएझैँ, परमेश्‍वरले तिमीहरूलाई एउटा यस्तो घरको रूपमा सँगै जोड्दै हुनुहुन्छ जहाँ उहाँका आत्मा वास गर्नुहुन्छ । उहाँले यसो गर्दै हुनुहुन्छ ताकि तिमीहरूले वेदीमा बलिदान चढाउने पूजाहारीहरूले जस्तै परमेश्‍वरलाई मन पर्ने काम गर्न सक किनकि येशू ख्रीष्‍ट तिमीहरूका लागि मर्नुभएको छ । 6 धर्मशास्‍त्रले बताएका कुराले यो सत्य हो भन्‍ने देखाउँछः “म यरूशलेममा मूल्यवान् पत्थरझैँ कसैलाई राख्दैछु, भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गोझैँ, र उसमाथि विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन ।” 7 यसकारण येशूमा विश्‍वास गर्ने तिमीहरूलाई परमेश्‍वरले कदर गर्नुहुनेछ । तर उहाँमा विश्‍वास नगर्नेहरू धर्मशास्‍त्रले बताएका भवन बनाउनेहरू जस्ता हुन्: “भवन बनाउनेहरूले इन्कार गरेको ढुङ्गो भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गो बनेको छ ।” 8 धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छः “ऊ मानिसहरूले ठेस खाने ढुङ्गो बन्‍नेछ, मानिसहरू ठोकिएर लड्ने चट्टान बन्‍नेछ । जसरी मानिसहरू चट्टानमा ठोकिएर लड्दछन्, परमेश्‍वरको सन्देश इन्कार गर्ने मानिसहरू पनि त्यसरी नै लड्नेछन्; तिनीहरूलाई त्यस्तै हुन परमेश्‍वरले तोक्‍नुभएको थियो ।” 9 तर तिमीहरू यस्ता मानिसहरू हौ जसलाई परमेश्‍वरले आफ्नै हुन चुन्‍नुभएको छ । तिमीहरू पूजाहारीहरूले जस्तै परमेश्‍वरको आराधना गर्ने मानिसहरू हौ, र तिमीहरूले परमेश्‍वरसँगै राजाहरूले जस्तै राज्य गर्नेछौ । तिमीहरू परमेश्‍वरका मानिसहरू हौ, यसैकारण उहाँले गर्नुभएका अचम्मका कामहरू तिमीहरूले घोषणा गर्न सक । उहाँले तिमीहरूलाई तिमीहरूका पहिला मार्गहरूबाट बोलाउनुभयो जुन समयमा तिमीहरू उहाँको सत्यताको बारेमा अजान थियौ, र अब उहाँले तिमीहरूलाई आफ्नो बारेमा अचम्मका सत्यताहरू बुझाउनुभएको छ । 10 धर्मशास्‍त्रले तिमीहरूका बारेमा जे भन्छ त्यो सत्य छः “पहिले तिमीहरू कुनै जाति नै थिएनौ, तर अहिले तिमीहरू परमेश्‍वरका जाति भएका छौ । कुनै समय परमेश्‍वरले तिमीहरूप्रति दयापूर्वक व्यवहार गर्नुभएको थिएन, तर अहिले उहाँले तिमीहरूप्रति दयापूर्वक व्यवहार गर्नुभएको छ ।” 11 मैले प्रेम गरेका तिमीहरूले यसबारेमा विचार गर भनी म आग्रह गर्छुः तिमीहरू परदेशीहरू जस्ता हौ जसको साँचो घर स्वर्गमा छ । यसकारण तिमीहरूले पहिलेका जस्ता दुष्‍ट कामहरू गर्ने चाहना गर्नुहुँदैन, किनभने त्यस्तो चाहना गर्‍यौ भने तिमीहरू परमेश्‍वरसँग मिलापमा जिउन सक्दैनौ । 12 परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूसँग असल व्यवहार गर । त्यसो गर्‍यौ भने, तिनीहरूले तिमीहरूलाई दुष्‍ट काम गरेको आरोप लगाए तापनि, तिमीहरूले असल काम गरेको देख्‍नेछन्, अनि सबैको न्याय गर्न परमेश्‍वर आउनुहुँदा तिनीहरूले उहाँको महिमा गर्नेछन् । 13 तिमीहरूले प्रभु येशूको आदर गर्न चाहेको हुनाले, उचित अख्तियारमा रहेका सबैको आज्ञा पालन गर । यस अन्तर्गत सबैभन्दा शक्‍तिशाली राजा, 14 र तिनले गलत काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई कदर गर्न पठाएका प्रशासकहरू पर्छन् । 15 तिमीहरूले असल गरेको परमेश्‍वरले चाहनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने, परमेश्‍वरलाई नचिन्‍ने मूर्ख मानिसहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाउन सक्‍नेछैनन् । 16 मालिकको आज्ञा पालन गर्नबाट तिमीहरू स्वतन्‍त्र भएझैँ व्यवहार गर, तर त्यसकै कारण तिमीहरूलाई खराबी गर्न छुट छ भन्‍ने नसोच । बरु परमेश्‍वरका सेवकहरूले जस्तै व्यवहार गर । 17 सबैसँग आदरसाथ व्यवहार गर । सबै सङ्गी विश्‍वासीहरूलाई प्रेम गर । परमेश्‍वर र राजाको आदर गर । 18 तिमी दासहरू जो विश्‍वासीहरू छौ, तिमीहरू आफ्ना मालिकको अधीनमा बस र उनीहरूलाई आदर गर । तिमीहरूलाई असल र दयापूर्वक व्यवहार गर्नेहरूका अधीनमा मात्र होइन, तर तिमीहरूलाई कठोर व्यवहार गर्नेहरूका पनि अधीनमा बस । 19 तिमीहरूले त्यसो गर्नुपर्छ किनकि परमेश्‍वरले उनीहरूका मालिकहरूले उनीहरूलाई अन्यायपूर्वक व्यवहार गरेको कुरा बुझ्‍नुहुन्छ भने भन्‍ने कुरा जानेर कष्‍ट सहनेहरूसँग परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ । 20 तिमीहरूले कुनै गलत काम गरेर तिनीहरूले तिमीहरूलाई दण्ड दिएभने त परमेश्‍वर तिमीहरूसँग प्रसन्‍न हुनुहुनेछैन । तर यदि तिमीहरूले असल गरेर पनि हानि सह्‍यौ भने, तिमीहरूले असल कुराको लागि सहेका हौ । तिमीहरूले त्यस्तो कुरा सह्‍यौ भने, परमेश्‍वरले तिमीहरूको प्रशंसा गर्नुहुनेछ । 21 परमेश्‍वरले तिमीहरूलाई चुन्‍नुको एउटा कारण चाहिँ तिमीहरूले कष्‍ट भोग भनेर हो । ख्रीष्‍टले तिमीहरूका लागि कष्‍ट भोग्‍नुहुँदा उहाँ तिमीहरूका लागि एउटा उदाहरण बन्‍नुभयो ता कि तिमीहरूले उहाँले गर्नुभए जस्तै गर । 22 ख्रीष्‍टले कसरी व्यवहार गर्नुभयो भन्‍ने कुरा याद राख । उहाँले कहिल्यै पाप गर्नुभएन, र उहाँले मानिसहरूलाई कहिल्यै ढाँट्नुभएन । 23 मानिसहरूले उहाँलाई अपमान गर्दा, उहाँले बदलामा तिनीहरूलाई अपमान गर्नुभएन । मानिसहरूले उहाँलाई कष्‍ट दिँदा, उहाँले बदला लिने धम्की दिनुभएन । त्यसको सट्टामा, उहाँले सधैँ धार्मिकतापूर्वक न्याय गर्नुहुने परमेश्‍वरलाई आफूलाई निर्दोष प्रमाणित गर्न दिनुभयो । 24 हामीले पाप गर्न छोडौँ र सही रूपमा जिउन सुरु गरौँ भनेर उहाँ क्रूसमा मर्नुहुँदा उहाँले हाम्रा पापका निम्ति आफ्नो शरीरमा दण्ड भोग्‍नुभयो । मानिसहरूले उहाँलाई चोट लगाएका हुनाले परमेश्‍वरले तिमीहरूलाई निको पार्नुभएको छ । 25 साँच्‍चै तिमीहरू हराएका भेडाहरू जस्तै थियो, तर अब तिमीहरू येशूतर्फ फर्केका छौ, जसले गोठालोले आफ्ना भेडाहरूको वास्ता गरेझैँ तिमीहरूको वास्ता गर्नुहुन्छ ।

Chapter 3

1 तिमीहरू स्‍त्री विश्‍वासीहरू आफ्ना पतिहरूको अधीनमा रहनुपर्दछ । यसो गर ताकि यदि तिनीहरू मध्येको कसैले ख्रीष्‍टको सन्देशलाई विश्‍वास गरेँ भने पनि तिमीहरूले तिनीहरूलाई केही नभनेर नै तिनीहरू विश्‍वासी बन्‍न सक्छन् । 2 जब तिनीहरूले तिमीहरूलाई उनीहरूको आदर गर्छौ र तिमीहरू सम्पूर्ण प्रकारले उनीहरूप्रति विश्‍वासयोग्य छौ भने कुरा देख्छन् तब तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गर्नेछन् । 3 यसलाई तिमीहरूका शरीरको बाहिरी कुरालाई सजावट गरेर जस्तै: कपालको सजावट गर्ने, वा सुनका गहनाहरू र उच्‍चस्तरको कपडाहरू लगाएर गर्ने प्रयास नगर । 4 यसको सट्टामा तिमीहरूको आन्तरिक स्वभावलाई यस्तो प्रकारले सुन्दर बनाओ जो हराँउदैन । मेरो भनाइको अर्थ नम्र र शान्त स्वभावको होओ जसलाई परमेश्‍वरले धेरै मूल्यवान ठान्‍नुहुन्छ । 5 ती स्‍त्री जो; लामो समय अघि जिएका थिए, जसले परमेश्‍वरको आदर गर्थे तिनीहरूले आफुलाई यस्तै प्रकारले सुन्दर बनाएका थिए । तिनीहरूले परमेश्‍वरमा भरोसा गरे र आफ्ना पतिहरूका आज्ञाकारी भए । 6 उदाहरणको लागि, साराले आफ्ना पति अब्राहमको आज्ञापालन गरिन् र स्वामी भनिन् । यदि तिमीहरूले जे कुरा ठीक छ त्यो गर्‍यौ र तिमीहरू विश्‍वासीहरू भएको कारण तिमीहरूका पतिहरू वा अरू कोहीले तिमीहरूलाई केही गरेमा पनि डराएनौ भने परमेश्‍वरले तिमीहरूलाई उनका छोरीहरू बनाउनुहुनेछ । 7 तिमीहरू पुरुषहरू जो विश्‍वासीहरू हौ, जसरी तिमीहरूका पत्‍नीहरूले तिमीहरूलाई आदर गर्नुपर्दछ, त्यसरी नै तिमीहरूले तिनीहरूसँग उचित प्रकारले व्यवहार गर । तिमीहरू भन्दा तिनीहरू कमजोर छन् भन्‍ने महसुस गर्दै तिनीहरूलाई आदरपूर्ण व्यवहार गर । तर यो पनि महसुस गर कि तिमीहरू जस्तै तिनीहरूलाई पनि परमेश्‍वरले अनन्तकालसम्म जिउन दिनुहुन्छ । यस्तो गर ताकि तिमीलाई प्रार्थना गर्नमा कुनै कुराले पनि बाधा नदियोस् । 8 मेरो यो पत्रको अन्तमा, म तिमीहरू सबैलाई भन्दछु, तिमीले जे कुरा सोच्दछौ त्यसमा एक अर्कासँग सहमत होऊ । एक अर्क प्रति सहानुभूतिशिल होऊ । एउटै परिवारको सदस्यहरूमा हुनुपर्ने जस्तै एक अर्काप्रति प्रेम गर । एक अर्का प्रति दयालु व्यवहार गर । विनम्र होओ । 9 जब मानिसहरूले तिमीहरूलाई दुष्‍ट काम गर्छन् वा अपमान गर्दछन् भने तिमीहरूले तिनीहरूलाई यस्तै व्यवहार नगर । यसको सट्टामा परमेश्‍वरलाई अनुरोध गर कि उहाँ तिनीहरूलाई सहायता गरून्, किनभने यसै गर्नको लागि नै उहाँले तिमीहरूलाई सहायता गर्न सकून् भनेर तिमीहरू परमेश्‍वरद्वारा चुनिएका होऊ । 10 हामीले असल प्रकारले जीवन व्यवहार गर्ने भन्‍ने बारेमा भजन लेखकले के लेखेको छन् ती कुरालाई विचार गर: “जसले जीवनमा आनन्द मनाउन चाहन्छन् र तिनीहरूमा असल कुराहरू भएको चाहन्छन् भने, तिनीहरूले जुन कुरा दुष्‍ट छ त्यो भन्‍नु हुँदैन अथवा अरूलाई छल्ने शब्दहरू बोल्नुहुँदैन । 11 तिनीहरूले लगातार खराब गरिरहने काम बन्द गर्नुपर्दछ बरु त्यसको सट्टामा असल काम गर्नुपर्दछ । तिनीहरूले मानिसहरूलाई एक अर्कासँग शान्तिपूर्ण तरिकाले व्यवहार गर्ने काममा सहायता गर्न प्रयास गर्नु पर्दछ । तिनीहरूले मानिसहरूलाई उनीहरू शान्तिपूर्ण तरिकाले व्यवहार गरून् भनेर उनीहरूलाई गंभीरतापूर्वक अनुरोध गर्दछु । 12 किनभने धर्मी मानिसहरूले जे गर्दछन् त्यो प्रभुले स्वीकार्नुहुन्छ । जब धर्मी मानिसहरूले प्रार्थना गर्दछन् उहाँले सुन्‍नुहुन्छ र उहाँले तिनीहरूलाई उत्तर दिनुहुन्छ । तर जसले खराब गर्दछ उहाँले तिनीहरूलाई अस्‍वीकार गर्नुहुन्छ ।” 13 यदि तिमी असल कामहरू गर्नको निम्ति इच्छुक छौ भने, धेरै मानिसहरूले तिमीलाई हानि गर्नेछैनन् । 14 तर यदि तिमीले जे कुरा असल छ त्यो गर्दा खेरि दु:ख भोग्यौ भने तापनि परमेश्‍वरले तिमीलाई आशिष्‌‌ दिनुहुनेछ । यशैयाले लेखेजस्तै गर: “जसले तिमीलाई धम्की दिन्छ ती मानिसहरू देखि नडराओ र तिनीहरूले तिमीलाई के गर्न सक्छन् भने बारेमा चिन्ता नलेओ ।” 15 यसको सट्टामा तिम्रो भित्री स्वभावमा ख्रीष्‍ट तिम्रो मालिक हुनुहुन्छ, जसलाई तिमीले माया गर्दछौ भन्‍ने कुरा जान । परमेश्‍वरले तिमीलाई जे गर्नुहुन्छ त्यसको विषयमा तिमीले उहाँमाथि राखेको भरोसाको बारेमा कसैले तिमीलाई सोध्दछ भने जो सुकैलाई पनि उत्तर दिन जहिले पनि तयार बस । तर तिनीहरूलाई नम्रतापुर्वक र आदरपुर्वक उत्तर देऊ । 16 र तिमीले केही पनि खराब गर्दैनौ भने निश्‍चय गर । ताकि जसले तिम्रो बारेमा कुरा बोल्दछन् तिनीहरूले जब तिम्रो असल व्यवहार देख्दछन् तिनीहरू लज्जित होऊन्, किनभने तिमी ख्रीष्‍टसँग जोडिएका छौ । 17 यो हुनसक्छ कि तिमीले दु:ख भोगेका परमेश्‍वर चाहनुहुन्छ । यदि यसो हो भने, खराब कामहरू गरेर भन्दा असल कामहरू गरेर दु:ख भोग्‍नु नै असल हुन्छ । 18 म यसो भन्छु किनभने जसले पाप गरेका छन् ती मानिसहरूको खातिर ख्रीष्‍ट एक पटक मर्नु भयो । उहाँ एक धर्मी व्‍यक्ति हुनुहुन्थ्यो जो अधर्मी मानिसहरूको लागि मर्नुभयो । उहाँले हामीलाई परमेश्‍वर कहाँ ल्याउन सक्‍नुभएको होस् भनेर उहाँ मर्नुभयो । त्यस समयमा उहाँको साधारण शरीर थियो, उहाँ मारिनुभयो, तर परमेश्‍वरको आत्माले उहाँलाई फेरी जीवित पार्नुभयो । 19 जब उहाँ परमेश्‍वरको विजय घोषणा गर्न दुष्‍ट आत्माहरू जसलाई परमेश्‍वरले कैदमा राख्‍नुभएको थियो, तिनीहरूकहाँ जानुभयो त्यहीँ परमेश्‍वरको आत्माले उहाँलाई सहायता पनि गर्नुभयो । 20 धेरै समय अघि, जतिबेला मानिसहरू आफ्ना दुष्‍ट व्यवहारबाट फर्किन्छन् कि भने धैर्यतसाथ हेर्दै परमेश्‍वरले पर्खनुभयो त्यतिबेला नोआले एउटा ठूलो जहाज बनाइरहेका थिए, त्यो समय ती दुष्‍ट आत्माहरूले परमेश्‍वरमा अनाज्ञाकारी भए । केहीथोरै जना मात्र त्यस जहाजमा बाँचे । विशेषगरि, परमेश्‍वरले केवल आठ जना व्‍यक्तिहरूलाई मात्र जलप्रलयबाट सुरक्षित ल्याउनुभयो जबकी अरू सबै जना त्यसैमा डुबेर मरे । 21 त्यो पानीले हामीले बप्‍तिष्मा लिएको पानीलाई प्रतिनिधित्व गर्छ जसद्वारा परमेश्‍वरले हामीलाई बचाउनु हुन्छ । यो पानीले अवश्य नै, हाम्रो शरिरहरूबाट कुनै धुलो हटाँउदैन । यसको सट्टामा, यसले यो देखाउदछ कि उहाँले हामीले गरेका हाम्रो पापको दोष लाई हटाईदिनुभएको छ भन्‍ने कुराको हामीमा निश्‍च्यताको लागि हामीले परमेश्‍वरमा अनुरोध गरिरहेका छौँ । उहाँले हाम्रो दोष मेटाइदिनुभएको छ किनभने येशू ख्रीष्‍टलाई उहाँले मृत्युबाट जीवित पार्नुभएको छ । 22 ख्रीष्‍ट स्वर्गमा जानुभएको छ र परमेश्‍वरको सर्वोच्‍च आदरणीय स्थानमा शासन गरिरहनु भएको छ । किनभने परमेश्‍वरले सबै दुष्‍ट र शक्‍तिशाली आत्माहरूलाई उहाँको आज्ञाकारी बनाउनु हुनेछ ।

Chapter 4

1 यसकारण, ख्रीष्‍टले आफ्नै शरीरमा कष्‍ट भोग्‍नुभएको हुँदा, तिमीहरू पनि कष्‍ट सहन तयार रहो । ख्रीष्‍टका भएको कारण शरीरमा कष्‍ट भोग्‍नेहरूले उनीहरूले पहिला पाप गरेको तरिकाले पाप गर्न छोडेका हुन्छन् । 2 यसको परिणाम स्‍वरूप, पृथ्‍वीमा उनीहरूको बाँकी समयमा उनीहरूले पापी मानिसहरूले गर्न इच्छा गर्ने कुराहरू गर्दैनन्, तर उनीहरूले परमेश्‍वरले उनीहरूले गरेके चाहनभएका कुराहरू गर्छन् । 3 म तिमीहरूलाइ त्यसो भनेको हुँ किनकि परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूले गर्न इच्छा गर्ने कुराहरू गर्दै तिमीहरूले यस पृथ्‍वीमा धेरै समय बिताइसकेका छौ । विगतमा तिमीहरूले यौनसम्बन्धी धेरै प्रकारका अनैतिक कामहरू गर्‍यौ । तिमीहरू मोजमज्जा र भोजभतेरमा संलग्‍न भयौ मतवाला भयौ, र तिमीहरूले मूर्तिहरू पुज्यौ जुन परमेश्‍वरको दृष्‍टिमा घृणित छ । 4 अब तिमीहरू यस्ता कुरामा संलग्‍न नहुँदा यस्ता कुरामा संलग्‍न हुने तिमीहरूका साथीहरू छक्‍क पर्छन् । त्यसकारण तिनीहरूले तिमीहरूका बारेमा दुष्‍ट कुरा बोल्छन् । 5 तर एक दिन तिनीहरूले परमेश्‍वरको सामु आफूले गरेका सबै कुरा स्वीकार गर्नुपर्ने छ । उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ । यसैकारण ख्रीष्‍टले मरेकाहरूलाई सुसमाचार प्रचार गर्नुभयो । 6 तिनीहरू जीवतै हुँदा परमेश्‍वरले तिनीहरूको न्याय गर्नुभएको भए तापनि आत्माको शक्तिद्वारा तिनीहरू सधैँभरि बाँच्‍न सकून् भनेर उहाँले त्यसो गर्नुभयो । 7 यस पृथ्वीका सबै कुराहरू चाँडै अन्त्य हुनेछन् । यसकारण, बुद्धिमानीपूर्वक विचार गर, अनि तिमीहरूले प्रार्थना गर्न सक भनी आफ्नो सोचाइलाई नियन्‍त्रण गर । 8 सबै कुराभन्दा माथि, एकअर्कालाई साँच्‍चै प्रेम गर, किनकि हामी अरूलाई प्रेम गर्छौं भने हामी उनीहरूको दोष पत्ता लगाउन खोज्दैनौँ । 9 तिमीहरूकहाँ आउने ख्रीष्‍टियन परदेशीहरूलाई खाने र बस्‍ने व्यवस्था मिलाईदेओ, र गनगन नगरी त्यो काम गर । 10 विश्‍वासीहरूले अरूको सेवा गर्नका लागि परमेश्‍वरले उनीहरूलाई दिनुभएका सबै वरदानहरू प्रयोग गर्नु पर्छ । परमेश्‍वरले उनीहरूलाई कृपागरेर दिनुभएका विभिन्‍न वरदानहरूलाई उनीहरूले राम्ररी चलाउनु पर्छ । 11 विश्‍वासीहरूको सभाका बोल्नेहरूले परमेश्‍वरको वचन बोलेझैँ गरी बोल्नु पर्छ । अरूका लागि दयाको काम गर्नेले परमेश्‍वरले उनीहरूलाई दिनुभएको शक्तिमा त्यसो गर्नु पर्छ ताकि येशू ख्रीष्‍टले हामीलाई त्यसो गर्न सामर्थी तुल्याउनुभएअनुसार तिमीहरूले परमेश्‍वरको आदर गर्न सक । हामी सबैले परमेश्‍वरको प्रशंसा गरौँ किनकि सबै थोकमाथि सदाको लागि शासन गर्ने अधिकार उहाँसँग छ । यसै होस् ! 12 मेरा प्रियहरू, ख्रीष्‍टका भएको कारण तिमीहरूले सहनु परेका कष्‍टहरूका बारेमा अचम्‍म नमान । मानिसहरूले धातुलाई आगोमा हालेर जाँचे जस्‍तै ती कुराहरूले तिमीहरूलाई जाँच्‍छन् । तिमीहरूलाई कुनै अनौठो कुरा भइरहेको छ भनी नसोच । 13 बरु, ख्रीष्‍टले सहनुभएका कष्‍टहरू सहनु परेकोमा आनन्द गर । तिमीहरूले कष्‍ट पाउँदा आनन्द गर, ताकि ख्रीष्‍ट फर्कीआउनुहुँदा र उहाँले हरेकलाई आफ्नो महिमा देखाउनुहुँदा तिमीहरू अत्यन्त आनन्दित हुन सक । 14 तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गरेको कारण अरूले तिमीहरूको अपमान गर्छन् भने, परमेश्‍वर तिमीहरूसँग प्रसन्‍न हुनुहुन्छ, किनभने परमेश्‍वर कति महान् हुनुहुन्छ भनी देखाउनुहुने आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । 15 तिमीहरूले कसैको हत्या गरेकोमा वा चोरी गरेकोमा वा अरू कुनै प्रकारको दुष्‍ट काम गरेकोमा, वा तिमीहरूले अरू कसैको मामिलामा दख्‍खल दिएकोमा तिमीहरूले कष्‍ट भोग्‍नु नपरोस् । 16 तर यदि तिमीहरू ख्रीष्‍टियन भएको कारण कष्‍ट भोग्‍छौ भने, त्यसको बारेमा लाज नमान । बरु परमेश्‍वरको प्रशंसा गर, किनकि तिमीहरू ख्रीष्‍टका हौ । 17 म यसो भनिरहेको छु, किनभने अब परमेश्‍वरले मानिसहरूको न्याय गर्नुहने समय भएको छ, र उहाँले पहिला आफ्नै मानिसहरूको न्याय गर्नुहुनेछ । उहाँले हामी विश्‍वासीहरूको न्याय पहिले गर्नुहुने हुनाले, उहाँबाट आउने सुसमाचारमा विश्‍वास नगर्नेहरूमाथि आइपर्ने डरलाग्‍दा कुराहरूका बारेमा विचार गर ! 18 यो धर्मशास्‍त्रमा लेखिएझैँ हुनेछः “धेरै धर्मी मानिसहरूले विभिन्‍न प्रकारका संकट सहेर मात्र स्‍वर्गमा प्रवेश पाउनेछन् । यसकारण अधर्मी र पापी मानिसहरूले परमेश्‍वरबाट अझ कठोर दण्ड सहनुपर्ने छ !” 19 यसकारण परमेश्‍वरको इच्छाको कारण कष्‍ट भोग्‍नेहरूले उहाँले उनीहरूलाई स्थिर राख्‍नुहन्छ भनी परमेश्‍वरमा भरोसा राख्‍नु पर्छ । किनभने परमेश्‍वरले उनीहरूलाई सृष्‍टि गर्नुभएको हो अनि उहाँले जे प्रतिज्ञा गर्नुहुन्छ, सधैँ त्यो पुरा गर्नु पनि हुन्छ । अनि उनीहरूले जे ठिक छ त्यो गर्दैजानु पर्छ ।

Chapter 5

1 अब म यो तिमीहरू मध्येका एल्डरहरूलाई भन्‍ने छु, तिमीहरू जसले विश्‍वासीहरू को सभाहरू अगुवाइ गर्छौ । म तिनीहरू मध्यको हुँ जसले ख्रीष्‍टको कष्‍ट देखे, र ख्रीष्‍टको स्वर्गमा भएको केही महिमा पनि म बाडने छु । 2 म तिमी एल्डरहरूलाई तिमीहरूको सभाहरूमा भएका मानिसहरूको वास्ता गर भन्‍ने अनुरोध गर्दछु । आफ्नो भेडाहरूको बगालको हेरचाहा गर्ने गोठला झैँ थियौ भने आफ्नो भेडाको बगाललाई यसो गर, यसो गर्नै पर्छ भनेर होइन तर यसको सट्टामा परमेश्‍वरले इच्छा गर्नु भएको जस्तै स्‍वइच्छाले गर । यो गरेकोमा पैसा प्राप्‍त गर्ने लोभ नगर तर यसको सट्टामा उत्साहित साथ भएर यो गर । 3 परमेश्‍वरले तिमीहरूलाई दिएको मानिसहरू माथि हैकम चलाउने मालिकले जस्तो व्यवहार नगर तर तिमीहरूको जीवनबाट तिनीहरूलाई उदाहरण बन । 4 यदि तिमीहरूले यसो गर्छौ भने जो हाम्रो मुख्य गोठालो येशू प्रकट हुनुहुदा तिमीहरू प्रत्येकलाई महिमाको इनाम दिनुहुने छ । त्यो इनाम मालाहरू जस्तै हुनेछन् जुन दौड जित्‍ने खेलाडीहरूलाई दिइनेछ, तर तिमीहरूको इनामहरू ती मालाहरू ओइलाए जस्तो कहिल्यै ओइलाउदैनन् । 5 अब म जवान मानिसहरूलाई भन्‍ने छु, तिमीहरूले सबै वृद्ध मानिसहरूको आज्ञा पालन गर्नु पर्छ । सबै विश्‍वासीहरूको एक अर्कामा नम्र व्यवहार गर्नै पर्छ किनकि यो भनाइ सत्य छ: “परमेश्‍वरले घमण्डी मानिसहरूलाई विशेष गर्नुहुन्छ तर मानिसहरू सँग दयालु व्यवहार गर्नु हुन्छ ।” 6 तसर्थ परमेश्‍वरसँग घमण्डीलाई दण्ड दिने ठूलो शक्‍ति छ भने महसुस गर्दै उहाँले तिमीहरूलाई आदर गर्नुहुने निश्‍चय गर्नुभएको समयको लागि आफैँलाई नम्र तुल्याओ । 7 किनकि उहाँले तिमीहरूको वास्ता गर्नु हुन्छ, तिमीहरूले चिन्ता गर्ने सबै कुराहरूको वास्ता गर्न उहाँलाई देओ । 8 सधैँ जागा रहो, र ध्यान देओ, तिमीहरूको शत्रु दियावलस चारै तिर जादै छ, मानिसहरूलाई विनाश गर्न खोजिरहेछ । ऊ सिँह जस्तै हो जसले वरिपरीका शिकारहरूलाई गर्जदै, कसैलाई मार्नको लागि खोजिहिड्छ र खान्छ । 9 उसको प्रतिरोध गर्न तिमीहरूले निरन्तररूपमा दृढता साथ ख्रीष्‍टमा र उहाँको वचनमा विश्‍वास गर्नु पर्छ र यो सम्झदै कि त्यस्तै कष्‍टहरू संसार भरि भएका सहकर्मी विश्‍वासीहरू भोगि रहेका छन् । 10 हामीलाई प्रत्येक अवस्थामा परमेश्‍वरले दयापुर्वक सहायता गर्नुहुन्छ, र स्वर्गमा भएको उहाँको अनन्त महिमा बाडन हामीलाई उहाँले छान्‍नु भयो किनकि हामी ख्रीष्‍टमा सहभागी भएका छौँ । र मानिसहरूले तिमीहरूले गरेका कामको कारण तिमीहरूलाई केही समय कष्‍ट भोगेपछि उहाँले तिमीहरूको परमेश्‍वरले आत्मिकी खोटाहरू हटाउनु हुनेछ, उहाँले तिमीहरूलाई उहाँमा अझै भरोसा गर्न बलियो पार्नु हुनेछ, र उहाँले सबै भागहरूमा सहायता गर्नु हुनेछ । 11 म प्रार्थना गर्दैछु कि उहाँले सदाको लागि शक्‍तिशाली रूपमा शासन गर्नु भएको होस् । यस्तै रहोस् ! 12 मैले उसलाई बतास जस्तै सिलासले यो पत्र लेखेका छन् । मैले उनलाई विश्‍वास योग्य सहकर्मी विश्‍वासी भनी विचार गर्दछु । मैले यो छोटो पत्र तिमीहरूलाई तिमीहरूको उत्साहाको लागि लेखेको छु र म तिमीहरूलाई निश्‍चित गराउनु कि जे मैले लेखेको छु त्यो सत्य वचन होस् जसरी परमेश्‍वरले दयापूर्वक हामीलाई गर्नु भएको छ जुन कुरा पाउन हामी योग्यका थिएनौ । निरन्तररूपमा यो सन्देशलाई दृढता साथ विश्‍वास गर । 13 यो सहरमा जसलाई हामी कहिले काही बेबिलोन भन्छौ । ती विश्‍वासीहरू जो परमेश्‍वरले उहाँको हुनलाई चुन्‍नु भएको छ जसरी तिमीहरूलाई उहाँले चुन्‍नु भयो, तिनीहरूको अभिवादन तिनीहरूलाई पठाउँछु । मर्कूस जो मेरो छोरो जस्तै हो, उसको पनि अभिवादन पठाऊछु । एक अभिवादन गर्दै अर्को गालामा चुम्बन गर्दै तिमीहरू एक अर्कालाई प्रेम गर्छौ भन्‍ने देखाउ । 14 म प्रार्थना गर्दैछु कि (जो ख्रीष्‍ट येशूमा सहभागी छन्) परमेश्‍वरले तिमीहरू सबैलाई शान्ति दिनु भएको होस् ।