2 Thessalonians
2 Thessalonians 1
2 Thessalonians 1:3
थेसलोनिकीको मण्डलीको कुन दुई कुराको लागी पावलले परमेश्वरलाई धन्यवाद दिन्छन् ?
पावलले तिनीहरूको बढ्दै गरेको विश्वास र एकअर्का प्रतिको तिनीहरूको प्रेमको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् ।
2 Thessalonians 1:4
थेसलोनिकीमा रहेका विश्वासीहरूले कस्तो परिस्थितिहरू सहिरहेका छन् ?
विश्वासीहरूले सतावट र कष्टहरू सहिरहेका छन् ।
2 Thessalonians 1:5
विश्वासीहरूले सहिरहेको परिस्थितिहरूले कस्तो सकारात्मक परिणाम ल्याउनेछ ?
परमेश्वरको राज्यमा विश्वासीहरू योग्यको ठहरिनेछन् ।
2 Thessalonians 1:6
विश्वासीहरूलाई सताउनेहरूसँग परमेश्वरले के गर्नुहुनेछ ?
परमेश्वरले विश्वासीहरूलाई कष्ट दिनेलाई बल्दो आगोले तिनीहरूलाई दण्ड दिदै कष्ट दिनुहुनेछ ।
2 Thessalonians 1:7
विश्वासीहरूले कहिले उनीहरूको कष्टबाट राहत पाउनेछन् ?
जब स्वर्गबाट येशू ख्रीष्ट प्रकट हुनुहुनेछ तब विश्वासीहरूले राहत पाउनेछन् ।
2 Thessalonians 1:8
विश्वासीहरूलाई दुःख दिनेहरूलाई परमेश्वरले के गर्नुहुनेछ ?
जसले विश्वासीहरूलाई दुःख दिन्छन् तिनीहरूलाई परमेश्वरले दुःख दिनुहुनेछ, तिनीहरूलाई बलिरहेको आगोद्वारा सजाय दिनुहुनेछ । [१:६, ८]
2 Thessalonians 1:9
परमेश्वरलाई नचिन्नेहरूले कति लामो समयसम्म दण्ड भोग्नेछन् ?
परमेश्वरलाई नचिन्नेहरूले अनन्तसम्म दण्ड भोग्नेछन् ।
परमेश्वरलाई नचिन्नेहरू तिनीहरूको दण्डको भाग अनुसार केबाट अलग गरिएका छन् ?
परमेश्वरलाई नचिन्नेहरू तिनीहरूको दण्डको भाग अनुसार प्रभुको उपस्थितिबाट अलग गरिएका छन् ।
2 Thessalonians 1:10
विश्वासीहरूले के गर्नेछन् जब तिनीहरूले ख्रीष्ट आफ्नो दिनमा आउनु भएको देख्नेछन् ?
जब ख्रीष्ट आफ्नो दिनमा आउनुहुनेछ, तब विश्वासीहरू उहाँमा अचम्मित हुनेछन् ।
2 Thessalonians 1:11
परमेश्वरको शक्तिमा गरिएको विश्वासीहरूको असल कामहरूको परिणाम के हो ?
तिनीहरूको असल कामको परिणाम प्रभु येशू ख्रीष्टको नाउँको महिमा हुनु हो ।
2 Thessalonians 1:12
परमेश्वरको शक्तिमा विश्वासीहरूले गरेको विश्वासको असल कामको परिणाम के हो ?
उनीहरूको असल कामको परिणामस्वरूप प्रभु येशू ख्रीष्टको नाउँ महिमित हुन्छ । [१:११-१२]
2 Thessalonians 2
2 Thessalonians 2:1
अब कुन घटनाको बारेमा लेख्न गहिरहेका छन् भनि पावलले भन्छन् ?
पावलले भन्छन् कि उनी अब प्रभु येशू ख्रीष्टको आगमनको सम्बन्धमा लेख्न गहिरहेका छन् ।
2 Thessalonians 2:2
पावलले तिनीहरुलाई के विश्वास नगर्नु भन्छन् ?
पावलले तिनीहरूलाई प्रभु आइसक्नुभएको छ भनि विश्वास नगर्न भन्छन् ।
2 Thessalonians 2:3
प्रभुको दिन आउनुभन्दा अघि के हुनुपर्छ भनि पावल भन्छन् ?
प्रभुको आगमन अघि धेरै मानिसहरू पतन हुनेछन् र व्यवस्था विनाका मानिसको प्रकट हुनेछ ।
2 Thessalonians 2:4-5
व्यवस्था विनाका मानिसले के गर्नेछ ?
व्यवस्था विनाका मानिसले विरोध गर्छ र परमेश्वरको मन्दिरमा बसेर आफैलाई परमेश्वर घोषणा गर्दै आफुलाई परमेश्वर भन्दा उच्च तुल्याउँछ ।
2 Thessalonians 2:6
व्यवस्था विनाको मानिस कहिले प्रकट गराइनेछ?
जब समय आउँछ, जब उसलाई रोक्नेलाई टाढा लगिन्छ तब व्यवस्था विनाको मानिस प्रकट गराइनेछ।
2 Thessalonians 2:7
अधर्मी मानिस कहिले प्रकट हुनेछ ?
समय भएपछि त्यसलाई रोक्ने व्यक्ति हटेपछि अधर्मी मानिस प्रकट हुनेछ । [२:६-७]
2 Thessalonians 2:8
जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई के गर्नुहुनेछ ?
जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई मार्नुहुनेछ ।
2 Thessalonians 2:9
व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू कसले गराइरहेको छ ?
व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू शैतानले गराइरहेको छ
2 Thessalonians 2:10-11
किन कोही कोही व्यवस्था रहित मानिसद्वारा धोका पाए र नाश हुदैछन् ?
कोही कोहीले धोका पाइरहेका छन् किनभने तिनीहरूले सत्यताको प्रेम ग्रहण गरेका छैनन् जसद्वारा तिनीहरू बाँच्न सक्छन् ।
2 Thessalonians 2:12
के कुरामा धोका पाएका र नाश भइरहेकाहरूले आनन्द लिन्छन् ?
धोका पाएका र नाश भइरहेकाहरूले अधर्ममा आनन्द लिन्छन् ।
2 Thessalonians 2:13
सुसमाचारद्वारा के प्राप्त गर्न परमेश्वरले थेसलोनिकीलाई चुन्नुभयो ?
परमेश्वरले थेसलोनिकीलाई सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न चुन्नुभयो ।
2 Thessalonians 2:14
थेसलोनिकीहरूले सुसमाचारबाट प्राप्त गर्नको निम्ति परमेश्वरले के छान्नुभयो ?
थेसलोनिकीहरूका निम्ति परमेश्वरले सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा छान्नुभयो । [२:१३-१४]
2 Thessalonians 2:15-16
तिनीहरूले सुसमाचार ग्रहण गरेको हुनाले पावलले अब थेसलोनिकीहरूलाई के गर्न आहवान गर्छन् ?
पावलले थेसलोनिकीहरूलाई स्थिर भइरहन र तिनीहरूलाई सिकाएको परम्परा पक्रिराख्न आहवान गर्छन् ।
2 Thessalonians 2:17
थेसलोनिकीहरूको ह्रदयमा के स्थापित भएको पावलले चाहना गर्छन् ?
थेसलोनिकीहरू हरेक असल काममा र वचनमा स्थापित भएको पावलले चाहना गर्छन् ।
2 Thessalonians 3
2 Thessalonians 3:1
प्रभुको वचनको सम्बन्धमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ?
पावल चाहन्छन् कि थेसलोनिकीहरूले प्रभुको वचन तिव्र फैलिन र महिमित हुन प्रार्थना गरून् ।
2 Thessalonians 3:2-3
पावलले कसबाट छुट्कारा पाउने इच्छा गर्छन् ?
पावलले विश्वास नभएका दुष्ट र ख़राब मानिसबाट छुट्कारा पाउने इच्छा गर्छन् ।
2 Thessalonians 3:4-5
पावलले थेसलोनिकीहरूलाई के गरिरहन भन्छन् ?
पावलले तिनीहरूलाई दिएको आज्ञा पालन गरिरहन उनले थेसलोनिकीहरूलाई भन्छन् ।
2 Thessalonians 3:6
पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूसँग विश्वासीहरूले कस्तो प्रतिक्रिया दिनुपर्छ ?
पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूबाट विश्वासीहरू टाढा रहनुपर्छ ।
2 Thessalonians 3:7
उनको काम र सहायताको लागी पावलले थेसलोनिकीहरूको निम्ति के उदाहरण बने ?
पावलले दिन र रात मेहनत गरे, आफ्नो खानाको खर्च तिरे, र कसैको निम्ति भार बनेनन् ।
2 Thessalonians 3:8
पावलले आफ्नो काम र सहयोगको विषयमा थेसलोनिकीहरूका निम्ति कस्तो उदाहरण दिए ?
कसैको भार नभई पावलले आफ्नो भोजनको निम्ति रातदिन परिश्रम गरे । [३:७-९]
2 Thessalonians 3:9
पावलले आफ्नो काम र सहयोगको विषयमा थेसलोनिकीहरूका निम्ति कस्तो उदाहरण दिए ?
कसैको भार नभई पावलले आफ्नो भोजनको निम्ति रातदिन परिश्रम गरे । [३:७-९]
2 Thessalonians 3:10-11
काम गर्न मन नगर्ने मानिसको सम्बन्धमा पावलले के आज्ञा दिन्छन् ?
काम गर्न मन नगर्ने मानिसलाई पावलले खाना नखाने आज्ञा दिन्छन् ।
2 Thessalonians 3:12-13
अल्छी हुनुको सट्टा, त्यस्ता मानिसहरूलाई पावलले के गर्ने आज्ञा दिन्छन् ?
पावलले अल्छीहरूलाई चुपचाप काम गर्न र आफ्नै खाना खान आज्ञा दिन्छन् ।
2 Thessalonians 3:14-15
यो पत्रमा पावलले दिएको निर्देशन पालन नगर्ने जो कोहीसँग भाइहरूले के गर्नु हो ?
यो पत्रमा पावलले दिएको निर्देशन पालन नगर्ने जो कोहीसँग भाइहरूले संगत नगर्नु हो ।
2 Thessalonians 3:16
प्रभुले थेसलोनिकीहरूलाई के देऊन भनि पावलले चाहना गर्छन् ?
प्रभुले थेसलोनिकीहरूलाई सबै समय सबै कुरामा शान्ति देऊन भनि पावलले चाहना गर्छन् ।
2 Thessalonians 3:17-18
पावलले कसरी उनी यो पत्रको लेखक हो भनि देखाउँछन् ?
उनी लेखक हुन् भनी चिन्हको लागी पावलले आफ्नै हातले अभिवादन लेखे ।