नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

1 Thessalonians

1 Thessalonians 1

1 Thessalonians 1:3-4

थेसलोनिकीहरूको सम्बन्धमा परमेश्‍वरको सामु पावल सधैँ के कुरालाई सम्झने गर्छन् ?

पावलले तिनीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झने गर्छन् । [१:३]

1 Thessalonians 1:5

थेसलोनिकीहरूकहाँ कुन-कुन चार तरिकाले सुसमाचार आयो ?

थेसलोनिकीहरूकहाँ वचनमा, शक्‍तिमा, पवित्र आत्मामा र धेरै निश्‍चयतामा सुसमाचार आयो । [१:५]

1 Thessalonians 1:6-7

थेसलोनिकीहरूले सुसमाचारको वचन पाउँदा तिनीहरूलाई के भइरहेको थियो ?

थेसलोनिकीहरूले अत्यधिक कष्‍टहरूमा वचन पाए । [१:६]

थेसलोनिकीहरूले सुसमाचारको वचनलाई पाउँदा तिनीहरूको मनोवृत्ति कस्तो थियो ?

थेसलोनिकीहरूले पवित्र आत्माको आनन्दमा वचनलाई ग्रहण गरे । [१:६]

1 Thessalonians 1:8

थेसलोनिकीहरूले परमेश्‍वरको वचनलाई प्राप्‍त गरिसकेपछि के भयो ?

तिनीहरूको विश्‍वास जहाँ-जहाँ फैलियो, त्यहाँ-त्यहाँ परमेश्‍वरको वचन पनि फैलियो । [१:८]

1 Thessalonians 1:9

थेसलोनिकीहरूले सत्य परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा अगाडि तिनीहरूले कसलाई पुजिरहेका थिए ?

थेसलोनिकीहरूले सत्य परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा अगाडि मूर्तिहरूलाई पुजिरहेका थिए । [१:९]

1 Thessalonians 1:10

पावल र थेसलोनिकीहरूले के कुरालाई पर्खिरहेका थिए ?

पावल र थेसलोनिकीहरूले स्वर्गबाट येशू ख्रीष्‍टको आगमनलाई पर्खिरहेका थिए । [१:१०]

येशूले हामीलाई के कुराबाट छुटकारा दिनुहुन्छ ?

येशूले हामीलाई आउनेवाला क्रोधबाट छुटकारा दिनुहुन्छ । [१:१०]

1 Thessalonians 2

1 Thessalonians 2:2-3

थेसलोनिकेमा आउनुभन्दा अगाडि पावल र उनका सहकर्मीहरूलाई कस्तो व्यवहार गरिएको थियो ?

पावल र उनका सहकर्मीहरूले कष्‍ट पाए र तिनीहरूलाई निर्लज्जपूर्वक व्यवहार गरिएको थियो । [२:२]

1 Thessalonians 2:4

पावलले सुसमाचार प्रचार गरिरहँदा कसलाई खुसी तुल्याउने चाहना गर्छन् ?

पावलले सुसमाचार प्रचार गरिरहँदा परमेश्‍वरलाई खुसी तुल्याउने चाहना गर्छन् । [२:४]

1 Thessalonians 2:5

पावलले सुसमाचार प्रचार गर्दा के कुरा गरेनन् ?

पावलले चाप्लुसी गरेनन् अनि मानिसहरूबाट महिमा खोजेनन् । [२:५-६]

1 Thessalonians 2:6

पावलले सुसमाचार प्रचार गर्दा के कुरा गरेनन् ?

पावलले चाप्लुसी गरेनन् अनि मानिसहरूबाट महिमा खोजेनन् । [२:५-६]

1 Thessalonians 2:7

थेसलोनिकीहरूसँग रहँदा पावलले तिनीहरूसँग कस्तो व्यवहार गरे ?

पावलले थेसलोनिकीहरूसँग बाबु वा आमाले आफ्नै छोराछोरीहरूसँग गरेजस्तै भद्र व्यवहार गरे । [२:७-८, ११]

1 Thessalonians 2:8

थेसलोनिकीहरूसँग रहँदा पावलले तिनीहरूसँग कस्तो व्यवहार गरे ?

पावलले थेसलोनिकीहरूसँग बाबु वा आमाले आफ्नै छोराछोरीहरूसँग गरेजस्तै भद्र व्यवहार गरे । [२:७-८, ११]

1 Thessalonians 2:9-10

पावल र उनका सहकर्मीहरू थेसलोनिकीहरूका लागि बोझ नबनून् भनेर तिनीहरूले के गरे ?

पावल र उनका सहकर्मीहरूले आफू थेसलोनिकीहरूका लागि बोझ नबनून् भनेर रात दिन काम गरे । [२:९]

1 Thessalonians 2:11

थेसलोनिकीहरूसँग रहँदा पावलले तिनीहरूसँग कस्तो व्यवहार गरे ?

पावलले थेसलोनिकीहरूसँग बाबु वा आमाले आफ्नै छोराछोरीहरूसँग गरेजस्तै भद्र व्यवहार गरे । [२:७-८, ११]

1 Thessalonians 2:12

पावलले थेसलोनिकीहरूलाई तिनीहरू कसरी हिँड्नुपर्छ भनेर बताए ?

पावलले थेसलोनिकीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुने परमेश्‍वरको योग्यको भएर हिँड्नुपर्छ भनेर बताए । [२:१२]

1 Thessalonians 2:13

पावलले थेसलोनिकीहरूलाई प्रचार गरेको सन्देशमा तिनीहरूले कस्तो सन्देश प्राप्‍त गरे ?

थेसलोनिकीहरूले सन्देशलाई मानिसको वचन नभएर परमेश्‍वरको वचनको रूपमा प्राप्‍त गरे । [२:१३]

1 Thessalonians 2:14

विश्‍वास नगर्ने यहूदीहरूले के गरे जसले परमेश्‍वरलाई खुसी तुल्याएन ?

ती विश्‍वास नगर्ने यहूदीहरूले यहूदियामा भएका मण्डलीहरूलाई सताए; येशू र अगमवक्‍ताहरूलाई मारे; पावललाई लखेटे र पावललाई गैरयहूदीहरूका बिचमा बोल्नलाई निषेध गरे । [२:१४-१६]

1 Thessalonians 2:15

1 Thessalonians 2:16

1 Thessalonians 2:17

थेसलोनिकीहरूकहाँ आउने चाहना हुँदाहुँदै पनि पावल किन तिनीहरूकहाँ आउन सकेनन् ?

पावल तिनीहरूकहाँ आउन सकेनन् किनभने तिनलाई शैतानले बाधा दियो । [२:१७-१८]

1 Thessalonians 2:18

थेसलोनिकीहरूकहाँ आउने चाहना हुँदाहुँदै पनि पावल किन तिनीहरूकहाँ आउन सकेनन् ?

पावल तिनीहरूकहाँ आउन सकेनन् किनभने तिनलाई शैतानले बाधा दियो । [२:१७-१८]

1 Thessalonians 2:19

प्रभुको आगमनमा पावलको निम्ति थेसलोनिकीहरू के हुनेछन् ?

प्रभुको आगमनमा थेसलोनिकीहरू पावलको आशा, आनन्द र महिमाको मुकुट हुनेछन् । [२:१९-२०]

1 Thessalonians 2:20

प्रभुको आगमनमा पावलको निम्ति थेसलोनिकीहरू के हुनेछन् ?

प्रभुको आगमनमा थेसलोनिकीहरू पावलको आशा, आनन्द र महिमाको मुकुट हुनेछन् । [२:१९-२०]

1 Thessalonians 3

1 Thessalonians 3:1

आफू एथेन्समा रहनुपरे तापनि पावलले के गरे ?

पावलले थेसलोनिकीका विश्‍वासीहरूलाई सान्त्वना दिन र तिनीहरूलाई दह्रिलो पार्नको निम्ति तिमोथीलाई पठाए । [३:१-२]

1 Thessalonians 3:2

आफू एथेन्समा रहनुपरे तापनि पावलले के गरे ?

पावलले थेसलोनिकीका विश्‍वासीहरूलाई सान्त्वना दिन र तिनीहरूलाई दह्रिलो पार्नको निम्ति तिमोथीलाई पठाए । [३:१-२]

1 Thessalonians 3:3-4

आफू केको खातिर नियुक्त भएको भनेर पावलले भने ?

आफू कष्‍टको खातिर नियुक्त भएको भनेर पावलले भने । [३:३]

1 Thessalonians 3:5

थेसलोनिकीहरूको बारेमा पावललाई के कुराको फिक्री थियो ?

परीक्षा गर्नेवालाले तिनीहरूलाई परीक्षामा पारेर तिनको मेहनत व्यर्थमा जान्छ कि भनेर पावल चिन्तित थिए । [३:५]

1 Thessalonians 3:6

तिमोथी थेसलोनिकीबाट फर्केपछि पावललाई के कुराले सान्त्वना मिल्यो ?

थेसलोनिकीहरूको विश्‍वास र प्रेम अनि तिनीहरू उनलाई भेट्न उत्कट इच्छा गर्दा रहेछन् भन्‍ने कुरा सुनेर पावललाई सान्त्वना मिल्यो । [३:६-७]

1 Thessalonians 3:7

तिमोथी थेसलोनिकीबाट फर्केपछि पावललाई के कुराले सान्त्वना मिल्यो ?

थेसलोनिकीहरूको विश्‍वास र प्रेम अनि तिनीहरू उनलाई भेट्न उत्कट इच्छा गर्दा रहेछन् भन्‍ने कुरा सुनेर पावललाई सान्त्वना मिल्यो । [३:६-७]

1 Thessalonians 3:8-9

थेसलोनिकीहरूले के गरे भने तिनी जिउनेछन् भनी पावल भन्छन् ?

थेसलोनिकीहरू विश्‍वासमा स्थिर रहे भने, तिनी जिउनेछन् भनी पावल भन्छन् । [३:८]

1 Thessalonians 3:10-11

पावलले केको निम्ति दिन रात प्रार्थना गर्छन् ?

थेसलोनिकीहरूको मुहार हेर्न सकून् र तिनीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकून् भनी पावल दिन रात प्रार्थना गर्छन् । [३:१०]

1 Thessalonians 3:12

थेसलोनिकीहरू के कुरामा प्रशस्त गरी बढ्दै जाऊन् भनी पावलले चाहना गरे ?

थेसलोनिकीहरू एक अर्काप्रति र सबै मानिसप्रति प्रेममा प्रशस्त गरी बढ्दै जाऊन् भनी पावलले चाहना गरे । [३:१२]

1 Thessalonians 3:13

थेसलोनिकीहरू कुन घटनाको निम्ति तिनीहरूका हृदयहरू पवित्रतामा खोटरहित बनाई तयार रहून् भन्‍ने पावल चाहना गर्छन् ?

येशू आफ्ना पवित्र जनहरूसँग आउनुहुँदा थेसलोनिकीहरू तयार रहून् भन्‍ने चाहना पावल गर्छन् । [३:१३]

1 Thessalonians 4

1 Thessalonians 4:1

तिनीहरू कसरी हिँड्नुपर्छ र परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनुपर्छ भनेर थेसलोनिकीहरूलाई दिइएका निर्देशनको बारेमा पावलले के चाहे ?

थेसलोनिकीहरूले निरन्तर चलेर परमेश्‍वरलाई रिजाऊन् र त्यसभन्दा बढी गरून् भन्‍ने चाहना पावलले गरे । [४:१-२]

1 Thessalonians 4:2

1 Thessalonians 4:3

थेसलोनिकीहरूका निम्ति परमेश्‍वरको चाहना के थियो भनेर पावलले भने ?

परमेश्‍वरको चाहना थेसलोनिकीहरू पवित्र हुनुपर्छ भन्‍ने थियो भनेर पावलले भने । [४:३]

1 Thessalonians 4:4-5

पतिहरूले पत्‍नीहरूलाई कस्तो व्यवहार गर्नुपर्थ्यो ?

पतिहरूले पत्‍नीहरूलाई आदर र सम्मानका साथ व्यवहार गर्नुपर्थ्यो । [४:४]

1 Thessalonians 4:6-7

कुनै भाइले यौन क्रियाकलापको अनैतिकताको विषयमा पाप गर्‍यो भने त्यसलाई के हुन्छ ?

यौन क्रियाकलापको अनैतिकताको विषयमा पाप गर्ने भाइप्रति परमप्रभुले बदला लिनुहुन्छ । [४:६]

1 Thessalonians 4:8

पवित्रताको बोलावटलाई इन्कार गर्ने व्यक्‍तिले कसलाई इन्कार गर्छ ?

पवित्रताको बोलावटलाई इन्कार गर्ने व्यक्‍तिले परमेश्‍वरलाई इन्कार गर्दछ । [४:८]

1 Thessalonians 4:9

थेसलोनिकीहरूले गरिरहेका कुन कुरा तिनीहरूले अझ बढी गरून् भनी पावलले चाहना गरे ?

थेसलोनिकीहरूले एकले अर्कालाई अझ बढी प्रेम गरून् भनी पावलले चाहना गरे । [४:९-१०]

1 Thessalonians 4:10

थेसलोनिकीहरूले गरिरहेका कुन कुरा तिनीहरूले अझ बढी गरून् भनी पावलले चाहना गरे ?

थेसलोनिकीहरूले एकले अर्कालाई अझ बढी प्रेम गरून् भनी पावलले चाहना गरे । [४:९-१०]

1 Thessalonians 4:11

विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर अगाडि तिनीहरू ठिक प्रकारले जिउन र कुनै कुराको अभाव नहुनको लागि थेसलोनिकीहरूले के कुरा गर्नुपर्थ्यो ?

थेसलोनिकीहरू शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने हुनुपर्थ्यो । [४:११-१२]

1 Thessalonians 4:12

1 Thessalonians 4:13

थेसलोनिकीहरूमा कुन विषयको बारेमा गलत सोचाइ थियो ?

थेसलोनिकीहरूमा ती सुतिगएकाहरूको बारेमा के हुन्छ भन्‍ने गलत सोचाइ थियो । [४:१३]

1 Thessalonians 4:14-15

येशू ख्रीष्‍टमा सुतेकाहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ ?

येशूमा सुतेकाहरूलाई परमेश्‍वरले येशू ख्रीष्‍टसँगै जीवित पार्नुहुनेछ । [४:१४]

1 Thessalonians 4:16

परमप्रभु कसरी स्वर्गबाट आउनुहनेछ ?

परमप्रभु स्वर्गबाट आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ । [४:१६]

पहिला को उठ्नेछ र त्यसपछि तिनीहरूसँगसँगै को उठ्नेछ ?

येशूमा मरेकाहरू पहिला उठ्नेछन् त्यसपछि येशू ख्रीष्‍टमा जीवित भएकाहरू उनीहरूसँगै लगिनेछन् । [४:१६-१७]

1 Thessalonians 4:17

पहिला को उठ्नेछ र त्यसपछि तिनीहरूसँगसँगै को उठ्नेछ ?

येशूमा मरेकाहरू पहिला उठ्नेछन् त्यसपछि येशू ख्रीष्‍टमा जीवित भएकाहरू उनीहरूसँगै लगिनेछन् । [४:१६-१७]

उठेकाहरूले कसलाई र कति लामो समयसम्म भेट्नेछन् ?

उठेकाहरूले प्रभुलाई आकाशमा भेट्नेछन् र उहाँसँगै सदासर्वदा रहनेछन् । [४:१७]

1 Thessalonians 4:18

पावलले आफ्नो शिक्षामा सुतिगएकाहरूको विषयमा थेसलोनिकीहरूलाई के भने ?

पावलले थेसलोनिकीहरूलाई उनको वचनले एक अर्कालाई सान्त्वना दिनलाई भने । [४:१८]

1 Thessalonians 5

1 Thessalonians 5:2

परमप्रभुको दिन कसरी आउनेछ भनेर पावल बताउँछन् ?

परमप्रभुको दिन राती आउने चोरको जस्तै गरी आउनेछ भनेर पावल बताउँछन् । [५:२]

1 Thessalonians 5:3

तिनीहरूमाथि अचानक विनाश आउँदा केही मानिसहरूले के कुरा भनिरहेका हुनेछन् ?

केही मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन् । [५:३]

1 Thessalonians 5:4

विश्‍वासीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन भनेर पावल किन भन्छन् ?

किनकि विश्‍वासीहरू अन्धकारमा छैनन् तर प्रकाशका सन्तानहरू हुन् । त्यसैले, तिनीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन । [५:४-५]

1 Thessalonians 5:5

विश्‍वासीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन भनेर पावल किन भन्छन् ?

किनकि विश्‍वासीहरू अन्धकारमा छैनन् तर प्रकाशका सन्तानहरू हुन् । त्यसैले, तिनीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन । [५:४-५]

1 Thessalonians 5:6-8

परमप्रभुको आगमनको लागि विश्‍वासीहरूले के गर्नुपर्छ भनेर पावल भन्छन् ।

पावलले विश्‍वासीहरूलाई सचेत र जागा रहनुपर्छ भनेर भन्छन् । [५:६]

1 Thessalonians 5:9-11

परमेश्‍वरले विश्‍वासीहरूलाई केको निम्ति नियुक्त गर्नुभएको छ ?

परमेश्‍वरद्वारा विश्‍वासीहरूलाई प्रभु येशू ख्रीष्‍टद्वारा आउने मुक्‍तिको निम्ति चुन्‍नुभएको छ । [५:९]

1 Thessalonians 5:12

आफूभन्दा माथि भएकाहरूप्रति विश्‍वासीहरूको व्यवहार कस्तो हुनुपर्छ भनेर पावल बताउँछन् ?

पावलले तिनीहरूलाई प्रेममा उच्‍च आदरको सम्झनुपर्छ भन्‍ने आग्रह गर्छन् । [५:१२-१३]

1 Thessalonians 5:13-14

आफूभन्दा माथि भएकाहरूप्रति विश्‍वासीहरूको व्यवहार कस्तो हुनुपर्छ भनेर पावल बताउँछन् ?

पावलले तिनीहरूलाई प्रेममा उच्‍च आदरको सम्झनुपर्छ भन्‍ने आग्रह गर्छन् । [५:१२-१३]

1 Thessalonians 5:15-17

यदि कसैलाई खराबी गरिएको छ भने तिनीहरूले के गर्नुहुँदैन भनेर पावल बताउँछन् ?

कसैले खराबीको बदला खराबी नगरोस् भनेर पावल बताउँछन् । [५:१५]

1 Thessalonians 5:18-19

विश्‍वासीहरूले हरेक कुरामा के गर्नुपर्छ भनेर पावल बताउँछन् र किन ?

विश्‍वासीहरूले हरेक कुरामा धन्यवाद दिनुपर्छ किनभने यो तिनीहरूका निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो । [५:१८]

1 Thessalonians 5:20

पावलले विश्‍वासीहरूलाई अगमवाणीहरूको विषयमा कस्तो निर्देशन दिन्छन् ?

पावलले विश्‍वासीहरूलाई अगमवाणीलाई हेला नगर्न, सबै कुराको जाँच गर्न र जे असल छ त्यसमा लागिरहन निर्देशन दिन्छन् । [५:२०-२१]

1 Thessalonians 5:21-22

पावलले विश्‍वासीहरूलाई अगमवाणीहरूको विषयमा कस्तो निर्देशन दिन्छन् ?

पावलले विश्‍वासीहरूलाई अगमवाणीलाई हेला नगर्न, सबै कुराको जाँच गर्न र जे असल छ त्यसमा लागिरहन निर्देशन दिन्छन् । [५:२०-२१]

1 Thessalonians 5:23-27

विश्‍वासीहरूका लागि परमेश्‍वरले के गर्नुभएको होस् भनेर पावल प्रार्थना गर्दछन् ?

परमेश्‍वरले विश्‍वासीहरूलाई आत्मा, प्राण र शरीरमा पूर्ण रूपले शुद्ध गर्नुभएको होस् भनेर पावल प्रार्थना गर्दछन् । [५:२३]

1 Thessalonians 5:28

विश्‍वासीहरूलाई के होस् भनेर पावलले के प्रार्थना गर्दछन् ?

प्रभु येशू ख्रीष्‍टको अनुग्रह विश्‍वासीहरूमा रहेको होस् भनेर पावल प्रार्थना गर्छन् । [५:२८]