1 John
1 John 1
1 John 1:1
यूहन्नालाई जीवनको वचनको बारेमा के थाहा थियो?
यूहन्नाले जीवनको वचन सुनेका, देखेका, मनन गरेका र सम्हालेका थिए।
1 John 1:2
यूहन्नामा प्रकट हुनु अघि अनन्त जीवन कहाँ थियो?
अनन्त जीवन यूहन्नामा प्रकट हुनु अघि पितासँग थियो।
1 John 1:3-4
यूहन्नाले आफूले देखेका र सुनेका कुराहरू किन घोषणा गरिरहेका छन्?
यूहन्नाले आफूले देखेका र सुनेका कुराहरू घोषणा गर्दैछन् ताकि अरूले पनि उनीसँग सङ्गति गर्न सकून्।
यूहन्नाको पहिले नै कोसँग सङ्गति छ?
यूहन्नासँग पहिले नै पिता र उहाँको पुत्र, येशू ख्रीष्टसँग सङ्गति छ।
1 John 1:5
यूहन्नाले आफ्ना पाठकहरूलाई घोषणा गरिरहेकोभएको परमेश्वरको सन्देश के हो?
यूहन्नाले परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै पनि अन्धकार छैन भनी सन्देश घोषणा गर्दैछन्।
1 John 1:6
परमेश्वरसँग सङ्गति छ भन्ने तर अन्धकारमा हिँड्ने व्यक्तिको बारेमा यूहन्नाले के भन्छन्?
यूहन्ना भन्छन् कि यस्तो व्यक्ति झूटो हो र सत्य व्यवहार गर्दैन।
1 John 1:7
ज्योतिमा हिँड्नेहरूका सबै पापहरू केले शुद्ध पार्छ?
येशूको रगतले तिनीहरूलाई सबै पापबाट शुद्ध पार्छ।
1 John 1:8
यदि हामीमा पाप छैन भनी हामी भन्छौँ भने हामी आफैलाई के गर्छौँ?
यदि हामीमा पाप छैन भनी भन्छौँ भने, हामी आफैलाई धोका दिन्छौँ र सत्यता हामीमा हुँदैन।
1 John 1:9-10
आफ्ना पापहरू स्वीकार गर्नेहरूलाई परमेश्वरले के गर्नुहुन्छ?
आफ्ना पापहरू स्वीकार गर्नेहरूका लागि, परमेश्वरले तिनीहरूका पापहरू क्षमा गर्नुहुनेछ र तिनीहरूलाई सबै अधर्मबाट शुद्ध पार्नुहुनेछ।
1 John 2
1 John 2:2
येशू ख्रीष्ट कसको लागि तिनीहरूको पापको प्रायश्चित हुनुहुन्छ?
येशू ख्रीष्ट सारा संसारको पापको लागि प्रायश्चित हुनुहुन्छ।
1 John 2:3
हामीले येशू ख्रीष्टलाई चिनेका छौँ भनेर कसरी थाहा पाउछौँ?
यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौँ भने हामीले उहाँलाई चिनेका छौँ भनी हामी जान्दछौँ।
1 John 2:4-5
कुस्तो प्रकारको व्यक्तिले भन्छ कि उसले परमेश्वरलाई चिन्छ, तर परमेश्वरको आज्ञाहरू पालन गर्दैन?
झूटो बोल्नेले परमेश्वरलाई चिन्छु भन्छ, तर परमेश्वरको आज्ञा पालन गर्दैन।
1 John 2:6-8
यदि कसैले ऊ ख्रीष्टमा रहन्छ भनी भन्छ भने उसले कसरी हिँड्नुपर्छ?
जसरी येशू ख्रीष्ट हिँड्नुभयो त्यसरी नै ऊ हिँड्नुपर्छ।
1 John 2:9-10
आफू ज्योतिमा छु भनी भाइलाई घृणा गर्ने व्यक्तिको आत्मिक अवस्था कस्तो हुन्छ?
म उज्यालोमा छु भनी कोही भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा छ।
1 John 2:11
आफ्नो भाइलाई घृणा गर्ने व्यक्तिको आत्मिक अवस्था कस्तो हुन्छ?
जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो मानिस अन्धकारमा छ र अन्धकारमा हिँड्छ।
1 John 2:12-14
किन परमेश्वरले विश्वासीहरूको पाप क्षमा गर्नुहुन्छ?
परमेश्वरले आफ्नो नाउँको कारणले विश्वासीहरूको पाप क्षमा गर्नुहुन्छ।
1 John 2:15
संसारका चीजहरूप्रति विश्वासीको दृष्टिकोण कस्तो हुनुपर्छ?
एक विश्वासीले संसार र संसारका चीजहरूलाई प्रेम गर्नु हुँदैन।
1 John 2:16-17
पिताबाट नभई संसारबाट आउने तीनवटा कुराहरू के-के हुन्?
शरीरको अभिलाषा, आँखाको अभिलाषा, र जीवनको शेखी संसारबाट हो, पिताबाट होइन।
1 John 2:18-21
हामीलाई ख्रीष्ट विरोधी बारे के थाहा छ?
हामीलाई थाहा छ कि त्यो आउँदै छ।
यो आखिरी घड़ी हो भनेर हामीले कसरी थाहा पाउने?
हामीलाई थाहा छ यो अन्तिम घडी हो किनभने धेरै ख्रीष्ट विरोधीहरू आएका छन्।
1 John 2:22
हामीले ख्रीष्ट विरोधीलाई कसरी चिन्न सक्छौँ?
ख्रीष्ट विरोधीले पिता र पुत्रलाई अस्वीकार गर्नेछ।
1 John 2:23
के कसैले पुत्रलाई अस्वीकार गरेर पनि पितामा छ?
होइन, पुत्रलाई अस्वीकार गर्ने पितामा हुन सक्दैन।
1 John 2:24
पुत्र र पितामा रहन विश्वासीहरूले के गर्नुपर्छ?
तिनीहरूले सुरुदेखि सुनेका कुराहरूमा रहिरहनुपर्छ।
1 John 2:25-27
परमेश्वरले विश्वासीहरूलाई के प्रतिज्ञा गर्नुभएको छ?
परमेश्वरले विश्वासीहरूलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ।
1 John 2:28-29
यदि हामी उहाँमा रह्यौँ भने ख्रीष्ट प्रकट हुनुहुँदा हामीले कस्तो मनोवृत्ति गर्नेछौँ?
यदि हामी उहाँमा रह्यौँ भने, हामीमा साहस हुनेछ र ख्रीष्ट देखा पर्दा शर्ममा पर्नेछैनौँ।
1 John 3
1 John 3:1
पिताले विश्वासीहरूलाई कसरी आफ्नो प्रेम व्यक्त गर्नुभएको छ?
उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान भनिन सम्भव बनाउनुभएको छ।
1 John 3:2
ख्रीष्ट प्रकट हुनुहुँदा विश्वासीहरूलाई के हुनेछ?
जब ख्रीष्ट प्रकट हुनुहुन्छ, विश्वासीहरू ख्रीष्ट जस्तै हुनेछन् किनभने तिनीहरूले उहाँलाई उहाँ जस्तै देख्नेछन्।
1 John 3:3-4
ख्रीष्टमा आशा राख्ने प्रत्येक विश्वासीले आफ्नो बारेमा कस्तो कदम चाल्नुपर्छ?
ख्रीष्टमा आशा गर्ने हरेक विश्वासीले आफूलाई शुद्ध गर्नुपर्छ।
1 John 3:5
ख्रीष्ट आफैमा के छैन?
ख्रीष्ट आफैमा कुनै पाप छैन।
1 John 3:6-7
यदि एक व्यक्तिले पाप गरिरहन्छ भने, यसले हामीलाई परमेश्वरसँगको सम्बन्धको बारेमा के बताउँछ?
यसले हामीलाई बताउँछ कि तिनीहरूले न त ख्रीष्टलाई देखेका छन्, न त उहाँलाई चिनेका छन्।
1 John 3:8
कुन कारणले परमेश्वरको पुत्र प्रकट हुनुभएको थियो?
दियाबलसको कामहरू नष्ट गर्नको लागि परमेश्वरको पुत्र प्रकट हुनुभएको थियो।
1 John 3:9
परमेश्वरबाट जन्मेको मानिसले किन पाप गरिरहन सक्दैन?
उसले पाप गर्न जारी राख्न सक्दैन किनभने परमेश्वरको बीउ उसमा रहन्छ।
1 John 3:10
दियाबलसका पुत्रहरू कसरी प्रकट हुन्छन्?
दियाबलसका छोराछोरीहरू स्पष्ट छन् किनभने तिनीहरू धार्मिकतामा चल्दैनन् र तिनीहरूले आफ्नो भाइलाई प्रेम गर्दैनन्।
1 John 3:11
हामीले सुरुदेखि नै सुनेको सन्देश के हो?
सन्देश हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने हो।
1 John 3:12
आफू दुष्टबाट आएको भनेर कयिनले कसरी देखाए?
कयिनले आफ्नो भाइको हत्या गरेर आफू दुष्टबाट आएको देखाए।
1 John 3:13
विश्वासीहरूलाई के कुरामा अचम्म नमान्नु भनी यूहन्नाले भन्छन्?
यूहन्ना भन्छन् कि विश्वासीहरू संसारले तिनीहरूलाई घृणा गर्ने कुरामा अचम्म मान्नु हुँदैन।
1 John 3:14-15
हामी मृत्युबाट जीवनमा सरेका छौँ भनी कस्तो मनोवृत्तिले देखाउँछ?
हामीलाई थाहा छ कि हामी मृत्युबाट जीवनमा सरेका छौँ किनभने हामी भाइहरूलाई प्रेम गर्छौं।
1 John 3:16
हामीले प्रेमलाई कसरी चिनेका छौँ?
हामीले प्रेमलाई चिनेका छौँ किनभने ख्रीष्टले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो।
1 John 3:17
कुनै व्यक्तिमा परमेश्वरको प्रेम छैन भनी के कुराले संकेत गर्छ?
जब कुनै धनी व्यक्तिले आफ्नो दाजुभाइलाई खाँचोमा परेको देख्छ तर उसलाई सहयोग गर्दैन, त्यो व्यक्तिमा परमेश्वरको प्रेम रहँदैन।
1 John 3:18-20
हाम्रो लागि प्रेम गर्न अपर्याप्त दुई तरिकाहरू के हुन्?
हाम्रो लागि शब्द वा जिब्रोमा मात्र प्रेम गर्न पर्याप्त छैन।
हामीले प्रेम गर्नुपर्ने दुइटा तरिका के हो?
हामीले व्यवहारमा र सत्यमा प्रेम गर्नुपर्छ।
1 John 3:21-22
यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामीसँग के छ?
यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने, हामी परमेश्वरमा भरोसा राख्छौँ।
1 John 3:23
परमेश्वरले हामीलाई दिनुभएको आज्ञा के हो?
परमेश्वरको आज्ञा यो हो कि हामीले उहाँको पुत्र येशू ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ र एकअर्कालाई प्रेम गर्नुपर्छ।
1 John 3:24
विश्वासीहरूले कसरी थाहा पाउँछन् कि परमेश्वर तिनीहरूमा रहनुहुन्छ?
परमेश्वरले विश्वासीहरूलाई पवित्र आत्मा दिनुभएको छ ताकि उनीहरूलाई थाहा होस् कि परमेश्वर तिनीहरूमा रहनुहुन्छ।
1 John 4
1 John 4:1
विश्वासीहरूले किन जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन?
तिनीहरूले जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन किनभने त्यहाँ धेरै झूटा अगमवक्ताहरू संसारमा बाहिर गएका छन्।
1 John 4:2
तपाईले परमेश्वरको आत्मालाई कसरी जान्न सक्नुहुन्छ?
येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाट हो।
1 John 4:3
कुन आत्माले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन?
ख्रीष्ट विरोधीको आत्माले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन।
1 John 4:4-6
विश्वासीहरूले परमेश्वरबाट नभएका आत्माहरूमाथि कसरी विजय पाउन सक्छन्?
हामी तिनीहरूमाथि विजय पाउन सक्छौँ किनभने हामी भित्रको आत्मा संसारमा भएको भन्दा महान् हुनुहुन्छ ।
1 John 4:7
विश्वासीहरूले किन एकअर्कालाई प्रेम गर्नुपर्छ?
विश्वासीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ किनभने प्रेम परमेश्वरबाट हो, र परमेश्वरबाट जन्मेकोले प्रेम गर्नुहुन्छ।
1 John 4:8
प्रेम नगर्नेले परमेश्वरलाई चिनेको छैन भनेर कसरी देखाउँछ?
परमेश्वरलाई चिन्ने मानिसहरूले प्रेम गर्छन् किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
1 John 4:9-14
परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम कसरी प्रकट गर्नुभयो?
परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई संसारमा पठाएर हाम्रो लागि आफ्नो प्रेम प्रकट गर्नुभयो।
पिताले आफ्नो पुत्रलाई कुन उद्देश्यले पठाउनुभयो?
पिताले आफ्नो पुत्रलाई पठाउनुभयो ताकि हामी उहाँद्वारा बाँच्न सकौँ।
1 John 4:15-16
यदि परमेश्वर एक व्यक्तिमा रहनुहुन्छ र ऊ परमेश्वरमा रहन्छ भने, त्यो व्यक्तिले येशूको बारेमा के स्वीकार गर्छ?
जो व्यक्ति परमेश्वरमा रहन्छ उसले स्वीकार गर्दछ कि येशू परमेश्वरको पुत्र हुनुहुन्छ।
1 John 4:17-18
न्यायको दिनमा परमेश्वरको प्रेमले हामीलाई कस्तो मनोवृत्ति दिनेछ?
परमेश्वरको प्रेमले हामीलाई न्यायको दिनमा भरोसा दिलाउनेछ।
1 John 4:19
हामी कसरी प्रेम गर्न सक्छौँ?
हामी प्रेम गर्छौँ किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो।
1 John 4:20
यदि कसैले आफ्नो भाइलाई घृणा गर्छ भने, उसको परमेश्वरसँग के सम्बन्ध छ?
आफ्नो भाइलाई घृणा गर्ने मानिसले परमेश्वरलाई प्रेम गर्न सक्दैन।
1 John 4:21
परमेश्वरलाई प्रेम गर्नेले आफ्नो भाइलाई कस्तो व्यवहार गर्नुपर्छ?
परमेश्वरलाई प्रेम गर्नेले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
1 John 5
1 John 5:3
हामी परमेश्वरलाई प्रेम गर्छौँ भनेर कसरी देखाउन सक्छौँ?
हामीले उहाँका आज्ञाहरू पालन गर्दा हामी परमेश्वरलाई प्रेम गर्छौँ भनेर देखाउँछौँ।
1 John 5:4-5
संसारलाई जितेको विजय के हो?
संसारलाई जितेको विजय विश्वास हो।
1 John 5:6-7
येशू ख्रीष्ट कुन दुई कुराद्वारा आउनुभयो?
येशू ख्रीष्ट पानी र रगतद्वारा आउनुभयो।
1 John 5:8-9
येशू ख्रीष्टको बारेमा कुन तीनवटा कुराहरूले गवाही दिन्छन्?
पवित्र आत्मा, पानी र रगत सबैले येशू ख्रीष्टको बारेमा गवाही दिन्छन्।
1 John 5:10
यदि कसैले परमेश्वरको पुत्रको बारेमा गवाहीलाई विश्वास गर्दैन भने, तिनीहरूले परमेश्वरलाई के बनाउँछन्?
परमेश्वरको पुत्रको गवाहीमा विश्वास नगर्ने जो कोहीले परमेश्वरलाई झूटो बनाउँछ।
1 John 5:11-13
परमेश्वरले हामीलाई उहाँको पुत्रमा के दिनुभएको छ?
परमेश्वरले हामीलाई उहाँको पुत्रमा अनन्त जीवन दिनुभएको छ।
1 John 5:14-15
विश्वासीहरूलाई परमेश्वरको अगाडि कस्तो भरोसा छ?
विश्वासीहरूलाई विश्वास छ कि यदि तिनीहरूले परमेश्वरको इच्छा अनुसार केहि माग्छन् भने, उहाँले तिनीहरूलाई सुन्नुहुन्छ।
1 John 5:16
आफ्नो भाइले मृत्युमा पुर्याउने पाप गरेको देख्दा विश्वासीले के गर्नुपर्छ?
एक विश्वासी जसले आफ्नो भाइलाई मृत्युमा पुर्याउने पाप गरेको देख्छ उसले परमेश्वरले उसको भाइलाई जीवन देउन् भनेर प्रार्थना गर्नुपर्छ्
1 John 5:17-18
सबै अधर्म के हो?
सबै अधर्म पाप हो।
1 John 5:19
सारा संसार कहाँ छ?
सारा संसार दुष्टतामा छ।
1 John 5:20
परमेश्वरको पुत्रले हामीलाई दिनुभएको समझको परिणाम के हो?
परमेश्वरको पुत्रले हामीलाई दिनुभएको समझको कारणले, हामीले सत्यतालाई चिन्न सक्छौँ।
1 John 5:21
विश्वासीहरूले आफूलाई केबाट जोगाउनुपर्छ?
विश्वासीहरूले आफूलाई मूर्तिहरूबाट जोगाउनुपर्छ।