नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Titus

Titus 1

Titus 1:1

परमेश्‍वरको सेवा गर्नुमा पावलको उद्देश्‍य के थियो ?

उनको उद्देश्‍य परमेश्‍वरका चुनिएकाहरूका विश्‍वास स्थापित गर्नु, र सत्यताको ज्ञान स्थापित गर्नु थियो । [१:१]

Titus 1:2

परमेश्‍वरले उहाँका चुनिएकाहरूका निम्ति अनन्‍त जीवन कहिले प्रतिज्ञा गर्नुभयो ?

उहाँले यो समयको सबै युगहरूभन्दा पहिला नै प्रतिज्ञा गर्नुभयो । [१:२]

के परमेश्‍वरले ढाँट्न सक्‍नुहुन्छ ?

उहाँले ढाँट्न सक्‍नुहुन्‍न । [१:२]

Titus 1:3

परमेश्‍वरले उहाँको सन्देश ठिक समयमा प्रकट गर्न कसलाई प्रयोग गर्नुभयो ?

परमेश्‍वरले पावललाई प्रयोग गर्नुभयो । [१:३]

Titus 1:4-5

पावल र तीतस बिच कस्तो सम्बन्ध थियो ?

तीतस उनीहरूका साझा विश्‍वासमा पावलका साँचो पुत्र थिए । [१:४]

Titus 1:6

एल्डरको परिवारिक जीवन साँचो रूपमा कस्तो हुनुपर्छ ?

उनी अनुशासनमा राखिएका इमानदार छोरा-छोरीहरू सहित एउटै पत्‍नीको पति हुनुपर्छ । [१:६]

Titus 1:7

एल्डर दोष रहित हुनलाई कस्ता-कस्ता चारित्रिक गुणहरूबाट अलग रहनुपर्छ ?

उनी रुखो बोली र अनियन्त्रित हुनुहुदैन, पियक्‍कड हुनुहुदैन, झगडालु हुनुहुदैन, लोभी हुनुहुदैन । [१:७]

परमेश्‍वरको घरानामा बिशपको कस्तो स्थान र जिम्मेवारी हुन्छ ?

उनी घरानाको प्रबन्धक हुन् । [१:७]

Titus 1:8

एल्डरमा कस्ता-कस्ता गुणहरू हुनुपर्छ ?

एल्डर अतिथिसत्कार गर्ने, जे असल सो रुचाउने, समझदार, धर्मी, धार्मिक र संयम हुनुपर्छ । [१:८]

Titus 1:9

विश्‍वासको शिक्षा बारे एल्डरको धारणा कस्तो हुनुपर्छ ?

उनी तिनीहरूलाई बलियोसँग पक्रने [तिनीहरूमा दृढ] हुनुपर्छ, तिनीहरूलाई अरुहरूलाई उत्साह दिन र हप्‍काउनलाई प्रयोग गर्न सक्‍ने हुनुपर्छ । [१:९]

Titus 1:10

झुटा शिक्षकहरूले उनीहरूका शिक्षाद्वारा के गरिरहेका थिए ?

उनीहरूले मानिसहरूलाई छलिरहेका थिए, र परिवारहरूलाई भाँडिरहेका थिए । [१:१०-११]

Titus 1:11-12

झुटा शिक्षकहरूले उनीहरूका शिक्षाद्वारा के गरिरहेका थिए ?

उनीहरूले मानिसहरूलाई छलिरहेका थिए, र परिवारहरूलाई भाँडिरहेका थिए । [१:१०-११]

झुटा शिक्षकहरू केद्वारा अभिप्रेरित भएका थिए ?

उनीहरू लज्‍जास्पद लाभद्वारा अभिप्रेरित थिए । [१:११]

Titus 1:13

मण्डलीलाई हानि पुर्‍याउने अनुशासनहिन मानिसहरूप्रति एल्डरले कस्तो व्यवहार गर्नुपर्छ ?

उनले उनीहरूलाई कडाइका साथ सच्याउनुपर्छ, ताकि उनीहरू विश्‍वासमा ठिक हुन सकून् । [१:१३]

Titus 1:14

उनीहरूले केमा समय खेर नफालून् भनी पावलले उनीहरूलाई भन्छन् ?

उनीहरूले यहूदी दन्त्यकथाहरू र मानिसहरूका आज्ञाहरूमा समय खेर फाल्नु हुँदैन । [१:१४]

Titus 1:15

विश्‍वास नगर्ने मानिसको के-के कुराहरू प्रदूषित हुन्छन् ?

उसको मन र विवेक प्रदूषित हुन्छन् । [१:१५]

Titus 1:16

प्रदूषित मानिसले परमेश्‍वरलाई चिनेको छु भनी स्वीकार गरे तापनि उसले कसरी उहाँलाई इन्कार गर्छ ?

उसले उसका कामहरूद्वारा इन्कार गर्छ । [१:१६]

Titus 2

Titus 2:2

मण्डलीका वृद्ध मानिसहरूले प्रदर्शन गर्नुपर्ने केही विशेषताहरू के-के हुन् ?

उनीहरूले संयमता, प्रतिष्‍ठा र विश्‍वास, प्रेम र धेर्यमा सटिकता प्रदर्शन गर्नुपर्छ । [२:२]

Titus 2:3

मण्डलीका वृद्धा महिलाहरूले प्रदर्शन गर्नु पर्ने केही विशेषताहरू के-के हुन् ?

उनीहरूले आदर प्रदर्शन गर्नुपर्छ, र अर्काको कुरा नकाट्ने, गम्भिर, अनि असल कुरा सिकाउने हुनुपर्छ । [२:३]

Titus 2:4

वृद्धा महिलाहरूले जवान महिलाहरूलाई के सिकाउनुपर्छ ?

उनीहरूले तिनीहरूलाई तिनीहरूका पतिलाई प्रेम गर्न, तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न, तिनीहरूका छोरा-छोरीहरूलाई प्रेम गर्न, समझदार, शुद्ध, र असल गृहिणी हुन सिकाउनुपर्छ । [२:४-५]

Titus 2:5-6

वृद्धा महिलाहरूले जवान महिलाहरूलाई के सिकाउनुपर्छ ?

उनीहरूले तिनीहरूलाई तिनीहरूका पतिलाई प्रेम गर्न, तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न, तिनीहरूका छोरा-छोरीहरूलाई प्रेम गर्न, समझदार, शुद्ध, र असल गृहिणी हुन सिकाउनुपर्छ । [२:४-५]

Titus 2:7

तीतसले विश्‍वासीहरूका निम्ति नमूना बन्‍न के गर्नुपर्छ ?

उनले शुद्धता र प्रतिष्‍ठा सहित सच्याउनु नपर्ने उचित शब्दहरू[बोलीहरू] प्रयोग गरेर सिकाउनुपर्छ । [२:७-८]

Titus 2:8

तीतसले विश्‍वासीहरूका निम्ति नमूना बन्‍न के गर्नुपर्छ ?

उनले शुद्धता र प्रतिष्‍ठा सहित सच्याउनु नपर्ने उचित शब्दहरू[बोलीहरू] प्रयोग गरेर सिकाउनुपर्छ । [२:७-८]

Titus 2:9

दास विश्‍वासीहरूको व्यवहार कस्तो हुनुपर्छ ?

उनीहरूले उनीहरूका मलिकहरूका आज्ञा पालन गर्नुपर्छ, चोर्नु हुदैन, र असल विश्‍वास देकाउनुपर्छ । [२:९-१०]

Titus 2:10

दास विश्‍वासीहरूको व्यवहार कस्तो हुनुपर्छ ?

उनीहरूले उनीहरूका मलिकहरूका आज्ञा पालन गर्नुपर्छ, चोर्नु हुदैन, र असल विश्‍वास देकाउनुपर्छ । [२:९-१०]

दासहरूले पावलले भनेअनुसार व्यावहार गर्दा अरुहरूमा त्यसले के प्रभाव पार्छ ?

यसले अरुहरूका निम्ति परमेश्‍वर हाम्रा मुक्‍तिदाताबारेको शिक्षालाई आकर्षक बनाउँछ । [२:१०]

Titus 2:11

परमेश्‍वरको अनुग्रहले कसलाई बचाउन सक्छ ?

परमेश्‍वरको अनुग्रहले हरेकलाई बचाउन सक्छ । [२:११]

Titus 2:12

परमेश्‍वरको अनुग्रहले केलाई इन्कार गर्न तालिम दिन्छ ?

परमेश्‍वरको अनुग्रहले अधार्मिकता र संसारिक इच्छाहरू इन्कार गर्न हामीलाई तालिम दिन्छ । [२:१२]

Titus 2:13

विश्‍वासीहरूले कस्ता भवी घट्नाको प्रतीक्षा गर्छन् ?

विश्‍वासीहरूले हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुराको प्रतीक्षा गर्छन् । [२:१३]

Titus 2:14-15

येशूले हाम्रो निम्ति आफैँलाई किन दिनुभयो ?

उहाँले हामीलाई अधर्मबाट छुटकारा दिनलाई मूल्य चुक्‍ता गर्न, र असल गर्न रुचाउने मानिसहरूलाई शुद्ध बनाउन आफैँलाई दिनुभयो । [२:१४]

Titus 3

Titus 3:1-2

शासकहरू र अधिकारीहरूप्रति विश्‍वासीहरूका धारणा कस्तो हुनुपर्छ ?

विश्‍वासीहरू असल काम गर्न तत्पर भएर समर्पित र आज्ञाकारी हुनुपर्छ । [३:१]

Titus 3:3-4

विश्‍वासीहरूलाई केले भड्काउँछ र दासत्वमा पार्छ ?

तिनीहरूका कामवासना र विलासिताहरूले तिनीहरूलाई भड्काउँछ । [३:३]

Titus 3:5-6

परमेश्‍वरले हामीलाई केको माध्‍यमद्वारा बाउनुभयो ?

उहाँले नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा हामीलाई बचाउनुभयो । [३:५]

हामी हाम्रा असल कामहरूले गर्दा बचाइएका हौँ वा परमेश्‍वरको दयाले बाँचेका हौँ ?

हामी परमेश्‍वरको दयाले गर्दा बचाइएका हौँ । [३:५]

Titus 3:7

परमेश्‍वरले हामीलाई धर्मी ठहराएपछि, उहाँले हामीलाई के बनाउनु हुन्छ ?

उहाँले हामीलाई उहाँको उत्तराधिकार बनाउनु हुन्छ । [३:७]

Titus 3:8

विश्‍वासीहरूले उनीहरूका मन केमा लगाउनुपर्छ ?

विश्‍वासीहरूले उनीहरूको मन परमेश्‍वरले उनीहरूका सामु राखिदिनुभएको असल कामहरूमा लगाउनुपर्छ । [३:८]

Titus 3:9

विश्‍वासीहरू केबाट अलग रहनुपर्छ ?

विश्‍वासीहरू मूर्खतापूर्ण विवादहरूबाट अलग रहनुपर्छ । [३:९]

Titus 3:10-13

एक वा दुई पटक चेतावनी दिएपछि कसलाई इन्कार गर्नुपर्छ ?

विश्‍वासीहरू बिच विभाजन गराउनेलाई एक वा दुई पटक चेतावनी दिएपछि इन्‍कार गर्नुपर्छ । [३:१०]

Titus 3:14-15

विश्‍वासीहरू फलवन्‍त हुनलाई आफैँलाई केमा लगाउनुपर्छ ?

विश्‍वासीहरू अत्यावश्‍यक कुराहरू पुरा गर्ने असल कामहरूमा आफैँलाई लगाउन सिक्‍नुपर्छ । [३:१४]