1 John
1 John 1
1 John 1:1
यूहन्नाले सुरुदेखि के थियो भन्छन् ?
यूहन्नाले जीवनको वचन सुरुदेखि थियो भन्छन् । [1:1]
यूहन्नाले केको माध्यमद्वारा जीवनको वचनबारे जानेका थिए ?
यूहन्नाले जीवनको वचन सुनेका, देखेका, मनन गरेका र छोएका थिए । [1:1]
1 John 1:2
जीवनको वचन यूहन्नाकहाँ प्रकट हुनुभन्दा पहिले कहाँ थियो ?
जीवनको वचन यूहन्नाकहाँ प्रकट हुनुभन्दा पहिले पितासँग थियो । [1:2]
1 John 1:3-4
यूहन्नाले देखेका र सुनेको छन् भनी किन घोषणा गरिरहेका छन् ?
अरूले पनि उहाँसँग सङ्गती गर्न सकून् भनेर यूहन्नाले देखेका र सुनेका कुरालाई घोषणा गरिरहेका छन् । [1:3]
यूहन्नाले कोसँग अघिदेखि नै सङ्गति गर्छन् ?
यूहन्नाले पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग अघिदेखि नै सङ्गति गर्छन् । [1:3]
1 John 1:5
यूहन्नाले परमेश्वरको कुन सन्देश उनका पाठकहरूलाई घोषणा गर्दैछन् ?
यूहन्नाले परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा पटक्कै अन्धकार छैन भनी घोषणा गरिरहेका छन् । [1:5]
1 John 1:6
यूहन्नाले परमेश्वरसँग सङ्गति छ भन्ने तर अन्धकारमा हिड्ने व्यक्तिबारे के भन्छन् ?
यूहन्नाले यस्तो व्यक्तिलाई झुटा र सत्य व्यवहार नगर्ने भन्छन् । [1:6]
1 John 1:7
ज्योतिमा हिड्नेहरूलाई सबै पापहरूबाट केले शुद्ध पार्दछ ?
येशूको रगतले उनीहरूका सबै पाप शुद्ध पार्दछ । [1:7]
1 John 1:8
तिनीहरूसँग पाप छैन भन्ने व्यक्तिको बारेमा यूहन्नाले के भनेका छन् ?
यस्ता व्यक्तिले आफैँलाई धोका दिन्छ र त्यसमा सत्य छैन भनी यूहन्नाले भनेका छन् । [1:8]
1 John 1:9-10
आफ्नो पापहरू स्वीकार गर्नेहरूलाई परमेश्वरले के गर्नुहुनेछ ?
जसले आफ्ना पापहरू स्वीकार गर्छन्, परमेश्वरले उनीहरूका पापहरू क्षमा गरी दिनुहुनेछ र उनीहरूका सबै अधर्मबाट शुद्ध पार्नुहुनेछ । [1:9]
1 John 2
1 John 2:2
येशू ख्रीष्टको बलिदान कसका पापहरूका निम्ति हो ?
येशू ख्रीष्टको बलिदान सारा संसारको पापहरूका लागि हो ।[2:2]
1 John 2:3
हामीले येशू ख्रीष्टलाई चिन्छौँ भनी हामी कसरी जान्दछौँ ?
हामीले उहाँका आज्ञाहरू पालन गर्छौं भने हामी येशूलाई चिन्दछौँ भन्ने हामी जान्दछौँ । [2:3]
1 John 2:4-5
परमेश्वरलाई चिन्छु भन्ने तर परमेश्वरको आज्ञा पालन नगर्ने कस्तो व्यक्ति हो ?
परमेश्वरलाई चिन्छु भन्ने तर परमेश्वरको आज्ञा पालन नगर्ने झूटा हो । [2:4]
1 John 2:6-8
एउटा विश्वासी कसरी हिड्नु पर्छ ? (एउटा विश्वासीको चाल कस्तो हुनुपर्छ ?)
एउटा विश्वासीले येशूले हिँडेअनुसार हिड्नुपर्छ । (येशूको चालमा चल्नुपर्छ ।), [2:6]
1 John 2:9-10
ज्योतिमा छु भन्ने तर आफ्नो भाइलाई घृणा गर्नेको आत्मिक अवस्था कस्तो हुन्छ ?
ज्योतिमा छु भन्ने तर आफ्नो भाइलाई घृणा गर्ने अन्धकारमा नै हुन्छ । [2:9,11]
1 John 2:11
ज्योतिमा छु भन्ने तर आफ्नो भाइलाई घृणा गर्नेको आत्मिक अवस्था कस्तो हुन्छ ?
ज्योतिमा छु भन्ने तर आफ्नो भाइलाई घृणा गर्ने अन्धकारमा नै हुन्छ । [2:9,11]
1 John 2:12-14
परमेश्वरले विश्वासीहरूका पाप किन क्षमा गर्नुहुन्छ ?
ख्रीष्टको नाउँको खातिर परमेश्वरले विश्वासीहरूका पाप क्षमा गर्नुहुन्छ । [2:12]
1 John 2:15
संसारको थोकहरूप्रति विश्वासीको मनोभाव कस्तो हुनुपर्छ भनी यूहन्ना भन्छन् ?
विश्वासीले न संसारलाई न संसारको थोकलाई प्रेम गर्नुहुन्छ भन्छन् । [2:15]
1 John 2:16-17
यूहन्नाले संसारका कुन तिन कुराहरूलाई पिताका होइनन् भनी नामकरण गर्छन् ?
उनले शारीरिक अभिलाषा, आँखाको अभिलाषा र जीवनको व्यार्थको घमण्डहरूलाई पिताका होइन र संसारका हुन् भनी नामकरण गर्छन् । [2:16]
1 John 2:18-21
यूहन्नाले यो अन्तिम घडी हो भनेर कसरी जान्दछन् भन्छन् ?
धेरै ख्रीष्ट विरोधी आएको हुनाले उनले यो अन्तिम घडी हो भनी जान्दछन् भन्छन् । [2:18]
यूहन्नाले को आउदैछ भन्छन् ?
उनले ख्रीष्ट विरोधी आउदैछ भन्छन् । [2:18]
1 John 2:22
ख्रीष्ट विरोधीले हामी त्यसलाई पहिचान गर्न सक्ने त्यस्तो के गर्नेछ ?
ख्रीष्ट विरोधीले पिता र पुत्रलाई इन्कार गर्छ । [2:22]
1 John 2:23
के पुत्रलाई इन्कार गर्ने कोहीसँग पिता हुनुहुन्छ ?
अहँ, पुत्रलाई इन्कार गर्नेसँग पिता हुन सक्नुहुन्न । [2:23]
1 John 2:24
पिता र पुत्रमा रहनका लागि विश्वासीहरूले के गर्नु भन्छन् यूहन्ना ?
यूहन्ना विश्वासीहरू सुरुदेखि सुनेका कुरामा रहनु भन्छन् । [2:24]
1 John 2:25-27
विश्वासीहरूलाई परमेश्वरद्वारा कस्तो प्रतिज्ञा दिएइको छ ?
परमेश्वरले विश्वासीहरूलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ । [2:25]
1 John 2:28-29
उहाँको आगमनमा ख्रीष्ट देखा पर्नुहुँदा पुत्रमा रहनेहरूको मनोभाव कस्तो हुनेछ ?
ख्रीष्ट देखा पर्नुहुँदा पुत्रमा रहनेहरूसँग साहस हुनेछ र लज्जित हुनेछैनन् । [2:28]
1 John 3
1 John 3:1
पिताले विश्वासीहरूलाई उहाँको प्रेमको कारण के दिनुभएको छ ?
पिताले तिनीहरूलाई परमेश्वरका सन्तानको नाउँ दिनुभएको छ । [३:१-२]
1 John 3:2
ख्रीष्ट देखा पर्नुहुँदा विश्वासीहरूलाई के हुनेछ ?
जब ख्रीष्ट देखा पर्नुहुन्छ विश्वासीहरू ख्रीष्टजस्तै हुनेछन् अनि उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछन् । [३:२]
1 John 3:3-4
ख्रीष्टमा आशा गर्ने हरेक विश्वासीले आफूलाई के गर्छ ?
ख्रीष्टमा आशा गर्ने हरेक विश्वासीले आफूलाई शुद्ध पार्छ । [३:३]
1 John 3:5
ख्रीष्ट स्वयंमा के छैन ?
ख्रीष्ट स्वयंमा पाप छैन । [३:५]
1 John 3:6-7
पाप गरिरहेनेको परमेश्वरसँग कस्तो सम्बन्ध रहन्छ ?
पाप गरिरहनेले न त ख्रीष्ट देखेको छ न उहाँलाई चिनेको नै छ । [३:६]
1 John 3:8
केको निम्ति परमेश्वरको पुत्रको प्रकट हुनुभयो ?
दियाबलसको कामहरू नष्ट गर्न परमेश्वरको पुत्र प्रकट गरियो । [३:८]
1 John 3:9
परमेश्वरका सन्तानहरू र दियाबलसका सन्तानहरू कसरी प्रकट गरिन्छन् ?
परमेश्वरको सन्तानहरू धार्मिकताका काम गर्दा र दियाबलसका सन्तानहरू पाप गर्दा प्रकट हुन्छन् । [३:९-१०]
1 John 3:10
परमेश्वरका सन्तानहरू र दियाबलसका सन्तानहरू कसरी प्रकट गरिन्छन् ?
परमेश्वरको सन्तानहरू धार्मिकताका काम गर्दा र दियाबलसका सन्तानहरू पाप गर्दा प्रकट हुन्छन् । [३:९-१०]
विश्वासीहरूप्रतिको कुन मनोभावले कसैलाई परमेश्वरको सन्तान हो भन्ने प्रदर्शन गर्छ ?
विश्वासीहरूप्रति प्रेमको मनोभावले कोही परमेश्वरको सन्तान हो भन्ने प्रदर्शन गर्छ । [३:१०-११, १४]
1 John 3:11
विश्वासीहरूप्रतिको कुन मनोभावले कसैलाई परमेश्वरको सन्तान हो भन्ने प्रदर्शन गर्छ ?
विश्वासीहरूप्रति प्रेमको मनोभावले कोही परमेश्वरको सन्तान हो भन्ने प्रदर्शन गर्छ । [३:१०-११, १४]
1 John 3:12
कयिनले कसरी उनी दियाबलासको सन्तान भएको प्रदर्शन गरे ?
कयिनले आफ्नो भाइलाई हत्या गर्दा उनी दियाबलसको सन्तान भएको प्रदर्शन गरे । [३:१२]
1 John 3:13
कुन कुरामा विश्वासीहरूले अचम्म मान्नु पर्दैन भन्छन् यूहन्ना ?
यूहन्ना संसारले विश्वासीहरूलाई घृणा गर्छ भन्ने कुरामा अचम्म नमान्नू भन्छन् । [३:१३]
1 John 3:14-15
विश्वासीहरूप्रतिको कुन मनोभावले कसैलाई परमेश्वरको सन्तान हो भन्ने प्रदर्शन गर्छ ?
विश्वासीहरूप्रति प्रेमको मनोभावले कोही परमेश्वरको सन्तान हो भन्ने प्रदर्शन गर्छ । [३:१०-११, १४]
1 John 3:16
प्रेम के हो भनेर हामीले कसरी जान्ने ?
ख्रीष्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभएको हुनाले हामी प्रेम के हो भन्ने जान्दछौँ । [३:१६]
1 John 3:17
कुनै भाइ खाँचोमा पर्दा विश्वासीले परमेश्वरको प्रेम कसरी प्रदर्शन गर्ने ?
कुनै भाइ खाँचोमा पर्दा विश्वासीले यस संसारका थोकहरूले त्यसलाई सहायता गरेर परमेश्वरको प्रेम प्रदर्शन गर्नुपर्छ । [३:१७-१८]
1 John 3:18
कुनै भाइ खाँचोमा पर्दा विश्वासीले परमेश्वरको प्रेम कसरी प्रदर्शन गर्ने ?
कुनै भाइ खाँचोमा पर्दा विश्वासीले यस संसारका थोकहरूले त्यसलाई सहायता गरेर परमेश्वरको प्रेम प्रदर्शन गर्नुपर्छ । [३:१७-१८]
1 John 3:19-20
कुनै विश्वासीले परमेश्वरको प्रेम काम र सत्यमा प्रदर्शन गर्दा त्यसले आफ्नो लागि के पाउँछ ?
कुनै विश्वासीले काम र सत्यतामा परमेश्वरको प्रेम प्रदर्शन गर्दा त्यसले परमेश्वरमा निश्चयता र दृढता प्राप्त गर्छ । [३:१९,२१]
1 John 3:21-22
कुनै विश्वासीले परमेश्वरको प्रेम काम र सत्यमा प्रदर्शन गर्दा त्यसले आफ्नो लागि के पाउँछ ?
कुनै विश्वासीले काम र सत्यतामा परमेश्वरको प्रेम प्रदर्शन गर्दा त्यसले परमेश्वरमा निश्चयता र दृढता प्राप्त गर्छ । [३:१९,२१]
1 John 3:23
यूहन्ना परमेश्वरको कुन आज्ञा विश्वासीहरूलाई याद दिलाउँछन् ?
एक-अर्कामा प्रेम गर्नु र उहाँको पुत्रको नाउँमा विश्वास गर्नु भन्ने परमेश्वरको आज्ञा यूहन्नाले विश्वासीहरूलाई याद दिलाउँछन् । [३:२३]
1 John 3:24
परमेश्वरले विश्वासीहरूलाई के दिनुभएको छ ताकि उनीहरूमा परमेश्वर रहनुहुन्छ भन्ने उनीहरू जान्दछन् ?
परमेश्वरले विश्वासीहरूलाई पवित्र आत्मा दिनुभएको छ ताकि उनीहरूमा परमेश्वर रहनुहुन्छ भन्ने उनीहरू जान्दछन् । [३:२४]
1 John 4
1 John 4:1
हरेक आत्मालाई विश्वास नगर्नू भनी यूहन्नाले किन चेतावनी दिन्छन् ?
यूहन्नाले चेतावनी दिन्छन् किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू गएका छन् । [४:१]
1 John 4:2
परमेश्वरको आत्मा नै बोल्दैहुनु हुन्छ भनी तिमीहरू कसरी जान्न सक्छौ ?
येशू ख्रीष्ट शरीरमा आउनु भएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरको हो । [४:२]
1 John 4:3
कुन आत्माले येशू देहमा आउनुभएको हो भनी स्वीकार गर्दैन ?
ख्रीष्ट विरोधीको आत्माले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैन । [४:३]
1 John 4:4
महान् आत्मा भनेर यूहन्नाले कसलाई भन्दछन् ?
विश्वसीहरूमा हुनुहुने आत्मा संसारको आत्माहरूभन्दा महान् आत्मा हुनुहुन्छ । [४:४-५]
1 John 4:5-6
महान् आत्मा भनेर यूहन्नाले कसलाई भन्दछन् ?
विश्वसीहरूमा हुनुहुने आत्मा संसारको आत्माहरूभन्दा महान् आत्मा हुनुहुन्छ । [४:४-५]
1 John 4:7
परमेश्वरलाई जान्दछु भनी देखाउने र उहाँ जस्तो हुन विश्वासीहरूले के गर्दछन् ?
परमेश्वरलाई जान्दछु भनी देखाउन विश्वासीहरूले एक-अर्कालाई प्रेम गर्छन् किनकि परमेश्वर प्रेम हुनुहुन्छ । [४:७-८]
1 John 4:8
परमेश्वरलाई जान्दछु भनी देखाउने र उहाँ जस्तो हुन विश्वासीहरूले के गर्दछन् ?
परमेश्वरलाई जान्दछु भनी देखाउन विश्वासीहरूले एक-अर्कालाई प्रेम गर्छन् किनकि परमेश्वर प्रेम हुनुहुन्छ । [४:७-८]
1 John 4:9-14
परमेश्वरले उहाँको प्रेम हामीलाई कसरी प्रकट गर्नुभयो ?
परमेश्वरले आफ्नो एक मात्र पुत्रलाई यस संसारमा पठाएर आफ्नो प्रेम प्रकट गर्नुभयो । [४:९]
के उद्देश्यका लागि पिताले आफ्नो पुत्र पठाउनुभयो ?
पिताले उहाँको पुत्र हामी उहाँद्वारा जिउन सकौँ भनेर पठाउनुभयो । [४:१०,१४]
1 John 4:15-16
साँचो विश्वासीहरूले येशूको बारेमा के स्वीकार गर्छन् ?
साँचो विश्वासीहरूले येशू नै परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छन् । [४:१५]
1 John 4:17-18
परमेश्वर र उहाँको प्रेममा रहनेहरूको न्यायको दिनमा कस्तो मनोभाव हुनेछ ?
परमेश्वर र उहाँको प्रेममा रहनेहरूसँग न्यायको दिनमा दृढता हुनेछ । [४:१७]
1 John 4:19
हामी कसरी प्रेम गर्न सक्षम छौँ ?
हामी प्रेम गर्छौं, किनकि परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो । [४:१९]
1 John 4:20
आफ्नो भाइलाई घृणा गर्नेको परमेश्वरसँग कस्तो सम्बन्ध हुन्छ ?
आफ्नो भाइलाई घृणा गर्नेले परमेश्वरलाई प्रेम गर्न सक्दैन । [४:२०]
1 John 4:21
परमेश्वरलाई प्रेम गर्नेले कसलाई पनि प्रेम गर्नुपर्छ ?
परमेश्वरलाई प्रेम गर्नेले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ । [४:२१]
1 John 5
1 John 5:3
परमेश्वरलाई प्रेम गर्छौं भनी हामी कसरी प्रदर्शन गर्छौं ?
जब हामी परमेश्वरको आज्ञा पालन गर्छौं तब हामी परमेश्वरलाई प्रेम गर्छौं भनी प्रदर्शन गर्छौं । [५:३]
1 John 5:4-5
संसारलाई जित्ने विजय के हो ?
संसारलाई जित्ने विजय हाम्रो विश्वास हो । [५:४]
1 John 5:6
कुन दुई कुराहरूद्वारा येशू ख्रीष्ट आउनुभयो ?
येशू पानी र रगतद्वारा आउनुभयो । [५:६]
1 John 5:7
कुन तिन कुराहरूले येशू ख्रीष्टको गवाही दिन्छन् ?
पवित्र आत्मा, पानी र रगत सबैले येशू ख्रीष्टको गवाही दिन्छन् । [५:७-८]
1 John 5:8
कुन तिन कुराहरूले येशू ख्रीष्टको गवाही दिन्छन् ?
पवित्र आत्मा, पानी र रगत सबैले येशू ख्रीष्टको गवाही दिन्छन् । [५:७-८]
1 John 5:9
पुत्रको बारेमा परमेश्वरले दिनुभएको गवाहीलाई विश्वास नगर्नेहरूले परमेश्वरलाई के बनाउँछन् ?
पुत्रको बारेमा परमेश्वरले दिनुभएको गवाहीलाई विश्वास नगर्नेले परमेश्वरलाई झूटा बनाउँछ । [५:९-१०]
1 John 5:10
पुत्रको बारेमा परमेश्वरले दिनुभएको गवाहीलाई विश्वास नगर्नेहरूले परमेश्वरलाई के बनाउँछन् ?
पुत्रको बारेमा परमेश्वरले दिनुभएको गवाहीलाई विश्वास नगर्नेले परमेश्वरलाई झूटा बनाउँछ । [५:९-१०]
1 John 5:11-13
परमेश्वरले उहाँको पुत्रमा हामीलाई के दिनुभएको छ ?
परमेश्वरले उहाँको पुत्रमा हामीलाई अनन्त जीवन दिनुभएको छ । [५:११]
1 John 5:14-15
परमेश्वरको सामुन्ने विश्वासीहरूसँग कस्तो दृढता छ ?
यदि परमेश्वरको इच्छाअनुसार उनीहरूले कुनै पनि कुरा मागे भने उहाँले उनीहरूको बिन्ती सुन्नुहुन्छ भन्ने दृढता विश्वासीहरूको छ । [५:१४]
1 John 5:16
आफ्नो भाइले मृत्युसम्म नपुर्याउने पाप गरिरहेको देख्दा विश्वासीले के गर्नुपर्छ ?
आफ्नो भाइले मृत्युसम्म नपुर्याउने पाप गरिरहेको देख्दा परमेश्वरले जीवन दिऊन् भनेर विश्वासीले प्रार्थना गर्नुपर्छ । [५:१६]
1 John 5:17-18
सबै अधार्मिकता के हो ?
सबै अधर्मिकता पाप हो । [५:१७]
1 John 5:19
सारा संसार कहाँ रहेको छ ?
सारा संसार दुष्टकहाँ रहेको छ । [५:१९]
1 John 5:20
साँचो परमेश्वर को हुनुहुन्छ ?
येशू ख्रीष्टको पिता नै साँचो परमेश्वर हुनुहुन्छ । [५:२०]
1 John 5:21
विश्वासीहरूले आफैँलाई के दखि जोगाइ राख्नुपर्छ ?
विश्वासीहरूले आफैँलाई मूर्तिहरूदेखि जोगाइ राख्नुपर्छ । [५:२१]