नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

49-02

मरेका मानिसहरूलाई जीवनमा बौह्राउनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मृत मानिसहरूलाई पुनः जीवित हुने तुल्याउनुभयो ।”

49-03

एकजना महान् शिक्षक

अर्थात, “एकजना धेरै महत्त्वपूर्ण शिक्षक” वा, “एकजना सर्वोत्कृष्‍ट शिक्षक ।”

त्यसैगरी

अर्थात, “त्यो जति हो” वा, “त्यो जत्तिकै परिमाणमा” वा, “त्यो जत्तिकैको मात्रामा ।”

49-06

अरू मानिसहरूले ... छैनन्

अर्थात, “अरू मानिसहरूले उहाँलाई ग्रहण गर्नेछैनन् र त्यसैकारण मुक्ति पाउने छैनन् ।”

49-09

उहाँको एकमात्र पुत्र दिनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँको एकमात्र पुत्रलाई पापहरूको बलिदान स्वरूप संसारलाई सुम्पनुभयो” वा, “हाम्रा पापहरूका लागि बलिदानको हुनको निमित्त उहाँको एकमात्र पुत्रलाई दिनुभयो ।”

49-11

लैजानु

अर्थात, “... को सजायलाई हटाउनु” वा, “... लागि दण्डलाई हटाउनु ।” येशूको बलिदानको कारण हाम्रो पापलाई त्यो कहिल्यै हुँदै नभएको जसरी परमेश्‍वरलाई हेर्न लगाउँछ ।

49-12

तपाईंको साटोमा

अर्थात, “तपाईंको ठाउँमा ।”

उहाँलाई फेरि जीवनमा बिउँताउनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई फेरि जीवित बनाउनुभयो ।”

49-14

उहाँमा विश्‍वास गर्न

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उहाँमा भरोसा गर्न” वा, “तपाईंलाई बचाउनको लागि उहाँमा भरोसा गर्न” वा, “तपाईंको सारा जीवन उहाँलाई जिम्मा दिन ।”

बप्‍तिस्मा लिन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “कसैलाई तपाईंलाई बप्‍तिस्मा दिन लाउन” वा, “तिनीहरूलाई तपाईंलाई बप्‍तिस्मा दिन लाउन ।”

विश्‍वास गर्न कि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “स्वीकार गर्न कि” वा, “सहमत हुन कि ।”

लिएर जान

४९:११ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

49-15

अन्धकारको राज्य

“अन्धकार”लाई यहाँ पाप र सबै दुष्‍ट कुराहरूलाई जनाउन प्रयोग गरिएको छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको दुष्‍ट शासन, जुन अन्धकार जस्तै हो ।”

ज्योतिको राज्य

“ज्योति”ले यहाँ परमेश्‍वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्‍टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ ।

49-16

तपाईंलाई ... भएको ठान्‍नुहुन्छ

अर्थात, “तपाईंको बारेमा ... जसरी सोच्‍नुहुन्छ” वा, “तपाईंलाई ... जसरी सम्मान गर्नुहुन्छ” वा, “... लाई कहलाउनुहुन्छ ।”

49-17

तपाईंको पापहरू स्‍वीकार गर्न

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्‍वरको सामु मान्‍नु ।”

उहाँले तपाईंलाई पापको विरुद्धमा लड्नको लागि बल दिनुहुनेछ

अर्थात, “उहाँले तपाईंलाई पापलाई इन्कार गर्नको निमित्त आत्मिक बल दिनुहुनेछ ।”

49-18

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।