2 John
2 John 1
2 John 1:1-2
यस पत्रमा लेखक यूहन्नाले आफूलाई के नाउँले परिचित गराएका छन् ?
यूहन्नाले आफूलाई एल्डरको रूपमा परिचित गराएका छन् [१:१]
यो पत्र कसलाई लेखिएको हो ?
यो पत्र चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई लेखिएको हो [१:१]
2 John 1:3
यूहन्नाले अनुग्रह, दया र शान्ति कसबाट आउँछन् भन्छन् ?
यूहन्नाले अनुग्रह, दया र शान्ति परमेश्वर पिता र उहाँका पुत्र ख्रीष्ट येशूबाट आउँछन् भन्छन् [१:३]
2 John 1:4
यूहन्ना किन आनन्दित हुँदै छन् ?
यूहन्ना आनन्दित हुँदै छन् किनभने तिनले ती महिलाका केही छोराछोरीलाई सत्यतामा हिँडिरहेका भेट्टाएका छन् [१:४]
2 John 1:5
यूहन्नाले कुनचाहिँ आज्ञा तिनीहरूसँग सुरुदेखि नै थियो भन्छन् ?
एक-अर्कालाई प्रेम गर्ने आज्ञा तिनीहरूसँग सुरुदेखि नै थियो भनी यूहन्ना भन्छन् [१:५]
2 John 1:6
यूहन्नाले प्रेम के हो भन्छन् ?
यूहन्नाले परमेश्वरको आज्ञाअनुसार हिँड्नु नै प्रेम हो भन्छन् [१:६]
2 John 1:7
यूहन्नाले ती मानिसहरूलाई के भनेर सम्बोधन गरेका छन् जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् ?
येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्ने मानिसहरूलाई यूहन्नाले छली र ख्रीष्ट विरोधी भनेर सम्बोधन गरेका छन् [१:७]
2 John 1:8-9
विश्वासीहरू के नगर्न होसियार हुनुपर्छ भनी यूहन्ना भन्छन् ?
तिनीहरूले परिश्रम गरेका कुरा नगुमाउन विश्वासीहरू होसियारी हुनुपर्छ भन्छन् [१:८]
2 John 1:10
ख्रीष्टको सत्य शिक्षा नल्याउनेसँग कसो गर्नू भनी यूहन्ना विश्वासीहरूलाई बताउँछन् ?
ख्रीष्टको बारेमा सत्य शिक्षा नल्याउनेलाई घरमा स्वागत नगर्नू भनी यूहन्ना भन्छन् [१:१०]
2 John 1:11
ख्रीष्टको बारेमा सत्य शिक्षा नल्याउनेलाई स्वागत गर्ने विश्वासी केको दोषी हुनेछ ?
उक्त विश्वासी ख्रीष्टको बारेमा सत्य शिक्षा नल्याउनेको दुष्ट कामहरूमा सहभागी भएकोमा दोषी हुनेछ [१:११]
2 John 1:12-13
यूहन्ना भविष्यमा के गर्ने आशा गर्छन् ?
यूहन्ना चुनिएकी महिलासँग आमने-सामने कुरा गर्ने आशा गर्छन् [१:१२]