2 Thessalonians
2 Thessalonians 1
2 Thessalonians 1:3
थेसलोनिकीमा भएको मण्डलीका कुन-कुन दुईवटा कुराको लागि पावल परमेश्वरलाई धन्यवाद दिन्छन् ?
पावल तिनीहरूको बढिरहेको विश्वास र एक अर्काप्रतिको प्रेमको लागि परमेश्वरलाई धन्यवाद दिन्छन् । [१:३]
2 Thessalonians 1:4
थेसलोनिकेका विश्वासीहरूले के-कस्ता परिस्थितिहरू भोगिरहेका छन् ?
विश्वासीहरूले सतावट र दुःखहरू भोगिरहेका छन् । [१:४]
2 Thessalonians 1:5
विश्वासीहरूले भोगिरहेका परिस्थितिहरूको सकारात्मक प्रतिफल के हुन्छ ?
विश्वासीहरू परमेश्वरको राज्यको लागि योग्य ठहरिनेछन् । [१:५]
2 Thessalonians 1:6
विश्वासीहरूलाई दुःख दिनेहरूलाई परमेश्वरले के गर्नुहुनेछ ?
जसले विश्वासीहरूलाई दुःख दिन्छन् तिनीहरूलाई परमेश्वरले दुःख दिनुहुनेछ, तिनीहरूलाई बलिरहेको आगोद्वारा सजाय दिनुहुनेछ । [१:६, ८]
2 Thessalonians 1:7
विश्वासीहरूलाई उनीहरूको दुःखबाट कहिले छुटकारा मिल्नेछ ?
स्वर्गबाट येशू ख्रीष्टको आगमन हुँदा विश्वासीहरूले छुटकारा पाउनेछन् । [१:७]
2 Thessalonians 1:8
विश्वासीहरूलाई दुःख दिनेहरूलाई परमेश्वरले के गर्नुहुनेछ ?
जसले विश्वासीहरूलाई दुःख दिन्छन् तिनीहरूलाई परमेश्वरले दुःख दिनुहुनेछ, तिनीहरूलाई बलिरहेको आगोद्वारा सजाय दिनुहुनेछ । [१:६, ८]
2 Thessalonians 1:9
परमेश्वरलाई नचिन्ने मानिसहरूका लागि कति लामो दण्ड हुनेछ ?
परमेश्वरलाई नचिन्ने मानिसहरूको दण्ड अनन्तसम्मको हुनेछ । [१:९]
परमेश्वरलाई नचिन्नेहरूलाई तिनीहरूको सजायको निम्ति केबाट टाढा राखिएको छ ?
परमेश्वरलाई नचिन्नेहरूलाई प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा राखिएको छ । [१:९]
2 Thessalonians 1:10
ख्रीष्ट उहाँको दिनमा आउनुहुँदा विश्वासीहरूले के गर्नेछन् ?
ख्रीष्ट उहाँको दिनमा आउनुहुँदा विश्वासीहरू अचम्मित हुनेछन् । [१:१०]
2 Thessalonians 1:11
परमेश्वरको शक्तिमा विश्वासीहरूले गरेको विश्वासको असल कामको परिणाम के हो ?
उनीहरूको असल कामको परिणामस्वरूप प्रभु येशू ख्रीष्टको नाउँ महिमित हुन्छ । [१:११-१२]
2 Thessalonians 1:12
परमेश्वरको शक्तिमा विश्वासीहरूले गरेको विश्वासको असल कामको परिणाम के हो ?
उनीहरूको असल कामको परिणामस्वरूप प्रभु येशू ख्रीष्टको नाउँ महिमित हुन्छ । [१:११-१२]
2 Thessalonians 2
2 Thessalonians 2:1
पावल अब कुन घटनाको विषयमा लेख्न गइरहेको छु भन्छन् ?
पावल अब प्रभु येशूको आगमनको विषयमा लेख्न गइरहेको छु भन्छन् । [२:१]
2 Thessalonians 2:2
पावलले तिनीहरूलाई के कुरामा विश्वास नगर्नू भन्दछन् ?
पावलले तिनीहरूलाई प्रभुको दिन आइसकेको छ भन्ने कुरामा विश्वास नगर्नू भन्दछन् । [२:२]
2 Thessalonians 2:3
प्रभुको दिनभन्दा अगाडि के कुरा आउनुपर्छ भनी पावल भन्दछन् ?
पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रभुको दिनभन्दा अगाडि आउनुपर्छ । [२:३]
2 Thessalonians 2:4-5
अधर्मी मानिसले के-के गर्छ ?
अधर्मी मानिसले आफैँलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैँलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । [२:४]
2 Thessalonians 2:6
अधर्मी मानिस कहिले प्रकट हुनेछ ?
समय भएपछि त्यसलाई रोक्ने व्यक्ति हटेपछि अधर्मी मानिस प्रकट हुनेछ । [२:६-७]
2 Thessalonians 2:7
अधर्मी मानिस कहिले प्रकट हुनेछ ?
समय भएपछि त्यसलाई रोक्ने व्यक्ति हटेपछि अधर्मी मानिस प्रकट हुनेछ । [२:६-७]
2 Thessalonians 2:8
जब येशू प्रकट हुनुहुनेछ, उहाँले अधर्मी मानिसलाई के गर्नुहुनेछ ?
जब येशू प्रकट हुनुहुनेछ उहाँले अधर्मी मानिसलाई मार्नुहुनेछ । [२:८]
2 Thessalonians 2:9
अधर्मी मानिसलाई शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरू दिनलाई त्योसँग कसले काम गरिरहेको छ ?
अधर्मी मानिसलाई शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरू दिनलाई त्योसँग शैतानले काम गरिरहेको छ । [२:९]
2 Thessalonians 2:10-11
किन कोही मानिसहरू अधर्मी मानिसद्वारा छलिँदै छन् र नाश हुँदै छन् ?
केही मानिसहरू छलिँदै छन् किनकि उनीहरूले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । [२:१०]
2 Thessalonians 2:12
छलिएका र नाश हुँदै गरेकाहरू केमा रमाउँछन् ?
छलिएका र नाश हुँदै गरेकाहरू अधार्मिकतामा रमाउँछन् । [२:१२]
2 Thessalonians 2:13
थेसलोनिकीहरूले सुसमाचारबाट प्राप्त गर्नको निम्ति परमेश्वरले के छान्नुभयो ?
थेसलोनिकीहरूका निम्ति परमेश्वरले सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा छान्नुभयो । [२:१३-१४]
2 Thessalonians 2:14
थेसलोनिकीहरूले सुसमाचारबाट प्राप्त गर्नको निम्ति परमेश्वरले के छान्नुभयो ?
थेसलोनिकीहरूका निम्ति परमेश्वरले सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा छान्नुभयो । [२:१३-१४]
2 Thessalonians 2:15-16
अब सुसमाचार पाएका थेसलोनिकीहरूलाई पावलले अहिले के गर्न आग्रह गर्छन् ?
थेसलोनिकीहरूलाई स्थिर रहन, तिनीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख्न पावल आग्रह गर्छन् । [२:१५]
2 Thessalonians 2:17
थेसलोनिकीहरूका हृदयमा के कुरामा स्थापित भएको पावल चाहन्थे ?
थेसलोनिकीहरू मानिसहरूका हरेक असल काम र वचनमा स्थापित भएको पावल चाहन्छन् । [२:१७]
2 Thessalonians 3
2 Thessalonians 3:1
प्रभुको वचनको विषयमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ?
प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस् भनेर थेसलोनिकीहरूले प्रार्थना गरेको पावल चाहन्छन् । [३:१]
2 Thessalonians 3:2-3
पावल कोबाट छुटकारा चाहन्छन् ?
पावल विश्वास नभएका दुष्ट र ईश्वरहीन मानिसहरूबाट छुटकारा चाहन्छन् । [३:२]
2 Thessalonians 3:4-5
पावलले थेसलोनिकीहरूलाई के कुरालाई निरन्तरता दिनको लागि भन्छन् ?
थेसलोनिकीहरूलाई पावलले आज्ञा गरेका कुराहरूलाई निरन्तरता दिनको निम्ति पावल भन्दछन् । [३:४]
2 Thessalonians 3:6
अल्छे भएर जिउने भाइहरूलाई विश्वासीहरूले के गर्नुपर्छ ?
अल्छे भएर जिउने भाइहरूलाई विश्वासीहरूले अलग गर्नुपर्छ । [३:६]
2 Thessalonians 3:7
पावलले आफ्नो काम र सहयोगको विषयमा थेसलोनिकीहरूका निम्ति कस्तो उदाहरण दिए ?
कसैको भार नभई पावलले आफ्नो भोजनको निम्ति रातदिन परिश्रम गरे । [३:७-९]
2 Thessalonians 3:8
पावलले आफ्नो काम र सहयोगको विषयमा थेसलोनिकीहरूका निम्ति कस्तो उदाहरण दिए ?
कसैको भार नभई पावलले आफ्नो भोजनको निम्ति रातदिन परिश्रम गरे । [३:७-९]
2 Thessalonians 3:9
पावलले आफ्नो काम र सहयोगको विषयमा थेसलोनिकीहरूका निम्ति कस्तो उदाहरण दिए ?
कसैको भार नभई पावलले आफ्नो भोजनको निम्ति रातदिन परिश्रम गरे । [३:७-९]
2 Thessalonians 3:10-11
काम गर्न नचाहनेहरूको विषयमा पावलले कस्तो आज्ञा दिए ?
यदि कसैले काम गर्न चाहँदैन भने उसले खाना नखाओस् भनी पावलले आज्ञा गरे । [३:१०]
2 Thessalonians 3:12-13
अल्छे मानिसहरूलाई अल्छे हुनुको साटो के गर्न पावल आज्ञा दिन्छन् ?
अल्छे मानिसहरू शान्तसँग काम गर्न र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गर्न पावल आज्ञा दिन्छन् । [३:१२]
2 Thessalonians 3:14-15
यो पत्रमा दिइएका पावलका आज्ञाहरू नमान्नेहरूलाई भाइहरूले के गर्नुपर्छ ?
यो पत्रमा दिइएका पावलका सुझावहरू नमान्नेहरूसँग विश्वासीहरूले कुनै सम्बन्ध राख्नुहुँदैन । [३:१४]
2 Thessalonians 3:16
थेसलोनिकीहरूलाई प्रभुले के दिएको पावल चाहन्छन् ?
प्रभुले थेसलोनिकीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् भनी पावल इच्छा गर्दछन् । [३:१६]
2 Thessalonians 3:17-18
यो पत्रको लेखक आफैँ भएको कुरा पावलले कसरी देखाउँछन् ?
पावलले आफ्नै हातले अभिवादन लेखेर आफनो लेखाइको सङ्केत दिन्छन् । [३:१७]