नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

42-02

उहाँलाई चिनेनन्

अर्थात, “उहाँ येशू हुनुहुन्थ्यो भनेर थाहा पाएनन् ।”

सबै कुराहरू जे भएका थिए

यसले येशूका शिक्षाहरू र आश्‍चर्यकर्महरू, उहाँको मृत्यु, र उहाँको पुनरुत्थानको खबरहरूलाई जनाउँछ ।

42-03

तेस्रो दिनमा

केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “उहाँको मृत्यु पछि तेस्रो दिनमा ।”

42-04

लगभग साँझ परिसकेको थियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “दिन ढल्कँदै थियो” वा, “घाम अस्ताइरहेको थियो” वा, “अँध्यारो हुन थालेको थियो ।”

उहाँ तिनीहरूको दृष्‍टिबाट विलाउनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जानुभएको थियो” वा, “उहाँ त्यहाँ अब हुनुहुन्‍नथ्यो ।”

42-06

तिमीहरूलाई शान्ति होस्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिमीहरूसँग शान्ति हुन सकोस्” वा, “शान्तिमा होओ ।”

एउटा भूत

यसले मरेको मानिसको आत्मालाई जनाउँछ ।

42-07

तेस्रो दिनमा

अर्थात, “तीन दिन पछि” वा, “तीन दिन पश्‍चात ।”

42-08

घोषणा गर्नु

अर्थात, “सुनाउनु” वा, “प्रचार गर्नु ।”

मेरा चेलाहरूले यरूशलेमबाट सुरु गरेर यो सन्देशलाई घोषणा गर्नेछन्

अर्थात, “मेरा चेलाहरूले यो यरूशलेमबाट गर्न सुरु गर्नेछन्” वा, “मेरा चेलाहरूले यी कुराहरू यरूशलेमबाट घोषणा गर्न सुरु गर्नेछन् ।”

तिमीहरू सबैकुराहरूका साक्षी हौ

अर्थात, “तिमीहरूले अरू मानिसहरूलाई ती सबै कुराहरू भन्‍नेछौ जुन ।”

42-10

सबै मानव समूहहरूमा चेलाहरु बनाउन

अर्थात, “हरेक मानव समूहका मानिसहरूलाई मेरा चेलाहरु बन्‍नलाई सहायता गर्न ।”

... को नाउँमा

यो पदावली अर्थ दुवै “अधिकारद्वारा” र, “... को अधिकारमुनि” भन्‍ने हुन्छ । यदि तपाईको भाषामा बुझिनेछ भने, “नाम” शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् । यो पदावलीलाई यसरी पनि दोहोर्‍याउन सकिन्छ, “पिताको नाउँमा, पुत्रको नाउँमा, र पवित्र आत्माको नाउँमा ।”

42-11

बादलले उहाँलाई तिनीहरूको नजरबाट लुकायो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँ बादलमा विलाउनुभयो ।”

परमेश्‍वरको दाहिने हातपट्टि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको दाहिने छेउमा ।”

सबैकुराहरू माथि

अर्थात, “हरेक कुरा माथि ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।