Hebrews
Hebrews 1
Hebrews 1:1
विगतमा परमेश्वर कसरी बोल्नुभयो ?
विगतमा परमेश्वर अगमवक्ताहरूद्वारा धेरै पटक धेरै किसिमले बोल्नुभयो । [१:१]
Hebrews 1:2
यी वर्तमान समयमा परमेश्वर कसरी बोल्नुभएको छ ?
यी वर्तमान समयमा परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नुभएको छ । [१:२]
कसद्वारा सारा विश्वको सृष्टि गरियो ?
परमेश्वरका पुत्रद्वारा सारा विश्वको सृष्टि गरियो । [१:२]
Hebrews 1:3
कसरी सबै थोक सम्हालिएका छन् ?
परमेश्वरका पुत्रको शक्तिको वचनद्वारा सबै थोक सम्हालिएका छन् । [१:३]
पुत्रले कसरी परमेश्वरका महिमा र सार तत्त्वलाई प्रकट गर्नुहुन्छ ?
पुत्र परमेश्वरको महिमा र परमेश्वरको सार तत्त्वको चरित्रको प्रतिबिम्ब हुनुहुन्छ । [१:३]
Hebrews 1:4-5
परमेश्वरका पुत्रलाई कसरी स्वर्गदूतहरूसित तुलना गरिएको छ ?
परमेश्वरका पुत्र स्वर्गदूतहरूभन्दा वरिष्ठ हुनुहुन्छ । [१:४]
Hebrews 1:6-7
पुत्र संसारमा ल्याइनुहुँदा परमेश्वरले स्वर्गदूतहरूलाई के गर्ने आज्ञा दिनुभयो ?
पुत्र संसारमा ल्याइनुहुँदा परमेश्वरले स्वर्गदूतहरूलाई पुत्रको आराधना गर्ने आज्ञा दिनुभयो । [१:६]
Hebrews 1:8
पुत्रले राजा बनेर कहिलेसम्म शासन गर्नुहुनेछ ?
पुत्रले राजा बनेर सदा सर्वदा शासन गर्नुहुनेछ । [१:८]
Hebrews 1:9
पुत्रले केलाई प्रेम गर्नुहुन्छ र पुत्रले केलाई घृणा गर्नुहुन्छ ?
पुत्रले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र पुत्रले अराजकतालाई घृणा गर्नुहुन्छ । [१:९]
Hebrews 1:10
समयको मार्गमा पृथ्वी र आकाशमण्डललाई के हुनेछ ?
पृथ्वी र आकाशमण्डल वस्त्रझैँ थोत्रिएर नष्ट हुनेछन् । [१:१०–११]
Hebrews 1:11-12
समयको मार्गमा पृथ्वी र आकाशमण्डललाई के हुनेछ ?
पृथ्वी र आकाशमण्डल वस्त्रझैँ थोत्रिएर नष्ट हुनेछन् । [१:१०–११]
Hebrews 1:13
परमेश्वरले पुत्रलाई के नभएसम्म र कहाँ बस्नुहोस् भनी भन्नुभयो ?
परमेश्वरले पुत्रका शत्रुहरूलाई उहाँको पाउदान नबनाउनुभएसम्म उहाँको दाहिने हातपट्टि बस्नुहोस् भनेर भन्नुभयो । [१:१३]
Hebrews 1:14
स्वर्गदूतहरूले कसको वास्ता गर्छन् ?
स्वर्गदूतहरूले उद्धारको उत्तराधिकारी हुनै लागेकाहरूको वास्ता गर्छन् । [१:१४]
Hebrews 2
Hebrews 2:1
विश्वासीहरूले जे सुनेका छन् त्यसमा किन ध्यान दिनुपर्छ ?
विश्वासीहरूले जे सुनेका छन् त्यसबाट नबहकिऊन् भन्ने हेतुले तिनीहरूले त्यसमा ध्यान दिनुपर्छ । [२:१]
Hebrews 2:2-3
हरेक अपराध र अनाज्ञाकारिताले के प्राप्त गर्छन् ?
हरेक अपराध र अनाज्ञाकारिताले उचित दण्ड प्राप्त गर्छन् । [२:२]
Hebrews 2:4
प्रभुद्वारा घोषणा गरिएको उद्धारको सन्देशलाई परमेश्वरले कसरी गवाही दिनुभयो ?
परमेश्वरले चिन्ह, आश्चर्य, शक्तिशाली कामहरू अनि पवित्र आत्माका वरदानहरूद्वारा उक्त सन्देशको गवाही दिनुभयो । [२:४]
Hebrews 2:5-6
आउने संसारमाथि कसले शासन गर्नेछैन ?
आउने संसारमाथि स्वर्गदूतहरूले शासन गर्नेछैनन् । [२:५]
Hebrews 2:7
आउने संसारमाथि कसले शासन गर्नेछ ?
आउने संसारमाथि मानिसले शासन गर्नेछ । [२:७–८]
Hebrews 2:8
आउने संसारमाथि कसले शासन गर्नेछ ?
आउने संसारमाथि मानिसले शासन गर्नेछ । [२:७–८]
Hebrews 2:9
किन येशूलाई महिमा र आदरको मुकुट पहिराइयो ?
येशूका दुःखकष्ट र मृत्युको कारणले उहाँलाई महिमा र आदरको मुकुट पहिराइयो । [२:९]
येशूले कसको लागि मृत्यु चाख्नुभयो ?
येशूले हरेक मानिसको लागि मृत्यु चाख्नुभयो । [२:९]
Hebrews 2:10
परमेश्वरले कसलाई महिमामा ल्याउने योजना बनाउनुहुन्छ ?
परमेश्वरले धेरै पुत्रहरूलाई महिमामा ल्याउने योजना बनाउनुहुन्छ । [२:१०]
Hebrews 2:11-13
को–को एउटै स्रोत परमेश्वरबाट आउँछन् ?
शुद्ध पार्नुहुने र शुद्ध पारिएकाहरू दुवै नै एउटै स्रोत परमेश्वरबाट आउँछन् । [२:११]
Hebrews 2:14
येशूको मृत्युद्वारा कसलाई प्रभावहीन तुल्याइयो ?
येशूको मृत्युद्वारा शैतानलाई प्रभावहीन तुल्याइयो । [२:१४]
Hebrews 2:15-16
येशूको मृत्युद्वारा मानिसहरू कुन दासत्वबाट स्वतन्त्र पारिएका छन् ?
येशूको मृत्युद्वारा मानिसहरू मृत्युको डरबाट स्वतन्त्र पारिएका छन् । [२:१५]
Hebrews 2:17
किन येशूलाई सबै मार्गमा उहाँका भाइहरूजस्तै हुनु आवश्यक थियो ?
उहाँ परमेश्वरका कुराहरूमाथि कृपालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् र मानिसका पापको निम्ति क्षमा प्राप्त गर्नु सकून् भन्ने हेतुले उहाँलाई यो आवश्यक थियो । [२:१७]
Hebrews 2:18
येशूले किन परीक्षितहरूलाई सहायता गर्न सक्नुहुन्छ ?
येशू आफैँ पनि परीक्षित हुनुभएकोले उहाँले परीक्षितहरूलाई सहायता गर्न सक्नुहुन्छ । [२:१८]
Hebrews 3
Hebrews 3:1
हिब्रूका लेखकले येशूलाई कुन–कुन दुईवटा पद दिएका छन् ?
लेखकले येशूलाई प्रेरित र प्रधान पूजाहारीका पद दिएका छन् । [३:१]
Hebrews 3:2
किन येशू मोशाभन्दा महानतर महिमाको योग्य हुनुहुन्छ ?
येशू मोशाभन्दा महानतर महिमाको योग्य हुनुहुन्छ किनकि मोशा परमेश्वरको समस्त परिवारमा विश्वासयोग्य भए जब कि येशूले त्यस परिवारलाई निर्माण गर्नुभयो । [३:२–३]
Hebrews 3:3-4
किन येशू मोशाभन्दा महानतर महिमाको योग्य हुनुहुन्छ ?
येशू मोशाभन्दा महानतर महिमाको योग्य हुनुहुन्छ किनकि मोशा परमेश्वरको समस्त परिवारमा विश्वासयोग्य भए जब कि येशूले त्यस परिवारलाई निर्माण गर्नुभयो । [३:२–३]
Hebrews 3:5
परमेश्वरको परिवारमा मोशाको भूमिका के थियो ?
परमेश्वरको परिवारमा मोशा एक सेवक थिए । [३:५]
मोशाले केको बारेमा गवाही दिए ?
मोशाले भविष्यमा बोलिनुपर्ने कुराहरूको गवाही दिए । [३:५]
Hebrews 3:6
परमेश्वरको परिवारमा येशूको भूमिका के हो ?
येशू परमेश्वरको परिवारको निगरानी गर्ने पुत्र हुनुहुन्छ । [३:६]
परमेश्वरको परिवार भन्नाले के बुझिन्छ ?
यदि विश्वासीहरूले तिनीहरूको भरोसालाई थामिराखे भने तिनीहरू नै परमेश्वरका परिवार हुन् । [३:६]
Hebrews 3:7
उजाड–स्थानमा इस्राएलीहरूले परमेश्वरको आवाज सुन्दा तिनीहरूले के गरे ?
इस्राएलीहरूले आफ्ना ह्दय कठोर बनाए । [३:७–८]
Hebrews 3:8-9
उजाड–स्थानमा इस्राएलीहरूले परमेश्वरको आवाज सुन्दा तिनीहरूले के गरे ?
इस्राएलीहरूले आफ्ना ह्दय कठोर बनाए । [३:७–८]
Hebrews 3:10
ह्दयमा बरालिने इस्राएलीहरूको सम्बन्धमा परमेश्वरले के भनी शपथ खानुभयो ?
तिनीहरू विश्राममा प्रवेश गर्ने थिएनन् भनी परमेश्वरले शपथ खानुभयो । [३:१०–११]
Hebrews 3:11
ह्दयमा बरालिने इस्राएलीहरूको सम्बन्धमा परमेश्वरले के भनी शपथ खानुभयो ?
तिनीहरू विश्राममा प्रवेश गर्ने थिएनन् भनी परमेश्वरले शपथ खानुभयो । [३:१०–११]
Hebrews 3:12
भाइहरूलाई केको विषयमा होसियार हुन चेताउनी दिइयो ?
अविश्वास गरी जीवित परमेश्वरबाट नफर्कनको लागि भाइहरूलाई होसियार हुन चेताउनी दिइयो । [३:१२]
Hebrews 3:13
पापको छलद्वारा कठोरतालाई हटाउन भाइहरूले के गर्नुपर्छ ?
भाइहरूले दिनदिनै एक अर्कालाई उत्साह दिनुपर्छ । [३:१३]
Hebrews 3:14-16
विश्वासीहरू ख्रीष्टका साझेदारहरू भएकाले तिनीहरूले के गर्नुपर्छ ?
विश्वासीहरू ख्रीष्टका साझेदारहरू भएकाले तिनीहरूले उहाँमाथि राखेको भरोसालाई सुरुदेखि अन्त्यसम्म दृढतापूर्वक थामिराख्नुपर्छ । [३:१४]
Hebrews 3:17-18
परमेश्वर चालिस वर्षसम्म कोसित रिसाउनुभयो ?
परमेश्वर उजाड–स्थानमा पाप गर्नेहरूसित रिसाउनुभयो । [३:१७]
परमेश्वर जोसित रिसाउनुभयो तिनीहरूलाई के भयो ?
तिनीहरूका मृत शरीरहरू उजाड–स्थानमा नै पस्रिरहे । [३:१७]
Hebrews 3:19
किन अनाज्ञाकारी इस्राएलीहरू परमेश्वरको विश्राममा प्रवेश गर्न सकेनन् ?
तिनीहरूको अविश्वासको कारणले तिनीहरू परमेश्वरको विश्राममा प्रवेश गर्न सकेनन् । [३:१९]
Hebrews 4
Hebrews 4:2
विश्वासीहरू र इस्राएलीहरू दुवैले कुनचाहिँ शुभ खबर सुने ?
विश्वासीहरू र इस्राएलीहरू दुवैले परमेश्वरको विश्रामको बारेमा शुभ खबर सुने । [४:२]
किन शुभ खबरले इस्राएलीहरूलाई फाइदा दिएन ?
इस्राएलीहरूले शुभ खबरमा विश्वास नराखेकाले यसले तिनीहरूलाई फाइदा दिएन । [४:२]
Hebrews 4:3
परमेश्वरको विश्राममा प्रवेश गर्नेहरू को हुन् ?
शुभ खबर सुनेर यसलाई विश्वास गर्नेहरू नै परमेश्वरको विश्राममा प्रवेश गर्दछन् । [४:३]
परमेश्वरले कहिले आफ्ना सृजित कामहरू सक्नुभयो अनि विश्राम लिनुभयो ?
परमेश्वरले संसारको आरम्भमा आफ्ना सृजित कामहरू सक्नुभयो अनि सातौँ दिनमा विश्राम लिनुभयो । [४:३–४]
Hebrews 4:4
परमेश्वरले कहिले आफ्ना सृजित कामहरू सक्नुभयो अनि विश्राम लिनुभयो ?
परमेश्वरले संसारको आरम्भमा आफ्ना सृजित कामहरू सक्नुभयो अनि सातौँ दिनमा विश्राम लिनुभयो । [४:३–४]
Hebrews 4:5-6
परमेश्वरले इस्राएलीहरू र उहाँको विश्रामबारे के भन्नुभयो ?
इस्राएलीहरू परमेश्वरको विश्राममा प्रवेश गर्ने थिएनन् भनी उहाँले भन्नुभयो । [४:५]
Hebrews 4:7-8
परमेश्वरको विश्राममा प्रवेश गर्नलाई उहाँले मानिसहरूका लागि कुनचाहिँ दिन तय गर्नुभएको छ ?
परमेश्वरको विश्राममा प्रवेश गर्नलाई उहाँले मानिसहरूका लागि “आज” को दिन तय गर्नुभएको छ । [४:७]
परमेश्वरको विश्राममा प्रवेश गर्न व्यक्तिले के गर्नुपर्छ ?
व्यक्तिले परमेश्वरको आवाजलाई सुनी आफ्नो ह्दय कठोर पार्नुहुँदैन । [४:७]
Hebrews 4:9
परमेश्वरका मानिसहरूका लागि अझै के बाँकी छ ?
परमेश्वरका मानिसहरूका लागि शबाथ अझै बाँकी छ । [४:९]
Hebrews 4:10
परमेश्वरको विश्राममा प्रवेश गर्ने व्यक्तिले केबाट पनि विश्राम पाउँछ ?
परमेश्वरको विश्राममा प्रवेश गर्ने व्यक्तिले उसका कामहरूबाट पनि विश्राम पाउँछ । [४:१०]
Hebrews 4:11
परमेश्वरको विश्राममा प्रवेश गर्न किन विश्वासीहरू उत्सुक हुनुपर्छ ?
इस्राएलीहरूजस्तै विश्वासीहरू पतन नहोऊन् भन्ने उद्देश्यले परमेश्वरको विश्राममा प्रवेश गर्न तिनीहरू उत्सुक हुनुपर्छ । [४:११]
Hebrews 4:12
परमेश्वरको वचन केभन्दा धारिलो छ ?
परमेश्वरको वचन दुई–धारे तरवारभन्दा धारिलो छ । [४:१२]
परमेश्वरको वचनले केलाई अलग गर्न सक्छ ?
परमेश्वरको वचनले प्राणबाट आत्मालाई र मासीबाट जोर्नीहरूलाई अलग गर्न सक्छ । [४:१२]
परमेश्वरको वचनले के जाँच्न सक्छ ?
परमेश्वरको वचनले ह्दयका विचार र मनसायलाई जाँच्न सक्छ । [४:१२]
Hebrews 4:13
परमेश्वरको दृष्टिबाट के लुकेको छ ?
परमेश्वरको दृष्टिबाट कुनै सृजित कुरो लुकेको छैन । [४:१३]
Hebrews 4:14
कसले विश्वासीहरूका निम्ति महान् प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ ?
परमेश्वरका पुत्र येशूले विश्वासीहरूका निम्ति महान् प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ । [४:१४]
Hebrews 4:15
किन येशूले विश्वासीहरूका कमजोरीमा सहानुभूति देखाउनुहुन्छ ?
येशूले विश्वासीहरूका कमजोरीमा सहानुभूति देखाउनुहुन्छ किनकि उहाँ सबै मार्गमा परीक्षित हुनुभयो । [४:१५]
येशूले कति पटक पाप गर्नुभयो ?
येशू पापरहित हुनुहुन्थ्यो । [४:१५]
Hebrews 4:16
खाँचोको समयमा विश्वासीहरूले कृपा र अनुग्रह पाउन के गर्नुपर्छ ?
खाँचोको समयमा विश्वासीहरू अनुग्रहको सिंहासनमा निश्चयतासाथ आउनुपर्छ । [४:१६]
Hebrews 5
Hebrews 5:1-2
हरेक प्रधान पूजाहारीले मानिसहरूको पक्षमा के गर्छ ?
हरेक प्रधान पूजाहारीले मानिसहरूको पक्षमा पापका लागि भेटी र बलिदानहरू चढाउँछ । [५:१]
Hebrews 5:3
मानिसहरूका अतिरिक्त प्रधान पूजाहारीले अरू कसको निम्ति बलिदानहरू चढाउँछ ?
प्रधान पूजाहारीले आफ्ना पापको निम्ति पनि बलिदानहरू चढाउँछ । [५:३]
Hebrews 5:4
कसरी एउटा मानिसले परमेश्वरको प्रधान पूजाहारी हुने सम्मान पाउँछ ?
एउटा मानिसले परमेश्वरको प्रधान पूजाहारी हुन उहाँबाट बोलावट पाउनुपर्छ । [५:४]
Hebrews 5:5
ख्रीष्ट प्रधान पूजाहारी हुनुहुन्छ भनी कसले घोषणा गर्नुभयो ?
ख्रीष्ट प्रधान पूजाहारी हुनुहुन्छ भनी परमेश्वरले घोषणा गर्नुभयो । [५:५]
Hebrews 5:6
ख्रीष्ट कहिलेसम्म परमेश्वरका प्रधान पूजाहारी हुनुहुन्छ ?
ख्रीष्ट सदाको निम्ति परमेश्वरका प्रधान पूजाहारी हुनुहुन्छ । [५:६]
कसको क्रमअनुसार ख्रीष्ट प्रधान पूजाहारी हुनुहुन्छ ?
ख्रीष्ट मल्कीसेदेकको क्रमअनुसार प्रधान पूजाहारी हुनुहुन्छ । [५:६]
Hebrews 5:7
ख्रीष्टले प्रार्थना गर्नुहुँदा किन परमेश्वरबाट उहाँको प्रार्थनाको सुनुवाइ भयो ?
परमेश्वरबाट ख्रीष्टको प्रार्थनाको सुनुवाइ भयो किनकि उहाँले परमेश्वरलाई आदर गर्नुभयो । [५:७]
Hebrews 5:8
ख्रीष्टले कसरी आज्ञाकारी हुन सिक्नुभयो ?
ख्रीष्टले आफूले भोग्नुभएका दुःखकष्टबाट आज्ञाकारी हुन सिक्नुभयो । [५:८]
Hebrews 5:9-10
ख्रीष्ट कसको लागि अनन्त उद्धारको कारण बन्नुभयो ?
उहाँको आज्ञा मान्ने हरेकको लागि ख्रीष्ट अनन्त उद्धारको कारण बन्नुभयो । [५:९]
Hebrews 5:11-13
यस पत्रका मूल पाठकहरूको आत्मिक अवस्था कस्तो थियो ?
मूल पाठकहरूको सुन्ने शक्ति मन्द भएको थियो जसलाई परमेश्वरको वचनका आधारभूत सिद्धान्तहरू सिकाइनु आवश्यक थियो । [५:११]
Hebrews 5:14
यस पत्रका लेखकको भनाइअनुसार कसरी विश्वासीहरू आत्मिक बालकहरूबाट पूर्ण रूपमा बढेका प्रौढहरू बन्छन् ?
ठिकबाट बेठिकलाई छुट्टयाउने अभ्यास गरेर अनि असल र खराबको जाँच गरेर विश्वासीहरू आत्मिक रूपमा बढ्छन् । [५:१४]
Hebrews 6
Hebrews 6:1
हिब्रूका लेखक विश्वासीहरू केमा अगाडि बढेको चाहन्छन् ?
हिब्रूका लेखक विश्वासीहरू परिपक्वतामा अगाडि बढेको चाहन्छन् । [६:१]
लेखक कुन–कुन शिक्षाहरूलाई ख्रीष्टको सन्देशको आधारको रूपमा सूचीकृत गर्छन् ?
मरेका कामहरूबाटको पश्चात्ताप, परमेश्वरमाथिको विश्वास, बप्तिस्माहरू, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त न्याय आधारभूत शिक्षाहरू हुन् । [६:१–२]
Hebrews 6:2-3
लेखक कुन–कुन शिक्षाहरूलाई ख्रीष्टको सन्देशको आधारको रूपमा सूचीकृत गर्छन् ?
मरेका कामहरूबाटको पश्चात्ताप, परमेश्वरमाथिको विश्वास, बप्तिस्माहरू, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त न्याय आधारभूत शिक्षाहरू हुन् । [६:१–२]
Hebrews 6:4
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि कुन कुरो असम्भव छ ?
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि पश्चात्तापमा पुनस्थापित हुन असम्भव छ । [६:४–६]
यी ज्योति पाएका मानिसहरूले के चाखेका थिए ?
यी ज्योति पाएका मानिसहरूले स्वर्गीय वरदान, परमेश्वरको वचन र आउने युगका शक्तिहरू चाखेका थिए । [६:४–५]
Hebrews 6:5
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि कुन कुरो असम्भव छ ?
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि पश्चात्तापमा पुनस्थापित हुन असम्भव छ । [६:४–६]
यी ज्योति पाएका मानिसहरूले के चाखेका थिए ?
यी ज्योति पाएका मानिसहरूले स्वर्गीय वरदान, परमेश्वरको वचन र आउने युगका शक्तिहरू चाखेका थिए । [६:४–५]
Hebrews 6:6
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि कुन कुरो असम्भव छ ?
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि पश्चात्तापमा पुनस्थापित हुन असम्भव छ । [६:४–६]
किन यी मानिसहरू पश्चात्तापको लागि पुनस्थापित हुन सक्दैनन् ?
यी मानिसहरू पश्चात्तापको लागि पुनस्थापित हुन सक्दैनन् किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई क्रूसमा चढाएका छन् । [६:६]
Hebrews 6:7
लेखकको तर्कअनुसार वृष्टिचाहिँ प्राप्त गर्ने तर काँडा र सिउँडीहरू उमार्ने भूमिलाई के हुन्छ ?
काँडा र सिउँडीहरू उमार्ने भूमिलाई आगोमा जलाई नष्ट गरिन्छ । [६:७–८]
Hebrews 6:8
लेखकको तर्कअनुसार वृष्टिचाहिँ प्राप्त गर्ने तर काँडा र सिउँडीहरू उमार्ने भूमिलाई के हुन्छ ?
काँडा र सिउँडीहरू उमार्ने भूमिलाई आगोमा जलाई नष्ट गरिन्छ । [६:७–८]
Hebrews 6:9
आफूले पत्र लेखिरहेका विश्वासीहरूको सम्बन्धमा लेखकको अपेक्षा के छ ?
लेखक यी विश्वासीहरूको सम्बन्धमा अझै उत्तम अर्थात् उद्धारसित सम्बन्धित कुराहरूको अपेक्षा गर्छन् । [६:९]
Hebrews 6:10-11
परमेश्वरले यी विश्वासीहरूबारे के भुल्नुहुनेछैन ?
तिनीहरूले सन्तहरूका निम्ति गरेका काम, प्रेम र सेवालाई परमेश्वरले भुल्नुहुनेछैन । [६:१०]
Hebrews 6:12
परमेश्वरका प्रतिज्ञाहरूलाई प्राप्त गर्नेहरूको सम्बन्धमा विश्वासीहरूले के अनुकरण गर्नुपर्दछ ?
परमेश्वरका प्रतिज्ञाहरूलाई प्राप्त गर्नेहरूका विश्वास र धैर्यलाई विश्वासीहरूले अनुकरण गर्नुपर्दछ । [६:१२]
Hebrews 6:13
परमेश्वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्त गर्न तिनले के गर्नुपर्यो ?
परमेश्वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्त गर्न तिनले धैर्यसाथ पर्खनुपर्यो । [६:१३–१५]
Hebrews 6:14
परमेश्वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्त गर्न तिनले के गर्नुपर्यो ?
परमेश्वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्त गर्न तिनले धैर्यसाथ पर्खनुपर्यो । [६:१३–१५]
Hebrews 6:15-16
परमेश्वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्त गर्न तिनले के गर्नुपर्यो ?
परमेश्वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्त गर्न तिनले धैर्यसाथ पर्खनुपर्यो । [६:१३–१५]
Hebrews 6:17
किन परमेश्वरले शपथ खाएर आफ्नो प्रतिज्ञालाई पक्का गर्नुभयो ?
परमेश्वरको उद्देश्यको अपरिवर्तनशील गुणलाई अझै प्रस्ट रूपमा देखाउन उहाँले शपथ खाएर आफ्नो प्रतिज्ञालाई पक्का गर्नुभयो । [६:१७]
Hebrews 6:18
परमेश्वरको लागि के गर्न असम्भव छ ?
परमेश्वरको लागि झुट बोल्न असम्भव छ । [६:१८]
Hebrews 6:19
परमेश्वरमाथि राखिएको विश्वासीको भरोसाले उसको आत्मालाई के गर्छ ?
परमेश्वरमाथि राखिएको विश्वासीको भरोसा उसको आत्माको लागि सुरक्षित र विश्वसनीय लङ्गर हो । [६:१९]
Hebrews 6:20
विश्वासीहरूको अग्रदूतको रूपमा येशू कहाँ प्रवेश गर्नुभयो ?
विश्वासीहरूको अग्रदूतको रूपमा येशू पर्दापछाडिको भित्री भागमा प्रवेश गर्नुभयो । [६:२०]
Hebrews 7
Hebrews 7:1
मल्कीसेदेकका कुन–कुन दुईवटा पद थिए ?
मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । [७:१]
Hebrews 7:2
अब्राहामले मल्कीसेदेकलाई के दिए ?
अब्राहामले मल्कीसेदेकलाई आफूले लुटेका सबै थोकको दशांश दिए । [७:२]
मल्कीसेदेक नाउँको अर्थ के हो ?
मल्कीसेदेको नाउँको अर्थ हुन्छ, “धार्मिकतो राजा” र “शान्तिको राजा ।” [७:२]
Hebrews 7:3-4
मल्कीसेदेकका पुर्खाहरू को थिए र तिनी कहिले मरे ?
मल्कीसेदकका कोही पुर्खाहरू थिएनन् र तिनको जीवनको कुनै अन्त्य छैन । [७:३]
Hebrews 7:5-6
पूजाहारीहरू कसको वंशबाट आए र व्यवस्थाअनुसार पूजाहारीहरू को हुन् र कसले मानिसहरूबाट दशांश जम्मा गर्छन् ?
व्यवस्थाका पूजाहारीहरू लेवी र अब्राहामका सन्तानहरू हुन् । [७:५]
Hebrews 7:7-8
को महानतर व्यक्ति थिए— अब्राहाम वा मल्कीसेदेक ?
मल्कीसेदेक महानतर व्यक्ति थिए किनकि तिनले अब्राहामलाई आशिष् दिए । [७:७]
Hebrews 7:9
कसरी लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए ?
लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए किनकि अब्राहामले मल्कीसेदेकलाई दशांशहरू दिँदा लेवी अब्राहामका प्रजनन अङ्गमा थिए । [७:९–१०]
Hebrews 7:10
कसरी लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए ?
लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए किनकि अब्राहामले मल्कीसेदेकलाई दशांशहरू दिँदा लेवी अब्राहामका प्रजनन अङ्गमा थिए । [७:९–१०]
Hebrews 7:11
किन मल्कीसेदेकको क्रमअनुसार अर्को पूजाहारी खडा हुनु आवश्यक थियो ?
मल्कीसेदेकको क्रमअनुसार अर्को पूजाहारी खडा हुनु आवश्यक थियो किनकि लेवीको पूजाहारीपदबाट सिद्धता सम्भव थिएन । [७:११]
Hebrews 7:12-13
पूजाहारीपद परिवर्तन हुँदा के पनि परिवर्तन हुनुपर्छ ?
पूजाहारीपद परिवर्तन हुँदा व्यवस्था पनि परिवर्तन हुनुपर्छ । [७:१२]
Hebrews 7:14-15
येशू कुन कुलबाट आउनुभयो र के यस कुलले पहिले पूजाहारीको रूपमा वेदीमा सेवा गरेको थियो ?
येशू यहूदाको कुलबाट आउनुभयो जुन कुलले पहिले कहिल्यै पूजाहारीको रूपमा वेदीमा सेवा गरेको थिएन । [७:१४]
Hebrews 7:16-17
केको आधारमा येशू मल्कीसेदेकको क्रमअनुसार पूजाहारी बन्नुभयो ?
अविनाशी जीवनको शक्तिको आधारमा येशू मल्कीसेदेकको क्रमअनुसार पूजाहारी बन्नुभयो । [७:१६]
Hebrews 7:18
केचाहिँ कमजोर र बेकम्मा भएकोले यसलाई पाखा लगाइएको छ ?
पहिलेको आज्ञा अर्थात् व्यवस्था कमजोर र बेकम्मा भएकोले यसलाई पाखा लगाइएको छ । [७:१८–१९]
Hebrews 7:19-20
केचाहिँ कमजोर र बेकम्मा भएकोले यसलाई पाखा लगाइएको छ ?
पहिलेको आज्ञा अर्थात् व्यवस्था कमजोर र बेकम्मा भएकोले यसलाई पाखा लगाइएको छ । [७:१८–१९]
Hebrews 7:21
विश्वासीहरूले ख्रीष्टमा पाएको अझै उत्तम भरोसालाई परमेश्वरले कसरी पक्का गरिदिनुभयो ?
येशू सदाको निम्ति पूजाहारी हुनुहुन्थ्यो भन्ने शपथ खानुभएर विश्वासीहरूले ख्रीष्टमा पाएको अझै उत्तम भरोसालाई परमेश्वरले पक्का गरिदिनुभयो । [७:२१]
Hebrews 7:22-24
येशू केको बैना हुनुहुन्छ ?
येशू अझै उत्तम करारको बैना हुनुहुन्छ । [७:२२]
Hebrews 7:25
येशूद्वारा परमेश्वरकहाँ नजिक आउनेहरूलाई पूर्ण रूपमा बचाउन येशू किन सक्षम हुनुहुन्छ ?
येशूद्वारा परमेश्वरकहाँ नजिक आउनेहरूलाई पूर्ण रूपमा बचाउन येशू सक्षम हुनुहुन्छ किनकि तिनीहरूका लागि अन्तरबिन्ती चढाउन उहाँ सधैँ जीवित हुनुहुन्छ । [७:२५]
Hebrews 7:26
येशूसित कुन–कुन चारवटा गुणहरू छन् जसले उहाँलाई विश्वासीहरूका लागि सही पूजाहारी बनाउँछन् ?
येशू पारहित, दोषरहित, शुद्ध र पापबाट अलग हुनुहुन्छ । [७:२६]
मानिसहरूका पापका लागि येशूले कुनचाहिँ बलिदान चढाउनुभयो ?
मानिसहरूका पापका लागि येशूले एक पटक आफैलाई अर्पण गर्नुभयो । [७:२६]
Hebrews 7:27
येशूले आफ्ना पापका लागि कुन बलिदान चढाउनु आवश्यक थियो ?
येशूले आफ्ना पापका लागि कुनै पनि बलिदान चढाउनु आवश्यक थिएन किनकि उहाँ पापरहित हुनुहुन्थ्यो । [७:२७]
Hebrews 7:28
व्यवस्थाद्वारा नियुक्त गरिएका पूजाहारीहरूभन्दा येशू कसरी फरक हुनुहुन्थ्यो ?
व्यवस्थाद्वारा नियुक्त गरिएका पूजाहारीहरू कमजोर थिए जब कि येशू सदाको निम्ति सिद्ध तुल्याइनुभएको छ । [७:२८]
Hebrews 8
Hebrews 8:1
विश्वासीहरूका प्रधान पूजाहारी कहाँ बसिरहनुभएको छ ?
विश्वासीहरूका प्रधान पूजाहारी स्वर्गमा परमेश्वरको सिंहासनको दाहिने हातपट्टि बसिरहनुभएको छ । [८:१]
Hebrews 8:2
साँचो पवित्र वासस्थान कहाँ छ ?
साँचो पवित्र वासस्थान स्वर्गमा छ । [८:२]
Hebrews 8:3
हरेक पूजाहारीसित के हुनु आवश्यक छ ?
हरेक पूजाहारीसित अर्पणको लागि केही हुनुपर्छ । [८:३]
Hebrews 8:4
व्यवस्थाअनुसार भेटीहरू चढाउने पूजाहारीहरू कहाँ थिए ?
व्यवस्थाअनुसार भेटीहरू चढाउने पूजाहारीहरू पृथ्वीमा थिए । [८:४]
Hebrews 8:5
पूजाहारीहरूले पृथ्वीमा केको सेवा गरे ?
पूजाहारीहरूले पृथ्वीमा स्वर्गीय कुराहरूका नक्कल र छायाको सेवा गरे । [८:५]
कुनचाहिँ नमुनाद्वारा पार्थिव पवित्र वासस्थानको निर्माण गरियो ?
परमेश्वरले मोशालाई पर्वतमा देखाउनुभएको नमुनाबमोजिम पार्थिव पवित्र वासस्थानको निर्माण गरियो । [८:५]
Hebrews 8:6-7
किन ख्रीष्टको पूजाहारीय सेवा श्रेष्ठतर छ ?
ख्रीष्टको पूजाहारीय सेवा श्रेष्ठतर छ किनकि उहाँ अझै उत्तम प्रतिज्ञाहरूमा स्थापित अझै उत्तम करारको मध्यस्थकर्ता हुनुहुन्छ । [८:६]
Hebrews 8:8-9
पहिलो करारको अधीनमा रहेका मानिसहरूको दोष फेला पार्नुहुँदा परमेश्वरले के प्रतिज्ञा गर्नुभयो ?
परमेश्वरले इस्राएलको परिवार र यहूदाको परिवारसित नयाँ करार निर्माण गर्ने प्रतिज्ञा गर्नुभयो । [८:८]
Hebrews 8:10
नयाँ करारमा परमेश्वरले के गर्नुहुनेथियो भनी बताउनुभयो ?
परमेश्वरले उहाँको व्यवस्था मानिसहरूका मनमा राखिदिनुहुने थियो र तिनीहरूका ह्दयमा लेखिदिनुहुने थियो भनी उहाँले बताउनुभयो । [८:१०]
Hebrews 8:11
नयाँ करारमा कसले प्रभुलाई चिन्ने थिए ?
नयाँ करारमा सबैभन्दा सानादेखि सबैभन्दा ठुला सबैले प्रभुलाई चिन्ने थिए । [८:११]
Hebrews 8:12
नयाँ करारमा परमेश्वरले मानिसहरूका पापलाई के गर्नुहुने थियो भनी उहाँले भन्नुभयो ?
परमेश्वरले मानिसहरूका पापलाई सम्झनुहुने थिएन भनी उहाँले भन्नुभयो । [८:१२]
Hebrews 8:13
नयाँ करारको घोषणामा परमेश्वरले पहिलो करारलाई के गर्नुभयो ?
नयाँ करारको घोषणामा परमेश्वरले पहिलो करारलाई पुरानो र हराएर जान तयार तुल्याउनुभयो । [८:१३]
Hebrews 9
Hebrews 9:1
पहिलो करारको लागि आराधनाको स्थान के थियो ?
पहिलो करारको लागि आराधनाको स्थान पृथ्वीमा राखिएको पवित्र वासस्थान थियो । [९:१–२]
Hebrews 9:2-3
पहिलो करारको लागि आराधनाको स्थान के थियो ?
पहिलो करारको लागि आराधनाको स्थान पृथ्वीमा राखिएको पवित्र वासस्थान थियो । [९:१–२]
पार्थिव पवित्र वासस्थानको पवित्र स्थानमा के–के राखिन्थे ?
पार्थिव पवित्र वासस्थानको पवित्र स्थानमा सामदान, टेबिल, उपस्थितिको रोटी राखिन्थे । [९:२]
Hebrews 9:4-6
पार्थिव पवित्र वासस्थानको महा–पवित्रस्थानमा के–के राखिन्थे ?
पार्थिव पवित्र वासस्थानको महा–पवित्रस्थानमा धूपको वेदी र करारको सन्दुक राखिन्थे । [९:४]
Hebrews 9:7-8
प्रधान पूजाहारी महा–पवित्रस्थानमा कति पटक प्रवेश गर्थे र तिनी त्यहाँ प्रवेश गर्नुअगि तिनले के गर्थे ?
आफ्नै लागि र मानिसहरूका लागि रगतको बलिदान चढाएपछि प्रधान पूजाहारी महा–पवित्रस्थानमा वर्षको एक पटक प्रवेश गर्थे । [९:७]
Hebrews 9:9
वर्तमान समयमा यस पत्रका पाठकहरूका लागि केले उपमाको काम गर्यो ?
पार्थिव पवित्र वासस्थान र त्यहाँ चढाइएका भेटी र बलिदानहरूले वर्तमान समयमा उपमाको काम गरे । [९:९]
पार्थिव पवित्र वासस्थानका भेटीहरूले के गर्न सकेनन् ?
पार्थिव पवित्र वासस्थानका भेटीहरूले आराधकको विवेकलाई सिद्ध पार्न सकेनन् । [९:९]
Hebrews 9:10
पार्थिव पवित्र वासस्थानका नियमहरू कहिलेसम्मका लागि थिए ?
पार्थिव पवित्र वासस्थानका नियमहरू नयाँ क्रम स्थापित नभएसम्मका लागि थिए । [९:१०]
Hebrews 9:11
ख्रीष्टले सेवा गर्नुहुने पवित्र पालबारे भएको फरक कुरो के हो ?
ख्रीष्टले सेवा गर्नुहुने पवित्र पालबारे भएको फरक कुरो यही हो कि यो झनै सिद्ध छ; यो मानवीय हातद्वारा बनाइएको होइन र यो यस सृजित संसारको होइन । [९:११]
Hebrews 9:12-13
ख्रीष्टले कुन बलिदान चढाउनुभयो जसद्वारा उहाँ झनै सिद्ध पवित्र पालको महा–पवित्रस्थानमा प्रवेश गर्नुभयो ?
ख्रीष्टले आफ्नै रगतको बलिदान चढाउनुभयो जसद्वारा उहाँ झनै सिद्ध पवित्र पालको महा–पवित्रस्थानमा प्रवेश गर्नुभयो । [९:१२]
ख्रीष्टको बलिदानले के पुरा गर्यो ?
ख्रीष्टको बलिदानले हरेकको लागि अनन्त छुटकारालाई सुरक्षित राख्यो । [९:१२]
Hebrews 9:14
ख्रीष्टको रगतले विश्वासीको लागि के गर्छ ?
ख्रीष्टको रगतले विश्वासीको विवेकलाई जीवित परमेश्वरको सेवा गर्न मरेका कामहरूबाट शुद्ध पार्छ । [९:१४]
Hebrews 9:15-16
ख्रीष्ट केको मध्यस्थकर्ता हुनुहुन्छ ?
ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ । [९:१५]
Hebrews 9:17
इच्छा कार्यान्वयनको लागि केको खाँचो पर्छ ?
इच्छा कार्यान्वयनको लागि मृत्युको खाँचो पर्छ । [९:१७]
Hebrews 9:18
पहिलो करारको लागि कुन मृत्युको खाँचो पर्यो ?
पहिलो करारको लागि बाछा र बाख्राहरूको मृत्युको खाँचो पर्यो । [९:१८–१९]
Hebrews 9:19-21
पहिलो करारको लागि कुन मृत्युको खाँचो पर्यो ?
पहिलो करारको लागि बाछा र बाख्राहरूको मृत्युको खाँचो पर्यो । [९:१८–१९]
Hebrews 9:22-23
रगत नबगाईकन के हुन सक्दैन ?
रगत नबगाईकन पापको क्षमा हुन सक्दैन । [९:२२]
Hebrews 9:24-25
ख्रीष्ट हाम्रो पक्षमा अहिले कहाँ प्रकट हुनुहुन्छ ?
ख्रीष्ट हाम्रो पक्षमा अहिले स्वर्गमा अर्थात् परमेश्वरको उपस्थितिमा प्रकट हुनुहुन्छ । [९:२४]
Hebrews 9:26
आफ्नो बलिदानद्वारा पापलाई मिल्काउन ख्रीष्टले कति पटक आफूलाई अर्पण गर्नुपर्छ ?
आफ्नो बलिदानद्वारा पापलाई मिल्काउन ख्रीष्टले युगहरूको अन्त्यमा एक पटक आफूलाई अर्पण गर्नुपर्छ । [९:२६]
Hebrews 9:27
हरेक व्यक्तिको लागि मृत्युपश्चात् के हुन्छ ?
हरेक व्यक्तिको लागि मृत्युपश्चात् उसले न्यायको सामना गर्छ । [९:२७]
Hebrews 9:28
कुन उद्देश्यको लागि ख्रीष्ट दोस्रो पटक देखा पर्नुहुनेछ ?
धैर्यसाथ उहाँको प्रतीक्षा गर्नेहरूको उद्धारको लागि ख्रीष्ट दोस्रो पटक देखा पर्नुहुनेछ । [९:२८]
Hebrews 10
Hebrews 10:1-2
ख्रीष्टमा भएको वास्तविकताको तुलनामा व्यवस्था के मात्रै हो ?
ख्रीष्टमा भएको वास्तविकताको तुलनामा व्यवस्था छाया मात्रै हो । [१०:१]
Hebrews 10:3
व्यवस्थाद्वारा घरी–घरी चढाइएका बलिदानहरूले आराधकहरूलाई केको सम्झना दिलाउँछन् ?
व्यवस्थाद्वारा घरी–घरी चढाइएका बलिदानहरूले आराधकहरूलाई तिनीहरूले वर्षेनी गरेका पापहरूको सम्झना दिलाउँछन् । [१०:३]
Hebrews 10:4
साँढे र बाख्राहरूको रगतले के गर्न असम्भव छ ?
साँढे र बाख्राहरूको रगतले पाप हरण गर्न असम्भव छ । [१०:४]
Hebrews 10:5-7
ख्रीष्ट संसारमा आउनुहुँदा परमेश्वरले उहाँको निम्ति के तयार पार्नुभयो ?
परमेश्वरले ख्रीष्टको निम्ति एउटा शरीर तयार पार्नुभयो । [१०:५]
Hebrews 10:8-9
ख्रीष्ट पृथ्वीमा आउनुहुँदा परमेश्वरले कुनचाहिँ अभ्यासलाई पाखा लगाइदिनुभयो ?
परमेश्वरले व्यवस्थाअनुसार चढाइने बलिदानहरूको पहिलो अभ्यासलाई पाखा लगाइदिनुभयो । [१०:८]
Hebrews 10:10-11
ख्रीष्ट पृथ्वीमा आउनुहुँदा परमेश्वरले कुनचाहिँ अभ्यासलाई स्थापित गर्नुभयो ?
परमेश्वरले एकै पटक सबैका लागि येशू ख्रीष्टको देहको बलिदानको दोस्रो अभ्यासलाई स्थापित गर्नुभयो । [१०:१०]
Hebrews 10:12
ख्रीष्ट परमेश्वरको दाहिनेपट्टि विराजमान हुनुभएर उहाँले केको प्रतीक्षा गर्दै हुनुहुन्छ ?
ख्रीष्टका शत्रुहरू नम्र भई उहाँले तिनीहरूलाई उहाँको पाउदान नतुल्याउनुभएसम्म उहाँले प्रतीक्षा गर्दै हुनुहुन्छ । [१०:१२–१३]
Hebrews 10:13
ख्रीष्ट परमेश्वरको दाहिनेपट्टि विराजमान हुनुभएर उहाँले केको प्रतीक्षा गर्दै हुनुहुन्छ ?
ख्रीष्टका शत्रुहरू नम्र भई उहाँले तिनीहरूलाई उहाँको पाउदान नतुल्याउनुभएसम्म उहाँले प्रतीक्षा गर्दै हुनुहुन्छ । [१०:१२–१३]
Hebrews 10:14-17
ख्रीष्टको एउटा बलिदानद्वारा शुद्ध पारिएकाहरूका लागि उहाँले के गर्नुभएको छ ?
ख्रीष्टको एउटा बलिदानद्वारा शुद्ध पारिएकाहरूलाई उहाँले सदाको निम्ति सिद्ध पार्नुभएको छ । [१०:१४]
Hebrews 10:18
जहाँ पापको क्षमा हुन्छ त्यहाँ केको आवश्यकता हुँदैन ?
जहाँ पापको क्षमा हुन्छ त्यहाँ थप बलिदानहरूको आवश्यकता हुँदैन । [१०:१८]
Hebrews 10:19-21
येशूको रगतद्वारा अब विश्वासीहरू कुन स्थानभित्र प्रवेश गर्न सक्छन् ?
येशूको रगतद्वारा अब विश्वासीहरू महा–पवित्रस्थानभित्र प्रवेश गर्न सक्छन् । [१०:१९]
Hebrews 10:22
विश्वासीमा के छर्किएको छ र के धोइएको छ ?
विश्वासीको ह्दय दुष्ट विवेकबाट छर्काइद्वारा शुद्ध पारिएको छ र उसको शरीरलाई शुद्ध पानीले धोइएको छ । [१०:२२]
Hebrews 10:23-24
विश्वासीहरूले केलाई दर्होसँग थामिराख्नुपर्छ ?
विश्वासीहरूको पक्का आशाको स्वीकारलाई तिनीहरूले दर्होसँग थामिराख्नुपर्छ । [१०:२३]
Hebrews 10:25
विश्वासीहरूले दिन नजिक आइरहेको देख्दा तिनीहरूले के गर्नुपर्छ ?
विश्वासीहरूले दिन नजिक आइरहेको देख्दा तिनीहरूले एक अर्कालाई अझै बढी उत्साह दिनुपर्छ । [१०:२५]
Hebrews 10:26
सत्यताको ज्ञान पाइसकेपछि जानाजानी पाप गरिरहनेहरूको आशा के हुन्छ ?
सत्यताको ज्ञान पाइसकेपछि जानाजानी पाप गरिरहनेहरूको आशा न्याय र परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने आगो हुन्छ । [१०:२६–२७]
Hebrews 10:27
सत्यताको ज्ञान पाइसकेपछि जानाजानी पाप गरिरहनेहरूको आशा के हुन्छ ?
सत्यताको ज्ञान पाइसकेपछि जानाजानी पाप गरिरहनेहरूको आशा न्याय र परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने आगो हुन्छ । [१०:२६–२७]
Hebrews 10:28
जुन ख्रीष्टको रगतले व्यक्तिलाई शुद्ध पार्यो त्यही रगतलाई अपवित्र कुरोको रूपमा हेर्ने व्यक्ति केको भागिदार हुन्छ ?
जुन ख्रीष्टको रगतले व्यक्तिलाई शुद्ध पार्यो त्यही रगतलाई अपवित्र कुरोको रूपमा हेर्ने व्यक्ति कृपाविनै मोशाको व्यवस्थामा दिइएको दण्डभन्दा ठुलो दण्डको भागिदार हुन्छ । [१०:२८–२९]
Hebrews 10:29
जुन ख्रीष्टको रगतले व्यक्तिलाई शुद्ध पार्यो त्यही रगतलाई अपवित्र कुरोको रूपमा हेर्ने व्यक्ति केको भागिदार हुन्छ ?
जुन ख्रीष्टको रगतले व्यक्तिलाई शुद्ध पार्यो त्यही रगतलाई अपवित्र कुरोको रूपमा हेर्ने व्यक्ति कृपाविनै मोशाको व्यवस्थामा दिइएको दण्डभन्दा ठुलो दण्डको भागिदार हुन्छ । [१०:२८–२९]
Hebrews 10:30-33
बदला लिने काम कसले गर्नुहुन्छ ?
बदला लिने काम प्रभुले गर्नुहुन्छ । [१०:३०]
Hebrews 10:34
यस पत्रलाई प्राप्त गर्ने विश्वासीहरूले तिनीहरूका सम्पत्तिको कब्जाप्रति कसरी प्रतिक्रिया जनाएका थिए ?
यस पत्रलाई प्राप्त गर्ने विश्वासीहरूसित अझै उत्तम र अनन्तको सम्पत्ति थियो भन्ने जानेर तिनीहरूले आफ्ना सम्पत्तिको कब्जाप्रति हर्षपूर्वक प्रतिक्रिया जनाएका थिए । [१०:३४]
Hebrews 10:35
परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यसलाई प्राप्त गर्न विश्वासीले के गर्नु आवश्यक छ ?
परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यसलाई प्राप्त गर्न विश्वासीले भरोसा र धैर्य गर्नु आवश्यक छ । [१०:३५–३६]
Hebrews 10:36-37
परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यसलाई प्राप्त गर्न विश्वासीले के गर्नु आवश्यक छ ?
परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यसलाई प्राप्त गर्न विश्वासीले भरोसा र धैर्य गर्नु आवश्यक छ । [१०:३५–३६]
Hebrews 10:38
धर्मीहरू कसरी जिउनेछन् ?
धर्मीहरू विश्वासद्वारा जिउनेछन् । [१०:३८]
परमेश्वरले फर्केर जानेहरूको विषयमा के सोच्नुहुन्छ ?
फर्केर जानेहरूसित परमेश्वर प्रसन्न हुनुहुन्न । [१०:३८]
Hebrews 10:39
यस पत्रलाई प्राप्त गर्नेहरूका लागि लेखकको अपेक्षा के हो ?
लेखकको अपेक्षा यही हो कि यस पत्रलाई प्राप्त गर्नेहरूले तिनीहरूका आत्मालाई बचाउन विश्वास गर्नेछन् । [१०:३९]
Hebrews 11
Hebrews 11:1-2
विश्वास गर्ने व्यक्तिले अझै पुरा हुन बाँकी रहेका परमेश्वरका प्रतिज्ञाहरूप्रति कस्तो मनसाय राख्नुपर्छ ?
विश्वास गर्ने व्यक्तिले अझै पुरा हुन बाँकी रहेका परमेश्वरका प्रतिज्ञाहरूको निश्चयतासाथ प्रतीक्षा गर्नुपर्छ । [११:१]
Hebrews 11:3
विश्वका दृश्यवान् कुराहरू केबाट सृजित गरिए ?
विश्वका दृश्यवान् कुराहरू दृश्यवान् कुराहरूबाट सृजित गरिएनन् । [११:३]
Hebrews 11:4-5
हाबिलको धार्मिकताको लागि किन परमेश्वरले तिनको प्रशंसा गरे ?
परमेश्वरले हाबिलको प्रशंसा गर्नुभयो किनकि तिनले विश्वासद्वारा कयिनले भन्दा उत्तम बलिदान चढाए । [११:४]
Hebrews 11:6
परमेश्वरकहाँ आउनेले उहाँको बारेमा के विश्वास गर्नैपर्छ ?
परमेश्वरकहाँ आउनेले उहाँ अस्तित्वमा हुनुहुन्छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्वास गर्नैपर्छ । [११:६]
Hebrews 11:7-10
नोआले कसरी आफ्नो विश्वास देखाए ?
परमेश्वरको चेताउनीअनुसार आफ्नो परिवारलाई बचाउन नोआले जहाज बनाएर आफ्नो विश्वासलाई देखाए । [११:७]
Hebrews 11:11-12
अब्राहाम र साराले विश्वासद्वारा के प्रतिज्ञा पाए ?
अब्राहाम र सारा अति नै बुढाबुढी हुँदा पनि तिनीहरूले विश्वासद्वारा गर्भधारण गर्ने शक्ति पाए । [११:११]
Hebrews 11:13-15
विश्वासका पुर्खाहरूले टाढैबाट के देखे ?
विश्वासका पुर्खाहरूले टाढैबाट परमेश्वरका प्रतिज्ञाहरूलाई देखी तिनको स्वागत गरे । [११:१३]
विश्वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई के सम्झे ?
विश्वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई परदेशी र प्रवासीहरू सम्झे । [११:१३]
Hebrews 11:16
ती विश्वास गर्नेहरूका लागि परमेश्वरले के तयार पार्नुभएको छ ?
ती विश्वास गर्नेहरूका लागि परमेश्वरले एउटा स्वर्गीय सहर तयार पार्नुभएको छ । [११:१६]
Hebrews 11:17
अब्राहामले तिनका एउटै मात्र छोरा इसहाकलाई बलिदान गरेका भए पनि परमेश्वरले के गर्न सक्नुहुन्थ्यो भनी तिनले विश्वास गरे ?
परमेश्वरले इसहाकलाई मरेकाहरूबाट जीवित पार्न सक्नुहुन्थ्यो भनी अब्राहामले विश्वास गरे । [११:१७–१९]
Hebrews 11:18
अब्राहामले तिनका एउटै मात्र छोरा इसहाकलाई बलिदान गरेका भए पनि परमेश्वरले के गर्न सक्नुहुन्थ्यो भनी तिनले विश्वास गरे ?
परमेश्वरले इसहाकलाई मरेकाहरूबाट जीवित पार्न सक्नुहुन्थ्यो भनी अब्राहामले विश्वास गरे । [११:१७–१९]
Hebrews 11:19-21
योसेफको अन्त्य नजिकै आउँदा तिनले विश्वासद्वारा केको बारेमा अगमवाणी बोले ?
योसेफको अन्त्य नजिकै आउँदा तिनले मिश्रबाट इस्राएलीहरूको प्रस्थानको बारेमा अगमवाणी बोले । [११:१९]
Hebrews 11:22-23
योसेफको अन्त्य नजिकै आउँदा तिनले विश्वासद्वारा केको बारेमा अगमवाणी बोले ?
योसेफको अन्त्य नजिकै आउँदा तिनले मिश्रबाट इस्राएलीहरूको प्रस्थानको बारेमा अगमवाणी बोले । [११:२२]
Hebrews 11:24
मोशा हुर्केपछि तिनले विश्वासद्वारा के गर्ने छनोट गरे ?
ख्रीष्टको अनुसरण गर्दा आइपरेका अपमानलाई महानतर सम्पत्ति ठानी मोशाले विश्वासद्वारा परमेश्वरका मानिसहरूलाई गरिएको दुव्र्यवहारमा सहभागी हुने छनोट गरे । [११:२४–२६]
Hebrews 11:25
मोशा हुर्केपछि तिनले विश्वासद्वारा के गर्ने छनोट गरे ?
ख्रीष्टको अनुसरण गर्दा आइपरेका अपमानलाई महानतर सम्पत्ति ठानी मोशाले विश्वासद्वारा परमेश्वरका मानिसहरूलाई गरिएको दुव्र्यवहारमा सहभागी हुने छनोट गरे । [११:२४–२६]
Hebrews 11:26-27
मोशा हुर्केपछि तिनले विश्वासद्वारा के गर्ने छनोट गरे ?
ख्रीष्टको अनुसरण गर्दा आइपरेका अपमानलाई महानतर सम्पत्ति ठानी मोशाले विश्वासद्वारा परमेश्वरका मानिसहरूलाई गरिएको दुव्र्यवहारमा सहभागी हुने छनोट गरे । [११:२४–२६]
Hebrews 11:28-30
इस्राएलीहरूका ज्येष्ठ पुत्रहरूलाई बचाउन मोशाले विश्वासद्वारा के माने ?
इस्राएलीहरूका ज्येष्ठ पुत्रहरूलाई बचाउन मोशाले विश्वासद्वारा निस्तार–चाड र रगतको छिटकाउको विधिलाई माने । [११:२८]
Hebrews 11:31-32
राहाबले विश्वासद्वारा त्यस्तो के गरिन् जसको कारणले उनी नष्ट हुनबाट जोगिइन् ?
राहाबले विश्वासद्वारा गुप्तचरहरूलाई लुकाइन् जसको कारणले उनी नष्ट हुनबाट जोगिइन् । [११:३१]
Hebrews 11:33
केही विश्वासका पुर्खाहरूले युद्धमा के–के पुरा गरे ?
केही विश्वासका पुर्खाहरूले राज्यहरू कब्जा गरे; तिनीहरू तरवारबाट जोगिए; युद्धमा शक्तिशाली बने र विदेशी सेनालाई भगाइदिए । [११:३३–३४]
Hebrews 11:34
केही विश्वासका पुर्खाहरूले युद्धमा के–के पुरा गरे ?
केही विश्वासका पुर्खाहरूले राज्यहरू कब्जा गरे; तिनीहरू तरवारबाट जोगिए; युद्धमा शक्तिशाली बने र विदेशी सेनालाई भगाइदिए । [११:३३–३४]
Hebrews 11:35
केही विश्वासका पुर्खाहरूले कस्ता किसिमका दुःखकष्टहरू भोगे ?
केही विश्वासका पुर्खाहरूले यातना भोगे; तिनीहरूलाई गिल्ला गरियो; कोर्राले हानियो; साङ्लाले बाँधियो; झ्यालखानामा थुनियो; ढुङ्गाले हानियो; करौँतीले दुई भाग बनाइयो; मृत्यु दिइयो र असहाय बनाइयो । [११:३५–३८]
Hebrews 11:36
केही विश्वासका पुर्खाहरूले कस्ता किसिमका दुःखकष्टहरू भोगे ?
केही विश्वासका पुर्खाहरूले यातना भोगे; तिनीहरूलाई गिल्ला गरियो; कोर्राले हानियो; साङ्लाले बाँधियो; झ्यालखानामा थुनियो; ढुङ्गाले हानियो; करौँतीले दुई भाग बनाइयो; मृत्यु दिइयो र असहाय बनाइयो । [११:३५–३८]
Hebrews 11:37
केही विश्वासका पुर्खाहरूले कस्ता किसिमका दुःखकष्टहरू भोगे ?
केही विश्वासका पुर्खाहरूले यातना भोगे; तिनीहरूलाई गिल्ला गरियो; कोर्राले हानियो; साङ्लाले बाँधियो; झ्यालखानामा थुनियो; ढुङ्गाले हानियो; करौँतीले दुई भाग बनाइयो; मृत्यु दिइयो र असहाय बनाइयो । [११:३५–३८]
Hebrews 11:38
केही विश्वासका पुर्खाहरूले कस्ता किसिमका दुःखकष्टहरू भोगे ?
केही विश्वासका पुर्खाहरूले यातना भोगे; तिनीहरूलाई गिल्ला गरियो; कोर्राले हानियो; साङ्लाले बाँधियो; झ्यालखानामा थुनियो; ढुङ्गाले हानियो; करौँतीले दुई भाग बनाइयो; मृत्यु दिइयो र असहाय बनाइयो । [११:३५–३८]
Hebrews 11:39
यी पुर्खाहरूको विश्वासको बाबजुत पनि तिनीहरूले आफ्ना पार्थिव जीवनमा के पाएनन् ?
यी पुर्खाहरूको विश्वासको बाबजुत पनि तिनीहरूले आफ्ना पार्थिव जीवनमा परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू पाएनन् । [११:३९]
Hebrews 11:40
विश्वासका पुर्खाहरूले कोसितै परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्नेछन् र तिनीहरू सिद्ध तुल्याइनेछन् ?
विश्वासका पुर्खाहरूले ख्रीष्टमा भएका नयाँ करारका विश्वासीहरूसितै परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्नेछन् र तिनीहरू सिद्ध तुल्याइनेछन् । [११:४०]
Hebrews 12
Hebrews 12:1
विश्वासीलाई सजिलैसित अल्झाउने पापलाई उसले किन मिल्काउनुपर्छ ?
विश्वासी साक्षीहरूको यति ठुलो भिडद्वारा घेरिएको हुनाले उसलाई सजिलैसित अल्झाउने पापलाई उसले मिल्काउनुपर्छ । [१२:१]
किन परमेश्वरले आफ्ना सन्तानहरूलाई अनुशासनमा राख्नुहुन्छ ?
परमेश्वरका सन्तानहरू उहाँको पवित्रतामा सहभागी हुन सकून् भन्ने हेतुले तिनीहरूको भलाइको लागि उहाँले तिनीहरूलाई अनुशासनमा राख्नुहुन्छ । [१२:१०]
Hebrews 12:2
येशूले किन क्रूसलाई सहनुभयो र यसको लाजलाई तुच्छ ठान्नुभयो ?
उहाँको सामु राखिएको आनन्दको लागि येशूले क्रूसलाई सहनुभयो र यसको लाजलाई तुच्छ ठान्नुभयो । [१२:२]
Hebrews 12:3-5
कसरी विश्वासीले चिन्तित वा डरपोक हुने अवस्थालाई हटाउन सक्छ ?
पापीहरूबाट घृणास्पद बोलीवचन सहनुहुने येशूलाई विचार गरी विश्वासीले चिन्तित वा डरपोक हुने अवस्थालाई हटाउन सक्छ । [१२:३]
Hebrews 12:6-7
प्रभुले प्रेम गर्नुहुने र ग्रहण गर्नुहुनेहरूलाई उहाँले के गर्नुहुन्छ ?
प्रभुले प्रेम गर्नुहुने र ग्रहण गर्नुहुनेहरूलाई उहाँले अनुशासनमा राख्नुहुन्छ । [१२:६]
Hebrews 12:8-10
प्रभुको अनुशासन नपाउने व्यक्ति को हो ?
जसले प्रभुको अनुशासन पाउँदैन त्यो व्यक्ति अवैध सन्तान हो र ऊ परमेश्वरको सन्तान हुँदैन । [१२:८]
Hebrews 12:11-13
अनुशासनले के ल्याउँछ ?
अनुशासनले धार्मिकताको शान्तिपूर्ण फल ल्याउँछ । [१२:११]
Hebrews 12:14
विश्वासीहरूले सबै मानिससित केको खोजी गर्नुपर्छ ?
विश्वासीहरूले सबै मानिससित शान्तिको खोजी गर्नुपर्छ । [१२:१४]
Hebrews 12:15-16
कष्ट ल्याई धेरैलाई दूषित पार्ने केचाहिँ बढ्नुहुँदैन ?
कष्ट ल्याई धेरैलाई दूषित पार्ने तिक्तताको जराचाहिँ बढ्नुहुँदैन । [१२:१५]
Hebrews 12:17-18
आफ्नै ज्येष्ठ अधिकार बेचेपछि आँसु बगाउँदै आशिष् प्राप्त गर्ने इच्छा गरे तापनि एसावलाई के भयो ?
आफ्नै ज्येष्ठ अधिकार बेचेपछि आँसु बगाउँदै आशिष् प्राप्त गर्ने इच्छा गरे तापनि एसावलाई इन्कार गरियो । [१२:१७]
Hebrews 12:19-21
परमेश्वर पर्वतमा बोल्नुहुँदा त्यहाँ इस्राएलीहरूले केको लागि अनुरोध गरे ?
तिनीहरूलाई अर्को वचन नबोलियोस् भनी इस्राएलीहरूले अनुरोध गरे । [१२:१९]
Hebrews 12:22
ख्रीष्टमा भएका विश्वासीहरू पर्वतमा आउनुको साटो कहाँ आउँछन् जहाँ इस्राएलीहरूले परमेश्वरको आवाज सुने ?
ख्रीष्टमा भएका विश्वासीहरू सियोन पर्वत र जीवित परमेश्वरको सहरमा आउँछन् । [१२:२२]
Hebrews 12:23
ख्रीष्टमा भएका विश्वासीहरू कुन सभामा आउँछन् ?
ख्रीष्टमा भएका विश्वासीहरू स्वर्गमा दर्ता गरिएका सबै पहिले जन्मेकाहरूको सभामा आउँछन् । [१२:२३]
ख्रीष्टमा भएका विश्वासीहरू कसकहाँ आउँछन् ?
ख्रीष्टमा भएका विश्वासीहरू सबैका न्यायाधीश परमेश्वर, धर्मीहरूका आत्माहरू र येशूकहाँ आउँछन् । [१२:२३–२४]
Hebrews 12:24
ख्रीष्टमा भएका विश्वासीहरू कसकहाँ आउँछन् ?
ख्रीष्टमा भएका विश्वासीहरू सबैका न्यायाधीश परमेश्वर, धर्मीहरूका आत्माहरू र येशूकहाँ आउँछन् । [१२:२३–२४]
Hebrews 12:25
स्वर्गबाट चेताउनी दिनुहुनेबाट तर्कनेहरूलाई के हुनेछ ?
तर्कनेहरू परमेश्वरबाट उम्कनेछैनन् । [१२:२५]
Hebrews 12:26-27
केलाई परमेश्वरले हल्लाएर हटाउने प्रतिज्ञा गर्नुभएको छ ?
सृष्टि गरिएका थोकहरूलाई परमेश्वरले हल्लाएर हटाउने प्रतिज्ञा गर्नुभएको छ । [१२:२६]
Hebrews 12:28
हल्लाइन सकिने कुराहरूको साटो विश्वासीहरूले के प्राप्त गर्नेछन् ?
विश्वासीहरूले हल्लाइन नसकिने राज्य प्राप्त गर्नेछन् । [१२:२८]
विश्वासीहरूले कसरी परमेश्वरको आराधना गर्नुपर्छ ?
विश्वासीहरूले आदर र भयसाथ परमेश्वरको आराधना गर्नुपर्छ । [१२:२८]
Hebrews 12:29
किन विश्वासीहरूले यसरी परमेश्वरको आराधना गर्नुपर्छ ?
विश्वासीहरूले यसरी नै परमेश्वरको आराधना गर्नुपर्छ किनकि उहाँ भस्म पार्ने आगो हुनुहुन्छ । [१२:२९]
Hebrews 13
Hebrews 13:2
परदेशीहरूको स्वागत गरी कोही–कोहीले के गरेका छन् ?
कोही–कोहीले थाहै नपाईकन स्वर्गदूतहरूको स्वागत गरेका छन् । [१३:२]
Hebrews 13:3
विश्वासीहरूले झ्यालखानामा भएकाहरूलाई कसरी सम्झनुपर्छ ?
विश्वासीहरू आफैँ नै झ्यालखानामा भएझैँ गरी, र तिनीहरूका शरीरलाई पनि दुव्र्यवहार गरिएझैँ विश्वासीहरूले झ्यालखानामा भएकाहरूलाई सम्झनुपर्छ । [१३:३]
Hebrews 13:4
केलाई सबैबाट आदर गरिनुपर्छ ?
विवाहलाई सबैबाट आदर गरिनुपर्छ । [१३:४]
परमेश्वरले यौनसम्बन्धी अनैतिकहरू र व्यभिचारीहरूलाई के गर्नुहुन्छ ?
परमेश्वरले यौनसम्बन्धी अनैतिकहरू र व्यभिचारीहरूलाई न्याय गर्नुहुन्छ । [१३:४]
Hebrews 13:5-6
विश्वासी कसरी रुपियाँ–पैसाको मोहबाट अलग हुन सक्छ ?
विश्वासी रुपियाँ–पैसाको मोहबाट अलग हुन सक्छ किनकि परमेश्वरले उसलाई कहिल्यै छाड्नुहुनेछैन र त्याग्नुहुनेछ भनी उहाँले भन्नुभएको छ । [१३:५]
Hebrews 13:7-8
विश्वासीहरूले कसको विश्वासको अनुकरण गर्नुपर्छ ?
विश्वासीहरूले तिनीहरूलाई अगुवाइ गर्नेहरू र परमेश्वरको वचन बाँड्नेहरूको विश्वासको अनुकरण गर्नुपर्छ । [१३:७]
Hebrews 13:9-10
लेखक विश्वासीहरूलाई कस्ता किसिमका अनौठा शिक्षाहरूबारे चेताउनी दिन्छन् ?
खानासित सम्बन्धित नियमहरूको बारेमा भएका अनौठा शिक्षाहरूबारे लेखक चेताउनी दिन्छन् । [१३:९]
Hebrews 13:11
पवित्र वासस्थानमा बलिदानको लागि प्रयोग गरिएका जनावरहरूका शरीरलाई कहाँ जलाईन्थ्यो ?
जनावरहरूका शरीरलाई छाउनीबाहिर जलाईन्थ्यो । [१३:११]
Hebrews 13:12
येशूले कहाँ दुःख भोग्नुभयो ?
येशूले सहरको द्वारबाहिर दुःख भोग्नुभयो । [१३:१२]
Hebrews 13:13
विश्वासीहरू कहाँ जानुपर्छ र किन ?
विश्वासीहरू ख्रीष्टको अपमान सहँदै छाउनीबाहिर उहाँकहाँ जानुपर्छ । [१३:१३]
Hebrews 13:14
पृथ्वीमा विश्वासीहरूसित कुनचाहिँ स्थायी सहर छ ?
पृथ्वीमा विश्वासीहरूसित कुनै पनि स्थायी सहर छैन । [१३:१४]
बरु विश्वासीहरूले कुनचाहिँ सहरको खोजी गर्छन् ?
बरु विश्वासीहरूले अझै आउन बाँकी रहेको सहरको खोजी गर्छन् । [१३:१४]
Hebrews 13:15-16
विश्वासीहरूले परमेश्वरलाई कुन बलिदान निरन्तर रूपमा चढाउनुपर्छ ?
विश्वासीहरूले परमेश्वरलाई प्रशंसाका बलिहरू निरन्तर रूपमा चढाउनुपर्छ । [१३:१५]
Hebrews 13:17-20
विश्वासीहरूले आफ्ना अगुवाहरूप्रति कस्तो मनसाय राख्नुपर्छ ?
विश्वासीहरू आफ्ना अगुवाहरूप्रति आज्ञाकारी हुनुपर्छ र तिनीहरूको अधीनमा बस्नुपर्छ । [१३:१७]
Hebrews 13:21-22
परमेश्वरले विश्वासीमा के काम गर्नुहुन्छ ?
परमेश्वरले विश्वासीमा त्यस्तो काम गर्नुहुन्छ जसले उहाँलाई राम्ररी खुसी तुल्याउँछ । [१३:२१]
Hebrews 13:23-25
लेखकले विश्वासीहरूलाई भेट्दा तिनी कोसित आउनेछन् ?
लेखकले विश्वासीहरूलाई भेट्दा तिनी तिमोथीसित आउनेछन् । [१३:२३]