Galatians
Galatians 1
Galatians 1:1-3
पावल कसरी प्रेरित बने ?
पावल येशू ख्रीष्ट र परमेश्वर पिताद्वारा प्रेरित बने । [१:१]
Galatians 1:4-5
येशू ख्रीष्टमा भएका विश्वासीहरूलाई केबाट छुटकारा दिइएको छ ?
येशू ख्रीष्टमा भएका विश्वासीहरूलाई वर्तमान दुष्ट संसारबाट छुटकारा दिइएको छ । [१:४]
Galatians 1:6
गलातियामा भएको मण्डलीको कुनचाहिँ कुराले पावल चकित भए ?
तिनीहरू यति चाँडै अर्कै सन्देशतर्फ फर्केकाले पावल चकित भए । [१:६]
Galatians 1:7
साँचा सुसमामाचारहरू कतिवटा छन् ?
साँचो सुसमाचार एउटा मात्र छ, जुन ख्रीष्टको सुसमाचार हो । [१:७]
Galatians 1:8
ख्रीष्टको सुसमाचारभन्दा अर्को सुसमाचार घोषणा गर्ने व्यक्तिलाई के हुनुपर्छ भनी पावल भन्दछन् ?
अर्को सुसमाचार घोषणा गर्ने कुनै पनि व्यक्ति श्रापित होस् भनी पावल भन्दछन् । [१:८-९]
Galatians 1:9
ख्रीष्टको सुसमाचारभन्दा अर्को सुसमाचार घोषणा गर्ने व्यक्तिलाई के हुनुपर्छ भनी पावल भन्दछन् ?
अर्को सुसमाचार घोषणा गर्ने कुनै पनि व्यक्ति श्रापित होस् भनी पावल भन्दछन् । [१:८-९]
Galatians 1:10-11
ख्रीष्टका सेवकहरूले पहिले कसको अनुमोदन खोज्नुपर्छ ?
ख्रीष्टका सेवकहरूले पहिले परमेश्वरको अनुमोदन खोज्नुपर्छ । [१:१०]
Galatians 1:12
पावलले कसरी ख्रीष्टको सुसमाचारको ज्ञान पाए ?
येशू ख्रीष्टको सिधै पावलमाथि भएको प्रकाशबाट उनले ख्रीष्टको सुसमाचारको ज्ञान पाए । [१:१२]
Galatians 1:13
ख्रीष्टको सुसमाचारको प्रकाश पाउनुअगि पावल आफ्नो जीवनमा के गर्दै थिए ?
परमेश्वरको मण्डलीलाई सताउँदै जोसका साथ पावलले यहूदी धर्मलाई मान्दै थिए । [१:१३-१४]
Galatians 1:14
ख्रीष्टको सुसमाचारको प्रकाश पाउनुअगि पावल आफ्नो जीवनमा के गर्दै थिए ?
परमेश्वरको मण्डलीलाई सताउँदै जोसका साथ पावलले यहूदी धर्मलाई मान्दै थिए । [१:१३-१४]
Galatians 1:15
परमेश्वरले उहाँको प्रेरित हुनलाई पावललाई कहिले छान्नुभयो ?
पावललाई तिनकी आमाको गर्भदेखि नै उहाँका प्रेरित हुनलाई छान्न परमेश्वर खुशी हुनुभयो । [१:१५]
Galatians 1:16-18
परमेश्वरले कुन उद्देश्यको लागि पावललाई उहाँका प्रेरितको रूपमा छान्नुभयो ?
पावलले ख्रीष्टलाई गैरयहूदीहरूका बीचमा प्रचार गरून् भन्ने उद्देश्यले परमेश्वरले तिनलाई उहाँका प्रेरितको रूपमा छान्नुभयो । [१:१६]
Galatians 1:19-21
अन्त्यमा पावलले केही अन्य प्रेरितहरूलाई कहाँ भेटे ?
अन्त्यमा, पावल यरूशलेममा गए र तिनले प्रेरितहरू केफास र याकूबलाई भेटे । [१:१९]
Galatians 1:22
यहूदियामा भएका मण्डलीहरूले पावलको विषयमा के सुन्दै थिए ?
एक पटक मण्डलीलाई सताउने पावल अब विश्वासको प्रचार गर्दै छन् भनी यहूदियामा भएका मण्डलीहरूले सुन्दै थिए । [१:२२-२३]
Galatians 1:23-24
यहूदियामा भएका मण्डलीहरूले पावलको विषयमा के सुन्दै थिए ?
एक पटक मण्डलीलाई सताउने पावल अब विश्वासको प्रचार गर्दै छन् भनी यहूदियामा भएका मण्डलीहरूले सुन्दै थिए । [१:२२-२३]
Galatians 2
Galatians 2:1-2
चौध वर्षपछि यरूशलेम गएपछि पावलले के गरे ?
आफूले प्रचार गरिरहेको सुसमाचार मण्डलीका अगुवाहरूलाई व्याख्या गर्दै तिनी उनीहरूसित गोप्य रूपमा बोले । [२:१]
Galatians 2:3
एक गैरयहूदी तीतसलाई के गर्न आवश्यक थिएन ?
तीतसलाई खतना गर्न आवश्यक थिएन । [२:३]
Galatians 2:4-5
झूटा भाइहरूले के गर्ने इच्छा गरे ?
झूटा भाइहरूले पावल र तिनका मित्रहरूलाई व्यवस्थाको दास बनाउने इच्छा गरे । [२:४]
Galatians 2:6
के यरूशलेममा भएको मण्डलीका अगुवाहरूले पावलको सन्देशलाई परिवर्तन गरे ?
गरेनन्, तिनीहरूले पावलको सन्देशमा कुनै योगदान पुर्याएनन् । [२:६]
Galatians 2:7
प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए ?
प्राथमिक रूपमा खतना नगरेकाहरूकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए । [२:७-८]
प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए ?
प्राथमिक रूपमा खतना गरेकाहरूकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए । [२:७-८]
Galatians 2:8
प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए ?
प्राथमिक रूपमा खतना नगरेकाहरूकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए । [२:७-८]
प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए ?
प्राथमिक रूपमा खतना गरेकाहरूकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए । [२:७-८]
Galatians 2:9-10
यरूशलेमका अगुवाहरूले पावलको सेवा-कार्यबारे तिनीहरूको अनुमोदनलाई कसरी देखाए ?
आफ्नो अनुमोदन देखाउन यरूशलेमका अगुवाहरूले पावल र बारनाबासलाई सङ्गतिको अधिकार दिए । [२:९]
Galatians 2:11
पत्रुस एन्टिओखियामा आउँदा तिनले कुनचाहिँ गल्ती गरे ?
पत्रुसले गैरयहूदीहरूसितै बसेर खान छाडे किनकि तिनी खतना गरेका मानिसहरूदेखि डराए । [२:११-१२]
Galatians 2:12-13
पत्रुस एन्टिओखियामा आउँदा तिनले कुनचाहिँ गल्ती गरे ?
पत्रुसले गैरयहूदीहरूसितै बसेर खान छाडे किनकि तिनी खतना गरेका मानिसहरूदेखि डराए । [२:११-१२]
Galatians 2:14-15
पावलले पत्रुसलाई सबैको सामु के सोधे ?
पत्रुस आफैँ नै गैरयहूदीजस्तै जिइरहेकाले कसरी तिनले गैरयहूदीहरूलाई यहूदीजस्तै जिउन बाध्य पार्न सक्छन् भनी पावलले तिनलाई सोधे । [२:१४]
Galatians 2:16-17
केद्वारा कोही पनि धर्मी ठहरिँदैन भनी पावलले बताए ?
व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिँदैन भनी पावलले बताए । [२:१६]
एउटा व्यक्ति परमेश्वरको सामु कसरी धर्मी ठहरिन्छ ?
ख्रीष्ट येशूमा विश्वास गरेर एउटा व्यक्ति परमेश्वरको सामु धर्मी ठहरिन्छ । [२:१६]
Galatians 2:18-19
ख्रीष्टमा विश्वास गरिसकेपछि पनि कसैले फर्किएर व्यवस्थालाई पालन गर्न खोज्छ भने पावलका अनुसार ऊ वास्तवमा के बनेको हुन्छ ?
पावलका अनुसार ऊ वास्तवमा व्यवस्था उल्लङ्घन गर्ने व्यक्ति बनेको हुन्छ । [२:१८]
Galatians 2:20-21
पावलका अनुसार अब तिनमा कसले बास गर्नुहुन्छ ?
पावलका अनुसार अब तिनमा ख्रीष्टले बास गर्नुहुन्छ । [२:२०]
पावलका अनुसार परमेश्वरका पुत्रले तिनको निम्ति के गर्नुभयो ?
पावलका अनुसार परमेश्वरका पुत्रले तिनलाई प्रेम गर्नुभयो र उहाँले आफैँलाई तिनका निम्ति अर्पण गर्नुभयो । [२:२०]
Galatians 3
Galatians 3:6
अब्राहाम परमेश्वरको सामु कसरी धर्मी गनिए ?
अब्राहामले परमेश्वरमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो । [३:६]
Galatians 3:7
अब्राहामका छोराहरू को हुन् ?
परमेश्वरलाई विश्वास गर्नेहरू नै अब्राहामका छोराहरू हुन् । [३:७]
Galatians 3:8-9
गैरयहूदीहरू कसरी धर्मी ठहरिनेथिए भनी धर्मशास्त्रले पहिले नै देख्यो ?
गैरयहूदीहरू विश्वासद्वारा धर्मी ठहरिनेथिए भनी धर्मशास्त्रले पहिले नै देख्यो । [३:८]
Galatians 3:10
धर्मी ठहरिन व्यवस्थाका कामहरूमाथि भर पर्नेहरू केको अधीनमा छन् ?
धर्मी ठहरिन व्यवस्थाका कामहरूमाथि भर पर्नेहरू श्रापको अधीनमा छन् । [३:१०]
Galatians 3:11-13
व्यवस्थाका कामहरूबाट परमेश्वरद्वारा कति जना मानिसहरू धर्मी ठहरिएका छन् ?
व्यवस्थाका कामहरूबाट कोही पनि धर्मी ठहरिएको छैन । [३:११]
Galatians 3:14-15
हाम्रा निम्ति श्राप बनेर येशूले हामीलाई किन छुटकारा दिनुभयो ?
अब्राहामलाई दिइएको आशिष गैरयहूदीहरूकहाँ आउन सकोस् भन्ने हेतुले हाम्रा निम्ति श्राप बनेर येशूले हामीलाई छुटकारा दिनुभयो । [३:१४]
Galatians 3:16
अब्राहामलाई दिइएको प्रतिज्ञामा “सन्तान” भनेर कसको बारेमा भनिएको थियो ?
अब्राहामलाई दिइएको प्रतिज्ञामा “सन्तान” भनेर येशूको बारेमा भनिएको थियो । [३:१६]
Galatians 3:17-18
के अब्राहामभन्दा ४३० वर्षपछि आएको व्यवस्थाले परमेश्वरले तिनको निम्ति गर्नुभएको प्रतिज्ञालाई रद्द तुल्यायो त ?
तुल्याएन, व्यवस्थाले तिनको निम्ति गरिएको प्रतिज्ञालाई रद्द तुल्याएन । [३:१७]
Galatians 3:19-21
त्यसो भए, व्यवस्था किन दिइयो त ?
अब्राहामको सन्तान नआउन्जेलसम्म आज्ञा उल्लङ्घनको कारणले व्यवस्था आयो । [३:१९]
Galatians 3:22
धर्मशास्त्रमा उल्लिखित व्यवस्थाले हरेकलाई केको कैदमा राख्यो ?
धर्मशास्त्रमा उल्लिखित व्यवस्थाले हरेकलाई पापको कैदमा राख्यो । [३:२२]
Galatians 3:23
हामी कसरी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ ?
ख्रीष्ट येशूमाथि विश्वास गरेर हामी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ । [३:२३-२६]
Galatians 3:24
हामी कसरी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ ?
ख्रीष्ट येशूमाथि विश्वास गरेर हामी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ । [३:२३-२६]
Galatians 3:25
हामी कसरी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ ?
ख्रीष्ट येशूमाथि विश्वास गरेर हामी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ । [३:२३-२६]
Galatians 3:26
हामी कसरी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ ?
ख्रीष्ट येशूमाथि विश्वास गरेर हामी व्यवस्थाको कैदबाट मुक्त हुन्छौँ । [३:२३-२६]
Galatians 3:27
को ख्रीष्टमा ढाकिएको छ ?
ख्रीष्टमा वप्तिष्मा लिएकाहरू सबै नै ख्रीष्टमा ढाकिएका छन् । [३:२७]
Galatians 3:28-29
ख्रीष्ट येशूमा के-कस्ता भिन्न किसिमका व्यक्तिहरू एकै बनाइएका छन् ?
यहूदी, ग्रिक, दास, फुक्का, स्त्री र पुरुष सबै नै ख्रीष्ट येशूमा एकै बनाइएका छन् । [३:२८]
Galatians 4
Galatians 4:1
सम्पत्तिको उत्तराधिकारी बालकै हुँदासम्म ऊ कसरी जिउँछ ?
उत्तराधिकारीको पिताले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको अधीनमा जिउँछ । [४:१-२]
Galatians 4:2-3
सम्पत्तिको उत्तराधिकारी बालकै हुँदासम्म ऊ कसरी जिउँछ ?
उत्तराधिकारीको पिताले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको अधीनमा जिउँछ । [४:१-२]
Galatians 4:4
परमेश्वरले इतिहासको ठीक समयमा के गर्नुभयो ?
परमेश्वरले ठीक समयमा व्यवस्थाको अधीनमा रहेकाहरूलाई छुटकारा दिनको निम्ति आफ्ना पुत्र पठाउनुभयो । [४:४-५]
Galatians 4:5
परमेश्वरले इतिहासको ठीक समयमा के गर्नुभयो ?
परमेश्वरले ठीक समयमा व्यवस्थाको अधीनमा रहेकाहरूलाई छुटकारा दिनको निम्ति आफ्ना पुत्र पठाउनुभयो । [४:४-५]
व्यवस्थाको अधीनमा रहेका सन्तानहरूलाई परमेश्वरले कसरी उहाँको परिवारमा ल्याउनुभयो ?
व्यवस्थाको अधीनमा रहेका सन्तानहरूलाई परमेश्वरले धर्मपुत्र बनाउनुभयो । [४:५]
Galatians 4:6-7
परमेश्वरले आफ्ना सन्तानहरूका हृदयमा के पठाउनुहुन्छ ?
परमेश्वरले आफ्ना सन्तानहरूका हृदयमा उहाँका पुत्रको आत्मा पठाउनुहुन्छ । [४:६]
Galatians 4:8
हामीले परमेश्वरलाई चिन्नुअगि हामी कसका दास थियौँ ?
हामीले परमेश्वरलाई चिन्नुअगि हामी संसारलाई शासन गर्ने आत्माहरूका दास थियौँ जो वास्तवमा देवहरू होइनन् । [४:८]
Galatians 4:9-12
गलातियाका विश्वासीहरू केतर्फ फर्केको देख्दा पावल दङ्ग परे ?
गलातियाका विश्वासीहरू संसारलाई शासन गर्ने आत्माहरूतर्फ फर्केको देख्दा पावल दङ्ग परे । [४:९]
पावलले गलातियाका विश्वासीहरूलाई फर्केको देख्दा पावल तिनीहरूका निम्ति किन चिन्तित हुन्छन् ?
गलातियाका विश्वासीहरू फेरि दास बन्नेछन् र पावलले तिनीहरूका निम्ति गरेका परिश्रम व्यर्थ हुन्छ कि भनी पावल चिन्तित हुन्छन् । [४:९]
Galatians 4:13
पावल पहिलो पटक गलातियामा आउँदा तिनीसित के समस्या थियो ?
पावल पहिलो पटक गलातियामा आउँदा तिनीसित शारीरिक दुर्बलता थियो । [४:१३]
Galatians 4:14-16
पावलको समस्याको बाबजुत पनि गलातियाका बासिन्दाहरूले तिनलाई कसरी स्वीकार गरे ?
पावलको समस्याको बाबजुत पनि गलातियाका बासिन्दाहरूले तिनलाई परमेश्वरका दूत र ख्रीष्ट येशूको रूपमा स्वीकार गरे । [४:१४]
Galatians 4:17-20
झूटा शिक्षकहरूले गलातियाका विश्वासीहरूलाई कोबाट अलग गर्न खोज्दै छन् ?
झूटा शिक्षकहरूले गलातियाका विश्वासीहरूलाई पावलबाट अलग गर्न खोज्दै छन् । [४:१७]
Galatians 4:21
झूटा शिक्षकहरूले गलातियाका विश्वासीहरूलाई केको अधीनमा ल्याउन खोज्दै छन् ?
झूटा शिक्षकहरूले गलातियाका विश्वासीहरूलाई व्यवस्थाको अधीनमा ल्याउन खोज्दै छन् । [४:२१]
Galatians 4:22-25
के-कस्ता दुई किसिममा स्त्रीहरूबाट अब्राहामले दुई छोरा जन्माए ?
दासी स्त्री र फुक्का स्त्रीबाट अब्राहामले दुई छोरा जन्माए । [४:२२]
Galatians 4:26-27
पावल र गलातियाका विश्वासीहरूका आलङ्कारिक माता को हुन् ?
माथिको यरूशलेम अर्थात् फुक्का स्त्री पावल र गलातियाका विश्वासीहरूका आलङ्कारिक माता हुन् । [४:२६]
Galatians 4:28
ख्रीष्टमा भएका विश्वासीहरू शरीरअनुसार जन्मेका सन्तान हुन् कि प्रतिज्ञाका सन्तान ?
ख्रीष्टमा भएका विश्वासीहरू प्रतिज्ञाका सन्तान हुन् । [४:२८]
Galatians 4:29
प्रतिज्ञाका सन्तानहरूलाई कसले खेदो गर्दछ ?
शरीरअनुसार जन्मेका सन्तानहरूले प्रतिज्ञाका सन्तानहरूलाई खेदो गर्दछन् । [४:२९]
Galatians 4:30
दासी स्त्रीका सन्तानहरू केको उत्तराधिकारी बन्छन् ?
दासी स्त्रीका सन्तानहरू फुक्का स्त्रीका सन्तानहरूसँगै उत्तराधिकारी बन्दैनन् । [४:३०]
Galatians 4:31
ख्रीष्टमा भएका विश्वासीहरू दासी स्त्रीका सन्तानहरू हुन् कि फुक्का स्त्रीका सन्तानहरू ?
ख्रीष्टमा भएका विश्वासीहरू फुक्का स्त्रीका सन्तानहरू हुन् । [४:३१]
Galatians 5
Galatians 5:1
ख्रीष्टले हामीलाई के उद्देश्यको लागि मुक्त गर्नुभएको छ ?
ख्रीष्टले हामीलाई स्वतन्त्रताको लागि मुक्त गर्नुभएको छ । [५:१]
Galatians 5:2-3
गलातियाका विश्वासीहरूले खतना गरेमा तिनीहरूलाई के हुनेथियो भनी पावलले चेताउनी दिए ?
गलातियाका विश्वासीहरूले खतना गरेमा ख्रीष्ट तिनीहरूका लागि कुनै पनि किसिमले फाइदाजनक हुनुहुन्नथ्यो भनी पावलले भने । [५:२]
Galatians 5:4-5
व्यवस्थाको पालनाद्वारा धर्मी ठहरिन खोज्ने गलातियाका सबै विश्वासीहरूलाई के हुनेथियो भनी पावलले चेताउनी दिए ?
व्यवस्थाको पालनाद्वारा धर्मी ठहरिन खोज्ने गलातियाका सबै विश्वासीहरू ख्रीष्टबाट अलग गरिनेथिए र अनुग्रहबाट टाढा हुनेथिए भनी पावलले चेताउनी दिए । [५:४]
Galatians 5:6-9
खतना र बेखतना केही मोलको नभएकोले ख्रीष्ट येशूमा कुन कुरो मात्रै मोलको छ त ?
ख्रीष्ट येशूमा प्रेमद्वारा काम गर्ने विश्वास मात्रै कुनै मोलको छ । [५:६]
Galatians 5:10
गलातियाका विश्वासीहरूलाई सुसमाचारबारे भ्रमित पार्ने व्यक्तिको सम्बन्धमा पावल के कुरामा निश्चित छन् ?
गलातियाका विश्वासीहरूलाई सुसमाचारबारे भ्रमित पार्ने व्यक्तिको सम्बन्धमा त्यसमाथि परमेश्वरको न्याय आइपर्नेछ भनी पावल निश्चित छन् । [५:१०]
Galatians 5:11-12
पावलका अनुसार खतनाको प्रचारले के गर्छ ?
पावलका अनुसार खतनाको प्रचारले क्रुसको बाधालाई नष्ट गर्नेथियो । [५:११]
Galatians 5:13
विश्वासीहरूले ख्रीष्टमा पाएको तिनीहरूको स्वतन्त्रतालाई कसरी प्रयोग गर्नुहुँदैन ?
विश्वासीहरूले ख्रीष्टमा पाएको तिनीहरूको स्वतन्त्रतालाई शरीरको निम्ति अवसरको रूपमा प्रयोग गर्नुहुँदैन । [५:१३]
विश्वासीहरूले ख्रीष्टमा पाएको तिनीहरूको स्वतन्त्रतालाई कसरी प्रयोग गर्नुपर्छ ?
विश्वासीहरूले ख्रीष्टमा पाएको तिनीहरूको स्वतन्त्रतालाई प्रेममा एक अर्काको सेवा गर्नको निम्ति प्रयोग गर्नुपर्छ । [५:१३]
Galatians 5:14-15
सारा व्यवस्था कुनचाहिँ एउटै आज्ञामा पूरा हुन्छ ?
“तिमीहरूले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ” भन्ने आज्ञामा सारा व्यवस्था पूरा हुन्छ । [५:१४]
Galatians 5:16
विश्वासीहरूले कसरी शरीरका अभिलाषाहरूलाई पूरा गर्न सक्दैनन् ?
विश्वासीहरू पवित्र आत्माद्वारा जिएर तिनीहरूले शरीरका अभिलाषाहरूलाई पूरा गर्नुपर्दैन । [५:१६]
Galatians 5:17-19
विश्वासीभित्र कुन-कुन दुईवटा कुरा एक अर्काको विरुद्धमा हुन्छन् ?
विश्वासीभित्र पवित्र आत्मा र शरीर एक अर्काको विरुद्धमा हुन्छन् । [५:१७]
Galatians 5:20
शरीरका कामहरूका तिन ओटा उदाहरणहरू के-के हुन् ?
तलका सूचीमा उल्लिखित कामहरूमध्ये कुनै पनि तिनवटा शरीरका कामहरू हुन सक्छन्ः कामुक अनैतिकता, अपवित्रता, कामवासना,मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, डाह, पियक्कडपन, र रक्सीको मोजमज्जा । [५:२०-२१]
Galatians 5:21
शरीरका कामहरूका तिन ओटा उदाहरणहरू के-के हुन् ?
तलका सूचीमा उल्लिखित कामहरूमध्ये कुनै पनि तिनवटा शरीरका कामहरू हुन सक्छन्ः कामुक अनैतिकता, अपवित्रता, कामवासना,मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, डाह, पियक्कडपन, र रक्सीको मोजमज्जा । [५:२०-२१]
शरीरका कामहरूको अभ्यास गर्नेहरूले के प्राप्त गर्नेछैनन् ?
शरीरका कामहरूको अभ्यास गर्नेहरू परमेश्वरको राज्यका हकदार हुनेछैनन् । [५:२१]
Galatians 5:22
पवित्र आत्माको फल के हो ?
प्रेम, आनन्द, शान्ति, धैर्यता, दया, भलाइ, विश्वास, नम्रता र संयम पवित्र आत्माका फल हुन् । [५:२२-२३]
Galatians 5:23
पवित्र आत्माको फल के हो ?
प्रेम, आनन्द, शान्ति, धैर्यता, दया, भलाइ, विश्वास, नम्रता र संयम पवित्र आत्माका फल हुन् । [५:२२-२३]
Galatians 5:24-26
ख्रीष्ट येशूमा हुनेहरूले शरीर र त्यसका लालसाहरूलाई के गरेका छन् ?
ख्रीष्ट येशूमा हुनेहरूले शरीर र त्यसका लालसाहरूलाई क्रुसमा टाँगिदिएका छन् । [५:२४]
Galatians 6
Galatians 6:1
कुनै मानिस अपराधमा पक्राउ पर्यो भने आत्मिक जनहरूले उसलाई के गर्नुपर्छ ?
आत्मिक जनहरूले उसलाई नम्रताको आत्मामा पुनर्स्थापित गर्नुपर्छ । [६:१]
आत्मिक जनहरू केको खतराको लागि सावधान हुनुपर्छ ?
आत्मिक जनहरू आफैँ नै परीक्षामा पर्छन् कि भनेर तिनीहरू सावधान हुनुपर्छ । [६:१]
Galatians 6:2-3
विश्वासीहरूले कसरी ख्रीष्टको व्यवस्थालाई पूरा गर्छन् ?
विश्वासीहरूले एक अर्काका भारहरू उठाएर ख्रीष्टको व्यवस्थालाई पूरा गर्छन् । [६:२]
Galatians 6:4-5
कसरी एउटा व्यक्तिमा आफ्नो कामको सम्बन्धमा गर्व गर्नुपर्ने केही कुरो हुन सक्छ ?
आफूलाई अरू कसैसित तुलना नगरी आफ्नै कामलाई जाँचेर एउटा व्यक्तिमा आफ्नो कामको सम्बन्धमा गर्व गर्नुपर्ने केही कुरो हुन सक्छ । [६:४]
Galatians 6:6
वचन सिकाइएको व्यक्तिले आफ्नो शिक्षकसित के गर्नुपर्छ ?
वचन सिकाइएको व्यक्तिले आफ्नो शिक्षकसित सबै असल थोकहरू बाँड्नुपर्छ । [६:६]
Galatians 6:7
मानिसले आत्मिक रूपमा जे रोप्त्छ त्यो कुरालाई के हुन्छ ?
मानिसले आत्मिक रूपमा जे रोप्तछ उसले त्यही कटनी गर्नेछ । [६:७]
Galatians 6:8
आफ्नै पाप-स्वभावमा रोप्ने मानिसले के कटनी गर्छ ?
आफ्नै पाप-स्वभावमा रोप्ने मानिसले उसको पाप-स्वभावबाट भ्रष्टताको कटनी गर्छ । [६:८]
पवित्र आत्मामा रोप्ने मानिसले के कटनी गर्छ ?
पवित्र आत्मामा रोप्ने मानिसले पवित्र आत्माबाट अनन्त जीवनको कटनी गर्छ । [६:८]
Galatians 6:9
यदि विश्वासीले हरेस नखाएर भलाइको काममा लागिरह्यो भने, उसले के पाउनेछ ?
भलाइको काममा लागिरहने विश्वासीले फसलको कटनी गर्नेछ । [६:९]
Galatians 6:10-11
विश्वासीहरूले खास गरी कसको निम्ति भलाइ गर्नुपर्दछ ?
विश्वासीहरूले खास गरी विश्वासको घरानामा भएकाहरूको निम्ति भलाइ गर्नुपर्दछ । [६:१०]
Galatians 6:12-13
विश्वासीहरूलाई खतनाको लागि बाध्य पार्न खोज्नेहरूको अभिप्राय के हो ?
विश्वासीहरूलाई खतनाको लागि बाध्य पार्न खोज्नेहरू ख्रीष्टको क्रुसको खातिर सतावाट भोग्न चाहँदैनन् । [६:१२]
Galatians 6:14
पावल के कुरामा गर्व गर्छन् भनेर तिनले भन्छन् ?
पावल प्रभु येशू ख्रीष्टको क्रुसको लागि गर्व गर्छन् भनेर तिनले भन्छन् । [६:१४]
Galatians 6:15
खतना वा बेखतनाको साटो केचाहिँ महत्त्वपूर्ण छ ?
महत्त्वपूर्ण कुरोचाहिँ नयाँ सृष्टि हो । [६:१५]
Galatians 6:16
पावल कसमाथि शान्ति र कृपाको इच्छा गर्छन् ?
नयाँ सृष्टिको नियमअनुसार जिउनेहरू र परमेश्वरका इस्राएलमाथि पावल शान्ति र कृपाको इच्छा गर्छन् । [६:१६]
Galatians 6:17-18
पावलले आफ्नो शरीरमा के बोके ?
पावलले आफ्नो शरीरमा येशूका चिन्हहरू बोके । [६:१७]