2 Timothy
2 Timothy 1
2 Timothy 1:1
पावल कसरी ख्रीष्टको प्रेरित बने ?
पावल परेश्वरको इच्छाद्वारा ख्रीष्टको प्रेरित बने । [१:१]
2 Timothy 1:2-3
पावल र तिमोथी बीच के नाता पर्छ ?
तिमोथी पावलको आत्मिक छोरा हो । [१:२]
2 Timothy 1:4
पावलले आफ्ना प्रार्थनामा तिमोथीलाई कहिले सम्झन्छन्, पावल के गर्न चाहन्छन् ?
पावल तिमोथीलाई भेट्न चाहन्छन् । [१:४]
2 Timothy 1:5-6
तिमोथीको परिवारमा तिमोथीभन्दा अगाडि क-कसको निष्कपट विश्वासथियो ?
तिमोथीको बजै र आमा दुवै जनाको निष्कपट विश्वास थियो । [१:५]
2 Timothy 1:7
परमेश्वरले तिमोथीलाई कस्तो किसिमको आत्मा दिनुभयो ?
परमेश्वरले तिमोथीलाई शक्ति, प्रेम र अनुशासनको आत्मा दिनुभयो । [१:७]
2 Timothy 1:8
पावलले तिमोथीलाई के नगर्न भन्छन् ?
पावलले तिमोथीलाई प्रभुको बारेमा गवाही हुन नासर्माउन भन्छन् । [१:८]
पावलले तिमोथीलाई यसको साटो के गर्न भन्छन् ?
पावलले तिमोथीलाई यसको साटो सुसमाचार प्रचारको कष्टमा सहभागी हुन भन्नुहुन्छ । [१:८]
2 Timothy 1:9
हामीलाई परमेश्वरको योजना र अनुग्रह कहिले दिइयो ?
हामीलाई समयको सुरु हुन अगि नै उहाँको योजना र अनुग्रह दिइयो । [१:९]
2 Timothy 1:10-11
परमेश्वरले उहाँको मुक्तिको दर्शन कसरी प्रकट गर्नुभयो ?
हाम्रा मुक्तिदाता ख्रीष्ट येशूलाई प्रकट गराएर परमेश्वरले उहाँको मुक्तिको दर्शन प्रकट गर्नुभयो । [१:१०]
येशू देखापर्नुहुँदा मृत्यु र जीवनको सम्बन्धमा उहाँले के गर्नुभयो ?
येशू देखापर्नुहुँदा उहाँले मृत्युलाई सुसमाचारद्वारा नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्लै अन्त नहुने जीवन ल्याउनुभयो । [१:१०]
2 Timothy 1:12-13
परमेश्वरले उनको निम्ति के गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएको कारण पावल सुसमाचारको लागि शर्माएनन् ?
पावलले सुम्पेको सबै कुराहरू अन्तिम दिनसम्म परमेश्वरले सुरक्षित राख्नुहुनेछ भन्ने कुरामा उनी विश्वस्त थिए । [१:१२]
2 Timothy 1:14
परमेश्वरले तिमोथीलाई बारे उनले के गर्नुपर्छ ?
परमेश्वरले तिमोथीलाई सुम्पिनु भएको असल कुराको उनले पवित्र आत्माद्वारा सुरक्षा गर्नुपर्छ । [१:१४]
2 Timothy 1:15
एशियामा भएका सबै मित्रहरूले पावललाई के गरे ?
एशियामा भएका सबै मित्रहरू पावलदेखि तर्केर गए । [१:१५]
2 Timothy 1:16
पावलले किन परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर आग्रह गर्छन् ?
परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर पावल आग्रह गर्छन् किनभने तिनले धेरै तरिकाले पावलको सहायता गरे । [१:१६]
2 Timothy 1:17
पावलले किन परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर आग्रह गर्छन् ?
परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर पावल आग्रह गर्छन् किनभने तिनले धेरै तरिकाले पावलको सहायता गरे । [१:१६]
2 Timothy 1:18
पावलले किन परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर आग्रह गर्छन् ?
परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर पावल आग्रह गर्छन् किनभने तिनले धेरै तरिकाले पावलको सहायता गरे । [१:१६]
2 Timothy 2
2 Timothy 2:1
पावल र तिमोथी बीच के नाता पर्छ ?
तिमोथी पावलको आत्मिक छोरा हुन् । [२:१]
2 Timothy 2:2-3
पावलले सिकाएका सन्देश तिमोथीले कसलाई सुम्पिनुपर्छ ?
अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ तिमोथीले उक्त सन्देश सुम्पिनुपर्छ । [२:२]
2 Timothy 2:4-8
पावलले तिमोथीलाई दिइएको उदाहरणमा झैँ सेनाको असल जवान आफैँ के कुरामा अल्झँदैन ?
असल जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन । [२:४]
2 Timothy 2:9
उनले तिमोथीलाई लेख्दा आफूले प्रचार गरेको परमेश्वरको वचनको कारण कुन अवस्थामा पावलले दुःख भोगिरहेका छन् ?
अपराधीको रुपमा बन्धन पर्ने अवस्थासम्म पावलले दुःख भोगिरहेका छन् । [२:९]
के वचन बन्धनमा परेको छैन भनी पावल भन्छन् ?
परमेश्वरको वचन वचन बन्धनमा परेको छैन भनी पावल भन्छन् । [२:९]
2 Timothy 2:10-11
पावल किन यी सबै कुराहरू सहन्छन् ?
पावल चुनिएकाहरूको लागि सबै कुरा सहन्छन्, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् । [२:१०]
2 Timothy 2:12-13
सहनेहरूलाई ख्रीष्टको प्रतिज्ञा के हो ?
सहनेहरूले ख्रीष्टसँगै शासन गर्नेछन् । [२:१२]
उहाँलाई इन्कार गर्नेहरूलाई ख्रीष्टको चेतावनी के हो ?
उहाँलाई इन्कार गर्नेहरूलाई उहाँले पनि इन्कार गर्नुहुनेछ । [२:१२]
2 Timothy 2:14-17
तिमोथीले के कुरामा झगडा नगर्न मानिसहरूलाई चेतावनी दिनुपर्छ ?
केही पनि फाइदा नगर्ने शब्दहरूका बारेमा झगडा नगर्न तिमोथीले मानिसहरूलाई चेतावनी दिनुपर्छ । [२:१४]
2 Timothy 2:18-20
कस्ता झूटा सिद्धान्त सिकाएर दुई जना मानिसहरू सत्यबाट तर्केर गएका छन् ?
पुनरुत्थान पहिले नै भएको छ भन्ने झूटा शिक्षा सिकाएर उनीहरू सत्यबाट तर्केर गएका छन् । [२:१८]
2 Timothy 2:21
प्रत्येक असल कार्यका लागि कसरी विश्वासीहरू आफैँ तयारी हुनुपर्छ ?
विश्वासीहरूले अनादरको प्रयोगबाट आफैलाई शुद्ध पार्नुपर्छ र हरेक असल कामको लागि आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । [२:२१]
2 Timothy 2:22-23
तिमोथी केबाट भाग्नुपर्छ ?
तिमोथी जवानीका अभिलाषाबाट भाग्नुपर्छ । [२:२२]
2 Timothy 2:24
प्रभुका सेवकहरू कस्तो आचरण भएको हुनुपर्छ ?
प्रभुका सेवकहरू दयालु, सिकाउन सक्ने, धैर्यवान र विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । [२:२४-२५]
2 Timothy 2:25
प्रभुका सेवकहरू कस्तो आचरण भएको हुनुपर्छ ?
प्रभुका सेवकहरू दयालु, सिकाउन सक्ने, धैर्यवान र विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । [२:२४-२५]
2 Timothy 2:26
विश्वास नगर्नेलाई दुष्टले के गरेको छ ?
दुष्टले विश्वास नगर्नेहरूलाई इच्छा पुरा गर्नको लागि पासोमा पारेको छ । [२:२६]
2 Timothy 3
2 Timothy 3:1
अन्तिम दिनमा के आउनेछ भनी पावल भन्छन् ?
पावल भन्छन् कि अन्तिम दिनमा खतरापूर्ण समय आउनेछ । [३:१]
2 Timothy 3:2
अन्तिम दिनहरूमा परमेश्वरको सट्टा मानिसहरूले कुन चाहिँ तीनवटा थोकहरूको चाहना गर्नेछन् ?
अन्तिम दिनहरूमा परमेश्वरको बदला आफैलाई मात्र प्रेम गर्ने, धनलाई प्रेम गर्ने र सुख विलास मात्र खोज्ने हुनेछन् । [३:२-४]
2 Timothy 3:3
अन्तिम दिनहरूमा परमेश्वरको सट्टा मानिसहरूले कुन चाहिँ तीनवटा थोकहरूको चाहना गर्नेछन् ?
अन्तिम दिनहरूमा परमेश्वरको बदला आफैलाई मात्र प्रेम गर्ने, धनलाई प्रेम गर्ने र सुख विलास मात्र खोज्ने हुनेछन् । [३:२-४]
2 Timothy 3:4
अन्तिम दिनहरूमा परमेश्वरको सट्टा मानिसहरूले कुन चाहिँ तीनवटा थोकहरूको चाहना गर्नेछन् ?
अन्तिम दिनहरूमा परमेश्वरको बदला आफैलाई मात्र प्रेम गर्ने, धनलाई प्रेम गर्ने र सुख विलास मात्र खोज्ने हुनेछन् । [३:२-४]
2 Timothy 3:5
पावलले तिमोथीलाई भक्तिको भेष मात्र धारण गर्ने हरूलाई के गर्न भन्छन् ?
पावलले तिमोथीलाई भक्तिको भेष मात्र धारण गर्नेदेखि अलग बस्नुपर्छ भन्छन् । [३:५]
2 Timothy 3:6-7
ती कतिपय भक्तिहिन मानिसहरूले के गर्छन् ?
ती भक्तिहिन मानिसहरू घर घरानामा प्रवेश गर्छन् र धेरै अभिलाषाले प्रभावित स्त्रीहरूलाई अधिनमा पार्छन । [३:६]
2 Timothy 3:8-9
पुराना करारका यान्नेस र याम्ब्रेस जस्ता यी भक्तिहिन मानिसहरू कस्ता छन् ?
यी भक्तिहिन मानिसहरू झूटा शिक्षकहरू हुन् जो यान्नेस र याम्ब्रेस जस्तै सत्यको विरुद्धमा खडा हुन्छन् । [३:८]
2 Timothy 3:10
ती झूटा शिक्षकहरू साटो तिमोथीले कसलाई पछ्याएका छन् ?
तिमोथीले पावललाई पछ्याएका छन् । [३:१०-११]
2 Timothy 3:11
ती झूटा शिक्षकहरू साटो तिमोथीले कसलाई पछ्याएका छन् ?
तिमोथीले पावललाई पछ्याएका छन् । [३:१०-११]
प्रभुले पावललाई के बाट उद्धार गर्नुभयो ?
प्रभुले पावललाई उनका सबै सतावटहरूबाट उद्धार गर्नुभयो । [३:११]
2 Timothy 3:12
भक्तिपूर्वक जिउनेहरूलाई के हुनेछ भनेर पावल भन्छन् ?
भक्तिपुर्वक जिउनेहरू सताइनेछन् भनी पावल भन्छन् । [३:१२]
2 Timothy 3:13-14
अन्तिम दिनहरूमा के अझ बढी खराब हुनेछन् ?
अन्तिम दिनहरूमा दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन् । [३:१३]
2 Timothy 3:15
कुन समयदेखि तिमोथीले पवित्रशास्त्र जानेका थिए ?
उनको बाल्यकालदेखि नै तिमोथीले पवित्र धर्मशास्त्र जान्दथे । [३:१५]
2 Timothy 3:16
मानिसलाई कसरी सबै पवित्रशास्त्र दिइयो ?
सबै धर्मशास्त्र परमेश्वरद्वारा प्रेरित हो । [३:१६]
के को लागि सबै पवित्रशास्त्र लाभदायक छ ?
यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्च्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ । [३:१६]
2 Timothy 3:17
पवित्रशास्त्रमा एक जनालाई तालिम दिनुको उद्देश्य के हो ?
एकजनालाई धर्मशास्त्रमा तालिम दिइन्छ ता कि त्यो व्यक्ति सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकोस । [३:१७]
2 Timothy 4
2 Timothy 4:1
येशू ख्रीष्ट कसका लागि न्यायकर्ता हुनुहुन्छ ?
येशू ख्रीष्ट जिउँदा र मरेकाहरूको लागि न्यायकर्ता हुनुहुन्छ । [४:१]
2 Timothy 4:2
पावल तिमोथीलाई के गर्न कडा आज्ञा दिन्छन् ?
पावल तिमोथीलाई वचन प्रचार गर्न कडा आज्ञा दिन्छन् । [४:२]
2 Timothy 4:3-4
मानिसहरूले के गर्दा त्यो समय आउँनेछ भनी पावलले चेतावनी दिए ?
मानिसहरूले असल शिक्षा सहनेछैनन् तर आफ्नै अभिलाषा अनुसारको शिक्षालाई ध्यान दिनेछन् । [४:३]
2 Timothy 4:5
तिमोथीलाई कस्ता काम र सेवाकाइ गर्न दिइएको थियो ?
तिमोथीलाई प्रचारकको काम र सेवा गर्न दिइएको थियो । [४:५]
2 Timothy 4:6-7
आफ्नो जीवनको कस्तो समय आइपुग्यो भनी पावल भन्छन् ?
आफ्नो बिदाइको समय आइपुग्यो भनी पावल भन्छन् । [४:६]
2 Timothy 4:8-9
ख्रीष्टलाई प्रेम गर्नेहरूले ख्रीष्ट देखा पर्दा कस्तो इनाम पाउनेछन् भनी पावलले भने ?
ख्रीष्टलाई प्रेम गर्नेहरूले ख्रीष्ट देखा पर्दा धार्मिकताको मुकुट पाउनेछन् भनी पावलले भने । [४:८]
2 Timothy 4:10
?????? ????? ??????? ??? ????? ???? ?
?????? ????? ??????? ??????? ???????? ????? ????? ???? ??????? ???? ? [?:??]
2 Timothy 4:11-13
पावलसँग अहिलेसम्म रहेका एकमात्र मित्र को थिए ?
पावलसँग लुकामात्र थिए । [४:११]
2 Timothy 4:14-15
पावलले उनको विरोध गर्ने मानिसलाई केका आधारमा इनाम दिइने छ भने ?
पावलले उनको विरोध गर्ने मानिसलाई उसको कामको आधारमा इनाम दिइने छ भने । [४:१४]
2 Timothy 4:16-22
पावलको पहिलो प्रतिरक्षामा उनको पक्षमा को उभिए ?
पावलको पहिलो प्रतिरक्षामा उनको पक्षमा कोहीपनि उभिएन । [४:१६]