प्रकाश
Chapter 1
1 यस पुस्तक प्रभु येशूले म यूहन्नालाई देखाउनु भएको कुराहरू हुन् । उहाँका सेवकहरूलाई अब हुन आउने घटनाहरू क्रमवद्ध रूपमा परमेश्वरले येशूलाई देखाउनु भयो । यी घटनाहरू चाँडै हुन आउनेछन् । येशूले म उहाँको सेवक यूहन्नालाई येशूले स्वर्गदूतद्वारा जानकारी गराउनुभयो । 2 म यूहन्ना आफै साक्षी भएकोले मैले देखेका र सुनेका सबै परमेश्वरको वचनको बारेमा र येशू ख्रीष्टका बारेमा दिइएका हुबहु सत्य तथ्य क्रमवद्ध वयान गरेको छु । 3 यी वचनहरू जो कोहीले पढ्दछन् र जो कोहीले तिनलाई सुन्दछन् र तिनीहरू चर्को स्वरले पढिएका हुन्छन्, परमेश्वरले तिनीहरूको भलो गर्नुहुन्छ । तिनीहरू जो जसले ध्यान दिएर सुन्छन् र आज्ञा मान्दछन्, तिनीहरूलाई परमेश्वरले असल गर्नुहुन्छ, यी कुराहरू हुनआउने घटना चाँडै हुन आउने छ । 4 एसिया प्रान्तमा भएका सात समुदायका विश्वासीहरूलाई म यूहन्नाले यो पत्र लेख्दैछु । जो उहाँ सधैँ जीवित हुनुहुन्थ्यो, जो अहिले पनि जीवित हुनहुन्छ र जो भविष्यमा सधैँ जीवित हुनुहुनेले भन्नुहुनुहुन्छ, परमेश्वरले तिमीलाई अनुग्रह गरून् र तिमीलाई शान्ति देऊन् । सात आत्मा जो यस सिंहासन अगाडि विराजमान हुनुहुनेले तिमीहरूका निम्ति पनि यसै गरून् । 5 येशू ख्रीष्ट पनि परमेश्वरको सत्यताबारे जो विश्वासयोग्यले हामीलाई भन्नुभएको छ-हामीप्रति कृपालु हुनुभएको छ र मिलाप दिनुभएको छ । परमेश्वर जसले उहाँलाई मरेकोबाट उठ्नुहुने पहिलो हुनुभएको छ, उहाँले नै पृथ्वीका राजाहरूमाथि शासन गर्नुहुने छ । हामीलाई प्रेम गर्ने उहाँ नै हुनुहुन्छ र तब उहाँको क्रूसको मृत्युद्वारा उहाँको रगतले हाम्रा पापहरूको घृणित अवस्थाबाट छुटकारा दिनुभयो । 6 उहाँको राज्यमाथि शासन सुरु गर्नुहुनेछ; जो परमेश्वरको नजिक आउँछन्, उहाँले हामीलाई पूजाहारीमा नियुक्त गर्नुहुनेछ र उहाँले आज्ञा गरे बमोजिम पिताको आराधना गर्नेछन् । यो सत्य हो उहाँ येशू ख्रीष्ट हुनुहुन्छ जसलाई हामी सदा सर्वदा आदर र प्रशंसा गर्नुपर्छ । 7 हेर ख्रीष्ट बादलहरूमा आउनुहुनेछ । हरेकले उहाँलाई देख्नेछन् । पृथ्वीमा भएका हरेक प्रकारका मानिस, हरेक जातिले जब उहाँ आइरहेको देख्नेछन् तब दु:ख र विलौना गर्नेछन् । त्यो सत्य हो । 8 परमप्रभु परमेश्वरले घोषणा गर्नुहुन्छ, “म जो हुँ जसले सबै कुरा बनाए, अल्फा र ओमेगा जसले सबै कुरा अन्त गर्दछु । म जो जीवित थिए र जो सधैँ जीवित छु र जो सधैँ जीवित रहने छु । म जसले सबै कुरामाथि र सबैमाथि शासन गर्दछु ।” 9 म तिमीहरूको साथी यूहन्ना, तिमीहरूले जस्तै कष्ट भोग्दछु किनकि हामीमाथि राज्य गर्नुहुनेछ । आउन लागेका हरेक कष्ट र परीक्षामा पर्दा हामी जो स्थिर रहनेहरू उहाँले राज्य र शासन गर्दा हामी सहभागी हुनेछौँ । येशूको सत्यता र परमेश्वरको वचन मानिसहरूलाई बताएको कारण म पत्मोस टापुमा कैदी भएर पठाइए । 10 एकदिन हामीहरू अरू विश्वासीहरूसँग आराधना गरिरहेका बेला परमेश्वरको आत्माले मलाई नियन्त्रणमा राख्नुभयो । तब पछाडिबाट कसैले बोली रहेको मैले सुने । त्यो आवाज तुरहीको जस्तै गुन्जिरहेको थियो । 11 उहाँले मलाई भन्नुभयो, "तिमी जे देख्छौ सो एउटा चर्मपत्रमा लेख र ती विश्वासीहरूका सातै समुदायलाई पठाऊ । यसलाई एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियाका सातै सहरका विश्वासीहरूलाई पठाओ । 12 जब मैले यी कुराहरू सुने, जो बोल्दै हुनुहुन्थ्यो उहाँलाई हेर्न फर्के । तब मैले सातवटा सुनका सामदान देखेँ । 13 सामदानका माझमा कोही एकजना मानिसजस्तै (जसलाई समारोहमा निम्त्याइएका मानिसको पुत्र ) देखिनुहुन्थ्यो । उहाँले पाउसम्मै ढाकिएको दौरा र छाती वरिपरी सुनौलो राजदण्ड पहिरिनुभएको देखेँ । 14 उहाँको कपाल सेतो ऊन जस्तै अथवा झरेको सफा हिउँ जस्तै थियो । उहाँको आँखा चम्किलो ज्वाला जस्तै थिए । 15 उहाँका पाउहरू आगोको रापबाट खारिएर निकालिएको रातो धपक्क बलेको काँसा जस्तो देखिन्थ्यो । उहाँ बोल्नुहुँदा उहाँको आवाज जोडसँग बगिरहेको गहिरो र टाढासम्म पुग्ने ठूलो नदीको आवाज जस्तो सुनिन्थ्यो । 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए । उहाँको मुखबाट दुईतिर तिखो धार भएको तरवार निस्कन्थ्यो । उहाँको अनुहार मध्य दिनको सूर्य जस्तै चम्कन्थ्यो । 17 जब मैले उहाँलाई देखेँ म मरेतुल्य भएर भुइँमा घोप्टो परे । तर उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो, "नडराऊ ! म पहिलो हुँ जसले सबै कुरा सृष्टि गर्यो र अन्तमा जसले सबै कुरा अन्त गर्दछु । 18 म जीवित छु, यद्यपि म एकपल्ट मरेको थिएँ, र वास्तवमा म सदाका लागि जीवित छु । मेरो शक्ति मृत्युमाथि र मृत्यु स्थान नियन्त्रणमाथि छ । 19 तिमीले जे देखेका छौ सो लेख । र अहिले के भइरहेको छ लेख । र भविष्यमा के हुन आउने छ लेख । 20 सातवटा ताराहरूको अर्थ मेरो हातमा जे देख्यौ र सातवटा सुनौला सामदानहरू यी हुन् :सात ताराहरूले विश्वासीहरूको सातवटा एसियामा भएका समुदायहरूलाई रखवाली गर्ने स्वर्गदूतहरूको प्रतिनीधित्व गर्दछन् र सातवटा सामदानहरूले त्यहाँ भएका प्रत्येक समुदायहरूको प्रतिनीधित्व गर्दछन् ।”
Chapter 2
1 एफिसस सहरमा भएका विश्वासीहरूका समुदायका दूतलाई यो सन्देश लेख ; एक जनाले सात ताराहरूले दाहिने हातमा समाती रख्नुहुन्ने र एक जो सात सुनौलो सामदानका बीचमा हिँडडुल गर्नेले यो भन्नुहुन्छ : 2 तिमीले गरेका सबै कुरा मलाई थाहा छ । तिमीले गरेका कडा परिश्रम मलाई थाहा छ । अप्ठ्यारो समयबाट गुज्रिरहेको अवस्थामा पनि तिमीले धैर्य धारण गरेको कुरा मलाई थाहा छ । जो मानिसहरू खराब छन् तिनीहरूलाई सहन सक्दैनौँ भन्ने पनि मलाई थाहा छ र तिमीले तिनीहरूको विश्वासको बारेमा प्रश्न उठाएका छौ र तिमी जो आफूलाई प्रेरित भनी दाबी गर्छन्, वास्तवमा ती होइनन् । 3 म त्यो पनि जान्दछु जब तिमी मलाई विश्वास गरेको कारण कष्ट भोग्दा सहेर स्थिर रह्यौ र दृढ निश्चयसाथ् लगातार सेवा गरेका छौ । 4 तथापि केही कुराहरू भूल गरेका छौ : जस्तो तिमीले ममाथि भरोसा गरेका थियौ र एक अर्कामा प्रेम रहेन । 5 यसैले म तिमीलाई भन्दछु जसरी तिमीले मलाई प्रेम गरेका थियौ सो सम्झ । पहिला गरेका जस्तै प्रेम मलाई फेरि गर । अथवा तिमीले यसो गरेनौ भने म तिमीकहाँ आउनेछु र आराधना गर्ने समुदायबाट बत्ती हटाउनेछु, विश्वासीहरूको समुदायलाई तिमीबाट टाढा पठाउने छु । 6 तर तिमीले एउटा अति असल कुरा गरेका छौ : ती निकोलाईटसहरू, अनैतिक काम गर्छन् र जसले ती मानिसहरूलाई भन्दछन् तिमीहरूले मूर्तिपूजा गरे हुन्छ तिनीहरू जे गर्दछन् जसरी मैले यसलाई घृणा गरेझैँ तिमीहरू पनि गर्दछौ । 7 हरेकले जसले मेरा वचनहरू बुझ्न चाहन्छ निश्चय एकसाथ भेला हुने विश्वासीहरूका समुदायलाई परमेश्वरका आत्माले भन्नुभएको वचनहरूलाई ध्यानपूर्वक सुन्दछ । म वचन दिन्छु कि तिमी जसले मलाई पछ्याउँछौ विजयको प्रतिज्ञा गर्दछु । र त्यो जो विजयी हुनेलाई अनन्त जीवनको फल खाने अनुमति दिन्छु, त्यो रूख परमेश्वरको बगैचामा छ । 8 स्मुर्ना सहरमा भएका विश्वासीहरूको समुदायका दूतलाई यो वचन लेख : म पहिलो हुँ, एक जसले सबै कुराहरू सुरू गरे र म नै अन्त हुँ, जसले यी सबै कुराहरूको अन्त गर्दछ । म त्यो हुँ जो मरेको थिएँ र जीवित पारिए । 9 तिमीले कस्तो कष्ट भोगेका छौ मलाई थाहा छ । तिमी कस्तो गरीब छौ र तिम्रा आवश्यकताका कुराहरू धेरै कमी छन् (तर जो अनन्तका कुराहरू छन् तिनमा साँच्चै धनी छौ र तिमीबाट कहिल्यै खोसिने छैन) भन्ने कुरा म जान्दछु । तिमी जान्दछौ तिमीले ख्रीष्टलाई पछ्याएको कारणले ती मानिसहरूले तिमीलाई डरलाग्दा कुराहरू गर्नेछन् र तिमीहरूलाई सराप्ने छन् । ती यहूदीहरू ( वास्तवमा ती यहूदी होइनन्) तिमीलाई जसले सराप्ने छन् र तिमीलाई डरलाग्दा कुराहरू भन्ने छन्, तिनीहरू शैतानका सभाका सदस्यहरू हुन्, र परमेश्वरका मानिसहरूको सभाका सदस्यहरू होइनन् । 10 तिमीले कष्ट भोग्न लागेका कुराहरूबाट नडराऊ । सत्य चाहिँ यो हो कि, तिमीमा कस्तो प्रकारको विश्वासमा कहाँ छौ भन्ने हेरेर जाच गर्न तिमीलाई कठिन ठाउँमा राखिएको छ । यसैले एउटा छोरो समयको कष्ट भोग्ने छौ । निरन्तर ममा भरोसा राख, यद्यपि तिमीले ममा भरोसा राखेको कारण तिमीलाई मार्न सक्छन् । र तिमीहरूसँग भएको अनन्त जीवन र तिमीमाथि आउन लागेका कुराहरूको लागि म तिमीहरूको शरीरमा घेरिएको चिन्ह राखेको छु । 11 एकसाथ जम्मा भएका विश्वासीहरूको समुदायलाई परमेश्वरको आत्माले बोलेका वचनहरूलाई ध्यानपूर्वक सुन । सबै जो विजयी जति दोस्रो समयमा कोही मर्ने छैनन् । 12 पर्गामम सहरका विश्वासीहरूको समुदायका दूतलाई यो वचन लेख : यी कुराहरू म तिमीहरूलाई भन्दछु । म त्यो एक हुँ जससँग धारे तरवार छ । 13 म जान्दछु तिमी जहाँ बस्दछौ शैतानको शक्ति बलियो छ र उसको प्रभाव जहाँतहीँ छ । म जान्दछु तिमी दह्रो विश्वासी छौ, तिमी मेरो लागि बहुमूल्य छौ र मेरो प्रेमलाई तिमीले थामी राखेका छौ । जस्तो कि तिनीहरूले मेरो लागि विश्वासयोग्य सेवक एन्टीपासलाई मारे, जसले म को हुँ र मैले तिनीहरूलाई के गरेँ भन्ने कुरा ती मानिसहरूलाई भन्ने काम जारी राखेको थिएँ । 14 तर, यसो भए पनि तिमीहरूको आज्ञाकारिताको कमीले तिमीहरूको साक्षीमा ठेस पुगेको कुरा मैले देखेको छु । धेरै अघि बालामले सिकाएका शिक्षहरूलाई तिमीले तिम्रा सदस्यहरूलाई सिकाउन अनुमति दिएका छौ । उनले बालकलाई मूर्तिलाई चढाएको प्रसाद खान लगाएर र परमेश्वरका मानिसहरूका बीचमा यौन दुराचारलाई अनुमति दिए । 15 यसर्थ, तिमीहरूका केही सदस्यहरूलाई निकोलाईटसका शिक्षालाई अभ्यास गर्न अनुमति दियौ, यौन दुराचारलाई अनुमति दियौ, जुन निश्चय नै यसो गर्नु अनुमति छैन । 16 यसो गर्न बन्द गर र यस्तो निर्देशन परिवर्तन गर अथवा म तिमीहरूकहाँ एक्कासी आउनेछु तर पर्खने छैन र मेरो मुखबाट निस्केको वचनको तरवारले तिनीहरूको विरुद्धमा लड्नेछ । 17 विश्वासीहरूका समुदायलाई परमेश्वरका आत्माले बोलेको वचनलाई ध्यानपूर्वक सुन । उसलाई जसले जितेका छन्, म गुप्तमा रहेको मन्ना दिनेछु, त्यो तिमीले खाएर बलियो हुनेछौ । म तिनलाई सेतो पत्थर दिनेछु, जसमा मैले उसलाई दिएको नाम हुनेछ जो उसलाई र मलाई मात्र थाहा छ । 18 थिआटीरा सहरका एकसाथ भेला हुने विश्वासीहरूको समुदायका दूतलाई यो वचन लेख ; म, परमेश्वरको पुत्र, जसका आँखा आगोका झिल्का जस्तै चम्कन्छ र खुट्टाहरू उत्तम काँस जस्तै चम्किला छन्, म यी कुरा तिमीहरूलाई भन्दछु । 19 म जान्दछु तिमीहरूले असल कामहरू गरेका छौ । म यो जान्दछु तिमीहरूले मलाई र एक अर्कालाई प्रेम गर्दछौ र ममाथि भरोसा गर्दछौ । म जान्दछु तिमी अरूको सेवा गर्दछौ र प्रशस्त कठिनाईहरूमा दृढ्तासाथ स्थिर रह्यौ । म जान्दछु तिमीले पहिले गरेका भन्दा अहिले धेरै गरेका छौ । 20 तथापि, तिमीहरूले केही कुरा गल्ती गरेका छौ : धेरै समय अगाडि रहेकी दुष्ट रानी जिजवेलजस्तै तिमीहरूका बीचमा रहेका मानिसहरूलाई त्यस स्त्रीलाई जस्तै सहन्छौ । यद्यपि त्यसले जे शिक्षा सिकाइ, त्यसले मेरा सेवकहरूलाई ठग्दै मूर्तिहरूलाई चडाएको वस्तु खान र अनैतिक यौनमा सहभागी हुन् उत्तेजित पारी । 21 यद्यपि, मूर्ति पुजाको अभ्यास गर्न र यौन दुराचरबाट फर्कन समय दिए, यो काम रोक्न उसले मानिन् । 22 यसको परिणाम, उसलाई धेरै बिरामी हुने तुल्याउने छु । उसले कष्ट भोगे जस्तै जसले अनैतिक काम गर्छन्, त्यसले गरे जस्तै गर्न यदि तिनीहरूले रोक्दैनन् भने तिनीहरूलाई त्यसै गर्नेछु । 23 त्यसले जे सिकाएकी थिई त्यसलाई त्यसका सन्तानले जस्तै स्वीकार गरेका छन्, र म तिनीहरूलाई निश्चय मर्नेछु । तब सबै विश्वासीहरूको समुदायले त्यो सिक्नेछन्, म को हुँ जसले तिनीहरू प्रत्येकले के सोच्छन् र इच्छा गर्छन् ती सबै कुरा भेट्टाउने छु । 24 तर थिआटीरासहरमा तिमी बाँकी रहेका विश्वासीहरूलाई म केही असल कुराहरू भन्दछु । यो असल कुरा छ कि तिमीहरूले गल्ती कुराहरूलाई ग्रहण गर्दैनौ । यो असल छ कि शैतानले सिकाउने “रहस्यात्मक अभ्यास” लाई र तिनीहरूका शिक्षकहरूलाई तिमीहरूले इन्कार गरेका छौ । अरू कुनै आज्ञाहरूले म तिमीहरूलाई कुनै बोझ दिनेछैन । 25 ममा पक्का विश्वास गर्दै र म नआउन्जेलसम्म आज्ञा पालन गरिरहो । 26 त्यस्तै ती जसले शैतानलाई विजय गर्छन् र जसले मृत्युसम्म मेरा आज्ञा मान्ने काम गरी रहन्छन्, सबै मानव समुदायलाई मेरा सारा अधिकारहरू तिनीहरूलाई दिनेछु । 27 तिनीहरूले एउटा फलामको डण्डाले तिनीहरूलाई प्रहार गर्नेछन् र तिनीहरूमाथि अधिकार गर्नेछन् । खराब काम गर्नेहरूलाई माटोको भाँडो मानिसले चकनाचुर पारे झैँ तिनीहरूले नष्ट पार्नेछन् । म तिनीहरूलाई यस्तो काम गर्ने अधिकार दिनेछु, जसरी मेरा पिताले मलाई यो अधिकार दिनुभयो । 28 हरेक जसले शैतानमाथि विजय गर्छ, म त्यसलाई बिहानको तारा दिनेछु । 29 हरेक जसले बुझ्न चाहन्छ एकसाथ भेला भएका विश्वासीहरूका समुदायलाई परमेश्वरका आत्माले भानुभेका वचनहरूलाई होसियारीसाथ सुनून् ।
Chapter 3
1 मैले तिमीहरूलाई यी कुराहरू भनिरहँदा, “सार्डिस सहरमा भेला भएका विश्वासीहरूको झुण्डको दूतलाई यो सन्देश लेख । म त्यो हुँ जोसँग परमेश्वरको सातवटा आत्मा र सातवटा ताराहरू छन् । तिमीहरूले गरेका सबै कुरा मलाई थाहा छ । तिमीहरू जीवित देखिए तापनि मरेका छौ । 2 तिमीहरूका निन्द्राबाट जागा बस । मर्न आँटेका वस्तुहरू जुन केही तिनीहरूसँग अझै छन् तिनीहरूलाई बलिया बनाओ । मलाई थाहा छ मेरो परमेश्वरले तिमीहरूले कुनै पनि कुरा सन्तुष्टिपूर्ण छैन । 3 त्यसैले, जुन बेला परमेश्वरको सन्देश र सत्यतालाई तिमीहरू सुनी ग्रहण गर्यौ ती निरन्तर सम्झी राख । तिम्रो पापमय स्वभावबाट फरक र सधैँ त्यसको आज्ञापालन गर । यदि तिमीहरूले सो कुरा गरेनौ भने तिमीहरूले नचिताएको बेलामा चोर जस्तै म तिमीहरूकहाँ आउनेछु । तिमीहरूको न्याय गर्न म कुन समयमा आउँछु सो तिमीहरू कहिल्यै थाहा पाउनेछैनौ । 4 तैपनि त्यहाँ सार्डिस सहरमा भएका तिम्रा केही विश्वासीहरू जो खराब कुरा गरेका छैनन् । जसरी तिनीहरू आफ्ना कपडा कहिल्यै अशुद्ध परेनन् । किनकि त्यसको परिणाम तिनीहरू मसँगै बस्न योग्य छन्, जसरी तिनीहरू हरप्रकारले शुद्ध हुनेछन् । जस्तो मानिसहरू शुद्ध सेतो वस्त्र पहिरिएका हुन्छन् । 5 तिनीहरूलाई म त्यही सेतो वस्त्र लगाउने छु जसले विजय प्राप्त गर्नेछ । ती मानिसहरूको नाम जो जीवनको पुस्तकमा अनन्त जीवन प्राप्त गरेका छन् तिनीहरूको नाम म कहिल्यै मेट्ने छैन । त्यसको बदलामा, म मेरा पिता र उहाँको दूतहरूको सामुमा तिनीहरूलाई स्वीकार्नेछु । 6 हरेकले जो बुझ्न चाहन्छ तिनीहरूले परमेश्वरको वचन ध्यानपूर्वक सुनोस् जुन परमेश्वरको आत्माले भेला भएका विश्वासीहरूका समूहलाई भनिरहेको छ । 7 मैले तिमीहरूलाई यो कुरा भनिरहँदा , फिलडेल्फिया सहरमा भेला भएका विश्वासीहरूको झुण्डको दूतलाई यो सन्देश लेख; म जो पवित्र हुँ, जो सत्य हो । जसरी यरूशलेमको प्राचीन सहरमा मानिसहरूलाई प्रवेश गर्न दिने अधिकार राजा दाऊदसँग थियो , त्यसरी नै मेरो राज्यमा प्रवेश गर्न दिने अधिकार मसँग छ । ढोका खोल्ने म नै हुँ र मैले खोलेको ढोका कसैले बन्द गर्न सक्दैन, मैले तिमीहरूको लागि बन्द गरेको ढोका कसैले खोल्न सक्दैन । 8 तिमीले गरेका सबै कुरा मलाई थाहा छ । सचेत रहो जुन ढोका मैले तिम्रो लागि खोलेको छु त्यसलाई कसैले बन्द गर्न सक्दैन । यद्यपि तिमीसँग थोरै शक्ति भएतापनि मैले भनेका कुरालाई पालन गर्यौ र ममाथिको विश्वासलाई इन्कार गर्दैनौ । 9 होसियार बस, मलाई थाहा छ कि तिम्रा केही मानिसहरू तिनीहरूसँग भेटघाट गर्छ जसले शैतानलाई पछ्याउँछन् । तिनीहरू आफूलाई यहूदी भनेर दाबी गर्दछन् तर तिनीहरू साँचो यहूदी होइनन् त्यो मलाई थाहा छ । तिनीहरू झूटो बोल्दैछन् । म तिनीहरूलाई तिम्रो पाउमा नम्रतापूर्वक घुडा टेक्न लगाउनेछु र म तिमीलाई प्रेम गर्छु सो स्वीकार्ने छु । 10 धैर्यतापूर्वक दु:ख सहन र आज्ञा पालन गरेको कारणले म तिमीलाई मप्रति अनाज्ञाकारी हुन् नदिनेसँग सुरक्षित राख्नेछु । छिट्टै नै तिनीहरू सारा संसारमा प्रत्येकसँग त्यस्तै गर्नेछन् । 11 म चाँडै आउँदैछु । त्यसैले निरन्तर रूपमा मैले भनेको जस्तै गर ताकि परमेश्वरले राखेको इनामबाट कसैले पनि वन्चित नबनाओस् । 12 जसले शैतानमाथि विजय प्राप्त गर्नेछ , त्यसलाई म सुरक्षित राख्नेछु । मेरो परमेश्वरको भवनको खम्बा जस्तै तिनीहरू स्थिर हुनेछन् र सदाकालसम्म रहनेछन् । तिनीहरू उहाँका हुन् भनी देखाउन परमेश्वरको नाउँमा चिन्ह लगाउनेछु । त्यस्तै तिनीहरूलाई परमेश्वरको सहरको नाउँ नयाँ यरूशलेमको नाउँमा चिन्ह लगाउनेछु । मेरा परमेश्वर स्वर्गबाट ओर्लीआउनेछन् । तिनीहरू मेरै हुन् भन्ने देखाउन मेरै नामले चिन्ह लगाउनेछु । 13 प्रत्येक जो बुझ्न चाहनुहुन्छ त्यसले परमेश्वरको वचन ध्यानपूर्वक सुनोस् जुन परमेश्वरको आत्माले भेला भएका विश्वासीहरूका समूहलाई भनिरहेको छ । 14 मैले तिमीहरूलाई यी कुराहरू भनिरहँदा, “लाउडीकिया सहरमा भेला भएका विश्वासीहरूको झुण्डको दूतलाई यो सन्देश लेख । म हुँ जो परमेश्वरको सम्पूर्ण प्रतिज्ञा पूरा गर्छु । म हुँ जो परमेश्वरको सत्यता र अस्तित्वको बारेमा साक्षी दिन्छु । म जसद्वारा परमेश्वरले सबैथोक सृष्टि गर्नुभयो । 15 मलाई थाहा छ कि तिमीहरूले सबै थोक गरेका छौ: र मलाई इन्कार नगरी ममा भरोसा गरेका छौ, र पनि तिमीहरू मलाई धेरै प्रेम गर्दैनौ । तिमीहरू न चिसो न तातो जस्तै छौ । तर म चाहन्छु तिमीहरू चिसो अथवा तातो बन । 16 तिमीहरू न तातो न चिसो भएको कारणले म तिमीहरूलाई तिरस्कार गर्न लागेको छु जसरी मन तातो पानीले मुख कुल्ला गरिन्छ । 17 तिमीहरू आफूलाई धनी र आफू झै धेरै धन भएको र कुनै कुराको कमी छैन भन्छौ । तर तिमीहरूलाई धेरै प्रकारको कमी भएको कुरा महसुस गर्दैनौ । तिमीहरू ती मानिसहरू जस्तो छौ जो धेरै दुखी, दयनीय, गरीब, अन्धो र नाङ्गो छन् । 18 तिमीहरूलाई चाहिए जति मबाट प्राप्त गर भन्ने मेरो सल्लाह । छ तिमीहरूले मबाट शुद्ध सुन किनिरहेको थियौ तापनि तिमीहरू साँच्चै धनी हुन सक । म तिमीहरूलाई धर्मी बनाउन चाहन्छु । तिमीहरूले सेतो वस्त्र किनिरहेका थियौ ताकि त्यो वस्त्र लगाएर तिमीहरू नांगै हुन नपरोस् र लज्जित हुन नपरोस् भनेर म तिमीहरूलाई यो सत्यता बुझ्न सहायता गर्छु जसरी बिरामी आँखामा लगाउन मलहम किनिरहेका थियौ । 19 जहाँसम्म मैले तिमीहरूलाई प्रेम गरेको कारणले हप्काएर र सच्चाए, तिमीहरू आफ्ना हृदयबाट नै पापमय स्वभावहरू देखि फर्क । 20 मैले प्रत्येकलाई बोलीरहेको कुराप्रति उत्तर दिन सचेत रहो जस्तो कि म तिमीहरूका ढोकामा ढकढक्याउँदै पर्खी रहेको छु । म तिमीहरूकहाँ आउनेछु जसले मेरो स्वर सुनी ढोका खोल्दछ र भित्र आउनु मालाई निमन्त्रणा गर्ने छ । मित्रहरूसँग एक साथ भोजन खाए जस्तै म तिमीहरूकहाँ आउनेछु । 21 जसरी मैले शैतानमाथि विजय प्राप्त गरी मेरो पिताको सिंहासनमा बसी राज्य गर्दैछु त्यसरी नै तिमीहरू प्रत्येकले शैतानमाथि विजय प्राप्त गरी म सँगै बसी राज्य गर्न तिमीहरूलाई अनुमति दिन्छु । 22 प्रत्येकले जो बुझ्न चाहनुहुन्छ तिनीहरूले परमेश्वरको वचन ध्यानपूर्वक सुनोस् जुन परमेश्वरको आत्माले भेला भएका विश्वासीहरूका समूहलाई भनिरहेको छ ।
Chapter 4
1 यी सबै कुराहरू भइसकेपछि म, यूहन्नाले दर्शनमा देखे कि त्यहाँ स्वर्गमा एउटा ढोका खुला थियो । एकजना जसको आवाज एउटा चर्को तुरहीको जस्तो थियो, एकजना जोसँग पहिले नै बोल्नु भएको थियो, जसले मलाई भन्नुभयो, “त्यहाँ माथि आऊ ! म तिमीलाई ती घटनाहरू देखाउनेछु, जुन पछि हुनैपर्छ । 2 तुरन्तै मैले अनुभव गरे कि परमेश्वरको आत्माले विशेष गरी मलाई नियन्त्रण गरिरहनुभएको थियो । त्यहाँ स्वर्गमा एउटा सिंहासन थियो र सिंहासनमा कोही बसिराखेको र शासन गरिराखेको थियो । 3 उहाँको उपस्थिति एउटा चम्किलो पारदर्शक मुगाको गहना र एउटा चम्किलो रातो बहुमूल्य पत्थरको गहना जस्तो चम्किराखेको थियो । सिंहासनको वरिपरी एउटा इन्द्रेणी (सप्तरङ्गी) थियो जुन एउटा चम्किलो हरियो पत्थरको गहना जस्तो चम्किराखेको थियो । 4 सिंहासनको वरिपरी अरू चौँबीसवटा सिंहासन थिए । ती सिंहासनहरूमा चौँबीसजना धर्म गुरूहरू बसिराखेका थिए । तिनीहरूले शुद्ध सेतो वस्त्र पहिरिएका थिए र तिनीहरूको शिरमा सुनौलो मुकुटहरू थिए । 5 सिंहासनबाट त्यहाँ बिजुली चम्केर गडगडाहट र मेघ गर्जन भयो । सिंहासनको अगाडि सातवटा ज्योति बलिरहेका थिए जसले परमेश्वरको सातवटा आत्माहरूको प्रतिनिधित्व गर्छन् । 6 सिंहासनको अगाडि सिसाले बनाएको एउटा समुद्र जस्तो देखिने पनि थियो । यो सिसा जस्तै पारदर्शक थियो । हरेक सिंहासनको चारैपट्टि त्यहाँ एउटा जीवित जीवहरू थिए । हरेकको आँखा अगाडिबाट पछाडिबाट पनि छोपिएको थियो । 7 पहिलो जीवित जीव एउटा सिंह जस्तो थियो । दोस्रो जीवित जीव एउटा गोरू जस्तो थियो । तेस्रो जीवित जीवको अनुहार एउटा मानिसको जस्तो थियो । 8 चौथो जीवित जीव एउटा उड्ने चिल जस्तै थियो । हरेक जीवित जीवहरूका छ वटा पखेटाहरू थिए । ती पखेटाहरूले दुवै तल र माथिबाट आँखा छोपेका थिए । दिनरात तिनीहरूले निरन्तर भन्दथे, “परमप्रभु सर्वशक्तिमान पवित्र पवित्र पवित्र हुनुहुन्छ । उहाँ जो सधै अस्तित्वमा हुनुहुन्छ, जो अहिले अस्तित्वमा हुनुहुन्छ र जो सधैँ अस्तित्वमा हुनहुन्छ । 9 जीवित जीवहरूले जो सिंहासनमा बस्नुहुन्छ, जो सदासर्वदा जिउनुहुन्छ उहाँलाई धन्यवाद, प्रशंसा र आदर गर्दथे । अहिले जहिले उनीहरूले त्यसो गर्दथे, चौबीसै धर्मगुरू सिंहासनमा बस्नुहुनेको अगाडि जमिनमा लम्पसार पर्दथे । 10 तिनीहरूले जो सदासर्वदा जिउनुहुन्छ उहाँको आराधना गर्दथे । तिनीहरूले आफ्ना मुकुटहरू सिंहासनको अगाडि राखेर यसो भन्दथे ; 11 हाम्रा प्रभु र परमेश्वर, तपाईं योग्यको हुनहुन्छ कि सबै प्राणीले तपाईंको प्रशंसा गरून् । तपाईं योग्यको हुनुहुन्छ कि सबै प्राणीले तपाईंको आदर गरून् र तपाईं योग्यको हुनुहुन्छ कि सबै प्राणीले तपाईंलाई चिनून् कि तपाईं शक्तिशाली हुनुहुन्छ । किनकि तपाईं एक्लैले सबै कुरा सृष्टि गर्नुभयो । किनकि अझ धेरै सबै अस्तित्वमा आउन् भन्ने चाहना तपाईंले गर्नुभयो । तपाईंले तिनीहरूलाई सृष्टि गर्नुभएको परिणाम स्वरूप तिनीहरू अस्तित्वमा छन् ।
Chapter 5
1 मैले देखेँ कि एकजना जो सिंहासनमा बस्नु भएको थियो उहाँको दाहिने हातमा चर्म पत्रको एउटा मुठ्ठा थियो । चर्मपत्रको मुठ्ठाको भित्र र बाहिर पनि लेखिएको थियो र यसमा सातवटा छापले मोहर लगाइएको थियो । 2 मैले एउटा बलियो स्वर्गदूतलाई देखेँ जसले एउटा चर्को आवाजमा घोषणा गरिराखेका थिए, “यो चर्मपत्रको मुठ्ठाको मोहर तोड्न सक्ने योग्यको व्यक्ति आओस् र त्यसले यो खोलोस्, आओ र यो गर । 3 तर स्वर्गमा, पृथ्वीमा सृष्टि गरिएको प्राणीले अथवा यस मुनि भएका कोही पनि यो चर्मपत्रको मुठो खोल्न र यसमा लेखिएको कुरा हेर्न योग्यको त्यहाँ कोही पनि थिएन । 4 म जोडसँग रोए किनकि त्यसो गर्न योग्यको त्यहाँ कोही पनि थिएन । 5 तर एकजना धर्मगुरुले मलाई भन्नुभयो, “अब धेरै नरोऊ ! हेर, एकजना जसलाई यहूदाका कुलको सिंह भनेर भनिन्छ, जो राजा दाऊदको अधिकारी र वंशका थिए उहाँ शैतानमाथि विजयी हुनुभएको छ । परिणामस्वरूप, उहाँ सातवटा चर्मपत्रमा लगाइएको मोहर तोड्न र यो खोल्न योग्यको हुनहुन्छ । 6 तब मैले सिंहासनको वरिपरी धर्मगुरुहरू र चारवटा जीवित जीवहरूको बीचमा एउटा थुमालाई उभिइरहेको देखे । ऊ जीवित भएतापनि उसमा कसैले उसलाई मारेको जस्तो देखिने दागहरू थिए । उसका सातवटा सिङ्गहरू थिए र उसको सातवटा आँखाहरू छन् ती परमेश्वरको सात आत्माहरू हुन् जसलाई परमेश्वरले पृथ्वीभरि पठाउनुहुन्छ । 7 थुमा आउनुभयो र सिंहासनमा बस्नु हुनेको दाहिने हातबाट चर्मपत्रको मुठो लिनुभयो । 8 जब उहाँले चर्मपत्रको मुठो लिनुभयो, चार जीवित जीवहरू र चौँबीस धर्मगुरूहरू उहाँको अगाडि लम्पसार परे । तिनीहरू हरेकसँग एउटा खैजडी, सुगन्धले भरिएको सुनको कचौरा थियो जसले परमेश्वरका मानिसहरूको प्रार्थनाको प्रतिनीधित्व गर्छ । 9 तब जीवित जीवहरू र धर्मगुरुहरूले एउटा नयाँ गीत गाए, तिनीहरूले यसरी गाए; तपाईं चर्मपत्रको मुठो लिन र यसका मोहरहरू खोल्न योग्यको हुनुहुन्छ । किनकि तपाईं मारिनुभएको थियो, र तपाईंले छुटकारा दिनुहुन्छ । परमेश्वरको लागि मानिसहरू हरेक कुल, भाषाका मानिसहरू, जातीय समूहलाई जब तपाईं मर्नुभयो तपाईंको रगतले छुटकारा दिनुभयो । 10 तपाईंले तिनीहरूलाई आफ्नो मानिस बनाउनुभएको छ जसमाथि तपाईंले शासन गर्नुहुन्छ र तिनीहरूलाई तपाईंको सेवा गर्ने पुजाहारी बनाउनुभएको छ जसले पृथ्वीमा शासन गर्छन् । 11 जसै मैले निरन्तर हेरिरहे, सिंहासनको वरिपरी मैले धेरै स्वर्गदूतको आवाज सुने र जीवित जीवहरू र धर्मगुरूहरूको वरिपरी पनि । त्यहाँ लाखौँ मानिसहरूको भीड थियो, एउटा ठूलो भीड जुन कसैले पनि गन्न सक्दैनथ्यो । 12 तिनीहरूले चर्को आवाजमा गाइरहेका थिए ; थुमा जसलाई तिनीहरूले मारे यो कुरा ठिक छ कि उहाँको शक्तिको, सम्पत्ति, बलको, बुद्धिको र बलको प्रशंसा गर्नुपर्छ । सृष्टि गरिएको सबै चिजहरूले उहाँको प्रशंसा र आदर गर्नु असल कुरा (ठिक कुरा ) हो । 13 र मैले सुने स्वर्ग, पृथ्वी र पृथ्वीमुनि र समुद्रमुनि भएका प्राणीले यसो भनिरहेको “सिंहासनमा विराजमान हुनुहुने र थुमा जसलाई हामीले सदासर्वदा प्रशंसा, आदर र महिमा गर्नैपर्छ । उहाँहरूले सम्पूर्ण शक्तिमा सदासर्वदा राज्य गर्नुभएको होस् । 14 चारवटा जीवित प्राणीहरूले भने, “यो त्यस्तै होस्” तब धर्म गुरुहरू जमिनमा लम्पसार पारेर परमेश्वर र थुमाको आराधना गरे ।
Chapter 6
1 चर्मपत्रको मुठोबाट सातवटा छापहरूमध्ये पहिलो छाप थुमाले खोलेको मैले देखेँ । त्यसपछि ती चारवटा जीवित प्राणीहरूमध्ये एउटाले ठूलो गर्जनका साथ यसरी भन्यो, “आओ ।” 2 र एउटा सेतो घोडा देखा पर्यो । त्यसमाथि कोही चढीरहेको थियो र ऊसँग धनुष र काँडहरू थियो । मानिसहरूलाई जित्ने राजा उहाँ नै हुनुहुन्छ भनी देखाउन परमेश्वरले उसलाई एउटा मुकुट दिनुभयो । 3 त्यसपछि थुमा जस्तो देखिने एकजनाले दोस्रो छाप खोल्यो र दोस्रो जीवित प्राणीले “आओ” भनेको सुने । 4 अबदेखि उसो मानिसहरू शान्तिमा जिउन नपाओस् बरु यसको सट्टामा एउटाले अर्कोलाई मारुन् भन्नको लागि परमेश्वरले उसलाई शक्ति दिनुभएको थियो । यस उद्देश्यको लागि उसले ठूलो तरवार बोकेका थिए । 5 त्यसपछि थुमाले तेस्रो छाप खोल्यो, र मैले तेस्रो जीवित प्राणीले “आओ” भनेको सुने । यो समयमा मैले एउटा कालो घोडा प्रकट भएको देखेँ । त्यसमाथि कोही चढिरहेको थियो र ऊसँग एक जोडी तराजु उसको हातमा थियो । 6 त्यसपछि मैले ती चारवटै जीवित प्राणीहरूबाट आइरहेको जस्तो एउटा आवाज सुनेँ । यो आवाजले त्यो घोडामाथि भएको मानिसलाई भन्यो कि एक लिटर गहुँको मूल्य यतिसम्म होस् कि त्यसलाई किन्नको लागि एकजना मानिसले पुरै दिनभरी काम गर्न परोस् । र यस्तो पनि बनाओ कि तीन लिटर गहुँ पनि त्यही मूल्यमा बेच्न सकून् । तर जैतुनको तेल र दाख रसलाई चाहिँ नघटाओ । 7 त्यसपछि थुमाले चौथो छाप खोल्नुभयो, र चौथो जीवित प्राणीले “आओ” भनेको सुने । 8 यो समयमा मैले एउटा फुङ्ग रङ्ग उडेको पहेँलो घोडा प्रकट भएको देखेँ । कोही-कोही यसमाथि चढीरहेका थिए । उसको नाम “जो मानिसहरू म नै कारण हुनेछ” भनिएको थियो । कोही कोही उसको पछि लागेरहेको थियो । यो व्यक्तिको नाम चाहिँ “मरेका मानिसहरू जाने ठाउँ” थियो । परमेश्वरले ती दुई व्यक्तिहरूलाई पृथ्वीमा भएका सबै मानिसहरूको एक चौथाई भाग मार्ने शक्ति दिनुभयो । तिनीहरूले मानिसहरूलाई हातहतियार वा अनिकाल बिमारी वा जङ्गली जनावरहरूबाट मार्न सक्छन् । 9 त्यसपछि थुमाले पाँचौ छाप खोल्नुभयो र परमेश्वरको सन्देशलाई विश्वास गरेका र यसको सत्यताको बारेमा मानिसहरूलाई सुनाएको कारण अरू मानिसहरूले मारेका परमेश्वरको दासहरूको आत्माहरूलाई स्वर्गमा वेदीको मुनिपट्टिमैले देखेँ । 10 तिनीहरूले परमेश्वरलाई ठूलो स्वरले सोध्यो, “सार्वभौमसम्पन्न प्रभु, तपाईं पवित्र र सत्य हुनुहुन्छ । हामीलाई मर्ने पृथ्वीमा रहेका मानिसहरूलाई कहिलेसम्ममा तपाईंको अगाडि दोषी र दण्डित गर्नुहुन्छ ? 11 त्यसपछि परमेश्वरले हरेकलाई एउटा लामो, सेतो पोशाक दिनुभएर अझ केही समयसम्म आराम गर्न र धैर्य गर्न तिनीहरूलाई भन्नुभयो । तिनीहरूसँग परमेश्वरलाई सेवा गर्ने सबै विश्वासीहरूलाई दुष्ट मानिसहरूले नमारून्जेलसम्म धैर्य बस्नुपर्छ । यी विश्वासीहरू ती मानिसहरू थिए जसलाई परमेश्वरले यी अरू विश्वासीहरू मरेका जस्तै गरी मरेका चाहनु हुन्थ्यो । 12 त्यसपछि मैले थुमाले छैटौं छाप खोलेको देखेँ, र पृथ्वी भयानक प्रकारले हल्लियो । घाम कालो ऊनले बनेको लुगा जत्तिकै कालो भयो । र चन्द्रमाको पुरै भाग रगत जस्तै रातो भयो । 13 जब ठूलो बतासले नेभाराको रूखहरू हल्लाउँदा नछिपिएका नेभाराहरू झर्छन्, त्यस्तै गरी आकाशबाट ठूलो संख्यामा ताराहरू खसे । 14 पुरानो चर्मपत्रको मुठोलाई दुई भागमा अलग गर्दा दुवै भाग बन्द भएको जस्तै गरेर आकाश दुई भाग भएर खुल्यो र पुस्तकको मुठा झैँ बेह्रिएर माथि गयो । हरेक पहाड र टापुहरू यसको आफ्नो स्थानहरूबाट हल्लाईयो । 15 परिणामस्वरूप पृथ्वीमाथि भएका सबै मानिसहरू, राजाहरू, माथिल्लो तहका मानिसहरू, सेनापतिहरू, धनी मानिसहरू, शक्तिशाली मानिसहरू, यी बाहेक अरूहरू, दासहरू र स्वतन्त्र भएकाहरू सबैजना ओडारहरू र पहाडक बीचमा भएका चट्टानहरूमा लुके । 16 तिनीहरूले पहाडहरू र चट्टानहरूलाई कराएर भने, “हामीमाथि खस र हामीलाई लुकाओ ताकि जो सिंहासनमा बस्नुभएको छ, उहाँले हामीलाई देख्न नसकून् र थुमाले हामीलाई दण्ड दिन नसकून् । 17 यो चाहिँ भयानक दिन हुनेछ जसमा तिनीहरूले हामीलाई दण्ड दिनेछ । त्यस दिनमा कोही पनि बाँच्न सक्नेछैनन् ।
Chapter 7
1 यसपछि चारवटा स्वर्गदूतहरू पृथ्वीमा उभिएको मैले देखेँ । एउटा चाहिँ उत्तरतर्फ उभिएका थिए, एउटा चाहिँ पूर्व पट्टि, एउटा चाहिँ दक्षिणपट्टि र अर्को चाहिँ पश्चिमपट्टि उभिएका थिए । तिनीहरूसँग आँधी बेहरी थियो, जसले पृथ्वीमा भएका, समुद्रमा भएका अथवा यहाँसम्म कि कुनै पनि रूख समेत भएका वस्तुहरू नाश गर्दथे । 2 त्यसपछि एउटा अर्को स्वर्गदूत पूर्वबाट आयो उसले परमेश्वरको मोहर बोकेको थियो । यस मोहरमा सम्पूर्ण शक्ति छ जुन मोहरको छापद्वारा उहाँका मानिसहरूलाई सुरक्षित गर्दछ । यस स्वर्गदूतले ठूलो आवाजमा ती चारवटा स्वर्गदूतलाई बोलाए, जसलाई परमेश्वरले पृथ्वी र समुद्रलाई नाश गर्न भन्नुभएको थियो । 3 त्यस स्वर्ग्दूतले तिनीहरूलाई भन्यो, “पृथ्वी अथवा समुद्र अथवा रूखहरूलाई नोक्सानी नपुर्याउ, जबसम्म हामी हाम्रा परमेश्वरका सेवकहरूको निधारमा छाप लगाउँदैनौ ।” 4 त्यसपछि त्यो स्वर्गदूत र त्यसका सहकर्मी स्वर्गदूतहरूले परमेश्वरका सबै सेवकहरूलाई छाप लगाए । ती मानिसहरूको संख्या मैले सुने, जसलाई मोहर, छाप लगाइएको थियो । त्यो संख्या चाहिँ १४४, ००० थियो । ती मानिसहरू इस्राएली कुलबाट थिए । 5 ती स्वर्गदूतहरूले बाह्र हजार मानिसहरूलाई यहूदाको कुलबाट, बाह्र हजार मानिसहरू रूबेनका कुलबाट, बाह्र हजार मानिसहरू गादका कुलबाट, 6 बाह्र हजार मानिसहरू आशेरका कुलबाट, बाह्र हजार मानिसहरू नप्तालीका कुलबाट, बाह्र हजार मानिसहरू मनस्सेका कुलबाट, 7 बाह्र हजार मानिसहरू सिमियोनका कुलबाट, बाह्र हजार मानिसहरू लेवीका कुलबाट, बाह्र हजार मानिसहरू इस्साखरका कुलबाट, 8 बाह्र हजार मानिसहरू जबुलुनक कुलबाट, बाह्र हजार मानिसहरू योसेफका कुलबाट र बाह्र हजार मानिसहरू बेन्यामिनका कुलबाट छाप लगाए । 9 यी सबै कुरा भइसकेपछि, मैले एउटा ठूलो भीड देखेँ । त्यहाँ धेरै मानिसहरू थिए जसलाई कसैले पनि गणना गर्न सक्दैनथ्यो । तिनीहरू प्रत्येक जातिबाट, प्रत्येक कुलबाट, प्रत्येक समुदायबाट र प्रत्येक भाषा बोल्ने बाट थिए । तिनीहरू सिंहासन र थुमाको अगाडि उभिएका थिए । तिनीहरूले सेतो कपडा लगाएका र खजुरका हाँगाहरू हातमा समाएर हल्लाउँदै आनन्द मनाइरहेका थिए । 10 तिनीहरू चर्को स्वरमा कराए, “हाम्रो परमेश्वर, जो सिंहासनमा विराजमान हुनुहुन्छ, र थुमाद्वारा हामीलाई शैतानको शक्तिबाट छुटकारा दिनुभयो ।” 11 सबै स्वर्गदूतहरू सिंहासनको वरिपरी, धर्मगुरुहरूको वरिपरी र चारवटा जीवित प्राणीहरूको वरिपरी उभिरहेका थिए । तिनीहरू सबै सिंहासनको अगाडि घोप्टो पारेर परमेश्वरको आराधना गरे । 12 तिनीहरूले भने, “हो यस्तै हो ! हामी तपाईंलाई प्रशंसा, धन्यवाद र आदर गर्छौँ, हाम्रो परमेश्वरलाई सदासर्वदा ! हामी यो स्वीकार गर्दछौँ कि तपाईं सम्पूर्णरूपमा बुद्धिमानी, शक्तिशाली हुनुहुन्छ, जो सबै कुरा गर्न सदासर्वदा गर्न योग्यको हुनुहुन्छ यस्तै होस् ।” 13 अनि एकजना धर्मगुरुले मलाई सोध्नुभयो, "यी मानिसहरूले जो सेतो कपडा लगाएका छन् को हुन्, र कहाँबाट आएका हुन् ?” 14 महाशय ! मलाई थाहा छैन भनेर मैले जवाफ दिएँ । निश्चय नै तपाईंलाई थाहा छ तिनीहरू को हुन् !” उहाँले मलाई भन्नुभयो, “यिनीहरू ती मानिसहरू जो चाहिँ अरूहरूका कारणले असाध्यै दु:खमा परे । थुमा यिनीहरूका निम्ति मर्नुभयो, र परमेश्वरले तिनीहरूको पापहरूलाई क्षमा गरिदिनुभएको छ । यो यस्तो हो यदि तिनीहरूले आफ्ना कपडा उहाँको रगतमा धोएका छन् र सफा गरेका छन् । 15 यसै कारणले, तिनीहरू परमेश्वरको सिंहासनअघि छन्, र उहाँको भवनमा तिनीहरूले दिन र रात उहाँको आराधना गरे । परमेश्वर, जो सिंहासनमा बस्नुभएको छ, तिनीहरूको सुरक्षा गर्नुहुन्छ । 16 फलस्वरूप, तिनीहरू अब उप्रान्त भोकाउने छैनन् । तिनीहरू फेरि कहिल्यै तिर्खाउने छैनन् । सूर्यले फेरि कहिल्यै हिर्काउने छैन न त प्रकाशको तापले नोक्सानी पुर्याउनेछ । 17 किनकि थुमा जो सिंहासनमा हुनहुन्छ, उहाँले तिनीहरूको हेरचाह गर्नुहुन्छ, जसरी गोठालोले आफ्ना भेडाहरूको हेरचाह गर्छन् । उहाँले अनन्त जीवनको मार्गमा डोर्याउनुहुन्छ, जसरी गोठालोले आफ्ना भेडाहरूलाई मूलको पानीसम्म डोर्याउँछन् । परमेश्वरको कारणले अब तिनीहरू दु:खमा पर्नेछैनन् । जसै उहाँले तिनीहरूको आँशु आँखाबाट पुछिदिनुहुन्छ ।”
Chapter 8
1 त्यसपछि थुमाले सातौँ मोहर खोल्यो, र त्यहाँ स्वर्गमा केही समय अवधिको लागि कुनै आवाज थिएन । 2 मैले सात स्वर्गदूतहरू देखेँ जो चाहिँ परमेश्वरको अघि उभिएका थिए । उहाँले प्रत्येकलाई एक एकवटा तुरही दिनुभयो । 3 अर्को स्वर्गदूत आए र वेदीमा उभिए । ऊसँग बलिरहेको धूपको सुनको कचौरा थियो । परमेश्वरले त्यस स्वर्गदूतलाई धेरै मात्रामा धूप दिनुभयो र यो अर्पण गर्न सकोस् प्रार्थनाका साथमा सबै परमेश्वरका मानिसहरूका लागि, सुनको वेदीमा परमेश्वरको सिंहासनको अगाडि । 4 स्वर्गदूतको हातमा रहेको धूपको कचौराबाट, धूपको धुवाँ र परमेश्वरका मानिसहरूको प्रार्थनासँगै परमेश्वर समक्ष पुग्यो । 5 अनि स्वर्गदूतले सुनको कचौरा लियो र वेदीमा जलेको खरानीले कचौरलाई भर्यो । उसले त्यो पृथ्वीमा फाल्यो । एक्कासी चर्को आवाज गडगडाहट, बिजुली चम्कँदै र पृथ्वी हल्लियो । 6 त्यसपछि सात स्वर्गदूतहरू, जो प्रत्येकसँग तुरही थियो, तुरही फुक्नको निम्ति तयार थिए । 7 पहिलो स्वर्गदूतले तुरही फुक्यो र असिना र आगो मिसिएको रगत पृथ्वीमा खन्याइयो । फलस्वरूप पृथ्वीमा रहेका सबै वस्तु जले । एक तिहाइ रूख जले, र एक तिहाइ हरियो घाँस जले । 8 अनि दोस्रो स्वर्गदूतले तुरही फुक्यो, र ठूलो पहाड जल्दै समुद्रमा खसे जस्तो थियो । फलस्वरूप एक तिहाइ समुद्र रगत झैँ रातो भयो । 9 एक तिहाइ समुद्रका जीव जन्तुहरू मरे, एक तिहाइ समुद्रका पानी जहाजहरू ध्वस्त भए । 10 अनि तेस्रो स्वर्गदूतले तुरही फुक्यो, ठूलो तारा ज्योति झैँ बल्दै आकाशबाट एक तिहाइ नदीहरूमा र एक तिहाइ पानीको मूलहरूमा खसे । 11 त्यस ताराको नाम तीतोपना हो । फलस्वरूप एक तिहाइ नदीहरूका र मूलहरूको पानी तीतो भयो । धेरै मानिसहरू पानी पिएका कारणले मरे किनभने यो तीतो भएको थियो । 12 अनि चौथो स्वर्गदूतले तुरही फुक्यो, र परमेश्वरले सूर्य, चन्द्रमा र ताराहरूलाई हिर्काउनुभयो र तिनीहरूले आफ्नो ज्योति एक तिहाइ समयको लागि गुमाए । सूर्य एक तिहाइ दिनमा उज्यालो दिदैन, र चन्द्रमा र ताराहरूले एक तिहाइको रातमा चम्कदैनन् । 13 जसै म हेरिरहेका थिए, एउटा स्वर्गदूत उच्च आकाशमा ठूलो स्वरमा उडिरहेको सुने, “डरलाग्दो चिज हुनेछ मानिसहरूलाई जो चाहिँ पृथ्वीमा बस्दछन् जब बाँकी रहेको तीनवटा स्वर्गदूतहरूले आफ्ना तुरही फुक्छन् ! तिनीहरू तुरही फुक्नका लागि तयार छन् ।”
Chapter 9
1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुक्यो र मैले स्वर्गबाट पृथ्वीतिर खसेको एउटा तारालाई देखेँ । परमेश्वरले त्यस तारालाई कहिँ कहिल्यै आँट नहुने विशाल अतलकुण्डको चाबी दिनुभयो । 2 जब उसले त्यो आँट नहुने अतलकुण्ड खोल्यो तब विशाल आगोको भट्टीबाट आएको धुवाँ जस्तो गरी त्यस अतलकुण्ड बाट धुवाँ निस्कियो । त्यो धुवाँले कुनै पनि मानिसलाई घामको प्रकाश र आकाश देख्नबाट रोक्यो । 3 त्यस धुवाँबाट सलहहरू पृथ्वीतिर आयो । परमेश्वरले ती सलहहरूलाई बिच्छीहरूले मानिसहरूलाई डस्ने शक्ति जस्तै शक्ति दिनुभयो । 4 परमेश्वरले ती सलहहरूलाई पृथ्वीका घाँसहरू र कुनै पनि विरूवाहरू वा रूखहरूलाई हानी गर्नु हुँदैन भनी भन्नुभयो । परमेश्वरले “ज-जसको निधारमा तिनीहरू परमेश्वरको हो भनी देखाइएको चिन्ह हुँदैन” त्यस्ता मानिसहरूलाई मात्र हानी गर्नु भनी भन्नुभयो । 5 परमेश्वरले ती मानिसहरूलाई मर्नाक्को लागि सलहहरूलाई अनुमति दिनुभएन बरू यसको सट्टामा ती सलहहरूले पाँच महिनासम्म मानिसहरूली सताइरहे । 6 सलहहरूले ती मानिसहरूलाई यस्तो दु:ख दिइरहेको समयमा पिडा चाहिँ यति साह्रो हुनेछ कि मानिसहरूले मर्नको लागि उपायहरू खोज्ने छन् तर तिनीहरूले कुनै पनि उपायहरू पाउने छैनन् । 7 ती सलहहरू युद्धको लागि तयार भएका घोडाहरू जस्ता थिए । तिनीहरूको शिरमाथि सुनको मुकुटहरू थिए । तिनीहरूका अनुहार मानिसहरूको अनुहार जस्तो थियो । 8 तिनीहरूसँग स्त्रीहरूको जस्तो लामो कपाल थियो । तिनीहरूको दाँतहरू सिंहको जस्तो बलियो थियो । 9 तिनीहरूले फलामले बनाएका छातीपाताहरू लगएका थिए । जब तिनीहरू उडिरहेका थिए, तिनीहरूको पखेटाहरूले युद्धको लागि हतार रथहरू तान्दै गइरहेका धेरै घोडाहरूको गर्जनको जस्तो आवाज निकाले । 10 तिनीहरूको पुच्छरहरू बिच्छीको जस्तो थियो । ती पुच्छरहरूबाट तिनीहरूले मानिसहरूलाई डस्थे । तिनीहरूको पुच्छरहरूमा त्यो पाँच महिनासम्म मानिसहरूलाई हानी गर्ने शक्ति थियो । 11 तिनीहरूमाथि शासन गर्ने त्यो राजा पातालको दूत थियो । जसको नाम हिब्रू भाषामा अबाड्डोन हो र ग्रीक भाषामा चाहिँ अपोल्लियोन हुन्छ । यी दुवै नामको अर्थ “विनाशक” हुन्छ । 12 त्यो पहिलो भयानक घटनाको अन्त भयो । तर होसियारी होओ कि दुइवटा अझ भयानक घटनाहरू अझ आउन बाँकी छ । 13 त्यसपछि छैटौं दूतले उसको तुरही फुक्यो । र मैले सुनको वेदीको चारै कुनाहरूबाट एउटा आवाज सुने, जुन परमेश्वरको उपस्थितिमा छ । 14 त्यो आवाजले तुरही भएको छैटौं दूतलाई भन्दै थियो, “मैले विशाल युप्रेटस नदीमा बन्धक बनाएर राखेको चारवटा दूतहरूलाई छोडिदेओ ।” 15 तब ती चारवटा दूतहरू स्वतन्त्र भए जोहरूले ठिक त्यही घण्टा, त्यही दिन, त्यही महिना र त्यही वर्षको लागि पर्खिरहेका थिए । तिनीहरूलाई स्वतन्त्र गराइयो ताकि तिनीहरूले एकतिहाइ मानिसहरूलाई मार्नको लागि तिनीहरूका सेनाहरूलाई सक्षम बनाउन सकून् । 16 घोडामा स्वर ती सेनाहरूको संख्या २० करोड थियो । त्यहाँ कति जना थियो भनेर कसैले भनेको मैले सुने । 17 मैले दर्शनमा घोडामा स्वर सेनाहरू र घोडाहरू (उस्ता-उस्तै) देखेँ । ती सेनाहरूले आगो जस्तो रातो, धुवाँ जस्तो मधुरो कालो निलो र गन्धक जस्तो पहेँलो रङ्ग भएको छातीपाताहरू लगाएका थिए । ती घोडाहरूको टाउको सिंहहरूका जस्ता थिए । तिनीहरूको मुखबाट आगो र बलिरहेको गन्धकको धुवाँ निस्किरहेको थियो । 18 घोडाहरूको मुखबाट निस्केक ती तीन चिजहरू -आगो, धुवाँ र बलिरहेको गन्धक्ले तीन भागको एक भाग मानिसहरूलाई मारे । 19 घोदाहरूक्को शक्ति तिनीहरूको मुखमा र तिनीहरूको पुच्छरहरूमा थिए । तिनीहरूको पुच्छरहरूमा सर्पहरू जस्तो टाउकाहरू थिए जसद्वारा तिनीहरूले मानिसहरूलेई हानी गर्यो । 20 थोकहरूबाट तर बाँकी मानिसहरू जोहरू आगो र धुवाँ र बलिरहेको गन्धकको महामारीद्वारा मारिएको थिएन; तिनीहरूले गरिरहेको पापपूर्ण थिकहरूबाट फर्किएनन् । तिनीहरूले तिनीहरू आफैले सुन, चाँदी, पित्तल, चट्टान र काठहरूबाट बनाएका भूत आत्मा वा मूर्तिहरूलाई पुज्न रोकेनन् । यद्यपि ती मूर्तिहरू जसले देख्न वा सुन्न वा हिँडडुल गर्न सक्दैनथे; र पनि मानिसहरूले तिनीहरूलाई पुज्न छोडेनन् । 21 तिनीहरूले मानिसहरूको हत्या गर्ने वा तन्त्रमन्त्रको अभ्यास गर्न वा अनैतिक यौन क्रियाकलाप वा चोरी गर्न छोडेनन् ।
Chapter 10
1 तब मैले दर्शनमा अर्को शक्तिशाली स्वर्गदूत स्वर्गबाट आएको देखेँ । उसलाई बादलले घेरिएको थियो । उहाँको शिरमाथि इन्द्रेणी थियो । उहाँको अनुहार सूर्य जस्तै चम्केको थियो । उहाँको खुट्टाहरू आगोको मुस्लो जस्तो देखिन्थे । 2 उहाँको हातमा एउटा सानो चर्मपत्रको थियो । उहाँले आफ्नो दाहिने खुट्टा समुद्रमाथि र उहाँको देब्रे खुट्टा जमिनमाथि राख्नुभएको थियो । 3 उहाँ एउटा ठूलो स्वरमा कराउनुभयो, उहाँको स्वर एउटा सिंहको गर्जन जस्तो थियो । जब उहाँ कराउनुभयो , त्यो सातचोटी गर्जियो । अनि गर्जन शब्दहरू जुन मैले बुझ्न सकें । 4 मैले सुनेका शब्दहरू लेख्नै लागेका थिए तर स्वर्गबाट एउटा आवाजले भन्यो, "गोप्यमाराख जो गर्जनमा भनिएको थियो, त्यो नलेख । 5 अनि स्वर्गदूत जसलाई मैले देखेँ , उहाँ समुद्रमाथि उभिनु भएको थियो अनि उहाँको दाहिने हातपट्टि जमिन उठेर स्वर्गसम्मै पुग्यो । 6 अनि उहाँले सदासर्वदा जीवित हुनुहुनेलाई सोध्नुभयो, जसले स्वर्ग अनि त्यसमा भएका सबैथोक सृजनुभयो, जसले पृथ्वी अनि त्यसमा भएका सबै थोक सृजनु भयो अनि जसले समुद्र र त्यसमा भएका सबै थोक सृजनु भयो, उहाँले जे भन्नुभएको थियो त्यो सत्य हो । परमेश्वरले जे योजना गर्नुभएको छ सो गर्नलाई उहाँ ढिलो गर्नुहुनेछैन स्वर्गदूतले भने । 7 उहाँले भन्नुभयो, जब समय आउँछ अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्छ अनि परमेश्वरको गुप्ताको योजना सकिनेछ , जसरी उहाँले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको थियो । 8 जसलाई मैले स्वर्गबाट बोल्नुभएको सुने, उहाँ फेरि मसँग बोल्नुभयो, “जाओ र समुद्र र जमिनमाथि उभिनुहुने स्वर्गदूतको हातबाट खोलिएको चर्मपत्रको मुठा लेओ ।” 9 त्यसैले म स्वर्गदूतकहाँ गएँ र सानो चर्मपत्रको मुठो मलाई दिनुहोस् भनेर मागे । उहाँले भन्नुभयो, “यो लेओ र खाओ । यसको स्वाद तिम्रो मुखमा मह जस्तो मिठो स्वाद हुनेछ तर यसले तिम्रो पेटलाई तीतो बनाउनेछ । 10 मैले स्वर्गदूतको हातबाट सानो चर्मपत्रको मुठो लिएर खाएँ । मेरो मुखमा यसको स्वाद मह झैँ मिठो थियो, तर यसले मेरो पेटलाई तीतो बनायो । 11 जो स्वर्गबाट बोल्नुहुनेले मलाई भन्नुभयो, “तिमी फेरि परमेश्वरको वचन धेरै धेरै राष्ट्रहरू, मानिसको समूहहरू, धेरै भाषा बोल्नेहरू धेरै राजाहरूलाई भन्नैपर्छ ।
Chapter 11
1 त्यसपछि स्वर्गदूतले एउटा डन्डी जस्तो नाप्ने टाँगी दिनुभयो । परमेश्वरले मलाई भन्नुभयो, “गएर मन्दिर र वेदीको नाप लेऊ अनि त्यहाँ आराधना गर्ने मानिसहरूको गन्ती गर । 2 तर मन्दिर बाहिरको सभाकक्षाको नाप नलेओ, किनभने त्यो मैले गैर-यहूदीहरूको समूहहरूलाई दिएको छु । यसको नतिजा चाहिँ तिनीहरूले यरूशलेमलाई बयालीस महिनासम्म आफ्नो खुट्टामुनि कुल्च्नेछन् । 3 म दुईजना गवाहीहरूलाई पठाउनेछु तिनीहरूले विद्रोहको घोषणा गर्नेछन् जुन १२६० दिन म तिनीहरूसँग विद्रोह गर्नेछु, मानिसहरूको पापको कारण दुखित हुनेछन् जोहरू बाख्राको रौँबाट बनेको अनियन्त्रित वस्त्रहरू पहिरिएर पाप गरे । 4 तिनीहरूको गवाहीको प्रतिनीधित्व दुइवटा जैतुनको रूख र दुइवटा सामदानले गर्दछ, जोहरू परमप्रभुको उपस्थितिमा हुन्छन्, जसले पृथ्वीमा राज्य गर्नुहुन्छ । 5 यदि कसैले ती गवाहीहरूलाई हानी गर्ने कोसिस गर्छ भने, गवाहीहरूको मुखबाट आगो निस्केर तिनीहरूलाई नष्ट गर्नेछ । यदि मानिसहरूले ती दुइ गवाहीहरूलाई हानी गर्न चाहन्छ भने अवश्य त्यसै गरी मारिनेछ । 6 ती गवाहीहरूसँगआकाशमा धिक्कार हुनेछ, तिनीहरूले परमेश्वरको विद्रोहको बारेमा घोषणा गर्ने समयमा वर्षा रोक्न आज्ञा गर्न सक्छन् । तिनीहरूसँग सबैतिर पानीलाई रगत बनाउन सक्ने अधिकार छ । तिनीहरूले यो प्राय: चाहेको समयमा गर्न सक्छन् । 7 जब तिनीहरूले परमेश्वरको वचन घोषणा गरी सक्छन् अनि पातालबाट घृणित जनावर निस्की आउनेछ र आक्रमण गर्नेछ र विजयी हुनेछ अनि तिनीहरूलाई मार्नेछ । 8 ती दुइ गवाहीहरूको मृत शरीर महान सहरको सडकमा राखिनेछ, जहाँ तिनीहरूको प्रभुलाई क्रूसमा चढाएको थियो । जुन सहरलाई सांकेतिक रूपमा सदोम वा मिश्र भनिन्छ । किनभने यहाँका मानिसहरू सदोम र मिश्रमा बस्ने मानिसहरू जस्तै साह्रै खराब थिए । 9 व्यक्तिगत रूपमा धेरै मानिसका समूहहरू, जातिहरू, भाषा समूहहरू र राज्यहरूले तिनीहरूको मृत शरीरलाई तीन दिन र आधा दिनसम्म हेरे । तर तिनीहरू कसैलाई तिनीहरूको लास पुर्ने अनुमति दिइएन । 10 जब पृथ्वीमा भयङ्कर जीवित मानिसहरूले ती गवाहीहरूको मृत्यु भएको देखे, तिनीहरू रमाए र खुशीयाली मनाए । तिनीहरू एक आपसमा उपहारहरू पठाए, किनभने ती दुइ अगमवक्ताहरूले विपत्तिहरू पठाएर तिनीहरूलाई कष्ट दिएका थिए । 11 तर तीन दिन आधा दिनपछि परमेश्वरले सास फुकेर फेरि जीवित पार्नुहुनेछ । जब तिनीहरू खडा हुनेछन् अनि ती देख्ने मानिसहरू आतंकित हुनेछन् । 12 ती दुइ गवाहीहरूले स्वर्गबाट ठूलो आवाज सुन्नेछन्, “यहाँ माथि आओ !” त्यसपछि तिनीहरू एउटा बादलमा स्वर्गमाथि जानेछन्, तिनीहरूको शत्रुहरूले माथि गएको देखिनेछन् । 13 त्यसै समयमा त्यहाँ महाभूकम्प हुनेछ, जसको नतिजा चाहिँ सहरको दशौँ भाग घरहरू भत्कनेछन् अनि सात हजार मानिसहरू मर्नेछन् । बाँकी रहेका मानिसहरू भयभित हुनुहुनेछन् अनि उनीहरूले जान्नेछन् कि परमेश्वर जो स्वर्गमा राज गर्नुहुन्छ उहाँ सर्वोच्च हुनुहुन्छ । 14 त्यो चाहिँ दोस्रो भयानक विपती हुनेछ, होसियारी रहो ! अब तेस्रो भयानक विपत्ति चाँडै हुन् आउनेछ । 15 त्यसपछि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्यो । स्वर्गमा ठूलो आवाज गुन्जियो, “हाम्रो प्रभु परमेश्वर अनि ख्रीष्ट जसलाई उहाँले नियुक्त गर्नुभयो अब उहाँले संसारको सबै मानिसहरूलाई शासन गर्नुहुन्छ, अनि तिनीहरूलाई सदासर्वदा शासन गर्नुहुनेछ ।” 16 परमेश्वरको उपस्थितिमा आफ्नो सिंहासनमा बसेका चौबीस धर्मगुरुहरू लमपसार परेर उहाँको आराधना गरे । 17 तिनीहरूले भने, “परमप्रभु परमेश्वर, तपाईं सर्वशक्तिमान हुनुहुन्छ ! तपाईं मात्र अहिले अस्तित्वमा हुनुहुन्छ । तपाईं जो सधैँ अस्तित्वमा हुनुहुन्छ ! हामी धन्यवाद दिन्छौँ, तपाईंले आफ्नो शक्तिले पराजित गराउनु भएकोमा जोहरूले तपाईंको विरुद्धमा विद्रोह गरे, अनि अब तपाईंले संसारको सबै मानिसहरूमाथि शासन गर्नुहुन्छ । 18 राष्ट्रका अविश्वासी मानिसहरू क्रोधले तपाईंसँग रिसाउँछन् त्यसको नतिजा चाहिँ तपाईं तिनीहरूप्रति अति क्रोधित हुनुहुन्छ । तपाईंले निश्चय गर्नुभयो कि सबै मरेका मानिसहरूको न्याय गर्ने ठिक समय यही हो । तपाईंले यो पनि निश्चय गर्नुभएको छ कि तपाईंको दासहरूलाई इनाम दिने ठिक समय यही हो, दुवै अगमवक्ताहरू र अरू मानिसहरू जोहरूले तपाईंलाई आदर गर्छन्, तिनीहरू पृथ्वीमा महत्त्वपूर्ण थिए वा थिएनन् । ती सबैलाई इनाम दिने यो तपाईंको समय हो । तपाईंले यो पनि निश्चय गर्नुभएको छ, ती मानिसहरूलाई नाश गर्न, जोहरूले पृथ्वीमा अरूहरूलाई नाश गरिरहेका छन् ।” 19 तब परमेश्वरले स्वर्गमा उहाँको मन्दिरलाई खोल्नुभयो, अनि मैले अति पवित्र छाती देखेँ । बिजुली चम्किरहेको अनि मेघ गर्जिरहेको र चट्याङ्गको आवाज आइरहेको थियो । पृथ्वी हल्लिरहेको थियो, आकाशबाट ठूलो असिना झर्यो ।
Chapter 12
1 तब आकाशमा अति महत्त्वपूर्ण केही कुरा देखियो । यो एउटी स्त्री थिई, जसको पोशाक चाहिँ सूर्य थियो । तिनको पैतालामुनि चन्द्रमा थियो । तिनको शिरमा बाह्रवटा ताराहरूले उनेको विजयको माला थियो । 2 तिनले एउटा बच्चा जन्माउने बेला तिनी चर्को स्वरमा चिच्याई किनकि तिनी पिँडामा कष्ट भोगिरहेकी थिई । 3 अनि आकाशमा केही अरू अति अनौठो कुरा देखियो । त्यो एक ठूलो रातो अजिङ्गर थियो । त्यसको सातवटा टाउकाहरू र दशवटा सिङ्गहरू थिए । त्यसको प्रत्येक टाउकाहरूमा राजकीय मुकुट थियो । 4 त्यो अजिङ्गररको पुच्छरले आकाशबाट ताराहरूको तीन भागलाई खिच्यो र तिनीहरूलाई पृथ्वीतिर फालिदियो । अजिङ्गर बच्चा जन्माउन लागेकी स्त्रीको सामुन्ने खडा भयो ताकि स्त्रीले बच्चा जन्माउने बित्तिकै उसले खान सकून् । 5 तब तिनले एउटा छोरा जन्माई जसलाई सबै जातिका समूहलाई फलामको दण्डद्वारा शासन गर्न नियुक्ति गरियो । परमेश्वरले तिनको बच्चालाई तिनीबाट खोस्नुभयो र आफ्नो सिंहासन तिर लानुभयो । 6 तर स्त्री मरूभूमीतिर भागेर गई । तिनले त्यहाँ एउटा ठाउँ पाई जुन ठाउँ १२६० दिनसम्म तिनको हेरचाह गर्नका लागि परमेश्वरले तिनको निम्ति तयार पार्नुभएको थियो । 7 तब स्वर्गमा एउटा युद्ध चलेको थियो । उहाँले आदेश दिनुभएको माइकल र दूतहरूले पनि अजिङ्गरको विरुद्धमा युद्ध गरे । अजिङ्गर र उसका दूतहरूलेपनि माइकल र उसको दूतहरूको विरोधमा यूद्ध गरे । 8 तर अजिङ्गरले युद्ध जितेन । न त परमेश्वरले अजिङ्गर र उसका दूतहरूलाई स्वर्गमा अरू समय रहनको निम्ति ठाउँ दिनुभयो । 9 यसको सट्टामा परमेश्वरले त्यो विशाल अजिङ्गरलाई स्वर्गबाट निकालेर फ्याँकि दिनुभयो । त्यो अजिङ्गर, प्राचीन सर्प हो जसको नामहरू दियाबलस र शैतान हुन् । ऊ त्यही हो जसले पृथ्वीमा भएका सबै मानिसलाई छक्याउँछ । उसलाई उसका सबै दूतहरूका साथमा पृथ्वीमा फालियो । 10 तब मैले स्वर्गमा कोही एक चर्को स्वरमा कराएको सुनेँ, “अब हाम्रो परमेश्वर उहाँको आफ्नो शक्तिद्वारा आफ्ना मानिसहरूलाई बचाउनु भएको छ र उहाँले सबै मानिसहरूमाथि शासन गर्नुहुन्छ । अब उहाँको ख्रीष्टसँग, जो उहाँको महान शासक जसलाई परमेश्वरले नियुक्त गर्नुभयो, हरेक ठाउँमा शासन अधिकार छ किनभने हाम्रा परमेश्वरले स्वर्गबाट एकजनालाई बाहिर फ्याँकि दिनुभएको छ जसले गलत काम गरेर हाम्रा संगी-विश्वासीहरूलाई दोष लगाउँछ । त्यो अजिङ्गर दिन र रात हाम्रा परमेश्वरको सामुन्ने उनीहरूलाई दोष लगाउँछ । 11 हाम्रा संगी-विश्वासीहरूले उसमाथि विजय गरे किनकि थुमाले आफ्नो रगत बगाउनुभएको थियो र उनीहरूको निम्ति मर्नुभएको थियो र तिनीहरूले उहाँको सत्यको बेला अरूहरूलाई बताए । तिनीहरूले आफूलाई जीवित राखी राख्न चाहेनन् तर उहाँको बारेमा सत्य बोल्ने खातिर उनीहरू मानिसहरू मारिने इच्छा गर्थे । 12 तसर्थ स्वर्गमा हुने प्रत्येकजना रमाउनु पर्दछ । तर तिमी मानिसहरू जो पृथ्वी र समुद्रमा रहन्छन् तिमीहरूमा भयभित कुराहरू घट्नेछन् किनकि दियाबलस तिमीहरूतिर ओर्लिएर आएको छ । ऊ धेरै रिसाएको छ किनकि उसलाई थाहा छ कि परमेश्वरले उसको न्याय गरेर उसलाई दण्ड दिने समय छोटो छ । 13 जब अजिङ्गरले आफूलाई पृथ्वीमा फालिदिएको कुरा महसुस गरे, उसले छोरालाई जन्म दिने स्त्रीलाई खेदियो । 14 तर परमेश्वरले स्त्रीलाई एक विशाल चिलको जस्तो दुइवटा पखेटाहरू दिनुभयो ताकि स्त्री उडेर मरूभूमी जान सकून् । त्यहाँ परमेश्वरले तिनको निम्ति तयार गरी राख्नुभएको एउटा ठाउँ छ । त्यहाँ परमेश्वरले तिनलाई तीन वर्ष आधा वर्षसम्म हेरचाह गर्नुभयो । सर्प, जुन अजिङ्गर हो, त्यस स्त्री भएको ठाउँमा पुग्न सकेन । 15 त्यसपछि त्यस सर्पले आफ्नो मुखबाट एक नदी जस्तो पानी स्त्रीतर्फ खन्याइदियो ताकि त्यस पानीद्वारा तिनलाई बगाइयोस् । 16 तर अजिङ्गरको मुखबाट खन्याइदिएको नदीलाई भूमी खोलेर निलिदियो र स्त्रीलाई सहायता गर्यो । 17 तब अजिङ्गर स्त्रीसँग साह्रै रिसायो । तसर्थ ऊ स्त्रीको र बाँकी रहेको सबै सन्तानहरूसँग युद्ध गर्नलाई गए । तिनीहरू ती मानिसहरू हुन् जो परमेश्वरको आज्ञाहरू पालन गर्दछन् र जो येशूको बारेमा सत्य बोल्छन् । 18 त्यसपछि अजिङ्गर महासागरको किनारमा उभियो ।
Chapter 13
1 त्यसपछि मैले समुद्रबाट जनावर निस्केको देखे । त्यसको दशवटा सिङ र सातवटा शिरहरू थिए । प्रत्येक शिरमा राजकीय मुकुट पहिरिएका थिए र प्रत्येक शिरमा परमेश्वरलाई अपमान गर्ने नाम लेखिएको थियो । 2 त्यो जनावर चितुवा जस्तै थियो । तर त्यसका खुट्टा यही भालुका खुट्टा जस्ता थिए र त्यसका मुख चाहिँ सिंहको मुख जस्तै थियो । अजिङ्गरले त्यस जनावरलाई राजा जस्तै भई, मानिसहरू माथि शासन गर्न अधिकार दियो । 3 त्यस जनावरको एउटा शिरमा घाउ निको पारिएका थिए । त्यसकारण, संसारका सबै मानिसहरूले त्यस जनावरलाई अचम्म माने र त्यसको पछि लागे । 4 मानिसहरूले अजिङ्गरको पूजा गर्ने अधिकार दिएको थियो । मानिसहरूले त्यस जनावरको पनि पूजा गरे र भने, यस जनावर जस्तो शक्तिशाली कोही छैन ! को त्यसको विरुद्धमा लड्न सक्छ ?” 5 परमेश्वरले त्यस जनावरलाई घमण्डसँग बोलेर उहाँको अपमान गर्न दिनुभयो । परमेश्वरले उसलाई बयालीस महिनासम्म राज्य गर्नलाई पनि दिनुभयो । 6 परमेश्वरको नाम, उहाँ बस्ने ठाउँ र स्वर्गमा बस्ने सबै जनाको अपमान गर्थ्यो । 7 परमेश्वरले त्यस जनावरलाई उहाँका मानिसहरूका विरुद्धमा लड्न र जित्न दिनुभयो । त्यस जनावरलाई सबै जाति, सबै राष्ट्र, सबै भाषा बोल्ने र सबै मानिसहरू माथि शासन गर्न दिनुभयो । 8 पृथ्वीका सबै मानिसहरूले यसको आराधना गर्नेछन् । तिनीहरू यी मानिसहरू हुन जसका नामहरू जीवनको पुस्तकमा छैनन् जुन मारिनु भएका थुमाको हो । जुन मानिसहरू परमेश्वरका हुन्, परमेश्वरले सृष्टि गर्न अघि ती नामहरू जीवनको पुस्तकमा छैन, जुन मारिएको थुमाको उहाँले त्यस पुस्तकमा लेख्नु भयो । 9 सबैजना जो बुझ्न चाहन्छन्, उनीहरूले परमेश्वरको वचन ध्यान दिएर सुन्नु पर्छ । 10 यदि परमेश्वरले कुनै मानिस शत्रुहरूको कब्जामा परुन भन्ने निर्णय गर्नुभएको छ भने, उनीहरू कब्जामा पर्छन् । यदि परमेश्वरले कुनै मानिस युद्धमा मारिऊन भन्ने निर्णय गर्नुभएको छ भने उनीहरू युद्धमा मारिन्छन् । त्यसैले परमेश्वरका मानिसहरूले दुःख सहनु पर्छ र उहाँप्रति विश्वासिलो हुन पर्छ । 11 त्यसपछि मैले पृथ्वीबाट आएको जनावर देखे । त्यसको भेडाको जस्तै दुइवटा साना सिङ थिए । तर त्यसको बोली अजिङ्गर जस्तै कडा थियो । 12 त्यसले पहिलो जनावरले गर्न चाहेको कामको निम्ति मानिसहरू माथि शासन गर्थ्यो । त्यसले संसारमा बाँचेका मानिसहरूलाई कर गरेर पहिलो जनावरलाई पूजा गर्न लगाउथ्यो । त्यो जनावर जो लगभग मरिसकेको थियो र जसको घाउ निको पारिएको थियो । 13 दोस्रो जनावरले अच्चमका कार्य पनि गर्थ्यो । मानिसहरूले हेरी राखेको समयमा, त्यसले स्वर्गबाट आगो खसाल्थ्यो । 14 उसले पहिलो जनावरको खातिर अच्चमका काम गर्थ्यो । त्यस गरे बापत उसले पृथ्वीको मानिसहरूलाई धोखा दिएर पहिलो जनावरलाई पूजा गर्न लगाउथ्यो । तर यी कुराहरू परमेश्वरले दिएको कारण भएका थिए । दोस्रो जनावरलाई प्रतिनिधित्व गर्ने मूर्ति बनाउन लगायो । जसलाई कसैले मारी सकेको थियो । 15 परमेश्वरले दोस्रो जनावरलाई मूर्तिहरूमा जीवनको सास फेर्ने दिनुभयो ताकि मूर्तिहरूले पनि बोलुन र उसको पुजा नगर्ने व्यक्तिलाई नाश पारून् । 16 दोस्रो जनावरले सबै मानिसहरूलाई आफ्नो दाहिने हात वा निधारमा पहिलो जनावरको नाम लेख्न लगायो, उनीहरू चाहे महत्त्वपूर्ण वा महत्त्वहीन मानिस, धनी वा गरीब, स्वतन्त्र वा दास, सबैजना । 17 दोस्रो जनावरको अंकको चिन्ह र उसको प्रतिनिधित्व गर्ने नाम बिना मानिसहरूले कुनै पनि चिज किन्न र बेच्न नपाउने नियम दोस्रो जनावरले बनायो । 18 त्यस चिन्हको बारेमा बुझ्न एकदमै बुद्धिमानी हुनपर्छ । जसले बुद्धिमानी पूर्वक विचार गर्छ, उसले बुझ्नु पर्छ कि मानिस जातिलाई प्रतिनिधि गर्ने अंक ६६६ हो ।
Chapter 14
1 त्यसपछि मैले थुमालाई यरूशलेमको सिनै पहाडमा देखे । उहाँसँग १, ४४, ००० मानिसहरू थिए । तिनीहरू सबैजनाको निधारमा उहाँको र उहाँको पिताको नाम लेखिएको थियो । 2 मैले स्वर्गबाट एउटा अवाज सुने, जुन अवाज ठूलो झरना अथवा शक्तिशाली गर्जन जस्तै चर्को थियो । त्यो धेरै जना मानिसहरूले वीणा बजाए जस्तै पनि सुनिन्थ्यो । 3 जब १, ४४, ००० मानिसहरू सिंहासनको अघि चार जीवित प्राणीको अघि र एल्डरहरूका अघि उभे, उनीहरूले नयाँ गीत गाइरहेका थिए । मात्र १, ४४, ००० मानिसहरू जसलाई थुमाले मोल तिरेर संसारका मानिसहरूबाट छुटाउनु भयो, उनीहरूले त्य्यो गीत सिक्न सक्दैन थिए । 4 ती १, ४४, ००० मानिसहरूले व्यभिचार गरेनन्, उनीहरू पवित्र थिए । उनीहरूलाई थुमाले मोल तिरेर परमेश्वरको लागि संसारका मानिसहरूबाट छुटाउनु भएको थियो । उनीहरूलाई थुमाले पहिला परमेश्वर पिता र पछि आफुमा अर्पण गर्नुभएको थियो । 5 ती मानिसहरूले बोल्दा कहिले झूटो बोलेनन्, र कहिले पनि अनैतिक काम गरेनन् । 6 त्यपछि मैले अर्को स्वर्गदूत आकाश र स्वर्गको बिचमा उडेको देखे । उसले परमेश्वरको अनन्तको सुसमाचार पृथ्वीमा ल्याइरहेको थियो ताकि उसले सबै मानिसहरूलाई घोषणा गर्न सकोस् । उसले सबै राष्ट्र, सबै जाति, विभिन्न भाषा र सबै समूहका मानिसहरूलाई घोषणा गरोस् । 7 उसले चर्को स्वरमा भन्यो, “परमेश्वरलाई आदर र प्रशंसा गर किनकि अब उहाँले सबैजनाको न्याय गर्ने समय आएको छ । उहाँको आराधना गर किनकि उहाँले नै स्वर्ग, पृथ्वी, समुद्र र पानीको मुहानको सृष्टिकर्ता हुनुहुन्छ ।” 8 दोस्रो स्वर्गदूत आएर भने, “एकदमै दुष्ट सहर बेबिलोन पूर्णरूपमा नष्ट भयो । परमेश्वरले त्यहाँका मानिसहरूलाई दण्ड दिनुभयो किनभने उसले विभिन्न राष्ट्रका मानिसहरूलाई आफुले झै अनैतिक कार्यहरू गर्न लगाएको छ । परिणाम स्वरूप, परमेश्वर तिनीहरू सबैसँग रिसाउनु भएको छ । उहाँले रिस मद्य झैँ हुनेछ, जसलाई उहाँले पिउन लगाउनु हुनेछ । 9 तेस्रो स्वर्गदूत आएर, ठूलो स्वरमा भने, “यदि मानिसहरूले जनावरको पूजा गरे, उसको प्रतिमा निधारमा वा हातमा चिन्ह लगाए भने 10 परमेश्वर तिनीहरूसँग रिसाउनु हुनेछ र कठोर दण्ड दिनुहुनेछ । उहाँले तिनीहरूलाई बलिरहेको गन्धकमा, उहाँको पवित्र दूतहरू र थुमाको अघि पीडा दिनुहुनेछ ।” 11 त्यो आगोको धुवाँ जसले पीडा दिन्छ, त्यो सधैँको निम्ति बढ्ने छ । परमेश्वरले निरन्तर, दिन र रात, उनीहरूलाई पीडा दिनुहुनेछ । यो चाँही जनावर पुज्ने र त्यसको प्रतिमा र त्यसको नाम लेख्ने मानिसहरूको निम्ति हुनेछ । 12 त्यसैले परमेश्वरका मानिसहरू, जसले परमेश्वरको आज्ञा मान्दछन् र येशूमा विश्वास गर्छन्, उनीहरूले विश्वासपूर्वक उहाँको आज्ञा पालन र उहाँमा भरोसा राख्नु पर्छ । 13 त्यसपछि मैले स्वर्गबाट यसो भनेको आवाज सुने, “यो लेख: कस्तो सौभाग्य अहिले देखि जो प्रभुको एकतामा मर्नेहरू !” परमेश्वरको आत्माले भन्नुभयो, “हो, मृत्यु पछि, उनीहरूले आराम गर्नेछन् र आफुले गरेका असल कुराहरू थाहा गर्नेछन् ।” 14 त्यसपछि मैले अर्को अचम्मको कुरा देखे । त्यो सेतो बादल थियो र त्यस बादलमा कोही बसेको जस्तो देखिन्थ्यो, जो मानिसको पुत्र जस्तो थियो । उहाँले आफ्नो शिरमा सुनको मुकुट पहिरिनु भएको थियो । उहाँले आफ्नो हातमा धारिलो हसियाँ समाल्नु भएको थियो । 15 अझै पनि अर्को दूत स्वर्गको मन्दिरबाट निस्कि आयो । चर्को स्वरमा, उसले बादलमा बसेकालाई भने, “संसारको अन्नको कटनी गर्ने समय आएको छ, त्यसैले आफ्नो हसियाँले अन्न कटनी गर किनकि अन्न पाकेको छ ।” 16 त्यसपछि एकजनाले आफ्नो हँसिया संसारमा राख्नु भयो र सबै काम गर्नुभयो । 17 अर्को स्वर्गदूत स्वर्गको पवित्र स्थानबाट बाहिर आयो । उसको हातमा पनि धारिलो हसियाँ थियो । 18 वेदीबाट अर्को स्वर्गदूत आयो । ऊ चाहिँ वेदीको आगो हेरचाह गर्थ्यो । उसले हसियाँ समातेको स्वर्गदूतहरूलाई ठूलो स्वरमा भन्यो, “तिमीहरूको हसियाँले पृथ्वीमा भएको दाखबारीमा भएको अंगुरका झुप्पाहरू कटनी गर । त्यसपछि अंगुरका झुप्पाहरू जम्मा गर किनकि अंगुरहरू पाकेका छन् ।” 19 त्यसैले स्वर्गदूतले हसियाँ संसारमा चलाए । त्यसपछि उनले अंगुरहरू विशाल ठाउँमा फ्याके जहाँ परमेश्वरले दण्ड दिनुहुन्छ । 20 परमेश्वरले सहर बाहिर दाखकोलमा अंगुर कुलच्याउनु भयो, र रगत बाहिर आयो । त्यो रगत नदीको गहिराई सम्म बज्यो । त्यो घोडाको लगामसम्म पुग्यो र तीन सय किलोमिटरसम्म विस्तार भयो ।
Chapter 15
1 केही एकदमै अस्वाभाविक कुरा आकाशमा देखा पर्यो । मैले सातवटा स्वर्गदूतहरूलाई देखे, जसको दायित्व चाहिँ विद्रोही मानिसहरूलाई सातवटा भिन्दै तरीकाले दण्ड दिने थियो । परमेश्वर विद्रोही मानिसहरूसित अतिनै रिसाउनु भएको छ कि उहाँले तिनीहरूलाई यो अन्तिम पटक सजाय दिनुहुनेछ यस उद्देश्यका साथ तिनीहरूलाई आफ्ना पापी स्वभावबाट फर्कने मौका दिदै हुनुहुन्छ । 2 मैले समुद्र जस्तै देखिने कुरा देखे त्यो सिसाले बनाएको र आगोसँग मिसाएको देख्दा बलियो देखिन्थ्यो । मैले मानिसहरू जसले पशुलाई पुजेनन् र त्यस्का चेलाहरूलाई आफुमाथि पशुको नाम दर्शाउने अंक खोज्न अनुमति दिएनन । तिनीहरूले पशुमाथि विजय पाएको पनि देखे । तिनीहरू सिसाले बनेको देख्दा बलियो समुद्रको किनारमा उभिएका थिए । तिनीहरूले परमेश्वरले दिनुभएको वीणा समाती रहेका थिए । 3 तिनीहरूले धेरै अघि परमेश्वरका दास मोशाले गाए जस्तै गरी गीत गाउदै थिए । तिनीहरूले थुमाको प्रशंसा गर्दै गीत यसरी गाए । “सर्वशक्तिमान परमप्रभु तपाईंले जे गर्नुहुन्छ शक्तिशाली र आश्चर्यपूर्ण हुनुहुन्छ ! तपाईं सधैँ धार्मिकतापूर्ण र सत्यतापूर्ण कार्य गर्नुहुन्छ ।” 4 हे प्रभु, सबैजनाले तपाईंको भय मान्नेछन् र आदर गर्नेछन् किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै मानिस, जातिहरू आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । किनभने तपाईंले देखाउनु भएको छ कि तपाईंले सबैजनालाई ठिक तरीकाले न्याय गर्नुभएको छ ।” 5 यसपछि मैले स्वर्गमा उच्च पवित्र स्थान खुलेको देखे, जहाँ पवित्र पाल थियो । 6 सातजना स्वर्गदूतहरू जससँग सातवटा भिन्दै किसिमको दण्ड भएको कचौरहरू थिए । उच्च पवित्र स्थानबाट बाहिर निस्के । स्वर्गदूतहरूले सफा, सेतो मलमलको कपडा लगाएका थिए; तिनीहरूले छातीको वरिपरि सुनको बाला लगाएका थिए । 7 चारवटा जीवित प्राणीहरू मध्ये एक प्राणीले प्रत्येक सातजना स्वर्गदूतहरूलाई दाखमद्यले यो संकेत गर्दथियो कि परमेश्वर, जो सदा बास गर्नुहुन्छ, उहाँको विरोध गरेका मानिसहरूसँग धेरै रिसाउनु भएको थियो र तिनीहरूलाई दण्ड दिनुहुनेछ । 8 उच्च पवित्र स्थान धुँवाले भरिएको त्यसले महिमित र सर्वशक्तिमान परमेश्वरको उपस्थितिको संकेत गर्दै थियो । कोही पनि उच्च पवित्र स्थानमा पस्न सक्दैन थियो । जबसम्म सातजाना स्वर्गदूतहरूले सातवटा भिन्दै तरीकाले पृथ्वीमा भएका मानिसहरूलाई दण्ड दिएर सकिदैन ।
Chapter 16
1 सातवटा कचौरहरू लिएका सातवटा स्वर्गदूतहरूलाई धेरै पवित्र स्थानमा, उच्च स्वरमा कुनै एकजनाले बोल्दै गरेको मैले दर्शनमा सुने । उहाँले भन्नुभयो, यहाँबाट पृथ्वीमा जाओ, यसले मानिसहरूलाई ताडना दिनेछ किनभने परमेश्वर तिनीहरूसँग रिसाउनु भएको छ । 2 यसरी पहिलो स्वर्गदूत पृथ्वीमा गए र उनीसँग भएको कचौराको मद्य पोखाए । त्यस पशुका नोकरहरूलाई जसले त्यस पशुको नाम तिनीहरूमा लेख्न अनुमति दिएका थिए र जसले त्यस पशुको मूर्तिलाई पुजेका थिए, परिणाम स्वरूप तिनीहरू माथि डरलाग्दा र दर्दनाक खटिराहरू देखा परे । 3 त्यसपछि दोस्रो स्वर्गदूतले उनको कचौरामा भएको मद्य समुद्रमा खन्याए । परिणाम स्वरूप, समुद्र लासको रगत झैँ गन्हायो र समुद्रका सबै प्राणी मरे । 4 त्यसपछि तेस्रो स्वर्गदूतले उनीसँग भएको कचौराको मद्य, नदिहरू र पानीका मुहानहरूमा खन्याए । परिणामस्वरूप नदीहरू र पानीका मुहानहरूको पानी रगतमा बदलियो । 5 स्वर्गदूत जसको पानी माथि अधिकार थियो, उनले परमेश्वरलाई यसो भनेको मैले सुने, “हे परमेश्वर तपाईं हुनुहुन्छ र तपाईं सधैँ अस्तित्वमा हुनुहुन्छ । तपाईं पवित्र हुनुहुन्छ । तपाईं मानिसहरूको न्याय ठीकसँग गर्नुहुन्छ । 6 जुन मानिसहरू तपाईं विरुद्ध विद्रोही भए तिनीहरूले तपाईंका पवित्र जनहरू र अगमवक्ताहरूलाई मारे । त्यसैले तिनीहरू रगत पिउन दिएर दण्ड दिन तपाईं धर्मी हुनुहुन्छ । तिनीहरूको भाग यही नै हो ।” 7 त्यसपछि मैले वेदीमा यस्तो भनेको सुने, “हे परमप्रभु परमेश्वर, तपाईं जो सर्वशक्तिमान हुनुहुन्छ, तपाईं नै मानिसहरूलाई ठिक-ठिकसँग न्यायपूर्वक दण्ड दिनुहुन्छ ।” 8 त्यसपछि चौथो स्वर्गदूतले उनको कचौरामा भएको मद्य सूर्यमा खन्याए । उनले सूर्यको आगोले मानिसहरूलाई भतभती पोल्ने तुल्याए । 9 यसरी मानिसहरू कष्टित भइ जलाइए र तिनीहरूले परमेश्वरको बारेमा दुष्ट कुरा भन्नु थाले किनभने उहाँसँग तिनीहरूलाई यस प्रकारले कष्ट दिने शक्ति थियो । तर तिनीहरू अझै खराब व्यवहारबाट फर्केर परमेश्वरको प्रशंसा गर्न इन्कार गरे । 10 जब पाँचौ स्वर्गदूतले उनीसँग भएको कचौराको मद्य त्यस पशुको सिंहासनमा खन्याए, त्यस पशुले शासन गर्ने ठाउँ अध्यारो भयो । यसरी त्यस पशु र त्यस पशुले शासन गर्ने मानिसहरूले तिनीहरूका कडा पीडाले गर्दा जिब्रोहरू टोकिरहेका थिए । 11 स्वर्गमा शासन गर्नुहुने परमेश्वरलाई तिनीहरूले दर्दनाक खातिरहरूका कारण निन्दा गरे तर तिनीहरूले गर्दै गरेका खराब कामहरू भने बन्द गर्न इन्कार गरे । 12 त्यसपछि छैठौ स्वर्गदूतले उनको कचौराको मद्य युफ्रेटस नदीमा खन्याए र नदीको पानी सुक्यो, ताकि पूर्व देशका शासकहरू आफ्ना सेनाहरूसँग यस बाटो भएर जान सकून् । 13 त्यसपछि भ्यागुताहरू झैँ देखिने दुष्ट आत्माहरू मैले देखे । एउटा त्यस अजिङ्गरको मुखबाट एउटा त्यस पशुको मुखबाट, एउटा त्यस झूटो अगमवक्ताको मुखबाट निस्की आए । 14 ती दुष्ट आत्माहरू भुतात्माहरू थिए जसले आश्चर्यकर्महरू गर्न सक्थे । तिनीहरू सारा संसारका शासकहरूका सेनाहरू जम्मा गर्न गए । ताकि परमेश्वरले उहाँका शत्रुहरूलाई दण्ड दिदा त्यस महत्त्वपूर्ण दिनमा तिनीहरूले लडाई गर्ने छन् । 15 मैले प्रभु येशूले यसो भनेको सुने, “तैँले ध्यानपूर्वक मलाई सुन्नुपर्छ: म चोर झैँ आशै नगरेको बेलामा आउदैछु, त्यसैले सधैँ सचेत भइ ठिकसँग जिउनेहरू लाजमा पर्ने छैनन् । तिनीहरू अरू सामु सर्माउन नपर्ने वस्त्र सधैँ धारण गरेका मानिस झैँ हुनेछन् । 16 दुष्ट आत्माहरूले हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा शासकहरूलाई भेला गर्ने छन् । 17 त्यसपछि सातौँ दूतले उनको कचौरामा भएको मद्य हावामा खन्याए । प्रतिउत्तरमा, धेरै पवित्र स्थानमा भएको सिंहासनबाट कसैले उच्च स्वरमा भने, विद्रोही मानिसहरूलाई दण्ड दिने परमेश्वरको समय अब सकिएको छ ।” 18 जब स्वर्गदूतले उनको कचौरा रित्याए, ज्योति चम्क्यो, त्यहाँ गडगडाहट र गर्जन भए र पृथ्वी काम्यो । 19 परिणामस्वरूप, धेरै ठूलो सहर तीन भागमा विभाजन भयो । अन्य राष्ट्रहरूमा भएका सहरहरू पनि परमेश्वरले नाश गर्नुभयो । परमेश्वरले बेबिलोनका मानिसहरूले धेरै पाप गरेका थिए भन्ने कुरा बिर्सनु भएको थिएन । यसकारण उहाँले तिनीहरूलाई मद्यको कचौरा पिउन लगाउनु भयो किनकि उहाँ तिनीहरूसँग रिसाउनु भएको थियो । 20 भू-कम्पको कारणले पनि, हरेक टापू बिलाए र पहाडहरू समतल जमिन भए । 21 ठूला-ठूला प्रत्येक लगभग चालीस किलोग्राम तौल भएका असिनाहरू आकाशबाट मानिसहरू माथि खसे । यस्तो भयानक तरिकाले मानिसहरूलाई दण्ड दिएका कारण मानिसहरूले परमेश्वरलाई निन्दा गरे, किनकि असिनाहरू धेरै ठूला थिए ।
Chapter 17
1 सातवटा स्वर्गदूतहरू मध्ये एउटा, जससँग सातवटा कचौरहरू मध्ये एउटा थिए, म कहाँ आए र भने, “मसँग आऊ र म तिमीलाई कसरी परमेश्वरले त्यस वेश्या स्त्री, जसले पानीका धेरै सुरुङ भएको सहरको प्रतिनिधित्व गर्छे त्यसलाई दण्ड दिनुहुनेछ सो देखाउनेछु । 2 पृथ्वीका राजाहरूले अनैतिक र मूर्ति पूजासरह त्यससँग व्यवहार गरेका छन् । यस्तैगरी पृथ्वीका मानिसहरूले पनि त्यससँग अनैतिक रूपले व्यवहार गरेका छन् । यो चाही त्यसले दिएको मद्यले, तिनीहरू माते झैँ भएको छ ।” 3 त्यसपछि परमेश्वरका आत्माले मलाई नियन्त्रणमा लिनुभयो र दूतले मलाई सुनसान ठाउँमा डोर्याए । त्यहाँ मैले एउटा रातो पशुमा बसिरहेकी स्त्रीलाई देखे । त्यो पशुको जीउभरि नामहरू लेखिएका थिए । ती नामहरूले परमेश्वरको अपमान गरेको देखाउछ । 4 त्यो स्त्रीले बैजनी र रातो वस्त्र धारण गरेकी थिई । त्यसले सुनका गहना, बहुमुल्य रत्नहरू र मोतिहरू लगाएकी थिई । उसको हातमा एउटा सुनको कचौरा थियो । जब त्यो स्त्रीले व्यभिचार गर्दा हुने फोहोर र घिनलाग्दा थोकहरूले पिउने केही थोक झैँ पूरा भरिएको थियो । 5 उसको निधारमा गोप्य अर्थ आउने नाम लेखिएको थियो । यो हो, “यो स्त्री बेबिलोन हो साह्रै दुष्ट सहर ! ऊ पृथ्वीका सबै वेश्याहरूकी आमा हो । उसले सवै खराब काम र अनैतिक कामहरू सारा संसारभर गर्न सिकाउछे ।” 6 मैले त्यस स्त्रीलाई मद्यमा मातेको देखे किनकि त्यसले येशू ख्रीष्टको सत्यता घोषणा गर्दा सतावटमा परेका जनहरूको रगत पिएकी थिई । जब मैले उसलाई देखे, म पूर्णरूपले अचम्मित भए । 7 स्वर्गदूतले मलाई भने, “अचम्मित नहोऊ, म तिमीलाई त्यस स्त्री र त्यो पशु जसमाथि त्यो सवार हुन्छे, जसका सातवटा टाउका र दशवटा सिङ्गहरू छन्, त्यसको लुकेको अर्थ म तिमीलाई भन्ने छु ।” 8 त्यो पशु जसलाई तिमीले देख्यो पहिला जीवित थियो, अन्तमा परमेश्वरले त्यसलाई नाश गर्नुहुनेछ तर अहिले ऊ मरेको छ । ऊ पातालबाट निस्कनै लागेको छ । जब त्यो पशु फेरि देखा पर्छ, पृथ्वीमा मानिसहरू अचम्मित हुनेछन् । तिनीहरू परमेश्वरले संसार सृष्टि गर्नु भन्दा अघि, जीवनको पुस्तकमा नाम नलेखिएका मानिसहरू हुन । 9 मानिसहरूले यो कुरा बुझ्नका लागि बुद्धिमानी पूर्वक सोच्न आवश्यक छ: पशुका सातवटा टाउकाहरू जसमाथि त्यो स्त्री सवार छ त्यसले सहरका सातवटा टाकुराहरूलाई स्त्रीले प्रतिनिधित्व गरेको संकेत गर्छ । 10 ती शासकहरू मध्ये पाँच जना मरेका छन् । एकजना अझै जिवितै छ, जब ऊ आउछ तब ऊ केवल छोटो समयका लागि मात्र रहनु पर्छ । 11 जुन पशु जो पहिला जीवित थियो र त्यपछि थिएन त्यो आठौँ शासक हुनेछ । ऊ वास्तवमा सातवटा शासकहरू मध्येको एउटा हो तर परमेश्वरले निश्चय नै नाश गर्नुहुनेछ । 12 दशवटा सिङले दशजना शासन गर्न सुरु नगरेका शासकहरूको प्रतिनिधित्व गर्दछ । तिनीहरूले मानिसहरूलाई त्यो पशुसँग शासन गर्नलाई अधिकार पाउने छन् । तर केवल छोटो समयका लागि मात्र, जस्तो कि केवल एक घण्टा मात्र । 13 ती सबै शासकहरू एउटै काम गर्न सबै सहमत हुनेछन् । परिणाम स्वरूप, त्यो पशुलाई तिनीहरूले सबै अधिकार र शक्ति मानिसहरूलाई शासन गर्नलाई दिनेछन् । 14 शासकहरू र त्यो पशुले थुमाको विरुद्ध लडाई गर्ने छन् । उहाँले तिनीहरूलाई हराउनु हुनेछ किनकि उहाँ सबै प्रभुहरू माथि पनि प्रभु हुनुहुन्छ र सबै राजाहरू माथि शासन गर्ने राजा हुनुहुन्छ । उहाँसँग हुने मानिसहरू ती हुन् जसलाई उहाँले चुन्नु भयो, आफुकहाँ बोलाउनु भयो र जसले उहाँलाई विश्वासयोग्यता साथ सेवा गरिरहन्छन् । 15 त्यसपछि स्वर्गदूतले मलाई भने, “पानी तिमीले जे सहरमा देख्दैछौ, जहाँ त्यो वेश्या बस्दछे, त्यसले मानिसहरू धेरै मानिसहरूको भीड, मानिसहरूको समूह, र धेरै भाषाहरू बोल्नेहरूलाई प्रतिनिधित्व गर्दछे ।” 16 दशवटा सिङहरू तिमीले जे देख्यो, त्यसले शासकहरूको प्रतिनिधित्व गर्दछन् । त्यस पशु र शासकहरूले त्यस वेश्यालाई घृणा गर्नेछन् । यसरी तिनीहरूले सहरमा भएका सबै थोक लैजानेछन्, जसैकी तिनीहरूले सहरलाई नाङ्गै पार्दै थिए । 17 तिनीहरूले त्यो गर्नेछन् किनकि परमेश्वरले जे तिनीहरूले गरेको चाहनुहुन्छ, उहाँले नै त्यो निर्णय गर्न लगाउनु भयो । परिणामस्वरूप, तिनीहरूले त्यस पशुलाई परमेश्वरले भन्नु भएको कुरा पुरा भएसम्म त्यसलाई आफ्नो शक्ति शासन गर्नलाई दिनेछन् । 18 तिमीले देखेको वेश्याले दुष्ट सहरको प्रतिनिधित्व गर्दछ, जसका अगुवाहरू पृथ्वीका राजाहरू माथि शासन गर्दछन् ।
Chapter 18
1 त्यसपछि मैले अर्को स्वर्गदूतलाई देखे, जोसँग सर्वशक्तिको अधिकार सहित स्वर्गबाट तल ओर्ली रहेका थिए । पृथ्वी उज्यालोले ढाकियो किनभने उहाँको उज्यालो चम्कि रहेको थियो । 2 उहाँ चर्को आवाजमा कराउनु भयो, “परमेश्वरले पापले भरिएको बेबिलोन सहरलाई पूर्णरूपमा नष्ट गर्नुहुने बारेमा बोल्दै हुनुहुन्थ्यो । जसको परिणाम स्वरूप, सबै प्रकारका दुष्ट आत्माहरू सबै प्रकारका फोहर कुराहरू र घिनलाग्दो चराहरू त्यहाँ थिए । बेबिलोन एक वेश्या जस्तै हो । 3 जससँग” सबै मानिसहरूको समूहले अनैतिक यौन सम्बन्धी पापका कार्यहरू गरेका छन् । परमेश्वर तिनीहरूसँग रिसाउनु भएको छ । हो, साथै पृथ्वीका सबै राजाहरूले उनीसँग त्यही कार्य गरेका छन् । संसारका मानिसहरू धनी भए किनभने उनीले तिनीहरूसँग अत्यधिक अनैतिक कार्यहरू गर्न इच्छा गरेकी छिन् । 4 मैले येशू स्वर्गबाट बोल्नु भएको सुने । उहाँले भन्नुभयो, “मेरो प्रजा, त्यस बेबिलोनबाट, निकाल्न मैले आज्ञा गरे, त्यसरी नै तिमीहरूले पाप नगर, जसरी ती मानिसहरूले गरेका छन् । यदि तिनीहरूले जस्तै तिमीहरूले पाप गर्यो भने, म तिमीहरूलाई मैले दण्ड दिएको छु । 5 यो जसरी तिनीहरूको पाप उच्च भएर स्वर्ग सम्मै पुग्यो र परमेश्वरले तिनीहरूलाई सहनु भयो, यसैगरी अहिले उहाँले तिनीहरूलाई दण्ड दिनुभयो ।” 6 जसको लागि स्वर्गदूतहरूलाई परमेश्वरले बेबिलोनलाई दण्ड पनि दिन चुन्नुभयो, येशूले भन्नुभयो, त्यस सहरका मानिसहरूलाई त्यस्तै दण्ड देऊ जसरी तिनीहरूले अन्य मानिसहरूले हानी पुर्याएका छन् । हुन सक्छ भने तिनीहरूको पीडालाई दोब्बर गरि दिनुपर्छ, जसरी तिनीहरूले अन्य मानिसहरूलाई पीडा दिएका थिए । 7 यसरी नै त्यो बेबिलोन, एक स्त्री जस्तै हो, जसले आफैलाई सम्मान गर्दछिन् । जसको कारण उनी दुःख र शोकमा परिणत हुन्छिन् । किनभने तिनले त्यही गर्छिन् उनिको हृदयमा जे विचार गर्दछिन्, “म एक रानी जस्तै राज्य गर्नेछु” म विधवा होइन, र मैले कहिल्यै शोक गर्नु पर्दैन जसरी विधवाहरू गर्दछन् । 8 त्यसैले एक दिन, विनाशकारी मौसम तिनी माथि आइ पर्नेछ । त्यस सहरका मानिसहरू मर्नेछन्, तिनीहरूको निम्ति बाँचेकाहरूले शोक गर्नेछन्, मानिसहरू भोकाउनेछन् किनकि त्यहाँ कुनै खाने कुरा हुने छैन, र त्यस सहरमा जलाइने छ । परमप्रभु परमेश्वर तिनीलाई दण्ड दिन सक्षम हुनुहुन्छ किनकि उहाँ सर्वशक्तिमान हुनुहुन्छ ।” 9 पृथ्वीका राजाहरू जो कहिल्यै पनि मृत्यु नहुने जस्तै गरी उनीसँग अभिनय गरिरहेका छन् र तिनीहरूलाई जे मन लाग्छ उनीसँग त्यसै गरी रहेका छन् र तिनीहरू एकदिन उनिको लागि रुनेछन् र शोक मनाउनेछन्, जब तिनीहरूले त्यहाँ बलिरहेको आगोको धुवाँ देख्नेछन् । 10 तिनीहरू बेबिलोन भन्दा धेरै टाढा खडा हुनेछन्, किनभने तिनीहरू त्यो पीडा देखेर डराउनेछन्, जस्तो उनलाई गरिएको थियो । तिनीहरूले भन्नेछन्, “यो बेबिलोनको लागि कसको पीडा हो, त्यो बलियो सहरलाई । परमेश्वरले उनीलाई अचानक दण्ड दिनु हुनेछ र हटाईदिनु हुनेछ । 11 पृथ्वीका व्यापारीहरू उनको लागि रुनेछन् र शोक मनाउने छन् किनभने कोही एक जनासँग पनि उनीले फेरि वस्तुहरू खरिद गर्ने नै छिन्, जुन तिनीहरूले बिक्री गर्थ्यो । 12 तिनीहरूले सुनले बनेका गरगहना, चाँदी, बहुमूल्य रत्नहरू र मोतीहरू बिक्री गर्दथे । तिनीहरूले मसिनो नाइँलन र छालाले बनेका महंगा-महंगा कपडाको व्यापार गर्दथे, साथै बैजनी रंग र गाढा राता रंगका महंगा-महंगा कपडाका पनि व्यापार गर्दथे । 13 तिनीहरूले सबै प्रकारका दुर्लभकाठ, हात्तीका दाँतले बनेका सबै वस्तुहरू महंगा रूखहरू, काँसा, फलाम र सिंगमरमर बिक्री गर्दथे । तिनीहरूले दालचिनी, मसला, सगन्धित धुप, मुर्र, मद्य, जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईभैसी, भेडाबाख्राहरू, घोडाहरू र रथहरू साथै तिनीहरूले कमाराहरूको रूपमा मानिस जातिलाई बिक्री गर्ने गर्दथे । 14 व्यापारीहरूले भन्नेछन्, “तिमीहरूसँग रहेका अघिका सबै कुराहरू गए । तिमीहरूका सबै आरामदायी र भव्य अधिकारहरूलाई धिक्कारको तुल्याउने हुनेछ । तिनीहरू सधैँका लागि जानेछन् । 15 व्यापारीहरू जसले यी कुराहरूलाई बिक्री गरेका थिए र जो धनी भएका थिए, तिनीहरू त्यसबाट टाढा गएर बस्नेछ, किनभने तिनीहरू त्यो कष्टलाई देखेर डराउनेछन्, जस्तो त्यस सहरलाई गरिएको थियो । तिनीहरू रुनेछन् र शोक गर्नेछन्, 16 र तिनीहरूले भन्नेछन्, “कस्तो डरलाग्दो गति त्यस महान सहरको भएको छ । त्यो सहर एक स्त्री जस्तै छ, मसिनो नाइलनले बनेको पहिरन पहिरहेको छिन् र महँगो बैजनी रंग र रातो गढ़ा रंगका लुगा र सुनौलो रंगले भरिएको, बहुमुल्य रत्नहरू र सिंगमरमरले श्रृगारिएको वस्त्र पहिरिकी छिन् । 17 तर परमेश्वरले अकस्मात र एक्कासी यी सबै महुमुल्य कुराहरूलाई नष्ट पार्नु हुनेछ । प्रत्येक जहाजका कप्तान, सबै मानिसहरू जो जहाजमा यात्रा गरिरहेका छन्, सबै नावीकहरू, र अरू सबै जो तिनीहरू समुद्रको यात्राद्वारा आफ्नो कमाइगरिरहेका छन्, तिनीहरू त्यस सहरदेखि टाढा खडा हुनेछन् । 18 जब तिनीहरूले बलिरहेको आगोको धुवाँलाई, तिनीहरू कराउनेछन्, त्यो महान सहर जस्तो अरू कुनै सहर छैन । 19 तिनीहरूले, तिनीहरूको शिरमाथि दुखी भएको देखाउनलाई र तिनीहरू कराउनेछन्, रुनेछन्, र शोक मनाउनेछन् । तिनीहरूले भन्नेछन् “डरलाग्दो घटना बेबिलोनमाथि आइपर्यो । त्यो सहर धेरै धनी मानिसहरूले निर्माण गरेका थिए, ती मानिसहरू जोसँग जहाजहरू थिए त्यो समुद्रको बाटो भएर पत्वरको सहायताबाट तिनीहरूलाई बहुमुल्य वस्तुहरू बिक्री गर्न लैजान्दथे । परमेश्वरले अकस्मात र तीव्र गतिले त्यस सहरलाई नष्ट गर्नुभयो ।” 20 त्यसपछि कोही एक जनाले स्वर्गबाट बोल्नु भयो र भन्नुभयो “तिमी जो स्वर्गमा बस्दछौ, बेबिलोनमाथि जे हुन आएको छ त्यसमा आनन्द मनाओ ! तिमीहरू जो परमेश्वरका मानिसहरू हुन, तिमी प्रेरितहरू र अगमवक्ताहरू, आनन्द मनाओ । तिमी आनन्द मनाओ, परमेश्वरले त्यहाँका मानिसहरूलाई भरखरै दण्ड दिनुभएको छ किनकि तिनीहरूले तिमीहरू प्रति डरलाग्दो कार्य गरेका छन् ।” 21 त्यसपछि सर्वशक्तिमान स्वर्गदूतले गहुँ पिन्हेको लागि ठूलो आकारको ढुंगा उठाउनु भयो, र उहाँले त्यसलाई समुद्रमा फ्याँकी दिनुभयो । र उहाँले भन्नुभयो, “तिमी बेबिलोनको महान सहरमा रहेका मानिसहरू, परमेश्वरले तिमीहरूको सहरलाई यसैगरी फ्याक्नु हुनेछ, र यो समुद्रमा हराउनेछ जसरी त्यो ढुंगा हराएको छ । तिमीहरूको सहर सधैँको लागि हराउने छ ।” 22 त्यो तिमीहरूको सहरमा अब फेरी कसैले पनि वीणा बजाउने छैनन्, गीत गाउने छैनन्, बाँसुरी बजाउने छैनन्, वा तुरही पनि फुक्ने छैनन । त्यहाँ अब देखि कुनै पनि वस्तुहरू निर्माण गर्ने सिपालु कारिगर हुने छैन । त्यहाँ कुनै मानिसलाई फेरी गहुँ पिध्ने जाँतो झुन्ड्याउने छैन । 23 कुनै ज्योति त्यहाँ फेरि चम्कने छैन त्यहाँ अबदेखि कुनै दुलाहा र दुलहीको फेरि खुशीको आवाजहरू सुनिने छैन । परमेश्वरले तिमीहरूमध्ये सहरलाई नष्ट पार्नु हुनेछ किनभने तिमीहरूका व्यापारीहरू संसारको निम्ति महत्त्वपुर्ण मानिसहरू भएका छन् । तिमीहरू मानिसहरूका सबै झुण्डहरूलाई तन्त्रमंत्रद्वारा छल गर्ने मानिसहरू हो । 24 तिमीहरू पनि अगमवक्ता र परमेश्वरका अरू मानिसहरूको मृत्युको लागि पनि जिम्मेवार छौ । तथापि तिमीहरू हरेक मृत्युको लागि संसारमा शोक गर्दछौ ।
Chapter 19
1 यी भए पछि, स्वर्गमा मैले ठूलो भिडको जस्तो आवाज सुने । उनीहरूले यसो भन्दै कराइरहेका थिए ।”हल्लेलुयाह !” उहाँले हामीलाई बचाउँनु भएको छ ।”उहाँ महिमित र शक्तिशाली हुनुहुन्छ” 2 उहाँले प्रशंसा होस् किनभने उहाँले साँचो र भेदभाव नगरीकन न्याय गर्नुहुन्छ, “उहाँले वेश्यावृति जस्तो दुष्ट काम गर्ने सहरलाई सजाय दिनुभएको छ । किनभने उनीहरूका मानिसहरूले पृथ्वीका अरू मानिसहरूलाई उनीहरूले जस्तै अनैतिक काम गर्नलाई उकसे ।” उहाँको प्रशंसा होस किनभने उहाँको दासलाई मारेकोमा तिनीहरूलाई सजाय दिनुभयो ।” 3 भीड यसो भन्दै दोस्रो पटक कराए, “हल्लेलुया ! सहरमा लागेको आगोको धुवाँको मुस्लो सधैँ बढिरहन्छ ।” 4 चौबीस जना धर्मगुरुहरू र चार जीवित प्राणीहरू आफै लमपसार परेर सिंहासनमा विराजमान परमेश्वरको पूजा गरे उनीहरूले भने, “यो साँचो हो ! हल्लेलुया !” 5 सिंहासनबाट कसैले यसो भन्दै बोले “उहाँका सबै सेवक उहाँको प्रशंसा गर । उहाँको आदर गर्ने सबै तिमीहरू महत्वपूर्ण भए पनि नभए पनि प्रत्येकले उहाँको प्रशंसा गर ।” 6 त्यसपछि मानिसहरूको ठूलो भिडको जस्तो हल्ला ठूलो पानीको झरनाको जस्तो आवाज र मेघ गर्जेको आवाज मैले सुने ! उनीहरू कराउदै थिए, “हल्लेलुया हाम्रो सर्वशक्तिमान परमप्रभु परमेश्वर राज्य गर्नुहुन्छ” । 7 हामीले आनन्द मनाउनु पर्छ हामी अति नै खुशी हुनु पर्छ र उहाँलाई आदर गर्नुपर्छ । किनभने अहिलेको समय भनेको थुमाले आफुले विवाह गर्ने स्त्री जसले आफैलाई तयार बनाएर राखेको छन्, उनीसँग एक भएर बस्ने समय हो । 8 परमेश्वरले उनी आफैलाई चम्किलो, सफा राम्रो मलमलको पोशाक लगाउने अनुमति दिनुभएको हो । राम्रो चम्किलो र सफा मलमलले परमेश्वरका मानिसको धार्मिक कार्यको प्रिनिधित्व गर्दछ । 9 त्यसपछि दूतले मलाई भने, यो लेख ! ती मानिसहरू कति भाग्यमानी हुन् जसलाई थुमाले आफ्नो विवाहको भोजमा निम्तो दिनुहुन्छ, उनले यो पनि भने, “परमेश्वरले घोषणा गरेको यी वचनहरू सत्य छन् ।” 10 तुरुन्तै मैले निहुरिएर उहाँको पूजा गरे तर उहाँले मलाई भन्नु भयो, “मलाई पुजा नगर ! म त तिम्रो दास तिम्रो मित्र, येशूको सत्यतामा बोल्ने विश्वासीको दास मात्र हूँ ! परमेश्वरलाई तिमीले पुज्नुपर्छ किनभने पवित्र आत्मा परमेश्वर जसले मानिसहरूलाई येशूको सत्यताको विषयमा बोल्ने शक्ति दिनुहुन्छ ।” 11 त्यसपछि मैले स्वर्ग उघ्रिएको देखे र सेतो घोडा देखेर छक्क परे ! येशूले नै घोडा चढिरहनु भएको थियो । उहाँ विश्वासयोग्य र सबै मानिसहरूको न्याय गर्नुहुन्छ । उहाँ न्यायको निम्ति दुष्टको विरुद्ध लड्नु हुन्छ । 12 उहाँका आँखा आगोको ज्वाला जस्तै चम्केको थियो । उहाँको शिरमा राजकीय धेरै मुकुटहरू थिए, जसमा उहाँको नाम लेखिएका थिए । ती नामको अर्थ उहाँलाई मात्र थाहा छ । 13 उहाँले लगाउनु भएको वस्त्र रगतले निथ्रुक्कै भिजेको थियो उहाँको नाम “परमेश्वरको सन्देश” पनि थियो । 14 स्वर्गको सेना उहाँको पछि लागि रहेका थिए । तिनीहरूले सेतोघोड़ाहरू चलाई रहेको थिए । उनीहरूले सेता मलमलको कपडा लगाएका थिए । 15 उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ उहाँले विद्रोही मानिसहरूको समूहलाई यसैले प्रहार गर्नुहुन्छ । उहाँ आफैले उनीहरूमा कडा शासन गर्नुहुनेछ । दाखरस बनाउनेले अंगुर निचोरेर दाखरस बनाए झैँ उहाँले दुष्टलाई निचोर्नु हुनेछ । उहाँले यो सर्व शक्तिमान परमेश्वरको निम्ति गर्नुहुनेछ जो उनीहरूको पापको कारण धेरै रिसाउनु भएको छ । 16 उहाँको पोशाकमा नाम लेखिएको थियो , राजा जसले अरू सबै राजाहरू माथि शासन गर्नुहुन्छ र परमप्रभु जसले अरू सबै प्रभुहरू माथि शासन गर्नुहुन्छ । 17 त्यसपछि मैले सूर्यको प्रकासमा स्वर्गदूतलाई उभिरेहेको देखे उसले आकाशमा उडिरहेका मासुखाने चराहरूलाई ठूलो स्वरले बोलाएर भन्नु भयो, “परमेश्वरले दिनुहुने ठूलो भोजमा सहभागी हुन आऊ र जम्मा होऊ । 18 आऊ र परमेश्वरका सबै शत्रुको मासु खाऊ जोहरू मारिएका छन् ती राजाहरूका मासु हुन, सेना प्रमुखका र अरू मानिसहरू जसले शक्तिशाली लडाई लडेका थिए, घोडाको र सिपाहीको जसले घोडा चलाएका थिए र अरू सबै खाले मानिसका मासु तिनीहरू जो दास वा फुक्का महत्त्वपूर्ण वा महत्त्वहीन सबैको । 19 त्यसपछि मैले एउटा पशु सेना सहित संसारका राजाहरू घोडा चढ्ने र उनका विरुद्ध लडाई लड्ने एक ठाउँमा जम्मा भएको देखे । 20 सेतो घोडा चढ्नेले जनावर र झूटा अगमवक्तालाई पक्रिए । झुठा अगमवक्ताले ठूलो जनावरको उपस्थितिमा आश्चर्यकाम गरेर जनावरको चिन्ह लगाउने र जनावरको मूर्ति पुज्नेलाई छलेका थिए । त्यसपछि परमेश्वरले जनावर र झुठा अगमवक्तालाई जीवितै दन्केको आगोमा फ्याकी दिनुभयो । 21 घोडा चलाउनेले बाँकी रहेका सेनाहरूलाई मुखबाट निस्केको तरवारले मारी दिए । सबै चराहरूले मारिएका मानिस र घोडाहरूको मासु खाइ दिए ।
Chapter 20
1 त्यसपछि मैले स्वर्गबाट स्वर्गदूत तल आउँदै गरेको दखे उनीसँग गहिरो खाडलको साँचो र हातमा ठूलो साङ्ला थियो । 2 उनले अजिङ्गर नै प्राचीन सर्प, दुष्ट र शैतान थियो । स्वर्गदूतले त्यसलाई साङ्लाले बाँधि दिए जुन एक हजार वर्षसम्म फुकाउने सकिदैन थियो । 3 स्वर्गदूतले उसलाई गहिरो, अँध्यारो खाडलमा फ्याकी दिए । उनले खाडलको ढोका बन्द गरी ताल्चा लगाइ दिए र कसैले पनि खोज्न नपाउने गरी छाप लगाइदिए । उसले एक हजार वर्ष सम्म विभिन्न जातीका समूहलाई छलमा पार्न नसकोस् भनि यसो गरिएको हो । एकहजार वर्षको समय पुरा भएपछि केही समयको निम्ति परमेश्वरले बनाएको योजना अनुसारको काम गर्न फुकाइनेछ । 4 मैले सिंहासनमा मानिसहरूमा मानिसहरू बसिरहेको देखे । परमेश्वरले उनीहरूलाई न्याय गर्न अधिकार दिनुभएको थियो । मैले येशूको सत्यताको विषयमा र परमेश्वरको सन्देश घोषणा गर्न मानिसहरूको टाउको काटिएकाहरूको आत्मा पनि देखे । ती मानिसहरूले जनावर वा त्यसको मूर्तिलाई पुज्न इन्कार गरेका थिए र जनावरको दासबाट न निधारमा न हातमा जनावरको चिन्ह दिएका थिए । उनीहरू फेरी जीवित भए र येशूसँग एकहजार वर्षसम्म शासन गरे । 5 उनीहरू नै मरेकोबाट फेरि जीवित भइ जीउने पहिला मानिसहरू हुन, जसलाई परमेश्वरले नै जीवित बनाउनु भएको हो । अरू विश्वासीहरू जो मरेका थिए उनीहरू एकहजार वर्ष पुरा नहुन्जेल फेरि जीवित परिएन । 6 पहिलो पटक फेरि जीवित पारिएकाहरू सँग परमेश्वर प्रसन्न हुनु हुनेछ परमेश्वरले उनीहरूलाई पवित्र भनि मानिलिनु हुनेछ । उनीहरूले दोस्रो पटक मर्नु पर्ने छैन बरु उनीहरू परमेश्वर र येशू ख्रीष्टको सेवाको निम्ति पूजाहारी हुनेछन् र उनीहरूले हजार वर्षसम्म येशू ख्रीष्टसँगै शासन गर्नेछन् । 7 एकहजार वर्षको समय पुरा भएपछि परमेश्वरले शैतानलाई थुनाबाट छोडिदिनुहुनेछ । 8 शैतानले पृथ्वीमा भएका विद्रोही मानिसहरूको समूहलाई छलमा पार्न बाहिर जानेछ । यी जातीका मानिसहरूलाई अगमवक्ता इजिकिएलले गोग र मगोग भन्छन् । शैतानले उनीहरूलाई परमेश्वरका मानिसहरूको विरुद्धमा लड्नको निम्ति जम्मा गर्नेछ । जसरी समुद्रको तिरमा रहेका बालुवाका कणलाई गन्न सकिदैन त्यसरी नै परमेश्वरका जनहरूको विरुद्ध लड्न आउनेको गणना गर्दा सकिदैन । 9 उनीहरू पृथ्वीभरि नै हिड्ने छन् र पमेश्वरले प्रेम गर्ने सहर यरूशलेममा भएको परमेश्वरका मानिसहरूलाई घेरा बाँध्नेछन् । त्यसपछि परमेश्वरले स्वर्गबाट आगो पठाउनु हुने छ र उनीहरूलाई जलाई दिनुहुनेछ । 10 परमेश्वरले मानिसहरूलाई छल गर्ने दुष्टलाई बलिरहेको गन्धकमा फ्याँकी दिनुहुनेछ । जहाँ परमेश्वरले पशु र झुठा अगमवक्तालाई फ्याँकी दिनुभएको थियो, जहाँ उनीहरू सदाको लागि कष्टमा पर्नेछन् । 11 त्यसपछि मैले ठूलो सेता सिंहासनलाई देखे, जहाँ परमेश्वर वसिरहनु भएको थियो, उहाँ धेरै डर लाग्दो हुनुहुन्थ्यो । पृथ्वी र आकाश नै उहाँको उपस्थितिबाट हराए र त्यहाँ रहेनन् । 12 मैले मरेका मानिसहरू फेरि जीवित भएको देखे । उनीहरू सिंहासनको अगाडि उभिरहेका थिए । उभिएकाहरू महत्त्वपूर्ण र महत्त्वहीन दुवै नै थिए । मानिसहरूले गरेका कामको अभिलेख राख्ने पुस्तक खुल्ला थियो । अर्को किताब पनि खुल्ला थियो जुन चाहिँ जीवनको पुस्तक थियो जहाँ अनन्त जीवन प्राप्त गर्ने मानिसहरूको नाम लेखिएको थियो । मानिसका कामको अभिलेख राख्ने पुस्तकमा भएको अभिलेख अनुसार परमेश्वरले ती मरेर जीवित पारिएका मानिसहरूको परमेश्वरले न्याय गर्नुभयो । 13 मरेर समुद्रमा गाडिएका मानिसहरूका शरीर परमेश्वरको सिंहासन अगाडि न्यायको निम्ति उभिन फेरी जीवित पारिए । मरेर जमिनमा गाडिएकाहरू पनि सिंहासन अगाडि उभिनको निम्ति जीवित पारिए । परमेश्वरले प्रत्येकलाई उनीहरूले गरेका काम अनुसारले न्याय गर्नुभयो । 14 विश्वास नगरिकन मरेर न्यायको निम्ति पर्खिबसेकाहरू सबैलाई बलिरहेको अग्निकुण्ड यस्तो ठाउँ हो जहाँ मानिसहरूको दोस्रो मृत्यु हुन्छ । 15 परमेश्वरले पुस्तकमा नाम नभएकाहरूलाई पनि बलिरहेको अग्निकुण्डमा फ्याकी दिनुभयो । जसको नाम पुस्तकमा लेखिएको थियो । उनीहरूले अनन्त जीवन प्राप्त गरे ।
Chapter 21
1 त्यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखे । पहिलो स्वर्ग र पहिलो पृथ्वी हराए, र समुद्रहरू रहेनन् । 2 मैले परमेश्वरको पवित्र सहरहरू देखे, जुन चाहिँ यरूशलेमको नयाँ सहर थियो । त्यो परमेश्वरबाट भएर स्वर्गबाट तल आउदै थियो । परमेश्वरले त्यसलाई तयार पार्नु भएको थियो र सजाउनु भएको थियो, एक पुरुषसँग विवाह गर्न एक स्त्रीले आफुलाई बेहुली झैँ सिंगार्छिन् । 3 त्यसपछि मैले केही एकजना परमेश्वरको सिंहासन नजिकैबाट चर्को स्वरले बोलेको सुने । त्यसले भन्यो, “यसलाई सुन ! अब परमेश्वर मानिसहरूसँग बास गर्नुहुनेछ । उहाँ तिमीहरूको माझमा वास गर्नुहुनेछ ! तिनीहरू उहाँको मानिसहरू हुने छन् । परमेश्वर स्वंयम तिनीहरूसँग हुनुहुने छ, र उहाँ तिनीहरूका परमेश्वर हुनु हुनेछ ।” 4 उहाँले तिनीहरूलाई फेरि कहिल्यै दुखित बनाउनु हुने छैन । उहाँले तिनीहरूलाई फेरि कहिल्यै रुन दिनु हुने छैन । तिनीहरू मध्ये कोही पनि फेरि कहिले मर्ने छैन अथवा शोक मनाउने छन् अथवा दुःख कष्ट भोग्ने छन् किनकि ती कुराहरू जसले तिनीहरूलाई दुखित पार्दथियो ती सबै बितेर जाने छ । 5 यसपछि परमेश्वर, जो सिंहासन बस्नु भएको थियो भुन्नु भयो, “यसलाई सुन ! म अब सबैकुरा नयाँ बनाउदै छु ।” उहाँले मलाई भन्नुभयो: “मैले भनेका कुराहरू लेख किनकि तिमी विश्वास गर्न सक्छौ कि साचि नै ती कुराहरू म हुन लगाउने छु ।” 6 उहाँले मलाई पनि भन्नुभयो, “मैले सबै कुराहरू पुरा गरे ! म नै हूँ जसले सबै कुराहरू सुरु गरे र मैले नै हूँ ।” जसले कारणले कुराहरूको अन्त हुनेछ । ती सबैजना जसले त्यसको चाहना गर्दछ, म सित्तैमा मुहानबाट पानी दिनेछु, त्यसकारणले मानिसहरू सदासर्वदा बाच्ने छन् । 7 शैतान माथि विजय हुने मेरा सन्तान हुनेछन् । 8 तर तिनीहरू जो डरपोक छन्, तिनीहरू जसले मानिसको हत्या गर्दछन् । तिनीहरू जसले व्यभिचार पापहरू गर्छन् । तिनीहरू जसले तन्त्रमन्त्र गर्दछन्, तिनीहरू जसले मूर्ति पूजा गर्दछन् र सबै झुठा बोल्नेहरू आगो र गन्धकको कुण्डमा कष्ट भोग्न्ने छन् । 9 त्यसपछि सातजना स्वर्गदूतहरू मध्ये एकजनासँग सातवटा दाखमद्यका कचौरहरू थियो-दाखमद्य जसकारणले अन्तिम सात तरीकाहरू कष्टको ल्याउछ-म कहाँ आयो र भन्यो, “मसँग आऊ र म तिमीलाई देखाउने छु मानिसहरू जो चाहिँ थुमासित स्थिरतामा एकजुट भएको जसरी एक स्त्रीले एक पुरुषसँग विवाह गर्दछ ।” 10 त्यसपछि परमेश्वरको आत्माले मलाई नियन्त्रण गर्नुभयो, र स्वर्गदूतले मलाई एउटा धेरै ठूलो शिखरको टुप्पोमा लग्नु भयो । उनले मलाई परमेश्वरका पवित्र सहर देखाए, नयाँ यरूशलेम, जुन चाहिँ परमेश्वरबाट भएर स्वर्गबाट तल आउदै थियो । 11 त्यो परमेश्वर सियोनबाट आएको चम्किलो ज्योतिले गर्दा चम्किरहेको थियो । त्यो सहर महुमुल्य रत्न चम्किदा चम्किन्थ्यो, र त्यो स्फटिक झैँ स्पष्ट थियो । 12 सहरको वरिपरि धेरै अग्ला पर्खाल थियो । पर्खालमा बाह्रवटा ढोका थिए । प्रत्येक ढोकाम एक स्वर्गदूत थियो । ढोकाको माथि इस्राएलका बाह्र कूलहरूका नाम लेखिएको थियो । प्रत्येक ढोकामा एउटा कुलको नाम थियो । 13 तीनवटा ढोकाहरू पूर्व पट्टि थियो, तीनवटा ढोकाहरू पश्चिम पट्टि थियो । 14 सहरको पर्खालमा बाह्रवटा कोसे ढुंगाहरू थियो । प्रत्येक कोसे ढुंगामा थुमाले नियुक्त गर्नुभएको बाह्र प्रेरितहरू मध्ये एकजनाको नाम लेखिएको थियो । 15 मसित बोलीरहेको स्वर्गदूतले सुनको नाप्ने यन्त्र बिकिरहेका थिए, त्यो यन्त्रले उसले सहर ढोकाहरू र त्यसको पर्खाल नाप्ने गर्दथिए । 16 सहर वर्गाकार आकारको थियो, त्यसले लम्बाई जति थियो, त्यतिनै चौँडाई थियो । स्वर्गदूतले नाप्ने यन्त्रले सहर नापी सकेपछि, उसले वितरण दिदा सहर २, २००किलोमिटर लामो थियो, र त्यसको चौडाई र उचाई चाहिँ त्यसको लम्बाई जतिनै थियो । 17 उनले सहरको पर्खालको नाप लियो र वितरण दिदा त्यो ६६ मिटर मोटो थियो । स्वर्गदूतले मानिसले साधारण तय चलाउने नापी चलाएको थियो । 18 सहरको पर्खाल हरियो ढुंगाले बनेको थियो जसलाई हामी मणि भन्दछौ । सहर शुद्ध सुनले बनेको थियो देख्दा छर्लङ्ग सिसा जस्तै देखिन्थ्यो । 19 सहरको पर्खालको जगहरू बहुमुल्य ढुंगाहरूले सुन्दर गरी बनाइएको थियो । प्रथम कोसे ढुंगा मणि थियो, दोस्रो ढुङ्गो निलम थियो, तेस्रो कोसे ढुङ्गो स्फटिक थियो, चौथो कोसे ढुङ्गो पन्ना थियो, 20 पाँचौ कोसे ढुङ्गो गोमेद थियो, छैठो कोसे ढुङ्गो मानक थियो, सातौ कोसे ढुङ्गो पितमणि थियो, आठौँ कोसे ढुङ्गो पिरोजा थियो, नवौँ कोसे ढुङ्गो पोखाराज थियो, दशौँ कोसे ढुङ्गो लहसुने थियो, एघारौँ कोसे ढुङ्गो धुम्रकान्त थियो र बाह्रौँ कोसे ढुङ्गो चन्द्रकान्त थियो । 21 सहरका सातवटा ढोकाहरू विशाल मोतीहरू जस्ता देखिन्थियो । सहरका सडकहरू शुद्ध सुन जुन चाहिँ छर्लङ्ग सिसा जस्ता देखिन्थ्यो । 22 सहर भित्र मन्दिर थिएन । सर्वशक्तिमान परमप्रभु परेमेश्वरबाट स्वंयम र थुमा त्यहाँ हुनुहुन्थ्यो, त्यसैले त्यहाँ मन्दिरको आवश्यकता थिएन । 23 सहरलाई उज्यालो पार्न सुर्य वा चन्द्र पर्ने छन् किनभने परमेश्वरबाट आइरहेको ज्योतिले सहरलाई उज्यालो पार्ने छ । 24 मानिसका जातीहरू उनीहरूमा चम्किरहेको सहरको ज्योतिसँग बास गर्ने छन् । पृथ्वीका राजाहरूले तिनीहरूका धनसम्पत्ति परमेश्वर र थुमाको आदर गर्न सहर भित्र ल्याउने छन् । 25 प्रायजसो गरी दिनको अन्त्यमा सहरको ढोकाहरू बन्द गरिने छैन जसरी ती बन्द गरिन्थ्यो किनकि त्यहाँ रात पर्ने छैन । 26 संसारका मानिसहरूले पनि आफ्ना धनसम्पत्ति सहर भित्र ल्याउने छन् । 27 केहीपनि जुनचाहिँ नैतिक रूपले अशुद्ध छ, कोहीपनि जसले परमेश्वरले तुच्छ मान्नु भएको कामहरू गर्दछन्, र कोहीपनि जसले झूटो बोल्दछ त्यो सहरमा पहिल्यै प्रवेश गर्न पाउने छैन । ती मानिसहरू मात्र जसको नामहरू थुमाको पुस्तकमा लेखिएको हुन्छ, त्यो पुस्तकमा अनन्त जीवन भएका मानिसहरूको नामहरू छन्, त्यो सहरमा हुने छन् ।
Chapter 22
1 त्यसपछि स्वर्गदूतले मलाई नदी देखाउनु भयो, जहाँबाट मानिसहरूले पानी पिउने गर्दथे र यसबाट पिउने सधैँभरि जीवित रहन्छन् । त्यो पानी फटिक जस्तै सफा र चम्किलो थियो । नदी त्यो सिंहासनबाट बगेर गइ रहेको थियो, जहाँ परमेश्वर र थुमा विराजमान हुनुहुन्थ्यो । 2 त्यो सहरको मूल बाटो हुदै मध्य भागबाट तलतिर बगिरहेको थियो । नदीको दुवै किनाराहरूमा फलसहितको रूख थियो, जसले यसबाट खान्छ ऊ सधैँ बाँचिरहन्छ । ती रूखहरूले १२ किसमका फलहरू फलाएको थिए, तिनीहरूले हरेक एक महिनाको लागि एक प्रकारको फल फलाउथे । मानिसहरूको समूहले ती रूखहरूका पातहरू तिनीहरूको घाउ निको पार्ने औषधीको रूपमा प्रयोग गर्ने गर्दथे । 3 त्यहाँ कुनै पनि त्यस्तो व्यक्ति वा कुराहरू हुनेछन् जसलाई परमेश्वरले श्राप दिन चाहनु हुनेछ । परमेश्वरको सिंहासन र सिंहासनको ज्योति नै सहरको निम्ति ज्योति हुनेछ । त्यहाँ परमेश्वरका सेवकहरूले उहाँको आराधना गर्नेछन् । 4 तिनीहरूले उहाँलाई प्रत्येक रूपमा देख्नेछन् र उहाँको नाम तिनीहरूको निधारमा लेखिएको हुनेछ । 5 त्यहाँ कहिल्यै अन्धकार हुने छैन । परमेश्वरका सेवकहरूलाई कुनै पनि बत्तिको वा सूर्यको उज्यालोको आवश्यकता पर्दैन किनकि परमेश्वरले नै तिनीहरूमाथि ज्योति दिनुहुनेछ । तिनीहरूले सदैव राज्य गर्नेछन् । 6 स्वर्गदूतले मलाई भन्नुभयो, “यी कुराहरू जुन परमेश्वरले तिमीलाई देखाउनु भयो यो सत्य हो, र उहाँले यी कुराहरूलाई निश्चय नै पुरा गर्नुहुनेछ ।” परमप्रभु परमेश्वर जसले अगमवक्ताहरूलाई प्रेरणा दिन उहाँका स्वर्गदूतहरू मानिसहरूको बिचमा पठाउनुभयो, जसले उहाँको सेवा गर्दछ, तिनीहरूको जीवनमा यो घटना चाहे नै हुनेछ भनी देखाउनु भयो । 7 येशूले उहाँका सबै मानिसहरूलाई भन्नुभयो, ध्यान दिएर सुन ! म चाडै आउँदैछु जसले यी पुस्तकमा लेखेका वचनको पालना गर्दछ ती प्रत्येकलाई परमेश्वरले प्रशस्त आशिष दिनुहुनेछ ।” 8 म, यूहन्ना, त्यो व्यक्ति हूँ, जसले यी कुराहरू सुने र दर्शनमा देखे, जसलाई मैले लेखेको छु । जब मैले ती सुने र देखे, म त्यतिखेर नै ती स्वर्गदूतको सामु लोटे जसले मलाई यी कुराहरू उहाँको आराधना गर्न देखाउनु भएको थियो । 9 तर उहाँले मलाई भन्नुभयो, “मेरो आराधना नगर, ” म पनि तिमीहरू विश्वासीहरू जस्तै सेवक हूँ, जो अगमवक्ताहरू थिए, र जस्तै जसले यस पुस्तकको वचन पालन गर्दैछन् । निरन्तर परमेश्वरको आराधना गर्ने गर्दछन् । 10 उहाँले यो पनि भन्नुभयो, “यस वचनलाई नालुकाओ, जुन परमेश्वरले यस पुस्तकमा बताउनु भएको छ, किनकि, यो समय उहाँको लागि यस वचनलाई पूरा गर्ने समय हो । 11 किनभने त्यो समय नजिकै छ, यदि तिनीहरू जसले पाप स्वभावका निरन्तरता गर्ने इच्छा राख्दछन्, तिनीहरूलाई त्यसै गर्न देऊ । परमेश्वरले नै तिनीहरूलाई त्यसको ज्याला दिनुहुनेछ । यदि तिनीहरू जो भक्तिहिन हुन इच्छा गर्दछन्, तिनीहरूलाई त्यसै गरी रहन देऊ । परमेश्वरले चाडै नै त्यसैको निम्ति ज्याला दिनुहुनेछ । तिनीहरू जसले धर्मीकताको कार्य गर्दछन्, तिनीहरूलाई धार्मिक कार्य गरी रहन देऊ । तिनीहरू जो पूर्ण छन्, तिनीहरू पूर्णता भई रहन देऊ ।” 12 यशूले सबै मानिसहरूलाई भन्नुभयो, “सुन ! म चाँडै आउँदैछु ! र म तिनीहरू प्रत्येकलाई तिनीहरूले जे गरेका छाना त्यस अनुरूप दण्ड वा इनामको ज्याला दिनेछु । 13 म त्यो हूँ , जसले सबै कुराहरू सुरु गर्नुभयो र जसले सबै कुराहरूको अन्त्य गर्न सक्नु हुन्छ । म सबै कुराहरूको सुरु देखि नै थिए र म सबै कुराहरूको अन्त्यसम्म पनि रहनेछु । 14 परमेश्वर ती मानिसहरूसँग अति नै प्रसन्न हुनुहुन्छ । जसले तिनीहरूको पापलाई पखाल्दछन र तिनीहरू आफैलाई सफा राख्दछन् किनभने तिनीहरूले त्यस रूखको फल खान सक्नेछन्, ती मानिसहरू सदासर्वदा जीवित रहनेछन् र किनभने तिनीहरूले पवित्र सहरमा ढोकाबाट प्रवेश गर्न सक्नेछन् । 15 बाहिर रहेका मानिसहरू जो अपवित्र छन् । तिनीहरू जो तन्त्रमन्त्रको अभ्यासमा सहभागी हुन्छन्, जो मानिसहरू व्यभिचारको पाप गर्दछन्, जो मानिसहरू अरूहरूलाई हत्यागर्दछन्, मूर्तिहरूको आराधना गर्नेहरू र जो मानिसहरू झूटो बोल्नमा आनन्द लिन्छन् र सधैँ झूटो बोल्नेहरू हुन् । तिनीहरू कहिल्यै त्यस सहरमा प्रवेश गर्न पाउने छैनन् ।” 16 म येशू, मेरा स्वर्गदूतलाई यो आज्ञा दिन पठाउदछु कि, उसले भन्नेछ, तिमीहरू जो विश्वासीहरूको समूह हुन त्यो सबै कुराहरू सत्य हुन् । म राजा दाऊदको वंशको हूँ, जसको आगमन बारे अगमवक्ताहरूद्वारा प्रतिज्ञा गरिएको थियो । म त्यही हूँ, जो बिहानको चम्किलो तारा जस्तै हु । 17 परमेश्वरको आज्ञा र उहाँका मानिसहरू, जो ख्रीष्टको दुलही जस्तै हुन्, प्रत्येक जो उहाँ माथि विश्वास गर्ने इच्छा गर्दछन् तिनीहरूलाई भन, “आऊ जसले यो सुन्दछ तिनीहरू प्रत्येक विश्वास गर्नेहरूलाई पनि भन, आऊ ।” मानिसहरू जो आउन चाहन्छन् तिनीहरू पनि आऊ, हरेक जो पानीको इच्छा गर्दछन् जसले मानिसहरूलाई सदासर्वदा जीवित राख्दछन् । यसलाई सित्तैमा पाउने वरदान स्वरूप ग्रहण गर । 18 म, यूहन्ना, विनम्रपूर्वक हरेकलाई चेतावनी दिदछु जसले यी वचन बारे सुनेका छन्, जे कुरा मैले यस पुस्तकमा लेखेकोछु यदि जो कसैले यस वचनमा थप गर्दछन् भने त्यसलाई यस पुस्तकमा बताएको अनुरूप दण्ड दिइनेछ । 19 यदि जो कसैले यस वचनबाट केही कुरा घटायो भने यस पुस्तकमा मैले बताए अनुरूप, परमेश्वरले त्यस व्यक्तिलाई त्यस रूखबाट को फल खान पाउने अधिकारबाट हटाउनु हुनेछ र ती मानिस सदैव जीवित रहनेछैन । उहाँले त्यस व्यक्तिलाई पवित्र सहरमा प्रवेश गर्न पाउने अधिकारबाट पनि वन्चित गर्नुहुनेछ । यी दुवै कुराहरूको व्याख्या यस पुस्तकमा पाइन्छ । 20 येशू, जसले यी सबै कुराहरू सत्य हो भनी घोषणा गर्नुहुनेले भन्नु हुन्छ, “निश्चय नै म चाडै आउँदैछु ।” म, यहुन्ना फेरी भन्दछु, “यो हुन आउँने नै छ ! प्रभु येशू आउँनुहोस् ! 21 म प्रार्थना गर्दछु कि हाम्रो प्रभु येशूले तिमीहरू सबैलाई यसरी नै सदैव प्रेम गरी रहनु भएको होस्, जो परमेश्वरका मानिसहरू हुन् । आमेन