Revelation
Revelation 1
Revelation 1:1-2
यो प्रकाश पहिले कोबाट आयो, र कसलाई देखाइएको हो?
यो येशू ख्रीष्टको प्रकाश परमेश्वरबाट आएको थियो, र उहाँका सेवकहरूलाई देखाइएको हो । [१:१]
प्रकाशको पुस्तकका घटनाहरू कहिले घटने छन्?
प्रकाशको पुस्तकका घटनाहरू छिट्टै घटनेछन् । [१:१]
Revelation 1:3
यो पुस्तकद्वारा को आशिषित हुनेछ?
जसले चर्को सोरले पढछ, सुन्छ, र यो पुस्तकलाई पालन गर्छ, तिनीहरू आशिषित हुनेछन् । [१:३]
Revelation 1:4
यो पुस्तक कसले लेख्यो, र उनले कसलाई लेखे?
यूहन्नाले यो पुस्तक लेखे, र उनले एसियामा भएका सातवटा मण्डलीलाई लेखे । [१:४]
Revelation 1:5
यूहन्नाले येशू ख्रीष्टलाई कुन-कुन तिनवटा पदवी दिएका छन्?
यूहन्नाले येशू ख्रीष्टलाई विश्वासयोग्य गवाही, मृतकहरूबाट पहिले जन्मनुभएका र पृथ्वीका राजाहरूका शासक भनेर पदवी दिएका छन् । [१:५]
Revelation 1:6
येशूले विश्वासीहरूलाई के बनाउनुभयो?
येशूले विश्वासीहरूलाई राज्यका विश्वासीहरू र परमेश्वर पिताका पुजारीहरू बनाउनुभयो । [१:६]
Revelation 1:7
जब उहाँ आउनुहुन्छ, तब कसले येशूलाई देख्नेछन्?
जब उहाँ आउनुहुन्छ, तब उहाँलाई घोच्नेहरूलगायत हरेकले येशूलाई देख्नेछ । [१:७]
Revelation 1:8
परमप्रभु परमेश्वरले आफैँलाई कसरी वर्णन गर्नुभएको छ?
परमप्रभु परमेश्वरले आफैँलाई आदि र अन्त जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र हुन आउनुहुनेछ भनी वर्णन गर्नुभएको छ । [१:८]
Revelation 1:9-10
यूहन्ना किन पत्मोसको टापुमा थिए?
परमेश्वरको वचन र येशूको गवाहीको बारेमा लेख्न यूहन्ना पत्मोसको टापुमा थिए । [१:९]
Revelation 1:11-13
यूहन्नाको पछाडि भएको चर्को आवजले उनलाई के गर्नू भन्यो?
उनले देखेका कुरा एउटा पुस्तकमा लेख्न र सातवटा मण्डलीलाई पठाउन यूहन्नालाई चर्को आवाजले भन्यो । [१:११]
Revelation 1:14-15
यूहन्नाले देखेका मानिसको कपाल र आँखा कस्ता प्रकारका थिए?
यूहन्नाले देखेका मानिसका कपाल ऊनजस्तो सेतो र आँखा आगोजस्तो ज्वालामय थियो । [१:१४]
Revelation 1:16
ती मानिसको दाहिने हातमा के थियो र उहाँको मुखबाट के बाहिर आइरहेको थियो?
उ. ती मानिसको दाहिने हातमा सातवटा तारा थिए, र एउटा धारिलो दुईधारे तरवार उहाँको मुखबाट बाहिर आइरहेको थियो । [१:१६]
Revelation 1:17
जब उनले ती मानिसलाई देखे तब यूहन्नाले के गरे?
यूहन्ना मृत मानिसजस्तै ती मानिसको पाउमा घोप्टो परे । [१:१७]
Revelation 1:18-19
आफूसँग कस्ता साँचाहरू छन् भनी ती मानिसले भन्नुभयो?
पाताल र मृत्युका साँचाहरू आफूसँग छन् भनी ती मानिसले भन्नुभयो । [१:१८]
Revelation 1:20
सातवटा सुनौलो सामदान र सातवटा ताराको अर्थ के थियो?
सातवटा तारा सात मण्डलीका स्वर्गदूतहरू थिए, र सातवटा सामदानचाहिँ सातवटा मण्डली थिए । [१:२०]
Revelation 2
Revelation 2:1
कुनचाहिँ दूतलाई पुस्तकको अर्को भाग लेखियो?
एफिससमा भएको मण्डलीका दूतलाई पुस्तकको अर्को भाग लेखियो । [२:१]
Revelation 2:2-3
एफिससको मण्डलीले दुष्टहरू र झुटा अगमवक्ताहरूलाई के गरेको थियो?
एफिससको मण्डलीले दुष्टहरूलाई सहेको छैन र झुटा अगमवक्ताहरूलाई जाँच गरेको छ । [२:२]
Revelation 2:4
एफिससमा भएको मण्डलीको विरुद्धमा ख्रीष्टसँग के छ?
एफिससमा भएको मण्डलीको विरुद्धमा तिनीहरूले आफ्नो पहिलो प्रेमलाई छोडेका छन् । [२:४]
Revelation 2:5-6
यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने ख्रीष्टले के गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ?
यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने उहाँ आउनुहुनेछ र तिनीहरूको सामदान त्यस ठाउँबाट हटाइदिनेछु भनी ख्रीष्ट भन्नुहुन्छ । [२:५]
Revelation 2:7
जसले जित्छ, त्यसलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
जसले जित्छ, त्यसले परमेश्वरको स्वर्गलोकमा जीवनको रुखबाट खानेछ भनी ख्रीष्टले प्रतिज्ञा गर्नुभयो । [२:७]
Revelation 2:8
पुस्तकको अर्को भाग कुन स्वर्गदूतलाई लेखिएको हो?
पुस्तकको अर्को भाग स्मुर्नामा भएको मण्डलीका दूतलाई लेखिएको हो । [२:८]
Revelation 2:9
स्मुर्नामा भएको मण्डलीले के अनुभव गरेको थियो?
स्मुर्नामा भएको मण्डलीले कष्ट, गरिबी र अपमानहरूको अनुभव गरेको थियो । [२:९]
Revelation 2:10
मृत्युसम्मै विश्वासयोग्य हुने र जित्नेलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
मृत्युसम्मै विश्वासयोग्य हुने र जित्नेले जीवनको मुकुट प्राप्त गर्नेछ र दोस्रो मृत्युद्वारा पीडा पाउनेछैन भनी ख्रीष्टले प्रतिज्ञा गर्नुभएको छ । [२:१०-११]
Revelation 2:11
मृत्युसम्मै विश्वासयोग्य हुने र जित्नेलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
मृत्युसम्मै विश्वासयोग्य हुने र जित्नेले जीवनको मुकुट प्राप्त गर्नेछ र दोस्रो मृत्युद्वारा पीडा पाउनेछैन भनी ख्रीष्टले प्रतिज्ञा गर्नुभएको छ । [२:१०-११]
Revelation 2:12
पुस्तकको अर्को भाग कुन स्वर्गदूतलाई लेखिएको हो?
पुस्तकको अर्को भाग पर्गामममा भएको मण्डलीका स्वर्गदूतलाई लेखिएको हो । [२:१२]
Revelation 2:13
पर्गामममा भएको मण्डली कहाँ बस्छ?
शैतानको सिंहासन जहाँ छ, पर्गाममको मण्डली त्यहीँ बस्छ । [२:१३]
एन्टिपासलाई मारेका दिनहरूमा पर्गाममको मण्डलीले के गर्यो?
एन्टिपासलाई मारेका दिनहरूमा पर्गाममको मण्डलीले दरिलोसँग ख्रीष्टको नाउँलाई पक्र्यो र विश्वासलाई इन्कार गरेन । [२:१३]
Revelation 2:14
पर्गामममा भएको मण्डलीका केहीले कुन-कुन दुई प्रकारका शिक्षा पक्रेका थिए?
पर्गामममा भएको मण्डलीका केहीले बालाम र निकोलाइटसहरूका शिक्षाहरू पक्रेका थिए । [२:१४-१५]
Revelation 2:15
पर्गामममा भएको मण्डलीका केहीले कुन-कुन दुई प्रकारका शिक्षा पक्रेका थिए?
पर्गामममा भएको मण्डलीका केहीले बालाम र निकोलाइटसहरूका शिक्षाहरू पक्रेका थिए । [२:१४-१५]
Revelation 2:16
जसले यी झुटा शिक्षाहरूलाई पक्रन्छ अनि पश्चात्ताप गर्दैन भने, ख्रीष्टले के गर्नेछु भनी चताउनी दिनुभएको छ?
जसले यी झुटा शिक्षाहरूलाई पक्रन्छ, उहाँ आउनुहुनेछ र तिनीहरूका विरुद्धमा लडाइँ गर्नुहुन्छ भनी ख्रीष्टले चेताउनी दिनुहुन्छ । [२:१६]
Revelation 2:17
जसले जित्छ, तिनीहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुहुन्छ?
जसले जित्छ, तिनीहरूले गुप्त मन्न खानेछन् र नयाँ नाउँसँगै एउटा सेतो पत्थर प्राप्त गर्नेछन् भनी ख्रीष्टले प्रतिज्ञा गर्नुहुन्छ । [२:१७]
Revelation 2:18
पुस्तकको अर्को भाग कुन स्वर्गदूतलाई लेखिएको हो?
पुस्तकको अर्को भाग थिआटीराको मण्डलीका स्वर्गदूतलाई लेखिएको हो । [२:१८]
Revelation 2:19
थिआटीरामा भएको मण्डलीले गरेका असल कामहरूबारे ख्रीष्टलाई के थाहा छ?
थिआटीराको मण्डलीले प्रेम, विश्वास, सेवा र सहनशिलता देखाएको ख्रीष्टलाई थाहा छ । [२:१९]
Revelation 2:20-21
थिआटीरामा भएको मण्डलीको विरुद्धमा ख्रीष्टसँग के छ?
तिनीहरूले झुटा अनैतिक अगमवादिनी ईजेबेललाई सहेको कारण थिआटीरा मण्डलीको विरुद्धमा ख्रीष्टसँग केही छ । [२:२०]
Revelation 2:22
ईजेबेलले पश्चात्ताप गरिन भने ख्रीष्टले के गर्नुहुन्छ भनी चेतावनी दिनुभएको छ?
त्यसले पश्चात्ताप गरिन भने उहाँले ईजेबेललाई रोगी-ओछ्यानमा फालिदिनुहुनेछ र त्यसका छोराछोरीलाई मृत्युले प्रहार गर्नेछु भनी ख्रीष्टले चेतावनी दिनुभएको छ । [२:२२-२३]
Revelation 2:23-24
ईजेबेलले पश्चात्ताप गरिन भने ख्रीष्टले के गर्नुहुन्छ भनी चेतावनी दिनुभएको छ?
त्यसले पश्चात्ताप गरिन भने उहाँले ईजेबेललाई रोगी-ओछ्यानमा फालिदिनुहुनेछ र त्यसका छोराछोरीलाई मृत्युले प्रहार गर्नेछु भनी ख्रीष्टले चेतावनी दिनुभएको छ । [२:२२-२३]
Revelation 2:25
ईजेबेलको शिक्षाअनुसार नगर्नेहरूलाई ख्रीष्टले के भन्नुभएको छ?
उहाँ नआउन्जेलसम्म दरिलोसँग पक्रिराख्न ख्रीष्टले तिनीहरूलाई आव्हान गर्नुहुन्छ । [२:२५]
Revelation 2:26-27
जित्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
बिहानको तारा र जातिहरूमाथि जित्नेहरूलाई अधिकार दिनेछु भनी प्रतिज्ञा गर्नुहुन्छ । [२:२६, २८]
Revelation 2:28
जित्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
बिहानको तारा र जातिहरूमाथि जित्नेहरूलाई अधिकार दिनेछु भनी प्रतिज्ञा गर्नुहुन्छ । [२:२६, २८]
Revelation 2:29
यो पुस्तक पढ्नेले के कुरा सुन्नुपर्छ भनी ख्रीष्ट भन्नुहुन्छ?
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ भनी पुस्तक पढ्नेहरूले सुन्नुपर्छ भनी ख्रीष्ट भन्नुहुन्छ । [२:२९]
Revelation 3
Revelation 3:1
यस पुस्तकको अर्को भाग कुनचाहिँ दूतलाई लेखिएको हो?
सार्डिसमा भएको मण्डलीका दूतलाई पुस्तकको अर्को भाग लेखिएको हो । [३:१]
सार्डिसको मण्डलीको ख्याति के हो, तर तिनीहरूको सत्यता के हो?
सार्डिसको मण्डलीको ख्यातिचाहिँ तिनीहरू जीवितै छन् भनी भन्छन्, तर सत्यताचाहिँ यो हो कि तिनीहरू मृत छन् । [३:१]
Revelation 3:2-4
के गर्नलाई सार्डिसको मण्डलीलाई ख्रीष्टले चेतावनी दिनुभएको छ?
तिनीहरूलाई जागा रहन र बाँकी कुराहरूमा बलियो हुन, सम्झना गर्न, आज्ञापालन गर्न र पश्चात्ताप गर्न ख्रीष्टले चेतावनी दिनुहुन्छ । [३:२]
Revelation 3:5-6
जित्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
जित्नेहरूलाई सेतो वस्त्र पहिराइनेछ, तिनीहरू जीवनको पुस्तकमा रहनेछन्, र परमेश्वर पिताको सामु तिनीहरूको नाउँ घोषणा गरिनेछ । [३:५]
Revelation 3:7
कुन चाहिँ दूतलाई पुस्तकको अर्को भाग लेखिएको हो?
पुस्तकको अर्को भाग फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखिएको हो । [३:७]
Revelation 3:8
तिनीहरूसँग थोरै शक्ति भए तापनि फिलाडेल्फियामा भएको मण्डलीले के गरेको छ?
फिलाडेल्फियाको मण्डलीले ख्रीष्टको वचनलाई पालन गरेको थियो र उहाँको नाउँलाई इन्कार गरेको थिएन । [३:८]
Revelation 3:9-10
शैतानको सभाघरलाई ख्रीष्टले के गर्न लगाउनुहुनेछ?
सन्तहरूका पाउको सामु शैतानको सभाघरलाई ख्रीष्टले दण्डवत् गर्न लगाउनुहुनेछ । [३:९]
Revelation 3:11
ख्रीष्ट चाँडै आउने भएकोले फिलाडेल्फियाको मण्डलीलाई उहाँले के गर्नू भन्नुहुन्छ?
तिनीहरूसँग जे छ त्यसलाई दरिलोसँग पक्रिराख्न ताकि तिनीहरूका मुकुट कसैले पनि खोसेर लान नसकोस् भनी ख्रीष्टले तिनीहरूलाई भन्नुहुन्छ । [३:११]
Revelation 3:12-13
जित्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
जित्नेहरू परमेश्वरको मन्दिरको खाँबो हुनेछन्; परमेश्वरको सहरको नाउँ परमेश्वरको नाउँ हुनेछ, अनि तिनीहरूमा ख्रीष्टको नाउँ लेखिनेछ । [३:१२]
Revelation 3:14
पुस्तकको अर्को भाग कुन दूतलाई लेखिएको हो?
लाउडिकियाको मण्डलीका दूतलाई पुस्तकको अर्को भाग लेखिएको हो । [३:१४]
Revelation 3:15
लाउडिकियामा भएको मण्डली कस्तो भइदिए हुन्थ्यो भनी ख्रीष्टले इच्छा गर्नुहुन्छ?
लाउडिकियामा भएको मण्डली कि चिसो वा तातो भइदिएको भए हुन्थ्यो भनी ख्रीष्टले इच्छा गर्नुहुन्छ । [३:१५]
Revelation 3:16
लाउडिकियाको मण्डलीलाई ख्रीष्टले के गर्न लाग्नुभएको छ, र किन?
लाउडिकियाको मण्डलीलाई उहाँको मुखबाट उकेलेर फालिदिन लाग्नुभएको छ किनभने तिनीहरू मनतातो मात्र छन् । [३:१६]
Revelation 3:17-18
लाउडिकियाको मण्डलीले आफ्नै बारेमा के भन्छ?
लाउडिकियाको मण्डलीले आफ्नै बारेमा आफू धनी छु र कुनै थोकको खाँचो पर्दैन भनी भन्छ । [३:१७]
लाउडिकियामा भएको मण्डलीको विषयमा ख्रीष्टले के भन्नुहुन्छ?
लाउडिकियाको मण्डली दयनीय, दरिद्र, दुःखी, अन्धो र नाङ्गो छ भनी ख्रीष्टले भन्नुहुन्छ । [३:१७]
Revelation 3:19-20
ख्रीष्टले प्रेम गर्नुहुने हरेकका लागि उहाँले के गर्नुहुन्छ?
ख्रीष्टले प्रेम गर्नुहुने हरेकलाई उहाँले तालिम दिनुहुन्छ र सिकाउनुहुन्छ । [३:१९]
Revelation 3:21
जित्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ?
जित्नेहरू उहाँको सिंहासनमा ख्रीष्टसँगै बस्नेछन् । [३:२१]
Revelation 3:22
यस पुस्तकका पाठकहरूले कसलाई सुन्नुपर्छ भनी ख्रीष्टले भन्नुभएको छ?
मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, सो पाठकहरूले सुन्नैपर्छ भनी ख्रीष्टले भन्नुहुन्छ । [३:२२]
Revelation 4
Revelation 4:1
यूहन्नाले के खोलिएको देखे?
यूहन्नाले स्वर्गमा एउटा ढोका खोलिएको देखे । [४:१]
यूहन्नालाई आवाजले के देखाउँछु भनी भन्यो?
यी कुराहरूपछि के हुन आउनेछ भनी आवाजले यूहन्नालाई देखाउनेछु भनी भन्यो । [४:१]
Revelation 4:2-3
स्वर्गको सिंहासनमा एक जना को बसिरहनुभएको थियो?
स्वर्गको एउटा सिंहासनमा एक जना बसिरहनुभएको थियो । [४:२]
Revelation 4:4
स्वर्गमा भएको सिंहासनको वरिपरि के थियो?
सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए र तीमाथि चौबिस जना एल्डर बसेका थिए । [४:४]
Revelation 4:5
सिंहासनको सामुन्ने बलिरहेका सातवटा बत्ती के थिए?
ती सातवटा बत्ती परमेश्वरका सात आत्माहरू थिए । [४:५]
Revelation 4:6-7
सिंहासनको वरिपरि कुन-कुन चारवटा कुरा थिए?
सिंहासनको वरिपरि चार जीवित प्राणीहरू थिए । [४:६]
Revelation 4:8-9
दिनरात ती चार जीवित प्राणीहरूले के-के गर्थे?
दिनरात ती चार जीवित प्राणीहरूले परमेश्वरलाई महिमा, आदर र धन्यवाद दिन रोक्दैन थिए । । [४:८]
Revelation 4:10
जीवित प्राणीहरूले परमेश्वरलाई महिमा दिइरहँदा ती चौबिस जना एल्डरले के गर्दै थिए?
ती चौबिस जना एल्डर सिंहासनको सामुन्ने तिनीहरूका मुकुटहरू तलतिर राख्दै तिनीहरू आफैँ निहुरिन्छन् । [४:१०]
Revelation 4:11
सृष्टिमा परमेश्वरको भूमिकाको बारेमा ती एल्डरहरूले के भने?
ती एल्डरहरू भन्दछन्, कि परमेश्वरले सबै कुराहरू सृष्टि गर्नुभयो र उहाँको इच्छाद्वारा सृष्टि गरिएका सबै कुराहरू अस्तित्वमा आए । [४:११]
Revelation 5
Revelation 5:1-2
सिंहासनमा बस्नुहुनेको दाहिने हातपट्टि यूहन्नाले के देखे?
सातवटा मोहोर लगाएर बन्द गरिएको एउटा चर्मपत्रको मुट्ठो देखे । [५:१]
Revelation 5:3
त्यो चर्मपत्रको मुट्ठो खोल्न र पढ्न पृथ्वीमा को योग्य थियो?
त्यो चर्मपत्रको मुट्ठो खोल्न र पढ्न कोही पनि योग्य थिएन । [५:३-४]
Revelation 5:4
त्यो चर्मपत्रको मुट्ठो खोल्न र पढ्न पृथ्वीमा को योग्य थियो?
त्यो चर्मपत्रको मुट्ठो खोल्न र पढ्न कोही पनि योग्य थिएन । [५:३-४]
Revelation 5:5
त्यो चर्मपत्रको मुट्ठो र त्यसका सातैवटा मोहोर खोल्न र तोड्नको लागि को योग्य थियो?
यहूदाका कूलको सिंह अर्थात् दाऊदका मूल त्यो चर्मपत्रको मुट्ठो खोल्न योग्य हुनुहुन्थ्यो । [५:५]
Revelation 5:6-7
सिंहासनको सामु एल्डरहरूका माझमा को उभिरहेको थियो?
सिंहासनको सामु एल्डरहरूका माझमा थुमा उभिरहनुभएको थियो जो मारिएको जस्तो देखिनुहुन्थ्यो । [५:६]
थुमाका सातवटा सिङ र सातवटा आँखा के थिए?
सातवटा सिङ र सातवटा आँखा सारा पृथ्वीभरि नै पठाइएका परमेश्वरका सातवटा आत्मा थिए । । [५:६]
Revelation 5:8
ती एल्डरहरूले लिएका धूपले भरिएका सुनका कचौराहरू के थिए?
धूपले भरिएका सुनका कचौराहरू सन्तहरूका प्रार्थना थिए । [५:८]
Revelation 5:9
त्यो चर्मपत्रको मुट्ठो खोल्न थुमा किन योग्य हुनुहुन्थ्यो?
थुमा योग्य हुनुहुन्थ्यो किनकि उहाँले आफ्नै रगतद्वारा परमेश्वरका निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई किन्नुभयो । [५:९]
Revelation 5:10-11
परमेश्वरका पुजारीहरूले कहाँ राज्य गर्नेछन्?
पृथ्वीमा परमेश्वरका पुजारीहरूले राज्य गर्नेछन् । [५:१०]
Revelation 5:12
थुमा के प्राप्त गर्न योग्य हुनुहुन्थ्यो भनी स्वर्गदूतहरूले भने?
स्वर्गदूतहरूले भने कि थुमा शक्ति, वैभव, बुद्धि, सामर्थ्य, आदर, महिमा र प्रशंसा प्राप्त गर्न योग्य हुनुहुन्थ्यो । [५:१२]
Revelation 5:13
सिंहासनमा हुनुहुने र थुमाको प्रशंसा सदासर्वदा हुनुपर्छ भनी कसले भन्यो?
सृष्टि गरिएका हरेक प्राणीले सिंहासनमा हुनुहुने र थुमाको प्रशंसा सदासर्वदा हुनुपर्छ भन्यो । [५:१३]
Revelation 5:14
ती चारैवटा जीवित प्राणीले “आमेन” भनेको सुन्दा ती एल्डरहरूले के गरे?
ती एल्डरहरू भुइँमा घोप्टो परे र आराधना गरे । [५:१४]
Revelation 6
Revelation 6:1
थुमाले मुट्ठोलाई के गर्नुभयो?
थुमाले मुट्ठामा भएका सातवटा मोहोरमध्ये एउटा खोल्नुभयो । [६:१]
Revelation 6:2-3
पहिलो मोहोर खोलिसकेपछि यूहन्नाले के देखे?
सेतो घोडामा एउटा सवार विजय गर्नलाई बाहिर जाँदै गरेको यूहन्नाले देखे । [६:२]
Revelation 6:4
दोस्रो मोहोर खोलेपछि यूहन्नाले के देखे?
यूहन्नाले एउटा उज्ज्वल रातो घोडा देखे, जसको घोडसवारले पृथ्वीबाट शान्ति हरण गरे । [६:४]
Revelation 6:5-7
तेस्रो मोहोर खोलेपछि यूहन्नाले के देखे?
यूहन्नाले एउटा कालो घोडा देखे, जसको घोडसवारले आफ्नो हातमा एक जोडी तराजु बोकेको थियो । [६:५]
Revelation 6:8
चौथो मोहोर खोलिसकेपछि यूहन्नाले के देखे?
यूहन्नाले एउटा पहेंलो घोडा देखे, जसको घोडसवारको नाउँ मृत्यु राखियो । [६:८]
Revelation 6:9
पाँचौँ मोहोर खोलेपछि यूहन्नाले के देखे?
परमेश्वरको वचनको कारणले गर्दा मारिएका आत्माहरूलाई यूहन्नाले देखे । [६:९]
Revelation 6:10
वेदी मुनि भएका आत्माहरूले परमेश्वरबाट के थाहा गर्न चाहन्थे?
तिनीहरूका रगतको बदला कहिलेसम्म परमेश्वरले लिनुहुन्छ भनी आत्माहरूले जान्न चाहन्थे । [६:१०]
Revelation 6:11
कहिलेसम्म तिनीहरूले पर्खनुपर्नेछ भनी आत्माहरूलाई भनियो?
सङ्गी दासहरूको हत्या गरिएको सङ्ख्या पुरा नहोउञ्जेलसम्म तिनीहरूले पर्खनुपर्नेछ भनी आत्माहरूलाई भनियो । [६:११]
Revelation 6:12
छैठौँ मोहोर खोलेपछि यूहन्नाले के देखे?
भुइँचालो, सूर्य कालो भएको, चन्द्रमा रगतजस्तै भएको र पृथ्वीमा ताराहरू खस्दै गरेको यूहन्नाले देखे । [६:१२-१३]
Revelation 6:13-14
छैठौँ मोहोर खोलेपछि यूहन्नाले के देखे?
भुइँचालो, सूर्य कालो भएको, चन्द्रमा रगतजस्तै भएको र पृथ्वीमा ताराहरू खस्दै गरेको यूहन्नाले देखे । [६:१२-१३]
Revelation 6:15
राजाहरू, प्रधान सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू र हरेक व्यक्तिले के गर्दै गरेको यूहन्नाले देखे?
गुफाहरूमा लुक्दै गरेको र तिनीहरूमाथि चट्टानहरू खसोस् भनी बिन्ती गर्दै गरेको र तिनीहरूलाई लुकाओस् भनी पुकारा गरिरहेको यूहन्नाले तिनीहरूलाई देखे । [६:१५-१६]
Revelation 6:16
राजाहरू, प्रधान सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू र हरेक व्यक्तिले के गर्दै गरेको यूहन्नाले देखे?
गुफाहरूमा लुक्दै गरेको र तिनीहरूमाथि चट्टानहरू खसोस् भनी बिन्ती गर्दै गरेको र तिनीहरूलाई लुकाओस् भनी पुकारा गरिरहेको यूहन्नाले तिनीहरूलाई देखे । [६:१५-१६]
केबाट राजाहरू, प्रधान सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू र हरेक व्यक्ति लुक्न चाहन्थे?
तिनीहरू थुमाको क्रोध र सिंहासनमा बस्नुहुनेबाट लुक्न चाहन्थे । [६:१६]
Revelation 6:17
कुन दिन आएको थियो?
सिंहासनमा बस्नुहुने र थुमाको क्रोधको महान् दिन आइसकेको थियो । [६:१७]
Revelation 7
Revelation 7:1
जब यूहन्नाले तिनीहरूलाई देखे, तब पृथ्वीका चार कुनामा उभिएका चार जना स्वर्गदूतले के गरिरहेका थिए?
चार जना स्वर्गदूतले पृथ्वीका चारैपट्टिको बतासलाई समातिराखेका थिए । [७:१]
Revelation 7:2
पूर्वका स्वर्गदूतले पृथ्वीलाई हानि गर्नुअगि के गर्नुपर्छ भने?
पृथ्वीलाई हानि गर्नुअगि परमेश्वरका दासहरूका निधारहरूमा छाप लगाउनुपर्छ भनी स्वर्गदूतले भने । [७:२-३]
Revelation 7:3
पूर्वका स्वर्गदूतले पृथ्वीलाई हानि गर्नुअगि के गर्नुपर्छ भने?
पृथ्वीलाई हानि गर्नुअगि परमेश्वरका दासहरूका निधारहरूमा छाप लगाउनुपर्छ भनी स्वर्गदूतले भने । [७:२-३]
Revelation 7:4-8
कुन-कुन कुलबाट कति जना मानिसहरूलाई छाप लगाइयो?
इस्राएलका हरेक कुलबाट जम्मा १,४४,००० मानिसको सङ्ख्यालाई छाप लगाइयो । [७:४]
Revelation 7:9
तब यूहन्नाले थुमाको सामु र परमेश्वरको सिंहासनको सामु के देखे?
यूहन्नाले प्रत्येक जाति, कुल, मानिस र भाषाको एउटा ठुलो भिड सिंहासनको सामु देखे । [७:९]
Revelation 7:10
सिंहासनको अगाडि हुनेहरूका अनुसार मुक्ति कसको हो?
सिंहासनको अगाडि हुनेहरूले मुक्ति परमेश्वर र थुमाको हो भनी कराए । [७:१०]
Revelation 7:11-13
तिनीहरूले परमेश्वरको आराधना गर्दा स्वर्गदूतहरू, एल्डरहरू र जीवित प्राणीहरू कस्तो शारीरिक अवस्थामा थिए?
तिनीहरूले परमेश्वरको आराधना गर्दा तिनीहरू जमिनमा पस्रे र तिनीहरूले आफ्ना अनुहारहरू जमिनमा फर्काएका थिए । [७:११]
Revelation 7:14
सिंहासन अगाडि सेतो वस्त्र लगाएकाहरू को थिए भनी एल्डरले भने?
एल्डरले भने कि तिनीहरू महासङ्कष्टबाट आएकाहरू हुन् । [७:१४]
सिंहासन अगाडि भएकाहरूले कसरी तिनीहरूले आफ्ना वस्त्रहरू सेता बनाए?
थुमाको रगतमा धोएर तिनीहरूले आफ्ना वस्त्रहरू सेता बनाए । [७:१४]
Revelation 7:15
सेता वस्त्र लगाएकाहरूलाई परमेश्वरले के गर्नुहुनेछ भनी एल्डरहरूले भने?
परमेश्वरले आफ्नो पाल तिनीहरूमाथि फैलाउनुहुनेछ, त्यसैले तिनीहरूले कष्ट भोग्नेछैनन् । [७:१५-१६]
Revelation 7:16
सेता वस्त्र लगाएकाहरूलाई परमेश्वरले के गर्नुहुनेछ भनी एल्डरहरूले भने?
परमेश्वरले आफ्नो पाल तिनीहरूमाथि फैलाउनुहुनेछ, त्यसैले तिनीहरूले कष्ट भोग्नेछैनन् । [७:१५-१६]
Revelation 7:17
सेता वस्त्र लगाउनेहरूका निम्ति थुमाले के गर्नुहुन्छ भनी एल्डरले भने?
थुमाले तिनीहरूका गोठालो गर्नुहुनेछ र जीवनको पानीको मुहानमा डोर्याउनुहुनेछ । [७:१७]
Revelation 8
Revelation 8:1
स्वर्गमा के कारणले सन्नाट्टा छायो?
जब थुमाले सातौँ मोहोर खोल्नुभयो, तब स्वर्गमा सन्नाट्टा छायो । [८:१]
Revelation 8:2-3
परमेश्वरको अगाडि उभिएका सात जना स्वर्गदूतलाई के दिइएको थियो?
परमेश्वरको अगाडि उभिएका सात जना स्वर्गदूतलाई सातवटा तुरही दिइएको थियो । [८:२]
Revelation 8:4
परमेश्वरको अगाडि के माथि उठेको थियो?
परमेश्वरको अगाडि सन्तहरूका प्रार्थनासँग धूपको धुवाँ माथि उठेको थियो । [८:४]
Revelation 8:5-6
स्वर्गदूतले वेदीबाट आगो तल पृथ्वीमा फ्याँकिदिदा के भएको थियो?
जब स्वर्गदूतले आगो तल फ्याँकिदिए, तब त्यहाँ आवाज, गर्जन, र बिजुलीको चमक र भुइँचालो गयो । [८:५]
Revelation 8:7
जब पहिलो तुरही फुकियो, तब के भयो?
जब पहिलो तुरही फुकियो, तब पृथ्वीको तिन भागको एक भाग, तिन भागको एक भाग रुखहरू र सबै घाँस डढे । [८:७]
Revelation 8:8
जब दोस्रो तुरही फुकियो, तब के भयो?
जब दोस्रो तुरही फुकियो, तब समुद्रको तिन भागको एक भाग रगत बन्यो, तिन भागको एक भाग प्राणीहरूमध्ये एक भाग मरे र तिन भागको एक भाग जहाजहरू नष्ट भए । [८:८-९]
Revelation 8:9
जब दोस्रो तुरही फुकियो, तब के भयो?
जब दोस्रो तुरही फुकियो, तब समुद्रको तिन भागको एक भाग रगत बन्यो, तिन भागको एक भाग प्राणीहरूमध्ये एक भाग मरे र तिन भागको एक भाग जहाजहरू नष्ट भए । [८:८-९]
Revelation 8:10
जब तेस्रो तुरही फुकियो, तब के भयो?
जब तेस्रो तुरही फुकियो, तब तिन भागको एक भाग पानी तितो भयो र धेरै मानिसहरू मरे । [८:१०-११]
Revelation 8:11
जब तेस्रो तुरही फुकियो, तब के भयो?
जब तेस्रो तुरही फुकियो, तब तिन भागको एक भाग पानी तितो भयो र धेरै मानिसहरू मरे । [८:१०-११]
Revelation 8:12
जब चौथो तुरही फुकियो, तब के भयो?
जब चौथो तुरही फुकियो, तब तिन भागको एक भाग दिन र तिन भागको एक भाग रातमा प्रकाश भएन । [८:१२]
Revelation 8:13
पृथ्वीमा भएकाहरूलाई चिलले किन “धिक्कार, धिक्कार, धिक्कार” भन्यो?
किनकि बाँकी रहेका तिन तुरहीहरू फुक्ने बेला भएकाले चिलले पृथ्वीमा भएकाहरूलाई “धिक्कार, धिक्कार, धिक्कार” भन्यो । [८:१३]
Revelation 9
Revelation 9:1
जब पाँचौँ तुरही फुकियो, तब यूहन्नाले कस्तो प्रकारको तारा देखे?
जब पाँचौँ तुरही फुकियो, तब यूहन्नाले एउटा तारा स्वर्गबाट पृथ्वीमा झरिरहेको देखे । [९:१]
Revelation 9:2
ताराले के गर्यो?
ताराले गहिरो र अन्तहीन खाडल खोल्यो । [९:२]
Revelation 9:3
खाडलबाट निस्केका सलहहरूलाई के गर्नू भनियो?
जोसँग परमेश्वरको छाप छैन ती मानिसहरूलाई मात्र विनाश गर्नू, तर पृथ्वीलाई विनाश नगर्नू भनी सलहहरूलाई भनियो । [९:३-४]
Revelation 9:4-5
खाडलबाट निस्केका सलहहरूलाई के गर्नू भनियो?
जोसँग परमेश्वरको छाप छैन ती मानिसहरूलाई मात्र विनाश गर्नू, तर पृथ्वीलाई विनाश नगर्नू भनी सलहहरूलाई भनियो । [९:३-४]
Revelation 9:6-8
सलहहरूद्वारा सताइएका मानिसहरूले के खोज्छन्, तर भेट्टाउँदैनन्?
सलहहरूद्वारा सताइएका मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन् । [९:६]
Revelation 9:9-10
ती सलहहरूका पखेटाहरूले कस्ता खालका आवाज निकाले?
सलहहरूका पखेटाहरूले निकालेका आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्ता थिए । [९:९]
Revelation 9:11
सलहहरूमाथि को राजा थियो?
सलहहरूमाथि एबाड्डोन राजा थियो जसलाई ग्रिकमा अपोल्लियोन भनिन्छ जो खाडलको दूत थियो । [९:११]
Revelation 9:12
पाँचौँ तुरही फुकिसकेपछि के बितेर गयो?
पाँचौँ तुरही फुकिसकेपछि पहिलो विपत्ति बितेर गयो । [९:१२]
Revelation 9:13-14
छैटौँ तुरही फुकिसकेपछि यूहन्नाले कस्तो आवाज सुने?
छैटौँ तुरही फुकिसकेपछि यूहन्नाले सुनको वेदीबाट एउटा आवाज आएको सुने जुन परमेश्वरको अगाडि उपस्थित थियो । [९:१३]
Revelation 9:15
तिनीहरूले आवाज सुनिसकेपछि ती चार जना स्वर्गदूतले के गरे?
जब तिनीहरूले आवाज सुने, तब मानव-जातिको एक-तिहाइलाई मार्न चार जना स्वर्गदूत मुक्त गरिए । [९:१५]
Revelation 9:16-17
घोडसवारमाथि यूहन्नाले कति जना सिपाहीहरूलाई देखे?
यूहन्नाले घोडसवारमा बिस करोड सिपाहीलाई देखे । [९:१६]
Revelation 9:18-19
मानव-जातिको एक-तिहाइलाई कुनचाहिँ विपत्तिले मार्यो?
घोडाहरूको मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको विपत्तिले एक-तिहाइ मानिसहरूलाई मार्यो । [९:१८]
Revelation 9:20-21
विपत्तिद्वारा नमारिएका मानिसहरूले कस्तो प्रतिक्रिया जनाए?
विपत्तिद्वारा नमारिएका मानिसहरूले आफ्नो कामको पश्चात्ताप गरेनन् र दुष्टात्माहरूलाई पुज्न छाडेनन् । [९:२०]
Revelation 10
Revelation 10:1
यूहन्नाले देखेका शक्तिशाली स्वर्गदूतका पाउ र अनुहार केजस्ता देखिन्थे?
स्वर्गदूतको अनुहार सूर्यजस्तै र पाउ आगोका खाँबाहरूजस्ता देखिन्थे । [१०:१]
Revelation 10:2-3
स्वर्गदूत कहाँ उभिएका थिए?
स्वर्गदूतका दाहिने खुट्टाले समुद्रमा र देब्रे खुट्टाले जमिनमा टेकेर उभिएका थिए । [१०:२]
Revelation 10:4-5
यूहन्नालाई के नलेख्न भनियो?
सातवटा गर्जनले जे भनेका थिए ती नलेख्न यूहन्नालाई भनियो । [१०:४]
Revelation 10:6
शक्तिशाली स्वर्गदूतले कोद्वारा शपथ खाए?
शक्तिशाली स्वर्गदूतले सदासर्वदा जीवित रहनुहुने जनद्वारा शपथ खाए, जसले स्वर्ग र पृथ्वी र समुद्र सृष्टि गर्नुभयो । [१०:६]
Revelation 10:7
शक्तिशाली स्वर्गदूतले अब के ढिलो हुनेछैन भने?
स्वर्गदूतले भने, कि जब सातौँ तुरही फुकिन्छ तब ढिलो हुनेछैन र परमेश्वरको रहस्य पुरा हुनेछ । [१०:७]
Revelation 10:8
शक्तिशाली स्वर्गदूतबाट यूहन्नालाई के लिनू भनियो?
यूहन्नालाई स्वर्गदूतबाट एउटा खुल्ला चर्मपत्रको मुट्ठो लिनू भनियो । [१०:८]
Revelation 10:9-10
जब यूहन्नाले चर्मपत्रको मुट्ठो खान्छन् तब के कुरा हुनेछ भनी स्वर्गदूतले भने?
यूहन्नाको मुखमा चर्मपत्रको मुट्ठो गुलियो हुनेछ, तर उनको पेटमा तितो हुनेछ भनी स्वर्गदूतले भने । [१०:९]
Revelation 10:11
उनले चर्मपत्रको मुट्ठो खाएपछि यूहन्नालाई केको बारेमा अगमवाणी गर्नू भनियो?
यूहन्नालाई धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा अगमवाणी गर्नू भनियो । [१०:११]
Revelation 11
Revelation 11:1
यूहन्नालाई के नाप्नू भनियो?
यूहन्नालाई परमेश्वरको मन्दिर र वेदी, अनि यसभित्र आराधना गर्नेहरूलाई नाप्नू भनियो । [११:१]
Revelation 11:2-4
गैरयहूदीहरूले कति लामो समयसम्म पवित्र सहरलाई कुल्चनेछन्?
गैरयहूदीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् । [११:२]
Revelation 11:5-7
दुई जना साक्षीलाई के गर्ने अधिकार दिइएको थियो?
दुई जना साक्षीलाई १,२६० दिनसम्म अगमवाणी गर्ने, तिनीहरूका शत्रुहरूलाई मार्ने, आकाशलाई बन्द गर्ने र पृथ्वीलाई हरेक किसिमका विपत्तिबाट प्रहार गर्ने अधिकार दिइएको थियो । [११:५]
Revelation 11:8-9
दुई जना साक्षीका शरीरहरू कहाँ पस्रनेछन्?
तिनीहरूका शरीरहरू सहरको गल्लीमा पस्रनेछन् जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो । [११:८]
Revelation 11:10
जब दुई जना साक्षी मारिन्छन्, तब पृथ्वीका मानिसहरूको प्रतिक्रिया कस्तो हुनेछ?
जब दुई जना साक्षी मारिन्छन्, तब पृथ्वीमा भएका मानिसहरूले आनन्द र उत्सव मनाउनेछन् । [११:१०]
Revelation 11:11
साँढे तिन दिनपछि दुई जना साक्षीलाई के हुनेछ?
साँढे तिन दिनपछि तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् र स्वर्गतिर जानेछन् । [११:११-१२]
Revelation 11:12-13
साँढे तिन दिनपछि दुई जना साक्षीलाई के हुनेछ?
साँढे तिन दिनपछि तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् र स्वर्गतिर जानेछन् । [११:११-१२]
Revelation 11:14
दुई जना साक्षी र भूकम्प गएपछि के बितिहाल्यो?
दुई जना साक्षी र भूकम्प गएपछि दोस्रो विपत्ति बितिहाल्यो । [११:१४]
Revelation 11:15-16
जब सातौँ तुरही फुकियो, स्वर्गमा के भनियो?
जब सातौँ तुरही फुकियो, तब संसारको राज्य हाम्रा परमेश्वर र उहाँका ख्रीष्टको राज्य भएको छ भनेर भनियो । [११:१५]
Revelation 11:17
अब परमप्रभु परमेश्वरले के गर्न सुरु गर्नुभयो भनेर एल्डरहरूले भने?
अब परमप्रभु परमेश्वरले राज्य गर्न सुरु गर्नुभयो भनेर एल्डरहरूले भने । [११:१७]
Revelation 11:18
एल्डरहरूको भनाइअनुसार अब कुन समय आएको छ?
अब मृतकहरूलाई न्याय गर्ने, परमेश्वरका दासहरूलाई इनाम दिने र परमेश्वरको लागि पृथ्वीलाई विनाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ । [११:१८]
Revelation 11:19
तब स्वर्गमा के खोलियो?
तब स्वर्गमा परमेश्वरको मन्दिर खोलिएको थियो । [११:१९]
Revelation 12
Revelation 12:1
स्वर्गमा कस्तो ठुलो चिन्ह देखियो?
स्वर्गमा एउटी गर्भवती स्त्रीले सूर्य पहिरेकी, त्यसको खुट्टामुनि चन्द्रमा र त्यसको शिरमा बाह्रवटा तारा थिई जो प्रसव-वेदनाले चिच्च्याइरहेकी थिई । [१२:१-२]
Revelation 12:2
स्वर्गमा कस्तो ठुलो चिन्ह देखियो?
स्वर्गमा एउटी गर्भवती स्त्रीले सूर्य पहिरेकी, त्यसको खुट्टामुनि चन्द्रमा र त्यसको शिरमा बाह्रवटा तारा थिई जो प्रसव-वेदनाले चिच्च्याइरहेकी थिई । [१२:१-२]
Revelation 12:3
स्वर्गमा अर्को कस्तो चिन्ह देखियो?
स्वर्गमा उसको शिरमाथि सातवटा शिर, दसवटा सिङ्ग र सातवटा मुकुट भएको एउटा ठुलो रातो अजिङ्गर देखा पर्यो । [१२:३]
Revelation 12:4
आफ्नो पुच्छरले अजिङ्गरले के गर्यो?
आफ्नो पुच्छरले अजिङ्गरले स्वर्गको एक-तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा खसालिदियो । [१२:४]
अजिङ्गरले के गर्ने इच्छा गर्यो?
अजिङ्गरले स्त्रीको बालकलाई निल्ने इच्छा गर्यो । [१२:४]
Revelation 12:5
बालकले के गर्न गइरहेको थियो?
बालकले फलामको लौरोले सबै जातिमाथि शासन गर्न गइरहेको थियो । [१२:५]
बालकलाई कहाँ लगियो?
बालकलाई परमेश्वर र उहाँको सिंहासनतर्फ लगियो । [१२:५]
Revelation 12:6
त्यो स्त्री कहाँ गई?
त्यो स्त्री उजाड-स्थानभित्र भागी । [१२:६]
Revelation 12:7-8
स्वर्गमा कसले लडाइँ गर्यो?
मिखाएल र उनका दूतहरूले अजिङ्गर र त्यसका दूतहरूका विरुद्धमा लडाइँ गरे । [१२:७]
Revelation 12:9-10
लडाइँपछि अजिङ्गर र त्यसका दूतहरूलाई के भयो?
अजिङ्गर र त्यसका दूतहरू पृथ्वीमा फालिए । [१२:९]
अजिङ्गर को हो?
अजिङ्गर प्राचीन सर्प, दुष्ट वा शैतान हो । [१२:९]
Revelation 12:11
ती दाजुभाइहरूले कसरी अजिङ्गरलाई जिते?
थुमाको रगतद्वारा र तिनीहरूको गवाहीको वचनद्वारा ती दाजुभाइहरूले अजिङ्गरलाई जिते । [१२:११]
Revelation 12:12
त्योसँग कति समय छ भनेर अजिङ्गरले थाहा पायो?
त्योसँग थोरै मात्र समय छ भनेर अजिङ्गरले थाहा पायो । [१२:१२]
Revelation 12:13
जब अजिङ्गरले त्यसलाई सतायो, तब स्त्रीका निम्ति के गरियो?
तयार गरिएको ठाउँमा उड्नका निम्ति त्यस स्त्रीलाई पखेटाहरू दिइयो, जहाँ त्यसको वास्ता हुन्थ्यो । [१२:१३-१४]
Revelation 12:14
जब अजिङ्गरले त्यसलाई सतायो, तब स्त्रीका निम्ति के गरियो?
तयार गरिएको ठाउँमा उड्नका निम्ति त्यस स्त्रीलाई पखेटाहरू दिइयो, जहाँ त्यसको वास्ता हुन्थ्यो । [१२:१३-१४]
Revelation 12:15
अजिङ्गरले स्त्रीलाई सोहोरेर लान नसकेपछि अजिङ्गरले के गर्यो?
अजिङ्गरले परमेश्वरका आज्ञापालन गर्ने र येशूको गवाही पक्रनेहरूका विरुद्धमा लडाइँ गर्न गयो । [१२:१५-१७]
Revelation 12:16
अजिङ्गरले स्त्रीलाई सोहोरेर लान नसकेपछि अजिङ्गरले के गर्यो?
अजिङ्गरले परमेश्वरका आज्ञापालन गर्ने र येशूको गवाही पक्रनेहरूका विरुद्धमा लडाइँ गर्न गयो । [१२:१५-१७]
Revelation 12:17
अजिङ्गरले स्त्रीलाई सोहोरेर लान नसकेपछि अजिङ्गरले के गर्यो?
अजिङ्गरले परमेश्वरका आज्ञापालन गर्ने र येशूको गवाही पक्रनेहरूका विरुद्धमा लडाइँ गर्न गयो । [१२:१५-१७]
Revelation 13
Revelation 13:1
यूहन्नाले देखेको अजिङ्गर कहाँबाट आयो?
अजिङ्गर समुद्रबाट माथि आयो । [१३:१]
Revelation 13:2
अजिङ्गरले पशुलाई के दियो?
अजिङ्गरले पशुलाई शासन गर्न शक्ति, सिंहासन र अधिकार दियो । [१३:२]
Revelation 13:3-4
किन सारा पृथ्वी चकित भयो र त्यस पशुलाई पछ्यायो?
सारा पृथ्वी चकित भयो र त्यस पशुलाई पछ्यायो किनकि त्योसँग एउटा घातक घाउ थियो जुन निको भएको थियो । [१३:३]
Revelation 13:5
पशुले आफ्नो मुखबाट के बोल्यो?
पशुले घमण्डी शब्दहरू बोल्यो र परमेश्वर, उहाँको नाउँ, उहाँ बस्ने ठाउँ र स्वर्गमा बस्नेहरूको विरुद्धमा अपमान गर्यो । [१३:५-६]
Revelation 13:6
पशुले आफ्नो मुखबाट के बोल्यो?
पशुले घमण्डी शब्दहरू बोल्यो र परमेश्वर, उहाँको नाउँ, उहाँ बस्ने ठाउँ र स्वर्गमा बस्नेहरूको विरुद्धमा अपमान गर्यो । [१३:५-६]
Revelation 13:7
पवित्र मानिसहरूसित के गर्नलाई पशुलाई अनुमति दिइयो?
पवित्र मानिसहरूसित युद्ध गर्न र तिनीहरूमाथि जित्न पशुलाई अनुमति दिइएको थियो । [१३:७]
Revelation 13:8-9
कसले पशुको आराधना गर्नेछैन?
जीवनको पुस्तकमा जसको नाउँ लेखिएको छ तिनीहरूले पशुको आराधना गर्नेछैनन् । [१३:८]
Revelation 13:10
पवित्र भनेर बोलाइएका ती को हुन्?
जो पवित्र भनेर बोलाइएका छन् तिनीहरूलाई धैर्य र सहनशीलतालाई सहन भनिएको छ । [१३:१०]
Revelation 13:11
यूहन्नाले देखेको अर्को पशु कहाँबाट आयो?
अर्को पशु पृथ्वीबाट माथि निस्केर आयो । [१३:११]
अर्को पशुसँग कस्तो प्रकारको सिङ र बोली थियो?
अर्को पशुको सिङ थुमाको जस्तो थियो र त्यो अजिङ्गरले जस्तै बोल्दथ्यो । [१३:११]
Revelation 13:12-14
पृथ्वीमा बाँचेकाहरूलाई पशुले के गर्न लगायो?
पृथ्वीमा बाँचेकाहरूलाई पहिलो पशुको आराधना गर्न लगायो । [१३:१२]
Revelation 13:15
पशुको आराधना गर्न इन्कार गर्नहरूलाई के भयो?
पशुको आराधना गर्न इन्कार गर्नहरू मारिए । [१३:१५]
Revelation 13:16-17
अर्को पशुबाट हरेकले क-के पाए?
हरेकले दाहिने हातमा वा निधारमा एउटा चिन्ह प्राप्त गरे । [१३:१६]
Revelation 13:18
पशुको सङ्ख्या कुन हो?
पशुको सङ्ख्या ६६६ हो । [१३:१८]
Revelation 14
Revelation 14:1-2
आफ्नो अगाडि यूहन्नाले कसलाई उभिरहेको देखे?
यूहन्नाले सियोन पर्वतमा आफ्नो अगाडि थुमालाई उभिरहनुभएको देखे । [१४:१]
Revelation 14:3
सिंहासनको अगि गाइएको नयाँ गीत कसले सिक्न सक्थ्यो?
पृथ्वीबाट मोल तिरर छुटाइएका १,४४,००० ले मात्र नयाँ गीत सिक्ने सक्थे । [१४:३]
Revelation 14:4
को थुमा र परमेश्वरका निम्ति अगौटे फलजस्तै थिए?
थुमा र परमेश्वरका निम्ति छुटकारा पाएका दोषरहित १,४४,००० जना अगौटे फलजस्तै थिए । [१४:४-५]
Revelation 14:5
को थुमा र परमेश्वरका निम्ति अगौटे फलजस्तै थिए?
थुमा र परमेश्वरका निम्ति छुटकारा पाएका दोषरहित १,४४,००० जना अगौटे फलजस्तै थिए । [१४:४-५]
Revelation 14:6
स्वर्गदूतले असल सुसमाचारको अनन्त सन्देश कसलाई दिए?
स्वर्गदूतले असल सुसमाचारको अनन्त सन्देश पृथ्वीमा भएका हरेक जाति, कुल, भाषा र मानिसहरूलाई दिए । [१४:६]
Revelation 14:7
स्वर्गदूतले पृथ्वीमा जिउनेहरूलाई के गर्नू भने?
परमेश्वरको डर मान्न र उहाँलाई महिमा दिन स्वर्गदूतले तिनीहरूलाई भने । [१४:७]
स्वर्गदूतले कस्तो समय आएको छ भने?
स्वर्गदूतले परमेश्वरको न्यायको समय आएको छ भने । [१४:७]
Revelation 14:8-9
दोस्रो स्वर्गदूतले के घोषणा गरे?
महान् बेबिलोनको पतन भएको छ भनी दोस्रो स्वर्गदूतले घोषणा गरे । [१४:८]
Revelation 14:10-11
पशुको छाप लिनेहरूलाई के हुनेछ भनी तेस्रो स्वर्गदूतले भने?
पशुको छाप लिनेहरूलाई आगो र गन्धकसँगै सदासर्वदाका निम्ति कष्ट दिइनेछ भने । [१४:१०]
Revelation 14:12-13
केका निम्ति सन्तहरू बोलाइएका थिए?
धैर्य सहनका लागि सन्तहरू बोलाइएका थिए । [१४:१२]
Revelation 14:14-15
यूहन्नाले बादलमाथि कसलाई बस्नुभएको देखे?
यूहन्नाले बादलमाथि मानिसका पुत्रलाई बस्नुभएको देखे । [१४:१४]
Revelation 14:16-18
बादलमाथि बस्नुहुनेले के गर्नुभयो?
बादलमाथि बस्नुहुनेले पृथ्वीको कटनी गर्न आफ्नो हँसिया चलाउनुभयो । [१४:१६]
Revelation 14:19
धारिलो हँसिया भएका स्वर्गदूतले के गरे?
धारिलो हँसिया भएका स्वर्गदूतले पृथ्वीका दाखका फसलहरू भेला गरे र परमेश्वरको क्रोधको दाखमद्यको कोलमा फालिदिए । [१४:१९]
Revelation 14:20
परमेश्वरको दाखको कोलमा के भयो?
दाखको कोल कुल्चियो र त्यसबाट रगत निस्कियो । [१४:२०]
Revelation 15
Revelation 15:1
यूहन्नाले देखेका सात जना स्वर्गदूतसँग के थियो?
सात जना स्वर्गदूतसित सातवटा विपत्ति थिए जुन अन्तिम विपत्तिहरू हुन् । [१५:१]
Revelation 15:2
समुद्रको छेउमा को उभिरहेको थिए?
पशु र त्यसका प्रतिरूपमाथि विजय गर्दै आएकाहरू समुद्रको छेउमा उभिरहेका थिए । [१५:२]
Revelation 15:3
समुद्रको छेउमा उभिरहेकहरूले कसको भजन गाउँदै थिए?
समुद्रको छेउमा उभिरहेकाहरूले मोशा र थुमाका भजन गाउँदै थिए । [१५:३]
त्यस भजनमा परमेश्वरको मार्गलाई कसरी वर्णन गरिएको छ?
परमेश्वरको मार्ग धार्मिक र सत्य छन् भनी वर्णन गरिएको छ । [१५:३]
Revelation 15:4-5
त्यस भजनमा को आएर परमेश्वरको आराधना गर्छ?
सबै जातिहरू आएर परमेश्वरको आराधना गर्छन् । [१५:४]
Revelation 15:6
तब महापवित्र स्थानबाट के बाहिर निस्केर आयो?
महापवित्र स्थानबाट सात जना स्वर्गदूत सातवटा विपत्तिका साथमा बाहिर निस्केर आए । [१५:६]
Revelation 15:7
सात जना स्वर्गदूतलाई के दिइएको थियो?
परमेश्वरको क्रोधले भरिएका सातवटा कचौरा सात जना स्वर्गदूतलाई दिएको थियो । [१५:७]
Revelation 15:8
कहिलेसम्म कोही पनि महापवित्र स्थानभित्र प्रवेश गर्न सकेन?
सातवटा विपत्ति पुरा नभएसम्म कोही पनि महापवित्र स्थानभित्र प्रवेश गर्न सकेन । [१५:८]
Revelation 16
Revelation 16:1
सात जना स्वर्गदूतलाई के गर्न भनियो?
सात जना स्वर्गदूतलाई गएर पृथ्वीमाथि परमेश्वरको क्रोधको सात कचौरा खन्याउनू भनियो । [१६:१]
Revelation 16:2
परमेश्वरको क्रोधको पहिलो कचौरा खन्याउँदा के भयो?
पशुको छाप हुने मानिसहरूमा घिनलाग्दा र पीडादायी खटिरा आए । [१६:२]
Revelation 16:3
परमेश्वरको क्रोधको दोस्रो कचौरा खन्याउँदा के भयो?
समुद्र मरेको मानिसको रगतजस्तै भयो । [१६:३]
Revelation 16:4-5
परमेश्वरको क्रोधको तेस्रो कचौरा खन्याउँदा के भयो?
पानीका नदीहरू र मुहानहरू रगत भए । [१६:४]
Revelation 16:6-7
परमेश्वरले यी मानिसहरूलाई रगत पिउन दिनु किन ठिक र न्यायोचित थियो?
किनकि यी मानिसहरूले परमेश्वरका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएकोले यो ठिक र न्यायोचित थियो । [१६:६]
Revelation 16:8
परमेश्वरको क्रोधको चौथो कचौरा खन्याउँदा के भयो?
मानिसहरूलाई सूर्यले आगोलेजस्तै डढायो । [१६:८]
Revelation 16:9
मानिसहरूले यी विपत्तिहरूप्रति कस्तो प्रतिक्रिया दिए?
मानिसहरूले परमेश्वरलाई महिमा दिएनन् वा पश्चात्ताप गरेनन् । [१६:९]
Revelation 16:10-11
परमेश्वरको क्रोधको पाँचौ कचौरा खन्याउँदा के भयो?
पशुको राज्यमा अन्धकारले ढाक्यो । [१६:१०]
Revelation 16:12
परमेश्वरको क्रोधको छैटौँ कचौरा खन्याउँदा के भयो?
पूर्वका राजाहरूका निम्ति मार्ग तयार पार्ने यूफ्रेटिस नदीको पानी सुक्यो । [१६:१२]
Revelation 16:13
तिनवटा अशुद्ध आत्मा के गर्नलाई बाहिर गइरहेका थिए?
परमेश्वरको महान् दिनको लडाइँका निम्ति पृथ्वीका राजाहरूलाई भेला पार्न गइरहेका थिए । [१६:१३-१४]
Revelation 16:14-15
तिनवटा अशुद्ध आत्मा के गर्नलाई बाहिर गइरहेका थिए?
परमेश्वरको महान् दिनको लडाइँका निम्ति पृथ्वीका राजाहरूलाई भेला पार्न गइरहेका थिए । [१६:१३-१४]
Revelation 16:16
पृथ्वीका राजाहरूलाई सँगै भेला पार्ने ठाउँको नाउँ के थियो?
त्यस ठाउँको नाउँ आरमागेड्डोन थियो । [१६:१६]
Revelation 16:17
परमेश्वरको क्रोधको सातौँ कचौरा खन्याउँदा के भयो?
एउटा ठुलो आवाजले भन्यो “अब सिद्धियो ।” र त्यहाँ बिजुली चम्क्यो, गर्जन भयो र भूकम्प गयो । [१६:१७-१८]
Revelation 16:18
परमेश्वरको क्रोधको सातौँ कचौरा खन्याउँदा के भयो?
एउटा ठुलो आवाजले भन्यो “अब सिद्धियो ।” र त्यहाँ बिजुली चम्क्यो, गर्जन भयो र भूकम्प गयो । [१६:१७-१८]
Revelation 16:19-20
यस समयमा परमेश्वरको मनमा के आयो र उहाँले के गर्नुभयो?
यस समयमा परमेश्वरको मनमा महान् बेबिलोनको सम्झना आयो र उहाँले बेबिलोनलाई उहाँको क्रोधले भरिएको कचौरा दिनुभयो । [१६:१९]
Revelation 16:21
यी विपत्तिमा मानिसहरूले कस्तो प्रतिक्रिया जनाए?
मानिसहरूले परमेश्वरलाई सरापे । [१६:२१]
Revelation 17
Revelation 17:1-2
स्वर्गदूतले यूहन्नालाई के देखाउँछु भनी तिनले भने?
स्वर्गदूतले यूहन्नालाई महावेश्याको दोष देखाउनेछु भने । [१७:१]
Revelation 17:3
स्त्री केमाथि बसिरहेकी थिई?
स्त्री सातवटा शिर र दसवटा सिङ भएको एउटा पशुमाथि बसिरहेकी थिई । [१७:३]
Revelation 17:4
त्यस स्त्रीले आफ्नो हातमा लिएको कचौरामा के थियो?
त्यो कचौरा त्यसको यौनका अनैतिक घृणित कुराहरू र अपवित्रताले भरिएको थियो । [१७:४]
Revelation 17:5
त्यस स्त्रीको नाउँ के थियो?
त्यस स्त्रीको नाउँ थियोः “महाबेबिलोन, वेश्याहरू र पृथ्वीका घृणित कुराहरूकी आमा” । [१७:५]
Revelation 17:6-7
त्यो स्त्री के कुराले मातेकी थिई?
त्यो स्त्री सन्तहरूका रगत र येशूका निम्ति सहिद भएकाहरूका रगतले मातेकी थिई । [१७:६]
Revelation 17:8
त्यो स्त्री बसेकी पशु कहाँबाट आएको थियो?
त्यो पशु गहिरो अगाध खाडलबाट माथि आएको थियो । [१७:८]
Revelation 17:9
पशुका सातवटा शिर के थिए?
ती सातवटा शिर त्यो स्त्री बसेकी सातवटा पर्वत अनि सात जना राजा थिए । [१७:९-१०]
Revelation 17:10
पशुका सातवटा शिर के थिए?
ती सातवटा शिर त्यो स्त्री बसेकी सातवटा पर्वत अनि सात जना राजा थिए । [१७:९-१०]
Revelation 17:11
त्यो पशु कतातिर जाँदै थियो?
त्यो पशु सर्वनाशतिर जाँदै थियो । [१७:११]
Revelation 17:12-13
पशुका दसवटा सिङ के थिए?
दसवटा सिङ दस जना राजा थिए । [१७:१२]
Revelation 17:14
तिनीहरू एउटै मनका हुँदा पशु र राजाहरूले के गर्छन्?
तिनीहरू एउटै मनका हुँदा थुमाको विरोधमा तिनीहरूले युद्ध गर्छन् । [१७:१४]
Revelation 17:15
ती पानीहरू के थिए जहाँ त्यस वेश्या बसेकी थिई?
ती पानीहरू मानिसहरू, भिड, जातिहरू र भाषाहरू थिए । [१७:१५]
Revelation 17:16-17
त्यस स्त्रीलाई राजा र पशुले के गर्नेछन्?
तिनीहरूले त्यस स्त्रीलाई उजाड र नाङ्गो बनाउनेछन् अनि त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा जलाउनेछन् । [१७:१६]
Revelation 17:18
यूहन्नाले देखेका स्त्री को थिई?
यूहन्नाले देखेका स्त्रीले पृथ्वीका राजाहरूमाथि शासन गर्थी जो महानगर थियो । [१७:१८]
Revelation 18
Revelation 18:1
ठूलो अधिकारका साथ स्वर्गदूतले के घोषणा गरे?
त्यो महान् बेबिलोनको पतन भएको छ भनी स्वर्गदूतले घोषणा गरे । [१८:१-२]
Revelation 18:2-3
ठूलो अधिकारका साथ स्वर्गदूतले के घोषणा गरे?
त्यो महान् बेबिलोनको पतन भएको छ भनी स्वर्गदूतले घोषणा गरे । [१८:१-२]
Revelation 18:4-5
परमेश्वरका मानिसलाई के गर्न भनी स्वर्गबाट आवाज आयो?
बेबिलोनबाट बाहिर निस्केर आओ र त्यसका पापहरूमा सहभागी नहो भनी आवाजले परमेश्वरका मानिसलाई भन्यो । [१८:४]
Revelation 18:6-7
बेबिलोनले जे गरेकी थिई त्यसको लागि परमेश्वरले कति दाम त्यसलाई फिर्ता दिनुभयो?
बेबिलोनले जे गरेकी थिई त्यसको लागि परमेश्वरले त्यसलाई त्यसको दोब्बर फिर्ता गरिदिनुभयो । [१८:६]
Revelation 18:8
एकै दिनमा बेबिलोनमा कतिवटा विपत्ति आइपरे?
बेबिलोनमा एकै दिनमा मृत्यु, शोक र अनिकाल आइपरे अनि त्यो आगोले भस्म पारिई । [१८:८]
Revelation 18:9
जब पृथ्वीका राजाहरू र व्यापारीहरूले बेबिलोनको न्याय देखे, तब तिनीहरूले कस्तो प्रतिक्रिया दिए?
जब राजाहरू र व्यापारीहरूले बेबिलोनको इन्साफलाई देखे, तब तिनीहरू त्यसका निम्ति रोए र विलाप गरे । [१८:९]
किन राजाहरू, व्यापारीहरू र जहाजका कप्तानहरू त्यसको इन्साफको समयमा बेबिलोनदेखि टाढै उभिए?
तिनीहरू टाढै उभिए किनभने तिनीहरू त्यसको यातनाका कारण डराए । [१८:९-१०, १५, १७]
Revelation 18:10-13
किन राजाहरू, व्यापारीहरू र जहाजका कप्तानहरू त्यसको इन्साफको समयमा बेबिलोनदेखि टाढै उभिए?
तिनीहरू टाढै उभिए किनभने तिनीहरू त्यसको यातनाका कारण डराए । [१८:९-१०, १५, १७]
Revelation 18:14
केका निम्ति बेबिलोनले तृष्णा गर्यो जुन एकै क्षणमा विनाश भयो?
बेबिलोनले विलास र घमण्डका निम्ति तृष्णा गर्यो, जुन एकै क्षणमा विनाश भयो । [१८:१४]
Revelation 18:15-16
किन राजाहरू, व्यापारीहरू र जहाजका कप्तानहरू त्यसको इन्साफको समयमा बेबिलोनदेखि टाढै उभिए?
तिनीहरू टाढै उभिए किनभने तिनीहरू त्यसको यातनाका कारण डराए । [१८:९-१०, १५, १७]
Revelation 18:17
किन राजाहरू, व्यापारीहरू र जहाजका कप्तानहरू त्यसको इन्साफको समयमा बेबिलोनदेखि टाढै उभिए?
तिनीहरू टाढै उभिए किनभने तिनीहरू त्यसको यातनाका कारण डराए । [१८:९-१०, १५, १७]
Revelation 18:18-19
बेबिलोनको बारेमा जहाजका कप्तानहरूले कस्तो प्रश्न सोधे?
जहाजका कप्तानहरूले सोधे, “त्यो महान् सहरजस्तो अर्को कुन सहर छ?” । [१८:१८]
Revelation 18:20
जब परमेश्वरद्वारा बेबिलोनको इन्साफ भयो, तब सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरूलाई के गर्न भनियो?
जब परमेश्वरद्वारा बेबिलोनको इन्साफ गरियो, तब सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरूलाई रमाउनू भनियो । [१८:२०]
Revelation 18:21-23
त्यसको इन्साफपछि फेरि कहिले बेबिलोन देखिनेछ?
त्यसको इन्साफपछि बेबिलोनलाई कहिल्यै देखिनेछैन । [१८:२१]
Revelation 18:24
महान् सहर बेबिलोनमा के पाइयो जसका निम्ति त्यसको इन्साफ गरियो?
अगमवक्ताहरू, सन्तहरू र जसलाई पृथ्वीमा हत्या गरिएको थियो ती सबैका रगत भेटियो । [१८:२४]
Revelation 19
Revelation 19:1
परमेश्वरको न्यायको बारेमा स्वर्गमा भएको ठुलो आवाजले के भन्यो?
परमेश्वरको न्याय सत्य र धार्मिक छ भनेर स्वर्गमा भएको ठुलो आवाजले भन्यो । [१९:१-२]
Revelation 19:2
महान् वेश्यालाई सदाकालका निम्ति के हुनेछ?
सदाकालका निम्ति महान् वेश्याबाट धुवाँ उड्नेछ । [१९:३]
Revelation 19:3-4
परमेश्वरले किन महान् वेश्यालाई न्याय गर्नुभयो?
परमेश्वरले महावेश्यालाई न्याय गर्नुभयो किनकि त्यसले पृथ्वीलाई त्यसको यौन अनैतिकताले भ्रष्ट पारेकी थिई र परमेश्वरका सेवकहरूका रगत बगाएकी थिई । [१९:३]
Revelation 19:5-6
उहाँको डर मान्ने परमेश्वरका सेवकहरूलाई के गर्नू भनिएको थियो?
परमेश्वरका सेवकहरूलाई उहाँको प्रशंसा गर्नू भनिएको थियो । [१९:५]
Revelation 19:7
किन त्यो आवाजले परमेश्वरका सेवकहरू आनन्दित र निकै खुसी हुनुपर्छ भन्यो?
परमेश्वरका सेवकहरूलाई आनन्दित हुनु भनिएको थियो किनकि थुमाको विवाहको उत्सव आएको थियो । [१९:७]
Revelation 19:8-9
थुमाकी दुलही केले सजिएकी हुनुपर्छ?
दुलहीले स्वच्छ मलमलको वस्त्र पहिरिएकी हुनुपर्छ, जुन परमेश्वरका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् । [१९:८]
Revelation 19:10
येशूको गवाहीको बारेमा स्वर्गदूतले के भनेका थिए?
येशूको बारेमा भएको गवाही भविष्यवाणीको आत्मा थियो भनी स्वर्गदूतले भनेका थिए । [१९:१०]
Revelation 19:11
सेतो घोडामाथि सवार हुनुहुने जन जसलाई यूहन्नाले देखे, उहाँको नाउँ के थियो?
सेतो घोडामाथि सवार हुनुहुने परमेश्वरका वचन हुनुहुन्थ्यो भनी यूहन्नाले देखे । [१९:११-१३]
Revelation 19:12
सेतो घोडामाथि सवार हुनुहुने जन जसलाई यूहन्नाले देखे, उहाँको नाउँ के थियो?
सेतो घोडामाथि सवार हुनुहुने परमेश्वरका वचन हुनुहुन्थ्यो भनी यूहन्नाले देखे । [१९:११-१३]
Revelation 19:13-14
सेतो घोडामाथि सवार हुनुहुने जन जसलाई यूहन्नाले देखे, उहाँको नाउँ के थियो?
सेतो घोडामाथि सवार हुनुहुने परमेश्वरका वचन हुनुहुन्थ्यो भनी यूहन्नाले देखे । [१९:११-१३]
Revelation 19:15
कसरी परमेश्वरको वचनले जातिहरूलाई प्रहार गरेर तल झार्यो?
परमेश्वरको वचनको मुखबाट धारिलो तरवार बाहिर निस्क्यो र त्यसले जातिहरूलाई तल झार्यो । [१९:१५]
Revelation 19:16-17
परमेश्वरको पोशाक र तिघ्रामा कुन वचन लेखिएको थियो?
“राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी उहाँका पोशाक र तिघ्रामा लेखिएको छ । [१९:१६]
Revelation 19:18
टाउकोमाथि उडिरहेका चराहरूलाई ठुलो भोजमा के खान भनी बोलाइएका थिए?
राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसका सवारहरू र सबै मानिसहरूका मासु खान चराहरू बोलाइएका थिए । [१९:१८]
Revelation 19:19
पृथ्वीका राजाहरू र पशु भेला भएर के गर्दै थिए?
तिनीहरू भेला भएर परमेश्वर र उहाँका सेनाहरूसँग युद्घ गर्न योजना बनाउँदै थिए । [१९:१९]
Revelation 19:20
झुटा अगमवक्ता र पशुलाई के भयो?
झुटा अगमवक्ता र पशु दुवैलाई बलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालियो । [१९:२०]
Revelation 19:21
परमेश्वरको वचनको विरुद्धमा युद्ध गर्ने ती बाँकी रहेकाहरूलाई के भयो?
तिनीहरू परमेश्वरको वचनको मुखबाट निस्केको तरवारद्वारा मारिए । [१९: २१]
Revelation 20
Revelation 20:1
स्वर्गबाट ओर्लेर आउने स्वर्गदूतसँग के थियो?
ती स्वर्गदूतसँग अन्त नहुने अतल कुण्डको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । [२०:१]
Revelation 20:2
कति समयसम्म शैतान बन्धनमा रहनेछ?
एक हजार वर्षसम्मका निम्ति शैतान बन्धनमा रहनेछ । [२०:२]
Revelation 20:3
स्वर्गदूतले शैतानलाई के गरे?
स्वर्गदूतले शैतानलाई अतल कुण्डमा फालिदिए । [२०:३]
कति समयसम्म शैतान बन्धनमा रहनेछ?
एक हजार वर्षसम्मका निम्ति शैतान बन्धनमा रहनेछ । [२०:२-३]
बन्धनमा हुँदा शैतानले के गर्न सक्नेछैन?
बन्धनमा हुँदा शैतानले जाति-जातिहरूलाई बहकाउनेछैन । [२०:३]
Revelation 20:4
पशुको छाप लिन इन्कार गर्नेहरूलाई के भयो?
पशुको छाप लिन इन्कार गर्नेहरू जीवित भए र ख्रीष्टसँगै एक हजार वर्षका निम्ति राज्य गरे । [२०:४]
Revelation 20:5
बाँकी रहेका मरेकाहरू कहिले जीवित हुन्छन्?
जब हजार वर्षको अन्त्य हुन्छ, तब ती मरेकाहरू जीवित हुनेछन् । [२०:५]
Revelation 20:6-7
पहिलो पुनरुथानमा भाग लिएकाहरूले के गर्नेछन्?
पहिलो पुनरुथानमा भाग लिनेहरू परमेश्वर र ख्रीष्टका पुजारीहरू हुनेछन् र उहाँसँग हजार वर्षका निम्ति राज्य गर्नेछन् । [२०:६]
Revelation 20:8
हजार वर्षको अन्त्यमा शैतानले के गर्नेछ?
हजार वर्षको अन्त्यमा जाति-जातिहरूलाई बहकाउन शैतानलाई मुक्त गरिनेछ । [२०:८]
Revelation 20:9
सन्तहरूका छाउनीलाई घेरिँदा के भयो?
जब सन्तहरूका छाउनीलाई घेरियो, तब स्वर्गबाट आगो आयो र गोग र मागोगलाई नष्ट पार्यो । [२०:९]
Revelation 20:10-11
यस समयमा शैतानलाई के गरियो?
शैतानलाई सदाका लागि यातना दिन अग्नि कुण्डमा फालियो । [२०:१०]
Revelation 20:12-13
ठूलो सेतो सिंहासनको अगाडि मरेकाहरूलाई कसरी न्याय गरियो?
पुस्तकहरूमा उल्लिखित गरिएको आधारमा र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय गरियो । [२०:१२-१३]
Revelation 20:14
दोस्रो मृत्यु भनेको के हो?
दोस्रो मृत्यु भनेको अग्नि-कुण्ड हो । [२०:१४]
Revelation 20:15
ती सबैलाई के भयो जसको नाम जीवनको पुस्तकमा लेखिएको थिएन?
जीवनको पुस्तकमा नाउँ नभेट्टाइएकाहरू सबैलाई अग्नि-कुण्डमा फालियो । [२०:१५]
Revelation 21
Revelation 21:1
पहिलो स्वर्ग र पृथ्वीमा यूहन्नाले के भएको देखे?
यूहन्नाले पहिलो स्वर्ग र पृथ्वी बितेर गएको देखे । [२१:१]
पहिलो स्वर्ग र पृथ्वीको सट्टामा के पुनर्स्थापित गरियो?
पहिलो स्वर्ग र पृथ्वीको ठाउँमा नयाँ स्वर्ग र पृथ्वी पुनर्स्थापित गरियो । [२१:१]
Revelation 21:2
स्वर्गबाट तलतिर के आयो?
नयाँ यरूशलेम पवित्र सहर स्वर्गबाट तलतिर आयो । [२१:२]
Revelation 21:3
अब परमेश्वर कहाँ बास गर्नुहुन्छ भनी स्वर्गबाट आएको आवाजले भन्यो?
स्वर्गबाट आएको आवाजले परमेश्वर मानिसहरूमा बास गर्नुहुनेछ भन्यो । [२१:३]
Revelation 21:4-5
अब के बितेर गएको छ?
अब मृत्यु, शोक, रोदन र पीडा बितेर गएका छन् । [२१:४]
Revelation 21:6-7
सिंहासनमा विराजमान हुनुहुनेले आफैँलाई कस्तो नाउँ दिँदै हुनुहुन्थ्यो?
सिंहासनमा विराजमान हुनुहुनेले आफैँलाई अल्फा र ओमेगा अनि सुरु र अन्त्य भन्दै हुनुहुन्थ्यो । [२१:६]
Revelation 21:8-9
अविश्वासी, व्यभिचारी र मूर्तिपूजकहरूलाई के हुनेछ?
अविश्वासी, व्यभिचारी र मूर्तिपूजकहरूको ठाउँ आगो र गन्धक बलिरहेको कुण्डमा हुनेछ । [२१:८]
Revelation 21:10-11
थुमाकी पत्नी अर्थात् दुलही के हो?
परमेश्वरबाट स्वर्गदेखि तलतिर आउँदै गरेको पवित्र सहर अर्थात् यरूशलेम थुमाकी पत्नी अथवा दुलही हो । [२१:१०]
Revelation 21:12-13
नयाँ यरूशलेमका ढोकाहरूमा के लेखिएको थियो?
यरूशलेमका ढोकाहरूमा इस्राएलका सन्तानका बाह्र कुलको नाउँ लेखिएका थिए । [२१:१२]
Revelation 21:14-15
नयाँ यरूशलेमको जगमा के लेखिएको थियो?
नयाँ यरूशलेमको जगमा थुमाका बाह्रै जना प्रेरितका नाउँ लेखिएका थिए । [२१:१४]
Revelation 21:16-17
नयाँ यरूशलेम कस्तो आकारमा बसालिएको थियो?
नयाँ यरूशलेम वर्गाकार आकारमा बसालिएको थियो । [२१:१६]
Revelation 21:18-21
सहर र गल्लीहरू केले बनाइएका थिए?
सहर र गल्लीहरू काँचजस्तै छर्लङग देखिने निखुर सुनले बनेका थिए । [२१:१८]
Revelation 21:22
नयाँ यरूशलेममा मन्दिर को हो?
परमप्रभु परमेश्वर र थुमा नयाँ यरूशलेमको मन्दिर हुनुहुन्छ । [२१:२२]
Revelation 21:23-26
नयाँ यरूशलेमको उज्यालोको स्रोत के हो?
नयाँ यरूशलेमको उज्यालोको स्रोत परमेश्वरको महिमा र थुमा हो । [२१:२३]
Revelation 21:27
नयाँ यरूशलेममा के कुरा कहिल्यै पस्नेछैन?
नयाँ यरूशलेममा कुनै पनि अशुद्ध कुरा कहिल्यै पस्नेछैन । [२१:२७]
Revelation 22
Revelation 22:1
परमेश्वरको सिंहासनलाई पछ्याउँदा यूहन्नाले के देखे?
परमेश्वरको सिंहासनबाट जीवनको पानीको नदी बगिराखेको देखे । [२२:१]
Revelation 22:2
जीवनको रुखका पातहरू केका लागि हुन्?
जीवनको रुखका पातहरू जाति-जातिहरूलाई निको पार्नका लागि हुन् । [२२:२]
Revelation 22:3-4
त्यस सहरमा के रहनेछैन?
त्यस सहरमा सराप हुनेछैन र त्यहाँ अँध्यारो हुनेछैन । [२२:३,५]
कहाँ परमेश्वरको सिंहासन र थुमा हुनुहुनेछ?
सहरमा परमेश्वरको सिंहासन र थुमा हुनुहुनेछ । [२२:३]
Revelation 22:5-6
त्यस सहरमा के रहनेछैन?
त्यस सहरमा सराप हुनेछैन र त्यहाँ अँध्यारो हुनेछैन । [२२:३,५]
Revelation 22:7
यस पुस्तकअनुसार एउटा व्यक्तिले आशिष् पाउन के गर्नुपर्छ?
एउटा व्यक्तिले आशिष् पाउन परमेश्वरको अगमवाणीका वचनहरू पालना गर्नुपर्छ । [२२:७]
Revelation 22:8
स्वर्गदूतको पाउमा यूहन्नाले दण्डवत् गर्न निहुँरिदा स्वर्गदूतले यूहन्नालाई के गर्नू भने?
स्वर्गदूतले यूहन्नालाई परमेश्वरको आराधना गर्नू भने । [२२:८-९]
Revelation 22:9
स्वर्गदूतको पाउमा यूहन्नाले दण्डवत् गर्न निहुँरिदा स्वर्गदूतले यूहन्नालाई के गर्नू भने?
स्वर्गदूतले यूहन्नालाई परमेश्वरको आराधना गर्नू भने । [२२:८-९]
Revelation 22:10-11
किन यस पुस्तकमा भएको अगमवाणीको वचनलाई यूहन्नालाई छाप नलगाउनू भनियो?
समय नजिकै भएको कारणले यस पुस्तकमा भएको अगमवाणीको वचनलाई छाप नलगाउनू भनिएको थियो । [२२:१०]
Revelation 22:12-13
जब प्रभु आउनुहुन्छ उहाँले आफू आउनुहुँदा आफ्नो साथमा के ल्याउँछु भन्नुभयो?
जब प्रभु आउनुहुन्छ उहाँले आफू आउनुहुँदा आफ्नो साथमा इनाम ल्याउँछु भन्नुभयो । [२२:१२]
Revelation 22:14-15
जसले जीवनको रुखबाट फल खान चाहन्छ, उसले के गर्नुपर्दछ?
जसले त्यस जीवनको रुखबाट फल खान चाहन्छ, उसले आफ्ना वस्त्रहरू धुनुपर्छ । [२२:१४]
Revelation 22:16-17
दाऊद राजासँग येशू कसरी सम्बन्धित छु भनी उहाँले भन्नुभयो?
येशूले भन्नुभयो कि उहाँ दाऊद राजाको मूल र वंश हुनुहुन्छ । [२२:१६]
Revelation 22:18
यस पुस्तकको अगमवाणीमा थप्ने जोसुकैलाई पनि के हुनेछ?
यस पुस्तकको अगमवाणीमा कसैले केही थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू आउनेछन् । [२२:१८]
Revelation 22:19
कसैले अगमवाणीको यस पुस्तकबाट केही हटायो भने उसलाई के हुनेछ?
जसले यो अगमवाणीको पुस्तकबाट केही हटाउँछ, उसले जीवनको रुखको हिस्सा गुमाउनेछ । [२२:१९]
Revelation 22:20
यस पुस्तकमा येशूका अन्तिम वचनहरू के हुन्?
“हो, म चाँडै आउँदै छु ।” यो नै येशूका अन्तिम वचनहरू हुन् । [२२:२०]
Revelation 22:21
यस पुस्तकको अन्तिम शब्द के हो?
यस पुस्तकको अन्तिम शब्द “आमेन” हो । [२२:२१]