Colossians
Colossians 1
Colossians 1:1
पावल कसरी ख्रीष्टका एक प्रेरित भए ?
पावल परमेश्वरको इच्छद्वारा ख्रीष्ट येशूका एक प्रेरित भए । [१:१]
Colossians 1:2-4
पावलले यो पत्र कसलाई लेखेका थिए ?
पावलले परमेश्वरको निम्ति अलग गरिएकाहरू र कलस्सेमा विश्वासयोग्य भाइहरूलाई यो पत्र लेखेका थिए । [१:२]
Colossians 1:5
कलस्सीहरूसँग भएको निश्चित आशाको बारेमा तिनीहरूले कहाँबाट सुने ?
कलस्सीहरूसँग भएको निश्चित आशाको बारेमा तिनीहरूले सुसमाचार अर्थात् सत्यको वचनमा सुने । [१:५]
Colossians 1:6
संसारमा सुसमाचारले के गरिरहेको छ भनेर पावल भन्दछन् ?
पावल भन्दछन्, कि सुसमाचारले फल फलाइरहेको छ र सारा संसारमा बढ्दै गइरहेको छ । [१:६]
Colossians 1:7-8
कलस्सीहरूलाई सुसमाचार कसले सुनाए ?
ख्रीष्टको विश्वासयोग्य सेवक इपाफ्रासले कलस्सीहरूलाई सुसमाचार सुनाए । [१:७]
Colossians 1:9
कलस्सीहरू के कुराले भरिनुपर्छ भनेर पावल प्रार्थना गर्छन् ?
कलस्सीहरू सबै ज्ञान र आत्मिक समझमा परमेश्वरको ज्ञानद्वारा भरिऊन् भनेर पावल प्रार्थना गर्छन् । [१:९]
Colossians 1:10-11
कलस्सीहरू तिनीहरूका जीवनमा कसरी हिँड्नेछन् भनेर पावल प्रार्थना गर्दछन् ?
असल कामहरूद्वारा फल फलाउँदै, परमेश्वरको ज्ञानमा बढ्दै र परमप्रभुमा योग्य चालमा कलस्सीहरू हिँड्नेछन् भनी पावल प्रार्थना गर्दछन् । [१:१०]
Colossians 1:12
परमेश्वरको निम्ति अलग गरिएकाहरू के को निम्ति योग्य भएका छन् ?
परमेश्वरको निम्ति अलग गरिएकाहरू ज्योतिमा उत्तराधिकारको भागिदार हुन योग्य भएका छन् । [१:१२]
Colossians 1:13
उहाँको निम्ति अलग गरिएकाहरूलाई परमेश्वरले केबाट बचाउनुभएको छ ?
उहाँले तिनीहरूलाई अन्धकारको प्रभुत्वबाट बचाउनुभएको छ र उहाँको पुत्रको राज्यमा स्थानान्तरण गर्नुभएको छ । [१:१३]
Colossians 1:14
ख्रीष्टमा हामीले कस्तो उद्धार पाएका छौँ ?
ख्रीष्टमा हामीले पाएको उद्धार भनेको हाम्रो पापको क्षमा हो । [१:१४]
Colossians 1:15
पुत्र कसको स्वरूप हुनुहुन्छ ?
पुत्र अदृश्य परमेश्वरको स्वरूप हुनुहुन्छ । [१:१५]
Colossians 1:16-19
येशू ख्रीष्टद्वारा र उहाँको निम्ति के सृष्टि गरिएको थियो ?
येशू ख्रीष्टद्वारा र उहाँको निम्ति सबै कुराहरू सृष्टि गरिएका थिए । [१:१६]
Colossians 1:20
परमेश्वरले उहाँमा सबै कुराहरूको मिलाप कसरी गर्नुभयो ?
परमेश्वरले उहाँका पुत्रको रगतद्वारा शान्ति ल्याउनुभएपछि उहाँमा सबै कुराहरू मिलाप गर्नुभयो । [१:२०]
Colossians 1:21-22
कलस्सीहरूले सुसमाचारमा विश्वास गर्नुभन्दा अगाडि तिनीहरूको परमेश्वरसँग कस्तो सम्बन्ध रहेको थियो ?
कलस्सीहरूले सुसमचारमा विश्वास गर्नुभन्दा अगाडि तिनीहरू परमेश्वरबाट बिराना थिए र परमेश्वरका शत्रुहरू थिए । [१:२१]
Colossians 1:23
कलस्सीहरूले के कुरा निरन्तर रूपमा गर्नुपर्छ ?
कलस्सीहरू निरन्तर विश्वासमा स्थापित र सुसमाचारमा विश्वस्त हुनुपर्छ । [१:२३]
Colossians 1:24-26
पावलले कसको खातिर सतावट भोगिरहेका छन् र उनको मनोवृत्ति कस्तो रहेको छ ?
पावलले मण्डलीको खातिर सतावट भोगिरहेका छन् र यसमा उनी रमाउँछन् । [१:२४]
Colossians 1:27
पुस्तौँसम्म गुप्त रहेको तर अहिले प्रकट गरिएको रहस्य के हो ?
पुस्तौँसम्म गुप्त रहेको तर अहिले प्रकट गरिएको रहस्यचाहिँ ख्रीष्ट हामीमा हुनुहुन्छ भन्ने हो, जो महिमाको निश्चयता हुनुहुन्छ । [१:२७]
Colossians 1:28-29
पावलको चेताउनी र शिक्षाको लक्ष्य के थियो ?
पावलको लक्ष्य भनेको प्रत्येक व्यक्तिलाई ख्रीष्टमा सिद्ध बनाएर प्रस्तुत गराउनु थियो । [१:२८]
Colossians 2
Colossians 2:2
परमेश्वरको रहस्य के हो ?
परमेश्वरको रहस्य ख्रीष्ट हुनुहुन्छ । [२:२]
Colossians 2:3
ख्रीष्टमा के कुरा लुकाइएका छन् ?
ज्ञान र बुद्धिका सबै गुप्त सम्पत्ति ख्रीष्टमा लुकाइएका छन् । [२:३]
Colossians 2:4-5
कलस्सीहरूलाई के हुन सक्छ भन्ने विषयमा पावल चिन्तित थिए ?
कलस्सीहरू बहकाउने बोलीको धोकामा पर्छन् भन्ने विषयमा पावल चिन्तित थिए । [२:४]
Colossians 2:6-7
कलस्सीहरूले ख्रीष्टलाई विश्वास गरिसकेका हुनाले अब पावलले तिनीहरूलाई के गर्नको निम्ति बोलाएका छन् ?
जुन प्रकारले कलस्सीहरूले ख्रीष्ट येशूलाई पाए त्यही प्रकारले उहाँमा हिँड्नको निम्ति पावलले तिनीहरूलाई बोलाएका छन् । [२:६]
Colossians 2:8
पावल चिन्तित भएको रित्तोपनको धोका के कुरामा आधारित छ ?
मानिसहरूको परम्परा र संसारका पापपूर्ण प्रणालीहरूमा रित्तोपनको धोका आधारित छ । [२:८]
Colossians 2:9
ख्रीष्टमा के जिउँदछ ?
परमेश्वरको स्वभावको पूर्णता ख्रीष्टमा जिउँदछ । [२:९]
Colossians 2:10
सबै अधिकार र नियमको शासक को हुनुहुन्छ ?
सबै अधिकार र नियमको शासक ख्रीष्ट हुनुहुन्छ । [२:१०]
Colossians 2:11
ख्रीष्टको खतनाद्वारा के हटाइयो ?
ख्रीष्टको खतनाद्वारा पापपूर्ण मासुको शरीर हटाइएको छ । [२:११]
Colossians 2:12
बप्तिस्मामा के हुन्छ ?
बप्तिस्मामा एउटा व्यक्ति ख्रीष्टसँगै गाडिन्छ । [२:१२]
Colossians 2:13
ख्रीष्टले कुनै व्यक्तिलाई जीवित पार्नुभन्दा अगाडि उसको स्थिति कस्तो हुन्छ ?
ख्रीष्टले कुनै व्यक्तिलाई जीवित पार्नुभन्दा अगाडि ऊ आफ्नो पापमा मरेको हुन्छ । [२:१३]
Colossians 2:14
हाम्रा विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई ख्रीष्टले के गर्नुभयो ?
ख्रीष्टले ती ऋणका लिखित अभियोगहरूलाई हटाइदिनुभयो र त्यसलाई क्रुसमा टाँगिदिनुभयो । [२:१४]
Colossians 2:15-16
ख्रीष्टले शासकहरू र अधिकारीहरूलाई के गर्नुभयो ?
ख्रीष्टले शासक र अधिकारीहरूलाई हटाउनुभयो, तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र तिनीहरूलाई विजय समारोहमा डोर्याउनुभयो । [२:१५]
Colossians 2:17-18
पावल आउनेवाला कुराहरूको छायाँ के हो भनेर भन्छन् ?
खानेकुरा वा पिउनेकुरा वा चाडको दिन वा शबाथ-दिनहरू आउनेवाला कुराहरूको छायाँ हो भनेर पावल भन्छन् । [२:१७]
यो छायाँले कुन वास्तविकतालाई दर्शाउँछ ?
यो छायाँले ख्रीष्टको वास्तविकतालाई दर्शाउँछ । [२:१७]
Colossians 2:19
सारा शरीरभरि सबै कुरा कसरी फैलाइन्छ र तिनीहरूलाई एकसाथ कसरी राखिन्छ ?
सारा शरीरभरि सबै कुरा शिर अर्थात् ख्रीष्टद्वारा फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ । [२:१९]
Colossians 2:20
कस्ता प्रकारका आज्ञाहरू संसारको विश्वासका भागहरू हुन् भनेर पावल भन्छन् ?
नसमात, नचाख, नछोऊ भन्ने आज्ञाहरू संसारको विश्वासका भागहरू हुन् भनेर पावल भन्छन् । [२:२०-२२]
Colossians 2:21
कस्ता प्रकारका आज्ञाहरू संसारको विश्वासका भागहरू हुन् भनेर पावल भन्छन् ?
नसमात, नचाख, नछोऊ भन्ने आज्ञाहरू संसारको विश्वासका भागहरू हुन् भनेर पावल भन्छन् । [२:२०-२२]
Colossians 2:22
कस्ता प्रकारका आज्ञाहरू संसारको विश्वासका भागहरू हुन् भनेर पावल भन्छन् ?
नसमात, नचाख, नछोऊ भन्ने आज्ञाहरू संसारको विश्वासका भागहरू हुन् भनेर पावल भन्छन् । [२:२०-२२]
Colossians 2:23
केको विरुद्धमा मानिसहरूले बनाएका धर्मका नियमहरूको कुनै मोल हुँदैन ?
शरीरको विलासिताको विरुद्धमा मानिसहरूले बनाएका धर्मका नियमहरूको कुनै मोल हुँदैन । [२:२३]
Colossians 3
Colossians 3:1
ख्रीष्ट कहाँ उठाइनुभएको छ ?
ख्रीष्ट पिताको दाहिने हातमा विराजमान हुनको निम्ति उठाइनुभएको छ । [३:१]
विश्वासीहरूले के खोज्नुपर्छ र तिनीहरूले के खोज्नुहुँदैन ?
विश्वासीहरूले माथिका कुराहरू खोज्नुपर्छ र पृथ्वीका कुराहरू खोज्नुहुँदैन । [३:१-२]
Colossians 3:2
विश्वासीहरूले के खोज्नुपर्छ र तिनीहरूले के खोज्नुहुँदैन ?
विश्वासीहरूले माथिका कुराहरू खोज्नुपर्छ र पृथ्वीका कुराहरू खोज्नुहुँदैन । [३:१-२]
Colossians 3:3
परमेश्वरले विश्वासीहरूको जीवन कहाँ राख्नुभएको छ ?
परमेश्वरले विश्वासीहरूको जीवन ख्रीष्टमा लुकाइराख्नुभएको छ । [३:३]
Colossians 3:4
जब ख्रीष्ट प्रकट हुनुहुनेछ तब विश्वासीहरूलाई के हुनेछ ?
जब ख्रीष्ट प्रकट हुनुहुनेछ तब विश्वासीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछन् । [३:४]
Colossians 3:5
विश्वासीहरूले कुन कुरालाई मृत्युमा राख्नुपर्छ ?
विश्वासीहरूले पृथ्वीका पापपूर्ण इच्छाहरूलाई मृत्युमा राख्नुपर्छ । [३:५]
Colossians 3:6-7
परमेश्वरमा अनाज्ञाकारी हुनेहरूलाई के हुन्छ ?
परमेश्वरमा अनाज्ञाकारी हुनेहरूप्रति परमेश्वरको क्रोध आइलाग्नेछ । [३:६]
Colossians 3:8-9
हाम्रो पुरानो स्वभावका के-कस्ता कुराहरू हामी विश्वासीहरूले त्याग्नुपर्छ भनेर पावल बताउँछन् ?
हामी विश्वासीहरूले रिस, क्रोध, खराब इच्छा, निन्दा, र फोहोर बोलीजस्ता कुराहरूलाई त्याग्नुपर्छ । [३:८]
Colossians 3:10-11
विश्वासीहरूको नयाँ मनुष्यत्व कसको प्रतिरूपमा सृष्टि भएको छ ?
विश्वासीहरूको नयाँ मनुष्यत्व ख्रीष्टको प्रतिरूपमा सृष्टि भएको छ । [३:१०]
Colossians 3:12
हाम्रो नयाँ स्वभाव वा मनुष्यत्वका के-के कुराहरू हामी विश्वासीहरूले धारण गर्नुपर्छ भनेर पावल बताउँछन् ?
हामी विश्वासीहरूले करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर्नुपर्छ । [३:१२]
Colossians 3:13
विश्वासीले कस्तो प्रकारले क्षमा दिनुपर्छ ?
जुन प्रकारले परमप्रभुले विश्वासीलाई क्षमा दिनुभएको छ, त्यही प्रकारले उसले क्षमा दिनुपर्छ । [३:१३]
Colossians 3:14
विश्वासीहरूबिच पूर्णताको बन्धन के हो ?
प्रेम नै पूर्णताको बन्धन हो । [३:१४]
Colossians 3:15
विश्वासीहरूको हृदयमा के कुराले राज्य गर्नुपर्छ ?
विश्वासीहरूको हृदयमा ख्रीष्टको शान्तिले राज्य गर्नुपर्छ । [३:१५]
आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्वासीले परमेश्वरलाई के दिनुपर्छ ?
आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्वासीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ । [३:१५-१७]
Colossians 3:16
विश्वासीहरूमा के कुरा प्रशस्त मात्रामा जिउनुपर्छ ?
विश्वासीहरूमा ख्रीष्टको वचन प्रशस्त मात्रामा जिउनुपर्छ । [३:१६]
आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्वासीले परमेश्वरलाई के दिनुपर्छ ?
आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्वासीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ । [३:१५-१७]
Colossians 3:17
आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्वासीले परमेश्वरलाई के दिनुपर्छ ?
आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्वासीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ । [३:१५-१७]
Colossians 3:18
पत्नीले आफ्नो पतिलाई कस्तो प्रकारले प्रतिक्रिया दिनुपर्छ ?
पत्नीले आफूलाई आफ्नो पतिमा समर्पण गर्नुपर्छ । [३:१८]
Colossians 3:19
पतिले आफ्नी पत्नीलाई कस्तो व्यवहार गर्नुपर्छ ?
पतिले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ र तिनीप्रति कठोर हुनुहुन्न । [३:१९]
Colossians 3:20
छोराछोरीले आफ्ना आमा-बुबालाई कस्तो व्यवहार गर्नुपर्छ ?
छोराछोरीले सबै कुरामा आफ्नो आमा-बुबाको आज्ञा पालन गर्नुपर्छ । [३:२०]
Colossians 3:21-22
बुबाले आफ्ना छोराछोरीहरूलाई के गर्नुहुन्न ?
बुबाले आफ्ना छोराछोरीलाई रिस उठाउनुहुन्न । [३:२१]
Colossians 3:23
विश्वासीहरूले गर्ने सबै कुराहरूमा तिनीहरू कसको निम्ति काम गर्दै छन् ?
विश्वासीहरूले गर्ने सबै कुराहरूमा तिनीहरू परमप्रभुको निम्ति काम गर्दै छन् । [३:२३-२४]
Colossians 3:24
विश्वासीहरूले गर्ने सबै कुराहरूमा तिनीहरू कसको निम्ति काम गर्दै छन् ?
विश्वासीहरूले गर्ने सबै कुराहरूमा तिनीहरू परमप्रभुको निम्ति काम गर्दै छन् । [३:२३-२४]
आफूले गर्ने सबै कुराहरूमा परमप्रभुको सेवा गर्नेहरूले के प्राप्त गर्नेछन् ?
आफूले गर्ने सबै कुराहरूमा परमप्रभुको सेवा गर्नेहरूले उत्तराधिकारको इनाम प्राप्त गर्नेछन् । [३:२४]
Colossians 3:25
अधार्मिक काम गर्नेहरूले के प्राप्त गर्नेछन् ?
अधार्मिक काम गर्नेहरूले तिनीहरूका कामको दण्ड पाउनेछन् । [३:२५]
Colossians 4
Colossians 4:1
यस संसारका मालिकहरूको पनि को हुनुहुन्छ भनेर पावलले तिनीहरूलाई सम्झना दिलाएका छन् ?
यस संसारका मालिकहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भनेर पावलले तिनीहरूलाई सम्झना दिलाएका छन् । [४:१]
Colossians 4:2
कलस्सीहरू दृढतापूर्वक के कुरामा निरन्तर लागून् भनेर पावल चाहन्छन् ?
कलस्सीहरू दृढतापूर्वक प्रार्थनामा निरन्तर लागून् भनेर पावल चाहन्छन् । [४:२]
Colossians 4:3-4
कलस्सीहरूले के को निम्ति प्रार्थना गरेको पावल चाहन्छन् ?
वचन अर्थात् ख्रीष्टको रहस्यको विषयमा बोल्न पावलको निम्ति ढोकाहरू खोलिएका होऊन् भनेर कलस्सीहरूले प्रार्थना गरेको पावल चाहन्छन् । [४:३]
Colossians 4:5
बाहिरकाहरूसँग व्यवहार गर्नको निम्ति कलस्सीहरूलाई पावल कस्तो निर्देशन दिन्छन् ?
बाहिरकाहरूसँग बुद्धिमा जिउन र तिनीहरूसँग अनुग्रही भएर बोल्नको निम्ति पावल कलस्सीहरूलाई निर्देशन दिन्छन् । [४:५-६]
Colossians 4:6
बाहिरकाहरूसँग व्यवहार गर्नको निम्ति कलस्सीहरूलाई पावल कस्तो निर्देशन दिन्छन् ?
बाहिरकाहरूसँग बुद्धिमा जिउन र तिनीहरूसँग अनुग्रही भएर बोल्नको निम्ति पावल कलस्सीहरूलाई निर्देशन दिन्छन् । [४:५-६]
Colossians 4:7
तुखिकस र ओनेसिमसलाई पावलले के कार्य दिएका थिए ?
पावलको विषयमा कलस्सीहरूलाई सबै कुरा थाहा दिने कार्य उनले तुखिकस र ओनेसिमसलाई दिएका थिए । [४:७-९]
Colossians 4:8
तुखिकस र ओनेसिमसलाई पावलले के कार्य दिएका थिए ?
पावलको विषयमा कलस्सीहरूलाई सबै कुरा थाहा दिने कार्य उनले तुखिकस र ओनेसिमसलाई दिएका थिए । [४:७-९]
Colossians 4:9
तुखिकस र ओनेसिमसलाई पावलले के कार्य दिएका थिए ?
पावलको विषयमा कलस्सीहरूलाई सबै कुरा थाहा दिने कार्य उनले तुखिकस र ओनेसिमसलाई दिएका थिए । [४:७-९]
Colossians 4:10-11
बारनाबासका भानिज मर्कूसको विषयमा पावलले के-के निर्देशनहरू दिएका थिए ?
यदि मर्कूस कलस्सीहरूकहाँ आए भने तिनलाई स्वीकार गर्नु भनेर पावलले कलस्सीहरूलाई बताए । [४:१०]
Colossians 4:12-13
इपाफ्रासले कलस्सीहरूका के कुराको निम्ति प्रार्थना गर्छन् ?
कलस्सीहरू परमेश्वरको सम्पूर्ण इच्छाअनुसार पूर्ण रूपले निश्चित भई खडा हुन सकून् भनेर इपाफ्रासले प्रार्थना गर्छन् । [४:१२]
Colossians 4:14
पावलसँगै भएका चिकित्सकको नाम के हो ?
पावलसँगै भएका चिकित्सकको नाम लूका हो । [४:१४]
Colossians 4:15
लाउडिकियामा भएको मण्डली कस्तो प्रकारको ठाउँमा भेला हुने गर्थ्यो ?
लाउडिकियामा भएको मण्डली एउटा घरमा भेला हुने गर्थ्यो । [४:१५]
Colossians 4:16-17
पावलले कुन अर्को मण्डलीको निम्ति पनि पत्र लेखेका थिए ?
पावलले लाउडिकियामा भएको मण्डलीको निम्ति पनि पत्र लेखेका थिए । [४:१६]
Colossians 4:18
यो पत्र पावलबाटै हो भनेर पावलले कसरी देखाए ?
पावलले आफ्नै अक्षरमा पत्रको अन्तिममा आफ्नो नाम लेखे । [४:१८]