Philemon
Philemon 1
Philemon 1:1
पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]
यो पत्र कसलाई लेखिएको हो ?
यो पत्र पावलका प्रिय भाइ र सङ्गी-सहकर्मी फिलेमोनलाई लेखिएको हो । [१:१]
Philemon 1:2-4
कस्तो किसिमको ठाउँमा मण्डलीका मानिसहरू भेटिरहेका थिए ?
मण्डलीका मानिसहरू एउटा घरमा भेटिरहेका थिए । [१:२]
Philemon 1:5-6
पावलले फिलेमोनका कस्ता असल गुणहरूका बारेमा सुनेका छन् ?
पावलले फिलेमोनका प्रेम, प्रभुमाथिको विश्वास र सबै सन्तप्रति उनको विश्वसनीयताको बारेमा सुनेका छन् । [१:५]
Philemon 1:7-8
पावलका अनुसार फिलेमोनले सन्तहरूका निम्ति के गरेका छन् ?
फिलेमोनले सन्तहरूका हृदयलाई ताजा बनाएका छन् । [१:७]
Philemon 1:9
पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]
पावलले फिलोमोनलाई कुनै कुराको निम्ति आज्ञा गर्नुको सट्टा किन बिन्ती गरिरहेका छन् ?
पावलले फिलेमोनलाई प्रेमको खातिर बिन्ती गरिरहेका छन् । [१:९]
Philemon 1:10-11
पावल ओनेसिमसका पिता कहिले बने ?
पावल कारागारमा हुँदा उनी ओनेसिमसका पिता बने । [१:१०]
Philemon 1:12
पावलले ओनेसिमसलाई के गरेका छन् ?
पावलले ओनेसिमसलाई फिलेमोनकहाँ फिर्ता पठाएका छन् । [१:१२]
Philemon 1:13
पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]
ओनेसिमस के गर्नको निम्ति सक्षम होऊन् भनी पावल चाहन्छन् ?
ओनेसिमसले पावललाई सहयोग गर्न सकून् भनेर उनी चाहन्छन् । [१:१३]
Philemon 1:14
फिलोमोनले ओनेसिमससँग के गरेको पावल चाहन्छन् ?
फिलेमोनले ओनेसिमसलाई एक दासको अवस्थाबाट मुक्त गरेको र ओनेसिमसलाई पावलकहाँ फर्काई पठाउन राजी भएको पावल चाहन्छन् । [१:१४-१६]
Philemon 1:15
फिलोमोनले ओनेसिमससँग के गरेको पावल चाहन्छन् ?
फिलेमोनले ओनेसिमसलाई एक दासको अवस्थाबाट मुक्त गरेको र ओनेसिमसलाई पावलकहाँ फर्काई पठाउन राजी भएको पावल चाहन्छन् । [१:१४-१६]
Philemon 1:16-17
फिलोमोनले ओनेसिमससँग के गरेको पावल चाहन्छन् ?
फिलेमोनले ओनेसिमसलाई एक दासको अवस्थाबाट मुक्त गरेको र ओनेसिमसलाई पावलकहाँ फर्काई पठाउन राजी भएको पावल चाहन्छन् । [१:१४-१६]
फिलोमोनले अब ओनेसिमसलाई के मानेको पावल चाहन्छन् ?
फिलेमोनले ओनेसिमसलाई प्रिय भाइ मानेको पावल चाहन्छन् । [१:१६]
Philemon 1:18
ओनेसिमस फिलोमोनप्रति ऋणी भएको कुनै पनि कुरालाई फिलेमोनले के गरेको पावल चाहन्छन् ?
ओनेसिमस फिलेमोनप्रति ऋणी भएको कुनै पनि कुरा फिलेमोनले पावलको हिसाबमा राखिदिऊन् भन्ने पावल चाहन्छन् । [१:१८]
Philemon 1:19-20
फिलेमोन पावलप्रति के कुराको लागि ऋणी छन् ?
फिलेमोन पावलप्रति आफ्नो जीवनको निम्ति ऋणी छन् । [१:१९]
Philemon 1:21
के फिलेमोनले ओनेसिमसलाई फर्काई पठाउनेछन् भन्ने कुरामा पावल विश्वस्त छन् ?
हो, फिलेमोनले ओनेसिमसलाई फर्काई पठाउनेछन् भन्ने कुरामा पावल पूर्ण रूपमा निश्चित छन् । [१:२१]
Philemon 1:22-25
पावल झ्यालखानाबाट निस्किए भने उनी कहाँ जानेछन् ?
पावल झ्यालखानाबाट निस्किए भने उनी गएर फिलेमोनलाई भेट्नेछन् । [१:२२]