2 Timothy
2 Timothy front
२ तिमोथीको परिचय
भाग १: सामान्य परिचय
२ तिमोथीको पुस्तकको रूपरेखा
पावलले तिमोथीलाई अभिवादन गर्छन् र उनले परमेश्वरको सेवा गरिरहँदा कठिनाइहरूलाई खप्न उनलाई उत्साह दिन्छन् (१:१-२:१३) ।
पावलले तिमोथीलाई सामान्य निर्देशनहरू दिन्छन् (२:१४–२६) ।
पावलले तिमोथीलाई भविष्यका घटनाहरूका बारेमा चेतावनी दिन्छन् र उनले परमेश्वरको सेवकाइ कसरी गर्ने भनेर उनलाई निर्देशन दिन्छन् (३:१-४:८) ।
पावलले व्यक्तिगत टिप्पणीहरू दिन्छन् (४:९-२४) ।
२ तिमोथीको पुस्तक कसले लेखे ?
पावलले २ तिमोथीलाई लेखे । उनी टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्टियन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टियनहरूलाई सताए । उनी एक ख्रीष्टियन भइसकेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैपटक रोमी साम्राज्यभरी यात्रा गरे ।
पावलले तिमोथीलाई लेखेको यो दोस्रो पत्र हो । तिमोथी उनको चेला र नजिकका मित्र थिए । पावलले यो पत्र उनी रोममा झ्यालाखानामा हुँदा लेखे । यो पत्र लेखेको छिट्टै पछि पावल मर्ने थिए ।
२ तिमोथीको पुस्तक केको बारेमा हो ?
एफिससको सहरका विश्वासीहरूलाई सहायता पुर्याउनका लागि पावलले तिमोथीलाई त्यहीँ छोडेका थिए । तिमोथीलाई विभिन्न विषयमा शिक्षा दिनलाई पावलले यो पत्र लेखे । झूटा शिक्षकहरूका बारेमा चेतावनी र कठिन परिस्थितिहरूमा सहनशीलताजस्ता शीर्षकहरूमा तिनले लेखेका छन् । यो पत्रले मण्डलीहरूका बीचमा नेतृत्व लिनका लागि पावलले तिमोथीलाई तालिम दिइरहेका कुरा दर्शाउँछ ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ तिमोथी” वा “दोस्रो तिमोथी” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको दोस्रो पत्र” वा “तिमोथीलाई दोस्रो पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
२ तिमोथीमा भएको सिपाहीको चित्रण के हो ?
पावलले झ्यालखानामा पर्खेर बस्दा, चाँडै नै तिनको मृत्यु हुने छ भनी थाहा पाएर तिनले आफ्नो बारेमा येशू ख्रीष्टको सिपाही भएको कुरा गरेका छन् । सिपाहीहरूले आफ्ना अगुवाका कुरा मान्दछन् । त्यसरी नै ख्रीष्टिएनहरूले येशूका कुरा मान्नुपर्दछ । ख्रीष्टको “सिपाही”को रूपमा विश्वासीहरूले उहाँका आज्ञापालन गर्नुपर्दछ, यद्यपि त्यसको परिणामस्वरूप तिनीहरूले मर्न किन नपरोस् ।
परमेश्वरले धर्मशास्त्रलाई प्रेरित गर्नुभयो भन्ने कुराको के अर्थ हुन्छ ?
धर्मशास्त्रको साँचो लेखक परमेश्वर हुनुहुन्छ । पुस्तक लेख्ने मानवीय लेखकहरूलाई उहाँले प्रेरणा दिनुभयो । मानिसहरूले लेखिरहेका कुरा परमेश्वरले नै तिनीहरूलाई लेख्ने तुल्याउनुभयो । यसकारण, यसलाई परमेश्वरको वचन भनेको हो । यसले बाइबलको बारेमा धेरै अर्थ दिन्छ । पहिलो, बाइबल त्रुटिरहीत छ र यसलाई विश्वास गर्न सकिन्छ । दोस्रो, धर्मशास्त्रलाई बङ्ग्याउने र नष्ट पार्न खज्ने मानिसहरूबाट यसको सुरक्षाका लागि हामी परमेश्वरमा भर पर्न सक्छौँ । तेस्रो, परमेश्वरको वचनलाई सारा संसारको भाषामा अनुवाद गर्नुपर्छ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । यहाँ “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ४:२२ हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
समावेशी र अनन्य "हामी" र "हाम्रो"
यस पुस्तकमा, "हामी" र "हाम्रो" ले लेखक, पावल, प्रापक, तिमओथी र सबै विश्वासीहरूलाई समावेश गर्दछ। (हेर्नुहोस्: "हामी" को समावेशी र असमावेशी रूप)
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
२ तिमोथीको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख पाठ्यक्रमसामग्रीसगँ सम्बन्धित समस्याहरू के-के हुन्?
तल दिइएका पदहरूमा, सबैभन्दा पुरानो ग्रीक पाण्डुलिपिहरू पछिल्ला ग्रीक पाण्डुलिपिहरू भन्दा भिन्न छन्। बाइबलका नयाँ अनुवादहरू ग्रीक पाण्डुलिपिको आधारमा अनुवाद गरेकाहरू फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्छ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्छ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादमा भएका पाठलाई प्रयोग गर्नुपर्छ । यदि छैन भने, अनुवादकहरूलाई आधुनिक पाठलाई अनुसरण गर्नु सुझाव दिइन्छ ।
- “यसैको कारण, म एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ” (१:११) । केही पुराना संस्करणहरू छन्, जसमा यसरी बताइएको छ, “यसको कारण, म अन्यजातिहरूको लागि एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ ।”
- “तिनीहरूलाई परमेश्वरको सामु चेतावनी देऊ” (२:१४) । त्यहाँ केही पुराना संस्करणहरू छन् जसमा भनिएको छ, “तिनीहरूलाई प्रभुको सामु चेतावनी देऊ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Timothy 1
२ तिमोथी ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले पदहरू १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मिक सन्तानहरू
पावलले तिमोथीलाई ख्रीष्टियन र मण्डलीका अगुवाका रूपमा अनुशासित गरे । तिनले ख्रीष्टमा विश्वास गर्न पावलले नै डोहोर्याएका पनि हुन सक्छन् । यसकारण, पावलले तिमोथीलाई “प्रिय बालक” भन्दछन् । (हेर्नुहोस्ः चेला अनि आत्मा, आत्मिक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
सतावट
पावलले यो पत्र लेख्दा तिनी झ्यालखानामा थिए । पावलले तिमोथीलाई सुसमाचारका लागि दुःख भोग्न उत्साह दिन्छन् ।
2 Timothy 1:2
ἡμῶν
2 Timothy 1:1
Παῦλος
यो पत्रले त्यस समयको सामान्य तरिकालाई पछ्याउँदै, लेखकको नाम र पहिचानबाट सुरु गरेर, त्यसपछि प्रापकलाई उल्लेख गरेको छ (पद २ मा) । तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । यदि त्यसो हो भने, तपाई यसलाई आफ्नो अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "म पवल, यो पत्र लेख्दै छु।"
διὰ θελήματος Θεοῦ
पावल एक प्रेरित बने किनभने परमेश्वरले उनी एक प्रेरित बनेको चाहनुभयो। वैकल्पिक अनुवादः “परमेश्वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्वरले यसो भएको चाहनु भयो” ।
κατ’
यसको सम्भावित अर्थहरूः १) यसको अर्थ परमेश्वरले पावललाई येशूमा जीवन दिने परमेश्वरको प्रतिज्ञाको बारेमा बताउनलाई नियुक्त गर्नुभयो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “घोषणा गर्ने उद्देश्यको निम्ति ।” २) पावल प्रेरित बने किनभने तिनले येशूमा जीवनको प्रतिज्ञा पाएका थिए। वैकल्पिक अनुवादः "प्राप्त गर्ने परिणामजि रूपमा।"
ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
पावलले “जीवन”लाई येशू भित्र भएको कुनै वस्तुको रूपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्ट येशूको भएको कारण मानिसहरूले प्राप्त गर्ने जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूमा भएको कारण हामीले प्राप्त गर्ने जीवनको” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:2
Τιμοθέῳ
तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । यदि त्यसो हो भने, तपाई यसलाई आफ्नो अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ। वैकलपिक अनुवादः "यो पत्र तिम्रो लागि हो, तिमीथी।"
ἀγαπητῷ τέκνῳ
पावल तिमोथीका पिता थिएनन्, तर तिनले तिमोथीप्रतिको आफ्नो प्रेम र अनुमोदन व्यक्त गर्न “बालक” शब्दको प्रयोग गरेका छन्। यो सम्भव छ कि पावलले नै तिमोथीलाई ख्रीष्टको परिचय गराए, र यसैकारण पावलले उनलाई आफ्नो बालक जस्तै मानेका थिए । वैकल्पिक अनुवादः "जो मेरो लागी प्रिय बालक झैँ छ” वा "तिमी मेरो लागि प्यारो बालक जस्तै छौँ।" (हेर्नुहोस्ः रूपक)
χάρις, ἔλεος, εἰρήνη, ἀπὸ
लेखकको नाम र यसलाई प्राप्त गर्ने व्यक्ति (तिमोथी) बताएपछि, पावलले तिमोथीलाई आशिष्को कुरा लेखेका छन्। तपाईको भाषामा आशिष् व्यक्त गर्ने शब्द राख्नुहोस्, जुन तपाईका मानिसहरूले बुझ्दछन्। वैकल्पिक अनुवादः “… बाट तिमीले आफूभित्र दया, कृपा र शान्तिको अनुभव गरेका होऊ” वा “ … बाट तिमीसँग अनुग्रह, दया, र शान्ति भएको होस् भनेर म प्रार्थना गर्छु।” (हेर्नुहोस्ः INVALID translate/translate-blessing)
Θεοῦ Πατρὸς
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । यहाँ पिताको सन्दर्भ यी हुनसक्छन्ः (१) ख्रीष्टका पिता। (२) विश्वासीहरूका पिता। वैकल्पि अनुवादः “परमेश्वर, जो पिता हुनुहुन्छ।”(हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
2 Timothy 1:3
ᾧ λατρεύω ἀπὸ προγόνων
यो एक वाक्यपद्धति हो जसको अर्थ पावलको परिवारले धेरै पुस्तादेखी परमेश्वरको सेवा गर्दै आएको छ। वैकल्पिक अनुवादः “जसको सेवा मेरा पूर्खाहरूले गरे र म पनि गर्छु्।” (हेर्नुहोस्ः टुक्काहरू)
ἐν καθαρᾷ συνειδήσει
पावलले उनको विवेकलाई भौतिक रूपमा नै सफा हुन सक्ने वस्तु भए झैँ गरी बताउँछन् । यसको अर्थ यो हो कि शुद्ध अन्तस्करण भएको व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठीक छ त्यही मात्र गर्ने कोसिस गर्छ । वैकल्पिक अनुवादः “मैले जे ठीक छ त्यही गर्ने कठिन प्रयत्न गरेको छु भन्ने जानेर” (हेर्नुहोस्ः रूपक)
ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν
अमूर्त संज्ञा सम्झना प्रयोग गरेर पावलले सम्झिने कामको बारेमा बोताएका छन्।तपाईको भाषामा यो अवधारणा व्यक्त गर्ने विशेष तरिका हुन सक्छ, जस्तै क्रियाको साथमा। यदि त्यसो हो भने, तपाईले आफ्नो अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “जसरी म मेरो प्रार्थनामा निरन्तर तिम्रो विषयमा कुरा गर्छु।” (हेर्नुहोस्ः भाववाचक नाम)
νυκτὸς καὶ ἡμέρας
यहाँ “रात र दिन” लाई “सधैँ” को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । यसको अर्थ यो हो कि जुनसुकै समय भए पनि पावलले बारम्बार परमेश्वरलाई प्रार्थना गर्छन्। यसको अर्थ उनले रानभरी र दिनभर कहिल्यै नरोकेर प्रार्थना गर्छन् होइन। वैकल्पिक अनुवादः “हरेक समयमा” वैकल्पिक अनुवादः “सधैँ” (हेर्नुहोस्ः मेरिज्म)
2 Timothy 1:4
σου τῶν δακρύων
यहाँ “तिम्रो आँसुहरू” ले तिमोथीको रुने वा धेरै दुखी भएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमी रोयौँ" वा "तिम्रो उदासीनता” (हेर्नुहोस्ः लक्षणा)
χαρᾶς πληρωθῶ
पावलले आफ्नै विषयमा उनी कसैले भर्न सक्ने एक भाँडो भए झैँ गरेर बताउँछन्। वैकल्पिक अनुवादः “म आनन्दित हुन सकूँ” वा “मसँग पूर्ण आनन्द हुन सकेको होस्” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:5
τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως
पावलले तिमोथीको विश्वासलाई अमूर्त संज्ञाको रूपमा बुझाउँछन्। तपाईको भाषामा यो अवधारणा व्यक्त गर्ने विशेष तरिका हुन सक्छ जस्तै क्रियाको साथमा। यदि त्यसो हो भने, तपाईले आफ्नो अनुवादमा यसको प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “तिम्रो विश्वास जुन वास्तविक छ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐν σοὶ…πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου, Λωΐδι, καὶ τῇ μητρί σου, Εὐνίκῃ; πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί
पावलले तिनीहरूको विश्वासलाई तिनीहरूभित्र वास गर्ने कुनै जीवित थोक भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः "को … तिमीसगँ भएको विश्वास। तिम्री हजुरआमा लोइस, र तिम्री आमा युनिससँग परमेश्वरमाथिको यो साँचो विश्वास थियो, र म विश्वस्त छु कि तिमीसँग पनि त्यही साँचो विश्वास छ” (हेर्नुहोस्ः रूपक)
Λωΐδι
यो स्त्रीको नाम हो, तिमोथीको हजुरआमा, जो सायद उसको आमाको आमा हुन्। (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 1:6
δι’ ἣν αἰτίαν
पावलले तिमोथीलाई आफ्नो वरदान पुनः जगाउनको लागि सोध्नुको कारण येशूमा तिमोथीको विश्वासमा विश्वास्त हुनु हो भनेर लेकेका छन्। वैखल्पिक अनुवादः “यही कारणले गर्दा” वा “येशूमा तिम्रो सच्चा विश्वासको कारण”
ἀναζωπυρεῖν τὸ χάρισμα
तिमोथीले आफ्नो वरदानलाई पुनः प्रयोग गर्न सुरु गर्नुपर्ने उनको आवश्यकताचाहिँ उनले पुनः आगो बाल्ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “वरदानलाई पुनः प्रयोग गर्न थाल्नु जागरुक होऊँ” (हेर्नुहोस्ः रूपक)
τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου
पावलले तिमोथीमाथि हात राखेर प्रार्थना गरे कि परमेश्वरले तिमोथीलाई जुन काम गर्नलाई बोलाउनुभएको थियो सो गर्न सक्षम बनाउनलाई परमेश्वरले आफ्नो आत्माद्वारा शक्ति दिनुभएको होस् । त्यसपछि तिमोथीले पवित्र आत्माबाट बरदान पाए। तपाईले यसलाई १ तिमोथी ४ः१४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः "परमेश्वरको वरदान जुन मैले तिम्रो लागि प्रार्थना गर्दा तिमीले प्राप्त गर्यौ।" (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
2 Timothy 1:7
οὐ…ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ
यहाँ, आत्माका सम्भावित अर्थहरूः १) पवित्र आत्मा। वैकल्पिक अनुवादः “परमेश्वरको पवित्र आत्माले हामीलाई डराउने बनाउनुहुन्न । उहाँले हामीमा शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ ।” वा २) “आत्मा”ले मानिसको कुनै गुणलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई डराउने तुल्याउनुहुन्न तर शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ”
σωφρονισμοῦ
यहाँ, अनुशासनका सम्भावित अर्थहरूः १) हामी आफैँलाई नियन्त्रण गर्ने शक्ति वैकल्पिक अनुवादः "आफूलाई नियन्त्रण गर्ने क्षमताको" २) अरू मानिसहरूलाई सच्याउने शक्ति जसले गलत गरिरहेका छन् । वैकल्पिक अनुवादः "अरूलाई सच्याउन सक्ने क्षमताको"
2 Timothy 1:8
τὸ μαρτύριον
पावलले गवाही शब्दले सन्देशलाई नभई प्रभुको बारेमा अरूलाई बताउने गतिविधिलाई बुझाउन प्रयोग गरिरहेको हुन सक्छ। वैकल्पिक अनुवादः “गवाही दिने कुराको” वा “अरूहरूलाई बताउने कुराको” (हेर्नुहोस्ः लक्षणा)
τὸν δέσμιον αὐτοῦ
पावललाई प्रभुद्वारा कैदी बनाइएको होइन। उनले प्रभुको बारेमा गवाही दिएको कारणले एक कैदी भएको हुन्। वैकल्पिक अनुवादः “उहाँको खातिर एक कैदी” वा “प्रभुको लागि एक कैदी”
συνκακοπάθησον τῷ εὐαγγελίῳ
शब्द सँगैको सम्भावित अर्थहरूः (१) तिमोथीले पावलसँगै दुःख भोग्नुपर्छ। (२) तिमोथीले सबै सतावटमा परेका विश्वासीहरूसँगै दुःख भोग्नुपर्छ।
τῷ εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ
पावलले तिमोथीलाई सम्भाइरहेका छन् कि परमेश्वरले मानिसहरूलाई दुःख पाउँदा शक्ति प्रदान गर्नुहुन्छ ताकि तिनीहरूले दुःख भोगमा सहन गर्न सक्ने छन्। वैकल्पिक अनुवादः “सुसमाचारको लागि, तिमीलाई बलियो बनाउन परमेश्वलाई अनुमति दिँदै”
2 Timothy 1:9
καλέσαντος κλήσει ἁγίᾳ
यहाँ, एक पवित्र आह्वानसँग सन्दर्भ गर्न सकिन्छः (१) बोलावटबाट के परिणामहरू आउँछ। बोलावटले पवित्र मानिसहरू वा परमेश्वरको लागि छुट्टयाएका मानिसहरूलाई निर्माण गर्छ। वैकल्पिक अनुवादः “एउटा बोलावटसँग बोलाउनुभयो जसले हामीलाई परमेश्वरका मानिसहरूको रूपमा अलग गरायो” (२) बोलावटको स्रोत, जो परमेश्वर हुनुहुन्छ, जो पवित्र हुनुहुन्छ। वैकल्पिक अनुवादः “उहाँले हामीलाई आफ्नै पवित्र बोलावटद्वारा बोलाउनुभयो।" (हेर्नुहोस्ः लक्षणा)
ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν
यहाँ उद्देश्य र अनुग्रह शब्दहरूले "अनुग्रहपूर्ण उद्देश्य" को अर्थमा काम गर्दछ। पावलले हाम्रो लागि परमेश्वरको उद्देश्य वा योजनामा येशू ख्रिष्टद्वारा हामीलाई अनुग्रह वा दया देखाउने कुराहरू समावेश छ भनी भनिरहेका छन्। वैकल्पिक अनुवादः “तर किनभने उहाँको दयालु उद्लेदेश्यको कारणले" वा "तर किनभने उहाँले हामीलाई दया देखाउने योजना गर्नुभयो।” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
ἐν Χριστῷ Ἰησοῦ
पावलले लाक्षणीक रूपमा परमेश्वरको उद्देश्य र अनुग्रह वा "कृपापूर्ण उद्देश्य" लाई ख्रीष्ट येशू भित्रको वस्तु हो जस्तो गरि उल्लेख गरेका छन्। यसले मानिसहरूलाई बचाउने परमेश्वरको योजनालाई जनाउँछ जुन येशूले पूरा गर्नुभयो। त्यसैले जब मानिसहरूले येशूसँग सम्बन्ध सुरु गर्छन्, तब परमेश्वरले तिनीहरूलाई बचाउनुहुन्छ। वैकल्पिक अनुवादः “ख्रीष्ट येशूसँगको हाम्रो सम्बन्धद्वारा” (हेर्नुहोस्ः रूपक)
πρὸ χρόνων αἰωνίων
यो एक मुहावरा हो जसले संकेत गर्दछ कि परमेश?वरले समय र संसारको सृष्टि अघि ख्रीष्टमा विश्वासद्वारा वचाउने निर्णय गर्नुभएको थियो। वैकल्पिक अनुवादः “समय सुरु हुनभन्दा अगाडि” (हेर्नुहोस्ः टुक्काहरू)
2 Timothy 1:10
φανερωθεῖσαν δὲ νῦν
पावलले हामीलाई बचाउनको लागि परमेश्वरको दयालु योजनाको बारेमा बताउँछन् मानौँ यो मानौँ यो एउटा वस्मातु हो जुन येशू ख्निरीष्सटको आगमन द्हवारा मानिसहरूलाई देखाउन सकिन्छ। वैकल्पिक अनुवादः “र जुन अब मानिसहरूले जान्पन सक्छन्" वा "र अब मानिसहरूले अनुभव गर्न सक्छन्।” (हेर्नुहोस्ः रूपक)
φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου
पावलले जीवन र अमरत्व लाई बुझाउँछन् कि तिनीहरू ती वस्तुहरू हुन् जसलाई अन्धकारबाट ज्योतिमा ल्याउन सकिन्छ ताकि मानिसहरूले देख्न सकून्। उनले यहाँ लाक्षणिक रूपमा कुनै कुरा प्रकट गर्ने वा मानिसहरूलाई थाहाँ दिने कुरा गरिरहेको छन्। वैकल्पिक अनुवादः “र सुसमाचारद्वारा जीवन र अमरत्व प्रकट गर्नुभयो" वा "र सुसमाचारद्वारा जीवन र अमरत्व घोषणा गर्नुभयो।” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:11
ἐτέθην ἐγὼ κῆρυξ
यदि तपाईको भाषाले निष्क्रिय मौखिक रूपहरू प्रयोग गर्दैन भने, तपाई यही विचार व्यक्त गर्न सक्रिय रुपमा प्रयोग गर्न सक्नुहुन्छ। यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई एक प्रचारक हुनलाई चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 1:12
δι’ ἣν αἰτίαν
पावलले एक प्रेरितको रूपमा आफ्नो अवस्थालाई फर्केर हेर्दा आफ्नो दुःखको कारण व्यक्त गर्छन्। वैकल्पिक अनुवादः “किनभने म एक प्रेरित हुँ”
καὶ ταῦτα πάσχω
पावललेआफूले भोग्नुपरेको विशेष कष्टहरूको बारेमा उल्लेख गर्दैनन्, तर पत्रको सन्दर्भबाट, उनले दुःख कष्टलाई कैदीको रूपमा भएको कुरालाई इङ्गित गर्दैछन। वैकल्पिक अनुवादः "म पनि कैदी बनेर दुःख भोगिरहेको छु।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πέπεισμαι
पावलले व्यक्त गरेका छन् कि उनी “ निष्चित छन् कि परमेश्वरले अन्तमा सबै कुरा ठीक गर्नुहुनेछ वैकल्पिक अनुवादः "म ढुक्क छु”
τὴν παραθήκην μου φυλάξαι
पावलले यसलाई रूपकको रुपमा प्रयोग गरेका छन् कि कुनै व्यक्तिले अर्को व्यक्तिसगँ केहि छोडेको छ जसले यसलाई पहिलो व्यक्तिलाई फिर्ता नदिएसम्म यसलाई सुरक्षीत राख्नुपर्छ। यसमा संलग्न भएका दुई व्यक्तिहरू येशू र पावल हुनुहुन्छ, तर कसले निक्षेप राखेको छ भन्ने स्पष्ट छैन्। सम्भावित अर्थहरूः १) पावलले येशूलाई सुम्पनुभएको कुरा सुरक्षित राख्नको लागि पावलले येशूमा भरोसा राखेका छन्। यो पावलको आफ्नै जीवन हुन सक्छ, वा विशेष गरी, पावलले आफ्नो जीवनभर येशूप्रति वफदार रहनेछन्। वैकल्पिक अनुवादः "मलाई उहाँप्रति वफादार राख्न" २) पावलले सुसमाचार सुरक्षीत राख्न येशूमा भरोसा गरेका छन् जुन येशूले पावलले प्रचार गर्नको लागी पावलसँग जम्मा गर्नुभएको छ। वैकल्पिक अनुवादः "मलाई उहाँको सुसमाचार प्रचार गरिरहन मद्दत गर्न" (हेर्नुहोस्ः रूपक)
ἐκείνην τὴν ἡμέραν
यसले येशू न्यायको लागि फर्किनुहुने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः "न्याको दिन" (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 1:13
ὑγιαινόντων λόγων
पावलले तिमोथीलाई आफूले सिकाएका कुराहरू सिकाउन चाहन्छन् र उनको उदाहरण पछ्याएको चाहन्छन्। स्वस्थ्य शब्दहरू भन्ने अभिव्यकतिको लाक्षणिक अर्थ "सही सन्देश" हो, किनभने एक स्वस्थ्य दिमागले सही सन्देश उचित थियो भनेर बुझ्छ। वैकल्पिक अनुवादः "सही सन्देश" (हेर्नुहोस्ः लक्षणा)
ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ
यहाँ, प्रेमले यी कुराहरू जनाउँछः (१) तिमोथीले अरूलाई देखाउनुपर्ने प्रेम। वैकल्पिक अनुवादः "ख्रीष्ट येशूमा भरोसा गर्ने र अरूलाई प्रेम गर्ने किनभने तपाई उहाँको हुनुहुन्छ।" (२) तिमोथीले परमेश्वरलाई देखाउनुपर्ने प्रेम। वैकल्पीक अनुवादः “येशू ख्रीष्टमा भरोसा गर्छौ र उहाँलाई प्रेम गर्छौ”
2 Timothy 1:14
τὴν καλὴν παραθήκην
यहाँ राम्रो निक्षेपले सुसमाचार सन्देशलाई बुझाउँछ जुन परमेश्वरले तिमोथीलाई आफ्ना मानिसहरूसँग बाड्न सुम्पनुभएको छ। वैकल्पिक अनुवादः "परमेश्वरका जनहरूका लागि सुम्पिएको असल सन्देश" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν καλὴν παραθήκην φύλαξον
तिमोथीलाई सुसमाचारको सन्देशको रक्षा गर्न सतर्क हुन आवश्यक छ किनभने मानिसहरूले उनको कामहरूको विरोध गर्नेछन्, तिनले भनेको र सिकाउने कुरालाई रोक्न खोज्नेछन् र तिनले भनेको कुरालाई बङ्ग्याएर फरक सन्देशमा परिणत गर्नेछन्। वैकल्पिक अनुवादः "असल निक्षेपलाई विरोध गर्न खोज्नेहरू विरुद्धमा यसलाई जोगाउनुहोस्।" वा "किनभने मानिसहरुले सुसमाचारको सन्देशलाई विकृत गर्ने प्रयास गर्नेछन्, यसलाई जोगाउनुहोस्।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διὰ Πνεύματος Ἁγίου
यहाँ, मार्फत को अर्थ "को माध्यमद्वारा" वा "को शक्तिद्वारा" भनेर बुझ्न सकिन्छ। वैकल्पिक अनुवादः “पवित्र आत्माको शक्तिद्वारा” वा "पवित्र आत्माको सहायतामा"
2 Timothy 1:15
ἀπεστράφησάν με
यो एउटा रूपक हो जसको अर्थ तिनीहरूले पावललाई त्यागे र उनलाई सहयोग गर्न छोडे भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मलाई छोडे” (हेर्नुहोस्ः रूपक)
Φύγελος
यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 1:16
Ὀνησιφόρου
यो एउटा पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῷ Ὀνησιφόρου οἴκῳ
घराना शब्दले ओनेसिफरस र उसको परिवारका सबै सदस्यहरूलाई, सम्भवतः उनका सेवकहरूलाई पनि जनाउँछ। वैकल्पिक अनुवादः "ओनेसिफरस र उनीसगँ बस्ने सबैलाई। (हेर्नुहोस्ः लक्षणा)
τὴν ἅλυσίν μου οὐκ ἐπησχύνθη
यहाँ “साङ्ला” शब्दले झ्यालखानामा भएको कुरा जनाउँछ।पावल झ्यालखानामा भएको कारण ओनिसिफरसले शर्म मानेनन् तर उनलाई घरिघरी भेट गर्न गए । वैकल्पिक अनुवादः “म झ्यालखानामा भएको कुरामा शर्म मानेनन्” वा "म झ्यालखानामा हुदा पनि मेरो कारणले शर्म मानेनन्" (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 1:18
δῴη αὐτῷ ὁ Κύριος, εὑρεῖν ἔλεος παρὰ Κυρίου
पावलले ओनेसिफरसले प्रभुबाट कृपा पाउन सकून् भनेर प्रभुसगँ फेरी बिन्ती गरे। तपाईले यसलाई तपाईको भाषामा प्राकृतिक तरिकाले आशिष् वा प्रार्थनाको रूपमा व्यक्त गर्नसक्नुहुन्छ। तपाईले यसलाई १ः१६ मा सकरी अनुवाद गरनुभएको छ सो हेर्नुहोस्। वैकल्पिक अनुवादः "म प्रार्थना गर्दछु कि ओनेसिफरसले प्रभुबाट कृपा पाउन सकून्” वा “प्रभुले ओनेसिफरसमाथि कृपा देखाउनुभएको होस्” (हेर्नुहोस्ः INVALID translate/translate-blessing)
εὑρεῖν ἔλεος παρὰ Κυρίου
पावलले कृपा बारेमा मानौँ यो भेट्टाउन सकिने कुनै वस्तु भए झैँ गरेर बताउँछन् । पावलले न्यायको दिनमा ओनेसिफरसलाई परमेश्वरले कृपा देखाउनुहुनेछ भनी आफ्नो इच्छा व्यक्त गर्दैछन्। वैकल्पिक अनुवादः "प्रभुबाट कृपा पाउन" (हेर्नुहोस्ः रूपक)
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
त्यो दिन भन्ने अभिव्यक्तिले यसले त्यो दिनलाई जनाउँछ जब परमेश्वरले सबै मानिसहरूको न्याय गर्नुहुनेछ । त्यस समयमा उनिहरूले प्रभुबाट कृपा वा क्रोध पाउनेछन्, जस्तै पावलले उल्लेख गरेका छन्। वैकल्पिक अनुवादः "न्यायको दिनमा" (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 2
२ तिमोथी ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
११ख-१३ मा, पावलले कुनै कविता वा भजनलाई उद्धरण गरिरहेका हुन सक्छन् । पाठकलाई यो उद्धरण हुन सक्हीछ भनेर देखाउनको लागि, तपाईको अनुवादमा यी पदहरूलाई अधयायमा अन्य पदहरूभन्दा अध्यायमा अन्य पदहरू भन्दा दायाँ तिर पर सार्न छनौट गर्न सक्नुहुन्छ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
हामी उहाँसँगै राज गर्नेछौँ
विश्वासयोग्य ख्रीष्टियनहरूले भविष्यमा ख्रीष्टसँगै राज गर्नेछन् । (हेर्नुहोस्ः https://git.door43.org/STR/ne_tw/src/branch/master/bible/kt/faithful.md)
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
सादृश्यहरू
यस अध्यायमा, ख्रीष्टियन भई जीवन बिताउने कुराका बारेमा शिक्षा दिनका लागि पावलले धेरैवटा तुलनात्कम उदाहरण दिएका छन् । तिनले सिपाही, खेलाडी र किसानका बारेमा तुलनात्कम उदाहरण प्रयोग गरे । अध्यायको आखिरीमा, तिनले घरमा भएका विभिन्न किसिमका भाँडाहरूका बारेमा तुलनात्कम उदाहरण प्रयोग गर्दछन् ।
2 Timothy 2:1
τέκνον μου
यहाँ “बालक” भनेको महान् प्रेमलाई देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । तिमोथी पावलको शारीरिक सन्तान थिएनन्। यो सम्भव छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्टमा ल्याइएको थियो, र त्यसैले पावलले तिनलाई आफ्नो बाकल झैँ ठाने । वैकल्पिक अनुवादः “जो मेरो बालक जस्तै छन्” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ
पावल तिमोथीले परमेश्वरले आफ्नो अनुग्रह वा कृपाद्वारा प्रदान गर्ने शक्तिको अनुभव गरेको चाहन्छन्। विश्वासीहरूले येशू ख्रीष्टलाई चिनेर परमेश्वरको अनुग्रहको अनुभव गर्दछन्। यदि पाठकहरूले अमूर्त संज्ञा अनुग्रहलाई गलत बुझ्दछन भने, तपाई यसलप पछाडिको विचारलाई विशेषणको साथ व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “जसरी तपाईले ख्रीष्ट येशूलाई तपाईको उहाँसगँको सम्बन्धको माध्यमद्वारा दयालु रूपमा सशक्त बनाउन अनुमति दिनुहुन्छ।" (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:2
διὰ πολλῶν μαρτύρων
पावलले सार्वजनिक स्थानमा उपस्थित अरूहरूसँग सिकाउने कुरालाई संकेत गर्दैछन्। तात्पर्य यो हो कि ती अरूले उनले सिकाएको कुराको गवाही दिन सक्छन्। वैकल्पिक अनुवादः “मैले भनेको कुरा सही हो भनेर गवाही दिन सक्ने मानिसहरूको उपस्थितिमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ταῦτα παράθου πιστοῖς ἀνθρώποις
पावलले तिमोथीलाई दिएका शिक्षाहरूलाई तिमोथीले अरू मानिसहरूलाई दिन सक्ने र तिनीहरूले सही तरिकाले प्रयोग गर्नेछन् भनी आशा राख्न सक्ने वस्तुको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई सुम्पिदेऊ” वा “तिनीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:3
συνκακοπάθησον
यहाँ सँगै शब्दको सम्भावित अर्थहरूः १) तिमोथीले पावलसँगै दुःख भोग्नुपर्छ। वैकल्पिक अनुवादः "मसँग दुःख भोगमा सहभागी" (२) तिमोथीले सबै ख्रीष्टियनहरूसँगै दुःख भोग्नुपर्छ। वैकल्पिक अनुवादः “सबै विश्वासीहरूसँगै दुःख भोगमा सहभागी" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ
पावलले ख्रीष्टले भोगेको कष्टलाई एउटा असल सिपाहीले भोगेको कष्टसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः "मानटँ तपाई एक सिपाही हुनुहुन्छ र येशू ख्रीष्ट तपाईको कप्तान हुनुहुन्छ।" (हेर्नुहोस्ः उपमा)
2 Timothy 2:4
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις
तिमोथीलाई येशूलाई पछ्याउने बारे महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गर्न, पावलले एक सिपाहीको रूपक प्रस्तुत गर्छन् जसले आफ्नो कप्तानलाई खुशी पार्ने बिचमा निर्णय गर्नुपर्छ। यदि तपाईको पाठकहरूलाई यो सहयोगी हुन्छ भने, तपाईले यो समावेश गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "विचार गर्नुहोस् कि कुनै पनि समर्पित सिपाहीले जीवनको मामिलाले उसलाई विचलित पार्न अनुमति दिँदैन्।" (हेर्नुहोस्ः रूपक)
ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις
यो अरू मानिलाहरुमा संलग्न भएको कुरालाई पावलले तिनीहरूलाई अल्झाउने कुनै किसिसमको जाल भए झैँ गरी पावलले लेखेका छन् जसले मानिसहरूलाई पासोमा पार्छ र तिनीहरूलाई स्वतन्त्र रूपमा हिड्नबाट रोक्छ। वैकल्पिक अनुवादः "जीवनको मामिलाले उसलाई विचलित पार्न अनुमति दिन्छ" (हेर्नुहोस्ः रूपक)
τῷ στρατολογήσαντι
वैकल्पिक अनुवादः “उसको अगुवा” वा “उसलाई आज्ञा दिने व्यक्ति”
2 Timothy 2:5
ἐὰν…ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ
तिमोथिलाई येशूलाई पछ्याउने बार महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गर्न, पावलले एक खेलाडीको रूपक प्रस्तुत गर्दछन् जसले कानुनी रूपमा वा गैरकानुनी रूपमा प्रतिस्पर्धा गर्ने भनेर निर्णय गर्नुपर्छ। खेलाडीले कानुनी रूपमा प्रतिस्पर्धा गरेमा मात्र विजेतालाई दिइएको मुकुट प्राप्त गर्नेछ। खेलहरूला प्रतिस्पर्धा गर्ने खेलाडीसँग यो तुलना गरेर, पावलले तिमओथीलाई स्पष्ट रूपमा भनिरहेका छन् कि ख्रीष्टले उनलाई तबसम्म इनाम दिनुहुनेछैन् जबसम्म उनले कानुनी रूपमा सेव गर्दैन, अर्थान, जबसम्म उसले उहाँको आज्ञा पालन गर्दैन्। यदि यसले तपाईको पाठखहरूलाई सहयोगी हुन्छ भने, तपाईले यसलाई सीधा व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "अधिकारीहरूले नियम अनुसार प्रतिस्पर्धा गरेमा मात्र खेलाडीलाई विकेताको रूपमा मुकुट लगाइन्छ।" (हेर्नुहोस्ः रूपक)
οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ
यदि तपाईका पाठकहरूले यसलाई दोहोरो नकारात्मकलाई गलत बुझ्दछन् भने, तपाई यसलाई सकारात्मक कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “यदि उसले नियम बमोजिम प्रतिष्पर्धा गरे मात्र तिनीहरुले उसलाई विजयी खेलाडीको रूपमा मुकुट दिनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ στεφανοῦται
पावलको समयमा, जब खेलाडीहरूले प्रतिस्पर्धाहरू जित्थे, उनीहरूलाई बिरुवाको पातहरूबाट बनाइएको मालाको मुकुट लगाइन्थ्यो। तपाईले आफ्नो संस्कृतिमा तुलनात्मक चमनलाई सन्दर्भ गरेर वा सामान्य अभिव्यक्तिको प्रयोग गरेर आफ्नो अनुवादमा यो विचार व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “अधिकारीहरूले उसले पुरस्कार दिने छैनन्।” वा "अधिकारीहरूले उनलाई विजयी घोषणा गर्दैनन्। (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
μὴ νομίμως ἀθλήσῃ
पावलले प्रतिस्पर्धालाई नियन्त्रित गर्ने नियमहरूलाई उल्लेख गर्दैछन्। खेलाडीहरूले नियमहरू पालना गर्नुपर्ने थियो नत्र उनीहरू प्रतियोगिताबाट हटाइनेछन् र जित्ने मौका पाउने छैनन्। यदि तपाईका पाठकहरूले यस तथ्यलाई गलत बुझ्छन् भने, तपाई यी नियमहरू उल्लेख गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “उनले नियम अनुसार प्रतिस्पर्धा गरेनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Timothy 2:6
τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
तिमोथीलाई येशूलाई पछ्याउने महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गर्न, पावलले कडा परिश्रम गर्ने वा नगर्ने बीचमा निर्णय गर्ने किसानको रूपक प्रस्तुत गर्दछन्। किसानले कडा परिश्रम गरेमा फसलको अंश पाउँछ। यो तुलना गरेर, पावलले तिमोथीलाई ख्रीष्टको सेवामा कडा परिश्रम गर्न प्रोत्साहन दिइरहेका छन् ताकि परमेश्वरले तिनलाई इनाम दिनुहुनेछ। यदि यो तपाईको पाठकहरूलाई सहयोगी हुनेछ भने तपाइ यसलाई सीधा रूपमा उल्लेख गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "कडा परिश्रम गर्ने किसानले सबैभन्दा अगाडी फसलको अंश पाउनु पर्छ भ्ने कुरा विचार गर्नुहोस्।" (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:7
νόει ὃ λέγω, δώσει γάρ σοι ὁ Κύριος σύνεσιν
पावलले तिमोथीलाई पद ३-६ मा तिनवटा रूपहरू दिएका छन्, तर तिनले तिनहरूको निहितार्थलाई पूर्ण रूपमा व्याख्या गरेनन्। तिनले तिमोथीले ख्रीष्टका सेवकहरूका लागि यी रूपकहरूबाट सिक्ने पाठ, परमेश्वरको सहायताले पत्ता लगाउने आशा गरे। त्यसकारणले गर्दा, यदि तपाई रूपकहरूको अर्थको व्याख्या समावेश गर्न चाहनुहुन्छ भने, हामी तोाफलाई बाइबल पदमा भन्दा पादटिप्पणीमा अर्थ बताउन सिफारिस गर्छौँ। वैकल्पिक अनुवादः "तपाईले यसलाई पूर्ण रूपमा बुझ्नको लागि मैले भर्खरै भनेका कुरामा तपाईले ध्यानपूर्वक सोच्नुपर्नेछ, तर तपाईले त्यसो गर्नको लागि परमेश्वरमा भर पर्न सक्नुहुन्छ।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν πᾶσιν
यहाँ सबै कुरामा भनिने कुराले पावलले यसअधि लेखेका तीनवटा रूपकहरूसँग सम्बन्धित सबै कुरालाई बुझाउँछ। वैकल्पिक अनुवादः "मैले भर्खरै भनेका सबै कुराको बारेमा” वा "मैले भनेका सबै कुराको बारेमा" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Timothy 2:8
ἐκ σπέρματος Δαυείδ
…को सन्तानबाट भन्ने वाक्यांशले लाक्षणिक रूपमा येशू राजा दाऊदको वंशबाट आउनुभयो भन्ने कुरालाई जनाउँछ। वैकल्पिक अनुवादः “जो दाऊदका सन्तानबाट हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
ἐγηγερμένον ἐκ νεκρῶν
यहाँ मृत्युबाट बौरी उठाउनु भन्ने अभिव्यक्ति मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले पुनः जीवित बनाउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
κατὰ τὸ εὐαγγέλιόν μου
यहाँ मेरो शब्दले यो धारणा व्यक्त गर्दछ कि यो पावलसँग सम्बन्धित सुसमाचार हो किनभने उनले घोषणा गर्ने सुसमाचारको सन्देश यही हो । वैकल्पिक अनुवादः “मैले प्रचार गर्ने सुसमाचारको सन्देश अनुसार छ” (हेर्नुहोस्ः स्वामित्व)
2 Timothy 2:9
μέχρι δεσμῶν
यहाँ पावलले लाक्षणिक रूपमा साङ्लामा बाँधिनु भन्ने अभिव्यक्ति प्रयोग गरेर उनले कि दुःख भोग्नुपर्यो जहाँ उनी कुटपिटबाट, गिरफ्तारीबाट, झ्यालखानामा साङ्लामा बाँधिनुसम्म भएर जानुपर्यो। वैकल्पिक अनुवादः “एक जना अपराधीले झैँ झ्यालखानामा साङ्लाले बाँधिने अवस्थासम्म” (हेर्नुहोस्ः लक्षणा)
ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται
यहाँ “बन्धनमा पर्ने” भन्नाले पावलको अवस्थालाई कैदीको रूपमा साङ्लोमा बाधीने कुरालाई संकेत गर्दछ। पावलले आफूलाई एक वास्तविक कैदि, जो परमेश्वरको सन्देशसगँ भिन्नता भएको देखाउछन् जुन कहिल्यै कैदि हुन सक्दैन् ।वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरको वचनलाई रोक्न सक्दैन” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:10
διὰ τοὺς ἐκλεκτούς
छानिनु भनिने शब्द एक विशेषण हो जुन यहाँ कर्तृ वाच्यको रूपमा कार्य गर्दछ र मानिसहरूको समूहलाई बुझाउँछ। यदि तपाईको भाषाले त्यसरी विशेषण प।रयोग गर्दैन भने, तपाईले यो शब्दलाई समान वाक्याँशको साथ अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वरले छान्नु भएका मानिसहरूका निम्ति” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ
मुक्ति प्राप्त गर्नु भन्ने वाक्यांशलाई विषयको रूपमा मुक्ति प्रदान गर्ने ख्रीष्ट येशूसँग पनि व्यक्त गर्न सकिन्छ। वैकल्पिक अनुवादः “ख्रीष्ट येशूले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ।” (हेर्नुहोस्ः रूपक)
μετὰ δόξης αἰωνίου
अमूर्त संज्ञा महिमा ले परमेश्वरको उपस्थितिमा मानिसहरूले अनुभव गर्ने अद्भुत अवस्थालाई बुझाउँछ। यो स्वयम परमेश्वरबाट आएको हो र उहाँले यसलाई येशू ख्रीष्टद्वारा मुक्ति पाएकाहरूसगँ साझा गर्नुहुन्छ। र यो अवस्था अनन्त छ। यदि तपाइका पाठकहरूले अमूर्त संज्ञा महिमा लाई गलत बुझ्छन् भने, तपाई यस विचारको पछाडी विशेषणलाई व्यक्त गर्न सक्नुहुन्छ। वैखल्पिक अनुवादः “र यो थाँहा गर्नुहोस् कि परमेश्वरसगँ अनन्ततासम्म सहनु कति महिमित कुरा हो।" वा "र अनन्तताको लागि परमेश्वरको अद्भुत उपस्थितिको अनुभव” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Timothy 2:11
πιστὸς ὁ λόγος
यस सन्दर्भमा, वचन शब्दले इश्वरशास्त्रको विद्यालाई जनाउँछ। तपाईले यस वाक्यांशलाई १ तिमोथी १ः१५ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “यी भनाई निर्भर छ।”
εἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν
यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्ने देखाउने कुनै तरिका छ भने जस्तै अलग अलग हरफहरूमा व्यक्तिगत वाक्याँशहरू मिलाएर राख्ने तरिकाको तपाईले यहाँ र २ः१२ र २ः१३ मा प्रयोग गर्न सक्नुहुन्छ। यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः कविता)
εἰ…συναπεθάνομεν
पावलले यहाँ लाक्षणिक रूपमा बोलिरहेका छन् किनभने उनी र तिमोथी र अन्य विश्वासीहरू जसले यस भनाईमा विश्वास गर्छन् वास्तवमा तिनीहरू मरेका छैनन्। यसले यी कुराहरूलाई सन्दर्भ गर्नसक्छः (१) विश्वासीहरूले आफ्नो पापको लागि येशूको मृत्युलाइ स्वीकार गर्ने तरिकामा जब तिनीहरूले मुक्तिको लागि उहाँलाई विश्वास गर्छन्। यसको अर्थ तिनीहरू लाक्षणिक रूपमा आफ्नो पुरानो पापको जीवनमा "मरेका" छन्। वैकल्पिक अनुवादः "यदि हामीले हाम्रो लागि येशूको मृत्यु स्वीकार गरेर हाम्रो पुरानो जीवन शैली समाप्त गरेका छौँ।" (२) जसरी येशूमा विश्वास गर्ने मानिसहरूले उहाँको लागि दुःख भोग्न सक्छन्, सम्भवतः उहाँको लागि मर्ने बिनदुसम्म। वैकल्पिक अनुवादः "यदि हामी येशूको लागि मरन तयार छौँ।" (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:13
εἰ ἀπιστοῦμεν
पावलले अविश्वासयोग्य शब्द प्रयोग गर्दछ जसले विश्वासीहरूको अवस्थालाई व्यक्त गर्दछ जसले निरन्तर रूपमा येशूको आज्ञा पालन गर्दैन, बरु उहाँको अनाज्ञाकारी हुन्छ। वैकल्पिक अनुवादः “यदि हामीले येशूकोआज्ञा पालन गरेनौँ” वा “यदि हामीले येशूले चाहेको कुरा गर्दैनौँ भने।”
ἀρνήσασθαι…ἑαυτὸν οὐ δύναται
पावलले बताउँछन् कि येशू आफैलाई इ्कार गर्न सक्षम हुनुहुन्न, यसको अर्थ यो हो कि येशू आफ्नो चरित्रको विरुद्धा जानु हुदैन र आफूले गर्ने कुरामा सत्य रहनुहुनेछ। पावलको विचारमा निम्न ंध्ये एक वा दुवै विचार हुनसक्छ। (१) येशको चरित्रमा मुक्तिदाता हुनु समावेश छ जसले हाम्रो अविश्वासलाई क्षमा गर्न सक्नुहुन्छ जब हामीले यसको पश्चाताप गर्छौँ, जस्तै पत्रुसले अनुभव गरे (यूहन्ना २१ः१५-१९)। यसले अघिल्लो वाक्यांशको व्याख्यालाई समर्थन गर्दछ "उहाँ हामीप्रति विश्वासयोग्य हुनुहुन्छ।" (२) येशूको चरित्रमा पवित्र परमेश्वर हुनु पनि समावेश छ जसले मानिसहरूलाई पश्चाताप नगर्दा तिनीहरूको पापको लागि न्याय गर्नुहुन्छ। यसले अघिल्लो वाक्याँशको व्याख्यालाई समर्थन गर्दछ "उहाँ आफैमा सत्य रहनुहुन्छ" वैकल्पिक अनुवादः “उहाँको चरित्र अनुसार उहाँले सधैँ कार्य गर्नु पर्छ”
2 Timothy 2:14
ὑπομίμνῃσκε
ग्रीक क्रियामा निहित रहेको “तिनीहरू” शब्दले सम्भवतः तिमोथीको जिम्मेवारी पाएको मानिसहरूलाई जनाउँछ। वैकल्पिक अनुवादः "त्यहाँ भएका मानिसहरूलाई सम्झना दिलाइदेऊँ।"
ἐνώπιον τοῦ Θεοῦ
यसको अर्थ यो हो कि पावलले तिमोथीलाई विश्आवासीहरूलाई यो आज्फ्नोञा दिएपछि, तिनीहरूले के गर्छन परमेश्वरलेहेरिरहनुभएको छ भनी भनीरहेका छन्। वैकल्पिक अनुवादः “परमेश्वरसगँ तिनीहरूको साक्षीको रूपमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μὴ λογομαχεῖν
तर्कहरू वर्णन गर्न पावलले युद्ध शब्दलाई लाक्षणिक रूपमा प्रयोग गर्छन्। यसको सम्भावित अर्थहरूः १) विश्वासीहरूले सुसमाचारको सन्देश प्रस्तुत गर्न प्रयोग गर्ने शब्दहरू जस्ता महत्त्वपूर्ण नभएका कुराहरूको बारेमा बहस गर्नु हुँदैन। यसले मानिसहरूलाई महत्त्वपूर्ण कुराहरू, जस्तै सुसमाचारको सन्देश आफै “मानिसहरूले भन्ने मूर्ख कुराहरूको विषयमा झगडा नगर” वा २) “शब्दहरूको अर्थको विषयमा बहस नगर”
ἐπ’ οὐδὲν χρήσιμον
“यसले कसैलाई भलाई गर्दैन”
2 Timothy 2:15
σπούδασον σεαυτὸν, δόκιμον παραστῆσαι τῷ Θεῷ
“योग्य प्रमाणित भएको र शर्माउन नपर्ने व्यक्तिको रूपमा आफूलाई परमेश्वरको अगाडि प्रस्तुत गर”
ἐργάτην
तिमोथीले परमेश्वरको वचनको ठीक व्याख्या गर्ने कामलाई तिनी कुनै एक कुशल कामदारको रूपमा पावलले व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “कामदारको रूपमा” अथवा “कामदार जस्तै” (हेर्नुहोस्ः रूपक)
ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
सम्भावित अर्थहरू हुन् १) “सत्यताको वचनको बारेमा भएको ठीक तरिकाले व्याख्या गर्छ” वा २) “सत्य सन्देशलाई ठीक तरिकाले व्याख्या गर्छ ।”
2 Timothy 2:16
ἐπὶ πλεῖον…προκόψουσιν ἀσεβείας
पावलले यस्तो खालको कुरा एक ठाउँदेखि अर्को ठाउँमा भौतिक रूपले जाने कुराको रूपमा व्यक्त गर्छन् र भक्तिहीनतालाई कुनै नयाँ ठाउँको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई अझ बढी नास्तिक बनाउँछ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:17
ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει
सइनको घाउ कुनै व्यक्तिको शरीरमा चाँडै फैलन्छ त्यसलाई नाश गर्छ । यो एउटा अलङ्कार हो जसको अर्थ ती मानिसहरूले भनिरहेका कुराहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र ती सुन्नेहरूको विश्वासलाई हानी गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भन्ने कुराहरू संक्रमणातमक रोग जस्तै फैलनैछ” वा “तिनीहरूका कुराहरू चाँडै फैलनेछ र सइनको घाउ जस्तै गरी नाश ल्याउनेछ” (हेर्नुहोस्ः उपमा)
Ὑμέναιος, καὶ Φίλητος
यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 2:18
οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν
यहाँ “सत्यताबाट टाढा गएका” भनेको सत्य कुरालाई अब अरू बढी विश्वास नगर्ने वा नसिकाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले ती कुराहरू भन्न सुरु गरेका छन् जुन सत्य छैनन्” (हेर्नुहोस्ः रूपक)
ἀνάστασιν ἤδη γεγονέναι
“परमेश्वरले मरेका विश्वासीहरूलाई अनन्त जीवनका लागि पहिले नै उठाइसक्नुभएको छ”
ἀνατρέπουσιν τήν τινων πίστιν
“तिनीहरूले केही मानिसहरूलाई विश्वास गर्नबाट रोकेका छन्”
2 Timothy 2:19
जसरी धनीहरूको परिवारमा मूल्यवान् र सामान्य भाँडाहरूलाई सम्मानित कामको लागि प्रयोग गरिन्छ, त्यसरी नै परमेश्वरतिर फर्कने व्यक्तिहरूलाई असल कामको लागि परमेश्वरले सम्मानित तरिकाले प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)
ὁ…στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरको सत्यता दृढ जग जस्तै छ” वा २) “परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो जग भएको भवन जस्तै स्थापित गर्नुभएको छ” वा ३) “परमेश्वरको विश्वासयोग्यता दृढ जगजस्तै छ ।” कुरा जे सुकै भए तापनि पावलले यसलाई जमिनमा स्थापित गरेको भवनको जगको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου
“जसले परमप्रभुको नाम पुकार्छ” यहाँ “परमप्रभुको नाम” ले परमप्रभु आफैँलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमप्रभुलाई पुकार्छ” वा “जसले आफूलाई ख्रीष्टमा विश्वासी भन्दछ” (हेर्नुहोस्ः लक्षणा)
ἀποστήτω ἀπὸ ἀδικίας
पावलले अधर्मलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ देखि टाढा जान सकिन्छ । वैकल्पिक अनुवादः “दुष्ट हुनदेखि रोक” वा “गलत कार्य गर्न रोक” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:20
σκεύη
यहाँ “भाँडा”ले मानिसहरूले खाना राख्न वा पिउन प्रयोग गर्ने बटुका, थालहरूलाई जनाउँछ । यदि तपाइंको भाषामा यदि तपाईको भाषामा यसको सामान्य शब्द छैनभने, “कचौरा” वा “भाँडा” शब्द प्रयोग गर्नुहोस् । यो विभिन्न किसिमका मानिसहरूलाई जनाउनको लागि प्रयोग भएको आलङ्कारिक शब्द हो । (हेर्नुहोस्ः रूपक)
ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν
सम्भावित अर्थहरू हुन् १) “विशेष समारोह ... साधारण समय” वा २) “मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापहरू ... मानिसहरूले गोप्य रूपमा गर्ने क्रियाकलापहरू ।”
2 Timothy 2:21
ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων
सम्भावित अर्थहरू हुन् १) “अनादर योग्य मानिसहरूबाट आफैँलाई अलग राख्दछ” वा २) “आफैँलाई शुद्ध बनाउँछ ।” पावलले यो प्रक्रियालाई कुनै व्यक्तिले आफैँलाई धोएर सफा बनाउने कामको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ἔσται σκεῦος εἰς τιμήν
पावलले त्यस व्यक्तिलाई कुनै आदरको भाँडोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ऊ विशेष समारोहमा उपयोगी भाँडाजस्तै छ” वा “ऊ असल मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापमा उपयोगी भाँडाजस्तै छ” (हेर्नुहोस्ः रूपक)
ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मालिकले तिनलाई अलग गर्छन् र मालिकले उसलाई हरेक असल कार्यमा प्रयोग गर्नका लागि ऊ तयार हुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡγιασμένον
ऊ शारीरिक रुपले अलग गरिएको वा स्थानान्तरण गरिएको हैन तर उद्देश्य पुरा गर्नको लागि अलग गरिएको हो । केही संस्करणहरूले यसलाई “पवित्र गरिएको” भनेर अनुवाद गर्छन् तर यो खण्डले अलग गरिएको भन्ने कुरा नै बताउँछ । (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:22
τὰς…νεωτερικὰς ἐπιθυμίας φεῦγε
पावलले जवानीको अभिलाषाहरूलाई कुनै डरलाग्दो व्यक्ति वा जनावरको रूपमा व्यक्त गर्छन् जसदेखि तिमोथी टाढा भाग्नु पर्छ । वैकल्पिक अनुवादः “जवानीको अभिलाषालाई पूर्ण रूपले इन्कार गर” वा “जवान मानिसहरूले गर्न चाहने गलत कुराहरूलाई पूर्ण रूपले नकार” (हेर्नुहोस्ः रूपक)
δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην
“पछ्याऊ” भन्ने शब्द “भाग्नु” शब्दको विपरितार्थी हो । यहाँ पावलले धार्मिकतालाई तिमोथीको लागि भलाई गर्ने कुनै वस्तु हो जसतर्फ तिमोथी दौडनुपर्छ भन्ने तरिकाले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “धार्मिकता प्राप्त गर्ने हरसम्भव प्रयास गर” वा “धार्मिकता खोजी गर” (हेर्नुहोस्ः रूपक)
μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας
सम्भावित अर्थहरू हुन् १) धार्मिकता, विश्वास, प्रेम र शान्तिको खोजी गर्ने कार्यमा अरू विश्वासीहरूसँग तिमोथी सामेल होउन् भन्ने पावलको इच्छा छ वा २) तिमोथी शान्तिसाथ बसून् र अरू विश्वासीसँग वादविवाद नगरून् भन्ने पावलको इच्छा छ ।
τῶν ἐπικαλουμένων τὸν Κύριον
यहाँ “प्रभुलाई पुकार्ने” शब्द वाक्पद्धती हो जसको अर्थ प्रभुमा भरोसा गर्नु र उहाँको आराधना गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको आराधना गर्नेहरू” (हेर्नुहोस्ः टुक्काहरू)
ἐκ καθαρᾶς καρδίας
यहाँ “सफा” भनेको कुनै शुद्ध वा सच्चा कुरालाई जनाउने अलङ्कार हो । अनि, “हृदय” भनेको “सोचाइहरू” वा “भावनाहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सच्चा मनको साथ” वा “सच्चापनको साथ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
2 Timothy 2:23
τὰς…μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ
“मूर्ख र बेसमझका सवालको जवाफ दिन इन्कार गर ।” पावलले भन्न खोजेको यही हो कि, त्यस्ता प्रश्न सोध्ने मानिसहरू मूर्ख र अज्ञानी हुन् । वैकल्पिक अनुवादः “सत्य जान्न नखोज्ने मुर्ख मानिसहरूले सोधेको प्रश्नहरूको जवाफ नदेऊ” (हेर्नुहोस्ः लक्षणा)
γεννῶσι μάχας
अज्ञानी प्रश्नहरूलाई पावलले जन्म दिँदै गरेका स्त्रीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले झगडा निम्त्याउँछन्” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:25
ἐν πραΰτητι
“नम्रतासाथ” वा “भद्रतासाथ”
παιδεύοντα
“तिनीहरूलाई सिकाऊ” अथवा “तिनीहरूलाई सच्याऊ”
μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν
पावलले पश्चातापलाई परमेश्वरले दिने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई आफ्ना पापबाट फर्कने मौका दिनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
εἰς ἐπίγνωσιν ἀληθείας
“ताकि तिनीहरूले सत्यताको ज्ञान जान्ने छन्”
2 Timothy 2:26
ἀνανήψωσιν
पावलले पापीहरूले परमेश्वरको बारेमा सही तरिकाले विचार गर्न सिक्ने कुरालाई मातेको मानिस होशमा आएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि सही तरिकाले सोच्लान्” (हेर्नुहोस्ः रूपक)
ἐκ τῆς τοῦ διαβόλου παγίδος
पावलले ख्रीष्टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई कुनै पासोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “दुष्टले चाहेको कुरा गर्न बन्द गर” (हेर्नुहोस्ः रूपक)
ἐζωγρημένοι ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα
पावलले ख्रीष्टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई दुष्टले भौतिक रूपमा तिनीहरूलाई बन्दी बनाएको र दास बनाएको छ भनेर व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उसको इच्छा पालन गर्ने बनाएर छल गरेपछि” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 3
२ तिमोथी ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
“अन्तिम दिनहरू” शब्दले सायद भविष्यमा येशूको पुनरागमन हुनुभन्दा ठीक पहिलेको समयलाई जनाउँछ । यस्तो हो भने, पावलले पद १-९ र १३ मा तिनै दिनका बारेमा अगमवाणी गरेका हुन् । “अन्तिम दिनहरू” शब्दले पावलको समयसहितको ख्रीष्टिएन युगलाई पनि जनाउँछ । यस्तै हो भने, सतावट भोग्ने बारेमा पावलले सबै ख्रीष्टिएनहरूलाई शिक्षा दिन्छन् । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू)
2 Timothy 3:1
पावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्, तर सतावट आए तापनि उनी चाहिँ परमेश्वरको पवित्रशास्त्रमा भर पर्न सक्नेछन् ।
ἐν ἐσχάταις ἡμέραις
सम्भावित अर्थहरू हुन् १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्टिएन युगलाई जनाउँछ, पावलको समयसहित । वैकल्पिक अनुवाद; “अन्त्यभन्दा अगाडिको यस समय अवधिमा”
ἐνστήσονται καιροὶ χαλεποί
यी ख्रीष्टिएनहरूले कष्ट र खतरा भोग्ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।
2 Timothy 3:2
φίλαυτοι
यहाँ “प्रेम गर्ने”ले भातृप्रेमलाई वा मित्रलाई वा परिवारलाई गर्ने प्रेम, मित्रहरू वा आफन्तहरूलाई गर्ने स्वभाविक प्रेमलाई जनाउँछ । यो परमेश्वरबाट आउने प्रेम होइन । वैकल्पिक अनुवादः “आत्म-केन्द्रित”
2 Timothy 3:3
ἄστοργοι
“आफ्नै परिवारलाई प्रेम नगर्ने”
ἄσπονδοι
“कसैसँगपनि सहमत नहुने” अथवा “कसैसँग पनि शान्तिमा नरहने”
ἀφιλάγαθοι
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद “असललाई घृणा गर्ने”
2 Timothy 3:4
προπετεῖς
कि त के खराब हुन सक्छ भनेर नसोचिकन गर्ने वा खराब कुराहरू हुन सक्छ भनी जानेर पनि गर्ने
τετυφωμένοι
तिनीहरू अरू मानिसहरूभन्दा असल छन् भनी सोच्ने
2 Timothy 3:5
ἔχοντες μόρφωσιν εὐσεβείας
पावलले भक्ति, परमेश्वरको आदर गर्ने बानीलाई कुनै आकार र भौतिक शक्ति भएको वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरलाई सम्मान गर्ने देखिन्छन्, तर तिनीहरूको व्यवहार गर्ने तरिकाले देखाउँछ कि तिनीहरू परमेश्वरको शक्तिमा साँच्चै विश्वास गर्दैनन्” (हेर्नुहोस्ः रूपक)
“धार्मिक देखापर्ने” अथवा “परमेश्वरको आदर गर्ने झैँ देखिने”
τούτους ἀποτρέπου
यहाँ “तर्क” भनेको कसैलाई पन्साउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी मानिसहरूलाई पन्साऊ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:6
αἰχμαλωτίζοντες
“घरभित्र पस्छन् र ठूलो प्रभावमा पार्छन्”
γυναικάρια
“आत्मिक रूपमा कमजोर स्त्रीहरू ।” यी स्त्रीहरू आत्मिक रूपमा कमजोर हुन सक्छन् किनभने तिनीहरू भक्तिपूर्ण हुने काम गर्नमा विफल हुन्छन् वा किनभने तिनीहरू अल्छे छन् र तिनीहरूसँग धेरै पापहरू छ ।
σεσωρευμένα ἁμαρτίαις
पावलले पापतर्फ झुकाव राख्ने कुरालाई ती स्त्रीहरूको ढाडमा पापको ठूलो भारी भएको तरिकाले व्यक्त गर्छन् । सम्भावित अर्थहरू हुन् १) “जो प्रायः पाप गर्दछन्” वा २) “तिनीहरूले निरन्तर पाप गरिरहेको कारण धेरै दोषी महसुस गर्छन् ।” यसको अर्थ यो हो कि, ती स्त्रीहरूले पाप गर्न नछोडेको हुनाले ती मानिसहरूले तिनीहरूलाई सजिलै प्रभाव पार्छन् । (हेर्नुहोस्ः रूपक)
ἀγόμενα ἐπιθυμίαις ποικίλαις
पावलले धेरै अभिलाषाहरूलाई कुनै व्यक्तिलाई डोहोर्याएर लैजान सक्ने कुराको रूपमा व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्टको आज्ञा पालन गर्नुको साटो विभिन्न तरिकाले पाप गर्ने इच्छा गर्छन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 3:8
पावलले मोशाको समयका दुई झूटा शिक्षकहरूको उदाहरण दिन्छन् र यसलाई मानिसहरू पछि कस्ता हुनेछन् भन्ने कुरासँग जोड्छन् । उनले तिमोथीलाई पावलको उदाहरण पछ्याउन र परमेश्वरको वचनमा अडिग रहनको लागि उत्साह दिन्छन् ।
Ἰάννης καὶ Ἰαμβρῆς
यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
पावलले कसैको विरुद्धमा वादविवाद गर्नेहरूलाई तिनीहरूको विरुद्धमा उभिनेहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “विरोध गरे” (हेर्नुहोस्ः रूपक)
“येशूको सुसमाचारको विरोध गर्छन्”
ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν
“तिनीहरूका दिमाग भ्रष्ट छन्” वा “तिनीहरू सही प्रकारले सोच्न सक्दैनन्”
ἀδόκιμοι περὶ τὴν πίστιν
तिनीहरूले ख्रीष्टमा कति विश्वास गर्छन् र उहाँको आज्ञा मान्छन् भन्ने कुराको जाँच भएको छ, र तिनीहरू जाँचमा अनुतीर्ण भएका छन् । वैकल्पिक अनुवादः “इमान्दार विश्वास बिना” वा “र तिनीहरूले प्रमाणित गरेका छन् कि तिनीहरूको विश्वास साँचो होइन”
2 Timothy 3:9
οὐ προκόψουσιν ἐπὶ πλεῖον
यी झूटा शिक्षकहरू विश्वासीहरूको अगाडि विश्वासमा धेरै अगाडि बढ्न सक्दैनन् भन्ने जनाउनको लागि पावलले शारीरिक चाल जनाउने अभिव्यक्तिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै सफलता प्राप्त गर्ने छैनन्” (हेर्नुहोस्ः रूपक)
ἡ…ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν
मानिसहरूले सजिलै देख्न सक्ने केही कुरा
ἐκείνων
“यान्नेस र याम्ब्रेसको”
2 Timothy 3:10
σὺ…παρηκολούθησάς
पावलले यी कुराहरूमा नियालेर ध्यान दिने कुरा चाहिँ तिनीहरू सर्दै गर्दा कोही व्यक्तिले भौतिक रूपमा नै पछ्याइरहेको थियो भने झैँ गरेर व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा पालना गरेका छौ” वा “तिमीहरूले मेरो शिक्षामा होसियारीसाथ ध्यान दिएका छौ” (हेर्नुहोस्ः रूपक)
μου τῇ διδασκαλίᾳ
“जे गर्न मैले तिमीहरूलाई सिकाएको छु”
τῇ ἀγωγῇ
कोही व्यक्तिले उसको जीवन जिउने तरिका
τῇ ὑπομονῇ
कोही व्यक्ति ती मानिसहरूसँग सहनशील हुने कुरा जुन मानिसहरूले उसले ठीक नमानेका कुराहरू गर्छन्
2 Timothy 3:11
ἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος
परमेश्वरले पावललाई ती कठिनाइहरू र खतराहरूबाट छुटकारा दिनुभएको कुरालाई उनलाई परमेश्वरले कुनै भौतिक स्थानबाट उठाएर लगेको कुराको रूपमा लिन्छन् । (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:12
ζῆν εὐσεβῶς
“येशूलाई पछ्याउने मानिसको रूपमा भक्तिपूर्ण जीवन जिउने”
διωχθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय नै पनि सतावट सहनु पर्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 3:13
γόητες
ठग भनेको त्यो एउटा व्यक्ति हो जसले अरू मानिसहरूले उसलाई आफू जो हो त्यसभन्दा कोही अरू नै व्यक्ति, सामान्यतया बढी महत्त्वपूर्ण व्यक्ति हो भनेर विश्वास गरून् भन्ने चाहन्छ ।
προκόψουσιν ἐπὶ τὸ χεῖρον
“अझ दुष्ट हुनेछन्”
πλανῶντες καὶ πλανώμενοι
यहाँ, कसैलाई भड्काउनु भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई केही त्यस्तो कुरा विश्वास गर्नलाई मनाउनु हो जुन सत्य होइन । वैकल्पिक अनुवादः “आफैँलाई र अरूलाई छलमा पार्दै” वा “झूटा कुरामा विश्वास गर्ने र झूटा शिक्षा दिने” (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:14
μένε ἐν οἷς ἔμαθες
पावलले बाइबलका निर्देशनहरूलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीले सिकेका कुराहरूलाई नबिर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर” (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:15
τὰ δυνάμενά σε σοφίσαι
पवित्रशास्त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्ने व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्वरको वचन पढ्छौ, तिमीले विश्वासद्वारा ख्रीष्ट येशूबाट मुक्ति प्राप्त गर्नको लागि बुद्धिमान् हुनेछौ” (हेर्नुहोस्ः मानवीकरण)
2 Timothy 3:16
πᾶσα Γραφὴ θεόπνευστος καὶ
“सम्पूर्ण पवित्रशास्त्र परमेश्वरले श्वास फेरेको जस्तै हो” भनेर केही बाइबलका संस्करणहरूमा अनुवाद गरिएको छ । यसको अर्थ यो हो कि परमेश्वरले पवित्रशास्त्रलाई आत्माद्वारा मानिसहरूलाई लेख्न लगाउनु भएको हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्त्र परमेश्वरले उहाँको आत्माबाट बोल्नुभएको हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὠφέλιμος
“यो उपयोगी छ” वा “यो फाइदाजनक छ”
πρὸς ἐλεγμόν
“गल्ती देखाउनको लागि”
πρὸς ἐπανόρθωσιν
“गल्तीहरूलाई मिलाउन”
πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ
“मानिसहरूलाई धर्मी बन्नको लागि तालिम दिन”
2 Timothy 3:17
ὁ τοῦ Θεοῦ ἄνθρωπος
यसले परमेश्वरमा विश्वास गर्ने स्त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἄρτιος
“पूर्ण रूपमा तयार हुन सकून्”
2 Timothy 4
२ तिमोथी ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
“म यो गम्भीर आज्ञा दिन्छु”
पावल तिमोथीलाई व्यक्तिगत निर्देशनहरू दिन सुरु गर्छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मुकुट
विभिन्न प्रकारका मुकुट विभिन्न कुराहरूका दृश्यचित्रका रूपमा धर्मशास्त्रले प्रयोग गर्दछ । यो अध्यायले भन्दछ, विश्वासीहरूले उचित जीवन यापन गरे भने ख्रीष्टले तिनीहरूलाई मुकुट प्रदान गर्नुहुनेछ ।
2 Timothy 4:1
पावलले तिमोथीलाई विश्वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।
ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ
“परमेश्वर र ख्रीष्ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्न खोजेको कुरा यही हो कि परमेश्वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वर र ख्रीष्ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διαμαρτύρομαι
“गम्भीर आज्ञा”
ζῶντας καὶ νεκρούς
यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्” (हेर्नुहोस्ः मेरिज्म)
καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ
यहाँ “राज्य”ले ख्रीष्ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 4:2
τὸν λόγον
यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्ट बारेको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
εὐκαίρως, ἀκαίρως
यहाँ “सहज” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “जब यो सहज हुँदैन” (हेर्नुहोस्ः शब्दलोप)
ἔλεγξον
कसैलाई ऊ गलत कुरा गरेकोमा दोषी छ भनेर बताउनु
“मानिसहरूलाई हप्काऊ र शिक्षा देऊ र तिनीहरूसँग सधैँ धैर्य होऊ”
2 Timothy 4:3
ἔσται…καιρὸς ὅτε
“किनभने भविष्यको कुनै समयमा”
οὐκ ἀνέξονται
यस सन्दर्भले यी मानिसहरू विश्वासीहरूको समुदायको हुनेछन् भनेर सङ्केत गर्छ ।
οὐκ ἀνέξονται
“असल शिक्षालाई सुन्ने इच्छा गर्ने छैनन्”
τῆς ὑγιαινούσης διδασκαλίας
यसको अर्थ परमेश्वरको वचन अनुसारको सत्य र ठीक शिक्षा भन्ने हुन्छ ।
κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους
पावलले मानिसहरूले धेरै शिक्षकहरू प्राप्त गर्ने कुरालाई तिनीहरूलाई थुप्रोमा राखेको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै शिक्षकहरूबाट सुन्ने छन् जसले तिनीहरूका पापपूर्ण इच्छाहरूमा केही खराबी छैन भन्ने छन्” (हेर्नुहोस्ः रूपक)
κνηθόμενοι τὴν ἀκοήν
जोडदार रूपमा कुनै कुरा सुन्न इच्छा गर्ने मानिसहरूका बारेमा पावलले तिनीहरूका कान चिलाएको जस्तो हो भने । अनि तिनीहरूले सुन्ने उत्कट इच्छा गरेका कुरा नै शिक्षकहरूले सिकाइदिए भने मात्र तिनीहरू सन्तुष्ट हुन्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सुन्ने उत्कट इच्छा गरेका कुरा मात्र भन्नेहरू” (हेर्नुहोस्ः टुक्काहरू)
2 Timothy 4:4
ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν
मानिसहरूले ध्यान नदिएको कुरालाई पावलले शारीरिक रूपमा अर्को तिर फर्केर नसुन्ने भएका मानिसहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतातर्फ दिनेछैनन्” (हेर्नुहोस्ः रूपक)
ἐπὶ…τοὺς μύθους ἐκτραπήσονται
पावलले दन्त्य कथातिर ध्यान दिने मानिसहरूलाई दन्त्य कथाहरू तिर शारीरिक रुपले फर्केको व्यक्तिहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः तिनीहरूले असत्य शिक्षाहरूतिर ध्यान दिनेछन्” (हेर्नुहोस्ः रूपक)
2 Timothy 4:5
νῆφε
पावल आफ्ना पाठकहरूले सबै कुराको बारेमा सही तरिकाले सोचून् भन्ने चाहन्छन्, र उनी तिनीहरू मद्यपान नगरेर सचेत होऊन् भन्ने तरिकाले कुरा गर्छन् । वैकल्पिक अनुवादः “स्पष्टसँग सोच” (हेर्नुहोस्ः रूपक)
εὐαγγελιστοῦ
यसको अर्थ मानिसहरूलाई येशू को हुनुहुन्छ, तिनीहरूका निम्ति उहाँले के गर्नु भयो, उहाँको निम्ति तिनीहरूले कसरी जिउनु पर्छ भनेर बताउने हुन्छ ।
2 Timothy 4:6
ἐγὼ…ἤδη σπένδομαι
पावलले मर्नको लागि आफ्नो तयारीलाई बलिदानको रूपमा चढाउन लागेको मद्यको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
यहाँ “बिदाइ” शब्द मृत्यु जनाउने नम्र शब्द हो । वैकल्पिक अनुवादः “म चाँडै मर्नेछु र यो संसार छोड्नेछु” (हेर्नुहोस्ः व्यञ्जना)
2 Timothy 4:7
τὸν καλὸν ἀγῶνα ἠγώνισμαι
पावलले आफ्नो कठिन परिश्रमलाई दौडमा पुरस्कारको लागि भाग लिएको व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले सक्ने जति गरको छु” (हेर्नुहोस्ः रूपक)
τὸν δρόμον τετέλεκα
पावलले परमेश्वरको सेवाको जीवनलाई दौडमा भाग लिएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले गर्नु पर्ने कुराहरू पूरा गरेको छु” (हेर्नुहोस्ः रूपक)
τὴν πίστιν τετήρηκα
पावलले ख्रीष्टमा भएको उनको विश्वास र परमेश्वर प्रतिको आज्ञाकारितालाई बहुमुल्य वस्तुको रूपमा व्यक्त गर्छन् जसलाई उनले जोगाएर राखेका छन् । सम्भावित अर्थहरू हुन् १) “मेरो सेवाकार्यमा म विश्वासयोग्य रहँदै आएको छु” वा २) मैले हामीले के विश्वास गर्छौँ भन्ने शिक्षालाई कुनै गल्ती हुनबाट जोगाएर राखेको छु” (हेर्नुहोस्ः रूपक)
2 Timothy 4:8
ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मेरो लागि धार्मिकताको मुकुट राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς δικαιοσύνης στέφανος
सम्भावित अर्थहरू हुन् १) मुकुट सही प्रकारले जीवन जिएका मानिसहरूलाई परमेश्वरले दिने उपहार हो वा २) मुकुट धार्मिकताकालागि प्रयोग हुने उपमा हो । जस्तो दौडका निर्णायकले विजेतालाई मुकुट दिन्छन्, त्यसरी नै जब पावलले आफ्नो जीवन समाप्त गर्दछन् तब परमेश्वरले उनलाई धर्मी घोषणा गर्नुहुनेछ । (हेर्नुहोस्ः रूपक)
στέφανος
खेलकुदमा सहभागी भएर विजयी भएकाहरूलाई लरेल पातहरूद्वारा तुनेर बनाइएको मुकुट दिइन्थ्यो
ἐν, ἐκείνῃ τῇ ἡμέρᾳ
“त्यो दिन जब प्रभु फेरि आउनु हुन्छ” अथवा “त्यो दिन जब परमेश्वरले मानिसहरूको न्याय गर्नुहुन्छ”
τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ
पावलले यो घटना पहिले नै भइसकेको छ जस्तै गरेर बताउँछन् । यसलाई भविष्यको घटनाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँको आगमनलाई उत्सुकताको साथ पर्खिनेहरूलाई पनि यो दिनुहुनेछ” (हेर्नुहोस्ः भविष्यवाणीयुक्त भूत)
2 Timothy 4:9
पावलले केही मानिसहरूले परमेश्वरको काम र उनी प्रति गरेको व्यवहारको बारेमा तोकेर नै बताउँछन्, केही निश्चित मानिसहरूको लागि अभिवादन गरेर तथा अरू मानिसहरूको अभिवादन सुनाएर अन्त्य गर्छन् ।
σπούδασον ἐλθεῖν…ταχέως
“सम्भव भएसम्म छिटो आऊ”
2 Timothy 4:10
Δημᾶς…Κρήσκης…Τίτος
यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸν νῦν αἰῶνα
यहाँ “संसार” ले संसारका कुराहरूलाई जनाउँछ जुन परमेश्वरका कुराहरूको विपरीत छन् । सम्भावित अर्थहरू हुन् १) उनले यस संसारका क्षणिक आरामहरूलाई प्रेम गर्छन् अथवा २) यदि उनी पावलसँग बसे भने उनी मर्नेछन् भनेर डराए । (हेर्नुहोस्ः लक्षणा)
Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν
यी दुई जनाले पावललाई छोडेका थिए,तर तिनीहरूले पनि डेमासले झैँ “यस वर्तमान संसारलाई प्रेम गरे” भनेर पावलले भनिरहेका छैनन् ।
Γαλατίαν…Δαλματίαν
यो भूभागको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 4:11
μοι εὔχρηστος εἰς διακονίαν
सम्भावित अर्थहरू हुन् १) “उनले मलाई सेवामा सहायता गर्न सक्छन्” वा २) “उनले मेरो सेवा गरेर मलाई सहायता गर्न सक्छन् ।”
2 Timothy 4:13
φελόνην
यो लुगामाथि लगाइने गह्रौँ कपडा थियो
Κάρπῳ
यो पुरुषको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὰ βιβλία
यसले मुठ्ठाहरूलाई जनाउँछ । मुठ्ठा लामो पटर कागज वा छालाबाट बनाइएको पुस्तक थियो । मुठ्ठामा लेखिसकेपछि वा पढ़िसकेपछि मानिसहरूले दुवै छेउमा डण्डीको प्रयोग गरेर यसलाई बेर्ने गर्थे ।
μάλιστα τὰς μεμβράνας
यसले विशेष प्रकारका मुट्ठाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विशेषगरी जनावरको छालाबाट बनेका मुट्ठाहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Timothy 4:14
Ἀλέξανδρος ὁ χαλκεὺς
“धातुको कार्य गर्ने अलेक्जेन्डरले ... देखायो”
Ἀλέξανδρος
यो पुरुषको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
पावलले खराब कामहरूलाई प्रदर्शनमा राखिएको भनेर बताउँछन् । वैकल्पिक अनुवादः “मलाई धेरै नराम्रा कुराहरू गर्यो” (हेर्नुहोस्ः रूपक)
ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ
पावलले दण्डका बारेमा त्यो भुक्तानी भए झैँ कुरा गर्छन् । वैकल्पिक अनुवादः “प्रभुले उसले गरेको कुराको लागि उसलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
अलेक्जेन्डर
2 Timothy 4:15
अलेक्जेन्डर ।
ἀντέστη τοῖς ἡμετέροις λόγοις
यहाँ “वचन”ले सन्देश वा शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सिकाएको सन्देशको विरोध गर्यो” (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 4:16
ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ
“अदालतमा म पहिलो पटक उपस्थित भएर मेरो कामहरूको वर्णन गर्दा”
οὐδείς μοι παρεγένετο
“कोही मसँग उभिएन र मेरो सहायता गरेन”
μὴ αὐτοῖς λογισθείη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको विरुद्धमा यसलाई नगन्नुभएको होस्” वा “म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई मलाई छोडेको कारण दण्ड नदिनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 4:17
ὁ…Κύριός μοι παρέστη
पावलले प्रभु शारीरिक रूपमा नै उनीसँग उभिनुभएको जस्तै गरेर बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुले मलाई सहायता गर्नुभयो” (हेर्नुहोस्ः रूपक)
ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैको कारण मैले प्रभुको सबै सन्देशहरू बोल्न सक्षम भएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐρύσθην ἐκ στόματος λέοντος
पावलले खतरालाई सिँहद्वारा परेको खतराको रूपमा व्यक्त गर्छन् । यो खतरा शारीरिक, आत्मिक, अथवा दुवै हुन सक्छन् । वैकल्पिक अनुवादः “म ठुलो खतराबाट बचाइएँ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 4:19
τὸν Ὀνησιφόρου οἶκον
यहाँ “घराना”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार” (हेर्नुहोस्ः लक्षणा)
Ὀνησιφόρου
यो एक पुरुषको नाम हो । तपाईंले यस नामलाई २ तिमोथी १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
2 Timothy 4:20
Ἔραστος…Τρόφιμον
यी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Μιλήτῳ
यो एफिससको दक्षिणमा रहेको एक सहरको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 4:21
Εὔβουλος…Πούδης…Λίνος
यी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σπούδασον…ἐλθεῖν
“आउने तरिका खोज”
πρὸ χειμῶνος
“जाडो मौसमभन्दा अगाडि”
ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ तिमीलाफ अभिवादन पठाएका छन् । पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि तिमीलाई अभिवादन गर्छन्”
Κλαυδία
यो एक स्त्रीको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οἱ ἀδελφοὶ
यहाँ “भाइहरू” शब्दले स्त्री र पुरुष सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ भएका सबै विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
2 Timothy 4:22
ὁ Κύριος μετὰ τοῦ πνεύματός σου
“प्रभुले तिम्रो आत्मालाई बलियो पारून् भनी म प्रार्थना गर्दछु ।” यहाँ “तिमी” एकवचन हो र यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἡ χάρις μεθ’ ὑμῶν
“म प्रार्थना गर्छु कि प्रभुले त्यहाँ हुने तिमीहरू सबैलाई अनुग्रह देखाउनु भएको होस् ।” यहाँ प्रयोग भएको “तिमीहरू” शब्द बहुवचन हो र यसले तिमोथीसँग भएका सबै विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)