Ephesians
Ephesians 1
Ephesians 1:1-2
पावलले यस पत्रमा आफूले लेखेका मानिसहरूलाई कसरी वर्णन गर्छन्?
पावलले आफूले लेखेका मानिसहरूलाई सन्तहरूको रूपमा र ख्रीष्ट येशूमा विश्वास गर्ने व्यक्तिहरूको रूपमा वर्णन गर्छन्।
Ephesians 1:3
परमेश्वर पिताले विश्वासीहरूलाई के कुराले आशिष् दिनुभएको छ?
परमेश्वर पिताले विश्वासीहरूलाई ख्रीष्टमा स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष् दिनुभएको छ।
Ephesians 1:4
ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वर पिताले कहिले चुन्नुभयो?
परमेश्वर पिताले संसारको उत्पत्ति हुनु अघि ख्रीष्टमा विश्वास गर्नेहरूलाई चुन्नुभयो।
परमेश्वर पिताले विश्वासीहरूलाई कुन उद्देश्यको लागि चुन्नुभयो?
परमेश्वर पिताले विश्वासीहरूलाई चुन्नुभयो ताकि तिनीहरू उहाँको अगाडि पवित्र र निर्दोष हुन सकून्।
Ephesians 1:5
किन परमेश्वरले विश्वासीहरूलाई धर्मपुत्रको लागि अग्रिम नियति दिनुभयो?
परमेश्वरले विश्वासीहरूलाई पहिले नै नियति दिनुभयो किनभने उहाँ यो गर्न खुशी हुनुहुन्थ्यो।
Ephesians 1:6
किन परमेश्वरले विश्वासीहरूलाई धर्मपुत्रको लागि अग्रिम नियति दिनुभयो?
उहाँको महिमित अनुग्रहको लागि उहाँको प्रशंसा होस् भनेर परमेश्वरले विश्वासीहरूलाई अग्रिम नियति दिनुभयो।
Ephesians 1:7-9
विश्वासीहरूलाई परमेश्वरको प्रिय ख्रीष्टको रगतद्वारा के पाउँछन्?
विश्वासीहरूले छुटकारा पाउँछन्, ख्रीष्टको रगतद्वारा तिनीहरूका अपराधहरूको क्षमा।
Ephesians 1:10-12
आफ्नो योजना पूरा गर्ने समय आउँदा परमेश्वरले के गर्नुहुन्छ?
परमेश्वरले स्वर्ग र पृथ्वीमा भएका सबै थोकलाई ख्रीष्टको अधीनमा ल्याउनुहुनेछ।
Ephesians 1:13
सत्यको वचन सुनेपछि विश्वासीहरूले कस्तो छाप पाए?
विश्वासीहरूलाई प्रतिज्ञा गरिएको पवित्र आत्माले छाप लगाइयो।
Ephesians 1:14-17
आत्मा के को बैना हुनुहुन्छ?
आत्मा विश्वासीहरूको उत्तराधिकारको बैना हुनुहुन्छ।
Ephesians 1:18-19
पावलले एफिसीहरूलाई के बुझ्नको लागि आँखा उज्यालो पारिनेछन् भनेर प्रार्थना गर्छन्?
पावलले प्रार्थना गर्छन् कि एफिसीहरू तिनीहरूको बोलावटको आशा र सन्तहरूमा ख्रीष्टको उत्तराधिकारको महिमित धन बुझ्नको लागि उनीहरूको आँखा उज्यालो पारिनेछन्।
Ephesians 1:20-21
अहिले विश्वासीहरूमा काम गर्ने शक्तिले ख्रीष्टमा के गर्यो?
त्यही शक्तिले ख्रीष्टलाई मृत्युबाट बौरी उठाएर स्वर्गीय स्थानहरूमा परमेश्वरको दाहिने हातमा बसाल्यो।
Ephesians 1:22
परमेश्वरले ख्रीष्टको पाउमुनि के राखिदिनुभएको छ?
परमेश्वरले सबै कुरा ख्रीष्टको पाउमुनि राखिदिनुभएको छ।
मण्डलीमा ख्रीष्टको अख्तियारको स्थान के हो?
ख्रीष्ट मण्डलीमा भएका सबै कुराहरूको शिर हुनुहुन्छ।
Ephesians 1:23
मण्डली के हो?
मण्डली ख्रीष्टको शरीर हो।
Ephesians 2
Ephesians 2:1
सबै अविश्वासीहरूको आत्मिक अवस्था कस्तो छ?
सबै अविश्वासीहरू आफ्ना अपराध र पापहरूमा मरेका छन्।
Ephesians 2:2
अनाज्ञाकारिताका सन्तानमा कसले काम गरिरहेको छ?
आकाशको शक्तिको अधिकारीहरूको शासक अनाज्ञाकारिताका छोराहरूमा काम गर्दैछ।
Ephesians 2:3
प्रकृति अनुसार, सबै अविश्वासीहरू के हुन्?
सबै अविश्वासीहरू स्वभावैले क्रोधका सन्तान हुन्।
Ephesians 2:4
किन परमेश्वर विश्वासीहरूप्रति कृपामा धनी हुनुहुन्छ?
उहाँको महान् प्रेमको कारणले गर्दा परमेश्वर कृपामा धनी हुनुहुन्छ।
Ephesians 2:5
विश्वासीहरूले केद्वारा उद्धार पाएका छन्?
विश्वासीहरू परमेश्वरको कृपाले उद्धार पाएका छन्।
Ephesians 2:6
विश्वासीहरू कहाँ बसालिएका छन् ?
विश्वासीहरू ख्रीष्ट येशूसँग स्वर्गीय स्थानहरूमा बसालिएका छन् ।
Ephesians 2:7
कुन उद्देश्यको लागि परमेश्वरले विश्वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो?
परमेश्वरले विश्वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो ताकि आउने युगहरूमा उहाँले विश्वासीहरूलाई आफ्नो अनुग्रहको ठूलो धन देखाउनलाई।
Ephesians 2:8
हामीले कसरी उद्धार पाएका छौँ?
हामीले परमेश्वरको वरदानको रूपमा विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौँ।
Ephesians 2:9
विश्वासीले किन घमण्ड गर्नुहुँदैन?
कुनै पनि विश्वासीले घमण्ड गर्नुहुँदैन किनभने उसले आफ्नै कामद्वारा उद्धार पाएको छैन।
Ephesians 2:10-11
ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई परमेश्वरले कुन उद्देश्यको लागि सृष्टि गर्नुभयो?
ख्रीष्ट येशूमा विश्वास गर्नेहरूका लागि परमेश्वरको उद्देश्य भनेको तिनीहरू असल कामहरूमा हिँड्नु हो।
Ephesians 2:12
अविश्वासी अन्यजातिहरूको आत्मिक अवस्था कस्तो छ?
अविश्वासी अन्यजातिहरू ख्रीष्टबाट अलग भएका, इस्राएलबाट अलग भएका, करारहरूमा अपरिचित, आशा बिना र परमेश्वर बिना छन्।
Ephesians 2:13
के कुराले केही अन्यजाति अविश्वासीलाई परमेश्वरको नजिक ल्याएको छ?
केही अन्यजाति अविश्वासीहरूलाई ख्रीष्टको रगतले परमेश्वरको नजिक ल्याएको छ।
Ephesians 2:14
ख्रीष्टले अन्यजातिहरू र यहूदीहरू बीचको सम्बन्धलाई कसरी परिवर्तन गर्नुभयो?
ख्रीष्टलौ विश्वास गर्ने अन्यजातिहरू र यहूदीहरूलाई एउटै समूहमा बनाउनुभयो, तिनीहरूलाई विभाजित गर्ने शत्रुतालाई नष्ट गर्नुभयो।
Ephesians 2:15-17
यहूदी र अन्यजातिहरूबीच शान्ति स्थापना गर्न ख्रीष्टले के खारेज गर्नुभयो?
यहूदीहरू र अन्यजातिहरूबीच शान्ति स्थापना गर्न ख्रीष्टले आज्ञा र नियमहरूको व्यवस्था खारेज गर्नुभयो।
Ephesians 2:18-19
कुन माध्यमबाट सबै विश्वासीहरूको पहुँच पितामा हुन्छ?
सबै विश्वासीहरूले पवित्र आत्माद्वारा पितामा पहुँच पाउन सक्छन्।
Ephesians 2:20
परमेश्वरको परिवार केको जगमाथि निर्माण गरिएको छ?
परमेश्वरको परिवार प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि निर्माण गरिएको छ, ख्रीष्ट येशू कुने-ढुङ्गो भईकन।
Ephesians 2:21
विश्वासीहरू कस्तो मन्दिर बनिरहेका छन्?
तिनीहरू परमप्रभुको पवित्र मन्दिर बनिरहेका छन्।
Ephesians 2:22
आत्मामा परमेश्वर कहाँ वास गर्नुहुन्छ?
परमेश्वर विश्वासीहरूमा आत्मामा वास गर्नुहुन्छ।
Ephesians 3
Ephesians 3:2
कसको फाइदाको लागि परमेश्वरले पावललाई आफ्नो जिम्मेवारीको पद दिनुभयो?
परमेश्वरले पावललाई अन्यजातिहरूको फाइदाको लागि आफ्नो जिम्मेवारीको पद दिनुभयो।
Ephesians 3:3-4
पावललाई के थाहा गराइयो?
रहस्यको बारेमा पावललाई प्रकट गराइएको थियो
Ephesians 3:5
अरू पुस्ताहरूमा मानव जातिलाई थाहा नभएको कुरा परमेश्वरले कसलाई प्रकट गर्नुभयो?
परमेश्वरले आफ्ना प्रेरितहरू र अगमवक्ताहरूलाई ख्रीष्टको बारेमा लुकेको सत्य प्रकट गर्नुभयो।
Ephesians 3:6
के लुकेको सत्य प्रकट गारियो?
प्रकट भएको लुकेको सत्य यो हो कि अन्यजातिहरू सह-उत्तराधिकारीहरू र शरीरका सँगी सदस्यहरू हुन्, र ख्रीष्ट येशूमा प्रतिज्ञामा सह-साझेदारहरू हुन्।
Ephesians 3:7-8
पावललाई के उपहार दिइएको थियो?
परमेश्वरको अनुग्रहको उपहार पावललाई दिइएको थियो।
Ephesians 3:9
अन्यजातिहरूलाई केको बारेमा बुझ्न मद्दत गर्न पावललाई पठाइएको थियो?
पावललाई अन्यजातिहरूलाई परमेश्वरमा युग-युगदेखि लुकेको रहस्यको प्रशासन बुझ्न मद्दत गर्न पठाइएको थियो।
Ephesians 3:10-11
परमेश्वरको जटिल बुद्धि के मार्फत प्रकट गरिनेछ?
मण्डली मार्फत परमेश्वरको जटिल बुद्धिको बारेमा प्रकट गरिनेछ।
Ephesians 3:12-14
ख्रीष्टमा विश्वासको कारणले विश्वासीहरूसँग के छ भनी पावल भन्छन्?
पावल भन्छन् कि ख्रीष्टमा विश्वासको कारण विश्वासीहरूसँग साहस र पहुँच छ।
Ephesians 3:15
पिताद्वारा केको नाउँ दिइएको र सृष्टि गरिएको छ?
स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ पिताको नाउँबाट सृष्टि गरिएको छ।
Ephesians 3:16-17
विश्वासीहरूलाई बलियो बनाउन पावलले कसरी प्रार्थना गर्छन्?
पावलले विश्वासीहरूलाई परमेश्वरको आत्माको शक्तिद्वारा बलियो हुनको लागि प्रार्थना गर्छन्।
Ephesians 3:18-20
विश्वासीहरूले के कुरा बुझ्न सक्ने होस् भनेर पावलले प्रार्थना गर्छन्?
ख्रीष्टको प्रेम कति चौडा र लामो र उच्च र गहिरो छ भनेर विश्वासीहरूले बुझ्न सकून् भनी पावलले प्रार्थना गर्छन्।
Ephesians 3:21
पावलले सबै पुस्ताहरूसम्म पितालाई के दिइनेछ भनेर प्रार्थना गर्छन्?
पावलले सबै पुस्ताहरूसम्म पितालाई मण्डली र ख्रीष्ट येशूमा महिमा दिइयोस् भनि प्रार्थना गर्छन्।
Ephesians 4
Ephesians 4:1-6
पावलले विश्वासीहरूलाई कसरी जीवन यापन गर्न आग्रह गर्छन्?
पावलले विश्वासीहरूलाई उनीहरूको बोलावट योग्यको बाटोमा हिँड्न आग्रह गर्छन्।
Ephesians 4:7-10
ख्रीष्टले आफ्नो स्वर्गारोहण पछि प्रत्येक विश्वासीलाई के दिनुभयो?
ख्रीष्टले प्रत्येक विश्वासीलाई ख्रीष्टको वरदानको नाप अनुसार अनुग्रह दिनुभयो।
Ephesians 4:11
पावलले कुन पाँच प्रकारका मानिसहरूलाई ख्रीष्टले दिनुभयो भन्छन्?
ख्रीष्टले प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू दिनुभयो।
Ephesians 4:12-13
यी पाँच प्रकारका मानिसहरूले मण्डलीको लागि के गर्नुपर्छ?
यी पाँच प्रकारका मानिसहरूले विश्वासीहरूलाई सेवाको कामको लागि, शरीर निर्माणको लागि सुसज्जित गराउनुपर्छ।
Ephesians 4:14-15
विश्वासीहरू बालकहरू जस्तै हुन सक्छन् भनेर पावलले कसरी भन्छन्?
विश्वासीहरू मानिसहरूको छल र भ्रष्ट छलबाट फ्याँकिएर र बहकाइएर बच्चाहरू जस्तै हुन सक्छन्।
Ephesians 4:16
विश्वासीहरूको शरीर कसरी निर्माण हुन्छ भनी पावलले भन्छन्?
विश्वासीहरूको शरीर प्रेममा प्रत्येकको निर्माणको लागि सँगै जोडिएको हुन्छ, प्रत्येक जोर्नीद्वारा एकसाथ राखिएको हुन्छ र प्रत्येक भागले शरीरको वृद्धिमा काम गर्दछ।
Ephesians 4:17
पावलले अन्यजातिहरू कसरी हिँड्छन् भनी भन्छन्?
अन्यजातिहरू आफ्नो मनको व्यर्थतामा हिँड्छन्।
Ephesians 4:18
पावलले अन्यजातिहरूको समझमा के भयो भन्छन्?
अन्यजातिहरूको समझ अन्धकार भएको छ।
Ephesians 4:19-21
अन्यजातिहरूले आफूलाई केमा सुम्पेका छन्?
अन्यजातिहरूले हरेक प्रकारको अशुद्धता गर्न आफूलाई कामुकतामा सुम्पेका छन्।
Ephesians 4:22-23
विश्वासीहरूले के त्यागनुपर्छ भनि पावल भन्छन्?
विश्वासीहरूले अगाडिको जिवनसँग सम्बन्धित कुराहरू त्याग्नुपर्छ।
Ephesians 4:24-26
विश्वासीहरूले के धारण गर्नुपर्छ भनी पावल भन्छन्?
विश्वासीहरूले नयाँ स्वभाव धारण गर्नुपर्छ।
Ephesians 4:27
विश्वासीले कसलाई कहिल्यै मौका दिनु हुँदैन?
एक विश्वासीले कहिल्यै शैतानलाई मौका दिनु हुँदैन।
Ephesians 4:28
विश्वासीहरूले चोर्नुको सट्टा के गर्नुपर्छ?
विश्वासीहरूले परिश्रम गर्नुपर्छ ताकि तिनीहरूले आवश्यकता भएको व्यक्तिसँग बाँड्न सक्षम हुन सकून्।
Ephesians 4:29
पावलले कस्तो किसिमको कुरा विश्वासीको मुखबाट निस्किनुपर्छ भनी भन्छन्?
विश्वासीको मुखबाट कुनै भ्रष्ट कुरा निस्कनु हुँदैन, तर, अरूलाई सुधार गर्ने शब्दहरू निस्कनुपर्छ।
Ephesians 4:30-31
विश्वासीले कसलाई दुःखित तुल्याउनु हुँदैन?
विश्वासीले पवित्र आत्मालाई दुःखित तुल्याउनु हुँदैन।
Ephesians 4:32
ख्रीष्टमा परमेश्वरले उसलाई क्षमा दिनुभएकोले विश्वासीले के गर्नुपर्छ?
एक विश्वासीले अरूलाई क्षमा गर्नुपर्छ किनभने ख्रीष्टमा परमेश्वरले उसलाई क्षमा गर्नुभयो।
Ephesians 5
Ephesians 5:1
विश्वासीहरूले कसको देखासिकी गर्नुपर्छ?
विश्वासीहरूले परमेश्वरलाई पितालाई उहाँको सन्तानको रूपमा देखासिकी गर्नुपर्छ।
Ephesians 5:2
ख्रीष्टले के गर्नुभयो जुन परमेश्वरलाई मनपर्ने सुगन्ध थियो?
ख्रीष्टले आफूलाई विश्वासीहरूका लागि परमेश्वरलाई भेटी र बलिदानको रूपमा अर्पण गर्नुभयो।
Ephesians 5:3
विश्वासीहरू माझ के सुझाव दिनु हुँदैन?
विश्वासीहरूका बीचमा यौन अनैतिकता, अशुद्धता र लोभको सुझाव दिनु हुँदैन।
Ephesians 5:4
बरु विश्वासीहरू माझ कस्तो मनोवृत्ति देखिनुपर्छ?
विश्वासीहरूले बरु कृतज्ञताको मनोवृत्ति राख्नुपर्छ।
Ephesians 5:5
ख्रीष्ट र परमेश्वरको राज्यमा कसको कुनै उत्तराधिकार छैन?
यौन अनैतिक, अपवित्र र लोभीको ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।
Ephesians 5:6-8
अनाज्ञाकारिताका सन्तानहरूमा के आउँदैछ?
अनाज्ञाकारिताका सन्तानहरूमाथि परमेश्वरको क्रोध आउँदैछ।
Ephesians 5:9-10
ज्योतिको कुन फल प्रभुलाई मनपर्छ?
भलाइ, धार्मिकता र सत्यताको फल प्रभुलाई मनपर्छ।
Ephesians 5:11-12
अन्धकारका कार्यहरूमा विश्वासीहरूले के गर्नुपर्छ?
विश्वासीहरूले अन्धकारका कार्यहरूमा भाग लिनु हुँदैन, तर यसको सट्टामा प्रकट गरिदिनुपर्छ।
Ephesians 5:13-15
ज्योतिले के प्रकट गर्छ?
ज्योतिले सबै कुरा प्रकट गर्छ।
Ephesians 5:16-17
दिनहरू खराब भएकाले विश्वासीहरूले के गर्नुपर्छ?
विश्वासीहरूले समयलाई सदुपयोग गर्नुपर्छ किनकि दिनहरू खराब छन्।
Ephesians 5:18
केले लापरवाहीमा पुर्याउँदछ?
दाखमद्य पिउनुले लापरवाहीमा पुर्याउँदछ।
Ephesians 5:19-21
विश्वासीहरूले एक-अर्कासँग केको साथ बोल्नुपर्छ?
विश्वासीहरूले एक-अर्कासँग भजन, गीत र आत्मिक गानको साथ बोल्नुपर्छ।
Ephesians 5:22
पत्नीहरू कसरी आफ्नो पतिको अधीनमा हुनुपर्छ?
पत्नीहरू प्रभुको अधीनमा भएझैँ आफ्नो पतिको अधीनमा हुनुपर्छ।
Ephesians 5:23-25
पति केको शिर हो र ख्रीष्ट केको शिर हुनुहुन्छ?
पति पत्नीको शिर हो र ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ।
Ephesians 5:26-27
ख्रीष्टले मण्डलीलाई कसरी पवित्र गर्नुहुन्छ?
ख्रीष्टले मण्डलीलाई वचनको साथ पानीले धोएर मण्डलीलाई पवित्र बनाउनुहुन्छ।
Ephesians 5:28
पतिले आफ्नी पत्नीलाई कसरी प्रेम गर्नुपर्छ?
पतिले आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।
Ephesians 5:29-30
एक व्यक्तिले आफ्नो शरीरलाई कसरी पालनपोषण गर्छ?
एक व्यक्तिले आफ्नो शरीरलाई पोषण र प्रेम गर्छ।
Ephesians 5:31
पुरुषले आफ्नी श्रीमतीसँग मिल्दा के हुन्छ ?
जब पुरुष आफ्नी पत्नीसँग मिल्छन्, तिनीहरू एउटै शरीर हुन्छन्।
Ephesians 5:32-33
एक जना पुरुष र तिनकी पत्नीको मिलनबाट के लुकेको सत्य प्रदर्शित हुन्छ?
ख्रीष्ट र उहाँको मण्डलीको बारेमा लुकेको सत्य एक पुरुष र तिनकी पत्नीको संलग्नताद्वारा प्रदर्शन गरिएको छ।
Ephesians 6
Ephesians 6:1-3
ख्रीष्टियान छोराछोरीले आफ्ना आमाबाबुलाई कस्तो व्यवहार गर्नुपर्छ?
ख्रीष्टियान छोराछोरीहरूले आफ्ना आमाबाबुको आज्ञा पालन गर्नुपर्छ।
Ephesians 6:4
ख्रीष्टियान बुबाहरूले आफ्ना छोराछोरीहरूको लागि के गर्नुपर्छ?
ख्रीष्टियान बुबाहरूले आफ्ना छोराछोरीहरूलाई प्रभुको अनुशासन र निर्देशनमा हुर्काउनु पर्छ।
Ephesians 6:5-7
ख्रीष्टियान दासहरूले आफ्ना मालिकहरूको आज्ञा पालन गर्ने मनोवृत्ति कस्तो हुनुपर्छ?
ख्रीष्टियान दासहरूले प्रभुको लागि आफ्नो हृदयको इमानदारीतामा आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ।
Ephesians 6:8
विश्वासीले जे सुकै राम्रो काम गर्छ त्यसमा के याद गर्नुपर्छ?
एक विश्वासीले याद गर्नुपर्छ कि उसले जे पनि राम्रो काम गर्छ, उसले प्रभुबाट इनाम पाउनेछ।
Ephesians 6:9-10
ख्रीष्टियान मालिकले आफ्नो मालिकको बारेमा के याद गर्नुपर्छ?
एक ख्रीष्टियान मालिकले याद गर्नुपर्छ कि उसको र उसको सेवकको मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँसँग कुनै पक्षपात छैन।
Ephesians 6:11
किन एक विश्वासीले परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ?
एक विश्वासीले शैतानको दुष्ट योजनाहरू विरुद्ध खडा हुनको लागि परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ।
Ephesians 6:12
एक विश्वासी कस्को विरुद्ध लड्छ?
एक विश्वासी प्रधानताहरू र अन्धकारको क्षेत्रका शासकहरू र दुष्टको आत्मिक शक्तिहरू विरुद्ध लड्छ।
Ephesians 6:13-15
किन एक विश्वासीले परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ?
एक विश्वासीले शैतानको दुष्ट योजनाहरू विरुद्ध खडा हुनको लागि परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ।
Ephesians 6:16
परमेश्वरको कुन हतियारले दुष्टको अग्निबाण निभाउछ?
विश्वासको ढालले दुष्टको अग्निबाण निभाउछ।
Ephesians 6:17
आत्माको तरवार के हो?
आत्माको तरवार परमेश्वरको वचन हो।
Ephesians 6:18
विश्वासीहरूले प्रार्थनामा आफूलाई कस्तो आचरणमा राख्नुपर्छ?
विश्वासीहरूले सधैँ दृढतापूर्वक र परमेश्वरलाई जवाफको लागि हेर्दै प्रार्थना गर्नुपर्छ।
Ephesians 6:19
एफिसीहरूका प्रार्थनाहरूद्वारा पावलले के प्राप्त गर्न चाहन्छन्?
पावलले सुसमाचार बोल्दा साहसका साथ उहाँलाई वचन दिइएको चाहन्छन्।
Ephesians 6:20-22
पावलले यो पत्र लेख्दा कहाँ छन्?
पावलले यो पत्र लेख्दा जेलमा बाँधिएका छन्।
Ephesians 6:23-24
पावलले परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले विश्वासीहरूलाई के दिनुहुन्छ भनी सोध्छन्?
परमेश्वरले तिनीहरूलाई विश्वासको साथ शान्ति र प्रेम दिनुहुनेछ भनी पावलले सोध्छन्।