नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

33-01

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

33-02

हातले बिउहरू छर्दै

अर्थात, “बिउहरूलाई माटोमा फाल्दै” वा, “उसका सबै अन्‍न बाली लाउने माटोलाई बिउहरूले ढाक्दै ।” यो प्राचीन मध्य-पूर्वमा भएका किसानहरूले अन्‍न फलाउने बालीहरू सामान्यतया रोप्‍ने तरिका थियो ।

33-03

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

ढुङ्‍गे जमिन

अर्थात, “जमिन जुन पूरै ढुङ्‍गाहरूले भरिएको थियो ।”

33-04

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

तिनीहरूलाई निसासिदियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिनीहरूलाई छायामा पारिदियो” वा, “तिनीहरूको वरिपरि झरूप्प तिनीहरूलाई ठेल्यो ।”

काँडेदार जमिन

अर्थात, “जमिन जुन काँडेदार झाडीहरूले ढाकिएको थियो ।”

33-05

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

असल जमिन

अर्थात, “मलिलो जमिन” वा, “जमिन जुन बोटहरू हुर्काउनलाई असल थियो ।”

33-06

यो कथाले चेलाहरूलाई अलमल्याइदियो ।

अर्थात, “चेलाहरूले यो कथालाई बुझेनन् ।”

एउटा व्यक्ति हो

यो तुलनालाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “एउटा व्यक्ति जस्तै हो” वा, “एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ” वा, “एउटा व्यक्तिलाई जनाउँछ” वा, “एउटा व्यक्तिको बारेमा बोलिरहेको छ ।”

उसबाट वचन हरेर लैजान्छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको वचनलाई हरेर लैजान्छ, जसले गर्दा उसलाई त्यो बिर्सन लगाउँछ” वा, “उसको हृदयबाट वचनलाई चोर्छ ताकि उसले त्यो विश्‍वास गर्न नसकोस् र उद्धार पाउन नसकोस् ।” तपाईंले निम्‍न कुराहरू पनि थप्‍न सक्नुहुन्छ: “जसरी चराहरूले बाटोमा झरेका बिउहरूलाई खाइदिन्छन् ।”

33-07

सामान्य जानकारी

येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ ।

ढुङ्‍गे जमिन

तपाईंले यो शब्दलाई ३३:०३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एउटा व्यक्ति हो

तपाईंले यो तुलनालाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

आनन्दसाथ ग्रहण गर्छ

अर्थात, “आनन्दित भएर विश्‍वास गर्छ” वा, “आनन्द साथ भएर त्यो सत्य हो भनेर सहमत हुन्छ ।”

हटेर जान्छ

अर्थात, “परमेश्‍वरलाई अझै पछ्याउँदैन वा उहाँको आज्ञापालन गर्दैन” वा, “परमेश्‍वरलाई पछ्याउन वा आज्ञापालन गर्न बन्द गर्छ ।”

33-08

सामान्य जानकारी

येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ ।

काँडे जमिन

तपाईंले यो शब्दलाई ३३:०४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एउटा व्यक्ति हो

तपाईंले यो तुलनालाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

कुनै अन्‍न फलाउँदैन

अर्थात, “आत्मिक फल फलाउँदैन” वा “परमेश्‍वरको आत्माले उसमा काम गरिरहनुभएको छ भनेर देखाउने किसिमले व्यवहार गर्दैन ।”

33-09

सामान्य जानकारी

येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ ।

असल जमिन

तपाईंले यो शब्दलाई ३३:०५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एउटा व्यक्ति हो

तपाईंले यो तुलनालाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

फल फलाउँछ

अर्थात, “आत्मिक फल फलाउँदैन” वा “परमेश्‍वरको आत्माले उसमा काम गरिरहनुभएको छ भनेर देखाउने किसिमले व्यवहार गर्दैन ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।