Ephesians
Ephesians 1
Ephesians 1:1-2
पावलले जसलाई यो पत्र लेखे ती मानिसहरूलाई यस पत्रमा कसरी वर्णन गरेका छन् ?
पावलले यो पत्रमा मानिसहरूलाई परमेश्वरको निम्ति अलग गरिएको, र ख्रीष्ट येशूमा विश्वसनीय रूपमा भरोसा गर्ने मानिसहरू भनेर वर्णन गरेका छन् । [१:१]
Ephesians 1:3
परमेश्वर पिताले विश्वासीहरूलाई केद्वारा आशिर्वाद दिनुभएको छ ?
परमेश्वर पिताले विश्वासीहरूलाई ख्रीष्टमा प्रत्येक स्वर्गीय आत्मिक आशिष्ले आशिर्वाद दिनुभएको छ । [१:३]
Ephesians 1:4
परमेश्वर पिताले ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई कहिले चुन्नुभयो ?
परमेश्वर पिताले ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई संसारको सृष्टि हुनु अगाडि देखि नै चुन्नुभयो । [१:४]
के उद्देश्यले परमेश्वर पिताले विश्वासीहरूलाई चुन्नुभयो ?
उहाँको अगाडि पवित्र र खोट रहित हुनको लागि परमेश्वर पिताले विश्वासीहरूलाई चुन्नुभयो । [१:४]
Ephesians 1:5
परमेश्वरले विश्वासीहरूलाई अगिबाटै धर्मपुत्र हुनलाई किन नियुक्ति गर्नुभयो ?
उहाँलाई त्यो मनपर्ने कुरा भएको हुनाले, र उहाँको महिमित अनुग्रहको निम्ति उहाँको प्रशंसा होस् भनेर परमेश्वरले विश्वासीहरूलाई अगाडि नै नियुक्ति गर्नुभयो । [१:५-६]
Ephesians 1:6

Ephesians 1:7-9
परमेश्वरको प्यारो पुत्र, येशू ख्रीष्टको रगतबाट विश्वासीहरूले के प्राप्त गर्दछन् ?
विश्वासीहरूले ख्रीष्टको रगतद्वारा पापबाट छुटकारा र क्षमा प्राप्त गर्दछन् । [१:७]
Ephesians 1:10-12
परमेश्वरको योजना पूरा हुने समय आउँदा उहाँले के गर्नुहुन्छ ?
परमेश्वरले स्वर्ग र पृथ्वीका सबै कुरालाई एकैसाथमा ख्रीष्टको अधीनमा राख्नुहुनेछ । [१:१०]
Ephesians 1:13
विश्वासीहरूले सत्यको वचन सुनेपछि तिनीहरूले के छाप पाए ?
विश्वासीहरूले प्रतिज्ञा गरिएको पवित्र आत्माको छाप पाए । [१:१३]
Ephesians 1:14-17
आत्मा के को निम्ति निश्चयता हुनुहुन्छ ?
विश्वासीहरूको लागि, आत्मा उत्तराधिकारको निश्चयता हुनुहुन्छ । [१:१४]
Ephesians 1:18-19
पावलले एफिसीहरूलाई के बुझ्नलाई प्रकाश पाएको होस् भनेर प्रार्थना गर्दछन् ?
एफिसीहरूले आफ्नो बोलावटको निश्चयता बुझ्नको निम्ति प्रकाश पाएको होस् भनेर पावलले प्रार्थना गर्दछन् । [१:१८]
Ephesians 1:20-21
विश्वासीहरूमा अहिले काम गर्ने शक्तिले ख्रीष्टमा के काम गर्नुभयो ?
त्यो शक्तिले ख्रीष्टलाई मृत्युबाट बौरी उठाउनुभयो र स्वर्गीय स्थानहरूमा परमेश्वर पिताको दाहिने हाततर्फ राख्नुभएको छ । [१:२०]
Ephesians 1:22
परमेश्वरले ख्रीष्टको खुट्टामुनि के राख्नुभएको छ ?
परमेश्वरले सबै कुराहरू ख्रीष्टको खुट्टामुनि राख्नुभएको छ । [१:२२]
मण्डलीमा ख्रीष्टको अधिकारको स्थान के हो ?
ख्रीष्ट, मण्डलीमा सबै कुराहरूमाथि शिर हुनुहुन्छ । [१:२२]
Ephesians 1:23
मण्डली के हो ?
मण्डली ख्रीष्टको शरीर हो । [१:२३]
Ephesians 2
Ephesians 2:1
सबै अविश्वासीहरूको आत्मिक अवस्था कस्तो छ ?
सबै अविश्वासीहरू तिनीहरूको अधर्म र पापमा मरेका छन् । [२:१]
Ephesians 2:2
अनाज्ञाकारिताका छोराहरूमा कसले काम गरिरहेको छ ?
अनाज्ञाकारिताका छोराहरूमा आकाशको शक्तिको शासकले काम गर्दछ । [२:२]
Ephesians 2:3
स्वभाव अनुसार सबै अविश्वासीहरू को हुन् ?
स्वभाव अनुसार सबै अविश्वासीहरू क्रोधका सन्तानहरू हुन् । [२:३]
Ephesians 2:4
परमेश्वरले किन कोही अविश्वासीहरूलाई ख्रीष्टसँगै नयाँ जीवनमा ल्याउनुभयो ?
परमेश्वरको प्रशस्त करुणा र महान् प्रेमको कारण उहाँले कोही अविश्वासीहरूलाई ख्रीष्टमा नयाँ जीवनमा ल्याउनुभयो । [२:४-५]
Ephesians 2:5
परमेश्वरले किन कोही अविश्वासीहरूलाई ख्रीष्टसँगै नयाँ जीवनमा ल्याउनुभयो ?
परमेश्वरको प्रशस्त करुणा र महान् प्रेमको कारण उहाँले कोही अविश्वासीहरूलाई ख्रीष्टमा नयाँ जीवनमा ल्याउनुभयो । [२:४-५]
विश्वासीहरू केद्वारा बचाइएका छन् ?
परमेश्वरको अनुग्रहद्वारा विश्वासीहरू बचाइएका छन् । [२:५]
Ephesians 2:6
विश्वासीहरू कहाँ बसेका छन् ?
विश्वासीहरू स्वर्गीय स्थानहरूमा येशू ख्रीष्टसँगै बसेका छन् । [२:६]
Ephesians 2:7
परमेश्वरले कुन उद्देश्यले विश्वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो ?
आउने युगमा विश्वासीहरूलाई परमेश्वरको अनुग्रहको प्रशस्तता देखाउनको निम्ति उहाँले तिनीहरूलाई बचाउनुभयो र उठाउनुभयो । [२:७]
Ephesians 2:8
विश्वासीहरूले कुन कुरामा घमण्ड नगरोस् र किन ?
विश्वासीहरूले आफ्नो काममा घमण्ड नगरोस्, किनकि तिनीहरू परमेश्वरको उपहार स्वरूप उहाँको अनुग्रहद्वारा बचाइएका हुन् । [२:८-९]
Ephesians 2:9
विश्वासीहरूले कुन कुरामा घमण्ड नगरोस् र किन ?
विश्वासीहरूले आफ्नो काममा घमण्ड नगरोस्, किनकि तिनीहरू परमेश्वरको उपहार स्वरूप उहाँको अनुग्रहद्वारा बचाइएका हुन् । [२:८-९]
Ephesians 2:10-11
परमेश्वरले विश्वासीहरूलाई येशू ख्रीष्टमा के उद्देश्यले सृष्टि गर्नुभयो ?
ख्रीष्ट येशूमा विश्वासीहरू असल काममा हिंड्न सकून् भन्ने परमेश्वरको उद्देश्य हो । [२:१०]
Ephesians 2:12
अविश्वासी गैरयहूदीहरूको आत्मिक अवस्था कस्तो छ ?
अविश्वासी गैरयहूदीहरू ख्रीष्टबाट छुट्टिएका, इस्राएलबाट टाढा गरिएका, करारसँग अपरिचित, आशा बिना र परमेश्वर बिनाको भएका छन् । [२:१२]
Ephesians 2:13
केही अविश्वासी गैरयहूदीहरूलाई के कुराले परमेश्वरको सामु ल्याइएको छ ?
केही अविश्वासी गैरयहूदीलाई ख्रीष्टको रगतद्वारा परमेश्वरको नजिक ल्याइएको छ । [२:१३]
Ephesians 2:14
ख्रीष्टले गैरयहूदी र यहूदीहरू बिचको सम्बन्धलाई कसरी बदल्नुभएको छ ?
गैरयहूदी र यहूदीहरूलाई छुट्टयाइरहेको शत्रुतालाई आफ्नो रगतद्वारा ख्रीष्टले नाश गरेर एउटै जाति बनाउनुभएको छ । [२:१४]
Ephesians 2:15
ख्रीष्टले गैरयहूदीहरू र यहूदीहरू बिच शान्ति ल्याउन के कुराको अन्त्य गर्नुभयो ?
ख्रीष्टले गैरयहूदीहरू र यहूदीहरू बिच शान्ति ल्याउन आज्ञाको व्यवस्था र नियमहरूको अन्त्य गर्नुभयो । [२:१५-१६]
Ephesians 2:16-17
ख्रीष्टले गैरयहूदीहरू र यहूदीहरू बिच शान्ति ल्याउन के कुराको अन्त्य गर्नुभयो ?
ख्रीष्टले गैरयहूदीहरू र यहूदीहरू बिच शान्ति ल्याउन आज्ञाको व्यवस्था र नियमहरूको अन्त्य गर्नुभयो । [२:१५-१६]
Ephesians 2:18-19
के माध्यमद्वारा सबै विश्वासीहरू पिताकहाँ जान सक्छन् ?
सबै विश्वासीहरू पवित्रआत्माद्वारा पिताकहाँ जान सक्छन् । [२:१८]
Ephesians 2:20
परमेश्वरको परिवारको निर्माण कुन जगमाथि गरिएको छ ?
प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि परमेश्वरको परिवारको निर्माण गरिएको छ, जसको कुने-ढुङ्गो ख्रीष्ट येशू हुनुहुन्छ । [२:२०]
Ephesians 2:21
येशूको शक्तिले उहाँको परिवारको सम्पूर्ण भवनमाथि के गर्दछ ?
येशूको ख्रीष्टको शक्तिले उहाँको परिवारको सम्पूर्ण भवनलाई एकअर्कासँग मिलाएर त्यसको वृद्धि गर्दछ । [२:२१]
परमेश्वरको परिवारको भवन कस्तो प्रकारको भवन हो ?
परमेश्वरको परिवारको भवन उहाँको निम्ति अलग गरिएको मन्दिर हो । [२:२१]
Ephesians 2:22
परमेश्वर आत्मामा कहाँ बास गर्नुहुन्छ ?
परमेश्वर आत्मामा विश्वासीहरूभित्र बास गर्नुहुन्छ । [२:२२]
Ephesians 3
Ephesians 3:1
परमेश्वरले कसको लाभको लागि पावललाई उहाँको वरदान दिनुभएको छ ?
परमेश्वरले गैरयहूदीहरूको लाभको लागि पावललाई उहाँको वरदान दिनुभएको छ । [३:१-२]
Ephesians 3:2
परमेश्वरले कसको लाभको लागि पावललाई उहाँको वरदान दिनुभएको छ ?
परमेश्वरले गैरयहूदीहरूको लाभको लागि पावललाई उहाँको वरदान दिनुभएको छ । [३:१-२]
Ephesians 3:3
अरू पुस्ताहरूको मानव जातिलाई कुन कुरा चिनाइएको छैन ?
अरू पुस्ताहरूलाई येशू ख्रीष्टको लुकाइएको सत्यता चिनाइएको छैन । [३:३-५]
Ephesians 3:4
अरू पुस्ताहरूको मानव जातिलाई कुन कुरा चिनाइएको छैन ?
अरू पुस्ताहरूलाई येशू ख्रीष्टको लुकाइएको सत्यता चिनाइएको छैन । [३:३-५]
Ephesians 3:5
अरू पुस्ताहरूको मानव जातिलाई कुन कुरा चिनाइएको छैन ?
अरू पुस्ताहरूलाई येशू ख्रीष्टको लुकाइएको सत्यता चिनाइएको छैन । [३:३-५]
अरू पुस्ताहरूको मानव जातिलाई नचिनाइएको कुरा कसलाई परमेश्वरले प्रकट गर्नुभएको छ ?
परमेश्वरले उहाँका प्रेरितहरू र अगमवक्ताहरूलाई ख्रीष्टको सत्यताको बारेमा गुप्त कुरा प्रकट गर्नुभयो । [३:५]
Ephesians 3:6
किन गुप्त सत्यता प्रकट भएको छ ?
प्रकट भएको गुप्त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र शरीरका सँगी सदस्यहरू हुन्, र ख्रीष्ट येशूमा भएको करारमा सँगी भागेदारहरू हुन् । [३:६]
Ephesians 3:7-8
पावललाई के वरदान दिइएको थियो ?
पावललाई परमेश्वरको अनुग्रहको वरदान दिएको थियो । [३:७]
Ephesians 3:9
पावललाई अन्य जातिहरूलाई के बुझ्नको निम्ति सहायता गर्नलाई पठाइएको थियो ?
पावललाई अन्य जतिहरूलाई परमेश्वरको योजना बुझ्नको निम्ति सहायता गर्नलाई पठाइएको थियो । [३:९]
Ephesians 3:10-11
परमेश्वरको जटिल ज्ञान केद्वारा प्रकट गराइनेछ ?
परमेश्वरको जटिल ज्ञान मण्डलीद्वारा प्रकट गराइनेछ । [३:१०]
Ephesians 3:12-13
पावलले ख्रीष्टमा विश्वासको कारण विश्वासीहरूसँग के छ भनी भन्दछन् ?
ख्रीष्टमा विश्वास भएको कारणले विश्वासीहरूसँग साहस र आत्मविश्वास छ भनेर पावलले भन्दछन् । [३:१२]
Ephesians 3:14
पिताको नाममा के कुराको सृष्टि भयो र नाम दिइयो ?
स्वर्ग र पृथ्वीमा रहेका हरेक परिवारहरूलाई पिताको नाममा सृष्टि गरियो र नाम दिइयो । [३:१४-१५]
Ephesians 3:15
पिताको नाममा के कुराको सृष्टि भयो र नाम दिइयो ?
स्वर्ग र पृथ्वीमा रहेका हरेक परिवारहरूलाई पिताको नाममा सृष्टि गरियो र नाम दिइयो । [३:१४-१५]
Ephesians 3:16-17
विश्वासीहरूले के कुरामा शक्ति प्राप्त गरून् भनेर पावलले प्रार्थना गर्दछन् ?
परमेश्वरको आत्माको शक्तिद्वारा विश्वासीहरूले शक्ति प्राप्त गरून् भनेर पावलले प्रार्थना गर्दछन् । [३:१६]
Ephesians 3:18-20
विश्वासीहरूले के बुझ्न सकोस् भनेर पावलले प्रार्थना गर्दछन् ?
ख्रीष्टको प्रेम कति चौडा र फराकिलो र उच्च र गहिरो छ भनेर विश्वासीहरूले बुझ्न सकोस् भनेर पावलले प्रार्थना गर्दछन् । [३:१८]
Ephesians 3:21
सबै पुस्ताहरूका पितालाई के दिइनेछ भनेर पावलले प्रार्थना गर्दछन् ?
सबै पुस्ताहरूका पितालाई मण्डली र ख्रीष्ट येशूमा महिमा दिइनेछ भनेर पावलले प्रार्थना गर्दछन् । [३:२१]
Ephesians 4
Ephesians 4:1
विश्वासीहरू कसरी जिउनको निम्ति पावलले बिन्ती गर्दछन् ?
पावलले विश्वासीहरू नम्रतामा, भद्रतामा र धैर्यतामा एकअर्कालाई प्रेममा स्वीकारेर जिउनको निम्ति बिन्ती गर्दछन् । [४:१-२]
Ephesians 4:2-3
विश्वासीहरू कसरी जिउनको निम्ति पावलले बिन्ती गर्दछन् ?
पावलले विश्वासीहरू नम्रतामा, भद्रतामा र धैर्यतामा एकअर्कालाई प्रेममा स्वीकारेर जिउनको निम्ति बिन्ती गर्दछन् । [४:१-२]
Ephesians 4:4
पावलले उल्लेख गरेका सूचीमा एक मात्र भएको चीज के हो ?
पावलले त्यहाँ एउटा मात्र शरीर, आत्मा, निश्चित आशा, परमेश्वर, विश्वास, बप्तिसमा र परमेश्वर पिता हुनुहुन्छ भनेर भन्दछन् । [४:४-६]
Ephesians 4:5
पावलले उल्लेख गरेका सूचीमा एक मात्र भएको चीज के हो ?
पावलले त्यहाँ एउटा मात्र शरीर, आत्मा, निश्चित आशा, परमेश्वर, विश्वास, बप्तिसमा र परमेश्वर पिता हुनुहुन्छ भनेर भन्दछन् । [४:४-६]
Ephesians 4:6
पावलले उल्लेख गरेका सूचीमा एक मात्र भएको चीज के हो ?
पावलले त्यहाँ एउटा मात्र शरीर, आत्मा, निश्चित आशा, परमेश्वर, विश्वास, बप्तिसमा र परमेश्वर पिता हुनुहुन्छ भनेर भन्दछन् । [४:४-६]
Ephesians 4:7
ख्रीष्टको स्वर्गारोहणपछि उहाँले हरेक विश्वासीलाई के दिनुभयो ?
ख्रीष्टले आफ्नो वरदानको नापअनुसार प्रत्येक विश्वासीलाई वरदान दिनुभयो । [४:७-८]
Ephesians 4:8-10
ख्रीष्टको स्वर्गारोहणपछि उहाँले हरेक विश्वासीलाई के दिनुभयो ?
ख्रीष्टले आफ्नो वरदानको नापअनुसार प्रत्येक विश्वासीलाई वरदान दिनुभयो । [४:७-८]
Ephesians 4:11
शरीरको निम्ति कुन पाँचवटा ख्रीष्टका वरदानहरू पावलले उल्लेख गरेका छन् ?
ख्रीष्टले शरीरको निम्ति प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरूका वरदानहरू दिनुभएको छ । [४:११]
Ephesians 4:12-13
शरीरको निम्ति पाँचवटा वरदानहरूले के उद्देश्यको लागि काम गर्नुपर्छ ?
शरीरको निम्ति पाँचवटा वरदानहरूले विश्वासीहरूलाई सेवाको कार्य गर्न, र शरीरको निर्माणको निम्ति निपुण बनाउनको लागि काम गर्नुपर्छ । [४:१२]
Ephesians 4:14-15
विश्वासीहरू कसरी बालकहरू झैँ हुन सक्छन् भनेर पावलले बताउँछन् ?
यता-उता बरालिएर र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी बहकिएर विश्वासीहरू बालकहरू झैँ हुन सक्छन् । [४:१४]
Ephesians 4:16
विश्वासीहरूको शरीरको निर्माण कसरी हुन्छ भनेर पावलले बताउँछन् ?
प्रेममा सबैजनाको विकासको निम्ति, सबै जोर्नीहरूद्वारा गाँसिएर, हरेक अङ्गहरू शरीरको विकासमा कार्य गर्दै, विश्वासीहरूको शरीर मिल्दछ । [४:१६]
Ephesians 4:17
गैरयहूदीहरू कसरी हिंड्छन् भनेर पावलले बताउँछन् ?
गैरयहूदीहरू विचारमा अन्धा, परमेश्वरबाट छुट्टिएका र अशुद्ध क्रियाकलापमा सुम्पिएका छन् भनेर पावलले बताउँछन् । [४:१७-१९]
Ephesians 4:18
गैरयहूदीहरू कसरी हिंड्छन् भनेर पावलले बताउँछन् ?
गैरयहूदीहरू विचारमा अन्धा, परमेश्वरबाट छुट्टिएका र अशुद्ध क्रियाकलापमा सुम्पिएका छन् भनेर पावलले बताउँछन् । [४:१७-१९]
Ephesians 4:19-22
गैरयहूदीहरू कसरी हिंड्छन् भनेर पावलले बताउँछन् ?
गैरयहूदीहरू विचारमा अन्धा, परमेश्वरबाट छुट्टिएका र अशुद्ध क्रियाकलापमा सुम्पिएका छन् भनेर पावलले बताउँछन् । [४:१७-१९]
Ephesians 4:23
पावलले विश्वासीहरूलाई के लगाउन र के नलगाउन भनी भन्दछन् ?
विश्वासीहरूले पुरानो स्वभावलाई हटाएर नयाँ स्वभावलाई धारण गर्नुपर्छ । [४:२३-२४]
Ephesians 4:24-25
पावलले विश्वासीहरूलाई के लगाउन र के नलगाउन भनी भन्दछन् ?
विश्वासीहरूले पुरानो स्वभावलाई हटाएर नयाँ स्वभावलाई धारण गर्नुपर्छ । [४:२३-२४]
Ephesians 4:26
बिश्वासीले शैतानलाई कसरी मौका दिन सक्छ ?
आफ्नो रिसमा सुर्यलाई अस्ताउन दिएर विश्वासीले शैतानलाई मौका दिन सक्छ । [४:२६-२७]
Ephesians 4:27
बिश्वासीले शैतानलाई कसरी मौका दिन सक्छ ?
आफ्नो रिसमा सुर्यलाई अस्ताउन दिएर विश्वासीले शैतानलाई मौका दिन सक्छ । [४:२६-२७]
Ephesians 4:28
विश्वासीले चोर्नुको सट्टा के गर्नुपर्छ ?
विश्वासीले मिहेनत गर्नुपर्छ, ताकि उसले आवश्यक परेकाहरूलाई बाँड्न सकोस् । [४:२८]
Ephesians 4:29
पावलले विश्वासीहरूको मुखबाट कस्तो प्रकारको बोली वचन आउनुपर्छ भनी भन्दछन् ?
भ्रष्ट वचन होइन तर त्यसको सट्टामा एक अर्कालाई निर्माण गर्ने खालका बोली वचन विश्वासीहरूको मुखबाट आउनुपर्दछ । [४:२९]
Ephesians 4:30-31
विश्वासीले कसलाई दुःखित तुल्याउनुहुँदैन ?
विश्वासीहरूले पवित्र आत्मालाई दुःखित तुल्याउनुहुँदैन । [४:३०]
Ephesians 4:32
ख्रीष्टमा परमेश्वरले विश्वासीलाई क्षमा दिनुभएको कारणले उसले के गर्नुपर्छ ?
ख्रीष्टमा परमेश्वरले विश्वासीलाई क्षमा दिनुभएको कारणले उसले अरूलाई क्षमा दिनैपर्छ । [४:३२]
Ephesians 5
Ephesians 5:1
विश्वासीहरूले कसको नक्कल गर्नुपर्छ ?
विश्वासीहरूले पिता परमेश्वरको छोराछोरी जस्तै भएर उहाँको नक्कल गर्नुपर्छ । [५:१]
Ephesians 5:2
परमेश्वरको निम्ति सुगन्धित वासना हुने के काम ख्रीष्टले गर्नुभयो ?
ख्रीष्टले आफैँलाई परमेश्वरको निम्ति भेटि र बलिदानको रूपमा विश्वासीहरूलाई दिनुभयो । [५:२]
Ephesians 5:3
विश्वासीहरू बिचमा के कुरा गर्नुहुँदैन ?
विश्वासीहरू बिचमा कामुक अनैतिकता, अशुद्धता र लालसा सम्बन्धि कुरा गर्नुहुँदैन । [५:३]
Ephesians 5:4
त्यसको सट्टामा, विश्वासीहरू बिच कस्तो प्रकारको मनोवृत्ति देखिनुपर्छ ?
विश्वासीहरूमा धन्यवादी हृदय देखिनुपर्छ । [५:४]
Ephesians 5:5
ख्रीष्ट र परमेश्वरको राज्यमा कसको उत्तराधिकार हुँदैन ?
कामुक रूपमा अनैतिक, अशुद्ध र लालसा भएकाहरू ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार हुँदैन । [५:५]
Ephesians 5:6-8
अनाज्ञाकारिताका सन्तानहरूमा के आउँदैछ ?
अनाज्ञाकारिताका सन्तानहरूमा परमेश्वरको क्रोध आउँदैछ । [५:६]
Ephesians 5:9-10
परमेश्वरलाई कुन ज्योतिको फलले प्रसन्न तुल्याउँछ ?
असल, धार्मिकता र सत्यताको फलले परमेश्वरलाई प्रसन्न तुल्याउँछ । [५:९]
Ephesians 5:11-12
विश्वासीहरूले अन्धकारको कामहरूलाई के गर्नुपर्छ ?
विश्वासीहरू त्यस्ता कामहरूमा सहभागी हुनुहुँदैन, बरु त्यसको सट्टामा अन्धकारका कामहरूलाई तिनीहरूले प्रकट गराउनुपर्दछ । [५:११]
Ephesians 5:13-15
ज्योतिद्वारा के प्रकट भएको छ ?
ज्योतिद्वारा सबैकुरा प्रकट भएको छ । [५:१३]
Ephesians 5:16-17
दिनहरू खराब भएका कारण विश्वासीहरूले के गर्नुपर्दछ ?
दिनहरू खराब भएका कारण विश्वासीहरूले समयको बचाव गर्नुपर्छ । [५:१६]
Ephesians 5:18
के ले विनाशमा पुर्याउँछ ?
दाखमद्यको नशामा पर्नाले त्यसले विनाशमा पुर्याउँछ । [५:१८]
Ephesians 5:19-21
विश्वासीहरू एक आपसमा के द्वारा बोल्नुपर्छ ?
विश्वासीहरू एक आपसमा गीत, भजन र आत्मिक गानहरूद्वारा बोल्नुपर्दछ । [५:१९]
Ephesians 5:22
कसरी पत्नीहरू पतिको अधीनमा हुनुपर्दछ ?
प्रभुको अधिनामा रहे झैँ पत्नीहरू पतिहरूका अधीनमा रहनुपर्दछ । [५:२२]
Ephesians 5:23-25
पति कसको शिर हो र ख्रीष्ट कसको शिर हुनुहुन्छ ?
पति पत्नीको शिर हो भने ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ । [५:२३]
Ephesians 5:26
ख्रीष्टले मण्डलीलाई कसरी पवित्र बनाउनुहुन्छ ?
ख्रीष्टले मण्डलीलाई वचनद्वारा पानीले धोएर पवित्र बनाउनुहुन्छ । [५:२६-२७]
Ephesians 5:27
ख्रीष्टले मण्डलीलाई कसरी पवित्र बनाउनुहुन्छ ?
ख्रीष्टले मण्डलीलाई वचनद्वारा पानीले धोएर पवित्र बनाउनुहुन्छ । [५:२६-२७]
Ephesians 5:28
पतिहरूले आफ्ना पत्नीहरूलाई कसरी प्रेम गर्नुपर्छ ?
पतिहरूले आफ्ना पत्नीहरूलाई आफ्नै शरीर झैँ प्रेम गर्नुपर्छ । [५:२८]
Ephesians 5:29-30
एउटा व्यक्तिले आफ्नो शरीरलाई कसरी व्यवहार गर्दछ ?
एउटा व्यक्तिले आफ्नो शरीरलाई पालन पोषण र माया गर्दछ । [४:२९]
Ephesians 5:31
एउटा व्यक्ति आफ्नो पत्नीसँग मिलेपछि के हुन्छ ?
जब मानिस आफ्नो पत्नीसँग मिल्दछ उनीहरू एउटै शरीर हुन्छन् । [५:३१]
Ephesians 5:32-33
मानिस आफ्नो पत्नीसँग मिल्ने कुरामा के सत्यता लुकेको छ ?
मानिस आफ्नो पत्नीसँग मिल्ने कुराले ख्रीष्ट र मण्डली बिचको लुकेको सत्यतालाई प्रकट गर्दछ । [५:३२]
Ephesians 6
Ephesians 6:1
ख्रीष्टियान छोराछोरीहरूले आफ्ना बुबाआमाहरूसँग कसरी व्यवहार गर्नुपर्छ ?
ख्रीष्टियान छोराछोरीहरूले आफ्ना आमाबुबाको आज्ञा पालन गरेर र आदर गरेर व्यवहार गर्नुपर्छ । [६:१-२]
Ephesians 6:2-3
ख्रीष्टियान छोराछोरीहरूले आफ्ना बुबाआमाहरूसँग कसरी व्यवहार गर्नुपर्छ ?
ख्रीष्टियान छोराछोरीहरूले आफ्ना आमाबुबाको आज्ञा पालन गरेर र आदर गरेर व्यवहार गर्नुपर्छ । [६:१-२]
Ephesians 6:4
ख्रीष्टियान बुबाहरूले छोराछोरीहरूका निम्ति के गर्नुपर्छ ?
ख्रीष्टियान बुबाहरूले आफ्ना छोराछोरीहरूलाई परमेश्वरको अनुशासन र निर्देशनमा हुर्काउनुपर्दछ । [६:४]
Ephesians 6:5
ख्रीष्टियान नोकरहरूले कस्तो मनसायले आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ ?
ख्रीष्टियान नोकरहरूले आफ्ना हृदयको इमान्दारितामा र परमप्रभुलाई झैँ खुशी साथ सेवा दिएर आज्ञा पालन गर्नुपर्छ । [६:५-७]
Ephesians 6:6
ख्रीष्टियान नोकरहरूले कस्तो मनसायले आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ ?
ख्रीष्टियान नोकरहरूले आफ्ना हृदयको इमान्दारितामा र परमप्रभुलाई झैँ खुशी साथ सेवा दिएर आज्ञा पालन गर्नुपर्छ । [६:५-७]
Ephesians 6:7
ख्रीष्टियान नोकरहरूले कस्तो मनसायले आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ ?
ख्रीष्टियान नोकरहरूले आफ्ना हृदयको इमान्दारितामा र परमप्रभुलाई झैँ खुशी साथ सेवा दिएर आज्ञा पालन गर्नुपर्छ । [६:५-७]
Ephesians 6:8
विश्वासीले गर्ने सबै असल कामहरूमा के कुरा सम्झनुपर्छ ?
विश्वासीले गर्ने सबै असल कामहरू अनुसार उसले परमप्रभुबाट इनाम पाउनेछ भनी सम्झनुपर्दछ । [६:८]
Ephesians 6:9-10
ख्रीष्टियान मालिकले उसको मालिकको विषयमा के कुरा सम्झनुपर्छ ?
ख्रीष्टियान मालिकले यो सम्झनुपर्छ, कि उसको दासको मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा कुनै पक्षपात हुँदैन । [६:९]
Ephesians 6:11
एउटा विश्वासीले किन परमेश्वरको सबै हातहतियार धारण गर्नुपर्छ ?
दुष्टहरूको धूर्त योजनाको विरूद्ध खडा हुनलाई एउटा विश्वासीले परमेश्वरको सबै हातहतियार धारण गर्नुपर्छ । [६:११,१३,१४]
Ephesians 6:12
विश्वासीको कसको विरूद्ध लड्दछ ?
शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू विरूद्धमा विश्वासी लड्दछ । [६:१२]
Ephesians 6:13
एउटा विश्वासीले किन परमेश्वरको सबै हातहतियार धारण गर्नुपर्छ ?
दुष्टहरूको धूर्त योजनाको विरूद्ध खडा हुनलाई एउटा विश्वासीले परमेश्वरको सबै हातहतियार धारण गर्नुपर्छ । [६:११,१३,१४]
Ephesians 6:14-15
एउटा विश्वासीले किन परमेश्वरको सबै हातहतियार धारण गर्नुपर्छ ?
दुष्टहरूको धूर्त योजनाको विरूद्ध खडा हुनलाई एउटा विश्वासीले परमेश्वरको सबै हातहतियार धारण गर्नुपर्छ । [६:११,१३,१४]
Ephesians 6:16
परमेश्वरको कुन हातहतियारले दुष्टको अग्निवाणहरू निभाउन सक्छ ?
विश्वासको ढालले दुष्टको अग्निवाणहरू निभाउन सक्छ । [६:१६]
Ephesians 6:17
आत्माले तरवार के हो ?
आत्माको तरवार परमेश्वरको वचन हो । [६:१७]
Ephesians 6:18
प्रार्थना गर्दा विश्वासीहरूको मनको अवस्था कस्तो हुनुपर्छ ?
विश्वासीहरूले परमेश्वरको उत्तरलाई पर्खेर र सतर्क भएर हर समय प्रार्थना गर्नुपर्छ । [६:१८]
Ephesians 6:19
पावलले एफिसीहरूको प्रार्थनाद्वारा के पाउने इच्छा गरेका छन् ?
पावलले एफिसीहरूको प्रार्थनाद्वारा सुसमाचार प्रचार गर्दा साहससँग बोल्नको निम्ति वचनहरू पाउने इच्छा गरेका छन् । [६:१९-२०]
Ephesians 6:20-22
पावलले एफिसीहरूको प्रार्थनाद्वारा के पाउने इच्छा गरेका छन् ?
पावलले एफिसीहरूको प्रार्थनाद्वारा सुसमाचार प्रचार गर्दा साहससँग बोल्नको निम्ति वचनहरू पाउने इच्छा गरेका छन् । [६:१९-२०]
यो पत्र लेख्दा पावल कहाँ थिए ?
यो पत्र लेख्दा पावल झ्यालखानामा थिए । [६:२०]
Ephesians 6:23
विश्वासीहरूका निम्ति पावलले परमेश्वर पिता र प्रभु येशू ख्रीष्टसँग के तीनवटा कुरा मागेका छन् ?
परमेश्वरले विश्वासीहरूलाई शान्ति, विश्वास सहितको प्रेम र अनुग्रह दिनुभएको होस् भनेर मागेका छन् । [६:२३-२४]
Ephesians 6:24
विश्वासीहरूका निम्ति पावलले परमेश्वर पिता र प्रभु येशू ख्रीष्टसँग के तीनवटा कुरा मागेका छन् ?
परमेश्वरले विश्वासीहरूलाई शान्ति, विश्वास सहितको प्रेम र अनुग्रह दिनुभएको होस् भनेर मागेका छन् । [६:२३-२४]