38-01
धेरै शताब्दी अघि
अर्थात, “सयौँ वर्ष अगाडि” वा, “निकै लामो समय अगाडि ।”
38-02
प्रेरितहरूको पैसाको थैलीको रखवाला
अर्थात, “प्रेरितहरूको पैसा राख्नलाई जिम्मेवार” वा, “त्यस थैलोलाई राख्नलाई जिम्मेवार जसमा चेलाहरूको पैसा थियो र जसबाट पैसा बाँडिन्थ्यो ।”
38-03
तीस चाँदिका सिक्काहरू
यी हरेक सिक्काको मूल्य चार दिनको ज्याला बराबरको थियो ।
38-04
मनाए
अर्थात, “मनाउँदै थिए ।”
केही रोटी लिए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “रोटीको एक टुक्रा लिनुभयो” वा, “रोटीको एउटा फराकिलो टुक्रा लिनुभयो ।”
त्यसलाई भाँच्नुभयो
केही भाषाहरूले यसो भन्नुपर्छ, “त्यसलाई टुक्राटुक्रा पार्नुभयो” वा, “त्यसलाई आदि पारेर भाँच्नुभयो” वा, “त्यसको एक भाग भाँचेर झिक्नुभयो ।”
मलाई सम्झनलाई यो गर
अर्थात, “मैले तिमीहरूको लागि के गरिरहेको छु भनेर तिमीहरू आफैँलाई सम्झाउने एउटा तरिकाको रूपमा यो गर ।” येशूले उहाँको मृत्युलाई जनाइरहनुभएको थियो, जुन चाँडै हुने थियो ।
38-05
यो पिओ
अर्थात, “यो कचौरामा भएको कुरा पिओ” वा, “यो कचौराबाट पिओ ।” कचौरामा भएको पेय पदार्थ अंगुरहरूबाट बनाइएको थियो जसले गर्दा त्यसको गाढा रातो रङ्ग थियो ।
नयाँ करारको रगत
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “रगत जसले नयाँ करारलाई सम्भव गराउँछ” वा, “रगत जो नयाँ करारको लागि आधार हो ।”
म बहाउनेछु
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म रगत बगाउनेछु ।”
मलाई सम्झ
अर्थात, “मेरो उत्सव मनाओ” वा, “मेरो सम्झनामा उत्सव मनाओ ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विशेष गरी ममा ध्यान देओ” वा, “तिमीहरू आफैँलाई मेरो याद गराओ ।”
38-06
यो रोटीको टुक्रा दिनुभयो
अर्थात, “यो रोटीको टुक्रा थमाउनुभयो ।”
धोकेबाज हो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मलाई धोका दिनेछ” वा, “त्यो व्यक्ति हो जसले मलाई धोका दिनेछ ।”
38-07
शैतान त्यस भित्र पस्यो ।
अर्थात, “शैतान त्यस भित्र गयो” वा, “शैतानले उसलाई वशमा पार्यो ।”
यहूदाले त्यहाँबाट हिँड्यो र गयो
केही भाषाहरूले यो भन्न रोज्न सक्छन्, “यहूदाले भोज छोड्यो र गयो” वा, “यहूदाले कोठा छोड्यो र बाहिर गयो ।”
38-08
जैतुन डाँडा
यो यरूशलेम सहरको पर्खालहरूको ठीक बाहिर रहेको जैतुनको रूखहरूले ढाकिएको एउटा पहाडको नाम हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “जैतुन रूखको डाँडा ।”
मलाई त्याग्नेछौ
अर्थात, “एक्लै पार्नेछौ” वा, “मलाई छोड्नेछौ ।”
यसो लेखिएको छ
अर्थात, “परमेश्वरको वचनमा यसो लेखिएको छ” वा, “धर्मशास्त्रमा यसो लेखिएको छ” वा, “परमेश्वरका अगमवक्ताहरूमध्ये एकजनाले लेखे ।” यसो भन्न पनि सम्भव छ, “जे लेखिएको छ सो हुनेछ” वा, “जे लेखिएको छ यो त्यहि अनुसार हुनेछ ।” यो अगमवाणीले येशूको मृत्यु र उहाँको अनुयायीहरू भागेर जाने कुरालाई जनाउँछ ।
म हिर्काउनेछु
अर्थात, “म मार्नेछु ।”
गोठालो र सबै भेडाहरू
यो उद्धरणमा येशूको नाम प्रयोग नगर्नुहोस् किनभने जुन अगमवक्ताले यो सर्वप्रथम लेखे उनलाई गोठालोको नामको जानकारी नभएको हुन सक्छ । साथै, भेडाहरूले चेलाहरूलाई जनाइरहेको छ भनेर पनि इंकित नगर्नुहोस् । तपाईंको अनुवादमा “गोठालो” र “भेडाहरू” भनेर अर्थ दिने शब्दहरू नै प्रयोग गर्दा सबैभन्दा बेस हुन्छ ।
तितरबितर हुनेछन्
अर्थात, “विभिन्न दिशाहरूमा जानेछन् ।”
38-09
तपाईंलाई त्याग्नु
तपाईंले यसलाई ३८:०८ मा कसरी अनुवाद गर्नुभयो, सो थाहा गर्नलाई हेर्नुहोस् ।
तिमीहरू सबैलाई पाउनलाई
अर्थात, “तिमीलाई पूर्ण रूपले नियन्त्रण गर्नलाई” वा, “तिमीलाई पूर्ण रूपले त्यसको सेवा गर्ने बनाउनलाई ।” यो पदावलीमा भएको “तिमीहरू” शब्द बहुवचन हो । त्यसपछि आउने सबै “तिमी” र “तिम्रो” शब्दहरू एकवचन हुन् ।
कि तिम्रो विश्वास नचुकोस्
अर्थात, “कि तिमीले ममा विश्वास गर्न नछोड ।”
भाले बास्न अगाडि
भालेहरूले सामान्यतया नयाँ दिनको सुरुको मिरमिरे उज्यालोमा बास्छन् । यदि त्यो प्रस्ट छैन भने, यसो भन्न सहयोगी हुन सक्छ, “भोलि झिसमिसे उज्यालोमा भाले बास्न अगाडि” वा, “भोलि बिहान भाले बास्न अगाडि ।”
38-10
तपाईंलाई इन्कार गर्नु
अर्थात, “तपाईंलाई चिन्दछु भनेर इन्कार गर्नु” वा, “तपाईंको चेला हुँ भनेर इन्कार गर्नु” वा, “तपाईंलाई परित्याग गर्नु ।”
38-11
गेतसमनी भनिने एउटा ठाउँ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “गेतसमनी भनिने एउटा नजिकैको ठाउँ” वा, “जैतुन डाँडाको फेदीमा रहेको गेतसमनी भनिने ठाउँ ।”
उहाँ मात्रै भएर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एक्लै ।”
38-12
यो कष्टको कचौरा पिउन
अर्थात, “यो कष्टबाट गुज्रेर जान” वा, “जे हुन लागेको छ त्यसलाई भोग्न” वा, “यो कष्ट सहन ।”
तपाईंको इच्छा पूरा होस
यो अभिव्यक्तिको अर्थ हुन्छ, “जे तपाईंले योजना गर्नुभएको छ सो गर्नुहोस्” वा, “जे हुन जरुरी छ सो गर्नुहोस् ।”
38-13
हरेक चोटिको प्रार्थना पछि
अर्थात, “हरेक पल्ट जब येशूले त्यो प्रार्थना गर्नुभयो ।” यसले ३८:१२ मा बताइएको अनुसार उहाँले प्रार्थना गर्नुभएको तीन पटकको समयलाई जनाउँछ ।
38-14
...कहाँ आउनुभयो
केही भाषाहरूले यसो भन्म रुचाउन सक्छन्, “... कहाँ जानुभयो ।”
अभिवादन
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “नमस्ते” वा, “शान्ति” वा, “शुभ सन्ध्या ।”
के तिमी मलाई एउटा चुम्बनले धोका दिइरहेका छौ ?
अर्थात, “के तिमी साँच्चै मलाई एउटा चुम्बनले धोका दिन गइरहेका छौ ?” येशूले यो प्रश्नको जवाफ खोजिरहनुभएको छैन । त्यसैले केही भाषाहरूले यसलाई एउटा कथनको रूपमा अनुवाद गर्नेछन्, जस्तै, “तिमीले मलाई चुम्बन गरेर धोका दिइरहेका छौ !” वा, “तिमीले मलाई चुम्बन गरेर तिम्रो धोकालाई झन् खराब बनाउँछौ !”
38-15
उनको तरवार बाहिर निकाले
अर्थात, “उनको तरवार उनले जुन ठाउँमा राखेर बोकिरहेका थिए त्यहाँबाट निकाले ।”
मैले मेरो पिताको आज्ञापालन गर्नुपर्छ
अर्थात, “म त्यसो गर्नेछैन किनभने मैले मेरो पिताको इच्छाको आज्ञापालन गर्नुपर्छ र आफैँलाई गिरफ्तार हुन दिनुपर्छ ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।