02-01
सुन्दर बगैँचा
परमेश्वरले आदम र हव्वालाई रमाउन र तीबाट खानलाई तयार पार्नुभएको रूखहरू र बोट-बिरुवाहरूको एउटा विशेष सङ्ग्रह । यो उही शब्द हुनुपर्छ जुन १:११ मा प्रयोग गरिएको थियो । यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
लाज
हामीले पाप गरेका छौँ वा कुनै तरिकाले हामी चुकेका छौँ भन्ने ज्ञानका साथ आउने भाव ।
परमेश्वरसँग बातचित गरे
“बातचित गर्नु”को लागि उही शब्द हुनुपर्छ जुन एउटा मानिससँग कुरा गर्दा प्रयोग हुन्छ । परमेश्वरले मानिस र स्त्रीसँग कुरा गर्न एउटा भौतिक रूप लिनुभएको हुनुपर्छ कारण धर्मशास्त्रले तिनीहरूले उहाँसँग आमने-सामने कुरा गरे भन्ने सङ्केत गर्छ ।
02-02
एउटा सर्पो
एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्पो शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्न ।
धूर्त
छक्क्याउने मनसायको साथ, चलाख र छट्टु ।
उसले स्त्रीलाई सोध्यो, “के परमेश्वरले तिमीहरूलाई साँच्चै बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल नखानू भन्नुभयो ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उसले स्त्रीलाई परमेश्वरले तिनीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल साँच्चै नखानू भन्नुभएको थियो कि भनेर सोध्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
के परमेश्वरले तिमीहरूलाई साँच्चै नखानू भन्नुभयो ... बगैँचामा ?
यो आलङ्कारिक प्रश्न हो । सर्पले स्त्रीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट नखानू भनी परमेश्वरले वास्तवमै भन्नुभयो कि भनेर सोध्यो । तर ऊ केवल ढोङ्ग गरिरहेको थियो कि परमेश्वरले भन्नुभएको कुरा उसलाई थाहा थिएन किनभने ऊ स्त्रीको मनमा शङ्का सिर्जना गर्न चाहन्थ्यो । ऊ तिनले परमेश्वरको भलाइलाई प्रश्न सोधेको चाहन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तिमीहरू
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्वरले यो आज्ञा मानिस र स्त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
कुनैपनि रूखहरूबाटको फल
बगैँचामा भएका हरेक विभिन्न रूखहरूबाटको सबै प्रकारका फलहरू ।
02-03
स्त्रीले जवाफ दिई, “परमेश्वरले हामीलाई हामीले कुनै पनि रूखको फल खान सक्छौँ भन्नुभयो केवल ... तिमीहरू मर्नेछौ ।’”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले तिनीहरूलाई यसो भन्नुभएको थियो भनेर स्त्रीले जवाफ दिइन् कि तिनीहरूले कुनै पनि रूखको फल खान सक्थे, केवल असल र खराबको ज्ञान दिने रूखबाट खानहुने थिएन, र यदि तिनीहरूले त्यो फल खाए वा त्यसलाई छोए मात्र भने, तिनीहरू मर्नेथिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यदि तिमीहरूले त्यो फल खान्छौ भने ... तिमीहरू मर्नेछौ
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्वरले यो आज्ञा मानिस र स्त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
फल
यो कस्तो किसिमको फल थियो भनी हामी जान्दैनौँ । हामी केवल यति जान्दछौँ कि त्यो यो रूखमा फल्थ्यो । यदि सम्भव हुन्छ भने यहाँ फलको लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ, र कुनै खास किसिमको फलको लागि प्रयोग हुने शब्द होइन ।
असल र खराबको ज्ञान दिने रूख
स्त्रीले ठीकसँग बुझिन् कि तिनीहरूलाई यस एउटा रूखबाट खान अनुमति थिएन जसले तिनीहरूलाई खराब र असल बुझ्न सक्षम बनाउने थियो ।
तिमीहरू मर्नेछौ
मृत्यु, वा कुनै व्यक्तिको भौतिक जीवन सकिने कुराको लागि, तपाईंको साधारण शब्द प्रयोग गर्नुहोस् । मृत्युको कल्पना निकै कठोर सुनिन्छ जस्तो लागेर मात्रै त्यो शब्दलाई नपन्साउनुहोस् ।
02-04
सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन ! ... उहाँले बुझ्नुभए जस्तै तिमीहरूले असल र खराब बुझ्नेछौ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “सर्पले स्त्रीलाई जवाफ दियो कि त्यो सत्य थिएन ! तिनीहरू मर्नेथिएनन् । परमेश्वरले केवल जान्नुहुन्थ्यो कि तिनीहरूले त्यो खाने बित्तिक्कै, तिनीहरू परमेश्वर जस्तै हुनेथिए र उहाँले बुझ्नुभए जस्तै तिनीहरूले असल र खराब बुझ्नेथिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिमीहरू मर्नेछैनौ ... तिमीहरूले त्यो खाऊ ... तिमीहरू परमेश्वर जस्तै हुनेछौ
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । शैतानले दुवै मानिस र स्त्रीलाई के हुनेथियो भन्ने बारेमा बताउँदै थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
परमेश्वर जस्तै
मानिस र स्त्री अघिबाटै परमेश्वरको प्रतिरूपमा बनाइएका थिए । सर्पले सल्लाह दिँदै छ कि यदि स्त्रीले खराब बुझिन् भने तिनी अझै परमेश्वर जस्तै हुनेथिईन् । तर, परमेश्वरले तिनीसँग यो ज्ञान भएको कहिल्यै चाहनुभएन ।
असल र खराब बुझ्नेछौ
के कुराहरू असल छन् र के कुराहरू खराब छन् भनी व्यक्तिगत अनुभवबाट थाहा पाउनु, वा कुनै कुरा असल हो वा खराब हो भनी थाहा पाउन सक्षम हुनु ।
असल र खराब
यो विपरीत अर्थहरू भएको शब्दहरूको संयोजन हो जसले सम्पूर्णतालाई जनाउँछ । “असल” र “खराब” दुई टाढाका विन्दुहरू हुन् जसले तिनीहरू बीचमा भएका सबै कुराहरूको प्रतिनिधित्व गर्छ । शैतानले भन्दैछ के असल र खराब छ भनी तिनीहरूले सबैकुरा बुझ्नेथिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-merism/01.md]])
02-05
बुद्धिमान्
स्त्रीले सर्पसँग भएको देखिए झैँ, र परमेश्वरसँग भएको जस्तै अन्तरदृष्टि र समझ पाउन चाहिन् ।
जो तिनीसँगै थिए
यो महत्त्वपूर्ण जानकारी हो किनभने यसले देखाउँछ कि स्त्रीले त्यो फल खाने निर्णय गर्दा मानिस पनि उपस्थित थिए ।
02-06
तिनीहरूका आँखाहरू खोलिए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले चीजहरूलाई फरक तरिकाले देखे ।” यो अभिव्यक्तिको अर्थ हुन्छ कि तिनीहरूले पहिले पटक केही कुरा अब बुझे । तपाईंको भाषामा, त्यस्तै अर्थ भएको कुनै एउटा अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यसलाई अनुवाद गर्न प्रयोग गर्न सक्नुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-merism/01.md]])
तिनीहरू नाङ्गै थिए भनी चाल पाए
मानिस र स्त्रीले परमेश्वरको अनाज्ञापालन गरेपछि, तिनीहरू नाङ्गै भएकोमा लज्जित महसुस गरे । त्यसैले गर्दा तिनीहरूले आफ्ना नाङ्गा शरीरहरूलाई ढाक्ने कोसिस गर्न पातहरूको प्रयोग गरे ।
तिनीहरूले तिनीहरूको शरीरहरू ढाक्ने कोसिस गरे
मानिस र स्त्रीले परमेश्वरबाट लुक्नलाई तिनीहरूको शरीरहरू ढाक्ने कोसिस गरे किनकि तिनीहरू नाङ्गै भएकोमा लज्जित थिए । तपाईंले त्यसलाई स्पष्ट पार्न चाहन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू नाङ्गै भएकोमा लज्जित थिए, र परमेश्वरबाट लुक्नलाई तिनीहरूको शरीरहरू ढाक्ने कोसिस गरे” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
02-07
परमेश्वर हिँड्नुहुँदै
मानिस र हव्वासँग हिँड्न र कुरा गर्न परमेश्वर नियमित रूपले बगैँचामा आउनुहुन्थ्यो जस्तो देखिन्छ । यो कस्तो देखिन्थ्यो भनेर हामी जान्दैनौँ । यदि सम्भव छ भने, एउटा मानिस हिँडेको बारेमा कुरा गर्न चलाउने शब्द नै प्रयोग गर्नु बेस हुन्छ ।
त्यसपछि परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस् ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले मानिसलाई बोलाउनुभयो र उनी कहाँ थिए भनी सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तँ कहाँ छस् ?
यो आलङ्कारिक प्रश्न हो । परमेश्वरलाई यो प्रश्नको जवाफ पहिले नै थाहा थियो । यो प्रश्न सोध्नुको उद्देश्य मानिस र स्त्रीलाई तिनीहरू किन लुकिरहेका थिए भनी व्याख्या गर्न कर लगाउन थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तँ
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, एकवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्वर केवल मानिससँग मात्र बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
आदमले जवाफ दिए, “मैले तपाईंलाई बगैँचामा हिँडिरहनुभएको सुने, र म डराएँ, किनभने म नाङ्गै थिएँ । त्यसैले म लुकेँ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “आदमले जवाफ दिए कि उनले परमेश्वरलाई बगैँचामा हिँडिरहनुभएको सुने, र डराए, किनभने उनी नाङ्गै थिए । त्यसैले उनी लुके” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
02-08
तब परमेश्वरले सोध्नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो ? के तैँले मैले नखानू भनेको फल खाइस् ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले सोध्नुभयो कि कसले आदमलाई उनी नाङ्गै थिए भनी बतायो, र उनले परमेश्वरले नखानू भनेको फल खाए कि भनी सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
कसले तँलाई तँ नाङ्गै छस् भनी बतायो ?
अथवा, “तँले आफू नाङ्गै छु भनेर कसरी पत्ता लगाइस् ? के तैँले मैले नखानू भनेको फल खाइस् ?” परमेश्वरलाई अघिबाटै उहाँले सोध्नुभएका सबै प्रश्नहरूको जवाफ थाहा छ । यो र यसपछिको प्रश्न सोध्नुभएर, उहाँले आदमलाई आफ्नो अनाज्ञापालनको पाप स्वीकार गर्ने अवसर दिँदै हुनुहुन्थ्यो । नाङ्गो हुनु कुनै पाप थिएन । तिनीहरूले पाप गरेका थिए भनेर तिनीहरूको शर्मले देखायो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
के तैँले मैले नखानू भनेको फल खाइस् ?
यो आलङ्कारिक प्रश्न हो । परमेश्वरले नखानू भन्नुभएको फल आदमले खाएका थिए भनेर परमेश्वरलाई पहिल्यै थाहा थियो । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छः “मैले नखानू भनेको फल तैँले खाइस् !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तिनले मलाई फल दिइन्
मानिसले आफ्नो अनाज्ञापालन स्वीकार गर्नु र परमेश्वरको अनाज्ञापालन गर्नुको जिम्मेवारी लिनुको साटोमा स्त्रीलाई दोष लगाए ।
त्यसपछि परमेश्वरले स्त्रीलाई सोध्नुभयो , “यो तैँले के गरिस् ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले स्त्रीलाई तिनीले के गरेकी थिइन् भनेर सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यो तैँले के गरिस् ?
अथवा, “तैँले यसो किन गरिस् ?” परमेश्वरलाई यो प्रश्नको जवाफ पहिल्यै थाहा थियो । यो प्रश्न सोध्नुभएर, उहाँले स्त्रीलाई आफ्नो गल्ती मान्ने अवसर दिँदै हुनुहुन्थ्यो । उहाँले तिनले गरेको कुरा तिनले गर्नुहुने थिएन भनेर पनि जटाउँदै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
सर्पले मलाई छल गर्यो
सर्पले तिनीलाई झुक्क्यायो वा गल्ती गर्नलाई डोहोर्यायो । त्यसले तिनीलाई झूट बोल्यो । त्यसले तिनीमाथि टुनामुना गर्यो वा तिनीलाई तन्त्रमन्त्रको मोहनी लायो भनेर सङ्केत गर्ने शब्द नचलाउनुहोस् । स्त्रीले आफ्नो अनाज्ञापालन स्वीकार गर्नु र परमेश्वरको अनाज्ञापालन गर्नुको जिम्मेवारी लिनुको साटोमा सर्पलाई दोष लगाइन् ।
02-09
तँ श्रापित् भएको छस् !
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तँलाई सराप्छु !” वा, “तँमाथि ठूलो हानि आइपर्नेछ ।” जादुको अर्थ दिने शब्द नचलाउनुहोस् ।
एक अर्कालाई हेला हर्नेछौ
स्त्रीले सर्पलाई घृणा गर्ने थिइन् र सर्पले स्त्रीलाई घृणा गर्ने थियो । स्त्रीका सन्तानहरूले पनि सर्पका सन्तानहरूलाई घृणा गर्ने थिए, र सर्पका सन्तानहरूले तिनीहरूलाई हेला गर्ने थिए ।
स्त्रीको सन्तान
उनका सन्तानहरूमध्येमा विशेष गरेर एक जनालाई जनाउँछ ।
तेरो टाउको कुच्च्याउनेछ
स्त्रीको सन्तानले सर्पको सन्तानलाई नाश पार्नेछ ।
उसको कुर्कुच्चो डस्नेछस्
सर्पको सन्तानले स्त्रीको सन्तानलाई चोट पार्नेछ ।
02-10
प्रसव-वेदना ज्यादै पिडापूर्ण
केही भाषाहरूले यसलाई क्रियापदको रूपमा व्यक्त गर्न आवश्यक पर्न सक्छ । तपाईंले भन्न सक्नुहुन्थ्यो, “तैँले सन्तान जन्माउँदा म तँलाई धेरै पिडा हुने तुल्याउनेछु ।”
02-11
भूमि श्रापित भएको छ
आदमको अनाज्ञापालको दण्ड स्वरूप, पृथ्वी अब फलदायी हुने थिएन । आदमले खानलाई पर्याप्त खानेकुरा जुटाउनलाई कठोर मिहिनेत गर्नुपर्ने थियो ।
तँ मर्नेछस्
तिनीहरूको अनाज्ञापालनको अन्तिम दण्ड भनेको मृत्यु थियो । आत्मिक मृत्यु भनेको हामी परमेश्वरबाट अलग गरिनु हो । शारीरिक मृत्यु भनेको हामी हाम्रो शरीरबाट अलग गरिनु हो ।
माटोमा फर्कनेछस्
परमेश्वरले आदमलाई माटोबाट बनाउनुभयो र उसलाई जीवन दिनुभयो । पापको फलस्वरूप, उसको जीवन उसबाट लगिनेछ र उसको शरीर कुहिनेछ र फेरि माटो हुनेछ ।
हव्वा, जसको अर्थ ‘जीवन दिने’ हो
परमेश्वरले आदम र हव्वालाई जीवन दिनुभयो, र हरेक व्यक्तिमा यो जीवन जन्मद्वारा सर्छ ।
सबै मानिसहरूकी आमा
यसको अर्थ हो कि तिनी सबै मानिसहरूकी महिला पूर्वज हुने थिइन् । केही भाषाहरूले “तिनी सबै मानिसहरूकी हजुरआमा हुने थिइन्” भन्छन् ।
02-12
असल र खराब जानेर हामी जस्तै
यहाँ, यो वाक्यांशले आदम र हव्वा परमेश्वर जस्तै हुने नयाँ तरिकालाई औँल्याउँछ । किनभने तिनीहरूले पाप गरेका थिए, तिनीहरू दुष्टताको बारेमा जानकार थिए र त्यसलाई महसुस गर्न सक्थे । तपाईं भन्न सक्नुहुन्छ, “किनभने अब तिनीहरूले दुवै असर र खराब जान्दथे ।”
हामी जस्तै
बाइबलले हामीलाई एकमात्र परमेश्वर हुनुहुन्छ भनेर सिकाउँछ, तर पुरानो करारको “परमेश्वर”को लागि प्रयोग हुने शब्द बहुवचन हो, र परमेश्वरले आफैँसँग कुरा गर्नुहुँदा सर्वनामको बहुवचनको रूपलाई चलाउनुहुन्छ । केहीले यसलाई परमेश्वरको वैभवलाई व्यक्त गर्ने विशेष किसिमको बोल्ने तरिका भनेर बुझ्छन्, र अरूहरूले यसलाई परमेश्वर पिताले पुत्र र आत्मासँग बोल्नुभएको भनेर बुझ्छन्, जोहरू सबै परमेश्वर हुनुहुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
असल र खराब
यो विपरीत अर्थहरू भएको शब्दहरूको संयोजन हो जसले सम्पूर्णतालाई जनाउँछ । “असल” र “खराब” दुई टाढाका विन्दुहरू हुन् जसले तिनीहरू बीचमा भएका सबै कुराहरूको प्रतिनिधित्व गर्छ । परमेश्वरले भन्दै हुनुहुन्छ तिनीहरूले के असल र खराब छ भनी सबैकुरा बुझ्नेथिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-merism/01.md]])
तिनीहरूलाई स्वीकृति दिनुहुँदैन
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः “हामीले तिनीहरूलाई अनुमति दिनुहुँदैन” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
फल
फलको खास प्रकार खुलाइएको छैन, त्यसैले फलको लागि सामान्य शब्द नै प्रयोग गरेर अनुवाद गर्दा बेस हुन्छ ।
जीवनको रूख
यो फल भएको वास्तविक रूख थियो । १:११ मा हेर्नुहोस् । यदि कुनै व्यक्तिले यो फल खायो भने ऊ निरन्तर जिउने थियो र कहिल्यै मर्ने थिएन ।
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।