नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

41-01

त्यो ठग, येशूले, भन्यो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यो मानिस, येशूले, झूट बोल्यो र भन्यो ।” परमेश्‍वरको पुत्र हुनुभएको बारेमा बारेमा येशूले बताउनुभएको सत्यतालाई तिनीहरूले विश्‍वास गर्न इन्कार गरे ।

मृतकहरूबाट बौह्रनु

अर्थात, “जीवनमा फर्केर आउनु” वा, “फेरि जीवित हुनु ।”

41-02

तिनीहरूले राखे

अर्थात, “धार्मिक अगुवाहरू र सिपाहीहरूले राखे ।”

ढुङ्‍गामा एउटा मोहोर

तिनीहरूले माटो वा मैन जस्तो एउटा नरम चीजलाई ढुङ्‍गा र चिहानको बीचमा राखे र त्यसलाई आधिकारिक मोहोरले चिन्ह लगाए । यदि कसैले त्यो ढुङ्‍गालाई हटायो भने, त्यो चीज टुट्ने थियो र कोही चिहान भित्र प्रवेश गरेको थियो भनेर देखाउने थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूलाई त्यो ढुङ्‍गा हटाउनबाट प्रतिबन्धित गर्नलाई ढुङ्‍गामा राखिएको एउटा मोहोर ।”

41-03

कसैले पनि विश्राम दिनमा काम गर्म सक्दैनथ्यो

विश्राम दिनको नियमहरूले एउटा यहूदीलाई धेरै टाढासम्म हिँड्न वा अरू कुनै किसिमको काम गर्न अनुमति दिएको थिएन ।

मसलाहरू

यसले मिठो सुगन्ध आउने मसलाहरूलाई जनाउँछ जुन खराब दुर्गन्धलाई ढाक्नको लागि मृत शरीरमा लगाइन्थ्यो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मिठो सुगन्ध आउने मसलाहरू” वा, “मिठो सुगन्ध आउने तेलहरू” वा, “मिठो सुगन्ध आउने बिरुवाहरू ।”

41-04

त्यहाँ एउटा ठूलो भूकम्प गयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यहाँ एउटा विनाशकारी भूकम्प गयो” वा, “त्यहाँ जमिनको शक्तिशाली कम्पन भयो ।” केही भाषाहरूले यसलाई यी शब्दहरूले पुनः बयान गर्न सक्छन्, “जमिन भयानक किसिमले काँप्‍न थाल्यो ।”

बिजुली झैँ चम्किरहेका थिए

अर्थात, “जसको रूप बिजुली झैँ चहकिलो थियो ।”

मरेतुल्य भएर भुइँमा ढले

तिनीहरू मरेका थिएनन्, तर तिनीहरू चल्न सकेनन्, जसरी मृत मानिसहरू चल्दैनन् । तिनीहरू शायद डरले गर्दा बेहोस भएका हुन सक्छन् । यसलाई प्रस्ट बनाउनलाई, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अचानक भुइँमा लडे र चल्न सकेनन् ।”

41-05

नडराओ

अर्थात, “डराउन छोड ।” एउटा बिजुली झैँ चम्किरहेको स्वर्गदूत देख्‍नु चाहिँ डरलाग्दो दृश्‍य थियो !

उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”

41-06

उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ

अर्थात, “उहाँले तिमीहरूलाई गालीलमा भेट्नुहुनेछ” वा, “उहाँ गालीलमा हुनुहुनेछ जब तिमीहरू त्यहाँ पुग्‍नेछौ ।” प्रेरितहरू र अरू चेलाहरू समेत गरेर, “तिमीहरू” शब्द यहाँ बहुवचन हो ।

41-07

असल खबर

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “येशू फेरि जीवित हुनुहुन्थ्यो भन्‍ने खुशीको खबर ।” यो खुशीको खबरले येशू मरेकाहरूबाट जीवित हुनुभएको थियो भन्‍ने वास्तविकतालाई जनाउँछ ।

41-08

मलाई देख्‍नेछौ

अर्थात, “मलाई भेट्नेछौ” वा, “मसँग भेट्न सक्‍नेछौ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।