नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

Jude

Jude 1

Jude 1:1

यहूदा कसका सेवक थिए ?

यहूदा येशू ख्रीष्‍टका सेवक थिए । [१:१]

यहूदा कसका भाइ थिए ?

यहूदा याकूबका भाइ थिए । [१:१]

यहूदाले कसलाई लेखे ?

यहूदाले बोलाइएकाहरूलाई लेखे जो पिता परमेश्‍वरमा प्रिय थिए र येशू ख्रीष्‍टमा सुरक्षित गरिएका थिए । [१:१]

Jude 1:2

यहूदाले तिनका पाठकहरूमा के–के कुराहरू गुणात्मक रूपमा वृद्धि भएको चाहन्थे ?

यहूदाले कृपा, शान्ति र प्रेम गुणात्मक रूपमा वृद्धि भएको चाहन्थे । [१:२]

Jude 1:3

यहूदाले पहिले केको विषयमा लेख्‍न चाहन्थे ?

यहूदाले पहिले तिनीहरूको साझा उद्धारको विषयमा लेख्‍न चाहन्थे । [१:३]

यहूदाले वास्तवमा केको विषयमा लेखे ?

यहूदाले वास्तवमा सन्तहरूको विश्‍वासको लागि सङ्घर्षको आवश्यकताको विषयमा लेखे । [१:३]

Jude 1:4

केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू कसरी आए ?

केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू गुप्‍त रूपमा आए । [१:४]

दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरूले के गरे ?

तिनीहरूले परमेश्‍वरको अनुग्रहलाई कामुक अनैतिकतामा परिणत गरे र येशू ख्रीष्‍टलाई इन्कार गरे । [१:४]

Jude 1:5

प्रभुले एक पटक मानिसहरूलाई कहाँबाट बचाउनुभयो ?

प्रभुले एक पटक तिनीहरूलाई मिश्र देशबाट बचाउनुभयो । [१:५]

प्रभुले विश्‍वास नगर्नेहरूलाई के गर्नुभयो ?

प्रभुले विश्‍वास नगर्नेहरूलाई नष्‍ट गर्नुभयो । [१:५]

Jude 1:6

आफ्नो उचित बासस्थान त्याग्‍ने स्वर्गदूतहरूलाई प्रभुले के गर्नुभयो ?

प्रभुले तिनीहरूलाई न्यायको लागि अन्धकारमा बाँधेर राख्‍नुभयो । [१:६]

Jude 1:7

सदोम, गमोरा र तिनका वरिपरि भएका सहरहरूले के गरे ?

तिनीहरूले व्यभिचार गरे र अस्वाभाविक अभिलाषाहरूका पछि लागे । [१:७]

Jude 1:8

सदोम, गमोरा र तिनका वरिपरि भएका सहरहरूले जस्तै दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीनहरूले के गर्छन् ?

तिनीहरूले आफ्ना सपनामा तिनीहरूका शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्छन् र दुष्‍ट कुराहरू बोल्छन् । [१:८]

Jude 1:9-11

प्रधान दूत मिखाएलले शैतानलाई के भने ?

प्रधान दूत मिखाएलले शैतानलाई भने, “प्रभुले तँलाई हप्काऊन् ।” [१:९]

Jude 1:12-13

दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीनहरूले लाज नमानीकन कसको वास्ता गर्छन् ?

तिनीहरूले लाज नमानीकन आफ्नो वास्ता गर्छन् । [१:१२]

Jude 1:14

हनोक आदमदेखि कतिऔँ पुस्ताका थिए ?

हनोक आदमदेखि सातौँ पुस्ताका थिए । [१:१४]

Jude 1:15

प्रभुले कसमाथि न्याय ल्याउनुहुनेछ ?

प्रभुले सबै मानिसमाथि न्याय ल्याउनुहुनेछ । [१:१५]

Jude 1:16

दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू को हुन् ?

असन्तोषीहरू, गनगन गर्नेहरू जसले आफ्ना दुष्‍ट अभिलाषाहरू पछ्याउँछन्, ठुला-ठुला शेखी गर्नेहरू, र आफ्नै फाइदाको निम्ति अरूहरूको चाप्लूसी गर्नेहरू दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू हुन् । [१:१६]

Jude 1:17-18

विगतमा कसले गिल्ला गर्नेहरूको विषयमा वचनहरू बोले ?

विगतमा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले गिल्ला गर्नेहरूको विषयमा वचनहरू बोले । [१:१७]

Jude 1:19

फुट ल्याउने अनि आफ्नै ईश्‍वरहीन कामवासनाको पछि लाग्‍ने गिल्ला गर्ने कामुक मानिसहरूको बारेमा के कुरो साँचो छ ?

तिनीहरूसित पवित्र आत्मा हुँदैन । [१:१९]

Jude 1:20

प्रियहरूले कसरी आ–आफूलाई निर्माण गर्दै थिए र प्रार्थना गर्दै थिए ?

प्रियहरूले तिनीहरूको अति नै पवित्र विश्‍वासमा आ–आफूलाई निर्माण गर्दै थिए र पवित्र आत्मामा प्रार्थना गर्दै थिए । [१:२०]

Jude 1:21

प्रियहरूले आफूलाई कहाँ राख्‍नुपर्थ्यो र तिनीहरूले केको खोजी गर्नुपर्थ्यो ?

प्रियहरूले आफूलाई परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको कृपामा राखी यसको खोजी गर्नुपर्थ्यो । [१:२१]

Jude 1:22

प्रियहरूले कसलाई कृपा देखाउनुपर्थ्यो र बचाउनुपर्थ्यो ?

प्रियहरूले ऋणमा परेकाहरू वा पापमय स्वभावद्वारा कलङ्कित वस्‍त्र धारण गरेकाहरू र आगोमा परेकाहरूलाई कृपा देखाउनुपर्थ्यो र बचाउनुपर्थ्यो । [१:२२–२३]

Jude 1:23

प्रियहरूले कसलाई कृपा देखाउनुपर्थ्यो र बचाउनुपर्थ्यो ?

प्रियहरूले ऋणमा परेकाहरू वा पापमय स्वभावद्वारा कलङ्कित वस्‍त्र धारण गरेकाहरू र आगोमा परेकाहरूलाई कृपा देखाउनुपर्थ्यो र बचाउनुपर्थ्यो । [१:२२–२३]

Jude 1:24

तिनीहरूका प्रभु येशू ख्रीष्‍टद्वारा तिनीहरूका मुक्तिदाता परमेश्‍वरले के गर्न सक्‍नुभयो ?

परमेश्‍वरले तिनीहरूलाई ठोक्‍किनदेखि बचाउन र उहाँको महिमाको उपस्थितिको सामु तिनीहरूलाई निष्कलङ्क राख्‍न सक्‍नुभयो । [१:२४–२५]

Jude 1:25

तिनीहरूका प्रभु येशू ख्रीष्‍टद्वारा तिनीहरूका मुक्तिदाता परमेश्‍वरले के गर्न सक्‍नुभयो ?

परमेश्‍वरले तिनीहरूलाई ठोक्‍किनदेखि बचाउन र उहाँको महिमाको उपस्थितिको सामु तिनीहरूलाई निष्कलङ्क राख्‍न सक्‍नुभयो । [१:२४–२५]

परमेश्‍वरसित कहिले महिमा थियो ?

परमेश्‍वरसित सधैँ भरि, अहिले र सदा सर्वदा महिमा थियो । [१:२५]