नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Romans

Romans 1

Romans 1:1

पावलको समयभन्दा अगि परमेश्‍वरले कुन माध्यमद्वारा सुसमाचारको प्रतिज्ञा गर्नुभएको थियो ?

परमेश्‍वरले पहिले पवित्र धर्मशास्‍त्रमा आफ्ना अगमवक्‍ताहरूद्वारा सुसमाचारको प्रतिज्ञा गर्नुभएको थियो । [१:१-२]

Romans 1:2

पावलको समयभन्दा अगि परमेश्‍वरले कुन माध्यमद्वारा सुसमाचारको प्रतिज्ञा गर्नुभएको थियो ?

परमेश्‍वरले पहिले पवित्र धर्मशास्‍त्रमा आफ्ना अगमवक्‍ताहरूद्वारा सुसमाचारको प्रतिज्ञा गर्नुभएको थियो । [१:१-२]

Romans 1:3

शरीरअनुसार परमेश्‍वरका पुत्र कसको वंशमा जन्मनुभयो ?

शरीरअनुसार परमेश्‍वरका पुत्र दाऊदको वंशमा जन्मनुभयो । [१:३]

Romans 1:4

कुन घटनाद्वारा येशू ख्रीष्‍टलाई परमेरश्‍वरका पुत्र भनी घोषणा गरियो ?

मृतकहरूबाटको पुनरुत्थानद्वारा येशू ख्रीष्‍टलाई परमेश्‍वरका पुत्र भनी घोषणा गरियो । [१:४]

Romans 1:5-7

कुन उद्देश्यको लागि पावलले ख्रीष्‍टबाट अनुग्रह र प्रेरितको काम पाए ?

सबै जातिहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको लागि पावलले अनुग्रह र प्रेरितको काम पाए । [१:५]

Romans 1:8-10

रोममा भएका विश्‍वासीहरूको सम्बन्धमा पावल केका लागि परमेश्‍वरलाई धन्यवाद दिन्छन् ?

तिनीहरूको विश्‍वास सारा जगतमा प्रचार भएको कारणले पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन् । [१:८]

Romans 1:11-12

किन पावल रोममा भएका विश्‍वासीहरूलाई भेट्ने इच्छा गर्छन् ?

तिनीहरूलाई बलियो पार्ने उद्देश्यले तिनीहरूलाई आत्मिक वरदान दिनका लागि पावल तिनीहरूलाई भेट्ने इच्छा गर्छन् । [१:११]

Romans 1:13-15

किन अहिलेसम्म पावलले रोममा भएका विश्‍वासीहरूलाई भेट्न सकेनन् ?

अहिलेसम्म पावललाई बाधा पुर्‍याइएकोले तिनले भेट्न सकेका थिएनन् । [१:१३]

Romans 1:16

पावलको भनाइअनुसार सुसमाचार के हो ?

पावलको भनाइअनुसार सुसमाचार विश्‍वास गर्ने हरेकको लागि परमेश्‍वरको शक्‍ति हो । [१:१६]

Romans 1:17

धर्मीचाहिँ कसरी जिउनेछ भन्‍ने सम्बन्धमा पावल धर्मशास्‍त्रको कुन वचनलाई उद्धृत गर्छन् ?

पावल यस वचनलाई उद्धृत गर्छन्, “धर्मीचाहिँ विश्‍वासद्वारा जिउनेछ ।” [१:१७]

Romans 1:18

ईश्‍वरविहीन र अधर्मीहरूहरूका लागि परमेश्‍वरको बारेमा भएको ज्ञान प्रस्टै भए तापनि तिनीहरूले के गर्छन् ?

ईश्‍वरविहीन र अधर्मीहरूका लागि परमेश्‍वरको बारेमा भएको ज्ञान प्रस्टै भए तापनि तिनीहरूले सत्यतालाई दबाउँछन् । [१:१८-१९]

Romans 1:19

Romans 1:20

परमेश्‍वरका कुन-कुन गुणहरू प्रस्ट रूपमा छर्लङ्गै छन् ?

परमेश्‍वरको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव प्रस्ट रूपमा छर्लङ्गै छन् । [१:२०]

Romans 1:21-23

परमेश्‍वरको महिमा नगर्ने र उहाँलाई धन्यवाद नचढाउनेहरूका विचार र हृदयलाई के हुन्छ ?

परमेश्‍वरको महिमा नगर्ने र उहाँलाई धन्यवाद नचढाउनेहरू तिनीहरूका विचारमा मूर्ख बन्छन् भने तिनीहरूका हृदय अन्धकार पारिन्छन् । [१:२१]

Romans 1:24-25

परमेश्‍वरको महिमालाई नष्‍ट हुने मानिस र जनावरहरूका स्वरूपसित साटफेर गर्नेहरूलाई उहाँले के गर्नुहुन्छ ?

परमेश्‍वरले तिनीहरूका हृदयको कामवासनालाई अशुद्धताको निम्ति र तिनीहरूका शरीरलाई तिनीहरूकै बिचमा अनादरको निम्ति सुम्पिदिनुहुन्छ । [१:२४]

Romans 1:26

यी स्‍त्री र पुरुषहरू तिनीहरूको कामवासनामा के-कस्ता अनादरयोग्य अभिलाषाहरूका लागि जले ?

स्‍त्रीहरू तिनीहरूको कामवासनामा एक अर्काको निम्ति जले भने पुरुषहरू पनि तिनीहरूको कामवासनामा एक अर्काको निम्ति जले । [१:२६-२७]

Romans 1:27

Romans 1:28

आफ्नो सजगतामा पनि परमेश्‍वर हुनुभएकोमा सहमत नहुनेहरुलाई उहाँले के गर्नुहुन्छ ?

परमेश्‍वरले तिनीहरूलाई अनुचित कार्य गर्न भ्रष्‍ट मनको लागि त्यागिदिनुहुन्छ । [१:२८]

Romans 1:29-31

भ्रष्‍ट मन भएकाहरूका केही विशेषताहरू के-के हुन् ?

भ्रष्‍ट मन भएकाहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट मनसायले भरिएका हुन्छन् । [१:२९]

Romans 1:32

भ्रष्‍ट मन भएकाहरूले परमेश्‍वरका नियमहरूबारे के बुझ्छन् ?

भ्रष्‍ट मन भएकाहरूले बुझ्दछन्, कि यस्ता कुरा गर्नेहरू मृत्युका योग्य छन् । [१:३२]

भ्रष्‍ट मन भएकाहरूले परमेश्‍वरका नियमहरू बुझे तापनि तिनीहरूले के गर्छन् ?

तिनीहरूले अधर्मी कुराहरू गर्छन् र त्यस्तो अभ्यास गर्नेहरूसँग सहमत हुन्छन् । [१:३२]

Romans 2

Romans 2:1

किन केही मानिसहरूको न्यायमा तिनीहरूलाई कुनै बहाना छैन ?

केही मानिसहरूको न्यायमा तिनीहरूलाई कुनै बहाना छैन, किनकि तिनीहरूले अरूको जे कुरामा न्याय गर्छन् तिनीहरू आफैँले पनि त्यही गर्छन् । [२:१]

Romans 2:2-3

परमेश्‍वरले अधार्मिकताको अभ्यास गर्नेहरूलाई न्याय गर्नुहुँदा कसरी न्याय गर्नुहुन्छ ?

परमेश्‍वरले अधार्मिकताको अभ्यास गर्नेहरूलाई न्याय गर्नुहुँदा सत्यताबमोजिम न्याय गर्नुहुन्छ । [२:२]

Romans 2:4

परमेश्‍वरको धैर्य र भलाइ के गर्नको लागि हो ?

परमेश्‍वरको धैर्य र भलाइ व्यक्‍तिलाई पश्‍चात्तामा डोर्‍याउनका लागि हो । [२:४]

Romans 2:5-6

परमेश्‍वरप्रति कठोर र अपश्‍चात्तापी हृदय भएकाहरूले आफ्ना निम्ति के थुपारिरहेका छन् ?

परमेश्‍वरप्रति कठोर र अपश्‍चात्तापी हृदय भएकाहरूले आफ्ना निम्ति परमेश्‍वरको धार्मिक न्यायको निम्ति क्रोधलाई थुपारिरहेका छन् । [२:५]

Romans 2:7

नियमित रूपमा असल काम गर्नेहरूले के प्राप्‍त गर्छन् ?

नियमित रूपमा असल काम गर्नेहरूले अनन्त जीवन प्राप्‍त गर्छन् । [२:७]

Romans 2:8

अधार्मिकताप्रति अनाज्ञाकारी हुनेहरूले के प्राप्‍त गर्छन् ?

अधार्मिकताप्रति अनाज्ञाकारी हुनेहरूले क्रोध, हिंस्रक रिस, सङ्कष्‍ट र विपत्ति प्राप्‍त गर्छन् । [२:८-९]

Romans 2:9-11

अधार्मिकताप्रति अनाज्ञाकारी हुनेहरूले के प्राप्‍त गर्छन् ?

अधार्मिकताप्रति अनाज्ञाकारी हुनेहरूले क्रोध, हिंस्रक रिस, सङ्कष्‍ट र विपत्ति प्राप्‍त गर्छन् । [२:८-९]

Romans 2:12

यहूदी र ग्रीकबिचको न्यायमा कसरी परमेश्‍वरले पक्षपात देखाउनुहुन्‍न ?

परमेश्‍वरले कुनै पक्षपात देखाउनुहुन्‍न किनकि पाप गर्ने चाहे त्यो यहूदी होस् वा ग्रीक त्यो नष्‍ट हुनेछ । [२:१२]

Romans 2:13

परमेश्‍वरको सामु को धर्मी ठहरिन्छ ?

परमेश्‍वरको सामु व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिन्छन् । [२:१३]

Romans 2:14-20

एउटा गैरयहूदीको हृदयमा व्यवस्थाका कुराहरू लेखिएका छन् भन्‍ने उसले कसरी देखाउँछ ?

एउटा गैरयहूदीले व्यवस्थाका कुराहरू आफ्‍नो स्वभावैले गर्दा उसको हृदयमा व्यवस्थाका कुराहरू लेखिएका छन् भन्‍ने देखाउँदछ । [२:१४]

Romans 2:21

व्यवस्थामा भर परी त्यो अरूलाई सिकाउने यहूदीहरूलाई पावल कस्तो चुनौती दिन्छन् ?

यदि तिनीहरू अरूलाई व्यवस्था सिकाउँछन् भने तिनीहरूले आफूलाई पनि सिकाउनुपर्छ भनी पावल तिनीहरूलाई चुनौती दिन्छन् । [२:२१]

व्यवस्थाका यहूदी अगुवाहरूले कुन-कुन पापहरू गर्न छाड्नुपर्छ भनी पावल उल्लेख गर्छन् ?

पावलले चोरी, व्यभिचारी, मन्दिरहरूको लुटसम्बन्धी पापहरूलाई उल्लेख गर्छन् । [२:२१-२२]

Romans 2:22

व्यवस्थाका यहूदी अगुवाहरूले कुन-कुन पापहरू गर्न छाड्नुपर्छ भनी पावल उल्लेख गर्छन् ?

पावलले चोरी, व्यभिचारी, मन्दिरहरूको लुटसम्बन्धी पापहरूलाई उल्लेख गर्छन् । [२:२१-२२]

Romans 2:23

किन व्यवस्थाका यहूदी शिक्षकहरूको कारणले गैरयहूदीहरूका बिचमा परमेश्‍वरको नाउँ अनादर भएको छ ?

व्यवस्थाका यहूदी शिक्षकहरूले व्यवस्था उल्लङ्घन गरेकाले परमेश्‍वरको नाउँ अनादर हुन्‍छ । [२:२३-२४]

Romans 2:24

किन व्यवस्थाका यहूदी शिक्षकहरूको कारणले गैरयहूदीहरूका बिचमा परमेश्‍वरको नाउँ अनादर भएको छ ?

व्यवस्थाका यहूदी शिक्षकहरूले व्यवस्था उल्लङ्घन गरेकाले परमेश्‍वरको नाउँ अनादर हुन्‍छ । [२:२३-२४]

Romans 2:25

एउटा यहूदीको खतना बेखतना बन्‍न सक्छ भनी पावल कसरी भन्‍न सक्छन् ?

एउटा यहूदीले व्यवस्था उल्लङ्घन गरेमा उसको खतना बेखतना बन्‍न सक्छ भनी पावल भन्छन् । [२:२५]

Romans 2:26-27

एउटा गैरयहूदीको बेखतनालाई खतना मानिन सकिन्छ भनी पावल कसरी भन्‍न सक्छन् ?

एउटा गैरयहूदीले व्यवस्थाका कुराहरू पालन गर्दछ भने उसको बेखतनालाई खतना मानिन सकिन्छ भनी पावल भन्छन् । [२:२६]

Romans 2:28

पावलको भनाइअनुसार साँचो यहूदी को हो ?

पावलको भनाइअनुसार भित्री रूपमा हृदयको खतना भएको व्यक्‍ति नै साँचो यहूदी हो । [२:२८-२९]

Romans 2:29

पावलको भनाइअनुसार साँचो यहूदी को हो ?

पावलको भनाइअनुसार भित्री रूपमा हृदयको खतना भएको व्यक्‍ति नै साँचो यहूदी हो । [२:२८-२९]

एउटा साँचो यहूदीले कसबाट प्रशंसा पाउँछ ?

एउटा साँचो यहूदीले परमेश्‍वरबाट प्रशंसा पाउँछ । [२:२९]

Romans 3

Romans 3:1

यहूदी हुनुको पहिलो फाइदा के हो ?

यहूदी हुनुको पहिलो फाइदा यही हो, कि तिनीहरूलाई परमेश्‍वरबाट आएको प्रकाश सुम्पिएको थियो । [३:१-२]

Romans 3:2-3

यहूदी हुनुको पहिलो फाइदा के हो ?

यहूदी हुनुको पहिलो फाइदा यही हो, कि तिनीहरूलाई परमेश्‍वरबाट आएको प्रकाश सुम्पिएको थियो । [३:१-२]

Romans 3:4

हरेक व्यक्‍ति झुट भए तापनि परमेश्‍वर कस्तो हुनुहुन्छ ?

हरेक व्यक्‍ति झुट भए तापनि परमेश्‍वर साँचो हुनुहुन्छ । [३:४]

Romans 3:5

परमेश्‍वर धर्मी हुनुभएकोले उहाँ के गर्न सक्षम हुनुहुन्छ ?

परमेश्‍वर धर्मी हुनुभएकोले उहाँ संसारको न्याय गर्न सक्षम हुनुहुन्छ । [३:५-६]

Romans 3:6-7

परमेश्‍वर धर्मी हुनुभएकोले उहाँ के गर्न सक्षम हुनुहुन्छ ?

परमेश्‍वर धर्मी हुनुभएकोले उहाँ संसारको न्याय गर्न सक्षम हुनुहुन्छ । [३:५-६]

Romans 3:8

“खराबी गरौँ ताकि भलाइ आउन सकोस्” भन्‍नेहरूमाथि के आइपर्छ ?

“खराबी गरौँ ताकि भलाइ आउन सकोस्” भन्‍नेहरूमाथि न्याय आइपर्छ । [३:८]

Romans 3:9

यहूदी र ग्रीकहरू अर्थात् सबैको धार्मिकताको विषयमा धर्मशास्‍त्रमा के लेखिएको छ ?

कोही पनि धर्मी छैन, एउटै पनि छैन भनी लेखिएको छ । [३:९-१०]

Romans 3:10

यहूदी र ग्रीकहरू अर्थात् सबैको धार्मिकताको विषयमा धर्मशास्‍त्रमा के लेखिएको छ ?

कोही पनि धर्मी छैन, एउटै पनि छैन भनी लेखिएको छ । [३:९-१०]

Romans 3:11-19

जे लेखिएको छ त्यसअनुसार कसले परमेश्‍वरलाई बुझ्दछ र उहाँको खोजी गर्दछ ?

जे लेखिएको छ त्यसअनुसार कसैले पनि परमेश्‍वरलाई बुझ्दैन र उहाँको खोजी गर्दैन । [३:११]

Romans 3:20

व्यवस्थाका कामहरूद्वारा को धर्मी ठहरिन्छ ?

व्यवस्थाका कामहरूद्वारा कोही पनि धर्मी ठहरिँदैन । [३:२०]

व्यवस्थाबाट के आउँछ ?

व्यवस्थाबाट पापको ज्ञान आउँछ । [३:२०]

Romans 3:21

कुन गवाहीद्वारा व्यवस्थाविनै अहिले धार्मिकतालाई प्रकट गरिएको छ ?

व्यवस्था र अगमवक्‍ताहरूको गवाहीद्वारा व्यवस्थाविनै अहिले धार्मिकतालाई प्रकट गरिएको छ । [३:२१]

Romans 3:22-23

अहिले प्रकट गराइएको व्यवस्थाविनाको धार्मिकता के हो ?

व्यवस्थाविनाको धार्मिकता भनेको विश्‍वास गर्नेहरू सबैका लागि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा प्राप्‍त हुने परमेश्‍वरको धार्मिकता हो । [३:२२]

Romans 3:24

कसरी मानिस परमेश्‍वरको सामु धर्मी ठहरिन्छ ?

येशू ख्रीष्‍टमा प्राप्‍त हुने छुटकाराद्वारा उहाँको अनुग्रहबाट मानिस परमेश्‍वरको सामु सित्तैँमा धर्मी ठहरिन्छ । [३:२४]

Romans 3:25

परमेश्‍वरले कुन उद्देश्यको लागि येशूलाई उपलब्ध गराउनुभयो ?

विश्‍वासद्वारा ख्रीष्‍टको रगतमा प्राप्‍त हुने प्रायश्‍चितको लागि परमेश्‍वरले उहाँलाई उपलब्ध गराउनुभयो । [३:२५]

Romans 3:26-27

येशू ख्रीष्‍टद्वारा भएका सबै कुराबाट परमेश्‍वरले के देखाउनुभयो ?

येशूमाथि विश्‍वास गरेको कारणले कुनै पनि व्यक्‍तिलाई धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्छ भनी उहाँले देखाउनुभयो । [३:२६]

Romans 3:28-29

निर्दोषीकरणमा व्यवस्थाका कामहरूको के भूमिका छ ?

व्यवस्थाका कामहरूविना नै कुनै पनि व्यक्‍ति धर्मी ठहरिन्छ । [३:२८]

Romans 3:30

खतना गरेको यहूदी र खतना नगरेको गैरयहूदीलाई परमेश्‍वरले कसरी धर्मी ठहराउनुहुन्छ ?

परमेश्‍वरले दुवैलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ । [३:३०]

Romans 3:31

हामी विश्‍वासद्वारा व्यवस्थालाई के गर्छौं ?

हामी विश्‍वासद्वारा व्यवस्थालाई कायम राख्छौँ । [३:३१]

Romans 4

Romans 4:2

केले गर्दा अब्राहामलाई घमण्ड गर्ने कारण हुन्थ्यो ?

अब्राहाम कामहरूद्वारा धर्मी ठहरिएका भए तिनलाई घमण्ड गर्ने कारण हुन्थ्यो । [४:२]

Romans 4:3-4

अब्राहाम कसरी धर्मी ठहरिए भन्‍ने विषयमा धर्मशास्‍त्रले के भन्छ ?

अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो भनी धर्मशास्‍त्रले भन्छ । [४:३]

Romans 4:5

परमेश्‍वरले कस्ता किसिमका मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ ?

परमेश्‍वरले अधर्मीहरूलाई धर्मी ठहराउनुहुन्छ । [४:५]

Romans 4:6

दाऊदको भनाइअनुसार कसरी मानिस परमेश्‍वरद्वारा धन्यको हुन्छ ?

दाऊदको भनाइअनुसार त्यो मानिस धन्यको हो जसका पाप क्षमा गरिएका छन् र प्रभुद्वारा उसको पाप गनिएको छैन । [४:६-८]

Romans 4:7

दाऊदको भनाइअनुसार कसरी मानिस परमेश्‍वरद्वारा धन्यको हुन्छ ?

दाऊदको भनाइअनुसार त्यो मानिस धन्यको हो जसका पाप क्षमा गरिएका छन् र प्रभुद्वारा उसको पाप गनिएको छैन । [४:६-८]

Romans 4:8

दाऊदको भनाइअनुसार कसरी मानिस परमेश्‍वरद्वारा धन्यको हुन्छ ?

दाऊदको भनाइअनुसार त्यो मानिस धन्यको हो जसका पाप क्षमा गरिएका छन् र प्रभुद्वारा उसको पाप गनिएको छैन । [४:६-८]

Romans 4:9

अब्राहामको खतना हुनुभन्दा पहिले कि पछि तिनको विश्‍वासलाई धार्मिकता गनिएको थियो ?

अब्राहामको खतना हुनुभन्दा पहिले नै तिनको विश्‍वासलाई धार्मिकता गनिएको थियो । [४:९-१०]

Romans 4:10

अब्राहामको खतना हुनुभन्दा पहिले कि पछि तिनको विश्‍वासलाई धार्मिकता गनिएको थियो ?

अब्राहामको खतना हुनुभन्दा पहिले नै तिनको विश्‍वासलाई धार्मिकता गनिएको थियो । [४:९-१०]

Romans 4:11

अब्राहाम कुनचाहिँ मानिसहरूको समूहका पिता हुन् ?

अब्राहाम खतना गरेका र नगरेका दुवै थरीमा विश्‍वास गर्ने सबैका पिता हुन् । [४:११-१२]

Romans 4:12

अब्राहाम कुनचाहिँ मानिसहरूको समूहका पिता हुन् ?

अब्राहाम खतना गरेका र नगरेका दुवै थरीमा विश्‍वास गर्ने सबैका पिता हुन् । [४:११-१२]

Romans 4:13

विश्‍वासको धार्मिकताद्वारा अब्राहाम र तिनका सन्तानहरूलाई कुन प्रतिज्ञा दिइयो ?

अब्राहाम र तिनका सन्तानहरू संसारका उत्तराधिकारी हुनेथिए भनी तिनी र तिनका सन्तानहरूलाई प्रतिज्ञा गरियो । [४:१३]

Romans 4:14-15

अब्राहामलाई गरिएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको भए के साँचो हुनेथियो ?

प्रतिज्ञा व्यवस्थाद्वारा आएको भए विश्‍वास रित्तो हुनेथियो र प्रतिज्ञा साँचो हुनेथिएन । [४:१४]

Romans 4:16

के कारणको लागि प्रतिज्ञा विश्‍वासद्वारा दिइयो ?

प्रतिज्ञा अनुग्रहबाट हो र यो साँचो छ भन्‍नाका लागि प्रतिज्ञा विश्‍वासद्वारा दिइयो । [४:१६]

Romans 4:17

पावलको भनाइअनुसार परमेश्‍वरले कुन-कुन दुईटा कुरा गर्नुहुन्छ ?

पावलको भनाइअनुसार परमेश्‍वरले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका कुराहरूलाई अस्तित्वमा ल्याउनुहुन्छ । [४:१७]

Romans 4:18

अब्राहाम धेरै जातिहरूका पिता हुनेथिए भन्‍ने परमेश्‍वरको प्रतिज्ञामाथि विश्‍वास गर्न तिनलाई के-कस्ता बाहिरी परिस्थितिहरूले कठिन बनाए ?

परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुहुँदा अब्राहाम करिब एक सय वर्षका थिए र साराको कोख बाँझो थियो । [४:१८-१९]

यी बाहिरी परिस्थितिहरूका बाबजुत पनि कसरी अब्राहामले परमेश्‍वरको प्रतिज्ञाप्रति प्रतिक्रिया देखाए ?

अब्राहामले निश्‍चयतासाथ परमेश्‍वरमाथि भरोसा गरे र तिनले अविश्‍वास गरेनन् । [४:१८,२०]

Romans 4:19

Romans 4:20-22

यी बाहिरी परिस्थितिहरूका बाबजुत पनि कसरी अब्राहामले परमेश्‍वरको प्रतिज्ञाप्रति प्रतिक्रिया देखाए ?

अब्राहामले निश्‍चयतासाथ परमेश्‍वरमाथि भरोसा गरे र तिनले अविश्‍वास गरेनन् । [४:१८,२०]

Romans 4:23

अब्राहामको विवरण कसको निम्ति लेखियो ?

अब्राहामको विवरण तिनको फाइदा र हाम्रो फाइदाको निम्ति लेखियो । [४:२३-२४]

Romans 4:24

अब्राहामको विवरण कसको निम्ति लेखियो ?

अब्राहामको विवरण तिनको फाइदा र हाम्रो फाइदाको निम्ति लेखियो । [४:२३-२४]

Romans 4:25

परमेश्‍वरले हाम्रा निम्ति के गर्नुभएको छ भनी हामी विश्‍वास गर्दछौँ ?

हामी विश्‍वास गर्दछौँ कि परमेश्‍वरले येशूलाई मरेकाहरूबाट उठाउनुभएको छ जो हाम्रा पापको निम्ति सुम्पिनुभएको थियो र हाम्रो निर्दोषीकरणको निम्ति उठाइनुभयो । [४:२५]

Romans 5

Romans 5:1-2

विश्‍वासद्वारा धर्मी ठहरिएकाले विश्‍वासीहरूसित के छ ?

विश्‍वासद्वारा धर्मी ठहरिएकाले विश्‍वासीहरूको ख्रीष्‍टद्वारा परमेश्‍वरसित मिलाप भएको छ । [५:१]

Romans 5:3

कष्‍टले ल्याउने तिनवटा कुरा के-के हुन् ?

कष्‍टले सहनशीलता, सहमति र भरोसा ल्याउँछ । [५:३-४]

Romans 5:4-7

कष्‍टले ल्याउने तिनवटा कुरा के-के हुन् ?

कष्‍टले सहनशीलता, सहमति र भरोसा ल्याउँछ । [५:३-४]

Romans 5:8

परमेश्‍वरले हामीलाई गर्नुभएको प्रेमलाई कसरी प्रमाणित गर्नुहुन्छ ?

हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो र यसैबाट परमेश्‍वरले हामीलाई गर्नुभएको प्रेमलाई प्रमाणित गर्नुहुन्छ । [५:८]

Romans 5:9

ख्रीष्‍टको रगतद्वारा धर्मी ठहरिएर विश्‍वासीहरू केबाट बचाइएका छन् ?

ख्रीष्‍टको रगतद्वारा धर्मी ठहरिएर विश्‍वासीहरू परमेश्‍वरको क्रोधबाट बचाइएका छन् । [५:९]

Romans 5:10-11

येशूद्वारा परमेश्‍वरसित मिलाप गराइनुअगि उहाँसित अविश्‍वासीहरूको सम्बन्ध कस्तो थियो ?

येशूद्वारा परमेश्‍वरसित मिलाप गराइनुअगि अविश्‍वासीहरू परमेश्‍वरका शत्रुहरू हुन् । [५:१०]

Romans 5:12-13

एक जना मानिसको पापले गर्दा के भयो ?

एक जना मानिसको पापले गर्दा पाप संसारमा प्रवेश गर्‍यो; पापबाट मृत्यु आयो र मृत्यु सबै मानिसमा फैलियो । [५:१२]

Romans 5:14

को थिए ती एक जना मानिस जसद्वारा संसारमा पाप आयो ?

ती एक जना मानिस आदम थिए जसद्वारा संसारमा पाप आयो । [५:१४]

Romans 5:15

आदमका पापभन्दा परमेश्‍वरको सित्तैँको वरदान कसरी फरक छ ?

आदमको पापद्वारा धेरै मरे तर परमेश्‍वरको सित्तैँको वरदान धेरैको निम्ति प्रशस्त भयो । [५:१५]

Romans 5:16

आदमको पापले के नतिजा ल्यायो र परमेश्‍वरको सित्तैँको वरदानले के नतिजा ल्यायो ?

आदमको पापले दण्डाज्ञाको न्याय ल्यायो तर परमेश्‍वरको सित्तैँको वरदानले निर्दोषीकरण ल्यायो । [५:१६]

Romans 5:17-18

आदमको पापको कारणले गर्दा केले शासन गर्‍यो र परमेश्‍वरको धार्मिकताको वरदानको कारणले गर्दा केले शासन गर्‍यो ?

आदमको पापको कारणले गर्दा मृत्युले शासन गर्‍यो र परमेश्‍वरको वरदानलाई प्राप्‍त गर्नेहरूले येशू ख्रीष्‍टको जीवनद्वारा शासन गर्छन् । [५:१७]

Romans 5:19

आदमको आज्ञा उल्लङ्घनद्वारा धेरै जना के बनाइए र ख्रीष्‍टको आज्ञा पालनद्वारा धेरै जना के बनाइनेछन् ?

आदमको आज्ञा उल्लङ्घनद्वारा धेरै जना पापी बनाइए र ख्रीष्‍टको आज्ञा पालनद्वारा धेरै जना धर्मी बनाइनेछन् । [५:१९]

Romans 5:20-21

किन व्यवस्था सँगै आयो ?

अपराध बढोस् भन्‍ने हेतुले व्यवस्था सँगै आयो । [५:२०]

अपराधभन्दा बढी के प्रशस्त भयो ?

अपराधभन्दा बढी परमेश्‍वरको अनुग्रह प्रशस्त भयो । [५:२०]

Romans 6

Romans 6:1

के परमेश्‍वरको अनुग्रह प्रशस्त मात्रा होस् भन्‍ने हेतुले विश्‍वासीहरू पापमै लागिरहने हो ?

यस्तो कहिल्यै नहोस् । [६:१-२]

Romans 6:2

के परमेश्‍वरको अनुग्रह प्रशस्त मात्रा होस् भन्‍ने हेतुले विश्‍वासीहरू पापमै लागिरहने हो ?

यस्तो कहिल्यै नहोस् । [६:१-२]

Romans 6:3

ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लिएकाहरूलाई केमा बप्‍तिस्मा दिइयो ?

ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लिएका मानिसहरूलाई ख्रीष्‍टको मृत्युमा बप्‍तिस्मा दिइयो । [६:३]

Romans 6:4

ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभएकोले विश्‍वासीहरूले के गर्नुपर्छ ?

विश्‍वासीहरू नयाँ जीवनको बाटोमा हिँड्नुपर्छ । [६:४]

Romans 6:5

कुन-कुन दुइवटा तरिकाले विश्‍वासीहरू बप्‍तिस्माद्वारा ख्रीष्‍टमा एक गरिन्छन् ?

ख्रीष्‍टको मृत्यु र पुनरुत्थानमा विश्‍वासीहरू ख्रीष्‍टसितै एक हुन्छन् । [६:५]

Romans 6:6-8

हामी फेरि पापको दासत्व नहोऔँ भन्‍ने हेतुले हाम्रो निम्ति के गरियो ?

हामी फेरि पापको दासत्व नहोऔँ भन्‍ने हेतुले पुरानो मनुष्यत्वलाई ख्रीष्‍टसितै क्रूसमा टाँगियो । [६:६]

Romans 6:9

मृत्युले अब उसो ख्रीष्‍टमाथि शासन गर्नेछैन भनी हामीले कसरी थाहा पाउने ?

ख्रीष्‍ट मरेकाहरूबाट जीवित हुनुभएकोले मृत्युले अब उसो ख्रीष्‍टमाथि शासन गर्नेछैन भनी हामी जान्दछौँ । [६:९]

Romans 6:10

ख्रीष्‍ट कति पटक पापको निम्ति मर्नुभयो र ख्रीष्‍ट कति जना मानिसहरूका निम्ति मर्नुभयो ?

ख्रीष्‍ट सधैँको निम्ति एकपल्ट पापको लागि मर्नुभयो । [६:१०]

पापसित विश्‍वासीको सम्बन्धबारे उसले कसरी सोच्‍ने ?

एउटा विश्‍वासी पापको निम्ति मरेको छ भनी उसले ठान्‍नुपर्छ । [६:१०-११]

विश्‍वासीले आफ्नो जीवन कसको निम्ति जिउँछ ?

विश्‍वासीले आफ्नो जीवन परमेश्‍वरको निम्ति जिउँछ । [६:१०-११]

Romans 6:11-12

Romans 6:13

विश्‍वासीले आफ्ना शरीरका अङ्गहरू कसलाई र कुन उद्देश्यको लागि अर्पण गर्नुपर्छ ?

विश्‍वासीले आफ्ना शरीरका अङ्गहरू धार्मिकताका साधनको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुपर्छ । [६:१३]

Romans 6:14-15

विश्‍वासी केको अधीनमा जिउँछ जसले उसलाई पापमाथि शासन गर्ने अनुमति दिन्छ ?

विश्‍वासी अनुग्रहको अधीनमा जिउँछ जसले उसलाई पापमाथि शासन गर्ने अनुमति दिन्छ । [६:१४]

Romans 6:16-17

आफैलाई पापको कमारा तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा के हुनेछ ?

आफैलाई पापको कमारा तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा मृत्यु हुनेछ । [६:१६,२१]

आफैँलाई परमेश्‍वरको दास तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा के हुनेछ ?

आफैँलाई परमेश्‍वरको दास तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा धार्मिकता हुनेछ । [६:१६, १८-१९]

Romans 6:18

आफैँलाई परमेश्‍वरको दास तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा के हुनेछ ?

आफैँलाई परमेश्‍वरको दास तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा धार्मिकता हुनेछ । [६:१६, १८-१९]

Romans 6:19-20

आफैँलाई परमेश्‍वरको दास तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा के हुनेछ ?

आफैँलाई परमेश्‍वरको दास तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा धार्मिकता हुनेछ । [६:१६, १८-१९]

Romans 6:21

आफैलाई पापको कमारा तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा के हुनेछ ?

आफैलाई पापको कमारा तुल्याउने व्यक्‍तिको जीवनमा आखिरी नतिजा मृत्यु हुनेछ । [६:१६,२१]

Romans 6:22

परमेश्‍वरका दासहरूले केको लागि फल फलाउँछन् ?

परमेश्‍वरका दासहरूले शुद्धिकरणको लागि फल फलाउँछन् । [६:२२]

Romans 6:23

पापको ज्याला के हो ?

पापको ज्याला मृत्यु हो । [६:२३]

परमेश्‍वरको सित्तैँको दान के हो ?

परमेश्‍वरको सित्तैँको दान अनन्त जीवन हो । [६:२३]

Romans 7

Romans 7:1

व्यवस्थाले कहिलेसम्म व्यक्‍तिलाई अधीनमा राख्छ ?

व्यवस्थाले बाँचुञ्‍जेलसम्म व्यक्‍तिलाई अधीनमा राख्छ । [७:१]

Romans 7:2

एउटी विवाहित स्‍त्री कहिलेसम्म विवाहको व्यवस्थाद्वारा बाँधिन्छे ?

एउटी विवाहित स्‍त्री उसको पति बाँचुञ्‍जेलसम्म विवाहको व्यवस्थाद्वारा बाँधिन्छे । [७:२]

Romans 7:3

स्‍त्री विवाहको व्यवस्थाबाट मुक्त भएपछि उसले के गर्न सक्छे ?

एक पटक स्‍त्री विवाहको व्यवस्थाबाट मुक्त भएपछि उसले अर्को पुरुषसित विवाह गर्न सक्छे । [७:३]

Romans 7:4-6

कसरी विश्‍वासीहरू व्यवस्थाको निम्ति मर्छन् ?

ख्रीष्‍टको शरीरद्वारा विश्‍वासीहरू व्यवस्थाको निम्ति मर्छन् । [७:४]

व्यवस्थाको निम्ति मरेर विश्‍वासीहरू के गर्न सक्षम हुन्छन् ?

व्यवस्थाको निम्ति मरेर विश्‍वासीहरू ख्रीष्‍टसित एक हुन सक्षम हुन्छन् । [७:४]

Romans 7:7

व्यवस्थाले के काम गर्छ ?

व्यवस्थाले पापको ज्ञान दिन्छ । [७:७]

के व्यवस्था पाप हो, कि यो पवित्र छ ?

व्यवस्था पवित्र छ र आज्ञा पवित्र, धर्मी र असल छ । [७:७]

Romans 7:8-11

व्यवस्थाको आज्ञाद्वारा पापले के गर्दछ ?

व्यवस्थाको आज्ञाद्वारा पापले व्यक्‍तिमा हरेक किसिमको कामवासना ल्याउँछ । [७:८]

Romans 7:12

के व्यवस्था पाप हो, कि यो पवित्र छ ?

व्यवस्था पवित्र छ र आज्ञा पवित्र, धर्मी र असल छ । [७:१२]

Romans 7:13-15

पावलको भनाइअनुसार पापले तिनलाई के गर्छ ?

पावलको भनाइअनुसार पापले व्यवस्थाद्वारा तिनमा मृत्यु ल्याउँछ । [७:१३]

Romans 7:16

के कारणले गर्दा पावल व्यवस्था असल छ भन्‍ने कुरामा सहमत हुन पुग्छन् ?

पावल जे कुरो गर्न चाहन्‍नन् तिनले त्यही कुरो गर्दा व्यवस्था असल छ भन्‍ने कुरामा तिनी सहमत हुन पुग्छन् । [७:१६]

Romans 7:17

पावलले जे कुरो गर्न इच्छा गर्दैनन् केले तिनलाई त्यही कुरो गर्न लगाउँछ ?

पावलले जे कुरो गर्न इच्छा गर्दैनन् तिनमा जिउने पापले तिनलाई त्यही कुरो गर्न लगाउँछ । [७:१७]

Romans 7:18-20

पावलको पापमय स्वभावमा केले बास गर्दछ ?

पावलको पापमय स्वभावमा कुनै असल कुरोले बास गर्दैन । [७:१८]

Romans 7:21

पावलमा कुनचाहिँ सिद्धान्तले काम गरेको छ भनी तिनले पत्ता लगाउँछन् ?

पावल जे असल छ त्यही गर्न चाहन्छन् तर वास्तवमा दुष्‍टयाइँ तिनमा उपस्थित छ भन्‍ने सिद्धान्तलाई तिनी पत्ता लगाउँछन् । [७:२१]

Romans 7:22

पावलमा कुनचाहिँ सिद्धान्तले काम गरेको छ भनी तिनले पत्ता लगाउँछन् ?

पावल जे असल छ त्यही गर्न चाहन्छन् तर वास्तवमा दुष्‍टयाइँ तिनमा उपस्थित छ भन्‍ने सिद्धान्तलाई तिनी पत्ता लगाउँछन् । [७:२२]

Romans 7:23-24

पावलको भित्री मनुष्यत्व र तिनका शरीरका अङ्गहरूमा कुन-कुन सिद्धान्तले काम गरेका छन् भनी पावल पत्ता लगाउँछन् ?

भित्री मनुष्यत्वमा पावल परमेश्‍वरको व्यवस्थामा रमाउँछन्, तर तिनका शरीरका अङ्गहरूमा पापको सिद्धान्तले तिनलाई दास बनाएको छ भन्‍ने कुरो तिनी पत्ता लगाउँछन् । [७:२३]

Romans 7:25

पावललाई मृत्युको शरीरबाट कसले छुटकारा दिनेछ ?

पावलको छुटकाराको लागि येशू ख्रीष्‍टमार्फत तिनी परमेश्‍वरलाई धन्यवाद चढाउँछन् । [७:२५]

Romans 8

Romans 8:2

केले पावललाई पाप र मृत्युको सिद्धान्तबाट मुक्त गरेको छ ?

ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले पावललाई पाप र मृत्युको सिद्धान्तबाट मुक्त गरेको छ । [८:२]

Romans 8:3

पाप र मृत्युको सिद्धान्तबाट मुक्त गर्न व्यवस्था किन असक्षम भयो ?

व्यवस्था पापमय स्वभावद्वारा कमजोर भएकोले यो असक्षम भयो । [८:३]

Romans 8:4

पवित्र आत्माअनुसार हिँड्नेहरूले केलाई ध्यान दिन्छन् ?

पवित्र आत्माअनुसार हिँड्नेहरूले पवित्र आत्माका कुराहरूमा ध्यान दिन्छन् । [८:४-५]

Romans 8:5-6

पवित्र आत्माअनुसार हिँड्नेहरूले केलाई ध्यान दिन्छन् ?

पवित्र आत्माअनुसार हिँड्नेहरूले पवित्र आत्माका कुराहरूमा ध्यान दिन्छन् । [८:४-५]

Romans 8:7-8

परमेश्‍वर र व्यवस्थासित पापमय स्वभावको सम्बन्ध के छ ?

पापमय स्वभाव परमेश्‍वरप्रति शत्रुता हो र यो व्यवस्थाको अधीनमा आउँदैन । [८:७]

Romans 8:9-10

जो मानिसहरू परमेश्‍वरका होइनन् तिनीहरूमा के अपुग हुन्छ ?

जो मानिसहरू परमेश्‍वरका होइनन् तिनीहरूमा ख्रीष्‍टका आत्माले बास गर्नुहुन्‍न । [८:९]

Romans 8:11-13

कसरी परमेश्‍वरले विश्‍वासीको मरणशील शरीरमा जीवन दिनुहुन्छ ?

परमेश्‍वरले विश्‍वासीमा बास गर्नुहुने उहाँका आत्माद्वारा उसको मरणशील शरीरमा जीवन दिनुहुन्छ । [८:११]

Romans 8:14

कसरी परमेश्‍वरका छोराहरू जिउनलाई अगुवाइ गरिन्छन् ?

परमेश्‍वरका छोराहरू उहाँका आत्माद्वारा जिउनलाई अगुवाइ गरिन्छन् । [८:१४]

Romans 8:15-16

कसरी एउटा विश्‍वासी परमेश्‍वरको परिवारभित्र पर्दछ ?

दत्तक ग्रहणद्वारा एउटा विश्‍वासी परमेश्‍वरको परिवारभित्र पर्दछ । [८:१५]

Romans 8:17

विश्‍वासीहरू परमेश्‍वरका सन्तान भएकाले उहाँको परिवारमा तिनीहरूले के लाभ पाउँछन् ?

विश्‍वासीहरू परमेश्‍वरका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टमा साझे हकदार हुन् । [८:१७]

Romans 8:18

किन विश्‍वासीहरूले वर्तमान समयका दुःखकष्‍टहरूलाई सहनुपर्छ ?

परमेश्‍वरका छोराहरू प्रकट हुँदा विश्‍वासीहरू ख्रीष्‍टसितै महिमित हुन सकून् भन्‍ने हेतुले तिनीहरूले वर्तमान समयका दुःखकष्‍टलाई सहनुपर्छ । [८:१७-१९]

Romans 8:19-20

Romans 8:21-22

वर्तमान समयमा सृष्‍टि कस्तो किसिमको बन्धनमा छ ?

वर्तमान समयमा सृष्‍टि विनाशको बन्धनमा छ । [८:२१]

सृष्‍टिलाई केमा मुक्त गराइनेछ ?

सृष्‍टिलाई परमेश्‍वरको सन्तानको महिमाको स्वतन्‍त्रतामा मुक्त गराइनेछ । [८:२१]

Romans 8:23

शरीरको छुटकाराको लागि विश्‍वासीहरूले कसरी प्रतीक्षा गर्नुपर्छ ?

शरीरको छुटकाराको लागि विश्‍वासीहरूले निश्‍चयता र धैर्यसाथ प्रतीक्षा गर्नुपर्छ । [८:२३-२५]

Romans 8:24

शरीरको छुटकाराको लागि विश्‍वासीहरूले कसरी प्रतीक्षा गर्नुपर्छ ?

शरीरको छुटकाराको लागि विश्‍वासीहरूले निश्‍चयता र धैर्यसाथ प्रतीक्षा गर्नुपर्छ । [८:२३-२५]

Romans 8:25

शरीरको छुटकाराको लागि विश्‍वासीहरूले कसरी प्रतीक्षा गर्नुपर्छ ?

शरीरको छुटकाराको लागि विश्‍वासीहरूले निश्‍चयता र धैर्यसाथ प्रतीक्षा गर्नुपर्छ । [८:२३-२५]

Romans 8:26

सन्तहरूका कमजोरीमा मदत पुर्‍याउन पवित्र आत्मा आफैँले के गर्नुहुन्छ ?

पवित्र आत्मा आफैँले परमेश्‍वरको इच्छाअनुसार सन्तहरूको पक्षमा अन्तरबिन्ती चढाउनुहुन्छ । [८:२६-२७]

Romans 8:27

सन्तहरूका कमजोरीमा मदत पुर्‍याउन पवित्र आत्मा आफैँले के गर्नुहुन्छ ?

पवित्र आत्मा आफैँले परमेश्‍वरको इच्छाअनुसार सन्तहरूको पक्षमा अन्तरबिन्ती चढाउनुहुन्छ । [८:२६-२७]

Romans 8:28

कसरी परमेश्‍वरले उहाँलाई प्रेम गर्ने र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका लागि सबै कुरामा काम गर्नुहुन्छ ?

परमेश्‍वरले उहाँलाई प्रेम गर्ने र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका लागि सबै कुरामा भलाइ गर्नुहुन्छ । [८:२८]

Romans 8:29

परमेश्‍वरले पहिले नै चिन्‍नुभएकाहरूका लागि उहाँले पूर्वनियुक्‍ति गर्नुभएकाहरूको गन्तव्य के हुन्छ ?

उहाँका पुत्रको स्वरूप समान बनाउन परमेश्‍वरले पहिले नै चिन्‍नुभएकाहरूलाई पूर्वनियुक्‍ति गर्नुभएको छ । [८:२९]

Romans 8:30-31

परमेश्‍वरले पूर्वनियुक्‍ति गर्नुभएकाहरूलाई उहाँले अरू के-के गर्नुहुन्छ ?

परमेश्‍वरले पूर्वनियुक्‍ति गर्नुभएकाहरूलाई उहाँले बोलाउनुभयो, धर्मी ठहराउनुभयो र महिमित बनाउनुभयो । [८:३०]

Romans 8:32-33

परमेश्‍वरले विश्‍वासीहरूलाई सित्तैँमा सबै थोक दिनुहुन्छ भनी तिनीहरूले कसरी थाहा पाउने ?

परमेश्‍वरले सबै विश्‍वासीहरूको पक्षमा आफ्नै पुत्र दिनुभएकोले तिनीहरूलाई सित्तैँमा सबै थोक दिनुहुन्छ भनी तिनीहरूले जान्दछन् । [८:३२]

Romans 8:34-36

ख्रीष्‍ट येशूले परमेश्‍वरको दाहिने हातपट्टि बसेर के गर्दै हुनुहुन्छ ?

ख्रीष्‍ट येशूले परमेश्‍वरको दाहिने हातपट्टि बसेर सन्तहरूको पक्षमा अन्तरबिन्ती चढाउँदै हुनुहुन्छ । [८:३४]

Romans 8:37-38

कसरी विश्‍वासीहरू सङ्कष्‍ट, सतावट र मृत्युमाथि जित हासिल गर्ने विजेताहरूभन्दा बढी हुन् ?

विश्‍वासीहरूलाई प्रेम गर्नुहुने जनद्वारा तिनीहरू विजेताहरूभन्दा बढी हुन् । [८:३७]

Romans 8:39

सृष्‍टि गरिएको कुनै पनि थोकले विश्‍वासीलाई के गर्न सक्दैन भन्‍ने कुरामा पावल विश्‍वस्त छन् ?

सृष्‍टि गरिएको कुनै पनि थोकले विश्‍वासीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्दैन भन्‍ने कुरामा पावल विश्‍वस्त छन् । [८:३९]

Romans 9

Romans 9:3

किन पावलको मनमा बडो शोक र अटुट दर्द छ ?

शरीरअनुसार दाजुभाइ पर्नेहरू अर्थात् इस्राएलीहरूको खातिर पावलको मनमा बडो शोक र अटुट दर्द छ । [९:३]

Romans 9:4-5

इस्राएलीहरूको इतिहासमा के-के छन् ?

इस्राएलीहरूको इतिहासमा धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्था, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू छन् । [९:४]

Romans 9:6

पावलको भनाइअनुसार इस्राएलको हरेक व्यक्‍ति र अब्राहामका सबै सन्तानमा केचाहिँ साँचो छैन ?

पावलको भनाइअनुसार इस्राएलको हरेक व्यक्‍ति वास्तवमा इस्राएल होइन न त अब्राहामका सबै सन्तान वास्तवमा तिनका सन्तान हुन् । [९:६-७]

Romans 9:7

Romans 9:8-9

को परमेश्‍वरका सन्तान होइनन् ?

शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन् । [९:८]

को परमेश्‍वरका सन्तान हुन् ?

प्रतिज्ञाका सन्तानहरू परमेश्‍वरका सन्तान हुन् । [९:८]

Romans 9:10

रिबेकाका सन्तानहरू जन्मनुअगि उनलाई यसो भनिएको थियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” यस भनाइको पछाडिको कारण के थियो ?

छनौटअनुसार परमेश्‍वरको उद्देश्य नै रिबेकालाई यसो भन्‍नुको कारण थियो । [९:१०-१२]

Romans 9:11

रिबेकाका सन्तानहरू जन्मनुअगि उनलाई यसो भनिएको थियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” यस भनाइको पछाडिको कारण के थियो ?

छनौटअनुसार परमेश्‍वरको उद्देश्य नै रिबेकालाई यसो भन्‍नुको कारण थियो । [९:१०-१२]

Romans 9:12-13

रिबेकाका सन्तानहरू जन्मनुअगि उनलाई यसो भनिएको थियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” यस भनाइको पछाडिको कारण के थियो ?

छनौटअनुसार परमेश्‍वरको उद्देश्य नै रिबेकालाई यसो भन्‍नुको कारण थियो । [९:१०-१२]

Romans 9:14

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण के हो ?

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण परमेश्‍वरको छनौट हो । [९:१४-१६]

Romans 9:15

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण के हो ?

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण परमेश्‍वरको छनौट हो । [९:१४-१६]

Romans 9:16-19

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण के हो ?

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण परमेश्‍वरको छनौट हो । [९:१४-१६]

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण के होइन ?

परमेश्‍वरका कृपा र टिठयाइका वरदानहरू पछाडिको कारण यी वरदानहरू प्राप्‍त गर्ने व्यक्‍तिका इच्छा वा क्रियाकलापहरू होइनन् । [९:१६]

Romans 9:20-21

परमेश्‍वरले मानिसमा दोष देख्‍नुभएकोले उहाँको धार्मिकतामाथि प्रश्‍न गर्नेहरूलाई पावलको जवाफ के छ ?

पावल जवाफ दिन्छन्, “परमेश्‍वरको विरुद्धमा जवाफ दिने तिमी को हौ ?” । [९:२०]

Romans 9:22

विनाशको लागि तयार भएकाहरूलाई परमेश्‍वरले के गर्नुभयो ?

विनाशको लागि तयार भएकाहरूलाई परमेश्‍वरले अत्यन्तै धैर्यसाथ सहनुभयो । [९:२२]

Romans 9:23

महिमाको निम्ति तयार भएकाहरूलाई परमेश्‍वरले के गर्नुभयो ?

परमेश्‍वरले तिनीहरूलाई उहाँको महिमाका सम्पत्तिहरू प्रकट गराउनुभयो । [९:२३]

Romans 9:24-26

परमेश्‍वरले कुन-कुन जातिहरूबाट आफूले कृपा देखाइरहनुभएकाहरूलाई डाक्‍नुभएको छ ?

परमेश्‍वरले यहूदी र गैरयहूदीहरू दुवैबाट आफूले कृपा देखाइरहनुभएकाहरूलाई डाक्‍नुभएको छ । [९:२४]

Romans 9:27-29

इस्राएलका सबै सन्तानमध्ये कति जना बाँच्‍नेछ ?

इस्राएलका सबै सन्तानमध्ये बाँकी रहेको भाग बाँच्‍नेछ । [९:२७]

Romans 9:30-31

धार्मिकताको पछि नलाग्‍ने गैरयहूदीहरूले कसरी यसलाई प्राप्‍त गरे ?

गैरयहूदीहरूले विश्‍वासद्वारा धार्मिकतालाई प्राप्‍त गरे । [९:३०]

Romans 9:32

इस्राएल धार्मिकताको व्यवस्थाको पछि लागे तापनि किन तिनीहरू योसम्म आइपुगेनन् ?

इस्राएल धार्मिकतासम्म आइपुगेन, किनकि तिनीहरूले विश्‍वासद्वारा नभई कामहरूद्वारा यसको पिछा गर्दै थिए । [९:३२]

इस्राएलीहरू केमा ठोक्‍किए ?

इस्राएलीहरू ठेस लाग्‍ने ढुङ्गा र चोट लाग्‍ने चट्टानमा ठोक्‍किए । [९:३२-३३]

Romans 9:33

इस्राएलीहरू केमा ठोक्‍किए ?

इस्राएलीहरू ठेस लाग्‍ने ढुङ्गा र चोट लाग्‍ने चट्टानमा ठोक्‍किए । [९:३२-३३]

ठेस नलाग्‍ने तर विश्‍वास गर्नेहरूलाई के हुन्छ ?

ठेस नलाग्‍ने तर विश्‍वास गर्नेहरू शर्ममा पर्नेछैनन् । [९:३३]

Romans 10

Romans 10:1-2

आफ्ना इस्राएली दाजुभाइहरूको निम्ति पावलको इच्छा के छ ?

इस्राएलीहरूको उद्धार नै पावलको इच्छा हो । [१०:१]

Romans 10:3

इस्राएलीहरूले के स्थापना गर्न खोज्दै थिए ?

इस्राएलीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोज्दै थिए । [१०:३]

इस्राएलीहरूलाई केको बारेमा थाहा छैन ?

इस्राएलीहरूलाई परमेश्‍वरको धार्मिकताको बारेमा थाहा छैन । [१०:३]

Romans 10:4-7

व्यवस्थाको सम्बन्धमा ख्रीष्‍टले के गर्नुभएको छ ?

विश्‍वास गर्ने हरेकको धार्मिकताको लागि ख्रीष्‍ट नै व्यवस्थाको समाप्‍ति हुनुहुन्छ । [१०:४]

Romans 10:8

पावलले प्रचार गरिरहेको विश्‍वासको वचन कहाँ छ ?

विश्‍वासको वचन नजिकै छ अर्थात् मुखमा र हृदयमा छ । [१०:८]

Romans 10:9-12

पावलको भनाइअनुसार एउटा व्यक्‍तिले उद्धार पाउनलाई के गर्नुपर्छ ?

पावलको भनाइअनुसार एउटा व्यक्‍तिले मुखले येशूलाई प्रभु भनी मानिलिनुपर्छ र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्नुपर्दछ । [१०:९]

Romans 10:13

के गर्ने हरेक व्यक्‍तिले उद्धार पाउनेछ ?

प्रभुको नाउँ पुकार्ने हरेक व्यक्‍तिले उद्धार पाउनेछ । [१०:१३]

Romans 10:14

पावलको भनाइअनुसार कुनै व्यक्‍तिले प्रभुको नाउँ पुकार्न सक्‍ने गरी शुभ खबरलाई उसकहाँ पुर्‍याउने श्रृङ्खलाबद्ध कदमहरू के-के हुन् ?

पावलको भनाइअनुसार पहिले प्रचारकलाई पठाइन्छ; शुभ खबरलाई सुनिन्छ अनि विश्‍वास गरिन्छ, ताकि उसले प्रभुको नाउँ पुकार्न सकोस् । [१०:१४-१५]

Romans 10:15-16

Romans 10:17

विश्‍वास ल्याउने गरी के सुनिन्छ ?

विश्‍वास ल्याउने गरी ख्रीष्‍टको वचन सुनिन्छ । [१०:१७]

Romans 10:18

के इस्राएलले सुसमाचार सुनी यसलाई जानेको थियो ?

हो, इस्राएलले सुसमाचार सुनी यसलाई जानेको थियो । [१०:१८]

Romans 10:19-20

कसरी परमेश्‍वरले इस्राएललाई डाही तुल्याउनुहुने थियो ?

परमेश्‍वरको खोजी नगर्नेहरूलाई प्रकट गराएर उहाँले इस्राएललाई डाही तुल्याउनुहुने थियो । [१०:१९]

Romans 10:21

परमेश्‍वर इस्राएलकहाँ आउनुहुँदा उहाँले के पाउनुभयो ?

परमेश्‍वर इस्राएलकहाँ आउनुहुँदा उहाँले एउटा अनाज्ञाकारी र विरोधी जातिलाई पाउनुभयो । [१०:२१]

Romans 11

Romans 11:1-4

त्यसो भए, के परमेश्‍वरले इस्राएलीहरूलाई त्यागिदिनुभएको छ त ?

कदापि होइन । [११:१]

Romans 11:5-6

के पावलले यसरी प्रश्‍न गरेका छन्‒ यदि विश्‍वासयोग्य इस्राएलीहरू अझै बाँकी छन् भने तिनीहरू कसरी जोगाइएका छन् त ?

पावलको भनाइअनुसार अनुग्रहको छनौटको कारणले जोगाइएको एउटा बाँकी भाग अझै छ । [११:५]

Romans 11:7

इस्राएलीहरूमध्ये कसले उद्धार पायो र बाँकीलाई के भयो ?

इस्राएलीहरूमध्ये छानिएकाहरूले उद्धार पाए र बाँकी कठोर भए । [११:७]

Romans 11:8-10

परमेश्‍वरद्वारा दिइएको मन्द आत्माले यो प्राप्‍त गर्नेहरूलाई के गर्‍यो ?

परमेश्‍वरद्वारा दिइएको मन्द आत्माले तिनीहरूका आँखालाई नदेख्‍ने बनायो र तिनीहरूका कानलाई नसुन्‍ने बनायो । [११:८]

Romans 11:11-12

इस्राएललले सुसमाचारलाई प्राप्‍त गर्न इन्कार गरेकोले के असल कुरो भएको छ ?

उद्धार गैरयहूदीहरूकहाँ आएको छ । [११:११]

गैरयहूदीहरूको उद्धारले इस्राएलीहरूमाथि कस्तो प्रभाव पार्नेछ ?

गैरयहूदीहरूको उद्धारले इस्राएलीहरूलाई डाही तुल्याउनेछ । [११:११]

Romans 11:13

जैतून रुखको जरा र जङ्गली हाँगाहरूको बारेमा भएको पावलको तुलनामा जरा को हो र हाँगाहरू को हुन् ?

इस्राएल जरा हो र जङ्गली हाँगाहरू गैरयहूदीहरू हुन् । [११:१३-१४, १७]

Romans 11:14-16

जैतून रुखको जरा र जङ्गली हाँगाहरूको बारेमा भएको पावलको तुलनामा जरा को हो र हाँगाहरू को हुन् ?

इस्राएल जरा हो र जङ्गली हाँगाहरू गैरयहूदीहरू हुन् । [११:१३-१४, १७]

Romans 11:17

जैतून रुखको जरा र जङ्गली हाँगाहरूको बारेमा भएको पावलको तुलनामा जरा को हो र हाँगाहरू को हुन् ?

इस्राएल जरा हो र जङ्गली हाँगाहरू गैरयहूदीहरू हुन् । [११:१३-१४, १७]

Romans 11:18-19

पावलको भनाइअनुसार जङ्गली हाँगाहरूले कुनचाहिँ मनसायलाई हटाउनुपर्छ ?

पावलको भनाइअनुसार जङ्गली हाँगाहरूले भाँचिएका प्राकृतिक हाँगाहरूमाथिको घमण्डलाई हटाउनुपर्छ । [११:१८]

Romans 11:20

पावल जङ्गली हाँगाहरूलाई कस्तो चेताउनी दिन्छन् ?

पावल जङ्गली हाँगाहरूलाई चेताउनी दिन्छन्, कि यदि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त बचाउनुभएन भने जङ्गली हाँगाहरू अविश्‍वासमा पुगेको खण्डमा उहाँले तिनीहरूलाई पनि जोगाउनुहुन्‍न । [११:२०-२२]

Romans 11:21-22

Romans 11:23

यदि प्राकृतिक हाँगाहरू तिनीहरूको अविश्‍वासमा लागिरहेनन् भने परमेश्‍वरले तिनीहरूलाई के गर्न सक्‍नुहुन्छ ?

परमेश्‍वरले जैतूनको रुखमा प्राकृतिक हाँगाहरूलाई कलमी गर्न सक्‍नुहुन्छ जुन तिनीहरूका अविश्‍वासमा लागिरहँदैनन् । [११:२३-२४]

Romans 11:24

Romans 11:25-27

इस्राएलको आंशिक कठोरता कहिलेसम्म जारी रहनेछ ?

इस्राएलको आंशिक कठोरता गैरयहूदीहरूको आगमन पूर्ण नभएसम्म जारी रहनेछ । [११:२५]

Romans 11:28

इस्राएलीहरूको अनाज्ञाकारिताका बाबजुत पनि किन परमेश्‍वरले तिनीहरूलाई प्रेम गरिरहनुहुन्छ ?

इस्राएलीहरूका पुर्खाहरूको कारणले र परमेश्‍वरको बोलावट अपरिवर्तनशील भएकोले परमेश्‍वरले तिनीहरूलाई प्रेम गरिरहनुहुन्छ । [११:२८-२९]

Romans 11:29

Romans 11:30

परमेश्‍वरको दृष्‍टिमा यहूदी र गैरयहूदी दुवै के देखिएका छन् ?

परमेश्‍वरको दृष्‍टिमा यहूदी र गैरयहूदी दुवै अनाज्ञाकारी देखिएका छन् । [११:३०-३२]

परमेश्‍वरले अनाज्ञाकारीहरूलाई के देखाउनुभएको छ ?

परमेश्‍वरले अनाज्ञाकारीहरू अर्थात् यहूदी र गैरयहूदी दुवैलाई कृपा देखाउनुभएको छ । [११:३०-३२]

Romans 11:31

Romans 11:32

Romans 11:33

कसले परमेश्‍वरको न्यायको खोजी गरी उहाँलाई सल्लाह दिन सक्छ ?

कसैले पनि परमेश्‍वरको न्यायको खोजी गरी उहाँलाई सल्लाह दिन सक्दैन । [११:३३-३४]

Romans 11:34-35

कसले परमेश्‍वरको न्यायको खोजी गरी उहाँलाई सल्लाह दिन सक्छ ?

कसैले पनि परमेश्‍वरको न्यायको खोजी गरी उहाँलाई सल्लाह दिन सक्दैन । [११:३३-३४]

Romans 11:36

कुन-कुन तिनोटा तरिकाले सबै कुरा परमेश्‍वरसित सम्बन्धित छन् ?

सबै कुरा परमेश्‍वरबाट, परमेश्‍वरद्वारा र परमेश्‍वरका लागि हुन् । [११:३६]

Romans 12

Romans 12:1

परमेश्‍वरको लागि विश्‍वासीको आत्मिक सेवा के हो ?

विश्‍वासीको आत्मिक सेवा भनेको उसले आफैँलाई परमेश्‍वरको लागि जीवित बलिदानको रूपमा प्रस्तुत गर्नु हो । [१२:१]

Romans 12:2

विश्‍वासीमा भएको रूपान्तरित मनले उसलाई के गर्न सक्षम तुल्याउँछ ?

रूपान्तरित मनले विश्‍वासीलाई असल, ग्रहणयोग्य र परमेश्‍वरको सिद्ध इच्छा जान्‍नलाई सक्षम तुल्याउँछ । [१२:२]

Romans 12:3

विश्‍वासीले आफूलाई कसरी सम्झनुहुँदैन ?

विश्‍वासीले आफूलाई जसरी सम्झनुपर्ने हो त्योभन्दा बढी सम्झनुहुँदैन । [१२:३]

Romans 12:4

कसरी धेरै विश्‍वासीहरू ख्रीष्‍टमा एक अर्कासित सम्बन्धित छन् ?

धेरै विश्‍वासीहरू ख्रीष्‍टमा एउटै शरीर हुन् र तिनीहरू एक अर्काका लागि सदस्यहरू हुन् । [१२:४-५]

Romans 12:5

कसरी धेरै विश्‍वासीहरू ख्रीष्‍टमा एक अर्कासित सम्बन्धित छन् ?

धेरै विश्‍वासीहरू ख्रीष्‍टमा एउटै शरीर हुन् र तिनीहरू एक अर्काका लागि सदस्यहरू हुन् । [१२:४-५]

Romans 12:6-9

परमेश्‍वरले हरेक विश्‍वासीलाई दिनुभएका वरदानहरूले उसले के गर्नुपर्छ ?

हरेक विश्‍वासीको विश्‍वासको अनुपातअनुसार उसले आफ्ना वरदानहरूको अभ्यास गर्नुपर्छ । [१२:६]

Romans 12:10-12

विश्‍वासीहरूले एक अर्कालाई कसरी व्यवहार गर्नुपर्छ ?

विश्‍वासीहरू एक अर्काप्रति मायालु हुनुपर्छ र एकले अर्कालाई आदर गर्नुपर्छ । [१२:१०]

Romans 12:13

विश्‍वासीहरूले सन्तहरूका आवश्यकताप्रति कसरी प्रतिक्रिया देखाउनुपर्छ ?

विश्‍वासीहरूले सन्तहरूका आवश्यकतामा बाँडचुँड गर्नुपर्छ । [१२:१३]

Romans 12:14-15

विश्‍वासीहरूलाई सताउनेहरूलाई तिनीहरूले कसरी प्रतिक्रिया जनाउनुपर्छ ?

विश्‍वासीहरूलाई सताउनेहरूलाई तिनीहरूले आशिष् दिनुपर्छ, सराप होइन । [१२:१४]

Romans 12:16-17

विश्‍वासीहरूले मामुली मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ ?

विश्‍वासीहरूले मामुली मानिसहरूलाई स्वीकार गर्नुपर्छ । [१२:१६]

Romans 12:18

सम्भव भएसम्म विश्‍वासीहरूले सबै मानिससित के गर्न खोज्‍नुपर्छ ?

सम्भव भएसम्म विश्‍वासीहरूले सबै मानिससित मिलापमा बस्‍न खोज्‍नुपर्छ । [१२:१८]

Romans 12:19-20

किन विश्‍वासीहरू आफैँले बदला लिनुहुँदैन ?

विश्‍वासीहरू आफैँले बदला लिनुहुँदैन, किनकि बदला लिने काम प्रभुको हो । [१२:१९]

Romans 12:21

कसरी विश्‍वासीहरूले खराबीमाथि जित हासिल गर्ने ?

विश्‍वासीहरूले खराबीलाई भलाइले जित्‍नुपर्छ । [१२:२१]

Romans 13

Romans 13:1

संसारका अधिकारीहरूले तिनीहरूको अधिकार कहाँबाट पाउँछन् ?

संसारका अधिकारीहरू परमेश्‍वरबाट नियुक्‍त गरिन्छन् र तिनीहरूले आफ्नो अधिकार परमेश्‍वरबाट पाउँछन् । [१३:१]

Romans 13:2

संसारको अधिकारको विरोध गर्नेहरूले के पाउनेछन् ?

संसारको अधिकारको विरोध गर्नेहरूले आफैँमा न्याय ल्याउनेछन् । [१३:२]

Romans 13:3

पावलका अनुसार शासन गर्ने अधिकारीबाट नडराउन विश्‍वासीहरूले के गर्नुपर्छ ?

पावलका अनुसार शासन गर्ने अधिकारीबाट नडराउन विश्‍वासीहरूले असल काम गर्नुपर्छ । [१३:३]

Romans 13:4-5

खराबीको दमन गर्न परमेश्‍वरले शासकहरूलाई कुन अधिकार दिनुभएको छ ?

परमेश्‍वरले शासकहरूलाई तरवार भिर्ने र खराब गर्नेलाई दण्ड दिने अधिकार दिनुभएको छ । [१३:४]

Romans 13:6-7

परमेश्‍वरले रुपियाँ पैसाको सम्बन्धमा शासकहरूलाई के अधिकार दिनुभएको छ ?

परमेश्‍वरले शासकहरूलाई कर असुल्ने अधिकार दिनुभएको छ । [१३:६]

Romans 13:8

पावलको भनाइअनुसार विश्‍वासीहरू कुन एउटा कुरामा अरूप्रति ऋणी हुनुपर्छ ?

पावलको भनाइअनुसार विश्‍वासीहरू प्रेमको लागि अरूप्रति ऋणी हुनुपर्छ । [१३:८]

कसरी एउटा विश्‍वासीले व्यवस्थालाई पुरा गर्छ ?

विश्‍वासीले आफ्नो छिमेकीलाई प्रेम गरेर व्यवस्थालाई पुरा गर्दछ । [१३:८,१०]

Romans 13:9

पावल व्यवस्थाको भागको रूपमा कुन-कुन आज्ञाहरूको सूची दिन्छन् ?

पावल व्यभिचार नगर्नू, हत्या नगर्नू, चोरी नगर्नू, लालच नगर्नू भन्‍ने व्यवस्थाका आज्ञाहरूको सूची दिन्छन् । [१३:९]

Romans 13:10-11

कसरी एउटा विश्‍वासीले व्यवस्थालाई पुरा गर्छ ?

विश्‍वासीले आफ्नो छिमेकीलाई प्रेम गरेर व्यवस्थालाई पुरा गर्दछ । [१३:८,१०]

Romans 13:12

पावलको भनाइअनुसार विश्‍वासीहरूले केलाई पन्छाई केलाई धारण गर्नुपर्छ ?

पावलको भनाइअनुसार विश्‍वासीहरूले अन्धकारका कामहरूलाई पन्छाई ज्योतिको हातहतियारलाई धारण गर्नुपर्छ । [१३:१२]

Romans 13:13

विश्‍वासीहरू के-कस्ता गतिविधिहरूमा लाग्‍नुहुँदैन ?

विश्‍वासीहरू मोजमज्‍जामा, पियक्‍कडपनमा, यौन अनैतिकतामा, अनियन्‍त्रित कामवासनामा, कलहमा वा ईर्ष्यामा लाग्‍नुहुँदैन । [१३:१३]

Romans 13:14

पापमय स्वभावको कामवासनाप्रति विश्‍वासीको मनसाय कस्तो हुनुपर्छ ?

विश्‍वासीले पापमय स्वभावको कामवासनाको लागि कुनै प्रबन्ध मिलाउनु हुँदैन । [१३:१४]

Romans 14

Romans 14:2

दह्रिलो विश्‍वास भएको व्यक्‍तिले कस्तो किसिमको खाना खान्छ र कमजोर विश्‍वास भएको व्यक्‍तिले कस्तो किसिमको खाना खान्छ ?

दह्रिलो विश्‍वास भएको व्यक्‍तिले जुनसुकै किसिमको खाना खान्छ र कमजोर विश्‍वास भएको व्यक्‍तिले सागपात मात्र खान्छ । [१४:२]

Romans 14:3

फरक किसिमको खाना खाने व्यक्‍तिप्रति विश्‍वासीहरूले कस्तो मनसाय देखाउनुपर्छ ?

फरक किसिमको खाना खाने व्यक्‍तिलाई विश्‍वासीहरूले तुच्छ ठान्‍नुहुँदैन न त उसको न्याय गर्नुहुन्छ । [१४:३]

जुनसुकै कुरा खाने र केवल सागपात मात्र खाने दुवैलाई कसले ग्रहण गर्नुभएको छ ?

परमेश्‍वरले जुनसुकै कुरा खाने र केवल सागपात मात्र खाने दुवैलाई ग्रहण गर्नुभएको छ । [१४:३-४]

Romans 14:4

जुनसुकै कुरा खाने र केवल सागपात मात्र खाने दुवैलाई कसले ग्रहण गर्नुभएको छ ?

परमेश्‍वरले जुनसुकै कुरा खाने र केवल सागपात मात्र खाने दुवैलाई ग्रहण गर्नुभएको छ । [१४:३-४]

Romans 14:5-6

कुन अर्को विषयलाई पावल व्यक्‍तिगत निश्‍चयताको विषयको रूपमा उल्लेख गर्छन् ?

एक दिन अर्को दिनभन्दा मूल्यवान् छ वा सबै दिन समान रूपमा मूल्यवान् छन् भन्‍ने विषयलाई पावल व्यक्‍तिगत निश्‍चयताको विषयको रूपमा उल्लेख गर्छन् । [१४:५]

Romans 14:7

विश्‍वासीहरू कसका लागि जिउँछन् र कसका लागि मर्छन् ?

विश्‍वासीहरू प्रभुका लागि जिउँछन् र प्रभुका लागि मर्छन् । [१४:७-८]

Romans 14:8-9

विश्‍वासीहरू कसका लागि जिउँछन् र कसका लागि मर्छन् ?

विश्‍वासीहरू प्रभुका लागि जिउँछन् र प्रभुका लागि मर्छन् । [१४:७-८]

Romans 14:10-12

अन्त्यमा सबै विश्‍वासीहरू कहाँ खडा हुनेछन् र तिनीहरूले त्यहाँ के गर्नेछन् ?

अन्त्यमा सबै विश्‍वासीहरू परमेश्‍वरको न्याय-आसनमा खडा हुनेछन् र तिनीहरूले त्यहाँ परमेश्‍वरलाई आ-आफ्ना लेखा बुझाउनेछन् । [१४:१०]

Romans 14:13

व्यक्‍तिगत निश्‍चयताको सवालमा एउटा भाइले अर्को भाइप्रति कस्तो मनसाय राख्‍नुपर्छ ?

व्यक्‍तिगत निश्‍चयताको सवालमा एउटा भाइले अर्को भाइको लागि ठेस लाग्‍ने काम वा पासो थाप्‍ने काम गर्नुहुँदैन । [१४:१३]

Romans 14:14-16

प्रभु येशूमा कस्ता खानाहरू अशुद्ध छन् भन्‍ने कुरामा पावल विश्‍वस्त छन् ?

कुनै खाना अशुद्ध छैन भन्‍ने कुरामा पावल विश्‍वस्त छन् । [१४:१४]

Romans 14:17-20

परमेश्‍वरको राज्य केको विषयमा हो ?

परमेश्‍वरको राज्य पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको विषयमा हो । [१४:१७]

Romans 14:21-22

पावलको भनाइअनुसार मासु नखाने र मद्यपान नगर्ने एउटा भाइको उपस्थितिमा अर्को भाइले के गर्नुपर्छ ?

पावलको भनाइअनुसार एउटा भाइको उपस्थितिमा अर्को भाइले मासु खाँदैन र मद्यपान गर्दैन भने त्यो असलै कुरा हो । [१४:२१]

Romans 14:23

कुनै व्यक्‍तिले विश्‍वासअनुसार गर्दैन भने नतिजा के हुन्छ ?

विश्‍वासअनुसार नगरिएको कुनै पनि क्रियाकलाप पाप हुन्छ । [१४:२३]

Romans 15

Romans 15:1

दह्रिलो विश्‍वास भएका विश्‍वासीहरूले कमजोर विश्‍वास भएकाहरूप्रति कस्तो मनसाय राख्‍नुपर्छ ?

दह्रिलो विश्‍वास भएका विश्‍वासीहरूले कमजोर विश्‍वास भएकाहरूलाई निर्माण गर्न तिनीहरूलाई सहनुपर्छ । [१५:१-२]

Romans 15:2

दह्रिलो विश्‍वास भएका विश्‍वासीहरूले कमजोर विश्‍वास भएकाहरूप्रति कस्तो मनसाय राख्‍नुपर्छ ?

दह्रिलो विश्‍वास भएका विश्‍वासीहरूले कमजोर विश्‍वास भएकाहरूलाई निर्माण गर्न तिनीहरूलाई सहनुपर्छ । [१५:१-२]

Romans 15:3

पावलले प्रयोग गरेको उदाहरणअनुसार को आफ्नै खुसीको निम्ति नभई अरूको सेवाको निम्ति जिउनुभयो ?

ख्रीष्‍ट आफ्नै खुसीको निम्ति नभई अरूको सेवाको निम्ति जिउनुभयो । [१५:३,८-९]

Romans 15:4

पहिले लेखिएको धर्मशास्‍त्रको एउटा उद्देश्य के थियो ?

पहिले लेखिएको धर्मशास्‍त्र हाम्रो निर्देशनको लागि थियो । [१५:४]

Romans 15:5-7

एक अर्काप्रति धैर्य र उत्साहको अभ्यासद्वारा विश्‍वासीहरूका निम्ति पावल के इच्छा गर्छन् ?

विश्‍वासीहरू एक अर्काप्रति उही मनका होऊन् भन्‍ने पावलको इच्छा छ । [१५:५]

Romans 15:8

पावलले प्रयोग गरेको उदाहरणअनुसार को आफ्नै खुसीको निम्ति नभई अरूको सेवाको निम्ति जिउनुभयो ?

ख्रीष्‍ट आफ्नै खुसीको निम्ति नभई अरूको सेवाको निम्ति जिउनुभयो । [१५:३,८-९]

Romans 15:9

पावलले प्रयोग गरेको उदाहरणअनुसार को आफ्नै खुसीको निम्ति नभई अरूको सेवाको निम्ति जिउनुभयो ?

ख्रीष्‍ट आफ्नै खुसीको निम्ति नभई अरूको सेवाको निम्ति जिउनुभयो । [१५:३,८-९]

Romans 15:10

धर्मशास्‍त्रअनुसार परमेश्‍वरले गैरयहूदीहरूलाई कृपा देखाउनुभएकोले तिनीहरूले के गर्नेछन् ?

धर्मशास्‍त्रअनुसार गैरयहूदीहरूले प्रभुमा निश्‍चयता पाएर तिनीहरू उहाँमा रमाउनेछन् र तिनीहरूले उहाँको प्रशंसा गर्नेछन् । [१५:१०-११]

Romans 15:11-12

Romans 15:13-15

पावलको भनाइअनुसार पवित्र आत्माको शक्‍तिले विश्‍वासीहरूले के गर्न सक्‍नेछन् ?

विश्‍वासीहरू आनन्द र शान्तिले भरिनेछन् र भरोसामा प्रशस्त हुनेछन् । [१५:१३]

Romans 15:16-17

परमेश्‍वरले पावललाई कुन वरदान दिनुभयो जुन तिनको मिसन थियो ?

पावलको मिसन ख्रीष्‍ट येशूको सेवक बन्‍नु हो र तिनी गैरयहूदीहरूका निम्ति पठाइएका छन् । [१५:१६]

Romans 15:18

गैरयहूदीहरूलाई आज्ञा पालनमा ल्याउन ख्रीष्‍टले पावलद्वारा के-कस्ता माध्यमहरू प्रयोगमा ल्याउनुभयो ?

ख्रीष्‍टले पावलद्वारा वचन र काम, चिन्ह र आश्‍चर्यकर्महरूको शक्‍ति अनि पवित्र आत्माको शक्‍तिलाई प्रयोगमा ल्याउनुभयो । [१५:१८-१९]

Romans 15:19

Romans 15:20

कहाँ सुसमाचार प्रचार गर्ने पावलको इच्छा छ ?

ख्रीष्‍टको नाउँ नसुनेका ठाउँहरूमा सुसमाचार प्रचार गर्ने पावलको इच्छा छ । [१५:२०-२१]

Romans 15:21-23

कहाँ सुसमाचार प्रचार गर्ने पावलको इच्छा छ ?

ख्रीष्‍टको नाउँ नसुनेका ठाउँहरूमा सुसमाचार प्रचार गर्ने पावलको इच्छा छ । [१५:२०-२१]

Romans 15:24

पावल कहाँ यात्रा गर्ने योजना बनाउँछन् जहाँबाट तिनी रोमसम्म पुग्‍न सक्छन् ?

पावल स्पेनमा यात्रा गर्ने योजना बनाउँछन् जहाँबाट तिनी रोमसम्म पुग्‍न सक्छन् । [१५:२४]

Romans 15:25-26

किन पावल अब यरूशलेम जाँदै छन् ?

यरूशलेममा भएका गरिब सन्तहरूका लागि गैरयहूदी विश्‍वासीहरूद्वारा योगदान गरिएको सहयोग पुर्‍याउन पावल अब यरूशलेम जाँदै छन् । [१५:२५]

Romans 15:27-30

गैरयहूदी विश्‍वासीहरू भौतिक कुराहरूमा यहूदी विश्‍वासीहरूप्रति ऋणी छन् भनी पावल किन भन्छन् ?

पावलका भन्छन्, कि गैरयहूदी विश्‍वासीहरू भौतिक कुराहरूमा यहूदी विश्‍वासीहरूप्रति ऋणी छन्, किनकि गैरयहूदी विश्‍वासीहरू यहूदी विश्‍वासीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् । [१५:२७]

Romans 15:31-33

पावल कोबाट छुटकारा पाउन चाहन्छन् ?

पावल यहूदियामा भएका अनाज्ञाकारीहरूबाट छुटकारा पाउन चाहन्छन् । [१५:३१]

Romans 16

Romans 16:1

पावलको निम्ति बहिनी फिबी के बनेकी थिइन् ?

बहिनी फिबी पावल र अन्य धेरैको सहयोगी बनेकी थिइन् । [१६:१-२]

Romans 16:2-3

पावलको निम्ति बहिनी फिबी के बनेकी थिइन् ?

बहिनी फिबी पावल र अन्य धेरैको सहयोगी बनेकी थिइन् । [१६:१-२]

Romans 16:4

प्रिस्का र अकिलासले विगतमा पावलको निम्ति के गरेका छन् ?

प्रिस्का र अकिलासले विगतमा पावलको निम्ति आफ्ना जीवन जोखिममा पारे । [१६:४]

Romans 16:5-6

कुनचाहिँ एउटा ठाउँमा विश्‍वासीहरू रोममा भेला हुँदै छन् ?

विश्‍वासीहरू रोममा प्रिस्का र अकिलासको घरमा भेला हुँदै छन् । [१६:५]

Romans 16:7-15

एन्ड्रोनिकस र युनियसले विगतमा पावलसित कस्तो अनुभव बाँडे ?

एन्ड्रोनिकस र युनियस विगतमा पावलसितै सङ्गी-कैदीहरू भएका छन् । [१६:७]

Romans 16:16

विश्‍वासीहरूले एक अर्कालाई कसरी अभिवादन गर्छन् ?

विश्‍वासीहरूले एक अर्कालाई पवित्र चुम्बनले अभिवादन गर्छन् । [१६:१६]

Romans 16:17

कोही-कोहीले के गर्दै छन् जसको कारणले फुट र अवरोध ल्याउँदै छ ?

कोही-कोही तिनीहरूले सिकेका शिक्षाभन्दा पर गई तिनीहरूले निर्दोषहरूका हृदयलाई ठग्दै छन् । [१६:१७-१८]

फुट र अवरोध ल्याउनेहरूसित के गर्नू भनी पावल विश्‍वासीहरूलाई भन्छन् ?

फुट र अवरोध ल्याउनेहरूसित परै बस्‍नू भनी पावल विश्‍वासीहरूलाई भन्छन् । [१६:१७]

Romans 16:18

कोही-कोहीले के गर्दै छन् जसको कारणले फुट र अवरोध ल्याउँदै छ ?

कोही-कोही तिनीहरूले सिकेका शिक्षाभन्दा पर गई तिनीहरूले निर्दोषहरूका हृदयलाई ठग्दै छन् । [१६:१७-१८]

Romans 16:19

असल र खराब कुराहरूप्रति विश्‍वासीहरूले कस्तो मनसाय राखेको पावल चाहन्छन् ?

पावल चाहन्छन्, कि विश्‍वासीहरू जे असल छ त्यसको निम्ति बुद्धिमान् हुनुपर्छ र जे खराब छ त्यसको निम्ति निर्दोष हुनुपर्छ । [१६:१९]

Romans 16:20-21

शान्तिका परमेश्‍वरले चाँडै नै के गर्नुहुनेछ ?

शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई विश्‍वासीहरूका खुट्टामुनि कुल्चनुहुनेछ । [१६:२०]

Romans 16:22

यस पत्रलाई वास्तवमै कसले लेखे ?

यस पत्रलाई वास्तवमै तर्तियसले लेखे । [१६:२२]

Romans 16:23-24

विश्‍वासी इरास्तसको पेसा के हो ?

इरास्तस सहरका कोषाध्यक्ष हुन् । [१६:२३]

Romans 16:25

कुनचाहिँ प्रकाशलाई लामो समयदेखि गोप्य राखिएको थियो जसलाई अहिले पावल प्रचार गर्दै छन् ?

पावल अहिले येशू ख्रीष्‍टको सुसमाचारको प्रकाशलाई प्रचार गर्दै छन् । [१६:२५-२६]

Romans 16:26-27

कुनचाहिँ प्रकाशलाई लामो समयदेखि गोप्य राखिएको थियो जसलाई अहिले पावल प्रचार गर्दै छन् ?

पावल अहिले येशू ख्रीष्‍टको सुसमाचारको प्रकाशलाई प्रचार गर्दै छन् । [१६:२५-२६]

पावल कुन उद्देश्यको लागि प्रचार गर्दै छन् ?

पावल गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको लागि प्रचार गर्दै छन् । [१६:२६]