44-01
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
एउटा लङ्गडो मानिस
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा कुँजो मानिस ।” यसले एउटा मानिसलाई जनाउँछ जोसँग उसका खुट्टाहरूलाई पूर्ण तरिकाले प्रयोग गर्ने क्षमता थिएन, र त्यसकारण उभिन वा हिँड्न सक्दैनथ्यो ।
44-02
येशूको नाउँमा
“नाउँ”ले यहाँ व्यक्तिको अधिकार र शक्तिलाई जनाउँछ । त्यसकारण, यहाँ यो अभिव्यक्तिको अर्थ हुन्छ, “येशूको अधिकारद्वारा ।”
उठ
अर्थात, “उभि ।”
44-03
मन्दिरको चोक
केवल पूजाहारीहरू मात्र मन्दिरमा प्रवेश गर्न सक्थे, तर साधारण यहूदीहरू यस क्षेत्रमा चाहिँ आउन पाउँथे, जसले मन्दिरलाई घेरेको थियो ।
44-05
जोड्ने कथनः
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
परमेश्वरतर्फ फर्क
यहाँ फर्कनु भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रभुको आज्ञापालन गर्न थाल” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md)
उहाँले तिमीहरूका पापहरू पखाली लैजानुहुनेछ
पापीहरूको लागि परमेश्वरको क्षमा चाहिँ परमेश्वरले तिनीहरूलाई शारीरिक रूपमा धोइरहनुभएको कुरा भए जस्तै गरी पत्रुसले बताउँछन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md)
44-06
मानिसहरूको सङ्ख्या
यो सङ्ख्या चाहिँ स्त्रीहरू र बालबालिकाहरूको थपमा थियो जसले विश्वास गरे ।
44-08
निको पार्यो
अर्थात, “सद्दे” वा, “सम्पूर्ण” वा, “बलियो ।”
इन्कार गर्नुभयो
अर्थात, “उहाँलाई स्वीकार गर्न इन्कार गर्नुभयो” वा, “येशूमा विश्वास गर्न इन्कार गर्नुभयो” वा, “येशू उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्न इन्कार गर्नुभयो ।”
तर येशूको शक्तिबाट बाहेक मुक्ति पाउनलाई अरू कुनै बाटो छैन
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तर मुक्ति पाउने एकमात्र बाटो भनेको येशूको शक्तिबाट हो” वा, “तर येशूले मात्र हामीलाई बचाउन सक्नुहुन्छ, उहाँको शक्तिद्वारा ।”
उद्धार पाउन
यसलाई यसरी पनि अनुवाद गर्म सकिन्छ, “हाम्रा पापहरूबाट उद्धार पाउन” वा, “कि हामीले हाम्रा पापहरूबाट उद्धार पाउनसक्छौँ भनेर ।”
44-09
स्तब्ध थिए
अर्थात, “ज्यादै छक्क परेका थिए” वा, “अचम्मित थिए ।”
सामान्य
अर्थात, “साधारण” वा, “तल्लो वर्गको ।” पत्रुस र यूहन्ना साधारण माझीहरू थिए ।
जो अशिक्षित थिए
अर्थात, “जसले औपचारिक शिक्षा पाएका थिएनन् ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जो धार्मिक पाठशालामा गएका थिएनन् ।”
तब तिनीहरूले सम्झे
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तब तिनीहरूले त्यस तथ्यको बारेमा सोचे कि ।”
येशूसँग रहेका थिए
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूसँग समय बिताएका थिए” वा, “येशूद्वारा सिकाइएका थिए ।”
यो जस्तै थुप्रै कुराहरू गरिसके पछि
अर्थात, “यस्तै समान तरिकाहरूले पत्रुस र यूहन्नालाई धम्काइसके पछि ।”
पत्रुस र यूहन्नालाई जान दिए
अर्थात, “पत्रुस र यूहन्नालाई त्यहाँबाट अन्ततिर लाग्न स्वीकृति दिए ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।