नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

40-01

उहाँलाई लिएर गए

अर्थात, “उहाँलाई तिनीहरूसँग जानलाई कर लगाए ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई लगे ।”

उहाँलाई क्रुसमा टाँग्‍न

अर्थात, “उहाँलाई क्रुसमा मार्न ।”

40-02

खप्परे

यो यरूशलेम नजिकैको एउटा डाँडा हो जसको सेतो, चट्टानयुक्त टुप्पो थियो र त्यसको आकार खप्परको माथिको भाग जस्तै थियो ।

तिनीहरूलाई माफ गर्नुहोस्, किनभने तिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्

अर्थात, “तिनीहरूले गरिरहेका कुराको अर्थ बुझ्दैनन्, त्यसैले कृपया तिनीहरूलाई क्षमा दिनुहोस् ।” सिपाहीहरूले येशूलाई केवल एउटा मृत्युदण्ड पाउन योग्यको अपराधी मात्र सम्झे । तिनीहरूले उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो भनेर बुझेनन् ।

40-03

येशूका वस्‍त्रहरूको निम्ति गोला हाले

अर्थात, “येशूका वस्‍त्रहरू जित्‍नको लागि दाउको खेल खेले ।” तिनीहरूले यो कसरी गरे भनेर हामी जान्दैनौँ, तर केही संस्कारहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूका वस्‍त्रहरू जित्‍नको लागि भुइँमा ढुङ्‍गाहरू फ्याँके” वा, “येशूका वस्‍त्रहरू कसले लान सक्थ्यो भनेर निर्णय गर्नको लागि लट्ठिहरूलाई छाने ।”

तिनीहरूले एउटा अगमवाणी पूरा गरे जसले भनेको थियो

अर्थात, “तिनीहरूले त्यहि गरे जे धर्मशास्‍त्रले मसिहलाई हुने थियो भनेर भविष्‍यवाणी गरेको थियो” वा, “तिनीहरूले एकजना अगमवक्ताले लामो समय अगाडि लेखेको कुरा पूरा गरे ।”

40-04

दुई डाँकुहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “दुई लुटेराहरू ।” यसले मालसामान चोर्नलाई बलजफ्ती र हिंसा प्रयोग गर्ने अपराधीहरूलाई जनाउँछ ।

के तँसँग परमेश्‍वरले दण्ड दिनुहुनेछ भनेर डर छैन ?

त्यस डाँकुले यो प्रश्‍नको जवाफ अपेक्षा गर्दैन; यो केही भाषाहरूले कडा भनाई जनाउनलाई प्रयोग गर्ने तरिका हो । यदि तपाईंको भाषाले प्रश्‍नहरूलाई यस किसिमले प्रयोग गर्दैन भने, “पैँले परमेश्‍वरको डर मान्‍नुपर्छ !”

हामी धेरै खराब कुराहरू गरेकोमा दोषी छौँ, तर यी मानिस निर्दोष हुनुहुन्छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तैँले र मैले दुष्‍ट कुराहरू गरेका छौँ र मर्न योग्यका छौँ, तर यी मानिस, येशूले, कुनै गल्ती गर्नुभएको छैन र मर्न योग्यको हुनुहुन्‍न ।” “हामी”ले यहाँ दुवै डाँकुहरूलाई समावेश गर्छ, तर येशूलाई समावेश गर्दैन ।

यी मानिस

यो पदावलीले येशूलाई जनाउँछ ।

कृपया मलाई सम्झनुहोस्

अर्थात, “कृपया मलाई स्‍वीकार गर्नुहोस्” वा, “कृपया मलाई स्‍वागत गर्नुहोस्” वा, “कृपया मलाई तपाईंसँगै हुन अनुमति दिनुहोस् ।” “सम्झनुहोस्”ले यहाँ कुनै कुरालाई बिर्सिएपछि त्यसलाई पुनः याद गर्नु भन्‍ने अर्थ दिँदैन । यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् जसले नम्र अनुरोधलाई सञ्‍चार गर्छ ।

तपाईंको राज्यमा

अर्थात, “जब तपाईंले तपाईंको राज्य स्थापित गर्नुहुन्छ” वा, “जब तपाईंले राजा जसरी शासन गरिरहनुभएको हुन्छ ।”

परमधाम

यो “स्‍वर्ग”को लागि अर्को नाम हो ।

40-05

तपाईंलाई विश्‍वास गर्नु

अर्थात, “तपाईंमा विश्‍वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्‍वास गर्नु ।”

40-07

अब सिद्धियो !

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “अब पूरा भयो” वा, “मैले यसलाई समाप्‍त गरेको छु” वा, “मैले काम सकाएको छु ।” यसको अर्थ येशूको उद्धारको काम पूर्ण भएको थियो भन्‍ने हुन्छ ।

तपाईंको हातमा

अर्थात, “तपाईंको वास्तामा ।”

उहाँको शिर झुकाउनुभयो

अर्थात, “उहाँको शिर निहुराउनुभयो ।”

उहाँको आत्मा त्याग गर्नुभयो

अर्थात, “उहाँको आत्मा परमेश्‍वरलाई दिनुभयो” वा, “परमेश्‍वरलाई उहाँको आत्मा चढाउनुभयो र मर्नुभयो ।”

ठूलो पर्दा

यो बुनेर बनाइएको एउटा ठूलो, र दह्रो खालको कपडा थियो जुन मन्दिरमा झुण्डाइएको थियो । यो एउटा कोठालाई अर्को कोठाबाट अलग गर्ने भित्ता जस्तै थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “बाक्लो पर्दा” वा, “झुण्‍डिरहेको कपडा” वा, “ढाक्‍ने कुरा ।”

40-08

उहाँको मृत्युद्वारा

अर्थात, “उहाँको मृत्युको माध्यमद्वारा” वा, “मर्नुभएर ।”

एउटा बाटो खोल्नुभयो

अर्थात, “यसलाई सम्भव बनाउनुभयो ।”

परमेश्‍वरकहाँ आउन

अर्थात, “परमेश्‍वरको नजिकै आउन” वा, “परमेश्‍वरको नजिकै जान” वा, “परमेश्‍वरसम्म पहुँच पुर्‍याउन” वा, “परमेश्‍वरलाई व्यक्तिगत किसिमले चिन्‍न ।” पर्दा च्यातिनुले परमेश्‍वर र मानिसहरू बीचको छेकबार हटाइएको थियो भनेर देखायो ।

40-09

योसेफ

यिनी मरियमकी पति थिएनन् । यो योसेफ नाम गरेका अर्कै मानिस थिए ।

पिलातसलाई येशूको शरीर मागे

अर्थात, “तिनीहरूलाई येशूको शरीरलाई क्रुसबाट झार्न अनुमति दिनको लागि पिलातससँग माग गरे ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।