नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

47-01

घोषणा गर्नु

अर्थात, “सिकाउनु” वा, “प्रचार गर्नु ।”

व्यापारी

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “बिक्री गर्ने मानिस” वा, “व्यवसायको मालिक ।”

47-02

तिनले पावल र सिलासलाई तिनको घरमा बस्‍नको लागि निमन्‍त्रणा गरिन्

यो मानिसहरूले तिनीहरूका घरहरूमा आएका आगन्तुकहरूलाई अतिथि-सत्कार गर्ने त्यो बेलाको सामान्य चलन थियो । यो बन्दोबस्त मिलाउनमा त्यहाँ कुनै अनैतिक अभिप्रायहरू थिएनन् ।

47-03

तिनका साहुहरू

यहाँ चाहिँ, यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनका मालिकहरू ।”

भविष्‍यवाणी बताउने मानिसको रूपमा

अर्थात, “तिनीहरूलाई भविष्‍यमा के हुनेथियो भनेर मानिसहरूलाई बताउने कोही व्यक्तिको रूपमा ।”

47-04

उद्धार पाउने बाटो

अर्थात, “तपाईंले कसरी उद्धार पाउन सक्‍नुहुन्छ” वा, “परमेश्‍वरले कसरी मानिसहरूलाई बचाउनुहुन्छ” वा, “मानिसहरूलाई बचाउनको लागि परमेश्‍वरको योजना ।”

47-05

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

तिनीतिर फर्के

अर्थात, “फनक्क फर्के र तिनीतिर हेरे ।”

येशूको नाउँमा

अर्थात, “येशूको अधिकारद्वारा ।” येशूको अधिकारको कारण, पावलले भूतलाई छोडेर जानको लागि आज्ञा गर्न सक्थे ।

तिनीबाट बाहिर आइज

अर्थात, “तिनलाई छोड्” वा, “तिनीबाट टाढा गइहाल् ।”

47-06

भूतबिना

अर्थात, “भूतबाटको शक्तिबिना” वा, “अब जब तिनीसँग दुष्‍टात्मा थिएन ।”

भविष्‍य

अर्थात, “तिनीहरूलाई भविष्‍यमा के हुनेथियो ।”

यसको अर्थ हुन्थ्यो कि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यसको कारण” वा, “त्यसकारण ।”

47-07

तिनीहरूलाई हाले

अर्थात, “तिनीहरूलाई राखे ।”

47-08

मध्यरातमा

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै अबेर राति” वा, “बिहान धेरै सबेरै ।” यो जब बाहिर पूर्णतया अँध्यारो हुने बेलामा थियो, जतिबेला मानिसहरू सामान्यतया निद्रामा हुन्छन् ।

परमेश्‍वरलाई स्तुतिको गीतहरू गाउँदै

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “गीत गाएर परमेश्‍वरलाई प्रशंसा गर्दै” वा, “परमेश्‍वरलाई प्रशंसा गर्न गीतहरू गाउँदै” वा, “परमेश्‍वरलाई प्रशंसा दिने गीतहरू गाउँदै ।”

47-09

झरे

अर्थात, “अचानक फुस्के” वा, “अचानक फुस्किएर आए जसले गर्दा कैदीहरू स्‍वतन्‍त्र भए ।”

47-10

झ्यालखानाको हाकिम

अर्थात, “झ्यालखानाको जिम्मा लिएका अधिकारी ।”

हामी

केही भाषाहरूमा “हामी” शब्दको एउटा विशेष रूप हुन्छ जसले जुन व्यक्तिसँग कुरा गरेको हो त्यसलाई समावेश गर्दैन । यहाँ “हामी”ले झ्यालखानाको हाकिमलाई समावेश गर्दैन, केवल पावल र बाँकीका कैदीहरूलाई मात्र गर्छ ।

47-11

उद्धार पाउन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मेरो पापहरूबाट उद्धार पाउनको निमित्त” वा “ताकि परमेश्‍वरले मलाई मेरा पापहरूबाट बचाउनुभएको होस् ।” यो प्रश्‍नले परमेश्‍वरद्वारा दण्डित हुनबाट मुक्ति पाउने कुरालाई जनाउँछ, जुन परमेश्‍वरले भूकम्प ल्याउनुभएको थियो ।

येशूमा विश्‍वास गर्नुहोस्, जो प्रभु हुनुहुन्छ

यो कुरा झ्यालखानाको हाकिम र उनको परिवार दुवैलाई सम्बोधन गरेर भनिएको थियो, जो सबैले त्यसपछि विश्‍वास गरे र बप्‍तिस्मा लिए । केही भाषाहरूले पावलले एउटा झुण्डसँग कुरा गरिरहेका छन् भनेर सङ्‍केत गर्ने कुनै वाक्य संरचना वा रूपको प्रयोग गर्न सक्छन् ।

तपाईं र तपाईंको परिवारले उद्धार पाउनुहुनेछ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरले तपाईं र तपाईंको परिवारलाई तपाईंहरूका पापहरूका कारण आउने अनन्त दण्डबाट जोगाउनुहुनेछ ।” यो कुरा पक्‍का गर्नुहोस् कि यहाँ उल्लेख गरिएको उद्धार आत्मिक हो, र शारीरिक होइन ।

47-13

सहरका अगुवाहरू

यसले जनाउँछ, “सहरका अधिकारीहरू” वा, “सहरका अधिकारी निकायहरू ।”

येशूको बारेको सुसमाचार फैलिरह्‌यो

अर्थात, “धेरै भन्दा धेरै ठाउँका मानिसहरूले येशूको बारेको खुशीको खबर सुनिरहेका थिए ।”

मण्डली बढ्दै गइरह्‌यो

अर्थात, “धेरै भन्दा धेरै मानिसहरू मण्डलीका हिस्साहरू भइरहेका थिए” वा, “धेरै भन्दा धेरै मानिसहरूले येशूमा विश्‍वास गरिरहेका थिए ।”

47-14

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।