23-01
उनी जान्दथे कि त्यो उनको बालक थिएन
अर्थात, “उनी जान्दथे कि उनी त्यो व्यक्ति थिएनन् जसले तिनीलाई गर्भवती बनाएको थियो ।”
मरियमलाई शर्ममा पार्न
अर्थात, “मरियमलाई सार्वजनिक रूपले अपमानित बनाउनलाई” वा “मरियमलाई सार्वजनिक रूपले शर्ममा पार्नलाई ।” मरियम एक व्यभिचारिणी जस्तो देखिए तापनि, योसेफ तिनीप्रति दयालु थिए ।
तिनीसँग गुप्तमा सम्बन्धविच्छेद गर्न
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “अरूहरूलाई कारण नबताइकन तिनीसँग सम्बन्धविच्छेद गर्न,” वा, “अरूहरूलाई तिनको गर्भावस्थाको बारेमा नबताइकन तिनीसँग सम्बन्धविच्छेद गर्न ।” किनकि योसेफ धार्मिक मानिस थिए, उनले त्यो परिस्थितिलाई सबैभन्दा उत्तम तरिकाले सुल्झाउन चाहन्थे, जुन भनेको यस संस्कारमा तिनीसँग गुप्तमा सम्बन्धविच्छेद गर्नु नै हुन्थ्यो ।
तिनीसँग सम्बन्धविच्छेद गर्नु
केही भाषाहरूको लागि यसरी बताउनु बेस हुन्छ, “तिनीहरूको मगनी रद्ध गर्न ।” योसेफ र मरियम एक अर्कासँग मगनी भएका थिए वा, “विवाह हुनका लागि बाचा गरिएका थिए ।” तर यहूदी संस्कारमा कुनै मगनीलाई रद्ध गर्नलाई छोडपत्रको आवश्यक थियो ।
एउटा सपनामा
अर्थात, “जब उनी निदाएका र सपना देखिरहेका थिए ।”
23-02
मरियमलाई तिम्री पत्नीको रूपमा स्वीकार गर्न नडराऊ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिमीले मरियमलाई विवाह गर्नुहुँदैन भनेर सोच्नलाई छोड” वा, “मरियमलाई तिम्री पत्नीको रूपमा पाउनलाई नहिचकिचाऊ ।”
पवित्र आत्माबाटको हुनुहुन्छ
अर्थात, “पवित्र आत्माको एउटा आश्चर्यकर्मद्वारा गर्भधारण हुनुभएको थियो ।”
23-03
उनी तिनीसँग सुतेनन्
अर्थात, “उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् ।” बालकको जन्म नहोऊञ्जेलसम्म उनले तिनीलाई कन्या अवस्थामा नै राखे ।
23-04
जब मरियमले बालकलाई जन्माउने समय नजिक आयो
अर्थात, “जब मरियमको गर्भावस्थाको अन्तिम समयको नजिकै भयो ।”
रोमी अधिकारीहरू
त्यो समयमा रोमले इस्राएललाई कब्जा गरेर त्यसमाथि शासन गर्थ्यो ।
सबै मानिसहरूलाई गणना गर्न
अर्थात, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्न ।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउन गरेका थिए ।
23-05
तिनीहरूको लागि बस्ने ठाउँ भएन
अर्थात, “तिनीहरूलाई बस्नलाई सामान्य ठाउँहरूमा स्थान भएन ।” किनकि बेथलेहेममा त्यो समयमा यति धेरै खचाखच भएको थियो, पाहुनाहरू बस्न आउने कोठाहरू पहिले नै मानिसहरूले भरिएका थिए ।
जुन ठाउँमा पशुहरूलाई राखिन्थ्यो
यो ठाउँ चाहिँ पशुहरूको लागि वास दिनलाई थियो, मानिसहरूलाई राख्ने ठाउँ थिएन । यसलाई त्यो शब्द चलाएर अनुवाद गर्नुहोस् जुन साधारणतया पशुहरूलाई राख्ने ठाउँको लागि प्रयोग गरिन्छ ।
खानेकुरा खुवाउने डुँड
अर्थात, “जनावरको चारो खाने बाकस” वा, “जनावरहरूलाई चारो खुवाउने काठको वा ढुङ्गाको बाकस ।” बालकलाई सुताउने ठाउँ नरम बनाउनलाई बाकसमा पराल हालेको हुन सक्छ ।
23-06
तिनीहरूका बथानहरूलाई पहरेदारी गरिरहेका
“बथान” भनेको एक झुण्ड भेडाहरू हो । गोठालाहरूले तिनीहरूका भेडाहरूको हेरविचार गरिरहेका थिए, र तिनीहरूलाई हानी वा चोरी हुनबाट जोगाइरहेका थिए ।
एकजना चम्किलो स्वर्गदूत
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “चहकिलो ज्योतिले घेरिएका एकजना स्वर्गदूत ।” चम्किलो ज्योति रातको अन्धकारको तुलनामा अझ बढि उज्यालो देखिएको हुनुपर्छ ।
तिनीहरू भयभीत भए
अलौकिक स्वर्गदूतको स्वरूप एकदमै डरलाग्दो थियो ।
नडराओ
यसको अर्थ प्राय यस्तो हुन्छ, “डराउन छोड ।” स्वर्गदूतलाई देख्दा गोठालाहरू धेरै डराएका थिए, त्यसैले तिनले तिनीहरूलाई डराउन आवश्यक थिएन भनेर बताउँदै थिए ।
23-07
सामान्य जानकारी
स्वर्गदूतले बोल्न जारी राखे ।
कपडाहरूमा बेह्रिएको
त्यस बेलाको चलनमा नवजात शिशुहरूलाई लामा कपडाहरूले कसिलोसँग बेह्रिन्थ्यो । यसो भन्नु आवश्यक हुन सक्छ, “चलनचल्ती अनुसार, लामा कपडाहरूमा बेह्रिएको ।”
खुवाउने डुँड
अर्थात, “जनावरलाई चारो खुवाउने बाकस ।” तपाईंले २३:०५ मा कसरी अनुवाद गर्नुभयो, त्यो पनि हेर्नुहोस् ।
स्वर्गदूतहरूले भरियो
यसको अर्थ त्यहाँ यति धेरै स्वर्गदूतहरू थिए कि तिनीहरूले आकाशै भरेको जस्तो देखियो ।
सबै आदर-सम्मान परमेश्वरलाई होस्
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामी सबैले परमेश्वरलाई सम्मान गरौँ !” वा, “हाम्रा परमेश्वर सबै सम्मान पाउन योग्य हुनुहुन्छ !” वा, “हामी सबैले परमेश्वरलाई सम्मान दिन्छौँ !”
पृथ्वीमा शान्ति
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “पृथ्वीमा शान्ति होओस् ।”
उहाँले अनुग्रह गर्नुहुने मानिसहरूलाई
यसलाई यसरी अनुवाद सकिन्छ, “ती मानिसहरूलाई जसलाई परमेश्वरले निगाह, खुशी, वा असल अभिप्रायका साथ हेर्नुहुन्छ ।”
23-08
तिनीहरूले सुनेका र देखेका सबैकुराहरू
यसले नवजात मसिह स्वयम्लाई देखेको कुरा र महिमामय स्वर्गदूतहरू र तिनीहरूको अचम्मलाग्दो सन्देशलाई समेट्छ ।
23-09
तिनीहरूले ताराहरूको अध्य्यन गरे
यी मानिसहरूले मसिहको जन्मको बारेमा भविष्यवाणी गर्ने पुरानो करारका अगमवक्ताहरूको लेखोटहरू पनि पाएका हुन सक्छन् ।
एउटा अनौठो तारा
तिनीहरूले देखेका तारा सामान्य तारा थिएन । यो येशूको जन्मको समयमा देखा परेको केही कुरा थियो ।
बालक
ती मानिसहरू बेथलेहेममा आइपुग्दा एक वा दुई वर्ष जति बितिसकेको थियो । येशू अब बालक शिशु हुनुहुन्न थियो ।
घर
उहाँहरू अब पशुहरूलाई राख्ने ठाउँमा बसिरहनुभएको थिएन जहाँ उहाँ जन्मनुभएको थियो ।
23-10
शिर झुकाए
अर्थात, “जमिनसम्मै तल झुके ।” त्यो समयमा, यो महान् आदर वा भक्ति देखाउने चलन अनुसारको तरिका थियो ।
महँगो
अर्थात, “धेरै बहुमूल्य ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।