नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

50-01

मण्डली वृद्धि हुँदै आइरहेको छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारभरी मण्डलीमा भएका मानिसहरूको सङ्‌ख्याको वृद्धि भइरहेको छ” वा, “येशूमा विश्‍वास गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको छ ।”

संसारको अन्तमा

यो पदावलीको अर्थ हुन्छ, “वर्तमान संसार अन्तमा आइपुग्‍नु भन्दा ठीक अगाडि” वा, “यो संसारको आखिरी दिनहरूमा ।”

50-02

अन्त आउनेछ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “यो संसारको अन्त आउनेछ” वा, “यो संसारको अन्त हुनेछ” वा, “यो वर्तमान संसारको अन्त हुनेछ ।”

50-03

चेलाहरू बनाओ

यसको अर्थ हुन्छ, “मानिसहरूलाई मेरा चेलाहरू बन्‍नलाई सहायता गर ।”

खेतका बालीहरू कटनी गर्नको लागि पाकिसकेका छन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “खेतको बालीहरू कटनीको लागि पाके झैँ तिनीहरू परमेश्‍वरको अगाडि ल्याइन तयार छन्” वा, “तिनीहरू त्यो खेत जसरी जम्मा गरिन र परमेश्‍वरको अगाडि ल्याइन तयार छन् जसका बालीहरू पाकेका छन् र जम्मा पारिनको लागि तयार छन् ।”

खेतहरू

यो अभिव्यक्तिमा, “खेतहरू”ले संसारका मानिसहरूलाई प्रतिनिधित्व गर्छ ।

पाकेको

“पाकेको”ले यहाँ येशूमा विश्‍वास गर्नको लागि तयार हुनुलाई प्रतिनिधित्व गर्छ ।

कटनी

“कटनी”ले यहाँ मानिसहरूलाई येशूको बारेमा सिकाएर तिनीहरूलाई परमेश्‍वरकहाँ ल्याउने कामलाई प्रतिनिधित्व गर्छ ।

50-04

... भन्दा महान् छैन

अर्थात, “... भन्दा बढि महत्त्वपूर्ण छैन” वा, यहाँ चाहिँ, “... भन्दा ज्यादा असल व्यवहार गरिँदैन ।”

मेरो कारण

अर्थात, “किनभने तिमीहरूले मेरो आज्ञापालन गर्छौ” वा, “किनभने तिमीहरूले मानिसहरूलाई मेरो बारेमा सिकाउँछौ” वा, “किनभने तिमीहरू मेरा हौ ।”

यो संसारमा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यो जीवनकालमा ।”

मप्रति विश्‍वासयोग्य रहो

अर्थात, “मेरो आज्ञापालन गरिरहो ।”

अन्तसम्मै

अर्थात, “तिमीहरूको जीवनको अन्तसम्मै ।”

तिमीहरूलाई बचाउनुहुनेछ

यसले हानि हुनबाट जोगाउन शारिरीक उद्धार भन्दा आत्मिक मुक्तिलाई जनाउँछ । धेरै विश्‍वासीहरूलाई मारिनेछ वा यातना दिइनेछ भनेर अघि नै बताइसकिएको छ ।

50-05

असल बिउ

यो बिउ चाहिँ गहुँको दाना थियो । यदि तपाईंको भाषा क्षेत्रमा यो बिउको बारेमा थाहा छैन भने, “बिउ”को लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै त्यस्तो सामान्य शब्द पनि छैन भने, थाहा भएको कुनै एउटा अनाजको दानालाई चुनेर भन्‍न आवश्‍यक हुन सक्छ, उदाहरणको लागि, “चामलको जस्तै असल बिउ ।”

झारका बिउहरू

रोपिएका झारका बिउहरू अग्ला घाँसहरू झैँ बढ्ने थिए तर तिनीहरूलाई खान सकिने थिएन । तिनीहरू व्यर्थका थिए ।

गहुँका बिउहरू

गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ ।

50-06

सामान्य जानकारी

येशूले कथा बताउन जारी राख्‍नुहुन्छ ।

केवल मेरा शत्रुहरूले मात्र तिनीहरूलाई रोप्‍न चाहने थिए

यदि सम्भव हुन्छ भने, यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि वक्ताले यो भइरहेको देखेन भनेर सङ्‍केत गर्छ ।

50-07

सामान्य जानकारी

येशूले कथा बताउन जारी राख्‍नुहुन्छ ।

तिमीहरूले केही गहुँहरूलाई पनि उखेल्नेछौ

अर्थात, “तिमीहरूले त्रुटिवश केही गहुँहरूलाई पनि उखेल्नेछौ ।” कलिला गहुँहरूलाई झारहरूबाट छुट्ट्याउनलाई, र गहुँलाई नउखेलिकन झारहरूलाई उखेल्‍न निकै गाह्रो हुने थियो ।

कटनीको बेलासम्म

अर्थात, “त्यस बेलासम्म जब गहुँ कटनी गर्नको लागि तयार हुन्छ” वा, “कटनी गर्नको लागि गहुँ पुग्दो किसिमले नबढेसम्म ।”

गहुँ

अर्थात, “कटनी गरिएका गहुँका दानाहरू ।”

भकारी

यसले कटनी गरिएका गहुँका दानाहरूलाई जोगाएर भण्डारण गर्ने घरलाई जनाउँछ । यसलाई “भण्डारघर” पनि भन्‍न सकिन्थ्यो ।

50-08

परमेश्‍वरको राज्यका मानिसहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको अधिकार मुनि रहने मानिसहरू” वा, “परमेश्‍वरको शासनमा आफैँलाई सुम्पिएका मानिसहरू” वा, “ती मानिसहरू जो परमेश्‍वरसँगै उहाँको राज्यमा जिउनेछन् ।”

50-09

जो दुष्‍टका हुन्

अर्थात, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।”

दुष्‍ट

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतान ।”

दुष्‍ट

यो शैतानको लागि अर्को नाम हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “शैतान”, तर “दुष्‍ट” नामले त्यसको चरित्रलाई वर्णन गर्छ ।

संसारको अन्तलाई प्रतिनिधित्व गर्छ

अर्थात, “संसारको अन्तमा मानिसहरूलाई के हुनेछ भनेर वर्णन गर्छ ।”

कटनी गर्नेहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “पाकेका बालीहरूको कटनी गर्ने मानिसहरू” वा, “पाकेका अनाजहरूलाई जम्मा गर्ने मानिसहरू ।”

50-10

जो दुष्‍टका हुन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।” यसले तिनीहरूलाई जनाउँछ जसले येशूमा विश्‍वास गर्दैनन् तर शैतानका दुष्‍ट मार्गहरूलाई पछ्याउँछन् ।

ती मानिसहरू जो धर्मी छन्

यसले मसिहका मानिसहरूलाई जनाउँछ । ५०:०८ मा हेर्नुहोस् ।

सूर्य झैँ चम्कनु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सूर्य झैँ ज्योतिर्मय हुनु” वा, “सूर्यले उज्यालो प्रकाशलाई देखाए झैँ शुद्ध भलाइलाई देखाउनु ।”

50-11

उहाँले छोड्नुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँले पृथ्वीलाई छोड्नुभयो” वा, “उहाँ स्‍वर्गमा फर्कन जानुभयो ।”

आकाशका बादलहरूमा आउनुहुनेछ

अर्थात, “उहाँ आउनुहुँदा आकाशका बादलहरूले उहाँलाई घेर्नेछन्” वा, “आकाशका बादलहरूले उहाँलाई बोकेर ल्याउनेछन् ।”

जब येशू फर्कनुहुन्छ

अर्थात, “जब येशू पृथ्वीमा फर्कनुहुन्छ ।”

उहाँलाई बादलमा भेट्न

अर्थात, “उहाँसँग आकाशमा सम्मिलित हुन ।” येशूमा विश्‍वास गर्नेहरू येशू आकाशमा हुनुहुँदा उहाँको नजिकै हुन माथि जानेछन् ।

50-12

अझै जीवित

अर्थात, “येशू फर्कनुहुँदा जीवितै भइरहेका ।”

50-13

मुकुट

यो मुकुटले येशूमा विश्‍वास गरेको र यस जीवनमा उहाँको सेवा गरेको कारण हामीले पाउने इनामलाई जनाउँछ ।

सिद्ध

अर्थात, “पूर्ण” वा, “पूरा ।”

50-14

रुनु र तिनीहरूका दाह्रा किट्नु

५०:१० मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

50-15

त्यसको राज्य

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको शैतानको दुष्‍ट शासन” वा, “त्यसले गरेका सबै दुष्‍ट कुराहरू र त्यसले वशमा राखेका दुष्‍ट मानिसहरू ।”

... भन्दा बरु

अर्थात, “... को साटोमा ।”

50-16

... मा पाप ल्याए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पापलाई प्रवेश गर्ने बनाए ।”

एउटा नयाँ स्वर्ग

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा नयाँ आकाश” वा, “एउटा नयाँ ब्रह्‌माण्ड” । यसले आकाशमा हुने ताराहरू र अरू सबै यावत् थोकहरूको नयाँ सङ्‌ग्रहलाई जनाउँछ ।

एउटा नयाँ पृथ्वी

हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ ।

50-17

हेरक आँसु पुछ्नु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “हाम्रा सबै शोकहरूको अन्त्य ल्याउनु” वा, “समस्यालाई अन्त्य गर्नु” वा, “मानिसहरूसँग भएका कुनै पनि उदासिनतालाई कोमलताका साथ हटाउनु ।”

उहाँको राज्यलाई न्याय, र शान्तिका साथ शासन गर्नु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँका मानिसहरूलाई उचित ढङ्‌गले राज गर्नु, यस्तो तरिकाले जसले तिनीहरूमा शान्ति ल्याउँछ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।