नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

3 John

3 John 1

3 John 1:1

यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई के नामले परिचित गराएका छन् ?

यूहन्‍नाले आफूलाई एल्डरको रूपमा परिचित गराएका छन् । [१:१]

पत्र पाउने गायससँग यूहन्‍नाको कस्तो सम्बन्ध छ ?

यूहन्‍ना गायसलाई साँचो प्रेम गर्छन् । [१:१]

3 John 1:2-3

यूहन्‍नाले गायसको सम्बन्धमा केको निम्ति प्रार्थना गर्छन् ?

गायसको प्राणको उन्‍नति भएझैँ सबै थोकमा तिनको उन्‍नति होस् र स्वस्थ्य होऊन् भनी यूहन्‍ना प्रार्थना गर्छन् । [१:२]

3 John 1:4-5

यूहन्‍नाको सबैभन्दा ठुलो आनन्द के हो ?

तिनका छोराछोरीहरू सत्यतामा हिँडिरहेका छन् भनी सुन्‍नु नै यूहन्‍नाको सबैभन्दा ठुलो आनन्द हो । [१:४]

3 John 1:6

गायसले कसलाई स्वागत गरे र तिनीहरूका यात्रामा पठाए ?

नाउँको खातिर जानेहरूलाई गायसले स्वागत गरे र तिनीहरूका यात्रामा पठाए । [१:६-८]

3 John 1:7

गायसले कसलाई स्वागत गरे र तिनीहरूका यात्रामा पठाए ?

नाउँको खातिर जानेहरूलाई गायसले स्वागत गरे र तिनीहरूका यात्रामा पठाए । [१:६-८]

3 John 1:8

गायसले कसलाई स्वागत गरे र तिनीहरूका यात्रामा पठाए ?

नाउँको खातिर जानेहरूलाई गायसले स्वागत गरे र तिनीहरूका यात्रामा पठाए । [१:६-८]

यूहन्‍ना यस्ताहरूलाई किन स्वागत गर्नुपर्छ भन्छन् ?

यूहन्‍नाले विश्‍वासीहरूले तिनीहरूलाई स्वागत गर्नुपर्छ भन्छन्, ताकि तिनीहरू सत्यताको निम्ति सहकर्मीहरू हुन सकून् । [१:८]

3 John 1:9

डियोत्रिफसलाई के हुन मन पर्छ ?

डियोत्रिफसलाई मण्डलीमा सबैभन्दा ठुलो हुन मन पर्छ । [१:९]

यूहन्‍नाप्रति डियोत्रिफसको व्यवहार कस्तो छ ?

डियोत्रिफसले यूहन्‍नाको अधिकार स्वीकार गर्दैनन् । [१:९]

3 John 1:10

यदि यूहन्‍ना गायसकहाँ र मण्डलीमा आए भने तिनले के गर्नेछन् ?

यदि यूहन्‍ना आए भन तिनले डियोत्रिफसका खराब कामहरू सम्झनेछन् । [१:१०]

नाउँको निम्ति जाने भाइहरूसँग डियोत्रिफसले के गर्छन् ?

डियोत्रिफसले भाइहरूलाई स्वागत गर्दैनन् । [१:१०]

नाउँको खातिर जाने भाइहरूलाई स्वागत गर्नेहरूलाई डियोत्रिफस के गर्छन् ?

भाइहरूलाई स्वागत गर्नेहरूलाई निषेध गर्छन् र मण्डलीबाट बाहिर निकाल्छन् । [१:१०]

3 John 1:11-13

यूहन्‍नाले गायसलाई के कुराको अनुसरण गर भनेका छन् ?

यूहन्‍नाले गायसलाई भलाइको अनुसरण गर भनेका छन् । [१:११]

3 John 1:14-15

यूहन्‍नाले भविष्यमा के गर्ने आशा गर्छन् ?

यूहन्‍ना आएर गायससँग आमने-सामने कुरा गर्ने आशा गर्छन् । [१:१४]