43-01
स्वर्गमा फर्कनुभयो
अर्थात, “स्वर्गमा फिर्ता जानुभयो ।”
यरूशलेममा बसे
अर्थात, “केही समयको लागि यरूशलेममा बसे ।” तिनीहरू त्यहाँ स्थायी रूपले बसेनन् ।
43-02
पेन्तिकोस
“पेन्तिकोस”को अर्थ “पचासौँ (दिन)” भन्ने हुन्छ । तपाईंले आफ्नो अनुवादमा “पेन्तिकोस” शब्दको प्रयोग गरेर पाठ्यांश आफैँलाई अर्थको व्याख्या गर्न दिन सक्नुहुन्छ । अथवा तपाईंले एउटा शब्द प्रयोग गर्न सक्नुहुन्छ जसको अर्थ “५० औँ दिन” हुन्छ ।
गहुँ कटनीको उत्सव मनाए
यहूदीहरूले भेटीहरू ल्याएर र विशेष भोजहरू गरी उत्सव मनाएर गहुँ कटनीको लागि परमेश्वरलाई धन्यवाद दिन्थे । गहुँ भनेको एउटा अन्नबाली हो; यदि तपाईंसँग “गहुँ”को अर्थ दिने कुनै शब्द नै छैन भने, तपाईंले अनाजको लागि प्रयोग हुने सामान्य शब्दको प्रयोग गर्न सक्नुहुन्छ । यो “मे” महिनामा पर्थ्यो; अरू बालीहरू वर्षको अरू समयहरूमा कटनी गरिन्थ्यो ।
यो वर्ष
अर्थात, “येशू मर्नुभएको वर्षमा ।”
43-03
एउटा जोडदार बतासको जस्तो आवाज
अर्थात, “एउटा जोडदार बतासले निकाल्ने आवाज” वा, “बतास जोडसँग बहँदा त्यसले निकाल्ने आवाज ।”
पवित्र आत्माले भरिए
अर्थात, “पवित्र आत्माद्वारा सामर्थ्य दिइएको” वा, “पवित्र आत्माद्वारा शक्ति दिइएको ।”
अरू भाषाहरूमा
यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “तिनीहरूको आफ्नै भाषा भन्दा अन्य भाषाहरूमा” वा, “विदेशी भाषाहरूमा” वा, “अन्य ठाउँका मानिसहरूले बोलेको जसरी ।” पवित्र आत्माले ती भाषाहरूमा बोल्ने शक्ति प्रदान नगर्नुभएसम्म विश्वासीहरूलाई ती भाषाहरू आउँदैनथ्यो । यो कुरा पक्का गर्नुहोस् कि “भाषाहरू”लाई अनुवाद गर्न प्रयोग गरेको शब्दले मानिसहरूले वास्तवमा बोल्ने र बुझ्ने भाषाहरूलाई जनाउँछ ।
43-04
एउटा भीड
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूको एउटा भीड” वा, “मानिसहरूको एउटा ठूलो समूह ।”
43-05
योएल
योएल यो हुनुभन्दा सयौँ वर्ष अगाडि इस्राएलमा बस्ने एकजना अगमवक्ता थिए ।
आखिरी दिनहरू
यसले जनाउँछ, “संसारको अन्त भन्दा अगाडिका आखिरी दिनहरू ।”
मेरो आत्मा खन्याउनेछु
यसलाई यो अर्थमा बुझ्न सकिन्छ, “मेरो आत्मा मानिसहरूलाई उदारतापूर्वक दिनेछु” वा, “मेरो आत्मालाई मानिसहरूलाई पूर्ण रूपले सामर्थी बनाउने पार्नेछु ।”
मेरो आत्मा
अर्थात, “मेरो पवित्र आत्मा ।”
43-06
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
इस्राएलका मानिसहरू
केही भाषाहरूले यसरी भन्न बेस हुन्छ, “इस्राएलका मानिसहरू”, ताकि यसले पुरुष र महिलाहरूलाई समेट्छ भनेर प्रस्ट होस् । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मेरा इस्राएलका सङ्गी मानिसहरू” वा, “मेरा सङ्गी यहूदीहरू”, ताकि पत्रुस पनि यहूदी थिए र “इस्राएलका मानिसहरू”मध्येका थिए भनेर प्रस्ट होस् ।
तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्नुभयो !
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तपाईंहरूले उहाँलाई क्रुसमा टाँगिनुपर्ने बनाउनुभयो” वा, “तपाईंहरूको कारणले, उहाँ क्रुसमा टाँगिनुभयो ।” यहूदीहरूले नै वास्तवमा येशूलाई क्रुसमा टाँगेनन् । तरैपनि, यहूदी अगुवाहरूले उहाँलाई दोषी ठहरिने तुल्याए र भीडका धेरै मानिसहरूले उहाँलाई क्रुसमा झुण्डाउनको लागि कराएका थिए ।
43-07
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
तपाईंले तपाईंको ... हुन दिनुहुनेछैन
“तपाईं” र “तपाईंको”ले परमेश्वर पितालाई जनाउँछ । यसलाई प्रस्ट बनाउनको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईं, परमेश्वरले, ... लाई हुन दिनुहुनेछैन ।” केही भाषाहरूको कसैलाई सम्बोधन गर्ने एउटा विशेष तरिका हुन सक्छ, जस्तै, “तपाईं, हे परमेश्वर ।”
चिहानमा कुहिनु
अर्थात, “चिहानमा सड्नु” वा, “चिहानमा गल्दै नाशिएर जानु ।” यसले येशू धेरै लामो समयसम्म चिहानमा रहिरहनुभएन भन्ने तथ्यलाई जनाउँछ र उहाँ मृत भइरहनुभएन, तर बरु जीवनमा फर्केर आउनुभयो भनेर बताउने अर्को तरिका हो ।
येशूलाई जीवनमा फेरि फर्काएर ल्याउनुभयो
अर्थात, “येशूलाई फेरि जीवित बनाउनुभयो ।”
43-08
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
उहाँको दाहिने हातमा
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सबैभन्दा महत्त्वपूर्ण स्थानमा” वा, “सबैभन्दा उच्च सम्मानको स्थानमा ।”
तुल्याउँदै
अर्थात, “विश्वासीहरूलाई ... गर्नको लागि सक्षम बनाउँदै” वा, “यी मानिसहरूलाई ... गर्नको लागि सामर्थ्य प्रदान गर्दै ।”
43-09
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
तर यो कुरा पक्का गरी जान कि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तर तिमीहरूले यो कुरा सत्य हो भनी जान्न सक्छौ कि” वा, “तर तिमीहरू निश्चित हुन सक्छौ कि ।”
43-10
... बाट असाध्यै भावविहल भए
अर्थात, “... बाट धेरै विचलित भए” वा, “धेरै उदास महसुस गरे जब तिनीहरूले सुने ।” “भावविहल” हुनु भनेको जोडदार भावनाहरूको अनुभव गर्नु हो ।
भाइहरू
यो एउटा यहूदीले सङ्गी यहूदीहरूलाई सम्बोधन गर्ने सामान्य तरिका थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मित्रहरू ।”
43-11
... को नाउँमा
यो पदावलीको अर्थ दुवै, “...को अधिकारद्वारा” र “... को अधिकार मुनि” भन्ने हुन्छ । यदि तपाईंको भाषामा “नाउँ” भन्नाले यसरी नै बुझिन्छ भने यो शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् ।
ख्रीष्ट
यसको अर्थ “मसिह” भनेको जस्तै हो । यसलाई “अभिषिक्त जन” वा, “चुनिएका जन” भनेर अनुवाद गर्न सकिन्थ्यो । अर्थको अनुवाद गर्नुको साटोमा, केही अनुवादकहरूले “ख्रीष्ट” शब्दलाई नै राख्न चाहन सक्छन् र तिनीहरूकै आफ्नै भाषाको आवाजध्वनीहरूको प्रयोग गरेर लेख्न सक्छन् ।
येशू ख्रीष्ट
किनकि “ख्रीष्ट” भनेको यहाँ एउटा शीर्षक हो, केही अनुवादकहरूले यसको क्रम बदल्नलाई रोज्न सक्छन् र भन्न सक्छन्, “ख्रीष्ट येशू ।” यी दुवै क्रमहरूलाई बाइबलमा प्रयोग गरिएको छ ।
43-13
तिनीहरूको बारेमा असल सोचे
अर्थात, “तिनीहरूको बारेमा सकारात्मक राय राखे ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।