नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Jonah

Jonah 1

Jonah 1:2

यहोवाले योनालाई के गर्न भन्‍नुभयो?

यहोवाले योनालाई निनवेमा गएर यसको विरुद्धमा बोल्न भन्‍नुभयो।

Jonah 1:3

यहोवाले योनालाई निनवे जान भन्‍नुभएपछि तिनले के गरे?

योना परमप्रभुको सामुन्‍नेबाट टार्सिशमा भाग्‍नलाई उठे।

Jonah 1:4

योना चढेको जहाजलाई यहोवाले के गर्नुभयो?

परमप्रभुले समुद्रमा ठुलो बतास र ठुलो आँधी पठाउनुभयो त्यसैले जहाज भाँचिनै लागेको थियो।

Jonah 1:5-6

आँधीबेहरीको बीचमा नावीकहरूले कसलाई पुकारा गरे?

नावीकहरू धेरै डराए र प्रत्येकले आ-आफ्नो देवतालाई पुकारा गरे।

Jonah 1:7-9

दुष्‍टताको कारण को हो भनेर नावीकहरूले कसरी निर्धारण गरे?

नाविकहरूले दुष्‍टताको कारण निर्धारण गर्न चिट्‍ठा हाले र चिट्‌ठाले योनालाई संकेत गर्‍यो।

चिट्‍ठा हाल्दा को नतिजा के आयो ?

नतिजा यो थियो कि चिट्ठाले संकेत गर्यो कि तिनीहरूले भोगिरहेका दुष्‍टताको कारण योना थिए।

Jonah 1:10-11

योना यहोवाको सामुबाट भाग्दै थिए भनेर नावीकहरूले कसरी थाहा पाए?

योनाले तिनीहरूलाई भनेकाो कारणले योना यहोवाको सामुबाट भाग्दै थिए भनी नावीकहरूलाई थाहा भयो।

Jonah 1:12-13

आँधी रोक्न योनाले मानिसहरूलाई के गर्न भने?

योनाले मानिसहरूलाई उनलाई उठाएर समुद्रमा फालिदिनु भने।

Jonah 1:14

नावीकहरूले यहोवालाई कुन दुईवटा बिन्ती गरे?

नावीकहरूले योनाको जीवनको कारणले तिनीहरूलाई नाश हुन नदिनुहोस् र योनाको मृत्युको लागि तिनीहरूलाई दोषी ठहराउन नदिनुहोस् भनी यहोवालाई बिन्ती गरे।

Jonah 1:15-16

नावीकहरूले योनालाई समुद्रमा फालेपछि के भयो?

जब नावीकहरूले योनालाई समुद्रमा फ्याँकिदिए, तब समुद्र उग्र हुन बन्द भयो।

Jonah 1:17

योनालाई नावीकहरूले समुद्रमा फ्याँक्दा योनालाई के भयो?

योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा नियुक्त गर्नुभयो, र योना तीन दिन र तीन रात माछाको पेटमा रहे।

Jonah 2

Jonah 2:1-3

योनाले माछाको पेटमा के गरे?

योनाले प्रार्थनामा यहोवालाई पुकारे किनभने तिनी दुःखी थिए।

Jonah 2:4-5

योनाले फेरि के गर्न सक्ने आशा गरे?

योनाले आशा गरे कि तिनले फेरि यहोवाको पवित्र मन्दिरतिर हेर्न सक्ने छन्।

Jonah 2:6-7

यहोवाले योनाको जीवन कहाँबाट ल्याउनुभयो?

यहोवाले योनाको जीवन खाल्डोबाट माथि ल्याउनुभयो।

Jonah 2:8

योनाले ​खाली व्यर्थका कुराहरूमा ध्यान दिनेहरूलाई के हुन्छ भने?

योनाले भने कि खाली व्यर्थका कुराहरूमा ध्यान दिनेहरूले आफ्नो करारको विश्‍वासयोग्यता त्याग्छन्।

Jonah 2:9

जब योनाले माछाको पेटमा प्रार्थना गरे, उहाँले के गर्नुहुन्छ भनेर योनाले भने?

योनाले धन्यवादको स्वरमा यहोवालाई बलिदान दिने र आफूले गरेको भाकल पूरा गर्ने बताए।

योनाले उद्धार कसको हो भने?

योनाले भने कि उद्धार यहोवाको हो।

Jonah 2:10

योनाको प्रार्थनालाई यहोवाले कसरी जवाफ दिनुभयो?

यहोवाले माछासँग बोल्नुभयो र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो।

Jonah 3

Jonah 3:2

यहोवाले योनालाई दोस्रो पटक के गर्न आज्ञा दिनुभयो?

यहोवाले योनालाई निनवेमा गएर यहोवाको सन्देश बोल्न आज्ञा दिनुभयो।

Jonah 3:3

योनालाई दोस्रो पटक यहोवाले निनवे जान भन्‍नुभएपछि कस्तो प्रतिक्रिया दिए?

योनाले यहोवाको आज्ञा पालन गरे र निनवे गए।

Jonah 3:4-7

योनाले निनवेमा के सन्देश बोले?

योनाले भने कि ४० दिनमा निनवेलाई नष्‍ट गरिनेछ।

Jonah 3:8

योनाले प्रचार गरेको यहोवाको सन्देशलाई निनवेवासीहरूले कस्तो प्रतिक्रिया दिए?

निनवेवासीहरूले परमेश्‍वरमा विश्‍वास गरे, उपवास बसे र भाङ्‌ग्रा लगाए। निनवेका राजाले कुनै पनि व्यक्ति वा जनावरले खानु वा पानी पिउनु हुँदैन र प्रत्येक व्यक्ति र जनावर भाङ्‌ग्राले ढाकिनुपर्छ र प्रत्येक व्यक्तिले परमेश्‍वरलाई पुकारा गर्नुपर्छ र हिंसात्मक कार्यहरूलगायत दुष्‍ट कामहरू गर्न बन्द गर्नुपर्छ भनी आदेश दिनुभयो।

Jonah 3:9

निनवेका राजाले निनवे र सहरका मानिसहरूको लागि कस्तो आशा राखेका थिए?

निनवेका राजाले आशा गरे कि परमेश्‍वरले आफ्नो क्रोधबाट फर्केर तिनीहरूमाथि दया देखाउनुहुन्छ ताकि निनवेका मानिसहरू नष्‍ट नहोस्।

Jonah 3:10

निनवेवासीहरूको पश्‍चत्तापप्रति परमेश्‍वरले कस्तो प्रतिक्रिया दिनुभयो?

परमेश्‍वरले तिनीहरूका कामहरू देख्नुभयो, कि तिनीहरू तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्किए। अनि परमेश्‍वरले तिनीहरूलाई गर्नुहुनेछ भनी भन्‍नु भएको दुष्‍टताको सम्बन्धमा पश्‍चत्ताप गर्नुभयो र उहाँले त्यसो गर्नुभएन।

Jonah 4

Jonah 4:1

योना किन रिसाए?

योना रिसाए किनभने योनालाई यो ठूलो दुष्‍ट जस्तो लाग्थ्यो कि यहोवाले निनवेवासीहरूलाई दया गर्नुभयो र तिनीहरूलाई दण्ड दिनुभएन।

Jonah 4:2

योनाले तर्शीशमा भाग्‍न खोजेको कुरा किन भने?

योनाले भने कि उनी तर्शीशमा भाग्‍न खोजेका थिए किनभने उनलाई थाहा थियो कि यहोवा एक अनुग्रहकारी र करुणामय परमेश्‍वर हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र करारको विश्‍वासयोग्यतामा प्रचुर  हुनुहुन्छ, र दुष्‍टताबाट शान्त हुनुहुन्छ।

Jonah 4:3

योनाले यहोवालाई उनालाई के गर्न आग्रह गरे?

योनाले आफ्नो ज्यान लिन यहोवालाई आग्रह गरे।

Jonah 4:4

यहोवाले योनालाई कस्तो प्रश्‍न सोध्नुभयो?

यहोवाले योनालाई सोध्नुभयो कि योनालाई क्रोधित हुनु ठीक थियो।

Jonah 4:5

योना किन सहरबाट बाहिर गएर सहरतिर फर्केर बसे?

योना निनवे सहरमा के हुन्छ भनी हेर्न चाहन्थे।

Jonah 4:6

योना सहरबाहिर बस्दा यहोवाले के गर्नुभयो?

यहोवाले योनाको टाउकोको लागि छायाको रूपमा एउटा बोट हुर्काउनुभयो।

Jonah 4:7-8

योनालाई छाया दिने बोटलाई यहोवाले के गर्नुभयो?

भोलिपल्ट बिहानको उदयमा परमेश्‍वरले एक कीरा नियुक्त गर्नुभयो; अनि त्यसले बिरुवालाई आक्रमण गर्यो, र त्यो ओइलियो।

Jonah 4:9

यहोवाले त्यो बोट ओइलाएपछि र योनामा पूर्वको तातो बतास चलाइएपछि यहोवाले योनालाई के प्रश्‍न सोध्नुभयो?

यहोवाले योनालाई सो बोटको बारेमा रिसाउनु उचित हो कि भनेर सोध्नुभयो।

Jonah 4:10

छाया दिने बोट ओइलाएर मर्दा योनालाई कस्तो लाग्यो?

योनाले सुकेको र मरेको बोटको लागि दया महसुस गरे।

Jonah 4:11

यहोवाले कसको लागि दया देखाउनुभयो?

यहोवाले निनवेका मानिसहरू र जनावरहरूप्रति दया देखाउनुभयो।