नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

1 Timothy

1 Timothy 1

1 Timothy 1:1

पावललाई ख्रीष्‍ट येशूको प्रेरित कसरी बनाइयो?

पावललाई परमेश्‍वरको आज्ञा अनुसार प्रेरित बनाइएको थियो।

1 Timothy 1:2

पावल र तिमोथीबीच कस्तो सम्बन्ध थियो?

तिमोथी विश्‍वासमा पावलको साँचो बालक थिए।

1 Timothy 1:3-4

पावलले तिमोथीलाई कहाँ बस्‍न आग्रह गरे?

उनले तिमोथीलाई एफिससमा रहन आग्रह गरे।

तिमोथीले केही मानिसहरूलाई के नगर्न आदेश दिएका थिए?

उसले तिनीहरूलाई फरक तरिकाले सिकाउन नदिने आज्ञा दिएका थिए।

1 Timothy 1:5-8

पावलले आफ्नो आज्ञा र शिक्षाको लक्ष्य के हो भने?

उनको आज्ञाको लक्ष्य शुद्ध हृदयबाट, असल अन्तस्करणबाट, र निष्कपट विश्‍वासबाट प्रेम थियो।

1 Timothy 1:9-12

व्यवस्था कसका लागि बनेको हो ?

व्यवस्था कुकर्मी, विद्रोही, अभक्त मानिसहरू र पापीहरूको लागि हो।

1 Timothy 1:13

पावलले पहिले कस्ता पाप गरेका थिए?

पावल ईश्‍वरनिन्दा गर्ने, खेदो गर्ने, र हिंस्रक मानिस थिए।

1 Timothy 1:14

पावलमा के उर्लिआयो, जसको परिणामस्वरूप पावल येशू ख्रीष्‍टको प्रेरित बने?

हाम्रा प्रभुको अनुग्रह पावलमा उर्लिआयो।

1 Timothy 1:15

ख्रीष्‍ट येशू कसलाई बचाउन संसारमा आउनुभयो?

ख्रीष्‍ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो।

1 Timothy 1:16-17

पावलले किन परमेश्‍वरले उनलाई कृपा दिनुभयो भन्‍छन्?

येशूले पावलमा आफ्नो धैर्यतालाई उदाहरणको रूपमा देखाउन सकून् भनेर परमेश्‍वरले पावललाई कृपा दिनुभयो।

1 Timothy 1:18

तिमोथीको बारेमा गरिएका अगमवाणीहरूअनुसार पावलले तिमोथीलाई के गर्न भने?

पावलले तिमोथीलाई असल लडाईसँग लड्न भन्छन्।

1 Timothy 1:19

आफ्नो विश्‍वास र आफ्नो असल विवेकलाई इन्कार गर्ने कसै-कसैलाई के भयो?

यी मानिसहरूले आफ्नो विश्‍वासको जहाज डुबाए।

1 Timothy 1:20

पावलले आफ्नो ​विश्‍वास र राम्रो विवेक अस्वीकार गर्ने र आफ्नो विश्‍वासको जहाज डुबाएका पुरुषहरूको लागि  के गरे ?

पावलले तिनीहरूलाई तिनीहरूले ईश्‍वरनिन्दा नगर्नु भन्‍ने कुरा सिकून् भनेर शैतानको हातमा सुम्पिदिए।

1 Timothy 2

1 Timothy 2:1

पावलले कसको लागि प्रार्थना गर्न आग्रह गर्छन्?

पावलले सबै मानिसहरूका लागि प्रार्थना गरिदिन अनुरोध गर्दछ।

1 Timothy 2:2-3

ख्रीष्‍टियानहरूलाई कस्तो प्रकारको जीवन बाँच्‍न दिइयोस् भन्‍ने पावल चाहन्छन्?

ख्रीष्‍टियानहरूले सबै भक्ति र मर्यादामा शान्तिपूर्ण र शान्त जीवन बिताउन पाउनुपर्छ भनी पावल चाहन्छन्।

1 Timothy 2:4

परमेश्‍वर सबै मानिसहरूका लागि के चाहनुहुन्छ?

परमेश्‍वर सबै मानिसहरूले मुक्ति पाएको र सत्यको ज्ञानमा आएको चाहनुहुन्छ।

1 Timothy 2:5

परमेश्‍वर र मानिस बीच ख्रीष्‍ट येशूको स्थान के हो?

ख्रीष्‍ट येशू परमेश्‍वर र मानिस बीचको एक मध्यस्थ हुनुहुन्छ।

1 Timothy 2:6

ख्रीष्‍ट येशूले सबैको लागि के गर्नुभयो?

ख्रीष्‍ट येशूले आफूलाई सबैका लागि छुटकाराको मोलको रूपमा दिनुभयो।

1 Timothy 2:7

प्रेरित पावलले कसलाई सिकाउँछन्?

पावल राष्‍ट्रहरूका शिक्षक हुन्।

1 Timothy 2:8

पावल पुरुषहरूले के गरेको चाहन्छन्?

पावल ती मानिसहरूले प्रार्थना गरेको र पवित्र हातहरू उठाएको चाहन्‍छन्।

1 Timothy 2:9-11

पावल स्त्रीहरूले के गरेको चाहन्छन्?

पावल स्त्रीहरूले नम्र र आत्मसंयमको साथ लुगा लगाएको चाहन्छन्।

1 Timothy 2:12

पावलले स्त्रीलाई के गर्न अनुमति दिँदैनन्?

पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न अनुमति दिँदैनन्।

1 Timothy 2:13

पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न नदिने पहिलो कारण के हो?

पावलको पहिलो कारण आदमलाई पहिले बनाइएको हो।

1 Timothy 2:14

पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न नदिने दोस्रो कारण के हो?

पावलको दोस्रो कारण आदम छलिएका थिएनन्।

1 Timothy 2:15

पावल स्त्रीहरूलाई के मा रहको चाहन्छन्?

पावल स्त्रीहरूले विश्‍वास र प्रेम र पवित्रतामा मनको सुदृढताका साथ जारी राखेको चाहन्छन्।

1 Timothy 3

1 Timothy 3:1

बिशपको काम कस्तो प्रकारको काम हो?

बिशपको काम असल काम हो।

1 Timothy 3:2

एक बिशप के गर्न सक्षम हुनुपर्छ?

बिशप सिकाउन सक्षम हुनुपर्छ।

1 Timothy 3:3

एक बिशपले रक्सी र पैसा कसरी सम्हाल्नुपर्छ?

एक बिशप मतवाला हुनु हुँदैन, र धनलाई प्रेम गर्ने हुनु हुँदैन।

1 Timothy 3:4

बिशपका छोराछोरीले उनलाई कस्तो व्यवहार गर्नुपर्छ?

बिशपका छोराछोरीहरूले उनको आज्ञा पालन गर्नै पर्छ र आदर गर्नुपर्छ।

1 Timothy 3:5

बिशपलेआफ्नो घरपरिवारलाई राम्ररी व्यवस्थापन गर्नु किन महत्त्वपूर्ण छ?

यो महत्त्वपूर्ण छ किनभने यदि उनले आफ्नो घरपरिवारलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् भने, उनले मण्डलीको लागि राम्रोसँग हेरचाह गर्नेछैनन्।

1 Timothy 3:6

यदि बिशप नयाँ विश्‍वासी भएमा के खतरा हुन्छ?

खतरा यो हो कि ऊ फुलेर निन्दामा पर्नेछ।

1 Timothy 3:7-9

मण्डली बाहिरका मानिसहरूसँग बिशपको प्रतिष्‍ठा कस्तो हुनुपर्छ?

एक बिशपको मण्डलीको प्रतिष्‍ठा बाहिरकाहरूसँग असल हुनुपर्छ।

1 Timothy 3:10

डिकनहरूले सेवा गर्नु अघि के गर्नुपर्छ?

तिनीहरूले सेवा गर्नु अघि, डिकनहरूको परीक्षण गरिनुपर्छ।

1 Timothy 3:11-14

ईश्‍वरीय स्त्रीहरूका केही विशेषताहरू के-के हुन्?

ईश्‍वरीय स्त्रीहरू प्रतिष्‍ठित हुन्छन्, निन्दा गर्ने होइनन्, संयमी र सबै कुरामा विश्‍वासयोग्य हुन्छन्।

1 Timothy 3:15

परमेश्‍वरको घर के हो?

परमेश्‍वरको घर जीवित परमेश्‍वरको मण्डली हो।

1 Timothy 3:16

येशू शरीरमा देखा पर्नुभएपछि, आत्माद्वारा धर्मी ठहरिनुभएपछि, र स्वर्गदूतहरूले देख्नुभएपछि, उहाँले के गर्नुभयो?

येशूलाई राष्‍ट्रहरूमाझ घोषणा गरियो, संसारमा विश्‍वास गरियो, र महिमामा उठाइयो।

1 Timothy 4

1 Timothy 4:1-2

आत्माको अनुसार, पछिल्ला समयमा केही मानिसहरूले के गर्नेछन्?

कोही मानिसहरूले विश्‍वास त्यागेर धोका दिने आत्माहरू र भूतहरूको शिक्षामा भाग लिनेछन्।

1 Timothy 4:3-4

यी मानिसहरूले के झुट सिकाउनेछन्?

तिनीहरूले विवाह निषेध गर्नेछन् र केही खानेकुराहरू खान निषेध गर्नेछन्।

1 Timothy 4:5-6

हामीले खानेकुरा हाम्रो प्रयोगको लागि कसरी पवित्र हुन्छ?

हामीले जे खान्छौँ त्यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र हुन्छ।

1 Timothy 4:7

पावलले तिमोथीलाई केमा आफूलाई तालिम दिन भन्छन्?

पावल तिमोथीलाई भक्तिमा तालिम दिन भन्छन्।

1 Timothy 4:8-10

शारीरिक तालिम भन्दा ईश्‍वरभक्तिको तालिम किन बढी लाभदायक छ?

ईश्‍वरभक्तिमा तालिम दिनु बढी लाभदायक छ किनभने यसले वर्तमान जीवन र आउने जीवनको प्रतिज्ञा राख्दछ।

1 Timothy 4:11

पावलले तिमोथीलाई पावलको शिक्षामा पाएका सबै असल कुराहरूलाई के गर्न आग्रह गर्छन्?

पावलले तिमोथीलाई यी कुराहरूलाई आज्ञा दिन र सिकाउन आग्रह गर्छन्।

1 Timothy 4:12-13

तिमोथी अरूहरूका लागि कस्तो उदाहरण बन्‍न सक्छन्‌?

तिमोथी शब्द, आचरण, प्रेम, विश्‍वास र शुद्धतामा उदाहरण बन्‍नुपर्दछ।

1 Timothy 4:14-15

तिमोथीले आफूसँग भएको आत्मिक वरदान कसरी पाए?

तिमोथीलाई वरदान एल्डरहरूको हात राखेर अगमवाणीद्वारा दिइएको थियो।

1 Timothy 4:16

यदि तिमोथीले आफ्नो जीवन र शिक्षामा विश्‍वासी भई जारी राखे भने, कसले उद्धार पाउनेछ?

तिमोथीले आफू र आफ्ना श्रोताहरूलाई बचाउनेछन्।

1 Timothy 5

1 Timothy 5:1-3

पावलले तिमोथीलाई मण्डलीमा एकजना वृद्ध मानिसलाई कसरी व्यवहार गर्न भने?

पावलले तिमोथीलाई बुबा जस्तै गरी आग्रह गर्न भने।

1 Timothy 5:4-7

विधवाका छोराछोरी र नातिनातिनाहरूले उनको लागि के गर्नुपर्छ?

छोराछोरी र नातिनातिनाहरूले आफ्ना आमाबाबुलाई ऋण चुकाउनुपर्छ र उनको हेरचाह गर्नुपर्छ।

1 Timothy 5:8-9

आफ्नै घरका मानिसहरूको ख्याल नगर्नेले के गरेको छ?

उसले विश्‍वासलाई इन्कार गरेको छ र एक अविश्‍वासी भन्दा खराब छ।

1 Timothy 5:10

विधवा केको लागि चिनिनुपर्छ?

विधवा असल कामको लागि प्रमाणित हुनुपर्छ।

1 Timothy 5:11-13

मण्डलीले हेरचाह गर्ने मानिसहरूको सूचीमा जवान विधवाहरूलाई किन भर्ना गर्नु हुँदैन?

यी जवान विधवाहरू पछि विवाह गर्न चाहनेछन्।

1 Timothy 5:14-16

पावल जवान महिलाहरूले के गरेको चाहन्छन्?

पावल जवान महिलाहरूले विवाह गरेको, छोराछोरी जन्माएको र घरपरिवार चलाएको चाहन्छन्।

1 Timothy 5:17-18

असल नेतृत्व गर्ने एल्डरहरूका लागि के गरिनुपर्छ?

असल नेतृत्व गर्ने एल्डरहरूलाई दोहोरो सम्मानको योग्य ठान्‍नुपर्छ।

1 Timothy 5:19-20

कसैले एल्डरलाई दोष लगाउनुअघि कस्ता सर्तहरू पूरा गर्नुपर्छ?

कसैले एक जना एल्डरमा आरोप लगाउँदा दुई वा तीन साक्षी हुनुपर्छ।

1 Timothy 5:21-23

पावलले तिमोथीलाई कुन तरिकामा यी नियमहरू पालन गर्न सावधान रहेका थिए?

पावल तिमोथीलाई यी नियमहरूलाई पक्षपात नगरी पालन गर्न होसियार हुन आज्ञा दिन्छन्।

1 Timothy 5:24-25

मानिसहरूको पाप कहिले थाहा हुन्छ?

केही मानिसहरूका पापहरू स्पष्‍ट छन्, तर अरूका पापहरू न्याय नहुँदासम्म थाहा हुँदैन।

1 Timothy 6

1 Timothy 6:1-3

पावलले कसरी दासहरूले आफ्ना मालिकहरूलाई आदर गर्नुपर्छ भनी भने?

दासहरूले आफ्ना मालिकहरूलाई सबै सम्मानको योग्य ठान्‍नुपर्छ भनी पावलले भने।

1 Timothy 6:4-5

कस्तो प्रकारको व्यक्तिले स्वस्थ शब्दहरू र ईश्‍वरीय शिक्षालाई अस्वीकार गर्छ?

स्वस्थ वचनहरू र ईश्‍वरीय शिक्षालाई इन्कार गर्ने मानिस फुल्छ र केही बुझ्दैन।

1 Timothy 6:6

पावलले ठूलो लाभ के हो भन्छन्?

पावल भन्छन् कि भक्तिसँग सन्तुष्‍टि ठूलो लाभ हो।

1 Timothy 6:7

हामीले यस संसारमा के ल्यायौँ, र छोड्दा हामी के साथमा लैजान सक्छौँ?

हामीले संसारमा केहि ल्याएका छैनौँ, र केहि बाहिर निकाल्न सक्दैनौँ।

1 Timothy 6:8

यस संसारमा केमा सन्तुष्‍ट हुनुपर्छ?

हामीसँग खाना र लत्ताकपडा छ भनेर सन्तुष्‍ट हुनुपर्छ।

1 Timothy 6:9

धनी बन्‍न चाहनेहरू केमा पर्छन्?

धनी बन्‍न चाहनेहरू परीक्षा र पासोमा फस्छन्।

1 Timothy 6:10-11

सबै प्रकारको दुष्‍टताको जरा के हो?

पैसाको प्रेम सबै प्रकारका खराबीको जरा हो।

पैसालाई  गर्ने कोहीलाई के भएको छ?

पैसालाई प्रेम गर्ने कोही-कोही विश्‍वासबाट टाढिएका छन्।

1 Timothy 6:12-15

तिमोथीले कस्तो लडाइ लड्नुपर्छ भनी पावल भन्छन्?

पावल भन्छन् कि तिमोथीले विश्‍वासको अलस लडाई लड्नुपर्छ।

1 Timothy 6:16

परमेश्‍वर कहाँ बास गर्नुहुन्छ?

परमेश्‍वर अगम्य प्रकाशमा वास गर्नुहुन्छ

1 Timothy 6:17-18

धनीहरूले किन अनिश्‍चित धनमा होइन परमेश्‍वरमा आशा राख्नुपर्छ?

धनीहरूले परमेश्‍वरमा आशा राख्नुपर्छ किनभने उहाँले हामीलाई आनन्‍द गर्ने सबै कुराहरू प्रदान गर्नुहुन्छ।

1 Timothy 6:19

असल काममा धनी हुनेहरूले आफ्नो लागि के गर्छन् ?

असल काममा धनी हुनेहरूले आफ्नो लागि असल जग राख्छन्, र साँचो जीवनलाई बुझ्छन्।

1 Timothy 6:20-21

अन्तमा, पावलले तिमोथीलाई दिएका कुराहरूलाई के गर्न भन्छन्?

पावलले तिमोथीलाई आफूलाई सुम्पिएको कुराको रक्षा गर्न भन्छन्।