नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Luke

Luke 1

Luke 1:1

लूकाले उल्लिखित गरेका “प्रत्यक्षदर्शी” हरू को थिए ?

ती “प्रत्यक्षदर्शी” हरू ती मानिसहरू थिए जो येशूसँग उहाँको सेवा-कार्यमा सुरुदेखि नै सँगै थिए । [१:१-२]

Luke 1:2-3

केही प्रत्यक्षदर्शीहरूले येशूले गरेका कामहरू देखेपछि के गरे ?

येशूले जे गर्नुभएको थियो त्यसको बारेमा कथा लेखे वा त्यसको अभिलेख राखे । [१:२]

Luke 1:4-5

येशूले जे भन्‍नुभयो र गर्नुभयो त्यसलाई लूकाले किन आफ्नै अभिलेखमा लेख्‍ने निर्णय गरे ?

उनले सिकाएका सत्य शिक्षाको बारेमा थियोफिलसले जानेको उनी चाहन्थे । [१:४]

Luke 1:6

किन परमेश्‍वरले जकरिया र एलीशिबालाई धार्मिक हुन् भनी विचार गर्नुभयो ?

परमेश्‍वरले तिनीहरूलाई धार्मिक हुन् भनी विचार गर्नुभयो, किनकि तिनीहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्थे । [१:६]

Luke 1:7

किन जकरिया र एलीशिबाका छोराछोरीहरू थिएनन् ?

तिनीहरूसँग छोराछोरीहरू थिएनन्, किनकि एलीशिबा बालक जन्माउँन असक्षम थिइन् । अहिले तिनी र जकरिया निकै वृद्ध भइसकेका थिए । [१:७]

Luke 1:8

जकरियाले यरूशलेमको मन्दिरमा के काम गर्दै थिए ?

जकरियाले पुजारीको रूपमा सेवा गरिरहेका थिए । [१:८]

Luke 1:9

जकरियाले मन्दिरमा के गर्थे ?

उनले परमेश्‍वरलाई धूप बाल्ने काम गर्थे । [१:९]

Luke 1:10

जकरिया मन्दिरमा हुँदा मानिसहरूले के गर्थे ?

मानिसहरू बाहिर चोकमा बस्थे र प्रार्थना गरिरहन्थे । [१:१०]

Luke 1:11

जकरिया मन्दिरमा हुँदा को देखा परे ?

जकरिया मन्दिरमा हुँदा एक जना परमप्रभुका दूत देखा परे । [१:११]

Luke 1:12

स्वर्गदूतलाई देख्दा जकरियाले कस्तो प्रतिक्रिया दिए ?

जब जकरियाले स्वर्ग्दूतलाई देखे, उनी साह्रै भयभीत भए । [१:१२]

Luke 1:13-15

जकरियालाई स्वर्गदूतले के भने ?

स्वर्गदूतले जकरियालाई नडराउन भने र उनकी पत्‍नी एलीशिबाको एउटा छोरा हुने थियो र तिनको छोराको नाउँ यूहन्‍ना राखिने थियो भने । [१:१३]

Luke 1:16

इस्राएलका छोराहरूलाई यूहन्‍नाले के गर्ने थिए भनी स्वर्गदूतले भने ?

स्वर्गदूतले यूहन्‍नालाई इस्राएलका छोराहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतिर फर्काउने थिए भने । [१:१६]

Luke 1:17-18

यूहन्‍नाका सबै कामले कस्ता मानिसहरूलाई तयार पार्नेछन् ?

परमप्रभुका निम्ति एउटा जाति तयार पार्नेछन् । [१:१७]

Luke 1:19-20

स्वर्गदूतको नाउँ के थियो र सामान्यतया उनी कहाँ बस्थे ?

स्वर्गदूतको नाउँ गब्रिएल थियो र सामान्यतया उनी परमेश्‍वरको उपस्थितिमा उभिन्थे । [१:१९]

Luke 1:21-26

जकरियाले स्वर्गदूतको वचनलाई विश्‍वास नगरेकाले उनलाई के हुने थियो भनी स्वर्गदूतले भने ?

बालक नजन्मिएसम्म जकरियाले बोल्न सक्‍ने थिएनन् । [१:२१]

Luke 1:27-30

एलीशिबाको गर्भधारण भएको छैटौँ महिनापछि परमेश्‍वरले गाब्रिएललाई कसकहाँ पठाउनुभयो ?

मरियम नाउँ गरेकी कन्याकहाँ पठाउनुभयो जसको दाऊद वंशका योसेफसँग मगनी भएको थियो । [१:२७]

Luke 1:31-32

मरियमलाई के हुने थियो भनी स्वर्गदूतले भने ?

स्वर्गदूतले मरियम गर्भवती हुने थिइन् भने । [१:३१]

Luke 1:33-34

बालकको नाउँ के राखिने थियो र उनले के गर्ने थिए ?

बालकको नाउँ येशू राखिने थियो र उहाँले सदासर्वदा कहिल्यै अन्त्य नहुने गरी याकूबको सन्तानमाथि राज्य गर्नुहुनेछ । [१:३३]

Luke 1:35-40

मरियम कन्या भएकी कारणले गर्दा स्वर्गदूतले के हुने थियो भने ?

स्वर्गदूतले भने कि मरियममाथि पवित्र आत्मा आउनुहुने थियो र सर्वोच्‍चका शक्‍तिले उनलाई ढाक्‍नुहुने थियो । [१:३५]

यी पवित्र बालक कसका छोरा हुने थियो भनी स्वर्गदूतले भने ?

ती बालक परमेश्‍वरका पुत्र कहलाइनुहुने थियो भनी स्वर्गदूतले भने । [१:३५]

परमेश्‍वरका लागि के असम्भव छ भनी स्वर्गदूतले भने ?

केही छैन । [१:३५]

Luke 1:41

जब मरियमले एलीशिबालाई सम्बोधन गरिन्, तब एलीशिबाको बालकले के गर्‍यो ?

त्यो बालक आनन्दले उनको गर्भमा उफ्रियो । [१:४१]

Luke 1:42-53

एलीशिबाले को अशिषित छन् भनिन् ?

एलीशिबाले मरियम र उनको बालक आशिषित छन् भनिन् । [१:४२]

Luke 1:54-58

त्यसपछि मरियमले परमेश्‍वरका यी शक्‍तिशाली कार्यहरू परमेश्‍वरद्वारा गर्नुभएका कुन प्रतिज्ञाहरूद्वारा पुरा हुनेछन् भनिन् ?

यी शक्‍तिशाली कार्यहरू अब्राहाम र उनका सन्तानलाई कृपा देखाउन र तिनीहरूलाई सहायता गर्न परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पुरा हुनेछन् । [१:५४]

Luke 1:59-62

खतनाको दिनमा एलीशिबाका छोरालाई सामान्यता के नाउँ राख्‍न खोजिएको थियो ?

जकरिया । [१:५९]

Luke 1:63

बालकको नाउँ के हुने थियो भनेपछि जकरियाले के लेखे, अनि जकरियालाई के भयो ?

“तिनको नाउँ यूहन्‍ना हो” भनेर जकरियाले लेखे । [१:६३]

Luke 1:64-65

बालकको नाउँ लेख्‍नासाथ तुरुन्तै जकरियालाई के भयो ?

बालकको नाउँ लेख्‍नासाथ तुरुन्तै जकरियाले बोले र परमेश्‍वरको प्रशंसा गरे । [१:६४]

Luke 1:66-67

यी सबै घटनाका कारण त्यस बालकको बारेमा हरेकले के महसुस गर्‍यो ?

उनीहरूले परमप्रभुको हात तिनीमाथि रहेको महसुस गरे । [१:६६]

Luke 1:68-76

जकरियाले परमेश्‍वरको प्रशंसा गरेको कारण के हुनको लागि बाटो बनाउन परमेश्‍वर अहिले आउनुभएको छ ?

परमेश्‍वरले अहिले उहाँका जातिलाई छुटकारा दिन एउटा बाटो बनाउनुभएको छ । [१:६८]

Luke 1:77-79

उनका बालक यूहन्‍नाले मानिसहरूलाई के जान्‍नलाई सहायता गर्नेछन् भनी जकरियाले अगमवाणी गरे ?

कसरी तिनीहरू पापदेखी बाँच्न सक्छन् भन्‍ने कुरा यूहन्‍नाले मानिसहरूलाई थाहा गर्न सहायता गर्नेछन् । [१:७७]

Luke 1:80

मानिसहरूका बिचमा देखा पर्न सुरु गर्नुअगि यूहन्‍ना कहाँ हुर्केका र बसेका थिए ?

यूहन्‍ना उजाड-स्थानमा नै हुर्के र बसे । [१:८०]

Luke 2

Luke 2:3

जनगणना गर्नलाई मानिसहरू कहाँ गए ?

जनगणना गर्नलाई मानिसहरू आफ्नै सहर गए । [२:३]

Luke 2:4-6

योसेफ मरियमसँगै बेथलेहेम गए, कारण उनी कुन कुलका थिए ?

योसेफ र मरियम बेथलेहेम गए किनभने उनी दाऊदको वंशका थिए । [२:४]

Luke 2:7

जब मरियमले उनको बालकलाई जन्माइन्, तिनले उहाँलाई कहाँ राखिन् ?

जब बालक जन्मिए, मरियमले उहाँलाई पशुलाई खुवाउने डुँडमा राखिन् । [२:७]

Luke 2:8

कसकहाँ स्वर्गदूत देखा परे ?

स्वर्गदूत गोठालाहरूकहाँ देखा परे जसले आफ्ना भेडाहरूको बगाललाई चराइरहेका थिए । [२:८-९]

Luke 2:9-10

स्वर्गदूतलाई देखेपछि गोठालाहरूले कस्तो प्रतिक्रिया दिए ?

गोठालाहरू साह्रै डराएका थिए । [२:९]

Luke 2:11-14

स्वर्गदूतले गोठालाहरूलाई कस्तो शुभ खबर सुनाए ?

स्वर्गदूतले गोठालाहरूलाई उद्धारकर्ता जन्मिसक्‍नुभएको छ जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ भने । [२:११]

Luke 2:15

स्वर्गदूतहरूले तिनीहरूलाई छोडेपछि गोठालाहरूले के गरे ?

गोठालाहरू बेथलेहेममा जन्मनुभएका बालकलाई हेर्न गए । [२:१५-१६]

Luke 2:16-20

स्वर्गदूतहरूले तिनीहरूलाई छोडेपछि गोठालाहरूले के गरे ?

गोठालाहरू बेथलेहेममा जन्मनुभएका बालकलाई हेर्न गए । [२:१५-१६]

Luke 2:21

येशूको खतना कहिले भयो ?

येशू जन्मनुभएको आठौँ दिनपछि उहाँको खतना भयो । [२:२१]

Luke 2:22

यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?

तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

Luke 2:23

यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?

तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

Luke 2:24-25

यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?

तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

Luke 2:26-31

शिमियोनलाई पवित्र आत्माले के प्रकट गर्नुभयो ?

परमप्रभुका ख्रीष्‍टलाई तिमीले नदेखेसम्म तिमी मर्नेछैनौ भनी शिमियोनकहाँ पवित्र आत्मा देखा पर्नुभयो । [२:२६]

Luke 2:32-34

शिमियोनले येशू कस्तो हुनुहुनेछ भनी भने ?

शिमियोनले येशू गैरयहूदीहरूका निम्ति सत्यता प्रकट गर्ने ज्योति र परमेश्‍वरका मानिस इस्राएलका महिमा हुनुहुनेछ भने । [२:३२]

Luke 2:35-37

येशूको परिणामको कारणले मरियमलाई के हुने थियो भनी शिमियोनले भने ?

एउटा तरवारले तिनको प्राणलाई छोड्ने थियो भनी शिमियोनले भने । [२:३५]

Luke 2:38-39

अगमवादिनी हन्‍ना मरियम, योसेफ र येशूकहाँ आउँदा उनले के गरिन् ?

हन्‍नाले परमेश्‍वरलाई धन्यवाद दिन थालिन् र बालकको बारेमा सबैलाई भन्‍न लागिन् । [२:३८]

Luke 2:40-42

बालक येशू नासरतमा फर्कनुभएपछि उहाँलाई के भयो ?

येशू बढ्नुभयो र बलियो हुनुभयो, बुद्धिमा बढ्दै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो । [२:४०]

Luke 2:43

किन येशूका बुबा आमाले निस्तार-चाडको समयमा यहाँ यरूशलेममा नै छोडिनुभएको महसुस गरेनन् ?

तिनीहरूले त्यो महसुस गरेनन् किनभने उहाँ यात्रीहरूसँगै समूहमा हुनुहुन्छ होला भनी तिनीहरूले ठाने । [२:४३-४४]

Luke 2:44-45

किन येशूका बुबा आमाले निस्तार-चाडको समयमा यहाँ यरूशलेममा नै छोडिनुभएको महसुस गरेनन् ?

तिनीहरूले त्यो महसुस गरेनन् किनभने उहाँ यात्रीहरूसँगै समूहमा हुनुहुन्छ होला भनी तिनीहरूले ठाने । [२:४३-४४]

Luke 2:46-48

उहाँका बुबा आमाले येशूलाई कहाँ भेट्टाए र उहाँले के गरिरहनुभएको थियो ?

उहाँका बुबा आमाले उहाँलाई शिक्षकहरूका बिचमा मन्दिरमा बसिरहेको र तिनीहरूलाई प्रश्‍नहरू सोधिरहनुभएको भेट्टाए । [२:४६]

Luke 2:49-50

चिन्तित भएर तिनीहरूले उहाँलाई खोजिरहेका थिए भनी मरियमले भन्दा उहाँले मरियमलाई के भन्‍नुभयो ?

“म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?” । [२:४९]

Luke 2:51

तिनीहरू नासरतमा फर्केपछि उहाँका बुबा आमाप्रति येशूको व्यवहार कस्तो थियो ?

उहाँ तिनीहरूप्रति आज्ञाकारी हुनुहुन्थ्यो । [२:५१]

Luke 2:52

जसरी येशू बढ्दै जानुभयो, कस्तो प्रकारको जवान मानिस उहाँ हुनुहुन्थ्यो ?

उहाँ बुद्धिमा बढ्दै जानुभयो अनि कदमा र परमेश्‍वर र मानिसको निगाहमा बढ्नुभयो । [२:५२]

Luke 3

Luke 3:3

यूहन्‍नाले यर्दन नदीको वरिपरिको क्षेत्रमा कुनचाहिँ सन्देश प्रचार गरे ?

यूहन्‍नाले पाप-क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गरे । [३:३]

Luke 3:4-7

यूहन्‍नाले कसको लागि बाटो तयार पार्दै थिए भनी तिनले बताए ?

तिनले प्रभुको निम्ति बाटो तयार पार्दै थिए भनी तिनले बताए । [३:४]

Luke 3:8

अब्राहाम तिनीहरूका पिता थिए भन्ने सत्यतामा भरोसा नगरी मानिसहरूले के गर्नुपर्थ्यो भनी यूहन्‍नाले बताए ?

तिनीहरूले पश्‍चात्ताप सुहाउँदो फल फलाउनुपर्थ्यो भनी यूहन्‍नाले मानिसहरूलाई बताए । [३:८]

Luke 3:9-12

असल फल नफलाउने रुखलाई के हुन्छ भनी यूहन्‍नाले बताए ?

यसलाई काटेर आगोमा फालिन्छ भनी यूहन्‍नाले बताए । [३:९]

Luke 3:13-15

साँचो पश्‍चात्तापलाई देखाउन कर उठाउनेहरूले के गर्नुपर्छ भनी यूहन्‍नाले बताए ?

तिनीहरूले जति माग्‍नुपर्ने हो त्योभन्दा बढी माग्‍नुहुँदैन भनी यूहन्‍नाले बताए । [३:१३]

Luke 3:16-18

यूहन्‍नाले बताए कि तिनले मानिसहरूलाई पानीले बप्‍तिस्मा दिए तर एक जना आउँदै हुनुहुन्थ्यो जसले तिनीहरूलाई केले बप्‍तिस्मा दिनुहुने थियो ?

यूहन्‍नाले बताए कि एक जना आउँदै हुनुहुन्थ्यो जसले तिनीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुने थियो । [३:१६]

Luke 3:19

किन यूहन्‍नाले हेरोदलाई हप्काए ?

यूहन्‍नाले हेरोदलाई हप्काए किनकि तिनले आफ्नै भाइकि पत्‍नीसित बिहे गरेका थिए र अन्य धेरै दुष्‍कर्महरू गरेका थिए । [३:१९]

Luke 3:20

कसले यूहन्‍नालाई झ्यालखानामा हाले ?

हेरोदले यूहन्‍नालाई झ्यालखानामा हाले । [३:२०]

Luke 3:21

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै के भयो ?

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै स्वर्ग खुल्यो र पवित्र आत्मा ढुकुरझैँ उहाँकहाँ ओर्लेर आउनुभयो । [३:२१-२२]

Luke 3:22

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै के भयो ?

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै स्वर्ग खुल्यो र पवित्र आत्मा ढुकुरझैँ उहाँकहाँ ओर्लेर आउनुभयो । [३:२१-२२]

स्वर्गबाट आएको आवाजले के भन्यो ?

स्वर्गबाट आएको आवाजले भन्यो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।” [३:२२]

Luke 3:23-38

येशूले सिकाउन लाग्‍नुहुँदा उहाँ करिब कति वर्षको हुनुहुन्थ्यो ?

येशूले सिकाउन लाग्‍नुहुँदा उहाँ करिब तिस वर्षको हुनुहुन्थ्यो । [३:२३]

Luke 4

Luke 4:1

येशूलाई उजाड-स्थानमा कसले डोर्‍याउनुभयो ?

पवित्र आत्माले येशूलाई उजाड-स्थानमा डोर्‍याउनुभयो । [४:१]

Luke 4:2

उजाड-स्थानमा दियाबलसले कति लामो समयसम्म येशूको परीक्षा गर्‍यो ?

दियाबलसले ४० दिनसम्म उजाड-स्थानमा येशूलाई परीक्षा गर्‍यो । [४:२]

Luke 4:3

दियाबलसले येशूलाई भुइँमा भएको ढुङ्गासित के गर्ने चुनौती दियो ?

दियाबलसले येशूलाई ढुङ्गालाई रोटीमा परिणत गर्नुहोस् भन्यो । [४:३]

Luke 4:4

दियाबलसलाई येशूको प्रतिक्रिया कस्तो थियो ?

मानिस रोटीले मात्र बाँच्दैन । [४:४]

Luke 4:5-6

दियाबलसले येशूलाई उच्‍च स्थानबाट के देखायो ?

दियाबलसले येशूलाई संसारका सबै राज्य देखायो । [४:५]

Luke 4:7

दियाबलस येशूले के गरेको चाहन्थ्यो ?

दियाबलस येशूले ढोगेको र त्यसलाई पुजेको चाहन्थ्यो । [४:७]

Luke 4:8

दियाबलसप्रति येशूको प्रतिक्रिया कस्तो थियो ?

तैँले आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू । [४:८]

Luke 4:9-11

मन्दिरको माथिल्लो भागमा लगेपछि दियाबलसले येशूलाई के गर्न भन्यो ?

त्यसले येशूलाई त्यहाँबाट हामफाल्नुहोस् भन्यो । [४:९]

Luke 4:12

दियाबलसलाई येशूले दिनुभएको प्रतिक्रिया के थियो ?

तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू । [४:१२]

Luke 4:13-16

येशूले मन्दिरबाट हामफाल्न नमानेपछि दियाबलसले के गर्‍यो ?

अर्को समय नआएसम्म छोडेर गयो । [४:१३]

Luke 4:17-20

सभाघरमा उभिएको बेला धर्मशास्‍त्रको कुन पुस्तकबाट येशूले पढ्नुभयो ?

येशूले भविष्यवक्‍ता यशैयाको पुस्तकबाट पढ्नुभयो । [४:१७]

Luke 4:21-23

येशूले त्यो दिनमा के पुरा भएको थियो भन्‍नुभयो ?

येशूले आफूले भर्खरै पढ्नुभएको धर्मशास्‍त्र यशैयाबाट त्यस दिनमा पुरा भएको थियो भन्‍नुभयो । [४:२१]

Luke 4:24-25

उसको आफ्नै देशमा एउटा अगमवक्‍ताले कस्तो प्रकारको स्वागत पाउँदछ भनी येशूले भन्‍नुभयो ?

कुनै पनि अगमवक्‍तालाई आफ्नै देशमा स्वीकार गरिँदैन भनी येशूले भन्‍नुभयो । [४:२४]

Luke 4:26

येशूले सभाघरमा दिनुभएको पहिलो उदाहरणमा परमेश्‍वरले कसको उद्धार गर्न एलियालाई कहाँ पठाउनुभयो ?

परमेश्‍वरले एलियालाई सिदोनको सहर नजिक सारपतमा पठाउनुभयो । [४:२६]

Luke 4:27

सभाघरमा भएका मानिसहरूलाई येशूले दिनुभएको दोस्रो उदाहरणमा परमेश्‍वरले एलीशालाई कुन देशको व्‍यक्तिको उद्धार गर्न पठाउनुभयो ?

सिरियाली नामानलाई उद्धार गर्न परमेश्‍वरले एलीशालाई पठाउनुभयो । [४:२७]

Luke 4:28

येशूबाट यी उदाहरणहरू सुनेपछि सभाघरमा भएका मानिसहरूले के गरे ?

तिनीहरू क्रोधले भरिए र उहाँलाई भिरबाट धकेल्न खोजे । [४:२८-२९]

Luke 4:29

येशूबाट यी उदाहरणहरू सुनेपछि सभाघरमा भएका मानिसहरूले के गरे ?

तिनीहरू क्रोधले भरिए र उहाँलाई भिरबाट धकेल्न खोजे । [४:२८-२९]

Luke 4:30-33

सभाघरका मानिसहरूबाट मारिनदेखि येशू कसरी जोगिनुभयो ?

येशू तिनीहरूको ठिक बिचबाट हिँडेर जानुभयो । [४:३०]

Luke 4:34-35

सभाघरमा मानिसद्वारा बोलेको दुष्‍ट आत्मालाई येशूको बारेमा के थाहा थियो ?

दुष्‍ट आत्माले येशू परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भन्‍ने कुरा थाहा छ भन्यो । [४:३४]

Luke 4:36-39

येशूले भूतात्मलाई निकाल्नुभएपछि मानिसहरूले कस्तो प्रतिक्रिया जनाए ?

मानिसहरू छक्‍क परे र एक-अर्कासँग यस विषयमा कुरा गरिरहे । [४:३६]

Luke 4:40

आफूकहाँ ल्याइएका रोगीहरूका लागि येशूले के गर्नुभयो ?

येशूले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो । [४:४०]

Luke 4:41-42

येशूले भूतात्माहरूलाई निकाल्नुभएपछि तिनीहरूले के भने, येशूले तिनीहरूलाई किन बोल्न दिनुभएन ?

भूतहरूले भने कि येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ, र तिनीहरूले उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनेर थाहा पाएका कारणले गर्दा तिनीहरूलाई येशूले बोल्न दिनुभएन । [४:४१]

Luke 4:43-44

उहाँलाई पठाइनुको कारण के थियो भनी येशूले भन्‍नुभयो ?

उहाँलाई परमेश्‍वरको राज्यको असल सुसमाचार अरू धेरै सहरमा प्रचार गर्नका निम्ति पठाइएको थियो भनी उहाँले भन्‍नुभयो । [४:४३]

Luke 5

Luke 5:4

मानिसहरूलाई सिकाउनलाई सिमोनको डुङ्गा प्रयोग गर्नुभएपछि येशूले उनको डुङ्गालाई के गर्नू भन्‍नुभयो ?

डुङ्गालाई गहिरो पानी भएतिर लैजान र केही माछा पक्रनलाई जाल हान भन्‍नुभयो । [५:४]

Luke 5:5

पत्रुसले अगिल्लो रात केही नसमाते तापनि उनले के गरे ?

उनी आज्ञाकारी भए र जाल हाने । [५:५]

Luke 5:6-7

जब तिनीहरूले जाल हाने तब के भयो ?

तिनीहरूले धेरै माछा पक्रे, जसले गर्दा तिनीहरूको जाल च्यातिन लागेका थिए । [५:६]

Luke 5:8-9

त्यसपछि येशूले के गरिदिएको सिमोन चाहन्थे ? र किन ?

सिमोनले येशू उनीबाट टाढा जानुभएको चाहन्थे किनकि उनी एक पापी मानिस थिए भनी उनलाई थाहा भयो । [५:८]

Luke 5:10-14

सिमोनको भविष्यमा गर्ने कामको बारेमा येशूले के भन्‍नुभयो ?

अब उसो उनी मानिसहरूका जालहारी हुने थिए भनी येशूले भन्‍नुभयो । [५:१०]

Luke 5:15-19

त्यस बेला येशूले सिकाउनुभएको सुन्‍न र बिरामीबाट निको हुन कति जना मानिसहरू आइरहेका थिए ?

मानिसहरूको ठुलो भिड येशूकहाँ आइरहेको थियो । । [५:१५]

Luke 5:20

घरको छानाबाट उनका साथीहरूबाट ल्याइएका पक्षाघाती मानिसलाई येशूले के भन्‍नुभयो ?

हे मानिस, तिम्रा पाप क्षमा भएका छन् । [५:२०]

Luke 5:21-23

शास्‍त्रीहरू र फरिसीहरूले यो भनाइ ईश्‍वर-निन्दा थियो भनी किन विचार गरे ?

किनभने परमेश्‍वरले मात्र पापको क्षमा गर्न सक्‍नुहुन्छ । [५:२१]

Luke 5:24-31

पक्षाघाती मानिसलाई यस प्रकारले निको पारेर उहाँले यस पृथ्वीमाथि के गर्ने पनि उहाँको अधिकार थियो भन्‍ने कुरा प्रकट गर्नलाई थियो ?

येशूले मानिसलाई निको पारी यस पृथ्वीमा उहाँमा पापको क्षमा गर्ने अधिकार थियो भन्‍ने कुरा प्रकट गर्नलाई थियो । [५:२४]

Luke 5:32-34

जब येशू लेवीको घरमा खाँदै र पिउँदै हुनुहुन्थ्यो, उहाँ के गर्न आउनुभएको थियो भनी येशूले भन्‍नुभयो ?

उहाँ पापीहरूलाई पश्‍चात्तापका लागि बोलाउन आउनुभएको थियो । [५:३२]

Luke 5:35

उहाँका चेलाहरूले उपवास बस्दछन् भनी येशूले कहिले भन्‍नुभएको थियो ?

तिनीहरूबाट येशूलाई टाढा लगिएपछि उहाँका चेलाहरू उपवास बस्‍नेछन् । [५:३५]

Luke 5:36

येशूको दृष्‍टान्तमा पुरानो कपडा टाल्न यदि नयाँ कपडाको टुक्रा प्रयोग गर्‍यो भने के हुन्छ ?

नयाँ कपडा च्यातिन्छ, र पुरानो कपडामा टाल्दा सुहाउँदैन । [५:३६]

Luke 5:37

येशूको दोस्रो दृष्‍टान्तमा पुरानो मसकमा यदि नयाँ दाखमद्य राख्यो भने के हुन्छ ?

पुरानो मसक फुट्छ र नयाँ दाखमद्य पोखिन्छ । [५:३७]

Luke 5:38-39

नयाँ दाखमद्यलाई ठिकसित राख्‍नलाई येशूले के गर्नुपर्छ भन्‍नुभयो ?

नयाँ दाखमद्य नयाँ मसकमा राखिनुपर्दछ । [५:३८]

Luke 6

Luke 6:1-4

विश्राम दिनमा येशूका चेलाहरूले के गरिरहेका थिए जुन व्यवस्थाको विरुद्धमा थियो भनी फरिसीहरूले भने ?

तिनीहरूले हातले अन्‍नको बाला टिप्दै थिए; तिनीहरूका हातको बिचमा माडिरहेका थिए र अन्‍न खाइरहेका थिए । [६:१]

Luke 6:5-10

येशूले आफैँलाई कस्तो उपाधिको दाबी गर्नुभयो जसले उहाँलाई विश्रामको दिनमा केही गर्न व्यवस्था पूर्ण छ भन्‍ने अधिकार दियो ?

येशूले दाबी गर्नुभएको उपाधि विश्राम दिनको प्रभु हो । [६:५]

Luke 6:11-12

जब येशूले विश्राम दिनमा हात सुकेको मानिसलाई निको पार्नुभयो, तब फरिसी र शास्‍त्रीहरूले कस्तो प्रतिक्रिया जनाए ?

तिनीहरू रिसले भरिए अनि तिनीहरूले येशूको बारेमा के गर्न सकिन्छ भनी सल्लाह गरे । [६:११]

Luke 6:13-19

बाह्र जना मानिसलाई के नाउँ दिइएको थियो जसलाई येशूले पहाडमा चुन्‍नुभयो ?

येशूले तिनीहरूलाई “प्रेरित भनी बोलाउनुभयो” । [६:१३]

Luke 6:20

कस्ता प्रकारका मानिसहरूलाई येशूले धन्यका भन्‍नुभयो ?

गरिबहरू, भोकाहरू, रुनेहरू र मानिसका पुत्रका निम्ति घृणा गरिएकाहरू धन्यका हुन् भन्‍नुभयो । [६:२०-२१]

Luke 6:21-22

कस्ता प्रकारका मानिसहरूलाई येशूले धन्यका भन्‍नुभयो ?

गरिबहरू, भोकाहरू, रुनेहरू र मानिसका पुत्रका निम्ति घृणा गरिएकाहरू धन्यका हुन् भन्‍नुभयो । [६:२०-२१]

Luke 6:23-26

येशूका अनुसार यस्ता मानिसहरू किन खुसी हुनपर्छ र आनन्दका लागि उफ्रनुपर्दछ ?

किनभने स्वर्गमा तिनीहरूको इनाम ठुलो हुनेछ । [६:२३]

Luke 6:27-34

तिनीहरूलाई घृणा गर्नेहरू र तिनीहरूका शत्रुहरूप्रति व्यवहार कसरी गर्नुपर्छ भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो ?

तिनीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर्ने र तिनीहरूले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ भनी येशूले भन्‍नुभयो । [६:२७]

Luke 6:35

सर्वोच्‍चका परमेश्‍वर पिताको स्वभाव धन्यवादी नहुने र खराब मानिसहरूप्रति कस्तो हुन्छ ?

तिनीहरूप्रति उहाँ दयालु र करुणामय हुनुहुन्छ । [६:३५-३६]

Luke 6:36-41

सर्वोच्‍चका परमेश्‍वर पिताको स्वभाव धन्यवादी नहुने र खराब मानिसहरूप्रति कस्तो हुन्छ ?

तिनीहरूप्रति उहाँ दयालु र करुणामय हुनुहुन्छ । [६:३५-३६]

Luke 6:42-44

हाम्रा भाइको आँखाबाट कसिङ्गर निकाल्नुभन्दा पहिले हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभयो ?

सबैभन्दा पहिले हामीले आफ्नै आँखाबाट मुढा निकाल्नुपर्दछ र हामी पाखण्डीहरू हुँदैनौ । [६:४२]

Luke 6:45-46

असल मानिसको हृदयको असल भण्डारबाट के आउँदछ ?

असल मानिसको हृदयको भण्डारबाट असलै कुरा आउँदछ । [६:४५]

खराब मानिसको हृदयको खराब भण्डारबाट के आउँदछ ?

खराब मानिसको हृदयको खराब भण्डारबाट खराबै कुरा निस्कन्छ । [६:४५]

Luke 6:47-48

जसले आफ्नो घर ठोस चट्टानमाथि निर्माण गर्छ उसले येशूका वचनहरूलाई के गर्दछ ?

उसले येशूका वचनहरूलाई सुन्दछ र तिनको पालन गर्दछ । [६:४७]

Luke 6:49

जसले विनाजग आफ्नो घर निर्माण गर्छ उसले येशूका वचनहरूलाई के गर्दछ ?

उसले येशूका वचनहरूलाई सुन्दछ र तिनको पालन गर्दैन । [६:४९]

Luke 7

Luke 7:3-5

जब कप्‍तानले यहूदी धर्म-गुरुहरूलाई येशूकहाँ पठाए तब उनले पहिले येशूलाई के गरिदिऊन् भनी बिन्‍ती गरे ?

उनले येशूलाई आफ्नो घरमा आउनुहोस् र उनको दासलाई निको पारिदिनुहोस् भने । [७:३]

Luke 7:6

किन कप्‍तानले येशू उनको घरमा आउनुपर्दैन भनी येशूलाई भन्‍न साथीहरूलाई पठाए ?

येशू उनको घरमा आउनका लागि उनी योग्यका थिएनन् भनी कप्‍तानले भने । [७:६]

Luke 7:7-8

येशूले दासलाई कसरी निको पारिदिऊन् भनी कप्‍तानले चाहन्थे ?

येशूले वचन मात्र बोलिदिएर भए पनि दासलाई निको पारिदिऊन् भनी कप्‍तानले चाहन्थे । [७:७]

Luke 7:9-12

कप्‍तानको विश्‍वासको बारेमा येशूले के भन्‍नुभयो ?

यति धेरै विश्‍वास इस्राएलीहरूमा पनि उहाँले नभेट्टाउनुभएको कुरा उहाँले बताउनुभयो । [७:९]

Luke 7:13-15

येशूले ती विधवाप्रति कस्तो व्यवहार देखाउनुभयो जसको एउटै मात्र छोरा थियो जो मरेको थियो ?

उहाँ दयाले भरिनुभयो । [७:१३]

Luke 7:16-21

उहाँले विधवाको छोरालाई मृत्युबाट जीवित पार्नुभएपछि मानिसहरूले येशूको बारेमा के भने ?

एउटा महान् अगमवक्‍ता तिनीहरूका माझमा खडा हुनुभयो र परमेश्‍वरले उहाँको जातिप्रति दृष्‍टि राख्‍नुभयो भनी तिनीहरूले भने । [७:१६]

Luke 7:22-25

यूहन्‍नका चेलाहरूलाई कसरी आउनेवाला उहाँ नै हुनुहुन्थ्यो भनी देखाउनुभयो ?

येशूले दृष्‍टिविहीन, लङ्गडा, कुष्‍ठरोगी, बहिरालाई निको पार्नुभयो र उहाँले मरेकालाई जीवित पार्नुभयो । [७:२२]

Luke 7:26-29

यूहन्‍ना को हो भनी येशूले भन्‍नुभयो ?

यूहन्‍ना अगमवक्‍ताभन्दा पनि महान् थिए भनेर येशूले भन्‍नुभयो । [७:२६]

Luke 7:30-32

फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले जब यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन इन्कार गरे तब तिनीहरू आफैँले के गरे ?

तिनीहरूले आफ्नै लागि परमेश्‍वरको सल्लाह लिनबाट तिनीहरूले इन्कार गरे । [७:३०]

Luke 7:33

बप्‍तिस्मा-दिने यूहन्‍नाले रोटी नखाएको र दाखमद्य नपिएको कारणले उनलाई के दोष लगाए ?

तिनीहरूले भने, “उसलाई भूत लागेको छ” । [७:३३]

Luke 7:34-37

येशू ख्रीष्‍टले खाँदै र पिउँदै आउनुभयो तब के कारणले उहाँलाई दोष लगाइयो ?

तिनीहरूले भने, “ऊ एक खन्चुवा र पियक्‍कड मानिस हो” । [७:३४]

Luke 7:38-46

फरिसीको घरमा सहरकी एउटी स्‍त्रीले येशूलाई के गरिन् ?

तिनले येशूका पाउ आँसुले भिजाइन्; केशले पुछिन्; उहाँको पाउमा चुम्बन गरिन् र उहाँका पाउमा अत्तर घसिन् । [७:३८]

Luke 7:47-48

तिनका धेरै पाप क्षमा गरिएकाले तिनी के गर्न चाहन्थिन् भनी येशूले भन्‍नुभयो ?

तिनले बढी माया गर्न चाहन्थिन् । [७:४७]

Luke 7:49-50

टेबुलमा ढल्केर बसेकाहरूले येशूले स्‍त्रीका पाप क्षमा भए भनेकोमा कसरी प्रतिक्रिया जनाए ?

तिनीहरूले सोधे, “यो को हो जसले पाप क्षमा गर्दछ ?” । [७:४९]

Luke 8

Luke 8:3-10

स्‍त्रीहरूको ठुलो समूहले येशू र उहाँका चेलाहरूका निम्ति के गर्‍यो ?

ती स्‍त्रीहरूले आफ्नै भौतिक स्रोतहरूबाट उहाँहरूलाई सहयोग गरे । [८:३]

Luke 8:11

येशूको दृष्‍टान्तमा छरिएको बिउ के हो ?

बिउ परमेश्‍वरको वचन हो । [८:११]

Luke 8:12

बाटोको छेउमा जमिनमा पर्ने बिउहरू को हुन्, र तिनीहरूलाई के हुन्छ ?

यी ती मानिसहरू हुन् जसले वचन सुन्छन्, र तिनीहरूले विश्‍वास नगरून् र बाँच्न नसकून् भनी दुष्‍ट आउँछ यसलाई लिएर जान्छ । [८:१२]

Luke 8:13

ढुङ्गेनी जमिनमा पर्ने बिउहरू को हुन् ?

यी ती मानिसहरू हुन् जसले आनन्दसित वचन ग्रहण गर्छन्, तर परीक्षाको समयमा विश्‍वास गर्न छोड्छन् । [८:१३]

Luke 8:14

काँडाहरूका बिचमा पर्ने बिउहरू को हुन्, अनि तिनीहरूलाई के हुन्छ ?

यी ती मानिसहरू हुन् जसले वचन सुन्छन्, तर यस जीवनको विलाशिता र चिन्ताले निसासिन्छन् र तिनीहरूले परिपक्‍वताको फल फलाउँदैनन् । [८:१४]

Luke 8:15-20

असल जमिनमा पर्ने बिउहरू को हुन् र तिनीहरूलाई के हुन्छ ?

तिनीहरूले वचन सुन्छन्, त्यसमा लागिरहन्छन् र धैर्यसाथ फल फलाउँछन् । [८:१५]

Luke 8:21-24

येशूले को उहाँकी आमा र उहाँका भाइहरू हुन् भन्‍नुभयो ?

तिनीहरू जसले परमेश्‍वरको वचन सुन्छन्, र यसलाई पालना गर्छन् । [८:२१]

Luke 8:25-28

येशूले आँधी र पानीलाई शान्त पार्नुभएपछि चेलाहरूले के भने ?

तिनीहरूले भने, “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन् ?” । [८:२५]

Luke 8:29-32

गेरासेन प्रान्तको मानिसलाई भूतहरूले के गर्न लगायो ?

तिनीहरूले त्यसलाई विनाकपडाहरू नै चिहानमा बस्‍न लगाए; त्यसलाई नेल र साङ्लाहरू तोड्न लगाए र तिनीहरूले त्यसलाई प्रायः उजाड-स्थानतिर लैजान्थे । [८:२९]

Luke 8:33-38

येशूले त्यस मानिसलाई छोड्ने आज्ञा दिनुभएपछि भूतहरू कहाँ गए ?

भूतहरू सुँगुरको एउटा बथानमा पसे जो एउटा तालको छेउतिर दौडिए र डुबे । [८:३३]

Luke 8:39-47

येशूले त्यस मानिसलाई जाऊ र के गर भन्‍नुभयो ?

येशूले त्यसलाई आफ्नो घरमा जाऊ र उसका निम्ति परमेश्‍वरले गर्नुभएको महान् कामहरू बताऊ भन्‍नुभयो । [८:३९]

Luke 8:48-54

येशूका अनुसार रगत बहने स्‍त्रीलाई केले निको पार्‍यो ?

येशूमा तिनको विश्‍वासको कारणले तिनी निको भइन् । [८:४८]

Luke 8:55-56

याइरसको घरमा येशूले के गर्नुभयो ?

येशूले याइरसकी छोरीलाई मृतकहरूबाट जीवित पार्नुभयो । [८:५५]

Luke 9

Luke 9:2-6

येशूले बाह्र जनालाई के गर्न पठाउनुभयो ?

येशूले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र रोगीहरूलाई निको पार्न पठाउनुभयो । । [९:२]

Luke 9:7

येशू को हुनुहुन्छ भनी हेरोदले तिनवटा सम्भावित व्याख्यालाई मानिसहरूबाट सुने र ती के-के थिए ?

कसैले भने, कि येशू बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्छ जो मृतकहरूबाट जीवित हुनुभयो; कसैले एलिया देखा परेका हुन् भने, त कसैले एक जना प्राचीन अगमवक्‍ता जीवित भएछन् भने । [९:७-८]

Luke 9:8-12

येशू को हुनुहुन्छ भनी हेरोदले तिनवटा सम्भावित व्याख्यालाई मानिसहरूबाट सुने र ती के-के थिए ?

कसैले भने, कि येशू बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्छ जो मृतकहरूबाट जीवित हुनुभयो; कसैले एलिया देखा परेका हुन् भने, त कसैले एक जना प्राचीन अगमवक्‍ता जीवित भएछन् भने । [९:७-८]

Luke 9:13

चेलाहरूले भिडलाई कस्तो प्रकारको भोजन खुवाउनुपर्थ्यो ?

तिनीहरूसँग रोटीका पाँचवटा टुक्रा र दुईवटा माछा थिए । [९:१३]

Luke 9:14-15

मरुभूमिको ठाउँमा भिडमा कति जना मानिसहरूले येशूलाई पछ्याइरहेका थिए ?

त्यहाँ लगभग पाँच हजार मानिस थिए । [९:१४]

Luke 9:16

पाँचवटा रोटी र दुईवटा माछालाई येशूले के गर्नुभयो ?

उहाँले स्वर्गतिर हेर्नुभयो; आशीर्वाद दिनुभयो र स-साना टुक्राहरूमा भाँच्‍नुभयो र भिडलाई बाँड्नका निम्ति चेलाहरूलाई दिनुभयो । [९:१६]

Luke 9:17-19

त्यहाँ कति डाला खानेकुराहरू उब्रिएका थिए ?

त्यहाँ बाह्र डालाभरि खानेकुरा उब्रिएका थिए । [९:१७]

Luke 9:20-22

जब येशूले चेलाहरूलाई “म को हुँ” भनेर सोध्‍नुभयो, तब पत्रुसले के जवाफ दिए ?

तिनले भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट हुनुहुन्छ” । [९:२०]

Luke 9:23-28

यदि कोही येशूको पछि आउन चाहन्छ भने, उसले के गर्नुपर्छ भनी उहाँले भन्‍नुभयो ?

उसले आफूलाई इन्कार गर्नुपर्छ; दिनहुँ आफ्नो क्रुस बोकेर येशूलाई पछ्याउनुपर्छ । [९:२३]

Luke 9:29

पर्वतमा येशूको रूप कस्तो भएको थियो ?

उहाँको रूप परिवर्तन भयो र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो । [९:२९]

Luke 9:30-34

येशूसँग को-को देखा परे ?

मोशा र एलिया येशूसँग देखा परे । [९:३०]

Luke 9:35-38

तिनीहरूमाथि छाया परेको बादलबाट के आवाज सुनियो ?

आवाजले भन्यो, “यिनी मेरा छानिएका पुत्र हुन्, यिनको कुरा सुन” । [९:३५]

Luke 9:39-43

येशूले दुष्‍टात्मालाई निकाल्नअगि त्यसले त्यो मानिसको छोरालाई के गर्न लगायो ?

दुष्‍टले त्यसलाई चिच्‍च्याउन र मुखमा फिँज काढेर जिउ बटार्न लगायो । [९:३९]

Luke 9:44-47

येशूले चेलाहरूलाई कुन वाक्य भन्‍नुभयो, जुन तिनीहरूले बुझ्‍न सकेनन् ?

उहाँले भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिन लागेका छन्” । [९:४४]

Luke 9:48-50

येशूले कसलाई चेलाहरूमध्ये महान् भनी भन्‍नुभयो ?

तिनीहरूमध्ये सबैभन्दा सानो जो छ त्यही महान् हुनेछ भन्‍नुभयो । [९:४८]

Luke 9:51-61

स्वर्ग जाने दिन नजिक आइरहँदा उहाँले के गर्नुभयो ?

उहाँ यरूशलेमतिर जान अठोट गरी अनुहार फर्काउनुभयो । [९:५१]

Luke 9:62

परमेश्‍वरको राज्यका निम्ति योग्य मानिसले एक पटक “हलोमा हात राखेपछि” के गर्नुहुँदैन ?

त्यस व्‍यक्तिले पछाडि फर्केर हेर्नुहुँदैन । [९:६२]

Luke 10

Luke 10:4-8

येशूले सत्तरी जनालाई तिनीहरूसँग के नबोक्‍न भन्‍नुभयो ?

तिनीहरूलाई पैसाको कुनै पनि थैली, यात्राको कुनै झोला अथवा कुनै जुत्ता नबोक्‍न भन्‍नुभयो । [१०:४]

Luke 10:9-11

येशूले सत्तरी जनालाई हरेक सहरमा के गर्नू भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई रोगीहरूलाई निको पार्नू अनि मानिसहरूलाई “परमेश्‍वरको राज्य नजिक आउँदै छ” भन्‍नू भन्‍नुभयो । [१०:९]

Luke 10:12-19

यदि येशूले पठाउनुभएकाहरूलाई कुनै सहरले स्वागत गरेन भने त्यस सहरको न्याय कस्तो हुनेछ भन्‍नुभयो ?

सदोमको भन्दा पनि दर्दनाक न्याय हुनेछ । [१०:१२]

Luke 10:20

जब ती सत्तरी जनाले फर्केर आनन्दसाथ भूतहरूलाई निकालेको कुरा सुनाए, तब येशूले तिनीहरूलाई के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ ।” । [१०:२०]

Luke 10:21-26

येशूले कसलाई परमेश्‍वरको राज्यको बारेमा प्रकट गरे पिता प्रसन्‍न हुनुहुन्छ भन्‍नुभयो ?

केही नसिकाइएका साना बालक जस्तालाई परमेश्‍वरको राज्यको बारेमा प्रकट गरे पिता प्रसन्‍न हुनुहुन्छ भन्‍नुभयो । [१०:२१]

Luke 10:27-30

येशूका अनुसार अनन्त जीवन प्राप्‍त गर्न एउटा मानिसलाई यहूदी व्यवस्थाले के भन्छ भन्‍नुभयो ?

“तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू ।” । [१०:२७]

Luke 10:31

येशूको दृष्‍टान्तमा अर्ध-मृतक मानिसलाई बाटोमा देखेपछि त्यो यहूदी पुजारीले के गर्‍यो ?

त्यो अर्को छेउबाट तर्केर गयो । [१०:३१]

Luke 10:32-33

लेवीले त्यस मानिसलाई देखेपछि के गर्‍यो ?

ऊ अर्को बाटो तर्केर गयो । [१०:३२]

Luke 10:34-36

त्यस मानिसलाई देखेपछि सामरीले के गर्‍यो ?

उसका चोटहरूमा पट्टी बाँधेर आफ्नो पशुमाथि राखी उसले पौवामा ल्यायो र उसको हेरचाह गर्‍यो । [१०:३४]

Luke 10:37-38

दृष्‍टान्त भनिसक्‍नुबएपछि येशूले यहूदी व्यवस्थाको शिक्षकलाई के गर भन्‍नुभयो ?

जाऊ र दृष्‍टान्तमा सामरीले गरेजस्तै दया देखाऊ । [१०:३७]

Luke 10:39

त्यही समयमा मरियमले के गरिन् ?

तिनी येशूको पाउनेर बसिन् र उहाँको वचन सुनिन् । [१०:३९]

Luke 10:40-41

येशू तिनको घर आएपछि मार्थाले के गरिन् ?

तिनी खानेकुरा तयार गर्नमा अति नै व्यस्त थिइन् । [१०:४०]

Luke 10:42

येशूले कसले असल कुरा छानेकी छन् भन्‍नुभयो ?

येशूले मरियमले असल कुरा छानेकी छन् भन्‍नुभयो । [१०:४२]

Luke 11

Luke 11:3

येशूले आफ्ना चेलाहरूलाई कुनचाहिँ प्रार्थना गर्न सिकाउनुभयो ?

उहाँले प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् । हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्” । [११:३-४]

Luke 11:4-7

येशूले आफ्ना चेलाहरूलाई कुनचाहिँ प्रार्थना गर्न सिकाउनुभयो ?

उहाँले प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् । हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्” । [११:३-४]

Luke 11:8-12

येशूको दृष्‍टान्तमा किन मानिस मध्य रातमा उठ्छ र उसको साथीलाई रोटी दिन्छ ?

साथीले विनालाज खुरन्धार मागिरहेको कारणले गर्दा । [११:८]

Luke 11:13-14

स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई के दिनुहुन्छ ?

उहाँले पवित्र आत्मा दिनुहुनेछ । [११:१३]

Luke 11:15-19

जब तिनीहरूले भूतात्माहरूलाई भगाएको देखे, केहीले येशूलाई के दोष लगाए ?

भूतात्माहरूलाई भगाइरहेको देखेर तिनीहरूले उहाँलाई भूतात्महरूका शासक बालजिबुल हो भनी दोष लगाए । [११:१५]

Luke 11:20-25

येशूले जवाफ दिनुभयो, कि उहाँले केको शक्‍तिले भूतहरूलाई भगाउनुभयो ?

उहाँले परमेश्‍वरको शक्‍तिले भूतहरूलाई भगाउनुभयो । [११:२०]

Luke 11:26-27

यदि अशुद्ध आत्माले मानिसलाई छोड्छ तर पछि फर्कन्छ भने, मानिसको अन्तिम स्थिति के हुनेछ ?

मानिसको अन्तिम स्थिति पहिलेको भन्दा झन् खराब हुन्छ । [११:२६]

Luke 11:28-31

येशूकी आमालाई आशीर्वाद दिँदै गर्दा जब ती स्‍त्री कराइन् तब को धन्यको भयो भनी येशूले भन्‍नुभयो ?

जसले परमेश्‍वरका वचन सुन्दछन् र यसलाई पालन गर्दछन् । [११:२८]

Luke 11:32-38

येशूले भन्‍नुभयो, कि पुरानो करारमा भएका कुन-कुन दुई जना मानिसभन्दा उहाँ महान् हुनुहुन्छ ?

सोलोमन र योना । [११:३२]

Luke 11:39-41

फरिसीहरूको भित्र केले भरिएका छन् भनी येशूले भन्‍नुभयो ?

तिनीहरू लालसा र दुष्‍टताले भरिएका हुन्छन् भनी उहाँले भन्‍नुभयो । [११:३९]

Luke 11:42-45

फरिसीहरूले के बेवास्ता गरेका छन् भनी येशूले भन्‍नुभयो ?

तिनीहरूले न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गरेका छन् भन्‍नुभयो । [११:४२]

Luke 11:46-49

व्यवस्थाका गुरुहरूले अरू मानिसहरूलाई के गरेका थिए भनी येशूले भन्‍नुभयो ?

तिनीहरूले मानिसहरूलाई उनीहरूले बोक्‍नै नसक्‍ने बोझ बोकाइरहेका थिए, तर उनीहरू आफैँ भने ती बोझहरूलाई छुँदैनथे । [११:४६]

Luke 11:50-53

के कुराको लागि यो पुस्ता जवाफदेही हुनेछ भनी येशूले भन्‍नुभयो ?

संसारको सुरु देखिको अगमवक्ताहरूले बगाएका रगतका निम्ति तिनीहरू जिम्मेवार हुनेछन् । [११:५०]

Luke 11:54

येशूका वचनहरू सुनेपछि शास्‍त्रीहरू र फरिसीहरूले के गरे ?

तिनीहरूले उहाँको विरोध गरे; उहाँसँग विवाद गरे, र उहाँको आफ्नै वचनहरूद्वारा उहाँलाई पासोमा पार्ने कोसिस गरे । [११:५४]

Luke 12

Luke 12:3-4

येशूका अनुसार तिमीहरूले अँध्यारोमा भनेका हरेक कुरा के हुन्छ ?

त्यो उज्यालोमा सुनिनेछ । [१२:३]

Luke 12:5-7

येशूले तिमीहरूले कसको डर मान्‍नू भन्‍नुभयो ?

तिमीहरूले उहाँकै डर मान्‍नुपर्छ जोसँग तिमीहरूलाई नरकमा फाल्ने अधिकार छ । [१२:५]

Luke 12:8-14

मानिसको अगाडि येशूको नाउँ स्वीकार गर्ने हरेकलाई येशूले के गर्नुहुन्छ ?

येशूले त्यस व्‍यक्तिको नाउँ परमेश्‍वरका दूतहरूको सामु स्वीकार गर्नुहुनेछ । [१२:८]

Luke 12:15-17

येशूका अनुसार हाम्रो जीवनमा के अडिएको छैन ?

हाम्रो जीवन हाम्रो धन सम्पत्तिको प्रशस्ततामा अडिएको छैन । [१२:१५]

Luke 12:18

येशूको दृष्‍टान्तमा आफ्नो खेतमा प्रशस्त अन्‍न उब्जेको कारण त्यो धनी मानिस के गर्ने विचारमा थियो ?

ऊ आफ्ना भकारीहरूलाई फुटाएर ठुलो बनाएपछि आनन्दसित खाने, पिउने र मोजमज्जा गर्ने विचारमा थियो । [१२:१८-१९]

Luke 12:19

येशूको दृष्‍टान्तमा आफ्नो खेतमा प्रशस्त अन्‍न उब्जेको कारण त्यो धनी मानिस के गर्ने विचारमा थियो ?

ऊ आफ्ना भकारीहरूलाई फुटाएर ठुलो बनाएपछि आनन्दसित खाने, पिउने र मोजमज्जा गर्ने विचारमा थियो । [१२:१८-१९]

Luke 12:20-30

परमेश्‍वरले त्यस धनी मानिसलाई के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?” । [१२:२०]

Luke 12:31-32

जीवनका कुराहरूको बारेमा चिन्ता नगर, हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभएको छ ?

हामीले परमेश्‍वरको राज्यको खोजी गर्नुपर्छ । [१२:३१]

Luke 12:33-36

येशूले हामीले आफ्नो सम्‍पत्ति कहाँ थुपार्नुपर्छ भन्‍नुभयो र किन ?

हामीले हाम्रो धन सम्‍पत्ति स्वर्गमा थुपार्नुपर्दछ, किनकि त्यहाँ चोर आउँदैन र कुनै किराले नष्‍ट पार्दैन । [१२:३३]

Luke 12:37-39

येशूका अनुसार परमेश्‍वरका कुन-कुन सेवकहरू धन्यका हुन् ?

ती धन्यका हुन् जो जागा भेट्टाइन्छन् र येशू आउनुहुँदा तयार रहन्छन् । [१२:३७]

Luke 12:40-45

येशू कहिले आउनुहुनेछ भन्‍ने समय के हामीलाई थाहा छ ?

थाहा छैन । [१२:४०]

Luke 12:46-47

अरू सेवकहरूलाई घृणा गर्ने र उसको मालिक आउँदा तयार नहुने सेवकलाई के हुन्छ ?

मालिकले उसलाई टुक्रा-टुक्रा पारी काट्नेछ र उसलाई अविश्‍वासीहरूको ठाउँमा राख्‍नेछ । [१२:४६]

Luke 12:48-51

जसलाई धेरै दिइएको हुन्छ तिनीहरूबाट के आशा राखिन्छ ?

तिनीहरूबाट अझ धेरैको आशा राखिन्छ । [१२:४८]

Luke 12:52

येशूका अनुसार उहाँले कस्ता किसिमका विभाजनहरू पृथ्वीमा ल्याउनुहुन्छ ?

एउटै घरमा रहने मानिसहरूमा पनि विभाजन हुनेछ र एक अर्काको विरुद्धमा उठ्नेछन् । [१२:५२-५३]

Luke 12:53-57

येशूका अनुसार उहाँले कस्ता किसिमका विभाजनहरू पृथ्वीमा ल्याउनुहुन्छ ?

एउटै घरमा रहने मानिसहरूमा पनि विभाजन हुनेछ र एक अर्काको विरुद्धमा उठ्नेछन् । [१२:५२-५३]

Luke 12:58-59

येशूका अनुसार हामी न्यायलयमा पुग्‍नुभन्दा अगि हाम्रो विरोधीसँग हामीले के गर्नुपर्छ ?

त्यो समस्यालाई हातमा पुग्‍नुभन्दा अगि नै हामीले मिलाउने प्रयत्‍न गर्नुपर्दछ । [१२:५८]

Luke 13

Luke 13:3-7

पिलातसद्वारा मारिएका गालीलीहरूले जुन प्रकारले दुःख भोगे के तिनीहरू अरू गालीलीहरूभन्दा धेरै पापी थिए ?

थिएनन् । [१३:३]

Luke 13:8

येशूको दृष्‍टान्तमा तिन वर्षसम्म फल नदिने नेभाराको रुखलाई के गरिएको थियो ?

एक वर्षसम्म फल फलोस् भनेर मलजल गरेर पर्खियो । यसो गर्दा पनि फल दिएन भने यसलाई काटिनेछ । [१३:८-९]

Luke 13:9-10

येशूको दृष्‍टान्तमा तिन वर्षसम्म फल नदिने नेभाराको रुखलाई के गरिएको थियो ?

एक वर्षसम्म फल फलोस् भनेर मलजल गरेर पर्खियो । यसो गर्दा पनि फल दिएन भने यसलाई काटिनेछ । [१३:८-९]

Luke 13:11-13

सभाघरमा एउटी स्‍त्रीलाई अठार वर्षसम्म के कारणले कुप्रो पारेको थियो ?

शैतानबाट एउटा कमजोर दुष्‍टात्माले त्यस स्‍त्रीलाई कुप्रो पारेको थियो । [१३:११]

Luke 13:14

येशूले त्यस स्‍त्रीलाई निको पारेकोमा सभाघरका शासक किन क्रोधित भए ?

किनभने येशूले तिनलाई विश्राम दिनमा निको पार्नुभएको थियो । [१३:१४]

Luke 13:15-18

येशूले सभाघरका शासक कपटी थिए भनी कसरी देखाउनुभयो ?

येशूले उनलाई विश्राम दिनमा आफ्ना पशु छोडेको याद दिलाउनुभयो, तर येशूले त्यस स्‍त्रीलाई छुटकारा दिनुभएकोमा उनी क्रोधित भए । [१३:१५]

Luke 13:19-23

परमेश्‍वरको राज्य कसरी एउटा रायोको दानाजस्तै हो ?

किनभने यो एउटा सानो बिउजस्तै सुरु हुन्छ, तर त्यसपछि ठुलो भएर धेरै ठाउँमा बढ्दै जान्छ । [१३:१९]

Luke 13:24-27

धेरै मानिस बचाइनेछन् भनी सोध्‍नेलाई येशूले के जवाफ दिनुभयो ?

उहाँले भन्‍नुभयो, “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।” । [१३:२४]

Luke 13:28

बाहिर फ्याँकिएका मानिसहरूले के गर्नेछन् जो परमेश्‍वरको राज्यमा प्रवेश गर्न सकेका छैनन्, तिनीहरूलाई के हुनेछ ?

तिनीहरू कराउनेछन् र दाह्रा किट्नेछन् । [१३:२८]

परमेश्‍वरको राज्यको भोजको टेबुलमा आनन्द गर्न को-को जम्मा हुनेछन् ?

अब्राहाम, इसहाक, याकूब, अगमवक्‍ताहरू र पूर्व, पश्‍चिम, उत्तर, दक्षिणबाट धेरै जना । [१३:२८-२९]

Luke 13:29-32

परमेश्‍वरको राज्यको भोजको टेबुलमा आनन्द गर्न को-को जम्मा हुनेछन् ?

अब्राहाम, इसहाक, याकूब, अगमवक्‍ताहरू र पूर्व, पश्‍चिम, उत्तर, दक्षिणबाट धेरै जना । [१३:२८-२९]

Luke 13:33

येशू आफू कुन ठाउँमा मारिनुपर्छ भनी भन्‍नुभयो ?

उहाँ यरूशलेममा मारिनुपर्छ । [१३:३३]

Luke 13:34

यरूशलेमका मानिसहरूसँग येशूले के गर्ने इच्छा गर्नुभयो ?

एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई जम्मा गरेझैँ उहाँले तिनीहरूलाई जम्मा गर्ने इच्छा गर्नुभयो । [१३:३४]

यरूशलेमका मानिसहरूले येशूप्रति तिनीहरूको इच्छालाई कस्तो जवाफ दिए ?

तिनीहरूले यसलाई इन्कार गरे । [१३:३४]

Luke 13:35

यसकारण, येशूले यरूशलेम र त्यहाँका मानिसहरूको बारेमा के अगमवाणी गर्नुभयो ?

तिनीहरूका घरहरू छोडिएका छन्, र तिनीहरूले येशूलाई यस्तो नभनुन्जेल उहाँलाई देख्‍नेछैनन्, “प्रभुको नाउँमा आउने धन्यका हुन्” । [१३:३५]

Luke 14

Luke 14:3

जलग्रह रोगबाट ग्रसित मानिस येशूको अगाडि उभिँदा उहाँले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई के सोध्‍नुभयो ?

विश्राम दिनमा निको पार्नु न्यायसङ्गत छ कि छैन ? । [१४:३]

Luke 14:4

पण्डितहरू र फरिसीहरूको जवाफ के थियो ?

तिनीहरू चुप रहे । [१४:४]

Luke 14:5-10

त्यस मानिसलाई निको पार्नुभएपछि येशूले पण्डितहरू र फरिसीहरू कपटीहरू हुन् भनी कसरी देखाउनुभयो ?

येशूले तिनीहरूलाई सम्झना दिलाउनुभयो कि तिनीहरूका आफ्नै छोरो वा गोरु विश्राम दिनमा इनारमा खसेको भए तिनीहरूले सहायता गर्ने थिए । [१४:५]

Luke 14:11-13

जसले आफैँलाई उचाल्छ त्यसलाई के हुनेछ भनी येशूले भन्‍नुभयो ?

उसलाई नम्र पारिनेछ । [१४:११]

जसले आफैँलाई होच्याउँछ त्यसलाई के हुनेछ भनी येशूले भन्‍नुभयो ?

उसलाई उच्‍च पारिनेछ । [१४:११]

Luke 14:14-17

येशूको भनाइ अनुसार गरिब, लङ्गडा, लुला र दृष्‍टिविहीनहरूलाई तिनीहरूको घरमा लाने व्‍यक्तिहरूले कसरी इनाम पाउनेछन् ?

धर्मी जनको पुनरुत्थान हुँदा तिनीहरूले त्यसको फिर्ता पाउनेछन् । [१४:१४]

Luke 14:18-20

येशूले भन्‍नुभएको भोजको दृष्‍टान्तमा वास्तविक रूपमा बोलाइएका मानिसहरूले के गरे ?

तिनीहरूले किन भोजमा आउन नसक्‍ने भन्‍ने कुराको बारेमा क्षमा माग्‍न सुरु गरे । [१४:१८]

Luke 14:21-23

तब मालिकले उनको भोजमा कसलाई बोलाए ?

गरिब, लुला, दृष्‍टिविहीन र लङ्गडाहरूलाई बोलाए । [१४:२१]

Luke 14:24-25

मालिकले पहिले नै भोजमा बोलाइएकाहरूलाई के भने ?

तिनीहरू कसैले पनि उनको भोजको स्वाद चाख्‍नेछैन । [१४:२४]

Luke 14:26

येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?

तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]

Luke 14:27

येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?

तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]

Luke 14:28-32

येशूलाई पछ्याउनुपर्ने उदाहरणको बारेमा धरहरा निर्माण गर्न इच्छा गर्ने एउटा व्‍यक्तिले के गर्नुपर्छ ?

त्यस व्‍यक्तिले मूल्यको हिसाब गर्नुपर्छ । [१४:२८]

Luke 14:33-34

येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?

तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]

Luke 14:35

यदि नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई के गरिन्छ ?

त्यसलाई टाढा फालिनेछ । [१४:३५]

Luke 15

Luke 15:4

येशूको दृष्‍टान्तमा एक सय भेडाबाट हराएको एउटा भेडालाई गोठालाले के गर्छ ?

उसले उनान्सयलाई छोडेर खोज्‍न जान्छ र हराएको भेडालाई भेट्टाउँछ, अनि रमाउदै यसलाई फर्काएर ल्याउँछ । [१५:४-५]

Luke 15:5-7

येशूको दृष्‍टान्तमा एक सय भेडाबाट हराएको एउटा भेडालाई गोठालाले के गर्छ ?

उसले उनान्सयलाई छोडेर खोज्‍न जान्छ र हराएको भेडालाई भेट्टाउँछ, अनि रमाउदै यसलाई फर्काएर ल्याउँछ । [१५:४-५]

Luke 15:8

येशूको दृष्‍टान्तमा दसवटा चाँदीका सिक्‍का भएकी स्‍त्रीले एउटा सिक्‍का हराउँदा के गर्छिन् ?

तिनले हराएको सिक्‍कालाई नभेट्टाएसम्म मेहनतसाथ खोज्दछिन्, र भेटेपछि तिनका साथी र छिमेकीहरूसँग खुसी बाँड्‌छिन् । [१५:८-९]

Luke 15:9

येशूको दृष्‍टान्तमा दसवटा चाँदीका सिक्‍का भएकी स्‍त्रीले एउटा सिक्‍का हराउँदा के गर्छिन् ?

तिनले हराएको सिक्‍कालाई नभेट्टाएसम्म मेहनतसाथ खोज्दछिन्, र भेटेपछि तिनका साथी र छिमेकीहरूसँग खुसी बाँड्‌छिन् । [१५:८-९]

Luke 15:10-11

जब एउटा पापीले पश्‍चात्ताप गर्छ तब स्वर्गमा के हुन्छ ?

परमेश्‍वरका स्वर्गदूतहरूका बिचमा आनन्द हुन्छ । [१५:१०]

Luke 15:12

येशूको दृष्‍टान्तमा कान्छ छोराले उसका बुबालाई के माग्यो ?

मेरो अंशमा पर्ने मेरो सम्‍पत्तिको हिस्सा अहिले नै मलाई दिनुहोस् । [१५:१२]

Luke 15:13-14

कान्छो छोराले उसको सम्‍पत्तिलाई के गर्‍यो ?

उसले सांसारिक मोजमज्जामा सम्‍पत्ति उडायो । [१५:१३]

Luke 15:15-17

कान्छो छोराले पैसा सकेपछि बाँच्‍नलाई के गर्‍यो ?

ऊ आफैँले अर्को मानिसका सुँगुरहरू चराउने काम गर्‍यो । [१५:१५]

Luke 15:18

जब उसले राम्ररी विचार गर्न थाल्यो, तब कान्छो छोराले के गर्ने निर्णय गर्‍यो ?

आफ्ना बुबाको अगि गएर उसका बुबासँग आफ्ना पापको क्षमा माग्‍ने र बुबालाई उहाँका नोकरहरूमध्ये एक हुने निर्णय गर्‍यो । [१५:१८-१९]

Luke 15:19

जब उसले राम्ररी विचार गर्न थाल्यो, तब कान्छो छोराले के गर्ने निर्णय गर्‍यो ?

आफ्ना बुबाको अगि गएर उसका बुबासँग आफ्ना पापको क्षमा माग्‍ने र बुबालाई उहाँका नोकरहरूमध्ये एक हुने निर्णय गर्‍यो । [१५:१८-१९]

Luke 15:20-21

बुबाले कान्छो छोरा घरमा फर्केर आउँदै गरेको देखेर के गरे ?

तिनी दौडेर गए र अँगालो हालेर चुम्बन गरे । [१५:२०]

Luke 15:22

चाँडै नै कान्छो छोराका लागि बुबाले के गरे ?

बुबाले तिनलाई लुगा, औँठी र जुत्ता लगाइदिए र एउटा भोज तयार गरे । [१५:२२-२३]

Luke 15:23-27

चाँडै नै कान्छो छोराका लागि बुबाले के गरे ?

बुबाले तिनलाई लुगा, औँठी र जुत्ता लगाइदिए र एउटा भोज तयार गरे । [१५:२२-२३]

Luke 15:28

जेठो छोरालाई भाइको निम्ति भोजको तयार गरेको छ भन्‍ने बारेमा बताउँदा उसको प्रतिक्रिया कस्तो थियो ?

ऊ रिसाएर भोजमा गएन । [१५:२८]

Luke 15:29-30

आफ्नो बुबासँग जेठो छोराको गुनासो के थियो ?

जेठो छोराको गुनासो यही थियो कि उसले आफ्नो बुबाका सबै आज्ञा पालन गरेको थियो, तर उसका साथीहरूसित भोज गर्न उसलाई कहिल्यै पनि एउटा पाठोसम्म पनि दिनुभएन । [१५:२९]

Luke 15:31

जेठो छोराप्रति बुबाको प्रतिक्रिया कस्तो थियो ?

तिनले भने, “छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन्” । [१५:३१]

Luke 15:32

किन बुबाले कान्छो छोराका निम्ति भोज तयार गर्न उचित छ भने ?

किनभने कान्छो छोरा हराएको थियो र अहिले भेट्टाइएको छ । [१५:३२]

Luke 16

Luke 16:1-4

धनी मानिसले उसको व्यवस्थापकको बारेमा के खबर प्राप्‍त गर्‍यो ?

उसले त्यस धनी मानिसको सम्‍पत्तिलाई उडाइरहेको छ भन्‍ने खबर प्राप्‍त गर्‍यो । [१६:१]

Luke 16:5

त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?

उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]

Luke 16:6

त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?

उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]

Luke 16:7

त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?

उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]

Luke 16:8

उसको व्यवस्थापकको कामप्रति धनी मानिसको प्रतिक्रिया कस्तो थियो ?

उसले त्यस व्यवस्थापकको प्रशंसा गर्‍यो किनभने त्यसले चलाखीपूर्ण कार्य गरेको थियो । [१६:८]

Luke 16:9

यस कथाको आधारमा येशूले अरूहरूलाई के गर्नुभएको छ ?

उहाँले भन्‍नुभयो, “संसारको धनद्वारा तिमीहरूका निम्ति मित्रहरू बनाओ, त्यसकारण जब त्यो समाप्‍त हुनेछ, तब बाँकी तिनीहरूले तिमीहरूलाई अनन्तको वासस्थानमा स्वागत गर्न सकून् ।” [१६:९]

Luke 16:10-12

येशूले भन्‍नुभयो कि जो सानो कुरामा विश्‍वासयोग्य हुन्छ त्यो अरू कुन कुरामा पनि विश्‍वासयोग्य हुन्छ ?

त्यो मानिस धेरै कुरामा पनि विश्‍वासयोग्य हुनेछ । [१६:१०]

Luke 16:13-15

येशूले कुन-कुन दुई मालिकको बिचमा सेवा गर्न हामीले छान्‍नैपर्छ भन्‍नुभयो ?

हामीले परमेश्‍वर र धनको बिचमा छान्‍नैपर्छ । [१६:१३]

Luke 16:16-17

येशूको भनाइ अनुसार बप्‍तिस्मा-दिने यूहन्‍ना आउँदासम्म कसको प्रभाव थियो ?

व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । [१६:१६]

येशूको भनाइअनुसार अहिले केको प्रचार गरिएको छ ?

अहिले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ । [१६:१६]

Luke 16:18-21

येशूको भनाइअनुसार जसले आफ्नी पत्‍नीलाई विच्छेद गर्दछ र अर्कीसँग विवाह गर्दछ भने त्यो कस्तो व्यक्‍ति हो ?

यो व्यक्‍ति एक व्यभिचारी हो । [१६:१८]

Luke 16:22

येशूको कथामा भिख माग्‍ने लाजरस मरेपछि ऊ कहाँ गयो ?

स्वर्गदूतहरूद्वारा लाजरसलाई अब्राहामको साथमा राखियो । [१६:२२]

Luke 16:23

धनी मानिस मरेपछि ऊ कहाँ गयो ?

कष्‍टको लागि नरकमा गयो । [१६:२३]

Luke 16:24-25

त्यस धनी मानिसले अब्राहामसँग गरेको पहिलो अनुरोध के थियो ?

उसले भन्यो, “ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु” । [१६:२४]

Luke 16:26

त्यस धनी मानिसप्रति अब्राहामको उत्तर के थियो ?

उनले भने, “तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ” । [१६:२६]

Luke 16:27

अब्राहामसँग त्यस धनी मानिसले अर्को दोस्रो के बिन्‍ती गर्‍यो ?

उसले भन्यो, “कृपा गरी लाजरसलाई यस स्थानको बारेमा मेरा दाजुभाइहरूलाई चेतावनी दिनको निम्ति पठाइदिनुहोस्” । [१६:२७-२८]

Luke 16:28

अब्राहामसँग त्यस धनी मानिसले अर्को दोस्रो के बिन्‍ती गर्‍यो ?

उसले भन्यो, “कृपा गरी लाजरसलाई यस स्थानको बारेमा मेरा दाजुभाइहरूलाई चेतावनी दिनको निम्ति पठाइदिनुहोस्” । [१६:२७-२८]

Luke 16:29-30

त्यस धनी मानिसप्रति अब्राहामको जवाफ के थियो ?

उसले भन्यो, “तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून्” । [१६:२९]

Luke 16:31

अब्राहामले भने कि यदि तिनीहरूले मोशा र अगमवक्‍ताहरूलाई सुनेनन् भने, तिनीहरूलाई कुन कुराले मनाउन सक्थ्यो ?

यदि तिनीहरूले यी कुरामा विश्‍वास गर्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि विश्‍वास गर्नेछैनन् । [१६:३१]

Luke 17

Luke 17:4-9

यदि हाम्रा भाइले हाम्रो विरुद्धमा पाप गर्‍यो र फर्किएर “म पश्‍चात्ताप गर्छु” भन्यो भने, हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभएको छ ?

हामीले क्षमा गर्नैपर्छ । [१७:४]

Luke 17:10-11

दास भएकोले हामीले के भन्‍नुपर्छ जो हाम्रा मालिकले हामीलाई आज्ञा दिनुभएको छ र हामीले सबै गरिसकेपछि हामीले के भन्‍नैपर्छ ?

“हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।” । [१७:१०]

Luke 17:12

सामरिया र गालीलको सिमानामा पर्ने गाउँमा येशूले कसलाई भेट्नुभयो ?

उहाँले दस कुष्‍ठ रोगीलाई भेट्नुभयो । [१७:१२]

Luke 17:13

तिनीहरूले येशूलाई के भने ?

तिनीहरूले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” [१७:१३]

Luke 17:14

येशूले तिनीहरूलाई के गर्न भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई “जाओ” र पुजारीहरूकहाँ आफैँलाई देखाओ भन्‍नुभयो । [१७:१४]

जसै कुष्‍ठरोगीहरू गए तब के भयो ?

तिनीहरू शुद्ध भए । [१७:१४]

Luke 17:15

दस जना कुष्‍ठ रोगीमध्ये येशूलाई धन्यवाद दिन कति जना फर्किए ?

एक जना मात्रै फर्किए । [१७:१५]

Luke 17:16-20

येशूलाई धन्यवाद दिन फर्किएको कुष्‍ठरोगी कहाँको थियो ?

ऊ सामरियाको थियो । [१७:१६]

Luke 17:21-23

जब आउँदै गरेको राज्यको विषयमा सोधियो, तब परमेश्‍वरको राज्य कहाँ छ भनी येशूले सोध्‍नुभयो ?

परमेश्‍वरको राज्य तिमीहरूभित्रै छ । [१७:२१]

Luke 17:24

जब उहाँ फेरि प्रकट हुनुहुन्छ, तब उहाँको दिनमा त्यसलाई केसँग तुलना गर्न सकिन्छ भनी येशूले भन्‍नुभयो ?

त्यो आकाशको एक भागदेखि अर्को भागसम्म बिजुलीको चमकजस्तै हुनेछ । [१७:२४]

Luke 17:25-26

पहिले के हुनैपर्छ भनी येशूले भन्‍नुभयो ?

उहाँले धेरै कष्‍ट भोग्‍नैपर्छ र त्यस पुस्ताद्वारा तिरस्कृत हुनुपर्नेछ । [१७:२५]

Luke 17:27-31

नोआ र लोतको दिनमा जस्तै मानिसका पुत्रको दिन पनि के हुनेछ ?

धेरैले खाँदै गरेका, पिउँदै गरेका, विवाह गर्दै गरेका, किनबेच गर्दै गरेका, रोप्दै गरेका र भवन निर्माण गर्दै गरेका र विनाशको दिन आएको छ भन्‍ने थाहा नपाएका हुनेछन् । [१७:२७]

Luke 17:32-36

हामी कसरी लोतकी पत्‍नीजस्तो हुनुहुँदैन ?

हामीले हाम्रो संसारिक जीवनलाई त्यो दिनमा पछाडि फर्केर हेर्ने कोसिस गर्नुहुँदैन । [१७:३२]

Luke 17:37

“कहाँ, प्रभु” भन्‍ने चेलाहरूको प्रश्‍नको जवाफ दिन येशूले कुनचाहिँ स्वाभाविक दृश्यको प्रयोग गर्नुभयो ?

जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन् । [१७:३७]

Luke 18

Luke 18:1-2

यो दृष्‍टान्तबाट प्रार्थनाको बारेमा येशूले चेलाहरूलाई के सिकाउन चाहनुहुन्थ्यो ?

उहाँले तिनीहरूलाई निरन्तर प्रार्थना गर्न र निरुत्साहित नहुन सिकाउन चाहनुहुन्थ्यो । [१८:१]

Luke 18:3-4

अधर्मी न्यायाधीशसँग विधवाले के मागिरहेकी थिइन् ?

तिनले तिनका विरोधीको विरुद्धमा न्याय मागिन् । [१८:३]

Luke 18:5-7

केही समयपछि अधर्मी न्यायाधीशले आफैँलाई के भन्‍यो?

उसले भन्‍यो, “मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु” । [१८:५]

Luke 18:8

परमेश्‍वरले प्रार्थनाको बारेमा उत्तर दिनुहुन्छ भन्‍ने बारेमा येशूले यस दृष्‍टान्तबाट उहाँका चेलाहरूलाई कसरी सिकाउन चाहनुहुन्थ्यो ?

उहाँलाई पुकार्नेहरूलाई परमेश्‍वरले न्याय दिनुहुनेछ भनी उहाँले तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो । [१८:८]

Luke 18:9

आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?

उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]

Luke 18:10

येशूको दृष्‍टान्तमा को-को दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए ?

एक जना फरिसी र अर्को कर उठाउने मानिस मन्दिरमा प्रार्थना गर्न गए । [१८:१०]

Luke 18:11

आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?

उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]

Luke 18:12

आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?

उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]

Luke 18:13

मन्दिरमा कर उठाउनेको प्रार्थना कस्तो थियो ?

उसले प्रार्थना गर्‍यो, “हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्” । [१८:१३]

Luke 18:14-15

कुनचाहिँ मानिस परमेश्‍वरको सामु धर्मी ठहरिएर आफ्नो घर फर्केर गयो ?

परमेश्‍वरको सामु कर उठाउने मानिस धर्मी ठहरियो । [१८:१४]

Luke 18:16

परमेश्‍वरको राज्य कसको हो भनी येशूले भन्‍नुभयो ?

यो बालकहरूजस्तैका लागि हो भन्‍नुभयो । [१८:१६-१७]

Luke 18:17-21

परमेश्‍वरको राज्य कसको हो भनी येशूले भन्‍नुभयो ?

यो बालकहरूजस्तैका लागि हो भन्‍नुभयो । [१८:१६-१७]

Luke 18:22

आफ्नो युवावस्थादेखि नै परमेश्‍वरका आज्ञाहरू पालन गरेको शासकलाई येशूले के एउटा कुरा गर्नुपर्छ भन्‍नुभयो ?

येशूले आफूसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँड भन्‍नुभयो । [१८:२२]

Luke 18:23-29

येशूको भनाइप्रति शासकले कस्तो प्रतिक्रिया जनायो र किन ?

ऊ साह्रै निराश भयो, किनभने ऊ अति नै धनी थियो । [१८:२३]

Luke 18:30-31

परमेश्‍वरको राज्यको खातिर संसारका थोकहरू छोड्नेहरूलाई येशूले के प्रतिज्ञा गर्नुभयो ?

येशूले तिनीहरूलाई यस संसारमा अझ धेरै पाउने र आउने संसारमा अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो । [१८:३०]

Luke 18:32

येशूको भनाइ अनुसार मानिसका पुत्रको बारेमा पुरानो करारका अगमवक्‍ताहरूले के लेखेका छन् ?

उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिदिनेछ, गिल्ला गर्नेछन् र लाज मर्दो व्यवहार गर्नेछन्, कोर्रा लगाउनेछन् र मार्नेछन्, तर तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुहुनेछ । [१८:३२-३३]

Luke 18:33-37

येशूको भनाइ अनुसार मानिसका पुत्रको बारेमा पुरानो करारका अगमवक्‍ताहरूले के लेखेका छन् ?

उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिदिनेछ, गिल्ला गर्नेछन् र लाज मर्दो व्यवहार गर्नेछन्, कोर्रा लगाउनेछन् र मार्नेछन्, तर तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुहुनेछ । [१८:३२-३३]

Luke 18:38

बाटोको छेउमा बस्‍ने दृष्‍टिविहीन मानिसले येशूलाई के भन्दै करायो ?

उसले भन्यो, “हे येशू दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्” । [१८:३८-३९]

Luke 18:39-42

बाटोको छेउमा बस्‍ने दृष्‍टिविहीन मानिसले येशूलाई के भन्दै करायो ?

उसले भन्यो, “हे येशू दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्” । [१८:३८-३९]

Luke 18:43

दृष्‍टिविहीन मानिस निको भएपछि मानिसहरूले कस्तो प्रतिक्रिया जनाए ?

तिनीहरूले महिमा गरे र परमेश्‍वरलाई प्रशंसा दिए । [१८:४३]

Luke 19

Luke 19:2-6

येशूलाई हेर्न को रुखमा चढे र तिनको पेसा के थियो अनि समाजमा तिनको अवस्था कस्तो थियो ?

तिनी जखायस थिए जो धनी कर उठाउने व्यक्‍ति थिए । [१९:२]

Luke 19:7-8

येशू जखायसको घरमा जानुहुँदा हरेकले के गुनाको गर्‍यो ?

तिनीहरूले भने, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।” [१९:७]

Luke 19:9-10

जखायसले आफ्ना चीजहरू गरिबहरूलाई दिन्थे भनेर तिनले घोषणा गरेपछि येशूले के भन्नुभयो ?

उहाँले भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ ।” [१९:९]

Luke 19:11

येशू यरूशलेम पुग्‍नुभएपछि के हुने थियो भनी मानिसहरूले अपेक्षा गरे ?

परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्ने थियो भनी तिनीहरूले ठाने । [१९:११]

Luke 19:12-15

येशूको दृष्‍टान्तमा भलादमी मानिस कहाँ जाँदै थिए ?

तिनी राज्य प्राप्‍त गरी फर्केर आउन टाढाको देशमा जाँदै थिए । [१९:१२]

Luke 19:16

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:17

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:18

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:19-20

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:21-23

भलादमी मानिस कस्ता थिए भनी दुष्‍ट मानिसले विचार गर्‍यो ?

भलादमी मानिस कठोर थिए भनी दुष्‍ट मानिसले विचार गर्‍यो । [१९:२१]

Luke 19:24-26

भलादमी मानिसले दुष्‍ट नोकरलाई के गरे ?

तिनले दुष्‍ट नोकरको सिक्‍का खोसे । [१९:२४]

Luke 19:27-29

ती मानिसहरू जसले भलादमी मानिसद्वारा तिनीहरूमाथि शासन गरिएको चाहँदैनथे, तिनीहरूले तिनले के गरे ?

भलादमी मानिसले तिनकै सामु तिनीहरूलाई मार्न लगाए । [१९:२७]

Luke 19:30-37

येशू यरूशलेममा प्रवेश गर्नुहुँदा उहाँ कस्तो किसिमको जनावरमाथि सवार हुनुभयो ?

कहिल्यै नचढिएको बछेडा । [१९:३०]

Luke 19:38-39

येशू जैतून पर्वतबाट ओर्लंदै गर्नुहुँदा भिड के भनेर चिच्‍च्यायो ?

तिनीहरूले भने, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् !” [१९:३८]

Luke 19:40

मानिसहरू रमाउँदै नचिच्‍च्याए भने के हुने थियो भनी येशूले भन्‍नुभयो ?

ढुङ्गाहरू बोल्ने थिए भनी उहाँले बताउनुभयो । [१९:४०]

Luke 19:41-43

येशू सहर नजिक पुग्‍नुहुँदा उहाँले के गर्नुभयो ?

उहाँ रुनुभयो । [१९:४१]

Luke 19:44-46

तब मानिसहरू र सहरलाई के हुने थियो भनी येशूले भविष्‍यवाणी गर्नुभयो ?

मानिसहरूलाई आक्रमण गरिने थियो र एउटा ढुङ्गा अर्को ढुङ्गामाथि छोडिने थिएन भनी उहाँले भन्‍नुभयो । [१९:४४]

Luke 19:47

येशूले मन्दिरमा सिकाइरहनुहुँदा कसले उहाँलाई मार्न चाहन्थे ?

मुख्य पुजारीहरू र शास्‍त्रीहरू अनि मानिसहरूका अगुवाहरूले येशूलाई मार्न चाहन्थे । [१९:४७]

Luke 19:48

यस समयमा किन तिनीहरूले उहाँलाई मार्न सकेनन् ?

किनकि मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए । [१९:४८]

Luke 20

Luke 20:4

जब यहूदी धर्म-गुरुहरूले येशूलाई सोधे, “तिमीले कुन अधिकारले यो सिकायौ ?” तब येशूले तिनीहरूलाई के प्रश्‍न सोध्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?” । [२०:४]

Luke 20:5

यदि तिनीहरूले “स्वर्गबाट” भने भने येशूले यहूदी अगुवाहरूलाई के भन्‍नुहुने थियो भनी तिनीहरूले सोचे ?

तब यहूदी अगुवाहरूले येशूले यस्तो भन्‍नुहुने थियो भनी सोचे, “त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?” । [२०:५]

Luke 20:6-10

यदि तिनीहरूले “मानिसबाट” भने भने मानिसहरूले तिनीहरूलाई के गर्लान् भनी तिनीहरूले सोचे ?

मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरूले सोचे । [२०:६]

Luke 20:11

येशूले भन्‍नुभएको दृष्‍टान्तमा जब मालिकले उनका नोकरहरूलाई दाखको फल लिन पठाउँछन्, तब दाखबारीमा काम गर्ने व्यक्‍तिहरूले के गर्छन् ?

तिनीहरूले दासहरूलाई पिट्नेछन्; तिनीहरूलाई दुर्व्यवहार गर्नेछन् र रित्तो हात पठाउनेछन् । [२०:११-१२]

Luke 20:12

येशूले भन्‍नुभएको दृष्‍टान्तमा जब मालिकले उनका नोकरहरूलाई दाखको फल लिन पठाउँछन्, तब दाखबारीमा काम गर्ने व्यक्‍तिहरूले के गर्छन् ?

तिनीहरूले दासहरूलाई पिट्नेछन्; तिनीहरूलाई दुर्व्यवहार गर्नेछन् र रित्तो हात पठाउनेछन् । [२०:११-१२]

Luke 20:13-14

अन्त्यमा, दाखबारीमा काम गर्ने मालिकले कसलाई पठाउन्छन् ?

उनले आफ्ना प्रिय छोरालाई पठाउँछन् । [२०:१३]

Luke 20:15

जब दाखबारीमा मालिकका छोरा आए, तब दाखबारीमा काम गर्नेहरूले कस्तो व्यवहार गरे ?

तिनीहरूले उनलाई दाखबारी बाहिर फ्याँकिदिए र उनलाई मारे । [२०:१५]

Luke 20:16-18

दाखबारीका मालिकले ती दाखबारीमा काम गर्नेहरूलाई कस्तो व्यवहार गर्लान् ?

उनले दाखबारीमा काम गर्नेहरूलाई नष्‍ट गर्नेछन् र त्यो दाखबारी अरूलाई दिनेछन् । [२०:१६]

Luke 20:19-24

येशू ख्रीष्‍टले यो दृष्‍टान्त कसको विरुद्धमा भन्‍नुभएको थियो ?

येशू ख्रीष्‍टले यो दृष्‍टान्त शास्‍त्रीहरू र मुख्य पुजारीहरूका विरुद्धमा भन्‍नुभएको थियो । [२०:१९]

Luke 20:25-26

कैसरलाई कर तिर्ने वा नतिर्ने कुरो व्यवस्थाअनुसार छ कि छैन भन्‍ने विषयमा सोधिएको प्रश्‍नमा येशूले कसरी जवाफ दिनुभयो ?

उहाँले कैसरका थोकहरू कैसरलाई नै देओ र प्रभुका थोकहरू प्रभुलाई नै देओ भनी जवाफ दिनुभयो । [२०:२५]

Luke 20:27-33

कुन घटनामा सदुकीहरूले विश्‍वास गरेनन् ?

तिनीहरूले मृतकहरूको पुनरुत्थान हुन्छ भन्‍ने कुरामा विश्‍वास गरेनन् । [२०:२७]

Luke 20:34

येशू ख्रीष्‍टले विवाहको बारेमा यस संसारमा र अनन्तकालको विषयमा के भन्‍नुभयो ?

यस संसारमा विवाह हुन्छ, तर अनन्तको राज्यमा भने विवाह हुनेछैन । [२०:३४-३५]

Luke 20:35-36

येशू ख्रीष्‍टले विवाहको बारेमा यस संसारमा र अनन्तकालको विषयमा के भन्‍नुभयो ?

यस संसारमा विवाह हुन्छ, तर अनन्तको राज्यमा भने विवाह हुनेछैन । [२०:३४-३५]

Luke 20:37-41

येशूले पुरानो करारको कुन कथा बताएर पुनरुत्थानको सत्यताबारे प्रमाणित गर्नुभयो ?

उहाँले मोशा र पोथ्राको कथाबाट अनि अब्राहाम, याकूब, इसहाकका परमेश्‍वर भनी मोशाले बोलाउँछन् भनी बताउनुभयो । [२०:३७]

Luke 20:42

येशूले पुरानो करारको कुन कथा बताएर पुनरुत्थानको सत्यताबारे प्रमाणित गर्नुभयो ?

उहाँले मोशा र पोथ्राको कथाबाट अनि अब्राहाम, याकूब, इसहाकका परमेश्‍वर भनी मोशाले बोलाउँछन् भनी बताउनुभयो । [२०:३७]

Luke 20:43-46

येशूले शास्‍त्रीहरूलाई प्रश्‍न गर्नुहुँदा उहाँले दाऊदको कुन भजन खण्डबाट उल्लेख गर्नुभयो ?

उहाँले उल्लेख गर्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ” । [२०:४२-४३]

Luke 20:47

ती शास्‍त्रीहरूको न्याय कसरी हुनेछ भनी येशूले भन्‍नुभयो ?

तिनीहरूले ठुलो दण्ड पाउनेछन् । [२०:४७]

Luke 21

Luke 21:4-5

दानपात्रमा ती गरिब विधवाले अरू सबैले भन्दा बढी भेटी हालिन् भनेर येशूले किन भन्‍नुभयो ?

किनभने तिनले आफ्नो गरिबीबाट सबै दिइन्, तर अरूले आफ्नो प्रशस्तताबाट दिए । [२१:४]

Luke 21:6

यरूशलेममा भएको मन्दिरलाई के हुनेछ भनी येशूले भन्‍नुभयो ?

एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि रहनेछैन र एक-एक गरी टुक्रा-टुक्रा पारिनेछ भनी उहाँले भन्‍नुभयो । [२१:६]

Luke 21:7

मानिसहरूले मन्दिरको विषयमा कुन-कुन दुईवटा प्रश्‍न येशूलाई सोधे ?

“यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?” भनी तिनीहरूले सोधे । [२१:७]

Luke 21:8-9

धेरै धोकेबाज आउनेछन् भनी येशूले चेतावनी दिनुभयो । ती धोकेबाजहरूले के भन्‍नेछन् ?

‘म उही हुँ र समय नजिक आएको छ’ भनी तिनीहरूले भन्‍नेछन् । [२१:८]

Luke 21:10

अन्त्य आउनुभन्दा अगाडि कुनचाहिँ डरलाग्दो घटनाको विषयमा येशूले जानकारी गराउनुभयो ?

युद्धहरू, भूकम्पहरू, भोकमारीहरू, विपत्तिहरू र स्वर्गबाट ठुला-ठुला चिह्नहरू हुनेछन् । [२१:१०-११]

Luke 21:11-12

अन्त्य आउनुभन्दा अगाडि कुनचाहिँ डरलाग्दो घटनाको विषयमा येशूले जानकारी गराउनुभयो ?

युद्धहरू, भूकम्पहरू, भोकमारीहरू, विपत्तिहरू र स्वर्गबाट ठुला-ठुला चिह्नहरू हुनेछन् । [२१:१०-११]

Luke 21:13-15

विश्‍वासीहरूमाथि आइपर्ने सतावटले कस्तो अवसरको सृजना गर्छ ?

यसले तिनीहरूको गवाहीका निम्ति अवसर सृजना गर्नेछ । [२१:१३]

Luke 21:16

येशूका अनुयायीहरूलाई कसले घृणा गर्नेछ ?

आमा-बुबा, दाजुभाइ, आफन्तहरू, मित्रहरू र “हरेकले” तिनीहरूलाई घृणा गर्नेछन् । [२१:१६-१७]

Luke 21:17-19

येशूका अनुयायीहरूलाई कसले घृणा गर्नेछ ?

आमा-बुबा, दाजुभाइ, आफन्तहरू, मित्रहरू र “हरेकले” तिनीहरूलाई घृणा गर्नेछन् । [२१:१६-१७]

Luke 21:20

यरूशलेमको विनाश नजिकै छ भनी कस्तो घटनाले सङ्केत दिन्छ ?

जब यरूशलेम सेनाहरूद्वारा घेरिएको हुन्छ, तब यसको विनाश नजिकै हुन्छ । [२१:२०]

Luke 21:21

यरूशलेमको विनाश नजिक छ भनेर देख्‍ने मानिसहरूलाई येशूले के गर्नू भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई पहाडहरूमा भाग्‍नू, सहर छोड्नू र सहरमा फेरि नपस्‍नू भन्‍नुभयो । [२१:२१]

Luke 21:22-23

येशूले यरूशलेमको विनाशको दिनलाई के भनी बोलाउनुभयो ?

उहाँले त्यस दिनलाई बदलाको दिन र लेखिएका सबै कुरा पुरा हुने दिनको रूपमा उल्लेख गर्नुभयो । [२१:२२]

Luke 21:24

गैरयहूदीहरूले यरूशलेमलाई कहिलेसम्म कुल्चेर राख्‍नेछन् ?

गैरयहूदीहरूको समय पुरा नहुन्जेलसम्म तिनीहरूले यरूशलेमलाई कुल्चेर राख्‍नेछन् । [२१:२४]

Luke 21:25-29

शक्‍तिसँग र ठुलो महिमाकासाथ उहाँको आगमन हुदाँ के-कस्ता चिह्नहरू देखा पर्नेछन् भनी येशूले भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, कि सूर्य, चन्द्र, र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् र पृथ्वीका जातिहरूमा सङ्कष्‍ट आइपर्नेछ । [२१:२५]

Luke 21:30-32

उहाँका श्रोतहरूले थाहा पाउने गरी समय आएको हुनेछ भन्‍नाका लागि येशूले केको उदाहरण दिनुभयो ?

उहाँले खजुरको बोटलाई देखाउनुभयो । जब यसमा पालुवाहरू लाग्छन्, तब तिनीहरूले ग्रीष्‍म ऋतु नजिकै छ भनी जान्‍नेछन् । [२१:३०]

Luke 21:33

येशूले के बितेर जानेछ भन्‍नुभयो ?

स्वर्ग र पृथ्वी बितेर जानेछन् । [२१:३३]

के कहिल्यै बितेर जानेछैन ?

येशूका वचन कहिल्यै बित्‍नेछैनन् । [२१:३३]

Luke 21:34-35

त्यो दिन अचानक आउने भएको हुनाले येशूले आफ्ना श्रोताहरूलाई के कुराको चेतावनी दिनुभयो ?

तिनीहरू भोग विलास, पियक्‍कडपन र सबै प्रकारका चिह्नद्वारा लादिएको नहोस् भनी उहाँले चेतावनी दिनुभयो । [२१:३४]

Luke 21:36-38

त्यो दिन अचानक आउने भएकोले आफ्ना श्रोताहरूलाई उहाँले के गर्न सुझाव दिनुभयो ?

उहाँले तिनीहरूलाई जागा रहेर प्रार्थना गरिरहन आज्ञा दिनुभयो । [२१:३६]

Luke 22

Luke 22:1-5

त्यति बेला यहूदीहरूको कुन चाड नजिकिँदै थियो ?

अखमिरे रोटीको चाड जसलाई निस्तार-चाड पनि भनिन्छ । [२२:१]

Luke 22:6-9

यहूदाले कुन परिस्थितिमा येशूलाई मुख्य पुजारीहरूकहाँ सुम्पिदिने मौका खोजिरहेको थियो ?

उसले येशू भिडबाट टाढा हुने बेलाको मौका खोजिरहेको थियो । [२२:६]

Luke 22:10

येशू र चेलाहरूले निस्तार-चाडको भोज कहाँ खानुभयो ?

उहाँहरूले यरूशलेमको एक पाहुना कोठामा यसलाई खानुभएको थियो । [२२:१०-११]

Luke 22:11-15

येशू र चेलाहरूले निस्तार-चाडको भोज कहाँ खानुभयो ?

उहाँहरूले यरूशलेमको एक पाहुना कोठामा यसलाई खानुभएको थियो । [२२:१०-११]

Luke 22:16-18

येशूले त्यो निस्तार-चाडको भोजन फेरि कहिले खान्छु भन्‍नुभयो ?

जब यो फेरि परमेश्‍वरको राज्यमा पुरा हुन्छ, तब येशूले यो निस्तार-चाडको भोजन खानुहुनेछ । [२२:१६]

Luke 22:19

जब उहाँले रोटी भाँच्नुभयो र आफ्ना चेलाहरूलाई दिनुभयो तब येशूले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर” । [२२:१९]

Luke 22:20-21

जब येशूले चेलाहरूलाई कचौरा दिनुभयो तब उहाँले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ” । [२२:२०]

Luke 22:22

येशू धोकामा पर्नु के परमेश्‍वरको योजना थियो ?

थियो । [२२:२२]

Luke 22:23-25

कसले येशूलाई धोका दिनै लागेको थियो भन्‍ने कुरा के चेलाहरूलाई थाहा थियो ?

थिएन । [२२:२३]

Luke 22:26

आफ्ना चेलाहरूका बिचमा येशूले कसलाई महान् भन्‍नुभयो ?

महान् त्यही हो जसले सेवा गर्छ । [२२:२६]

Luke 22:27-29

येशू आफ्ना चेलाहरूका बिचमा कसरी जिउनुभयो ?

एक जना सेवा गर्ने सरह उहाँ जिउनुभयो । [२२:२७]

Luke 22:30-33

उहाँका चेलाहरू कहाँ बस्‍नेछन् भनी येशूले प्रतिज्ञा गर्नुभयो ?

इस्राएलका बाह्र कुललाई न्याय गर्दै तिनीहरू सिंहासनहरूमा बस्‍नेछन् भनी उहाँले भन्‍नुभयो । [२२:३०]

Luke 22:34-36

पत्रुसले के गर्ने थिए भनी येशूले भन्‍नुभयो ?

येशूलाई चिनेर पनि चिन्दिनँ भनी भाले बास्‍नुभन्दा पहिले पत्रुसले तिन पटकसम्म येशूलाई इन्कार गर्ने थिए भनी उहाँले भन्‍नुभयो । [२२:३४]

Luke 22:37-39

यी घटनाहरूमा येशूको बारेमा लेखिएको भविष्यको कुनचाहिँ कुरा पुरा हुँदै थियो ?

धर्मशास्‍त्रमा भनिएको छ , “र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ” । [२२:३७]

Luke 22:40-41

जैतून पर्वतमा येशूले आफ्ना चेलाहरूलाई के कुराको लागि प्रार्थना गर्नू भन्‍नुभयो ?

तिनीहरू परीक्षामा नपरून् भनी तिनीहरूले प्रार्थना गरेको उहाँ चाहनुहुन्थ्यो । [२२:४०]

Luke 22:42-44

जैतून पहाडमा येशूले के प्रार्थना गर्नुभयो ?

“हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस्” भनी उहाँले प्रार्थना गर्नुभयो । [२२:४२]

Luke 22:45-46

येशू प्रार्थना गरेर फर्कंदै गर्नुहुँदा उहाँका चेलाहरूले के गर्दै थिए ?

तिनीहरू सुतिरहेका थिए । [२२:४५]

Luke 22:47

भिडको सामने येशूलाई यहूदाले कसरी धोका दियो ?

उसले चुम्बनले येशूलाई धोका दियो । [२२:४७-४८]

Luke 22:48-50

भिडको सामने येशूलाई यहूदाले कसरी धोका दियो ?

उसले चुम्बनले येशूलाई धोका दियो । [२२:४७-४८]

Luke 22:51-52

जसको कान काटिएको थियो त्यस व्यक्‍तिलाई येशूले के गर्नुभयो ?

उहाँले उसको कान छुनुभयो, र निको पार्नुभयो । [२२:५१]

Luke 22:53

उहाँ सधैँ मुख्य पुजारीहरूसँग कहाँ हुनुहुन्थ्यो भनी येशूले भन्‍नुभयो ?

उहाँ मन्दिरमा हुनुहुन्थ्यो । [२२:५३]

Luke 22:54-56

उहाँलाई पक्रिएपछि तिनीहरूले येशूलाई कहाँ लिएर गए ?

तिनीहरूले उहाँलाई प्रधान पुजारीको घरमा लिएर गए । [२२:५४]

Luke 22:57-59

एउटी नोकर्नीले पत्रुस पनि येशूसँगै थिए भन्दा पत्रुसले के भने ?

उनले भने, “नारी, म उहाँलाई चिन्दिनँ” । [२२:५७]

Luke 22:60-61

पत्रुसले तेस्रो पटक येशूलाई चिन्दिनँ भनेर इन्कार गर्ने बित्तिकै के भयो ?

भाले बास्यो । [२२:६०]

Luke 22:62

येशूले पत्रुसलाई हेर्नुभएपछि उनले के गरे ?

उनी बाहिर निस्केर धुरुधुरु रोए । [२२:६२]

Luke 22:63

येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई के गरे ?

तिनीहरूले गिल्ला गरे र उहाँलाई पिटे, अनि उहाँलाई दोष लगाए । [२२:६३-६५]

Luke 22:64

येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई के गरे ?

तिनीहरूले गिल्ला गरे र उहाँलाई पिटे, अनि उहाँलाई दोष लगाए । [२२:६३-६५]

Luke 22:65-66

येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई के गरे ?

तिनीहरूले गिल्ला गरे र उहाँलाई पिटे, अनि उहाँलाई दोष लगाए । [२२:६३-६५]

Luke 22:67-70

परिषद्ले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा येशूले बताउनुपर्छ भनी माग गर्दा उहाँले तिनीहरूलाई बताउनुभए पनि तिनीहरूले के गर्ने थिएनन् ?

तिनीहरूले विश्‍वास गर्ने थिएनन् । [२२:६७]

Luke 22:71

येशूले आफू ख्रीष्‍ट हुँ भनी दाबी गर्नुभएको कुरा प्रमाणित गर्न तिनीहरूलाई साक्षीको आवश्यकता पर्दैन भनी परिषद्ले किन भन्यो ?

किनकि तिनीहरूले येशूको आफ्नै मुखबाट यो कुरा सुनेका थिए । [२२:७१]

Luke 23

Luke 23:2-3

येशूको विरुद्धमा यहूदी अगुवाहरूले पिलातसको सामु कस्तो दोष लगाए ?

तिनीहरूले यसो भने, कि येशूले तिनीहरूको देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टाए । [२३:२]

Luke 23:4-7

येशूलाई प्रश्‍न गरिसकेपछि पिलातसले उहाँको बारेमा के भने ?

उनले भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ” । [२३:४]

Luke 23:8

किन हेरोदले येशूलाई हेर्न चाहन्थे ?

येशूले आश्‍चर्यकर्म गरेको हेरोदले हेर्न चाहन्थे । [२३:८]

Luke 23:9-13

हेरोदको प्रश्‍नको जवाफ येशूले कसरी दिनुभयो ?

उहाँले उनलाई कुनै पनि जवाफ दिनुभएन । [२३:९]

Luke 23:14-17

जब येशू पिलातसकहाँ फर्कनुभयो, तब येशूको बारेमा पिलातसले त्यो भिडलाई के भने ?

उनले भने, “तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ” । [२३:१४]

Luke 23:18-20

निस्तार-चाडको बेलामा भिडले कैदबाट कसलाई छोडियोस् भनी चाहना गर्‍यो ?

तिनीहरूले एक जना अपराधी बारब्बालाई चाहन्थे । [२३:१८]

Luke 23:21

येशूलाई के गर्नैपर्छ भन्दै भिड चिच्‍च्‍यायो ?

“त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ” भन्दै तिनीहरू चिच्‍च्‍याए । [२३:२१]

Luke 23:22-23

तेस्रो पटक पिलातसले येशूको बारेमा भिडलाई के भने ?

पिलातसले भने, “मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ” । [२३:२२]

Luke 23:24-25

अन्तमा भिडले माग गरेअनुसार येशूलाई क्रुसमा टाँग्‍न पिलातसले किन अनुमति प्रदान गरे ?

किनकि तिनीहरूले ठुलो स्वरले जिद्दी गरिरहे । [२३:२४]

Luke 23:26-27

येशूको क्रुस कसले बोक्यो, र येशूको पछाडि को हिँड्यो ?

कुरेनीका सिमोनले येशूको क्रुसलाई बोके । [२३:२६]

Luke 23:28-31

यरूशलेमकी स्‍त्रीहरूलाई उहाँको सट्टामा रोओ भनेर येशूले कसलाई भन्‍नुभयो ?

तिनीहरू तिनीहरूका छोराछोरी र आफ्नै निम्ति रुनुपर्थ्यो । [२३:२८]

Luke 23:32-33

येशूसँगै क्रुसमा कसलाई टाँगियो ?

येशूसँगै दुई जना अपराधीलाई क्रुसमा टाँगियो । [२३:३२]

Luke 23:34

उहाँलाई क्रुसमा टाँगिरहेकाहरूका निम्ति येशूले के भनेर क्रुसबाटै प्रार्थना गर्नुभयो ?

उहाँले प्रार्थना गर्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” । [२३:३४]

Luke 23:35-36

ती मानिसहरू, सिपाहीहरू र ती अपराधीहरूमध्ये एक जनाले पनि ख्रीष्‍ट हो भन्‍ने कुराको दाबी गर्नलाई सबै जनाले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाऊ भनी तिनीहरूले चुनौती दिए । [२३:३५,३७,३९]

Luke 23:37

ती मानिसहरू, सिपाहीहरू र ती अपराधीहरूमध्ये एक जनाले पनि ख्रीष्‍ट हो भन्‍ने कुराको दाबी गर्नलाई सबै जनाले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाऊ भनी तिनीहरूले चुनौती दिए । [२३:३५,३७,३९]

Luke 23:38

येशूको शिरमाथि टाँगिएको चिह्नमा के लेखिएको थियो ?

“यो यहूदीहरूका राजा हो” भनेर लेखिएको थियो । [२३:३८]

Luke 23:39-41

ती मानिसहरू, सिपाहीहरू र ती अपराधीहरूमध्ये एक जनाले पनि ख्रीष्‍ट हो भन्‍ने कुराको दाबी गर्नलाई सबै जनाले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाऊ भनी तिनीहरूले चुनौती दिए । [२३:३५,३७,३९]

Luke 23:42

दोस्रो अपराधीले येशूलाई के बिन्ती गर्‍यो ?

उसले भर्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस्” । [२३:४२]

Luke 23:43

दोस्रो अपराधीले येशूलाई के बिन्ती गर्‍यो ?

उसले भर्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस्” । [२३:४३]

Luke 23:44

येशूको मृत्यु हुनुभन्दा अगाडि तुरुन्तै कस्तो खालको आश्‍चर्य घटना घट्यो ?

त्यस ठाउँमा अँध्यारो भयो र मन्दिरमा भएको पर्दा बिचबाट तलसम्मै च्यातियो । [२३:४४-४५]

Luke 23:45-46

येशूको मृत्यु हुनुभन्दा अगाडि तुरुन्तै कस्तो खालको आश्‍चर्य घटना घट्यो ?

त्यस ठाउँमा अँध्यारो भयो र मन्दिरमा भएको पर्दा बिचबाट तलसम्मै च्यातियो । [२३:४४-४५]

Luke 23:47-51

येशूको मृत्युपछि येशूको बारेमा ती कप्‍तानले के भने ?

उनले भने, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए” । [२३:४७]

Luke 23:52

येशूको मृत्युपछि अरिमाथियाका योसेफले के गरे ?

उनले पिलातससँग येशूको शरीर मागे र यसलाई एउटा चिहानमा राखे । [२३:५२-५३]

Luke 23:53

येशूको मृत्युपछि अरिमाथियाका योसेफले के गरे ?

उनले पिलातससँग येशूको शरीर मागे र यसलाई एउटा चिहानमा राखे । [२३:५२-५३]

Luke 23:54-55

जब येशूलाई गाडियो कुनचाहिँ दिन सुरु हुनै लागेको थियो ?

विश्राम दिन सुरु हुनै लागेको थियो । [२३:५४]

Luke 23:56

विश्राम दिनमा येशूसँगै भएका स्‍त्रीहरूले के गरे ?

परमेश्‍वरको आज्ञाअनुसार तिनीहरूले आराम गरे । [२३:५६]

Luke 24

Luke 24:1

स्‍त्रीहरू कहिले येशूको चिहानमा आए ?

तिनीहरू हप्‍ताको पहिलो दिन झिसमिसे उज्यालो हुँदा आए । [२४:१]

Luke 24:2

चिहानमा स्‍त्रीहरूले के भेट्टाए ?

तिनीहरूले चिहानको ढुङ्गा हटाइएको र येशूको शरीर त्यहाँ नभएको भेट्टाए । [ २४:२-३]

Luke 24:3-5

चिहानमा स्‍त्रीहरूले के भेट्टाए ?

तिनीहरूले चिहानको ढुङ्गा हटाइएको र येशूको शरीर त्यहाँ नभएको भेट्टाए । [ २४:२-३]

Luke 24:6-10

चम्किलो वस्‍त्रमा देखा परेका स्वर्गदूतहरूले येशूलाई के भएको छ भने ?

येशू जीवित भई उठनुभएको छ भनी तिनीहरूले भने । [२४:६]

Luke 24:11

जब स्‍त्रीहरूले चिहानमा भएका तिनीहरूको अनुभवलाई बताए तब प्रेरितहरूको प्रतिक्रिया कस्तो थियो ?

तिनीहरूले त्यसलाई वाहियात कुरा भनी खारेज गरिदिए । [२४:११]

Luke 24:12-15

जब पत्रुसले चिहानमा हेरे तब उनले के देखे ?

तिनले मलमलको कपडा देखे । [२४:१२]

Luke 24:16-20

इम्माउसको बाटोमा हिँड्दै गरेका येशूका दुई जना चेलाले उहाँसँगै कुरा गर्दै हिँड्दा तिनीहरूले उहाँलाई किन चिन्‍न सकेनन् ?

तिनीहरूका आँखा उहाँलाई चिन्‍न नसक्‍ने तुल्याइएका थिए । [२४:१६]

Luke 24:21-26

जब येशू पुनर्जीवित हुनुभयो, तब येशूले के गर्नुहुने थियो भनी चेलाहरूले आशा राखेका थिए ?

उहाँले इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट स्वतन्‍त्र गर्नुहुनेछ भन्‍ने कुरा तिनीहरूले आशा गरेका थिए । [२४:२१]

Luke 24:27-29

येशूले धर्मशास्‍त्रबाट ती दुई जनालाई केको बारेमा व्याख्या गर्नुभयो ?

उहाँको विषयमा धर्मशास्‍त्रले के भन्दछ भन्‍ने कुरा बताउनुभयो । [२४:२७]

Luke 24:30

अन्तमा कुन बेला येशूलाई दुई जना मानिसले चिने ?

जब उहाँले रोटीलाई आशिष्‌‌ दिनुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो, तब तिनीहरूले उहाँलाई चिने । [२४:३०-३१,३५]

Luke 24:31-34

अन्तमा कुन बेला येशूलाई दुई जना मानिसले चिने ?

जब उहाँले रोटीलाई आशिष्‌‌ दिनुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो, तब तिनीहरूले उहाँलाई चिने । [२४:३०-३१,३५]

जब तिनीहरूले उहाँलाई चिने तब येशूले के गर्नुभयो ?

तिनीहरूको दृष्‍टिबाट उहाँ अल्पिनुभयो । [२४:३१]

Luke 24:35

अन्तमा कुन बेला येशूलाई दुई जना मानिसले चिने ?

जब उहाँले रोटीलाई आशिष्‌‌ दिनुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो, तब तिनीहरूले उहाँलाई चिने । [२४:३०-३१,३५]

Luke 24:36-38

जब उहाँ यरूशलेममा चेलाहरूकहाँ देखा पर्नुभयो तब येशूले पहिले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्” । [२४:३६]

Luke 24:39

उहाँ केवल आत्मा मात्र हुनुहुन्‍न भनेर येशूले कसरी प्रमाणित गर्नुभयो ?

उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो, र उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो । [२४:३९-४०]

Luke 24:40-44

उहाँ केवल आत्मा मात्र हुनुहुन्‍न भनेर येशूले कसरी प्रमाणित गर्नुभयो ?

उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो, र उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो । [२४:३९-४०]

Luke 24:45-46

तब कसरी चेलाहरू धर्मशास्‍त्र बुझ्‍न सक्‍ने भए ?

तिनीहरूले बुझ्‍न सकून् भनेर येशूले तिनीहरूको समझशक्‍ति खोलिदिनुभयो [२४:४५]

Luke 24:47-48

सारा संसारमा गएर येशूले के प्रचार गर भन्‍नुभयो ?

सारा संसारमा पापको क्षमा र पश्‍चत्तापका निम्ति प्रचार गर्नैपर्छ । [२४:४७]

Luke 24:49-50

केको लागि चेलाहरूलाई येशूले पर्खनू भन्‍नुभयो ?

माथिबाट शक्‍ति नपाउञ्‍जेलसम्म उहाँले तिनीहरूलाई पर्खिरहनू भन्‍नुभयो । [२४:४९]

Luke 24:51-52

बेथानीको नजिकै उहाँले चेलाहरूलाई आशिष्‌‌ दिनुभएपछि येशूलाई के भयो ?

उहाँ माथि स्वर्गतिर लगिनुभयो । [२४:५१]

Luke 24:53

तब चेलाहरूले कहाँ समय बिताए र तिनीहरूले के गरे ?

लगातार परमेश्‍वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे । [२४:५३]