नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

1 Timothy

1 Timothy 1

1 Timothy 1:1

पावल कसरी येशू ख्रीष्‍टको प्रेरित बनेका थिए ?

पावल परमेश्‍वरको आज्ञाअनुसार प्रेरित बनेका थिए । [१:१]

1 Timothy 1:2

पावल र तिमोथीको बिचमा के सम्बन्ध थियो ?

तिमोथी विश्‍वासमा पावलका साँचा पुत्र थिए । [१:२]

1 Timothy 1:3-4

तिमोथी कहाँ बस्‍नु पर्थ्यो ?

तिमोथी एफिससमा बस्‍नु पर्थ्यो । [१:३]

तिमोथीले केही मानिसहरूलाई के नगर्नु भनेर आज्ञा गर्नु पर्थ्यो ?

उनले भिन्‍न सिद्धान्त नसिकाउनु भनी आज्ञा गर्नु पर्थ्यो । [१:३]

1 Timothy 1:5-8

पावलले आफ्नो आज्ञा र शिक्षाको लक्ष्य के थियो भने ?

उनको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम थियो । [१:५]

1 Timothy 1:9

व्यवस्था कसको लागि बनाइएको हो ?

व्यवस्थाचाहिँ व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूका निम्ति, अधर्मी र पापीहरूका निम्ति बनाइएको हो । [१:९]

त्यस्ता मानिसहरूले गर्ने चारवटा पापका उदाहरणहरू केके हुन् ?

तिनीहरू हत्या गर्छन्, यौन अनैतिकतामा जिउँछन्, अपहरण गर्छन् र झूटो बोल्छन् । [१:९-१०]

1 Timothy 1:10-12

त्यस्ता मानिसहरूले गर्ने चारवटा पापका उदाहरणहरू केके हुन् ?

तिनीहरू हत्या गर्छन्, यौन अनैतिकतामा जिउँछन्, अपहरण गर्छन् र झूटो बोल्छन् । [१:९-१०]

1 Timothy 1:13

पावलले अगाडि के पाप गरेका गरे ?

पावल ईश्‍वर-निन्दा गर्ने, सताउने र हिंसक मानिस थिए । [१:१३]

1 Timothy 1:14

पावलमाथि के भरिपूर्ण भयो, जसको फलस्वरूप उनी येशू ख्रीष्‍टको प्रेरित भए ?

हाम्रा प्रभुको अनुग्रह पावलमाथि भरिपूर्ण भयो । [१:१४]

1 Timothy 1:15

कसलाई बचाउन येशू ख्रीष्‍ट संसारमा आउनु भयो ?

येशू ख्रीष्‍ट संसारमा पापीहरूलाई बचाउन आउनुभयो । [१:१५]

पावलले आफूलाई परेमश्‍वरको दयाको एक उदाहरण हुँ भने ?

पावलले आफुलाई उदाहरण भने किनकि उनी पापीहरूमा सबैभन्दा तुच्छ थिए, तापनि उनले परमेश्‍वरको दया पहिले प्राप्‍त गरे । [१:१५-१६]

1 Timothy 1:16-17

पावलले आफूलाई परेमश्‍वरको दयाको एक उदाहरण हुँ भने ?

पावलले आफुलाई उदाहरण भने किनकि उनी पापीहरूमा सबैभन्दा तुच्छ थिए, तापनि उनले परमेश्‍वरको दया पहिले प्राप्‍त गरे । [१:१५-१६]

1 Timothy 1:18

तिमोथीको बारेमा भनिएको कुन कुरासँग पावल सहमत हुन्छन् ?

विश्‍वास र असल विवेकका साथ तिमोथीले लडेको असल लडाइँको बारेमा गरिएको अगमवाणीसँग पावल सहमत हुन्छन् । [१:१८-१९]

1 Timothy 1:19

तिमोथीको बारेमा भनिएको कुन कुरासँग पावल सहमत हुन्छन् ?

विश्‍वास र असल विवेकका साथ तिमोथीले लडेको असल लडाइँको बारेमा गरिएको अगमवाणीसँग पावल सहमत हुन्छन् । [१:१८-१९]

1 Timothy 1:20

विश्‍वास र असल विवेक इन्कार गरेर आफ्नो विश्‍वासको जहाज डुबाउनेहरूलाई पावलले के गरे ?

पावलले तिनीहरूले निन्दा गर्नुहुँदैन भनेर सिकून् भनेर शैतानको हातमा सुम्पिदिए । [१:२०]

1 Timothy 2

1 Timothy 2:1

कसका लागि प्रार्थना गरियोस् भनेर पावल आग्रह गर्छन् ?

सबै मानिसहरूका निम्ति, राजाहरूका निम्ति र अधिकारमा भएकाहरूका निम्ति प्रार्थना गरियोस् भनेर पावल आग्रह गर्छन् । [२:१-२]

1 Timothy 2:2-3

कसका लागि प्रार्थना गरियोस् भनेर पावल आग्रह गर्छन् ?

सबै मानिसहरूका निम्ति, राजाहरूका निम्ति र अधिकारमा भएकाहरूका निम्ति प्रार्थना गरियोस् भनेर पावल आग्रह गर्छन् । [२:१-२]

पावल ख्रीष्‍टियानहरूलाई कस्तो जीवन जिउने अनुमति दिइनुपर्छ भन्‍ने इच्छा गर्छन् ?

ख्रीष्‍टियानहरूलाई हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउने अनुमति दिइनुपर्छ भन्‍ने इच्छा पावलले गर्छन् । [२:३]

1 Timothy 2:4

परमेश्‍वरले सबै मानिसहरूको लागि के इच्छा गर्नुहुन्छ ?

सबै मानिसहरू बाँचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने इच्छा परमेश्‍वरले गर्नुहुन्छ । [२:४]

1 Timothy 2:5

परमेश्‍वर र मानिसको बिचमा ख्रीष्‍ट येशूको स्थान के हो ?

ख्रीष्‍ट येशू परमेश्‍वर र मानिसको बिचमा मध्यस्तकर्ता हुनुहुन्छ । [२:५]

1 Timothy 2:6

ख्रीष्‍ट येशूले सबैको निम्ति के गर्नुभयो ?

ख्रीष्‍ट येशूले सबैका छुटकाराको मोलको रुपमा आफैलाई दिनुभयो । [२:६]

1 Timothy 2:7

प्रेरित पावलले कसलाई सिकाउँछन् ?

पावल गैरयहूदीहरुका शिक्षक हुन् । [२:७]

1 Timothy 2:8

स्‍त्रीहरूले के गरेको पावल चाहन्छन् ?

स्‍त्रीहरूले सरलता, भद्रता र आत्मसंयमतासाथ वस्‍त्र पहिरेको पावल चाहन्छन् । [२:८]

1 Timothy 2:9-11

स्‍त्रीहरूलाई के गर्न पावल अनुमति दिंदैनन् ?

सिकाउन र पुरुषमाथि अधिकार गर्न पावल स्‍त्रीलाई अनुमति दिंदैनन् । [२:९]

1 Timothy 2:12-14

यसको लागि पावलले के कारण दिन्छन् ?

कारण आदम पहिले सृष्‍टि भएका थिए र उनी छलिएका थिएनन् भन्‍ने कारण पावलले दिन्छन् । [२:१२]

1 Timothy 2:15

स्‍त्रीहरूले के कुरामा लागिरहून् भन्‍ने पावल चाहन्छन् ?

स्‍त्रीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागिरहून् भन्‍ने पावल चाहँछन् । [२:१५]

1 Timothy 3

1 Timothy 3:1

बिशपको काम कस्तो किसिमको काम हो ?

बिशपको काम असल काम हो । [३:१]

1 Timothy 3:2

बिशपहरूले के गर्नसक्‍नु पर्छ ?

बिशपहरूले सिकाउन सक्‍नु पर्छ । [३:२]

1 Timothy 3:3

बिशपहरूले रुपियाँ-पैसा र मद्यलाई कसरी चलाउनु पर्छ ?

बिशपहरूले मद्यको लतमा परेको र रुपियाँ-पैसाकोको लोभ गर्ने हुनुहुँदैन । [३:३]

1 Timothy 3:4

बिशपका छोराछोरीले तिनलाई कस्तो व्यवहार गर्नुपर्छ ?

बिशपका छोराछोरीले पुरा आदरसाथ तिनको आज्ञापालन गर्नुपर्छ । [३:४]

1 Timothy 3:5

बिशपले किन आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नु किन महत्वपूर्ण छ ?

यो महत्वपूर्ण छ किनकि तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् भने तिनले मण्डलीको राम्रो वास्ता राख्‍न सक्दैनन् । [३:५]

1 Timothy 3:6

बिशप नयाँ विश्‍वासी भए के खतरा हुन्छ ?

खतरा यो हो कि तिनी घमण्डी हुन्छन् र परीक्षामा पर्छन् । [३:६]

1 Timothy 3:7-9

बिशपको ख्याती मण्डली बाहिर कस्तो हुनुपर्छ ?

बिशप बाहिरका मानिसहरूको दृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्दछ । [३:७]

1 Timothy 3:10

सेवामा प्रवेश गर्नु अगाडि डिकनहरूलाई के गरिनुपर्छ ?

सेवामा प्रवेश गर्नु अगाडि डिकनहरूलाई अनुमोदन गरिनुपर्छ । [३:१०]

1 Timothy 3:11-14

धार्मिक स्‍त्रीहरूका गुणहरू केके हुन् ?

धार्मिक स्‍त्रीहरू प्रतिष्‍ठित निन्‍दा नगर्ने, न्रम र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्दछ । [३:११]

1 Timothy 3:15

परमेश्‍वरको भवन के हो ?

परमेश्‍वरको भवन मण्डली हो । [३:१५]

1 Timothy 3:16

येशू ख्रीष्‍ट शरीरमा देखापर्नुभएपछि पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो अनि उहाँले के गर्नुभयो ?

येशू जाति-जातिहरूका माझमा घोषणा गरिनुभयो, संसारमा विश्‍वास गरिनुभयो । [३:१६]

1 Timothy 4

1 Timothy 4:1-3

आत्माका अनुसार, केही मानिसहरूले पछी आउने समयमा के गर्ने छन् ?

केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरूतिर ध्यान दिनेछन् । [४:१]

1 Timothy 4:4

ती मानिसहरूले कस्ता झुट सिकाउने छन् ?

तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् । [४:४]

1 Timothy 4:5-6

हामीले खाने कुराहरू कसरी पवित्र पारिन्छ र प्रयोगको लागि योग्य बनाइन्छ ?

हामीले खाने कुराहरू परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र पारिएको छ । [४:५]

1 Timothy 4:7

पावलले तिमोथीलाई के कुरामा आफैलाई तालिम दिनु भन्छन् ?

पावलले तिमोथीलाई आफैलाई भक्तिमा तालिम दिनु भन्छन् । [४:७]

1 Timothy 4:8-10

भक्तिको तालिम शारीरिक तालिमभन्दा किन उपयोगी हुन्छ ?

भक्तिको तालिम शारीरिक तालिमभन्दा उपयोगी हुन्छ किनकि यसमा अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ । [४:८]

1 Timothy 4:11

तिमोथीले पावलको शिक्षाद्वारा प्राप्‍त गरेका असल कुराहरूलाई के गर्नको लागि पावलले उत्साह दिन्छन् ?

पावलले तिमोथीलाई ती कुराहरू घोषणा गर्न र अरूलाई सिकाउनको लागि उत्साह दिन्छन् । [४:११]

1 Timothy 4:12-13

तिमोथी कसरी अरुको निम्ति उदाहरण बन्‍नुपर्छ ?

तिमोथी वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा अरुको निम्ति उदाहरण बन्‍नुपर्छ । [४:१२]

1 Timothy 4:14-15

तिमोथीले तिनीसँग भएको आत्मिक वरदान कसरी प्राप्‍त गरे ?

एल्‍डरहरूले हात राखेर अगमवाणीद्वारा तिनलाई वरदान दिइएको थियो । [४:१४]

1 Timothy 4:16

यदि तिमोथीले आफ्नो जीवन र शिक्षामा विश्‍वासयोग्यताका साथ लागिरहे भने तिनले कसलाई बचाउने छन् ?

तिमोथीले आफैलाई र तिनलाई सुन्‍नेहरूलाई बचाउनेछन् । [४:१६]

1 Timothy 5

1 Timothy 5:1-3

पावलले मण्डलीका वृद्ध मानिसलाई कस्तो व्यवहार गर्नु भनेर तिमोथीलाई बताए ?

तिनलाई आफ्नै बाबुलाई झैँ व्यवहार गर्नु भनेर पावलले तिमोथीलाई बताए । [५:१]

1 Timothy 5:4-7

विधवाका छोराछोरी र नाति नातिनीहरूले तिनलाई के गर्नुपर्छ ?

विधवाका छोराछोरी वा नाति नातिनीहरूले आफ्ना आमा बाबुहरूको ऋण तिर्नुपर्छ र तिनको वास्ता गर्नुपर्छ । [५:४]

1 Timothy 5:8-9

आफ्नै घरानाको वास्ता नगर्ने मानिसले के गरेको हुन्छ ?

उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ, र विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्छ । [५:८]

1 Timothy 5:10

विधवा के कुराले चिनिनुपर्छ ?

विधवा असल कामहरूले चिनिएकी हुनुपर्छ । [५:१०]

1 Timothy 5:11

जवान विधवाले आफ्नो बाँकी जीवन विधवा नै रहेर बस्छु भनी निर्णय गर्दा के खतरा छ ?

तिनले आफ्नो पहिलेको प्रतिबद्धता तोडेर विवाह गर्ने इच्छा गर्ने खतरा छ । [५:११-१२]

1 Timothy 5:12-13

जवान विधवाले आफ्नो बाँकी जीवन विधवा नै रहेर बस्छु भनी निर्णय गर्दा के खतरा छ ?

तिनले आफ्नो पहिलेको प्रतिबद्धता तोडेर विवाह गर्ने इच्छा गर्ने खतरा छ । [५:११-१२]

1 Timothy 5:14-16

पावल जवान स्‍त्रीहरूले के गरून् भन्‍ने चाहन्छन् ?

पावल जवान स्‍त्रीहरूले विवाह गरून्, बालबच्‍चा जन्माऊन् र घरबार चलाऊन् भन्‍ने चाहन्छन् । [५:१४]

1 Timothy 5:17-18

असल तरिकाले अगुवाई गर्ने एल्डरहरूलाई के गर्नुपर्छ ?

असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरका योग्य ठानिनुपर्छ । [५:१७]

1 Timothy 5:19-20

एउटा एल्डरको विरुद्धमा आरोप लगाइएको छ भने के हुनुपर्छ ?

एउटा एल्डरको विरुद्धमा आरोप लगाइएको छ भने दुई वा तिन जना साक्षीहरू हुनुपर्छ । [५:१९]

1 Timothy 5:21-23

तिमोथीले यी नियमहरू कुन तरिकाले पालन गर्ने कुरामा होसियार हुनुपर्छ भनी पावल भन्छन् ?

तिमोथीले यी नियमहरू विनाभेदभाव पालना गर्ने कुरामा तिनी होसियार हुनुपर्छ भनी पावल भन्छन् । [५:२१]

1 Timothy 5:24-25

केही मानिसहरूका पापहरू कहिलेसम्म थाहा पाउन सकिन्‍न ?

केही मानिसहरूका पापहरू न्यायको समयसम्म थाहा पाउन सकिन्‍न । [५:२४]

1 Timothy 6

1 Timothy 6:1-2

दासहरूले आफ्नो मालिकहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भनी पावल बताउँछन् ?

दासहरूले मालिकहरूलाई पुरा सम्मानको योग्य सम्झनु पर्छ भनी पावल बताउँछन् । [६:१]

1 Timothy 6:3

कस्तो मानिसले उचित वचनहरू र ईश्‍वरीय शिक्षालाई स्वीकार गर्दैन ?

उचित वचनहरू र ईश्‍वरीय शिक्षालाई स्वीकार नगर्ने मानिस घमण्डी हो र त्यसले केही जानेको हुँदैन । [६:३-४]

1 Timothy 6:4-5

कस्तो मानिसले उचित वचनहरू र ईश्‍वरीय शिक्षालाई स्वीकार गर्दैन ?

उचित वचनहरू र ईश्‍वरीय शिक्षालाई स्वीकार नगर्ने मानिस घमण्डी हो र त्यसले केही जानेको हुँदैन । [६:३-४]

1 Timothy 6:6

पावलले केलाई ठुलो लाभ हो भन्छन् ?

पावलले सन्तुष्‍टिसहितको भक्‍तिलाई नै ठुलो लाभ हो भन्छन् । [६:६]

1 Timothy 6:7

हामीसँग भएका खानेकुरा र कपडाहरूमा हामी किन सन्तुष्‍ट हुनुपर्छ ?

हामीसँग भएका खानेकुरा र कपडाहरूमा हामी सन्तुष्‍ट हुनुपर्छ किनकि हामीले यस संसारमा केही ल्याएनौं र केही लान पनि सक्दैनौं । [६:७-८]

1 Timothy 6:8

हामीसँग भएका खानेकुरा र कपडाहरूमा हामी किन सन्तुष्‍ट हुनुपर्छ ?

हामीसँग भएका खानेकुरा र कपडाहरूमा हामी सन्तुष्‍ट हुनुपर्छ किनकि हामीले यस संसारमा केही ल्याएनौं र केही लान पनि सक्दैनौं । [६:७-८]

1 Timothy 6:9

धनी हुन चाहनेहरू केमा फस्छन् ?

धनी हुन चाहनेहरू परीक्षा र पासोमा फस्छन् । [६:९]

1 Timothy 6:10-11

सबै किसिमका खराबीहरूको जड के हो ?

रुपियाँ-पैसाको मोह नै सबै किसिमका खराबीहरूको जड हो । [६:१०]

रुपियाँ-पैसाको मोह गर्ने मानिसहरूलाई के भएको छ ?

रुपियाँ-पैसाको मोह गर्ने मानिसहरू विश्‍वासबाट तर्केर गएका छन् । [६:१०]

1 Timothy 6:12-15

तिमोथीले कस्तो लडाइँ लड्नुपर्छ भनी पावल बताउँछन् ?

तिमोथीले विश्‍वासको उत्तम लडाइँ लड्नुपर्छ भनी पावल बताउँछन् । [६:१२]

1 Timothy 6:16

धन्य सर्वशक्तिमान् कहाँ बास गर्नुहुन्छ ?

धन्य सर्वशक्‍तिमान् कोही पनि जान नसक्‍ने ज्योतिमा बास गर्नुहुन्छ । [६:१६]

1 Timothy 6:17-18

धनीहरूले किन यस संसारको अनिश्‍चित धनमा होइन तर परमेश्‍वरमा आशा राख्‍नु पर्छ ?

धनीहरूले परमेश्‍वरमा आशा राख्‍नुपर्छ किनकि उहाँले नै साँचो सम्पत्ति दिनुहुन्छ । [६:१७]

1 Timothy 6:19

असल कामहरूमा धनी हुने मानिसहरूले आफ्नै लागि के गर्छन् ?

असल कामहरूमा धनी हुनेहरूले आफ्नै लागि असल जगको निर्माण गर्नेछन् र साँचो जीवनलाई पक्रनेछन् । [६:१९]

1 Timothy 6:20-21

अन्त्यमा, तिमोथीलाई दिइएको कुराहरूलाई तिमोथीले के गरून् भनी पावल बताउँछन् ?

तिमोथीलाई दिइएको कुरा सुरक्षित राखून् भनी पावलले तिमोथीलाई बताउँछन् । [६:२०]