नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

2 Corinthians

2 Corinthians 1

2 Corinthians 1:1-2

यो पत्र कसले लेखेका थिए ?

यो पत्र पावल र तिमोथीले लेखेका थिए । [१:१]

यो पत्र कसका लागि लेखिएको थियो ?

यो कोरिन्‍थीमा भएको परमेश्‍वरको मण्डली, अखैयाको क्षेत्रमा भएका सम्पूर्ण सन्‍तहरूका निम्‍ति लेखिएको थियो । [१:१]

2 Corinthians 1:3

पावलले परमेश्‍वरको वर्णन कसरी गर्छन ?

पावलले परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता, अनुग्रहका पिता र सबै सान्त्वनाका परमेश्‍वर रूपमा वर्णन गर्छन । [१:३]

2 Corinthians 1:4-7

परमेश्‍वरले हामीलाई दुःखमा किन सान्त्वना दिनुहुन्छ ?

उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि हामीले परमेश्‍वरबाट पाएको सान्त्वनाले दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौँ । [१:४]

2 Corinthians 1:8

पावल र उहाँका सहकर्मीहरूले एसियामा कस्ता खालका कष्‍ट भोगेका थिए ?

तिनीहरूले सहन सक्‍नेभन्दा पनि बढी कुल्चिएका थिए । तिनीहरूमाथि मृत्युदण्ड नै आइपरेको थियो । [१:८-९]

2 Corinthians 1:9-10

पावल र उहाँका सहकर्मीहरूले एसियामा कस्ता खालका कष्‍ट भोगेका थिए ?

तिनीहरूले सहन सक्‍नेभन्दा पनि बढी कुल्चिएका थिए । तिनीहरूमाथि मृत्युदण्ड नै आइपरेको थियो । [१:८-९]

के कारणका लागि पावल र उनका सहकर्मीहरूलाई मृत्युदण्डजस्तो आइपरेको थियो ?

यसले तिनीहरूलाई आफूमा होइन परमेश्‍वरमा भरोसा गर्ने तुल्यायो । [१:९]

2 Corinthians 1:11

कोरिन्‍थीको मण्डलीले तिनीहरूलाई कसरी सहयता गर्न सक्थ्‍यो भनी पावलले भने ?

कोरिन्‍थीको मण्डलीले तिनीहरूलाई प्रार्थनाद्वारा सहयोग गर्न सक्थ्‍यो भने । [१:११]

2 Corinthians 1:12-13

पावल र उनका सहकर्मीहरू केको लागि गर्व गर्थे भने ?

तिनीहरू संसारमा र विशेष गरी कोरिन्‍थीको मण्डलीसँगको व्यवहारमा संसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहबाट आउने पवित्रता र इमानदारीमा तिनीहरू आफैँलाई चलाएकोमा आफ्नो विवेकको गवाहीमा गर्व गर्थे । [१:१२]

2 Corinthians 1:14

हाम्रा प्रभु येशूको दिनमा के हुन्छ भनी पावल विश्‍वस्त थिए ?

त्यो दिनमा पावल र उनका सहकर्मीहरू कोरिन्‍थीका सन्‍तहरूको निम्‍ति गर्वको कारण हुने कुरामा उनी विश्‍वस्त थिए । [१:१४]

2 Corinthians 1:15-21

कोरिन्‍थीका सन्‍तहरूलाई कति पटक भेट्ने पावलले योजना बनाए ?

उनले तिनीहरूलाई दुई पटक भेट्ने योजना बनाए । [१:१५]

2 Corinthians 1:22

ख्रीष्‍टले हाम्रो हृदयमा हामीलाई पवित्र आत्मा दिनुको कारण के हो ?

उहाँले हामीलाई आउने दिनमा दिनुहुने कुराको निश्‍चयताको रूपमा पवित्र आत्मा दिनुभयो । [१:२२]

2 Corinthians 1:23

पावल किन कोरिन्‍थीमा आएनन्‌ ?

तिनीहरूलाई दण्डबाट बचाउन तिनी कोरिन्‍थीमा आएनन्‌ । [१:२३]

2 Corinthians 1:24

पावल र तिमोथीले कोरिन्‍थीको मण्डलीसँग के गरिरहेका थिए र के गरिरहेका थिएनन्‌ भनी पावल बताउँछन्‌ ?

तिनीहरूले तिनीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनी नियन्त्रण गरिरहेका थिएनन्‌, तर कोरिन्‍थीको मण्डलीको आनन्दको निम्‍ति काम गरिरहेका थिए भनी पावल बताउँछन्‌ । [१:२४]

2 Corinthians 2

2 Corinthians 2:1-2

कोरिन्‍थीको मण्डलीमा नआएर पावलले कुन परिस्थितिलाई हटाउने कोसिस गरिरहेका थिए ?

पावल कोरिन्‍थीको मण्डलीमा पीडादायी परिस्थितिमा नआउनबाट जोगिँदै थिए । [२:१]

2 Corinthians 2:3

पावलले कोरिन्‍थीको मण्डलीलाई किन तिनको अगिल्‍लो पत्रमा लेखेको कुरा लेखेका थिए ?

तिनले त्यस्तो लेखे, ताकि तिनी आउँदा तिनलाई प्रसन्‍न तुल्याउनु पर्नेहरूद्वारा दुःखित हुनु नपरोस् । [२:३]

2 Corinthians 2:4-5

पावलले पहिले कोरिन्‍थीहरूलाई पत्र लेख्दा तिनको मन कस्तो थियो ?

तिनी हृदयको धेरै पीडा र वेदनामा थिए । [२:४]

पावलले कोरिन्‍थीको मण्डलीलाई यो पत्र किन लेखे ?

तिनले तिनीहरूलाई यो पत्र लेखे, ताकि तिनीहरूले तिनीहरूका निम्‍ति तिनको प्रेमको गहिराइ जान्‍न सकून्‌ । [२:४]

2 Corinthians 2:6

कोरिन्‍थीका सन्‍तहरूले सजाय दिएकालाई तिनीहरूले अहिले के गर्नुपर्छ भनी पावलले भने ?

तिनीहरूले त्यो मानिसलाई क्षमा र सान्त्वना दिनुपर्छ भनी पावलले भने । [२:६-७]

2 Corinthians 2:7-8

कोरिन्‍थीका सन्‍तहरूले सजाय दिएकालाई तिनीहरूले अहिले के गर्नुपर्छ भनी पावलले भने ?

तिनीहरूले त्यो मानिसलाई क्षमा र सान्त्वना दिनुपर्छ भनी पावलले भने । [२:६-७]

किन पावलले कोरिन्‍थीका सन्‍तहरूले सजाए दिएकालाई क्षमा र सान्त्वना दिनुपर्छ भने ?

तिनीहरूले सजाय दिएका व्यक्‍ति ज्यादै शोकमा नडुबोस् भनेर हो । [२:७]

2 Corinthians 2:9-10

पावलले कोरिन्‍थीको मण्डलीलाई पत्र लेख्‍ने अर्को कारण के थियो ?

पावलले तिनीहरूलाई जाँच गर्न र तिनीहरू सबै कुरामा आज्ञाकारी छन्‌ वा छैनन्‌ भनी पत्ता लगाउन लेखे । [२:९]

2 Corinthians 2:11-12

किन कोरिन्‍थीका मण्डलीले तिनीहरूले जसलाई क्षमा दिएका थिए त्यसलाई पावलद्वारा र ख्रीष्‍टको उपस्थितिमा क्षमा दिइएको छ भनी जान्‍नु महत्त्वपूर्ण थियो ?

तिनीहरूलाई शैतानले नफसाओस् भनेर । [२:११]

2 Corinthians 2:13

पावल त्रोआस सहरमा जाँदा तिनको मनमा किन चैन थिएन ?

तिनले त्रोआसमा तिनका भाइ तीतसलाई नभेट्दा तिनको मनमा चैन थिएन । [२:१३]

2 Corinthians 2:14

पावल र तिनका सहकर्मीहरूद्वारा परमेश्‍वरले के गर्नुभयो ?

परमेश्‍वरले पावल र तिनका सहकर्मीहरूद्वारा ख्रीष्‍टको ज्ञानको सुबास्‍ना जताततै फैलाउनुभयो । [२:१४-१५]

2 Corinthians 2:15-16

पावल र तिनका सहकर्मीहरूद्वारा परमेश्‍वरले के गर्नुभयो ?

परमेश्‍वरले पावल र तिनका सहकर्मीहरूद्वारा ख्रीष्‍टको ज्ञानको सुबास्‍ना जताततै फैलाउनुभयो । [२:१४-१५]

2 Corinthians 2:17

पावल र तिनका सहकर्मीहरू परमेश्‍वरको वचनलाई नाफाको निम्‍ति बेच्‍ने धेरै मानिसहरूभन्दा कसरी फरक थिए भनी पावलले भने ?

परमेश्‍वरको दृष्‍टिमा ख्रीष्‍टमा बोल्दा परमेश्‍वरबाट पठाइएको रूपमा निष्कपट रूपमा बोल्ने कुरामा पावल र तिनका सहकर्मीहरू फरक थिए । [२:१७]

2 Corinthians 3

2 Corinthians 3:2-3

पावल र तिनका सहकर्मीहरूसँग कस्तो सिफारिस-पत्र थियो ?

कोरिन्‍थीका सन्‍तहरू सबैले चिन्‍न र पढ्न सक्‍ने तिनीहरूका सिफारिस-पत्र थिए । [३:२]

2 Corinthians 3:4

ख्रीष्‍टद्वारा परमेश्‍वरमा भएको पावल र तिनका सहकर्मीहरूको भरोसा के थियो ?

तिनीहरूको भरोसा तिनीहरूको आफ्नै योग्यतामा होइन, तर परमेश्‍वरले तिनीहरूलाई दिनुभएको प्रशस्ततामा थियो । [३:४-५]

2 Corinthians 3:5

ख्रीष्‍टद्वारा परमेश्‍वरमा भएको पावल र तिनका सहकर्मीहरूको भरोसा के थियो ?

तिनीहरूको भरोसा तिनीहरूको आफ्नै योग्यतामा होइन, तर परमेश्‍वरले तिनीहरूलाई दिनुभएको प्रशस्ततामा थियो । [३:४-५]

2 Corinthians 3:6

परमेश्‍वरले पावल र तिनका सहकर्मीहरूलाई सेवक हुनको लागि योग्य तुल्याउनुभएको नयाँ करारको आधार के थियो ?

नयाँ करार मार्ने अक्षरमा होइन, तर जीवन दिने पवित्र आत्मामा आधारित थियो । [३:६]

2 Corinthians 3:7-8

इस्राएलका मानिसहरूले मोशाको अनुहारमा किन सिधै हेर्न सकेनन्‌ ?

तिनीहरूले तिनको अनुहारको महिमा अर्थात् हराउँदै गरेको महिमाको तेजले गर्दा सिधै हेर्न सकेनन्‌ । [३:७]

2 Corinthians 3:9-13

कसको बढी महिमा हुनेछ– हराउँदै गरेको मृत्यु र दण्डको सेवा गर्नेको वा स्थायी रूपमा रहने पवित्र आत्मा र धार्मिकताको सेवा गर्नेको ?

पवित्र आत्माको सेवा अझ धेरै महिमित हुनेछ । धार्मिकताको सेवा महिमा अझ धेरै प्रशस्त हुनेछ । स्थायी कुराको महिमा अझ धेरै हुन्छ । [३:९]

2 Corinthians 3:14

कसरी इस्राएलको मन खोल्न र हृदयको घुम्टो हटाउन सकिन्छ ?

इस्राएल प्रभु ख्रीष्‍टतिर फर्कंदा मात्र तिनीहरूका मन खोलिन्छ र तिनीहरूको हृदयको घुम्टो हटाइन्छ । [३:१४,१६]

2 Corinthians 3:15

मोशाको पुरानो करार पढ्दा आज इस्राएलीहरूका निम्‍ति के समस्या रहन्छ ?

तिनीहरूको समस्या भनेको तिनीहरूको मन बन्द गरिन्छ र तिनीहरूका हृदयहरू घुम्टोले ढाकिन्छन्‌ । [३:१५]

2 Corinthians 3:16

कसरी इस्राएलको मन खोल्न र हृदयको घुम्टो हटाउन सकिन्छ ?

इस्राएल प्रभु ख्रीष्‍टतिर फर्कंदा मात्र तिनीहरूका मन खोलिन्छ र तिनीहरूको हृदयको घुम्टो हटाइन्छ । [३:१४,१६]

2 Corinthians 3:17

प्रभुका आत्माको उपस्थितिमा के हुन्छ ?

जहाँ परमेश्‍वरका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ । [३:१७]

2 Corinthians 3:18

प्रभुको महिमा देख्‍ने सबै केमा रूपान्‍तरित हुँदै छन्‌ ?

तिनीहरूलाई एक महिमाबाट अर्को महिमामा उस्तै महिमामा रूपान्‍तरित गरिँदै छन्‌ । [३:१८]

2 Corinthians 4

2 Corinthians 4:1

पावल र तिनका सहकर्मीहरू किन निरुत्साहित भएनन्‌ ?

तिनीहरूसँग भएको सेवा र तिनीहरूले पाएका कृपाले गर्दा तिनीहरू निरुत्साहित भएनन्‌ । [४:१]

2 Corinthians 4:2

पावल र तिनका सहकर्मीहरूले कुन मार्गहरू त्यागेका थिए ?

तिनीहरूले शर्मलाग्दो र लुकिछिपी गर्ने मार्गहरू त्यागेका थिए । तिनीहरू धूर्ततासाथ जिउँदैनथे र परमेश्‍वरको वचनलाई हेरफेर गर्दैनथे । [४:२]

पावल र तिनीहरूजस्ताहरूले कसरी परमेश्‍वरको दृष्‍टिमा सबैको विवेकमा आफैँलाई सिफारिस गर्थे ?

तिनीहरूले सत्यता प्रस्तुत गरेर त्यसो गर्थे । [४:२]

2 Corinthians 4:3

सुसमाचार कसका लागि ढाकिएको छ ?

यो नष्‍ट भइरहेकाहरूका निम्‍ति ढाकिएको छ । [४:३]

2 Corinthians 4:4

नष्‍ट भइरहनेहरूका निम्‍ति सुसमाचार किन ढाकिएको छ ?

यो संसारका देवताहरूले तिनीहरूका अविश्‍वासी मनलाई अन्धो तुल्याएको हुनाले ढाकिएको छ, ताकि तिनीहरूले सुसमाचारको प्रकाश देख्‍न नसकून्‌ । [४:४]

2 Corinthians 4:5-6

पावल र तिनका सहकर्मीहरूले येशू र तिनीहरूको बारेमा के कुराको घोषणा गरे ?

तिनीहरूले येशू ख्रीष्‍टलाई प्रभु र तिनीहरू आफैँलाई ख्रीष्‍टको खातिर कोरिन्‍थीको मण्डलीको सेवकको रूपमा घोषणा गरे । [४:५]

2 Corinthians 4:7-9

पावल र तिनका सहकर्मीहरूसँग यो धन किन माटोको भाँडोमा छ भनी पावलले भने ?

तिनीहरूसँग यो धन माटोको भाँडोमा थियो, ताकि सर्वश्रेष्‍ठ शक्‍ति तिनीहरूमा होइन परमेश्‍वरमा छ भन्‍ने प्रस्ट होस् । [४:७]

2 Corinthians 4:10-13

पावल र तिनका सहकर्मीहरूले किन येशूको मृत्यु आफ्नो शरीरमा बोके ?

येशूको जीवन तिनीहरूको शरीरमा प्रकट हुन सकोस् भनेर तिनीहरूले येशूको मृत्यु आफ्नो शरीरमा बोक्थे । [४:१०]

2 Corinthians 4:14

येशूलाई जीवित पार्नुहुनेको उपस्थितिमा कसलाई जीवित पारिनेछ र ल्याइनेछ ?

प्रभु येशूलाई जीवित पार्नुहुनेको उपस्थितिमा पावल र तिनका सहकर्मीहरूसाथै कोरिन्‍थीका सन्‍तहरूलाई ल्याइनेछ । [४:१४]

2 Corinthians 4:15

धेरै मानिसहरूमा अनुग्रह फैलियो भने के हुन्छ ?

जब धेरै मानिसहरूमा अनुग्रह फैलिन्छ परमेश्‍वरको महिमाको लागि धन्यवाद चढाउने कुराको वृद्धि हुनेछ । [४:१५]

2 Corinthians 4:16

पावल र तिनका सहकर्मीहरू निराश हुने कारण किन थियो ?

तिनीहरू बाह्‍य रूपमा नाश हुँदै गएको कारणले तिनीहरूले हरेस खाने कारण थियो । [४:१६]

पावल र उनका सहकर्मीहरूले किन हरेस खाएनन्‌ ?

तिनीहरूले हरेस खाएनन्‌, किनभने तिनीहरू भित्री रूपमा दिन प्रतिदिन नयाँ भइरहेका थिए । तिनीहरूको क्षणिक कष्‍टले अन्य सबै मापदण्डहरूलाई माथ गर्ने अनन्‍तको महिमाको निम्‍ति तयार पारिरहेको थियो । अन्‍तमा, तिनीहरूले अनन्‍तका अदृश्य कुराहरूलाई हेरिरहेका थिए । [४:१६-१८]

2 Corinthians 4:17

2 Corinthians 4:18

2 Corinthians 5

2 Corinthians 5:1-3

यदि हाम्रो पृथ्वीको बासस्थान नष्‍ट भयो भने, पावलले के हुन्छ भन्छन्‌ ?

हामीसँग परमेश्‍वरले बनाउनुभएको घर, मानिसका हातले बनाएको नभई तर स्वर्गमा अनन्‍तको घर छ भन्छन्‌ । [५:१]

2 Corinthians 5:4

हामी यो डेरामा रहँदा सुस्केरा हाल्छौँ भनी पावलले किन भन्छन्‌ ?

जब हामी यो डेरामा हुन्छौँ, हामी बोझले लादिएका हुन्छौँ र वस्‍त्र धारण गर्न चाहन्छौँ, ताकि मरणशील कुरालाई जीवनद्वारा लिइयोस् भनी पावल भन्छन्‌ । [५:४]

2 Corinthians 5:5-7

परमेश्‍वरले हामीलाई आउने कुराको बैनाको रूपमा के दिनुभयो ?

परमेश्‍वरले हामीलाई आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभयो । [५:५]

2 Corinthians 5:8

पावल परमप्रभुको घरमा वा आफ्नै शरीरमा कहाँ हुन चाहन्थे ?

पावलले भने, “हामी आफ्नो शरीरबाट अलग भएर प्रभुसँग घरमा रहन चाहन्छौँ” । [५:८]

2 Corinthians 5:9

पावलको उद्देश्य के थियो ?

पावलको उद्देश्य परमेश्‍वरलाई खुसी पार्नु थियो । [५:९]

2 Corinthians 5:10

पावलले किन परमेश्‍वरलाई खुसी पार्ने लक्ष्य राखे ?

पावलले यो लक्ष्य राखे, किनभने हामी शरीरमा हुँदा गरेका राम्रो वा नराम्रो कुनै पनि कुराहरूको निम्‍ति हामी सबै ख्रीष्‍टको न्याय-आसनको सामु खडा हुनुपर्छ । [५:१०]

2 Corinthians 5:11

पावल र तिनका सहकर्मीहरूले किन मानिसहरूलाई मनाउँदछन्‌ ?

तिनीहरूले मानिसहरूलाई मनाउँदथे, किनकि तिनीहरूले परमेश्‍वरको डरलाई थाहा गरेका थिए । [५:११]

2 Corinthians 5:12-14

पावलले भने, कि तिनीहरूले फेरि कोरिन्‍थीका सन्‍तहरूका सामु आफ्नो तारिफ गरिरहेका थिएनन्‌ । तिनीहरूले के गरेका थिए त ?

तिनीहरूले कोरिन्‍थीका सन्‍तहरूलाई तिनीहरूमा गर्व गर्ने कारण दिइरहेका थिए, ताकि कोरिन्‍थीका सन्‍तहरूसँग हृदयमा भएकाहरूमा होइन, तर बाहिरी रूपमा गर्व गर्नेहरूको निम्‍ति जवाफ हुन सकोस् । [५:१२]

2 Corinthians 5:15

ख्रीष्‍ट सबैको निम्‍ति मर्नुभयो भने बाँचेकाहरूले के गर्नुपर्छ ?

तिनीहरू अब आफ्नो निम्‍ति होइन, तर मर्नुहुने र फेरि जीवित हुनुहुनेको निम्‍ति जिउनुपर्छ । [५:१५]

2 Corinthians 5:16

पावलले किन हामीले कसैलाई पनि मानिसको दृष्‍टिकोणअनुसार न्याय गर्दैनौँ भने ?

ख्रीष्‍ट हामी सबैको निम्‍ति मर्नुभएकोले र हामी आफ्नै निम्‍ति होइन, तर ख्रीष्‍टको निम्‍ति जिउने हुनाले हो । [५:१६]

2 Corinthians 5:17-18

ख्रीष्‍टमा हुनेलाई के हुन्छ ?

ऊ नयाँ सृष्‍टि हुन्छ । पुराना सबै कुरा बितेर गएका छन्‌; यो नयाँ भएको छ । [५:१७]

2 Corinthians 5:19

परमेश्‍वरले ख्रीष्‍टद्वारा मानिसहरूलाई मिलापमा ल्याउनुहुँदा तिनीहरूका निम्‍ति परमेश्‍वरले के गर्नुहुन्छ ?

परमेश्‍वरले तिनीहरूका पापपूर्ण कुराहरूको लेखा लिनुहुन्‍न र उहाँले तिनीहरूलाई मिलापको सन्देश सुम्पनुहुन्छ । [५:१९]

2 Corinthians 5:20

ख्रीष्‍टको अभिषिक्‍त प्रतिनिधिहरूको रूपमा पावल र उनका सहकर्मीहरूको कोरिन्‍थीहरूका निम्‍ति के अनुरोध छ ?

कोरिन्‍थीहरूलाई तिनीहरूको अनुरोध ख्रीष्‍टको खातिर मिलापमा आऊन्‌ भन्‍ने हो । [५:२०]

2 Corinthians 5:21

परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रा पापको निम्‍ति किन बलिदान हुन दिनुभयो ?

परमेश्‍वरले यसो गर्नुभयो, ताकि हामी ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता हुन सकौँ । [५:२१]

2 Corinthians 6

2 Corinthians 6:1

पावल र तिनका सहकर्मीहरूले कोरिन्‍थीहरूलाई के नगर्न अनुरोध गरे ?

तिनीहरूले कोरिन्‍थीहरूलाई परमेश्‍वरको अनुग्रह व्यर्थ हुन नदिन अनुरोध गरे । [६:१]

2 Corinthians 6:2

ग्रहणयोग्य समय कहिले हो ? मुक्‍तिको दिन कहिले हो ?

ग्रहणयोग्य समय अहिले नै हो । मुक्‍तिको दिन अहिले नै हो । [६:२]

2 Corinthians 6:3

पावल र तिनका सहकर्मीहरूले किन कसैका अगाडि बाधाको कारण राखेनन्‌ ?

तिनीहरूले कसैको अगाडि बाधाको कराण राखेनन्‌, किनकि तिनीहरूले आफ्नो सेवामा दोष ल्याएको चाहँदैनथे । [६:३]

2 Corinthians 6:4

पावल र तिनका सहकर्मीहरूका कार्यहरूले के प्रमाणित गरे ?

तिनीहरूका कार्यहरूले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन्‌ भनी प्रमाणित गरे । [६:४]

पावल र तिनका सहकर्मीहरूले सहेका केही कुराहरू के-के हुन्‌ ?

तिनीहरूले पीडा, कष्‍ट, कठिनाइ, कुटाइ, कैद, हुलदङ्गा, कडा परिश्रम, अनिदो र भोकजस्ता कुराहरू भोगे । [६:४-५]

2 Corinthians 6:5-7

पावल र तिनका सहकर्मीहरूले सहेका केही कुराहरू के-के हुन्‌ ?

तिनीहरूले पीडा, कष्‍ट, कठिनाइ, कुटाइ, कैद, हुलदङ्गा, कडा परिश्रम, अनिदो र भोकजस्ता कुराहरू भोगे । [६:४-५]

2 Corinthians 6:8-10

पावल र तिनका सहकर्मीहरू सत्य थिए तापनि तिनीहरूलाई के कुराको दोष लगाइयो ?

तिनीहरू छलीहरू भएको दोष लगाइयो । [६:८]

2 Corinthians 6:11-12

पावल कोरिन्‍थीहरूसँग के विनिमय गर्न चाहन्छन्‌ ?

कोरिन्‍थीहरूका निम्‍ति तिनीहरूका हृदय खुला भएको पावलले बताए र कोरिन्‍थीका सन्‍तहरूले पनि पावल र उपयुक्‍त विनिमयमा तिनका सहकर्मीहरूका निम्‍ति तिनीहरूका हृदय खुला राखेको चाहे । [६:११,१३]

2 Corinthians 6:13

2 Corinthians 6:14

कोरिन्‍थीका सन्‍तहरू अविश्‍वासीहरूसँग किन नबाँधिऊन्‌ भन्‍ने के-के कारणहरू पावलले दिन्छन्‌ ?

पावलले यसका लागि निम्‍न कारणहरू दिन्छन्ः धर्मिकता र अधार्मिकता के सम्बन्ध हुन्छ ? के ज्योतिको अँध्यारोसँग सङ्गति हुन्छ ? ख्रीष्‍टको बेलिआलसँग सहमत हुन्छ ? विश्‍वासीको अविश्‍वासीहरूसँग के साझेदारी हुन्छ र ? के परमेश्‍वर र मूर्तिहरूको मन्दिरसँग कुनै सम्झौता हुन सक्छ ? । [६:१४-१६]

2 Corinthians 6:15

2 Corinthians 6:16

2 Corinthians 6:17

“तिनीहरूबाट निस्की आउने र अलग हुने, र अशुद्ध थोकहरू नछुने...” हरूलाई परमप्रभुले के गर्नुहुनेछ भन्‍नुहुन्छ ?

परमप्रभुले तिनीहरूलाई स्वागत गर्नुहुनेछ भन्‍नुहुन्छ । उहाँ तिनीहरूका पिता हुनुहुनेछ र तिनीहरू उहाँका छोराछोरीहरू हुनेछन्‌ । [६:१७-१८]

2 Corinthians 6:18

2 Corinthians 7

2 Corinthians 7:1

हामीले आफैँलाई केबाट शुद्ध राख्‍नुपर्छ भनी पावल भन्छन्‌ ?

हामीलाई शरीर र आत्मामा अशुद्ध पार्ने सबै थोकबाट हामीले आफैँलाई शुद्ध पार्नुपर्छ । [७:१]

2 Corinthians 7:2

कोरिन्‍थीका सन्‍तहरूले तिनी र तिनका सहकर्मीहरूका निम्‍ति के गरून्‌ भन्‍ने चाहे ?

पावलले उनीहरूका निम्‍ति तिनीहरूले “स्थान दिऊन्‌” भन्‍ने चाहेका थिए । [७:२]

2 Corinthians 7:3

कोरिन्‍थीका सन्‍तहरूका निम्‍ति पावलसँग कस्तो उत्साहका वचनहरू थिए ?

पावलले भने, कि कोरिन्थका सन्‍तहरू तिनी र तिनका सहकर्मीहरूका हृदयमा सँगै मर्न र सँगै जिउनको निम्‍ति थिए । पावलले तिनीहरूमा गर्व भएको र तिनीहरूमा ठुलो भरोसा भएको कुरा बताए । [७:३-४]

2 Corinthians 7:4-5

2 Corinthians 7:6

पावल र तिनका सहकर्मीहरू माकेडोनियामा आउँदा र बाहिर विवाद अनि भित्र डर भएर हर प्रकारले कष्‍टमा हुँदा परमेश्‍वरले के सान्त्वना दिनुभयो ?

परमेश्‍वरले तीतसको आगमनद्वारा तीतसले कोरिन्थका सन्‍तहरूबाट पाएको सान्त्वनाको खबरद्वारा र पावलको निम्‍ति कोरिन्‍थीहरूका ठुलो स्‍नेह, तिनीहरूको शोक र गहन वास्ताद्वारा पनि सान्त्वना दिनुभयो । [७:६-७]

2 Corinthians 7:7

2 Corinthians 7:8

पावलको अगिल्लो पत्रले कोरिन्‍थीहरूमा के कुरा उत्पन्‍न गर्‍यो ?

कोरिन्थका सन्‍तहरूले पावलको पहिलो पत्रको प्रतिक्रियाको रूपमा ईश्‍वरीय शोक अर्थात् निराशाको महसुस गरे । [७:८-९]

2 Corinthians 7:9-11

पावलको अगिल्लो पत्रले कोरिन्‍थीहरूमा के कुरा उत्पन्‍न गर्‍यो ?

कोरिन्थका सन्‍तहरूले पावलको पहिलो पत्रको प्रतिक्रियाको रूपमा ईश्‍वरीय शोक अर्थात् निराशाको महसुस गरे । [७:८-९]

ईश्‍वरीय शोकले कोरिन्थका सन्‍तहरूमा के उत्पन्‍न गर्‍यो ?

ईश्‍वरीय शोकले तिनीहरूमा पश्‍चात्ताप र तिनीहरू निर्दोष थिए भन्‍ने प्रमाणित गर्ने अठोट ल्यायो । [७:९]

2 Corinthians 7:12

पावलले कोरिन्थका सन्‍तहरूलाई पहिलो पत्रमा के लेखेका थिए भन्छन्‌ ?

पावल र उनका सहकर्मीहरूका निम्‍ति परमेश्‍वरको दृष्‍टिमा कोरिन्थका सन्‍तहरूका हार्दिकता थाहा होस् भनेर लेखे । [७:१२]

2 Corinthians 7:13-14

तीतस किन आनन्दित थिए ?

तिनी आनन्दित थिए, किनभने कोरिन्थका सन्‍तहरूले तिनको आत्मा ताजा बनाएका थिए । [७:१३]

2 Corinthians 7:15-16

कोरिन्थका सन्‍तहरूका निम्‍ति तीतसको माया किन झनै वृद्धि भयो ?

तिनले कोरिन्थका सबै सन्‍तहरूका आज्ञाकारितासाथै तिनलाई डर र कम्पसाथ स्वागत गरेको सम्झँदा तिनीहरूप्रति तिनको माया झनै वृद्धि भयो । [७:१५]

2 Corinthians 8

2 Corinthians 8:1

कोरिन्थका दाजुभाइहरू र दिदी बहिनीहरूले के कुरा जानेको पावल चाहन्थ्ये ?

माकेडोनियाको मण्डलीलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा जानून्‌ भनी पावलले चाहना गर्दथ्ये । [८:१]

2 Corinthians 8:2-5

माकेडोनियाका मण्डलीहरू धेरै दरिद्र भए तापनि ठुलो कष्‍टको समयमा तिनीहरूले के गरे ?

तिनीहरूले सन्‍तहरूका सेवा-कार्यको लागि सक्‍ने जति र अझ त्योभन्दा पनि धेरै उदारतापूर्वक दिए । [८:२]

2 Corinthians 8:6

पावलले तीतसलाई के गर्नू भनी बिन्ती गरे ?

तीतसले यो अनुग्रहको कामलाई कोरिन्थका तर्फबाट पुरा गर्न बिन्ती गरे । [८:६]

2 Corinthians 8:7-11

पावलले कोरिन्थका सन्‍तहरूलाई किन “यो कृपापूर्ण काममा अझ बढ्दै जाओ” भने ?

तिनीहरूको प्रेमको सच्‍चाइलाई अरू मानिसहरूको लगनशीलतासँग तुलना गरेर प्रमाणित गर्न पावलले भने । [८:७]

2 Corinthians 8:12

पावलले के कुरालाई असल र ग्रहणयोग्य भन्छन्‌ ?

कोरिन्थका सन्‍तहरूका निम्‍ति यस्ता काम गर्न तत्पर हुनु असल र ग्रहणयोग्य कुरा हो भन्छन्‌ । [८:१२]

2 Corinthians 8:13

के पावलले यो काम गरियोस् र अरूहरू मुक्‍त होऊन्‌ अनि कोरिन्थका सन्‍तहरूचाहिँ भारमा परून्‌ भनी चाहन्छन्‌ ?

होइन । पावलले कोरिन्‍थीहरूका प्रशस्तताले त्यस बेला तिनीहरूको (अरू सन्‍तहरू) खाँचो पुरा गरोस् भने । त्यस्तै गरी तिनीहरूको प्रशस्तताले कोरिन्‍थीहरूको खाँचोलाई पुरा गरिदियोस् अनि त्यहाँ निष्पक्षता होस् । [८:१३-१४]

2 Corinthians 8:14-15

2 Corinthians 8:16

कोरिन्थका सन्‍तहरूका निम्‍ति परमेश्‍वरले तीतसको हृदयमा पनि पावलको हृदयमा भएको जस्तै हार्दिकता राखिदिनुभएपछि तिनले के गरे ?

तीतसले पावलको अनुरोधलाई स्वीकार गरे र त्यसमा साह्रै उत्साही भए अनि तिनको आफ्नै इच्छाले कोरिन्थका सन्‍तहरूकहाँ आए । [८:१६-१७]

2 Corinthians 8:17-19

2 Corinthians 8:20-23

पावल र अरू सन्‍तहरूले सङ्कलन गरिरहेका उदार दानको बारेमा कुनैले पनि गुनासो गर्ने कारण नपाऊन्‌ भनेर तिनीहरूले के गरे ?

पावल र अरू सन्‍तले तीतसलाई मात्र होइन, तर सुसमचारको प्रचारमा मण्डलीमा ख्याति पाएका अर्को भाइलाई पनि पठाए । यो दान (अनुग्रहको कार्य) लाई हस्तान्‍तरण गर्न यो भाइ र अर्को जाँचिएको भाइले सहायता गरे । [८:२०]

2 Corinthians 8:24

अरू मण्डलीहरूबाट पठाइएका भाइहरूको बारेमा पावलले कोरिन्थका सन्‍तहरूले के गरून्‌ भने ?

कोरिन्‍थीको मण्डलीले तिनीहरूलाई तिनीहरूको प्रेम र पावलले अरू मण्डलीहरूको सामुन्‍ने किन कोरिन्थका मण्डलीको बारेमा गर्व गरेका थिए भनी देखाओ भनी पावलले भने । [८:२४]

2 Corinthians 9

2 Corinthians 9:1-2

कोरिन्थका सन्‍तहरूलाई कुन कुराको बारेमा लेख्‍न आवश्यक छैन भनी पावल भन्छन्‌ ?

सन्‍तहरूका निम्‍ति सेवाको बारेमा लेख्‍न आवश्यक छैन भनी पावल भन्छन्‌ । [९:१]

2 Corinthians 9:3

पावलले कोरिन्थमा भाइहरूलाई किन पठाए ?

कोरिन्थका सन्‍तहरूको बारेमा गरेको घमण्ड व्यर्थ नहोस् र पावलले भनेअनुसार नै तिनीहरू तयार होऊन्‌ भनेर तिनले भाइहरूलाई कोरिन्थमा पठाए । [९:३]

2 Corinthians 9:4

भाइहरूलाई कोरिन्थका सन्‍तहरूकहाँ जान आग्रह गर्नु र कोरिन्‍थीहरूले प्रतिज्ञा गरेको भेटी अगाडि नै बन्दोबस्त गर्न किन पावलले आवश्यक ठाने ?

कारणवश माकेडोनियाका मानिसहरू पावलसँगै आउँदा कोरिन्‍थीहरूलाई पावलले भनेअनुसार तयार भएको देख्‍दा तिनी र तिनका सहकर्मीहरू शर्ममा नपरून्‌ भनी पावलले यसो गर्नु आवश्यक ठाने । कोरिन्‍थीहरूले करकापमा परेर होइन खुल्‍ला मनले दिएको भेटीको रूपमा तयार होऊन्‌ भन्‍ने पावलले चाहे । [९:४-५]

2 Corinthians 9:5

2 Corinthians 9:6

पावलले तिनीहरूले दिने कुराहरूको बारेमा के भन्छन्‌ ?

यसको बारेमा पावल भन्छन्‌: थोरै छर्नेले थोरै कटनी गर्दछ र प्रशस्त छर्नेले प्रशस्तसँग कटनी गर्छ । [९:६]

2 Corinthians 9:7-9

हरेकले कसरी दिनुपर्छ ?

हरेकले हृदयमा सङ्कल्प गरेबमोजिम दिनुपर्छ, तर करकापले वा दिँदा पीडा हुने किसिमले होइन । [९:७]

2 Corinthians 9:10

छर्नलाई बिउ र खानलाई रोटी दिनुहुनेले कोरिन्थका सन्‍तहरूलाई के गर्नुहुन्थ्यो ?

उहाँले छर्नको निम्‍ति तिनीहरूको बिउ आपूर्ति र वृद्धि अनि तिनीहरूका धार्मिकताको फसल बढाइ दिनुहुने थियो । तिनीहरू हर तरहले समृद्ध हुन गइरहेका थिए, ताकि तिनीहरू उदार होऊन्‌ । [९:१०-११]

2 Corinthians 9:11-12

2 Corinthians 9:13

कोरिन्थका सन्‍तहरूले परमेश्‍वरलाई कसरी महिमा दिए ?

तिनीहरूले ख्रीष्‍टको सुसमचारको स्वीकारको आज्ञाकारिता र तिनीहरूको भेटीको उदारताद्वारा परमेश्‍वरलाई महिमा दिए । [९:१३]

2 Corinthians 9:14-15

सन्‍तहरूले कोरिन्थका सन्‍तहरूका निम्‍ति प्रार्थना गर्दा किन तिनीहरूको तिर्सना गरे ?

तिनीहरूले परमेश्‍वरको असीम अनुग्रह कोरिन्‍थीहरूमाथि भएको हुनाले तिनीहरूले तिर्सना गरे । [९:१४]

2 Corinthians 10

2 Corinthians 10:2-3

पावलले कोरिन्थका सन्‍तहरूसँग केको निम्‍ति बिन्ती गरे ?

पावल तिनीहरूकहाँ उपस्थिति हुँदा दृढतासाथ साहसी हुनु नपरोस् भनी पावलले बिन्ती गरे । [१०:२]

कुन अवसरको निम्‍ति पावलले निर्भयतासाथ साहसी हुनुपर्छ भन्‍ने ठाने ?

पावलले तिनी र तिनका सहकर्मीहरू शरीरअनुसार जिइरहेका छन्‌ भनी ठान्‍नेहरूको विरोध गर्दा तिनी निर्भयतासाथ साहसी हुनुपर्ने ठाने । [१०:२]

2 Corinthians 10:4-7

पावल र तिनका सहकर्मीहरूले युद्ध छेड्दा तिनीहरूले कस्ता किसिमका हतियारहरू प्रयोग गरेनन्‌ ?

पावल र तिनका सहकर्मीहरूले युद्ध छेड्दा तिनीहरूले सांसारिक हातहतियारहरू प्रयोग गरेनन्‌ । [१०:४]

पावलले प्रयोग गरेका हातहतियारको शक्‍ति कस्तो थियो ?

पावलले प्रयोग गरेका हातहतियारहरू भर्माउने तर्कहरूलाई निष्फल तुल्याउने र परमेश्‍वरको ज्ञानको विरुद्ध खडा हुने सबै अहङ्कारलाई नष्‍ट गर्ने अर्थात् किल्लाहरूलाई नष्‍ट पार्ने ईश्‍वरीय शक्‍ति थियो । [१०:४]

2 Corinthians 10:8-9

कुन कारणको लागि पावल र तिनका सहकर्मीहरूलाई परमेश्‍वरले अधिकार दिनुभयो ?

पावल र तिनका सहकर्मीहरूले कोरिन्थका सन्‍तहरूलाई नाश पार्न होइन, तर तिनीहरूलाई निर्माण गर्नको लागि परमेश्‍वरले अधिकार दिनुभयो । [१०:८]

2 Corinthians 10:10

केही मानिसहरूले पावल र तिनका पत्रहरूको बारेमा के भनिरहेका थिए ?

पावलका पत्रहरू धेरै गम्भीर र शक्‍तिशाली थिए, तर शारीरिक रूपमा तिनी कमजोर थिए र तिनका वचनहरू सुन्‍न योग्यका थिएनन्‌ भनिरहेका थिए । [१०:१०]

2 Corinthians 10:11

तिनी पत्रले निर्दिष्‍ट गरेभन्दा फरक व्यक्‍ति थिए भन्‍नेहरूलाई पावलले के भने ?

पावल कोरिन्थका सन्‍तहरूसँग रहँदा पनि तिनी टाढा हुँदा तिनले पत्रद्वारा भनेका जस्तै हुनेछन्‌ भने । [१०:११]

2 Corinthians 10:12

आफ्नै प्रशंसा गर्नेहरूले तिनीहरूको अन्‍तर्दृष्‍टि थिएन भन्‍ने देखाउन के गरे ?

तिनीहरूसँग अन्‍तर्दृष्‍टि नभएको तिनीहरूले देखाए, किनभने तिनीहरूले एक-अर्कासँग मात्र मापन गरे र एक-अर्कासँग मात्र तुलना गरे । [१०:१२]

2 Corinthians 10:13-14

पावलको घमण्डका सिमाहरू के-के थिए ?

कोरिन्‍थीहरूसम्म पुग्दा पनि तिनीहरूको घमण्ड परमेश्‍वरले तिनीहरूलाई दिनुभएको क्षेत्रमा रहन्थ्यो भने । पावलले अरूहरूका श्रममा अर्थात् अरूको क्षेत्रभित्र गरिएका कामहरूको बारेमा तिनीहरूले घमण्ड गर्दैनन्‌ भने । [१०:१३,१५,१६]

2 Corinthians 10:15

2 Corinthians 10:16-17

2 Corinthians 10:18

कसलाई स्वीकार गरिन्छ ?

प्रभुले तारिफ गर्नुहुनेलाई स्वीकार गरिन्छ । [१०:१८]

2 Corinthians 11

2 Corinthians 11:2

कोरिन्थका सन्‍तहरूका निम्‍ति पावलसँग किन ईश्‍वरीय डाह थियो ?

तिनी तिनीहरूका निम्‍ति डाही भए, किनभने तिनले तिनीहरूलाई ख्रीष्‍टको निम्‍ति शुद्ध कन्याको रूपमा प्रस्तुत गर्न अर्थात् एउटा पतिलाई विवाहको निम्‍ति प्रतिज्ञा गरेका थिए । [११:२]

2 Corinthians 11:3

कोरिन्थका सन्‍तहरूको बारेमा पावल कुन कुराको निम्‍ति डराए ?

तिनीहरूको ख्रीष्‍टप्रतिको सच्‍चा र शुद्ध समर्पणताबाट तिनीहरूको विचार भड्‌किन्छ कि भनी पावल डराए । [११:३]

2 Corinthians 11:4-6

कोरिन्थका सन्‍तहरूले के कुरालाई सहे ?

तिनीहरूले कसैले आएर पावल र तिनका सहकर्मीहरूले प्रचार गरेको भन्दा अर्को येशू अर्थात् फरक सुसमचार प्रचार गरेको सहे । [११:४]

2 Corinthians 11:7

पावलले कसरी कोरिन्‍थीहरूलाई सुसमाचार प्रचार गरे ?

पावलले कोरिन्‍थीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरे । [११:७]

2 Corinthians 11:8-12

पावलले अरू मण्डलीलाई कसरी लुटे ?

पावलले कोरिन्‍थीहरूको सेवा गर्न तिनीहरूबाट आर्थिक सहायता लिएर अरू मण्डलीलाई लुटे । [११:८]

2 Corinthians 11:13

तिनीहरूले गर्व गर्ने थोकमा पावल र तिनका सहकर्मी बराबर हुन चाहनेहरूबारे तिनी कसरी वर्णन गर्छन्‌ ?

पावलले यस्ताहरूलाई शैतानका सेवकहरू, झुटा प्रेरितहरू, छली काम गर्नेहरू, आफैलाई ख्रीष्‍टका प्रेरितहरूको रूप धारण गर्नेहरू भनी वर्णन गर्छन्‌ । [११:१३]

2 Corinthians 11:14-15

शैतान आफैँले कसरी भेष बदल्छ ?

त्यसले ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्छ । [११:१४]

2 Corinthians 11:16-18

किन पावलले कोरिन्थका सन्‍तहरूलाई आफूलाई मूर्खको रूपमा लिनू भन्छन्‌ ?

तिनले अझै घमण्ड गर्न सकून्‌ भनी तिनलाई तिनीहरूले मूर्खको रूपमा लेऊन्‌ भने । [११:१६]

2 Corinthians 11:19

कोरिन्थका सन्‍तहरूले खुसीसाथ सहन्छन्‌ भनी पावलले कोसँग भने ?

तिनीहरूले मूर्खहरूलाई, तिनीहरूलाई दास बनाउनेहरूलाई, तिनीहरूमा फुट ल्याउनेहरूलाई, तिनीहरूबाट फाइदा उठाउनेहरूलाई, धाक लगाउनेहरूलाई वा मुखमा तिनीहरूलाई थप्पड लाउनेहरूलाई खुसीसाथ सहन्छन्‌ भने । [११:१९-२०]

2 Corinthians 11:20-21

2 Corinthians 11:22

तिनीहरूले घमण्ड गरेको बारेमा पावल समान ठान्‍नेहरूको तुलनामा पावलका घमण्डहरू के-के थिए ?

पावल तिनीसँग समान हुन चाहनेहरूजस्तै एक हिब्रू, इस्राएली र अब्राहामका सन्तान थिए । पावल तिनीहरूभन्दा बढी कडा श्रममा, कैदहरूमा, अनगिन्ती कुटाइहरूमा, मृत्युसम्मकै कैयौँ खतराहरू सामना गर्नेहरूमा ख्रीष्‍टका सेवक थिए । [११:२२-२३]

2 Corinthians 11:23

2 Corinthians 11:24

पावलले सहेका केही निर्दिष्‍ट खतरहरू के-के थिए ?

पावलले यहूदीहरूको हातबाट पाँच पटक उनन्चालिस कोर्रा खाए; तिन पटक पिटिए; एक पटक ढुङ्गाले हानिए; तिन पटक तिनी चढेको जहाज ध्वस्त भयो; तिनले एक दिन र एक रात समुद्रमा बिताए । तिनी नदीहरू, डाँकुहरू, आफ्नै मानिसहरू, गैरयहूदीको जोखिममा थिए । तिनी सहरहरू, उजाड-स्थान, समुद्र र झुटा भाइहरूको जोखिमहरूमा परे । पावल दमस्कसका शासकको जोखिममा पनि परे । [११:२४-२६, ३२]

2 Corinthians 11:25

2 Corinthians 11:26-28

2 Corinthians 11:29

पावलका अनुसार के कुराले तिनलाई भित्र-भित्रै व्याकुल बनायो ?

एउटाले अर्कोलाई पापमा फसाउँदा पावल भित्र-भित्रै व्याकुल हुन्थे । [११:२९]

2 Corinthians 11:30-31

यदि पावले घमण्ड गर्नुपर्थ्यो भने, उनले केमा घमण्ड गर्छु भने ?

आफ्नो कमजोरी देखाउने कुरामा नै घमण्ड गर्छु भने । [११:३०]

2 Corinthians 11:32-33

पावलले सहेका केही निर्दिष्‍ट खतरहरू के-के थिए ?

पावलले यहूदीहरूको हातबाट पाँच पटक उनन्चालिस कोर्रा खाए; तिन पटक पिटिए; एक पटक ढुङ्गाले हानिए; तिन पटक तिनी चढेको जहाज ध्वस्त भयो; तिनले एक दिन र एक रात समुद्रमा बिताए । तिनी नदीहरू, डाँकुहरू, आफ्नै मानिसहरू, गैरयहूदीको जोखिममा थिए । तिनी सहरहरू, उजाड-स्थान, समुद्र र झुटा भाइहरूको जोखिमहरूमा परे । पावल दमस्कसका शासकको जोखिममा पनि परे । [११:२४-२६, ३२]

2 Corinthians 12

2 Corinthians 12:1

केको बारेमा अहिले पावलले गर्व गर्छन्‌ भने ?

पावलले प्रभुबाट पाएका दर्शन र प्रकाशहरूको बारेमा गर्व गरिरहन्थे भन्छन्‌ । [१२:१]

2 Corinthians 12:2-5

चौध वर्षअगि ख्रीष्‍टमा भएका मानिसलाई के भयो ?

ऊ तेस्रो स्वर्गमा उचाली लगियो; उसलाई स्वर्गलोकमा उचाली लगियो र कसैलाई पनि बताउन नहुने कुराहरू उसले सुन्यो । [१२:२]

2 Corinthians 12:6

यदि पावलले घमण्ड गरे पनि यसमा मूर्खता हुने थिएन भनी तिनले किन भन्छन्‌ ?

पावलले गर्व गर्नु तिनको निम्‍ति कुनै मूर्खता हुँदैनथ्यो भन्छन्‌, किनकि तिनले सत्य बोलिरहेका हुन्थे । [१२:६]

2 Corinthians 12:7-8

घमण्डले नफुलिन पावललाई के भयो ?

पावललाई सताउन शैतानको दूत अर्थात् तिनको शरीरमा काँडा दिइएको थियो । [१२:७]

2 Corinthians 12:9-11

पावलले आफ्‍नो शरीरबाट काँडा हटाइदिन प्रभुसँग बिन्ती गरेपछि प्रभुले तिनलाई के भन्‍नुभयो ?

प्रभुले पावललाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो लागि प्रशस्त छ, मेरो शक्‍ति दुर्बलतामा नै सिद्ध हुन्छ” । [१२:९]

पावलले आफ्नो कमजोरीमा गर्व गर्न उचित थियो भनी किन भने ?

ख्रीष्‍टको शक्‍ति तिनीमाथि रहोस् भन्‍नाका लागि यो उचित थियो भनी पावल भन्छन्‌ । [१२:९]

2 Corinthians 12:12-13

कोरिन्‍थीहरूबिच के कुरा पुरा धैर्यसाथ प्रस्तुत गरिएको थियो ?

तिनीहरूकहाँ प्रेरितका साँचा चिन्हहरू अर्थात् चिन्हहरू, आश्‍चर्यकर्महरू र शक्‍तिका कामहरू पुरा धैर्यसाथ प्रस्तुत गरिएको थियो । [१२:१२]

2 Corinthians 12:14

कोरिन्‍थीहरूका निम्‍ति पावल किन बोझ हुँदैन थिए भनी तिनले भने ?

पावलले तिनीहरूको कुनै पनि चाह गरेको होइनन्‌ भन्‍ने देखाउन तिनीहरूलाई यसो भने । तिनले तिनीहरूलाई नै चाहन्थे । [१२:१४]

2 Corinthians 12:15-18

पावलले कोरिन्थका सन्‍तहरूका निम्‍ति खुसीसाथ के गर्थे भने ?

पावलले तिनीहरूका प्राणको निम्‍ति खुसीसाथ खर्च गर्थे र खर्चिन्थे । [१२:१५]

2 Corinthians 12:19

पावलले यी सबै कुरा कोरिन्थका सन्‍तहरूलाई कुन उद्देश्यको निम्‍ति भन्छन्‌ ?

पावले यी सबै कुरा कोरिन्थका सन्‍तहरूलाई निर्माण गर्नको लागि भने । [१२:१९]

2 Corinthians 12:20

पावल कोरिन्थका सन्‍तहरूकहाँ जाँदा के कुरा पाऊलान्‌ भनी डराए ?

पावलले तिनीहरू माझ झगडा, डाह, क्रोध, स्वार्थी आकाङ्क्षा, बदख्वाइँ, निन्दा-चर्चो, अभिमान र गोलमाल भेट्टाऊलान्‌ भनी डराए । [१२:२०]

2 Corinthians 12:21

परमेश्‍वरले तिनलाई के गर्नु होला भनी पावल डराए ?

परमेश्‍वरले तिनलाई कोरिन्थका सन्‍तहरूका सामु नम्र तुल्याउनुहुन्छ कि भनी डराए । [१२:२१]

के कारणले पहिले पाप गरेका कोरिन्थका धेरै सन्‍तहरूका निम्‍ति पावलले शोक गर्नुपर्ला भन्छन्‌ ?

तिनीहरूले पहिले नै गरेका अशुद्धता, व्यभिचार र कामवासनाको पश्‍चात्ताप गरेका छैनन्‌ कि भनी पावल डराए । [१२:२१]

2 Corinthians 13

2 Corinthians 13:1

२ कोरिन्‍थीको पत्र लेख्दा पावल कोरिन्थमा कति पटक आइसकेका थिए ?

२ कोरिन्‍थीको पत्र लेख्दा पावल कोरिन्थमा २ पटक आइसकेका थिए । [१३:१-२]

2 Corinthians 13:2

२ कोरिन्‍थीको पत्र लेख्दा पावल कोरिन्थमा कति पटक आइसकेका थिए ?

२ कोरिन्‍थीको पत्र लेख्दा पावल कोरिन्थमा २ पटक आइसकेका थिए । [१३:१-२]

2 Corinthians 13:3-4

पावल फेरि आउँदा पहिले पाप गरेकाहरूलाई र बाँकी सबैलाई पनि छोड्नेछैनन्‌ भनी तिनले कोरिन्थका सन्‍तहरूलाई किन भने ?

पावलले यो कुरा तिनीहरूलाई भने, किनभने कोरिन्थका सन्‍तहरूले तिनीद्वारा परमेश्‍वर बोल्नुभएको प्रमाण खोजेका थिए । [१३:३]

2 Corinthians 13:5

केको लागि पावलले कोरिन्थका सन्‍तहरूलाई आफैँलाई जाँच गर्न र परीक्षा गर्न भने ?

तिनीहरू आफ्नो विश्‍वासमा छन्‌ कि छैनन्‌ भनी आफैँलाई जाँच्न र परीक्षा गर्न भने । [१३:५]

2 Corinthians 13:6-7

कोरिन्थका सन्‍तहरूले पावल र तिनका सहकर्मीहरूको विषयमा के कुरा पत्ता लगाउनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त थिए ?

कोरिन्थका सन्‍तहरूले तिनीहरू अनुमोदित गरिएकाहरू थिएनन्‌ भन्‍ने थाहा पाउनेछन्‌ भन्‍ने कुरामा पावल विश्‍वस्त थिए । [१३:६]

2 Corinthians 13:8-9

पावल र तिनका सहकर्मीहरू के गर्न असमर्थ थिए भनी पावलले भने ?

तिनीहरू सत्यको विरुद्धमा केही पनि कुरा गर्न असमर्थ थिए भने । [१३:८]

2 Corinthians 13:10

पावलले यी कुराहरू आफू कोरिन्थका सन्‍तहरूदेखि टाढा हुँदा नै किन लेखे ?

पावलले तिनीहरूसँग हुँदा तिनले तिनीहरूसँग कठोरतासाथ काम गर्नु नपरोस् भनी तिनले यो लेखे । [१३:१०]

प्रभुले पावललाई दिनुभएको अधिकारलाई तिनले कोरिन्थका सन्‍तहरूको सन्दर्भमा कसरी प्रयोग गर्न चाहन्थे ?

पावलले तिनको अधिकार कोरिन्थका सन्‍तहरूलाई भत्काउन होइन, निर्माण गर्नका लागि प्रयोग गर्न चाहे । [१३:१०]

2 Corinthians 13:11

निष्कर्षमा, कोरिन्‍थीहरूले के गरेको पावल चाहन्थे ?

पावलले तिनीहरू आनन्दित भएको, पुनर्स्थापनाको निम्‍ति काम गरेको, एक-अर्कासँग सहमत भएको, शान्तिमा जिएको र एक-आपसमा पवित्र चुम्बनले अभिवादन गरेको चाहन्थे । [१३:११-१२]

2 Corinthians 13:12-13

निष्कर्षमा, कोरिन्‍थीहरूले के गरेको पावल चाहन्थे ?

पावलले तिनीहरू आनन्दित भएको, पुनर्स्थापनाको निम्‍ति काम गरेको, एक-अर्कासँग सहमत भएको, शान्तिमा जिएको र एक-आपसमा पवित्र चुम्बनले अभिवादन गरेको चाहन्थे । [१३:११-१२]

2 Corinthians 13:14

कोरिन्थका सन्‍तहरूसँग के कुरा भएको पावलले चाहे ?

पावलले तिनीहरूसँग प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्गति रहोस् भन्‍ने चाहे । [१३:१४]