नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

48-01

परमेश्‍वरले संसारलाई बनाउनुभयो

अर्थात, “परमेश्‍वरले संसारलाई शून्यताबाट बनाउनुभयो ।”

सिद्ध

अर्थात, परमेश्‍वरले त्यसको लागि चाहना गर्नुभएको सबैकुराहरू पूरा गर्नको निमित्त “जसरी हुनुपर्ने हो त्यसरी नै ठ्याक्‍कै” थियो ।

त्यहाँ कुनै पाप थिएन

केही भाषाहरूको लागि “पाप”लाई कुनै थोकको रूपमा व्यक्त गर्न सम्भव छैन, बरु त्यो त एउटा क्रिया हुन्छ । त्यस्तो अवस्थाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कसैले कहिल्यै पाप गरेन” वा, “मानिसहरूले पाप गरेनन्” वा, “कुनै त्यस्तो दुष्‍टता भएको थिएन ।”

त्यहाँ कुनै बिरामी वा मृत्यु थिएन

अर्थात, “कोही बिरामी भएन र कोही मरेन” वा, “तिनीहरू बिरामी भएनन् वा मरेनन् ।”

48-02

बगैँचा

यसले परमेश्‍वरले सृष्‍टि गर्नुभएको बगैँचालाई जनाउँछ जहाँ उहाँले पहिलो मानिस र स्‍त्रीलाई राख्‍नुभयो ।

तिनलाई छक्क्याउन

अर्थात, “तिनलाई झूट बोल्न ।” शैतानले परमेश्‍वरले भन्‍नुभएको कुरामा हव्वालाई शंका गर्न डोहोर्‍याएर झूट बोल्यो । यसो गरेर, त्यसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्नलाई छल्यो ।

48-04

शैतानको टाउको कुच्‍च्याउनु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतानको टाउकोमा कुल्चनु र त्यसलाई प्यात्तै हुने गरेर दबाउनु” वा, “शैतानको टाउकोमा कुल्चेर त्यसलाई चकनाचुर पार्नु ।” यो कुनै व्यक्तिले सर्पको टाउकोमा कुल्चिरहेको देखाउने चित्रण हो । टाउको पूर्ण रूपमा कुच्‍चिएको छ, र सर्प मरिसकेको छ र त्यसैकारण अहानिकारक भएको छ ।

उसको कुर्कुच्‍चो डस्‍नु

यो भुइँमा भएको कनै एउटा सर्पले कुनै व्यक्तिको खुट्टा डसिरहेको देखाउने चित्रण हो । यहाँ चाहिँ, शैतानले मसिहलाई दुःख-कष्‍ट सहने तुल्याउने थियो, तर उहाँलाईIनाश भने गर्ने थिएन ।

उहाँलाई पुनः जीवनमा बौह्रिउठाउनु

अर्थात, “उहाँलाई फेरि जीवित बनाउनु ।”

48-06

उहाँले आफैँलाई दिनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई मारिन स्‍वीकृति दिनुभयो ।”

48-07

पृथ्वीमा भएका सबै मानव समूहहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारका सबै विभिन्‍न भागहरूका मानिसहरू ।”

48-08

इसहाकको साटोमा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “इसहाक हुनुपर्ने ठाउँमा” वा, “इसहाकको ठाउँमा” वा, “ताकि उनले इसहाकलाई बलिको रूपमा चढाउन परेको नहोस् ।”

मर्नको योग्य

अर्थात, “मर्नुपर्छ ।”

हाम्रो ठाउँमा मर्नलाई

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “हामी हरेकको स्थानमा मर्नलाई” वा, “ताकि उहाँले हामीलाई मार्नुपरेको नहोस् ।”

48-09

मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो

अर्थात, “मिश्रमा आखिरी प्रकोप आउने तुल्याउनुभयो ।” यो दशौँ विपत्ति हो जब परमेश्‍वरले मिश्रीहरूका पहिला जन्मेका छोराहरूलाई मर्ने तुल्याउनुभयो ।

त्यसको रगत

अर्थात, “थुमाको रगत ।”

ढोकाको चौकोसहरू

यदि ढोकाको चौकोसहरू भनेको जानिएको छैन भने, यसलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ढोकाहरू ।”

भएर पार गर्नुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ ।

48-10

येशूको रगत

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई बनाउनुभएको बलिदान जब उहाँ पापीहरूको निमित्त मर्नुभयो ।” “रगत” शब्दको अर्थ यहाँ “मृत्यु” पनि हुन्छ ।

48-11

इस्राएलीहरू, किनभने तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए

अर्थात, “इस्राएलीहरू, किनभने तिनीहरू ती मानिसहरू थिए जसलाई उहाँले चुन्‍नुभएको थियो ।”

48-12

सबैभन्दा महान् अगमवक्ता

अर्थात, “सबैभन्दा महत्त्वपूर्ण अगमवक्ता ।”

येशूलाई परमेश्‍वरको वचन भनेर कहलाउनु

येशूले परमेश्‍वरको चरित्रलाई प्रकाशमा ल्याउनुहुन्छ । अरू अगमवक्ताहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुभएको सन्देश प्रचार गरे, तर येशूले उहाँको प्रचार र उहाँका कामहरूमा परमेश्‍वरलाई प्रकट गर्नुभयो ।

48-14

सम्पूर्ण ब्रह्‌माण्डको राजा

अर्थात, “सबैठाउँमा भएका सबैजना र सबैथोक माथिको राजा ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।