नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Philippians

Philippians 1

Philippians 1:1-4

पावलले यो पत्रमा कसलाई सम्बोधन गरे ?

पावलले यो पत्रमा बिशप र डिकनहरूलगायत येशू ख्रीष्‍टमा अलग गरिएका फिलिप्पीका सबै विश्‍वासीहरूलाई सम्बोधन गरे । [१:१]

Philippians 1:5

फिलिप्पीहरूका के कुराको निम्ति पावलले परमेश्‍वरलाई धन्यवाद दिए ?

पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा फिलिप्पीहरूका सहभागिताको निम्ति पावलले परमेश्‍वरलाई धन्यवाद दिए । [१:५]

Philippians 1:6

फिलिप्पीहरूको के कुरामा पावल निश्‍चित थिए ?

पावल यो कुरामा निश्‍चित थिए, कि फिलिप्पीहरूमा असल काम प्रारम्भ गर्नुहुनेले त्यसलाई पुरा गर्नुहुनेछ । [१:६]

Philippians 1:7-8

के कुरामा फिलिप्पीहरू पावलको सहकर्मी भएका थिए ?

पावलको कैदमा र सुसमाचारमा उनको समर्थन र निश्‍चयतामा फिलिप्पीहरू उनको सहकर्मी भएका थिए । [१:९]

Philippians 1:9-10

फिलिप्पीहरूका माझमा के कुरा झनझन बढोस् भनेर पावलले प्रार्थना गरे ?

फिलिप्पीहरूको माझमा प्रेमचाहिँ झनझन बढोस् भनेर पावलले प्रार्थना गरे । [१:९]

Philippians 1:11

फिलिप्पीहरू के कुराले भरिऊन् भनेर पावलले इच्छा गरे ?

फिलिप्पीहरू धार्मिकताका फलहरूले भरिऊन् भनेर पावलले इच्छा गरे । [१:११]

Philippians 1:12

पावलको कैदले कसरी सुसमाचारलाई अगाडि बढायो ?

ख्रीष्‍टको निम्ति भएको पावलको कैदको बारेमा बृहत् रूपमा सबै मानिसहरूले थाहा पाए, र धेरै जसो भाइहरूले त्यस बेला साहसपूर्वक बोलिरहेका थिए । [१:१२-१४]

Philippians 1:13

पावलको कैदले कसरी सुसमाचारलाई अगाडि बढायो ?

ख्रीष्‍टको निम्ति भएको पावलको कैदको बारेमा बृहत् रूपमा सबै मानिसहरूले थाहा पाए, र धेरै जसो भाइहरूले त्यस बेला साहसपूर्वक बोलिरहेका थिए । [१:१२-१४]

Philippians 1:14-16

पावलको कैदले कसरी सुसमाचारलाई अगाडि बढायो ?

ख्रीष्‍टको निम्ति भएको पावलको कैदको बारेमा बृहत् रूपमा सबै मानिसहरूले थाहा पाए, र धेरै जसो भाइहरूले त्यस बेला साहसपूर्वक बोलिरहेका थिए । [१:१२-१४]

Philippians 1:17

किन कोही-कोहीले स्वार्थ र निष्‍ठाहीन उद्देश्यले ख्रीष्‍टको घोषणा गरिरहेका थिए ?

कोही-कोहीले स्वार्थ र निष्‍ठाहीन उद्देश्यले ख्रीष्‍टको घोषणा गरिरहेका थिए, किनभने तिनीहरूले कैदमा पावलको निम्ति अझ धेरै कष्‍ट थपिदिने विचार गरेका थिए । [१:१७]

Philippians 1:18-19

निष्‍ठावान् र निष्‍ठाहीन उद्देश्यले ख्रीष्‍टको घोषणा गर्नेहरूप्रति पावलको प्रतिक्रिया कस्तो थियो ?

जुनसुकै तरिकाले भए पनि ख्रीष्‍टको घोषणा भएकोमा पावल आनन्दित थिए । [१:१८]

Philippians 1:20

पावलले जीवनमा वा मृत्युद्वारा के गर्ने इच्छा गरे ?

पावलले जीवनमा वा मृत्युद्वारा ख्रीष्‍टलाई महिमा दिने इच्छा गरे । [१:२०]

Philippians 1:21

पावलका अनुसार जिउनु के हो, र मर्नु के हो ?

पावलका अनुसार जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो । [१:२१]

Philippians 1:22

पावलले छानेका के कुराहरूले उनलाई फरक दिशाहरूतर्फ ताने ?

मृत्युमा ख्रीष्‍टसँग हुने, वा आफ्नो परिश्रमलाई निरन्तरता दिन शरीरमा रहने पावलका इच्छाहरूले उनलाई ताने । [१:२२-२४]

Philippians 1:23

पावलले छानेका के कुराहरूले उनलाई फरक दिशाहरूतर्फ ताने ?

मृत्युमा ख्रीष्‍टसँग हुने, वा आफ्नो परिश्रमलाई निरन्तरता दिन शरीरमा रहने पावलका इच्छाहरूले उनलाई ताने । [१:२२-२४]

Philippians 1:24

पावलले छानेका के कुराहरूले उनलाई फरक दिशाहरूतर्फ ताने ?

मृत्युमा ख्रीष्‍टसँग हुने, वा आफ्नो परिश्रमलाई निरन्तरता दिन शरीरमा रहने पावलका इच्छाहरूले उनलाई ताने । [१:२२-२४]

Philippians 1:25-26

पावल कुन उद्देश्यको निम्ति फिलिप्पीहरूसँग रहनेछन् भन्‍ने कुरामा निश्‍चित थिए ?

विश्‍वासमा फिलिप्पीहरूको प्रगति र आनन्दको निम्ति पावल तिनीहरूसँग रहनेछन् भन्‍ने कुरामा उनी निश्‍चित थिए । [१:२५]

Philippians 1:27

फिलिप्पीहरूसँगै भए पनि वा टाढा भए पनि पावलले तिनीहरूको बारेमा के सुन्‍न चाहन्थे ?

फिलिप्पीहरू सुसमाचारको विश्‍वासको निम्ति एउटै प्राणले कडा परिश्रम गर्दै एउटै आत्मामा दृढ भएर खडा भएको कुरा सुन्‍न पावल चाहन्थे । [१:२७]

Philippians 1:28

जब फिलिप्पीहरूका विरुद्धमा भएकाहरूसँग तिनीहरू भयभीत भएनन्, तब यो के कुराको चिह्न थियो ?

जब फिलिप्पीहरू भयभीत भएनन्, तब योचाहिँ तिनीहरूका विरोधीहरूको विनाश, तर तिनीहरूको मुक्‍तिको चिह्न थियो । [१:२८]

Philippians 1:29-30

परमेश्‍वरद्वारा फिलिप्पीहरूलाई कुन-कुन दुईवटा कुरा उपलव्ध गराइएको थिए ?

फिलिप्पीहरूलाई ख्रीष्‍टमा विश्‍वास गर्ने, तर उहाँको निम्ति दुःख पनि भोग्‍ने, यी दुई कुराहरू उपलव्ध गराइएका थिए । [१:२९]

Philippians 2

Philippians 2:2

उनको आनन्द पुरा गर्न फिलिप्पीहरूले के गर्नुपर्छ भनेर पावल भन्दछन् ?

फिलिप्पीहरू एकै मनको हुनुपर्छ, तिनीहरूले एउटै प्रेम धारण गर्नुपर्छ, अनि आत्मा र विचारमा तिनीहरू एक हुनुपर्छ । [२:२]

Philippians 2:3-4

फिलिप्पीहरूले एक अर्कालाई कस्तो ठान्‍नुपर्छ भनेर पावल भन्दछन् ?

फिलिप्पीहरूले एक अर्कालाई आफूभन्दा उच्‍च ठान्‍नुपर्छ भनेर पावल भन्दछन् । [२:३]

Philippians 2:5

हामीहरूसँग कसको मन हुनुपर्छ भनेर पावल भन्दछन् ?

हामीहरूसँग ख्रीष्‍ट येशूको मन हुनुपर्छ भनेर पावल भन्दछन् । [२:५-६]

Philippians 2:6

हामीहरूसँग कसको मन हुनुपर्छ भनेर पावल भन्दछन् ?

हामीहरूसँग ख्रीष्‍ट येशूको मन हुनुपर्छ भनेर पावल भन्दछन् । [२:५-६]

ख्रीष्‍ट येशू कसको स्वरूपमा अस्तित्वमा आउनुभयो ?

ख्रीष्‍ट येशू परमेश्‍वरको स्वरूपमा अस्तित्वमा आउनुभयो । [२:६]

Philippians 2:7

त्यसपछि ख्रीष्‍ट येशूले कसको स्वरूप लिनुभयो ?

त्यसपछि ख्रीष्‍ट येशूले मानिसको स्वरूपमा आउनुभएर कमराको रूप धारण गर्नुभयो । [२:७]

Philippians 2:8

येशूले आफैँलाई कसरी नम्र तुल्याउनुभयो ?

क्रुसको मृत्युसम्मै आज्ञाकारी भएर येशूले आफैँलाई नम्र तुल्याउनुभयो । [२:८]

Philippians 2:9-10

त्यसपछि परमेश्‍वरले येशूको निम्ति के गर्नुभयो ?

त्यसपछि परमेश्‍वरले येशूलाई अति उच्‍च पार्नुभयो र उहाँलाई सबैभन्दा उच्‍च नाम दिनुभयो । [२:९]

Philippians 2:11

हरेक जिब्रोले के स्वीकार गर्नेछ ?

येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर हरेक जिब्रोले स्वीकार गर्नेछ । [२:११]

Philippians 2:12

फिलिप्पीहरूलाई तिनीहरूका मुक्‍तिको काम पुरा गर्न कसरी बोलाइएको थियो ?

फिलिप्पीहरूलाई तिनीहरूका मुक्‍तिको काम डर र कम्पसाथ पुरा गर्न बोलाइएको थियो । [२:१२]

Philippians 2:13

विश्‍वासीहरूले के गरून् भनेर परमेश्‍वरले काम गर्नुहुन्छ ?

परमेश्‍वरको प्रसन्‍नताको निम्ति विश्‍वासीहरूले इच्छा र काम गरून् भनेर उहाँले तिनीहरूमा काम गर्नुहुन्छ । [२:१३]

Philippians 2:14-16

सबै कामहरू के कुरा नगरी गरिनुपर्छ ?

सबै कामहरू गनगन र तर्क वितर्कविना नै गरिनुपर्छ । [२:१४]

Philippians 2:17

कुन उद्देश्यको निम्ति पावलले उनको जीवन अर्पण गरिरहेका छन् ?

फिलिप्पीहरूको विश्‍वासको सेवा र बलिदानमा पावलले आफ्नो जीवन अर्पण गरिरहेका छन् । [२:१७]

पावलसँग कस्तो मन थियो,जुन फिलिप्पीहरूसँग पनि होस् भनेर उनी बताउँछन् ?

पूर्ण आनन्दसाथ पावल आनन्दित हुन्छन् । [२:१७-१८]

Philippians 2:18-19

पावलसँग कस्तो मन थियो,जुन फिलिप्पीहरूसँग पनि होस् भनेर उनी बताउँछन् ?

पूर्ण आनन्दसाथ पावल आनन्दित हुन्छन् । [२:१७-१८]

Philippians 2:20

पावलको निम्ति तिमोथी किन सबैभन्दा भिन्‍न सहयोगी भए ?

तिमोथी सबैभन्दा भिन्‍न भए, किनभने तिनले आफ्नै इच्छाहरूका निम्ति होइन तर फिलिप्पीहरूका निम्ति साँचो रूपमा वास्ता गर्थे । [२:२०-२१]

Philippians 2:21-23

पावलको निम्ति तिमोथी किन सबैभन्दा भिन्‍न सहयोगी भए ?

तिमोथी सबैभन्दा भिन्‍न भए, किनभने तिनले आफ्नै इच्छाहरूका निम्ति होइन तर फिलिप्पीहरूका निम्ति साँचो रूपमा वास्ता गर्थे । [२:२०-२१]

Philippians 2:24-29

के पावलले फिलिप्पीहरूलाई देख्‍ने आशा गरेका छन् ?

हो, पावलले फिलिप्पीहरूलाई छिट्टै देख्‍ने आशा गरेका छन् । [२:२४]

Philippians 2:30

के को निम्ति इपाफ्रोडिटस झन्डै मरेका थिए ?

ख्रीष्‍टको काम अर्थात् पावलको सेवा गर्ने र पावलका आवश्यकताहरू पूर्ति गर्ने काम गर्दा इपाफ्रोडिटस झन्डै मरेका थिए । [२:३०]

Philippians 3

Philippians 3:2

पावलले विश्‍वासीहरूलाई के कुरादेखि होसियार रहन सचेत गराएका छन् ?

पावलले कुकुरहरू, दुष्‍ट काम गर्नेहरू, र अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहन विश्‍वासीहरूलाई सचेत गराउँछन् । [३:२]

Philippians 3:3-5

पावलले कसलाई साँचो खतना भनेर भन्दछन् ?

पावलले साँचो खतना भनेर ती व्यक्‍तिहरूलाई भन्दछन् जसले परमेश्‍वरका आत्मा र ख्रीष्‍ट येशूको महिमामा आराधना गर्दछन्, र शरीरमा भरोसा राख्दैनन् । [३:३]

Philippians 3:6

व्यवस्थाको धार्मिकताअनुसार आफ्ना पहिलेका व्यवहारहरूलाई पावल कसरी वर्णन गर्दछन् ?

व्यवस्थाको धार्मिकताअनुसार आफ्ना पहिलेका व्यवहारहरूलाई पावल दोषरहित भनेर वर्णन गर्दछन् । [३:६]

Philippians 3:7

पहिले आफ्नो शरीरमा भरोसा राख्‍ने कुरालाई पावलले अहिले कस्तो मान्दछन् ?

आफ्नो शरीरमा भरोसा राख्‍ने सबै पहिलेका कुरालाई पावलले अहिले ख्रीष्‍टको कारण मूल्यहीन ठानेका छन् । [३:७]

Philippians 3:8

के उद्देश्यको निम्ति पहिलेका कुराहरूलाई पावलले अहिले व्यर्थका ठान्दछन् ?

पहिलेका कुराहरूलाई पावलले अहिले व्यर्थका ठान्दछन् ताकि उनले ख्रीष्‍टलाई प्राप्‍त गर्न सकून् । [३:८]

Philippians 3:9

पावलसँग अहिले कस्तो प्रकारको धार्मिकता छ ?

पावलसँग अहिले त्यो धार्मिकता छ जुन ख्रीष्‍टमा विश्‍वासद्वारा परमेश्‍वरबाट आएको हो । [३:९]

Philippians 3:10-11

पावलको ख्रीष्‍टसँग के कुरामा सहभागिता छ ?

ख्रीष्‍टका कष्‍टहरूमा पावलको सहभागिता छ । [३:१०]

Philippians 3:12-13

पावल अहिलेसम्म पूर्ण नभइसकेका भए, तापनि उनले के कुरा निरन्तर गरिरहेका छन् ?

पावल निरन्तर लागिपरेका छन् । [३:१२]

Philippians 3:14-16

पावल कुन लक्ष्य प्राप्‍तिको लागि लागिपर्दछन् ?

पावल ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम प्राप्‍त गर्ने लक्ष्यको निम्ति लागि पर्दछन् । [३:१४]

Philippians 3:17-18

पावलको आफ्नो हिँडाइको उदाहरणबाट उनी फिलिप्पीहरूलाई के गर्नुपर्छ भनेर भन्छन् ?

आफ्नो हिँडाइको नक्‍कल गरी सहभागी हुन पावल फिलिप्पीहरूलाई भन्दछन् । [३:१७]

Philippians 3:19

आफ्नो पेटलाई ईश्‍वर मान्‍ने र यस संसारका कुराहरूका बारेमा विचार गर्ने मानिसहरूको नतिजा के हो ?

आफ्नो पेटलाई ईश्‍वर मान्‍ने र यस संसारका कुराहरूका बारेमा विचार गर्ने मानिसहरूको नतिजा विनाश हो । [३:१९]

Philippians 3:20

पावलले विश्‍वासीहरूको नागरिकता कहाँ छ भनेर भनेका छन् ?

पावलले विश्‍वासीहरूको नागरिकता स्वर्गमा छ भनेर भनेका छन् । [३:२०]

Philippians 3:21

जब ख्रीष्‍ट स्वर्गबाट आउनुहुन्छ, उहाँले विश्‍वासीहरूको शरीरलाई के गर्नुहुन्छ ?

ख्रीष्‍टले विश्‍वासीहरूको क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिणत गर्नुहुनेछ । [३:२१]

Philippians 4

Philippians 4:1

फिलिप्पीमा भएका आफ्ना प्रिय साथीहरूले के गरेको पावल चाहन्छन् ?

फिलिप्पीहरू ख्रीष्‍टमा स्थिर भएको पावल चाहन्छन् । [४:१]

Philippians 4:2-3

पावलले इयोदिया र सुन्तुखेसँग के भएको देख्‍न चाहन्छन् ?

पावलले इयोदिया र सन्तुखेसँग प्रभुमा एउटै मन भएको देख्‍न चाहन्छन् । [४:२]

Philippians 4:4-5

पावल फिलिप्पीहरूलाई सधैँ के गर्नू भनेर भन्दछन् ?

पावल तिनीहरूलाई सधैँ प्रभुमा आनन्द गर्नू भनेर भन्दछन् । [४:४]

Philippians 4:6

चिन्तित हुनुको सट्टा, पावलले के गर्नुपर्छ भनेर भन्दछन् ?

पावल भन्दछन्, कि चिन्तित हुनुको सट्टामा, हाम्रो आवश्यकताको बारेमा परमेश्‍वरसँग प्रार्थनामा जाहेर गर्नुपर्छ र उहाँलाई धन्यवाद दिनुपर्छ । [४:६]

Philippians 4:7

यदि हामीले त्यसो गर्यौं भने, हाम्रा हृदयहरू र विचारहरूलाई के कुराले रक्षा गर्नेछ ?

यदि हामीले त्यसो गर्यौं भने, हाम्रा हृदयहरू र विचारहरूलाई परमेश्‍वरको शान्तिले रक्षा गर्नेछ । [४:७]

Philippians 4:8-9

कस्ता प्रकारका कुराहरूका विषयमा विचार गर्नुपर्छ भनेर पावल भन्दछन् ?

जुन कुराहरू आदरणीय, न्यायसङ्गत, शुद्ध, प्रेमयोग्य, असल नामका, श्रेष्‍ठ र प्रशंसनीय छन्, ती कुराहरूका विषयमा विचार गर्नुपर्छ भनेर पावल भन्दछन् । [४:८]

Philippians 4:10

फिलिप्पीहरूले अहिले के कुरा नयाँ गर्न सक्षम भएका छन् ?

फिलिप्पीहरूले अहिले पावलको निम्ति आफ्नो वास्तालाई नयाँ गर्न सक्षम भएका छन् । [४:१०]

Philippians 4:11

पावलले सबै परिस्थितिहरूमा जिउने बारेमा के रहस्यका कुराहरू सिकेका छन् ?

पावलले अभाव र प्रशस्तता दुवै परिस्थितिमा सन्तुष्‍ट भएर कसरी जिउनुपर्छ भन्‍नेबारे रहस्यका कुराहरू सिकेका छन् । [४:११, १२]

Philippians 4:12

पावलले सबै परिस्थितिहरूमा जिउने बारेमा के रहस्यका कुराहरू सिकेका छन् ?

पावलले अभाव र प्रशस्तता दुवै परिस्थितिमा सन्तुष्‍ट भएर कसरी जिउनुपर्छ भन्‍नेबारे रहस्यका कुराहरू सिकेका छन् । [४:११, १२]

Philippians 4:13

पावल कुन शक्‍तिले सन्तुष्‍ट भएर जिउन सक्दछन् ?

पावललाई शक्‍ति दिनुहुने ख्रीष्‍टद्वारा सबै परिस्थितिहरूमा सन्तुष्‍ट भएर उनी जिउन सक्दछन् । [४:१३]

Philippians 4:14

पावलको आवश्यकताको निम्ति फिलिप्पीहरूले उनलाई दिएका कारण तिनीहरूका निम्ति उनी के खोज्दछन् ?

पावल फिलिप्पीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछन् । [४:१४-१७]

Philippians 4:15

पावलको आवश्यकताको निम्ति फिलिप्पीहरूले उनलाई दिएका कारण तिनीहरूका निम्ति उनी के खोज्दछन् ?

पावल फिलिप्पीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछन् । [४:१४-१७]

Philippians 4:16

पावलको आवश्यकताको निम्ति फिलिप्पीहरूले उनलाई दिएका कारण तिनीहरूका निम्ति उनी के खोज्दछन् ?

पावल फिलिप्पीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछन् । [४:१४-१७]

Philippians 4:17

पावलको आवश्यकताको निम्ति फिलिप्पीहरूले उनलाई दिएका कारण तिनीहरूका निम्ति उनी के खोज्दछन् ?

पावल फिलिप्पीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछन् । [४:१४-१७]

Philippians 4:18

पावलका निम्ति फिलिप्पीहरूले दिएका उपहारलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ ?

पावलका निम्ति फिलिप्पीहरूले गरेका यस बलिदानको कारण परमेश्‍वर खुसी हुनुहुन्छ । [४:१८]

Philippians 4:19-21

परमेश्‍वरले फिलिप्पीहरूका निम्ति के गरिदिनुहुनेछ भनेर पावल भन्दछन् ?

पावल भन्दछन्, कि परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार फिलिप्पीहरूका सबै आवश्यकताहरूलाई पुरा गरिदिनुहुनेछ । [४:१९]

Philippians 4:22-23

कसका घरानाकाहरूले फिलिप्पीहरूलाई अभिवादन गरेका छन् भनेर पावल भन्दछन् ?

कैसरका घरानाकाहरूले फिलिप्पीहरूलाई अभिवादन गरेका छन् । [४:२२]