1 John
1 John front
१ यूहन्नाको परिचय
भाग १: सामान्य परिचय
१ यूहन्नाको पुस्तकको रूपरेखा
यो एउटा पत्र हो जुन प्रेरित यूहन्नाले येशूका चौलाहरूलाई गलत कुराहरूमा विश्वास गर्न र गलत तरिकाले बाँच्न अगुवाई गर्ने झुटा शिक्षकहरूलाई चुनौती दिन र सच्याउन लेखेका थिए। त्यो समयमा, पत्रको सुरू र अन्तिम खण्डको ढाचाँ फरक थियो। पत्रको मुख्य खण्ड बिचमा आयो।
परिचय (१:१-४)
पत्रको मुख्य भाग (१ः ५-५ः१२)
- साचोँ विश्वासीहरूले परमेश्वरको आज्ञा पालन गर्छन र एक अर्कालाई प्रेम गर्छन्।
- येशू नै मसिह हुनुहुन्छ भनि इन्कार गर्नु झूटा शिक्षा हो (२ः १८-२ः२७)
- परमेश्वरका साचोँ सन्तानहरूले पाप गर्दैनन् (२ः२८-३ः१०)
- साचोँ विश्वासीहरूले एकअर्कालाई बलिदानको रूपमा मद्दत गर्छन् (३ः११-१८)
- साचोँ विश्वासीहरूले प्रार्थनामा भरोसा राख्छन् (३ः१९-२४)
- येशू मानव हुनुभयो भनी इन्कार गर्नु झूटा शिक्षा हो (४ः१-६)
- साचोँ विश्वासीहरूले एकअर्कालाई परमेश्वले प्रेम गरे जस्तै प्रेम गर्छन् (४ः७-२१)
- येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनि इन्कार गर्नु झूटा शिक्षा हो (५ः१-१२)
- पत्रको अन्त्य (५ः१३-२१)
१ यूहन्नाको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्टिएन समयहरूदेखि नै, अधिकांश ख्रीष्टिएनहरूले प्रेरित यूहन्ना नै लेखक हुन् भनी ठानेका छन् । उनले यूहन्नाको सुसमाचार पनि लेखे, र त्यो पुस्तक र यो पत्रको विषयवस्तुमा धेरै समानताहरू छन्। यदि यूहन्नाले यो पत्र लेखेको भए, उनले सायद आफ्नो जीवनको अन्त्यतिर त्यसो गरेको हुनुपर्छ।
१ यूहन्नाको पुस्तक केको बारेमा हो ?
यूहन्नाले यो पत्र ख्रीष्टिएनहरूलाई त्यो समयमा लेखे जब झूटा शिक्षकहरूले तिनीहरूलाई सताइरहेका थिए । यूहन्नाले यो पत्र लेख्नुको उद्देश्य चाहिँ विश्वासीहरूलाई पाप गर्नबाट जोगाउनु थियो । उनले विश्वासीहरूलाई झूटा शिक्षाहरूबाट जोगाउन चाहन्थे । साथै तिनीहरूले उद्धार पाएका छन् भनेर पनि उनी विश्वासीहरूलाई भरोसा दिलाउन चाहन्थे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ यूहन्ना” वा “पहिलो यूहन्ना” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “यूहन्नाबाटको पहिलो पत्र” वा “यूहन्नाले लेखेको पहिलो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
यूहन्नाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?
यूहन्नाले जुन मानिसहरूको विरुद्धमा बोले तिनीहरू सम्भवतः ती थिए जसलाई “नोस्टिकहरू” भनेर चिनिने थियो । भौतिक संसार दुष्ट छ भनी यी मानिसहरूले विश्वास गर्थे । किनकि तिनीहरूले विश्वास गर्थे कि येशू चाहिँ ईश्वरीय हुनुहुन्थ्यो, तिनीहरूले उहाँ साँचो रूपमा मानिस पनि हुनुहुन्थ्यो भन्ने कुरालाई इन्कार गरे । यसको कारण चाहिँ भौतिक शरीर दुष्ट भएको कारण परमेश्वर मानव बन्नुहुने थिएन भनेर तिनीहरूले ठान्थे । (हेर्नुहोस्ः दुष्ट, अधर्मी, दुष्टता)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
"पाप"
अध्याय १ मा, यूहन्नाले हामीले पाप गरेका छौँ भनी इन्कार गर्नुहुँदैन भनी बताउँछन्। बरु, यदि हामीले हाम्रा पाप स्वीकार गर्यौँ भने, परमेश्वरले हामीलाई क्षमा गर्नुहुनेछ। अध्याय २ मा, यूहन्नाले भनेक छन् कि उनले यो पत्र लेखेका हुन् ताकि प्राप्तकर्ताहरूले पाप नगरून्, तर उनले थप्छन् कि यदि तिनीहरूले पाप गर्छन् भने, येशूले तिनीहरूको तर्फबाट वकालत गर्नुहुनेछ। तर अध्याय ३ मा, यूहन्नाले भनेका छन् कि जो कोहि परमेश्वरबाट जन्मीएको छ र परमेश्वरमा रहन्छ उसले पाप गर्दैन र पाप गर्न असक्षम हुन्छ। र अध्याय ५ मा, यूहन्ना भन्छन् कि हामीले केहि तरिकामा पाप गरिरहने मानिसहरूका लागि प्रार्थना गर्नु हुँदैन, यधपि हामीले अन्य तरिकामा पाप गरिरहेका मानिसहरूका लागि प्रार्थना गर्नुपर्छ। यो भ्रमित र विरोधाभासी लाग्न सक्छ।
यधपी व्याख्यात्मकरूपमा, यूहन्नाले यस पत्रमा चुनौती दिएका र सच्याएका मानिसहरू जसका शिक्षाहरूलाई मानिसहरूले आफ्नो शरीरमा के गरे त्यसले फरक पार्दैन भनेर भनिरहेका थिए। यो भने किनभने तिनीहरूले सोचेका थिए कि भौतिक कुरा खराब छ, र त्यसैले तिनीहरूले सोचे कि परमेश्वरले यसको वास्ता गर्नुहुदैन। वास्तवमा, तिनीहरुले पाप जस्तो कुनै चीज छैन भनेर भनिरहेका थिए । त्यसैले यूहन्नाले अध्याय १ मा भन्नु आवश्यक थियो कि पाप वास्तविक छ र सबैले पाप गरेका छन्। केहि विश्वासीहरू झूटो शिक्षाद्वारा धोकामा परेका हुन सक्छन् र पापहरू गरेका हुन सक्छन्, त्यसैले यूहन्नाले तिनीहरूलाई आश्वस्त पार्नु आवश्यक थियो कि यदि तिनीहरूले पश्चाताप गरे र आफ्ना पापहरू स्वीकार गरे भने, परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछ। यूहन्नाले अध्याय २ मा यस्तै मिल्दोजुल्दो कुराहरू भन्छन्। त्यसपछि अध्याय ३ मा उनले बताउछन् कि विश्वासीहरूले परेश्वरका सन्तानहरू भएकोले नयाँ स्वाभावमा पाप गर्न चाहँदैनन् र पापको आनन्द लिँदैनन्। त्यसैले तिनीहरूले पापलाई क्षमा गर्ने वा क्षमा गर्नेहरू वास्तवमा परमेश्वरका सन्तान होइनन्, र परमेश्वरका सन्तान भएकाले तिनीहरू धेरैभन्दा धेरै आज्ञाकारी र पापबाट मुक्त हुन सक्छन् भनी बुझ्नुपर्छ। अन्तमा, अध्याय ५ मा, यूहन्नाले चेतावनी दिन्छन कि यदि एक व्यक्तिले निरन्तररूपमा पाप मात्र चाहन्छ भने, यसको अर्थ सम्भवतः तिनीहरूले येशूलाई अस्वीकार गरेका छन् र पवित्र आत्माबाट प्रभावित छैनन्। उनी भन्छन् कि त्यस अवस्थामा, उनीहरूको लागि प्रार्थना गर्नु प्रभावकारी नहुन सक्छ। तर उनले आफ्ना पाठकहरूलाई प्रोत्साहन दिन्छ कि यदि कुनै व्यक्तिले कहिलेकाहिँ पाप गर्छ तर पश्चाताप महसुस गर्छ भने, ऊ आत्माद्वारा प्रभावित हुन्छ, र त्यसैले अन्य विश्वासीहरूको प्रार्थनाले उनलाई पश्चाताप गर्न र फेरी सही बाटोमा हिड्न मदत गर्दछ। (हेर्नुहोस्: पाप, पापूर्ण, पापी, पाप गर्दै and विश्वास and क्षमा दिनु, क्षमा)
“रहनु”
यूहन्नाले धेरैपटक “हुनु”, “रहनु” र “बस्नु” जस्ता शब्दहरूलाई अलङ्कारहरूको रूपमा प्रयोग गरे । यूहन्नाले कोही विश्वासी येशूप्रति अझ बढी विश्वासयोग्य हुने र येशूलाई अझ असल तरिकाले चिन्ने कुरालाई यसरी बताए मानौँ त्यो भनेको येशूको वचन त्यस विश्वासीमा “रहेको” हो । साथै, कोही व्यक्ति कसैसँग आत्मिक रूपले जोडिने कुरालाई यूहन्नाले यसरी बताए मानौँ त्यो भनेको त्यो व्यक्ति अर्को व्यक्तिमा “बसेको” हो । ख्रीष्टिएनहरू ख्रीष्टमा र परमेश्वरमा “रहन्छन्” भनी भनिन्छ । पिता पुत्रमा “रहनुहुन्छ” भनी भनिन्छ, र पुत्र पितामा “रहनुहुन्छ” भनी भनिन्छ । पुत्र विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ । पवित्र आत्मा पनि विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ ।
धेरै अनुवादकहरूले तिनीहरूका भाषाहरूमा यी अवधारणाहरूलाई जस्ताको तस्तै प्रतिनिधित्व गर्न असम्भव भएको पाउनेछन् । उदाहरणको लागि, यूहन्नाले “जसले आफू परमेश्वरमा रहन्छु भनी भन्छ” (१ यूहन्ना २:६) भन्दा उनले ख्रीष्टिएन परमेश्वरसँग आत्मिक रूपमा एकसाथ भएको अवधारणालाई व्यक्त गर्न खोजे । यूएसटीले भन्छ, “यदि हामी भन्छौँ कि हामी परमेश्वरसँग एकतामा छौँ”, तर अनुवादकहरूले कतिपटक यी अवधारणाहरूलाई राम्ररी सञ्चार गर्न अन्य अभिव्यक्तिहरू खोज्नुपर्ने हुन सक्छ । “परमेश्वरको वचन तिमीहरूमा रहन्छ” (१ यूहन्ना २:१४) भन्ने खण्डमा, यूएसटीले यो अवधारणालाई यसरी व्यक्त गर्छ, “तिमीहरूले परमेश्वरले आज्ञा गर्नुभएको कुरा पालन गर्न निरन्तरता दिन्छौ” । धेरै अनुवादकहरूले यो अनुवादलाई एउटा नमुनाको रूपमा प्रयोग गर्न सम्भव भएको पाउनेछन् ।
"देखा पर्नु"
यस पत्रमा धेरै ठाउँहरूमा, यूहन्नाले एक शब्द प्रयोग गरेका छन् जसलाई ULT ले सामान्यतया "देखा पर्नु" भनेर अनुवाद गरेका छन्।यो वास्तवमा ग्रीकमा एक निष्क्रिय मौखिक रूपमा व्यक्त भएको छ, तर प्राय जसो यस अवस्थामा यो क्रियाको रूपलाई सक्रिय अर्थमा अनुवाद गर्न सकिन्छ। जब यसलाई सक्रिय अर्थमा अनुवाद गरिन्छ, यो बुझ्नु महत्वपूर्ण छ कि "देखा पर्नु" शब्दको अर्थ "त्यहाँ देखिन्थ्यो" भन्ने मात्र हुदैन। बरु यसको अर्थ "त्यहाँ हुन आयो" हुन्छ। यो अर्को नयाँ करारको पुस्तक , २ कोरिन्थीमा प्रयोग भएको शब्दको प्रयोगबाट राम्रोसगँ चित्रण गरिएको छ, जसमा पावलले ५ः१० मा लेख्छन् कि "हामी सबै ख्रीष्टको न्यायको आसनमा उपस्थित हुनै पर्छ।" स्पष्टरूपमा यसको अर्थ यो होइन कि हामी त्यहाँ उपस्थित भएको जस्तो मात्र देखिन्छौ। बरु, हामी वास्तवमा त्यहाँ प्रकट हुनैपर्छ।
पत्रभरि, यूहन्नाले "देखा पर्नु" शब्दलाई सक्रिय अर्थमा वा निष्क्रिय कुनअर्थमा प्रयोग गरेका छन भनेर निर्णय गर्न यो व्याख्याको सूक्ष्म कुरा हो। उदाहरणको लागि, १ः२ मा, यूहन्नाले "जीवनको वचन" अर्थात येशूलाई दुई पटक यो शब्द प्रयोग गरेका छन्। तर यो स्पष्ट छैन कि उहाँले येशू आफैँ "देखा हुनुभयो" अर्थात, उहाँ पृथ्वीमा आउनुभयो, वा परमेश्वरले येशूलाई संसारमा प्रकट गर्नु भयो भन्ने अवधारणालाई जोड दिएर उहाँ "देखा पर्नुभयो" (दृश्यत्मकरूपमा देखिने गरि) भनेर भनियको हो। र यस प्रक्रियामा येशू मार्फत उहाँले आफैलाई प्रकट गर्नुभयो। पत्यक ठाउँमा जहाँ यूहन्नाले यो शब्द प्रयोग गर्दछन्, यस शब्दमा ध्यान दिएका छन् र त्यस सन्दर्भमा यसको अर्थ के हो भनेर छलफल गरेका छन्।
“संसार”
यूहन्नाले यस पत्रमा "संसार" शब्दलाई विभिन्न अर्थमा प्रयोग गरेका छन्। यसको अर्थ पृथ्वी, केहि भौतिक, संसारमा बस्ने मानिसहरू, परमेश्वरको आदर नगर्ने मानिसहरू, वा परमेश्वरलाई आदर नगर्ने विचारका मानिसहरूको मूल्यमान्यतालाई बुझाउदछ। नोटहरूले प्रत्यक उदाहरणमा "संसार" शब्दको अर्थलाई सम्बोधन गर्नेछ जहाँ यूहन्नाले यसलाई प्रयोग गरेका छन्।
“थाहाँ पाउनु”
यस पत्रमा "थाहाँ पाउनु" क्रियालाई दुई फरक तरिकामा प्रयोग गरिएको छ। कहिलेकाहिँ यो ३ः२, ३ः५ र ३ः१९ मा जस्तै तथ्य जान्नको लागि प्रयोग गरिएको छ। कहिलेकाहिँ यसको अर्थ कसैलाई वा केहि कुरालाई अनुभव गर्नु र बुझ्नु भन्ने अर्थ जान्छ, जस्तै ३ः१, ३ः६, ३ः१६ र ३ः२० मा। कहिलेकाहिँ यञहन्नाले यसलाई एउटै वाक्यमा दुई फरक अर्थमा प्रयोग गरेका छन्, जस्तै २ः३ मा, "यसमा हामी जान्दछौ कि हामीले उहाँलाई चिनेका छौँ।" तपाईको भाषामा यी फरक अर्थहरूका लागि फरक फरक शब्दहरू हुनसक्छन्। यदि त्यसो हो भने, तपाईले आफ्नो अनुवादमा सही ठाउँमा उपयुक्त शब्द प्रयोग गर्न होसियार हुनुपर्छ।
“हामी”
यस पत्रमा धेरै जसो अवस्थामा, प्रथम व्यक्ति बहुवचन सर्बनामहरू ("हामी, हाम्रो," आदि) समावेश हुन्छन्, र यदि तपाईको भाषाले तयो भिन्नतालाई छुट्याउछ भने, तपाईको अनुवादमा समावेशी रूपमा प्रयोग गर्नुहोस्। ती अवस्थाहरूमा, यूहन्नाले आफू र प्राप्तकर्ताहरू दुवैलाई थाहाँ भएको कुरा, वा उनि र प्राप्तकर्ताहरू दुवैका लागि सत्य कुराहरू बोल्दै छन्। यधपी केहि अवस्थामा, प्रथम व्यक्तिका सर्वनामहरू विशेष हुन्छन्, किनकि यूहन्नाले प्राप्तकर्ताहरूलाई आफू र उनका सँगी प्रेरितहरूले येशूबाट देखेका र सुनेका कुराहरू बताइरहेका छन्। नोटहरूले त्यस्ता सबै ठाउँहरू पहिचान गर्नेछ, र तिनीहरूमा तपाईले नसमेटिएको अर्थमा प्रयोग गर्नु पर्ने छ, यदि तपाईको भाषाले त्यो भिन्नतालाई पहिचान गर्छ भने। (हेर्नुहोस्: "हामी" को समावेशी र असमावेशी रूप)
“तिमि, तिम्रो”
यस अक्षरमा "तिमि" र "तिम्रो" शब्दहरू बहुवचनको लागि प्रयोग गरिन्छ।
ज्योति र अन्धकार
१ः५-७ र २ः८-११ मा यूहन्नाले विस्तारित रूपक प्रयोग गर्दछ जसमा ज्योतिले के असल वा पवित्र छ र अन्धकारले के खराब छ भनेर प्रतिनिधित्व गर्दछ। यदि यो तपाईको भाषामा सजिलै बुझिएन भने, तपाईले स्पष्ट रूपमा भन्नु पर्ने हुन सक्छ कि ज्योतिले भलाइलाई प्रतिनिधित्व गर्दछ वा त्यो ज्योति भलाई जस्तै हो वा तपाईले ज्योतिको बारेमा कुरा गर्न रोज्न सक्नुहुन्छ। प्रत्यक ठाउँमा यस रूपकलाई व्याख्या गर्न नोटहरू हुनेछ। (हेर्नुहोस्: विस्तारित रूपक)
१ यूहन्नाको पुस्तकको पाठमा भएका प्रमुख शाब्दिक मुद्दाहरू
जब बाईबलको पुरातन पाण्डुलिपिमा फरक हुन्छन्, ULT ले पुरातन पाण्डुलिपिलाई विद्वानहरूले यसको पाठमा सबैभन्दा सही मानेका पुरातन पाण्डुलिपि राख्छन्, तर यसले फुटनोटहरूमा अन्य सम्भवतः सहि पुरातन पाण्डुलिपिहरू राख्छन्। प्रत्यक अध्यायको परिचयले ती ठाउँहरूमा छलफल गर्नेछ जहाँ पुरातन पाण्डुलिपिहरू महत्वपूर्ण तरिकामा भिन्न छन्, र नोटहरूले ती ठाउँहरूलाई पुनः सम्बोधन गर्नेछन् जहाँ तिनीहरू पुस्तकमा हुन्छन्। यदि तपाईको क्षेत्रमा पहिले नै बाइबलको अनुवाद अवस्थित छ भने, त्यो सस्ंकरणा पाइने पुरातन पाण्डुलिपि प्योग गर्ने विचार गर्नुहोस्। यदि होइन भने, हामी तपाईलाई ULT पाठमा ती पुरातन पाण्डुलिपिहरू प्रयोग गर्न सिफारीस गर्छौ। (हेर्नुहोस्: खण्डमा भएका भिन्नताहरू)
1 John 1
१ यूहन्ना १ सामान्य टिपोटहरू
संरचना र ढाँचा
- पत्रको परिचय (1:1-4)
- साचोँ विश्वासीहरूले परमेश्वरको आज्ञा पालन गर्छन् र एकअर्कालाई प्रेम गर्छन् (१ः५-१०, २ः१७ सम्म)
यस अध्यायमा भएका महत्वपूर्ण अनुवादमा समस्याहरू
यस समयमा धेरै ग्रीक रचनाहरू जस्तै, शैलीगत उदेश्यको लागि यो पत्र धेरै लामो वाक्यबाट सुरु हुन्छ। यो १ः१ को सुरुदेखि १ः३ को मध्यसम्म जान्छ। यस वाक्यका भागहरू क्रममा छैनन् जुन धेरै भाषाहरूमा चलिरहेको छ। प्रत्यक्ष वस्तु पहिले आउँछ, र यो धेरै लामो छ, धेरै फरक खण्डहरू मिलेर बनेको छ। विषय र क्रिया अन्तको नजिक आउँदैन। र बिचमा, त्यहाँ एक लामो बिषयांतर छ। त्यसैले यो अनुवाद गर्न चुनौति हुन्छ।
तपाईको भाषामा राम्रोसगँ काम गर्न सक्ने एउटा प्रस्ताव भनेको पदलाई जोड्नु हो जसमा सबै १ः१-३ समावेश हुनसकोस्। तपाई यी लामो वाक्यहरूलाई धेरै साना वाक्यहरूमा विभाजन गर्न सक्नुहुन्छ, स्पष्टताको लागि विषय र क्रिया दोहोर्याउन सक्नु हुन्छ। यसले तपाइँलाई वाक्यका भागहरूलाई तपाईको भाषाअनुसार प्रचलित हुन दिन्छ र यसले तपाईका पाठकहरूलाई राम्रोसगँ बुझ्न सक्ने क्रममा प्रस्तुत गर्दछ। यहाँ १ यूहन्ना १"१-३ एक उदाहरणको रूपमा छ जुन तपाईको भाषामा स्पष्ट हुन सक्ने क्रममा पुनः व्यवस्थित गरिएको छः
"यसकारण हामीसगँ तिमीहरूको सङ्गति होस्, हामीले देखेका र सुनेका कुराहरू तिमीहरूलाई बताईरहेका छौँ। हामीले तिमीहरूलाई बताइरहेका छौँ जुन सुरुदेखि नै थियो, जुन हामिले सुनेका छौँ, जुन हाम्रो आखाँले देखिका छौँ, जुन हामीले हेरेका छौँ र हाम्रा हातहरूले छोएका छौँ।, " यो जीवनको वचनसँग सम्बन्धित छ । वास्तवमा, जीवन देखा पर्यो, र हामीले यसलाई देख्याै, र हामी यसको गवाही दिइरहेका छाै । हो, हामी तपाईलाई अनन्त जीवनको घोषणा गर्दैछाैँ जुन पितासँग थियो र त्यो हामीकहाँ आयो।"
यदि तपाईले यो दृष्टिकोण लिनुभयो भने, दोस्रो वाक्यलाई अनुवाद गर्ने अर्को तरिका यो हुनेछ, "हामी तपाईलाई सुरुदेखि के थियो, हामीले के सुन्यौँ, हामीले आफ्ना आखाँले के देख्यौँ, हामीले के हेर्यौँ र हाम्रा हातहरू के छोयोँ छन् भनेर घोषणा गरिरहेका छौँ।"
अर्को दृष्टिकोण जसले अझ राम्रोसगँ काम गर्न सक्छ, र जसलाई पदसगँ जोड्ने माध्यमको आवश्यकता पर्दैन, यसमा वाक्यांशहरूलाई तिनीहरूको वर्तमान क्रममा छोड्नुपर्छ, तर पद विभाजनहरूमा वाक्लाई तीन भागमा विभाजन गर्नु पर्छ। यदि तपाईले त्यसो गर्नु भयो भने, तपाईले १ः१ को अन्त्यको सट्टा "जीवनको वचनको सन्दर्भमा" वाक्यांशको अनुवाद पनि राख्न सक्नुहुन्छ र यसलाई पत्रको सामयिक परिचयको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ। अन्यथा, तपाईका पाठकहरूले १ः४ नपुग्दासम्म यो पत्र हो भनेर बुझ्दैनन्, जहाँ यूहन्नाले लेख्नको लागि आफ्नो उद्देश्य औपचारिक रूपमा बताउँछन्।
१ः१-४ को नोटहरूले यो लामो सुरुवाती वाक्यलाई कसरी अनुवाद गर्ने भनेर थप विशेष सुझावहरू प्रदान गर्दछ। (हेर्नुहोस्: पदका पुलहरू)
यस अध्यायमा महत्वपूर्ण पाठका मुद्दाहरू
१ः४ मा, सबैभन्दा सटिक पुरातन पाण्डुलिपिहरू पढ्छन् "ताकि हाम्रो आनन्द पूरा होस्।" ULT ले यो पुरातन पाण्डुलिपिलाई पछ्याउछ। तथापि, केहि अन्य पुरातन पाण्डुलिपिहरूले "हाम्रो आनन्द" को सट्टा "तपाईको आनन्द" लेख्छन्।यदि तपाईको क्षेत्रमापहिले नै बाइबलको अनुवाद अवस्थित छ भने, त्यो संस्करणमा पाइने कुनै पनि पुरातन पाण्डुलिपि प्रयोग गर्ने विचार गर्नुहोस्। यदि अनुवाद पहिल्यै अवस्थित छेन भने, हामी तपाईलाई ULT पाठमा पुरातन पाण्डुलिपि पालना गर्ने सिफारिस गर्छौँ। (हेर्नुहोस्: खण्डमा भएका भिन्नताहरू)
1 John 1:1
प्रेरित यूहन्नाले यो पत्र विश्वासीहरूलाई लेखे । यहाँ भएका “तिमीहरू”, “तिमीहरूको”, र “तिमीहरूकै” शब्दका सबै प्रयोगहरूले सारा विश्वासीहरूलाई समावेश गर्छन् र ती बहुवचनमा छन् । यहाँ भएका “हामी” र “हामीलाई” शब्दहरूले यूहन्ना र येशूसँग भएकाहरूलाई जनाउँछ । पदहरू १-२ मा “त्यो”, “जुन”, र “त्यस” जस्ता सर्वनामहरू प्रयोग भएका छन् । तिनीहरूले “जीवनको वचन” र “अनन्त जीवन”लाई जनाउँछन् । तर, किनकि यी येशूका लागि भएका नाउँहरू हुन्, तपाईंले “जो”, “जसलाई”, र “उहाँ” जस्ता व्यक्तिलाई जनाउने सर्वनामहरूको प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप अनि सर्वनामहरू)
ἀκηκόαμεν
तात्पर्य यो हो कि यूहन्ना र अन्य प्रत्यक्षदर्शीहरूले सुनेका कुरा येशू बोल्दै हुनुहुन्थ्यो। यदि यो तपाईको भाषामा स्पष्ट छ भणे, तपाई UST मा जस्तै यो जानकारी समावेश गर्न सक्नुह्छ। वैकल्पिक अुनवाद "हामीले बोलेको सुन्यौँ" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα
यी दुई वाक्यांशको अर्थ एउटै हो। यूहन्नाले सम्भवतः यसलाई जोड दिनको लागि दोहोर्याइएको हुन्। तपाईले यी वाक्यांशहरू संयोजन गर्न सक्नुहुन्छ र अर्को तरिकामा जोड देखाउन सक्नुहुन्छ यदि त्यो तपाईको पाठकहरूको लागि स्पष्ट हुन्छ भने। वैकल्पिक अनुवादः “जसलाई हामी आफैँले स्पष्टरुपमा देखेका छौँ” (हेर्नुहोस्ः समान्तरता)
τοῦ λόγου τῆς ζωῆς
यहाँ जीवनको वचन स्ष्ट रूपमा येशूको वर्णन हो। सामान्य परिचयले बताउँछ, यो पत्र र यूहन्नाको सुसमाचार बीच धेरै समानताहरू छन्। त्यो सुसमाचाार येशूको बारेमा यसो भन्दै सुरु हुन्छ, "आदिमा वचन थियो।" त्यसकारण यो सम्भव छ कि जब यूहन्नाले जीवनको वचनको यो पत्रमा "सुरुदेखि नै" भन्ने शब्दहरू भन्छन्, उनले येशूको बारेमा पनि बोल्दै छन्। ULT ले यो येशूको लागि शिर्षक हो भनी संकेत गर्न वचनको पहिलो शब्दलाई ठुलो गरेर संकेत गर्दछन्। वैकल्पिक अुनवादः "येशू, परमेश्वरको वचन, जसले जीवन दिनुहुन्छ। (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῆς ζωῆς
यस पत्रमा यूहन्नाले जीवनलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्, शाब्दिक रूपमा भौतिक जीवनलाई वा लाक्षणिक रूपमा आत्मीकि जिवनलाई बुझाउनको लागि। यस आत्मीकि जीवनको सन्दर्भ छ। वैकल्पिक अनुवादः "आत्मीकि जिवनका"। (हेर्नुहोस्ः लक्षणा)
यदि तपाई खण्ड शिर्षकहरू प्रयोग गर्दै हुनुहुन्छ भने, तपाई यहाँ पद १ भन्दा अगाडि एक शब्द राख्न सक्नुहुन्छ। सुझाव गरिएको शिर्षकः "जीवनको वचन" (हेर्नुहोस्: खण्डका शीर्षकहरू)
ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς—
१ः१-३ मा लामो वाक्य कसरी अनुवाद गर्ने भनेर यस अध्यायको सामान्य टिपोटहरूमा छलफल गेर्नुहोस्। यदि तपाईले यस पत्रको सामयिक परिचयको रूपमा जिवनको वचनको सन्दर्भमा वाक्यांशलाई अनुवाद गर्ने सुझावहरू पछ्याउनुहुन्छ भने, तपाईले पहिले नै संकेत गरिसक्नु भएको छ कि यस पदका चारवटा खण्डहरूले एक व्यक्ति, येशूलाई जनाउँछ। यदि तपाईको भाषामा "ऊँ," "को," र "कसलाई," जस्ता मानिसहरूलाई जनाउने सर्वनामहरू छन् भने, तिनीहरूलाई यहाँ प्रयोग गर्न उपयुक्त हुनेछ। वैकल्पिक अनुवादः "जीवनको वचनको सम्बन्धमा- उहाँ नै हुनुहुन्छ जो अनन्तकालदेखि अस्तित्वमा हुनुहुन्छ,जसलाई हामीले बोलेको सुन्यौँ, जसलाई हामीले आफ्नै आँखाले देख्यौँ, र जसलाई हामीले आफ्नै हातले छोयौँ र हेर्यौँ।" (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
ἀπ’ ἀρχῆς
यूहन्नाले यस पत्रमा सुरुदेखि नै वाक्यांशलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यहाँ येशू सधैँ अस्तित्वमा हुनुहुन्छ भन्ने तथ्यलाई बुझाउँछ। वैकल्पिक अनुवादः "सबै अनन्तता देखि।" (हेर्नुहोस्ः टुक्काहरू)
ἀκηκόαμεν…ἑωράκαμεν…ἡμῶν…ἐθεασάμεθα…ἡμῶν
यहाँ हामी र हाम्रो सर्वनामहरू विशेष छन्, किनकि यूहन्नाले येशूको पार्थिव जीवनको लागि आफ्नो र अन्य प्रत्यक्षदर्शीहरूको तर्फबाट बोलिरहेका छन्, तर ती मानिसहरू जसलाई उनीले लेख्दैछन्, तिनीहरूले येशूलाई प्रत्यक्ष देखेका छैनन्। त्यसैले यदि तपाईको भाषाले त्यो भिन्नता छुट्याउछ भने, यहाँ विशेष रूपकहरू प्रयोग गर्नसकिन्छ। । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν…καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν
तपाईको भाषामा यी वाक्यांशहरूले अनावश्यक अतिरिक्त जानकारी व्यक्त गरेको देखिन्छ। यदि त्यसो हो भने, तपाई तिनीहरूलाई संक्षिप्त गर्न सक्नुहुन्छ। यधपि, तपाईको भाषामा जोड दिनको लागि यस्तो अतिरिक्त जानकारी प्रयोग गर्ने आफ्नै तरिका हुन सक्छ, र तपाईले आफ्नो अनुवादमा पनि त्यो प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "हामीले देख्यौँ… र छोयौँ" वा "हामीले आफ्नै आखाँले देख्यौँ… र आफ्नै हानले छोयौँ।" (हेर्नुहोस्ः अनावश्यकप्रत्यक्ष जानकरीहरूलाई कतिबेला अस्वभाविक बनउने)
1 John 1:2
καὶ ἡ ζωὴ ἐφανερώθη
१ यूहन्नाको परिचयको भाग ३ मा "देखिने" शब्दको चर्चा हेर्नुहोस्। यहाँ शब्दको अर्थ दुई कुरा मध्ये एक हुन सक्छ। (१) यूहन्नाले येशू यस पृथ्वीमा कसरी आउनुभयो भन्ने कुरामा जोड दिनुभएको हुन सक्छ। (UST ले यसलाई यसरी भनेको छ "उहाँ यहाँ पृथ्वीमा आउनुभयो") त्यो अवस्थामा, ग्रिक निष्क्रिय मौखिक क्रियालाई सक्रिय अर्थमा अनुवाद गर्न सकिन्छ। यस अध्यायको सामान्य टिप्पणीहरूले सुझाव दिएभैँ, यहाँ नयाँ वाक्य सुरु गर्न हपयोगी हुन सक्छ। वैकल्पिक अनुवादः "वास्तवमा जीवन साच्चै यहाँ आएको थियो" (२) यूहन्नाले परमेश्वरले येशूलाई संसारमा कसरी प्रकट गर्नुभयो र कसरी येशूद्वारा आफूलाई संसारमा प्रकट गर्नुभयो भनेर जोड दिएका छन्। त्यो कुरा बाहिर ल्याउनको लागि, तपाईले यसलाई निष्क्रिय मौखिक तरिकाका साथ अनुवाद गर्न सक्नुहुन्छ र यदि तपाईको भाषामा अनुवाद गर्दा निष्क्रिय मौखिक क्रिया छेन भने तपाईले यसलाई सक्रिय क्रियाको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "वास्तवमा, झिवन दृश्यात्मक बनाइएको थियो" वा ""वासतवमा, परमेश्वरले जीवनलाई दृश्यमान बचाउनुभयो। (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἑωράκαμεν, καὶ μαρτυροῦμεν,
यदि तपाईले १ः१ मा व्यक्तिगत सर्वनामहरू प्रयोग गर्ने निर्णय गर्नुभयो भने, तपाईले तिनीहरूलाई यी अवस्थाहरूमा प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “हामीले उहाँलाई देखेका छौँ, हामीले उहाँलाई देखेका छौँ भनेर हामी गवाही दिन्छौँ” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν
यी दुई वाक्यांशहरूले समान कुराहरूको अर्थ दिन्छ। यूहन्नाले सम्भवतः यसलाई जोड दिनलाई दोहोराएउने तरिका प्रयोग गरेका हुनसक्छन्। ुदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाईले यी वाक्यांशहरूलाई संयोजन गर्न सक्नुहुन्छ र अर्को तरिकामा जोड दिन सक्नुहुन्छ, जस्तै UST ले गर्दछ। वैकल्पिक अनुवादः “हामी तपाईलाई यस बारे उत्सुकतासाथ बताई रहेका छौँ।” (हेर्नुहोस्ः समान्तरता)
τὴν ζωὴν τὴν αἰώνιον
पहिलेको पदजस्तै, यहाँ यूहन्नाले येशूसगँ सम्बन्धित जीवनलाई उल्लेख गरेर लाक्षणिक रूपमा बोलिरहेका छन्। वैकल्पिक अनुवादः "येशू जो अनन्त जीवन हुनुहुन्छ" वा "येशू, जो सधैँ जिवित हुनुहुन्छ" (हेर्नुहोस्ः लक्षणा)
τὸν Πατέρα
पिताको उपाधि परमेश्वरको लागि महत्वपूर्ण उपाधि हो। वैकल्पिक अनुवादः “ परमेश्वर पिता” (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
καὶ ἐφανερώθη ἡμῖν
तपाईले यस पदलाई पहिले कसरी अनुवाद गर्योनुभयो हेर्नुहोस्। वैकल्पिक अनुवादः “र हामीकहाँ सिधै आउनुभयो," वा " र हामीलाई दृश्यात्मक बनाईयो" वा "र जसलाई परमेश्वरले हाम्रोलागि देखिने बनाउनुभयो।" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 1:3
ὃ ἑωράκαμεν, καὶ ἀκηκόαμεν
यूहन्नाले येशू पृथ्वीमा जीवित हुदाँ आफू र अन्य प्रत्यक्षदर्शीहरूले देखेको र सुनेको तरिकालाई स्पष्ट रूपमा उल्लेख गर्दै हुनुहुन्छ। यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाई UST मा जस्तै यो जानकारी समावेश गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "येशू पृथ्वीमा जीवित हुदाँ हामीले के देख्यौँ र सुन्यौँ।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν…ἡ κοινωνία…ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς, καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ
यदि यो तपाईको भाषामा स्पष्ट हुन्छ भने, तपाईले अमूर्त संज्ञा संगति शब्दलाई "मित्र" र "निकट" जस्ता ठोस संज्ञालाई विशेषण घनिष्ठ शब्दको साथ व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "ताकी तपाईहरू हामीसगँ घनिष्ठ मित्र हुनसक्नुहुन्छ… हामी सबै परमेश्वर पिता र उहाँको पुत्र येशूसगँ घनिष्ठ मित्र हुन सक्छौँ ।" (हेर्नुहोस्ः भाववाचक नाम)
ἡ κοινωνία…ἡ ἡμετέρα
यूहन्नाले सँगी विश्वासीहरुलाई लेखेका हुनाले यहाँ हाम्रो शब्द सम्भवतः समावेशी छ। त्यसैले यदि तपाईको भाषाले त्यो भिन्नतालाई चिन्ह लगाउँछ भने, "तपाईले शब्दलाई समावेशी रूपमा अनुवाद गर्नुपर्छ। यदि तपाईको भाषाले त्यो भिन्नतालाई चिन्ह लगाउँदैन भने पनि, तपाईले अनुवादमा संकेत गर्न सक्नुहुन्छ कि यो शब्द यूहन्ना र उनले लेख्ने मानिसहरू दुवैमा लागु हुन्छ। वैकल्पिक अनुवादः "हामी सबै घनिष्ठ साथी हौँ।" (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τοῦ Πατρὸς…τοῦ Υἱοῦ αὐτοῦ
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । वैकल्पिक अनुवादः "परमेश्वर पिता … उहाँको पुत्र"(हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 1:4
ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη
यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाई "खूशी" जस्तै विशेषणसगँ अमूर्त संज्ञा "आनन्द" लाई प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “ताकि हामि पूर्णरूपमा खुशी हुनसकौँ।" (हेर्नुहोस्ःभाववाचक नाम)
1 John 1:5
ἀκηκόαμεν
यहाँ सर्वनाम “हामी” ले हामी सबैलाई जनाउदैन, किनकि यूहन्नाले येशुको पृथ्वीको मानविय जीवनको लागि आफ्नो र अन्य प्रत्यक्षदर्शीहरूको तर्फबाट बोल्दैछन्। (हेर्नुहोस्ः समावेशी “हामी”)
ὁ Θεὸς φῶς ἐστιν
पवित्र, सहि र असल के हो भनि बुझाउन यूहन्नाले प्रायः यस पत्रमा लाक्षणिक रूपमा प्रकाश प्रयोग गर्छन्। यहाँ, परमेश्वरको सन्दर्भमा, यसले पवित्रतालाई संकेत गर्दछ। वैकल्पिक अनुवादः “परमेश्वर पवित्र हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
σκοτία ἐν αὐτῷ, οὐκ ἔστιν οὐδεμία
यूहन्नाले प्रायः यस पत्रमा अन्धकार शब्दलाई लाक्षणिक रूपमा के दुष्टता हो भन्ने अर्थको प्रयोग गरेका छन्। वैकल्पिक अनुवादः “परमेश्वर कुनै पनि रितिले दुष्ट हुनुहुदैन्।” (हेर्नुहोस्ः रूपक)
1 John 1:6
ἐν τῷ σκότει περιπατῶμεν
यूहन्नाले यहाँ “हिँड्नु” शब्दलाई लाक्षणिक रूपमा प्रयोग गरेका छन् जसको अर्थ एक व्यक्तिले कसरी जीवन बिताउनु पर्छ र व्यवहार गर्नुपर्छ हो। वैकल्पिक अनुवादः “जे दुष्ट छ सो गर्नु” (हेर्नुहोस्ः रूपक)
1 John 1:7
ἐν τῷ φωτὶ περιπατῶμεν
यूहन्नाले यहाँ “हिँड्नु” शब्दलाई लाक्षणिक रूपमा प्रयोग गरेका छन् जसको अर्थ एक व्यक्तिले कसरी जीवन बिताउनु पर्छ र व्यवहार गर्नुपर्छ हो। वैकल्पिक अनुवादः“जे असल छ सो गर।” (हेर्नुहोस्ः रूपक)
τὸ αἷμα Ἰησοῦ
यूहन्नाले यहाँ रगत शब्दलाई लाक्षणिक रूपमा येशूको बलिदानको मृत्युलाई बुझाउन प्रयोग गरेका छन् जुन येशूले हाम्रा पापहरूको लागि मर्नुहुदाँ बगाएको रगतसगँ सम्बद्ध छ। वैकल्पिक अनुवादः "येशूको मृत्यु" (हेर्नुहोस्ः लक्षणा)
Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ
पुत्रको उपाधि येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 1:9
πιστός ἐστιν…ἵνα ἀφῇ
1 John 1:8
ἁμαρτίαν οὐκ ἔχομεν
वैकल्पिक अनुवादः “हामी कहिल्यै पाप गर्दैनौँ।"
ἑαυτοὺς πλανῶμεν
यूहन्नाले उनिहरूको बारेमा यसरी लाक्षणिक रूपमा बोलेका छन्, मानौँ तिनीहरू मार्गनिर्देशकहरू हुन जसले मानिसहरूलाई- वास्तवमा- गतल दिशामा डोर्याइसहेका थिए। वैकल्पिक अनुवादः “हामी आफैलाई धोका दिरहेका छौँ।” (हेर्नुहोस्ः रूपक)
ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν
सत्यताको विषयमा यसरी बताइएको छ मानौँ ती कुनै वस्तु हुन् जुन विश्वासीहरूभित्र हुन सक्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले सत्य भन्नुभएको कुरालाई हामी विश्वास गर्दैनौँ” (हेर्नुहोस्ः रूपक)
1 John 1:9
ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας
आधारभूत रूपमा यी दुवै वाक्यांशहरूको एउटै अर्थ हुन्छ । परमेश्वरले हाम्रो पाप अवश्य क्षमा गर्नुहुन्छ भनी जोड दिन यूहन्नाले ती प्रयोग गर्छन् । यदि दुबै वाक्यांशहरू तपाईको पाठकहरूको लागि भ्रमित हुनेछन् भने, तपाईले तिनीहरूलाई संयोजन गर्न र अर्को तरिकामा जोड व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “र हामीले गरेका गल्तीको निमित्त उहाँले हामीलाई पूर्ण रूपमा क्षमा गर्नुहुनेछ” (हेर्नुहोस्ः समान्तरता)
1 John 1:10
ψεύστην ποιοῦμεν αὐτὸν
निश्चित गर्नुहोस् कि यो तपाईको अनुवादमा स्पष्ट छ कि परमेश्वर वास्तवमा यस कुरामा झूटो हुनुहुन्न। बरु जुन व्यक्तिले आफू पापरहित भएको दाबी गर्छ त्यसले परमेश्वरलाई झूटा भनिरहेको हुन्छ किनभने उहाँले भन्नुभयो कि सबैजना पापी छन् । यदि यसले तपाईको पाठकहरूलाई बुझ्न सहयोग गर्यो भने, तपाईले यसलाई स्वैपष्कट रूपमा भन्ल्पिन सक्कनुहुन्छ। अनुवादः “यो उहाँलाई झूटा भनिरहेको जस्तै हो, किनभने उहाँले भन्नुभयो कि हामी सबैले पाप गरेका छौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν
जसरी उनले १ः८ मा "सत्य" को बारेमा भन्यो, यूहन्नाले परमेश्वरको वचनलाई लाक्षणिक रूपमा बोल्दै हुनुहुन्छ कि मानौँ त्यो भनेको उहाँको वचन विश्वासीहरूभित्र रहेको जस्तो हो । वैकल्पिक अनुवादः “हामीले परमेश्वरले भन्नुभएको वचनलाई विश्वास गर्दैनौँ” (हेर्नुहोस्ः रूपक)
1 John 2
१ यूहन्ना ०२ सामान्य टिपोटहरू
- साचोँ विश्वासीहरूले परेश्वरको आज्ञा पालन गर्छन् र एकअर्कालाई प्रेम गर्छन् (२ः१-१७, जुन १ः५ देखी जारी छ)
- येशू नै मसीह हुनुहुन्छ भनी स्विकार नगर्नु झूटो शिक्षा हो (२ः१८-२ः२७)
- परमेश?वरका साचोँ सन्तानहरूले पाप गर्दैनन् (२ः२८-२९, जुन ३ः१०देखी जारी छ)
यूहन्नाले २ः१२-१४ मा कवितात्मक रूपमा केहि लेखेका छन भनि देखाउन, केही अनुवादहरूले ती पदहरूमा भएका कथनहरूलाई बाँकी पाठ भन्दा दायाँतिर राख्छन् र तिनीहरूले प्रत्येक कथनको सुरुमा नयाँ रेखा सुरु गर्छन्।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टविरोधी
२ः१८ र २ः२२ मा, यूहन्नाले कुनै खास ख्रीष्ट विरोधी र थुप्रै ख्रीष्टविरोधीहरू दुवैको विषयमा लेख्छन् । “ख्रीष्ट विरोधी” शब्दले “ख्रीष्टको विरुद्धमा भएको” भन्ने अर्थ दिन्छ । ख्रीष्ट विरोधी एउटा व्यक्ति हो जो अन्तिम दिनहरूमा आउनेछ र येशूको कामको नक्कल गर्नेछ, तर त्यसले त्यो दुष्टताको लागि गर्नेछ । यो व्यक्ति आउनभन्दा अगाडि, त्यहाँ धेरै मानिसहरू हुनेछन् जो ख्रीष्टको विरुद्धमा काम गर्छन्; तिनीहरूलाई पनि “ख्रीष्टविरोधीहरू” भनिन्छ तर तिनीहरूलाई नामको रूपमा नभइ वर्णनको रूपमा हेर्न सकिन्छ । (हेर्नुहोस्ः अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू अनि दुष्ट, अधर्मी, दुष्टता)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
२ः२०मा, केही पुरातन पाण्डुलिपिहरूमा यसरी लेखिएको छ "तपाई सबैलाई थाहाँ छ" जुन ULT ले पनि प्रयोग गरेको छ। तथापि, अन्य पुरातन पाण्डुलिपिहरमा यसरी लेखिएको छ "तिमीलाई सबै कुरा थाहा छ।" यो अनुवाद अधिक सम्भावित, वास्तविक अनुवाद हो, किनकि यूहन्नाले झूटा शिक्षकहरूको दावीलाई अन्य विश्वासीहरू भन्दा बढी जान्नको लागि िरोध गर्दैछन्। "तपाई सबैलाई थाहाँ छ" भन्ने लेखाई उत्पन्न भएको जस्तो देखिन्छ किनभने प्रतिलिपिवादीहरूले "जान्नुहोस्" क्रीयाको लागी यो आवश्यक महसुस गरे। तैपनि, ुदि तपाईको क्षेत्रमा बाइबलको अनुवाद पहिल्यै अवस्थित छ भने, त्यो संस्करणमा पाइने कुनै पनि अनुवाद प्रयोग गर्ने विचार गर्नुहोस्। यदि अनुवाद पहिल्यै अवस्थित छेन भने, हामी तपाईलाई ULT को अनुवादलाई प्रयोग गर्न सिफारिस गर्छौँ। (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 John 2:1
τεκνία μου
यूहन्नाले यहाँ बालक शब्दलाई लाक्षणिक रूपमा जुन विश्वासीहरूलाई लेख्दै छन् तिनीहरूलाई वर्णन गर्न प्रयोग गरिएको छ। तिनीहरू उनको आत्मीकि हेरचाह भित्र छन् र त्यसैले उनले तिनीहरूले यस प्रकारले सम्बोधन गरेका हुन जसले तिनीहरू उनको आफ्नै सन्तान भनेर जोड दिदँछ। तपाईले यसलाई गैर-आलंकारिक तरिकामा अनुवाद गर्न सक्नुहुन्छ, वा तपाईले रूपकलाई उपमाको रूपमा प्रतिनिधित्व गर्न सक्नुहुन्छ, जस्तो USTले गरेको छ। वैकल्पिक अनुवादः तपाई प्रिय विश्वासीहरू जो मेरो हेरचाहमा हुनुहन्छ।" (हेर्नुहोस्ः रूपक)
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
ταῦτα γράφω
यहाँ, यी कुराहरूले सामान्यतया यूहन्नाले अनिलेसम्म पत्रमा लेखेका सबै कुरालाई जनाँउछ। वैकल्पिक अनुवादः “म यो पत्र लेखिरहेको छु”
ἐάν τις ἁμάρτῃ, Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα
यूहन्नाले आफ्ना पाठकहरूलाई आश्वस्त पार्न एक काल्पनिक अवस्थाको वर्णन गर्दैछन्। वैकल्पिक अनुवादः “।मानौँ कसैले पाप गरेको छ। त्यसोभए हामीसगँ परमेश्वरसगँ एक अधिवक्ता छ।" (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν
यूहन्नाले मान्छन् कि उनका पाठकहरूले थाहाँ पाउनेछन् कि अधिवक्ता एक व्यक्ति हुनुहुन्छ जसले मानिसको पक्ष लिनुहुन्छ र मानिसको तर्फबाट निवेदन गर्छ। यदि यो तपाईको पाठकहरूलाई बुझ्न सहायता हुन्छ , तपाई यसलाई स्भपष्नेट रूपमा भन्न सक्नु हुन्छ। वैकल्पिक अनुवादः “येशू ख्रीष्टले हाम्रो पक्ष लिनुहुनेछ र परमेश्वर पितालाई हामीलाई क्षमा गर्न अनुरोध गर्नुहुनेछ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 2:2
αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου
यहाँ अमूर्त संज्ञा प्रायश्चितले यस्तो कुरालाई जनाउँछ जुन कसैले अरू कसैको लागि गर्छ वा अरू कसैलाई दिन्छ ताकि ऊँ अब क्रोधित हुनेछैन्। यदि यो तपाइको भाषामा स्पष्ट छ भने, तपाइ यसलाई एक बराबर अभिव्यक्तिसगँ अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “येशू हाम्रा पापहरूको लागि बलिदान हुनुभयो, त्यसैले परमेश्वर अब हाम्रा पापहरूको कारण हामीसँग रिसाउनुभएको छैन, र हाम्रो मात्र होइन, तर सारा संसारको पापको कारण पनि रिसाउनुभएको छैन्।” (हेर्नुहोस्ः भाववाचक नाम)
1 John 2:3
γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν
यूहन्नाले यहाँ दुई फरक अर्थमा "थाहाँ छ" शब्दलाई प्रयोग गरेका छन्। १ यूहन्नाको परिचयको भाग ३ म थाहाँ शब्दको चर्चा हेर्नुहोस्। यदि तपाईको भाषामा यी विभिन्न इन्द्रियहरूका लागि फरक शब्दहरू छन् भने, तिनीहरूलाई यहाँ प्रयोग गर्नु उपयुक्त हुनेछ। वैकल्पिक अनुवादः “हामी जान्दछौँ कि उहाँसँग हाम्रो घनिष्ठ सम्बन्ध छ।”
ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
यहाँ "पालन" शब्द एक वाक्यपद्घति हो जसको अर्थ "आज्ञापालन" हो। वैकल्पिक अनुवादः “यदि हामीले उहाँको आज्ञापालन पालना गर्छौँ भने” (हेर्नुहोस्ः टुक्काहरू)
1 John 2:4
ὁ λέγων
वैकल्पिक अनुवादः “कोही जसले भन्छ” वा “ती व्यक्ति जसले भन्छ”
ἔγνωκα αὐτὸν
२ः३ मा दोस्रो उदाहरणमा जस्तै, यूहन्नाले व्यक्तिगत अनुभवबाट कसैलाई चिन्ने अर्थमा थाहाँ शब्द प्रयोग गर्दै हुनुहन्छ। वैकल्पिक अुनवादः “म परमेश्वरलाई राम्रोसगँ चिन्छु।”
μὴ τηρῶν
यस उदाहरणमा, पालन शब्द एक वाक्पद्घति हो जसको अर्थ "आज्ञापालन" हो।“ वैकल्पिक अनुवादः "आज्ञा पालन गर्दैन" वा "अनाज्ञाकारी" (हेर्नुहोस्ः टुक्काहरू)
καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν
यूहन्नाले सत्यताको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जुन विश्वासीहरूभित्र हुन सक्छ ।तपाइले १ः८ मा समान अभिव्यक्ति कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस्। वैकल्पिक अनुवादः “र त्यस्तो व्यक्तिले सत्य बोल्दैन।” (हेर्नुहोस्ः रूपक)
1 John 2:5
τηρῇ αὐτοῦ τὸν λόγον
यस उदाहरणमा, पालन गर्नु शब्द एक वाक्पद्घति हो जसको अर्थ "आज्ञापालन" हो।“ वैकल्पिक अनुवादः "परमेश्वरको आज्ञापालन गर्छ” (हेर्नुहोस्ः टुक्काहरू)
ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται
परमेश्वरको प्रेम भन्ने वाक्यांशको अर्थ दुई सम्भावित अर्थहरू मध्य एक हुनसक्छ। १) “परमेश्वरको प्रेम” ले कुनै व्यक्तिले परमेश्वरलाई प्रेम गरेको कुरालाई जनाउँछ। वैकल्पिक अनुवादः “यो त्यही व्यक्ति हो जसले परमेश्वरलाई सम्पूर्ण रूपले प्रेम गर्छ” २) “परमेश्वरको प्रेम”ले परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुभएको कुरालाई जनाउँछ, वैकल्पिक अनुवादः “परमेश्वरको प्रेमले त्यस व्यक्तिको जीवनमा त्यसको उद्देश्य प्राप्त गरेको छ” (हेर्नुहोस्ः स्वामित्व
ἐν αὐτῷ ἐσμεν
यूहन्नाले लाक्षणिक रूपमा बोलिरहेका छन् मानौँ विश्वासीहरू परमेश्वरको भित्र हुन सक्छन्। यो अभिव्यक्तिले परमेश्वरसगँ घनिष्ठ सम्बनध भएको वर्णन गर्दछ। वैकल्पिक अनुवादः “हामी परमेश्वरसँग सङ्गतिमा जिइरहेका छौँ।” (हेर्नुहोस्ः रूपक)
1 John 2:6
ἐν αὐτῷ μένειν
यस पुस्तकको परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। यहाँ परमेश्वरमा रहनुको अर्थ भनेको १ः३ र १ः६ अनुशार परमेश्वरसँग सङ्गतिमा रहनु हो र २ः५ मा परमेश्वर"मा" रहनु हो। यूहन्नाले एउटै विचारलाई विभिन्न तरिकामा दोहोर्याइरहेका छन्। वैकल्पिक अनुवादः “उनी परमेश्वरसँगको घनिष्ठ सङ्गतिमा छ” वा “उनी परमेश्वरसँग जोडिएर रहन्छ” (हेर्नुहोस्ः रूपक)
ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς περιπατεῖν
१ः६ र १ः७ मा भनिएको झैँ, यूहन्नाले "हिड्नु" शब्दलाई लाक्षणिकरूपमा प्रयोग गर्दैछन् जसको अर्थ कोही व्यक्तिले कसरी जीवन बिताउँछ र व्यवहार गर्छ भन्ने हो। वैकल्पिक अनुवादः “येशूले जस्तै जिउनुपर्छ” वा “परमेश्वरको आज्ञापालन गर्नुपर्छ जसरी येशू ख्रीष्टले गर्नुभयो” (हेर्नुहोस्ः रूपक)
1 John 2:7
ἀγαπητοί
यो स्नेहको अर्को शब्द हो जसद्वारा यूहन्नाले विश्वासीहरूलाई सम्बोधन गरेका छन् र जसलाई उनले लेखिरहेका छन्। यसले मानिसहरूको विशेष समूहलाई संकेत गर्न विशेषण शब्द "प्रिय" लाई संज्ञाको रूपमा प्रयोग गर्न सकिन्छ। तपाईको भाषाले पनि विशेषण प्रयोग गर्न सक्छ। यदि होइन भने, तपाई यसलाई समान अभिव्यक्तिको साथ अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “तिमी मानिसहरू जसलाई म प्रेम गर्छु," वा “मेरा प्रिय साथीहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ὁ λόγος ὃν ἠκούσατε
तात्पर्य यो हो कि यूहन्नाले वर्णन गरेको विशेष शब्द वा सन्देश भनेको येशूले विश्वासीहरूलाई उनीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा दिनुभएको हो। यूहन्नाको सुसमाचारको पत्र १३ः३४ र १५ः१२ मा हेर्नुहोस्। यूहन्नाले यो पत्रको ३ः२३ र ४ः२१ मा स्पष्ट रूपमा देखाएका छन्। यदि यो तपाईको पाठकहरूको लागि उपयोगी हुन्छ भने, तपाई यो खण्डमा पनि स्पष्ट रूपमा भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "एक अर्कालाई प्रेम गर्नको निमित्त येशूले दिनुभएको आज्ञा" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπ’ ἀρχῆς
यूहन्नाले यस पत्रमा सुरुदेखि नै वाक्यांशलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यहाँ “सुरुवात” शब्दले त्यो समयलाई जनाउँछ जब उनले लेखेका मानिसहरूले येशूमा विश्वास गरे। वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टमा पहिलो पल्ट विश्वास गरेको बेलादेखि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ λόγος ὃν ἠκούσατε
यूहन्नाले "सन्देश" शब्दलाई संकेत गर्न लाक्षणिक रूपमा विश्वासीहरूले सुनेको समाचार भनेर प्रयोग गरेका छन् जुन सन्देशहरूद्वारा संचार गरिएको थियो ,। वैकल्पिक अनुवादः “सन्देश जुन तपाईले सुन्नु भएको थियो।” (हेर्नुहोस्ः लक्षणा)
1 John 2:8
ἐντολὴν καινὴν γράφω ὑμῖν
यूहन्नाले २ः७ मा गरेको आज्ञालाई जनाउँदैछ, जुन आज्ञा येशूले एक अर्कालाई प्रेम गर्न दिनुभएको थियो, जुन विश्वासीहरूसगँ सधैँ छ। त्यसैले, उनले अब नयाँ र फरक आज्ञा लेख्दै छन् भन्ने चाहिँ होइन, बरू त्यही पुरानो आज्ञा हो जुन उनले यहि पदमा भनेका छन्, जसलाई एक प्रकारले निश्चित अर्थमा नयाँ मान्न सकिन्छ। यदि यो तपाईका पाठकहरूलाई उपयोगी छ भने, तपाई स्पष्ट रूपमा भन्न सक्नुहुन्छ कि यूहन्नाले कुन आज्ञालाई संकेत गरिरहेको छ, र तपाई यसलाई किन नयाँ र पुरानो भनेर कारणहरू दिन सक्नुहुन्छ। वैकल्पिक अनुवादः “एक अर्कालाई प्रेम गर्नेआज्ञा जुन मैले तिमीहरूलाई लेख्दैछू, त्यो पनि एक अर्थमा, नयाँ आज्ञा हो, किनभने यो नयाँ जीवन शैलीको विशेषता हो" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν
यूहन्नाले लाक्षणिक रूपमा बोलिरहेका छन् मानौँ यो आज्ञा येशू र यी विश्वासीहरू भित्र सत्य थियो। वैकल्पिक अनुवादः "येशूले साचोँरूपमा यो आज्ञा पालन गर्नुभयो, र अब तपाईले पनि यो आज्ञा साचोँरूपमा पालन गर्दै हुनुहुन्छ।" (हेर्नुहोस्ः रूपक)
ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει
१ः५ मा जस्तै, यूहन्नाले यहाँ अन्धकार शब्दले लाक्षणिक रूपमा दुष्टलाई र ज्योति शब्दले प्रतिकात्मक रूपमा पवित्र, सही र असल कुरालाई प्रतिनिधत्व गर्न प्रयोग गरेका छन्। ज्योतिको चमकले लाक्षणिक रूपमा मानिसहरूमा यसको प्रभावलाई जनाँउछ। वैकल्पिक अनुवादः “जे खराब छ त्यो टाढाँ जादैछ र मानिसहरूले वास्तविक रूपमा जे असल छ त्यो देख्न अझ सक्षम भएको छ।" (हेर्नुहोस्ः रूपक)
1 John 2:9
τὸν ἀδελφὸν αὐτοῦ
यूहन्नाले यहाँ “भाइ” शब्दलाई लाक्षिक रूपमा प्रयोग गरिरहेको छ जसलाई एउटै विश्वास भएको व्यक्ति भन्ने अर्थ दिन्छ। वैकैल्पिक अनुवादः " एक सङ्गी विश्वासी" (हेर्नुहोस्ः रूपक)
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι
यूहन्नाले आफ्ना पाठकहरूलाई चुनौती दिन थप काल्पनिक अवस्थाको सुझाव दिइरहेका छन्। वैकल्पिक अनुवादः “मानौँ कसैले ऊ उज्यालोमा छ भनी भन्छ, तर उसले आफ्नो भाइलाई घृणा गर्छ। त्यो व्यक्ति वास्तवमा अझै अन्धकारमा छ।" (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ἐν τῷ φωτὶ εἶναι
जसरी १ः५ र २ः८ मा, यूहन्नाले पवित्र, सही र असल के हो भनेर लाक्षणिक रूपमा ज्योति शब्दलाई प्रयोग गर्दै हुनुहुन्छ। वैकल्पिक अनुवादः “उसले जे उचित छ त्यही गर्छ” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ σκοτίᾳ ἐστὶν
१ः५ मा जस्तै, यूहन्नाले अन्धकार शब्दलाई लाक्षणिक रूपमा जे गलत छ वा जे खराब छ त्यो अर्थ दिन प्रयोग गरिरहेका छन्। वैकल्पिक अनुवादः “जे खराब छ त्यहि गर्छ” (हेर्नुहोस्ः रूपक)
1 John 2:10
σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν
यूहन्नाले ठेस लाग्ने कुरा शब्दलाई प्रयोग गर्दैछन्, जसको अर्थ कुनै व्यक्तिले त्यसमा टेकेर लड्छ भन्ने हुन्छ, वा लाक्षणिक रूपमा कुनै व्यक्तिलाई पाप गर्न लगाउनु हो। वैकल्पिक अनुवादः “उससगँ पाप गर्ने कुनै पनि कारण छैन् वा केही कुराले पनि उसलाई पाप गर्न लगाउन सक्दैन” (हेर्नुहोस्ः रूपक)
1 John 2:11
ἐν τῇ σκοτίᾳ περιπατεῖ
यूहन्नाले “हिँड्नु” शब्दलाई लाक्षणिक रूपमा प्रयोग गरेका छन् जसको अर्थ एक व्यक्तिले कसरी जीवन बिताउँछ र व्यवहार गर्छ हो। वैकल्पिक अनुवादः “जे खराब छ त्यहि कुरामाआफ्नो जीवन लगाउछ।” (हेर्नुहोस्ः रूपक अनि समान्तरता)
οὐκ οἶδεν ποῦ ὑπάγει
यो एक व्यक्तिले जिउनुपर्ने र व्यवहार गर्नुपर्ने कुराको प्रतिकात्मक वर्णनको रूपमा "हिड्ने" नजिइरहेको विश्वासीको चित्रण हो । वैकल्पिक अनुवादः “उसले के गर्नुपर्छ भनी ऊ जान्दैन” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ σκοτίᾳ ἐστὶν, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ
१ः५ मा जस्तै यूहन्नाले अन्धकार शब्दलाई लाक्षणिक रूपमा के खराब र दुष्ट छ त्यो अर्थ दिन प्रयोग गरिररहनुभएको छ। वैकल्पिक अनुवादः “जे गलत छ त्यहि जीवनमा जिइरहेको छ” वा "जे खराब छ त्यो गर्छ" (हेर्नुहोस्ः रूपक)
1 John 2:12
τεκνία
यहाँ साना बालक शब्दले व्यक्त गर्न खोजेको अर्थः (१) सबै विश्वासीहरू जसलाई यूहन्नाले लेखिरहेका छन्। यो तरिकामा यो शब्द उनले २ः१ मा प्रयोग गरेका छन्। र यस पत्रको अन्य अरु ठाउँमा पनि प्रयोग गरेका छन्। २ः१ को दुई टिपोटमा यसको व्याख्या हेर्नुहोस्। यदि यस्तो हो भने यूहन्नाले पद १२-१४ मा विश्वासीहरूलाई दुई समूहमा विभाजन गरेका छन्ः ठूला र साना। USTमा हेर्नुहोस्। वा यसले व्यक्त गर्न खोजेको अर्थः (२) केवल केहि विश्वासीहरू हुनसक्छ। यस अवस्थामा, यूहन्नाले पद १२-१४ मा तीन फरक समूहमा विश्वासीहरूलाई सम्बोधन गर्दैछन् र यो समूहले लाक्षिकरूपमा नयाँ विश्वासीहरूलाई प्रतिनिधित्व गर्नेछ, र नयाँ विश्त्वासीहरू ति हुन जसले भर्खरै आफ्ना पापहरूको क्षमाको लागि येशूमा आफ्नो विश्वास राखेका छन्। यो समान शब्द २ः१४ मा पनि लागु भएको छ। वैकल्पिक अनुवादः “नयाँ विश्वासीहरू” (हेर्नुहोस्ः रूपक)
ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι
यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाई यसलाई सक्रिय क्रियाको रूपमा अनुवाद गर्न सक्नुहुन्छ र तपाई यो सक्रिय क्रिया कसले गरेको छ भनेर स्पष्ट रूपमा भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वरले तपाईहरूका पापहरूलाई क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τὸ ὄνομα αὐτοῦ
“उहाँको नाउँ” ले ख्रीष्ट र उहाँ को हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूको लागि गर्नुभएको कुराको कारण” (हेर्नुहोस्ः लक्षणा)
1 John 2:13
πατέρες
यहाँ भएको “पिताहरू” शब्द सम्भवतः परिपक्क विश्वासीहरूको एउटा लाक्षणिक वर्णन हो। वैकल्पिक अनुवादः यस अवस्थामा या त (१) “परिपक्व विश्वासीहरू" वा (२) "मण्डलीका अगुवाहरू” हुन सक्छ। (हेर्नुहोस्ः रूपक)
ἐγνώκατε
जसरी २ः४ मा, यूहन्नाले जान्ने शब्दलाई विशेष अर्थमा प्रयोग गर्दै छन्। तपाईले यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्। वैकल्पिक अनुवादः “ तपाईलाई राम्रोसगँ थाहाँ छ।”
τὸν ἀπ’ ἀρχῆς
यूहन्नाले यस पत्र सुरुदेखि नै वाक्यांशलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यहाँ यसले येशूलाई वा सम्भवतः परमेश्वर पितालाई जनाउँछ। यूहन्नाले यस पत्रको सुरुमा र यूहन्ना १ः१-२ मा पनि यस्तै शब्दहरूद्वारा येशूलाई जनाउँछ। वैकल्पिक अनुवादः“उहाँ जो सदैव अस्तित्वमा हुनुहुन्छ ।” वा "येशू, जो सदैव अस्तित्वमा हुनुहुन्छ।” (हेर्नुहोस्ः टुक्काहरू)
νεανίσκοι
यसले सम्भवतः विश्वासीहरूको समूहको एक भागको लाक्षणिक विवरण हो। यसले सम्भवतः आफ्नो विश्वासमा बलियो भएका मानिसहरूलाई बुझाउँछ, यधपी तिनीहरू अझै पनि बुबाहरूको समूहमा भएका जस्तै परिपक्क छैनन्, किनकि जवान मानिसहरू जीवनको बलियो र उर्जावान समयमा छन्। वैकल्पिक अनुवादः “बलियो विश्वासीहरू” (हेर्नुहोस्ः रूपक)
νενικήκατε τὸν πονηρόν
यूहन्नाले लाक्षणिक रूपमा यी बलियो विश्वासीहरूले शैतानले चाहेको कुरा गर्न इन्कार गर्छन् जस्तो कि त्यसका योजनाहरूलाई तिनीहरूले पराजित गरे। वैकल्पिक अनुवादः "तपाईले शैतानले चाहेको कुरा गर्न अस्विकार गर्नु।" (हेर्नुहोस्ः रूपक)
1 John 2:14
ἰσχυροί ἐστε
यूहन्नाले विश्वासीहरूको शारिरिक शक्तिलाई शाब्दिक रूपमा वर्णन गर्नको लागि बलियो शब्दलाई प्रयोग गरेका होइनन्, तर लाक्षणिक रूपमा ख्रीष्टप्रतिको तिनीहरूको विश्वासयोग्यतालाई वर्णन गर्न प्रयोग गरिएको हो। वैकल्पिक अनुवादः "तपाई येशूमा विश्वासयोग्य हुनुहुन्छ।" (हेर्नुहोस्ः रूपक)
ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शब्दको चर्चा हेर्नुहोस्। यहाँ यस शब्दले व्यक्तिको व्यवहारलाई वर्णन गरेको जस्तो देखिन्छ जुन वास्तविक रूपमा साचोँ परिवर्तन भनेर पहिचान गर्न सकिन्छ किनभने यो लगातार देखिने कुरा हो। वैकल्पिक अनुवादः “परमेश्वरले जे आज्ञा गर्नु भएको छ त्यो कुरा तिमीहरू साच्चैँ पालन गर्छौ।” (हेर्नुहोस्ः रूपक)
1 John 2:15
μὴ ἀγαπᾶτε τὸν κόσμον
यूहन्नाले यस पत्रमा विभिन्न कुराहरूलाई बुझाउन संसार शब्दको प्रयोग गरेका छन्। यहाँ यसले लाक्षणिक रूपमा मूल्यको प्रणालीलाई जनाउँछ जुन मानिसहरूले बाड्चुड गर्छन् जसले परमेश्वरलाई आदर गर्दैनन्। यो व्यवस्था अनिवार्य रूपमा ईश्वरीय मानिसहरूको मूल्यमान्यताको विपरित छ। वैकल्पिक अनुवादः “परमेश्वरलाई आदर र प्रेम नगर्ने संसारका मानिसहरूको अईश्वरीय ढाचाँ प्रणालिहरूमा साझेदारी नहुनुहोस्। ” (हेर्नुहोस्ः लक्षणा)
μηδὲ τὰ ἐν τῷ κόσμῳ
यस वाक्यांशको अर्थ एउटै हो विशेषगरि जस्तो अघिल्लो पदमा प्रयोग गरिएको थियो। यूहन्नाले सम्भवतः जोडको लागि दोहोर्याउने कामको प्रयोग गरिरहेका छन्। यधपि, अर्थमा अलिकति भिन्नता भएकोले, तपाई यी वाक्यांशहरूलाई संयोजन गर्नुको सट्टा छुट्टै अनुवाद गर्न चाहानुहुन्छ होला। यहाँ नयाँ वाक्य सुरु गर्न उपयोगी हुन सक्छ। वैकल्पिक अनुवादः “ होईन, संसारिक प्रणालीको विशेषता हुने कुनै पनि मूल्यमान्यताहरूमा साझेदार नहुनुहोस्। (हेर्नुहोस्ः समान्तरता)
ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ
यूहन्नाले आफ्नो पाठकहरूलाई चुनौती दिनको लागि एक काल्पनिक अवस्थाको वर्णन गर्दैछन्। वैकल्पिक अनुवादः "मानौँ कसैले संसारलाई प्रेम गर्छ। तब उनीमा पिताको प्रेम हुन सक्दैन्" (हेर्नुहोस्ः रूपक)
οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ
बुबाको प्रेम भन्ने वाक्यांशको अर्थ हुन सक्छः (१) एक व्यक्तिले परमेश्वर पिताको लागि गरेको प्रेम। वैकल्पिक अनुवादः "त्यस व्यक्तिले वास्तवमा परमेश्वर पितालाई प्रेम गर्दैन" वा (२) “मानिसहरूलाई परमेश्वरको प्रेम। वैकल्पिक अनुवादः "परमेश्वर पिताको प्रेम वास्तवमा भित्रि रूपमा त्यो व्यक्तिमा काम गर्दैन।” (हेर्नुहोस्ः स्वामित्व)
1 John 2:16
ἡ ἐπιθυμία τῆς σαρκὸς
यूहन्नाले मासुबाट बनेको भौतिक मानव शरीरलाई लाक्षणिक रूपमा मासु शब्द प्रयोग गरिएको छ। वैकल्पिक अनुवादः “पापपूर्ण शारीरिक आनन्द भोग गर्ने उत्कट इच्छा” (हेर्नुहोस्ः लक्षणा)
ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν
यूहन्नाले आखाँ शब्दलाई लाक्षणिक रूपमा हेर्ने क्षमताको अर्थ प्रयोग गरदैछन्। वैकल्पिक अनुवादः “हामीले देखेका कुराहरू प्राप्त गर्ने उत्कट इच्छा” (हेर्नुहोस्ः लक्षणा)
οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν
हेर्नुहोस् कसरी तपाईले २ः१५ मा संसार शब्दलाई अनुवाद गर्नुभयो। यो श्लोकमा पनि त्यस्तै अर्थ छ। वैकल्पिक अनुवादः “परमेश्वर पिताले हामी कसरी बाचेँको चाहनुहुन्छ भनेर प्रतिनिधित्व गर्दैन, तर यसको सट्टा अधर्मी मूल्यमान्यताका प्रणालीबाट आएको हो।" (हेर्नुहोस्ः लक्षणा)
1 John 2:17
ὁ κόσμος παράγεται
यूहन्नाले संसार शब्दलाई लाक्षणिक रूपमा भनेका छन् मानौँ यसले छोड्दै छ। वैकल्पिक अनुवादः “संसार धेरै लामो समय सम्म रहनेछैन्।” (हेर्नुहोस्ः रूपक)
1 John 2:18
παιδία
यो उहि शब्द हो जुन यूहन्नाले २ः१४ मा लाक्षणिक रूपमा प्रयोग गरेको थियो जुन उनीले २ः१ र २ः१२ मा प्रयोग गरेको शब्दको शैलीगत भिन्नता जस्तो देखिन्छ, साथै पुस्तकका अन्य धेरै ठाउँहरूमा, सम्पूर्ण विश्वासी जसलाई उनीले यो पत्लार लेखेका छन् तिनीहरूलाई सम्बोधन गर्न प्रयोग गरेका छन्। तपाईले यसलाई अन्य ठाउँमा कसरी अुनवाद गर्नु भएको छ सो हेर्नुहोस्। वैकल्पीक अनुवादः “मेरो प्यारो बालकहरू” वा "मेरो हेरचाहमा रहेका प्रिय विश्वासीहरू" (हेर्नुहोस्ः रूपक)
ἐσχάτη ὥρα ἐστίν
यूहन्नाले एक विशेष समयलाई सङ्केत गर्न लाक्षणिक रूपमा घडी शब्द प्रयोग गरेका छन्। अन्तिम घडि भन्ने वाक्यांशले येशू फर्कनभन्दा ठीक अगाडिको पार्थिक इतिहासको अन्त्यको समयलाई विशेष रूपमा जनाउँछ । वैकल्पिक अनुवादः “येशू चाँडै फर्कनुहुनेछ… येशू छिट्टै फर्कनु हुनेछ।” (हेर्नुहोस्ः लक्षणा)
ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν
यस अध्यायको सामान्य टिपोटमा ख्रिष्ट विरोधी शभ्दहरूको छलफल हेर्नुहोस्। वैकल्पिक अनुवादः “ कोहि आउनेछ जसले येशूको ठूलो विरोधको नेतृत्व गर्नेछ, पहिले नै धेरै मानिसहरूले यसरी येशूको विरोध गरिरहेका छन्” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
1 John 2:19
ἐξ ἡμῶν ἐξῆλθαν
यी मानिसहरूले पहिले विश्वासीहरूको समूहलाई भेटेका थिए जसलाई यूहन्नाले लेखिरहेका छन्। जब तिनीहरूले विश्वासीहरू भेटेका ठाउँहरू शारिरिक रूपमा छोडेका थिए, यूहन्नाले पनि लाक्षणिक रूपमा बाहिरिएको अभिव्यक्ति प्रयोग गरेका छन् कि यी मानिसहरू समूहको भाग हुन छोडे। वैकल्पिक अनुवादः “तिनीहरूले हाम्रो विश्वासीको सम्प्रदायलाई छोडे” (हेर्नुहोस्ः रूपक)
ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν…οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν
यूहन्नाले पदको पहिलो उदाहरणमा भन्दा यी उदहारणहरूमा हामीबाट अभिव्यक्तिलाई अलि फरक अर्थमा प्रयोग गरेका छन्। पहिलो उदाहरणमा, यसको अर्थ यी व्यक्तिहरूले समूह छोडे। यस उदाहरणमा, यसको अर्थ तिनीहरू कहिल्यै पनि समूहको साचोँ भाग थिएनन्। वैकल्पिक अनुवादः “तर तिनीहरू साच्चैँ हाम्रा समूहका हिस्सा छँदा पनि थिएनन्… तिनीहरू भध्ये कोहि पनि साचोँ रूपमा हाम्रो समूहको भाग थिएनन्।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μεμενήκεισαν ἂν μεθ’ ἡμῶν
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शभ्दको छलफललाई हेर्नुहोस्। यहाँ यस शब्दले समूहमा निरन्तर सहभागिता जनाउने देखिन्छ। वैकल्पिक अनुवादः “तिनीहरूले निरन्तर रूपमा हाम्रो समूहमा सहभागी हुन जारी राखेका थिए।” (हेर्नुहोस्ः रूपक)
1 John 2:20
ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου
यदि यो तपाईको भाषामा स्ष्ट हुन्छ भने, तपाई भाववाचक शब्द "अभिषेक" लाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर पवित्र हुनुहुनेले तिमीहरूलाई अभिषेक गर्नुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम)
τοῦ Ἁγίου
यूहन्नाले विशेष व्यक्तिलाई संकेत गर्न विशेषण "पवित्र" लाई संज्ञाको रूपमा प्रयोग गरेका छन्। ULT ले यो देखाउन "एक" शब्दको प्रयोग गरेका छन्। यूहन्नाले विशेष गरि परमेश्वरलाई संकेत गर्दै छन्। र त्यसैले ULT ले यी दुवै शब्दहरूलाई ठूलो अक्षरमा राखेको छ र ति शब्दहरूले ईश्वरिय व्यक्तिको वर्णन गरिरहेको छ। तपाईको भाषाले तपाईलाई यो विशेषणलाई संज्ञाको रूपमा अनुवाद गर्न सकिन्छ। यदि होईन भने। तपाई यसलाई समान अभिव्यक्तिको साथ अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वर जो पवित्र हुनुहुन्छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 2:21
τὴν ἀλήθειαν…ἐκ τῆς ἀληθείας
यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाईले भाववाचक नामपद शब्द “सत्यता”लाई एउटा विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे सत्य छ … जे सत्य छ त्यसबाट कुनै पनि झूट आउँदैन” (हेर्नुहोस्ः भाववाचक नाम)
1 John 2:22
τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός?
यूहन्नाले जोड दिनको लागि प्रश्न बुदा प्रयोग गरेका छन्। यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाईले यी शब्दहरूलाई कथन वा विस्मयादिबोधकको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “येशू मसिह हुनुहुन्छ भनी इन्कार गर्ने जो कोही पनि पक्कै झूटो हो।" (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός
जोडको लागि, यूहन्नाले ग्रीकमा दोहोरो नकारात्मक क्रियाको प्रयोग गरेका छन्, विशेष गरी, नकारात्मक कणको साथ नकारात्मक क्रिया (अस्वीकार) "होइन" भनेर अनुवाद गर्न सकिन्छ। अंग्रेजीमा, " जसले येशू चाहिँ ख्रीष्ट होइन भनी इन्कार गर्ने व्यक्ति" भनिन्छ, ग्रीकमा, दोस्रो नकारात्मक क्रियाले सकारात्मक अर्थ सिर्जना गर्न पहिलो क्रियालाई रद्द गर्दैन। तर अंग्रेजीमा यसको अर्थ गलत रूपमा सकारात्मक हुन्छ, त्यसैले ULTले मात्र नकारात्क रूपमा प्रयोग गर्दछ। यसले "होइन" शब्दलाई राख्दैन र येशू ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्ने भन्ने वाक्यको प्रयोग गरेको छ। यधपि, यदि तपाईको भाषाले एकअर्कालाई रद्द नगर्ने जोडको लागि दोहोरो नकारात्मक क्रिया प्रयोग गर्दछ भने, तपाईले यहाँ अनुवाद गर्दा माथीको जस्तै अनुवाद गर्न सक्नुहुन्छ। (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν
यदि यो तपाईको पाठकहरूको लागि उपयोगी छ भने, तपाईले स्पष्ट रूपमा संकेत गर्न सक्नुहुन्छ किन यूहन्नाले यी मानिसहरूको बारेमा यसो भने। यहाँ नयाँ वाक्य सुरु गर्न उपयोगी हुन सक्छ। वैकल्पिक अनुवादः "येशू नै मसीह हुनुहुन्छ भनी इन्कार गरेर, पिता र पुत्रलाई इन्कार गर्छ र उहाँ र उहाँले पठाउनु भएको उहाँको पुत्र येशू दुवैलाई इन्कार गर्छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸν Πατέρα καὶ τὸν Υἱόν
पिता र पुत्र एक महत्वपूर्ण यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । वैकल्पिक अनुवादः "परमेश्वर पिता र येशू, उहाँको पुत्र" (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 2:23
ὁ ὁμολογῶν τὸν Υἱὸν
यदि यो तपाईको पाठकहरूको लागी उपयोगी छ भने, तपाई स्पष्ट रूपमा भन्न सक्नुहुन्छ कि यूहन्नाको अघिल्लो पदको प्रकाशमा उनले यहाँ के अर्थ कोमा भने भनेका हुन्। वैकल्पिक अनुवादः “सबै जना जसले येशू परमेश्वरका पुत्र र मसिह हुनुहुन्छ भनी सार्वजनिक रूपमा विश्वास गर्छ र स्विकार गर्छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐδὲ τὸν Πατέρα ἔχει…καὶ τὸν Πατέρα ἔχει
यूहन्नाले प्रयोग गरिरहेको स्वामित्वको भाषाले वास्तवमा परमेश्वर त्यस्तो व्यक्तिको परमेश्वर हुनुहुन्छ कि हुनुहुदैँन भन्नु भन्दा बरु त्यस्तो व्यक्ति परमेश्वरको होइन वा होइन भन्ने कुरालाई संकेत गर्दछ। वैकल्पिक अनुवादः "पिताको होइनन… पिताको पनि हुँ " (हेर्नुहोस्ः स्वामित्व)
1 John 2:24
ὃ ἠκούσατε…ὃ…ἠκούσατε
यूहन्नाले यी विश्वासीहरूले सुनेका येशूको शिक्षालाई स्पष्ट रूपमा उल्लेख गर्दैछन्। “तिमीहरूले सुरुदेखि सुनेका कुरा सम्झ र विश्वास गर ।” वैकल्पिक अनुवादः "तिमिहरूले सुनेको शिक्षा… तिमिहरूले सुनेको शिक्षा"(हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπ’ ἀρχῆς
यूहन्नाले यस पत्रमा सुरुदेखि नै वाक्यांशलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यहाँ यसले त्यो समयलाई जनाउँछ जब उनले लेखेका मानिसहरूले येशूमा विश्वास गरे। वैकल्पिक अनुवादः “जबदेखि तपाईले येशूमा विश्वास गर्नुभयो… जबदेखि तपाईले पहिलो पटक येशूमा विश्वास गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
ἐν ὑμῖν μενέτω…ἐν ὑμῖν μείνῃ
१यूहन्नाले परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। यी उदहारणहरूमा, येशूको बारेमा शिक्षाको सन्दर्भमा, शब्दले त्यो शीक्षामा निरन्तर विश्वासलाई जनाउछँ। वैकल्पिक अनुवादः “यसलाई विश्वास गर्न जारी राख्नुहोस्… तपाई विश्वास गर्न जारी राख्नुहोस्।” (हेर्नुहोस्ः रूपक)
καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε
१ यूहन्नाको परिचयको भाग ३ मा “रहनु” भन्ने कुराको अर्थ हेर्नुहोस्। तपाईंले यस्तै समान वाक्यांशलाई २:६ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “साथै पुत्र र पितासँग तपाई घनिष्ठ सङ्गतिमा हुनुनुहुनेछ।” (हेर्नुहोस्ः रूपक)
1 John 2:25
ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν
यदि तपाईको भाषामा नाम प्रतिज्ञा गर्नुहुन्छ शब्द र क्रिया प्रतिज्ञा गर्नुभयो शब्द दुबै प्रयोग गर्न अस्वाभाविक छ भने, तपाई आफ्नो भाषाको अनुवादमा शब्दको एउट मात्र रूपक प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः“उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा” वा “उहाँले हामीलाई के प्रतिज्ञा गर्नुभएको छ। ”
τὴν ζωὴν τὴν αἰώνιον
यूहन्नाको अर्थ भौतिक जीवन भन्दा बढि हो। यो अभिव्यक्तिले मृत्यु पछि परमेश्वरको उपस्थितिमा सदैँभरि बाच्ने संकेत गर्न सक्छ, सामान्य रूपमा मान्यता प्राप्त अर्थ, तर यसले नयाँ तरिकामा बाच्नको लागि यस जीवनमा परमेश्वरबाट शक्ति प्राप्त गर्ने संकेत पनि गर्न सक्छ। वैकल्पिक अनुवादः "हामीसगँ अहिले नयाँ जीवन जिउने शक्ति हुन्छ र हामी मरेपछि उहाँसगँ सधैँभरि बाच्नेछौँ।" (हेर्नुहोस्ः लक्षणा)
1 John 2:26
τῶν πλανώντων ὑμᾶς
यूहन्नाले लाक्षणिक रूपमा यी मानिसहरूलाई अरूलाई गलत दिशामा डोर्याउने मार्गनिर्देशकहरू जस्तै बोल्छन्। यो तिनीहरूको प्रयासको लागि एक रूपक हो जसलाई यूहन्नाले लेखेका मानिसहरूलाई सत्य नभएका कुराहरू विश्वास गर्न लगाउँछन्। वैकल्पिक अनुवादः “जसले तपाईलाई छधिका दिइरहेका छन्” वा “जसले तपाईहरूलाई जे सत्य होईन त्यहि कुराहरूमा विश्वास गराउनखोजिरहेका छन्।” (हेर्नुहोस्ः रूपक)
1 John 2:27
τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ
कसरी तपाईले “अभिषेक” शब्दलाई १ यूहन्ना २:२० मा अनुवाद गरनुभएको छ, हेर्नुहोस् । वैकल्पिक अनुवादः "आत्मा, जुन येशूले तपाईलाई दिनुभएको छ।" (हेर्नुहोस्ः रूपक)
περὶ πάντων
यो जोड दिनको लागि एक सामान्यीकरण हो। यदि यो तपाईको भाषामा भ्रमित छ भने। तपाईले थप विशिष्ट रूपमा अनुवाद गर्न सक्नु हुन्छ. वैकल्पिक अनुवादः “तपाईले जान्न आवश?यक कुराहरूको बारेमा” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
μένετε ἐν αὐτῷ
कसैमा रहने कुराले त्यस व्यक्तिसँग निरन्तर सङ्गतिमा रहने कुराको अर्थ दिन्छ । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । तपाईले यहाँ कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस्। वैकल्पिक अनुवादः “उहाँसँग घनिष्ट सम्बन्ध गर्न निरन्तरता देओ” (हेर्नुहोस्ः रूपक)
1 John 2:28
καὶ νῦν
यूहन्नाले यो अभिव्यक्तिलाई यहाँ पत्रको नयाँ भागलाई दर्शाउन प्रयोग गरेका छन्, जसमा उनले परमेश्वरको सन्तान र येशूको पुनरागमनको बारेमा कुरा गर्नेछन्। तपाईको अनुवादमा, तपाईले नयाँ विषयको परिचय दिनको तपाईको भाषामा स्वाभिक रूपमा कुनै शब्द, वाक्यांश वा अन्य विधि प्रयोग गर्न सक्नुहुन्छ।
τεκνία
पत्रको नयाँ खण्ड सुरु गर्दा, यूहन्नाले यस अभिव्यक्ति आफ्ना प्राप्तकर्ताहरूलाई सम्बोधन गर्न प्रयोग गरेका हुन् । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमीहरू जो मेरोहेरचाहमा छौ” (हेर्नुहोस्ः रूपक)
ἐὰν φανερωθῇ
१ यूहन्नाको परिचयको भाग ३ मा "देखिने" शब्दको छलफल हेर्नुहोस्। यहाँ शब्दको सक्रिय वा निष्क्रिय अर्थ हुन सक्छ। कुनै पनि अवस्थामा, यूहन्नाले येशूको आगमनमा मात्र उहाँ देखा पर्नु पर्छ भनेर भनि रहेका छन्। (१) यदि अर्थ सक्रिय छ भने, यूहन्नाले येशूको शारिरिक रूपमा पृथ्वीमा फर्कनु भएको कार्यको बारेमा बोल्दै छन्। वैकल्पिक अनुवादः "जब येशू फर्कनुहुन्छ।" (२) यदि अर्थ निष्क्रिय छ भने, यूहन्नाले येशूलाई संसारको साचोँ राजाको रूपमा प्रकट गर्ने परमेश्वरको कुरा गरिरहेका छन्। त्यो अर्थ बाहिर ल्याउनको लागि, तपाईले यसलाई निष्क्रिय मौखिक रूपकहरू प्रयोग गर्दैन भने, तपाईले सक्रिय रूपक प्रयोग गर्न सक्नुहुन्छ र कसले कार्य गर्नेछ भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "जब येशू आउनुहुनेछ" वा "जब परमेश्वरले येशूलाई प्रकट गर्नुहुन्छ।" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σχῶμεν παρρησίαν
यदि तपाईको पाठकहरूले अर्मूत संज्ञा साहस शब्दलाई गलत बुझ्दछन् भने, तपाई यसको पछाडिको विचारलाई विशेषणको साथ व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः " हामी साहसी हुन सक्छौँ।" (हेर्नुहोस्ः भाववाचक नाम)
μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ
यूहन्नाले उहाँ शब्द प्रयोग गरेका छन्, जसको अर्थ येशू हुन्छ जसलाई लाक्षणिक रूपमा येशूको उपस्थितिको अर्थ दिन्छ।वैकल्पिक अनुवादः “हामी उहाँको उपस्थितिमा हुन लज्जित हुेछैनौँ।” (हेर्नुहोस्ः उपलक्षण)
ἐν τῇ παρουσίᾳ αὐτοῦ
वैकल्पिक अनुवादः “जब उहाँ फेरि पृथ्वीमा आउनुहुन्छ”
1 John 2:29
πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται
यदि तपाईका पाठकहरूले यो निष्क्रिय वाक्यांशलाई गत बुझ्दछन् भने, तपाई यसलाई सक्रिय रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः“परमेश्वर, सहि काम गर्ने सबैका पिता हुनुहुन्छ।" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 3
१ यूहन्ना ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
- परमेश्वरका साचोँ सन्ताहरूले पाप गर्दैनन् (३ः१-१०, २ः२८ देखि जारी)
- साचोँ विश्वासीहरूले एकअर्कालाई बलिदानिक रूपमा मद्दत गर्छन् (३ः११-१८)
- साचोँ विश्वासीहरूले प्रार्थनामा भरोसा राख्छन् (३ः१९-२४)
यस अध्यायका विशेष अवधारणाहरू
परमेश्वरका सन्तान
मानिसहरूलाई कहिलेकाहीँ "परमेश्वरको सन्तान" भनेर वर्णन गरिएको छ किनभने परमेश्वरले तिनिहरूलाई सृष्टि गर्नुभयो। यधपि यूहन्नाले यस अध्यायमा यो अभिव्यक्तिलाई फरक अर्थमा प्रयोग गर्छन्। उहाँले येशूमा आफ्नो विश्वास र भरोसा राखेका परमेश्वरसगँ पिता-सन्तानको सम्बन्धमा प्रवेश गरेका मानिसहरूलाई वर्णन गर्न प्रयोग गरेका छन्। वास्तवमा, परमेश्वरले नै सबै मानिसहरूलाई सृष्टि गर्नुभयो, तर मानिसहरू येशूमा विश्वास गरेर मात्र वास्तविक अर्थमा परमेश्वरका सन्तान हुन सक्छन् । यस प्रयोगमा "सन्ताहहरू" ले जवानहरूलाई जनाउँदैन, तर कुनै पनि उमेर समूहका मानिसहरूको आफ्नो बुबासगँ भएको सम्बन्धलाई मात्र बुझाउँछ। (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ त्यो उहाँमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ” (3:24)
यसको अर्थ यो होइन कि हाम्रो मु्ति केहि कामहरू गर्न ससर्त छ। बरु, यूहन्नाले ३ः३२ मा वर्णन गरेको आज्ञाहरू पालन गर्ने परिणामहरू वर्णन गर्दै छन्। ती आज्ञाहरू येशूमा विश्वास गर्नु र एकअर्कालाई प्रेम गर्नु हो। यूहन्नाले येशूमा विश्वास गर्ने र अरूलाई प्रेम गर्ने व्यक्तिले परमेश्वरसगँ घनिष्ठ सम्बन्ध रहेको देखाउछँ र यस आज्ञाकारिताको कारणले गर्दा उनिमा परमेश्वरसगँको घनिष्ठ सम्बन्ध निरन्तर हुनेछ भनी भनिरहेका छन्। संसारभरका ख्रिष्ट विश्वासीहरूले मुक्ति पाएका मानिसहरूले आफ्नो मुक्ति गुमाउन सकछन् कि सक्दैनन् भन्ने बारे विभिन्न विचारहरू राख्छन्। यूहन्नाले यहाँ सम्बोधन गरिरहेका कुरा त्यो होइन, र अनुवादकहरूले यस खण्डलाई कसरी अनुवाद गर्छन् भन्ने कुरालाई उनीहरूले कसरी बुझ्छन् भन्ने कुरालाई असर गर्न नदिन होसियार हुनुपर्छ। (हेर्नुहोस्ः बचाउनु, सुरक्षित)
यस अध्यायमा महत्वपूर्ण पाठका मुद्दाहरू
३ः१ मा, सबैभन्दा सटिक पुरातन पाण्डुलिपिहरूमा "र हामी छौँ" शब्दहरू समावेश छन्। त्यो उल्था हो जुन ULTले पछ्याएको छ। यधपि, केही अन्य पुरातन पाण्डुलिपिहरूले यी शब्दहरू समावेश गर्दैनन्, र त्यसैले केही बाइबलहरूमा ती छैनन्। यदि तपाईको क्षेत्रमा पहिले नै बाइबल अनुवाद अवस्थित छ भने, त्यो संस्करणमा पाइने जुनसुकै पठाइ प्रयोग गर्ने विचार गर्नुहोस्। यदि अनुवाद पहिल्यै अवस्थित छैन भने, हामी तपाईलाई ULT पाठको पढाइ पालना गर्न सिफारिस गर्छौँ। (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 John 3:1
यस भागमा यूहन्नाले विश्वासीहरूलाई तिनीहरूको नयाँ स्वभावको विषयमा बताउँछन्, जसले पाप गर्न सक्दैन ।
ἴδετε
यूहन्नाले लाक्षणिक रूपमा हेर्नुहोस् शब्दलाई प्रयोग गरिएको छ। वैकल्पिक अनुवादः “विचार गर” (हेर्नुहोस्ः रूपक)
ἵνα τέκνα Θεοῦ κληθῶμεν
यदि तपाइका पाठकहरूले यो निष्क्रिय वाक्यांशलाई गलत बुझ्दछन् भने, तपाई यसलाई सक्रिय रूपको साथ भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “ कि परमेश्वरले हामीलाई उहाँका छोराछोरी बोलाउनुपर्छ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τοῦτο, ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν
यदि तपाईका पाठकहरूले यो वाक्यलाई गलत बुझ्दछन् भने, तपाई यी वाक्यांशहरूको क्रमलाई उल्टाउन सक्नुहुन्छ, किनकि दोस्रो वाक्यांशले पहिलो वाक्यांशले वर्णन गरेको परिणामको कारण दिन्छ। वैकल्पिक अनुवादः “किनभने संसारले परमेश्वरलाई चिनेको छैन, त्यसैले हामीलाई चिन्दैन ।” (हेर्नुहोस्ः जडान - कारण र परिणाम सम्बन्ध)
διὰ τοῦτο, ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν
यूहन्नाले यस पत्रमा विभिन्न कुराहरू बुझाउन संसार शब्दको प्रयोग गरेका छन्। यहाँ “संसार” शब्दले लाक्षणिक रूपमा परमेश्वरको आदर नगर्ने र परमेश्वरको इच्छाअनुसार जीवन नबिताउने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने अधर्मी मानिसहरूले परमेश्वरलाई चिनेका छैनन्, त्यसैले तिनीहरूले हामीलाई चिन्दैनन्। (हेर्नुहोस्ः लक्षणा)
1 John 3:2
ἀγαπητοί
तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी मानिसहरू जसलाई म प्रेम गर्छु" वा "मेरा प्रियजनहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
οὔπω ἐφανερώθη τί ἐσόμεθα
यदि तपाईको भाषामा यसलाई निष्क्रिय रूपमा प्रयोग गरेको छेन भने, तपाईले यसलाई सक्रिय रूपमा प्रयोग गर्न सक्नुहुन्छ र कसले कार्य गर्दैछ भन्ने कुरा व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “हामी के हुनेछौँ भनेर परमेश्वरले अहिलेसम्म प्रकट गर्नुभएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 3:3
πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ
"उहाँ" सर्वनामले यहाँ सबैलाई जनाउँदैन; यसले येशूलाई जनाउँछ। यस आशा भनिने अभिव्यक्तिले अघिल्लो पदमा यूहन्नाले वर्णन गरेको आशालाई बुझाउँछ, जसमा येशूलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्ने कुरालाई जनाउँछ। वैकल्पिक अनुवादः “हेरक जसले ख्रीष्ट जस्तो हुनुहुन्छ त्यस्तै देख्ने दृढताका साथ आशा गर्छ” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
1 John 3:5
ἐκεῖνος ἐφανερώθη
१ यूहन्नाको परिचयको भाग ३ मा "देखा पर्नु" शब्दको छलफल हेर्नुहोस्। यहाँ शब्दले सक्रिय अर्थ दिएको देखिन्छ। वैकल्पिक अनुवादः “येशू पृथ्वीमा आउनुभयो।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 3:6
πᾶς ὁ ἐν αὐτῷ μένων
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। यस उदाहरणमा, २:६ मा जस्तै अर्थ दिदँछ। यसलाई कसरी अनवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “सबै जसको येशूसगँ घनिष्ठ सम्बन्ध छ” (हेर्नुहोस्ः रूपक)
οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν
"देखेका" र "चिनेका" शब्दहरूले समान अर्थ दिदँछ। यूहन्नले सम्भवतः जोड दिनको लागि दोहोर्याउने तरिकाको प्रयोग गरेका छण्। यदि तपाईमा पाठकहरूले यो जडानलाई गलत बुझ्दछन्, भने, तपाई यी सर्तहरूलाई एकल अभिव्यक्तिमा जोड्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “साँचो रूपमा येशूसगँ घनिष्ठ सम्बन्ध छैन” (हेर्नुहोस्ः प्रतिरूपी)
1 John 3:7
τεκνία
तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी प्रिय विश्वासीहरू जो मेरो हेरचाहमा छौ” (हेर्नुहोस्ः रूपक)
μηδεὶς πλανάτω ὑμᾶς
तपाईंले यसलाई २:२६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् वैकल्पिक अनुवादः “कसैलाई पनि तिमीहरूलाई धोखा नदेओस्” वा “कसैलाई पनि तिमीहरूलाई असत्य कुरामा विश्वास गर्न छल नगरोस्” (हेर्नुहोस्ः रूपक)
ὁ ποιῶν τὴν δικαιοσύνην
तपाईंले यसलाई २:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “जसले जे ठीक छ त्यही गर्छ" (हेर्नुहोस्ः भाववाचक नाम)
1 John 3:8
ἐκ τοῦ διαβόλου ἐστίν
यहाँ निपात रूपकले प्रभावलाई जनाउँछ।याहँ प्रयोग गरिएको वाक्यांश "संसाारबाट" २ः१६ सगँ मिल्दोजुल्दो छ। वैकल्पिक अनुवादः “शैतानको प्रभावमा काम गरिरहेको छ।”
ἀπ’ ἀρχῆς
यूहन्नाले यस पत्रमा सुरुदेखि भनिने वाक्याँशलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यहाँ यसले परमेश्वरले संसार सृष्टि गरेको समयलाई जनाउँछ। यस अवस्थामा, "बाट" शब्दले शैतानले त्यस समयमा पाप गर्न थाल्यो भनेर संकेत गर्दैन, तर त्यो समयसम्म उसले पाप गर्न थालिसकेको थियो भन्ने कुरा देखाउँछ। वैकल्पिक अनुवादः “संसार सृष्टिहुनु अघि नै" (हेर्नुहोस्ः लक्षणा)
ἐφανερώθη
१ यूहन्नाको परिचयको भाग ३ मा "देखिनु" शब्दको छलफल हेर्नुहोस्। यहाँ शब्दको अर्थ सक्रिय भएको जस्तो देखिन्छ र ३ः५ मा जस्तै येशू पृथ्वीमा आउनु भएको अर्थ दिन्छ जस्तो देखिन्छ। यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसको अर्थ उहाँ देखा पर्न मात्रै आउनुभएको हो भन्ने होइन। वैकल्पिक अनुवादः “पृथ्वीमा आउनुभयो।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς τοῦ Θεοῦ
परमेश्वरको पुत्र उपाधी येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो। वैकल्पिक अनुवादः "येशू, परमेश्वरको पुत्र" वा "परमेश्वरको पुत्र येशू" (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 3:9
πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ…ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται
तपाईंले यसलाई २:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस्।वैकल्पिक अनुवादः “सबै जसका पिता परमेश्वर हुनुहुन्छ… किनभने परमेश्वरउहाँको पिता हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει
यूहन्नाले यहाँ बिउ शब्दलाई लाक्षणिक रूपमा प्रयोग गरिरहेका छण्। यसको अर्थ यी हुन सक्छन्ः (१) बुबाको विशेषताहरू जुन बालकले उहाँबाट प्राप्त गर्दछ र बढ्दै जादाँ थप प्रदर्शन गर्दछ। वैकल्पिक अनुवादः "परमेश्वर उहाँको बुबा हुनुहुन्छ भनी देखाउने विशेषताहरू निरन्तर रूपमा थप प्रस्ट हुदैँ जान्छन्।" (२) जीवन दिने कुरा जस्तै बीउ जसबाट बिरुवाहरू उम्रिन्छन्। वैकल्पिक अनुवादः "परमेश्वरले त्यो व्यक्तिमा राख्नुभएको नयाँ जीवन बढ्दै गइरहेको छ।" (हेर्नुहोस्ः रूपक)
1 John 3:10
ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου
यसको अर्थ यूहन्नाले यस पत्रमा धेरै पटक प्रयोग गरेको वाक्यांश "यस कुरामा हामी जान्दछौँ" मूर्खतापूर्ण अभिव्यक्तिसगँ मिल्दोजुल्दो छ। शब्द "यो" ले अर्को वाक्यमा यूहन्नाले भनेको कुरालाई जनाउँछ। वैकल्पिक अनुवादः "यसैले हामी परेश्वरका सन्तान र शैतानका सन्तानहरू बीचको भिन्नता बताउन सक्छौँ। (हेर्नुहोस्ः टुक्काहरू)
πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ
यदि तपाईका पाठकहरूले यो दोहोरो नकारात्मकलाई गलत बुझ्नुहुन्छ भने, तपाई यसलाई सकारात्मक कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “जो कोही जसले जे गलत छ सो गर्छ भने त्यो परमेश्वरबाटको होइन” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
τὸν ἀδελφὸν αὐτοῦ
तपाईले यसलाई २ः९ मा कसरी अनुवाद गर्यनुभएको छ, सो हेर्नुहोस्। वैकल्पिक अनुवादः "सङ्गी विश्वासीहरू" (हेर्नुहोस्ः रूपक)
1 John 3:11
1 John 3:12
οὐ καθὼς Κάϊν
यूहन्नाले केही शब्दहरू छोड्दैछन् जुन वाक्यालाई पूरा हुनको लागि धेरै भााहरूमा आवश्यक पर्दछ। यी शब्दहरू अधिल्लो पदबाट प्रदान गर्न सकिन्छ। वैकल्पिक अनुवादः “हामीले कयिनले गरेको जस्तो गर्नुहुँदैन” (हेर्नुहोस्ः शब्दलोप)
Κάϊν…ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ
कयिन पहिलो मानिसको र स्त्रि, आदम र हव्वाको छोरा थिए भनी उहाँमा पाठकहरूले थाहाँ पाउनेछन् भनी यूहन्नाले अनुमान गरे। उत्पत्तिको पुस्तकले वर्णन गरेझैँ, कयिनले आफ्नो कान्छो भाइ हाबिललाई ईर्ष्या गरे र उनको हत्या गरे। यदि तपाईका पाठकहरूलाई यो थाहाँ नहुन सक्छ, तपाई यसलाई तलको टिपोटमा वा पाठमा उहाँका आमाबुवा र भाइको नाम राखेर स्पष्ट रूपमा भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "कयिन पहिलो मानिसको र स्त्रि, आदम र हव्वाको छोराले आफ्नो कान्छो भाइ हाबिलको हत्या गरे। " (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ χάριν τίνος ἔσφαξεν αὐτόν? ὅτι
यूहन्नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्छन् । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनलाई मारे किनभने” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ, δίκαια
यूहन्नाले एउटा शब्द "थिए" लाई छोड्दैछन्, जुन वाक्यलाई पूर्ण हुनको लागि धेरै भाषाहरूमा आवश्यक पर्दछ। यो शब्द "थियो" को स्पष्टताको लागी आपूर्ति गर्न सकिन्छ। वैकल्पिक अनुवादः “तर उनका भाइका कामहरू धर्मी थिए” (हेर्नुहोस्ः शब्दलोप)
1 John 3:13
ἀδελφοί
तपाईले यसलाई २ः९मा कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “मेरा मित्रहरू।” (हेर्नुहोस्ः रूपक)
εἰ μισεῖ ὑμᾶς ὁ κόσμος
यूहन्नाले यस पत्रमा विभिन्न कुराहरू बुझाउन संसार शब्दको प्रयोग गरेका छण्। यहाँ यस शब्दले ३ः१ मा जस्तै लाक्षणिक रूपममा परमेश्वरलाई आदर नगर्ने परमेश्वरको इच्छाअनुवास जीवन नजीउने मानिसलाई जनाउँछ । तपाईले यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभयो सो हेर्नुोस्। वैकल्पिक अनुवादः “यदि परमेश्वरलाई आदर नगर्नेहरूले तिमीहरू तिमिहरूलाई घृणा गर्छन् भने” (हेर्नुहोस्ः लक्षणा)
1 John 3:14
μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
यूहन्नाले लाक्षणिक रूपमा जीवित र मृतको हुनुकोअवस्थाको बारेमा यसरी भनिएको छ मानौं त्यो भनेको तिनीहरू कुनै भौतिक स्थलहरू हुन् जहाँबाट कोही व्यक्ति हिँड्न वा त्यहाँ जान सक्छ । वैकल्पिक अनुवादः “हामी अब मरेका छैनौँ, तर जीवित भएका छौँ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
यूहन्ना रउनका पाठखहरू शाब्दिक रूपमा मरेका थिएनन्,उनीले आत्मिक मृत्यु र आत्मिक जीवनलाई संकेत गर्दै छण्। वैकल्पिक अनुवादः "हामी अब आत्मिक रूपमा मरेका छैनौँ तर आत्मिक रूपमा जीवित भएका छौँ।" (हेर्नुहोस्ः लक्षणा)
μένει ἐν τῷ θανάτῳ
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। यस अवस्थामा, यसको अर्थ पउटै ठाउँमा बस्नुलाई जनाउँछ। यूहन्नाले फेरि एक पटक मृत्युको अवस्थालाई लाक्षणिक रूपमा भनिरहेका छण् कि मानौँ यो एक स्थान हो। वैकल्पिक अनुवादः “अझ पनि आत्मिक रूपमा मृत छ” (हेर्नुहोस्ः रूपक)
1 John 3:15
πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν
यूहन्नाले लाक्षणिक रूपमा हत्यारा शब्दको प्रयोग गरिरहेका छण्, र उनीले मत्ती ५ः२१-२२ मा लिपिबद्ध येशूको शिक्षालाई प्रतिध?वनि गर्दै छन्। यूहन्नाको अर्थ यो हो किमानिसहरूले हत्या गर्छन किनकि मानिसहरूले अरू मानिसहरूलाई घृणा गर्छन्, घृणा गर्ने जो कोही पनि भित्रबाट आर्को मानिसलाई मार्ने व्यक्ति जत्तिकै दोषी हुन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीलाई घृणा गर्न मानिस एक व्यक्तिलाई हत्या गर्ने जत्तिकै दोषी हुन्छ” (हेर्नुहोस्ः रूपक)
οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शभ्दको छलफल गेर्नुहोस्। यस उदाहरणमा, यूहन्नाले शब्दलाई शाब्दिक रूपमा प्रयोग गरिरहेको देखिन्छ, "बास गर्ने" को अर्थमा, अनन्त जीवनलाई लाक्षणिक रूपमा चित्रण गर्नको लागि यो एक जीवित कुरा हो जुन एक व्यक्ति भि्तर सक्रिय रूमा बस्न सक्छ।वैकल्पिक अनुवादः “अनन्त जीवनको पाएको छैन्” (हेर्नुहोस्ः मानवीकरण)
1 John 3:16
ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν
यस अभिव्यक्ति हो। वैकलपिक अनुवादः“हाम्रो निम्ति उहाँको जीवन स्वेच्छाले दिनुभयो” वा “हाम्रा निम्ति स्वेच्छाले मर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
1 John 3:17
τὸν βίον τοῦ κόσμου
यस पत्रमा यूहन्नाले संसारलाई विभिन्न कुराहरूको अर्थमा प्रयोग गरेका छण्। यहाँ यसले सृष्टि गरिएको संसारलाई बुझाउँछ, र यस सन्दर्भमा, पैसा, खानेकुरा, वा कपडाजस्ता भौतिक कुराहरू पर्दछन्। वैकल्पिक अनुवादः "भौतिक सम्पति" (हेर्नुहोस्ः लक्षणा)
χρείαν ἔχοντα
वैकल्पिक अनुवादः “जसलाई सहायताको आवश्यक परेको छ”
κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ
यो एक अभिव्यक्ति हो जसमा भित्रि वा भित्र अंगहरूले लाक्षणिक रूपमा भावनाहरूलई प्रतिनिधितव गर्दछ जसले व्यक्तिलाई उदारतापूर्वक कार्य गर्न नेतृत्व हर्दछ। तपाईको भाषामा तपाईले प्रयोग गर्न सक्नुहुनेछ समान लाक्षणिक अभिव्यक्तिको रूपमा प्रयोग गर्न हुनसक्छ। तपाईले आफ्नो अनुवादमा सादा अर्थ पनि व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “उसको हृदय ऊँ प्रति बन्द गर्छ” वा “स्वेच्छाले उसलाई सहायता इन्कार गर्छ” वा "उनलाई मदत गर्न अस्विकार गर्दछ।" (हेर्नुहोस्ः टुक्काहरू)
πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ?
यूहन्नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्छन् । यदि तपाईको पाठकहरूले यो प्रश्नलाई गलत बुझेका छन् भने, तपाईले यी शभ्दहरूलाई कथन वा विस्मयादिबोधकको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वरको प्रेम त्यस्तो मानिसहरूमा रहदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 John 3:18
τεκνία
तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी प्रिय विश्वासीहरू जो मेरो हेरचाहमा हुनुहुन्छ।” (हेर्नुहोस्ः रूपक)
μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ τῇ γλώσσῃ
“वचनमा” र “मुखमा” भन्ने वाक्यांशहरू दुवैले कोही व्यक्तिले भनेको कुरालाई जनाउँछ । वाक्यको दोस्रो भागमा “प्रेम” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई प्रेम गर्छु मात्र नभन, तर मानिसहरूलाई सहायता गरेर तिमीहरूले उनीहरूलाई साँच्चै प्रेम गर्छौ भन्ने देखाओ” (हेर्नुहोस्ः प्रतिरूपी अनि लक्षणा अनि शब्दलोप)
1 John 3:19
ἐκ τῆς ἀληθείας ἐσμέν
यसको अर्थ दुई मध्ये एउटा कुरा हुन सक्छ। (१) यूहन्नाले लाक्षणिक रूपमा परमेश्वरलाई, परमेश्वर सत्य हुनुहुन्छ भनी सङ्गत गरेको हुनसक्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले सधैँ सत्य बोल्नुहुन्छ र उहाँले जे भन्नुहुन्छ त्यही गर्नुहुन्छ। वैखल्पिक अनुवादः "हामी परमेश्वरबाट हौँ, जो सत्य हुनुहुन्छ।" (२) २ः२१ मा जस्तै, सत्य शब्दले विश्वासीहरूले येशूबाट प्राप्त गरेको साचोँ शिकषालाई जनाउन सक्छ। वैकल्पिक अनुवादः "हामी साचोँ सन्देश अनुसार हाम्रो जीवन चलाउँदैछौँ।" (हेर्नुहोस्ः लक्षणा)
πείσομεν τὰς καρδίας ἡμῶν
यूहन्नाले लाक्षणिक रूपमा हृदयको बरेमा विचार र भावनाको अर्थ बोलिरहेका छन्। तपाईको भाषामा यस्तै अभिव्यक्ति हुन सक्छ। वैकल्पिक अनुवादः “हामी आफैलाई यस बारे आश्वासस्त गर्न सक्छौँ।” (हेर्नुहोस्ः रूपक)
1 John 3:20
ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία
यूहन्नाले हृदयको लाक्षणिक रूपमा विचारहरू र भावनाहरूलाई बुझाउद जारी राख्छन्। तपाईको भाषामा यस्तै अभिव्यक्ति हुन सक्छ। वैकल्पिक अनुवादः “यदि हाम्रो भावनाहरुले हामीलाई दोषी महसुस गराउँछ" वा "यदि हाम्रा विचारहरूले हामीलाई दोष लगाउँछन्" (हेर्नुहोस्ः रूपक)
μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα
यसको अर्थ यो हो कि, परमेश्वरको ठूलो ज्ञानमा, हामीले हाम्रो विचार र भावनाले के भन्दै छ भन्ने कुरा भन्दा उहाँले के भन्नुभएको छ भनेर विश्वास गर्नुपर्छ। यदि यो तपाईको पाठकहरूलाई सहयोगी हुनेछ भने, तपाई स्पष्ट सूपमा भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “हामी उहाँका हौँ भनेर परमेश्वरलाई हामी भन्दा बढि राम्रोसगँ थाहाँ छ, र त्यसैले हामीले विश्वास गर्नुपर्छ किनभने उहाँले त्सो भन्नुभएको छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 3:21
ἀγαπητοί
तपाईंले यसलाई २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।वैकल्पिक अनुवादः “तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु।” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
1 John 3:22
τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ
"पहिलो" शब्दको अर्थ "अगाडि" वा "अर्को व्यक्तिको उपस्थितिमा" हो। यस अवस्थामा, उहाँको अगाडी "परमेश्वरको नजरमा" संकेत गर्दछ। हेर्दै, यसको भागको लागि, धयान र निर्णय प्रतिनिधित्व गर्दछ। त्यसोभए यसको मतलब ती कुराहरू हुन् जसलाई परमेश्वरले मन पराउनुहुन्छ। वैकल्पिक अनुवादः “उहाँलाई प्रसन्न बनाउने कुराहरू” वा "परमेश्वरले केलाई असल ठान्नुहुन्छ। " (हेर्नुहोस्ः रूपक)
1 John 3:23
αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ
सर्वनाम "उहाँको" यस पदमा परमेश्वरलाई जनाउँछ। वैकल्पिक अनुवादः “परमेश्वरले आज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
τοῦ Υἱοῦ
"येशू," परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 3:24
ἐν αὐτῷ μένει
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शभ्दको छलफल गेर्नुहोस्। यस उदाहरणमा, यो २ः६ मा जस्तै समान कुरा हो जस्तो देखिन्छ। तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग सङ्गति गर्न निरन्तरता दिन्छ।" (हेर्नुहोस्ः रूपक)
1 John 4
१ यूहन्ना ०४ सामान्य टिपोटहरू
संरचना र ढाचाँ
- येशू मानव हुनुभयो भनी इन्कार गर्नु झूटो शिक्षा हो (४ः१-६)
- साचोँ विश्वासीहरूले एकअर्कालाई परमेश्वरले प्रेम गरे जस्तै प्रेम गर्छन् (४ः७-२१)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मा
यूहन्नाले यो “आत्मा” शब्दलाई यस अध्यायमा विभिन्न किसिमले प्रयोग गरेका छन् । कहिलेकाहीँ “आत्मा” शब्दले आत्मिक प्राणीहरूलाई जनाउँछ । कहिलेकाहीँ यसले केही कुराको स्वभावलाई जनाउँछ । उदाहरणको लागि, “ख्रीष्टविरोधीको आत्मा”, “सत्यताको आत्मा”, र “भूलको आत्मा” जस्ता कुराहरूले ख्रीष्टविरोधी, सत्यता, र भूलको गुणबोधक कुराहरूलाई जनाउँछन् । “आत्मा” (जसलाई अङ्ग्रेजीमा ठूलो “एस”सँग लेखिन्छ) र “परमेश्वरको आत्मा”ले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः ख्रीष्ट-विरोधी)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
परमेश्वरलाई प्रेम गर्ने
यदि मानिसहरूले परमेश्वरलाई प्रेम गर्छन् भने, तिनीहरूले जीवन जिउने तरिकामा र तिनीहरूले अरू मानिसहरूलाई व्यवहार गर्ने तरिकामा त्यो कुरा देखाउनुपर्छ । यसो गर्नाले परमेश्वरले हामीलाई बचाउनुभएको छ र हामी उहाँका हौँ भनेर हामीलाई भरोसा दिलाउन सक्छ, तर अरूहरूलाई प्रेम गर्नाले हामीले मुक्ति पाउने भने होइन । यो तपाईको अनुवादमा स्पष्ट छ भनेर निष्चित गर्नुहोस्। यूहन्ना ४ः७ मा भनिएको छ कि "प्रेम गर्ने हरेक परमेश्वरबाट जन्मिएको हुन्छ र परमेश्वरलाई चिन्छ।" टिपोटहरूमा व्याख्या गरे झैँ, यसको अर्थ यो हो कि परमेश्वर प्रेम गर्ने हरेकको आत्मीकि पिता हुनुहुन्छ, र प्रेम गर्ने सबै परमेश्वरसगँको घनिष्ठ सम्बन्धमा हुन्छन्। तर परमेश्वरबाट भएको यो प्रेम येशूले क्रुसमा तिनीहरूका लागि जे गर्नुभयो त्यसको कारणले मात्र तिनीहरू परमेश्वरका हुन् भनी संकेत हो, जसरी यञहन्नाले ४ः१० मा भनेका छन्। तिनीहरूले आफूले अरूलाई प्रेम गरेकोले होइन, येशूले गर्नुभएको कानद्वारा मुक्ति पाएका हुन्। (हेर्नुहोस्ः बचाउनु, सुरक्षित)
यस अध्यायमा भएका महत्वपूर्ण पाठका मुद्दाहरू
४ः३ मा, सबैभन्दा सटिक पुरातन पाणडुलिपिहरूले "येशूलाई स्विकार गर" भनेको छ। त्यो पढाइ हो जुन ULTले पछ्याउँछ। केही अन्य पुरातन पाणडुलिपिहरूले "येशू ख्रिष्ट शरीरमा आउनुभएको हो भनी स्विकार गर" भनेको छ। (यी पाणडुलिपिहरू मध्ये केहीले "येशू ख्रिष्ट" को सट्टा "येशू" वा "प्रभु येशू" भन्छन्)। यदि तपाईको क्षेत्रमा पहिले नै बाईबल अनुवाद अवस्थित छ भने, त्यो संस्करण,ा पाइने जुनसुकै पढाइ प्रयोग गर्ने विचार गर्नुहोस्। यदि अनुवाद पहिल्यै अवस्थित छैन भने, हामी तपाईलाई ULTपाठमा पढाइ पालना गर्न सिफारीस गर्छौँ (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 John 4:1
ἀγαπητοί
तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु ।” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα
यूहन्नाले अगमवक्तालाई बोल्न प्रेरित गर्ने "आत्मा" सगँ संगत गरेर अगमवक्ताको लाक्षणिक रूपमा बोलिरहेका छन्। वैकल्पिक अनुवादः “हरेक अगमवक्तालाई विश्वास नगर; बरू, अगमवक्ताहरूले के भनेका छन् भनी राम्ररी विचार गर्नुहोस्।” (हेर्नुहोस्ः लक्षणा)
1 John 4:2
Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα
२ः१६ मा जस्तै, यूहन्नाले यहाँ शरीर शब्दलाई लाक्षणिक रूपमा भौतिक मानव शरीर, जुन मासुबाट बनेको भन्ने वाक्यांश प्रयोग गर्न सकिन्छ। झूटा शिक्षकहरूले किन येशूको मानव शरीर छ भनी अस्वीकार गरे भन्ने व्याख्याको लागि १ यूहन्नाको परिचयको भाग २ मा हेर्नुहोस्। वैकल्पिक अनुवादः “येशू ख्रिष्टको वास्तविक मानव शरीर थियो।” (हेर्नुहोस्ः लक्षणा)
1 John 4:3
τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου
"त्यो" शब्दको अर्थ सम्भवतः "आत्मा" लाई भन्न खोजिएको हो, जुन अघिल्लो वाक्यमा आत्मा शब्दलाई बुझाउँछ। वैकल्पिक अनुवादः “यो ख्रिष्ट विरोधीको आत्मा हो।” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
1 John 4:4
τεκνία
यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी प्रिय विश्वासीहरू जो मेरो हेरचाहमा छौँ” (हेर्नुहोस्ः रूपक)
νενικήκατε αὐτούς
२ः१३ र २ः१४ मा जस्तै, यूहन्नाले लाक्षणिक रूपमा "परास्त" शब्दको प्रयोग गरेका छन्। विश्वासीहरूले झूटा अगमवक्ताहरूलाई विश्वास गर्न अस्वीकार गरेको कुरालाई विश्वासीहरूले यी अगमवक्ताहरूलाई संघर्षमा परासत गरेजस्तै उनले भनिरहेका छन्। वैकल्पिक अनुवादः “तपाइले यी झूटा शिक्षकहरूलाई विश्वास गर्न इन्कार गरेका छन्।” (हेर्नुहोस्ः रूपक)
ἐστὶν ὁ ἐν ὑμῖν
जस्तै ३ः२४ मा, यूहन्नाले लाक्षणिक रूपमा बोलिरहेका छन् मानौ परमेश्वर विश्वासीहरू भित्र हुनुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वर जससगँ तिमीहरूको घनिष्ठ सम्बन्ध छ।" (हेर्नुहोस्ः रूपक)
ὁ ἐν τῷ κόσμῳ
यहाँ र पद ५ मा "संसार भित्र" भनिने वाक्यांशले पद १ र पद ३ मा भन्दा फरक अर्थ देखिन्छ। त्यहाँ, यसले स्थानलाई जनाउँछ, त्यसैले जब यूहन्नाले पद ३ मा ख्रिष्ट विरोधीको आत्मा "संसारमा छ" भनी भन्छन्, यसको अर्थ "यस पृथ्वीमा" वा "मानिसहरूको बिचमा छ।" भन्ने कुरालाई जनाउँछ। तर यहाँ, यूह्नाले संसार शब्दको अर्थ परमेश्वरको विरोध गर्ने मूल्य प्रणालीलाई प्रयोग गरिरहेको देखिन्छ। यस अवस्थामा, संसारमा भएको वाक्यांशले शैतानलाई त्यस प्रणालीलाई प्रेरित गर्ने तरिकासगँ सम्बद्ध भएर जनाउँछ। वैकल्पिक अनुवादः “शैतान" (हेर्नुहोस्ः लक्षणा)
1 John 4:5
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν; διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν
यूहन्नाले यस पत्रमा विभिन्न कुराहरू बुझाउन संसार शब्दको प्रयोग गरेका छन्। यहाँ यी पहिलो दुई उदाहरणहरूमा, यसले लाक्षणिक रूपमा परमेश्वरलाई नचिनेका मानिसहरूले साँझा गरेको मूल्यमान्यता प्रणालीला जनाउँछ। वैकलपिक अनुवादः “यी झूटा शिक्षकहरू परमेश्वरको आदर नगर्ने मानिसहरूको अधर्मी मूल्य प्रणालीबाट प्रभावित छन्। नतिजाको रूपमा, तिनीहरूले त्यो प्रणालीको दृष्टिकोण व्यक्त गर्छन्।" (हेर्नुहोस्ः लक्षणा)
ὁ κόσμος αὐτῶν ἀκούει
यस उदाहरणमा, “संसार” शब्दले लाक्षणिक रूपमा संसारको मूल्य प्रणालीसगँ साझेदारी गर्ने मानिसहरूलाई जनाउँछ।यसको अर्थात, तिनीहरूले परमेश्वरको आदर वा आज्ञापालन गर्दैनन्। वैकल्पिक अनुवादः “अईश्वरीय मानिसहरूले तिनीहरूका कुरा सुन्छन्” (हेर्नुहोस्ः लक्षणा)
1 John 4:7
यूहन्नाले नयाँ स्वभावको बारेमा सिकाइरहन्छन् । उनले आफ्ना पाठकहरूलाई परमेश्वरको प्रेम र एकले अर्कालाई प्रेम गर्नुपर्ने विषयमा सिकाउँछन् ।
ἀγαπητοί
तपाईंले “प्रियहरू”लाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु।” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται
यदि तपाईका पाठकहरूले यो निष्क्रिय वाक्यांशलाई गलत बुझ्दछन् भने, तपाईले यसलाई सक्रिय रूपकको साथ व्यक्त गर्न सक्नुहुन्छ। वैक्पिक अनुवादः “प्रेम गर्नेहरू सबैका पिता परमेश्वर हुनुहुन्छ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστιν
अभिव्यक्ति "परमेश्वरबाट" को अर्थ ४ः१-३ मा भएको जस्तै हो।वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई एक-अर्कालाई प्रेम गर्ने तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)
πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται
तपाईंले यो रूपकलाई २:२९ र ३:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः परमेश्वर प्रेम गर्ने सबैको आत्मिकि बुवा हुनुहुन्छ। (हेर्नुहोस्ः रूपक)
1 John 4:8
ὁ Θεὸς ἀγάπη ἐστίν
यो एक रूपक हो जसले आफ्नो चरित्रमा परमेश्वर कस्तो हुनुहुन्छ भनेर वरणन गर्दछ। वैकल्पिक अनुवादः “परमेश्वर पूर्ण रूपमा प्रेमिलो हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
1 John 4:9
ἐν τούτῳ
"यसमा" को अर्थ यूहन्नाले यस पत्रमा धेरै प्रयोग गरेको "यसमा हामीलाई थाहाँ छ" भन्ने अभिव्यक्तिसगँ मिल्दोजुल्दो छ। वैकल्पिक अनुवादः “यसको कारण" (हेर्नुहोस्ः टुक्काहरू)
ἡ ἀγάπη τοῦ Θεοῦ
यहाँ परमेश्वरको प्रेम वाक्यले परमेश्वरले प्रेम गर्ने मान्छेलाई जनाउँछ। वैकल्पिक अनुवादः “हाम्रोलागि परमेश्वरको प्रेम” (हेर्नुहोस्ः स्वामित्व)
ἵνα ζήσωμεν δι’ αὐτοῦ
येशू आउनुभन्दा अघि नै मानिसहरू वास्तविक रूपमा जीवित भएको हुनाले, यूहन्नाले यसलाई लाक्षणिक अर्थमा व्यक्त गरेका छन्। उनीले सम्भवतः ३ः१५ मा "अनन्त जीवन" भन्ने कुरालाई संकेत गरिरहेको छ। जसले दुवै मृत्यु पछि परमेश्वरको उपस्थितिमा सधैँभरि बाँच्नु र नयाँ तरिकामा बाँच्नको लागि यस जीवनमा परमेश्वरबाट शक्ति प्राप्त गर्नु भन्ने कुरा समावेश गर्दछ। वैकल्पिक अनुवादः “यसकारण उहाँद्वारा हामीलेयस जषिवनमा नयाँ मानिसहरूको रूपमा जीउन शक्ति प्राप्त गर्न सकौँ। (हेर्नुहोस्ः रूपक)
1 John 4:10
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη
"यसमा" को अर्थ यूहन्नाले यस पत्रमा धेरै प्रयोग गरेको "यसमा हामीलाई थाहाँ छ" भन्ने अभिव्यक्तिसगँ मिल्दोजुल्दो छ।वैकल्पिक अनुवादः “यसरी हामीले साँचो प्रेम के हो भनेर अनुभव गरेका छौँ।” (हेर्नुहोस्ःटुक्काहरू)
ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ, ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν
यदि तपाईका पाठकहरूले अमूर्त नाम "प्रायश्चित” भन्ने कुरालाई गलत बुझ्दछन भने, तपाई यसको पछाडिको अर्थलाई समान अभिव्यक्तिको साथ व्यक्त गर्न सक्नुहुन्छ। यसलाई २ः२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “उहाँले आफ्नो पुत्रलाई बलिदान हुनलाई पठाउनुभयो जसले हाम्रा पापहरूको विरुद्धमा भएको उहाँको क्रोधलाई शान्त बनायो” (हेर्नुहोस्ः भाववाचक नाम)
1 John 4:11
ἀγαπητοί
तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः "तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु।” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς
यूहन्नाले यो एक काल्पनिक सम्भावनाको रूपमा बोल्दै छन्, तर उनीको अर्थ यो वास्तवमा सत्य हो भनेर भनिरहेका छन्। यदि तपाईको भाषामा कुनै कुरालाई निश्चित वा साचोँ छ भने ससर्तको रूपमा बताउँदैन, र यदि तपाईका पाठकहरूले गलत बुझेका हुन सक्छन् र यूहन्नाले भनेको कुरा निश्चित छैन भनी सोच्नु हुन्छ भने, तपाईले उनको शब्दहरूलाई सलारात्मक कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “किनकि परमेश्वरले हामीलाई यस्तो किसिमले प्रेम गर्नुभयो।” (हेर्नुहोस्ः INVALID translate/grammar-connect-condition-fact)
1 John 4:12
ὁ Θεὸς ἐν ἡμῖν μένει
१ यूहन्नाको परिचयको भाग ३ मा तपाईंले “रहन्छ” भन्ने कुरालाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । यस उदाहरणमा, यो २ः६ मा जस्कतै समान कुरा हो जस्तो देखिन्छ। तपाईले यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “परमेश्वरले हामीसँग घनिष्ट सम्बन्धमा रहिरहनु हुन्छ।” (हेर्नुहोस्ः रूपक)
ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστιν
तपाईले २ः५ मा समान भअिव्यक्तिलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस्। यस अवस्थामा, यो स्पष्ट छ कि यूहन्नाले परमेश्वरको लागि हाम्रो प्रेमको सट्टा परमेश्वरको प्रेमलाई संकेत गर्दैछन्। वैकल्पिक अनुवादः “परमेश्वरको प्रेम हामीमा आप्नो उदेश्य पूर्ण गरेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 4:13
ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν
१ यूहन्नाको परिचयको भाग ३ मा तपाईले "रहन्छ" भन्ने कुरालाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस्। यस उदाहरणमा, यो २ः६ मा जस्तै समान कुरा हो जस्तो देखिन्छ। तपाईंले यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “हामी परमेश्वरसँग घनिष्ठ सम्बन्धकायम राख्छौँ, र परमेश्वरले हामीसगँ घनिष्ठ सम्बन्ध कायम गरिरहनुभएको छ।” (हेर्नुहोस्ः रूपक)
ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν
"र उहाँ हामीमा" भनाइमा यूहन्नाले वाक्यलाई पूरा गर्न धेरै भाषाहरूमा आवश?यक पर्ने केहि शब्दहरू छोड्दै छन्। यी शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)
ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν
यो पद ३ः२४ को दोस्रो भागसगँ धेरै मिल्दोजुल्दो छ। तपाईले त्यो पदलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। "यसमा" ले तपाईको भाषामा अप्ठयारो वाक्य जनाउन सक्छ। यदि त्यसो हो भने, यसलाई अन्य तरिकामा शब्द प्रयोग गर्ने प्रयास गर्नुहोस्। वैकल्पिक अनुवादः “यसरी हामी जान्दछौँ कि हामी उहाँमा रहन्छौँ, र उहाँ हामीमाः उहाँले हामीलाई उहाँको आत्मा दिनुभएको छ" वा “हामीलाई थाहाँ छ कि हामी उहाँमा रहन्छौँ, र उहाँ सामीमा, किनभने उहाँले हामीलाई उहाँको आत्सैमा दिनुभएको छ।”
ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν
यहाँ "को" शब्दको अर्थ "केहि" हो।यधपी, परमेश्वरको आत्मालाई विभाजित गर्न सकिने कुरा होइन। बरु, यूहन्नाले भनिरहेका छन् कि परमेश्वरले उहाँको आत्मा हामीलाई दिनुहुन्छ। परमेश्वरको आत्मा धेरै ठाउँहरूमा हुन सक्छ, र उहाँ प्रत्येक ठाउँमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ।यूहन्नाले भनिरहेका छन् कि उहाँको आत्माद्वारा, परमेश्वर सम्पूर्ण समुदायमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ, र प्रत्येक विश्वासीले आफ्नो जीवनमा आत्माको उपस्थितिद्वारा परमेश्वरको पूर्ण उपस्थितिको केहि अनुभव गर्दछ। पक्का हुनुहोस् कि यो तपाईको अनुवादमा पनि स्पष्ट छ कि परमेश्वरले हामीलाई उहाँको आत्माको केही भाग दिनुभएपछि उहाँसँग आफ्नो आत्माको मात्रा कम भएको छ भन्ने चाहिँ हुँदैन।
1 John 4:14
ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι
यस पदमा, यूहन्नाले येशूको पृथ्वीको जीवनको बारेमा, आफ्नो तर्फबाट र अन्य प्रत्यक्षदर्शिको तर्फबाट बोलिरहेका छन्, त्यसैले सर्वनाम "हामी" मात्र भन्ने कुरा जनाउँछ। वैकल्पिक अनुवादः "हामी प्रेरितहरूले देखेका छौँ र यस तथ्यको गवाही दिन्छौँ।" (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ὁ Πατὴρ…τὸν Υἱὸν
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । वैकल्पिक अनुवादः "परमेश्वर पिता… उहाँको पुत्र येशू" (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 4:15
ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ
यस अभिव्यक्तिको अर्थ २ः२३ मा "पुत्रलाई स्विकार गर्ने" अभिव्यक्तिसगँ मिल्दोजुल्दो छ। तपाईले यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी सार्वजनिक रूपमा विश्वास गर्ने र स्वीकार गर्ने सबै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ Υἱὸς τοῦ Θεοῦ
परमेश्वरको पुत्र येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। यस उदाहरणमा, यो २ः६ मा जस्तै समान कुरा हो जस्तो देखिन्छ। तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले उनीसगँ घनिष्ठ सम्बन्ध कायम गरिरहनु भएको छ र उनले परमेश्वरसँग घनिष्ठ सम्बन्ध कायम गरिरहेका छन्।” (हेर्नुहोस्ः रूपक)
ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
"र ऊँ परमेश्वरमा" भनिने अभिव्यक्तिमा यूहन्नाले केही शब्दहरू छोडेका छन् जुन वाक्यलाई पूरा हुनको लागि धेरै भाषाहरूमा आवश्यता पर्दछ। यी शब्दहरू अघिल्लो वाक्यांशबाट आपूर्ति गर्न सकिन्छ। वैकल्पिक अनुवादः “परमेश्वर उनीमा रहनुहुन्छ र उनी परमेश्वरमा रहन्छन्।” (हेर्नुहोस्ः शब्दलोप)
1 John 4:16
ὁ Θεὸς ἀγάπη ἐστίν
यो एउटा अलङ्कार हो जसको अर्थ “परमेश्वरको विशेषता प्रेम हो” भन्ने हुन्छ । तपाईंले यसलाई ४:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः "परमेश?वर पूर्ण रूपमा प्रेमिलो हुनुहुन्छ।" (हेर्नुहोस्ः रूपक)
ὁ μένων ἐν τῇ ἀγάπῃ
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। २ः२४ मा जस्तै, यस उदाहरणमा शब्दले व्यवहाारको ढाँचा कायम राख्ने कुरालाई जनाउँछ। वैकल्पिक अनुवादः“कोहि जसले अरूहरूलाई प्रेम गरिरहन्छन्” (हेर्नुहोस्ः रूपक)
ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει
१ यूहन्नाको परिचयको भाग ३ मा "रहनु" शब्दको छलफल हेर्नुहोस्। यस उदाहरणमा, यो २ः६ र ४ः१५ मा झैँ समान अर्थ दिने कुरा हो जस्तो देखिन्छ। तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो,सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “परमेश्वरसँग घनिष्ठ सम्बन्ध कायम गरिरहन्छ र परमेश्वरले त्यससँग घनिष्ठ सम्बन्ध कायम गरिरहनु भएको छ।” (हेर्नुहोस्ः रूपक)
1 John 4:17
ἐν τούτῳ
यसको अर्थ यूहन्नाले यस पत्रमा धेरै पटक प्रयोग गरेको वाक्यांश "यस कुरामा हामी जान्दछौँ" वाक्यपद्घति अभिव्यक्तिसगँ मिल्दोजुल्दो छ। वैकल्पिक अनुवादः “यसरी… गर्दछौ” (हेर्नुहोस्ः See: टुक्काहरू)
τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν
तपाईले २ः५ मा यस समान अभिव्ययक्तिलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। यूहन्नाले परमेश्वरको प्रेमको बारेमा अघिल्लो पदमा बोलेको हुनाले, यहाँ यूहन्नाले सम्भवतः परमेश्वर प्रति हाम्रो प्रेमको बारेमा भन्दा परमेश्वरमा हाम्रो लागि भएको उहाँको प्रेमलाई निरन्तररूपमा संकेत गरिराखेको छ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν
प्रदर्शनात्मक सर्वनाम "उहाँ एक" ले येशूलाई जनाउँछ। वैकल्पिक अनुवादः “किनभने हामी धेरै भन्दा धेरै येशू जस्तै हुँदैछौँ ।” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
1 John 4:18
ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον
यूहन्नाले यहाँ “प्रेम” लाई लाक्षणिक रूपमा डर हटाउने शक्ति भएको व्यक्तिलाई झैँ गरी वर्णन गरेको छ । वैकल्पिक अनुवादः “जब परमेश्वरको प्रेमले हाम्रो जीवनमा यसको उद्देश्य पाउदछ, यसले हामीलाई डराउनबाट जोगाउछ।" (हेर्नुहोस्ः मानवीकरण)
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει
यदि तपाईको पाठकहरूले यो वाक्यलाई गलत बुझेका छन् भने, तपाई स्पष्ट रूपमा भन्न सक्नुहुन्छ कि यूहन्नाले डर, शिद्ध प्रेम, र सजायको अर्थ के हो, विशेष गरी उनले अघिल्लो पदमा के भनेका छन् सोको आधारमा हेर्नुहोस्। वैकल्पिक अनुवादः "आफूले सजाय पाउँछु भनी सोच्ने मानिस डराउँछ तर परमेश्वरले उहाँलाई कत्तिको प्रेम गर्नुहुन्छ भनी साँच्चै बुझ्ने कोहि पनि डराउने छैन्, किनकि जब परमेश्वरको प्रेमले हाम्रो जीवनमा आफ्नो उद्देश्य प्राप्त गरेको छ, उहाले हामीलाई क्षमा गर्नुभएको छ र हामीलाई स्वीकार गर्नुहुनेछ भनी हामी विश्वास्त छौँ।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ δὲ φοβούμενος, οὐ τετελείωται ἐν τῇ ἀγάπῃ
तपाईले यहि अभिव्यक्तिलाई कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस्। यहाँ, त्यहाँ जस्तै, प्रेमको अर्थ यी हुन सक्छः (१) हाम्रो लागि परमेश्वरको प्रेम। वैकल्पिक अनुवादः "त्यसोभए यदि कोही डराउँछ भने, परमेश्वरको प्रेमले उसको जीवनमा यसको उद्देश्य पुरा गरेको हुँदैन्।" (२) परमेश्वरप्रतिको हाम्रो प्रेम। वैकल्पिक अनुवादः "त्यसोभए यदि कोही डराउँछ भने, उसले अझै पनि परमेश?वरलाई पूर्ण रूपमा प्रेम गर्दैन" यसको हर्थ दुवै कुराहरू हुन सक्छ, ३ः१७ मा जस्तै। यदि तपाईले छान्नु पर्यो भने हामी विकल्प (१) राख्न सिफारीस गर्दछौँ। तर यदि तपाईको अनुवादले दुबै सम्भावनाहरू खुला छोड्न सक्छ भने, त्यो उत्तम हुनेछ। अनुवादः “तर जब कुनै व्यक्ति परमेश्वरले दण्ड दिनुहुनेछ भनी डराउँछ भने, उहाँको प्रेम पूर्ण रूपमा त्यस व्यक्तिको जीवनमा काम गरिरहेको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 4:20
τὸν ἀδελφὸν αὐτοῦ
तपाईले यसलाई २ः९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “सङ्गी विश्वासी” (हेर्नुहोस्ः रूपक)
ὁ…μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ…τὸν Θεὸν…οὐ δύναται ἀγαπᾶν
यदि तपाईको पाठकहरू एकै पटक दुई नकारात्मक भनाइहरू राख्नाले गर्दा अलमलाउने हुन्छ भने, यसलाई फरक किसिमले अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः“ आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम गर्नेहरूले मात्र… परमेश्वरलाई प्रेम गर्न सक्छन्।” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 John 5
१ यूहन्ना ०५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
- येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी इन्कार गर्नु झूटो शिक्षा हो (५ः१-१२)
- पत्रको अन्त्य (५ः१३-२१)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
पापले ल्याउने मृत्यु
यूहन्नाले यस वाक्यांशको अर्थ के हो भनेर पूर्णतया स्पष्ट छैन। "मृत्यु" शभ्दले शारीरिक मृत्यु वा आत्मीक मृत्युलाई बुझाउन सक्छ, जुन परमेश्वरबाट अनन्तको लागि अलगिनु हो। ५ः१६ को टिपोटमा थप छलफल हेर्नुहोस्। (हेर्नुहोस्ः मर्नु, मृत, घातक, मृत्यु)
“सारा संसार दुष्टको शक्ति अन्तर्गत छ”
“दुष्ट” भन्ने वाक्यांशले शैतानलाई जनाउँछ । परमेश्वरले त्यसलाई संसारमाथि शासन गर्न स्वीकृति दिनुभएको छ, तर परमेश्वरले नै अन्ततः सबैकुराहरूमाथि नियन्त्रण गर्नुहुन्छ । परमेश्वरले उहाँका सन्तानलाई दुष्टबाट सुरक्षित राख्नुहुन्छ । (हेर्नुहोस्ः शैतान, दियाबलस, दुष्ट)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
५ः७-८ मा, सबै पुरातन पाण्डुलिपिहरूले यसो भन्छः "किनकि गवाही दिने तीन छन्, आत्मा र पानी र रगत, र ति तीन एक हुन्।" त्यो पढाइ हो जुन ULTले पछ्याएको छ। धेरै पछीका पाण्डुलिपिहरूले यसो भनेका छन्ः "किनकि स्वर्गमा गवाही दिने तीन जना हुनुहुन्छः पिता, वचन र पवित्र आत्मा, र यी तीन एक हुनुहुन्छः र पृथ्वीमा गवाही दिने तीन जना हुनुहुन्छः आत्मा र पानी र रगत, र यी तीन एकमा हुनुहुन्छ।" यस अवस्थामा, अनुवादकहरूलाई यसलाई ULT को पाठको रूपमा अनुवाद गर्न सल्लाह दिइन्छ, किनकि यसले सही पठाइलाई पछ्याउँछ भन्ने व्यापक सहमति छ। यदपि, यदि तपाईको क्षेत्रमा लामो समयसम्म पढ्ने बाइबलमा पुराना संस्करणहरू छन् भने, तपाईले यसलाई समावेश गर्न सक्नुहुन्छ, तर तपाईले यसलाई वर्गाकार कोष्ठकहरूमा [] राख्नु पर्छ र तलको टिपोटमा संकेत गर्नुहोस् कि यो सम्भवतः मूल संस्करणमा १ यूहन्नामा थिएन
हेर्नुहोस्: खण्डमा भएका भिन्नताहरू)
1 John 5:1
πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται
हेर्नुहोस्, २ः२९ मा तपाईले यो रूपक व्याख्या गर्ने निर्णय गर्नु कि भएन भनेर। वैकल्पिक अनुवादः “येशू नै मसिह हुनुहुन्छ भनी विश्वास गर्ने सबैको आत्मिक पिता परमेश्वर हुनुहुन्छ।” (हेर्नुहोस्ः रूपक)
1 John 5:2
ἐν τούτῳ γινώσκομεν ὅτι
यो एक वाक्यपद्घति अभिव्यक्ति हो जुन यूहन्नाले यस पत्रमा धेरै पटक प्रयोग गर्दछ। वैकल्पिक अनुवादः “ यसरी हामी जान्दछौँ ।” (हेर्नुहोस्ः टुक्काहरू)
1 John 5:3
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
यदि यो तपाईको पाठकहरूको लागि उपयोगी छ भने, तपाई स्पष्ट रूपमा भन्न सक्नुहुन्छ कि यूहन्नालेअघिल्लो पदमा गरेको कथनको कारण यहि हो। वैकल्पिक अनुवादः “यदि हामीले साँच्चै परमेश्वरलाई प्रेम गर्छौँ भने, हामीले अरू विश्वासीहरूलाई प्रेम गर्नेछौँ, जसरी उहाँले आज्ञा दिनुभएको छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
यहाँ "राख्नु" एक मुहावरा हो जसको अर्थ "आज्ञापालन" हो। वैकल्पि अनुवादः “हामीले उहाँको आज्ञापालन गर्नुपर्छ।” (हेर्नुहोस्ः टुक्काहरू)
αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν
यूहन्नाले परमेश्वरका आज्ञाहरूलाई लाक्षणिक रूपमा बोल्छन् मानौँ तिनीहरूको गह्रौँ छ तर धेरै गह्रौँ भने छैन। वैकल्पिक अनुवादः “उहाँको आज्ञाहरू पालन गर्न गाह्रो छैन्।” (हेर्नुहोस्ः रूपक)
1 John 5:4
πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ
तपाईले २ः२९ मा समान अभिव्यक्तिलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “सबै जसको पिता परमेश्वर हुनुहुन्छ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
νικᾷ τὸν κόσμον
२ः१३ मा, यूहन्नाले लाक्षणि रूपमा "परास्त" शब्दको प्रयोग गर्दै छन्। विश्वासीहरूले अधर्मी मानिसहरूको मूल्य प्रणालीमा बाँच्न अस्वीकार गरेको कुरालाई विश्वासीहरूले संघर्षमा परास्त गरेजस्तै गरि उनीले भनेका छन्। वैकल्पिक अनुवादः “तिनिहरू अधर्मी मानिसहरूको मूल्य प्रणालीमा जिँउदैन्” (हेर्नुहोस्ः रूपक)
τὸν κόσμον
तपाईले २ः१५ मा संसार शब्दलाई कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस्। यो पदमा पनि त्यस्तै अर्थ दिँदछ। वैकल्पिक अनुवादः “अधर्मी मानिसहरूको मूल्य प्रणाली” (हेर्नुहोस्ः लक्षणा)
ἡ νικήσασα τὸν κόσμον
एकपटक खेरि यूहन्नाले परास्त शब्दलाई लाक्षणिक रूपमा प्रयोग गरेका छन्। उनले र उनका पाठकहरूले साँझा गरेको विश्वासको कुरा गर्दै छन् मानौँ कि यसले अधार्मीक मूल्य प्रणालीलाई संघर्षमा पराजित गरेको छ। वैकल्पिक अनुवादः "हसले हामीलाई अधार्मीक मानिसहरहरूको मूल्य प्रणालीबाट फरक रूपमा जिउन सक्षम बनाउँछ।" (हेर्नुहोस्ः रूपक)
1 John 5:5
τίς ἐστιν δέ ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ?
यूहन्नाले अघिल्लो पदको पहिलो वाक्यमा के भनेका थिए त्यसलाई पुनः पुष्टि गर्न जोड दिनको लागि यो प्रश्नको प्रयोग गरेका हुन्। यदि तपाईका पाठकहरूले यो प्रश्नलाई गलत बुझेका छन् भने, तपाईले उनको शब्दहरूलाई बयानको रूपमा अनुवाद गर्न सक्नुहुन्छ र अर्को तरिकामा जोड दिन सक्नुहुन्छ। वैकल्पिक अनुवादः “तर येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेले मात्र संसारलाई जित्छ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
νικῶν τὸν κόσμον
तपाईले अघिल्लो पदमा "संसारमाथि विजयी हुन्छ" लाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “जो कोही पनि जसलेअधर्मी मानिसहरूको मूल्य प्रणालीमा बाँच्दैन” (हेर्नुहोस्ः रूपक)
ὁ Υἱὸς τοῦ Θεοῦ
परमेश्वरको पुत्र उपाधि, येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:6
οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος
"येशू परमेश्वरका पुत्र हुनुहुन्छ" भनी अघिल्लो पदमा वर्णन गरिए झैँ पूर्ण रूपमा विश्वास गर्नुको अर्थ के हो भनेर यूह्नाले यहाँ निर्दिष्ट गर्दैछन्। पानी र रगत शब्दहरू चरित्रको नामको प्रतिस्थापनाहरू हुन्, जसले परमेश्वरको पुत्र हामीकहाँ आएको विभिन्न महत्वपूर्ण तरिकाहरूलाई प्रतिनिधित्व गर्दछ। तपाई यी अर्थहरूलाई पाठमा स्पष्ट गर्न चाहनुहुन्छ, वा तल टिपोटमा राख्न सक्नुहुन्छ। रगतले क्रुसमा येशूको मृत्युलाई प्रतिनिधित्व गर्दछ, जब उहाँले संसारको मुक्तिदाताको रूपमा आफ्नो रगत बगाउनुभयो। पानीको लागि यी कुराको प्रतिनिधीत्व गर्न सक्छः (१) येशूको बप्तिस्मा। जब यूहन्नाले येशूलाई यर्दन नदिको पानीमा बप्तिस्मा दिनुभयो, परमेश्वरको पुत्रले संसारलाई परमेश्वरसगँ मिलाउन आफ्नो सेवकाई सुरू गर्नुभयो। UST मा हेर्नुहोस्। (२) येशूको जन्म। परमेश्वरको पुत्र मानिसको रूपमा जन्मिँदा जन्मको पानी फुटेको थियो। वैकल्पिक अनुवादः "यो उहाँ हुनुहुन्छ जो मानव जन्मको पानीबाट र उहाँको बलिदानिक मृत्युको रगतबाट आएको हो।" (हेर्नुहोस्ः लक्षणा)
1 John 5:9
ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν
"ठूलो" शब्दको स्पष्ट अर्थ यो हो कि परमेश्वरको गवाही मानव गवाही भन्दा बढी भरपर्दो छ, किनकि परमेश्वरले सबै कुरा जान्नुहुन्छ र परमेश्वरले सधैँ सत्य बोल्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वरको गवाही अझ बढी विश्वास योग्य हुन्छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν
यो एक मुहावरा हो। वैकल्पिक अनुवादः “जब मानिसहरूलाई विश्वास गर्छौ जब तिनीहरूले गवाही दिन्छन्। (हेर्नुहोस्ः टुक्काहरू)
ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν
यूहन्नाले केही शब्दहरू छोड्दैछन् जुन वाक्यलाई पूरा हुनको लागि धेरै भाषाहरूमा आवश्यक पर्दछ। यी शब्दहरू अघिल्लो वाक्यांशबाट आपूर्ति गर्न सकिन्छ। वैकल्पिक अनुवादः "हामीले पक्कै पनि परमेश्वरको गवाही प्राप्त गर्नुपर्दछ, किनकि यो ठूलो छ" वा "हामीले पक्कै पनि परमेश्वरलाई विश्वास गर्नुपर्छ जब उहाँले गवाही दिनु हुन्छ, किनभने उहाँको गवाही अझ बढि भरपर्दो छ।" (हेर्नुहोस्ः शब्दलोप)
τοῦ Υἱοῦ αὐτοῦ
पुत्र उपाधि येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । वैकल्पिक अनुवादः "उहाँको पुत्र येशू" (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:10
ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ
यूहन्नाले गवाही शब्दलाई लाक्षणिक रूपमा भनेका छन् मानौँ यो विश्वासीहरू भित्र हुन सक्ने वस्तु हो। वैकल्पिक अनुवादः “परमेश्वले भन्नुभएको कुरालाई पूर्ण रूपमा स्वीकार गर्छ।” (हेर्नुहोस्ः रूपक)
ψεύστην πεποίηκεν αὐτόν
१ः१० मा जस्तै, यो तपाईको अनुवादमा स्पष्ट छ कि परमेश्वर वास्तवमा यस मुद्दामा झूटो हुनुहुन्न भनेर निश्चित हुनुहोस्। बरु, परमेश्वरले येशू उहाँको पुत्र हुनुहुन्छ भनी भन्नुभएको हुनाले, विश्वास नगर्ने व्यक्तिले परमेश्वरलाई झूटो भन्नेछ। यदि यो तपाईको पाठकहरूलाई सहयोगी हुेछ भने, तपाई स्पष्ट रूपमा भन्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “ वास्तवमा, परमेश्वरलाई झूटा भनेको छ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ
यदि तपाईको भाषामा नाम "गवाही" र क्रिया "गवाही" दुवै प्रयोग गर्न अस्वाभाविक छ भने, तपाईले आफ्नो अनुवादमा शब्दको एउटा मात्र रूप प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको पुत्रको बारेमा सत्यता बताउनुभएको छ।”
1 John 5:11
αὕτη ἐστὶν ἡ μαρτυρία
वैकल्पिक अनुवादः “ यो परमेश्वरले आफ्नो पुत्रको बारेमा भन्नुभएको छ।"
ζωὴν αἰώνιον
४ः९ मा जस्तै, अनन्त जीवनको अर्थ एकै पटक दुई कुरा हो। यसको अर्थ यस जिवनमा नयाँ तरिकामा बाच्नको लागि परमेश्वरबाट शक्ति प्राप्त ग्नु हो, र यसको अर्थ मृत्यु पछि परमेश्वरको उपस्थितिमा सधैँभरि बाच्नु हो। तपाईंले यसलाई ४ः९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः भाववाचक नाम)
ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν
यूहन्नाले लाक्षणिक रूपमा जीवन शब्दलाई येशू भित्र भएको वस्तु जस्तै गरी भनेका छण्। वैकल्पिक अनुवादः “परमेशवरले हामीलाई अनन्त जीवन दिनुभयो, जुन ानिसहूले उहाँको पुत्र येशूमा विश्वास गरेर प्राप्त गर्छन्।” (हेर्नुहोस्ः रूपक)
τῷ Υἱῷ
पुत्र उपाधि येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । वैकल्पिक अनुवादः "उहाँको पुत्र येशू"(हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:12
ὁ ἔχων τὸν Υἱὸν, ἔχει τὴν ζωήν; ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει
यूहन्नाले लाक्षणिक रूपमा येशूसगँ घनिष्ठ सम्बन्धमा रहेका विश्वासीहरूको बारेमा बोलेका छन् जस्तो कि येशू तिनीहरूको समपत्ती हुनुहुन्छ। यदि यो तपाईको भाषामा भ्रमित छ भने, तपाई यसलाई फरक अभिव्यक्ति प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “पुत्रसगँ घनिष्ठ सम्बन्धमा हुने जो कोहीसगँ जीवन छ। परमेश्वरको पुत्रसगँ घनिष्ठ सम्बन्ध नभएको मानिससगँ जीवन हुँदैन्।” (हेर्नुहोस्ः रूपक)
1 John 5:13
ταῦτα
यहाँ यी कुराहरूले यूहन्नाले अनिलेसम्म पत्र लेखेका सबै कुरालाई बुझाउँछ। वैकल्पिक अनुवादः “यो सबै” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ
२ः१२ मा जस्तै, यूहन्नाले येशू को हुनुहुन्छ र उहाँले के गर्नुभयो भनेर प्रतिनिधित्व गर्न लाक्षणिक रूपमा येशूको नाउँ प्रयोग गरेका छन्। वैकल्पिक अनुवादः “जसले परमेश्वरको पुत्र र उहाँले तिमीहरूको लागि के गर्नुभएको छ सो कुराहरूलाई विश?वास गर्छ।” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Υἱοῦ τοῦ Θεοῦ
परमेश्वरको पुत्र उपादि येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:14
αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν
यदि तपाईका पाठकहरूले भाववाचक नाउँ “दृढता”लाई गलत बुझ्दछ भने, तपाई "विश्वस्त” जस्ता विशेषणको साथ यस पछाडि भएको अर्थलाई बुझाउँन सक्नुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्वरलाई प्रार्थना गर्दा हामी यो कुरामा विश्वस्त हुन सक्छौँ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ
वैकल्पिक अनुवादः “यदि हामी परमेश्वरले इच्छा गर्नुहुने थोकहरूको लागि माग्छौँ भने”
1 John 5:15
οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ’ αὐτοῦ
वैकल्पिक अनुवादः “हामी जान्दछौँ कि हामीले त्यो कुरा प्राप्त गर्नेछौँ जसको लागि हामीले परमेश्वरसँग मागेका छौँ”
1 John 5:16
τὸν ἀδελφὸν αὐτοῦ
तपाईले यसलाई २ः९ मा कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस्। वैकल्पिक अनुवादः “एक सङ्गी विश्वासी” (हेर्नुहोस्ः रूपक)
δώσει αὐτῷ ζωήν
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले लाक्षणिक रूपमा आत्मीक जीवनलाई जनाउँछ, अर्थान परमेश?वरसगँको अनन्त जीवनलाई । वैकल्पिक अनुवादः पाप गर्े विश्वासी सधैँभरि उहाँबाट अलग नहोस् भनी परमेश्वरले सुनिश्चित गर्नुहुनेछ। (हेर्नुहोस्ः रूपक)
ἔστιν ἁμαρτία πρὸς θάνατον; οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ
यदि यो तपाईको पाठकहरूको लागि सहयोगी हुनेछ, तपाइले यसको अर्थ के हो भनेर थप स्पष्ट भन्न सक्नुहुन्छ। सम्पूर्ण पत्रको सन्दर्भमा, मृत्युतर्फको पापद्वारा, यूहन्नाले सम्भवतः झूटा शिक्षकहरू संलग्न भएको र प्रोत्साहित गर्ने व्यवहारलाई संकेत गर्दै छन्। १ यूहन्नाको परिचयको भाग ३ को रूपमा, यी झूटा शिकषकहरूले दाबी गरे कि मानिसहरूले तिनीहरूको शारीरमा के गरे त्यसले फरक पार्दैन, र त्यसैले तिनीहरूले आफ्ना कार्यहरू गलत थिए भन्ने कुरा कुनै पनि स्विकार नगरी धेरै गम्भीर पाप गरिरहेका थिए। यसले देखाउछ कि तिनीहरूले येशूमा विश्वास त्यागेका थिए र पवित्र आत्माको प्रभावलाई अस्वीकार गरेका थिए। यूहन्नाले ५ः१८ मा फेरि यो झूटो शिक्षालाई स्पष्ट रूपमा सच्याउँछन्। विश्वासीहरूले यसरी व्यवहार गर्ने मानिसहरूको लागि प्रार्थना गर्नु हुँदैन भन्ने उनको कथन सम्भवतः व्याख्यात्मक भन्दा वर्णनात्मक छ। अर्थात, उनीले विश्वासीहरूले तिनीहरूको लागि प्रार्थना गरेको चाहन्छु भनी भनिरहेका छेनन्। बरु, उनीले तिनीहरूलाई व्याख्या गर्दै छन् कि तिनीहरूको लागि प्रार्थना गर्न कुनै राम्रो काम गर्दैन, किनकि तिनीहरू येशूमा विश्वास र पवित्र आत्माको प्रभावको विपरित हुने तरिकामा बाष्न कटिबद्ध छन्। वैकल्पिक अनुवादः "त्यहाँ मानिसहरू (जस्तै झूटा शिकषकहरू) छन् जसले तिनीहरूले अनन्तकालको लागि परमेश्वरबाट अलग हुने निर्णय गरेको देखाउने तरिकामा पाप गरिरहेका छन्। तिनीहरूका लागि प्रार्थना गर्दा कुनै फरक पर्दैन।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 5:18
ὁ πονηρὸς
२ः१३ मा, यूहन्नाले विशेषणलाई संकेत गर्न विशेषण दुष्टलाई नामको रूपमा प्रयोग गरेका छण्। शब्दले शैतान, दियाबलसलाई जनाउँछ । ULTले यो देखाउन एक शब्द थपेको छ। तपाईको भाषाले पनि विशेषण प्रयोग गर्न सक्छ। यदि होइन भने, तपाईले यसलाई समान अभिव्यक्तिको साथ अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "जो दुष्ट छ" (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
1 John 5:19
ἐν τῷ πονηρῷ κεῖται
यो अभिव्यक्ति कसैको शक्तिको अन्तर्गतमा पर्ने कुरालाई लाक्षणिक रूपमा कसै वा कोहि द्वारा नियन्त्रित वा शासित हुने कुराको प्रतिनिधित्व गर्दछ। वैकल्पिक अनुवादः “दुष्टद्वारा नियन्त्रित छ” वा "दुष्टको प्रभावहरूद्वारा नियन्त्रित छ।" (हेर्नुहोस्ः रूपक)
ὁ κόσμος ὅλος
यूहन्नाले यस पत्रमा संसार शब्दलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यस उदहारणमा, यसले लाक्षणिक रूपमा परमेश्वरलाई आदर नगर्ने संसारमा बस्ने मानिसहरू र तिनीहरूको मूल्य प्रणाली दुवैलाई संकेत गर्छ। वैकल्पिक अनुवादः "सबै अधर्मी मानिहरू र तिनीहरूको मूल्य प्रणाली" (हेर्नुहोस्ः लक्षणा)
1 John 5:20
ὁ Υἱὸς τοῦ Θεοῦ
परमेश्वरको पुत्र उपाधि येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
δέδωκεν ἡμῖν διάνοιαν
यदि तपाईको पाठकहरूले अमूर्त संज्ञा बुझाइ शब्दलाई गलत बुझ्छन् भने, तपाईले यसको पछाडीको विचारलाई "बुझ" जस्ता क्रियाद्वारा व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “हामीलाई बुझ्नका निमित्त सक्षम तुल्याउनुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐσμὲν ἐν τῷ Ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ
२ः५ मा जस्तै, यूहन्नाले लाक्षणिक रूपमा बोलिरहेका छन्, मानौँ विश्वासीहरू परेश्वर र येशू भित्र हुन सक्छन्। यो अभिव्यक्तिले परमेश्वर र येशूसगँको घनिष्ठ सम्बन्धलाई वर्णन गर्दछ। वैकल्पिक अनुवादः “हामीले साचोँ परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्टसँग घनिष्ठ सम्बन्ध राख्छौँ” (हेर्नुहोस्ः रूपक)
τὸν Ἀληθινόν…τῷ Ἀληθινῷ
यूहन्नाले एक विशेष अस्तित्वलाई संकेत गर्न विशेषण "सत्य" नामको रूपमा प्रयोग गरिरहेको छ। ULTले यो देखाउन "एक" शभ्द थपेको छ। तपाईको भाषाले पनि विशेषण प्रयोग गर्न सक्छ। यदि होइन भने, तपाई यसलाई समान अभिव्यक्तिको साथ अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “जो सत्य हुनुहुन्छ… जो सत्य हुनुहुन्छ” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς
यस शब्दले या त १) येशूलाई जनाउँछ, जो पहिले उल्लेख गरिएको थियो, वा २) परमेश्वर, जसलाई पहिलेउल्लेगरिएको थियो। (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος
यूहन्नाले र शब्दसगँ जोडिएका दुई संज्ञा वाक्यांशहरू प्रयोग गरेर एकल विचार व्यक्त गर्दै छन्। अनन्त जीवन वाक्यांशले साचोँ परमेश्वरको गुणलाई वर्णन गर्दछ किनकि उहाँले अनन्त जीवन दिनुहुन्छ। वैकल्पिक अनुवादः “साचोँ परमेश्वर, जसले अनन्त जीवन दिनुहुन्छ।” (हेर्नुहोस्ः लक्षणा)
1 John 5:21
τεκνία
तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमी प्रिय विश्वासीहरू जो मेरो हेरचाहमा छौ” (हेर्नुहोस्ः रूपक)
φυλάξατε ἑαυτὰ
यो एक मुहावरा हो। वैकल्पिक अनुवादः “टाढा रहनुहोस्।” (हेर्नुहोस्ः टुक्काहरू)