नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

45-02

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

45-03

पवित्र आत्मालाई सधैँ इन्कार गर्नु

अर्थात, “पवित्र आत्माको कहिल्यै आज्ञापालन नगर्नु” वा, “पवित्र आत्माको कुरा सुन्‍नलाई सधैँ इन्कार गर्नु ।”

हाम्रा पूर्खाहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरू, हाम्रा पूर्वजहरू ।”

45-04

तिनीहरूका कान थुने

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले आफ्ना हातहरू तिनीहरूका कानहरू माथि राखे ।” यो चाहिँ तिनीहरूले स्तिफनसले भनेको कुराहरू सुन्‍न नचाहेको भनेर देखाउनको लागि थियो ।

ठूलो स्वरले कराए

तिनीहरू रीसमा कराइरहेका थिए । यसलाई तिनीहरू असाध्यै क्रुद्ध थिए भनेर सञ्‍चार गर्ने किसिमले अनुवाद गर्नुहोस् ।

45-05

जसै स्तिफनस मरिरहेका थिए

अर्थात, “स्तिफनस मर्नुभन्दा ठीक अगाडि ।”

कराए

अर्थात, “ठूलो आवाज गरेर पुकारे” वा, “धेरै चर्को स्वरमा भने ।”

तिनीहरूको विरुद्धमा यो पाप नलगाउनुहोस्

अर्थात, “तिनीहरूलाई मलाई मारेको पापको दोषी नमान्‍नुहोस् ।”

45-06

तर यसको बाबजुद पनि

यहूदी अगुवाहरूले ठाने कि तिनीहरूले उहाँको अनुयायीहरूलाई सताएर येशूको शिक्षाको फैलावटलाई रोक्‍न सक्थे । त्यसको साटोमा, यसले गर्दा तिनीहरूलाई फिँजिने र सन्देशलाई झन बढि व्यापक ढङ्‍गले फैलाउने तुल्यायो ।

45-07

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

इथियोपिया

इथियोपिया पूर्वी अफ्रिकामा भएको एउटा देश हो ।

45-08

इथियोपियाली

अर्थात, इथियोपियाको देशबाटका एकजना व्यक्ति । ४५:०७ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

जसरी थुमा मौन हुन्छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसरी मारिनै लाग्दा पनि थुमा मौन रहन्छ ।”

45-09

... बारेमा यशैयाले लेखिरहेका थिए

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “... लाई यशैयाले जनाइरहेका थिए ।”

45-11

केही पानी

तलाउ, ताल, वा छहरा जस्ता पानीको ठूलो सङ्‍ग्रहलाई जनाउने कुनै एउटा शब्दको प्रयोग गर्नुहोस् ।

के मैले बप्‍तिस्मा लिन सक्छु ?

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “के त्यहाँ कुनै कारण छ जसले गर्दा मैले बप्‍तिस्मा लिन सक्दिन ?”

45-12

फिलिपलाई लानुभयो

अर्थात, “फिलिपलाई लिएर जानुभयो” वा, “फिलिपलाई पक्रेर लानुभयो ।”

45-13

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।